• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: खेल

वासिङटन : विश्वचर्चित रेस्लर तथा डब्लूडब्लूईका च्याम्पियन जोन सेनाले शाए शारियातजादेसँग विवाह गरेका छन् ।

  • ३० आश्विन २०७७, शुक्रबार १०:५४ मा प्रकाशित
  • वासिङटन : विश्वचर्चित रेस्लर तथा डब्लूडब्लूईका च्याम्पियन जोन सेनाले शाए शारियातजादेसँग विवाह गरेका छन् ।

    शाएसँग उनी केही वर्षदेखि प्रेममा थिए । गत फेब्रुअरीमा इंगेजमेन्ट गरेका उनीहरुले यही अक्टोबर १२ मा फ्लोरिडामा विवाह गरेका हुन् । यद्यपि विवाह समारोहबारे विस्तृतमा जानकारी गराइएको छैन । जोनले भने विवाह सम्पन्न भएपछि सामाजिक सञ्जाल मार्फत खुसी व्यक्त गरेका छन् ।
    अभिनेता समेत बनेका ४३ वर्षीय सेना यसअघि २००९ देखि २०१२ सम्म एलिजाबेथ हुबर्देउसँग वैवाहिक सम्बन्धमा थिए । र त्यसपछि ६ वर्षसम्म अर्थात् २०१८ सम्म सेलिब्रिटी निकी बेलासँग सम्बन्धमा थिए । तर निकी बेलासँग उनको परम्परागत वैवाहिक सम्बन्ध रहेन । सेना र निकीले इंगेजमेन्ट भने गरेको र सम्बन्ध बिच्छेद पनि भएको बताइन्छ ।
    अन्तर्राष्ट्रिय मिडियाका अनुसार जोन सेनासँग हालै विवाह गरेकी शारियातजादे इरानी मूलकी क्यानेडियन युवती हुन् । गत अप्रिलमा मात्रै उनले युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाबाट इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अन्तर्गत इन्जिनियरिङको डिग्री सर्टिफिकेट लिएकी थिइन् ।

    Posted in अन्तर्राष्ट्रिय, खेलLeave a Comment on वासिङटन : विश्वचर्चित रेस्लर तथा डब्लूडब्लूईका च्याम्पियन जोन सेनाले शाए शारियातजादेसँग विवाह गरेका छन् ।

    १०३ खेलमा ६४ गोल गर्दै नेइमारले तोडे रोनाल्डोको रेकर्ड

  • २८ आश्विन २०७७, बुधबार १२:२६ मा प्रकाशित
  • एजेन्सी ! फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले पेरुमाथि बुधबार ४-२ गोलको जित निकाल्दा नेइमारले ह्याट्रिक गरे।

    नेइमारले सुरावती दुई गोल पेनाल्टीमार्फत गरेका थिए। दोस्रो हाफको इन्जुरी टाइममा उनले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

    ह्याट्रिक गरेसँगै नेइमार ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। 

    २८ वर्षीय नेइमारले अहिलेसम्म १०३ खेलमा ६४ गोल गरिसकेका छन्। बुधबार ह्याट्रिक गरेसँगै उनले ब्राजिलका लागि सर्वाधिक गोल गर्ने सूचीमा रोनाल्डोलाई पछि परे। 

    तेस्रो स्थानमा धकेलिएका रोनाल्डोले ब्राजिलका लागि ९८ खेलमा ६२ गोल गरेका थिए। १७ वर्षको अन्तर्राष्ट्रिय करिअरमा रोनाल्डोले दुई विश्वकप, दुई कोपा अमेरिका  र एक कन्फेडेरेनस कपको उपाधि उचाले। 

    ब्राजिलका लागि सर्वाधिक गोलको कीर्तिमान भने पेलेको नाममा छ। पेलेले ब्राजिलका लागि ७७ अन्तर्राष्ट्रिय गोल गरेका थिए। नेइमार पेलेलाई पछि पार्न १४ गोलले टाढा छन्। 

    नेइमारले पेलेको कीर्तिमान भंग गर्ने ब्राजिलका पूर्व गोलकिपर ताफारेलले विश्वास गरेका छन्। 

    फ्रेञ्च क्लब पिएसजीका फरवार्ड नेइमारको सिजनको सुरुवात भने सोचे जस्तो हुन सकेन।  

    सिजनको सुरुमा उनलाई कोरोना भाइरसको संक्रमण भएको थियो। जसका कारण उनले फ्रेञ्च लिग वानका सुरुवाती खेल गुमाए।

    यस्तै मार्सेलीविरुद्धको खेलमा झगडा गरेका कारण उनले रातो कार्ड पाउनुका साथै थप दुई खेलको प्रतिबन्ध झेले।त्यसपछिका दुई खेलमा भने उनले तीन गोल गरे। 

    उनले ब्राजिलका लागि झन्डै ११ महिनापछि खेले। विश्वकप छनोटको पहिलो खेलमा बोलिभियालाई ब्राजिलले ५-० ले हराउँदा नेइमारले गोलका लागि दुई पास उपलब्ध गराएका थिए। आजको सेतोपाटिले छापेको छ।

    Posted in अन्तर्राष्ट्रिय, खेलLeave a Comment on १०३ खेलमा ६४ गोल गर्दै नेइमारले तोडे रोनाल्डोको रेकर्ड

    तुलसिपुर तरुण फुटसल प्रतियाेगिताकाे उपाधि राेट्रयाक्टलाइ

  • १७ आश्विन २०७७, शनिबार १५:०८ मा प्रकाशित

    तुलसिपुर, १७ दाङ

    दाङकाे तुलसिपुरमा गत १४ गते देखि सुरु भएकाे तरुण फुटसल प्रतियाेगिता अाज एक कार्यक्रम विच सम्पन्न भएकाे छ ।

    तुलसिपुर ५ तरुण दलले अायाेजना गरेकाे प्रतियाेगिताकाे अाज सेमिफाइनल खेलमा तुलसिपुरमा रहेकाे पब्लिक ज्ञान ज्याेति स्कुललाइ ६ गाेलले पछि पार्दै राेट्रयाक्ट क्लव तुलसिपुरले पहिलाे उपाधि हात पार्दै खशि प्राप्त गर्न सफल भएकाे छ ।

    उप विजेता पब्लिक ज्ञान ज्याेतिले सान्तवना कपमा चित्त बुझाएकाे छ भने सबै खेल दलेजेण्ड फुटसल ग्राउण्डमा खेलाइएका थिए ।

    Posted in खेलLeave a Comment on तुलसिपुर तरुण फुटसल प्रतियाेगिताकाे उपाधि राेट्रयाक्टलाइ

    तुलसिपुरमा तेस्राे तरुण फुटसल आज देखि सुरु

  • १५ आश्विन २०७७, बिहीबार २०:४२ मा प्रकाशित

    तुलसिपुर १५ असाेज

    तुलसीपुरमा तेश्रो तरुण फुटसल प्रतियोगिता सुरु भएको छ । नेपाल तरुण दल तुलसीपुर ५ को आयोजनामा आज देखि फुटसल सुरु भएकाे छ ।

    तुलसीपुर ५ का तरुण दल अध्यक्ष सुनिल डाँगीको अध्यक्षता तथा नेपाली कांग्रेस क्षेत्र नंं ३ का सभापति जगतबहादुर खड्काको प्रमुख आतिथ्यमा शुरु भएको प्रतियोगिताको उद्घाटन सत्रमा नेपाली कांग्रेसमा पूर्व क्षेत्रीय सभापति टोपबहादुर केसी, जिल्ला सदस्य राजु आचार्य, कांग्रेस क्षेत्र नं. ३ क का सभापति घनश्याम ढकाल, ख का सभापति खिमबहादुर वली, क्षेत्र नं. ३ का उपसभापति प्रमोद बस्नेत, तुलसीपुर ५ का वडा सभापति मदन धिताल, नेबिसंघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रदिप खड्काले शुभकामना व्यक्त गरेका थिए ।

    त्यसैगरी पूर्व केन्द्रीय केन्द्रिय सदस्य युबराज खड्का, तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा खेलकुद संयोजक माइकल नेपाली, दाङ जिल्ला फुटबल संघका जिल्ला अध्यक्ष सुशील श्रेष्ठ, बिपि कोइराला युबा नेतृत्व बिकास मञ्चका जिल्ला अध्यक्ष सरोज शाहलगायतले फुटसल प्रतियोगिताको सफलताको कामना गर्दै तरुण दल तुलसीपुर ५ ले जिल्लामै नमुना कार्य गर्दै आएको चर्चा गरेका थिए ।

    साथै उनीहरुले नेपाली कांग्रेसलाई बलियो बनाउने पहिलो कर्तव्य तरुण बिद्यार्थीहरुको रहेको भन्दै पार्टीलार्इ बलियो बनाउने अभियानमा लाग्न आग्रह गरेका थिए ।कार्यक्रमको सहजीकरण नेबिसंघका नेता रेशम खरालले गरेका थिए । आज देखि सुरु भएको फुटसल प्रतियोगिता ३ दिन सम्म चल्नेछ ।

    Posted in खेलLeave a Comment on तुलसिपुरमा तेस्राे तरुण फुटसल आज देखि सुरु

    क्रिकेटर ललित भण्डारी मोटरसाईकल दुर्घटनामा

  • २८ भाद्र २०७७, आईतवार २३:१३ मा प्रकाशित
  • क्रिकेटर ललित भण्डारी मोटरसाईकल दुर्घटनामा

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित भण्डारी दुर्घटनामा परेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको झलारी बजारमा भण्डारी मोटरसाइकल दुर्घटनामा परेका हुन् ।


    धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार क्रिकेटर भण्डारी घाइते भएका हुन् । कोरोना महामारीका कारण भण्डारी अहिले घरमै थिए । दुर्घटनामा शुक्लाफाटा नगरपालिका १० भण्डारी र उनका भाइ नाता पर्ने करन ठगुन्ना पनि घाइते घाइते भएका छन् ।
    दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।भण्डारी सवार मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक भने फरार रहेका छन् । ठक्कर दिने ट्रक भने प्रहरीको नियन्त्रणमा रहेको ईलका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on क्रिकेटर ललित भण्डारी मोटरसाईकल दुर्घटनामा

    भारी बर्षाका कारण भासियो तल्लो टुंँडिखेल

  • ४ भाद्र २०७७, बिहीबार ११:११ मा प्रकाशित
  • पूर्वी पहाडकै प्रतिष्ठाका रूपमा स्थापित धनकुटाको तल्लो टुँडिखेल यो वर्षको भारी वर्षाका कारण भासिएर भत्किएको छ ।  

    धनकुटा नगरपालिका– ५ स्थित करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको करोडौंको लगानीमा निर्माण भएको फुटबल मैदान वर्षाका कारण समस्यामा परेको हो । खेलमैदानको माथितिरबाट निर्माण भएको सडकमा राम्रोसँग ढल निर्माण नभई वर्षाको पानी पस्दा टुँडिखेल भासिएर क्षतविक्षत भएको हो । पूर्वी पहाडको सुबिधासम्पन्न फुटबल स्टेडियम निर्माण गर्न यसमा केन्द्र, प्रदेश र स्थानीय सरकारले करोडौं रूपैयाँ लगानी गरिसकेका छन् । तर, निर्माणको क्रममा कम्पनीहरू जिम्मेवार नहुँदा खेलमैदान क्षतविक्षत भई करोडौंको लगानी बालुवामा पानी भएको छ ।  

    टँुडिखेललाई स्तरीय र व्यवस्थित बनाउन हरेक वर्ष केही न केही भौतिक पूर्वाधारको काम भइरहेको हुन्छ । यस हिसाबले हेर्दा तीनै तहका सरकारले अहिलेसम्म करौडौं लगानी गरेर निर्माण गरेको भए पनि भरपर्दो र दिगो निर्माण नहुँदा दुर्दशा भोग्नुपरेको खेलकुद विकास समिति धनकुटाका प्रमुख नवीन प्रधानले बताए । त्यसै गरी टुँडिखेलको मञ्चअगाडि लगाएको मेसिनरी वाल दबेर खेलकुद विकास समितिको कार्यालय र मञ्च रहेको भवन जोखिममा परेको प्रमुख प्रधानले बताए ।  खेलमैदान निर्माणका लागि धनकुटा नगरपालिकाले आ.व.०७२/०७३ मा ४५ लाख, ०७३/०७४ मा ४७ लाख, ०७४/०७५ मा २६ लाख, प्रदेश सरकारबाट आ.व.०७५/०७६ मा ५० लाख, ०७६/०७७ मा ६० लाख गरी वर्षौंदेखि करोडाैं लगानी भएको पाइएको छ । यसअघि पनि लाखौं रूपयाँ यस खेलमैदानमा लगानी भइसकेको छ ।  

    यता खेलमैदानको पश्चिमपट्टि गोकुन्डे खोलाको साइडमा पहिरो गएका कारण खेलमैदान दबेको, प्यारापिट पूरै भासिएर लडेको, खेलमैदानको भित्तामा लगाइएको कम्पाउन्ड वाल पल्टिएर करोडौंको क्षति भएको जिल्ला फुटबल संघ धनकुटाका अध्यक्ष गोविन्द राईले बताए । प्यारापिटमा क्षति कम गर्नका लागि कम्पाउन्डदेखि भित्तामा रहेको सडकको ढल व्यवस्थित गर्न जरुरी रहेको स्थानीय हरिप्रसाद गुरागाईंले बताए । नागरिकन्युज बाट ।

    Posted in खेल, ताजा अपडेटLeave a Comment on भारी बर्षाका कारण भासियो तल्लो टुंँडिखेल

    कतारमा विश्वकप नोभेम्बर महिनामा हुने

  • १ श्रावण २०७७, बिहीबार ०९:२८ मा प्रकाशित
  • काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको मिति सार्वजनिक भएको छ । फुटबलको सर्वोच्च संस्था फिफाका अनुसार कतार विश्वकप २०२२ नोभेम्बर २१ मा सुरु हुनेछ भने डिसेम्बर १८ मा फाइनल खेल हुनेछ ।

    यस्तै समूह चरणमा एक दिनमा ४ खेल हुनेछ । समूह चरणको खेल १२ दिनसम्म हुनेछ । यसअघि जुन र जुलाईमा विश्वकप फुटबल हुँदै आएको थियो । तर कतारमा अत्यधिक गर्मी हुने भएकोले आयोजकले पहिलो पटक विश्वकप नोभेम्बरमा गर्ने भएको हो ।

    विश्वकपको उद्घाटन खेल ६० हजार दर्शक क्षमता रहेको अल बायत स्टेडियममा हुनेछ । उद्घाटन खेलमा कतारले खेल्नेछ । समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् । जसमा स्थानीय समयअनुसार दिउँसो एक बजे पहिलो खेल हुनेछ भने दिउँसो चार बजे दोस्रो, साँझ सात बजे तेस्रो तथा राति १० बजे चौथो खेल हुनेछ । यस्तै नकआउट चरणका खेलहरु साँझ ६ बजे र राति १० बजे हुनेछन ।

    प्रतियोगिताको फाइनल खेल डिसेम्बर १८ मा ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा हुनेछ । फाइनल स्थानीय समयअनुसार र साँझ ६ बजेदेखि सुरु हुनेछ । कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन् । यूएस अनलाइन खबर।

    Posted in अन्तर्राष्ट्रिय, खेल, ताजा अपडेटLeave a Comment on कतारमा विश्वकप नोभेम्बर महिनामा हुने

    सिपिएलमा सन्दीपको मूल्य १ करोड

  • १० असार २०७७, बुधबार १७:०० मा प्रकाशित

  • सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) ले आज बुधबार खेलाडी छनोटका लागि ड्राफ्ट गर्दैछ।
    ड्राफ्टमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेले पनि आफ्नो नाम दर्ता गराएका छन्। सन्दीपले ड्राफ्टका लागि ९० हजार अमेरिकी डलर मूल्य (१ करोड ८ लाख ५७ हजार रुपैयाँ) तोकेका छन्।
    ड्राफ्टका लागि ५३७ खेलाडीले नाम दर्ता गराएकोमा सन्दीप चौथो महँगो मूल्य राख्ने खेलाडी मध्येमा परेका छन्।
    सिपिएलका लागि २३ देशका खेलाडीले नाम दर्ता गराएका छन्।
    सन्दीपसँगै ९० हजार डलर मूल्य राख्नेमा दक्षिण अफ्रिकाका फाप डु प्लेसिस, डेभिड मिल्लर, अफगानिस्तानका मोहमद नाबी, अस्ट्रेलियाका डि’आर्ची सर्ट र अफगानिस्तानका मुजिब उर रहमान छन्।
    सर्वाधिक मूल्य राख्नेमा भने पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी छन्। उनले १ लाख ६० हजार अमेरिकी डलर मूल्य राखेका छन्।
    इंग्ल्यान्डका इयान मोर्गानले १ लाख ३० हजार डलर मूल्य राख्दा टम बन्टन, टिम साउथी र बेन कटिङले १ लाख १० हजार अमेरिकी मूल्य निर्धारण गरेका छन्।
    सन्दीपले गत सिजनको सिपिएल बार्बाडसबाट खेलेका थिए।

     २०२० को लिगका लागि बार्बाडसले पाँच खेलाडी आबद्ध गर्न पाउनेछ। यस्तै गुयना अमाजोन वारियर्स र ट्रिन्बागो नाइट राइडर्सले ३–३ जना खेलाडी मात्र राख्न पाउनेछन्। बाँकी खेलाडी उनीहरुले यसअघि नै आबद्ध गरिसकेका छन्। यस्तै जमैकाले सबैभन्दा बढी ११ जना, सेन्ट किन्टले ६ जना र सेन्ट लुसियाले ५ खेलाडी आबद्ध गर्नेछन्।
    कोरोना भाइरसका कारण यसपटकको लिग एक देशमा मात्र हुने तय छ। लिग आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एन्ड टोबागोमा हुने तय छ। तर ट्रिनिडाडको सरकारले प्रतियोगिताका लागि अनुमति दिन बाँकी नै छ।

    Sources :- Setopati

    Posted in खेलLeave a Comment on सिपिएलमा सन्दीपको मूल्य १ करोड

    गृहमन्त्रीअघि जनार्द्धन शर्माले बोल्दा संसदमा हो-हल्ला

  • १३ जेष्ठ २०७७, मंगलवार १४:०० मा प्रकाशित

    सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद जनार्द्धन शर्माले रूकुम पश्चिमको चौरजहारीमा तीन जनाको ज्यान जाने गरी भएको घटनाबारे संसदमा बोलिरहँदा प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले हो-हल्ला गरेका छन्।
    बैठकको सुरूमै कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए। प्रतिपक्षी सांसदहरू उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिएका थिए।
    उनले उक्त घटना दलित समुदायमाथिको हिंसा भएको बताए र गृहमन्त्री रामबहादुर थापाको जवाफ मागे।
    कांग्रेस सांसदहरूले बोलिसकेका  सभामुख सापकोटाले गृहमन्त्री थापालाई बोल्न समय दिएको बताएका थिए।
    त्यहीबीचमा रूकुम पश्चिमका सांसद शर्माले आफूले घन्टाबारे बोल्न चाहेको भन्दै समय मागे।
    सापकोटाले शर्मालाई समय दिए।
    घटनालाई राजनीतिक दबाबका आधारमा कुनै दबाब नहुने बताएलगत्तै शर्माविरूद्ध कांग्रेस सांसदहरूले होहल्ला गरेका हुन्।
    सांसद शर्माले आफू रूकुम पश्चिमको जनप्रतिनिधि भएकोले बोल्न पाउनु पर्ने तर्क गरे।

    उनीहरूबीच केहीबेर सवालजवाफ भयो। सभामुख सापकोटाले कांग्रेस सांसदहरूलाई पटकपटक सम्हालिन अनुरोध गरे।
    कांग्रेस सांसदहरूको हल्लाबीच शर्माले आफ्नो भनाइ टुंग्याए।
    रूकुम पश्चिम चौरजहारी नगरपालिका ८ मा भएको घटनामा नवराज बिकसहित ३ जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता छन्।

    Posted in खेल, ताजा अपडेट, समाजLeave a Comment on गृहमन्त्रीअघि जनार्द्धन शर्माले बोल्दा संसदमा हो-हल्ला

    कपिलवस्तु जिल्ला लकडाउन !!

  • १० चैत्र २०७६, सोमबार २१:१४ मा प्रकाशित
  • कपिलवस्तु – सोमबार राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि कपिलवस्तु जिल्ला लकडाउन हुने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लालाई लकडाउन गर्ने निर्णय गरेको हो । सतर्कता अपनाउन अन्य जिल्लाबाट कपिलवस्तु जिल्लामा प्रवेश गर्ने मालबाहक गाडीबाहेक सार्वजनिक, निजी सवारी साधन, मोटरसाइकल राति १२ बजेपछि बन्द हुने छन् । मालबाहक गाडीका चालक र सहचालकको हेल्थ डेस्कमा स्वास्थ परिक्षण हुने भएको छ । औषधि पसल र पेट्रोल पम्प , खाधान्न , ग्यास , दूध भने २४ सै घण्टा खुला रहने छ ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on कपिलवस्तु जिल्ला लकडाउन !!

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P