• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

  • ६ जेष्ठ २०७९, शुक्रबार ०५:४९ मा प्रकाशित
  • १.
    नेपाल
    नेपाली सान
    सादा जीवन सदाचार !

    २.
    कृषक
    माटोको पारखी
    खाद्यान्न उत्पादनकाे सारथि !

    ३.
    कृषक
    आफ्नो धर्म
    संसारलाई पाल्ने कर्म !

    ४.
    कृषक
    उत्पादनकाे ठेकेदार
    सानो सुन्दर घरवार !

    ५.
    कृषक
    सुपथ कमाइ
    आफ्नो पौरखमा रमाइ !

    ६.
    किसान
    आफैँमा सम्मान
    आत्म निर्भरतामा बलवान् !

    • भवानी घिमिरे, सर्लाही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

    उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

  • ५ जेष्ठ २०७९, बिहीबार २२:५७ मा प्रकाशित
  • १.
    अवकाश
    जागिरे जीवन
    नेता बन्ने रहर !

    २.
    उम्मेदवार
    स्वतन्त्र बागी
    पार्टीसँग रिसकाे झाेक !

    ३.
    मतगणना
    सुन्नेकाे भीड
    हारेपछि साह्रै पीर !

    ४.
    अनुमान
    नतिजा फरक
    विश्वास सधैँ संकटमा !

    ५.
    तराई
    गर्मीकाे भण्डार
    बाढी हावाहुरी आगलागी !

    ६.
    सुन
    बहुमूल्य धातु
    महँगो लागत अधिक !

    ७.
    हिमाल
    हिउँकाे शरीर
    विश्व पानीकाे श्राेत !

    ८.
    नयाँ
    प्रयाेग नभएकाे
    पुरानाे छाड्दै जाने !

    ९.
    नौनी
    घिउकाे आधार
    खाँदा बुद्धिकाे विकास !

    १०.
    नेता
    विकासकाे मूर्ति
    आशा भराेसाकाे केन्द्र !

    • नवराज भट्ट, महेन्द्रनगर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

    साताका तीन लघुकथा

  • ४ जेष्ठ २०७९, बुधबार १८:५३ मा प्रकाशित
  • साताका तीन लघुकथाको पन्ध्रौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका चुनाव विशेष लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (हाम्रा बा’को भोट कस्ले खसाल्यो?, हैकम र चुनाव) छनोट गरी प्रकाशन गरिएको छ।

    १] लघुकथा : हाम्रा बा’को भोट कस्ले खसाल्यो ?

    ✍️ चिन्तु गिरी

    कुरो त्यस्तै सतचालीस पछिको हो । बिहान मैले मत खसालेर घर फर्केँ। खाना खाएर ४:३० तिर फेरि उहीँ बुथमा पुगेँ ।
    समय सकिन केही बेर थियोे । एकातिर चर्को चर्को आवाज आयो ।म त्यतैँ लागेँ । आठ/दश जना खैलाबैला गर्दै थिए । एउटा रिसले चिच्याउँदै थियो ” छत्तीस सालमा बितेका हाम्रा बा’को भोट कसले खसाल्यो ?”
    स्याङ्जा

    २]लघुकथा: हैकम

    ✍️ विनाेद नेपाल

    स-साना कुरामा पनि सधैँको कचकचले हैरान भएपछि उनीहरू बसेर आ-आफ्ना कुरा राख्ने, सरसल्लाह गर्ने र आइन्दा यस्ता समस्या दाेहाेरिन नदिने निर्णयमा पुगे।

    निर्धारित समयमा बैठक सुरु भयाे । पहिले जेठाेले आफ्ना कुरा राख्ने सहमति अनुसार उनले कुरा थाले । पत्नीले उनका कुरा ध्यानपूर्वक सुन्न थालिन् ।

    उनी घडी हेर्दै बाेल्दै गरिरहेका थिए । अरूलाई बाेल्ने समय नै नदिई आफूमात्र बाेलिरहेका उनी लामाे समय धाराप्रवाह बाेले । बाेल्नुपर्ने बाेलिसकेपछि घडी हेर्दै एकाएक राेकिए ।

    ‘हजुरकाे बाेल्नु,भन्नुपर्ने सबै सकियाे जस्ताे छ’ पत्नीले भनिन् ‘अब त म बाेल्न पाउँला नि हैन् ?’

    ‘माैन अवधि सुरु भयाे’ उनले भने, ‘अब बाेल्न मिल्दैन, आचारसंहिता लाग्छ ।’
    २०७९।०१।२७

    ३] लघुकथा – चुनाव

    ✍️ मिसु श्रेष्ठ

    ‘कस्तो जमाना आयो है ! सानो खर्चले नजितिने।´
    ‘त्यही त, यी पैसामा बिक्ने नेपाली जनताहरू !’
    ‘जनताको बानी बिगार्ने यिनै नेता त हुन् नि !’
    ‘बाध्यता छ नि यार ! अरुले खर्च गरेपछि आफूले नगर्दा मत प्रभावित भइहाल्ने।’ नेताले तितो ओकल्यो।

    ‘ल ल ढुक्क भएर बस्नु । हाम्रो गाडीले यथेष्ट मतदाता ओसारी सकेको छ । सब तयारी पूरा भयो । जित पक्का !’ नेतालाई धाप मार्दै निकटस्थ कार्यकर्ताले आश्वासन दियो ।

    “चुनाव आइरहोस् ! रङ्गीचङ्गी मान्छे देख्न पाइने । गाउँमा चहलपहल पनि बढ्ने । यस्तै भइरहे त बाँदर, मृगले बाली क्षति नि गर्दैनथ्यो । जताततै गाडी !” बूढो स्वर सुनियो ।
    “अँ त्यसमाथि जता जाँदा नि पैँसो नलाग्ने ।”
    “ह्या बूढी ! त्यस्तो नि सधैँ होला त !? चुनाव सकेपछि पैसा त लागिहाल्ला नि ! गाडी त चल्ला के !?” बुढोले आशङ्का व्यक्त गर्यो।

    “हैन बुढा ! तिमीले त पैसा लिन्नौ जस्तो लाग्या’थ्यो।”
    “यी पैसा धेर भएकाहरू ! हामीले मागेका हौँ र छिँढीसम्म आएको लक्ष्मीलाई अवहेलना त गर्नुभएन नि ! फेरि नलिए पनि कसले पत्याउँछ र ?”
    “भोट त यिनैलाई हाल्यौ त ?”
    “यिनले हात समातेका छन् र ! गोप्य मतदान हो, मन परेको ठाउँमा हालिन्छ नि !”
    पिँढीबाट कानमा ठोक्किएको आवाजले नेताजीको कदम टक्क अडिए।
    काँडाघारी, काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३३औँ शृङ्खला शनिवार सम्पन्न

  • ४ जेष्ठ २०७९, बुधबार १२:०९ मा प्रकाशित
  • काठमाडौ,
    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको ३३ औँ शृङ्खला २०७८ बैशाख ३१ गते शनिवार सम्पन्न भएको छ ।

    टुक्का अभियन्ता तथा बरिष्ठ टुक्काकार वसन्त अनुभवले नियमित रुपमा सञ्चालन गर्दै अाउनु भएकाे याे कार्यक्रम विशेष कारणवस याे पटक अनुभव उपस्थित हुन नसक्नु भएकाे हुँदा टुक्का कविताका परिकल्पनाकार तथा टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंकाे संयाेजन र प्रशिक्षणमा सञ्चालन भएकाे थियाे । याे अभ्यास शृङ्खला टुक्का साहित्य समाजको आयोजनामा नियमित सञ्चालन हुँदै आएको छ।

    अभ्यासमा ५१ जना टुक्काकारहरूको सहभागिता रहेको थियाे । अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक चापागाईंले जनाउनुभयो ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्र्याउने सिलसिलामा यस्ता टुक्का लेखन अभ्यास शृङ्खला सञ्चालन गरिदै आएका छन् ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको ३३ औं शृङ्खलाको लागि टुक्का कविताका परिकल्पनाकार तथा कार्यक्रम संयाेजक चापागाईंले समसामयिक विषयमा लेख्नु भएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको थियाे ।

    अभ्यासका लागि राखिएको टुक्का

    राम्रालाई भाेट भन्थे हाम्रै छानियाे,
    नुनकाे साेझाे गर्नु रे त्यही मानियाे ।
    ✍️ ताराप्रसाद चापागाईं

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    भाेट हाल्दा हाेस भएन केले भुलायाे,
    जालझेल प्रलाेभनले मन डुलायाे ।
    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेसी, हाल प्रवास

    [२]
    बुझ्नुपर्‍यो नि भोट दिनेले, को हाम्रा को राम्रा
    कठै हाम्रो देश, जहाँ रहन्छन् सबैका हाम्रा ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    [३]
    हालियो भोट औँलामा कालो पारेर
    समृद्धि ल्याउनु खोला नाला तारेर।
    ✍️ बिके मुखिया
    सिग्रीमताम बस्ती, दार्जीलिङ, भारत।

    [४]
    आफ्नो भने सोझो पन सिधा परियो,
    जता नोट त्यतै कुदि गोजी भरियो।
    ✍️ दुर्गा आचार्य
    मोरङ

    [५]
    विडम्बना यस्तो नै छ हाम्रो देशमा
    सर्कस देखाउने ले जित्छ रेसमा ।
    ✍️ जि कुमार गौतम
    भद्रपुर -१ पृथिविनगर झापा

    [६]
    राम्रा छान्दै भाेट दिँदा उत्साह र जाेस्
    हाम्रा ती पाखा लागुन् पक्षपात नहाेस् ।
    ✍️ कमला देवकाेटा
    पाल्पा

    [७]
    ककसले नोट दियो उही छानियो,
    रक्सी मासु खान दिने आफ्नो मानियो।
    ✍️ लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [८]
    भोट पनि जनताको लागि विडम्बना बन्यो
    भोटकै बेला कसले कसको खोइरो खन्यो ।
    ✍️ दीपक ठटाल जलन
    खरसाङ।

    [९]
    नुनको सोझो गर्दा गर्दै गरीब मर्ने भयो,
    जे गरेनी ताला चाबी उस कै हातमा गयो।
    ✍️ अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [१०]
    हालियो भोट मान्छेहरू छानी,
    राम्रो माथि पुग्दैन भन्ने जानी ।
    ✍️ भगवती दवाडी
    झापा

    ११]
    नाेटले गोजी भरिदिए आफ्नै त हुन् भनि छानेँ
    एकछाक पेट भरिदिए भगवान झैँ मानेँ ।
    ✍️ सुमिना तिमल्सिना
    चाँगुनारायण ८ भक्तपुर

    [१२]
    मासु भात खान दिए टन्न खाएर आइयो
    एउटा भोट बेच्दाखेरि पैसा पनि पाइयो।
    ✍️ ओमकुमारी बन्जारा
    काठमाडौँ

    [१३]
    मान्छे हेर्दा भलाद्मी खराब छरे बानी
    राम्रा भन्दा हाम्रा भने आफैँलाई हानी ।
    ✍️ तारा घिमिरे
    संखुवासभा

    [१४]
    राम्रा भने पनि दुई दिनमा उस्तै  हुन्छ
    कालो मैलो लागे सरकारी नुनले धुन्छ।
    ✍️ अनुग्रह राना मगर ‘पुस’
    संखुवासभा हाल मलेसिया

    [१५]
    वृद्ध बिधुवा अपाङ्गलाई सहारा दिने जस्को नारा थियो
    आफ्नो गाउँ आफै बनाउ भन्दै फेरी कस्ताे अभिभारा दियो।
    ✍️ लक्ष्मी प्रसाद फुयाल
    मोरङ पथरी शनिश्चरे

    [१६]
    लिनु अघि सबै राम्रा, वचन मिठो गुलियो ,
    स्वार्थ पुरा भैसकेपछि तिम्रा कुरा भुलियो।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    [१७]
    राम्रोलाई भोट हालियो नुन खाईएन,
    नराम्रोलाई चै फालियो गुण गाईएन ।
    ✍️ बिबस पारदर्शी
    भद्रपुर  झापा

    [१८]
    नुनकाे साेझाे गर्नेहरू मासु भात खाए
    पाँच वर्ष अब यिनले राम्रै लात पाए ।
    ✍️ गणेश तिमल्सिना गति
    धनुषा

    [१९]
    हालियो भोट सोच विचार गरेर
    नगम्किनु जनताकाे गाेजी भरेर ।
    ✍️ अम्विका अधिकारी
    झापा विर्तामोड

    [२०]
    चुनाव अवधिमा बर्सिरहेकोछ घुस्सा अनि लात
    देश बिगार्नमा सबैभन्दा ठुलो जनताको छ हात ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ, भारत

    [२१]
    भोट पाइने खातिरले पैसा छरियो
    नुनको सोझो गरेर लातमा परियो ।
    ✍️ बेदु न्यौपाने भोजपुर
    हाल काठमाडौ

    [२२]
    राम्रो हैन हाम्रोलाई जिताउनुस्
    भुँडी भर्ने आए उल्टै बिताउनुस् ।
    ✍️ साधना पौडेल
    रगनी एक ओखलढुंगा ।

    [२३]
    आयो देशमा पञ्चवर्षीय मेला
    यत्रतत्र पैसा कुम्ल्याउने बेला ।
    ✍️ मिसु श्रेष्ठ
    काँडाघारी , काठमाडौं

    [२४]
    जे जे भन्यो आज नेताजी, जनले खुरुखुरु माने
    भोलि नमस्कार भन्दा तिनै टाउको बटार्दै जाने।
    ✍️ राम रावल सागर
    कैलाली

    [२५]
    धन हुनेहरूले त पाए भोट,
    एक भोटको हजारौँ थिए नोट।
    ✍️ जगत थापा
    बझाङ्ग

    [२६]
    राम्रो भन्दा पनि हाम्रो भन्ने चलन भयो,
    त्यसैले त देश आर्थिक संकटमा गयो ।
    ✍️ सुरेशकुमार पान्डे।
    दाङ घोराही १८

    [२७]
    बाध्यतामा परे होलान् कसैको होला रहर,
    कहर फालिदिन्छु भन्ने पक्कै पुगे शहर।
    ✍️  म्यामराज राई
    भोजपुर

    [२८]
    हाम्रा को हुन् राम्रा को हुन् चिन्नै गाह्रो भयो
    हाम्रा हुन् कि राम्रा हुन् कि यौटा भोट गयो ।
    ✍️ गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [२९]
    राम्रो चुन्ने भन्दा भन्दै निर्णय गरेर हाम्रैलाई रोजियो,
    ईश्वर सामु हुँदा हुँदै मन्दिरमा गएर मूर्ति खोजियो।
    ✍️ अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [३०]
    मन परेकालाई मतदान दिइयो
    मेरो छनोटकाे मनमा शान्ति लिइयो ।
    ✍️ रचना मोक्तान ‘यात्री’
    काभ्रे ।

    [३१]
    राम्राे मान्छे काे हाे भनी थिएँ अलमल,
    गाेजि ताताे पारि दिए भयाे झलमल ।
    सुशीला पौडेल

    [३२]
    यसपालि नि चुनावमा पैसाको खोलो बगाए,
    राम्राको होइन हाम्राको चिन्हमा छाप लगाए ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा ।

    [३३]
    नतिजा आएको दिन जित्ने उफ्रिँदै बस्छन्
    हार्नेहरू गाेजि छामेर छाँगाबाट खस्छन् ।
    ✍️ रुपा गौतम
    बारा

    [३४]
    पाइयो भोट
    दिने हो चोट ।
    ✍️ अनिल प्रसाद यादव
    रुपन्देही ।

    [३५]
    यो राम्रो त्यो राम्रो धेरै सुनियो ,
    भोटमा त आफ्नैलाई चुनियो ।
    ✍️ बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [३६]
    जेसुकै भए नि नाम दाम
    आफ्नै मान्छे त हो लाग्ने काम।
    ✍️ लालिमाया थापा मगर
    प्युठान ।

    [३७]
    संविधान मिच्ने ठाउँमा आचारसंहिता कार्यान्वयन भएन ,
    माैन अवधिमा नाेट गन्दै सपथ खुवायाे भाेट अन्त गएन ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर ।

    [३८]
    दु:ख सुखमा साथ दिने नेता मानियो,
    जता फाइदा उतै आफ्नाे मान्छे छानियाे ।
    ✍️  सहयात्री शोभा अर्याल
    रुपन्देही १४ बुटवल

    [३९]
    हाम्रालाई नै हाे जिताउने, अनि पुकार्ने
    नत्र अाफूलाई पर्दा, कसलाई गुहार्ने ?
    ✍️ गोपाल कृष्ण डंगोल
    इटहरी, प्रदेश १

    [४०]
    जतिसुकै छान्दिन भन्दापनि छान्नै पर्ने,
    कामकुरो हुँदै गरोस् प्राथमिकता टर्ने ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४१]
    जितका लागि लगायो हिजो नारा,
    जिते पछि छैन आज राम्रो पारा ।
    ✍️ कल्पना थामी
    सिन्धुपाल्चाेक

    [४२]
    बथानका भेडा उस्तै कुन चैँ राम्रो कति ,
    माैका परेमा थाप्छ सिङ उही हाम्रो गति ।
    ✍️ रामकृष्ण दुवाडी
    पाेखरा

    [४३]
    राम्राे भन्दा हाम्रोलाई नै भोट हालेको,
    जिते पछि जनताहरू हेप्न थालेको ।
    ✍️ काजी ग्याबा तामाङ
    चैनपुर-४, संखुवासभा ।

    [४४]
    अमूल्य मतदान भन्थे तर बिक्री भयाे
    देशको हालत अब झनै बिग्रदै गयाे ।
    ✍️ प्रेम कला चापागाईं( सिटौला )
    मेचीनगर १२ झापा

    [४५]
    भोट आउॅदा नेता जनताको हितैषी साथी
    आएपछि नतिजा नछाेइकन उड्छन् माथि।
    ✍️ रतन पाण्डे पारतन
    दार्जीलिङ।

    [४६]
    राम्राले टिकट पाउनै कठिन नराम्रैको हालीमुहाली,
    चित्तबुझ्दो उम्मेदवार नभए पनि आइयो भोट फाली।
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ

    [४७]
    न त भोट हालियो हजुर न त कोही छानियो
    जिम्मेवारी जता पाइयो उतै तिर पो हानियो।
    ✍️ त्रिलोचन भण्डारी
    मेचीनगर,झापा

    [४८]
    नराम्रो काम गरे नि छान्न हाम्रो छाेडिन्न,
    पराइ राम्रो किन नहाेस मन माेडिन्न ।
    ✍️ रामकृष्ण रिजाल
    बागलुङ

    [४९]
    भाेट दियौ अहिले, केही नयाँ नोट हेरेर
    पछुताउनु पर्ला अब, आफ्नो खल्ति छामेर।
    ✍️ पदमा शर्मा आँचल
    कालाचिनी, प बंगाल, भारत ।

    [५०]
    राम्रो छान्न मध्य घाममा लाइन बसेको,
    हाम्रो आयो सुरु लाइनमा त्यहीँ डसेको।
    ✍️ प्रदीप के रिमाल
    इटहरी, सुनसरी

    [५१]
    पैसा अनि मासुभात मा बिकेर कस्ले गर्याे भोट ?
    रातारात कस्ताे जादु भयाे साेझाेमा देखाए खाेट ।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    >> जय टुक्का! जय साहित्य!! <<

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३३औँ शृङ्खला शनिवार सम्पन्न

    उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

  • ४ जेष्ठ २०७९, बुधबार ०९:०९ मा प्रकाशित
  • १
    प्रकाश
    सारा संसार
    अनुयायी नारी नर !

    २
    जन्मँदै
    सात पाइला
    योगी ज्ञाता त्रिपिटक !

    ३
    वैभव
    तृण बराबर
    अनुशीलन यश अमर !

    ४
    धीर
    गाली गलौजले
    नगिर्ने उनको नूर !

    ५
    लुम्बिनी
    बुद्धको जन्म
    यो पुण्यभूमि नेपाल !

    ६
    गया
    त्यो बोधिवृक्ष
    आखिर बोधीसत्त्व प्राप्त !

    • कमला देवकोटा, पाल्पा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

    घोराही उपमहानगर : ५७ हजार मत गन्दा एमालेलाई अग्रता, अब १६ हजार मत गन्न बाँकी

  • ४ जेष्ठ २०७९, बुधबार ०७:१९ मा प्रकाशित
  • काठमाण्डाै – दाङको घोराही उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ ।५७ हजार ४ सय ३ मत गनिसक्दा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले २३ हजार ९ सय ९८ मत प्राप्त गर्नु भएको छ । माओवादी केन्द्रका हेमराज शर्माले १९ हजार ५ सय ६० मत ल्याउनु भएको छ ।नरुलाल चौधरी शर्माभन्दा ४ हजार ४ सय ३८ मते अगाडि हुनुहुन्छ । अब उपमहानगरको १६ हजार मत गन्न बाँकी छ।यस्तै, उपमेयरमा पनि एमालेका उम्मेदवार हुमा डीसीलाई अग्रता छ । उहाँले २३ हजार ४३ मत प्राप्त गर्नु भएको छ ।नेपाली कांग्रेसका भूपबहादुर डाँगीले २२ हजार १ सय ३८ मत पाउनु भएको छ । हुमा डीसी ९ सय ५ मतले अगाडि हुनुहुन्छ ।

    Posted in ताजा अपडेटLeave a Comment on घोराही उपमहानगर : ५७ हजार मत गन्दा एमालेलाई अग्रता, अब १६ हजार मत गन्न बाँकी

    साउदी अरबको जेद्दा र यान्बुमा गरि ८० जना नेपाली बिचलित ।

  • ४ जेष्ठ २०७९, बुधबार ०२:४६ मा प्रकाशित
  • १८ मे २०२२, साउदी अरब ! नेपाल गौरिघाट स्थित Yatra Hr Solution Pvt. Ltd बाट करिब ६ महिना अगाडी साउदीको विभिन्न ठाउँका लागि आएका करिब ८० जना नेपालीहरु खान बस्न र काम नपाएर बिचलित परेका छन् ।
    नेपाल बाट आउनेबेलामा मेनपावरले विभिन्न कम्पनीमा भनी ६ महिना अगाडी छुट्टाछुट्टै छुट्याएर पठाइइएका पीडितहरुलाइ ४ महिना काम लगाएको ३ महिनाको स्यालरी दिएको तर ४-५ महिना पछि काम तलब केही नदिएको र बस्नलाइ पनि एउटै रुममा ३०-४० जना कोचेर राखेको पीडितहरुले जानकारी गराएका छन् ।
    पीडित नेपालीहरु मध्य ५५ जना जेद्दामा र २५ जना यान्बुमा बिचल्ली परेका छन् ।

    नेपाली श्रमिकहरुको साझा चौतारी “साउदी अरेबियामा हामी नेपाली” भन्ने ग्रुप मार्फत जेद्दामा रहेका पीडितहरुको बिचल्लीत अबस्था थाहा पाएपछि यहाँ पीडित भएका नेपाली साथिहरुको बारेमा हिजो थाहा पाएपछि एनआरएनए जेद्दाका क्षेत्रीय अध्यक्ष चेतनाथ निरौलाको समन्वय तथा अनुरोधमा महाबाणिज्य दूतावास जेध्दा कन्सोलेटका प्रेम उपाध्याय सर सहितको टोलिले पीडितहरुमाझ भेटेर सहयोगको लागी आबस्यक कदम अगाडी बढाउने र छिटोभन्दा समस्या समाधान गराउने आश्वसान दिनुभएको कुरा अध्यक्ष निरौलाले जानकारी दिएका छन् ।

    खानको लागि अतिनै समस्या रहेकोले सुदुरपश्चिमेली नेपाली समाज साउदी अरबका सचिव केशब सिंह धामी र प्रमुख सल्लाहकार बिष्णु तमोली उहाँहरुको दयनीय अवस्था देखि पछी सुदुरपश्चिमेली समाजका साथीहरूले केही दिनका लागि खाधन्न रासन पानी सहयोग गरिएको कुरा साउदी अरेबियामा हामी नेपाली” ग्रुपका प्रमुख एड्मीन चन्द्र चुडालिले जानकारी दिएका छन् ।
    चन्द्र चुदाली तथा चेतनाथ निरौलाले एनआरएनए साउदी तथा जेद्दामा रहेका अन्य संस्थाहरुलाई पनि पीडित हरुको सहयोगका लागी अनुरोध गर्दै उहाँहरुको उद्दारको लागि महाबाणिज्य दूतावास जेद्दालाइ अनुरोध गरेका छन् ।
    सहयोगको लागि पीडितको सम्पर्क नम्बर 0507183087

    मेनपावरको संम्पर्क

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर2 Comments on साउदी अरबको जेद्दा र यान्बुमा गरि ८० जना नेपाली बिचलित ।

    महिला उपाध्यक्ष यास्मिन बेगम एनआरएनए स्वास्थ्य समितीको सल्लाहकारमा मनोनीत।

  • ४ जेष्ठ २०७९, बुधबार ००:५६ मा प्रकाशित
  • समर्पण रम्जान

    १८ मे २०२२, साउदी अरब ! गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अध्यक्ष डा. संजिव सापकोटाले अन्तरास्ट्रिय परिषदको नयाँ कार्यकाल सुरु भएपछि गत १५ मे आइतवारका दिन १५ सदस्यीय समितिको गठन गर्ने क्रममा आइसिसी महिला उपाध्यक्ष यास्मिन बेगम सैयदलाइ समितिको सल्लाहकारमा मनोनीत गरिएको छ ।
    उक्त स्वास्थ समितिको सदस्य सचिवमा डा सुनिल शाह (बेलायत), सुश्री एलिजा केसी (जापान) एशिया प्यासिफिक संयोजक, डा सागर पौडेल (नेपाल), नेपाल तथा भारत संयोजक, डा पुष्पराज भट्टराई, (दक्षिण अफ्रिका) अफ्रिका संयोजक, डा. प्रकाश श्रेष्ठ (अमेरिका) अमेरिका क्षेत्रीय संयोजक, डा. बोधराज सुवेदी (चेक रिपव्लिका), युरोप क्षेत्रीय संयोजक, डा. नितेश अर्याल, मध्यपूर्व क्षेत्रीय संयोजक, प्रभात अधिकारी (नेपाल), डा. शर्मिला गुरुङ, (हङकङ), मनुजा कंडेल (अष्ट्रेलिया), डा. सरोज निरौला (क्यानडा), डा. लुसुन चालिसे (जापान) र प्रसुना कँडेल (बेलायत) रहेक छन् ।

    समितिको अन्य सल्लाहकारहरुमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्मा, , महासचिवद्धय गौरीराज जोशी, डा. केशव पौडेल मनोनीत भएका छन् भने समितिको ग्लोबल मिडिया संयोजकमा नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्ष चिरन शर्मा चयन भएका छन् ।

    यसरी ग़ैर आवासीय नेपाली संघ को यस्ता ठुला तथा महत्वपूर्ण कमिटी आफु मनोनयन हुनु भनेको सिंगो एनआरएनए एनसिसि साऊदी अरबको मात्र नभएर आफ्नो क्षेत्र मध्यपूर्व को समेत वजन बढ़ेको र मध्य पुर्वमा सेवा गर्ने मौका मिलेको आफुले महसूस गरेको बेगमले बाताउनु भएको छ ।

    यसरी आफुलाइ विभिन्न ओहोदामा रहेर सेवा गर्ने मौका मिलेको सम्पूर्ण एनआरएनए साउदीको साथ सहयोग अनी हौसला बाट नै सम्भव रहेकोले एनआरएनए साउदीलाइ हार्दिक आभार प्रकट गर्नु भएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on महिला उपाध्यक्ष यास्मिन बेगम एनआरएनए स्वास्थ्य समितीको सल्लाहकारमा मनोनीत।

    तुलसीपुर उपमहानगरपालिकाको मतगणना बेलुकी ८ बजेबाट हुने भएको छ ।

  • ३ जेष्ठ २०७९, मंगलवार १९:१४ मा प्रकाशित
  • आज १ र २ वडाबाट गणना शुरु गरिने निर्वाचन अधिकृतको कार्यालयद्वारा जानकारी

    तुलसीपुर १७ का वडाध्यक्षका उम्मेदवारको निधनपछि त्यहाँ रोकिएको मतदान जेठ ३ गते आज भएको थियो ।

    Posted in ताजा अपडेटLeave a Comment on तुलसीपुर उपमहानगरपालिकाको मतगणना बेलुकी ८ बजेबाट हुने भएको छ ।

    बुद्ध जयन्तीकाे अवसरमा “विशेष टुक्का लेखन श्रृङ्खला-३६” सम्पन्न

  • ३ जेष्ठ २०७९, मंगलवार ०९:३० मा प्रकाशित
  • काठमाडाैँ, 
    जेठ २, गाैतम बुद्ध जयन्तीकाे विशेष अवसरमा २०७९ जेठ २ गते टुक्का साहित्य समाजकाे आयाेजनामा “विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३६” सम्पन्न भएकाे छ । 

    टुक्का पाठशालामा सञ्चालन भएकाे उक्त कार्यक्रमकाे संयाेजन तथा प्रशिक्षण टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंले गरेका थिए । कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट ७० टुक्काकारहरूकाे सहभागिता रहेकाे उक्त कार्यक्रममा सहभागी टुक्काकारहरूले बुद्धाेपदेश, अहिंसा, शान्ति तथा गाैतम बुद्धकाे जन्म जयन्ती सम्बन्धी सुन्दर  टुक्का कविताहरू सिर्जना गरेका थिए । 
    कार्यक्रमकाे समापन गर्दै संस्थापक अध्यक्ष चापागाईंले मानिस सर्वश्रेष्ठ प्राणी भएकाेले हामीहरूले सम्पूर्ण मानव जगत् लगायत चराचर जीवहरूकाे हक, अधिकारकाे रक्षा गर्दै सुख, शान्ति, संवृद्धी का लागि विशेष भूमिका खेल्नु पर्ने कुरामा जाेड दिँदै २५६६ ओैँ गाैतम बुद्ध जयन्ती तथा बैशाख पूर्णिमा काे अवसरमा शान्तिका प्रतीक गाैतम बुद्ध जन्मिएकाे हाम्राे देश नेपालमा दिगाे शान्ति हाेस् भन्दै विश्वभरबाट सहभागी भई सुन्दर टुक्काहरू सिर्जना गर्ने टुक्काकारहरू, टुक्का प्रेमीहरू तथा देश विदेशमा रहनु हुने सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका थिए ।  

    अभ्यासका क्रममा सङ्कलन गरिएका गाैतम बुद्ध जयन्ती सम्बन्धी  टुक्का कविताहरू

    [१]
    १.
    शान्तिका अग्रदुत गाैतम बुद्ध एशियाका तारा
    बुद्ध दर्शनकाे ज्ञान पाई सुखी भाे संसार सारा ।
    २.
    हत्या हिँसा त्यागेर आउ शान्ति खाेज्दै बढाैँ,
    दुखबाट मुक्ति बुझ्न बुद्धाेपदेश पढाैँ ।
    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेसी, हाल प्रवास

    [२]
    १.
    अहिंसाका पुजारी हुन् गाैतम बुद्ध उनै ,
    अकालमा प्राणत्याग नगरुन् जीव कुनै ।
    २.
    हत्या हिंसा काटमारले हुदै हुन्न भलाे ,
    नैतिक शिक्षा संस्कारले चाेख्याउनु थलाे ।
    ✍️ रामकृष्ण दुवाडी
    पाेखरा

    [३]
    १.
    सिद्धार्थबाट बुद्ध भए बोधिवृक्षको शीतलतामा
    कोसिस गरौँ हामी पनि बुद्ध झैँ बाँच्न निश्छलतामा।
    २.
    लुम्बिनीमा जन्मिए बुद्ध नेपालको नाम राख्दै
    आत्म-शान्ति पाए धेरैले नै उनको वाणी चाख्दै।
    ✍️ दीपक ठटाल जलन
    खरसाङ

    [४]
    १.
    शान्तिको सन्देश पुराउनै पर्छ है घर घर,
    गौतम बुद्धको अनुसरण गरौँ वरपर।
    २.
    नेपाल हाे महान दार्शनिककाे जन्म थलो,
    बुद्धकाे विचारधाराले भयाे जगत भलो।
    ✍️ सुरेशकुमार पान्डे
    दाङ घोराही१८

    [५]
    १.
    बुद्ध जन्मेको देश तर अशान्ति छायो
    विकास गर्ने पैसा जति नेताले खायो ।
    २.
    संसारमा फैलाउॅ बुद्धको शान्ति सन्देश
    बचाएर राखॅौँ है हाम्रो भाषा अनि भेश ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरंग हाल- प्रवास

    [६]
    १,
    शान्तिको दुत बनेर जन्मिए गौतम बुद्ध,
    बुद्धको जस्तै हामी पनि बनाउँ मन शुद्ध।
    २,
    सत्मार्गमा हिडौँ सबले बुद्ध जस्तै ज्ञानी,
    बनौन सबै हामी पनि बुद्धकाे झैँ ध्यानी।
    ✍️ लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [७]
    १.
    ज्ञानले नै बनाए बुद्धलाई एशियाको तारा,
    शान्तिदूत बुद्ध जगमगाए विश्व भरी सारा।
    २.
    अहिंसा, शान्ति, प्रेमले जितिन्छ संसार बुद्धको ज्ञान,
    मानव भएपछि मानवमा हुनुपर्छ स्वाभिमान।
    ✍️ शरद प्रधानाङ्ग
      विराटनगर -७

    [८]
    १.
    एसियाका तारा तिमी नेपालीका शान,
    व्यक्तिगत सुख त्यागी उच्च पार्‍यौ मान ।
    २.
    अहिले पनि खाँचो छ आऊ फर्केर बुद्ध ,
    पारिदिनु छ तिमीले सबैका मन शुद्ध ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ ।

    [९]
    १.
    शान्ति परम धर्म भन्ने जो थिए
    एशियाका तारा भनेर चिनिए ।
    २.
    सुख-शान्ति चाहने थिए एक बुद्ध
    आज मै हुँ भन्नेहरू गर्दछन् युद्ध।
    ✍️ परिक्रमा श्रेष्ठ
    धरान- सुनसरी ।

    [१०]
    १.
    बुद्धकाे संसारमा आज बुद्धुहरूकाे संख्या बढ्याे,
    शान्तिकाे खै के अपेक्षा गराैँ? अशान्तिको पाराे चढ्याे।
    २.
    बुद्ध पथमा हिड्याैँ भने शान्तिकाे मुहान भेटिन्छ,
    युगाैँ देखि अतृप्त प्यासीकाे तिर्खा सहजै मेटिन्छ।
    ✍️ मित्र उराठी गाैतम
    अमरपुर- गुल्मी
    हाल: तिलाेत्तमा न पा -२, रुपन्देही

    [११]
    १.
    शान्ति फैलाइ रहनु देशमा बुद्ध आएर
    सधैँ सुखी जीवन बिताउनु खुसी पाएर ।
    २.
    सहिदकाे रगतले लेखेकाे याे देशकाे माटोमा
    जनता चाहन्छन् बुद्धलाई भ्रष्ट नेताको साटोमा ।
    ✍️ अम्विका अधिकारी
    झापा विर्तामोड

    [१२]
    १.
    ध्यानबाट आफूलाई चिने, सिके त्याे गूढ ज्ञान,
    ‘एसियाकाे प्रकाश’ भई बने सिद्धार्थ महान ।
    २.
    पञ्चशील नै जीवनकाे, अभिन्न मन्त्र हाे जान,
    जन्मेपछि मर्नुपर्छ सबले, यै सत्य विज्ञान ।
    ✍️ गोपाल कृष्ण डंगोल
    इटहरी, प्रदेश १

    [१३]
    १.
    शान्ति प्रिय नेपालीका अग्रदुत बुद्ध
    फेरि जन्मिएर आऊ देश छ अशुद्ध ।
    २.
    एसियाका तारा तिमी सर्वसम्मत तिम्रो भावना
    पच्चिस सय छैसट्ठीऔँ जयन्तीको शुभकामना ।
    ✍️ गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [१४]
    १.
    ज्ञान ध्यान शान्ति पाउन शुद्ध चित्त राखौँ,
    बुद्धत्व रसास्वादन एक पटक चाखौँ।
    २.
    आफूलाई पहिला चिन्नु संसार बुझ्न खोज्दा,
    डुबिदैन भवसागर बुद्धत्व ज्ञान रोज्दा।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [१५]
    १
    हरेक मन मस्तिष्कमा बुद्धत्वले  बास गरोस् ,
    शान्ति, सद्भाव अहिंसाको प्रेमिल सुवास छरोस् ।
    २
    जपतप ज्ञान ध्यानले चित्त सदा शुद्ध पार्नुपर्छ
    बुद्धि विवेक पुर्‍याएर अहङ्कारलाई झार्नुपर्छ ।
    ✍️ त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    [१६]
    १
    शान्तिको राजा महान  हुन् तिनी बुद्ध
    उनको  जस्तै  मन  पारि  राखौँ  शुद्ध ।
    २
    बुद्धको झैँ मन रहोस् उच्च बनाेस् भावना
    सबैमा याे बुद्ध जयन्तीको शुभकामना ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [१७]
    १.
    शान्ति दूत गौतम बुद्ध एशियाका तारा,
    बुद्धत्त्वको ज्ञान सिक सारा जगत सारा ।
    २.
    अहिंसाको पाठ पढाउँ सिङ्गो विश्वभर ,
    जीव जन्तु यावतमा समान माया गर !
    ✍️ बिबस पारदर्शी
    भद्रपुर-२ झापा

    [१८]
    १.
    बुद्ध हुन् प्रतीक शान्तिका,
    ज्ञानका हुन् राम्रो वाटिका।
    २.
    हिंसारहित  सारा  दुनियाँ  बनाउन,
    खानदानी त्यागे सदाचारी सिकाउन।
    ✍️ म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

    [१९]
    १.
    शान्तिकाे प्रतीक बुद्ध तिमी एसियाकाे तारा,
    बुद्ध जयन्ती मनाउँ मनन् गराैँ वाणी सारा ।
    २.
    उम्रिएका लाेभ, पाप र हिंसाकाे अन्त्य गर्न,
    आउ है बुद्ध फेरि पनि शान्तिकाे ज्ञान छर्न।
    ✍️ शान्ति याक्साे
    काठमाडौं ।

    [२०]
    १.
    हाम्रो मन, वचन, कर्मलाई राखेर शुद्ध,
    हृदयमा कैयौँ पटक जपौँ गौतम बुद्ध ।
    २.
    शान्तिको उद्यानमा घुमोस् भमरा,
    सदा सदा शान्त रहिरहुन् धरा ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा ।

    [२१]
    १
    शान्तिका अग्रदूत बनि अहिंसा विश्वमा छर्याै
    बुद्धत्व विश्वभर छर्दै नाम नेपालकाे भर्याै।
    २.
    मायादेवी शुद्धाेदन मातापिता तिम्रा
    मन शान्त राखि पुज्छाैँ भगवान हाम्रा ।
    ✍️ निरज कोइराला
    बेलका १ उदयपुर हाल इटहरी

    [२२]
    १.
    फर्कि आऊ बुद्ध नेपालमा छाइरहोस् शान्ति,
    तिमी बिना छैन कसैको अनुहारमा कान्ति।
    २.
    विश्वभर नै शान्तिकाे प्रतीक तिमी अग्रदूत,
    यहि धर्तीमा फेरी जन्मिउन् तिमी जस्ता सपुत।
    ✍️ शर्मिला श्रेष्ठ
    भैंसेपाटी, ललितपुर

    [२३]
    १.
    त्यागी लोभ-लालच ऐश्वर्यभित्रै कर्तव्य रोजेको,
    बुद्ध झैँ ज्ञानी सपुत देऊ आमा सृष्टिले खोजेको ।
    २.
    कंस झैँ दुष्ट नाश बन्दै जाऊन् प्रह्लादको जय होस् ,
    वैमनस्यता, छलकपट, हिंसा विश्वमा नआओस् ।
    ✍️ धनु शर्मा
    पाेखरा

    [२४]
    १.
    शान्तिको प्रतीक हाे हाम्रो नेपाल
    बुद्व जन्मेको तपोभूमी विशाल।
    २.
    सुन्दर शान्त नेपाल थियाे अाज कहाँ गयो ?
    बुद्ध जन्मिएकाे देशमा नै शान्ति भङ्ग भयाे ।
    ✍️ रश्मि रिमाल
    झापा

    [२५]
    १
    शान्ति उपदेश छर्दै आए महामानव बुद्ध
    उनकै बाटाे पहिल्याऔँ हामी राखी मन शुद्ध ।
    २
    मिठाे बाेलाैँ सत्य बाेलाँ राखि भाव मानवता
    हत्या हिंसा त्यागाैँ सब छाेडी रुप दानवता ।
    ✍️ कृष्ण अधिकारी
    बिर्तामाेड, झापा ।

    [२६]
    १.
    संसारकै शान्ति प्रिय थिए गैतम बुद्ध,
    मानव भित्र हुनु पर्छ सधैँ चित्त शुद्ध।
    २.
    ज्ञान र गुणका धनी गौतम बुद्ध थिए,
    राम्रा राम्रा उपदेश विश्वभरी नै दिए।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [२७]
    १.
    अशान्ति मात्र भेटिन्छ अचेल सबै परिवेशमा
    शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देशमा।
    २.
    हे बुद्ध ! तिमी आएर फेरि बुद्धत्व फिँजाऊ
    शान्तिको पाठ पढाई फेरि देश यो बचाऊ।
    ✍️ प्रीति आत्रेय ज्ञवाली
    बुटवल हाल प्रवास

    [२८]
    १.
    चेतना क्रान्ति
    मनमा शान्ति ।
    २.
    फैलाए ज्ञान
    गरेर ध्यान ।
    ३.
    बुद्धको वचन
    मान्नुपर्छ जन ।
    ✍️ रचना शर्मा प्रतीक्षा
    ललितपुर

    [२९]
    १.
    कहाँ पुग्यौ बुद्ध तिमी बोकी तिम्रो शान्ति,
    जताततै हिंसा देख्छु चलेको छ क्रान्ति ।
    २.
    बोकेर लोभ लालच रहेर अशान्त,
    तड्पिने गर्छ मानिस भनिने सम्भ्रान्त।
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ

    [३०]
    हरायौ कि बुद्ध तिमी डरायौ कि आज,
    शान्तिभूमी भन्न पनि लाग्न थाल्यो लाज ।
    ✍️ रामजी लामिछाने
    पाेखरा

    [३१]
    १
    अहिंसा र ब्रह्मचारी हो रोजाइको पाटो ,
    शान्ति, उपदेशले दिए सत्मार्गको बाटो ।
    २
    त्यागी, ध्यान, साधना, जप असङ्ख्य गनेर,
    सिद्धार्थबाट निस्के गौतम बुद्ध बनेर ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक

    [३२]
    १.
    शान्तिका दूत हे बुद्ध तिमी छौ कता
    दर्शन दिन एक पल्ट आऊ यता ।
    २.
    भ्रष्टाचार र व्यभिचारले घेर्यो देशलाई
    आउ सत्सङ्ग सुनाई भरिदेऊ त्यसलाई।
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी

    [३३]
    १.
    बुद्ध फेरि जन्म भन्नु भन्दा आफूभित्र बुद्धत्व जन्माऊ,
    मन भरिको कालो मैलोलाई जति सक्दो चाँडाे अन्माऊ।
    २.
    तिमी कसैको शरणमा नजाऊ आत्माको पुकार सुन्नु,
    नराम्रो त्यागेर राम्रो मात्र साेच्दै मनमा बुद्धत्व गुन्नु ।
    ✍️ अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [३४]
    १
    शान्तिका अग्रगामी गौतम बुद्व आउन,
    नेपालमा फेरि पनि दिगो शान्ति ल्याउन ।
    २
    नेपाली हाैँ भनेर परिचय दिन हुन्छ लाज,
    बुद्व जन्मेको देशका जनमा अशान्ति छ आज ।
    ✍️ भगवती दवाडी
    दमक, झापा

    [३५]
    १.
    गौतम बुद्धको जन्म नेपालमा भयो,
    विश्वमा नेपालीको नाम रहन गयो।
    २.
    नेपाल र नेपालीको शान,
    गौतम बुद्ध भए महान।
    ✍️ सुशीला पाैडेल

    [३६]
    १.
    दरबार ऐस आराम सबै त्यागी सन्यासी बनेर ,
    अहिंसा परम धर्मकाे ज्ञान बाँढ्याै भलाे हाेस् भनेर । 
    २.
    बुद्ध तिमी शान्तिका प्रतीक बनेर आएकाे,
    विश्व भरि नै बौद्ध धर्मको दर्शन छाएकाे।
    ✍️ रिना योल्मो
       दार्जीलिङ

    [३७]
    १.
    जन्मले होइन, शुद्ध कर्मले बुद्ध भएका तिमी
    तिम्रै मन्त्रले भर्न सकाैँ सारा, यो आकाश यो जिमी।
    २.
    सिद्धार्थलाई सिद्ध गरी, बुद्धिले बुद्ध बनायौ
    अहिंसा परमो धर्म भनी विश्वलाई जनायौ ।
    ✍️ पदमा शर्मा आँँचल
    कालाचिनी, प बंगाल, भारत ।

    [३८]
    १.
    हामीले अगाडि बढ्दा बुद्धको मार्ग रोज्नुपर्छ,
    मनमा शान्ति ल्याएर ईश्वरलाई खोज्नुपर्छ ।
    २.
    स्वच्छ बनाऊँ मन बुद्धको झैँ उच्च राखौँ भावना,
    दिदैछु सबैलाई बुद्ध जयन्तीको  शुभकामना।
    ✍️ दुर्गा आचार्य
    मोरङ

    [३९]
    १.
    शान्तिका प्रिय अग्रदुत ती गौतम बुद्ध थिए ,
    हत्या हिंसा रहित हुनु भनि उपदेश दिए ।
    २.
    एसियाकै तारा बनि प्रख्यात भए बुद्ध ,
    भन्थे सधैँ हुनुपर्छ हाम्रै यो मन शुद्ध ।
    ✍️ बेदु न्यौपाने भोजपुर, हाल काठमाडौ

    [४०]
    सत्य निरूपण सत्य पानी जस्तो शुद्ध भइकन
    बन्छौ नै भने सुविचार सरल व्यक्ति बुद्ध बन।
    ✍️ प्रकाश बुढाथोकी
    असम भारत।

    [४१]
    १.
    मायादेवीको कोखमा ईश्वरको बास
    सुख सयल नै त्यागे शान्ति खोज्न खास।
    २.
    शान्तिका अग्रदूत गौतम बुद्ध हाम्रा
    लुम्बिनीमा जन्म भयो काम गरे राम्रा ।
    ✍️ बिना रोका
    घोराही  दाङ्ग ।

    [४२]
    १.
    नेपालमा जन्मिएका गौतम बुद्ध ,
    बुद्धको नियम मानौँ हुँदैन युद्ध।
    २.
    मूर्ख पनि सज्जन हुन्छन् दिए सहि ज्ञान,
    जानी राखौँ सबैले बुद्ध नेपालको शान।
    ✍️ गणेश तामाङ वाइबा
    ताल्ती,धादिङ नेपाल।

    [४३]
    १.
    यो एक दुनियाँको दस्तुर अनेक रोग शोक भोग देखेर
    राजपाट सबै त्यागे बुद्धले सांसारिक मोहलाई टेकेर।
    २.
    दिव्य ज्ञान पाउनलाई बुद्धले गरे जोड
    कठोर तपस्या बसे भइन्जेल हाडखोड।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ, भारत

    [४४]
    १.
    लुम्बिनीको माटो बोल्छ पाटो पनि बोल्छ ऐले
    बुद्ध जन्मिए नेपालमा नै नेपाली हुन् जैले।
    २.
    हामी सबै धर्म संस्कृतिका ठुला माली
    संसारमा ज्योति छर्ने बुद्ध हुन् नेपाली।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर

    [४५]
    १.
    राजगद्दी छोडेर गौतम बुद्ध कहलायाैँ,
    शान्तिको सन्देश छरेर दुनिया बहलायाैँ ।
    २.
    हत्या हिंसा तिमीले सहँदैनौ ,
    अरुलाई कुभलो कहँदैनौ ।
    ✍️ बुद्धिमान दनुवार
    कनकाई नगरपालिका ४झापा

    [४६]
    १.
    झुकाउ शिर बुद्धको चरणमा
    पाइन्छ शान्ति उनको शरणमा।
    २.
    हिँडौ सबैले अहिंसाको बाटो
    पुण्य बनाउँ यो देशको माटो।
    ✍️ बिके मुखिया
    सिग्रीमताम बस्ती दार्जीलिङ भारत।

    [४७]
    १.
    ध्यानमा छ ज्ञान ,
    बुद्ध बाट जान ।
    २.
    विश्वमा अहिंसा तथा शान्ति ,
    बुद्धले ल्याएका हुन क्रान्ति ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर

    [४८]
    १
    बुद्धकाे उपदेशले सिञ्चिएकाे धर्ती हाे नेपाल
    सधैँभरि देखिन्छ शान्त, सौम्य सुन्दर र विशाल ।
    २
    यो भवमा बुद्धकै उपदेश र सन्देश चारैतिर फुलाऊँ
    शान्ति, सहिष्णुता र धैर्यताका रसिला बालाहरू झुलाऊँ ।
    ✍️ पवन कुमार बुढाथेाकी
      काठमाडौं

    [४९]
    १.
    बयर जस्तो बोट हुदैमा मात्र बुद्धचित्त फल्दैन
    हिंसा त्यागेर मन चित्त शुद्ध नभै बुद्धत्व बल्दैन।
    २.
    वुद्धको देशमा सधै युद्ध हुन्छ शान्ति कसरी आउँछ?
    मनमै हिंसा र क्रान्ति उब्झिरहे भ्रान्ति कहॉ हराउँछ?
    ✍️ सुरेशकुमार भट्ट

    [५०]
    १
    जाली नहुनुस् झुटो नबोल्नुस् सधै नै धैर्य गर्नुहोस् ,
    दुई दिनकाे जिन्दगीमा सत्कर्म गरेर मर्नुहोस् ।
    २
    जो मनुष्य सँग जस्तो ज्ञान त्यही दिन्छ ,
    बुद्ध भगवान् को भनाइ मनमा लिन्छ ।
    ✍️ पारस भट्ट प्यासी
    मेलौली दुई बैतडी

    [५१]
    १
    सबैको मन भित्र बुद्ध तिमी आऊ
    क्रोध, ईर्ष्या वैरभाव सब हटाऊ ।
    २
    मानव हित बोलेर भगवान भयौ बुद्ध
    धोई पखालि मनको मैलो पारीदेउ शुद्ध ।
    ✍️ मिसु श्रेष्ठ
    दोलखा, हाल काँडाघारी काठमाडौं

    [५२]
    १.
    बुद्ध बिनाको ज्ञान अधुरो
    अहिंसा शिक्षा भयो मधुरो।
    २.
    बुद्ध वाणी हाे दिव्य अमृत ज्ञान
    कोही सिक्दैनन् बढ्दैछ अपमान ।
    ✍️ रघु न्याैपाने
    पाेखरा

    [५३]
    संसार भरी नै बुद्ध भगवान हुन् भनी चर्चा गर्दछन्,
    सत्य मनले जसले जप्दछ उसैको शरण पर्दछन्।
    ✍️ कमला हरिमाया पाण्डे पराजुली
    चारआली, झापा

    [५४]
    बुद्धको ज्ञान संसारमा अग्रदूत जान,
    आज शान्तिका धर्ती पुत्र उनैलाई मान ।
    ✍️ टिकाराम पुन टिपु
    छत्रेश्वरी २ सल्यान

    [५५]
    एसियाकै तारा भनि चिनिएथे बुद्ध
    हुन पर्छ भन्थे सधै हाम्रो चित्त शुद्ध ।
    ✍️ प्रेम कला चापागाईं ( सिटौला )
    मेचीनगर १२ झापा

    [५६]
    यी आशाका किरण फूल सरी मगमगाउन,
    फेरि जन्मेर आऊ बुद्ध धर्ती जगमगाउन ।
    ✍️ ऋषिराम खनाल
    मध्यबिन्दु-६ नवलपुर ।

    [५७]
    १.
    हो म शान्ति सुनेर परेको हुँ शरण
    गरेको हुँ गौतम बुद्धको आचरण ।
    २.
    यहीँ नै जन्मिएको थिए शान्तिको अग्रदूत गौतम बुद्ध
    जोडौँ प्यार, सदाबहार, फालौँ हतियार,गर्न छोडौँ युद्ध ।✍️ बादल गुरुङ वियोगी
    सङ्खुवासभा, हाल काठमाडाैँ

    [५८]
    १.
    अहिंसा त्यागेर गरौँ मनै देखि बुद्ध ध्यान
    सही मार्ग देखाउछ भनेको सबैले मान।
    २.
    संसार भरि फैलिएको गौतम बुद्ध ज्ञान
    हत्या हिंसा गर्न हुदैन भनेकाे कुरा मान।
    ✍️  राम रावल सागर
    कैलाली

    [५९]
    अध्यारोलाई चिरेर विश्वभरि शान्ति छर्यौ
    सत्यमार्गमा लगाउन कयौँ प्रयत्न गर्यौ।
    ✍️ शारदा दहाल(भण्डारी )
    पाँचखपन -९ संखुवासभा ।

    [६०]
    ज्ञानको निम्ति राजकाज छोडेर गए
    कठोर तपस्या ले नै बुद्ध ज्ञानी भए ।
    ✍️ रुपा गाैतम
    निजगढ, बारा ।

    [६१]
    १.
    सबै प्राणीलाई  बराबर मायाले  हेर्ने,
    बुद्धकै शान्तिको उपदेशले मन घेर्ने।
    २.
    अभाव छैन शान्तिको पाइन्छ तुरुन्तै फल,
    बुद्धम् शरणम् गच्छामि सधैँ जप्न गरे बल।
    ✍️ अच्युत घिमिरे
    भुटान

    [६२]

    ‘अहिंसा परमाेधर्म’ मूल मन्त्र बुद्धकाे

    बजिरहेछ फेरि किन बिगुल युद्धकाे ?

    ✍️ दुर्गा वनवासी, 

    झापा

    [६३]
    १.
    आलै छ देशको कणकणमा छाप
    पहिल्याउनु छ बुद्धका पदचाप ।
    २.
    मान्छे बन्ने हो भने आफैँलाई ठान्नु तुच्छ
    हिंसा गरेर हिड्नेले पनि त बुद्ध पुज्छ ।
    ✍️ रिजाल विनोद
    माेरङ्ग

    [६४]
    १.
    गौतम बुद्ध हुन हाम्रा एशियाका तारा
    शान्तिको बिउ छर्ने बोकेका थे अभिभारा।
    २.
    हत्याहिंसा  हटाउने गौतम बुद्ध  राम्रो
    एसियाका तारा नै हुन चिनारीमा हाम्रो ।
    ✍️ रिना सापकाेटा
    बारा

    [६५]
    शान्तिले छाओस् हाम्राे देशलाई
    समृद्ध बनाओैैँ याे भेषलाई।

    ✍️ पारुहाङ राई (एवाइ प्रभात)
    धनकुटा ।

    [६६]
    १.
    बुद्ध नै हुन् हाम्रा प्रतीक शान्तिकाे,
    नलगाऊँ कसैले खेति भ्रान्तिकाे ।
    २.
    किन छाेडी शन्तिले खै ? बुद्ध जन्मेको देशलाई,
    क्रान्तिले हुन्छ साम्य भन्ने दुविधा भाे कसलाई ?
    ✍️ रामप्रसाद पुरी
    खाेटाङ्ग, हाल काठमाडाैँ

    [६७]
    शान्तिकाे उल्लङ्घन गर्दै छन् बुज्रुक भनाैदाहरू
    बुद्धलाई कठघरामा थुन्दै पाप थप्दैछन् अरू ।
    ✍️ बबिता बिष्ट
    दैलेख ।

    [६८]
    १.
    शान्तिका प्रतीक बुद्ध आउ नेपालमा फर्किएर
    हत्या हिंसाले देश डुब्न लाग्याे नजाऊ तर्किएर ।
    २.
    सबै मिलीजुली बुद्धको जन्म जयन्ती मनाऔँ
    सद्भाव सन्मार्गको बाटो हामी सबैले समाओैँ ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ

    [६९]
    १.
    हत्या हिंसा नगर्नु, हो यो महापाप
    पछुतो लाग्ला, मान्नु पर्ला पश्चाताप।
    ३.
    झगडा नगर्नु जानी जानी
    बुद्ध झैँ बन्नु शान्त र ज्ञानी ।
    ✍️बिके माकजु
    भक्तपुर ।

    [७०]
    सबैकाे मनमा सुख र शान्ति छाउनु
    फेरि पनि गाैतम बुद्ध तिमी आउनु ।
    ✍️ साधना पाैडेल
    रगनी-१ ओखलढुंगा

    >> जय टुक्का! जय साहित्य!! <<

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on बुद्ध जयन्तीकाे अवसरमा “विशेष टुक्का लेखन श्रृङ्खला-३६” सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P