काठमाडौं । आप्रवासी श्रमिकहरुको लागि वैदेशिक रोजगार विभागले प्रदान गर्ने सेवा सम्बन्धि जानकारी मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को आयोजनामा भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न भएको हो ।
शुक्रबार सम्पन्न उक्त घकार्यक्रममा वैदेशिक रोजगार विभागले श्रमिकलाई प्रदान गर्ने सेवाहरु र विदेशमा विभिन्न किसिमका समस्या परे के गर्ने?, भन्ने विषयमा वैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवारले परामर्श प्रदान गरेका थिए ।
विदेशमा अलपत्र परेमा, विभिन्न स्वास्थ्य समस्यामा परेमा, करार दायित्व पुरा नगरेको अवस्थामा, कानुनी प्रतिरक्षाको सन्दर्भमा विभागले सहयोग गर्दै आएको निर्देशक सुनुवारले जानकारी दिए । धेरै जस्तो समस्या यी माथि उल्लेखित समस्याहरु भएकोले समयमा पीडितले उजुरी नगर्दा र विभिन्न कानुनी प्रक्रियाले गर्दा पीडितले छरितो सेवा नपाएको सत्यभएपनि यसको सुधारको लागि सबैले पहल थाल्नुपर्ने उनले बताए ।
विदेशमा अलपत्र परेमा, विभिन्न स्वास्थ्य समस्यामा परेमा, करार दायित्व पुरा नगरेको अवस्थामा, कानुनी प्रतिरक्षाको सन्दर्भमा विद्युतीयमाध्यमबाट पनि उजुरी गर्न सकिने हुनाले सहज भएको निर्देशक सुनुवारले बताए । उजुरी दिदा विदेश स्थित नेपाली नियोग, विभागको कार्यालय, परराष्ट्रमन्त्रालय, प्रशासन लगायतका सरकारका सम्बन्धित निकायमा उजुरी गर्न सकिने उनले बताए । साथै वैदेशिक रोजगारीका क्रममा यस्ता समस्या परेकाको उद्धार पनि तुरुन्तै हुने निर्देशक सुनुवारले बताए ।
हाल नेपालमा ८ सयभन्दा बढी म्यानपावर कम्पनीले ईजाजत् लिएर विदेशमा श्रमिक पठाउदै आएकोले ईजाजत प्राप्त संस्थाबाट मात्रै विदेश जानपर्ने निर्देशक सुनुवारले आग्रह गरे । कामदारको माग प्रमाणीकरण अनुसार विभागले पूर्व श्रमस्वीकृती, कामदार छनोट लागि अनुमति, अन्तिम श्रम स्वीकृति, ईजाजतपत्र लगायतका सेवाहरु विभागले प्रदान गर्दै र नियमन गर्दै आएकोले आप्रवासी श्रमिकहरु पीडित नहोउन भन्ने तिर विभाग सजग रहदै आएको निर्देशक सुनुवारले बताए ।
कार्यक्रममा मलेसिया तथा खाडी र अन्य मुलुकमा कार्यरत श्रमिकहरु, विभिन्न मुलकमा रहेका आप्रवासीसम्बन्धि काम गर्ने संस्थाका प्रतिनिधिहरु, पीएनसीसीका स्वयंसेवकहरु लगायतको उपस्थिति रहेको थियो ।
काठमाण्डौँ, ०५ कार्तिक । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७४औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
‘साताका तीन लघुकथा’को बिसौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (फुपूको लाख, हाम्रो शिक्षा र अलमल ) छनोट गरी प्रकाशन गरिएको छ।
१) लघुकथा – फुपूको लाख
✍️ म्यामराज राई आसबहादुरसॅंग घरबारी थियो । धारा आउॅंथ्यो । जाँगर भने थिएन । ऋण काढेरै मीठो मसिनो खान चाहिॅं खान्थ्यो । नातागोता, आफन्तहरू सबैतिर ऋण लिइसकेको थियो । तिर्न सक्ने हैसियत थिएन । स्रोत थिएन । तर, ऋण पाउन अनेक् तिकडम लगाउन छोडेन । भर्खर विदेशबाट आएकी आफ्नी फुपूको घरतिर बाटो सोझ्यायो।
“एक लाख तपाईॅंबाट आशा छ है ।” उसले खातामा पैसा जम्मा गर्नुपर्ने कथा सुनायो । ‘कहिलेसम्ममा फिर्ता गर्छस् ।’ फुपूले सोधिन । किनकि ऊ उनको साक्खै भदा हो । एउटा शर्तसहित आस देखाईन्, “घरबारी बाँझो राख्न पाउॅंदैनस्, नि ।”
‘नखाऊॅं दिनभरिको सिकार, खाऊॅं भने कान्छा ‘बा’को अनुहार भनेझैँ ।’ उसको मन उसैसित बोल्यो । दोमनबीच शर्त मान्न तयार छु भन्ने आशयमा टाउको हल्लायो । र, ऊ लाखको बिटोसॅंगै घर फर्क्यो । पुन: सोचमग्न भयो, ‘बैङ्कमा पैसा हुन्छ । आजबाट मेरो घर बैङ्क र म बैङ्क मालिक ।’
फुपूसॅंग सम्झौता गरे अनुसार घरबारी बाँझो राख्न मिलेन । नगदे बाली बारीभरि लगायो । मेहनती पाखुरी बजायो । खुद्रा खुद्री पैसा गोजीमा पर्न थाल्यो । पाखुरी जति धेरै बजायो, त्यतिनै लक्ष्मी भित्रिइरहिन् ।
घरबारीले साथ दिएपछि छ महिनापश्चात् फुपूको लाख रकम उसले फिर्ता गर्यो ।
✍️ छायाँदत्त न्यौपाने ‘बगर’ बिहानको समय थियो । घाम झुल्किन बाँकी । यात्रीहरू गन्तव्यमा पुग्न हतारिएका थिए । सिट भरिएपनि कलङ्की चौकमा बसले यात्री खोजिरहेको थियो ।
एक जना बुढा मान्छे लौरो टेक्दै बसमा चढे । बसको सहयोगीले सिट देखाएनन् । बुढा आफैँले आँखा डुलाए । बस्ने ठाउँ खाली थिएन । माथिपट्टि जेष्ठ नागिरक लेखेको सिट पनि भरी थियो ।
मेरो अगाडिको सिटमा बसेका यस्तै ६०/६५ वर्षका बुढा ‘यहाँ बस्नुस् !’ भन्दै आफू उठे । लौरो टेका बुढाले ‘यो त जेष्ठनागरिक सिट होइन् ? म तपाईॅंलाई उठाएर कसरी बसूँ ?’ प्रश्न गरे । सिट दिएका बुढाले थपे- ‘म उभिन सक्छु । मलाईभन्दा तपाईॅंलाई बढी खाँचो छ सिटको ।’
लौरो टेकेका बुढा पनि के कम ! उनका आँखाहरू जेष्ठनागरिक सिटतिर फर्किरहेका थिए । सिट दिने बुढाले लौरे बुढा जेष्ठनागरिक सिटमै बस्न मन गरेको थाहा पाए । उनले सुटुक्क बल्लबल्ल पाएको सिट लौरे बुढाका लागि छोड्नुपर्ला भनेर झ्यालतिर मुन्टो घुमाएर बसिरहेका पोसाकधारी महाविद्यालयका छात्रछात्राको मन पनि सुने ।
उनले विद्यार्थीहरूतिर देखाउँदै ‘उहाँहरू बिरामी हुनुहुन्छ, तपाईॅं यहाँ बस्नुहोस् न भनेर आफूले छाडेको सिट देखाए ।’ दुई जना बुढाका तर्क सुन्नेहरू जिल्ल परेर मुखामुख गर्दै थिए । पर्वत हाल : काठमाण्डौँ
३) लघुकथा – अलमल
✍️ राजेश भट्टराई मेरो घरको सामुन्ने घरको बुबा बित्नु भयो । दाहसंस्कार र काजकिरिया गर्न पर शहरमा पढ्न बसेको छोरालाई बोलाइयो । किरिया गर्न कपाल खौरिन भन्दा अस्विकार गर्दै भन्यो, -“किन खौरिने कपाल ? किन गर्ने काज किरिया ? अहिलेको जमानामा पनि यस्तो रुढीवादी कुरा गरेर हुन्छ ? लास जलाइयो, दुःख मनाउँ गरियो, पुग्यो ।”
त्यसको एक महिनापछि छेउको घरको आमा बित्नुभयो । छोराहरूसँगै बिहे गरेर गएका छोरीहरू पनि किरिया गर्न तम्सिए । अरूहरूले “छोरीहरूले त पर्दैन ।” भन्दा जवाफ फर्काउँदै भने- “किन पर्दैन ? के हामीहरू आमाका सन्तान होइनौँ ?” “हौ । तर तिमीहरूले अन्तिममा उम्किने बेलामा तिन दिनमात्र गरे पुग्छ।” “किन तिन दिनमात्र ? के हामीहरूलाई दाईहरूलाई भन्दा थोरै समय गर्भमा राखेर जन्माउनु भएको आमाले ?”
म भने अलमलमा परेँ । यिनीहरूमध्ये वास्तविक क्रान्तिकारी को हो ? सैनामैना 11,रुपन्देही हाल भरतपुर चितवन
पञ्चाङ्ग चित्रपट भाग:-१५ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०७/०३
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको १५[पन्ध्रौंँ] चित्रपटमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै
दिपावली तथा यमपञ्चकको बारेमा यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रवर्तक तथा परिकाल्पनाकार ================= सोमनाथ लुइटेल “रवि पाल्पाली”
चित्र संकलन गुगलबाट —————– सोमनाथ लुइटेल “रवि पाल्पाली”
शुद्धीकरण ————– भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
सङ्कलक :- ———- दुर्गा आचार्य & सुशीला पौडेल ——— अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजन ————-
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ————————
चित्रपट पञ्चाङ्ग [०१]
दियो बाली पूजा गरेर म बसेको छु । दाइ तिम्रो पर्खाइमा तेल घसेको छु। पर्खाइमा राखेर नबस आउ शुभ । चार दिवार झिलीमिलीमा पसेको छु , नभन यमराज जालमा फसेको छु ।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
चित्रपट पञ्चाङ्ग [०२]
घरघरमा उज्यालो पार्न आउनु पर्छ बैनी । भैली देउँसीमा पैसा झार्न आउनु पर्छ बैनी । दिपक जलाई मनाउँ मिलेर हामी सबैले , दु:ख पीडा मिलेर नै सार्नु आउनु पर्छ बैनी । कार्तिकको ग्रहलाई तार्न आउनु पर्छ बैनी ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
चित्रपट पञ्चाङ्ग [०३]
अलिकति खुसी दिएर जान्छ । फाटेको हृदय सिएर जान्छ । हुनेलाई राम्रो नभए ऋण, भएको उमङ्ग लिएर जान्छ । हर्षको मुहान पिएर जान्छ ।
✍️आर्त अकुलीन, कैलाली ।
चित्रपट पञ्चाङ्ग ०४
लक्ष्मी पुजा गरेर रातभरि जाग्राम बसौंला तिमी आउनुहै। देउँसीभैलो खेल्दै गाउँघर आँगनी पसौंला तिमी आउनुहै। तिहार पर्वको अवसर बर्षमा एक पटक आउने होनि, सप्तरङ्गी टीका पालैपालो निधारमा घसौंला तिमी आउनुहै। जनम जन्मादि दीर्घायुको कामनाले कसौंला तिमी आउनुहै।
✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
चित्रपट पञ्चाङ्ग ०५
तिहार हाम्रो महान् पर्व रमी मनाऊँ सधैँ । दाजुभाइ दिदीबहिनी माया खनाऊँ सधैँ । परम्पराको मौलिकता जगेर्ना गरेर नै , वास्तवमा नेपाली हामी भन्ने जनाऊँ सधैँ । बडम्पन र देखासिकीमा नगनाऊँ सधैँ।
✍️तेजप्रसाद खनाल, लमही दाङ।
चित्रपट पञ्चाङ्ग ०६
मेरो लागि चाडपर्व नआए पनि हुन्थ्यो । हाम्रो आँगनिमा गीत नगाए पनि हुन्थ्यो । दाजुभाइ यसपाली परदेशमा हुने , आफ्नै कोखको नभए नधाए पनि हुन्थ्यो । सेल रोटि फिनि झर नखाए पनि हुन्थ्यो ।
✍️चेतना पोखरेल, बिराटनगर ।
चित्रपट पञ्चाङ्ग ०७
फूलैफूलको तिहार मनाउन भाइ आएनन् । मपनी छु है भनेर जनाउन भाइ आएनन् । एकोहोरो माया मेरो खाली निधार यसपाली , फूलको माला उनेर बनाउन भाइ आएनन् । तिम्रो हुँ भनेर गिन्ती गनाउन भाइ आएनन् ।
✍️पार्वती अर्याल , भरतपुर चितवन।
चित्रपट पञ्चाङ्ग ०८
दियो बाली दिपावली मनाउँ सबैले। महान पर्व भनेर जनाउँ सबैले।। माता देवी लक्ष्मीको पुजा पाठ गरेर। सप्तरंगले मण्डप बनाउँ सबैले।। दिदीको हातको टीका लगाउँ सबैले।।
✍️मल्ल लक्ष्मी श्रेष्ठ?,मेची किनार बिर्तामोड झापा ।
चित्रपट पञ्चाङ्ग ०९ [०१] साहित्यमा चम्किलो तारा भइ देउ भाइ। मानिसको सक्षम पारा भइ देउ भाइ। सुख दुःखमा सक्षम भएर हिँड्नु पर्छ, ज्ञानेन्द्रीय बाँधेर सारा भइ देउ भाइ। त्यो उच्च नामको नै नारा भइ देउ भाइ। [०२] रातमानै पुजागरेर लक्ष्मीको लक्ष्मी पाउला तिमी आउन । देउसी भैलो खेल्दै सबै घर घरमा जाउला तिमी आउन । बर्ष घुमेर सबैका ती घर घरमा आउने चाड तिहार, साइतमै सप्तरङ्गी टीका क्रमबद्ध लाउला तिमी आउन । दिर्घायुको कामनाले नै फूल मालाले छाउला तिमी आउन
✍️बेदु न्यौपाने काठमाडौ ✍️
चित्रपट पञ्चाङ्ग १०
खुशी साट्ने निराशा जाने आयो तिहार। घर दैलो लिपपोत गरि माने आयो तिहार। झिलीमिली बत्ती बाली पुजा गर्छन् कुलको , गरीबीको धन नहुँदा नि सेल खाने अायो तिहार। सबै मिली रमाइलो उपहार लाने अायो तिहार ।
✍️अम्विका अधिकारी, झापा विर्तामोड ।
चित्रपट पञ्चाङ्ग ११
खुशी साट्न तिहारमा आए मेरा दाजै । द्याैसी भैलाे घुमीघुमी गाए मेरा दाजै। सप्तरङ्गी टीका अनि मखमली माला शिरभरि ढाकाटाेपी लाए मेरा दाजै । लक्ष्मीपूजा गरी प्रसाद खाए मेरा दाजै।
✍️चन्द्रावती अधिकारी, काेहलपुर वाँके ।
चित्रपट पञ्चाङ्ग १२
म रोएर किन बस्थे खुसी साट्न पाइने भए । भर्थे घाउका डोबहरू मन भाट्न पाईने भए । मानिसको लेबल हेरी कुरा गर्ने यो समाजमा, करौतींकै धार बनिदिन्थे काट्न पाईने भए । टाढानै जान्थे सम्बन्ध छाट्न पाईने भए ।
✍️शन्जना शर्मा, दाङ लमही ।
चित्रपट पन्चाङ्ग १३
मेरा माइतीराजाकाे दु:ख हरेर जाउन। असल भई ज्ञानकाे ज्याेती छरेर जाउन। कतै हिँड्दा नलागाेस् ठेस कहिलेपनि, जिन्दगीमा उन्नति प्रगति गरेर जाउन। लक्ष्मीकाे बास हाेस सम्पत्ति भरेर जाउन।
✍️मनिषा विष्ट,मेचिनगर १५,फुलमासी ।
चित्रपट पञ्चाङ्ग १४
आँसुसँगै हासो मिलाउनु पर्छ। टुटेको मनलाई सिलाउनु पर्छ। यम पञ्चक को पूजा गरी हेर, दाजु भाइलाई खिलाउँनु पर्छ । प्रेमको आभास दिलाउनु पर्छ।
✍️सरस्वती श्रेष्ठ इटहरी ।
चित्रपट पञ्चाङ्ग १५
दसैँको खुशी नसक्दै फेरि लायो है तिहार। कात्तिक दाना लिनको लागि आयो है तिहार। आँउछ सँधै तिहार यस्तै उमङ्ग साथमा, फेरि नि गाँउ बस्ती बस्तीमा छायो है तिहार। चेलीको हात माइती साथ पायो है तिहार।
✍️घनश्याम पौडेल, पोखरा ।
चित्रपट पञ्चाङ्ग १६
तिहार घुम्दै वर्ष दिन बित्दै फेरि आएकाे छ । जताततै बगैँचामा फूलैफूल लगाएकाे छ । दिदी बहिनी र दाजु भाइ बिचमा भेट्ने माैका , याे बेला जुर्ने हुँदा जताततै खुसी छाएकाे छ । र त भाइ टीकामा टीका लगाउन पाएकाे छ।
✍️ताेयानाथ सुवेदी, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १७
सँधै तिहारमा दाजु भाइ नहुँदा खाली छ मन। माईत एक्ली चेली भई जन्मिदा जाली छ मन। आफ्नै घर आँगन सजाउँछु लक्ष्मी पुजा गरेर, अरुको दाजु भाइ टीका लगाउँदा काली छ मन। यसरिनै बित्यो यो तिहार सम्झना फाली छ मन।
✍️कमला पाण्डे पराजुली झापा चारआलि ।
चित्रपट पञ्चाङ्ग १८
दियो बल्यो ज्योतिले चारैतिर उज्यालो बनाइ दिपावलीमा। रिङ्गे पटाका, झिलिमिली मिल्के बत्तीले मनाइ दिपावलीमा। दसैंलाई वर्षाले कुट्यो, तिहार त डल्लै बाँकी छ मनाउन, घरघर लयमा देउसी र भैलोले जनाइ दिपावलीमा। खुशी सारा छाइरहने, वेदना सब छनाइ दिपावलीमा।
✍️ अच्युत घिमिरे- तिर्खोला भुटान बाट 🇧🇹
चित्रपट पञ्चाङ्ग १९
फूलको माला भाईलाई तयार पार्छु तिहारमा । तेलको घेरा हाली दुश्मनलाई बार्छु तिहारमा । परदेशमा भाइ छुट्टि पाए पक्का आउनेछन , भैली देउसी खेल्दै घर घरमा चार्छु तिहारमा । भाइको जित हुन्छ भने सदैव हार्छु तिहारमा ।
✍️सहयात्री शोभा अर्याल, बुटवल१४ रुपन्देही ।
चित्रपट पञ्चाङ्ग २०
दाजुभाइ घर आउनु यसपालि तिहारमा । मनाऔ पर्व झिलिमिली बत्ती बाली तिहारमा । कति गए बाचा कसम खेर आउँछु भनेर, कति सुके फूलहरु फूलकै डाली तिहारमा। यसपालि त नहोस् है तिम्रो गला खाली तिहारमा।
घर घरमा झलमल्ल पारौं हामी दिप बालेर आउ । मन तन रलमल्ल पारौ सबैले इर्षा फालेर आउ । वर्ष दिनको यो हर्ष र उमंगको चाडपर्व हो दाजै , दाजु बहिनीको प्रगाढ ममता सुन झैँ गालेर आउ । तिम्रै दीर्घायुको दिप बाल्दै बैरीको शीर ढालेर आउ ।
✍️इन्दिरा देवकोटा, कपिलवस्तु न .पा .३ ।
चित्रपट पञ्चाङ्ग २३
यो पाली परदेशबाट दाजुभाइ आएका छन्। झिलिमिली दिपावलीको रौनकता छाएका छन्। सेलरोटी र मिठाई परिकारमा नै रमाई, सबैजना मिलेर फूलमाला,टिका लाएका छन् । रोटे,लिङ्गे पिङमा खेल्दै द्यौसी भैलो गाएका छन् !
✍️बिबस पारदर्शी , भद्रपुर झापा ।
चित्रपट पञ्चाङ्ग २४
आँगनीको फूलले तिहार बोलाए जस्तो छ । फूलहरु देखेर भँवरा टोलाए जस्तो छ । तिहार आउँदा आँगनमा सयपत्री फुल्ने , फूलको सुगन्धले भँवरा लोलाए जस्तो छ । दिदी र भाइको न्यानो माया घोलाए जस्तो छ ।
✍️बुद्धिमान दनुवार , सुरुङ्गा ४ झापा ।
चित्रपट पञ्चाङ्ग २५
झिलिमिली बत्ती बालेर तिहार मनाउनु पर्छ। दाजुभाइ दिदीबहिनी एकता जनाउनु पर्छ। वर्ष दिनको तिहारमा आउन सक्दिनँ नभन्नु, हामी सबै जम्मा भएर रंगोली बनाउनु पर्छ। हामीले रंगोलीमा रङ्ग र फूल खनाउनु पर्छ।
✍️सुशीला पौडेल, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २६
देउसी भैली गाएर तिहार मान्नु पर्छ। टीका र माला लाएर तिहार मान्नु पर्छ। वर्ष दिनको चाडपर्वमा जम्मा भएर, हामीले रोटी खाएर तिहार मान्नु पर्छ। सबैको माया पाएर तिहार मान्नु पर्छ।
✍️ह्यारिशन ह्यारिश , काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २७
आफैँ आफ्नो परम्परा धान्नुपर्छ पर्वलाई पहिचान ठान्नुपर्छ चाड तिहार फूल अनि बत्तीको चेलीसाथ माइतीले मान्नुपर्छ अनुपम छ संस्कृति जान्नुपर्छ ।
सप्तरङ्गी टीकाले निधार सजाउन मन छ । साथीसँगी मिली द्यौसी र भैलो गाउन मन छ । दसैँ त्यस्तै भयो अब तिहार नबिग्रियोस् मेरो , यो गलामा सयपत्रीको माला लाउन मन छ । मेरी प्यारी बहिनीको हाँसो कमाउन मन छ ।
काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्वारा आगामी कात्तिक ४ गते अथार्त अक्टोबर २१ मा प्रवासी श्रमिकहरुका लागि बैदेशिक रोजगार बिभाग द्वारा प्रदान गर्ने सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।
प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी बैदेशिक रोजगार बिभाग द्वारा प्रदान गर्ने सेवा सम्बन्धी जानकारी दिने उद्देश्यले बैदेशिक रोजगार बिभागका महानिर्देशक डम्बर बहादुर सुनुवार मुख्य अतिथी तथा परामर्शदाताका रुपमा उपस्थित भई भर्चुअल माध्यमबाट कार्यक्रममा परामर्श तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको पीनसीसीका आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका वा जाने तयारीमा रहेका नेपालीहरुले रोजगार बिभाग द्वारा उपलब्ध गराइने सेवा सुविधाको बारेमा आवश्यक प्रक्रिया बारे जानकारी दिईनेछ ।
कार्यक्रममा सहभागी हुनको लागी जुम आईडी 2897414063 र पासवर्ड pncc प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ। कार्यक्रम नेपाली समयाअनुसार बेलुका ८ बजे सञ्चालन हुनेछ । कार्यक्रमलाई पिएनसीसीको आधिकारिक फेसबुक पेज, हिमालयन दृष्टि र हिमालटाईम्स डटकमको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिने भएको छ।
कार्यक्रम मितिः २०७९ कार्तिक ४ गते (शुक्रवार)/ अक्टोबर २१, २०२२ समयः नेपालबाट सांझको ठिक ८:०० बजे मलेसिया: १०:१५ बजे, युएई : १८:१५ बजे, साउदी : १७:१५ बजे, कतारः १७:१५ बजे
काठमाडाैं । निर्वाचन आयोगले बारा क्षेत्र नम्बर-४ बाट प्रनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) श्रेष्ठसँग स्पष्टिकरण माग गरेको छ ।
आचारसंहिताको उल्लंघन हुने गरी चुनावी प्रचारप्रसार गरेको विषयमा आयाेगले श्रेष्ठसँग २४ घण्टे स्पष्टिकरण मागेकाे हाे ।
श्रेष्ठले बेरोजगार युवालाई फ्री भिसा- फ्रL टिकटमा विदेश पठाइदिने भनी मतदतामाझ बोलेको भिडियो प्राप्त भएको सम्बन्धमा आयोगमा वा उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालयमा आफैं वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टिकरण पेस गर्न आयाेगले निर्देशन दिएकाे छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा “कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था रहेको स्मरण गराउँदै आयोगले बारा लगायतका जिल्लाबाट युवाहरुलाई जम्मा गरी प्रलोभन देखाउनुभएको सम्बन्धमा के कसो भएको हो ? भनी पत्र पठाएको छ ।
आफ्नै प्रकृतिको पानी मिठो लाग्नु हो जिन्दगी भोगाई नाफा नोक्सानी मिठो लाग्नु हो जिन्दगी राम्रो सम्झे रत्न रहेछ,समय अचम्मको चक्र रहेछ, सुख दु:खको हर कहानी मिठो लाग्नु हो जिन्दगी ।
✍️प्रेम थापा “मन”
२.मुक्तक 🇳🇵
जीवन भोगाइको बेग्लाबेग्लै कहानी हुन्छ सस्तो नसोच्नु कतै यसमा ठूलो लगानी हुन्छ न त यो कुनै जीत हो हजुर, न त हार नै हो भोगाइले सिकाएको पृथक आनीबानी हुन्छ।
✍️निर्मला सुवेदी,जैमिनी-९,बागलुङ।
३.मुक्तक🇳🇵
मिठो मसिनो पाए सम्म खाेजेर खाने संसार सकेसम्म जलथलमा घुम्न हाे जाने संसार पाए जति भाेगाैं संसार आनन्दमा रमाएर आखिर फुस्स भइ जाँदा केही नलाने संसार ।
✍️ढाकानाथ खतिवडा माइजाेगमाइ,इलाम
४.मुक्तक 🇳🇵
कर्म गरेर ज्यान पाल्न पन्छीले नि सिकाउँछ हजुर सागर ताल छेउ किनारबाट दाना झिकाउँछ हजुर सन्तानलाई गुणका शिक्षा आफ्नै भावमा पढाउदै चेतनशील प्राणी नभए पनि जुनी टिकाउँछ हजुर ।
✍️ जिज्ञासु पन्त
५.मुक्तक🇳🇵
कला आमा-को जति अरुको मनमा कहाँ हुन्छ गालिमा पनि करुणा पराएको बचनमा कहाँ हुन्छ खुसि यसरी पनि त हुन सकिँदो रहेछ जीवनमा ; प्रकृतिले झै रिझाउने शक्ति त्यो धनमा कहाँ हुन्छ ?
✍️सन्तोष ढुङ्गाना
६.मुक्तक🇳🇵
आफ्नो व्यबहार सबैलाई सिकाउन पर्छ हरेक काम ठूलोबाटै गरेर देखाउन पर्छ यो त जिन्दगीको चक्र हो चलिरहन्छ सधैं यसरी नै आफ्नो अस्तित्व बचाउन पर्छ ।
✍️प्रदीप नेपाली। बिहादी ५ उराम,पर्बत।
७.मुक्तक🇳🇵
बुझ्ने को लागि खास हो जिन्दगी सोच्ने को लागि आस हो जिन्दगी आमा रहुन्जेल हरेक खुसी भेटिन्छ आमा शब्द नै साहस हो जिन्दगी ।
✍️सागर शर्मा
८.मुक्तक🇳🇵
आ आफ्नै नियति भाेग्नै पर्छ तिर्खा मेटाउने उपायले नै टर्छ चुच्चाले पानी पिएर नै पनि उसकाे उदर उसैले जसरी भर्छ। ✍️ मधुसूदन प्रसाद घिमिरे
९.मुक्तक🇳🇵
स्वतन्त्र भई जिउनु, पँछीले जस्तै जिन्दगी दु:ख प्यासी भै पिउनु, पँछीले जस्तै जिन्दगी जीवन त त्यही सागर जस्तै हो, छालहरूको प्रेमलाई प्रेमले सिउनु, पँछीले जस्तै जिन्दगी ✍️ नगेन्द्र थापा मगर जैमिनी १० बागलुङ
१०.मुक्तक🇳🇵
स्वच्छ,निर्मल अनि कञ्चन पानी हौ तिमी मेरो जिन्दगीको जिन्दगानी हौ तिमी तिमी बिना यो संसार देख्न कहाँ सम्भव छ र? साँच्ची भनुँ भने यी आँखाको नानी हौ तिमी ।
✍️सिलसिला क्षेत्री कुश्मीसेरा
११.मुक्तक🇳🇵
उज्यालो हुन्छ त्यो ठाउँ जहाँ रात हुन्छ, छोराछोरीको भबिस्यमा सधैं उनको हात हुन्छ, छुन सक्दैन संसारको कुनै पनि संकटले, हाम्रो जीवनमा आमा,बुवाको साथ र बात हुन्छ।
✍️Singer Bishal
१२.मुक्तक🇳🇵
कुनै कमि राख्दिन पंछि भैकन सन्तान हुर्काउन नसक्दा निल्न बचेराले चारा चबाउदै मुखभित्रै कोचाउन कति जानेकी पंछि भैकन मानव झैं लालनपालन गर्न हेर न आफ्नै पंखले उड भनी खसाली दिन्छे गुँडबाट घुर्क्याउन ।
✍️रिता लामा
१३.मुक्तक🇳🇵
सुस्त सुस्तै दिलम हल चल मचाएर आऊ निदाएको परेली बिउँझाउने गरेर आऊ छाडि देऊ अरूका कुरा जुनी काट्ने गरेर बस्नेछु मुलबाटोमा सप्तरङगी फूल छरेर आऊ ।
✍️ सरगम घतान बागलुङ बलेवा
१४.मुक्तक🇳🇵
पानीमा बस्ने पंक्षीलाई आहाराको खाँचो हुन्छ आफ्नो बच्चालाई माया गर्ने तरीका साँचो हुन्छ शान्त स्वच्छ बनपाखामा डुली हिड्ने चरीलाई शिकार बन्दुकबाट निस्कने गोली काँचो हुन्छ ।
✍️अम्विका अधिकारी झापा विर्तामोड
१५.मुक्तक🇳🇵
हजारौं सपनाहरू तारा बनेरै चम्किनुपर्छ जागौँ युवा समस्या छिचोलेरै लम्किनुपर्छ पूर्वका मोतिहरू, पश्चिमका उठ हिराहरू मातृभूमि बचाउनुछ विषादी छम्किनुपर्छ ।
✍️हरी शर्मा
१६.मुक्तक🇳🇵
हेर्नेलाई होला दायाँबायाँ हो त्यो त आफ्नै छायाँ हो अनेक थरि आमाको सन्तान प्रतिको माया हो अरे मुर्खहरू खुआएको सायद हो पानी हुनत तर सन्तान आँखाको नानी हो काया हो ।
✍️दिपक क्षेत्री
१७.मुक्तक🇳🇵
सागरमै हुँदा पनि पिउन सिकाउछिन् आमाले धर्तीमा रहँदासम्म जिउन सिकाउछिन् आमाले ए आमा ! आमा शब्द मात्रै पनि कति महान छ फाटिएको मन पनि सिउन सिकाउछिन् आमाले!