वीरगन्ज सहित देशभर सरकारको विरोधमा संयुक्त विद्यार्थी संगठनले मशाल जुलुश प्रदर्शन गरेको । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको विरोधमा विपक्षी गठबन्धनका विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले आज वीरगन्जमा पनि प्रधानमन्त्रीराष्ट्रपतिको कदमको विरोधमा मशाल जुलश सहित प्रदर्शन गरेका छन् ।
नेपाल विद्यार्थी संघले घण्टाघरबाट, अखिल क्रान्तिकारीले मिनाबजार गल्लीबाट र समाजवादी विद्यार्थी युनियन र अनेरास्ववियुले माईस्थानबाट मशाल जुलुश सहित प्रदर्शन गरेका थिए । अनेरास्ववियुका केन्द्रीय सचिव अरुण यादव जिल्ला अध्यक्ष कबिराज पटेलको नेतृत्वमा, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रभाकर गुप्ता, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव सुजित गिरी तथा नेविसंघका कार्यवाहक जिल्ला अध्यक्ष विकेश पटेलले नेतृत्वमा जुलुश निकालिएको थियो ।
यसैबीच अखिल क्रान्तिकारीले मिना बजार गल्लीबाट निकालिएको मशाल जुलुश माईस्थानमा पुग्दा प्रहरीले खोस्न खोज्दा विद्यार्थी र प्रहरीबीच एकछिन झडप पनि भएको थियो । त्यसपछि विद्यार्थीहरुले केहीबेर माईस्थानमा नाराजुलुश गर्दै पुनःघण्टाघर आएका थिए ।
प्रहरीसँगको झडपमाएकजना विद्यार्थी घाईते भएका छन् । अखिल क्रान्तिकारीका महानगर अध्यक्ष विवेक कुमार साह प्रहरीले हानेको लाठी लागेर घाईते भएका हुन् । उनलाई उपचारका लागि नारायणी अस्पतालमा लगिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज जुवैर आलमले बताए ।
केहि दिन देखि लगतार भईरकेको अबीर बर्षाले पर्सा लगायत केहि जिल्लाको स्थानीयहरुको जनजीवन प्रभावित भएको छ।
पर्साको जिराभवानी गाउपालिका वडा न १ पिपरा टोलमा राती अबिरल वर्षाको कारण लाटेगांडॉ खोलामा आएको बॉढ़ीको पानीले गाउँ नै डुबानमा परेकोछ ।
स्थानीय शंकर दास,किशुन महतो,जंगाली रॉय, खिचड़ी महतो,शिवशंकर दास लगायत १६ जनाको घरमा पानी पसी डुबानमा परेको छ ।
स्थानीय राजकुमार दास, ब्रहमदेव दास, सनोज दास र महेन्द्र शर्मा, ४ जना परिवारको घर भतकेर बस्ने लायक नभएको अवस्थामा स्थानीय इलाका प्रहरी कार्यालय सेड़वा तथा शस्त्रप्रहरी बोर्डर आउट पोस्ट महादेवट्टीको प्रमुख शस्त्र प्र.नि केदार राईले स्थानीय स्रोत साधन ट्रेक्टरमा मालसामान लोड ग़री शुरक्षित स्थानमा सारिएको छ ।
तत्काल गाऊँपालिकाको सहयोगमा खानेकुराहारु भुजा चिउरा बिस्कुट चाउचाउ बितरण गरिएको छ। स्थानीय बासीहरु अहिले पनि सहयोगको पर्खाईमा बसी रहेको समाजिक अभियन्ता प्रकाश थारूले हिमालयन दृस्टिलाई जनकारी दिनु भएकोछन।
कुवेतमा एक नेपाली महिला र पुरुषले एकैसाथ आत्महत्या गरेका छन् । नुवाकोट घर भै हाल काठमाडौं काँडाघारी बस्दै आएका रंजित घिमिरेले गत शुक्रबार (२५ तारिख) आफु बस्ने कोठामै झुण्डिएर आत्महत्या गरेका हुन् । भने त्यसको केहि समयपछि सोलुखुम्बु पिङ्ला-११ घर भएकी पेसी शेर्पाले पनि आत्महत्या गरेकाे खबर त्यहा स्थित नेपाली अनलाईन निरेम अपडेटले जनाएको छ । आत्महत्या को कारण भने अझै खुल्न सकेको छैन !
केही दिन यता मुलुकमा कोरोना संक्रमण दर घट्दै गएको परिप्रेक्ष्यमा जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) दाङको आज बसेको बैठकले जारी लकडाउनलाई आगामी एक हप्ता (असार २२ गते) सम्मका लागि केहि खुकुलो बनाएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङका अनुसार न्युनतम स्वास्थ्यका मापदण्ड अपनाएर भोली देखी दाङ उपत्यका भित्रका सार्वजनिक तथा निजी सवारी साधन निर्वाध रूपमा चल्ने भएका छन ।
त्यस्तै दाङका बजार तथा व्यवसाय बिहान ६ देखी बेलुका ६ बजे सम्म खुल्ने भएका छन भने सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरु बिहान १० देखी ५ बजे सम्म नै खुल्ने भएका छन ।
साथै उल्लेखित सबै क्षेत्रमा न्युनतम स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्न सम्बद्ध सबैमा अपिल गरिएको छ।
काठमाडौ, १२ असार अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धकाे दिवसकाे अवसर पारेर टुक्का साहित्य समाज काठमाडौले शनिबार टुक्का अभ्यास कार्यक्रम सन्चालन गरेको छ। टुक्कालाई कविताको उपविधाको रुपमा लिने गरिन्छ ।
उक्त कार्यक्रममा देश तथा विदेशमा रहनु भएका नेपाली भाषी ४६ जना टुक्काकारहरुले उक्त विषयमा टुक्काहरू सृजना गर्नुभएको समाजका अध्यक्ष एवं टुक्का साहित्यका प्रवर्तक ताराप्रसाद चापागाईंले बताउनु भयो ।
कार्यक्रमको संयोजन समाजका अध्यक्ष ताराप्रासाद चापागाईंले गर्नुभएको थियो । साथै उहाँले कार्यक्रममा सहभागी सम्पूर्ण टुक्काकारहरू प्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो ।
…………………………………… मिति २०७८ असार १२ गते “अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धकाे दिवस” काे अवसरमा अभ्यास गरीएका टुक्काहरू
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १/ लाग्न त लागेका छौं हामी वर्षौं देखि यो लागु पदार्थ तस्करी विरुद्ध, कानुन र गतिलो सरकार नहुँदा सकेका छैनौँ उन्मूलन शुद्ध । २/ लुकिलुकी तस्करी गर्छन् पहुँचवालाले सडक पेटी सम्म लागु पदार्थ, निर्मुल गर्न सकिन्थ्यो र नि भागको लोभमा वास्ता गर्दैनन् यहि हो यथार्थ। ३/ लागु पदार्थ तस्करलाई कानुन सबल पारी लाउँनु पर्छ हतकडी, पहुँचवाला नभनी निगरानीको ब्यबस्था कडा हुनुपर्छ है!हरघडी । ४/ लागु पदार्थ सेवनबाट बचाउँन पहल गर्नुपर्छ घर बस्ती बाट, कुलतमा फसी भविष्यका कर्णधार बालबालिका नपुगुन् कहिल्यै घाट। ५/ आफै पनि बचौँ अरुलाई पनि बचाउँ यहि फैलाउँन सकौँ सन्देश, अनि मात्र बच्न सक्ने छन् सर्वसाधारण शहर देखि गाउँ परिवेश ।
-शर्मिला श्रेष्ठ,ललितपुर हाल परदेश
✍️✍️✍️✍️✍️ टुक्का ✍️✍️✍️✍️✍️ लागु पदार्थहरू नखाऊ कुसंगतमा कहिल्यै नगाऊ ।
– अरूण नदी खत्री, काठमाडाैं
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ लागु अाैषध तस्करी र दुर्वेशनमा नलागाैं, अपराध अनि कुबाटाे देखि सधै टाढा भागाैं । २ कुसंस्कार अपराध बढने लागू अाैषध छुन्न, सुनाैलाे भविष्य काेर्छु तर दुर्बेशनी भई रुन्न । ३ लागू अाैषध अाेसारपरास तस्करलाई नछाेडाैं, अल्लारे हाम्रा बालबालिकाहरूकाे ध्यान अन्तै माेडाैं ।
– ताराप्रासाद चापागाईं धुनिबेशी न.पा.-९ धादिङ हाल काठमाडाैं
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ डुबिरहेछु आज जीवन मरणको दशामा कसरी म फँसेछु यो लागु पदार्थको नशामा ? २ रक्सी खाएर घरभित्र आउँछौ श्रीमती कुटेर भन के पाउँछौ ? ३ लागु पदार्थले मानसिक रोगी बनाउँछ जान्छ इज्जत समाजमा निर्घिनी गनाउँछ । ४ लागु पदार्थको सेवनले सर्छ डरलाग्दो रोग ल्याउँछ घरमा सबैको अनि मनमा हुन्छ शोक । ५ बालबालिकाहरू छन् लागु पदार्थको कारोबारमा कानुन कहाँ छ खै ? सरकार देखियोस् व्यवहारमा । ६ के मन छैन तिमीलाई हाँस्न ? ती राता ओठमा गुराँस टाँस्न । ७ चाहन्छु म सधैँ रम्दै जीवनमा नाच्न लागु औषधले नपरोस् सडेर बाँच्न । ८ बुझ एकैछिनको मजाले अन्त्य के डाक्छ फसेँ दुर्व्यसनमा आफ्नै देह घीन लाग्छ । ९ मादकताले हुँदैन तनाव केही कम जस्तो पीडामा पनि नखाने खाऊ कसम । १० हरेक टोलमा अब यौटा नियम बनाऔँ लागु पदार्थ मुक्त समाजको खुसी मनाऔँ ।
श्रीकृष्ण शर्मा पोखरा
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ सानासाना केटाकेटी खसाखुसु गर्छन् भित्र भित्रै लागु औषध सेवनमा पर्छन्। २ खोजी गरौँ दुर्गतिमा लाग्ने बालबच्चा जोगाउनु पर्छ अब बन्नु हुन्न कच्चा। ३ लामो थियो जिन्दगानी छोटो बन्न पुग्यो समाज भाँड्ने जाली किरो किन कता लुक्यो? ४ हुदै हुन्न दोषीलाई लुकाउन फेरि जाग उठ दैत्य को हुन् सोध केरी केरी । ५ भविष्यका कर्णधार रहून् स्वस्थ चङ्गा जागरुक बनौँ सबै नफैलियोस् दङ्गा।
– पौडेल विमुन्स, पाेखरा
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ नुहाएर मात्र बाहिर सफ़ा हुन्छ तन खानपान को शुद्धता ले चोखो हुन्छ मन २ नबगाऊ जिंदगी लाई बोतलको पानीमा नसिध्याऊ जिंदगी रोग नै रोग को खानिमा
– पदमा शर्मा आँचल, कालाचिनी भारत ।
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ टाठाबाठाको ललिपपमा झुभिएका कैयौं युवाशक्ति, बेरोजगारले थन्किए छन् कति लागु पदार्थको भक्ति! २ अगुवा नै चरूवा भएपछि कसरी हुन्छ विकास, लागु पदार्थमा अल्झिएपछि कसरी हुन्छ निकास! ३ देशले छैन हारेको तर तस्करले मारेको, लागु पदार्थ दुर्व्यसनले कस्तो रोग सारेको!
– शरद प्रधानाङ्ग,विराटनगर-७
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ भोक लागे अन्न खाऊ नपिउँनु है नशा, यो नशाले लेराउँछ साँढे सातको दशा। २ लागु पदार्थ अोसार पसार गर्न लगाऊँ रोक, राम्रो काम गर्नेलाई दिऊँ पुरस्कार सबैथोक। ३ शिप भए काम गरे खान पाईन्छ बस्दा, अकालमै मर्नु पर्छ दुर्ब्यसनमा फस्दा। ४ चेतनाको दियो बाली युवा जगाउँ, कुलतबाट छुटाउँदै काममा लगाउँ। ५ दुर्ब्यसनले समाजलाई पछि पार्ने गर्छ, सबै मिली आजैबाट छिटो हटाउनु पर्छ॥
-पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ मादक खानेले बिस्तारै कम गर्दै छोडौँ, खाँदै नखानेले सज्जन साथी मात्र जोडौँ। २ ऊ,तिमी,म मिली नखाऔँ सुर्तीजन्य पदार्थ, स्वस्थ हुँदा रमाउँदै बाँचिने कुरा यथार्थ। ३ जाँड-रक्सी सेवन गर्दा गाँजा,भाङ,धतुरो, जोस आउँछ होस गुमाई ठोकिन्छ पुर्पुरो ।
म्यामराज राई हतुवागढी-६,होम्ताङ्,भोजपुर हाल:-जापान
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ जाे नशामा जीवन खाेज्दछ , उहीँ छिटाे मृत्युमा पुग्दछ । २ अमृत समान जिन्दगीमा विष नराेपाैं । जिउमा नशा चढाएर मुहार नछाेपाैं । ३ अवैध हाे लागू औषध त्याे सबै काराेबार, जीवन मरण सवाल छ राखाैं सराेकार ।
– त्रिलोचन भण्डारी, मेचीनगर , झापा
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ गरेर धुम्रपान, यहाँ हुँदैन सान। १ जस्ले धुम्रपान गर्छ, उ अकालमै नै मर्छ। ३ धुम्रपान सेवन नगरौं, जताततै नै चेतना छरौं।
– जगत थापा सुदुरपश्चिम बझाङ्ग
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ कहिले सुन तस्कर त कहिले नुन तस्कर हुन्छ चै के हाम्रो देशमा घातीको मात्रै लस्कर । २ दुर्व्यसनि अति बढ्यो है आधा पिढिले गर्ने नशा यो क्रम चलिरहे देशमा लाग्नेछ शनिको दशा। ३ कानुन मात्र लेखेर हुन्न व्यवहारमा लागु गरौ लौन सरकार खोक्रो बन्दैछ देश सचेतना छरौ। ४ बाबा आए साहुसँग घर खेत बैना राखी छोराछोरी मस्ती गर्ने अफिम चुरोट चाखी।
– इश्वरी अधिकारी, लमजुङ
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ नगर खिसी दुर्व्यसनीको देखेर हाल, उसले सुधार्ने छ पक्कै पनि अर्को साल । २ लागू पदार्थले गर्दैन कसैलाई हित, टाढै रहन सक्यौ भन्ने हुन सक्छ जीत । ३. चाहेर पनि सकिन्न देख्न बादल भित्रको घाम लौ त्यागौ अपराध हो कुलत र दुर्व्यसनी काम । ४. दुर्व्यसनीमा फस्दा तिमी फस्छौ एक्लै तिम्रो चिन्तामा बा आमा पिरमा बेग्लै ७ लागू पदार्थ सेवन गर्नेहरु जतापायो उतै झर्छन् चिन्तै चिन्तामा आमा-बाबा आफन्त अनि साथीभाइ पर्छन्।
– रचना माेक्तान यात्री, काभ्रेपलाञ्चाेक
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ यति राम्रो युवाकाे जमात, कुलतमा लागेर नमात। २ धनकाे नास कुलतले जेलकाे बास, त्यो तस्करी छोराको अामालाइ के अास ३ तिमी नजानी कुलतमा फसेछौ कसरी, जिन्दगीलाई धुवाँमा नउडाऊ यसरी।
– नानीबाबा अधिकारी, कलंकी, काठमाडाैं
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ सचेत नागरिक र समाज सधैँ अघि सर्नु, लागू पदार्थ ओसार-पसार पुरै बन्द गर्नु। २ कुलतमा फसे पछि निस्कनै गाह्रो, चेतना जगाउने काम अझ साह्रो। ३ गाँजा र अफिम हेरोइन र चरेस्, छोरो तँ यसको अघिपछि नपरेस्। ४ नत मान सम्मान नत छ पुष्ट ज्यान, दुर्व्यसनी राम्रो हैन लिनु पर्छ ज्ञान। ५ सम्पत्ति सँगै शरीरको नास, ड्रग्सले पार्छ यस्तै उठिबास।
– अरूण कुमार भुजेल गोरूबथान, कालेबुङ्ग, पश्चिम बंगाल।
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ पिउने बानी नगरौं सराव यस्ले गर्छ जीवनमा खराव । २ राम्रो होइन गर्नु कसैले धूम्रपान लिन सक्छ फ़ेरि अकालमा ज्यान । ३ धूम्रपान गर्दा हुन्छ फोक्सोमा हानी आजैबाट छोड्नु होस् है खराब बानी । ४ धूम्रपान सम्झिनूस् यो हो जहर कसैले पिउने नगर्नुस् रहर । ५ धूम्रपान किन्ने पैसा होस् बचत यस्तै असल सिकाउनुस् आदत ।
– तारा घिमिरे, संखुवासभा
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
१ लागुऔषध खान्न भने शुरूवातमा मत, करै गरे साथीभाइले नखाउ भने खत ।
४ चुरोट खाइयो सुर्ती खाइयो तानियो नि गाँजा, जाड र रक्सी सेवन गर्दा लाग्दथ्यो आँफै राजा ।
५ लागुऔषध सधैं ल्याउथे बोक्दै तस्कर दुई, चट्ट खायो नाकमा सुँघ्यो अनि लगाउने सुई ।
६ निर्भरता यति बढ्यो ड्रग नभई हुन्न, ओभर डोज नभएर रत्ति छुदै छुन्न ।
७ सुरुमा त पैसा माग्यो नपाएमा चोरी, लुटपाट् गरेर नि भर्यो मनको बोरी ।
८ बिस्तारै पछि पछि बनियो नि तस्कर, विश्वास छैन अरुको हेर रत्तिभर ।
९ नखाउ साथी लागुऔषध नबनौं है तस्कर, फसेपछि पछुतोले सताउछ जीवनभर ।
१० विचार गरौं आफ्नो स्वास्थ्य आफैं अघिसरी, जाडरक्सी सुर्ती ड्रग नछोउ केहिगरी ।
– वसन्त अनुभव, घोराही – १४, दाङ
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ दिनोदिन युवावर्गको नैतिकस्तर खस्दैछन् , लागुपदार्थको कुलतमा नानीहरु फस्दैछन् । २ जो जो फँस्यो दुर्व्यसनको नराम्रो नशामा , निश्चय नै हुन्छ उसको जीवन दशामा । ३ लागुपदार्थको विरूद्ध सचेत भई जागौँ , परिवार र समाजको उन्नतितिर लागौँ । ४ नशाले गर्छ घर अनि सम्बन्धमा खति , अकालैमा गर्छ यसले शरीरको क्षति । ५ लागुपदार्थको बेचबिखनले समाजलाई भित्रभित्रै खाँदैछ, भविष्यको कर्णधारहरूको भने जिन्दगी नाश भएर जाँदैछ।
– राजेन्द्र प्रधान पासा, दार्जिलिङ्ग
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ बिरानो थियो नजिकिँदै आयो, जो मनमा बस्यो कलेजी खायो। २ छ जिन्दगी चुरोटमै अडेको, धूवाँसँगै जान्छ पीडा गडेको।
– अनिल खग्रास
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ धूर्त अवैध धन्दा गर्नु हुन्न राति , खान लाउनलाई छन् कामका ताँती । २ हाम्रा जंगलका गैंडा ,बाघ, मृग हुन् धन, तिनका खाग छालाका लागि मार्ने छन् जन।
– भगवती दवाडी ,झापा
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ म जे लेख्छु यिनै आँखा ले देखेको लेख्छु, छन् वरिपरी नै यिनकै काहाँनी देख्छु। २ जन्मियो, हुर्कियो, ठूलो भयो छोरा, कुलतमा लागेर फसेछ मोरा। ३ नाना थरी खादै पिउँदै थालेकाे हिँड्न, नसाको तालमा लाग्याे मान्छेहरू गिड्न। ४ चोरी डकैती पागेट मार भयो, घरको सामानहरु बेज्दै गयो। ५ रक्सी जाँड गाँजा छोडेर चरेस खान थाल्यो, कुसँगतका साथी भाइ सहजै यहाँ पाल्यो। ६ पैसा नहुदा बाआमालाई घुर्क्याउँने , एक दुईचोटिमा तँ मीठो फुर्क्याउँने। ७ हरे शिव यो कस्तो छोरा जन्मियो, आज आएर उल्टै किन सन्कियो। ८ धुरु धुरु रुदै परिवार आज, कुलतको सँगतले गर्छ राज। ९ चरेस खाने सुई हान्ने इँजत लुट्न थाल्यो, वरपर दिदी बैहिनी आफ्नु बँसमा गाल्यो। १० अन्तिम भयो ओछ्यान लाग्यो बिहोसी को चालमा, मर्ने दिन आयो अब यसको नि यहिँ सालमा। ११ सुन्नु दाजु भाइ बन्दु तपाईं हामी मिलेर, लागू पदार्थ विरुद्ध कुरा गरुम छिनेर।
– कमला पाण्डे पराजुली, झापा
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ जाड, रक्सि,चुराेट,बिडि अाएर अाफै बिमार, अाफू नखाउँ घर परिवारकाे राखाै बिचार। २ कति नराम्रो बानि रहेछ खराब, राति दिन पिएर अाउँछाै सराब। ३ हिड्छाै जताततै साथ मा गाज भाङ लिएर, दिनहुँ घरमा झगडा गर्ने रक्सि पिएर। ४ धन जनकाे हुन्छ सत्यनाश, नगर रक्सि चुराेटकाे अाश।
– शाेभा अर्याल, बुटवल
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ अहिले नै लागु पदार्थ, जाँड र रक्सी त्यागाैं, देह-शक्ति कमजाेर हुन्छ सचेतामा लागाैं। २ नशामुक्त देशको निर्माणमा लागौं समय रहँदै लौ अब सबै जागौं । ३ नशाको विरोधमा गाऊँ – घरलाई सचेत गराऊँ आफ्नो कर्तब्य ठानेर एक सुन्दर समाज बनाऊँ। ४ जुन दिन रित्तिने छ हाम्रो समाजबाट नशा, हट्ने छ नि:सन्देह देशको शिरबाट दुर्दशा।
– निरुविन्दु परियार, भारत
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ जानीजानी नगरौं ध्रुम्रपान , ख्याल ख्यालैमा यस्ले लिन्छ ज्यान । २ जिन्दगी भर पर्ने छ मार, आफैंलाई पर्ने त हो भार। ३ कसैले पनि नखेल्नु जुवा र तास , धनको नाश जीवनको बनिबास । ४ न त तिमीलाई न मलाई काईदा , खाएको भन्दा नखाएकै भो फाईदा ।
– ललिता अभागी, सिन्धुली
✍️✍️✍️✍️✍️ टुक्का ✍️✍️✍️✍️✍️
लागू पदार्थ र अवैध तस्करी कसैले पनि नगरुन्, पापको घैटो देखेर वैतरणी बाटो दैवले नहरुन्।
-रतन पाण्डे’पारतन’, दार्जीलिङ।
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ नगर्नु नशा सेवन रोगले पार्छ बसमा, सकिन्छ सम्पत्ति साथी नाता रहन्न उसमा । २ लागु पदार्थ दुर्ब्यसनी ओसार पसार नगर्नु, नैतिक काम होईन यस्ता काममा अघि नसर्नु ।
– पुष्पासायरा, बिराटनगर ।
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १. नपिउनु भन्दै डाक्टर चुरोट आफै पिउॅछन् यिनीहरू लौ कसरी अब धेरै दिन जिउॅछन् । २. दुर्व्यशनी बढ्दै गए युवा खतम भए सम्झाइ बुझाइ गर्ने जमात कता गए । ३. प्रयोग नगरॅौ लागू पदार्थ कसैले पनि विकास गर्न सकिन्छ हेर लौ देशको अनि । ४. नशाभित्र झुलेर नै यहॅा युवा जति नाश भए समाज अनि आफू बिर्सिएर पतित हॅुदै गए । ५. सल्लाह दिन सजिलो छ कार्यान्वयन गाह्रो नशेडीलाई नशा छोड्न किन भएको साह्रो ।
– राजेशराज गड्ताैला हाल युएई
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ खराब हो लागु औषध जीवन नै सडाउँछ अमुल्य यो शरीर पनि बिगारेर गलाउँछ। २ खानु हुन्न भन्दाभन्दै आफैँ खायो उसले जानीजानी छुटाउनलाई समस्या भो गर्छ अहिले आनाकानी । ३ कडा कानून बुझ्दाबुझ्दै गलत काम गर्यो उसले चेत थियो तर पनि आज बिर्सेछकी सम्झी जसले ।
– माधव पोखरेल गोज्याङ्ग्रे उदयपुर, गाईघाट हाल ताप्लेजुङ
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ लागू औषध जीवनलाई हानि यसबाट रहौं सदा सावधानी। २ कालो कर्तुत कानुनको दृष्टिमा लागू औषध ख़राब हो सृष्टिमा। ३ अवैध ओसार-पसार नगरौं, नशालु वस्तुमा अगाडि नसरौं । ४ मानिस नै हो सबभन्दा ज्ञानी नशामा नउडाऔं जिन्दगानी। ५ ओसार-पसार नगरौं ड्रग पनि अरू नै काम गरे हुन्छ है आम्दानी। ६ परिवारलाई पिर पारी शासना, नपरोस्,यही आजको शुभकामना।
– भूषण जंग, ललितपुर हाल अस्ट्रेलिया
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ अब नगरौं भन्छु मान्दैन यो मन, भाङ खाएर भएको छु रन बन। २ मदिरा पिएर जथाभावी नबोल, दुईदिनको जीवन हो अनमोल! ३ बस्छु सधैं रुखको छायामा, बाँच्ने चाह छ तिम्रो मायामा। ४ भित्री मुटुमा छुरा हानी बाहिर राम निष्ठुरीले जति सम्झे पनि छैन काम। ५ अन्तै बुनेपछि तिमीले माया जाल, मर्नु बाँच्नु भएर सम्झेको छु काल। ६ चुरोट पिएर ज्यान लाई धोका नफालाै है सधैं जताततै खोका। ७ रक्सी पिएर आमा बहिनी नभन्ने, जथाभावी आरोप लगाएर खन्ने।
– प्रेम सुनार, दैलेख
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १. लागुपदार्थ ऒसारपसार बढ्दै छ गएको , यस्ता विकृतिलाई नै फ्याक्दै जानुपर्छ भएको l २ गैरकानुन कार्य हो लागुपदार्थ ओसारपसार , नगरौँ है कसैले पनि विकृतिको प्रचारप्रसार l ३ ज्यानै जान सक्छ गैरकानुन कामले , सचेत रहौँ लोभमा नफसौ दामले l ४ लागुपदार्थ ओसारपसार मिलेर रोक्नुपर्छ , विश्वमा भएका यी विकृति फाल्ने सोच बोक्नुपर्छ । ५ पैसाको लोभमा कसैले नि गैरकानुनी काम नगरौँ, लागुपदार्थको ओसारपसार विरुद्ध आवाज भरौँ ।
– रिता खराल , रुपन्देही
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ सान देखाउँछ खाई ठुला र ठालु, हुन्छ लागू पदार्थ नशालु, बिषालु । २ गाँजा,भाङ त्यही दिमागी भार, मनै देखि गरौँ है प्रतिकार । ३ लागू पदार्थले गर्छ स्वास्थ्यलाई हानी, हुन सक्छ ठुलै जीवन भर कहानि। ४ पीडामा त धूम्रपान काईदा, सेवन गरे हुन्छ बे-फाइदा । ५ केही छिनलाई आनन्द दिन्छ, धूम्रपानले हाम्रो ज्यान लिन्छ। ६ खाए पछि मच्चाउँछ हंङ्गमा, धावा गर्छ शरिरको अङ्गमा।
– महेश तामाङ, बेल्कोट्गढी-६, नुवाकोट
✍️✍️✍️✍️✍️ टुक्का ✍️✍️✍️✍️✍️
मदिरा पिएर जथाभावी नबोल, दुईदिनको जीवन हो अनमोल।
– हिँउकला खतिवडा, कैलाली ।
✍️✍️✍️✍️✍️ टुक्का ✍️✍️✍️✍️✍️
नगरौं सेवन लागू अाैषध र धुम्रपान, भित्र भित्रै खाेक्राे पारी यसले लिन्छ ज्यान।
– विशाल सुवेदी
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ शरीरमा असन्तुष्ट रोग भर्छ, नशा पिउनु हुन्न है घात गर्छ। २ युवा बिग्रियो है नशामा झुलेर, रातो दिन रेष्टुरेण्टमा भुलेर। ३ हजुर हाम्रो गाउँका बिरे,चामे अनि काले, अलि-अलि गर्दै बच्चाले पनि पिउन थाले। ४ दिन रात टोलाउँछन् सुनसानमा बसेर, बेकार भए युवाहरू कुलतमा फसेर।
– प्रकाश बुढाथोकी, असम भारत।
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ छोडौ सबै रक्सी जुवा तास, हुन्छ जिवनको सत्यनाश। २ भ्रष्टाचारी बसेका छ्न देशै भरी , कमाए छ्न धन गरेर तस्करी।
– हरिश चन्द, बैतडी
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ शिक्षाको कमि धेरै भयाे समाजमा, धूम्रपान मुल्य बढाउ बजारमा । २ सबै शिक्षित भए समाजमा हट्छ लागू अाैषध बिरुद्धमा मन बड्छ।
– साधना पाैडेल, अाेखलढुंगा
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
१ छाेडौं सबैले धूम्रपान, जोगिन्छ अनि हाम्रो ज्यान । २ बनायौ कुलतरहित समाज छरेर जनचेतनाका आवाज । ३ लागुपदार्थ ओसारपसारमा लगाउनु पर्छ रोक, जसले समाजमा राम्रो काम गर्छ हुनेछ सबै थोक ।
– दुर्गा भट्टराई, मोरङ
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ लेखेर पठाए मायाँको उपहार, त्यसमा थियो देशभक्तलाई प्यार। २ भोलि भेट हौँला मसाल बालेर, आउँछु यो ब्यबस्थालाई फालेर। ३ आउ मिलेर बनाउ शुन्दर देशलाई, प्रगतिशिल बिचार ल्याउहै दाजु भाई। ४ बिचारमा मिठास अनि विवेक हुनैपर्छ, त्यसैले त घर समाजको राम्रो हित गर्छ।
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १. हानिकारक हुन्छ लागूपदार्थ, यसकाे सेवन नगर्नु किमार्थ। २. नअाउनु अब कहिल्यै पिएर, बस्दैछु फाटेकाे याे मन सिएर। ३. नफस्नु लागू पदार्थकाे नशामा, जिन्दगी जाकिन्छ फेरि दुर्दशामा। ४. नखानु कसैले रक्सी भाङ चरेस, खाएसरी हुन्छ जिन्दगीमा हरेस। ५. लागू पदार्थ बिरुद्ध सक्रीय बनौं, समस्या अायाे भने अरुलाई भनौं ।
– थापा रुद्र , भानु – ११, तनहुँ
✍️✍️✍️✍️✍️ टुक्का ✍️✍️✍️✍️✍️
नगर्नु दुई नंबरी धन्दा कसैले, यस्तो काम आजै गरौं बन्द सबैले।
– खगिन रिदम लामा, खोटाङ ईन्द्रेणी पोखरी
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ जसले खान्छ सधैं नशा, उसले लिन्छ सबै दशा । २ लागू पदार्थको सेवनले लिन्छ हाम्राे ज्यान, यसलाई नछाेएकै एकदम राम्रो झन। ३ अाजै देखि सबैले दुर्व्यसनमा नफस्ने प्रण गराै, समाजबाटै हटाउन जागृतिका स्वरहरु भराै । ४ अाउ अब समाजबाट दुर्व्यसनलाई बनाउ सधैं टाढा, धुम्रपान बिनाकाे जीवन हुन्छ उत्तम र हरपल गाढा । ५ शिक्षा छराै समाजमा चेतनाकाे दियाे बालाै, दुर्व्यसनकाे बिरुद्धमा सबले पुन्ज फालाै । ६ उखेलेर जरैदेखि दुर्व्यसनलाई फाल्नुपर्छ, कच्याककुचुक सबै ति जरा यसका गाल्नुपर्छ । ७ नशा पिउने साना हुन्छन् काेही सारै बच्चा, कुलतले जीवन बन्छ अति सारै कच्चा। ८ नपिउनु जिवनमा नशा, पियाै भने लाग्छ ठूलो दशा।
– लक्ष्मी घिमिरे, झापा
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १ लागू औषधका धन्दा रोकेर अब देशमा, चेतना छर्नुपर्नेछ नयाँ यो सुस्त भेषमा । २ बेरोजगार ती यूवा युवती जनता सब, लागू औषध ओसारपसार बन्दहोस् अब । ३ जहाँ ती घर भांडिन्छन् लागू औषधले सुन, सप्रिन्छ घर साराका सुनिदे मुरली धुन ।
– ऋषिराम खनाल मध्यविन्दु ६ नवलपुर ।
✍️✍️✍️✍️✍️ टुक्का ✍️✍️✍️✍️✍️
जिर्ण बन्छ शरीर परदिन लागू पदार्थको नसालेे, रहन्न इज्जत अनि अस्थिर मन घुमाउँछ दशाले ।
– मिसु श्रेष्ठ, काठमाडाैं ।
✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️ १. लागूपदार्थ सेवन गर्ने तिम्रो बानी, पुर्याउँछ स्वास्थ्यलाई बुझौं निकै हानि। २. बनिन्छ खराब, नछुनु सराब। ३. सोचेर नै कुरा दिनुपर्छ ध्यान, लागूपदार्थले लिनसक्छ ज्यान।
– रविन भण्डारी
✍️✍️✍️✍️✍️ टुक्का✍️✍️✍️✍️✍️ आफ्नो अनि सन्ततिको सधै उज्वल भविष्य सोचौं, लागु पदार्थ र तस्करीलाई घृणा भावले घोचौँ।
उदक साहित्य यात्राको अभ्यास ५ अन्तर्गत आज नेपाल लगायत विश्वका ४८ जना नेपाली भाषी उदकयात्रीहरुले सहभागीता जनाउनु भएको छ । उदकलाई नेपाली साहित्यको लघुविधाको रुपमा चिनिन्छ । अभ्यासका लागि दिइएको तस्बिर हेरेर आफुलाई महसुस भएको भावनालाई एउटा उदक बनाएर अपरान्ह ५ बजेसम्ममा सहभागी हुन भनिएको उदक साहित्यका प्रवर्तक, साहित्यकार एवं उदक अभ्यास ५ का प्रशिक्षक आर्त अकुलिनले बताउनु भयो ।
प्रशिक्षक अकुलिनका अनुसार उदक साहित्य अभ्यासमा सहभागी उदकयात्रीहरुको उदक यसप्रकार रहेको छ ।
१ इन्द्रेनी सात रङ्ग सङ्घर्षमय जीवनको उमङ्ग !
✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली …………..
२ सप्तरङ्गी मनमाेहक दृष्य प्राकृतिक जटाले भरीपूर्ण !
✍️ बलराज गिरी, कैलाली ……………..
३ मनमोहक सप्तरङ्गी चमक आत्मिक भाव प्रेम !
✍️ होमप्रसाद न्यौपाने, धरान -११, सुनसरी ………………
४ रङ्ग प्राकृतिक सृष्टि अनमाेल रहेछ दृष्टि !
✍️ दामाेदर ढकाल, भाेजपुर ………………
५ सृष्टि जल अनुकुलता जीव जगत इन्द्रेनी !
✍️ विष्णुदीप सङ्कल्प, ठिमी, भक्तपुर ………………
६ प्रकृति निश्चल निष्पाप चुम्न दिन्छे स्वीकृति !
✍️ पशपती राई, खोटाङ ………………
७ रङ्गिन इन्द्रेणीको रङ्ग प्रेम भाव उमङ्ग !
✍️ बिमला आठपहरिया, धनकुटा ………………
८ प्रकृति अनाैठाे आकृति नासेमा आउने विकृति !
✍️ सविता के.सी., काठमाडौं ………………
९ मनमाेहक सप्तरङ्गी इन्द्रेनी अनुपम प्राकृतिक झरना !
✍️ नारायणप्रसाद उपाध्याय, कैलाली ………………
१० झरना प्राकृतिक छटा सातै रङ्ग इन्द्रेनीको !
✍️ वसन्त अनुभव, घोराही-१४, दाङ ………………
११ सुन्दर मनमोहक दृश्य पानी झरना इन्द्रेनी !
✍️ कृष्णदास जोशी, ललितपुर ………………
१२ इन्द्रेनी संयाेजन प्रकृतिकाे विविध रस जीवनकाे !
✍️ सुधा बाँस्कोटा ढकाल, काठमाडौं ………………
१३ झरना कलकल पानी अनुपम प्राकृतिक सुन्दरता !
✍️ रामसुन्दर थारू, कैलाली ………………
१४ इन्द्रेनी प्रकृति सुन्दरी विविध रङ्गको गुच्छा !
✍️ समुन्द्रा शर्मा, इटहरी, सुनसरी ………………
१५ सुन्दरता प्राकृतिक सृष्टि सत्यम् शिवम् दृष्टि !
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’, गाेरखा ………………
१६ प्रकृति सुनौलो संसार जिउने गर्विलो आधार !
✍️ अरुणा श्रेष्ठ ‘अनु’, झापा ………………
१७ मोहक झरना इन्द्रेनी सौन्दर्य छटा प्रकृतिको !
✍️ रामचन्द्र ढकाल, चितवन ………………
१८ सप्तरङ्गी स्वच्छ प्रकृति जीवनको सुन्दर आकृति !
✍️ अञ्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु ………………
१९ प्रकृति सृजनाकाे मुहान व्रम्हकाे अनुपम वरदान !
✍️ खलवीर नाराज, तनहुँ ………………
२० प्रकृति स्वस्थ फोक्सो रङ्गीविरङ्गी इन्द्रेनी जगतको !
पर्साको जिरभवानी गाउँपालिकामा आज बिहान चट्याङ लागेर एक किसानको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका वडा नम्बर ३ का ६५ वर्षीय राजेशवर साह तेलीको चट्याङ लागेर मृत्यु भएको हो ।
वडा नम्बर २ मा रहेको आफ्नो खेतमा बिहान काम गर्न गएका बेला अचानक चट्याङ लागेर घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।
मृतक तेलीको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं। ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको स्काभेटरको बकेटले हिर्काएर हत्या भएको छ ।
सामान्य विवादमा स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले जानकारी दिए । एसपी राठोरका अनुसार चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
सर्लाही प्रहरीका अनुसार गत शुक्रबार राति वडाध्यक्ष श्रेष्ठ ईश्वरपुर नगरपालिका ३ भक्तिपुर भन्ने स्थानमा पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर गएको थियो ।
नगरपालिकाको बजेटबाट भइरहेको पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर वडाध्यक्ष श्रेष्ठसँगै ठेकेदार प्रेमराज दाहाल पनि गएका थिए । त्यही क्रममा सामान्य विवादमा स्काभेटर चालकले श्रेष्ठको टाउको र छातिमा बकेट प्रहार गरेको प्रहरीको भनाइ छ ।
एसपी राठोरले हत्याको कारण पोखरीको विषय वा अन्य राजनीतिक कारण नभएको बताए ।
बिजौरी,दाङ, ११ आषाढ लुम्बिनी प्रदेश अन्तर्गत रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी दाङमा १ दिने ‘आयुर्वेद सूचना प्रणाली व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तालिम ‘ सम्पन्न भएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङको आफ्नै आयोजनामा तालिम शुक्रबार सन्चालन गरिएको थियो ।
उक्त तालिम संचालन गर्नुको औचित्य एवं उद्देश्यका बारेमा प्रकाश पार्दै चिकित्सालयका नि.निर्देशक डा.गोकर्ण दाहालले आयुर्वेद चिकित्साकर्मीहरुले मरिमेटी काम चाहिँ गर्ने गरेको तर त्यसको गुणस्तरीय रेकर्डिङ रिपोर्टिङ हुन नसक्दा देखाउन नसकीरहेकोे अवस्था छ । त्यस अवस्थाको अन्त्य गर्न पनि यस तालिमको आवश्यकता रहेको औल्याउँनुभयो ।
तालिम कार्यक्रमको समापनको क्रममा आफ्नो भनाइ राख्दै चिकित्सालयको अस्पताल विकास समितिका अध्यक्ष कृष्ण बहादुर बस्नेतले तालिम राम्रो भएको र सोही अनुरुप सबैले चिकित्सालयबाट सम्पादित कार्यहरुको रेकर्डिङ र रिपोर्टिङ दुरुस्त राख्नुपर्ने बताउनुभयो । साथै उहाँले महामारीको यस घडीमा सेवाग्राहीहरुलाई सेवा प्रवाह गर्दा चिकित्साकर्मीहरु सचेत रहन र स्वास्थ्यका न्युनतम मापदण्ड पालना गर्न सुझाउनु भयो ।
चिकित्सालयको अस्पताल विकास समितिका अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षतामा सन्चालन भएको उक्त तालिममा चिकित्सालयका निमित्त निर्देशक डा.गोकर्ण दाहाल, डा.शिवराज सुवेदी लगायत चिकित्सालयको विभिन्न शाखाहरुमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारीहरुको सहभागीता रहेको थियोे ।
उक्त तालिम कार्यक्रममा आयुर्वेद सूचना प्रणाली व्यवस्थापन सम्बन्धमा सोही कार्यालयमा कार्यरत वरिष्ठ कविराज निरीक्षक एवं प्रशिक्षक वसन्त केसीले प्रशिक्षण दिनुभएको थियो । तालिम कार्यक्रमको संचालन रामकुमारी खड्काले गर्नुभएको थियो ।