• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

  • १२ फाल्गुन २०७८, बिहीबार १४:०३ मा प्रकाशित
  • १.
    छिमेकी
    सधैँकाे खाँचाे
    बदल्न नसकिने साँचाे !

    २.
    सहयाेग
    ऋण अनुदान
    भएन नेपालमा वरदान !

    ३.
    नेता
    जनतालाई धाेका
    दाेधारे सडकमा सदनमा !

    ४.
    नेपाल
    ढुङ्गाकाे तरुल
    दायाँबायाँ भारत चीन !

    ५.
    परराष्ट्रनीति
    समानताकाे सम्बन्ध
    शान्ति विकासकाे मन्त्र !

    ६.
    मतदाता
    भिडभाडकाे बजार
    नेताहरूले बेच्दै प्रचार !

    ७.
    सरकार
    शक्तिकाे आधार
    शान्ति सुरक्षा देशव्यापी !

    ८.
    भ्रष्टाचार
    राजस्वमा चुहावट
    अनैतिक लेनदेनकाे थलाे !

    ९.
    भाषण
    बाेल्ने कला
    जनतालाई झुक्याउने मेसाे !

    १०.
    रामराज्य
    सुखी जनता
    अनुशासन पेशामा लगनशील !

    नवराज भट्ट

    महेन्द्रनगर, कञ्चनपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

    अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा सिराहाका रुपेश कुमार सदाय सम्मानित

  • ११ फाल्गुन २०७८, बुधबार २२:०९ मा प्रकाशित
  • अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा सिराहाका रुपेश कु. सदाय सहित ४६ जना कविहरू उपराष्ट्रपति नन्द बहादुर पुनको समुपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपतिद्वारा सम्मानित भएका छन्। सदाय टुक्का कविता समूहका सदस्य पनि हुन् ।

    नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा आयोजित मातृभाषा राष्ट्रिय कविता महोत्सव – २०७८ मा आफ्नो मातृभाषाको कविता वाचन गर्न पुगेका सदायलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियोे।

    उक्त कार्यक्रममा प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन, विशिष्ट अतिथि एवं माननीय संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आले मगर लगायतका विशिष्ट ब्यक्तित्वहरूको उपस्थिती रहेको थियो ।

    नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा राष्ट्रिय कविता महोत्सव – २०७८ का लागि खुला मातृभाषा कविता आह्वान गरेकोमा ४० मातृभाषाका ९७ वटा कविताहरू प्राप्त भएका थिए। जसमध्ये ४६ जना कविका विविध मातृभाषाका कविताहरू वाचनका लागि छनोट भएका थिए ।

    अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०७८ को उपलक्ष्यमा फागुन ९ गते आयोजित मातृभाषा राष्ट्रिय कविता महोत्सवमा रुपेश कु. सदाय लगायत ४६ जना विविध मातृभाषाका कविले आफ्नो रचना वाचन गरेका थिए ।

    रुपेश कुमार सदायद्वारा महोत्सवमा वाचित मैथिली भाषाको कविता –

    ~मौन अछि यी आँईख~

    एकाइशौँ शताब्दीमे यी युग
    फेरस् थामने अछि आजुक आपन पाइला
    घुईम रहल अछि समस्त ब्रह्माण्ड लके…..

    मुद्दा प्राविधिके युगमे भि नै
    रुकल अछि अधर्मके पाउला सब
    सिखल नै अछि मनुष्य सदभाव
    किया एहन..?
    आपना और दोसरके पहिचान नै रहल अछि
    पबित्र बिश्वासके घाँटी मोईख रहल अछि

    केवल लोभ-और लालच बोईक क्
    आजु ओने सिख सखल अछि
    व्यबहार केकरा कहैत अछि?
    व्यबहार बिसैरक् अधर्मके रास्ता चुनला केबाद
    लुईट रहल अछि आजु आपने चेलीबेटी सबके इज्जत्
    उडा रहल अछि आपने मजाक

    मुद्दा तैयोभि चैल रहल अछि
    घमण्ड और सान देखाक्
    जतै-ततै बलात्कार करहल अछि
    कानुन हमरे,पैसा हमरे सब किछ हमरे
    गोँजीमे बोइक क्….
    आँईखक् सामने अबला द्रोपदी नारीके जेखा
    बस्त्र चितहरण करहल अछि
    नङ्गा चलचित्र देखा रहल अछि
    आपना द्रुयोधन समैझक्

    केवल सविधानमे मात्रे लेखल गेलै
    अनुसूची,धारा,नितिनियम
    सब उलंघन देखल गेलै

    मुद्दा तैयोभि मनाईब रहल अछि
    उत्सब मनमगन भके…..
    भुला रहल अछि मानव संस्कार
    धूम्रपान,स्वार्थ और कामुकता बोकला केबाद
    नचारहल अछि नङ्गा नाच आपने चेलीबेटी सबक………

    यी सब देखोक् भि
    मौन अछि यी आँईख।


    नेपालीमा

    ~मौन छ यी आँखा~

    एकाइशौँ शताब्दीमा युगले
    पुन:टेकिएको छ आज आफ्नो पाइला
    घुमिरहेको छ समस्त ब्रह्माण्ड लिई

    तर पनि प्रबिधिको युगमा पनि किन खै?
    रोकिएको छैन अधर्मका पाइलाहरु
    सिकेको छैन मानवता सदभाव
    किन खै?
    आ-आफ्नोलाई चिनिरहेको छैन
    पवित्र विश्वासको घाँटी रेटिरहेको छ।

    केबल लोभ र लालच बोकि
    अझ पनि सिकिएको छैन
    व्यबहार भनेको के हो?
    व्यवहारलाई बिर्सि अधर्मको बाटो चुनेपछि
    लुटिरहेको छ आज आ-आफ्नै चेलीबेटीको इज्जत
    उडाई रहेको छ आफ्नै उपवास

    तर पनि हिडिरहेको छ घमण्ड र सान देखाएर…..
    जता-ततै बलात्कार गरिदैछ
    कानुन मै हुँ,पेसा मै हुँ सब थोँक गोँजीमा बोकेर
    आँखाको सामु असक्त नारी द्रोपदी झैँ
    बस्त्र चिरहरण गरिदैछ
    नाङ्गो चलचित्र देखाई रहेको छ आफु द्रुयोधन हुँ भनि…….

    केबल सविधानमा मात्र लेखियो
    अनुसूची,धारा,नितिनियम
    सबै उलंघन देखियो
    अझ पनि लागु भएको छैन

    तर पनि मनाई रहेको छ उत्सब मनमगन भई
    भुलाई रहेको छ मानव संस्कार
    धूम्रपानको नासा, स्वार्थ र कामुकता बोकेपछि
    नचाई रहेको छ नाङ्गो नाच आफ्नै चेलीबेटीलाई….

    यी सब देखेर पनि
    मौन छ यी आँखा ।

    मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ मा सम्मानित व्यक्तित्व सदायको ब्यक्तिगत विवरण-

    सिराहा जिल्ला महदेवा गा.बि.स.पोर्ताहा-८ काे मुसहर समुदायकाे बिपन्न परिवारमा जन्म भई हाल सखुवानन्कारकट्टी गा.पा.-३ मिर्जापुर जिल्ला सिराहा वडा न-३ ( मिर्जापुर ) बस्ने असिलाल सदा तथा दुखनी देवी सदा का कान्छाे छाेराकाे रुपमा २०५९ असार २९ गते जन्मिएका रुपेश कुमार सदाय पेशाले विद्यार्थी हुन् ।

    उनी हाल कृषि बाली बिज्ञान बिषयमा डिप्लाेमा तहमा अध्ययनरत छन् । २०७६ सालमा “आमाको माया” कविता मार्फत साहित्य लेखन शुरु गरेका उनले अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) काे अनेसास कविता प्रतियाेगिता २०२१ मा उत्कृष्ट कविता वाचन गरे वापत प्रमाण पत्र प्राप्त गर्नुकाे साथै कविता, मुक्तक तथा टुक्का कविता लगायत साहित्यका विविध बिषयहरूमा सक्रिय रुपमा कलम चलाउँदै आएका छन् ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा सिराहाका रुपेश कुमार सदाय सम्मानित

    नक्कली जग्गा धनीपुर्जा देखाएर जग्गा बैना गरी ठगी गरेको आरोपमा एक पक्राउ

  • ११ फाल्गुन २०७८, बुधबार १९:४८ मा प्रकाशित
  • नक्कली जग्गा धनीपुर्जा देखाएर जग्गा बैना गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

    महानगरीय अपराध महाशाखा काठमाडौंले ओखलढुंगा चम्पादेवी गाउँपालिका-८ घर भई बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ३९ वर्षीय हितबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो। उनलाई बुधबार पक्राउ गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। 

    रामेछाप मन्थली नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने कृष्णमाया घिसिङ र बुढाथोकीबीच एक वर्षअघि चिनजान भएको थियो। 

    बुढाथोकीले घिसिङलाई काठमाडौंको साँखुस्थित साल्खामा रहेको ८ आना जग्गा जम्मा ३५ लाखमा मिलाइदिन्छु भनेका थिए।

    गत वैशाख ८ गते बुढाथोकीले आफ्नो नामको जग्गाधनी पुर्ना र नक्साको फोटोकपी घिसिङलाई दिएका थिए। 

    त्यसरी उनले ३५ दिनमै राजीनामा पास गराइदिन्छु भन्दै जग्गाको बैना कागज गरिसकेका थिए। त्यसबापत घिसिङबाट उनले ३३ लाख आफ्नो बैंक खातामा जम्मा गराएको प्रहरी उपरीक्षक कोइरालाले बताए। 

    तर

    त्यसपछि भने आलटाल गरी जग्गा पास नगरी झुलाइरहेका थिए। पीडितले मालपोत कार्यालय साँखुमा गएर बुझ्दा सो जग्गा बुढाथोकीको नाममा नभएको खुलेको हो। 

    त्यसरी आफू ठगिएको थाहा पाएपछि उनले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। 

    प्रहरीले अनुसन्धान गर्दा उनले नक्कली जग्गापुर्जी बनाएर ठगी गरेको भन्दै प्रहरीले उनलाई कपनबाट पक्राउ गरेको हो। 
    उनीमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर टेकूमा पठाएको छ।

    Copied:setopati

    Posted in ताजा अपडेटLeave a Comment on नक्कली जग्गा धनीपुर्जा देखाएर जग्गा बैना गरी ठगी गरेको आरोपमा एक पक्राउ

    गोरखनाथ वैदिक गुरुकुल, दाङ; एक परिचय

  • ११ फाल्गुन २०७८, बुधबार १२:२२ मा प्रकाशित
  • घाेराही उप-महानगर पालिका वडा नं १७ चौघेरा स्थित झण्डै १३ सय वर्ष पुरानाे इतिहास बाेकेकाे नाथ सम्प्रदायकाे विशेष महत्व राखेकाे मठमा स्थापना भएकाे वैदिक गुरुकुल हाे । वि. सं.८०९ मा सिद्ध रत्ननाथबाट स्थापित नेपालकै अति प्राचीन मठ, मन्दिर मध्येकै श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठमा राष्ट्रगुरु योगी नरहरिनाथबाट वि.स.२०४६ काे आश्विन महिनामा काेटिहवन लगाए पश्चात् गुरुकुल सञ्चालनका लागि पटक पटक भेला गाेष्ठी हुँदै आएका थिए । वटुक तथा पढाउने गुरुकाे स्थायीत्व नभएकाले पठनपाठनकाे कार्य हुन सकिरहेकाे थिएन तापनि बेला बखत विद्यार्थीहरु मठमा जम्मा भएर शिक्षा लिईरहेकाे अवस्था थियाे । तर पूर्ण रुपमा गुरुकुलीय पद्धतिको स्थापित हुन सकिरहेकाे थिएन ।

    वर्षहरु वितेर गइरहे । यसै क्रममा २०७५ सालदेखि  मठमा स्थायी रुपमा आवासीय गुरुकुल सञ्चालनका लागि छलफल, परामर्श भैरहेकाे अवस्था थियाे । यसै क्रममा २०७६  वैशाख  २४ गते अक्षय तृतीयकाकाे शुभ दिनमा विधिवत् रुपमा मठका साधुसन्त र समाजमा रहनु हुने अभिभावक, भद्रभलादमी, वुद्धिजिवीहरूकाे सामुहिक उपस्थितिले नेपालकाे एक मात्र संस्कृत विश्वविद्यालय रहेकाे दाङ जिल्लामा वैदिक गुरुकुलकाे सुरुवात गरेकाे हाे । 

    नाथ दर्शनका शिराेमणि राष्ट्रगुरु याेगी नरहरिनाथज्यूकाे सपना हरेक काेटिहवन स्थलमा गुरुकुल र गाैशाला खाेल्ने थियाे । जस अनुरुप वि.स. २०४६ साल आश्विन महिनामा लगाउनु भएकाे काेटीहवन स्थल  यस श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठ दाङमा झण्डै ३६ वर्ष पछि मात्रै गुरुकुलीय शैलीमा पठनपाठनकाे कार्य आवासीय रुपमा राखेर गराउने चाँजाेपाँजाे मिलाईएकाे हाे । सुरुवाती दिनहरूमा विहान ३ घण्टा संस्कृतका सामान्य अनुशासन र शिष्टाचारका कुराहरू, गुरु गाेरखनाथका वाणी, योगी नरहरिनाथद्वारा विभिन्न छन्दमा रचिएका कविताका श्लाेकहरूकाे पनि पठनपाठन गराई सुरु गरियाे । याे क्रमलाई अगाडि बढाउँदै लगी नेपाल महर्षि वैदिक फाउन्डेसन सँग यसलाई जाेडेर लग्ने उद्धेश्य अनुरुप दैनिक विहान वेलुका वटुकहरुलाई रुद्रि ,चण्डि  तथा गीताका श्लाेकहरु पढाउन थालिएकाे हाे । याे क्रम निरन्तर अगाडि बढ्दै गयाे । यस गुरुकुललाई सरकारी निकाय सँग जाेडेर लैजाने र नेपाल सरकारकाे गुरुकुलीय पाठ्यक्रमलाई यहाँ लागु गरेर लगी दाङ जिल्लामा देवघाटका गुरुकुलहरू जस्तै एउटा नमुना गुरुकुल बनाउने उद्देश्यले  वि.स.२०७७ कार्तिक २५ गते नेपाल सरकारको स्थानिय निकायबाट कक्षा ६ संचालन गर्ने अनुमति पाएकाे हाे । कक्षा ६ देखि औपचारिक पठनपाठन सञ्चालन गरेकाे गुरुकुलले हरेक साल एउटा कक्षा थप गर्दै लैजाने उद्धेश्य अनुरुप हाल कक्षा ७ पनि सञ्चालन गर्दै आएको छ । साथै गुरुकुलले निकट भविश्चयमै कक्षा १२ सम्म लैजाने सोचाइ राखेको छ ।

    गोरखनाथ वैदिक गुरुकुल संभवत महिला प्राचार्य भएको पहिलो गुरुकुल हुन पुगेको छ । महिला प्राचार्य भएकै कारण पनि गुरुकुलमा कन्याहरूको आकर्षण बढ्दो छ । याे गुरुकुलमा वटुक तथा कन्या दुवैलाई पठनपाठन गराउँदै लग्नु याे गुरुकुलकाे अर्काे विषेषता हाे ।साथै यहाँ जुनसुकै जातजातीका विद्यार्थीहरू पनि गुरुकुलमा पठनपाठन गर्न आईरहेकाे अवस्था रहेकाे छ । अर्थात याे नेपालकाे एक समावेशी गुरुकुल हाे । 

    गुरुकुलले गरेका कामहरू :   

    (१ ) साप्ताहिक रुपमा हरेक क्षेत्र र समुदायका वाैद्धिक व्यक्तित्वहरूलाई कार्यक्रममा बाेलाई सत्संग भेलाकाे महत्वलाई गुरुकुलकाे  माध्यमबाट प्रचार प्रसार गर्दै  गुरुकुललाई समाजसँग जाेड्दै लगेकाे छ ।                  
     (२) समाजमा दाताहरुलाई गुरुकुलीय शिक्षा र वैदिक मन्त्रहरुकाे माध्यमबाट संस्कृत शिक्षाकाे महत्व बुझ्न र बुझाउनकालागि सजिलाे वातावरण बनाउँदै लगेकाे छ।
    (३) गाेष्ठी, सेमिनारहरूमा स्वस्ति वाचनकाे माध्यमबाट महत्वपूर्ण व्यक्तिहरूकाे ध्यान आकर्षण गराई गुरुकुलमा एकपटक जो कोहीलाई दान, सेवा गर्ने वातावरण बनाउँदै लगेकाे छ ।
    (४) विशेष गरेर मध्य तथा सूदुर पश्चिम नेपालमा आफू जस्तै गुरुकुल खाेलेर प्रचार प्रसारमा नआएका तर गर्न खाेजिरहेका दूर दराजका गुरुकुलहरूलाई सहयाेगीकाे रुपमा लिएर भूमिका खेलि सबै गुरुकुलका वटुकहरूलाई उत्तिकै महत्व राखि सेवा, सहयाेगकाे वातावरण बनाउँदै लगेकाे छ ।
    (५) साधु, सन्तहरूकाे उच्च सम्मान गर्दै सत्संगलाई विशेष महत्व दिई काेराेनाकाे विकराल परिस्थितिमा पनि अनलाईन प्रविधिकाे प्रयाेग गरी वटुकहरुलाई देश तथा विदेशका कार्यक्रममा सहभागी बनाएकाे छ ।
    (६) हाल गुरुकुलले सबै गुरुकुलहरूलाई हरेक हप्ता समेट्दै लगेर गाेरखनाथकाे दर्शनकाे महत्वलाई आत्मसाथ गरि राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहका दिव्य उपदेशलाई प्रचार प्रसार गर्दै लगी राष्ट्र गुरु नरहरिनाथकाे राष्ट्र शान्ति विश्व कल्याण, विश्व शान्ति , राष्ट्र कल्याणकाे महान चिन्तनलाई विश्वमाझ राख्दै लगेर मठ, मन्दिर ,गुरुकुल,गाैशाला लगायत गुरुकुलीय पाठ्यक्रमका विषयमा विशेष चर्चा गर्ने उद्धेश्य अनुरुप गाेरक्ष चिन्तन जुम भर्चुअल कार्यक्रम चलाउँदै आएकाे छ । (७) धार्मिक तथा पर्यटन स्थलहरूको अध्ययन तथा अवलोकन भ्रमण गरि प्रचार प्रसार गरेको छ ।

    गाेरखनाथ वैदिक गुरुकुलको अपिल

    सनातन वैदिक दर्शन र संस्कृतिकाे संरक्षण तथा निरन्तरताकाेलागी दाङ जिल्लामा गुरुकुलकाे अभावलाई न्यून गरि दाङ लगायत रुकुम, राेल्पा, प्यूठान, बाँके, बर्दिया हुम्ला, जुम्ला कालिकाेट लगायत छिमेकि मित्र राष्ट्र भारतबाट पनि प्रमुख चासाेकाे रुपमा लिईएकाे याे गुरुकुललाई आफुसक्दाे तन, मन, धन, जे जसरी हुन्छ पत्रं पुष्पम् काे भावना लिनुहुने सबैमा गुरुकुल परिवार धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्दछ।                  

    दाता महानुभावहरुकाे दान ,दातब्यबाट चलिरहेकाे याे गुरुकुलकाे कुनै पनि प्रकारकाे स्थायी काेष नभएकाे साथै गुरुकुलकाे आफ्नाे भवन पनि नरहेकाले मठबाट प्रदान गरिएका पुराना काेठाहरुलाई मर्मत गरी दु:ख गुजाराका साथ वटुकहरूलाई व्यवस्थापन गरेर गुरुकुल अगाडि बढिरहेको छ। यस परिस्थितिमा गुरुकुल यहाँहरूकाे अमूल्य सल्लाह सुझाव सहयाेग तथा आशीर्वाद सधै अपेक्षा गर्दछ । वैदिक गुरुकुल राष्ट्र तथा दाङ जिल्लाकै गहना हाे । आउनुहोस् सबै मिली गुरुकुलको यस पवित्र कार्यमा हातेमालो गरौँ । आगे आगे गाेरख जागे ! जय शिव गाेरख ।

    गाेरखनाथ वैदिक गुरुकुलम् मा सेवा गर्नकालागि निम्न बैकहरुकाे खाता मा रकम पठाउन सकिने छ ।

    खाताको नाम : गाेरखनाथ वैदिक गुरुकुलम्

    (१) नेपाल बैक लिमिटेड घाेराही,दाङ चल्ती खाता नं.०२७००१०७०६१६९२०००००१
    (२) नेपाल एस वि आई बैक घाेराही दाङ चल्ती खाता नं. ४४०२५२४०२००००३
    अथवा संम्पर्क व्यक्ति प्रकाश भट्टराई माेवाईल नंम्वर ९८४७८४६८८२ इमेल : prakashbhattarai028@gmail.com
    हवस् धन्यवाद ।

    गुरुकुल सम्बद्ध केही झलकहरू

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on गोरखनाथ वैदिक गुरुकुल, दाङ; एक परिचय

    पञ्चाङ्ग साहित्य समाज पाठशालाको १९ औँ अभ्यास शृङ्खला सम्पन्न

  • ११ फाल्गुन २०७८, बुधबार ०८:११ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य  समाज पाठशालाको अभ्यास शृङ्खला :- उन्याइसौ  ( १९)
    ——————————————–
    “पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७८/ ११ / १०
    ………………………………………….
    प्रशिक्षक:-
    सोमनाथ लुइटेल रवि पाल्पाली
    सविता के.सी.

                  
    भाषा शुद्धीकरण सुझाव :-
    सुशीला पौडेल
    चन्द्रावती अधिकारी

    सङ्कलक :-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    सहजकर्ता :-
    (महासचिव)
    रामराजा के. सी.

    ======================
    आजको अभ्यासमा दिएको अनुप्रास र स्थाई राखेर १४ अक्षरमा पञ्चाङ्ग लेख्नु हुन अनुरोध गर्दछौँ।

    अनुप्रास र स्थायि
    ————–
    नास भयो, बास भयो, खास भयो , लास भयो
    २+२+३+३+२+२ अक्षर  संखा १४
    ———————————-

    पञ्चाङ्ग  ०१

    सोचें जस्तो भएन   सदैव  नास भयो
    डढ्यो घर जिन्दगी सधैंको लास भयो
    जस्तो भयो सकिन सहन बाध्य   भएँ
    बाँच्दै जाऊँ जीवन मलाई खास भयो
    के नै हुन्छ दु:खीको दु:खद बास भयो ।

    ✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली “

    पञ्चाङ्ग   ०२

    बाँच्दै जादा जिन्दगी त्यसैमा खास भयो
    खुब  प्यार   भरिदै  जूनेली  रास   भयो
    भेल वर्षा होइन   जीवन   आशै  आशा
    फूल  जस्तै  सुन्दर  नभमा  बास  भयो
    चैन  बोकी  विताउ  सदैव  नाम  भयो ।

    ✍️सरिता काफ्ले कोहलपुर बाँके

    पञ्चाङ्ग  ०३

    २+२+३+३+२+२ अक्षर  संख्या १४

    लोभी लोभी साउती गर्न मै खास भयो
    भित्र  भित्र मिलाप  गर्न मै बास  भयो
    तिमी  मेरो  भनेर  पहिले  सङ्गै  डुल्यो
    उ नै  सधैं  बेचिदै  हिडेको  दास  भयो
    भन्छ  बुझ्न  नसक्ने  रहेछ  नास  भयो ।

    ✍️प्रेम थापा “मन” बागलुङ

    पञ्चाङ्ग :  ०४

    सुख दु:ख पीरमा खुसीको आस भयो ।
    लामो यात्रा लेक र बेसीको बास भयो ।
    घात गर्ने आफन्त मानिस कठै बरी ,
    के नै भनौँ कसम जिउँदो लास भयो ।
    आर्त आँसु मनमा जीवन खास भयो ।

    ✍️आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग   ०५

    सधैं भरि जिन्दगी अरुकै खास भयो
    खुसी प्यार भरिदै मनमा बास भयो
    आँधि हुरि तुफान लाई छल्दै जिवन
    मुस्कुराउ अब  दुख पिडा नास भयो
    नभन यो जिन्दगी जिउँदो लास भयो।

    ✍️चेतना पोखरेल , मोरङ

    पञ्चाङ्ग   ०६

    २+२+३, ३+२+२ =१४ अक्षर
    ————————————————
    टाढा टाढा जङ्गल , बेलुकी बास भयो
    डाका आई चोरेछ , सर्वस्व नाश भयो
    नहिँडेर       नहुने , दुर्गम   थियो   घर
    कहाँ केपो भेटिन्छ, भनेर  आस  भयो
    घर   पुग्ने   नपुग्ने , निकै नै त्रास भयो ।
    ————————————————
    ✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

    पञ्चाङ्ग   ०७

    मानवको जिन्दगी त्यसै नै खास भयो
    भबिस्यको लागि सुन्दर  नै आस भयो
    दुःख पछि सुख आउला भन्ने इच्छामा
    आज जिन्दगी सडक को  नै बास भयो
    जिउने कला नजान्दा आज नास भयो।

    ✍️सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग  ०८

    याे जिन्दगी कुनै बेला कस्तो खास भयो
    कतै मालिक् हुनै पर्ने कतै दास भयाे
    जन्मिएर संघर्षमा जुध्नै पर्ने रैछ
    यसैले त घुम्दै जाँदा कहाँ बास भयाे
    थाहा हुन्न मरेपछि यही लास भयाे

    ✍️ताेयानाथ सुवेदी,काठमाडौं

    पञ्चाङ्ग   ०९

    एम.सि.सि.बिषय सर्वत्र खास भयो
    जताततै हेर् आन्दोलनको बास भयो
    जनता त चाहँदैनन् नेता लाद्न खोज्छन्
    थुप्रै कुरा दोहोरो झड्पमा नास भयो
    जनताको चाहना हेर् ज्यूँदो लास भयो।
          
         अरुण कु.भुजेल
    ✍️गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग   १०

    ऐले बिश्वभरि  नास भयाे के गर्नु
    काेविडे जता पनि बास भयाे के गर्नु ?
    श्रमिककाे काम खाेसियाे भाेकै वस्ने भाे
    अहिले समय नेतालाई खास भयाे के गर्नु
    सत्यानास हुँदै लास भयाे के गर्नु ?

    ✍️मधुसूदन प्रसाद घिमिरे, काठमाडौ

    पञ्चाङ्ग   ११

    आफू गयो अरु त उस्लाई खास भयो
    जिऊँ भने जीवन किन हो  नास भयो
    काबु छैन  हृदय  जोखिम   भैइ जाने
    सोचेँ आफ्नै हुँदैन कसैको आस भयो
    आज मेरो जवानी गुफाको बास भयो।

    ✍️अम्बिका अधिकारी
    झापा विर्तामोड

    पञ्चाङ्ग   १२

    गर्न खोज्दा सधैं जिन्दगी नास भयो।
    जिन्दगी हिँड्दा हिँड्दै जिउँदो लास भयो।
    आफूले सोचे जस्तो  जिन्दगी नै नहुँदा,
    राम्रोसँग फेर्न नसकेको सास भयो।
    कहिले काँही बीच बाटोको बास भयो।

    ✍️सुशीला पौडेल , काठमाडौं

    पञ्चाङ्ग   १३

    तिम्रो दिलमा पहिलो माया बास भयो,
    सुरु सुरुमा खुब चौपट्टै खास भयो ।
    सम्बन्धले पूर्णरूप दिन्छ भन्ने थियो,
    सोच व्यार्थ रैछ बेकारमा नास भयो,
    बचाउछु भन्दा त्यहि माया लास भयो।

    ✍️दुर्गा आचार्य , मोरङ

    पञ्चाङ्ग   १४

    जिऊँ भने जीवन कस्को नै आस भयो
    हेर्छु रात दिनमा     उराठ बास भयो
    बात    मात्र गरेको  पाइन्छ जता ततै
    काम गर्दै जानाले अरुको दास भयो
    बाँचे पनि जिउँदो नसक्ने लास भयो ।

    ✍️पद्मा रिजाल , कोहलपुर  बाँके

    पञ्चाङ्ग   १५

    जताहेर्यो युवाको क्रान्तिको  बास भयो
    कारक तत्व त्यो एम सिसि खास भयो
    ईच्छा छैन   नचाहिने मात्रै  भयो काम
    नेपालीकै  अस्मिताको कत्रो नास भयो
    निरही  जनको    सडकमा  लास भयो।

    ✍️दुर्गा भट्टराई , मोरङ

    पञ्चाङ्ग   १६

    जब गयाै छाेडेर जीवन नास भयाे
    अझै फर्कि अाउँछाै भनेर अास भायाे
    कुर्दै अाखाँ याेछ्याइ बाटोमा राख्दै यहाँ
    उता अर्को  फेरेर अान्दकाे बास भयाे
    मराे आज शरीर जिउँदो लास भयाे।

    ✍️रामराजा के.सी.
    फर्पिङ, काठमाडौं

    पञ्चाङ्ग   १७

    समय यसै सकियो साथी नाश भयो
    बेरोजगारी जिन्दगी पनि खास भयो
    अव्यवस्थित सरकाले देश खान्छ
    चाप्लुसीमा जीवन काटियो दास भयो
    घुस्याहाको रहेछ, आम्दानी राश भयो ।

    ✍️सविता के.सी. काठमाडौं

    पञ्चाङ्ग   १८

    सधैँ आँसु आँसु   कहाँ  एकनास भयाे?
    साथ   छैनाै  प्यारा  पीडाकाे त रास भयाे ।
    मातृभूमि   छाेड्याै   धनै   सबैमाथि  देखी,
    चेत्याै हाेला दुख्दा आखिर काे खास भयाे?
    पराईकाे    भूमिमा  जवानी   नाश  भयाे  ।

    ✍️चन्द्रावती अधिकारी

    पञ्चाङ्ग   १९

    जिऊँ भने जीवन कसैको आस भयो
    हेर्छु रात,दिनमा     उराठ  बास भयो
    कुरा    मात्र गरेको  पाइन्छ जता ततै
    काम गर्दै जानाले अरुको दास भयो
    बाँचे पनि जिउँदो नसक्ने लास भयो।

    ✍️निर्मला सुवेदी,बागलुङ।

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग साहित्य समाज पाठशालाको १९ औँ अभ्यास शृङ्खला सम्पन्न

    रियादमा पीडित १५ जना नेपालीलाई एनआरएनए साउदीद्वारा खाद्यान्न सामग्री प्रदान ।

  • ११ फाल्गुन २०७८, बुधबार ०१:१० मा प्रकाशित
  • २२ फेब्रुअरी २०२२, साउदी अरब! साउदी अरेबियाको रियाद क्षेत्रमा पीडित परेर खानाका लागि समेत समस्या परेका १५ जना नेपाली श्रमिकहरुलाई गैर आवासीय नेपाली संघ साउदी अरबले २ हप्तालाई पुग्ने खाद्यान्न सामाग्री उपलब्ध गराएको छ।

    बिगत पाँच महिना अगाडि विस्डम ह्युमन रिसोर्स प्रालिबाट क्यारिफोर हाइपर मार्केटका लागि भनेर झुक्याएर सप्लाइ कम्पनी अल रशिन कम्पनीमा लेराएको र नेपालमा सम्झौता गरे अनुसारको काम र तलब नपाएपछि अलपत्र परेको बताएका छन् ।

    नेपालबाट ड्राइभर भनेर लेराएको तर अहिलेसम्म कम्पनीले भनेबमोजिमको काम र तलब नदिएको पनि पीडितहरुले बताएका छन् । उनीहरु खानका लागि समेत समस्यामा भएको कुरा एनआरएनए आइसिसी २०२१-२३ कार्यकालकि महिला उपाध्यक्षकि उमेदवार यास्मिन बेगम सैयद ले थाहा पाए लगत्तै एनआरएनए साउदिका अध्यक्ष डम्बर यादवलाई जानकारी गराएपछि उहाँको पहल र अध्यक्ष यादवको सहयोगमा एनआरएनए साउदी रियादका राम बहादुर क्षेत्रीले २२ फेब्रुअरी २०२२ मंगलबारका दिन पीडितहरूको कोठामा पुगेर खाद्यान्न लगायत अति आबश्यक सामाग्री प्रदान गरेका छन् ।

    अध्यक्ष डमर यादबको जानकारी अनुसार पीडितहरूलाई २ हप्ता सम्म पुग्ने गरी चामल, दाल, तेल, मसला, फलफूल लगायतका अन्य खाद्यान्न सामग्री प्रदान गरिएको र पीडितहरुको सत्य तथ्य समस्या बुजेर समस्या समाधानमा आवश्यक सहयोग गर्ने पनि अध्यक्ष यादव तथा उपाध्यक्ष क्षेत्रीले जनाएका छन् । 


    आफ्नो समस्या बारे साउदी स्थित नेपाली राजदूतावास रियाद,श्रम मन्त्रालय तथा वैदेशिक रोजगार विभाग लगायतक अन्य मिडियामा आफ्नो समस्याहरु राख्दै उद्दारका लागी अनुरोध गरिएतापनी अहिलेसम्म कुनै सुनवाइ नभएको पीडितहरुले जानकारी गरेका छन्।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on रियादमा पीडित १५ जना नेपालीलाई एनआरएनए साउदीद्वारा खाद्यान्न सामग्री प्रदान ।

    साताका तीन लघुकथा

  • १० फाल्गुन २०७८, मंगलवार १८:३२ मा प्रकाशित
  • साताका तीन लघुकथाको छैटौँ शृङ्खलामा यो साता नमस्ते आधुनिक लघुकथा मञ्चमा प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (तरकारी, बाध्यता र नियति) छनोट गरी प्रकाशन गरिएको छ।

    १) लघुकथा -तरकारी

    ✍️ त्रिलोचन ढकाल

    “आउनुहोस् ! आउनुहोस् !! आउनुहोस् !!!”
    सबै आवाज आएतिर फर्कनु स्वभाविक थियो । सुरिलो आवाज घन्केको पुन सुनियो-
    “टमाटर सयको डेढ किलो । गोभी, बन्दा, मटर कोसा, सिमी, ब्रोकाउली, गाजर सबै छ । सबै सस्तो छ ।”
    कच्ची सडकको किनारामा क्वाटर ट्रक उभिएको थियो । सबै किसानहरू उसैको नगिचैँ गएका देखिए । सबैले आ-आफ्नो रुचि अनुसारको तरकारी खरिद गर्दै थिए ।
    “कहाँबाट ल्याउनु भएको हो तरकारी ?”
    “पोखराबाट”
    “कति खेप बेच्नु हुन्छ, दिनमा ?”
    “एक खेप । बिहान मण्डीबाट तरकारी खरिद गर्छु । गाउँले कच्ची बाटोमा घुम्दै पञ्चमुल-सिरुबारीसम्म पुगेर बिक्री गरी सक्छु । साँझ फेरी मण्डी नजिकैको धरातलमा पछारिन पुग्छु ।”
    “नाफा कति हुन्छ ?”
    लज्जावती मुस्कानका साथ उनी बोलिन्-
    “त्यस्तै तिन गुणा जति ।”
    गाउँ तरकारी उत्पादन गर्ने थलो हो भन्ने बुझिएको थियो । त्यही ठाउँमा तरकारी बेच्दा गुणात्मक फाइदा हुने कुरा सुन्दा अचम्म लाग्नु अस्वाभाविक भएन । ग्राहकको यस्तो मनस्थिति बुझेपछि उनको चञ्चल ओठ थरथरायो-
    “गाउँमा अधिकांश किसानले तरकारी खरिद गरेर खान्छन्। बरू शहरतिर कौसी खेती लोकप्रिय भएको छ ।”

    आनन्दआश्रम; फापरथुम, स्याङ्जा

    २) लघुकथा : बाध्यता

    ✍️ म्यामराज राई

    उसले विदेशबाट फेसबुक मार्फत बिचौलियाको घोर विरोध गर्थ्यो। त्यो विरोधको आवाजलाई समर्थन त कति हो कति । ओकलेको उसको हरेक आवाजमा लाइक लाखौं, प्रतिक्रिया हजारौं तथा शेयर गर्नेको संख्या पनि गनी नसक्नु जत्तिकै थियो।

    ऊ छुट्टिमा घर आयो। बिचौलियाहरूले फेसबुकमा उसको फोटो देखेकाले परैबाट उसलाई चिने।
    ”हामीलाई चिन्यो भने त हाम्रो कमाइ खाने भाँडो फुटाइदिन्छ।” मनमनै डराउॅंदै उनीहरूले आफ्नो काम भने नियमित जस्तै गरिरहे।

    फर्किने बेलामा श्रम स्वीकृति पत्र अनिवार्य लिनुपर्थ्यो। छ घण्टा लाइनमा उभ्यो तर त्यो दिन पालो आएन। हातमा भोलि साँझ उड्ने टिकट थियोे। निकै सास्ती र प्रक्रिया लामो देख्यो।

    एक बिचौलियालाई अलग्गै बोलायो। ”ल ! मलाई त चिनेछ कि क्या हो?” मुटुमा ढ्याङ्ग्रो बज्न सुरु भयो। ”किन र हजुर?”
    “काम गरिदिनु पर्यो।” उसले अनुरोध गर्यो।
    “हुन्छ।” इज्जतको सवाल सम्झेर सीधैँं स्वीकार गर्यो। पैसा दिए लिउॅंला, दिएन भने पनि माग्दिनँ।

    करिब आधा घण्टा नबित्दै श्रम स्वीकृति पत्र उसको हातमा आइपुग्यो। उसले सरकारी संयन्त्र सम्झेर पीडाको आँशु खसाल्यो। र मन भारी पार्दै बिचौलियाको हातमा एउटा हात्ती थमाइदियो।

    भोजपुर । हाल जापान

    ३) लघुकथा : नियति

    ✍️ निर्मला बराल

    मन्दिरमा सधैँ साँझ बिहान बज्ने शङ्खको ध्वनी सुमधुर लाग्दथ्यो । तर त्यसरी दिउँसो आँगनमा एकोहोरो शङ्ख बज्दा कता कता मन चसक्क भएर आयो ।
    यसो हेरेको त, सधैँ तुलसी मठको परिक्रमा गरी पूजा अर्चना गर्ने मेरो बा, त्यहीँ भुईँमा लम्पसार हुनुहुन्थ्यो । रुँदारुँदा आमाका आँखा ओभाएका थिएनन् । छिमेकी आफन्त मास्क लगाएर पर पर उभिएका थिए । कोही भने आफ्नो घरको झ्यालबाट रमिते झैँ हेर्दै थिए । मेरो पनि होसहवास् उडे जस्तो भयो । लमतन्न सुतेको बुबालाई हेर्दै मैले भनेँ,
    “भित्र कोठामा सुताऔँ न बालाई, चिसो लाग्यो भने के गर्ने फेरि ?”
    कोही केही बोलेनन् । उल्टै मलाई पनि बुबा नजिक जानबाट रोकियो । “कस्तो लाटो रै’छ यो हँ ! नजिक परेर अरुलाई पनि कोरोना सार्न खोजेको ?”
    बेचैन हुँदै मैले आमालाई अँगालो हालेँ अनि मनभरी रुन खोजेँ । मेरा कानमा झट्ट आवाज आयो, “बिचरो यो छ–सात बर्षको बालखले कसरी दाग बत्ती देला, हँ ?”
    मेरो बाल मस्तिष्कमा दाग बत्ती के रहेछ भन्ने प्रश्न खडा भयो । दुईचार जना थिए, त्यसमा पनि के गर्ने कसो गर्ने भन्नेमा सबै अलमल थिए । त्यसै बखत वडाको अध्यक्ष काका हस्याङ्फस्याङ् गर्दै आइपग्नुभयो । “ए ल ! कोरोना हैन रै’छ, हर्ट एट्याक पो पुष्टी भयो त ! ढुक्क भो, लौ जुटौँ !”
    त्यो सुन्ने वित्तिकै सबैका अनुहार उज्याला भए र सबै नजिकिए ।
    बालाई बाँसमा बेस्सरी डोरीले कसियो र रामनामी कपडा ओढाइयो । फेरि मनै रुवाउने एकोहोरो शङ्ख बज्यो । चारतिर बाँस समाती उठाए । आमा चिच्याउँदै सँगसँगै परसम्म कुद्नु भयो । मैले सायद रुन बिर्सिएँ । खोलो छेऊमा लगेर बालाई बिसाए । मेरो कपाल खौरिदिए । बलेको दियो बाको मुखमा राख्न के भनेका थिए, म चिच्याएँ, “नाईं…..नाईं….पोल्छ, बालाई !”

    “किन रोएको ? कुनै नराम्रो सपना देख्यौ कि क्या हो, छोरा ?” बाबाले मलाई बोक्दै सोध्नु भयो । बाबाको अँगालोमा बसेर लामो लामो सास फेर्दै भनेँ, “अब हामीलाई छोडेर नजानु ल ?” म अझै निद्रामै थिएँ । तर बाले भनेको म सुन्दै थिएँ, “बाबु तिमीहरूलाई छोडेर अब कहिल्यै परदेश जान्नँ, आफ्नै देशमा बसेर केही गर्छु ।”

    सानो ठिमी, भक्तपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २२औँ शृङ्खला सम्पन्न; ४७ जना टुक्काकारहरूको सहभागीता

  • १० फाल्गुन २०७८, मंगलवार १६:२२ मा प्रकाशित
  • काठमाडौ, । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २२ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ४७ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २२औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    आज बोलेर भोलि भुल्छन् जनताका के कुरा,
    राष्ट्र हितमा होस् नहोस् आफ्नो हितमा छ पुरा ।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    सोझा साझा जनतालाई, लुट्नुसम्म लुट,
    विदेशमै थुपार्यौ धन, त्यतै जान जुट ।

    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    वाह ! क्या गजब जनतालाई लुटेर स्वर्गमा जाने,
    जनतालाई उनैले सधैँभरी भेडा र बाख्रा ठाने।

    सुरेशकुमार पान्डे दाङ घोराही१८।

    [३]
    माला पहिर्याइदिने या गलहत्त्याउने,
    राम्रो हेरौँ चारो फाल्दै फकाउॅंदै आउने।

    म्यामराज राई,भोजपुर

    [४]
    राष्ट्रको हितमा हैन, नेताकै हितमा भयो,
    देशको महिमा छैन, राष्ट्र पिछडिदै गयो ।

    गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [५]
    अन्यायको बिरोध गरौँ देशको विकास गर्न,
    एकताको माला बुनेमा पाउनन् तागत हर्न।

    दुर्गा आचार्य
    मोरङ

    [६]
    कुर्सीको लागि लडे यी नेता धेरै स्वार्थी भए,
    वेरोजगार जनता कठै परदेश गए ।

    अम्बिका अधिकारी

    [७]
    देशमा बहिरो छ प्रशासन अन्धा छ कानुन,
    भ्रष्टाचारीको साम्राज्य छ जनताको चिसो खुन।

    बिके मुखिया
    सिग्रीमताम बस्ती, दार्जीलिङ भारत।

    [८]
    पदै मेरो नेता, आज बोल्छु भोलि भुल्छु,
    कसलाई के को चिन्ता भट्टीतिर डुल्छु ।

    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ, हाल- प्रवास

    [९]
    त्यागौँ खराब आदतहरू भए हाम्रो,
    समयमै आफ्नो बानी सपारेको राम्रो ।

    नवीन जोशी
    प्रदेस ७ कैलाली

    [१०]
    राष्ट्रघात गर्नलाई बारम्बार कम्मर कस्छु,
    जति विरोध गरे पनि रमिता पो हेरी बस्छु ।

    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा

    [११]
    नेता हुँ म मेरो बानी कसलाई थाहा छैन,
    कमाउने बेला नै यही हो मैले ढाट्या हैन।

    नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [१२]
    यस्तो रुप देखाउन खै कसरी सकेका होलान् ,
    आज गल्ती गर्नेहरू कुना पसी अवश्य रोलान् ।

    गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [१३]
    जनतामारा टारेर झारा चुम्बके आसन,
    लिएर सारा देखायौ पारा भुँडीको शासन ।

    प्रेम थापा “मन”बागलुङ

    [१४]
    कामकाज हुँदै गर्छ दुनो सोझ्याउँदै गरे,
    आफ्नै पेट भरे पैले जनता ठाउमै मरे।

    कमला, देवकोटा, पाल्पा

    [१५]
    जनतालाई झुटो बोली भोट माग्दै हिडेथ्यौ,
    आफ्नो स्वार्थ पूरा गर्न विपक्षिलाई गिडेथ्यौ ।

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [१६]
    जनतालाई बोलेर नै मिठो बोली सधैँभरि भुलाएँ ,
    मेरो नेपाललाई किन? बाहिरी हस्तक्षेपमा डुलाएँ ।

    विक्रम तिरुवा सलिन
    जुम्ला

    [१७]
    भनेजस्तो सजिलो छैन राजनीतिको कुरा,
    पराईले धम्काउँछ प्यारा देखाएर छुरा ।

    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [१८]
    जनतामा खाेस्टा फ्याँक्छन् आफू सँधै चुस्छन् जुस,
    जति बिरोध गरे पनि छाड्ने हाेईनन् घुस ।

    त्रिलाेचन भण्डारी
    झापा ,मेचीनगर

    [१९]
    शेर गुफा पस्दा गिध्द र स्यालको रजाईं,
    बेलैमा होस् नपुर्याए बिदेशीकै कजाईं ।

    लक्ष्मी प्रसाद फुयाल
    मोरङ पथरी शनिश्चरे

    [२०]
    हो, यहाँ हरेक क्षेत्रका नेताहरूको उहीँ चाला,
    जो गुटमुटाउन पाउँदैन त्यसैले रोप्यो भाला !

    भूषण जंग

    [२१]
    आफ्नै हितको कुरा मात्र गर जनता जतासुकै मरोस्,
    सुतेका जनता व्युँझी लखेटे देश छोडी भाग्न नपरोस्।

    अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [२२]
    पाईन्छ खर्चेर सारा शक्ति सत्यवादी राज्य राम,
    जनताबाटै खुसी मिल्छ रोकिदैन उनको काम।

    होम प्रसाद न्यौपाने
    धरान,सुनसरी ।

    [२३]
    खर्च गर्दै भोट माग्छु, कसरी गर्नु विकास,
    आफ्नै खर्च उठाउँदा, किन खोज्दैछन् निकास।

    प्रदीप के रिमाल
    इटहरी, सुनसरी

    [२४]
    जस्तो भए नि जनता माझ फुस्रा भाषण गर्छु,
    उनीहरूलाई नभए नहोस् आफ्नै भुँडी भर्छु ।

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२५]
    चुनावमा भोट माग्छन्, चिप्लोचाप्लो कुरा गरेर ,
    जितेर गएपछि हेर्दैनन् नेता उँधो झरेर ।

    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [२६]
    नेता हित नभैकन राष्ट्र हित हुन्न,
    सत्य कुरा बोल्दा यहाँ चाहान्छ को सुन्न ?

    बिबस पारदर्शी
    भद्रपुर – २ (झापा)

    [२७]
    जनताको मुख बन्द छ, नेता झुठो खोक्छ यहाँ,
    आयो कहाँ लोकतन्त्र? जुत्ता तिनका बोक्छ जहाँ।

    मनोहरी पौडेल
    गैडाकोट १

    [२८]
    देश विकासका नौला कुरा छन् गर्ने बातमा,
    बेच्ने र लुट्ने सन्धि सम्झौता हुदैछ रातमा ।

    रिजाल विनोद
    मोरङ

    [२९]
    जनता बने गुच्छा नेताले खाए लाठी सहनु पर्छ।
    अन्योलबाट छेउ युवाले लाए सयौं मानव मर्छ ।

    संझना कुवर

    [३०]
    बोली बोलिमै सिमित हुन्छ व्यबहारमा आलु,
    जसरी पनि बन्नुपर्छ यीनलाई ठुला ठालु ।

    ललिता अभागी
    सुनकिशी५-सिन्धुली

    [३१]
    थोत्रे चप्पल लाउने नेता सुटबुट लाउने भए,
    गुन्द्रुक र ढिडो बिर्से तिनले आज मार्सी घिच्दै गए ।

    लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [३२]
    चोर भ्रष्ट बेइमान नेताहरुको कुरा किन गर्छौं?
    राष्ट्रघाती एमसिसी खारेज गर नेता नत्र मर्छौं।

    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [३३]
    जनताले हो पीडा बटुल्ने,
    नेता परे आकाशमा डुल्ने।

    अनिल खग्रास, पर्वत

    [३४]
    झुठ्ठा आश्वासन छर्दैछन् भिरेका छन् ताज ,
    सिमाना मिच्नेसँग चुइक्क बाेलेनन् आज ।

    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [३५]
    दुनियाँलाई मन्छाउँन बाचा कसम गरे,
    एमसीसीलाई पन्छाउँने साँचाे छैन अरे ।

    रामकृष्ण दुवाडी

    [३६]
    आफ्नै हित सर्वाेपरि हाे जनताका के गर्नु कुरा,
    मुखले राम फलाक्दै चलाउनु बगलीमा छुरा।

    मित्र उराठी गाैतम
    गुल्मी अमरपुर

    [३७]
    इमान्दार छु म नेपालको नेता सच्चा,
    नेपाली जनता सबै मेरो लागि कच्चा ।

    बिके माकजु , भक्तपुर

    [३८]
    जे गरुँ जसो गरुँ दुनियाँलाई केको दरकार,
    आन बान सान मेरै छ म यो देशको सरकार ।

    बेदु न्यौपाने 💕काठमाडौ✍️

    [३९]
    भुल्छन् सधैँ दिएकाे वचन कुर्सी पाएर,
    झापड हानिदेउ जनता भाेट लाएर।

    ताराप्रसाद चापागाई
    धुनिबेसी ।

    [४०]
    देश र जनताको यीनलाई केकाे हुन्थ्यो र पिरमर्का,
    अझ थाक्दैनन् तिनी कहिल्यै भ्रामक भाषण गर्न चर्का !

    रामप्रसाद बेल्बासे ‘एक्लाे यात्री’
    बुद्धभूमि -३,कपिलवस्तु
    कार्यरत : तमानखाेला -३,बागलुङ ।

    [४१]
    देशको ढुकुटी सके पारेर छरपस्ट,
    कहिलेसम्म खेप्नुपर्ने हामीले यो कष्ट ।

    दुर्गा भट्टराई
    मोरङ

    [४२]
    खान्न खान्न भन्दाभन्दै काेच्याउँछाै किन?
    तयार छैन् हाम्रो देश एम सी सी लिन।

    प्रेम कला चापागाईं
    मेचीनगर १२ झापा

    [४३]
    फेरि आउने दिन तोक्यो गाउँघर टोल,
    हात जोडेर दैलो कुर्दै ओड्दै नयाँ खोल ।

    कर्ण दयाल
    मेलौली नगरपालिका ७ बैतडी

    [४४]
    भोट माग्न आउँछन् नेता लुरुलुरु हेर,
    राम्रो मान्छे मात्रै चुन्नु भोट नफाल्नु खेर।

    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [४५]
    जनताकाे बल जफतले कुर्सी भेट्छाै,
    सदनमा पुगेपछि किन घाँटी रेट्छाै ?

    भावना मञ्जु
    माेरङ

    [४६]
    गद्वारहरू गर्दैछन् एमसीसीका कुरा,
    लगाएर नेपाल आमाका छातीमा छुरा ।

    नाम केसर बाेहरा (सङ्घर्ष )
    सुदुरपश्चिम अछाम ।

    [४७]
    बेइमान नेताहरु कौडिको भाउमा बिक्छन्,
    आउदो चुनावमा तिनीहरू सबक सिक्छन् ।

    जि कुमार गौतम भद्रपुर-१
    (पृथिविनगर) झापा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २२औँ शृङ्खला सम्पन्न; ४७ जना टुक्काकारहरूको सहभागीता

    ‘टुक्का माथि टुक्का’ ब्यङ्ग्यात्मक टुक्का लेखनको २१औँ शृङ्खला सम्पन्न; ५७ जना टुक्काकारहरूको सहभागीता

  • १० फाल्गुन २०७८, मंगलवार १५:५४ मा प्रकाशित
  • काठमाडौ, । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २१ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ५७ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २१ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    कति जल्छौ आरिसले, गर्दै मेरो डाहा,
    मौकामा लेप लगाएँ, दुखेकोथ्यो घाहा ।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    डाहा गर अझैँ आउ लाैन बिन्ती गर्छु
    तिमी तान्छाै जति तल लाग्छ माथि सर्छु ।

    ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    [२]
    तिमी जल्दै गर आरिसले म प्रगति गर्छु
    तिम्रो डाहासँग नडराइ भकारी नै भर्छु ।

    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ, हाल- प्रवास

    [३]
    भर्न देउ पहिला मलाई रबरको थैलो ,
    रिस राग फालिदिन्छु यो मनको सबै मैलो।

    होम प्रसाद न्यौपाने
    धरान,सुनसरी ।

    [४]
    तिमि जल्दै गर जल्ने बाटो सधै खाली गर्छु,
    रिस राग अन्त्य गरि भकारिमा धान भर्छु ।

    नवीन जोशी
    प्रदेस ७ कैलाली 🌹🥀

    [५]
    मौका मिल्दा चौका हान, हेर पर्दाखेरि दाउ,
    पुग्ने गरी मलम लगाउ, नबल्झियोस् घाउ ।

    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [६]
    आरिसेको कामै यस्तै डाहाले नै मर्ने,
    सधैँभरी अर्काको चियो र चर्चो गर्ने ।

    ललिता अभागी
    सुनकोशी ५ सिन्धुली

    [७]
    आरिसे र डाहा गर्ने गरिरहुन् है जत्ती,
    आफ्नो कर्म गर्नु पर्छ डर नमान्नु रत्ती ।

    गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [८]
    मनको घाउ मेटाउन शीतल मल्हम लाएँ,
    जमिन,जल,जङ्गलको सबै जडिबुटी खाएँ ।

    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा

    [९]
    तिम्रो लागी सबथोक हुँ म जे गरेनी हुन्छ,
    शक्ति मेरो हातभरी जस्ले छुन्छ उहि रुन्छ।

    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३,काभ्रे

    [१०]
    आरिसले किन जल्छौ देखासिकी गर ,
    मिलीजुली खाऔँ साथी अलि यता सर ।

    रामजी लामिछाने
    पोखरा २७

    [११]
    मलाई मज्जा तब छ मौकामा नुन, चुक हाल्दा,
    ननिको लाग्छ खत उप्काई तिमीले काम थाल्दा।

    म्यामराज राई
    हतुवागढी-६,भोजपुर

    [१२]
    जले जलोस जल्नेहरु बुझ्नेले गर्दैछन् वाह,
    निको भएको छ घाउ अब सबैले गर्छन् आह !

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [१३]
    नेता बनायौं कुर्सी दियौं भए बेपत्ता,
    टन्न कमाइ हालियो गए जाला सत्ता ।

    सुरेशकुमार पान्डे।दाङ घोराही१८

    [१४]
    हात्ती छाप चप्पल लगाइ शहर पसे पहिले,
    राजनितीको पसल थाले महलमा छु अहिले।

    नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [१५]
    कति जल्छौं जल्दै गर,
    डाहा गरी भुँडी भर ।

    दुर्गा भट्टराई
    मोरङ

    [१६]
    भागबण्डा लाउन पर्ने घ्याम्पे छालाले रोज्छ,
    डाहको प्रवाह छैन लागेको बानीले खोज्छ ।

    प्रेम थापा “मन ” बागलुङ

    [१७]
    डाह गर्ने जल्ने मर्ने अल्छि अनि आरिसे,
    चोट नदिई बस नत्र बन्छौ वेवारिसे ।

    बिबस पारदर्शी
    भद्रपुर – २ ( झापा )

    [१८]
    आरिस गर्ने भोकै होलान् , म त टन्नै भएँ,
    हुँ भान्से डाडु पन्यु सँगै , बस्न भित्र गएँ ।

    बिके माकजु , भक्तपुर ।

    [१९]
    तिम्रो कामलाई होइन मुहारलाई डाहा गरेको,
    त्यसैले त सधैँ तिम्रो नजिक नजिक हामी सरेको।

    कल्पना थामी
    सिन्धुपाल्चोक

    [२०]
    आरिसले मर्नेहरू जति सक्छौ मर,
    म त मेरै बाटो हिंड्छु खुट्टा तान्दै गर ।

    इन्दिरा देवकोटा
    कपिलवस्तु

    [२१]
    आरिसले जल्नेहरु आफैँ हेर खाक हुन्छन्,
    थाहा भई भई पनि फेरि तिनै जाल बुन्छन्।

    दीपक ठटाल जलन,खरसाङ।

    [२२]
    डाहा गर्ने मान्छेको नै अघि जान मन लाग्छ,
    यिनको त हेर्दै आँखा तरी रिस ममा जाग्छ,

    बिनिता विश्वकर्मा बिनु
    बुढीगंगा न•पा•९बाजुरा

    [२३]
    आरिस गर्नेहरु गरुन्
    जलेर मर्नेहरु मरुन्।

    बिके मुखिया
    दार्जीलिङ भारत।

    [२४]
    किन जल्नु आरिसले ? लिएकाकाे घाउ,
    तिमीले नै खाेज्या छाै कि ? घात गर्ने दाउ।

    सरस्वती भट्ट
    लमजुङ

    [२५]
    खुट्टा तान्ने प्रवृत्ति बचाई राख सदा,
    कहिल्यै हार्दिनँ मेरो पछि तिमी छदा।

    अनिल खग्रास
    फनपा ९, पर्वत

    [२६]
    डाहा गर्दै तछाड मछाडको रमेका छन् कुर्सी माथि,
    जनतालाई दुःख दिदै चिल्लो कारमा छन् भ्रष्ट साथी ।

    अम्विका अधिकारी
    झापा विर्तामोड

    [२७]
    दु:खमा नि खुसी थिएँ दुनियाँले देख्दा,
    हाँसो उठ्छ अहिले त्यो इतिहास लेख्दा ।

    चुडामणी ध्रुव देवकोटा

    [२८]
    कुर्सी मात्र कति गर्छौं नेता तानातान,
    देश त खोक्रो बनाई छाड्याै जानाजान।

    तारा घिमिरे
    सङ्खुवा सभा

    [२९]
    जल्नेहरु जल्दै गर मर्ने मर्दै गर,
    तिमी जस्तो मानिसको हेर्दिन अधर।

    लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [३०]
    आरिस अनि डाहा गर्ने सबै उँधो लाग्छ,
    कर्म गर्ने कर्मवीरको सधैँ भाग्य जाग्छ।

    अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [३१]
    जति रिस र डाहा गरेपनि माया जस्तै लाग्छ,
    कति आउँछन् घोचपेच झन पो जाँगर जाग्छ ।

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [३२]
    दुनियाँको कुरा सुनेर असमझदारी पो भएछ,
    तिम्रो मेरो विश्वासले कुन्नि कता टाप कसी गएछ ।

    गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [३३]
    विरलै भेटिन्छ मान्छे सबको भलाइ गर्ने,
    घाउ चहर्याइ रहेको बेला मलम भर्ने ।

    जि कुमार गौतम
    भद्र्पुर -१ ( पृथिविनगर) झापा

    [३४]
    सक्दिनँ म राम्रो देख्न छैन भन्छु डाहा,
    लौन समाज मलाई मात्रै भन आहा !

    संझना (कुसुम)

    [३५]
    मलाई कुनै दुःख पर्दा, तिम्रा घर भोज गर्छौ ,
    रक्सी धोक्दछौ शान्ति हुन, एकदिन थला पर्छौ।

    मनोहरी पौडेल
    गैडाकोट १ नवलपुर

    [३६]
    हात्ती लम्कदै जान्छ, कुकुर भुक्दै गर्छ ,
    मेहनत गरे , डाहा गर्ने पछि सर्छ ।

    बुद्धिमान चौधरी

    [३७]
    मेरो काम प्रति किन यतिधेरै आक्रोशित हुन्छौ,
    प्रगति गरेको देखेर एकदिन जलेरै मर्छौ।

    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [३८]
    प्रगति गरेको त देख्नै नहुने रिस डाहा गर्ने,
    सिन्कोसम्म नभाँच्नेहरुले किन जलिजली मर्ने।

    राम रावल सागर
    कैलाली

    [३९]
    मानेको छैन् मैले कसैलाई पनि रिस अनि डाहा ,
    मलाई मात्र छ सधैँ मै खाऊँ मै लाऊँ भन्ने चाहा ।

    विक्रम तिरुवा सलिन
    तिला गाउँपालिका ३ कुडारी जुम्ला

    [४०]
    आरिसले जलि तिमी आफै खरानी बन,
    आफ्नै पाैरखले कमाई रहन्छु म धन ।

    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [४१]
    रहर हुँदाहुँदै हो गरिने चाहा,
    केहि गर्न नसक्नेले त गर्छ डाहा ।

    रिजाल विनोद
    मोरङ

    [४२]
    धनका धनी हौली तिमी आकाशमा उड्यौ,
    मेरो नजरमा त बरै सागरमै बुड्यौ।।

    ओमकुमारी बन्जारा
    सामाखुसी काठमाडौँ

    [४३]
    कति बस्छौ तिमीहरू अरूकाे डाहा नै गरेर,
    स्वार्थी बनेर सधैँ रिसले आफ्नो मन भरेर।

    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [४४]
    डाहा के गर्नु छ र परिश्रममा बल,
    गर्नसके आफैँ झुल्छ कमाईको फल ।

    सन्तु खत्री

    [४५]
    डाहा गरून् या आरिस गरून् राखिदैँन चासाे,
    गर्ने कर्म छोडिँदैन सकिएला बरू हाँसाे ।

    त्रिलाेचन भण्डारी
    झापा,मेचीनगर

    [४६]
    संघर्षशिल ति पाइलाहरू चलाउँदै जाउँ ,
    गन्तव्यमा पुगे आफैँ बिलाउँछन् मनका घाउँ !

    माहादेव भट्ट
    दशरथ चन्द नगरपालिका 01 गुरुखोला कलौन बैतडी

    [४७]
    धनको बिटा सम्झिएर भएको त्याे घाहा,
    हामी सिधा जनलाई कहाँ हुुन्छ र थाहा ।

    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [४८]
    स्वार्थी बनेर नेताले, देश बेच्नै लागे,
    आफ्नै दुनो सोझो पार्न, डलर नै मागे ।

    भगवती दवाडी ,झापा

    [४९]
    जल्ने जतिले जल्दै गर्छन् बल्ने बलिरहन्छन्,
    रोकिदैनन् मेरा पाइला सदा चलिरहन्छ्न् ।

    शर्मिला खतिवडा
    विर्तामोड झापा

    [५०]
    रिस गर्ने गर्दै गर फूल झर्ने छैन,
    काम गर्न नसक्नेले डाहा गर्ने हैन ।

    धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला

    [५१]
    लाेभ छैन लाभ छैन, रिसराग हैन,
    भाेकप्यास औधि लाग्यो, ठूलो भाग छैन ?

    रामकृष्ण दुवाडी

    [५२]
    कति जान्ने भएछौ है, चाकरीका कुरा ,
    केहि गर्ने जोहो छैन, बोल्दाखेरी छुरा ।

    कर्ण दयाल
    मेलौली नगरपालिका ७ बैतडी

    [५३]
    तिमी जल्दै जाऊ डाहाले म हिँडिरहन्छु पथमा,
    जति अबरोध गर मेराे जीवन रुपि रथमा।

    रामकृष्ण रिजाल
    बागलुङ

    [५४]
    आरिसेका आँखा हेर कत्ति बलेका,
    अर्कालाई लुटिकन खाई जलेका ।

    शान्ति याक्साे
    काठमाडौं ।

    [५५]
    कति स्वार्थी बन्ने मलाई देखावटी माया गर्दै,
    मेरो हिड्ने बाटो बाटोमा तिखा तिखा काँडा छर्दै।

    अच्युत घिमिरे
    भुटान

    [५६]
    डाहा र ईर्ष्या बालेर आफ्नै मुटु जलायो,
    “मेरा स्वार्थ सर्वोपरि” भनी हल्ला चलायो ।

    भूषण जंग
    नेपाल

    [५७]
    जति जल्छौ जल्दै गर मलाई केही डर हुन्न,
    जसो गरे पनि मेरै हो पालो कसैले नि छुन्न ।

    💕बेदु न्यौपाने 💕काठमाडौ✍️

    जय टुक्का ! जय साहित्य !!

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ ब्यङ्ग्यात्मक टुक्का लेखनको २१औँ शृङ्खला सम्पन्न; ५७ जना टुक्काकारहरूको सहभागीता

    साप्ताहिक उदक लेखन शृङ्खलाको ३९औं शृङ्खला सम्पन्न; ६६ जना स्रष्टाहरूको सहभागीता

  • १० फाल्गुन २०७८, मंगलवार ११:५६ मा प्रकाशित
  • काठमाडौ, ०७ फागुन । साप्ताहिक उदक लेखन शृङ्खलाको ४०औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिर : सामाजिक सन्जाल

    तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू


    [१]
    अनुदान
    वैदेशिक हड्डी
    कुकुर बिचको युद्ध !

    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    सडक
    कुकुर युद्ध
    त्रसित गाउँ सहर !

    आर्त अकुलीन, कैलाली

    [३]
    युद्ध
    हुँदैछ शक्तिको
    प्रार्थना गरौं भक्तिको।

    -पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३,काभ्रे

    [४]
    पशु
    दाह्रा हतियार
    डर देखाउँछ बाँच्न !

    सविता के.सी.

    [५]
    कुकुर
    शक्ति प्रदर्शन
    मान्छेलाई युद्धकाे दर्शन !

    नवराज भट्ट
    कञ्चनपुर

    [६]
    झगडा
    कुकुरको परिचय
    हड्डिकै लागि मरिहत्ते !

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [७]
    रिस
    क्षणिक पलको
    दाह्रा नकिट पागल !

    दर्बेन्द्र खनाल लबरकोटे
    गल्याङ स्याङ्जा

    [८]
    कुकुरको
    खतरा झगडा
    शक्ति प्रदर्शन गरेर !

    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    [९]
    सर्वत्र
    आपसी दम्भ
    डाहा ईर्ष्या विचित्र !

    प्रेम थापा

    [१०]
    हेर्याैँ
    सबैकाे दम
    काेही छैन कम !

    चन्द्रावती अधिकारी

    [११]
    जुधाई
    क्षणिक आवेग
    अनिश्चित द्वन्दात्मक परिणाम !

    राेशन पराजुली,धरान।

    [१२]
    युद्ध
    शक्तिको प्रदर्शन
    दाह्रा तिखार्दै कुकुर !

    इश्वरी अधिकारी

    [१३]
    दम्भ
    सबैका घमन्ड
    परिणाम आपसी युद्ध !

    हिमाल अम्मै घोडाघोडी कैलाली

    [१४]
    झगडा
    जीउन गाह्रो
    पशुको लडाइँ तगडा !

    सरस्वती वली
    बर्दिया

    [१५]
    झगडा
    सानोतिनो कुराको
    परिणाम हुन्छ जिवनभर !

    रमा पन्त

    [१६]
    युद्ध
    छिमेकी छिमेकीको
    सिमाना मिचिएको हुनाले !

    गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [१७]
    घमण्ड
    झगडाको कारण
    एउटाको हुन्छ मरण !

    बिरही टीकापुर

    [१८]
    सडक
    कुकुर भुकाई
    सत्तामा अर्काको रजाइँ !

    शिव खनाल जीवम !

    [१९]
    गोरे
    यसरि नहेप
    छैन् काले कमजोर !

    कर्ण थापा , लम्की

    [२०]
    झगडा
    कुकुर कुकुरको
    मात्र पेटका लागि !

    चक्र शाही

    [२१]
    कुकुर
    दुईको लडाइ
    हड्डी खानको खेल !

    सपना भट्टराई खनाल
    रुपन्देही

    [२२]
    युद्ध
    दम्भको परिणाम
    देश डुबाउने खेल !

    कमला देवकोटा, पाल्पा

    [२३]
    जात
    अनुसारको व्यहोरा
    समाज विकृती दृश्य !

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [२४]
    कुकुर
    लडाइको मैदानमा
    शिकारीले फालेको हड्डी !

    चेतराज जैशि हाल UAE

    [२५]
    लुछाचुँडी
    दुई कुकुरको
    चरम सत्ता माेह !

    सुधा बास्कोटा ढकाल

    [२६]
    कुकुर
    अत्यन्तै रिसालु
    जिस्काए आफैंलाई नोक्सानी !

    विक्रम तिरुवा सलिन
    जुम्ला

    [२७]
    लडाइँ
    भाई भाईमा
    अहिले देशको परिस्थिति !

    खेमराज पुरी कैलाली

    [२८]
    सिपालु
    गर्न झगडा
    देखाउँदै रिस तगडा !

    धर्मी शाक्य,बुटवल ,रुपन्देही

    [२९]
    कुकुर
    विदेशीको हड्डी
    घर घरको झगडा !

    धनमाया चौधरी कैलाली

    [३०]
    कुकुर
    लडाइँ गर्छन्
    मज्जा अर्कैले लिन्छन् !

    मंगला उपाध्याय
    बारा कलैया १

    [३१]
    कुकुर
    खैह्रे काले
    दुबै उस्तै भाले !

    सरस्वती श्रेष्ठ
    रुपन्देही बुट्वल।

    [३२]
    द्वन्द्व
    बिचमा पुग्नु
    जीवन समाप्ति मार्ग !

    नीमबहादुर थापा
    लमही नपा-३, देउखुरी ।

    [३३]
    कुकुर
    आपसी द्वन्द्वमा
    रमिता बिच सडकमा !

    समुन्द्रा शर्मा
    सुनसरी

    [३४]
    बफादार
    मालिक प्रति
    शत्रु देखि नसहने !

    ज्ञानेन्द्ररत्न वज्राचार्य, काठमाडौं ।

    [३५]
    कुकुर
    एमसीसी लफडा
    नेतालाई बिदेशी हड्डी!

    लक्ष्मी प्रसाद फुयाल
    मोरङ पथरी शनिश्चरे

    [३६]
    राजनीति
    दाजुभाइकाे झगडा
    कुकुरलाई हड्डीकाे खेल !

    लता पौड्याल

    [३७]
    तैंले
    टोकिस् भने
    म पनि टोक्छुँ !

    राम बहादुर चौधरी, गोरखा।

    [३८]
    विकृत
    बलवान समय
    केवल कुकुरको राज !

    पुष्पशायरा, बिराटनगर

    [३९]
    समाज
    टानिक टाना
    कैसिक चली जिनगी !

    सागर कुस्मी, कैलाली ।

    [४०]
    बेमेल
    कुकुरको झगडा
    आपसमा झगडा भनाभन !

    संझना कसुम

    [४१]
    बेहोरा
    स्वार्थको आहारा
    कुकुर शैलीको राज्य !

    होम प्रसाद
    धरान,सुनसरी ।

    [४२]
    कुकुर
    आपसी झगडा
    फाइदा लिने अरू !

    सुशीला पौडेल

    [४३]
    तगडा
    नेपालको राजनीति
    हड्डीमा कुकुर झगडा !

    पशपती राई खोटाङ

    [४४]
    कुकुर
    हड्डीमा झगडा
    देखाए आफ्नो ब्यहोरा !

    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [४५]
    समय
    कुकुरको राज
    बनेन दिन खास !

    मिलन के.सी.(थापा) पोखरा

    [४६]
    घमण्ड
    श्वान क्रुध्द
    ठूलाे भागमा युद्ध !

    सुरेशचन्द्र घिमिरे

    [४७]
    परिस्थिति
    हड्डी मोह
    कुकुरे प्रवृतिको पाराकाष्टा !

    कण्ठराज गिरी

    [४८]
    लडाई
    तागत घमण्ड
    घाटा दुबै पक्षको !

    शारदा आचार्य
    ललितपुर !

    [४९]
    फाल्यो
    हड्डी अमेरिका
    नेपाली कुकुरको लुछाचुडी !

    तेजप्रसाद खनाल
    लमही दाङ।

    [५०]
    कुकुर
    जातै अनौठो
    गर्छन् तिब्र लुछाचुडी !

    सरस्वती श्रेष्ठ इटहरी

    [५१]
    राजनीति
    लड्दै दाजुभाइ
    कुकुर हड्डि मोह !

    तिला लेकाली

    [५२]
    झगडा
    शक्तिको प्रदर्शनी
    सबै तातो आगो !

    सीता पाण्डेय मरासिनी
    रेसुङ्गा नगरपालिका -९, तम्घास ,गुल्मी ।

    [५३]
    नाइकेहरू
    निरन्तर द्वन्द्वमा
    टुक्रा हड्डीको खातिर !

    दुर्गा अधिकारी भमरकोटे ।

    [५४]
    कुकुर
    स्वार्थी झगडा
    राजनीतिमा भित्रिँदै विकृति !

    वासुदेव ज्ञवाली,
    पाल्पा,तानपा- १ धु्ुवघाट

    [५५]
    चिनिन्न
    कुकुर कोहो
    साच्चै चुनावको दिन !

    बालकृष्ण टीकापुर कैलाली

    [५६]
    कुकुर
    सत्ता लोलुपता
    नेता बिचको द्वन्द्व !

    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर , काठमाण्डौँ

    [५७]
    रमिता
    भाइ झगडाकाे
    रमाउँदै हेर्छ छिमेकी !

    केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा

    [५८]
    नियत
    कुकुरको जस्तै
    हरेक समय आतङ्क !

    कविता आचार्य, कैलाली

    [५९]
    झगडा
    जातीय स्वभाव
    केवल विवेकहिन रवाफ !

    भवानी घिमिरे, सर्लाही

    [६०]
    कुकुर
    जातीय द्वन्द्व
    फैलाए नियतिमा गन्ध !

    दुर्गा भट्टराई
    मोरङ

    [६१]
    कुकुर
    देखावटी युद्ध
    भित्रभित्रै निकै साठगाँठ !

    ऋषि तिवारी

    [६२]
    कुत्ता
    हड्डकाे लागि
    लड्न भयाे तयार !

    प्रद्युम्न चालिसे

    [६३]
    गर्जन
    भुस्याहा कुकुर
    दाह्रा किट्दै फ्याउरा !

    डिल्लीराम लुइटेल

    [६४]
    फैसला
    अन्तिम उपाय
    प्राकृतिक न्याय आधार !

    टिकाराम जोशी

    [६५]
    जतासुकै
    कुकुरको बस्ती
    भुस्याहा कुकुरकै गस्ति !

    जमुना कायस्थ, पोखरा

    [६६]
    कुकुरको
    जुनि लिएका
    अर्काका गाँसमा पालिएका

    लक्ष्मी बस्याल बर्दिया

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक लेखन शृङ्खलाको ३९औं शृङ्खला सम्पन्न; ६६ जना स्रष्टाहरूको सहभागीता

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P