✍️ डा.शंकरप्रसाद गैरे विष्णु पन्थी `विनु´द्वारा लेखिएको `भेटी´ लघुकथासङ्ग्रह २०८१ वैशाखमा प्रकाशित भएको हाे । साहित्यका साथै शिक्षण र समाजसेवामा संलग्न विनु पेशाले प्राध्यापक हुन् ।
नेपाली विषयमा स्नातकोत्तर गरेकी ‘विनु’ साहित्य लेखनका साथै सम्पादन कार्यमा संलग्न देखिन्छिन् । काेभिड १९ का बेलादेखि विशेष सक्रियताका साथ लघुकथा लेखनमा लागेकी विनुकाे पहिलाे प्रकाशित कृतिका रूपमा `भेटी´ लघुकथासङ्ग्रह देखापरेको छ ।
यसमा उनले विभिन्न समयमा सिर्जना गरेका चालीसवटा लघुकथाहरू समाविष्ट छन् । सरल भाषाशैलीकाे प्रयोग गरी लघुकथा लेख्ने विनु आफ्ना लघुकथाहरूमा वर्तमान नेपाली जनजीवनका वास्तविक यथार्थलाई प्रस्तुत गर्न मन पराउँछिन् ।
घर परिवारका समस्या, आमाबुबाप्रति सन्तानको दायित्व र त्यसबाट विमुख हुने प्रवृत्ति, परिवार र जीवनसाथीप्रति बेइमानी गर्ने श्रीमान् श्रीमतीको दुर्घटित जीवन, सम्बन्ध बिच्छेद, शिक्षा, अनुशासनहीन विद्यार्थी, आर्थिक अभावले पढ्न नपाएका बालबालिका तथा तिनका अभिभावकका शारीरिक र मानसिक पीडा विनुका लघुकथाका महत्त्वपूर्ण विषय हुन् ।
-सन्तानलाई विदेश पठाउन गर्व गर्ने तर पर्वका बेला पछुताउने बाआमा, -आफ्ना सन्तानलाई विदेश पठाउन बल गर्ने र मञ्चमा स्वदेशप्रेम, स्वराेजगारका चर्का भाषण गर्ने अभियन्ता, साइबर लत, -टिकटकमाेह, -गलत नियतका छिमेकी, -नेपाली पर्वसँग जाेडिएका विभिन्न पक्ष,
-गरिबी, देखावटीपन, विभेद, -तीजमा दरका नाममा विकृति, -वृद्धाश्रममा बस्ने बुढाबुढीका पीडा, -एकल नारीका जीवनका जाेखिम र समाजले लगाउने लाञ्छना, -आफूले अन्याय गर्ने र अरूलाई सहनुपर्छ भनी आदर्श सिकाउने प्रवृत्ति जस्ता विषय विनुका लघुकथामा कथ्य बनेकाे देखिन्छ ।
लापरबाहीका कारण हुने दुर्घटना, महान् भाषण गर्ने तर प्रवृत्ति खराब भएका नेताप्रति व्यङ्ग्य र सामन्तवादी तानाशाही स्वभाव, गलत बाबुको गलत सन्तान, बाहिर देखाउन चन्दा दिने तर बाआमाकाे ख्याल नगर्ने सन्तान, गलत न्यायप्रणाली, प्रशंसा खाेज्ने अभियन्ता, अपाङ्गलाई गर्ने अपमान, अभाव लगायतका समाजमा देखिने विषयलाई नै विनुले प्रस्तुत गरेकाे देखिन्छ । सरल भाव वहन गर्ने यिनका लघुकथा बाैद्धिक पाठकको नभएर सामान्य पाठकको अपेक्षा गर्छन् । प्रतीकात्मक शीर्षक चयन, प्रचलित पदपदावली यिनका लघुकथाकाे वैशिष्ट्य हाे । विष्णु पन्थी ‘विनु’ सम्भावना बाेकेकी लघुकथा साधक हुन् । यसकाे परिचायक बनेर `भेटी´ लघुकथासङ्ग्रह देखापरेकाे छ ।
********* कृति : भेटी विधा : लघुकथा लेखक : विष्णु पन्थी `विनु´ प्रकाशक : नमस्ते आधुनिक लघुकथा मञ्च प्रकाशन वर्ष : २०८१, वैशाख मूल्य : २९०/- ***********
जेद्दा साउदी अरब ! इस्लामिक दावा सेन्टर सनैया जेद्दा साउदी अरबद्वारा नेपाली महावाणिज्य दूतावास जेद्दा साउदी अरबका कार्यवाहक महावाणिज्य दूत शत्रुध्वन पोखरेलको सम्मान तथा विदाई कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ।
नेपाली महावाणिज्य दूतावास जेद्दा साउदी अरबका कार्यवाहक महावाणिज्य दूत शत्रुध्वन पोखरेलको प्रमुख आतिथ्य तथा दावा सेन्टरका नेपाली बिभागका मन्जुर अलि मियाँको सभापतित्वमा रम्जान दिन मियाँद्वारा कार्यक्रम संचालन गरिएको थियो ! उक्त कार्यक्रममा बिशिस्ट अतिथिहरुमा महाबाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्राराज काफ्ले, एनआरएनए साउदिका उपाध्यक्ष राज कुमार गिरि र वरिष्ठ समाजसेवी तथा तमु धिं का भिम गुरुङ रहेका थिए । अतिथिहरुमा जालियातका मुदिरहरु अबु सल्मान तथा शेक तुर्की, मदिनाका प्रोफेसर महम्मद युसुब मदनी, एनआरएनए आरसिसिका कोषाध्यक्ष राजेस काफ्ले, नेपाली युवा क्लबका सह सचिब पवन पराजुली रहेका थिए ।
मदिना युनिभर्सिटीका उमर फारुकद्वारा कुरानको स्लोक बाचन गर्दै सुरु गरिएको कार्यकममा मन्चमा आसिन अतिथि तथा बिशिस्ट अतिथिहरु द्वारा बिदाइ तथा शुभकामना मन्तब्य दिने क्रममा सत्रुध्वन सरको ४ बर्षे कार्यकालको दौरान नेपाली श्रमिकहरुलाइ दिनु भएको अमुल्य योगदान, संघ संस्था तथा श्रमिकहरु बिचको प्रगाढ सम्बन्ध, र उहाँ जस्तो असल, मिजासिलो, अत्यन्तै सहयोगी मनका निजामती कर्मचारी अहिलेसम्म साउदी अरबमा कोइ नआएको , उहाँले सबैको मनलाई जितेर मन मस्तिष्कमा बस्न सफल हुनु भएको कुराहरूलाई खुलेरै तारिफ गर्दै सबैजना भाबुक भएका थिए । त्यसैगरी उहाँ जहाँ रहेपनी उहाँको उच्च कदर, याद र सम्झना रहिरहने, उहाँलाई कहिले नबिर्षने पनि बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बिदाइका प्रमुख पात्र सत्रुध्वन पोखरेलले पनि श्रमिकहरुको भावना र समस्यालाइ बुझेर आफुले सकेको अनगिन्ती श्रमिकहरुलाइ सहयोग गरेको र साउदिमा रहेका समाजसेवीहरु तथा विविध सामाजिक संघ-संस्थाका पदाधिकारीहरु साथै यस्तै इस्लामीक सेन्टरहरुले श्रमिक समस्या समाधानमा ठूलो सहयोग गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्दै अहिलेको नेटवर्किङ जमानामा आफू जहाँ रहेपनी श्रमिक हक हितका लागि आफुबाट हुने हरेक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
अन्त्यमा इस्लामीक सेन्टर सनैयाद्वारा प्रमाणपत्र सहित सम्मान गर्दै उहाँले दिनु भएको योगदान को उच्च कदर गर्दै कार्यक्रम आयोजना गरिएको सभापति मन्जुर अलि मियाँले बताएका थिए। उहाँकै कारण एक आपसी मित्रता कायम रहेको एक आपसी चिनजान बढेको र श्रमिक हक हितमा श्रमिक समस्या समाधानमा टेवा पुगेको बताउदै उपस्थित सम्पुर्ण अतिथि गणहरु, समाजसेवीहरु, पत्रकार तथा सहयोगी साथिहरु साथै कार्यक्रममा उपस्थित सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाइ धन्यवाद र आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रम समापन पछि उपस्थित सबैलाइ खानाको ब्यबस्था पनि गरिएको थियो ।
शंकरप्रसाद गैरे, समीक्षक ‘सुन्दरी‘ लघुकथासङ्ग्रह मीठू कुमारी (पाठक) डल्लाकोटीको नवीनतम कृति हो। पेसाले शिक्षक र शैक्षिक प्रशासकको परिचय बनाएकी डल्लाकोटीले २०७५ सालबाट लघुकथा लेख्न थालेको पाइन्छ। विभिन्न समयमा लेखिएका २५ लघुकथा समाविष्ट ‘सुन्दरी‘ लघुकथासङ्ग्रह आकारका दृष्टिले सानो भए पनि अत्यन्त कलात्मक र सुन्दर रचनाहरू समाविष्ट छन्। पाठकको मनमा गहिरो प्रभाव पार्न सक्ने क्षमता राख्ने सुन्दरी लघुकथासङ्ग्रहका लघुकथाहरू विषयका दृष्टिले विविध विषयमा आधारित छन्।
आकारका दृष्टिले अत्यन्त सन्तुलित सुन्दरीका लघुकथाहरू ज्यादै लामाछोटा नभएर समान आकारका छन्। अनमेल विवाहले निम्त्याउने समस्या, वृद्धवृद्धाका जीवनशैली, नयाँ पुस्ताको ग्रामीण जीवनप्रतिको विकर्षण, उचित शिक्षाले बिग्रिएका बालबालिकालाई पनि परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश, डल्लाकोटीका लघुकथामा पाइन्छ।
त्यसैगरी अपाङ्ग भनिएका नै क्षमताका कारण विशेष हुन सक्छन् भन्ने सन्देश यिनका लघुकथाले दिएको छ। बालबालिकाको दुष्टता, नकारात्मक दृष्टि हुनेहरू, नबुझेरै अरूलाई आरोप गर्ने बानी, पारिवारिक सामाजिक समस्या, कोरोनाले निम्त्याएका अनेक अवस्था, नेताहरूको स्वार्थी प्रवृत्ति, जातीय विभेद, गरिबीले थिचिएका बालबालिकाको मनोविज्ञान, पृत्तिक अंशले निम्त्याएको समस्या, अपाङ्गप्रति आफ्नैले गर्ने विभेद, स्वार्थी र जिम्मेवारविहीन सन्तान डल्लाकोटीका कथाको महत्त्वपूर्ण पक्ष र विषय हुन्।
विषयको बिस्तारै उठान गरेर उत्कर्षमा पुर्याउने शैली र अन्त्यमा ‘सम्झना नै कुलको अस्तित्व हो’ जस्ता उत्कर्ष वाक्यमा पुर्याएर कथाको अन्त गर्ने कथाकौशल महत्त्वपूर्ण देखिन्छ। संवाद, र वर्णनात्मक शैली अवलम्बन गर्ने डल्लाकोटी सरल भाव र संरचनाका लघुकथा लेख्न मन पराउँछिन्। थोरै तर शक्तिशाली लघुकथा लेख्ने डल्लाकोटी विशिष्ट सम्भावना भएकी लघुकथाकार हुन्।
झिल्का लेखन अभियानको ३० औँ शृङ्खला (आत्महत्या विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
//१// —————<•>————— १) अमूल्य छ जीवन नसोची दायाँबायाँ आवेगमा नकाटौँ जिन्दगीको रिबन ! २) खोजौँ समस्याको निकास समाधान होइन आत्महत्या खाली निम्त्याउँछ विनाश ! ✍️ वसन्त अनुभव घोराही, दाङ
//२// —————<•>————— जानिएन हत्या गर्न मारी स्वयम् आफैँलाई छैन यमलोक तर्न । ✍️ महेन्द्र मान बलामी दक्षिणकाली नगरपालिका -९ फर्पिङ,काठमाडौँ
//३// —————<•>————— अमूल्य जिन्दगी हाम्रो आत्महत्या गर्नुभन्दा हजुर गर्नुस् काम राम्रो ! ✍️ अनिता कार्की पाँचथर
//४// —————<•>————— उनले आत्महत्या गरेछन् दोष सरकारकै हुनुपर्छ हजारौँ मलामी गएछन् । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
//५// —————<•>————— १) मनमा परेको चोट आत्महत्या अन्तिम उपाय विकल्प नखोज्दाको खोट । २) असह्य पीडा भित्रको हुन थालेका छन् घटना विचित्र विचित्रको । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड
//६// —————<•>————— १) आत्महत्या जघन्य अपराध थाहा पाउॅंदा पनि किन गर्छन् अगाध ? २) हैन समस्याको निकास आत्महत्या गरेर पछि रहला केही आस ? ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी।
//७// —————<•>————— १) आत्महत्या कसैले नगरौँ जन्मेर बाँचौँ धेरै दुनियाँमा सत्ज्ञान छरौँ ! २) कुनै मरेर बाँचेको संसार हेर्नलाई अझै मूर्ख हेर नाचेको । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा
//८// —————<•>————— इच्छा चाहना मरिसके दाँयाबाँया केही नसोची बाँच्ने रहर झरिसके । ✍️ कला ढकाल
//९// —————<•>————— १) जीवन नबनाउँ सस्तो हेर्दाहेर्दै जीवनत्याग गर्दै रुवाउँछन् यहाँ कस्तो ! २) आत्महत्यालाइ निरुत्साहित गरौँ चेतनाको विकास गरी ज्ञानज्योति सर्वत्र छरौँ ! ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी
//१०// —————<•>————— हुँदैन आत्महत्या रोज्न लड्नुपर्छ सङ्घर्ष गर्दै यहाँ आत्मसम्मान खोज्न । ✍️ सुनगाभा पोखरेल नेपालगन्ज
//११// —————<•>————— आत्महत्या हो महापाप आत्मा सधैँ भौतारिने इज्जत सारा सखाप । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
//१२// —————<•>————— १) मनाेबल दर्बिलाे बनाऊ आत्माहत्या गर्नुहुन्न कदापि दु:खलाई बिर्सेर रमाऊ । २) परिस्थितिसँग लड्न सिक आत्महत्या समाधान हाेइन खराब साेच झिक । ✍️ राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
//१३// —————<•>————— हातमा हात गाँसेर अमूल्य छ जिन्दगी बिताउँ सँगै हाँसेर । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा ।
//१४// —————<•>————— १) आत्महत्या निकास हैन जीवन फेरि पाइन्न जटिलता कसलाई छैन । २) कठिनाइ टरेर जान्छ धैर्यता राख्नु सधैँ सफलताले शिखरमा लान्छ । ✍️ पुष्पा राई, खाेटाङ
//१५// —————<•>————— आत्महत्या कायर काम आत्मा सधैँ भड्किरहन्छ परलाेकमा मिल्दैन धाम । ✍️ नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
//१६// —————<•>————— १) हिम्मत कसैले नहार्नू समाधान आत्महत्या हैन परिवारलाई पिर नपार्नू । २) आत्मबलको चेतना जगाइ घरघरमा सचेत बनौँ आत्महत्याको सोच भगाइ । ✍️ दुर्गा आचार्य मोरङ
//१७// —————<•>————— अत्महत्या विकल्प हैन अनुपम उपहार जिन्दगी मूल्यवान अरू छैन । ✍️ सङ्गीता खरेल काठमाडौँ
//१८// —————<•>————— १) दिनानुदिन आत्महत्या बढेकाे बिर्सदैछ जीवनकाे मूल्य आजभाेलीकाे मान्छे पढेकाे । २) आत्महत्याकाे जगाऔँ चेतना यसबाट शान्त हुन्छ केही मानसिक वेदना । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची
//१९// —————<•>————— प्याजझैँ सम्झन्छन् जीवन आत्मसात गर्छ आत्महत्या लगाएर कालो रिबन ! ✍️ दीपा समभाव दुबेकोल खोटाङ्ग
//२०// —————<•>————— आत्महत्या कायरले गर्छ अनुपम उपहार जिन्दगीमा आशावादीले रङ भर्छ । ✍️ राज बहादुर बडुवाल कनकासुन्दरि-५,जुम्ला
//२१// —————<•>————— आत्महत्या कहिल्यै नगर्नू समस्या समाधान हुन्छ काल नआउदासम्म नमर्नू । ✍️ नवराज भट्ट कञ्चनपुर
//२२// —————<•>————— आत्महत्या नगर तिमी जीवन खेर फाल्दा सराप्ने छ जिमी ! ✍️ जनक बिसी दक्षिणभारत कोचिनबाट
//२३// —————<•>————— १) आत्महत्या नगर्नु कायर बास हुँदैन स्वर्गमा कालको जिम्मा लाएर ! २) अमूल्य जिन्दगी हाम्रो आत्महत्या निष्कर्ष होइन गरौँ काम राम्रो । ✍️ धनमाया चौधरी, कैलाली
//२४// —————<•>————— जिन्दगी फुलाएर देखाउनू आत्महत्या गरेर होइन सङ्घर्ष लुकाएर सजाउनू । ✍️ गंगाराम यादव औरावनी २ सुनसरी
//२५// —————<•>————— १) जीवन अमूल्य हाम्रो सानो कुरामा नलागेर हाँस्दै बाँच्नु राम्रो । ✍️ दुर्गा भट्टराई
//२६// —————<•>————— १) नगर यस्तो काम दुनियाँमा हुन्छ कुरा बाँचेर राख शान । २) बाँचेर यहाँ बस जस्तै परिस्थितिमा बाँच्नु मन आफैँमा कस । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ
//२७// —————<•>————— १) शिरमा लगाउने रिबन जोगाई राख्नु होला अमूल्य छ जीवन । २) अमूल्य जीवन हाम्रो आत्महत्या नगर्नु नै कुरा सबैभन्दा राम्रो । ✍️ श्रीकृष्ण धामी – बझाङ
//२८// —————<•>————— १) बेथितिले डुबाएको देश निकम्मा शासकको कर्तुतले बढे आत्महत्याको केस ! २) नहुँदा केही जिउपालो बाध्यताले गर्छन् आत्महत्या ऋणले खिच्दा कठालो ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे
//२९// —————<•>————— १) आत्महत्याको छैन निकास परेर जान्छ अगति आत्महत्याले हुँदैन विकास । २) जीवन अमूल्य पाएको नकारात्मक सोचाइमा नपरौँ सूर्य जस्तै उदाएको । ✍️ बेदु न्यौपाने
//३०// —————<•>————— १) सायद जिजीविषा हुँदैन सकिन्छ मोह जिन्दगीको कुनै चीजबीजले छुँदैन । २) चारैतिर अँध्यारो मात्र कोही बन्न सक्दैनन् घाँडाे जिन्दगीको पात्र । ✍️ पृथक प्रकृति ,झापा
//३१// —————<•>————— १: तिमी सृष्टिको फूल अनुपम योगदान तिम्रा ईश्वर हेर्दछन् नभूल ! २) आफैँ मृत्यु अपनाएर भन्दैनन् कसैले पौरखी मानव जीवन सकाएर । ✍️ मनोहरी पौडेल गैडाकोट १
//३२// —————<•>————— १) कसैको नपर्नू भरमा किचकिच नगर्नू कसैलाई आत्महत्या गर्छन् घरमा । २) गरिबीले मान्छेलाई सताउँछ आत्महत्याको बाटो रोज्छन् एउटा सर्वेक्षणले बताउँछ । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ
//३३// —————<•>————— हुनुपर्छ सबैलाई भान विकल्प होइन आत्महत्या पीडा पर्दाको समाधान । ✍️ अमृत कोइराला पोखरा
//३४// —————<•>————— १) फाटेको मन सिउनुपर्छ बाधा अड्चनसँग लड्दै परिवारको लागि जिउनुपर्छ । २) निभेको दियो बाल प्रेममा धोका पाउँदैमा अकालमा ज्यान नफाल ! ✍️ हिरामाया श्रेष्ठ गजुरी १ धादिङ
//३५// —————<•>————— १) जीवन नपालौँ खेर आउँछ, जान्छ समस्या हिम्मत गर्नुपर्छ हेर । २) किन आत्महत्या गर्ने काल आएपछि सबै यो संसारमा मर्ने । ✍️ रुना कर्माचार्य दाहाल चितवन
//३६// —————<•>————— १) बाँचौँ बचाऔँ धर्म घृणित सोच फालेर सपारौँ आफ्नो कर्म । २) समाधानको बाटो खोजौँ आत्महत्या कायरता भनी सफलताको पाटो रोजौँ । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ।
//३७// —————<•>————— जीवनको महत्व जानौँ समस्याको भेटिन्छ समाधान सङ्घर्षलाई यात्रा मानौँ । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
//३८// —————<•>————— कुरा नसुनौँ पहिले आत्माहत्या गर्नुभन्दा त विकल्प सोचौँ अहिले ✍️ कुसुम कुवँर बझाङ
//३९// —————<•>————— १) आत्महत्या कानुनी अपराध अमूल्य मानव जीवन बचाऔँ भई निरपराध । २) नलिई मनमा पीर मृत्युलाई जित्न सिकाैँ राखी उच्च शिर । ✍️ जयनारायण नेपाल इलाम ,हाल सूर्यविनायक २ बालकोट ,भक्तपुर ।
//४०// —————<•>————— १) नाफालौँ जीवन खेर आत्महत्या नै समस्याको समाधान होइन हेर । २) बाँचौँ खुसी बनी जन्मेपछि आखिर एकदिन सबै मर्नैपर्छ नि ! ✍️ अनिता भण्डारी, ताप्लेजुङ
//४१// —————<•>————— १) परहत्या ठूलाे घृणित आत्महत्या पाप हो गर्दैन कसैको हित । २) धैर्यवान् बनौँ मानव नगराैँ कसैले आत्महत्या फिजाउँ सर्वत्र वैभव । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगाबजार
//४२// —————<•>————— आत्महत्या निकृष्ट शब्द सुन्नु नपरोस् कदापि दिन्छ मनमा दग्ध ! ✍️ लोक बहादुर क्षेत्री
//४३// —————<•>————— जीवन सुन्दर फूल आत्महत्या गर्ने कसैले गर्नु हुँदैन भूल ! ✍️ सर्मिला बोहरा, बैतडी
//४४// —————<•>————— नकारात्मक सोच हटाऔँ सबैलाई माया गर्दै आत्महत्या घटना घटाऔँ । ✍️ प्रेम थापा “मन”बागलुङ
//४५// —————<•>————— १) अनेकौँ समस्याको प्रभावले रोज्छ मान्छे आत्महत्या अभाव र तनावले । २) अकाल मृत्युबाट बचौँ गरेर प्रयोग सन्चारको मृत्युको रोकथाम गरौँ । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा६ मातातीर्थ
//४६// —————<•>————— काम गर्न जाऔँ आत्महत्यालाई नराेजौँ कहिल्यै आफ्नो जीवन बचाऔँ । ✍️ कल्पना भण्डारी काठमाडौँ
//५२// —————<•>————— बन्द भएमा ढोका गर्छन् मान्छे आत्महत्या जिन्दगीलाई दिँदै धोका । ✍️ विष्णु पंगेनी वालिङ -स्याङ्जा
//५३// —————<•>————— मृत्युको गर्दै माग जिउन नजान्ने कायरले आफैँ गर्छ देहत्याग ! ✍️ इन्दिरा देवकोटा
//५४// —————<•>————- अमूल्य मानव जोवन गरेर हत्या आत्माको नगरौँ जीवनको दोहन । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
//५५// —————<•>————- आत्महत्या गर्छ कायर सबल सुलभ बन्न बन्नुपर्छ गाडीको टायर । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
//५६// —————<•>————- १) बढिरहेछ दिनहुँ किन आत्महत्या गर्नेको सङ्ख्या सोचौँ केही छिन । २) आत्महत्या हैन समाधान बहुमुल्य यो जीवनको राखौँ आफैँले मान । ✍️ शोभा आचार्य गौतम काठमाडौँ
//५७// —————<•>————- १) मरेर समस्या टर्छ ? जीवनसँग हार खाएपछि नबुझी आत्महत्या गर्छ । २) जीवनको अर्थ हेर आत्महत्या गरेर हट्दैन नफालौँ जीवन खेर । ✍️ दीप गोले तामाङ, रौतहट
//५९// —————<•>————- १) आत्माहत्याद्वारा हुन्न निकास बाँच्नुपर्छ हेर हामीले तबमात्र हुन्छ विकास । २) बनाऔँ सोँच अरू बाडेर लिउँ पीडा हुन्छ सन्चो बरु । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा
//६०// —————<•>————- १) जिउने आस मर्छ कोही नभए साथमा कायरले आत्महत्या गर्छ । २) आफैँले भाग्य लेखाउनुपर्छ कायरले गर्छ आत्महत्या बाँचेर सबैलाई देखाउनुपर्छ । ✍️ सृष्टि एरी, तनहुँ
//६१// —————<•>————- केही बोल्न नपाउँदा आत्महत्याको उठ्छ सोच व्यथा मनमा लुकाउँदा । ✍️ मुक्तिनाथ काफ्ले। जिल्ला चिराङ, असम ,भारत
//६२// —————<•>————- १) नगरौँ पाप कर्म हत्या अपराध हो बुझेर गरौँ धर्म । २) आत्महत्या उपाय हैन अनेक हुन्छन् समस्याहरू जीवनको विकल्प छैन । ✍️ कृष्ण बजगाई भक्तपुर
//६३// —————<•>————- १) जीवन नफालौँ खेर आउँछ जान्छ समस्या हिम्मतिलो हुनुपर्छ हेर । २. आइलागेका समस्या टालौँ जीवनको मूल्य बुझाउन जनचेतना जगाउन थालौँ । ✍️ शान्ता भट्टराई
//६४// —————<•>————- सुन्दर छ जीवन आत्महत्याको कुरै नगरौँ दह्रो बनाउँ मन । ✍️ अरुण कुमार भुजेल कालेबुङ, भारत।
//६५// —————<•>————- १) सबैसँग दुःख बाँट्नू जिन्दगीमा आत्मघात गर्न कहिले पनि नआँट्नू । २) जीवन ईश्वरको वरदान महाशय आत्महत्या होइन कुनै समस्याको समाधान । ✍ अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ।
//६६// —————<•>————- अमुल्य जीवन चाेला ईश्वरले दिएकाे उपहार जतनले सजाउनु हाेला । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे
//६७// —————<•>————- १) बाँच जीवनसँग नहारेर फाइदा छैन केही आफूलाई आफैँले मारेर । २) समाधान होइन मर्नु आइपरेकोमा होसियार भएर सकेसम्म सङ्घर्ष गर्नू । ✍️ गुणनिधि घिमिरे अमेरिका
//६८// —————<•>————- १) सकिन्छ बाध्यता टार्न मनोबल पार्नुपर्छ दह्रो हुँदैन जीवनदेखि हार्न । २) आत्माहत्या अपराध मानिन्छ जस्तै पिडाहरू आओस् जिन्दगीमा जिउन जानिन्छ । ✍️ दिल ठकुरी, दार्जिलिङ
//६९// —————<•>————- १) आफैँ सकाउने किन जीवन भनेकाे पहिले राम्राेसँग आफैँले चिन । २) जीवन अमूल्य हुन्छ जीवनभन्दा राम्राे यहाँ अरू कुन छ ? ✍️ मनुहाङ किराँती साेलु
//७०// —————<•>————- कसलाई पर्दैन पिर ? आत्महत्या नरोज्नु फेरि डटेर उठाऔँ शिर ! ✍️ भुपेन्द्र राना मगर धादिङ
//७१// —————<•>————- फक्रिने आस मर्यो कसैले घात गरेर उसको श्वास मर्यो । ✍️ मधुसूदन पराजुली मन्डन देउपुर १२ ज्याम्दी काभ्रे
//७२// —————<•>————- १) आत्महत्या गर्ने कति बाँच्नका निम्ति मान्छेलाई ओखती खानुपर्ने अति । २) आत्महत्या गर्नेले गरे घरमा बस्न नसकी परिवार अन्तै सरे । ✍️ भगवती दवाडी, झापा
//७३// —————<•>————- १) आत्महत्या हो महापाप सुखदुःख हाम्रो साथी होइन जीवन अभिसाप । २) जिउनु जीवन पाएको आत्महत्या गरेपछि कहाँ पाइन्छ लाएको खाएको । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
//७४// —————<•>————- आत्महत्या गर्नु पाप मनलाई बाँधेर राखौ घटाऔं दुःखको चाप । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ
//७५// —————<•>————- अनुपम सुन्दर जीवन जानाजान खेर नफालौँ गरौँ तनाव व्यवस्थापन । ✍️ तेजप्रसाद खनाल, लमही दाङ
//७६// —————<•>————- १) नखानु जीवनमा हार आफूले आफैँलाई गर्नु सदैव अतुल प्यार l २) नराख्नु मनमा जल्प निदान हुन्छ पीडाको मृत्यु होइन विकल्प l ✍️ बाबुराम गौतम, गुल्मी
//७७// —————<•>————- मनोबल हुँदैन घटाउन आफूलाई बलियो बनाउँ गलत विचार हटाउन । ✍️ सञ्जना शर्मा लमही दाङ
//७९// —————<•>————- समस्याकाे समाधान खाेज्नु अमूल्य छ जीवन आत्महत्या कदापि नरोज्नु । ✍️ कोपिला अधिकारी
//८०// —————<•>————- १) जीवनमा घृणा पाएर कतिले आत्महत्या गर्छन् लागु औषधी खाएर । २) एकबार पाएको जीवन अब केही नसोची कठोर पारौँ मन । ✍️ ललिता गिरी सिन्धुली हाल काठमाडौँ नेपाल
//८१// —————<•>————- १) कोरिएका जीवनका रेखा आफैँलाई थाहा छैन सबैले भन्छन् देखा । २) कसैले आत्महत्या नगरौँ जस्तो परिस्थिति आओस् मनमा खुसी भरौँ । ✍️ लक्ष्मण देउवा डोटी हाल भारत चेन्नई
//८२// —————<•>————- १) नराम्रो सोच हटाउनू फुर्सदको समयमा साथी सिर्जनामा मन लगाउनू । ✍️ बाल कृष्ण श्रेष्ठ
//८३// —————<•>————- १) आत्महत्या जधन्य अपराध जीवनको अन्त्य नसोची थापौँ परिश्रमको काँध । २) व्यर्थमा जीवन फाली महत्वकाङ्क्षा नपालौँ ठूलो रोपेकै फल्छ बाली । ✍️ ममता पौडेल बुढीगङ्गा -२ , मोरङ
//८४// —————<•>————- आत्महत्या गर्नु नराम्रो किन बुझ्दैनौ कुरा अमूल्य जिवन हाम्रो । ✍️ दुर्गा भट्टराई मोरङ
//८५// —————<•>————- १) मनुष्य चोला कर्मको देहको त्याग नगरौँ हिँडौँ बाटो धर्मको ! २) आत्महत्या कायरको काम छोटो बुद्धिले फाल्नेलाई मिल्दैन फेरि परमधाम ! ✍️ अच्युत घिमिरे सर्पाङ, भुटान🇧🇹
//८६// —————<•>————- १) नफालौँ जीवन खेर हर परिस्थितिसँग लड्दै बाँच्नु पर्छ हेर । २) आवेगमा आत्महत्या गर्छन् भड्किन्छ उसको आत्मा नर्कको भुमारिमा पर्छन् । ✍️ वेल थोकर तामाङ मकवानपुर, बकैया_८ बस्तिपुर
//८७// —————<•>————- कमजोर मन अचेत विकल्प होइन आत्महत्या बनौँ सबै सचेत । ✍️ रक्षा काली रे
//८८// —————<•>————- १) नफाल्नू अकालमै ज्यान एकैनास हुँदैन समय यसमा दिनू ध्यान । ✍️ नन्दा धामी नौगड दार्चुला —————<•>—————
साताका उत्कृष्ट झिल्का कविताको २६ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २६ का लागि झिल्काकारत्रय राजकुमार राजभण्डारी, दिपक दाहाल र अनमोल राईका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
१. देखायौ नजर फेरि स्वार्थ लुट्ने दाउमा आउँदैछौ मौका हेरी । २. हानेर तिर झिलिक्क चम्किए चमचम भएर जुधायौ आँखा पिलिक्क । ३. गाईजात्रा पर्व हेर्दाखेरि टुटेको सम्बन्ध हाम्रो मिलन भयो फेरि । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे । मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
१. तिमी काे हाै ? भन्न मिले भन हेर्दा राम्रै छाै । २. राेएर स्वास्नी पाइँदैन भागेर जान्छौ कहाँ झुटकाे खेलाे चाहिँदैन । ३. रोगीका लागि ओखती ढुङ्गाकाे निम्ति माटाे गुनिला हुन्छन् अति । ✍️ दिपक दाहाल हरिवन८सर्लाही
१. गोरुको मुखमा मौलो एक छन् हजुर लिँदैछु म जौँलो । २. गयो जताततै पहिरो भदौरे झरी निष्ठुर दियो चोट गहिरो । ३. बेला बेला आउँछु झिलिक्क झिल्कन्छु झिल्कामा फेरि कतै अस्ताउँछु । ✍️ अनमोल राई
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- चौरानब्बेऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०५/२०गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ९४[चौरानब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
भवानी घिमिरे जमुना आचार्य पशपती राई पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुशी स्थायी :- आफू खुशी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ पञ्चाङ्ग:०१ यसपालीको तीजमा रमाउने हो। दिदीबहिनीको हात समाउने हो। तीजको सबैलाई शुभकामना छ, तीजको पुरानो भाका जमाउने हो। भावनात्मक शुद्धता कमाउने हो। सुशीला पौडेल पञ्चाङ्ग:०२ सुन्दर शान्त कुनै शहर आएन। मन् मस्तिष्कमा कुनै ठहर आएन। राताे पाेशाक लगाए नारीहरूले, तीज आयाे रे कुनै रहर आएन। खशीले नाच्न कुनै प्रहर आएन। ह्यारिस
पञ्चाङ्ग:०३ धेरै समय पछि साथीसँग रमाउँछन् तीजमा। रमाउँदै नाचेर आफ्ना गीत जमाउँछन् तीजमा। आफ्ना चाड पर्वहरु भनेर गर्व गर्न सकियोस्, परम्परा अनुसारको धर्म कमाउँछन् तीजमा। विकृति छोडेर संस्कृतिलाई समाउँछन् तीजमा। – सुस्मिता अधिकारी ,काठमाडौं
पञ्चाङ्ग:०४ संस्कारलाई कदर गर्दै दर खाऔं चेली हो पर्वको आदर गर्दै भाका तीज गाऔं चेली हो धेरै भद्दा किन बनाउनु पर्यो यो तीजलाई इज्जत ढाकिने गरि पहिरन लाऔं चेली हो छमछम नाची तीजको लहर छाऔं चेली हो। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०५ मीठोमीठो खाने तीजैमा जन्मघर जाने तीजैमा अघिपछि त्यत्तिकै हुने उपहार लाने तीजैमा पति, घर धाने तीजैमा। घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०६ दिदीबहिनी भेटेर नाँच्ने बरिलै गीत गाएर सम्झना साँच्ने बरिलै, बर्ष दिनमा मनाईने तीज पर्व , खुसीसाथ मनाएर बाँच्ने बरिलै उफ्रि, उफ्रि कम्मर नि भाँच्ने बरिलै। शोभा आचार्य गौतम
पञ्चाङ्ग:०७ रमाइलो चाड तीजको बेला माइतीघर आउनु घरमा पनि नगरी झमेला माइतीघर आउनु दर पनि खाउँला व्रत नी लिउँला शिवजी पुजौँला भेला भएर गरौँला है खेला माइतीघर आउनु चेली र माइती हुँदैन रेला माइतीघर आउनु ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:०८ रमाइलो पर्व माइतीघर जाने तिजमा आफ्नै आमाले पकाएको दर खाने तिजमा परम्परादेखि चलिआएको हाम्रो संस्कार भान्टाङ्ग र भुन्टुङ्ग छोराछोरी लाने तीजमा गाउँदै नाच्दै रमाईलो गर्ने ठाने तीजमा ॥
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०९ माइत जान नपाए नी नाचेँ गयो तीज यसपाली टाढा भएँ त्यतिकै भयो तीज बिनाखर्च टाढा बाटो सम्झेर बिताइयो पराई घर आएपछि यस्तै छ यो तीज साथीसंगी भेट्ने रहर भाग्यो त यो तीज अम्बिका अधिकारी झापा बिर्तामोड
पञ्चाङ्ग:१० संस्कृतिलाई धान्दै योचाडमा रमाऔं अब सन्ततिलाई पनि पर्व सभ्य थमाऔं अब सरल तरिकाले मान्ने हो चाडपर्व बुझौं , परम्परा अनुरुप नै धर्म कमाऔं अब यी विकृति त्यागी संस्कृतिलाई समाऔं अब
✍️ डा.शंकरप्रसाद गैरे `नमस्ते´ लघुकथासङ्ग्रह भूमिका गैरे तिमिल्सिनाद्वारा लेखिएको हाे । पेशाले शिक्षक गैरेले स्नातकोत्तर तहसम्मको अध्ययन गरेकी छन् । गैरे शिक्षणका साथै समाजसेवा र साहित्य साधनामा सक्रिय छन् । २०८० सालबाट लघुकथा लेखनमा लागेकी गैरेले छ महिनाको छाेटाे अवधिमा पाँच दर्जन लघुकथा लेखेर आफ्नो प्रतिभाकाे परिचय दिएकी छन् । लघुकथा लेखनकाे अध्ययन तथा अभ्यासमा सक्रियतापूर्वक लागेकी गैरेकाे लेखन निरन्तर परिष्कृत हुँदै गएको प्रतीत हुन्छ ।
भूमिका गैरेकाे `नमस्ते´ लघुकथासङ्ग्रहमा सैँतिसवटा लघुकथाहरू समाविष्ट छन् । सानासाना लघुकथाहरूमा विषयगत विविधता देखिन्छ । यिनका लघुकथाले घर परिवार, छरछिमेक, समाज, संगीसाथी, शिक्षा, विद्यार्थी, शिक्षक, अभिभावक, दाजुभाइ बीचको सम्बन्ध, लगायतका विषयकाे उठान गरेकाे देखिन्छ । बालमनाेविज्ञान, कुरीति, कुसंस्कार, साैतेलाे सन्तानको समस्या, भूकम्प, काेराेनाजस्ता दैवीप्रकोप, सामाजिक सेवामा प्राप्त हुने सम्मान प्रतिष्ठा यिनका लघुकथामा उठाइएका विषय हुन् । स्वार्थी श्रीमानले श्रीमतीमाथि गर्ने छल र वैदेशिक राेजगारीमा गएका व्यक्तिका श्रीमतीको तडकभडकजस्ता विषयलाई अत्यन्त जीवन्त रूपमा प्रस्तुत गरिएको छ । मित्रका मित्रप्रतिका इमानदारी र दायित्व तथा मित्रतामाथि गर्ने धाेका आफन्तले गर्ने अपमानकाे पीडा, छाेराछाेरीमाथि हुने भेदभाव, क्षमताबिनाकाे जिम्मेवारीले गर्दा हुने समस्या, भावुकतामा गरिएको निर्णयले गर्दा हुने पछुतो गैरेका लघुकथाका विषय हुन् ।
पदीय रवाफ, भनसुन गर्ने प्रवृत्ति र याेग्यताकाे अवमूल्यन, यथार्थ लेख्ने पत्रकारमाथि हुने दुर्ववहार, नेताहरूका चुनावी भाषण, कर्म र भाग्यमाथिकाे दृष्टिकोण, शिक्षकको दायित्व, मेडिकल क्षेत्रमा देखिएको लापरबाही, दाइजो प्रथाकाे बिराेध भूमिका गैरेका लघुकथाकाे महत्त्वपूर्ण कथ्य हाे । व्यङ्ग्य पक्ष कम र सरल रैखिक कथ्यपद्धतिलाई अवलम्बन गरिएका `नमस्ते´ लघुकथासङ्ग्रहभित्रका लघुकथाका आधारमा गैरे सम्भावना बाेकेकी लघुकथाकार हुन् जाे निरन्तर साधनारत छन् भन्ने देखिन्छ । उनीबाट भाेलिका दिनमा अझ शक्तिशाली लघुकथाकाे अपेक्षा गर्न सकिन्छ ।
कृति : नमस्ते विधा : लघुकथा लेखक : भूमिका गैरे तिमिल्सिना प्रकाश : नमस्ते आधुनिक लघुकथा मञ्च प्रकाशन वर्ष : २०८१ वैशाख मूल्य : २७५/-
भाद्र २८ ,दाङ राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित रचना वाचन कार्यक्रम अन्तर्गत ७८औ श्रृङ्खलामा साहित्यकार शरद गौतमको एकल कविता वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतमा र वरिष्ठ साहित्यकार गणेश विषमको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । साहित्यकार शरद गौतमले विभिन्न विषयवस्तुका डेढ दर्जन कविता वाचन गर्नुभएको थियो । ती वाचित रचनाहरूको समीक्षा प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार तथा वरिष्ठ साहित्यकार पदमप्रसाद शर्माले गर्नुभएको थियो।
समीक्षकको रूपमा बोल्दै साहित्यकार पदम प्रसाद शर्माले भन्नुभयो,” शरद गौतमका कवितामा उज्यालो पक्ष समेटिएका छन् । सबै कविताहरू न्यायको पक्षमा छन् ।अन्यायको विरुद्धमा छन्। समसामयिक विषयवस्तुमा समेटिएका छन् । राष्ट्रप्रेमका भावना उठाएका छन् । जेष्ठ नागरिकले भोग्नुपर्ने यथार्थ पीडा छन् । वातावरण प्रदूषणले ल्याएको समस्याहरू रहेका छन् । समानताको पक्षमा आवाज उठाएका छन् ।” साथै उहाँले साहित्यकार गौतमको निरन्तर रूपमा सिर्जनामा लागे यी कविताभन्दा पनि उत्कृष्ट कविता लेख्न सक्ने कुरा बताउनुभयो ।
राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा.लोकराज पराजुली,राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार कमलमणि देवकोटा, गोरक्ष रत्ननाथ पुस्तकालयका अध्यक्ष शंकर योगी,नेपाल बाल साहित्य समाज लुम्बिनी प्रदेशका अध्यक्ष सूर्य विसी, पुरस्कार संस्थापकहरू हरिप्रसाद पाण्डे नरेश जंग राणा, नगेन्द्र गुरु, देवेन्द्र रिजाल लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार नारायण नेपाल, यज्ञबहादुर डाँगी, चर्चित गीतकार प्रकाश केसी, नयाँ युगबोध राष्ट्रिय दैनिकका पत्रकार गोविन्द खड्का, रङ्गभूमि टेलिभिजनका सञ्चालक हुम रेग्मी, साहित्यकारहरूमा सुन्दर गौतम, हरिप्रसाद पौडेल “स्वर्णशिका ” सुवास न्यौपाने, गोपाल भुसाल अभिलाषी, धनसिंह गिरी, वीणा रोका, मदन गौतम, नीलु पोख्रेल , नारायण प्रसाद श्रेष्ठ, महेश कुमार न्यौपाने, केपी आचार्य, सुशीला आचार्य ,गोविन्द पोखरेल, नुमाकान्त न्यौपाने, राधा शर्मा, कृष्ण बस्नेत, नवराज देवकोटा ,दिल्लीराज जीएम, गिरिप्रसाद पन्थी, देवेन्द्र रिजाल, दामोदर पौडेल, प्रेमप्रसाद गौतम, कृष्णप्रसाद रिजाल,नारद भण्डारी,उमङ्ग अधिकारी, रिमा गौतम, प्रकाश श्रीबन्द, लगायतको उपस्थित रहेको थियो। सो कार्यक्रममा संस्थाको तर्फबाट एकल रचना वाचक साहित्यकार शरद गौतमलाई प्रशंसापत्रले सम्मान गरिएको थियो।
राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रको सञ्चालक सचिव घनश्याम केसीले गर्नुभएको थियो।
✍️ लक्ष्मण अर्याल, समीक्षक कुमार काफ्ले लिखु गाउँपालिका ५, यसम, ओखलढुङ्गामा वि.सं. २०४१ चैत २३ मा जन्मिएका स्रष्टा हुन् । पिता रुद्रबहादुर र माता गोमादेवीका चार सन्तानमध्ये जेठा छोरा कुमारले मानविकी र शिक्षाशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । अर्थात् उनी २ वटा सङ्कायमा स्नातकोत्तर उपाधिप्राप्त व्यक्ति हुन् । उनको खास पेशा शिक्षण हो । उनी आफूले अपनाएको पेशालाई ‘साँच्चिकै रमाइलो र गर्व गर्न लायक’ ठान्छन् । यसैले उनमा पेशाप्रतिको इमान्दारिता पनि पर्याप्त छ । उनी श्री अमर कल्याण नमुना मा.वि.मा पढाउँछन् । यो विद्यालय इलामस्थित नयाँवजारमा अवस्थित छ । उनको आबद्धता ओखलढुङ्गाकै सिद्धिचरण पुस्तकालयसँग पनि रहेको छ ।
कुमार काफ्लेसँग सम्पादक र साहित्यिक व्यक्तित्व छ । उनले ‘शिशिर वसन्त साहित्यिक मासिक’, ‘हातेमालो साहित्य सङ्गम’ लगायतका पत्रिकाहरूको सम्पादन गरेका छन् । साहित्यिक व्यक्तित्वभित्र उनका कवि तथा आख्यानकार व्यक्तित्व पनि छ । त्यसो त उनको साहित्य लेखनको सुरुवात नै कविताबाट भएको हो । उनले लेखेको पहिलो कविताको शीर्षक ‘कलम’ हो । जुन सर्वप्रथम मध्यान्ह राष्ट्रिय दैनिकमा प्रकाशित भएको थियो । आख्यानमा काफ्लेले ३ वटै प्रविधामा कलम चलाएका छन् । उनको पहिलो प्रकाशित कृति नै उपन्यास हो जुन २०७२ सालमा ‘हजार सपना’ शीर्षकमा प्रकाशित छ । २०७३ मा प्रकाशित मोलुङ लघुकथा सङ्ग्रहमा पनि उनका केही लघुकथा प्रकाशित भएका भेटिन्छन् । २०८१ वैशाखमा काफ्लेले ‘सपना कतिपय’ शीर्षकको लघुकथासङ्ग्रह प्रकाशनमा ल्याएका छन् । आख्यानको दोस्रो तथा मझौलो प्रविधा कथामा भने उनका आजसम्म सङ्ग्रह प्रकाशित भएका छैनन् तर पनि उनका कथाहरू पत्रिकाहरूमा फुटकर रूपमा बाक्लै प्रकाशित भइरहेका छन् । आशा गरौँ – उनी छिट्टै नै कथासङ्ग्रह पनि लिई आउनेछन् ।
कुमार काफ्लेलाई सरसर्ती पढेपछि लाग्यो – कुमार सम्भावना भएका लघुकथा लेखक हुन् । हुनत उनका एकदुई कथा पनि पढेको छु मैले । कथालेखनमा पनि उनी माझिएका छन् । कथाको प्रस्तुतिमा पाठकलाई ध्यानाकृष्ट गरिरहने कला छ उनीसँग ।
कुमारका लघुकथामा समसामयिकता छ । उनका रचनाभित्र वर्तमान समाजको प्रतिबिम्ब छ । विकृति र विसङ्तिलाई सुकृति र सुसङ्गतिमा हिँडाउन प्रयास गरेका छन् उनले । यसो त उनले आफ्ना कुरामा भनेका पनि छन् – “लघुकथा लेखनको मेलोमा मैले भेट्टाएका, देखेका र भोगेका अनुभूतिहरूलाई, समाजमा वर्षौँदेखि रहेका पीडा र उत्पीडनलाई सहेर संघर्ष गरिरहेका जुधारु मान्छे र मानवताका कथाव्यथालाई, समस्त प्राणी र वातावरण संरक्षणका सवाललाई उधिन्ने कोशिस गरेको छु ।” सपना कतिपय भित्र उनले भनेझैँ नै छन् विषय र प्रस्तुतीकरण पनि ।
‘सपना कतिपय’ सङ्ग्रहका लघुकथाहरूमा वर्णनमा मनग्गे सरलता छ । छोटा वाक्यहरूको प्रयोग गरिएका छन् । लघुकथाहरू रैखिक ढाँचाका नै छन् । आदर्शभन्दा यथार्थता नै बलिया छन् लघुकथाहरूमा । सम्वादमा मनोहारिता छ । लघुकथाहरू व्यङ्ग्यात्मक छन् । सङ्ग्रहका केही लघुकथाहरूलाई छाड्ने हो भने लघुकथाकारले अन्त्यव्यवस्थापनको प्रभावकारितामा ध्यान दिएका छन् भन्न सकिने ठाउँ छ ।
कृष्णजी शर्मा उपनाम भएका घनश्याम डल्लाकोटी राप्ती नगरपालिका वडा नं. ८ चितवनमा जन्मिएका स्रष्टा हुन् । पिता विष्णु र माता बेलीमायाका पाँच सन्तान मध्ये दोस्रो सन्तान र जेठो छोराका रूपमा जन्मिएका डल्लाकोटीले व्यवस्थापनमा स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका छन् । २०५० देखि ५६ सालसम्म उनले शिक्षण पेसा पनि अपनाए तर त्यहाँ उनी धेरै समय रमाएनन् । खासमा उनको २ वटा व्यक्तित्व छ– पहिलो व्यवसायी व्यक्तित्व र दोस्रो साहित्यिक व्यक्तित्व ।
साहित्यिक व्यक्तित्वका पनि दुई पाटा छन्– एउटा सर्जक व्यक्तित्वको पाटो र अर्को साहित्यिक अभियन्ता व्यक्तित्वको पाटो । सर्जक व्यक्तित्वमा उनी विशेषतः आख्यानकेन्द्री छन् । आख्यानभित्र पनि उनी लघुकथा प्रविधामा बढी एकाग्र छन् । हुन त उनले साहित्यमा नाट्य विधाबाट पहिलो पाइलो सारेका हुन् । २०५३ मा संयुक्त लेखनमा लेखिएको मृत्युशैया नामक नाटक नै उनको साहित्यिक जीवनकै पहिलो सिर्जना हो । लघुकथामा भने उनी २०७४ बाट संलग्न भएका हुन् । ‘समय खराब छ’ उनको पहिलो लिखित लघुकथा हो ।
घनश्याम लघुकथा अभियानमा लाग्दालाग्दै आफ्नो सिर्जनकर्मको प्रकाशनमा पछि परिरहेका थिए । धेरै पछि आएर मात्र उनको पहिलो सङ्ग्रह प्रत्यक्षीकृत भएको छ । पहिलो साहित्यिक सँगालो बन्ने अवसर उनकै रुचिको प्रविधा लघुकथाले पाएको छ – ‘महाकम्प’का नाममा । हुन त मलाई के लाग्छ भने– पहिलो कृति प्रकाशनमा धेरैजसो मानिसहरू हतार गर्छन् । हतार र हतपतले कृतिको स्तरीयतामा आघात पुर्याउँछ । मैले यस्ता धेरै लेखकहरू भेटेको छु जो ‘हतार गरिएछ’ भन्ने निष्कर्षमा पुगेका छन् । यसैले घनश्यामको ‘स्वकृति प्रकाशन विलम्ब’ अर्थपूर्ण नै लागेको छ ।
प्रस्तुत लघुकथा कृतिका केही लघुकथाको पठनमा मैले घनश्याममा लघुकथा सचेतना भेट्टाएँ । यो उनले लघुकथाको अभियानमा लाग्दा पाएको अनुभवको परिणति हो भन्ने लाग्छ । लघुकथाहरूमा घनश्याम विकृति, विसङ्गति र गलतहरूप्रति प्रहारक बनेका छन् । अभिव्यक्तिको सरलता उनको खास वैशिष्ट्य हो ।
हुन त लघुकथा लेख्दा मस्तिष्क र हृदय पक्ष दुवै सञ्चालित हुनसक्छ । मस्तिष्क पक्ष चलायमान भई लेखेका बेला लघुकथाकार निकै बौद्धिक बन्छ । बौद्धिकता प्रबल भएका बेला जटिल संरचनाका लघुकथा लेखिन्छन् । बौद्धिक लघुकथाले फरक खाले पाठकको अपेक्षा गर्छ । हृदय पक्षको प्रबलताले लघुकथा आम पाठकहरूमा सजिलै लोकप्रिय बन्छ ।
म ढुक्क छु– घनश्यामका लघुकथा सर्वप्रिय बन्नेछन् । मैले प्रथम चरणमा जे जति लघुकथा पढेँ त्यसमा राखिएका शीर्षकहरूमध्ये अधिकांश शीर्षक अभिधात्मक भन्दा प्रतीकात्मक नै पाएँ । यो उनको कृतिभित्रका एक तिहाइ लघुकथा पढेपछिको मेरो निष्कर्ष हो । लघुकथाहरूले यथार्थ पाटोलाई नै बढी समाएको छ ।