–वसन्त अनुभव- घोराही, २५ माघ घोराही उपमहानगरपालिकाले आयोजना गरेको तेस्रो मेयर कप रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएको वडा नम्बर १८ का खेलाडीहरुलाई वडा कार्यालयले सम्मान गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरि वडा कार्यालयले खेलाडी, प्रतिक्षक तथा टिम व्यबस्थापक गरि २३ जनालाई सम्मान गरेको हो । वडा अध्यक्ष भरतमणि आर्यालयको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले खेल क्षेत्रलाई सामाजिक विकासको अंगकारुपमा लिनुपर्ने बताएका छन् ।
खेल क्षेत्रबाट अनुशासन सँगै आत्मीयता बढाउन सकिने भन्दै सरकारले खेल क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिएका छन् । वडा अध्यक्ष अर्यालले खेलाडीहरुको उत्साह र खेलको संरक्षणका लागि आबस्यक निति र योजनाहरु वडा हुदै नगरले समेत प्राथमिकतामा राखेको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डे, वडा नम्बर ९ का अध्यक्ष मानवहादुर बस्नेत, नेकपाका जिल्ला सदस्य मानवहादुर विक, नेकपा घोराही १८ अध्यक्ष अन्जनकुमार पौडेल, नेपाली कांग्रेसका धर्म हमाल, टोल विकास संस्थाका मिनराज गौतम लगाएतकाले खेल क्षेत्र पनि सामाजिक विकासको आधार भएको बताउनुभयो ।
वडा सदस्य कृष्णबहादुर घर्तीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण वडा सदस्य बुद्धीप्रकास चौधरीले गर्नुभएको थियो । नगरका १९ वटै वडाबाट प्रतिनिधीत्व गरेका खेलाडीहरु बिच चालु आर्थिक बर्षको खेलमा वडा नम्बर १८ का खेलाडीहरुले मेयर कपको उपाधी जितेका हुन् । सोसल मिडियामा शेयर
२५ माघ, काठमाडौं । नेपाली खेलाडी कुशल मल्ल ओडीआई क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी बनेका छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट ओडीआईमा डेब्यु गरेका कुशल मल्लले सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
उनले १५ वर्ष ३ सय ४० दिनमा अर्धसतकीय इनिङ खेल्दै कीर्तिमान बनाएका हुन् । कुशलले नेपालकै रोहितकुमार पौडेलको कीर्तिमान तोडेका हुन् । उनी अमेरिकाविरुद्ध रोहितकै स्थानमा पहिलो रोजाइमा पर्दै खेलेका थिए । अमेरिकाविरुद्ध कुशलले ४९ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए ।
यसअघि गत वर्ष युनाइटेड अरब इमिरेट्स यूएईसँगको शृङ्खलामा नेपालका रोहितकुमार पौडेलले १६ वर्ष १ सय ४६ दिन उमेरमा अर्धशतक प्रहार गर्दै कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका थिए । नेपाली खेलाडी पौडेलको कीर्तिमानी कुशलले तोडिदिएका छन् ।
जारी खेलमा उनी ५१ बलमा ५० रन बनाएर आउट भएका छन् ।
सन् २०१९ मा सिंगापुरमा भएको नेपाल, सिंगापुर र जिम्मबाबेबीचको त्रिकोणात्मक ट्वान्टी–२० सिरिजमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।
घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनी विश्वकप लिग २ को टोलीमा अभ्यासमा बोलाएका थिए। बन्द प्रशिक्षणमा राम्रो गरेका कुशल अमेरिकासँगको महत्त्वपूर्ण खेलमा टोलीमा अटाएका हुन् ।
७ फेब्रुअरी २०२० शुक्रबारका दिन गन्तब्य स्पोर्टिङ क्लब र ईस्लामिक सेण्टर अनैजाको संयुक्त आयोजनामा भएको मैत्रीपुर्ण फुटबल प्रतियोगिता मा गन्तव्य स्पोर्टिङ क्लब पहिलो र बुरैदा नेपाली फुटबल क्लबले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । साउदी अरबको अनैजा स्थित एक स्त्राह मकर अल बयान अल सबाबी अल मुबारकिय नजिकै रहेको खेल मैदानमा भएको उक्त प्रतियोगितामा ६ टिमको सहभागी रहेको थियो । खेेलको फाइनलमा गन्तव्य स्पोर्टिङ क्लब र बुरैदा नेपाली फुटबल क्लबले फाइनल खेल खेलेको थियो । उक्त खेलमा ३-३ गोलमा बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा गन्तव्य स्पोर्टिङ क्लबले ३ र बुरैदा नेपाली फुटबल क्लबले २ गोल गरेपछि गन्तव्य स्पोर्टिङ क्लबले पहिलो स्थान र बुरैदा नेपाली फुटबल क्लबले दोस्रो स्थान हासिल गरेको थियो ।
उक्त प्रतियोगितामा बुरैदा नेपाली फुटबल क्लबका खेलाडी फरवार्डर बिनोद खड्काले ६ गोल गरि उत्कृष्ट गोलकर्ताको ट्रफी जित्न सफल भए ।
प्रतियोगितामा बिजेता र उपबिजेतालाइ आयोजकले बधाई दिदै ट्रफी पुरस्कार प्रदान गरेका थिए ।
नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा यही माघ २३ गते काठमाडौँ–पोखरा मोटर र्याली आयोजना हुने भएको छ । भ्रमण वर्षमा मुलुकको आन्तरिक पर्यटन प्रवद्र्धन तथा क्यान्सर रोगबारे जनचेतना फैलाउने उद्देश्यले सातौँ अमेजिङ मोटर -याली आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
केजीएच फाउन्डेसन र रोटरी क्लब अफ काठमाडौँको सहयोगमा उक्त -याली आयोजना गर्न लागिएको हो । नेपाल पर्यटन बोर्डबाट शुरू हुने -याली साँझ पोखरा पुगेर समापन हुनेछ ।
र्यालीमा ४५ वटा गाडीको सहभागिता रहने र्यालीका संयोजक दिवाकर राजकर्णीकारले जानकारी दिनुभयो । र्याली मा सहभागी हुन रु १२ हजार शुल्क लाग्नेछ भने गाडीमा चार जना व्यक्तिभन्दा बढी बस्न पाइने छैन । सहभागीको गाडीमा ‘ट्र्याकिङ डिभाइस’ जडान गरी ‘स्पिड’ जाँच गरिन्छ । गाडीको ८५ किलोमिटरभन्दा बढी स्पिड भएमा प्रतियोगिताबाट बाहिरिनुपर्ने जनाइएको छ ।
र्यालीको कार्यक्रम सकेपछि भोलिपल्ट रोटरी क्लबले सराङकोटमा रहेको जनजागृति विद्यालयमा स्वास्थ्य शिविर आयोजना गर्नेछ भने विद्यार्थीलाई झोला तथा स्कुलमा स्टेसनरी वितरणसमेत गर्नेछ । आयोजकका अनुसारर्यालीमा सहभागी प्रथम, द्वितीय र तृतीय हुनेलाई उचित पुरस्कार दिइनेछ । प्रथम हुनेलाई कतार एयरले एउटा हवाई टिकट, द्वितीय र तृतीयलाई बुद्व एयरको माउन्टेन उडानको टिकट दिइनेछ । रातोपाटी.कमबाट
काठमाडौं – अहिले चितवनको भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य धमाधम भइरहेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको यस रङ्गशालालाई देश तथा विदेशबाट धेरै मानिसहरुले आर्थिक सहयोग गरिरहेका छन् । रङ्गशालाको निर्माणको लागी आजदेखि महायज्ञ पनि लगाइएको छ ।
रङ्गशालालाई सहयोग आउनेक्रममा नेपालका चर्चित क्रिकेट खेलाडी सन्दिप लामिछानेले पनि रङ्गशालालाई आर्थिक सहयोग गर्ने भएका छन् । उनले अमेरिका र ओमान बीचको सिरिजमा लिने प्रत्येक विकेटको ८ हजार ८ सय ४८ रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माण अभियानका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।
बाइस बिघा १६ कट्ठा जग्गामा निर्माण हुन लागेको उक्त रङ्गशाला नेपालकै सबैभन्दा उत्कृष्ट रङ्गशाला बन्ने अपेक्षा गरिएको छ । यस रङ्गशालामा ३० हजार मानिस बसेर खेल अवलोकन गर्न मिल्ने गरी बनाउन लागिएको छ । क्यानडानेपाल.कम बाट
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि नेपाली राष्ट्रिय टिमका स्टार बलर सन्दीप लामिछानेले सहयोग रकम घोषणा गरेका छन्।
सन्दीपले आगामी माघ २२ गतेदेखि अमेरिका र ओमानविरुद्ध हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा आफूले लिने प्रत्येक विकेटमा सहयोग गर्ने भएका छन्। सन्दीपले अमेरिका र ओमानविरुद्ध हुने खेलमा आफूले लिने एक विकेटको ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने बताएका हुन्।
कीर्तिपुरस्थित त्रिवि मैदान हुने सिरिजमा नेपालले अमेरिका र ओमानसँग २-२ एकदिवसीय खेल गरी ४ खेल खेल्दैछ।
नेपालले एकदिवसीय मान्यता पाएपछि पहिलो पटक घरेलु मैदानमा खेल्न लागेको हो।
आइसिसी विश्वकप २०२३ को छनोटअन्तर्गतको आइसिसी विश्वकप लिग-२ मा नेपालले आफ्नो पहिलो सिरिज खेल्न लागेको थियो।
१६ माघ, काठमाडौं । क्रिकेटर सोमपाल कामीले बिहीबार धनगढी की प्रतिभा घिमिरेसँग विवाह भएका छन् । चोटका कारण राष्ट्रिय टिमबाट बाहिर रहेका बेला सोमपालले केही वर्षयताको आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
उनी काठमाडौंमा हुने आईसीसी विश्व क्रिकेट लिग २ खेल्ने टिममा सोमपाल छैनन् । धनगढीमा क्रिकेट खेल्न जाँदा उनीहरुको भेट भई प्रेम सम्बन्ध सुरु भएको थियो ।
काठमाडौं । क्रिस्टोफर हेनरी गेल (क्रिस गेल)ले नेपालमा क्रिकेट खेल्ने भएका छन् । वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान अनि टि-२० का लिजेण्ड गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका हुन् ।
उनले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । बिहिबार पोखरा राइनोजले पत्रकार सम्मेलन गर्दै गेलले खेल्ने जानकारी गराएको हो ।
गत सिजन पोखराबाट दक्षिण अफ्रिकाका रिचर्ड लेभीले खेलेका थिए । यसअघि नै भैरहवा ग्लाडिएटर्सले वेष्ट इन्डिजका ड्वाने स्मिथलाई अनुबन्ध गरिसकेको छ ।
यस्तै साविक विजेता ललितपुर प्याट्रिओट्सले श्रीलंकन उपुल थरंगा र चितवन टाईगर्सले अफगानिस्ताका मोहमद शाहजादलाई अनुबन्ध गरिसकेको छ ।
ईपीएलको सफलताले गर्दा नै क्रिस गेललाई अनुबन्ध गर्न सफल भएको पोखरा राइनोजका मालिक दीपा अग्रवालले बताइन् । यो सारा नेपालीको लागि खुशीको कुरा भएको उनको भनाइ छ ।
गेललाई कन्भिन्स गर्न ६-७ महिना लागेको ईपीएलका म्यानेजिङ डाइरेक्टर आमिर अख्तरले बताए । गेललाई हेर्न सबै नेपाल नै लालायित भएको उनको भनाइ छ ।
तर, गेलले कति म्याच खेल्ने भन्ने पक्का भइसकेको छैन । उनले भनेका छन्, ‘आईपीएल खेल्न जानुपर्छ त्यसका लागि कहिले जान्छु, त्यही अनुसार नेपालमा कति समय बस्ने फिक्स्ड हुन्छ ।’
दाङ, घोराही, १४ माघ घोराही उपमहानगरपालिकाको आयोजनामा घोराहीमा आयोजित महिला जनप्रतिनिधी र महिला संचारकर्मी बिच भएको भलिबल खेल प्रतियोगितामा महिला जनप्रतिनिधीले जित हासिल गरेका छन ।
जनप्रतिनिधी र पत्रकारहरु बिच भएको महिला भलिबल प्रतियोगिताको पहिलो खेलमा २५—शून्य र दोस्रो खेलमा २५ — ९ अंकले जनप्रतिनिधी महिलाहरु विजयी भएका हुन् ।
उक्त प्रतियोगितामा जनप्रतिनिधीहरुको तर्फबाट घोराही उपमहानगरपालिका उपप्रमुख सीता सिग्देल न्यौपानेले र पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष लिला शाहले नेतृत्व गर्नुभएको थियो।