काठमाडौँ। नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको भेटमा राजदूत युुसुुफले सभामुख सापकोटालाई बधाई दिँदै सफल कार्यकालको शुुभकामना व्यक्त गरे।
सभामुख सापकोटाले ४२ बर्षदेखि नेपाल र कतारबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै यस्ता भेटले सम्बन्धथप सुुदृढ हुने विश्वास व्यक्त गरे। उनले भ्रमण बर्ष २०२० मा सहयोग गर्ने कतारको प्रतिबद्धताप्रति धन्यवाद पनि ज्ञापन गरे।
सभामुखले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुुटबलको सफलताको शुभकामना व्यक्त गरे। उनले विश्वव्यापी रुपमा देखिएका जलवायु परिवर्तन लगायतका समस्या समाधनका लागि नेपाल र कतारले संयुक्त रुपमा पहलकदमी लिनुुपर्ने बताए।
भेटमा राजदूत युुसुफले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुुटबलको तयारीमा कतारमा कार्यरत नेपाली श्रमिकले ठूलो योगदान गरिरहेको बताए। उनले नेपाली बिमानस्थलमा पार्किङको अभावका कारण कतार एयरलाइन्सले घाटा बेहोर्नुपरेको जानकारी गराउँदै यहाँको एयरपोर्ट सुधारमा सहयोगगर्न कतार तयार रहेको बताए।
राजदूत युसुफले नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई आवश्यकता अनुसार अद्यावधिक गर्न कतार तत्पर रहेको बताए। उनले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
“हामीलेनेपालमा क्रिकेट रंगशाला निर्माणमा पनि सहयोग गर्न चाहेका छौं”, राजदूत युुसुुफले भने।
साभार: डी सी नेपाल
तिन हप्ता पहिले मात्र ३१ जनवरीमा आफ्नो दोस्रो वाषिर्क उत्सव मनाएको एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदीले लगत्तै खेलाडी र खेल प्रेमी युवाहरु लाई मध्यनजर गर्दै २१ फेब्रुअरीमा भलिबल प्रतियोगिता आयोजना गरेको थियोे।
उक्त वाषिर्कोत्सव कार्येक्रममा सस्थाका माहासचिव पूर्ण सुनारले ब्यक्तिगत पारिवारिक समस्या समाधानका लागि प्रवाश लागेको तर समयले शिर्षक परिवर्तन (Time Turn To Topic) गरि राष्ट्रिय घर बनाउने कोशिस गर्दै गर्दा यहाँ सम्म आइपुगेको भन्दै सुरुवात गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि माहामहिम डाक्टर महेन्द्र प्रसाद सिंह राजपुतले, विश्वकर्माको मात्र नभई सिङ्गो नेपालको एकीकृत हो भन्नुभएको थियो।
उक्त कार्येक्रममा महासचिब पूर्ण सुनारले आगामी दिन हरुमा प्रवासमा रहदै आउनुभएका सबै दजुभाइ लाइ जोड्ने अर्को कडी खेलकुद रहेकोले आउदा दिनहरुमा यो क्षेत्रलाई बढवा दिने सस्थाको उद्देस्य रहेको जानकारी दिनुभएको थियो त्यसै उदेश्य अनुरुप दमाम खोबर र जुबेलका युवाहरूलाई मध्यनजर गर्दै २१ फेब्रुअरीमा खोबरको मेयक कम्पाउन्डमा गरेको भलिबल प्रतियोगितामा साउदी स्थित तीन वटै प्रान्तका खेलाडीहरुले सहभागीता जनायका थिए। एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजका खेलकुद तथा युवा समयोजक रबि रसाइलीले व्यवस्थापन गरेको प्रतियोगितामा आयोजक सहित जम्मा दश टिमले भाग लियका थिय।
सहभागी तिमहरु: १.एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदी (आयोजक) २.कास्की भदौरे ३.लुलु स्पोर्ट्स ४.खड्का बन्धु टिम ५.तनहुँ टिम ६.कास्की पोखरा ७.लाङघाली VS ८.मोरङ टाइगर ९.एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज बि १०.साउदी क्यटिरिङ उक्त प्रतियोगितामा गैर आवासीय नेपाली संघका NRNA राष्ट्रिय समन्वय परिषद NCCका माहासचिब श्री उमेश भट्टराई, किँरात राई आयोख्याका अध्यक्ष श्री चित्र कुमार राई, मगर संघ साउदीका प्रमुख सल्लाहकार प्रेम सिङ्जालि, खोबर LCC का अध्यक्ष श्री बिष्णु भण्डारी लगायत सयौं दशर्कको उपस्थिति रहेको थियो।
एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदीले आयोजना गरेको भलिबल प्रतियोगितामा तनहुँ स्पोर्ट्स प्रथम भएको थियो भने कास्की भदौरे द्वितृय र एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदी तृतीय भएको थियो। उक्त प्रतियोगितामा बिजय खेलाडीहरुलाई सस्थाका अध्यक्ष श्री अर्जुन विश्वकर्मा समयोजक सन्तोष सुनार आजीवन सदस्य मुकुन्द सुनार प्रेम विश्वकर्मा मगर संघ साउदीका प्रमुख सल्लाहकार प्रेम सिङ्जालीबाट नगद पुरस्करका साथै प्रमाणपत्र प्रदान गरिएको थियोे। प्रथम पुरस्कार तनहुँ स्पोर्ट्सका ब्यबस्थापक कमल गुरुङलाई हस्तान्तरण गरिएको थियोे भने वेस्ट अफ शुटर बिनोद पुनले प्राप्त गरेका थिय, साथै अनुशासनमा हिक्मत गुरुङले प्राप्त गरेका थिए। पुरस्कार वितरणलाई सम्बोधन गर्दै सस्थाका महासचिव पूर्ण सुनारले मानव जीवनमा युवा अवस्था अतिनै खेल प्रेमी हुने हुँदा यो प्रतियोगिता राखेको खेलमा विजय र पराजय स्वभाविक हुन्छ र यो जीत तनहुँ स्पोर्ट्स को मात्र नभई सम्पूर्ण नेपाली युवाको भएको बताउनु भयको थियो।
वसन्त अनुभव दाङ, २०७६ फागुन ११ / घोराही उपमहानगरपालिकाको आयोजनामा भएको १२औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीताको उपाधी पद्मोदय पब्लिक नमूना माबि भरतपुरले हात पारेको छ ।
१० स्वर्ण, ४ रजत र ५ कास्यसहित १९ पदक हात पार्दै पद्मोदय माबि भरतपुर घोराही दाङले उपाधी हात पारेको हो । त्यसैगरी, १८ पदक हात पार्दै गोर्खा मावि घोराही दाङ दोस्रो भएको छ । गोर्खाले ८ स्वर्ण, ६ रजत र ४ कास्य जितेको हो ।
त्यसैगरी, नेपाल पुलिस स्कुल घोराही दाङले ५ स्वर्ण ८ रजत र ६ कास्य गरि १९ पदक प्राप्त गर्दै तेस्रो भएको छ ।
यसैगरी, ज्ञानसिन्धु कलेज घोराही दाङले २ स्वर्ण र एक रजत गरि ३ पदक जित्दै सान्त्वना भएको प्रतियोगिता सचिवालय संयोजक बालकृष्ण शाहले जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेको अध्यक्षता एवं प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यता तथा घोराही उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक भरतमणि आर्याल र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको बिशिष्ठ आतिथ्यतामा आज प्रतियोगिताको समापन गरिएको थियो। सोसल मिडियामा शेयर
कपिलवस्तु – महालक्ष्मी बिकास बैक पकडीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न सामाजिक कार्य गर्दे आएको छ । सो कार्यालय निरन्तरता दिदै वैंकको पकडी शाखाले जिल्लाको शुध्दोधन गाउँपालिका वडा नंम्बर २ स्थित श्री माध्यमिक विद्यालय श्रीनगर (धतुरगढ)को ३० औं वार्षिक उत्सवको अवसरमा विद्यालयमा अध्यनगर्दे आएको विद्यार्थीलाई झुला १ थान , चिप्लेटी १ थान निर्माण गरी गाउँपालिका अध्यक्ष निसार अहमद खान मार्फत विधालयको प्रध्यानाध्यापक अनिरुध श्रीवास्तवलाई हस्तान्तरण गरिएको छ । फागुन ७ गते बुधवार बिद्यालयको ३०औं बार्षिक उत्सबमा बैंकद्वारा आयोजित हस्तान्तरण कार्यक्रममा गाउपालिका अध्यक्ष श्री निसार अहमद खान , उपाध्यक्ष सुधादेबी पाण्डेय , सांसद सहषराम यादब, बिद्यालयका प्रधानअध्यापक, कर्मचारी, समाजसेवी, अभिभावक, लगायतको उपस्थिति रहेको थियो । महालक्ष्मी बिकास बैक पकडी शाखा प्रमुख दिपेश्वर अर्यालले सहयोग सामग्री हस्तान्तरण गर्दै शिक्षाको बिकासमा सबैको सहभागिता आवश्यक रहेको बताए । बैंकको सहयोगले बिधालयमा अध्ययनरत छात्र छात्रा तथा अभिभावकहरुमा खुसी हुनुभएको साथै आगामि दिनमा समेत बैंकले यस क्षेत्रमा यस्तै किसिमका सामाजिक कार्यहरु निरन्तर रुपमा गरिरहने बताए ।
(कपिलवस्तु /पकडी) जिल्लाको मायादेबी गाउँपालिकाले आयोजना गरेको दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगी सम्पन्न भएको छ । माघ २९ देखी फागुन ३ गते सम्मा सञ्चालन हुँदै आएको प्रतियोगीताका प्रमुख अतिथि प्रदेश नंम्बर ५ को सांसद सहषराम यादव र मायादेबी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी , उपाध्याय गिता तिवारी , प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थी , वडा नंम्बर ५ का अध्यक्ष पप्पू पांडेयले संयुक्त रूपमा उद्घाटन गरेको थिए । कपिलवस्तुको ऐतिहासलाई एवं पर्यटकीय ठाऊँको रुपमा पहिचान हुँदै आएको सिसहनियाकोटमा आयोजना गरिएको गाउँपालिका स्तारिय दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता पालिका भित्रको ७ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको थियो । सो प्रतियोगीतामा भलिबल , कपर्दी , दौड लगायत एथलेटिक्स अन्तर्गतका सबै खेल खेलाईएको थियो । श्री क्षत्र पाली तीर्थदेबी माध्यमिक विधालय पकडी प्रथम , श्री मुनेश्वार माध्यमिक बिधालय बहारवासी दितीय , श्री जनता माध्यमिक विधालय बालूहवा तृतीय , र श्री लाइट अफ एसिया बोर्डिङ स्कूल बर्रोहीयाले सान्त्वना स्थान प्राप्त गरेको थिए । आजको कार्यक्रममा पूर्व मन्त्री दानबहादुर चौधरी सांसद सहषराम यादव , गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले विजेता खिलाड़ीलाई सम्मान तथा पुरस्कार बितरण गरेको थिए । समापन कार्यक्रममा पूर्व मन्त्री दानबहादुर चौधरीको प्रमुख आतिथ्य , गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीको अध्यक्षता , सांसद सहषराम यादवको विशिष्ट आतिथ्य , छत्रपाली तीर्थदेबी माध्यमिक विधालय व्यवस्थापन समिति अध्यक्ष मधुसुदन चौधरी , नरेन्द्र प्रसाद चौधरी , अर्जुन चौधरी , रामनेवास चौहान लगायतको उपस्थित रहेको थियो ।
ईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई पराजित गरेको छ । बुधवार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपाली ब्याट्स्म्यानले ५ ओभर २ बलमा मात्र २ विकेटको क्षतिमा भेट्टाए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकालाई नेपाली स्पिनहरूले १२ ओभरमा ३५ रनमा अलआउट गरे अमेरिकाका लागि जेभियर मार्सलले सर्वाधिक १६ रन जोडे भने अन्य ब्याट्स्म्यानले दोहोरो अंक बनाउन सकेनन् । नेपालका सन्दीप लामिछाने एक्लैले ६ विकेट लिए । ६ ओभर बलिङ गरेका सन्दीपले १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिए । यसैगरी सुसन भारीले ४ विकेट लिए । लोकान्ततर.कम बाट
काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिका ३५ रनमै अलआउट भएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो ।
नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले चार विकेट लिए ।
धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा चितवनको रामपुर छेवैमा निर्माणधिन गौतम बुद्ध क्रिकेट रंगशालाको सहयोगार्थ सञ्चालन गरिएको धन धान्यान्चल महोत्सवमा अन्य दिनको दाँजोमा शनिबार बेग्लै माहोल बन्यो ।
रंगशाला निर्माणका लागि निर्माणाधिन परिसरभित्रै गरिएको महोत्सवमा प्रशिद्ध प्रवचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिइरहेका थिए । प्रवचन स्थलमा हजारौ हिन्दु धर्मावलम्बीहरु उनको प्रवचनमा ध्यानमुग्द थिए ।
तर एकैछिनमा माहोल फेरियो । हातमा ‘गोरखा बजार मुस्लिम समाज’ लेखिएको ब्यानर बोकेर ८/१० जनाको समुह प्रवचन स्थलमा प्रवेश गर्दा केहि समय तालीको बर्षात नै भयो । गेटबाट मुस्लिम समुदायको समुह प्रवेश गरेको देखेर प्रवचन गरिरहेका पण्डित पोखरेलले प्रवचन नै रोके र भन्न थाले ‘वाह हाम्रो असली समाज त यो हो नि ।’
ब्यानर बोकेर अघि बढिरहेको मुस्लिम समुदायको समुहलाई मञ्चमा बसिरहेका सिताराम कट्टेल (धुर्मस) र कुञ्जना घिमिरे (सुन्तली) ले गेटसम्मै गएर स्वागत मात्रै गरेनन् सबैसंग अंकमाल पनि गरे । त्यतिबेलासम्म हलभित्र रहेका हजारौले मुस्लिम समुहलाई तालीले स्वागत गरिरहेका थिए ।
मञ्चबाट पण्डित पोखरेलले भनिरहेका थिए ‘मेरो बाल्यकालमा सबै भन्दा मिल्ने साथी मुस्लिम हो उहाँलाइ आज यहाँ देख्दा मन हर्षित भइरहेको छ, स्वागत छ मेरा मित्रलाई ।’ उनले संकेत गरिरहेका थिए गोरखा बजारका मोहम्मद कलाम मियाँ (काजी) लाई । जो पण्डित पोखरेलसंगै पढेका मात्रै थिएनन, बाल्यकालका सबैभन्दा नजिकका साथी समेत थिए ।
श्रृंखला यतिमा मात्रै सिमित बनेन । मञ्चमा पुगे लगत्तै धुर्मसले मुस्लिम समुदायका जमिल मियाँसंग आफुले लगाएको टोपी नै साटे । ढाका टोपी लगाएका धुर्मुसले मियाँसंग सेतो बिर्खे (इस्लामिक) टोपीसंग टाउको जोडेरै साटासाट गर्दा महोत्सव स्थल भित्र र बाहिर समेत हजारौबाट तालीको बर्षा भयो ।
त्यतिबेला पण्डित पोखरेल मञ्चबाट उद्घोष गरिरहेका थिए ‘नेपाललाई चार जात छत्तिस वर्णको फुलबारी त्यसै भनिएको होइन, हाम्रो पहिचान यहि हो, हाम्रो मेलमिलाप, सद्भाव र सम्बन्धले विश्वमा नेपाल अलग पहिचान बोकेको छ’ उनले फेरी थपे ‘सम्मान छ उहाँहरुलाई, यो हो हाम्रो असली पहिचान र सम्पत्ती हो, सधैभर यस्तै प्रगाढ सम्बन्ध कायम रहोस् मेरो यहि कामना ।’
केहि बेर त महोत्सव स्थलमा सेल्फी खिच्नेको भिंड समेत लाग्यो । यसै यसै सन्दर्भमा मुस्लिम समुदायले रंगशाला निर्माणका लागि नगद २० हजार १ सय सहयोग समेत गरे । ‘रंगशला हाम्रो साझा सम्पत्ती हो, सबै मिलेर बनाउनुको विकल्प छैन’ मोहम्मद कलाम मियाँले भने ‘यो पहिलो प्रयास हो, रंगशाला बनाउन आगामी दिनमा गोरखाका सबै मस्जिदबाट चन्दा उठाएर पठाउछौ ।’
धार्मिक सद्भाव अझै बढ्यो ः धुर्मस विभिन्न धर्म र संस्कृतिको सहभागिताले धार्मिक सद्भाव र एकता बढाउँदै गएको महायज्ञ आयोजक समितिका पदाधिकारीहरु बताउँछन् ।
महायज्ञ मूल समारोह समितिका संयोजक प्रदेश सांसद विजय सुवेदीले हरेक दिन विभिन्न धर्म र जातजातिका मानिसहरु रंगशाला महायज्ञमा दान दिन आउनाले राष्ट्रिय एकता र जातीय सद्भावलाई बलियो बनाएको बताउछन् ।
गौतम बुद्धको नाममा बन्दै गरेको रंगशालामा हिन्दु, मुस्लिम, बौद्ध, इसाइ लगायत सबै धर्मावलम्बीहरुबाट सहयोग प्राप्त हुनुले मेलमिलाप र सद्भाव उचाईमा पुगेको आयोजक बताउछ ।
महायज्ञमा जो कोही समूह आए पनि मञ्चमै लगेर सम्मान गर्नाले छुवाछुत र जातीय विभेद पनि हट्दै गएको देखिन्छ । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ भन्छन् ‘असली पहिचान भनेकै यहि हो, राष्ट्रिय एकता र मेलमिलापको यो नमुना हो, यसले धार्मिक सद्भावलाई उचाईमा पु¥याएको अनुभुत भएको छ ।’
रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी ८ दिनसम्म धनधान्याचल महोत्सव भएको थियो । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ । सिभिलखबर.कम बाट साभर
बार्सिलोना– उपाधि दाबेदार बार्सिलोनाले ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा जित निकाले पनि शीर्ष स्थानमा पुग्न सफल भएन।
बार्सिलोनाले रियल बेटिसलाई ३–२ को गोलअन्तरले हराए पनि शीर्षको दौडमा असफल रह्यो।
बेटिसको घरेलु मैदान बेनिटो भिल्लामरिनमा सम्पन्न खेलको पहिलो हाफमा २–२ गोलको बाराबरी भएको थियो।
बेटिसका लागि सर्जियो कानालेसले ६ मिनेटमै गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए। बेटिसको अग्रतालाई बार्सिलोनाले धेरै समय टिक्न दिएन। उसका फ्रेन्की डे जोनले ९ औं मिनेटमै गोल फर्काए। बार्सिलोनाको सो गोलसँगै बराबरीमा आएको खेलको २६ औं मिनेटमा बेरिटसले पुनः अग्रता लिएको थियो।
नाबी फेकिरले बेटिसका लागि दोस्रो गोल गरे। बेटिसले अग्रता बनाएको पहिलो हाफको इन्ज्युरी समयमा सर्जियो बस्क्वेट्सले गोल गरेपछि खेल बराबरीमा आएको थियो।
त्यसैले, पहिलो हाफ २–२ गोलको बराबरीमा सकियो। दोस्रो हाफमा बार्सिलोनाका सिइमेन्ट लेन्गेटले गोल गरेपछि बार्सिलोनाले जित निकालेको थियो। ७२औं मिनेटमा भएको उक्त गोल खेलको अन्तिम गोलसमत बन्यो।
जितसँगै बार्सिलोनाको ४९ अंक भएको छ। उसको २३ खेलमा १४ जित र ४ बराबरीका साथ ४९ अंक भएको हो। साविक विजेता बार्सिलोनाले जित निकाले पनि तालिकाको शीर्ष स्थानमा उक्लन सकेन। समान २३ खेल खेलेको रियल मड्रिड ५२ अंकका साथ शीर्षस्थानमा छ।
रियल मड्रिडको सानदार जित
ला लिगाकै अर्को खेलमा रियल मड्रिडले ओसासुना माथि ४–१ गोलको सानदार जित निकालेको छ।
रियलका लागि इस्को फ्रान्सिस्को, सर्जियो रामोस, लुकार भाज्वेज र लुका जोभिनकले गोल गरेका थिए। उनीहरूले क्रमशः ३३, ३८, ८४ र इन्जुरी समयमा गोल गरेका थिए।
रियलको प्रस्पिर्धी ओसासुनले १४ औं मिनेटमै पहिलो गोल गरेका थिए। तर, सुरुवाती अग्रतालाई जोगाउन नसक्दा ओसासुना हारको सिकार भएको हो।
रियलले भने यो खेलमा १५ औं जित निकालेको हो। उसले ७ बराबरी र एक खेलमा हारको सामना गर्दै ५२ अंक बनाएर तालिकाको शीर्ष स्थानमा पकड बनाएको हो। एजेन्सी (नेपालसमय.कम)