• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

झिल्का लेखन अभियानको २८ औँ शृङ्खला (कुसेऔँसी विषयक) सम्पन्न

  • १७ भाद्र २०८१, सोमबार २०:२१ मा प्रकाशित
  • झिल्का लेखन अभियानको २८ औँ शृङ्खला (कुसेऔँसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    —————<•>—————
    समस्यासँग खेल्दै जुहारी
    हरदम चलिरहन्छ्न् पिता
    बोकी काँधमा जिम्मेवारी !
    ✍️
    वसन्त अनुभव, घोराही, दाङ
    —————<•>—————
    पहिलो भगवान् पिता
    परिवारका वरिष्ठ गुरु
    पावन ग्रन्थ गीता ।
    ✍️
    बेदु न्यौपाने
    —————<•>—————
    पिताको मर्म बुझेर
    सम्मान् गर्न सिकौँ
    पसिनामा आफू रुझेर ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>—————
    बाबाले ढाल बनेर
    हरेक दुःख सहे
    नभुलुन् बाटो भनेर ।
    ✍️
    पुष्पा राई, खाेटाङ ।
    —————<•>—————
    सुन्दर संसार देखाउने
    भगवान् हुन् पिता
    साँवा अक्षर लेखाउने ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगमकाेलाेनी राधे राधे भक्तपुर ।
    —————<•>—————
    तिम्रै छहारीमा बढाई
    संस्कार सिकायौ बा
    संसार देखायौ पढाई !
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३
    —————<•>—————
    बुवा गृहस्थीको मर्म
    सुखदु:खमा हुन्छ धैर्यता
    तत्परतामा गर्ने कर्म ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>—————
    नदेउ कहिले दुख
    सम्मान गर सधैँभरि
    त्यहीँबाट हुन्छ सुख ।
    ✍️
    शंकर कार्की,मकवानपुर।
    —————<•>—————
    विश्वभरिका बुवाहरूलाई सम्मान
    हार्दिक शुभकामना कुसेऔँसीको
    सुखशान्ति दिनरात साँझबिहान ।
    ✍️
    गुणनिधि घिमिरे अमेरिका
    —————<•>—————
    खुलेर जीउन सिकाए
    आफूले खाई नखाई
    शिक्षामा सधैँ जिताए ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    तिम्रा पिल्सिएका हातहरू
    बन्यो जीवनको आधार
    दीर्घ रहुन् साथहरू !
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    —————<•>—————
    बुबा घरको छानो
    सन्तानलाई ओत दिई
    जुटाउॅंछन् दिनहुँ मानो ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।
    —————<•>—————
    नदेउँ पितालाई दुख
    गरौँ सधैँ सम्मान
    दिएर खुसी सुख ।
    ✍️
    प्रेम शर्मा ” एकान्त प्रेमी “
    कालेबुङ
    —————<•>—————
    प्रेरणाका बहुमूल्य गजुर
    सुमार्गमा हिँड्दैछु बाबा !
    सम्झनाको कन्दरामा हजुर ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    घरको खाँबो उनी
    सधैँ आदरसम्मान गरौँ
    उनको आज्ञा सुनी ।
    ✍️
    मोती योन्जन सुब्बा, दार्जिलिङ।
    —————<•>—————
    बुवालाई नदेउँ दुख
    आशिष मिलेमा उनको
    भविष्यमा मिल्छ सुख ।
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    —————<•>—————
    आफ्नो पैताला फुटाएर
    सधैँ छोराछोरीकै निम्ति
    ल्याउनुभयो खानेकुरा जुटाएर ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    —————<•>—————
    सुख बाबुलाई देऊ
    संसार सानो छ
    दुःख तिमी लेऊ ‌।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    —————<•>—————
    बनेर शितल छहारी
    सन्तानको दु:ख ओत्छन्
    आफ्ना इच्छा मारी l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    सिकाउनुहुन्न झुठा बात
    भगवान मान्छु बाबुआमालाई
    साथमा रहन्छु दिनरात ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>—————
    औँला समाई हिँडायौ
    कठिन जटिल गोरेटोमा
    पिताजी संघर्षमा भिँडायौ ।
    ✍️
    नागेन्द्रप्रसाद यादव
    —————<•>—————
    पानी मिठो कुवाको
    अनुशरण गरौँ सधैँ
    हामी सबैले बुबाको ।
    ✍️
    दीप गोले तामाङ – रौतहट
    —————<•>—————
    बुवाकाे सम्मान गर
    उनकाे संरक्षणमा पालियौ
    उनकाे सेवामा मर ।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    —————<•>—————
    सन्तानको बलियो काँध
    सधैँ हौसला दिने
    बुवा हुन् बाँध ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    —————<•>—————
    उर्जाका स्रोत पिता
    संघर्षका हुन् सारथि
    सन्ततिका साक्षात् गीता ।
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    —————<•>—————
    पिता ज्युदो भगवान
    औशी मात्र नभनी
    गरौँ सधैँ सम्मान ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    —————<•>—————
    सरणमा हामी परौँ
    बुवा हाम्रा भगवान
    सधैँ सम्मान गरौं ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    —————<•>—————
    बुबाकाे बुझाै दुख
    परिवार सदा रमाउँदै
    पाउँछाै जीवनमा सुख ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला सल्यान।
    —————<•>—————
    सन्तानलाई अमृतवाणी पिलाई
    पथमा लम्काउने सदा
    माटोमा पसिना मिलाई !
    ✍️
    राज बहादुर बडुवाल
    जुम्ला
    —————<•>—————
    जरालाई नबिर्सौं शाखाले
    बुबाको मुख हेरौँ
    अन्तर्मनको स्वच्छ आँखाले ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    —————<•>—————
    मन चङ्गा हुन्थ्यो
    सिरमा उनको स्पर्सले
    पीडामा उनीसँगै रुन्थ्यो ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    —————<•>—————
    खन्छु अवश्य कुवा
    भएर अब प्रतिबद्ध
    सधैँ बाँच्छु, बुवा !
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    —————<•>—————
    बाबा साच्चै महान्
    आँट भरोसाको केन्द्र
    मेरा लागि भगवान् ।
    ✍️
    बाल कृष्ण श्रेष्ठ
    सोलुखुम्बु
    —————<•>—————
    गुणकाे माला उनेर
    बुवाकाे गलामा पहिर्‍याउँ
    मनले श्रद्धा अर्पेर ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँलप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार
    —————<•>—————
    सकेनछ भावीले लेख्न
    भाग्यमा रहेनछ मलाई
    बुबाकाे अनुहार देख्न ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    —————<•>—————
    माया गरौँ जिउँदैमा
    निरास नपारौँ कहिल्यै
    खुवाउँ मीठो हुँदैमा ।
    ✍️
    धनमाया चौधरी
    कैलाली
    —————<•>—————
    हेर्ने बुवाकाे मुख
    जन्मदाता भगवान हुन्
    नदिउँ कहिले दुख !
    ✍️
    गाेपालप्रसाद दाहाल
    दमक-५ झापा
    —————<•>—————
    मार्गदर्शक उनको मुहार
    नलानू बुबालाई बृद्धाश्रम
    बृद्धावस्थामा देऊ गुहार ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    बुबा तिम्रो आशिर्वाद
    त्यति भए पुग्छ
    मलाई आजीवन साथ ।
    ✍️
    ईश्वर साउद(भिक्षु )
    रामाराेसन गाउपलिका ६ सुदुरपश्चिम अछाम
    —————<•>—————
    तिमीलाई भगवान मान्छु
    सधैँ बनोस् आशिर्वाद
    मनको धड्कन ठान्छु ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    —————<•>—————
    दु:ख मैलो धुने
    भएको दिएर सन्तानलाई
    आफू रित्तिनु हुने ।
    ✍️
    पृथक प्रकृति ,झापा
    —————<•>—————
    बुवा घरको छानो
    हरेक समस्या झेलेर
    जोगाई ख्वाए मानो !
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    रमाई उनका सन्सारमा
    खेलेँ हाँसेर खाएँ
    जाे थियो भन्सारमा ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    —————<•>—————
    बुबालाई वचन दिएँ
    मानवता खोज्छु भनी
    आशीर्वाद थाप्लोमा लिएँ ।
    ✍️
    लक्ष्मी रिजाल
    रुपनगर, सप्तरी, मधेश, नेपाल
    —————<•>—————
    बुवा जिउँदो भगवान
    सन्तानको रक्षा गर्ने
    सधैँ गरौँ सम्मान ।
    ✍️
    वेल थोकर तामाङ
    बकैया ८ // कर्माया/ मकवानपुर
    —————<•>—————
    पराइ जस्तै सम्झिन्छन्
    बुवाकै अगाडि छोरीलाई
    दाजुभाइ किन तर्सिन्छन् ?
    ✍️
    सुनगाभा पोखरेल
    —————<•>—————
    कुरा धेरै काट्छन्
    घरमा बा नभएकोले
    आफन्तले पनि ढाट्छन् ।
    ✍️
    कला ढकाल
    —————<•>—————
    सदा पितालाई हेरौँ
    केवल औँसीमा होइन
    उहाँका मर्यादा नफेरौँ ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>————–
    सृष्टिको रचना गर्ने
    परिवारको खम्बा पिता
    जीवनको रङ्ग भर्ने ।
    ✍️
    कृष्ण बजगाई
    भक्तपुर
    —————<•>—————
    भन्छन् बाबा गगन
    परिवारलाई पाल्न उनले
    लाउँछन् आफ्नो तन ।
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    पिता छन् देवतातुल्य
    हुन् सन्ततिका धरोहर
    हुन्न उनको मूल्य ।
    ✍️
    जयनारायण नेपाल
    इलाम , हाल सूर्यविनायक २
    बालकोट ,भक्तपुर ।
    —————<•>—————
    प्रेरणाका स्रोत पिता
    उच्च सम्मान राख्दछ
    भागवत ग्रन्थ गीता ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    —————<•>—————
    घरमा खुसीको मेला
    बाबाले ल्याउनु हुन्छ
    लुकाउँदै हातको ठेला ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>—————
    ईश्वर हुन् बुवा
    आजकल म भएँ
    एकदमै स्वार्थी बटुवा !
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    —————<•>—————
    पीडाका भेलहरू रोकी
    बुवाले सत्मार्गमा डोर्‍याए
    दु:खका पहाडहरू बोकी ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    बाबा सात समुद्रपारि
    जानुभयो घर छोडेर
    बोकेर रिनको भारी !
    ✍️
    सर्मिला बोहरा, बैतडी
    —————<•>—————
    घाम लाग्यो घमाइलो
    बाबाको मुख हेर्दा
    हुन्छ साह्रै रमाइलो ।
    ✍️
    अनामिका
    —————<•>—————
    दिनुपर्छ उच्च सम्मान
    सम्झेर सबै सन्तानले
    उहाँले दिएको योगदान ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    —————<•>—————
    नभनी आफ्नो दुख
    काँडामा टेकेर पनि
    दिन्छन् सधैँ सुख ।
    ✍️
    नन्दा धामी
    नौगाड दार्चुला
    —————<•>—————
    बुवाको बलियो काँध
    संसारको सारा दु:ख
    रोक्ने सुन्दर बाँध ।
    ✍️
    वि के मुखिया
    दार्जिलिङ, भारत
    —————<•>—————
    समाउने पाइनँ हात
    वाल्यकालमै गुमाएँ बाबा
    रोएर बित्दछन् रात !
    ✍️
    सरस्वती श्रेष्ठ
    रुपन्देही बुटवल
    —————<•>—————
    चाउरी परेको मुख
    राम्ररी हेरविचार गरौँ
    नदिई कुनै दुख ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>—————
    धमिलो पानी कुवाको
    सुकेर जान्छ घामले
    गर्छु सेवा बुवाको !
    ✍️
    बिधुत गुरुङ
    गोरुबथान भारत
    —————<•>—————
    बाबुु शिरकाे टाेपी
    सन्तति रक्षा खातिर
    राख्ने समस्या छाेपी ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    —————<•>—————
    शिक्षाको ज्ञान छरिदिने
    महान् हुन् पिता
    मनमा शान्ति भरिदिने ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    —————<•>—————
    अभावको जिन्दगी जिउँछन्
    सन्तानलाई खुसी राख्न
    आफू आँसु पिउँछन् ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>—————
    छैन चामल घरमा
    कसरी चलाउनु घर
    त्यो ज्यालाको भरमा ।
    ✍️
    खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    —————<•>—————
    बाबा खम्बा घरका
    बुझ्नेलाई यथार्थ कुरो
    उनै हुन्छन् भरका ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    —————<•>—————
    पर्दा विरामी साथमा
    हुँदैन है कोही
    सेवा गर्ने गाथमा ।
    ✍️
    लोक बहादुर क्ष्रेत्री
    —————<•>—————
    धेरै गर्नुभयो दुख
    बाबा हजुरलाई सधैँ
    दिनेछौँ हामीले सुख ।
    ✍️
    अनिता कार्की
    पाँचथर
    —————<•>—————
    पुगोस् मनको चाहना
    सबै नेपाली बन्धुहरूलाई
    कुसेऔँसी छ शुभकामना !
    ✍️
    ललिता गिरी सिन्धुली
    —————<•>—————
    बुवाको आशीर्वाद लिन
    मलाई माफ गरिदिनुस्
    यसपालि आउन सकिनँ ।
    ✍️
    हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    —————<•>—————
    आशिष लाग्दै जाओस्
    धर्तीले बिदा गरेपछि
    स्वर्गमा बास होस् !
    ✍️
    लक्ष्मण देउवा डोटी
    —————<•>—————
    बुबाकाे परलाेकमा बास
    टुहुराे भइयाे छिट्टै
    औँसी लाग्दैन खास ।
    ✍️
    काेपिला अधिकारी
    गाेरखा
    —————<•>—————
    बुबाको त्यो काँध
    छैन कम्जोर पक्कै
    भन्दा कुनै बाँध ।
    ✍️
    अमृत कोइराला
    पोखरा
    —————<•>—————
    सम्झदा खस्दछ्न् ढिका
    बुवाको सामु अरू
    सम्बन्ध लाग्दछ फिका !
    ✍️
    साहित्य प्रेमी
    धनगढी
    —————<•>—————
    चारैतिर घुम्छन् आँखा
    खोज्दै न्यानो काख
    बुवा डुलेको पाखा ।
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी ।
    —————<•>—————
    वर्षको मात्र एकदिनमा
    सजाएर यो मुहारपुस्तिका
    हुँदैन सम्मान छिनमा ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    —————<•>—————
    सिकाउनुहुन्न झुठा बात
    भगवान मान्छु बुबालाई
    साथ रहन्छु दिनरात ।
    ✍️
    सतिश पण्डित
    —————<•>—————
    छैनन बुवा जस्ताे
    काेही पनि संसारमा
    कसैले नमानाैँ सस्तो !
    ✍️
    उर्मिला के.शी.
    धनकुटा !
    —————<•>—————
    फुटेका कुर्कुच्चा हेर
    फेसबुकमा फोटो होइन
    बाबाको दिनचर्या फेर !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    —————<•>—————
    भदाैकाे मास छायाे
    आज कुसेऔँसी आउँदा
    बाबाको याद आयाे ।
    ✍️
    भवानी पोखरेल( बाबु बिराज)
    बाणगंगा १ जितपुर कपिलवस्तु
    —————<•>—————
    बुबाको मुख हेर्नू
    नपर्खनू त्यो कुसेऔँसी
    सधैँ मायाले बेर्नू ।
    ✍️
    ममता पौडेल
    बुढीगङ्गा-२ , मोरङ
    —————<•>—————
    बालाई राखौँ मनमा
    जिउँदो देउता हुन्
    सन्देश दिउँ जनमा ।
    ✍️
    सविता भट्टराई
    जनकपुरधाम
    —————<•>—————
    नक्कली आँसु नझार
    जाऊ आँसु पुछ्न
    मुखले ठिक्क नपार ।
    ✍️
    शम्भु गजुरेल
    —————<•>—————
    बाबा आँखाको दृष्टि
    आमा हुन् जन्मदाता
    अडेको छ सृष्टि ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव2 Comments on झिल्का लेखन अभियानको २८ औँ शृङ्खला (कुसेऔँसी विषयक) सम्पन्न

    न्यू स्टार पोल इङ्लिस स्कुलमा नि:शुल्क दन्त शिविर सम्पन्न

  • १६ भाद्र २०८१, आईतवार २१:४८ मा प्रकाशित
  • १४ भाद्र / काठमाडौँ
    काठमाडौँको काँडाघारी स्थित New Star Pole English School’मा यही भाद्र १४ गते एकदिने नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ । ‘स्वस्थ दाँत स्वस्थ जीवन’ अनि ‘समाज सेवा हाम्रो उत्तरदायित्व’ भन्ने मूल नाराका साथ उक्त शिविर शुक्रबार सम्पन्न भएको हो ।

    बुद्ध डेण्टल हस्पिटल प्रा. लि. चावहिल’, ‘बडि मालिका हेल्थ केयर सेण्टर फोर्स पार्क गोठाटार’ र ‘गान्धी कम्युनिटी अस्पताल काँडाघारीको संयुक्त आयोजनामा आयोजित उक्त शिविरमा उक्त विद्यालयका शिक्षक तथा विद्यार्थी गरेर लगभग साढे ७ सय जनाले नि:शुल्क दन्त परिक्षण गराएका थिए ।

    सओ अवसरमा सेवा गर्ने अवसर प्रदान गर्दै आवश्यक सहयोग पुर्‍याएकोमा विद्यालयका प्रिन्सिपल राजिव खरेल लगायत विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरू सबैमा आयोजकले धन्यवाद ज्ञापन गरेको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on न्यू स्टार पोल इङ्लिस स्कुलमा नि:शुल्क दन्त शिविर सम्पन्न

    साताका तीन लघुकथा- ६२

  • १६ भाद्र २०८१, आईतवार १६:५४ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (६२औँ) शृङ्खलाका लागि लघुकथाकार बाबुकाजी सुवाल ‘विकेश निराशी’को लघुकथा ‘बुढो हड्डी’, लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘विवश’ र लघुकथाकार प्रतिज्ञा प्रतिज्ञाको लघुकथा ‘झोला’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    ——————-<•>——————

    [१]
    लघुकथा: बुढो हड्डी

    ✍️ बाबुकाजी सुवाल ‘विकेश निराशी’
    एक महिनाअघि विदेशबाट फर्केको नाति सहनीलाल चार पाँच जना मान्छे जम्मा पारेर आएको देखेर खरको छाप्रोबाहिर आँगनमा राखेको मेचमा घाम तापेर बसेकी नथुनी बज्यै अचम्ममा परिन् ।
    -“बाबु माइला, किन मान्छे ल्याएको ? के गर्न लाग्यौ ?” नथुनीले नातिलाई सोधिन् ।
    -“परको त्यो बारीको आँपका बोटहरू काट्न लागेको । अब त्यहाँ घर बनाउनु पर्छ, हजुरआमा ।” सँगै आएका मान्छेहरूलाई बन्चराहरू र डोरी सुम्पिँदै सहनीलालले भन्यो ।

    -“त्यो आँपबारी हाम्रा बाआमा समान छन् बाबू ! नमास्नू, त्यसलाई । हाम्रा बाजेबराजुदेखि हामी सबैलाई पालेको छ, त्यसले । त्यही बारीको आँप तिमीहरूले खायौ, बढ्यौ, पढ्यौ र आज पुगिसरी भयौ । अब मास्यौ भने पाप लाग्छ, बा ! नमास ।”
    नथुनी बज्यैले गहभरि आँसु पारेर गला अवरुद्ध गर्दै भनिन् ।
    -“अब ती आँपका रुखहरू बुढा भइसके । फल पनि राम्रो दिँदैन, तिनको के काम, हजुरआमा ?” सहनीलालले बज्यैलाई सम्झायो ।
    -“हो त नि है ! यो बुढो हड्डीको के काम ?” नथुनी बज्यैले आँखाबाट बर्र आँसु झारिन् र बर्बराउँदै मेचबाट भुइँमा ढलिन् अनि पर्लक्क आँखा पल्टाइन् ।

    २०८१ भाद्र १० गते श्रीकृष्ण जन्माष्टमी
    ——————-<•>——————


    २)
    लघुकथा: विवश

    ✍️ सुरेशकुमार पाण्डे
    -“साहुजी ! मेरो छोरी बिमार छिन् । कृपया मलाई पाँच हजार ऋण दिनुहोस्; मेरो तलबबाट चुक्ता गरुँला ।” सेरुले साहु मुरलीधरसँग बिन्ती बिसायो ।
    -“हेर सेरु ! मसँग एउटा फुटेको कौडी छैन यो वेला । तँलाई कसरी दिउँ ? अरू यता सुन् तँ काम नसकिकन नजानू नि ।” मुरलीधरले सहयोग दिनुको सट्टा उल्टै रोक्यो ।
    -“तर साहुजी मेरो छोरीको जिन्दगी दाउमा छ । उनलाई एक सय चार डिग्री जरो छ । अस्तिदेखि पैसा नभएर सदरमुकाम ठूलो अस्पतालमा लैजान सकेका छैनौँ । कृपया मलाई सके त थोरै रुपियाँ ऋण दिनु, नसके मलाई नरोक्नु । दुई दिनको बिदा दिनुहोस् ।” सेरुले फेरि दुवै हात जोड्यो ।

    -“तीन दिनदेखि नमरेकी तेरी छोरी आजै मर्छे ? काम नसक्दै तँलाई म छुट्टी दिन सक्दैनँ । काम सकेर जा, अनि फेरि भोलि कामको बेला आइपुग नि । नत्र काममा नआए पनि हुन्छ बुझिस् ।” मुरलीले आफ्नो अडान छाडेन ।

    उता सेरु अत्यन्तै चिन्तित थियो । पाँच वर्षकी छोरी बिरामी भएकोले ‘कहाँ लिएर जाने’ भन्ने चिन्ता थियो । साहुले पैसा दिन पनि मानेन ।
    ऊ आँगनीमा व्याकुल अवस्थामा उभिएको थियो । साहु मुरलीधर कुर्सीमा विराजमान थियो ।
    -“साहुजी नमस्ते !” प्रदिप टुप्लुक्कै आइपुग्यो ।
    -“सेरु ! अर्को कुर्सी ले त भित्रबाट ।” साहुले आदेश गर्यो । सेरुले कुर्सी ल्याइदियो ।
    -“पर्दन सर ! म बस्न लाग्दैन । बरु यो दशहजार रकम राख्नुस्, अरू पछि हिसाब गरौँला ।” प्रदिपले दशहजार रुपैयाँ मुरलीधरलाई थमायो र फर्कियो ।

    सेरु मनैमन खुसी भयो । साहुसँग रुपैयाँ आयो । ‘अब मेरो छोरीको उपचार हुन्छ ।’
    -“साहुजी ! पैसा आइहाल्यो । अब मलाई मेरो तलब दिनुहोस् ।” फेरि हात जोड्दै ऊ मुरलीधरको अगाडि उभियो ।
    -“सेरु ! यो पैसा अर्कै कामको लागि हो, दिन मिल्दैन । अरू पैसा सुको छैन ।” मुरलीधरले फेरि पनि बहाना बनायो ।

    सेरुको सहनशिलताको बाँध टुट्यो । उसले मुरलीधरको हात मरक्क मर्क्याइदियो र सबै पैसा खोस्यो । घरमा अरू कोही पनि थिएनन् । त्यसपछि सेरु फटाफट घर गयो र छोरीलाई अस्पताल लगेर भर्ना गर्यो । केहीबेरमै प्रहरी लिएर मुरलीधर अस्पताल पुग्यो ।
    -“सर ! सेरुले मसँग एकपल्ट छोरी बिमार छ भनेको भए म आफैँ अस्पताल पुराइदिन्थेँ । तर यो डाँकाले मलाई मार्नै खोज्यो । यसलाई छोड्नु हुँदैन ।” मुरलीधरले छाती चौडा गराउँदै भन्यो । उता सेरुले प्रहरीलाई मोबाइलमा रिकार्ड गरेको सुनाउँदै थियोे ।

    दाङ घोराही १८
    २८-०८-२०२४(१२-०५-२०८१)
    ——————-<•>—————–


    ३)
    लघुकथा: झोला

    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    -“जाने बेलामा हाँसेर बिदा गर्नु है ” उनले भने तर उनको आँखाहरू भरिएका थिए । आँसु खस्नलाई हतार गरिरहेका थिए ।

    बुढी आमाले सकी नसकी छोराको निधारमा रातो टीका टाँस्दै आशिर्वाद दिइन् ।
    -“भगवानले तेरो सधैँ रक्षा गरुन् !”
    उनलेे श्रीमती र आमासँग बिदा मागेर जान आँटेका थिए, आमाले प्रश्न गरिन् ।
    “बाबु ! झोला गरुङ्गो छ, कसरी लग्छस् ?”

    उनले दुखी हुँदै भने ।
    -“योभन्दा त पीरको झोला बोक्न गाह्राे हुँदोरहेछ, आमा !”

    मेहेलकुना सुर्खेत
    २०८१/५/१३
    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव, साताका तीन लघुकथा2 Comments on साताका तीन लघुकथा- ६२

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७१ सम्पन्न

  • १५ भाद्र २०८१, शनिबार २२:२२ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १७१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ३९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १७१ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    तिज
    रक्सीको दर
    संस्कृति दैवको भर !

    • वसन्त अनुभव
      [२]
      तिज
      नारीको पर्व
      हुँदैन रक्सीको गर्व !
    • बेदु न्यौपाने
      [३]
      यस्तैले
      आत्महत्या गराउँदैछ
      आफैलाई टुक्राटुक्रा बनाउँदैछ !
    • निरज कोइराला, इटहरी
      [४]
      नारी
      विकृतिको पहिचान
      तिज आयो होसियारी !
    • एवाइ प्रभात
      सहिदभूमि, धनकुटा
      [५]
      विकृति
      विपरित काम
      परिमार्जित हाम्रो संस्कृति !
    • सविता के.सी.
      [६]
      रक्सी
      दरमा पर्दैन
      सच्चा नारी गर्दैन !
    • चक्र शाही, लम्की, कैलाली
      [७]
      तिज
      संस्कृति भन्दा
      धेरै विकृती फैलियो !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [८]
      संस्कृति
      हाम्रो पहिचान
      बचाउने सबैको काम !
    • आर्त अकुलीन
      [९]
      तिज
      पचेपछि लाज
      रक्सी दर आज !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [१०]
      संस्कृति
      नेपालीको पहिचान
      नभित्र्याउँ हामीले विकृति !
    • सरस्वती वली
      [११]
      तिज
      भयो विकृति
      भित्र्यायो छाडा संस्कृति !
    • दीप गोले तामाङ, रौतहट
      [१२]
      विकार
      तिजको नाम
      रत्यौली बनाउने काम !
    • पृथक प्रकृति, झापा
      [१३]
      आधुनिक
      तिजको दर
      रक्सीले दिन्छ भर !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [१४]
      तिज
      रोकौँ विकृति
      बदलेर मनाउँदै आकृति !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [१५]
      कदर
      छ तिजको ?
      नाच गर्नुपर्छ बदर !
    • नागेन्द्रप्रसाद यादव
      [१६]
      तिज
      खाने दर
      कस्ताे आयाे लहर ?
    • डिल्लीराज (राजेन्द्र) भुसाल
      सन्धीखर्क-२, कुर, अर्घाखाँची
      [१७]
      तिज
      नेपाली पहिचान
      पूँजीपतिहरूले गर्दा गिरावट !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [१९]
      तिज
      नारीको पर्व
      नखाउँ हानिकारक चिज !
    • धनमाया चौधरी, कैलाली
      [२०]
      तिज
      चेलीहरूको हतास
      छाडा संस्कृतिकाे बतास !
    • रबि पाैडेल, दक्षिण भारत, पाण्डेचरी
      [२१]
      बिग्रेका
      यिनै नारीहरू
      बेइज्जती धर्तीका भारीहरू !
    • सरिता सेढाई, धादिङ
      [२२]
      दर
      रक्सी खानेको
      के होला भर ?
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न.पा.-६, संखुवासभा
      [२३]
      कठैबर
      ठाडो घाँटीमा
      खाएछन् तिजको दर !
    • विवश पारदर्शी, झापा
      [२४]
      तिज
      रोपौ अब
      संस्कारको अनुपम बिज !
    • दीपा समभाव, खोटाङ्ग
      [२५]
      संस्कार
      हराउँदै व्यथितिले
      गाँज्यो भड्किला रीतिले !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [२६]
      तिज
      महिलाको चाड
      मौलिक संस्कृतिको सत्यानास !
    • रघु थापा, सु न पा -१
      [२७]
      विकृती
      कस्तो आयो
      भड्किलो संस्कृति बनायो !
    • मङ्गला उपाध्याय
      [२८]
      तिज
      उच्छृङ्खल पर्व
      छैन कुनै गर्व !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा-३, काभ्रे
      [२९]
      संस्कृति
      बढेको विकृति
      मासिँदै हाम्रो पहिचान !
    • बुद्धिप्रसाद लामिछाने
      घोनपा-८, दीपनगर, कैलाली
      [३०]
      तिज
      नारीको खुसी
      बचाऔँ हाम्रो संस्कृति !
    • सुरेश न्यौपाने, लम्की, कैलाली
      [३१]
      तिज
      नारीको नाच
      मिलेर बचाऔँ संस्कृति !
    • कविता आचार्य, कैलाली
      [३२]
      तिज
      नबिर्स संस्कृति
      भित्र्याउन हुँदैन विकृति !
    • समुन्द्रा शर्मा, सुनसरी
      [३३]
      तिज
      नारीको नाच
      मिलेर बचाऔँ संस्कृति !
    • कविता आचार्य, कैलाली
      [३४]
      तिज
      संस्कृतिकाे बिज
      नारी साैभाग्यकाे कामना !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [३५]
      तिज
      भित्र्याउँदै विकृति
      मदिरालाई मान्दै संस्कृति !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [३६]
      दर
      दुधकाे तर
      भए चेलीबेटी पर !
    • भवानी घिमिरे, सर्लाही
      [३७]
      मानेर
      परम्परागत मनाउने
      तिजको संस्कृति थामेर !
    • दुर्गा आचार्य, मोरङ
      [३८]
      तिज
      राेप्दैछन् बिज
      नारी अस्मिताकाे रुख !
    • राेशन पराजुली, धरान
      [३९]
      तिज
      चलेकाे चलन
      सबैकाे जित पर्व !
    • भाेलामान बर्देवा

    धरान-८, सुनसरी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला1 Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७१ सम्पन्न

    विशेष झिल्का लेखन अभियानको २७ औँ शृङ्खला (श्रीकृष्णाष्टमी विषयक) सम्पन्न

  • ११ भाद्र २०८१, मंगलवार २१:०६ मा प्रकाशित
  • झिल्का लेखन अभियानको २७ औँ शृङ्खला (श्रीकृष्णाष्टमी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ३३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-


    १)
    नटखट कृष्ण काले
    गोपीनीको मन मुटुमा
    चट्ट डेरा जमाइहाले ।
    ✍️
    वसन्त अनुभव

    घोराही, दाङ

    २)
    श्रीकृष्णको मुरली साधना
    आज कृष्ण जन्माष्टमीको
    सबैमा मङ्गलमय शुभकामना !
    ✍️

    बेदु न्यौपाने

    ३)
    श्रीकृष्ण जन्माष्टमी मनाएँ
    सबैलाई शुभकामना छ
    पूजा गरेर जनाएँ !
    ✍️

    अम्बिका अधिकारी

    ४)
    कृष्ण जन्माष्टमीको शुभकामना
    शक्तिको अपरम्पार उनी
    गरौँ शुध्दताले याचना !
    ✍️
    शोभा आचार्य गौतम

    काठमाडौँ

    ५)
    श्रीकृष्ण जन्माष्टमी मनाउँदै
    एकमाथि छन् अनेक
    झिल्का कविता बनाउँदै !
    ✍️
    रबि पाैडेल

    दक्षिण भारत पाण्डेचरी

    ६)
    पिरतीमा देखिन्छन् धोएका
    अछुतो देखिन्नन् कोही
    भेटिएनन् संसारमा नरोएका ।
    ✍️

    चुडामणी देवकोटा

    ७)
    अष्टमीको मनोरम पर्व
    मनाउँदै रमाउँदै हामी
    सबैले गरौँ गर्व !
    ✍️

    मोती सुब्बा

    ८)
    अत्याचारको अन्त्य गर्ने
    अलौकिक शक्तिका धनी
    गर्छन् सबैलाई मनपर्ने !
    ✍️

    कला ढकाल

    ९)
    हिन्दुले मान्ने पर्व
    तीजको छेउछाउ पर्ने
    सबैलाई लाग्छ गर्व !
    ✍️

    भगवती दवाडी, झापा

    १०)
    श्रीकृष्ण जन्माष्टमीको दिन
    मानेर चाडको रूपमा
    मनाउन भए तल्लीन !
    ✍️

    पृथक प्रकृति, झापा

    ११)
    काले कृष्ण गोपाल
    जगतभरि तिम्रै चर्चा
    हे देवकी नन्दलाल !
    ✍️
    सुनगाभा पोखरेल

    नेपालगन्ज

    १२)
    चुनौतिको गरौँ सामना
    सबैमा सफलता मिलिरहोस्
    श्रीकृष्ण जन्माष्टमीको शुभकामना !
    ✍️

    पुष्पा राई, खाेटाङ

    १३)
    पुगोस् सबको चाहना
    श्रीकृष्ण जन्माष्टमीको सबैलाई
    हार्दिक हार्दिक शुभकामना !
    ✍️
    वेल थोकर तामाङ

    मकवानपुर, बकैया, कर्माया

    १४)
    हिंँड्छन् बाँसुरी बजाउँदै
    काले कृष्ण नक्कले
    सैयौँ गाेपीनी कजाउँदै ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर

    १५)
    बन्दैनन् पोशाक लगाई
    बालख कृष्ण बन्छन्
    केवल कुसंस्कार भगाई !
    ✍️
    सुरेशकुमार पाण्डे

    दाङ घोराही १८

    १६)
    कृष्णको शरणमा जाऔँ
    मनको शुद्धताको लागि
    भजन कीर्तन गाऔँ !
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१

    हालः-क्यानडा,क्यालगरी।

    १७)
    मनको गहिराइलाई बुझ्ने
    ज्ञान दिए कृष्णले
    अन्तर मनसङ्ग जुझ्ने ।
    ✍️
    दीपा समभाव

    दुबेकोल खोटाङ्ग

    १८)
    मन भए पवित्र
    बनाउछन् भन्छन् उनैलाई
    कृष्णले परम मित्र ।
    ✍️
    सीमा कार्की समर्पण

    मेलचोक पर्सा

    १९)
    कृष्ण जन्माष्टमीको कामना
    फैलिरहोस् सुगन्धको सुवास
    पुराहोस् सबैको मनोभावना !
    ✍️

    कृष्ण बजगाई

    २०)
    गर्छु श्रीकृष्णमा बन्दना
    आफ्नै आस्थाको संस्कार
    श्रीकृष्ण जन्माष्टमीको शुभकनमना !
    ✍️

    ऋजु दिल्पाली

    २१)
    चोरेर खाने दही
    हरे ! कृष्ण मुरारे
    मान्ने हामी सही ।
    ✍️

    नागेन्द्रप्रसाद यादव

    २२)
    कृष्ण जन्माष्टमी आज
    सबैलाई सुखी राख्नू
    हाम्राे बचाउनू लाज !
    ✍️
    सविता भट्टराई

    जनकपुर

    २३)
    कृष्ण मुरली बजाइदेऊ
    तिम्रो गर्दछु आराधना
    देशबाट कंसलाई हटाइदेऊ ।
    ✍️
    सतीश पण्डित

    भानु६ चुँदी तनहूँ

    २४)
    पहिरन भएपनि साधा
    साह्रै सुन्दर देखिएकी
    कृष्णकी प्यारी राधा !
    ✍️
    काजल न्यौपाने

    भोजपुर,बोखिम।

    २५)
    विष्णुको रूप लिएर
    विभिन्न लिला देखाउथे
    चोरीचोरी दही पिएर ।
    ✍️

    ललिता गिरी सिन्धुली

    २६)
    असत्यको संहार गर्न
    आउनू कृष्ण फेरि
    विश्वमा मानवता भर्न ।
    ✍️
    सुस्मिता अधिकारी

    काठमाडौँ

    २७)
    श्रीकृष्णको मुरलीको धुन
    सुनेर गोपिनीहरू मख्ख
    बजाउने भगवान हुन ।
    ✍️

    धनमाया चौधरी

    २८)
    मनमा श्रीकृष्णको नाम
    हुंँदैन कहिल्यै अनिष्ट
    फत्ते हुन्छन् काम !
    ✍️

    लोकबहादुर क्षेत्री

    २९)
    नदेऊ आँसु झर्न
    अधर्मी धेरै भए
    आइदेऊ उद्दार गर्न ।
    ✍️
    अन्मोल मुस्कान

    तकदाह छाउनी, दार्जिलिङ।

    ३०)
    कृष्ण कृष्ण बोलेर
    भजन गाऔँ सबैले
    हृदय यो खोलेर !
    ✍️
    त्रिलोचन भण्डारी

    मेचीनगर,झापा

    ३१)
    कृष्णको भजन गाउँदै
    भक्तजन बसेका छन्
    श्रीकृष्ण अष्टमी मनाउँदै ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )

    कनकाई ४ झापा

    ३२)
    कृष्णाष्टमीको हार्दिक शुभकामना
    सुखशान्तिसँग बाँच्ने रहरहरू
    पूर्ण होउन् मनोभावना !
    ✍️

    गुणनिधि घिमिरे, अमेरिका

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव2 Comments on विशेष झिल्का लेखन अभियानको २७ औँ शृङ्खला (श्रीकृष्णाष्टमी विषयक) सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३२ सम्पन्न

  • ११ भाद्र २०८१, मंगलवार २०:५१ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ३२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    डम्फु तिमी बजाउॅंछौ
    केही नसोची दायाँबायाँ
    आखिरीमा के पाउॅंछौ ?
    २,
    बोकेर एउटा आनीबानी
    हात्तीको दाँत देखाउॅंछौ
    भन्न नपाइएला पानी ।
    ३,
    अन्नपानीले बाँचेको ज्यान
    अहम् भावना किन ?
    हृदयबाटै गरौँ योगदान ।

    • म्यामराज राई
      …
      १,
      माटोमा जन्मिएर हामी
      नगरौँ हेला कसैलाई
      नभनौँ दमाई, कामी !
      २,
      रगत एउटै हुन्छ
      काटे सबैको रातो
      गालीले मुटु छुन्छ ।
      ३,
      चुहिने छाता हातमा
      छेकिॅंदैन पानि पनि
      कति हिॅंडाउनु साथमा ?
    • रवि पौडेल, दक्षिण भारत पाण्डेचरी
      …
      १,
      सबैको एउटै धरती
      टाढा नजिक छैनौ
      होस् सबैको अग्रगति।
      २,
      माया बसोस् गाढा
      रगत सबैको एउटै
      नभनौँ नजिक टाढा।
      ३,
      फूलको बास्ना मिठो
      सबैलाई दिने उही
      नलागोस् कसैलाई टिठो।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-क्यानडा,क्यालगरी।
      …
      १,
      जातीय विभेद नगरौँ
      मानव हामी एउटै
      मनमा ज्ञान भरौँ ।
      २,
      आफ्नो संस्कार बचाऔँ
      सबैले बुझ्ने गरौँ
      इतिहासको बाटो रचाऔँ ।
      ३
      भलाई हुन्न डम्फुले
      काम गरेर देखाऊ
      बजाउँछ डम्फु लम्फुले ।
    • वेदु न्यौपाने
      …
      १,
      तिज पर्व आयो
      दर खाँदै खुसी
      महिना नै बितायो ।
    • ताराप्रसाद चापागाईँ
      …
      १
      एक हातले ताली
      बज्दैन भन्ने बुझ्दैनौ
      भेट्छौ समाजको गाली ।
      २
      हिंसा अहंभावना लोभ
      काम क्रोध ईर्ष्याले
      दुनियाँदारमा बढ्दछ क्षोभ ।
      ३
      सक्छौ गर सत्कर्म
      अपराध नगर कहिल्यै
      कम्तिमा थाम्नु स्वधर्म ।
    • गुणनिधि घिमिरे, अमेरिका
      …
      १
      परम्परा त्यागेर किन ?
      विकृति फैलाउँदै यसरी
      सम्झेर लाग्छ घिन।
      २
      तीन दिनको पर्व
      महिना दिनभरि मनाउने
      कसरी गर्नु गर्व।
    • सङ्गीता खरेल, काठमाडौं
      …
      १,
      कतै तिजको लहर
      कतै डम्फुको ताल
      विविधताको काठमाडौं सहर !
      २,
      चल्नु हुँदैन कुसंस्कारमा
      हुनुपर्छ नि बहस
      जातमा होइन विचारमा !
      ३,
      कसले बुझ्छ मोल
      पेलिनुपर्छ निर्धाले मात्रै
      रूप फेर्दैछ कोल !
    • दीपा समभाव, दुबेकोल खोटाङ्ग
      …
      १,
      बसी खाने ठालु
      किसानलाई दु:ख दिए
      फुट्ला तिम्रो तालु।
      २,
      परिश्रमले धन कमाउनु
      सुखमय जिन्दगी बनाई
      हर्ष उल्लासले रमाउनु।
      ३,
      तिजको लहर आयो
      दर खाने निउॅंले
      महिना दिन बितायो ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
      …
      १,
      पत्रकारिता कमाउ धन्दा
      नबनाऊँ सचेत बनौँ
      धनले इमान् मन्दा।
      २,
      फोहोर भयो राजनीति
      अराजक भए लिडर
      सफा हुँदैन सितिमिती।
      ३,
      पहेँलो सेतो पोशाक
      बेइमान लुक्ने टालो
      बनाए सत्य खाक।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      …
      १,
      नौमती बाजा बजाएर
      आजै घर भित्र्याउॅंछु
      तिमीलाई डोलीमा सजाएर ।
      २,
      भनेको मान खुरुक्क
      धेरै जिद्दी गरेमा
      बोकेर लैजान्छु जुरुक्क ।
      ३,
      नसुन अर्काको कुरा
      मनमा भएका रहरहरू
      सबै गरिदिन्छु पूरा ।
    • लक्ष्मण देउवा, डोटी (हाल भारत चेन्नई)
      …
      १,
      सेलोमा डम्फु बजाउॅंछु।
      डम्फु तामाङको चिनारी ।
      यसैमा पहिचान पाउॅंछु ।
    • वेल थोकर तामाङ
      …
      १,
      मलाई जालमा पार्यौ
      बस्यौ विदेश गएर
      धुरुधुरु रुवाइ मार्यौ।
      २,
      यति सुन्दर देश
      हाम्रो कारणले त
      बिग्रँदै गयो परिवेश।
      ३,
      छैन हाँसो ओठमा
      नलागे पनि विश्वास
      गर्नुपर्ने कालो कोटमा।
    • सतीश पण्डित, भानु६ चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)
      …
      १,
      खोलेर बात मनको
      कुरा गरौँ मिलेर
      भलो हुन्छ जनको।
      २,
      दिल छोयो मेरो
      राम्रो तिम्रो कुराले
      नाच्यो नयन सेरोफेरो।
      ३,
      फूलको बिरुवा रोपेको
      आहा! बगैंचामा सुन्दरता
      देखियो धर्तीलाई छोपेको ।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न. पा. ६ संखुवासभा
      …
      १,
      गरेर काम खास
      खुसीले हरेक मनमा
      हुन्छ ईशको बास !
    • आर्त अकुलीन
      …
      १,
      देशमा जताततै पहिरो
      गाउँ भयो युवाविहीन
      समाजमा चिन्ता गहिरो।
      २,
      देशमा भ्रष्टाचारको जालो
      देश छाडेर नजाऔॅं
      समाऔॅं फटाहाहरूको कठालो।
      ३,
      घरबारीमा सुन फल्छ
      युवाहरू एकमतले उठ
      भ्रष्टाचारीको सत्ता ढल्छ।
    • चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
      …
      १,
      बोकेर डरको भारी
      कतै पनि अब
      सुरक्षित छैन नारी ।
      २,
      कस्तो हुन्छ दृष्टिमा
      सुरक्षित छैन कतै
      छोरी नजन्मिऊन् सृष्टिमा ।
      ३,
      सबै अघि सर्नुपर्छ
      अन्त्य गर्न ज्यादती
      हामी लक्ष्यमा लागिपर्नुपर्छ ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      कहिलेसम्म बस्ने मागी
      यी देशद्रोही कहिल्यै
      सोचेनन् देशको लागि ।
      २,
      देशमा अँध्यारो छायो
      एमसीसी र एसपीपीले
      अमेरिकी सेना आयो ।
      ३,
      सकिन्न कहिले छेकेर
      दलालहरू मोटाएका छन्
      युवा सबै बेचेर ।
    • दीप गोले तामाङ, रौतहट
      …
      १,
      नेपाली माटो भुलेर
      किन त्यतै रमायौ
      उमेर गयो डुलेर!
      २,
      किन दास बन्दैछौ
      पसिना बेचेर रमायौ
      नेपाल हाम्रो भन्दैछौ ।
      ३,
      फर्केर आउलौ नेपाल
      उजाड बनाए देशयो
      बनाउँ सुन्दर विशाल!
    • कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा
      …
      १,
      धनको धेरै खोजीमा
      आफैलाई कहिले नबेचौं
      केही नरहोस् गोजीमा।
      २,
      प्यार थियो राधामा
      घृणाको जिन्दगी नबिताऔॅं
      सकियोस् जीवन आधामा।
      ३,
      पसिनाको कमाई रसिलो
      धर्य राखौं मनलाई
      इज्जत बाधौँ कसिलो।
    • अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ।
      …
      १,
      हाँसो बालापनले पायो
      समय बलवान् हुन्छ
      खुसी जिम्मेवारीले खायो ।
      २,
      सबै समयको खेला
      परिस्थिति वक्र भएपछि
      लाग्छ चुनौतीको मेला !
      ३,
      मानसिक अपाङ्ग हुन्छ
      अन्धभक्त कार्यकर्ता हुँदा
      मुलुक एक्लिॅंदै रुन्छ ।
    • ऋजु दिल्पाली, ईटहरी १ सुनसरी
      …
      १,
      तिथि पाइने पात्रो
      जिउँदो रहँदा कहिल्यै
      किन्न नपाइने कात्रो।
      २,
      संस्कारमा जीवन सारौँ
      मनमा प्रभु बन्दना
      जीवनलाई मात्र सुधारौँ ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      श्रीमती सुन सम्झेर
      तिजमा रुन्छिन् बरै !
      आमा नुन सम्झेर।
      २,
      गरिबीको कथा भयो
      नामर्दको श्रीमती बनेछु
      रहरहरू सबै गयो।
      ३,
      धनबिना मधुवन कसरी ?
      निमोठेर रहर कल्पना
      रहरहरू ढल्दैछन् यसरी।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      कति गाह्रो भयो
      कथाको माध्यमबाट बुझ्नु
      जिन्दगी बितेर गयो।
      २,
      आशा गरे मनमा
      फेरि उठेर जानेछु
      नाम कमाउँछु धनमा।
      ३,
      लेख्छु झिल्का यहाँ
      मनको कुराहरू राखेर
      तिमी छौ कहाँ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      रमाइलो गर्ने आयो
      चेलीहरूका खुसीको समय
      सबैको हाँसो छायो।
      २,
      तिजको गीत गाउॅंदै
      महिना दिन रमाउछ
      देशमा विकृति फैलाउॅंदै।
      ३,
      सच्चा सपूत देशमा
      खोजीरहेछ सबै जनताले
      गौतम बुद्धको भेषमा।
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा
      …
      १,
      गाढा बनोस् माया
      सुखदु:ख भए नि
      जीवनमा नपरोस् छाया ।
      २,
      पिपलको सितल छाया
      छुटनु हुँदैन सानू,
      हाम्रो बसेको माया ।
    • मन थापा, पोखरा २१ बक्रेक
      …
      १,
      स्वास्थ्यलाई हुने हित
      गुर्जोको सेवन गर्दा
      हुन दिॅंदैन सङ्क्रमित ।
      २,
      हिंसाको खबर आयो
      जतिसुकै असुरक्षित नारी
      जनमानसमा कहर ल्यायो ।
      ३,
      आफ्नो समस्या गम्भीर
      अरूको चाहिँ धुलो
      अछामको भए दानवीर ।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      टाढा हुन्छु भन्छौ
      मेरो माया मारेर
      पाइला अन्तैतिर गन्छौ।
      २,
      सदनमा होडबाजी चलेको
      भ्रष्टाचारी नेताको अभिनयमा
      सोझा जनता ढलेको।
      ३,
      साँच्चै छैन सरम
      सदनमा बस्ने मान्छेको
      छैन गतिलो इलम।
    • कला ढकाल झापा
      …
      १,
      नगर्दा कसैको हानी
      दोष लगाइदिन्छन् यहाँ
      निर्दोषलाई सबै जानाजानी ।
      २,
      परेको बेला बिरामी
      कसलाई बोलाउँदा राम्रो
      डाक्टर या धामी ?
      ३,
      टुट्न सक्छ मन
      अरूको कुराले यहाँ
      गर्नु सदैव जतन ।
    • अमृत कोइराला, पोखरा -१८,चंखपुर
      …
      १,
      सुरक्षित छैनन् नारी
      गरिखान छ गाह्रो
      बोकेर डरको भारी ।
      २,
      कुम्फु कराँते सिकेर
      हतियार आत्मरक्षाको निम्ति
      दैनिक समय झिकेर ।
      ३,
      गोप्य हतियार मानेर
      लाइसेन्स झोली नपर्ने
      सुरक्षित रहौं जानेर ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ
      …
      १,
      जिन्दगी प्रकृतिको जिम्मेवार
      ल्यायौँ न लानु
      निरन्तर चलिरहन्छ, दमदार!
      २,
      बाटो बनएर हिँड्नु
      सङ्घर्ष छँदैछ त्यहाँ
      आफ्नो कमजोरीसँग भिड्नु!
      ३,
      सुखदुःख जीवनको पाटो
      जीवनमा रोज्नु पर्ने
      छुट्टा छुट्टै बाटो!
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      विकृत भयो तीज
      ह्विस्की बियर बाहेक
      देखेन खाने चिज ।
      २,
      तीज पर्व मनाऔँ
      भड्किलो नगरी संस्कृति
      भव्य सभ्य बनाऔँ ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      पर्व यो हरितालिका
      मनाउन थाले आजभोलि
      नगर तथा गाउँपालिका ।
      २,
      महिलाकाहरूको महान चाड
      हिजोआज पुरूषसँग नाच्दा
      मस्कियो नारीहरूको ढाड ।
      ३,
      चलन खाने दर
      तिथिमिति छैन कुनै
      कसको पर्ने भर ?
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      जिन्दगी चलाउन सघाऊ
      समस्याको हुरिबाट मित्र
      ती आफन्तहरूलाई बचाऊ ।
      २,
      दु:ख नगर बढार्न
      आफै बढारिन्छ धुलो
      पर्दैन तिमीले झार्न ।
      ३,
      सङ्गतले मति बिग्रियो
      ओरालोमा हिॅंडिरहेको जिन्दगी
      चोर चोरीबाटै पक्रियो ।
    • ईश्वर साउद(भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
      …
      १,
      रहर तीजमा नाँच्ने
      उफ्रेर बाडुली कम्मर
      मर्काइ मर्काइ भाँच्ने ।
      २,
      विकृति बढेर आयो
      तीजको नचाहिँदो गीत
      दुनियाँ यसरी हसाँयो ।
      ३,
      माइती घर जानुछ
      दिदी बहिनी मिलेर
      दर पकाएर खानुछ ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      कुकर्मको काम गरियो
      तिनै कामको परिणामले
      नराम्ररी तल झरियो।
      २,
      उपदेश दिनलाई सजिलो
      देखाउनै गाह्रो कामगरेर
      दुखिरहन्छ फिलाको पिलो।
    • होमप्रसाद नेउपाने, धरान,सुनसरी
      …
      १,
      कुरा अधिक राम्रो
      चाला निकै तुच्छ
      बिगार्यो छवि हाम्रो ।
      २,
      लेख्छ आफै मेट्छ
      कस्तो दुइजिब्रे चाला
      तब गोदाइ भेट्छ ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार
      …
      १,
      मनाउनु पर्छ तिज
      संस्कार संस्कृति र परम्पराको
      मास्नु हुँदैन बीज।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत
      …
      १,
      संसारमा ठुलो माया
      सक्छौ भने तिमी
      दिएर बस्नु छाया ।
      २,
      धनीलाई मात्रै मान्छन्
      भन्छन् नि भन्नलाई
      सन्तोष ठुलो ठान्छन् ?
      ३,
      तिम्रो माया लाग्छ
      भन्नेले भनोस् जेसुकै
      रातभरि आँखा जाग्छ ।
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
      …
      १,
      धन कमाउने बहानामा
      बालबच्चा बिचल्ली पारी
      बिलासिता जीवनको चाहामा ।
      २,
      हिराको महत्त्व नबुझ्ने
      बिदेशमा पसिना पोख्ने
      ठेस लाग्दा सुझ्ने ।
      ३,
      विदेशी भूमि हराभरा
      स्वदेशमा सिन्को नभाँच्ने
      उसैको बारी जरा ।
    • धनमाया चौधरी, कैलाली
      …
      १,
      तीजमा अब रमेर
      मनाऔॅंला चाड यसपालि
      आफन्त सबै जमेर ।
      २,
      दुःख पीडा भुलेर
      बाँडौँला खुसी भेटमा
      एक अर्कामा खुलेर।
    • पुष्पा राई, खाेटाङ
      …
      १,
      सकारात्मक भए पालक
      सुन्दर शब्द सिकाऔॅं
      असल बन्छ बालक ।
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      रमाउने दिन आए
      तिजको गीत सुनेर
      नाच्नेहरू धेरै रमाए।
      २,
      मिठा सुरिला भाकामा
      गाउॅंछन चेलीले गीत
      नाच्दै भिर पाखामा।
    • सुनगाभा पोखरेल, हाल:नेपालगन्ज
      …
      १,
      सभ्य भाषाका गीत
      गाएर भुलौँ पिर
      पुरातन तिजको रीत ।
      २,
      विडम्बना छाउॅंदै तिजमा
      सुरापान मस्ति नहोस्
      लिएर डान्सबार लिजमा ।
      ३,
      नारीको ठुलो पर्व
      हरिको गरेर पूजा
      मनाउॅंदा हुने गर्व ।
    • हिरालाल न्यौपाने ,बानपा ८ काेटमाैला,सल्यान
      …
      १,
      दुःखमा आत्तिने बानी
      धैर्यता र साहसले
      जीवन चल्छ सानी ।
      २,
      पितापुर्खाको आशिष् पाएर
      छॅंदैछ मनमा संकल्प
      सधैँ कोसिस गरेर ।
      ३,
      शान्तिको दीप जलाई
      सधैँ उज्यालो पार्नुपर्छ
      आफूभित्रको आफ्नो मनलाई ।
    • कृष्ण बजगाई, भक्तपुर
      …
      १,
      फूलको रस चुसेर
      लोभी भवरा उड्यो
      गयो बोट सुकेर ।
      २,
      बिहान बेलुका रातमा
      सम्झना झल्झली आउँछ
      तस्बिर उनकै हातमा ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
      …
      १,
      कसैको भएन भर
      घमण्ड चुलिएपछि यहाँ
      सिन्दुरबाटै मारिने डर !
      २,
      अनपेक्षित खबर लेखियो
      अनुशासनको पाठ सिकाउन
      छोरालाई आवश्यक देखियो।
      ३,
      आफन्त सारालाई रुवायो
      भरिएपछि रिसको घडा
      आफ्नै जिन्दगी डुबायो ।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
      …
      १,
      घन्काउॅंदै सन्देशको मन्दरा
      नविनतम लघुकाव्य झिल्काले
      छिचोलोस् कुना कन्दरा l
      २,
      ओजिला होउन् शब्द
      झिल्काको भाव बुझेपछि
      पाठक बनून् स्तब्ध l
      ३,
      आआफ्नो ठाउँमा बसी
      झिल्का कविता कोरौँ
      पोखेर भावको मसी l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      आयो भन्दै तिज
      गीत गाए कलाकारले
      रोपेर विकृतिको बीज ।
    • चन्द्रकली राना मगर, नौबहिनी -३, प्युठान
      …
      १,
      सपना सुन्दर सबै
      निन्द्रसँगै सबै मेटियो
      विपना बेहाल कठै !
      २,
      उ मौन बस्छ
      शब्दहरूले ऐॅंठन पार्दै
      मेरो गला कस्छ।
      ३,
      कुराहरू सङ्लो छैन
      विश्वास नगर्नु कसरी
      उनी पराई हैन।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ
      …
      १,
      मुटुको घाउ देखिन्न
      याद गर हत्केलाले
      कहिल्यै सूर्यलाई छेकिन्न ।
      २,
      मनभरि पीडाको झोला
      थाहा छैन जिन्दगी
      कहाँ अन्त्य होला ।
      ३,
      मनको मैलो फाल्न
      न सकेँ सिलाउन
      न सकेँ टाल्न।
    • ललिता गिरी सिन्धुली (हाल काठमाडौं नेपाल)
      …
      १,
      काक्रोले गर्मी भगाउँछ
      पानीको मात्रा पुराई,
      ग्यास्टिकलाई रोक लगाउँछ ।
      २,
      स्वास्थ्य स्वस्थ बन्छ
      काक्रो खाँदा जहिल्यै ,
      रक्तचाप ठिक रहन्छ ।
      ३,
      शरीर निरोगी बनाऔॅं
      धेरै फाइदा पाइने,
      काक्रो सधैंभरि खाऔॅं ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा
      …
      १,
      आयो तिजको लहर
      भोक भोकै व्रत बस्दै
      रमाइलो दार्जिलिङ सहर ।
      २,
      आयो तिज पर्व
      माइती जाने लहर
      सबैले गरौं गर्व ।
    • प्रेम शर्मा ” एकान्त प्रेमी, कालेबुङ
      …
      १,
      समाजको जन्जिर तोडेर
      एक बनौं हामी
      प्रेमिल हृदय जोडेर ।
      २,
      दुनियाँ संसार भुलेर
      मिठो सुवास छरौँ
      फूलझैँ सुन्दर फुलेर।
      ३,
      बनोस् प्रेम गीत
      चोखो माया गर्नेको
      सदैव हुन्छ जीत ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      गौरा पर्व आयो
      आम नेपालीको माजमा ,
      सधैँ खुसीले छायो ।
      २,
      गौरामा खुसी हर्ष
      खेल्न बोल्न पाउँदा,
      सकियो अन्तिम निष्कर्ष ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      राष्ट्र पहिचान हाम्रो
      हामी सबै मिलेर
      बनाउँ देश राम्रो ।
      २,
      हुन् संस्कृति कृति
      कदापि भित्रनु हुन्न
      हस्तक्षेपी ती प्रवृति ।
      ३,
      देखासिकी गर्न छोडौँ
      समाज विकास गर्न
      अन्धविश्वासका पर्खाल तोडौँ ।
    • जयनारायण नेपाल, इलाम, (हाल सूर्य विनायक -२, बालकोट ,भक्तपुर)
      …
      १,
      हातमा छ मोबाइल
      भएन झिल्का राम्रो
      नखुल्दा स्मरणको फाइल ।
      २,
      आज झिल्का जुरेन
      समय धेरै बित्यो
      शब्दहरू फुर्दै फुरेन ।
      ३,
      लिखत पक्का हुन्छ
      भावनामा विकार आए
      कानुनले पनि छुन्छ ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
      …
      १,
      पञ्च बिरुडा भिजाई
      पञ्चदेवलाई साक्षी राखी
      पुजिन्छ गौरा देवीलाई ।
      २,
      दुलही जस्तै बजाउँदा
      मन शान्त हुन्छ
      गोर्या कथा सुनाउँदा ।
      ३,
      गौरालाई शिरमा राखेर
      उपासिका लोरी गाउँदै
      रमाइलो गर्छन् नाचेर ।
    • नन्दा धामी, नौगाड दार्चुला
      …
      १,
      महान् हुन् ईश
      अब कसले पत्याउने
      नसुनाऊ उठ्छ रिस ।
    • सुरेश कार्की
      …
      १,
      तिजको दर पाक्दैन
      अब त घरघरमा
      नाचेर चेली थाक्दैन ।
      २,
      तिज आयो रम्मझम
      लाग्न थाल्यो अचम्म
      सबै चेली छमछम ।
    • इन्दिरा देवकोटा, कपिलवस्तु न पा ३
      …
      १,
      धन मात्र सॅंगाल्छ
      लोभले सत्य देख्दैन ,
      असन्तोषी जीवन अँगाल्छ ।
      २,
      दुवैतिर उनी ठिक्क
      फाइदा लिन्छिन् धेरैसँग ,
      सोझा पर्छन् दिक्क।
      ३,
      शरीर बुढो होला
      सम्पत्ति बोझ लागेर ,
      मानवीय भावनाले छोला।
    • सुस्मिता अधिकारी, काठमाडौँ
      …
      १,
      ढुङ्गोमा जीवन देख्नेहरू
      रक्ताम्य छन् आजकल
      दु:खका कथा लेख्नेहरू !
      २,
      अनेकौँ थरी थालमा
      आश्वासनका छन् परिकार
      जनता नेताको जालमा !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      आमाको हातको ढकनी
      माली गाईको घ्यू
      खानलाई बिदा मगनी ।
      २,
      जीवन अर्कैको हातमा
      दासत्व अन्त्य भएन
      विभेद लिङ्ग साथमा ।
    • ममता पौडेल, बुढीगङ्गा – २, मोरङ
      …
      १,
      हाँसौँ, खेलौँ, रमाऔॅं
      वर्ष दिनको तिजमा
      आफ्नै संस्कृति समाऔॅं ।
      २,
      विसङ्गति, विकृति हटाई
      खानुपर्छ तिजैको दर
      आफ्नै संस्कृति जोगाई ।
    • उर्मिला के.सी, धनकुटा

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता1 Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३२ सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७० सम्पन्न

  • ८ भाद्र २०८१, शनिबार २०:०० मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १७० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १७० मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    पुरुष
    पिठ्युँमा भारी
    काँधमा परिवारको जोम्मेवारी !

    • वसन्त अनुभव
      [२]
      कुप्रो
      गरिबिको भुप्रो
      पिठ्युँमा भारिको थुप्रो !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [३]
      कठैबरी
      पेट नभरीने
      मेहनत परिश्रम नगरी !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ्ग
      [४]
      जिम्मेवारी
      पुरूष नारी
      सबैलाई हो बराबरी !
    • घनश्याम पौडेल, पोखरा
      [५]
      दुःख
      सुखको खोजी
      छैन कहिले सुख !
    • दीप गोले तामाङ, रौतहट
      [६]
      खुसी
      बाध्यताले छुट्यो
      सपना जिम्मेवारीले फुट्यो !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [७]
      पुरुष
      हिँड्छ्न सधैँ
      बोकेर परिवारको जिम्मेवारी !
    • अनिता भण्डारी
      [८]
      निधारमा
      तप्प पसिना
      पेटभरी खाना नहुने !
    • रमा पन्त, पाल्पा
      [९]
      उदक शृङ्खला :१७०
      १)
      पुरुष
      कामकाे भार
      बनाउनुछ परिवार वारपार !
    • रबि पाैडेल
      दक्षिण भारत, पाण्डेचरी
      [१०]
      कर्तव्य
      बोकेर भारी !
      परिवारको गहन जिम्मेवारी !
    • बेदु न्यौपाने
      [११]
      सङ्घर्ष
      परेर थला
      कठिन जिउने कला !
    • सन्तु खत्री
      [१२]
      जिन्दगी
      सुख दुख
      नहुने कहिल्यै ढुक्क !
    • अबोध निर्मल
      लम्कीचुहा-३, कैलाली
      [१३]
      भारी
      परिवारको जिम्मेवारी
      हेर विचरा कठैबरी !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न. पा.-६, संखुवासभा
      [१४]
      पुरुष
      पारिवारिक भार
      पाल्नुपर्ने पूर्ण परिवार !
    • सङ्गीता खरेल, काठमाडौं
      [१५]
      विवशता
      छोरो विदेशमा
      निम्छरो बुवा स्वदेशमा !
    • अगस्टीन राई, भारत
      [१६]
      जिम्मेवारी
      घर सजाउने
      प्रेमको बोट लगाउने !
    • आर्त अकुलीन
      [१७]
      खुसी
      बाेकेर भारी
      जहान सुखकाे छहारी !
    • ताराप्रसाद चापागाईँ
      धुनिबेसी
      [१९]
      राजनीति
      काममा वाधक
      विराेधीकाे स्वभाव अराजक !
    • नवराज भट्ट, कञ्चनपुर
      [२०]
      कुप्रो
      गरिबिको भुप्रो
      पिठ्युँमा भारीको थुप्रो !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [२१]
      मिलेर
      बोकौँ जिम्मेवारी
      आउँछ परिवारमा खुसीयाली !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [२२]
      श्रमिक
      परिवारको जिम्मेवारी
      टर्छन् बोकेर भारी !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [२३]
      अभिभावक
      दिन्छन् छहारी
      परिवारकाे बाेकेर जिम्मेवारी !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिम-५, राधे राधे, भक्तपुर
      [२४]
      जिम्मेवारी
      काँधमा भारी
      सङ्घर्ष छ जारी !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [२५]
      अभिभावक
      दुवैतिर भारी
      परिवारको पाल्ने जिम्मेवारी !
    • पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
      पनौती न.पा-३, काभ्रे
      [२६]
      विशाल
      घरको खम्बा
      सम्पूर्ण जिम्मेवारी पुरुषमा !
    • डुकछिरिङ लेपचा
      डुपटिन, भारत
      [२७]
      अभिभावक
      पारिवारिक जिम्मेवारी
      पिठ्युँमा असह्य भारी !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [२८]
      कर्तव्य
      गरेर पिता
      जस दिँदैनन् मिता !
    • नागेन्द्रप्रसाद यादव
      [२९]
      सङ्घर्ष
      आफ्नै काँधमा
      परिवारको सबथोक खम्बा !
    • एवाइ प्रभात
      सहिदभूमि, धनकुटा
      [३०]
      पुरानै
      चलन चलेको
      पीडाले जिन्दगी जलेको !
    • घनश्याम पन्त
      हरिवन, सर्लाही
      [३१]
      जिम्मेवारी
      जीवनको सुरा
      आफैमा गर्वको कुरा !
    • पृथक प्रकृति, झापा
      [३२]
      जिम्मेवारी
      बोकेर भारी
      कर्तव्य सधैँ जारी !
    • बुद्धिप्रसाद लामिछाने
      घोनपा-८, दीपनगर, कैलाली
      [३३]
      जिम्मेवारी
      काँधमा भारी
      बोकेर दुखीको सवारी !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [३४]
      भारी
      सन्तानको माया
      बोक्नु छ जिम्मेवारी !
    • धनमाया चौधरी, कैलाली
      [३५]
      मिलेर
      पुरुष नारी
      कर्तव्य सधैं बराबरी !
    • कला ढकाल, झापा
      [३६]
      मानव
      पिठ्युँमा बाेझ
      खुसी जिन्दगीमा खाेज !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम हाल भारत
      [३७]
      गणतन्त्र
      देशलाई भार
      जनता पेलेर मार !
    • पशपती राई, खोटाङ
      [३८]
      पसिना
      काँधमा भारी
      सन्तानको थप जिम्मेवारी !
    • रघु थापा, सु न पा १.
      [३९]
      अभावमा
      जिम्मेवार लिन
      बाध्यता लिनुपर्ने रिन !
    • डिल्लीराज (राजेन्द्र) भुसाल
      सन्धिखर्क-२, कुर, अर्घाखाँची
      [४०]
      जिम्वेवारी
      जीवन दाउमा
      परिवारको खुसीको लागि !
    • सुरेश न्यौपाने
      [४१]
      जिम्मेवारी
      घरको भारी
      मिलेर टर्छ नरनारी !
    • राम न्यौपाने, कैलाली
      [४२]
      बाेकेर
      भारी लादेर
      जान्छन् संसार छाडेर !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [४३]
      बाध्यता
      नबोकी भारी
      चल्दैन परिवारीक गाडी !
    • समुन्द्रा शर्मा, सुनसरी
      [४४]
      पुरुष
      हरपलको परिश्रमी
      जिम्मेवारीको गोरेटोमा सधैँ !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [४५]
      जिम्मेवारी
      गरुङ्गो भारी
      गर्दैछन् वृद्ध वारिपारि !
    • वासुदेव ज्ञवाली
      पाल्पा, तानपा-१, धु्वघाट
      [४६]
      जिम्मेवारी
      पिठ्युँमा भारी
      खोज्दै गन्तव्यको सवारी !
    • सरस्वती वली
      [४७]
      बाबाको
      काँधमा भारीको
      जिम्मेवारी अथाह सङ्घर्षको !
    • कमला देवकोटा, पाल्पा
      [४८]
      सपत्नीक
      घरकाे पाङ्ग्रा
      जिम्मेवारी बराबरी राम्राे !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [४९]
      मानिस
      आखिर बटुवा
      बोक्दै जिन्दगीको भारी !
    • कविता आचार्य, कैलाली
      [५०]
      बाबा
      बोक्छन् घरबारी
      सन्तानको पूरै जिम्मेवारी !
    • भगवती दवाडी
      [५१]
      बढ्दो
      उमेर गह्रौँ
      भारी परिश्रम जारी !
    • चक्र शाही, लम्की, कैलाली
      [५२]
      मेहनत
      सामुमा संसार
      झुकेर बात गर्ने !
    • नन्दलाल आचार्य अक्षान्त, उदयपुर
      [५३]
      जिम्मेवारी
      बुझ्नेलाई सहज
      नबुझे त्यही भारी !

    – दुर्गा आचार्य, मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन3 Comments on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७० सम्पन्न

    विद्यार्थी र शिक्षक (लघुकथा)

  • ८ भाद्र २०८१, शनिबार १९:३१ मा प्रकाशित
  • ✍️तेजप्रसाद खनाल

    एक जना शिक्षकले लामो समयदेखि शिक्षण पेसा गर्दै आइरहेका थिए। उनको शिक्षण कला पनि सन्तोषजनक नै थियो। विद्यार्थीको मनोविज्ञान बुझ्ने प्रयास गर्दै शिक्षण गर्थे । कक्षाकार्य, गृहकार्य, परियोजनाकार्य,एकाइ परीक्षा, मासिक परीक्षा,त्रैमासिक परीक्षा जस्ता निरन्तर मूल्याङ्कनका साधनहरूद्वारा सकेसम्म विद्यार्थीको सिकाइ उपलब्धि विकास गराउने प्रयत्न पनि गर्थे। सिकाइ उपलब्धि पनि राम्रै थियो।यी कार्यहरू गर्ने हुँदा विद्यालय प्रशासनले पनि उनलाई एक असल शिक्षकको रुपमा लिने गर्थ्यो।

    एक दिनको कुरा हो,शिक्षक दैनिक जस्तै एउटा कक्षाकोठामा शिक्षणको लागि प्रवेश गरेका थिए।कक्षाकोठामा प्रवेश गरेपछि उनले विद्यार्थीलाई भने,” विद्यार्थी भाइबहिनीहरू कापी र कलम तयार पार।” शिक्षकले भनेअनुसार सबै विद्यार्थीले कापी कलम तयार पारे। शिक्षकले कक्षाकार्य दिए। कक्षाकार्य थियो। आमा शीर्षकमा निबन्ध लेखन। शिक्षकको निर्देशन अनुसार विद्यार्थीले दिइएको शीर्षकमा कक्षाकार्य गर्दै गए।

    कक्षाकोठामा भएका सबै विद्यार्थीले खुरूखुरू कक्षाकार्य गरे। शिक्षकलाई बुझाउन पनि थाले तर एकजना विद्यार्थीले भने कक्षाकार्य नगरेर झोक्रिएर बसिरह्यो। कक्षाकार्य गरेन। अब शिक्षकलाई रिस उठ्यो। उनले एक दुई थप्पड लगाए। विद्यार्थी रुन थाल्यो। ऊ भावविह्वल भएर रोइरह्यो। अझ रुन्छन् भनेर शिक्षकले फेरि एक थप्पड लगाएर सोधे,” किन कक्षाकार्य गरिनस्?।” विद्यार्थीले अझ रुँदै भन्यो,” मेरी आमा आजभन्दा चार वर्ष पहिला बित्नुभएको थियो। आज मलाई आमाको साहृै याद आयो। मुटु छियाछिया भयो अनि मैले कक्षाकार्य गर्न सकिन।” विद्यार्थीको कुरा सुनेर शिक्षकले पछुतो मान्दै उक्त विद्यार्थीसँग माफी मागे।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on विद्यार्थी र शिक्षक (लघुकथा)

    घर घरमा गुरुकुल अभियान अन्तर्गत याेगमाया सदनबाट दाङकाे संस्कृत गुरुकुलमा सहयाेग

  • ७ भाद्र २०८१, शुक्रबार २३:१६ मा प्रकाशित

  • भाद्र ७ दाङ /
    सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षण तथा निरन्तरताकालागि दाङ जिल्लाकाे घाेराही ७ शुक्रवार उत्तरवाहिनी त्रिवेणी धाममा संचालित श्री माता पवित्रादेवी सांङ्गवेद संस्कृत विद्यालय गुरुकुलमा अध्ययनरत वटुकहरुकालागि आउँदै गरेकाे श्री कृष्ण जन्माष्टमिकाे शुभ अबसरमा भण्डाराकालागि घर घरमा गुरुकुल अभियान अन्तर्गत गुरुआमा जयन्ती सुवेदीज्यूबाट प्रशिक्षित भैरहनुभएका याेगमाया सदनका शिक्षार्थीज्यूहरु करुणा न्यौपाने,शान्ता रिसाल ,सुमित्रा सुवेदी ,नर्मदा आचार्य ,सुमित्रा आचार्य ,बिन्दु अर्याल ,यशाेदा अधिकारी ,सरस्वती पाैडेल ,शारदा कुईकेल र ईन्दिरा के. सि.ज्यूबाट रु५००५/- तथा अन्य २ जना भक्तबाट गुरुकुललाई सद्भाव सहित सहयाेग गर्ने ईच्छा प्रकट गर्नुभई रमेश आचार्य र कविता न्याैपानेज्यूबाट रु१०००/- गरि जम्मा रु६००५/- प्रदान भएकाे छ ।
    घर घरमा गुरुकुल अभियानद्वारा संस्कृत पठन पाठन गराउने उद्धेश्य अनुरुप सरल तथा सहजता पूर्वक सहभागी हुने वातावरण निर्माण गरि विभिन्न ठाँउकाे प्रतिनिधित्व गर्ने चर्चित स्थानहरुकाे नाममा ३७ वटा समूह बनाई हजाराैलाई संस्कृत शिक्षा पठन पाठन गराउँने आफ्नाे उद्धेश्यमा अगाडि बढिरहेकाे छ ।


    हाम्रा वैदिक धार्मिक ग्रन्थहरुलाई सरल तरिकाले सिक्ने सिकाउने वातावरण बनाउदै लगि यस अभियानले काठमाण्डाै,चितवन ,हेटाैडामा शाखा विस्तार गर्दै दाङमा पनि कार्यक्रम संचालन गरेकाे छ ।सहभागिहरुलाई विभिन्न सदनमा संगठित गरि हरेक एकादशीमा मठ,मन्दिर लगायत आश्रम गुरुकुलमा हाम्रा चाडपर्वहरुकाे महत्वलाई बुझाउँदै लैजाने अभियानका संयाेजक आचार्य गुरु कपिल सुवेदीज्यूले जानकारी गराउनु भएकाे छ ।


    अभियानले आफ्नाे कार्यक्रम दाङ जिल्लामा पनि संचालन गर्ने क्रममा प्रयासरत दाङकाे गुरुकुलकालागि सहयाेग जुटाउँदै आएकाे छ ।
    यस प्रकारकाे सद्भावले सबैलाई एकतावद्ध गर्नुका साथै संस्कृत शिक्षाकाे जगेर्ना केबल विद्यालय , विश्वविद्यालयले मात्रै गर्न नभ्याएकाे अबस्थामा यस अभियानले घर घरमा शिक्षा तथा संस्कारलाई सजिलरिनै पुर्याउनकालागि गरेकाे सत्कार्यले समाजलाई जागरुक बनाएकाे गुरुकुल तथा आश्रमका व्यवस्थापक गुरु प्रकाश भट्टराईज्यूले बताउनु भयाे साथै सबै अभियान कर्ता तथा याेगमाया सदन परिवार प्रति हार्दिक आभार सहित कृतज्ञता ब्यक्त गर्नु भएकाे छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज2 Comments on घर घरमा गुरुकुल अभियान अन्तर्गत याेगमाया सदनबाट दाङकाे संस्कृत गुरुकुलमा सहयाेग

    प्राणप्रतिष्ठा र लौरो सार्वजनिक, दुई विद्यार्थीले गरे लोकार्पण

  • ६ भाद्र २०८१, बिहीबार ०९:०० मा प्रकाशित
  • सिरहा, भदौ ५ गते ।
    नेपाली लघुकथा साहित्य फाँटमा स्वस्तिका सिम्खडाको ‘प्राणप्रतिष्ठा’ र नन्दलाल आचार्यको ‘लौरो’ नामक दुई लघुकथासङ्ग्रहको लोकार्पण भयो । कक्षा पाँचमा अध्ययनरत आख्यानप्रेमी गजल आचार्य र अर्का पीयूष आचार्यद्वारा संयुक्तरूपमा लोकार्पण भएको थियो । उक्त दुबै कृतिको लोकार्पण समारोहको आयोजक संस्था बुढ्यौली साहित्य समाज, मधेस प्रदेश समिति र लघुकथा प्रतिष्ठान नेपाल हुन् ।

    बुढ्यौली साहित्य समाज, मधेस प्रदेश अध्यक्ष लम्बोदर काफ्लेको सभाध्यक्ष, बुढ्यौली साहित्य समाज, नेपालका अभियन्ता रमेशमोहन अधिकारीको प्रमुख आतिथ्य, शब्दाङ्कुर साहित्यप्रधान मासिक पत्रिकाका प्रधान सम्पादक धीरकुमार श्रेष्ठ र पूर्व प्रधानाध्यापक तथा लघुकथा विमर्शक रमेन्द्र कोइरालाको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा, प्रगतिशील लेखक संघ सप्तरीका अध्यक्ष तथा बुढ्यौली साहित्य समाज, सप्तरीका कार्यवाहक अध्यक्ष मेघराज पौड्याल, बुढ्यौली साहित्य समाज, सिरहाका अध्यक्ष गणेश अधिकारी, साहित्यकार खगेन्द्र बस्याल, सर्लाही साहित्य समाजकी अध्यक्ष मीना देवकोटा, कल्याण पन्तलगायतका अतिथिहरूले लोकार्पित कृति बारे बोल्नुभएको छ ।

    लघुकथा प्रतिष्ठान नेपालका व्यवस्थापक त्रय मनोहर पोखरेल, रचना शर्मा, मीना साह ‘एन्जल निलु’, साहित्यप्रेमी हरि आचार्य लगायतले लोकार्पण समारोह रोचक र स्मरणीय भएको बताउँदै लोकार्पित कृति बारे आआफ्ना धारणा राख्नुभएको थियोे ।
    उक्त अवसरमा ‘प्राणप्रतिष्ठा’ र ‘लौरो’ लघुकथासङ्ग्रहले लघुकथाको विकासमा विशेष अर्थ राख्ने बताउँदै विशिष्ट अतिथि रमेन्द्र कोइरालाले भन्नुभयो; “स्व. सिम्खडाको एउटै पुस्तक ध्रुबतारा झैं चम्किरहने छ । एक वाक्यमा आकस्मिक उठान, एक वाक्यमा हठात् समापन, एक परिवेश एक घटना र एक उद्देश्यको विशिष्टता लघुकथाको पहिचान हो । यस कुरामा दुबै कृति हदैसम्म सचेत रहेको पाएको छु ।”

    स्वस्तिका सिम्खडाकाे ‘प्राणप्रतिष्ठा’मा उनिएका लघुकथामा बिन्दुमा सिन्धु रहेको र आशावादी जीवनदृष्टि एवं सामुहिक भावनाको स्वर जगाएका छन् भन्ने विचार अतिथि खगेन्द्र बस्यालले व्यक्त गर्नुभयो । नन्दलाल आचार्यको ‘लौरो’का लघुकथाहरू आकारमा साना भए पनि सर्वाङ्ग पूर्णता रहेको विचार राख्दै बस्यालले भन्नुभयो; “यस ‘लौरो’का लघुकथाले गहन विषयलाई फरक शैलीमा व्यक्त गरेका छन् । लघुकथा रसिला, स्वादिला, कसिला, पोटिला र चोटिला बन्न सफल छन् ।”
    शारीरिक अवस्था प्रतिकूल हुँदाहुँदै पनि शिक्षक जस्तो समाजको गहन जिम्मेवारी निर्वाह गरिरहेको भन्दै अतिथि मेघराज पौड्यालले भन्नुभयो; “नन्दलाल आचार्य मधेसको साहित्यिक जगतको एक गहकिलो साहित्यिक नक्षत्र हो ।”

    ‘प्राणप्रतिष्ठा’ लघुकथा सङ्ग्रहमा जीवनको अनुभूतिलाई कथाकथामा सजाउने सीप र सामर्थ्य रहेको बताउँदै आयोजक मनोहर पोखरेलले भन्नुभयो; “निजत्व झल्कने शैलीमा मान्यजनलाई सम्मान अनि भ्रष्ट, बिकृत मानसिकतालाई व्यङ्ग्य गरेकी छिन् स्वस्तिका सिम्खडाले । परिवार र समाजका अन्तरकुन्तरमा चियाउँदै वर्गीय विषमता र अन्तर्विरोध अनि युगीन सामाजिक जीवनको कुनाकाप्चामा निरीक्षण गर्दा प्राप्त अनुभूतिलाई संश्लेषित गरेर कथात्मक बान्की दिएकी छिन् ।”
    मानवीय जीवनका विभिन्न आयामलाई सूक्ष्म रूपले निहालेका नन्दलाल आचार्यले विषमतायुक्त समाजका अन्तर्विरोध केलाउँदै बिग्रँदो अवस्थाप्रति चिन्ता जाहेर गरेर सर्जक र असल नागरिकको जिम्मेवारीबोध गरेका छन् भन्दै मनोहरले थप्नुभयो; “सामाजिक जीवनलाई सूक्ष्म रूपले छामेका आचार्यले ‘लौरौ’ लघुकथा सङ्ग्रहमार्फत सचेतनापूर्वक समानता र सकारात्मक दृष्टिकोणका साथ जीवन उतारेका छन् ।”

    स्वस्तिकाले लेखेर पनि त्यसै गुम्साएर राखेका मनका वेदनालाई ‘प्राणप्रतिष्ठा’ कृतिकी सम्पादक लक्ष्मी रिजालले प्राण भरिदिने कार्य गरेको बताउँदै कार्यक्रमआयोजक सदस्य रचना शर्माले भन्नुभयो; “सूक्ष्म तथा गहन विषयबस्तुलाई मार्मिक एवम् वैचारिक तवरले उनेर तयार पारिएको स्वस्तिका सिम्खडाको लघुकथा सङ्ग्रह हो- ‘प्राणप्रतिष्ठा’ । सामाजिक विसंगति निर्मूलका लागि विद्रोह भाव बोकेको नन्दलाल आचार्यको लघुकथासङ्ग्रह ‘लौरो’ले साहित्यको धरोहर निर्माणमा कोशेढुङ्गाको काम गरेको छ ।”

    स्वस्तिका सिम्खडा एउटा कुशल अनि प्रकृतिवादी आख्यानकार भएको बताउँदै एन्जल निलुले भन्नुभयो; “उनको ‘प्राणप्रतिष्ठा’ कृतिमा हृदयस्पर्शी शब्दहरूको सुन्दर संयोजन भेटेँ ।” त्यस्तै उनले नन्दलाल आचार्यको ‘लौरो’ लघुकथाकृतिमा मौलिक स्वाद र उत्कृष्ट लेखाइ रहेको बताउनुभयो ।
    आचार्यको ‘लौरो’ लघुकथाकृतिमा सामाजिक विषयवस्तुलाई घनिभूत रूपमा उठाएको बताउँदै अतिथि मीना देवकोटाले स्वस्तिकाको लघुकथा लेखनको शैलीपक्ष मनमोहक रहेको बताउनुभयो । त्यस्तै ‘प्राणप्रतिष्ठा’ एउटै कृतिले स्वस्तिकालाई साहित्यमा जीवन्त पारेको मनोभावना समेत ओकल्नुभयो ।

    लोकार्पण कार्यक्रममा बोल्दै लक्ष्मी रिजालले भन्नुभयो; “आफूले भोग्नुपरेको समयलाई ३३ लघुकथामा उनेकी छन् स्वस्तिकाले । अनुभूतिलाई चट्ट मिलाएर लघुकथाको फ्रेममा ढाल्न सक्ने उनमा अद्भुत क्षमता देखेकी छु मैले ।” उनले नन्दलाल आचार्यका १११ लघुकथाले समाजका अनेकन पक्षको शल्यक्रिया गरेको समेत बताउनुभयो ।
    दुबै कृति एकसरो छिचोल्ने सौभाग्य पाएको बताउँद‌ै कार्यक्रमका उद्घोषक समेत रहनुभएका हरि आचार्यले भन्नुभयो; “थोरै शब्दमा लामो कहिरन समेट्न सक्नु लघुकथाको विशेषता रहेछ । दुबै कृति यसमा चनाखो रहेको भेटेँ ।”
    प्रमुख अतिथि समेत रहेका रमेशमोहन अधिकारीले लोकार्पित दुबै कृतिले साहित्यमा महत्त्व राख्ने बताउनुभएको थियोे । कार्यक्रम पौने दुई घण्टासम्म चलेको थियोे ।

    (समाचार श्रोत: लक्ष्मी रिजाल, कञ्चनरूप-१२, रूपनगर, सप्तरी )

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य4 Comments on प्राणप्रतिष्ठा र लौरो सार्वजनिक, दुई विद्यार्थीले गरे लोकार्पण

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P