८ सेप्टेम्बर २०२२, बिहीबार ! साउदी अरब वैदेशिक रोजगारीको सिलसिलामा केही बर्ष पहिले साउदी आएर काम गर्दै गर्दा गत जुलाईमा ड्युटी जाने क्रममा सवारी दुर्घटना परी एक हात गुमाएका दाङका हेम राज खत्रीलाइ “नेपाली साझा मंच” साउदीद्वारा आर्थिक सहयोग गरेको छ ।
डुट्यिको समयमा सवारी दुर्घटना परि घाइते भएका र उहाँको उपचार पछि उनको कम्पनीले कुनै रकम बिना नेपाल पठाउन लागेको अबस्थामामा उहाँ नेपाली राजदूताबास रियादको सम्पर्कमा पुगेर आफ्नो शरीरको एक महत्त्वपूर्ण अंग गुमाउनु परेको र उल्टै आफुले पाउनु पर्ने बिमा रकम नदिकन कम्पनीले नेपाल् पठाउन लागेको कुरा अबगत गरि सहयोगको लागि अनुरोध गरेका थिए । उहाँको अनुरोध पछि दूतावासले पुनः बिमाको लागि प्रोसेस गर्न उनको कम्पनीलाई लगाएपनी उनी कार्यरत कम्पनी सप्लाई रहेको हुँदा बिमा रकम पाउने कुनै ग्यारेन्टी नभएको हुदा खत्रीको आगामी जीवनमा केही भएपनि सरल सहज होस भनी नेपाली साझा मन्चले केही सकेको आर्थिक सहयोग गरेको संस्थाका उप संयोजक अन्जान गुभाजुले जानकारी गराउनु भयो । उहाँको सहयोगका लागि संस्था मंचका अध्यक्ष अकल प्रधान , जेद्वा संयोजक टिकाराम पान्डे ,अलखुम्र संयोजक तेज ब सिन्धुली ,केन्द्रिय सदस्य पुन्य प्र घिमिरे लगायत दम्मामका अन्य साथीहरुको पहलमा ने रु ६९ हजार १ सय ९९ रुपैया ४८ पैसा संकलन गरि खत्रीको खातामा रेमिटबाट जम्मा गरिएको गुभाजु ले जानकारी गराए । साथै उहाँको बिमाको रकमका लागि पहल भैरहेको पनि गुभाजुले जानकारी गराए ।
पीडित खत्रीलाई आर्थिक सहयोग गरि मानवीयता व्यक्त गर्नु हुने जेद्वा टिम ,अलखुम्र टिम र दम्माम टिम ,राजु केसी, काजी गुरुङ ,राज नेपाली ,चन्द्र बहादुर ,दिनेश रम्तेल, एफपिआईमा कार्यरत दाजुभाइ लगायत सम्पूर्ण मनकारीमनहरुमा नेपाल साझा मन्च साउदीले आभार व्यक्त गर्दै पीडित बिरामी घाइते खत्रीको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
काठमाण्डौँ, ११ भाद्र । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर
तस्बिरमा उदक लेखन अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
🌺 केही उदक 🌺 … ✍️ आर्त अकुलीन १ आकाश बाबाको रूप धरती आमाको स्वरूप ! २ संयोग आत्मिक मिलन जून ताराको संभोग ! ३ दम्भ पानीको फोका प्रत्येक पाइलामा धोका ! ४ कृषि सौम्य वातावरण देशकै आर्थिक धरोहर ! ५ भदौ रोएकी प्रकृति चौतर्फी जलमग्न आकृति ! ६ प्रकृति अनुपम आकृति रमाउने आकर्षक दृष्टि ! ७ गुलाफ प्रेमको माधुर्य चौतर्फी मगमग बासना ! ८ करेसाबारी आँगनको आकर्षण घरमा वरिपरि शोभायमान ! ९ क्षितिज जमिन आकाश त्यस्तै सागरको गहिराइ ! १० आकाश रोएर वर्षात् सम्पूर्ण सजीवलाई राहत !
दर्ता पछिको पञ्चाङ्ग चित्रपट भाग:-०८ (कृष्णाष्टमी विशेष पञ्चाङ्ग लेख्नु हुन अनुरोध छ) लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०५/०९
प्रशिक्षक : ———— गुणनिधि घिमिरे तोयानाथ सुवेदी
चित्र संकलन —————- सोमनाथ लुइटेल
शुद्धीकरण ————– भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
सङ्कलक :- ———- सुशीला पौडेल & दुर्गा आचार्य
समायोजन ————- सोमनाथ लुइटेल “रवि पाल्पाली”
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको आठौं अभ्यासमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏
२०७९ सालको हरितालिका तिजको उपलक्ष्यमा सम्पूर्ण स्रष्टाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ साथै यश अवसरमा तिज विशेष पञ्चाङ्गहारू लेखी शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
चित्रपट पञ्चाङ्ग ०१ [१] ढकने र खिर खाऊ नाच्दै रमाउनु चेली । दिदी बैनी एक अर्को हात समाउनु चेली । घुम्दै फिर्दै बर्ष दिनमा आउने तिज पर्व , सधैँ भरी स्वस्थ हुन शक्ति जमाऊ चेली । मीठा मीठा गीत गाऊ नाम कमाऊ चेली ॥ [२] शिव पार्वतीको पूजा आराधना गर चेली सौभाग्य र सम्बृद्धिको लागि लागि पर चेली हिन्दु नारी नेपालीको चाड तिज हाम्रो राम्रो सन्ततिको भविष्यको लागि अघि सर चेली संस्कृति र परम्परा थाम्ने तिम्रै भर चेली ॥
❤️गुणनिधी घिमिरे,दमक झापा नेपाल
चित्रपट पञ्चाङ्ग ०२
तिज रमाइलो गरेर यति छिटै आयो भन्छन् । सबैको मन मनमा त खुशीयाली छायो भन्छन् । जताततै नाचेर रमाएका छन् दिदिबहिनी , सौभाग्यले साथ पाई मन रमाउन पायो भन्छन् । हृदय भित्र बुबा आमाको चिन्ताले खायो भन्छन्।
❤️अम्विका अधिकारी,झापा विर्तामोड ।
चित्रपट पञ्चाङ्ग ०३
तिजको दर माइतीको घरमा बसेर खाम बरिलै पञ्चमी व्रत गर्नलाई कम्मर कसेर जाम बरिलै वर्षै र दिनको तिज दिदीबहिनीको भटे कति राम्रो पवित्र मन गरी चोखो लुगाफाटो हामी लाम बरिलै आशिर्वाद हामी व्रतालु सबैले बेलैमा पाम बरिलै ।
❤️सोमनाथ लुइटेल “रवि पाल्पाली” ।
चित्रपट पञ्चाङ्ग ०४ [१] मै छोरी नाचूँ छमछमी दिदी । कम्मर भाचूँ छमछमी दिदी । माइती घरको आँगनीमा हो, जोवन साचूँ छमछमी दिदी । केलाई बाचुूँ छमछमी दिदी । [२] सबै मिली रमाउँदै मनाऔँ पर्व । धड्कलाई थमाउँदै मनाऔँ पर्व । यो हाम्रो संस्कृति हाम्रो पहिचान हो , शिव भक्ति कमाउँदै मनाऔँ पर्व। दाजुभाइ समाउँदै मनाऔँ पर्व।
❤️सुमित्रा पोखरेल काठमाडौं ।
चित्रपट पञ्चाङ्ग ०५ [१] तिजआयो चेली माइती घर जाने खुशीले, दिदीबहिनी मिलेर मिीठो दर खाने खुशीले, नाच्ने गाउने रमाउँने हो सबैले व्रत बसेर, सौभाग्यको कामना हो निडर माने खुशीले, रातै सारी रातै चुरा लोक भर धाने खुशीले ! [२] कृष्ण जन्मे गोकुल रन्क्यो बज्यो बाँसुरी , गाई चर्ने वृन्द्रावन घन्क्यो बज्यो बाँसुरी, उद्धार भो धरतीको साधु सन्त पालीदे प्रभुले, चाल पायो कंसले फन्क्यो बज्यो बाँसुरी , क्रोधी पापी नासियो थन्क्यो बज्यो बाँसुरी! [३] पवित्र यो कुशेऔंसीमा कुश फेर्नु अरे, पित्री दर्शन गर्ने दिनमा मुख हेर्नु अरे, माता पिताको हेला गरे नरकमा पर्छ, भगवान नै सम्झी सधैँ भक्ति केर्नु अरे, पित्री वचन शिरमा राखी सधैँ टेर्नु अरे ।
❤️बिबस पारदर्शी, भद्रपुर झापा ।
चित्रपट पञ्चाङ्ग ०६
माइती गइ पकाऊ दर जुटेर । आमासँगै बसी खाऊ तर जुटेर संस्कृति परम्परा अति राम्रो पर्व, ताेडौँ आज विकृतिकाे घर जुटेर । आफ्नो माटो सुहाउँदो गर जुटेर ।
❤️भवानी घिमिरे, सर्लाही ।
चित्रपट पञ्चाङ्ग ०७
नाँच्नु र गाउनु रहर न हो । रमाउने गाउँ सहर न हो । नृत्यको नाममा मजाक गर्ने, रहर भित्रको कहर न हो । समाजकै मन्द जहर न हो ।
❤️आर्त अकुलीन, कैलाली ।
चित्रपट पञ्चाङ्ग ०८
हे कृष्ण हाै हाम्रा प्यारा तिमी हृदयमा बास सारा तिमी हरेक प्राणीकाे हृदय छाै अन्त्यकाे याैटै सहारा तिमी गीताका सार हाै नारा तिमी
❤️मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग ०९ [१] तिज हुँदै आयो चाड खर्च भार हुन्छ हुने हुलमा नहुने बेग्लै सार हुन्छ नहुनेलाई कसले कसरी ? भन्छ र! हुनेका शिव दर्शन साथै कार हुन्छ कसैलाई त त्यही मौरीको घार हुन्छ ।। [२] संस्कृति चाडको नाममा विकृति नल्याइ मान है हैसियत आफ्नो कर्तव्यबोध के होआफैँ जान है भोलि लौ कठै! कसैले भन्दैन देखाइ केही हुन्न दिन व्रतका लागि महिनौँ देखि पर्दैन खान है शहरी परिवेशमा किन पालो पालोको सान है ।।
❤️जमुना आचार्य, सिन्धुपाल्चोक ।
चित्रपट पञ्चाङ्ग १० [१] सबैसँग रमाउनु रहर दाजु सुनसान भएको छ सहर दाजु गरिबीको मजाक गर्नेहरूलाई पराईसँग रम्ने हाम्रो कहर दाजु वचनका तीरहरु जहर दाजु।। [२] माइती घर रमाउनु चेली आमाकाे हात समाउनु चेली नजिकै नजिकै आयाे नि तिज मिलिजुली नै जमाउनु चेली पराइ घर कमाउनु चेली।।
❤️सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल।
चित्रपट पञ्चाङ्ग ११ [१] बर्ष दिनको तिजमा सबै हामी नाचेर। भाँच्नु पर्छ हामीले कम्मर दामी नाचेर। सबैलाई बराबरी तिज आएको त हो, देखाउने सबै हामी राम्रो नामी नाचेर। नदेखाउ है दिदी बहिनी धामी नाचेर। [२] यसपाली त हामी आमा छोरी बसेर तिजमा। खानुपर्छ दर अब कम्मर कसेर तिजमा। बर्ष दिन तिज पर्वमा चेली माइती को भेट, दर खाई व्रत बसौँ है शिव जपेर तिजमा। पूजा अर्चना गरौं पार्वती झैँ तपेर तिजमा।
❤️बेदु न्यौपाने काठमाडौ 😘 ✍️
चित्रपट पञ्चाङ्ग १२
तिज आएको कि रत्यौली, छुट्याउनै गार्हो भो । पर्व मान्ने भन्दा पनि, विकृति अति सारो भो । महिनौँको दर थियोे, अब यो कुकुर नाच, यो त ठाडै धावा भयो, संस्कृति मास्ने पारो भो । हाम्रो कला संस्कृति, पश्चिमाको किन तारो भो ।
❤️वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ ।
चित्रपट पञ्चाङ्ग १३
वर्ष दिनको रमाइलो तिजमा रमाउँ सँगी हाे स्वरमा स्वर मिलाइ आउ हात समाउँ सँगी हाे परम्परा देखिनै चलि आएको हाम्राे परम्परा लगाउँ राताे सारी,चुरामा साथ जमाउँ सँगी हाे । संस्कृति जाेगाउँन सवैले नाम कमाउँ सँगी हाे
❤️उर्मिला के.शी., धनकुटा ।
चित्रपट पञ्चाङ्ग १४
रातो साडीमा छमछम नाँचीदेऊ मायालु कम्मरै लरक्क लरक्क भाँचिदेऊ मायालु समाजको लागि उदाहरण बन्नु छ हामी तिम्रो मनमा चोखो माया साँचिदेऊ मायालु दुनियाँको सामु हाँसेर बाँचिदेउऊ मायालु
❤️बुद्धिमान दनुवार, सुरुङ्गा ४ झापा ।
चित्रपट पञ्चाङ्ग १५
तिज मनाउँ छमछमी नाचेर सबैले। बारुले ती कम्मरलाई भाँचेर सबैले। दिदी बहिनीहरूले विकृति नै फैलाए, धर्म संस्कार र संकृती साँचेर सबैले। रहँनु पर्छ संस्कारमा बाँचेर सबैले।
❤️मल्ल लक्ष्मी श्रेष्ट,मेची किनार बिर्तामोड झापा ।
चित्रपट पञ्चाङ्ग १६
एउटाले अर्कोलाई व्यर्थै छुन नपरोस् सानो कुराले पूर्व पश्चिम हुन नपरोस् मौलिक परम्परा नबिर्सी पर्व मनाऔँ , तिजको समय कसैलाई रून नपरोस्। नुनिलो आँसुले गहहरू धुन नपरोस् ।
❤️ अरुण कु.भुजेल, गोरूबथान,कालेबुङ्ग,भारत।
चित्रपट पञ्चाङ्ग १७
अब हिन्दुहरुको महान चाड तिज पनि आयो रे भन्छन् । हुने खानेलाई चाड नहुनेलाई चाडले खायो रे भन्छन् प्राय आउँने हरेक चाड बाड संस्कृतिका पहिचान हुन, तर नेपाली हरेक चाडले पश्चिमी शैली पायो रे भन्छन्। आजभोलि त विभिन्न रसका गीत संगीत गायो रे भन्छन्
❤️दुर्गा आचार्य, मोरङ ।
चित्रपट पञ्चाङ्ग १८
व्रत बसी नाचेकी छ्यौ मुखमा खै फिँज छैन सबैको तिज आयो कसैकोमा क्यै चिज छैन हुने खानेले त मनाँए डकारेर गनाँए बोटै राखेनन् यसको अब कतै बिज छैन मर्म चाडको बुझेनन् हेर अब तिज छैन!
❤️पशपती राई, खोटाङ ।
चित्रपट पञ्चाङ्ग १९
दिदीलाई लिन मलाई भोलि जाउँ भन्नू भएको छ। दिदीले पनि भाई अब छिट्टै आउँ भन्नू भएको छ। वर्ष दिन भो भेट नभएको मेरी प्यारी दिदी संग, आमाले दिदीभाइसँगै दर खाउँ भन्नू भएको छ। नयाँ लुगा ल्याउछु तिमीहरू लाउँ भन्नु भएको छ।
❤️अनुप आचार्य, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २०
यसपालिको तिजमा माइती गएर दर खाउँला नि दिदीबहिनीहरु सबैजना मिलेर गीत गाउँला नि दुई दिनको जीन्दगानी हो हाम्रो रमाइलो गर्नुपर्छ खुसी बाँडेर एक अर्कोको माया र ममता पाउँला नि नाचगान गरेर रहर पुर्याएर घर जाउँला नि
❤️आर्मित्मा थापा मगर, स्याङ्जा ।
चित्रपट पञ्चाङ्ग २१
तिजमा चाडपर्व छोटो नबनोस् है चेलीबेटीको । परम्परा तिज मोटो नबनोस् है चेलीबेटीको । उत्साह उमङ्ग हो साना बच्चाहरूको लागि यो तिज , सत्य मायाको तिज खोटो नबनोस् है चेलीबेटीको यसपाली तिजमा फोटो नबोनोस् है चेलीबेटीको ।
❤️संगिता शर्मा, सिन्धुली ।
चित्रपट पञ्चाङ्ग २२
रातो सारी टिका लगाउ प्रिया। तीजको छनक जगाउ प्रिया। शुभकामना छ तीजको सबैमा, अस्वस्थ शरीर भगाउ प्रिय। सति सावित्री भै ठगाउ प्रिय।
उमेश कुशवाहा:-पर्साको बहुदरमाई नगरपालिका -८ हाल बीरगंज महानगरपालिका राधेमाई-१३ घर भएका ४ फिट ३ इन्च अग्लो,बर्ष उनइस (१९) का संदिप गिरी नाम गरेको बालक हराएको छन।
गहुगोरो हरियो कलरको ज्याकेट,कालो कलरको पाइंट, र कालो कलरको टी-शर्ट लगाएको यही साउन २६ गते देखी १७ दिन देखी बीरगंज महानगरपालिका-१३ राधेमाईबाट हराएको हुनाले कहि कतै देखनु हुने महानुभावले यही मीडिया वा तलको सम्पर्क नम्बरमा खबर गरीदिनु हुन बालकको आमा-बुवा, दाजु बहिनीले रूदै हार्दिक अनुरोध गर्नु भएको छन।
9845318736 , 9814293559
तपाइको सहयोगले परिवारमा खुसि आउन सक्छ । शेयर गर्नु होला।
बताइनु हुने ब्यातिलाई केहि जिन्सी समानको ब्यवस्था गरिएको बालकदाईले बताउनु भयो।
११ भदौ २०७९ ! साउदी अरब, वैदेशिक रोजगारीको सिलसिलमा सन् २०१० मा आइ बिगत ११ बर्ष लामो समयदेखि साउदी अरबको दम्माम स्थित एक अस्पतालमा उपचाररत रहेका नेपालका चण्डेश्वर मुखियालाई नेपाली दूतावास रियादको अथक प्रयास र सहयोगमा नेपाल पठाउन सफल भएको छ ।
२०१० मा साउदी आएका मुखिया सन् २०११ मा सडक दुर्घटना परि गम्भिर घाइते भएका र ११ वर्षदेखि दमामस्थित अल मौवासत अस्पतालमा उपचाररत रहेका थिए ।
साविक धनुषा जिल्ला बारामझिया गा.वि.स. वडा नं . ० ९ स्थायी ठेगाना भएका श्री चण्डेश्वर मुखिया ( राहदानी नं . ५३७३४०६ ) लाई नेपाल एयरलाइन्सको उडानबाट २६ अगष्ट २०२२ शुक्रबार का दिन नेपाल पठाइएको दूतावास रियादले जानकारी गराएको छ । सन् २०११ देखि अस्पतालमा उपचाररत रहेका श्री मुखियाको उपचार खर्च निजको स्वाथ्य वीमा कम्पनिले छोडेपछि पनि उनको कम्पनीले उपचार निरन्तर राखेको तर सडक दुर्घटनाबाट टाउकोमा गम्भिर चोट लागेका उनलाई धेरै लामो समयसम्म अस्पतालमा राखेर उपचार गराउँदा पनि स्वास्थ्य अवस्थामा खासै सुधार नआएपछि कम्पनीले उनको परिवारलाई केही आर्थिक सहयोग गरेर उनलाई नेपाल पठाउन चाहेको थियो । तर , परिवारले आफ्नो आर्थिक अवस्था निकै कमजोर रहेकोले उनलाई नेपालमा लगेर अस्पतालमा राख्न सक्ने अवस्था नरहेको जानकारी गरायो । कम्पनीले उनलाई नेपाल पठाउने व्यवस्था मिलाइदिन पटक पटक राजदूतावाससँग अनुरोध गरिरह्यो । परिवारले जिम्मा लिने सहमती नदिंदासम्म जबरजस्ती उनलाई नेपाल पठाउन नसकिएको र सन् २०१८ सम्म कम्पनी राजदूतावासको सम्पर्कमा थियो । सो पश्चात् , कम्पनीले साउदी अरबको श्रम कानून बमोजिम रोजगारदाताले पूरा गर्नुपर्ने सम्पूर्ण दायित्व पूरा गरेको , निज मुखियाको उपचारमा वीमाले कभर नगरेको धेरै ठूलो रकम समेत अस्पताललाई तिरेको , परिवारलाई केही आर्थिक सहयोग गर्छु भन्दा पनि बिरामी लिन नमानेकोले अब उप्रान्त आफूले निजको अस्पताल बसाईको खर्च जिम्मा लिन असमर्थ हुने व्यहोरा जानकारी गरायो । त्यसपश्चात , कम्पनी कहिल्यै सम्पर्कमा आएन । बिरामी अर्धचेत अवस्थामा रहेको हुंदा कसैले जिम्मा नलिंदासम्म अस्पतालले डिस्चार्ज पनि गर्न सकेन र परिवारले पनि निजको जिम्मा लिएन । यसबीचमा राजदूतावासले बिरामीको परिवारलाई मनाउने प्रयास गरिरह्यो । तर सफलता हासिल भएन । कम्पनी सम्पर्कमा आउन छोडेपछि के अस्पतालको विल पनि ४० लाख साउदी रियाल नाघिसकेको थियो । अस्पतालले निज मुखियाको अस्पतालको विल जिम्मा लिन र निजलाई नेपाल लैजानको लागि राजदूतावास समक्ष पटक पटक अनुरोध गयो । पछिल्लो समय राजदूत निज चण्डेश्वर मुखियाको अस्पतालको विल मिनाहाका लागि अस्पतालको उच्च व्यवस्थापनसँग नियोग प्रमुख स्वयं र दूतावासका अन्य कर्मचारीस्तरमा थुप्रै पटक आवश्यक बैठक एवम् छलफलहरू गयो । परिणामस्वरूप , अस्पतालले सम्पूर्ण विल मिनाहा गरिदिएर निज चण्डेश्वर मुखियालाई नेपाल लैजान सघाउने बचन दियो । राजदूतावासको पटक पटकको अनुरोधपछि परिवार पनि बिरामीको जिम्मा लिन राजी भयो । सो पश्चात् , राजदूतावासले बिरामीको आवश्यक कागजात तयार गर्नुका साथै उनको एक्जिट भाको लाग श्रम कार्यालय र अध्यागमन कार्यालयसँग समन्वय गऱ्यो साथै , नेपाल एयरलाइन्सको जहाजमा स्ट्रेटचर राख्ने व्यवस्था गर्न र स्ट्रेटचर बापतको खर्च वैदेशिक रोजगार बोर्डले व्यहोर्ने व्यवस्था गर्न नेपाल सरकारका सम्बन्धित निकाय र नेपाल एयरलाइन्ससँग निरन्तर पहल , सम्पर्क एवम् समन्वय गयो । अस्पतालले चण्डेश्वर मुखियाको उपचार , बेड र नर्सिङ केयर वापत तिर्न बाँकी रहेको सम्पूर्ण रकम मिनाहा गरिदिनुका साथै उनलाई दमामबाट रियाद एयरपोर्टसम्म उनीहरूकै एम्बुलेन्समा ल्याइदियो । निजलाई एकजना नर्ससहित स्ट्रेटचरमा राखेर नेपाल लैजाँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्यो ।
चण्डेश्वर मुखियालाई नेपाल लैजान सकिने वातावरण निर्माण गर्ने क्रममा दमामस्थित अल मौवासत अस्पतालले देखाएको अभूतपूर्व सदासयताको लागि विशेष आभार प्रकट गर्दै श्री मुखियालाई नेपाल पठाउने कार्यमा प्रत्यक्ष वा परोक्षरूपमा सहयोग गर्नुहुने सम्पूर्णमा दूतावास रियादले धन्यवाद ज्ञापन गरेको छ ।
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग ५ (पाँच ) ————————————-
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “ विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०५/०७ …………………………………………. प्रशिक्षक:- ———– गुणनिधि घिमिरे तोयानाथ सुवेदी
भाषा शुद्धीकरण:- ———— भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
सङ्कलक :- ———- सुशीला पौडेल & दुर्गा आचार्य
संयोजक:- ===== सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल । ======================
अभ्यास संरचना ————
पञ्चाङ्गको संरचना :- १४ अक्षर पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ । जस्तै :-
उठान गर्दा विषय वस्तु सँग सम्बन्धित हुनुपर्छ ।
आखिर तिमी आयौ दंग परि मसँग । [१] काम पारेर आयौ अघि सरि मसँग । [२] ——————————– तेस्रो लाइनले माथिको १,२ लाई बिस्तार गर्नु पर्छ
कति पीडा लुकाएर फुकाउन आयौ , [३] ———————————
१,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ
आँसु देखायौ दुबै आँखा भरी मसँग । [४] दिनरात रोएन धरधरी मसँग । [५]
उदाहरण पञ्चाङ्ग ———— आखिर तिमी आयौ दंग परी मसँग । काम पारेर आयौ अघि सरि मसँग कति पीडा लुकाएर फुकाउन आयौ , आँसु देखायौ दुबै आँखा भरी मसँग । दिनरात रोएर धरधरी मसँग ।
स्थायी:- ===== आफू खुसी ====================== पञ्चाङ्ग ०१
आकाशमाथि उडेको चरी हराएछ । उड्दा उड्दै अचानक झरी हराएछ । दया माया करूणा भाव छैन कसैमा, मलाई लाग्दैछ आज हरि हराएछ । भाग्य लेख्ने विधाताको खरी हराएछ ।
💢आर्त अकुलीन, कैलाली ।
✍️पञ्चाङ्ग ०२
तीजमा माइत जान बोलायो चरीले। पहिले जस्तै नरोक्ला भदौरे झरीले। तीजको बेला मै चेली फुरुक्क भएर फरिया पनि सजाएॅ टल्किने जरीले। यो तीज जसै मानिन्छ अनेक थरीले।
💢घनश्याम पौडेल, सृजना चोक पोखरा ।
✍️पञ्चाङ्ग ०३
तिमी मेरो संसारको सुन्दर परी हौ । बर्सात् हौ मायाप्रेमको साउने झरी हौ । कठिन छ माया मार्न तिमीलाई भुल्न, म हुँ कोरा पाटी त तिमी लेख्ने खरी हौ । तिमी दिलकी रानी स्वप्निल नगरी हौ ।
💢वसन्त अनुभव, घोराही, दाङ ।
✍️पञ्चाङ्ग ०४
कुहुकुहु कोइली चरी कता गयो खै? बनपाखा नै रुझ्ने झरी कता गयो खै? धेरै भयो खोजेको तिम्रो सुमधुरता , कहिले नआउने गरि कता गयो खै ? मेरो कोमल मनै हरि कता गयो खै?
💢पशपती राई, खोटाङ ।
✍️पञ्चाङ्ग ०५
उनलाई देख्दा स्वर्गको परि झैँ लाग्यो । स्वर्ग बाट धर्तीमा उनी झरी झैँ लाग्यो । आँखामा बिझाइ रहन्छ उन्कै तस्वीर , खै कुन्नी मलाई मोहनी गरि झैँ लाग्यो । मिठो मीठो कुराले मन भरी झैँ लाग्यो ।
💢बुद्धिमान दनुवार, सुरुङ्गा ४ झापा ।
✍️पञ्चाङ्ग ०६
तिमी सुन्दरी परि आयौ । आकाशबाट झरी आयौ। नतमस्तक छु खुसीले , माया र प्रेम भरी आयौ। विश्वास मेरो गरि आयौ ।
💢गुणनिधि घिमिरे, दमक ।
✍️पञ्चाङ्ग ०७
मन भाव बुझ्ने खालको चरी चाहियो । टारी खेत रोपाइँलाई झरी चाहियो । दयाका खानी प्रकृति भरमा जीवन , अकस्मात! बदल्न सक्ने परी चाहियो । क्षण मात्र नाँइ जीवन भरी चाहियो ।
💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
✍️पञ्चाङ्ग ०८
जीवन धान्न काेही बसाइँ सरी गए । देशको जनशक्ति समुद्र तरी गए । ढुङ्गा पाक्ने आस देखाइ नेता कुर्सीमा, बालाे, राेगी र वृद्ध बिचमा परी गए । भुँइ मान्छेका पुस्तौँ यस्तैमा मरी गए ।
💢भवानी घिमिरे, सर्लाही ।
✍️पञ्चाङ्ग ०९ [१] उड्दै छु म आज चरी बिच जंगलैमा। बसेको छु हाँगा भरी बिच जंगलैमा। चरी जन्म कर्म मैले लिएर नै आएँ, झरी पर्यो ठुलो गरि बिच जंगलैमा। जाउँ त्यो समुन्द्र तरी बिच जंगलैमा। [२] तिमी त अर्कैको जालमा परि आएछौ। माया देखाई छोडी जाने गरि आएछौ। यसरी झुठको खेती कहिल्यै नगर्नु, पिडा पर्दा सात समुन्द्र तरि आएछौ। ती आँखामा आँसुको बर्षा भरि आएछौ।
💢बेदु न्यौपाने, काठमाडौ 😘✍️
✍️पञ्चाङ्ग १०
यो साल दु:ख पनि परी परी आयो । बर्षायामको भेल जस्तै गरी आयो । पिर माथी पिर – नै थपिदै आउँछ , किन होला यस्तो जीवन भरी आयो। दु:खै दु:खमा मेरो भाग्य सरी आयो ।
💢आर्मित्मा थापा मगर, स्याङ्जा ।
✍️पञ्चाङ्ग ११
तिमी मेरो मनको झरि हौ भन्ने ठान्छु । आकाशमा रम्ने ती चरी हौ भन्ने ठान्छु । समयको खेल थाहा हुन्न कसैलाई , वैकुण्ठबाट झर्ने परी हौ भन्ने ठान्छु । सबैको दु:ख हर्ने हरि हौ भन्ने ठान्छु ।
💢संगिता शर्मा, सिन्धुली ।
✍️पञ्चाङ्ग १२
गुनासोमा रून्छे पिञ्जडाकी चरी हेर। दुःख नदेउ आफ्नै बुहारी परी हेर। मेरो छोरी पनि यस्तै हो भनी सोच है, आकाशको जुन हराँउछ घरी हेर। नयनमा आँसु तिम्रो भरी भरी हेर।
💢सुमित्रा पोखरेल, काठमाडौं ।
✍️पञ्चाङ्ग १३
गुन्द्री काम्लो साथमा दरि आयो मलाई । बसबस भनेर हरि आयो मलाई । आफ्नो माने संसार नै आफ्नै हुन्छ यहाँ , आकाशबाट वर्षे झरी आयो मलाई । बाचाउन नै अघि सरि आयो मलाई।
💢सीता कडेंल सापकोटा, भरतपुर चितवन ।
✍️पञ्चाङ्ग १४
तिमीबाट टाढा मन सरि गयाे हेर। मै अभागीलाई पीडा परि गयाे हेर। कहिल्यै पनि आएन सुखका ती दिन , अँखाबाट आँसु धारा झरी गयो हेर । तिमीसँग मन मेराे मरि गयाे हेर ।
💢मनिषा बिष्ट कटुवाल, मेचिनगर १५ फुलमासि।
✍️पञ्चाङ्ग १५
सुन्दर देखिएकी मायालु परी तिमी। राम्रो काम गर्नुपर्छ अघि सरी तिमी। हजारौं पीडा दबाएर नै हास्नु पर्छ, आँसु लुकाएर सधैँ आँखा भरी तिमी। भित्र भित्रै राेयाैँ किन धरधरी तिमी।
💢सहयात्री शोभा अर्याल, बुटवल ।
✍️पञ्चाङ्ग १६
भो उपहार मनमा झरी परेकोछ । हेर मायाको जालमा चरी परेकोछ। झुठको खेती एक त सबै थाहा हुन्छ, जोडेको यो सम्बन्धमा हरि परेकोछ। कहाँ पोख्ने मायालाई भरि परेकोछ।
आकाश माथि किन उड्छ चरी घुमेर । उस्तै छ मेघ पनि पार्छ झरी घुमेर । धर्ती हिलाे हुन गएपछि भिज्छ ज्यादै , जम्देै भरिन्छ जल त्यैँ जसरी घुमेर । हाेला नदी जल बहेर भरि घुमेर।
💢ताेयानाथ सुवेदी, काडाघारी,काठमाडौं ।
✍️पञ्चाङ्ग १९
तिमी त कतै माजालमा परि छौ रे ।! हुन्न भन्दा भन्दै अगाडि नै सरि छौ रे ! जाे आउँदा पनि सधैंनै तिम्रै हुँ भन्छ्यौ, पहिलेकाे केटा नपाएर मरि छौ रे ! काम फुत्केपछि त आँखा तरि छौ रे !
💢नवराज भट्ट, कञ्चनपुर ।
✍️पञ्चाङ्ग २०
चोट थियो कसै गरि मौन बसिरहें। चोट भयो तनै भरी मौन बसिरहें। आँसु लुकाउन धेरै नै कोसिस गरें, आँसु बग्यो खोला सरी मौन बसिरहें। रोयो बनमा नि चरी मौन बसिरहें।
💢शिखा खतिवडा, डुमर्वाना बारा ।
✍️पञ्चङ्ग २१
भगवान भए हरिले बुझेको राम्रो। अप्सराको अंश परिले बुझेको राम्रो। प्रत्यक्ष देखिदैन अदृश्यमै पुजन, लेख्ने पाटिलाई खरिले बुझेको राम्रो। एकल वनको चरीले बुझेको राम्रो।
💢दुर्गा निरौला, काठमाडौं ।
✍️पञ्चाङ्ग २२
आजभोलि नाच्ने नै भए चरि मिलेर। यादैबिना खप्ने भए नै झरि मिलेर। कसरी बिर्सने बिगतका कुराहरु , मौका पाएकी गरे मनपरि मिलेर। आँफैलाई नै फँसाएको धरि मिलेर।
💢अच्युत घिमिरे, भुटान ।
✍️पञ्चाङ्ग २३
कति तनाव हुन्छ झरी आएको बेला । पछाडि हट्ने छैन परि आएको बेला । दुश्मनै भएपनी कर्तव्य पूरा गर्छु , गहभरी आँसु नै भरी आएको बेला । मन बुझाउ कुरा गरि आएको बेला ।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली “
✍️पञ्चाङ्ग २४
मिठो गीत सुनाउने चरी हुनू तिमी दिल सिँच्न पिरतीकाे झरी हुनू तिमी मानवता हराएको स्वार्थी दुनियाँमा पर्दा दु:ख साथ दिने परी हुनू तिमी मेरालागि सधैँभरि हरि हुनू तिमी ।
काठमाडाैँ, १० भाद्र । चारु साहित्य प्रतिष्ठानकाे आयाेजनामा आज एक कार्यक्रम बिच नव काव्यिक विधाका दुई पुस्तकहरू लाेकार्पण भएका छन् । उक्त पुस्तकहरूको लोकार्पण प्रमुख अतिथि रामकृष्ण वान्तवा र अन्य विशिष्ट अतिथिहरूले संयुक्तरूपमा गरेका थिए ।
लोकार्पित हुने पुस्तकमा डा.देवी पन्थीद्वारा लिखित एवम् भुँडी पुराण प्रकाशनद्वारा प्रकाशित “गजलकाे सिद्धान्त र गजलकाे परिवर्तित स्वरुप चारु” तथा ताराप्रसाद चापागाईंद्वारा लिखित एवम् प्रकाशित “टुक्का कविता सङ्ग्रह” रहेका छन् ।
तीज विशेष कार्यक्रम अन्तर्गत स्रष्टा भेटघाटको अवसर पारेर काठमाण्डौँ बागबजार स्थित हाेटल हार्दिकको काव्य हलमा उक्त पुस्तकहरू लोकार्पण गरिएको थियो । उक्त कार्यक्रमको सह-आयोजकमा खाेरिया साहित्य सृजना र टुक्का साहित्य समाज, नेपाल रहेको थियोे ।
चारु प्रणेता डा.देवी पन्थीकाे सभापतित्व र वरिष्ठ साहित्यकार रामकृष्ण वान्तवाकाे प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समाजसेवीहरू कलानिधि दाहाल, युवराज नयाँघरे, उर्मिला पन्त पाण्डेय, गंगा कर्माचार्य पौडेल , माया पौडेल सुप्रभात भण्डारी , ध्रुवप्रसाद गजुरेल विशेष अतिथिको रूपमा उपस्थिति रहेको थियोे भने आमन्त्रित स्रष्टाहरुलाई खोरियाका प्रणेता जनार्दन अधिकारी धड्कनले स्वागत गरेका थिए ।
कार्यक्रममा अध्यक्ष डा.देवी पन्थीले नेपालमा प्रवर्तन भएका विभिन्न विधा तथा उपविधाहरू सङ्गठित भएर सहकार्य गर्दै अगाडि बढ्नु पर्ने कुरामा जाेड दिंदै यो उद्देश्य पूरा गर्न “आविष्करण नेपाल” नामको संस्था गठन भैसकेको बताए । कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण वान्तवाले “आविष्करण नेपाल” का मनाेनित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।
प्रमुख अतिथि रामकृष्ण वान्तवाले गजलको विकल्पमा प्रयोगमा ल्याइएको चारुलाई नदी र समुन्द्रको पानीबाट बनेको बादलसँग तुलना गर्दै चारु रूपी बादलबाट संसारभरि पानी वर्षिने र चारु संसारभर फैलने जानकारी गराए । उनले चारुको लोकप्रियता नेपाल, भारत लगायत विश्वका अनेक देशमा दिनदिनै बढ्दै गरेको र यसबाट नेपाली साहित्यकार पनि साहित्यमा नयाँ प्रयोग गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह विश्वभर भएको बताए । उनले चारु, खोरिया, टुक्का कविता, उदक, एलाक, सन्देश, पञ्चाङ्ग, बाछिटा आदि नव विधाको उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।
कार्यक्रममा उपस्थित प्रतिनिधि स्रष्टाले चारु, खोरिया, टुक्का, एलाक, पञ्चाङ्ग, उदक, सन्देश , तीज गीत प्रस्तुत गरेका थिए। टुक्का कविताका प्रणेता ताराप्रसाद चापागाईंले सहयोगी संस्था प्याब्सन र अन्य सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रमको अन्त्यमा चारु प्रतिष्ठानको तर्फबाट तीज भोजको आयोजना गरिएको थियो । कार्यक्रमको सञ्चालन सन्देशका प्रवर्तक ध्रुवप्रसाद गजुरेलले गरेका थिए ।