• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

उदक यात्री निर्मला सुवेदीका उत्कृष्ट उदकहरू

  • २० फाल्गुन २०७८, शुक्रबार २३:२४ मा प्रकाशित
  • १
    बोली
    गोली बराबर
    बिझेको दिलमा बेसरी !

    २
    सास्ती
    जनमतको उपहास
    दुखेसो गर्नु कति !

    ३
    सुनसान
    बस्ती उजाड
    छ बाँदरको गस्ती !

    ४
    उजाड
    दिलको भित्र
    क्रमशः विरहको चाङ !

    ५
    काँडा
    घोच्ने घरिघरि
    दिलको भित्र बेसरी !

    निर्मला सुवेदी
    बागलुङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री निर्मला सुवेदीका उत्कृष्ट उदकहरू

    निर्मला सुवेदीका आमा प्रति समर्पित पाँच दमदार पञ्चाङ्गहरु

  • २० फाल्गुन २०७८, शुक्रबार २२:०१ मा प्रकाशित
  • ” पाँच तत्त्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार “

    ०१
    धर्तीमा पहिलो पाइला टेकायौ आमा मलाई
    लाख कष्ट खेपी संसार देखायौ आमा मलाई
    केही गर्न सकिन खै आमा तिम्रो खुशीमा मैले
    नसुतेर रातमा लुगा फेरायौ आमा मलाई
    असिम प्यारले काखमा खेलायौ आमा मलाई।

    ०२
    प्यारमा पचायौ हजारौं ति लात आमा
    इशारा नै काफी भयो बुझ्यौ बात आमा
    तर खै मैले सकिन तिम्रो दुख बुझ्न
    नसुतेरै कटायौ तिमीले रात आमा
    चिन्ता मानिनौ बेच्दा बसेको थात आमा।

    ०३
    सहेर लाख कष्ट त्यो जन्मायौ आमा तिमीले
    काखमा अमृत धारा पिलायौ आमा तिमीले
    सकिन आमा खै सुख दिलाउन मैले कसै
    पहिलो मायाको पाठ सिकायौ आमा तिमीले
    मेरो लागि त्यो जीवन बितायौ आमा तिमीले।

    ०४
    अनपढ आफु भएपनि सिकायौ नाम तिमीले
    हात समाइ समाइ सिकायौ सारा काम तिमीले
    बितायौ कयौं रात नसुतेर पनि तिमीले आमा
    प्यारले नै सिकायौ भातलाई भन्न माम तिमीले
    रुँदा फकायौ झर्को नमानि दिएर दाम तिमीले।

    ०५
    अरुको लाख भन्दा हुने प्यारो आमाको काख त्यो
    बेकार हुन्छ प्यार बिनाको भएपनि लाख त्यो
    सुखदुःख केहि होइन सन्तोष हो ठूलो यहाँ
    कहिल्यै भुल्ने छैन आमा मैले तिम्रो चाख त्यो
    कदापि बिर्सने छैन मैले आमाको साख त्यो।

    निर्मला सुवेदी,बागलुङ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on निर्मला सुवेदीका आमा प्रति समर्पित पाँच दमदार पञ्चाङ्गहरु

    साप्ताहिक ‘पञ्चाङ्ग चित्रपट’को छैटौँ भाग सम्पन्न; २० जना स्रष्टाहरूको सहभागीता

  • २० फाल्गुन २०७८, शुक्रबार २०:४० मा प्रकाशित
  • साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला ‘पञ्चाङ्ग चित्रपट’को छैटौँ भाग सम्पन्न भएको छ । पञ्चाङ्ग साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन हुँदै आएको हो ।

    साप्ताहिक पञ्चाङ्ग लेखनको यस शृङ्खलाको प्रशिक्षकमा सविता के.सी. र चन्द्रावती अधिकारी रहनुभएको थियो । लघुतम काव्य विधा पञ्चाङ्गका प्रवर्तक सोमनाथ लुइँटेल “रवि पाल्पाली” का अनुसार प्रत्येक हप्ताको बिहीबार उक्त शृङ्खला सञ्चालन गरिदै आएको छ । जसका लागि बिहीबार विहान एउटा चित्र राखिनेछ । सोही चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नुपर्नेछ ।

    यस शृङ्खलाका लागि चित्रको संकलन सुशिला पौडेलले गर्नुभएको थियो भने समायोजन सोमनाथ लुइँटेल ‘रवि पाल्पाली’ ले गर्नुभएको थियो ।

    चित्रपट

    चित्रपट

    सहभागी स्रष्टाहरूले सृजना गरेका पञ्चाङ्गहरू

    पञ्चाङ्ग   ०१

    मातानै  जननी  ममताकी   खानी हुन् आमा
    कहिले नबिझ्ने   आँखाको नानी हुन्  आमा
    दु:ख  सहेर    लालनपालन   गरेकी       छौ
    अशक्त हुँदा हँसिली सधैंको बानी हुन् आमा
    सबैको दर्द  पखाली दिने    पानी हुन् आमा ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग   ०२

    आमा संसारको माया दिलायौ तिमीले
    र   ममतामा  अमृत  मिसायौ  तिमीले
    दुध  र  पसिनाको  धारा  बिर्सिने  छैन
    मेरा  लागि  कैयौं दु:ख उठायौ तिमीले
    अविस्मरणीय   पल   गरायौ    तिमीले ।

    ✍️प्रेम थापा “मन ” बागलुङ

    पञ्चाङ्ग   ०३
    ————–
    के लेखूँ हजुरआमा नातीको कुरा कुराबुझे
    कलाकारको सीपको बयान पूरा  कुराबुझे
    चित्रकारलाई धेरै धेरै धन्यवाद ज्ञापन
    आफ्ना सन्तानप्रतिको माया बबुरा कुराबुझे
    पूर्खाको  मेहनत   नहुने  अधुरा  कुराबुझे

    ✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

    पञ्चाङ्ग    ०४

    आहा हजुर आमा मायाकी खानी हुन्
    माटाकाे ढिस्काे पनि मायाकी रानी हुन्
    चित्रकारकाे बुद्धि जहाँ पनि चित्र
    आफू चाउरिएर दयाकी बानी हुन्
    घामकाे प्रवाह छैन यिनी पानी हुन् ।

    ✍️मधुसूदन प्रसाद घिमिरे , काठमाडौं

    पञ्चाङ्ग    ०५

    सहेर लाख कष्ट त्यो जन्मायौ आमा तिमीले
    काखमा अमृत धारा  पिलायौ आमा तिमीले
    सकिन  अामा खै सुख  दिलाउन  मैले  कसै
    पहिला मायाको पाठ सिकायौ आमा तिमीले
    मेरो लागि त्यो जीवन  बितायौ आमा  तिमीले।

    ✍️निर्मला सुवेदी,जैमिनी-९, बागलुङ।

    पञ्चाङ्ग   ०६

    सार सहेछ सन्तानको माया ।
    ठूलो रहेछ सन्तानको माया ।
    कोही कहिले नचिताएर पाप ,
    सत्य कहेछ सन्तानको माया ।
    भाव बहेछ सन्तानको माया ।

    ✍️आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग    ०७

    आमा तिम्रो काख  मलाई धेरै प्यारो लाग्यो सधैँ                           
    तिमीसँग बिताउ सबै डर जति भाग्यो सधैँ
    आमा तिम्रो संस्कार म कहिले पनि बिर्सन्न है
    हजार बिन्ती गर्छु छोडी जाउ भन्ने जाग्यो  सधैँ
    पीडालाई थन्क्याउ परदेशी बाटो नाग्यो सधैँ ।

    ✍️अम्विका अधिकारी , विर्तामोड झापा

    पञ्चाङ्ग   ०८

    आमाको माया अति काख प्यारो हुन्छ
    नपाउनेलाई साच्चै       त्यो सारो हुन्छ
    कसरी बिर्सुँ   आमाको       माया ममता
    मलाई त माया किन किन    चारो हुन्छ
    तिमीविना आमा आखाको तारो हुन्छ ।

    ✍️भवानी घिमिरे  , सर्लाही

    पञ्चाङ्ग   ०९
    अामा हुन् जननी सधैँभरि उनी,चिन्ता गरी बस्दछिन्
    माया प्रेम समेत स्वच्छ मनमा,भित्रै भरी बस्दछिन्
    अाफ्ना बालक जन्मिएपछि सधैँ,सन्तानका खातिर
    जस्तै दुःखहरू खपेर पनि ती,वर्षा झरी बस्दछिन्
    खाने अन्न नभै पुगेन छ भने,भाेकै मरी बस्दछिन्

    ✍️ताेयानाथ सुवेदी

    पञ्चाङ्ग  १०

    आमा तिमी ममताको सागर रित्तिन्न कहिले पनि
    सन्तानकै निम्ति दु:ख र कष्ठ उठायौ पहिले पनि
    सुक्दैन तिम्रो ममताको सागर रित छ अनौठो यहाँ
    ऑखाका  ऑसु पिएरै सन्तान बढायौ जहिले पनि
    त्यो देह सुक्यो ममताको खानी भरि छ अहिले पनि

         ✍️इन्दिरा देवकोटा
           कपिलवस्तु न .पा .३ कपिलवस्तु

    उपजाति छन्द : पञ्चाङ्ग   ११
    —————–
    आमा  धरा  हुन्  सब  भोग्न  सक्ने,
    सन्सार    सारा  जग   रोक्न  सक्ने।
    सम्झेर   पीडा  कति   बग्छ  धारा,
    लुकाई  आँखा  कन  छोप्न  सक्ने।
    आकाश  धर्ती  तल  बोक्न सक्ने।।

    ✍️ नारायणप्रसाद निरौला, काठमाडौँ।

    पञ्चाङ्ग   १२

    आमा जगत जननी महान  माता हुन्
    पसिनाका   धारा  बगाउने  दाता हुन्
    परिवार  सुखको  लागि  मरि   मेट्ने
    सन्तानको  सबभन्दा ठूलो  छाता हुन्
    अविस्मरणीय संसारकी  खाता हुन् ।

    ✍️सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग   १३

    सहेर लाखौँ वेदना जति जन्मायौ तिमीले
    काखमा च्यापी चुसाइ दूध समायौ तिमीले
    अन्मोल तिम्रो काखमा न्यानो विछ्यौना सिरानी
    नखाइ खाइ हँसाइ रुदै डुलायौ तिमीले
    बालकै थिए समाइ हात हिडायौ तिमीले

    ✍️सरिता काफ्ले कोहलपुर बाँके

    पञ्चाङ्ग   १४

    बाँच्नको लागि पनि माया चाहिन्छ आमा
    तिम्रो जस्तो ममता काहाँ   पाइन्छ आमा
    सन्तानको गल्तिलाई    माफी गरिदिन्छौ
    आमाले पकाएको खाना  खाइन्छ आमा
    ममताको    छाँया   सदैव  छाइन्छ आमा

    ✍️चेतना पोखरेल , मोरङ

    पञ्चाङ्ग   १५

    आमाको ममता कहिल्यै भुल्न सक्दिन म।
    आमा बाहेक अरुसँगै खुल्न  सक्दिन म।
    आमा नहुँदाको पीडा भोग्नेलाई  थाहा छ,
    मेरो दिलमा अरूलाई हुल्न सक्दिन म।
    आमासँग झै अरुसँग डुल्न सक्दिन म ।

    ✍️सुशीला पौडेल , काठमाडौं

    पञ्चाङ्ग    १६

    आमा तिम्रो काख नै प्यारो मलाई चोखो
    सहारा दिन्छ्यौ नि जीवन जलाई चोखो
    काम गर्दैमा   तिम्रो  दिन  दिनै  ढल्कन्छ
    सिकाउँछ्यौ कखरा  बाली सलाई चोखो
    कति दु:ख सहन्छ्यौ   तन  गलाई चोखो ।

    ✍️जमुना आचार्य , सिन्धुपाल्चोक

    पञ्चाङ्ग     १७

    आमाको यादले सताएको छ मलाई।
    बेला बखतमा  झस्काएको छ मलाई।
    आमाले दिएको उपदेश भुल्ने छैन,
    मध्यरातमा नै तर्साएको छ मलाई।
    विगत यादमा फर्काएको छ मलाई।

    ✍️ह्यारिस ह्यारीसन  काठमाडौं

    पञ्चाङ   १८

    उज्यालोमा चम्काउँला तिमीलाई तारा बनेर
    तिम्रो दुःख सुखमा रमाउँला सहारा बनेर
    छोरी अपमान गर्ने पितृ सतात्मक देशमा
    उदाउँछु नारी हकाधिकारका नारा बनेर
    सारा नेतृत्व बहन गर्छु अभिभारा बनेर ।

    ✍️तारा घिमिरे , संखुवासभा

    पञ्चाङ्ग   १९

    साँवाको भन्दा ब्याजको माया भन्छन् सबैले
    पुष्प फुलाउन साह्रो बाँझो खन्छन् सबैले
    आफ्नो बीज जोगाउन सङ्घर्ष नगर्ने को ?
    उसको भन्दा मेरो राम्रो छ गन्छन् सबैले
    घाम, पानी, हुरी, बतास सहन्छन् सबैले ।

    ✍️सविता के.सी., काठमाडौँ ।

    पञ्चाङ्ग   २०

    अरु लाखभन्दा आमा काख जाती
    मिठाे प्यार भित्रै साँची राख  जाती ।
    धर्ती जस्तै पीडा सहने आमा हुन् ,
    गर्नुपर्छ अमृत भन्दा चाख जाती ।
    अरु काे हाेला र यति साख जाती ?

    चन्द्रावती अधिकारी , बाँके कोहलपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘पञ्चाङ्ग चित्रपट’को छैटौँ भाग सम्पन्न; २० जना स्रष्टाहरूको सहभागीता

    भागेर काम गरेपछि क्यान्सर हुँदा समेत नेपाल फर्कन नसकेका यादव एनआरएनए साउदीको सहयोगमा नेपाल फर्के ।

  • २० फाल्गुन २०७८, शुक्रबार २०:३६ मा प्रकाशित
  • समर्पण रम्जान

    ४ मार्च २०२२, साउदी अरब ! कपिलवस्तु घर भइ बिगत केही बर्षदेखि साउदीको दम्माम स्थित एक कम्पनीबाट भागेर अन्यत्र काम गरिरहेका र मुखको क्यान्सर हुँदा समेत नेपाल् फर्किन नसकेका गोबिन्द यादव एनआरएनए साउदीको सहयोगमा नेपाल फर्कन सफल भएका छन् ।

    आफ्नो कम्पनीमा राम्रो तलब नभएपछि डेढ बर्षदेखि कम्पनीबाट भागेर काम गर्दै गर्दा दुर्भाग्यवश उहाँलाई मुखको क्यान्सर हुन पुगेको र उहाँ चाहेर पनि नेपाल जान नसक्दा एनआरएनए साउदीको सहयोगमा नेपाल फर्किन सफल भएको एनआरएनए साउदीका अध्यक्ष डम्बर यादवले जानकारी गराएका छन् ।

    कम्पनी छोडेर भागे पनी कम्पनीले उहाँलाई हुरुप (भगौडा) नलगाइकन इकमा रिनु गर्दिरहेको तर इक्जिट नलगाइदिदाँ बिचलित भएका यादवले सहयोगको लागि एनआरएनए साउदी सित अनुरोध गरेका थिए ।
    पीडितको अनुरोध पछि एनआरएनए साउदीले आफ्नो सेल्टरमा राख्दै पीडित को उपचार तथा इक्जिट भिसाको लागि कम्पनीलाई अनुरोध गरिएता पनि यादवले कम्पनी छोडेर भागेको रिसमा कम्पनीले सहजै रुपमा इक्जिट नलगाई दिएको र एनआरएनए को पहलमा इक्जिट लागेको पनि अध्यक्ष डम्बर जि ले जानकारी गराएका छन् ।

    पिडितको उपचारको लागी विभिन्न हस्पिटलमा चेक जाँचका लागि लगिएको तर उपचार सम्भव नहुनेभएपछि पीडितलाइ डाक्टरहरुले पनि यथाशीघ्र नेपाल पठाउन पर्ने नत्र अनर्थ हुन पनि सक्ने जानकारी दिएकापछि एनआरएनए साउदीको अनुरोधमा नेपाली दूतावास पुर्वी क्षेत्रका प्रतिनिधि नारायण पास्वानले कम्पनी सित बारम्बार समन्वय गरि अधिक अनुरोध गरेपछी मात्रै कम्पनीले पीडितको इक्जिट भिसा लगाइदिएको र एकतर्फी टिकट पनि दिएपछि २० दिन एनआरएनए सेल्टरको बसाइँ पछी यादव गोबिन्द २ मार्च नेपाल् फर्केका छन् ।

    मेनपावर तथा एजेन्टद्वारा भनिए अनुसारका काम,तलब र अन्य सुबिधाहरु नपाउने, धेरै तलबको प्रलोभनमा पर्ने कारण नेपालीहरु भाग्ने काम गरेता पनि यो काम साउदीमा गैर कानुनी रहेको र यहाँ रहदाँ कुनैपनि ब्यक्तिगत समस्याहरु आउँदा कहिँ कतै ( चाहे कम्पनी होस् यात नेपाल सरकार होस्) बाट पनि सहयोग पाउन नसकिने र सहयोगको लागि अनुरोध गरे पनि कठिन र लामो समय लाग्ने भएकोले कम्पनी छोडेर भाग्नी काम नगर्नुहुन र आफ्नो समस्या संबंधित निकाय तथा आफ्नो संस्थालाई जानकारी गराउन पनि एनआरएनए साउदीका अध्यक्ष डम्बर यादवले सबैमा अनुरोध गरेका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on भागेर काम गरेपछि क्यान्सर हुँदा समेत नेपाल फर्कन नसकेका यादव एनआरएनए साउदीको सहयोगमा नेपाल फर्के ।

    एनआरएनए अल कासिमको समन्वय तथा नेपाली राजदूतावास रियादको अमुल्य सहयोगमा मृतक रबिन्द्र थापाको सब नेपाल पुग्यो ।

  • २० फाल्गुन २०७८, शुक्रबार १७:०७ मा प्रकाशित
  • समर्पण रम्जान

    ४ मार्च २०२२, साउदी अरब ! तनहुँ जिल्ला म्याग्दि गाउँपालिका घर भएर बिगत केहि बर्षदेखि अल कासिम स्थित अल वतानिया कम्पनीमा कार्यरत रहेका र गत २३ डिसेम्बर २०२१ बिहीबारका दिन अकस्मात मृत्यु भएका रबिन्द्र थापाको शव एनआरएनए आरसिसि कासिमको समन्वय र नेपाली राजदूतावास रियादको अमुल्य सहयोगमा
    करिब दुई महिनामा नेपाल पुगेको छ ।

    एनआरएनए आरसिसि अल कासिमका सचीव ध्रुब कटुवालका अनुसार मृतक थापा केही समय देखि टन्सीलबाट पीडित रहदैं आएका र पछिल्लो समय अलि धेरै बिरामी भएपछी यथासिघ्र एक्जीट गएर नेपालमै उपचार गराउने भनेर इक्जिट जाने सम्पुर्ण प्रक्रिया पुरा भइसकेको तर बिडम्बना नेपाल जानू पुर्वनै उहाँको अचानक मृत्यु भएको थियो ।

    करिब दिनको ११:३० बजे साथीले खाना खानको लागि रूममा बोलाउन जाँदा बेहोस जस्तो देखिएपछी कम्पनीकै मेडिकल डक्टरको टिमले चेक गर्दा थापाको मृत्यु भइसकेको जानकारी पाएलगत्तै एनआरएनए अल कासिमका सचीव ध्रुब कटुवालले नेपाली राजदुतावास रियादमा जानकारी गराएका थिए ।
    मृतक शरिरलाई छिटो भन्दा छिटो नेपाल पठाउन आफ्नो टिम एनआरएनए अल कासिम तथा दूतावास नेपाली रियादको अमुल्य सहयोगमा मृतक रबिन्द्र थापाको शव हिजो बिहिबार ३ मार्च २०२२ का दिन नेपाल पुगि अन्तिम संस्कार गर्न सफल भएको कुरा सचीव कटुवाल जानकारी गराए ।

    यस कार्यमा अमुल्य सहयोग गर्नु हुने नेपाली राजदुतावास रियादका प्रथम सचिब, श्री ऋषिराज आचार्य, एनआरएनए अल-कासिमका अध्यक्ष रम्जान दिन मियाँ, एनआरएनए, एनसिसी साउदीका निबर्तमान उपाध्यक्ष तथा आर सि सी अल कासिमका संरक्षक विशाल कुमार श्रेष्ठ, बरिस्ठ उपाध्यक्ष कृष्ण अधिकारी, सह-कोशाअध्यक्ष वीर बाहादुर तामाङ पन्जिकृत सदस्य दुर्गा कुवर, पन्जिकृत सदस्य रेशाम लिम्बु, पन्जिकृत सदस्य बिष्णु श्रेष्ठ, आरसिसी अल कासिम टिम, तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई एनआरएनए आरसिसी अल कासिमले हार्दिक आभार तथा धन्यवाद प्रकट गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए अल कासिमको समन्वय तथा नेपाली राजदूतावास रियादको अमुल्य सहयोगमा मृतक रबिन्द्र थापाको सब नेपाल पुग्यो ।

    त्रिभुवन विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट, साढे ११ बजेदेखि उडान प्रभावित हुने

  • २० फाल्गुन २०७८, शुक्रबार ०९:३९ मा प्रकाशित
  • २० फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट हुनेछ । त्यसका लागि त्रिभुवन विमानस्थल कार्यालयले ११ः३० बजेदेखि २ः३० बजेसम्म नोटाम नोटिस जारी गरेको छ । यो अवधिमा सबै प्रकारका आन्तरिक र बाह्य उडान प्रभावित हुनेछन् । बिहीबार पनि परीक्षण उडानको क्रममा केही जहाजहरुलाई
    आकाशमा होल्ड गरिएको थियो ।

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसनमा आएको यरो थाइको जहाजले नै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि क्यालिब्रेसन फ्लाइट गरिरहेको छ ।

    यस्तो उडानबाट रेडियो उपकरण तथा धावनमार्गमा जडित लाइट तथा अन्य उपकरणले काम गरे/नगरेको परीक्षण हुन्छ । त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार भएपछि परीक्षण गरिएको थिएन ।

    Posted in ताजा अपडेटLeave a Comment on त्रिभुवन विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट, साढे ११ बजेदेखि उडान प्रभावित हुने

    नेपाली काँग्रेस पर्साको अध्यक्षमा जनार्दन सिंह क्षेत्री प्यानल सहित विजयी (कसले कति मत पाए ?

  • २० फाल्गुन २०७८, शुक्रबार ०८:१४ मा प्रकाशित
  • पर्सा संवाददाता


    वीरगंज, २० फाल्गुण/
    नेपाली काँग्रेस पर्साको अध्यक्ष पदमा जनार्दन सिंह क्षेत्री प्यानल सहित विजयी भएका छन् ।
    शुक्रबार विहान सम्पन्न अन्तिम परिणाम अनुसार क्षेत्री निकटम प्रतिद्वन्दि श्याम पटेल भन्दा ४६५ मत बढ़ी प्राप्त गरि विजयी भएका हुन ।

    जनार्दन सिंह क्षेत्रीले १११० मत प्राप्त गरे भने श्याम पटेल ६४५ मैं समेटिए ।

    त्यस्तै जिल्ला उपसभापतिमा राम नारायण कुर्मी र अशोक गुप्ता निर्वाचित भएका छन् । कुर्मीले १२३५ मत प्राप्त गरे भने गुप्ताले ११०२ मत प्राप्त गरेका हुन ।

    त्यस्तै सचिवमा ११८६ मत प्राप्त गरि इम्तियाज आलम र ११५९ मत प्राप्त गरि दिनेश कुमार चौधरी निर्वाचित भए । भने सह सचिवमा विजयी भएका नविन कुमार सिंह र मदन राउतले क्रमशः १११५ मत प्राप्त गरेका छन् ।

    प्राप्त मतगणना नतीजा

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on नेपाली काँग्रेस पर्साको अध्यक्षमा जनार्दन सिंह क्षेत्री प्यानल सहित विजयी (कसले कति मत पाए ?

    निर्मला सुवेदीका दमदार पाँच मुक्तकहरू

  • १९ फाल्गुन २०७८, बिहीबार ०७:४६ मा प्रकाशित
  • मुक्तक ०१
    रमाएर बाँच्ने हो कमाएर खाने हजुर
    तेरो मेरो बेकार सबै छाडी जाने हजुर
    सुख होइन हजुर सन्तोष ठूलो दुनियाँमा
    अनुभव नै मैले ठूलो सिकाइ ठाने हजुर।

    मुक्तक ०२

    अाँशु भित्र हाँसो लुकेको देखेको छु
    तिम्रा वचन बाण त्यागले छेकेको छु
    सुखदुःख केहि होइन सोच्दा घरिघरि
    सुख हुँदै होइन हजुर दुख खेपेको छु।

    मुक्तक ०३

    अामाको अस्मिता जोगाउन छोराले गोली थापेको छ
    उता सत्ताको नाइकेले सडकमा फेरि गोली ताकेको छ
    जनताको शक्ति छ अपार सत्ताधारी होशियार खबरदार!
    पलुवाहरु हो अब स्वाभिमानी जनताको रगत तातेको छ।

    मुक्तक ०४

    सुन्दैछु बाहिर सडकमा गोली चलेको छ
    नालायक शासन देख्दा छाती जलेको छ
    खबरदार,होशियार सबथोक होइनौं तिमी
    विचार गर तिमीले टेकेको ठाउँ गलेको छ।

    मुक्तक ०५

    ठूलो हुनु छैन कमाएर धन हजुर
    कर्म गर्नु छ लगाएर तन मन हजुर
    मरिहत्ते किन हो र मरी लाने होइन
    पसिना बगाउनु छ रमाएर झन हजुर।

    निर्मला सुवेदी , बागलुङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on निर्मला सुवेदीका दमदार पाँच मुक्तकहरू

    उदक यात्री सविता के.सी.का उत्कृष्ट उदकहरू

  • १९ फाल्गुन २०७८, बिहीबार ०७:३९ मा प्रकाशित
  • १
    गगन
    शिरमाथि विराजमान
    एकान्तमा खोजिरहन्छ मन !

    २
    जून
    पूर्णिमामा सुन
    लम्किन्छ क्षितिज छुन !

    ३
    आकाश
    नभएको ठाउँ
    तारामण्डल छानोको गाउँ !

    ४
    सूर्य
    तातो सविता
    गर्मी जाडोको सन्तुलन !

    ५
    घाँस
    वस्तुको आहार
    उर्वर माटोको शक्ति !

    ६
    पशु
    मान्छेको स्वार्थ
    मान्छेले लुछ्ने मासु !

    ७
    माछा
    पानीको तापक्रम
    तातो चिसो अनुकुलन !

    ८
    पानी
    अक्सिजन हाइड्रोजन
    पृथ्वीमा एक तिहाइ !

    ९
    गजुर
    छानोको शोभा
    घर मन्दिर देवल !

    १०
    रङ्ग
    खुसीले दङ्ग
    होली नहोस् भङ्ग !

    • सविता के.सी.
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सविता के.सी.का उत्कृष्ट उदकहरू

    साहित्यकार निर्मला सुवेदीका उत्कृष्ट हाइकुहरू

  • १९ फाल्गुन २०७८, बिहीबार ०७:३२ मा प्रकाशित
  • १
    मलिलो माटो
    उजाड यो बस्तीमा
    पुष्पको वृष्टि ।

    २
    दोष दृष्टिको
    पहिचान खत्तम
    सृष्टि अपार !

    ३
    भाग्यको खोट
    बलेको दीपमाथि
    दोषी नजर !

    ४
    महलभित्र
    गुमनाम बतास
    विष वमन !

    ५
    दबेका चाह
    खुलेको आकाशमा
    निभेको दीप !

    • निर्मला सुवेदी
      बागलुङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साहित्यकार निर्मला सुवेदीका उत्कृष्ट हाइकुहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P