• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू –

  • ९ पुष २०७९, शनिबार ०६:४३ मा प्रकाशित
  • उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू –

    १
    पुष
    रुईको डाँडा
    गरिबको नाङ्गो शरीर !

    २
    पुष
    शीतको वर्षा
    कठ्याङ्ग्रिएको कोमल गुलाफ !

    ३
    शिशिर
    उत्तिसको घमण्ड
    गुराँसलाई वसन्तको प्रतीक्षा !

    ४
    फूल
    मौरीको हुल
    रसपानमा हुने भुल !

    ५
    प्रेम
    मायाको सागर
    नबुझ्दा उराठ बगर !

    • सरस्वती श्रेष्ठ, रुपन्देही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू –

    उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

  • ९ पुष २०७९, शनिबार ०६:३९ मा प्रकाशित
  • उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू –

    १
    लसुन
    औषधीकाे घर
    जडिबुटी नहुने जहर !

    २
    लसुन
    प्रकृतिको वरदान
    गरिरहने जीवन प्रदान !

    ३
    लसुन
    तरकारी अचार
    अदृश्य रूपमा उपचार !

    ४
    लसुन
    वैद्यकाे हात
    दिव्य औषधी साथ !

    ५
    लसुन
    कडा राग
    औषधीमा ठूलाे बाघ !

    • प्रद्युम्न चालिसे, भक्तपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

    उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

  • ९ पुष २०७९, शनिबार ०६:३६ मा प्रकाशित
  • उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू –

    १
    फूल
    सुन्दर रूप
    तिम्रो मेरो यौवन !

    २
    सुन्दरता
    आँखाको दृष्टि
    प्रकृतिले गरेको सृष्टि !

    ३
    प्रकृति
    सुन्दर आकृति
    पहाडका ती झरना !

    ४
    अकबरे
    पीरो विशेषण
    खुर्सानीका अनेक विश्लेषण !

    ५
    घर
    जग छानो
    जीवनका अनेक पाटाहरू !

    ६
    सपना
    परदेशी भूमि
    देशको माया छातीमा !

    ७
    सम्झना
    अतीतका पलहरू
    यौवनमा रसिला गाला !

    ८
    सम्बन्ध
    अदृश्य सपना
    सिन्दुर पोते चिनो !

    ९
    यात्रा
    लक्ष्यमा परदेश
    गुन्द्रुक मस्यौराको पोको !

    १०
    युवा
    हातका ठेला
    परदेशी भएका चेला !

    ११
    कर्तव्य
    बाध्यतामा पिता
    खाडीको असह्य गर्मी !

    १२
    शीतलता
    चौतारीको हावा
    मनमा वरपिपलको छाया !

    १३
    बिहानी
    सूर्यको किरण
    धपधप पोल्ने सविता !

    १४
    आर्त
    संसार भवसागर
    आँसुको झरना सुन्दर !

    १५
    विचित्र
    रमझम संसार
    फूलको थुँगा मनमा !

    • सविता के.सी., काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

    ‘भ्वाइस अफ नेपाल सिजन -४’ को विजेता बने करन राई

  • ९ पुष २०७९, शनिबार ०१:०७ मा प्रकाशित
  • काठमाडौं । करन राई ‘भ्वाइस अफ नेपाल’ सिजन ४ को विजेता बनेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धी भन्दा बढी भोट प्राप्त गर्दै राई विजेता हुन सफल भएका हुन् ।

    यस्तै, सविना योङ्हाङ फर्स्टरनरअप बन्दा सेकेन्ड रनरअप योगेश मगर बने भने साइल लिम्बू थर्डरनरअप हुन सफल भए।

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on ‘भ्वाइस अफ नेपाल सिजन -४’ को विजेता बने करन राई

    साउदी अरबमा काम गर्दागर्दै अस्ताए मुकेश।

  • ८ पुष २०७९, शुक्रबार १४:३३ मा प्रकाशित
  • साउदी अरबमा एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । पर्देश नम्बर एक धनकुटा ७ घरभई हाल धरानमा बस्दै आएका मुकेश राई करिब १० बर्ष देखि साउदी अरबको पूर्वी प्रान्त खोबर-दहरान अवस्थित एउटा प्रतिष्ठित सुपरमार्केटमा काम गर्दै आएका थिए !

    उमेरले ४० पुगेका मुकेशको गत सनिबार (डिसेम्बर १७ तारिख)
    मध्यान्ह करिब १२:४० हृदयघातका कारण अस्पताल पुग्न नपाउँदै बाटोमै मृत्यु भएको थियो।

    हामि बिहान ७बजे कार्यस्थलम पुग्यौं, करिब चार घन्टा पष्चात मुकेशले मुटु दुख्नथालेको भन्दै आफ्नो कम्पनीमा आएका अल्मराईका बजार प्रतिनिधि श्रीलंकन‌् नागरिक लाई आफुलाई अस्पतालसम्म पुर्याईदिन आग्रह गरे तर १० मिनेट को दुरीमा रहेको अश्पताल पुग्ननपाउदै उनको बाटोमै मृत्यु भएको उनकै कम्पनी कार्यरत मेखबहादुर मैनालीले बताए ।

    साउदी अरबको एउटा प्रतिष्ठित सुपर मार्केटमा काम गर्दै आएका राईको शवलाई छिटो भन्दा छिटो नेपाल पठाउने कामले तिब्रता पाएको र अबको केही दिनमा शव नेपाल पुग्ने बताइएको छ ।

    राईको एक छोरा र श्रीमती रहेको बताइएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on साउदी अरबमा काम गर्दागर्दै अस्ताए मुकेश।

    १९ वर्षपछि गोलघरबाट निस्किए चार्ल्स शोभराज

  • ८ पुष २०७९, शुक्रबार १४:१५ मा प्रकाशित
  • काठमाडौं । अत्यधिक सुरक्षा चुनौती दिन सक्ने कैदीबन्दीलाई राखिने ठाउँ हो केन्द्रीय कारागारको गोलघर । यही गोलघरमा १९ वर्षभन्दा बढी समय बिताएर निस्किएका छन् चार्ल्स शोभराज ।

    ७८ वर्षीय शोभराजलाई सन् २००३ देखि गोलघरमा राखिँदै आएको थियो । केन्द्रीय कारागारका जेलर ईश्वरी पाण्डेका अनुसार फोन गर्न र भेटघाट गर्न मात्र उनी गोलघरबाट निस्कन पाउँथे ।

    ‘गोलघरभित्र भात पकाउने र घाम ताप्ने दुवै सुविधा छ । त्यहाँबाट निस्कने भनेको फोन गर्न र भेटघाट गर्नमात्र हो’, पाण्डेले भने ।

    ३२ सयभन्दा बढी कैदीबन्दी रहेको केन्द्रीय कारागारको गोलघरमा भने ५ जनामात्र कैदी रहेका थिए । जसमध्ये एक हुन् शोभराज । अब गोलघरमा ४ जना कैदी रहनेछन् ।

    भारतमा रहँदा जेलका सुरक्षागार्डलाई विष राखिएको मिठाइ खुवाएर भागेका शोभराजले नेपालको एयरपोर्टबाट हात्ती पनि छिराई दिन सक्छु भन्दै सुरक्षा निकायलाई खुलेआम चुनौती दिएका थिए ।

    अपराध गरेर उम्किहाल्ने उनको क्षमताका कारण शोभराजलाई ‘सर्पेन्ट’ पनि भन्ने गरिएको छ । जुन शीर्षकमा वेभ सिरिज पनि बनेको छ । दुई विदेशी नागरिकको हत्या आरोपमा अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सन् १९७५ मा घटना भए पनि शोभराज सन् २००३ मा मात्रै पक्राउ परेका थिए ।

    सन् १९९७ मा भारतमा करिब २१ वर्ष जेल बसेर आफ्नै देश फर्किएका शोभराज त्यसको झन्डै ६ वर्षपछि नेपाल घुम्न आउने क्रममा पक्राउ परेका थिए । प्रहरीले पुरानो फाइल खोलेर अनुसन्धान अगाडि बढाएको थियो । सर्वोच्च अदालतले बुधबार शोभराजलाई तत्काल थुनामु्क्त गरी १५ दिनभित्र स्वदेश फर्काउन आदेश गरेको थियो ।

    ज्येष्ठ नागरिकका रुपमा कैदीले पाउने सुविधालाई टेकेर सर्वोच्चले आदेश गरेको हो । केन्द्रीय कारागारले शुक्रबार शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाएको छ । उनलाई तत्काल स्वदेश फर्काउने विभागको तयारी छ । नेपालमा अपराध गरेर जेल बसेका विदेशी कैदीबन्दीलाई सजाय काटेपछि स्वदेश फर्काइने प्रावधान छ ।

    शोभराजलाई जेलबाट छुटाउन उनीभन्दा ४४ वर्ष कम उमेरकी उनकी प्रेमिका निहिता विश्वास र सकुन्तला थापा निरन्तर लडेका थिए । शोभराज जेलमै रहेको अवस्थामा निहिताले १२ वर्षअघि शोभराजसँग विवाह गरेको घोषणा गरेकी थिइन् । सकुन्तला उनकी आमा हुन् ।

    अहिले दुवै जना अधिवक्ता रहेका छन् । शोभराजलाई जेलबाट छुटाउन भएको बहसमा यी दुवै जना सहभागी थिए । भारतीय बुबा र भियतनामी आमाबाट जन्मिएका शोभराजले कम्तिमा १२ जनाको हत्या गरेको दाबी गरिन्छ ।

    एसिया भ्रमणमा आउने युरोप र अमेरिकी युवायुवतीको नजिक भएर उनीहरुलाई लागुऔषध सप्लाई गर्ने र पछि उनीहरुको हत्या गरेर राहदानी आफूले प्रयोग गर्दै विभिन्न देशको भ्रमण गर्ने गरेको विभिन्न अनुसन्धानबाट देखिएको थियो ।

    Posted in मुख्य खबरLeave a Comment on १९ वर्षपछि गोलघरबाट निस्किए चार्ल्स शोभराज

    बैतडीमा शिक्षक हत्या प्रकरण : छात्राबासमा बस्ने युवती र उनका श्रीमान् पक्राउ

  • ७ पुष २०७९, बिहीबार १०:२५ मा प्रकाशित
  • धनगढी । बैतडीको पाटनमा गत शनिबार मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    सुर्नया गाउँपालिकाको ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कृष्ण माविमा कम्प्युटर डिप्लो अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरा छन् । उनीहरू श्रीमान-श्रीमती हुन् ।

    दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोला रावलले कृष्ण माविको छात्राबासमा बसेर अध्ययनरत युवती र उनका श्रीमानलाई पक्राउ गरिएको पुष्टि गरे ।

    उनका अनुसार शिक्षक विष्ट पनि सोही छात्रावासको माथिल्लो तलामा बस्दै आएका थिए । ‘छात्राबासको माथिल्लो तलामा शिक्षक विष्ट र तल्लो तलामा भाइहरुसँगै बसेर पढ्दै आएकी युवती बस्ने गरेको देखिएको छ,’ एसएसपी रावलले अनलाइनखबरसँग भने, ‘घटना भएको दिन विष्टले ती युवतीलाई बोलाएका रहेछन् । सोही क्रममा विवाद हुँदा हत्या भएको खुलेको छ ।’

    शिक्षक विष्ट पुस २ गते छात्राबासको पछाडि मृत अवस्थामा भेटिएका थिए । विष्टको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सोही दिनदेखि पाटनमा आन्दोलन जारी छ ।

    बुधबार पाटन नगरपालिकामा तालाबन्दी गर्दै नगर क्षेत्रका विद्यालयसमेत बन्द गरिएका छन् । न्यायका लागि गठित संघर्ष समितिले बिहीबार जिल्लाभरका विद्यालय बन्द गरेर आन्दोलनमा सहयोग गर्न अपिल पनि गरेको छ । मृतकका परिवारले विष्टको शव पनि बुझेका छैनन् ।

    Posted in मुख्य खबर, समाजLeave a Comment on बैतडीमा शिक्षक हत्या प्रकरण : छात्राबासमा बस्ने युवती र उनका श्रीमान् पक्राउ

    साउदी अरबबाट फर्केर गाइपालन, कमाई बर्षको १२ लाख।

  • ६ पुष २०७९, बुधबार ११:०४ मा प्रकाशित
  • दाङ, ५ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकी व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आएकाछन् । विगत १२ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आएका उनले अहिले आफ्नो परिवारका तीनसदस्यसहित अन्य दुई जनालाई रोजगारी पनि दिएकााछन् ।
    यो पेसाबाट सन्तुष्ट भएका बुढाथोकी भन्छन्, “वार्षिक करिब रु दस लाखदेखि रु १२ लाखसम्म बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ ।”
    बिहानको मिमिरे उज्यालोदेखि साँझसम्म प्राय गाईका बाच्छाबाच्छीको स्याहार सुसारमा व्यस्त रहने उनी धन कमाउनकै लागि १२ वर्ष पहिले साउदी अरब गएका थिए । त्यहाँ गएका नेपालीले पाएको दुःख देखेपछि अप्ठेरो पर्दा सहयोग गर्न नेपालीहरुसँग आर्थिक सहयोग सङ्कलन गरिएकामा गैरकानूनी भएको भन्दै साउदीका एक व्यापारीले प्रहरीलाई खबर गरेकाले आफू साउदी जेलमा परेको बुढाथोकी बताउँछन् ।

    पछि नेपाली दूतावासको सयोगमा २०५६ सालमा नेपालमा फर्किएर गाईपालनमा लागेका उनले सुरुका वर्षमा आफ्नै घर जग्गामा रु एक लाख ५० हजारको लगानीमा तीनवटा जर्सी गाई किनेका थिए । अहिले जर्सी क्रसजातका १४ वटा गाई र छ वटा बाच्छाबाच्छी उनीसँग छन् । एउटा जर्सी गाईको मूल्य रु एक लाखदेखि रु एकलाख ५० हजारसम्म पर्छ ।

    अहिले दैनिक ८० देखि ९० लिटर दूध तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्दै आएको र केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गरी लिने गरेका बुढाथोकी बताउँछन् ।

    उक्त फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका वडा नं ८ निवासी सन्तोषी शर्माले आफ्नै घर आगनमा शुद्ध दुध खान पाइएको बताउँछन् । उनी भन्छन्, “यसअघि एक लिटर दूध किन्न गाउँभर घुम्दा पनि नपाएपछि तुलसीपुर बजारमा जानुपर्ने वाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसीलागेको छ ।” सोही ठाउँकी गोमा शर्मा पनि आफूले घरमा तरकारीखेती गरेको र त्यसका लागि गाईको मल खरिद गर्ने गरेको बताउँछन् ।

    बुढाथोकीको फार्ममा अहिलेसम्म रु ५० लाखको हाराहारीमा लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र गाईबाच्छा बिक्रीबाट वार्षिक रु १८ देखि २२ लाख सम्म आम्दानी हुने गरेको छ ।
    आन्तरिक सबैजसो खर्च कटाएर वर्षमा कम्तीमा पनि रु १२ लाख रुपैयाँ बचत गर्दै आएका उनले यसअघि गाईपालनका लागि दुई बिघा जमिन भाडामा लिएपनि सिँचाइ अभावका कारण घाँस खेती गर्न नसक्दा समस्या परेको बताउँछन् ।

    पर्याप्त घाँस उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य समाग्री खरीद गर्दा लागत खर्च बढ्न थालेको र उत्पादित दूधले बजार नपाएर घाटा व्यहोर्नु परेको बुढाथोकीको गुनासो छ ।
    कम लगानीमा छोटो समयमा मनग्ये आम्दानी गर्न सकिने भएकाले अहिले उनको फार्ममा विभिन्न ठाउँबाट गाई हेर्न, जानकारी लिन तथा गाई खरिदका लागि मानिस आउने गरेका छन् ।

    पढेलेखेकाहरु पैसा कमाउनकै लागि जागिर खानैपर्छ या विदेश नै जान नपर्ने र पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्ने बुढाथोकीको सुझाव छ । त्यसका लागि स्वयं युवा बर्रले एक सञ्जाल निर्माण गरेर गाईपालनका पूर्वाधार पहिचान गरी सहकार्यमार्फत् व्यवसायलाई अगाडि बढाउनुपर्ने र राज्यले पनि नारामा मात्र सीमित नभई व्यवहारिक रुपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने उनको धारणा छ । स्थानीय सरकारले कम्तीमा पनि गाईभैँसीको कृत्रिम गर्भधानलाई निःशुल्क गराएमा राहत मिल्ने बुढाथोकीको भनाइ छ ।

    गाईपालनका लागि घाँस, दाना र स्थायी बजारको समस्या रहेको बताउने उहाँ दूध प्रशोधनका लागि चिस्यान केन्द्रसमेत नहुँदा दूधको सुद्धतामा उपभोगताहरुले आसङ्का गर्ने गरेको गुनासो गछन् ।

    विभिन्न क्षेत्रबाट दिइने अनुदानको कार्यक्रमका बारेमा प्रश्न उठाउँदै अनुदान खाली प्रक्रियामुखी र आवश्यताभन्दा पनि कार्यक्रममुखी भएकोले त्यसको प्रभावकारिता नभएको बुढाथोकीको ठम्याइ छ ।
    अनुदान लोकसेवा आयोगले माग्ने निवेदन जस्तो नभइ व्यवसाय सुरुवात गर्दा कृषकले थाहा नपाउनेगरी गोठमा आइपुग्ने किसमको हुनुपर्ने र पशु बीमाजस्तै पचहत्तर प्रतिशत सरकार र २५ प्रतिशत हामी कृषकले बुझाए पुग्ने हुनुपर्नेमा उनी जोड दिन्छन् । उत्पादित समाग्रीलाई बजार प्रबन्ध गर्न सकेमा किसानमा अझै ठूलो हौसला मिल्ने बुढाथोकीको सुुझाव छ । रासस

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on साउदी अरबबाट फर्केर गाइपालन, कमाई बर्षको १२ लाख।

    ‘बलात्कृत फूलहरू’ – कविता 

  • ५ पुष २०७९, मंगलवार २०:१० मा प्रकाशित
  • ‘बलात्कृत फूलहरू’ – कविता 
    ——————
    सबैको 
    आँखाको नानीमा
    सौन्दर्य छर्ने फूलहरू 
    मन्दिरदेखि 
    चितासम्म पुजिएका छन्
    शिरमा सिउँरेर
    ऐनामा हेर्दै रमाउनेहरू
    फूलको चुम्बन गरेर
    सेल्फीमा हराउनेहरू
    फूलका पत्र पत्र उतारेर
    टीकी लगाउने 
    ती कलिला नानीहरू
    धागोको 
    बन्धनमा गाँठो पारेर
    गलामा 
    धारण गर्ने सन्तहरू
    फूलको रस चुसेर
    मिठो महको स्वाद चखाउनेहरू
    कसैले पनि देखेनन्
    आदिमकालदेखि 
    भमराहरूबाट
    बलात्कृत फूलका पीडाहरू
    बलात्कृत फूलका 
    तिनै रक्ताम्य शरीरहरू
    न्यायको पर्खाइमा 
    थाकेका 
    निर्दोष आँखाहरू
    चिच्याएर 
    सुकेका गलाहरू
    अन्ततः 
    आत्महत्या गर्न विवश भए
    उही बलात्कृत फूलहरू !!

    – देवकी के.सी., काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘बलात्कृत फूलहरू’ – कविता 

    उदक यात्री रेनुका मरासिनीका उत्कृष्ट उदकहरू

  • ५ पुष २०७९, मंगलवार २०:०५ मा प्रकाशित
  • रेनुका मरासिनी

    उदक यात्री रेनुका मरासिनीका उत्कृष्ट उदकहरू –

    १
    जागिर
    हाकिमलाई हाजिर
    सधैँ पदोन्नतिको पिर !

    २
    व्यापार
    आर्थिक अपार
    छरिएको रुपैयाँको स्याहार !

    ३
    कृषि
    सम्पूर्णको दृष्टी
    नधान्ने किसानबिना सृष्टि !

    ४
    पर्यटन
    विदेशीको धन
    लोभ्याउने पर्यटकको मन !

    • रेनुका मरासिनी
      अर्घाखाँची
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री रेनुका मरासिनीका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P