दाङमा भोलिदेखि निर्वाध रुपमा सार्वजनिक तथा निजी यातायातका साधन चल्ने

  • १५ असार २०७८, मंगलवार १७:०५ मा प्रकाशित
  • केही दिन यता मुलुकमा कोरोना संक्रमण दर घट्दै गएको परिप्रेक्ष्यमा जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) दाङको आज बसेको बैठकले जारी लकडाउनलाई आगामी एक हप्ता (असार २२ गते) सम्मका लागि केहि खुकुलो बनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय दाङका अनुसार न्युनतम स्वास्थ्यका मापदण्ड अपनाएर भोली देखी दाङ उपत्यका भित्रका सार्वजनिक तथा निजी सवारी साधन निर्वाध रूपमा चल्ने भएका छन ।

    त्यस्तै दाङका बजार तथा व्यवसाय बिहान ६ देखी बेलुका ६ बजे सम्म खुल्ने भएका छन भने सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरु बिहान १० देखी ५ बजे सम्म नै खुल्ने भएका छन ।

    साथै उल्लेखित सबै क्षेत्रमा न्युनतम स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्न सम्बद्ध सबैमा अपिल गरिएको छ।

    Leave a Reply