• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

जलविद्युतमा लगानी : साँवा जोगाउनै मुस्किल

  • २० माघ २०७६, सोमबार १०:५० मा प्रकाशित
  • विज्ञ भन्छन्- खराब कम्पनीका कारण बदनाम भयो

    २० माघ, काठमाडौं । जलविद्युत् कम्पनीको सेयर खरिद गर्न कुनै बेला दिनभर लाइन लाग्नुपर्थ्यो । कति कित्ता पर्ने अत्तोपत्तो थिएन, तर पनि सेयर किन्न चाहने सर्वसाधारणहरुको बैंकमा घुइँचो नै लाग्थ्यो । नलागोस् पनि कसरी त्यसबेला जलविद्युत् कम्पनीमा निकै आकर्षण थियो । एक जलविद्युत् कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो ।
    अहिले सेयर भर्न लाइन लाग्ने युगको अन्त्य भइसकेको छ । त्योसँगै जलविद्युत् कम्पनीको सेयर मूल्य बढेर धेरै हुन्छ भन्ने अहिले एकादेशको कथा जस्तै भएको छ । जलविद्युत् कम्पनीहरुको किनेको सेयर मूल्य बढेर धेरै नाफा कमाउनु त परै जाओस् साँवा जोगाउन पनि मुस्किल छ । पछिल्ला केही समय यता सेयर बजार सुधार हुने क्रममा छ, तर जलविद्यत् कम्पनीहरुको सेयर मूल्य हेर्ने हो भने पुरै बजारप्रति नै निराश हुने स्थिति बनाउँछ ।


    प्रतिकित्ता १ सय रुपैयाँमा गोलाप्रथाबाट पाएको परेको कतिपय जलविद्युत् कम्पनीको सेयर अहिले ५० प्रतिशतसम्म तल झरेको छ । नाफा कमाउने आश होइन साँवामात्रै जोगिए पनि हुने थियो भनेर लगानीकर्ताहरुले अपेक्षा गर्नुपर्ने अवस्था छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका दुई दर्जन जलविद्युत् कम्पनीहरुमध्ये डेढ दर्जन कम्पनीहरुको सेयर मूल्य आईपीओको भन्दा कम अर्थात एक सयभन्दा तल झरेको छ ।
    नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो साताको अन्तिम कारोबार हेर्ने हो भने कुनै बेला २८ सय प्रतिकित्ता सेयर मूल्य पुगेको चिलिमे हाइड्रोपावर अहिले पनि धेरै मूल्य भएको कम्पनीमा पर्छ, तर यसको मूल्य घटेर प्रतिकित्ता ४२३ रुपैयाँमा आइपुगेको छ ।
    अर्को राम्रै कम्पनी मानिएको बुटवल पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२३ रहेको छ । अपर तामाकोशीको सेयर मूल्य प्रतिकित्ता २४३ रुपैयाँ छ भने सानिमा माई हाइड्रो पावरको प्रतिकित्ता २०० रुपैयाँ छ । यीनै सबैभन्दा धेरै राम्रो सेयर मूल्य भएका जलविद्युत् कम्पनीहरु । अन्यको हालत त दर्दनाक छ ।
    निजी क्षेत्रले बनाएका साना जलविद्युत आयोजनाहरु भूकम्प पछाडि समस्यामा छन् । खोलामा पानीको सतह घटेको र आयोजना रुग्ण अवस्थामा पुगेको भन्दै उनीहरुले आफूहरु वित्तिय जोखिममा परेको बताउने गरेका छन् । ऊर्जा मन्त्रालय भने निर्माणको क्रममा हाइड्रो इन्जिनियरिङको पक्षमा बेवास्ता गर्दा यस्तो अवस्था आएको बताउँछ ।

    के भन्छन् जलविद्युत क्षेत्रका जानकार ?

    सेयर बजारसम्बन्धी जानकारहरु जलविद्युत् क्षेत्र लगानीका लागि राम्रो भए पनि केही खराब कम्पनीका कारण बदनाम भएको बताउँछन् । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेल शुरुमा थोरै लागत लाग्ने देखाउने र पछि लागत खर्च धेरै बढ्दा जलविद्युत् क्षेत्रको सेयर मूल्यको यो हालत पुगेको बताउँछन् । तर ढिलै भए पनि सुधार हुने उनको अपेक्षा छ ।
    पूर्बबैंकर अनलराज भट्टराई ब्याजदर बढेका कारण पनि जलविद्युत् क्षेत्रमा असर परेको बताउँछन् । विद्युत्को बिक्री मूल्य निश्चित हुने, तर ब्याजदर भने बढिरहने भएका कारण मुनाफा कम हुने भएकाले त्यसको असर सेयर बजारमा देखिएको उनले बताए ।

    बैंकको ब्याजदरले प्रभाव पारेको छ : अनलराज भट्टराई, पूर्बबैंकर

    हाइड्रोपावर भनेको लामो अवधिका लागि गरिने लगानीको क्षेत्र हो । हाइड्रोपावरमा रिटर्न आउन समय लाग्छ । आयोजना बनाउने समय, निर्माण सम्पन्न भएपछि सञ्चालनको लागि पनि समय लाग्छ । यसकारण तत्कालै प्रतिफल आउने क्षेत्र यो होइन ।
    यो कुरा नबुझेर हतारिएका कारण पनि त्यसको नकारात्मक असर परेको छ । प्रतिफल आउन ढिला भयो, अर्को क्षेत्रमा लगानी गर्छु भनेर १ सय रुपैयाँको शेयर ७० रुपैयाँमै बिक्री गरिएको पनि हुनसक्छ । होल्ड गर्न नसकेका कारण यस्तो भएको हो ।
    अर्को मुख्य कुरा विद्युतको बिक्री मूल्य फिक्स्ड हुन्छ । नेपाल विद्युत् प्राधिकरण पावर पर्चेज सम्झौता गर्दा नै फिक्स रेट तोकेको हुन्छ । आयोजनामा ऋण ल्याएर लगानी गरिएको हुन्छ ।
    ऋणको ब्याजदर त बढ्छ । ब्याज बढ्दाखेरि मुनाफा घट्ने भयो । सञ्चालन खर्च घटाएर केही नाफा बढाउन सक्लान् । नत्र ब्याजदर बढ्यो भनेर बिक्री मूल्य त बढ्दैन ।
    सेलिङ प्राइस कन्स्ट्यान्ट हुने र ब्याजदर बढ्ने भएकाले आयोजनाले राम्रो प्रतिफल दिन सकेनन् । यसबाट रेस्क्यू गर्नका लागि यो क्षेत्रमा जाने कर्जाको ब्याजदरमा सहुलियत दिनुपर्छ ।
    अहिले हामीले २० अर्बको विजुली आयात गरिररहेका छौं । ६ महिनाको तथ्यांक हेर्ने हो भने सय अर्बको त हामी खाना पकाउने ग्यास तथा इन्धन १ सय अर्ब बराबरको आयात गरेका छौं ।
    हामीले यहाँ विद्युत् उत्पादन राम्रो गर्न सक्ने हो भने यो आयात गर्ने ठूलो रकम हामीले जोगाउन सक्छौं । यसले हाम्रो विदेशी मुद्राको संचिति बढाउँछ । यसकारण यो क्षेत्रमा जाने कर्जामा सहुलियत दिनु पर्छ ।
    अहिले भइरहेकै अवस्था रहने हो भने जलविद्युत्मा गरेको लगानी बालुवामा पानी झैं हुने सम्भावना छ जुन हुन दिनु भएन । यो क्षेत्र भनेको निरुत्साहित हुन दिन नहुने क्षेत्र हो । २००७ देखि हाम्रो देशमा जलविद्युत्मा लगानी हुन शुरु भएको हो । त्यसबेला ब्याजदर ६ प्रतिशत थियो ।
    अहिले दोब्बरभन्दा पनि बढेर १३/१४ प्रतिशत पुगेको छ । ब्याज बढ्ने, बिक्री हुने वस्तुको मूल्य नबढ्ने । यो हाम्रो मुलुकका लागि महत्वपूर्ण क्षेत्र हो । हामीले २० हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्यौं भने देश नै ट्याक्स फ्री मुलुक बन्न सक्छ । अरु देशले जमिनबाट तेल निकालेजस्तो हामी बगेको पानीबाट विद्युत् निकाल्न सक्छौं । यसकारण पनि हामीले यो क्षेत्रलाई ध्यान दिएर मुलुक समृद्ध बनाउनु पर्छ ।

    खराब कम्पनीका कारण वितृष्णा पैदा भयो : अम्बिका पौडेल, पूर्व अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम

    जलविद्युत्को सेयरमा गरिएको लगानी बालुवामा पानी होइन । केही खराब कम्पनीका कारण यो क्षेत्र नै नराम्रो जस्तो देखियो । सबै नराम्रा कम्पनी छैनन्, केही नराम्रा कम्पनीहरु आए जसका कारण समग्र जलविद्यत् क्षेत्रमा नै वितृष्णा पैदा भएको छ ।

    हिँजो चिमिले हाइड्रोपावरको सेयर प्रतिकित्ता २ हजार ८ सयसम्म पुगेको थियो । हिजो २८ सय रुपैयाँमा सेयर किनबेच भएको थियो चिलिमेले पि्रमियममा सेयर निश्कासन गरेको थियो । आजका मितिमा केही जलविद्युत् आयोजनाहरु धेरै राम्रा छन् ।
    लगानीकर्ताहरुलाई राम्रै प्रतिफल दिन सक्ने कम्पनीहरु पनि छन् । एकदमै धेरै लागतका आयोजनाहरुको सेयर मूल्य ठीकै छन् । माथिल्लो तामाकोशी आयोजनाकै उदाहरण हेर्न सकिन्छ । अहिले पनि सय रुपैयाँ तल झरेको छैन । १५/१६ करोडका आयोजनाहरुको हालत खराब छ । मुख्य वितृष्णा आउनुको कारण केही खराब कम्पनीहरु हुन् ।
    जसले शुरुमा आयोजनाको लागत थोरै भनेपछि धेरै भयो । शुरुमा थोरै भनिएको लागत खर्चपछि धेरै बढ्दै जाँदा खर्च रिकभर हुन सकेन । जसका कारण ती कम्पनीहरु खराब देखिए, तिनै कम्पनीहरुका कारण जलविद्युत् सेक्टरमा नै वितृष्णा देखिएको हो ।
    हाइड्रोपावर क्षेत्रलाई नराम्रो भन्न मिल्दैन । लगानीका लागि यो राम्रै क्षेत्र हो । भोलिका दिनमा नेपालमा अवश्यक पनि सुधार हुन्छ । अहिले जुन अवस्था यो लामो समयका लागि होइन । लगानीकर्ताको सोच यो क्षेत्रमा सकारात्मक हुँदै जानेछ ।
    यो सत्य कुरा हो, भोलिका दिनमा राम्रा कम्पनीहरु सेयर मूल्य राम्रो हुन्छ । समग्र क्षेत्र नै खराब होइन, यसकारण पछि राम्रा कम्पनीहरुप्रति हेर्ने दृष्टिकोण परिवर्तन हुन्छ । साधारण उदाहरणको रुपमा हामीले बीमालाई हेर्न सक्छौं । हिँजो अधिकांशको सेयर मूल्य दुई/अढाई सय थियो, अहिले अधिकांशको ५ सय माथि छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on जलविद्युतमा लगानी : साँवा जोगाउनै मुस्किल

    उकालो लाग्यो सेयर बजार आज २ अर्ब बढीको शेयर कारोबार

  • १९ माघ २०७६, आईतवार १७:४३ मा प्रकाशित
  • साताको पहिलो दिन नेप्से कारोबार ह्वात्तै बढेको छ।
    आज एकैदिनमा २ अर्ब ७ करोड ७९ लाखको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको हो। कारोबार बढेसँगै नेप्से परिसूचक पनि २१.२६ अंक बढेर १३४६.६४ अंकमा पुगेको छ।
    आइतबार १ सय ७५ कम्पनीको ५३ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक पनि ४.९९ अंकले बढेर २८६.७५ अंकमा पुगेको छ।

    आज व्यापार र जीवन बीमा उपसूचक बाहेक अन्य सबै सूचक बढेका छन्। सबैभन्दा बढी निर्जीवन बीमाको शेयर १०१.५२ अंकले बढेको छ। यस्तै, उत्पादन उपसूचक ४७.७८, विकास बैंक २८.३२ तथा बैंकिङ उपसमूहको परिसूचक २७.०४ अंकले बढेको छ।

    कारोबार रकमका आधारमा आज सूर्य लाइफ इन्स्योरेन्स अगाडि रहेको छ। सुर्य लाइफ बीमा कम्पनीको १० करोड ११ लाख रुपैयाँ बराबरको २ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।त्यसैगरी, ग्रामीण विकास लघुवित्तको ९ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने एनआईसी एशिया बैंक, प्रभु बैंक, हिमालयन डिष्टिलरी र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम ६ करोड नाघेको छ। सेतोपाटिबाट

    Posted in अर्थ, ताजा अपडेटLeave a Comment on उकालो लाग्यो सेयर बजार आज २ अर्ब बढीको शेयर कारोबार

    नेपालमा निकैनै सस्तो इलेक्ट्रीक कारको बिक्री दुई महिनापछि

  • १९ माघ २०७६, आईतवार १७:०० मा प्रकाशित
  • काठमाडौं । नेपालमा इलेक्ट्रीक कारको बिक्री निकै रफ्तारमा वृद्धि भइरहेको छ । यस्तोमा दुई कम्पनीले आफ्नो नयाँ इलेक्ट्रीक गाडी दुई महिनापछि नेपाल ल्याउने तयारी गरिरहेका छन् ।
    महिन्द्राले आफ्नो माइक्रो एसयूभी केयूभी १०० र टाटाले आफ्नो सब कम्प्याक्ट एसयूभी नेक्सनको इलेक्ट्रीक मोडल नेपाल ल्याउने भएका हुन् । टाटा नेक्सन इभी भारतमा बिक्री सुरु भएको छ भने महिन्द्रा केयूभी १०० अटो एक्स्पो २०२० बाट बिक्री सुरु हुने बताइएको छ ।
    महिन्द्राको आधिकारीक वितरक अग्नी इनर्जीले केयूभी १०० नेपाल ल्याउने छ भने टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नेक्सन इभी नेपाल ल्याउने छ ।
    मूल्यका हिसावले हेर्दा महिन्द्र केयूभी करिब २४ लाख रुपैयाँसम्ममा नेपाल आउने छ भने टाटा नेक्सन इभी करिब ३४ लाख हाराहारीमा बिक्री हुने अनुमान गरिएको छ । तर, बिक्रेता कम्पनीले भने मूल्यको विषयमा अहिलेसम्म कुनै जानकारी उपलब्ध गराएको छैन ।
    पछिल्लो एक वर्षमा नेपाल आएका महिन्द्रा इभेरिटो, हुन्डाई कोना र आयोनिक, किया निरो, एमजी इजेडएस जस्ता मोडलले उत्कृष्ट व्यापार गरेकाले कम्पनीहरुले नयाँ मोडलका इलेक्ट्रीक कार एकपछि अर्को ल्याइरहेका हुन् ।
    केयूभी १००
    अहिले बजारमा बिक्री वितरण भइरहेको ग्यासोलिन केयूभी–१०० जस्तै आकार, स्वरुप र फिचरमा उपलब्ध हुने यो इलेक्ट्रीक माइक्रो एसयूभी हो ।
    महिन्द्रा इकेयूभी-१०० मा ४० किलोवाटको नयाँ मोटर दिइएको छ । यसमा प्रयोग भएको व्याट्री ५ घण्टा ४५ मिनेटमा घरायसी प्रयोजनको रेगुलर चार्जरबाट फुल चार्ज गर्न सकिन्छ भने, ४५ मिनेटमा फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न सकिने दाबी कम्पनीको छ ।

    इकेयूभी-१०० ले एक पटकको फुल चार्जमा १ सय ४० किलोमिटरसम्म माइलेज दिने जनाइएको छ । यो गाडीको लम्बाई ३७ सय एमएम, चौडाई १७ सय ३५ एमएम, उचाई १६ सय ५५ एमएम रहेको छ भने ह्वीलवेस २३ सय ८५ एमएम रहेको छ ।
    लिथियम आयोन व्याट्री प्रयोग भएको महिन्द्रा इकेयूभी–१०० निक्कै प्रतिक्षित कारको रुपमा रहेको छ ।
    टाटा नेक्सन इभी
    नेक्सन इभीले एकपटकको फुलचार्जमा ३१२ किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ । कम्बस्चन इन्जिनयुक्त नेक्सनकै धेरै फिचर प्रयोग भएको यस इलेक्ट्रीक कारलाई कम्पनीले तीन भेरियन्टमा बजारमा ल्याउने छ । जसमा एक्सएम, एक्सजेड प्लास र एक्सजेड प्लस लग्जरी रहेको छ । गाडीको सन्तुलन कायम गर्न कम्पनीले अगाडी र पछाडि भागमा बराबर भार दिएको जनाएको छ ।

    जिपट्रोन टेक्नोलोजीमा आधारित यो एसयूभीमा ३०।२ किलोवाट आवरको हाइइनर्जी डेनसिटी लिथियम आयोन ब्याट्री सेल दिइएको छ । यसको मोटरमा लिक्वीड कुल्ड सिस्टम प्रदान गरिएको छ ।
    यसमा रहेको व्याट्री चार्ज गर्न घरायसी चर्जरबाट ८ घण्टा लाग्छ भने डिसी फर्स्ट चार्जरबाट चार्जगर्दा ६० मिनेटमा ८० प्रतिशत चार्जगर्न सकिन्छ । यसमा दिइएको व्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी दिने कम्पनीले घोषणा गरेको छ ।
    यो एसयूभी टाटाको सबैभन्दा चाँडो उच्चगति समाउन सक्ने कार भएको छ । यसले ० देखि ६० किलोमिटरको स्पीड केबल ४।६ सेकेन्डमा भेट्टाउने छ भने १०० किलोमिटर प्रतिघण्टाको स्पीड ९।९ सेकेन्डमा छुनेछ । अहिलेसम्मकै सबैभन्दा धेरै ग्राउन्ड क्लियरेन्स भएको इलेक्ट्रीक एसयूभी बन्ने बाटोमा समेत रहेको छ । यसमा २०५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स पाउन सकिने छ ।

    Posted in अर्थ, कला /जीवनशैली, मुख्य खबरLeave a Comment on नेपालमा निकैनै सस्तो इलेक्ट्रीक कारको बिक्री दुई महिनापछि

    जाडो छल्न दाङ झरेका २५० भेडा जंगलमै मरे

  • १८ माघ २०७६, शनिबार २३:५३ मा प्रकाशित

  • दाङ : पूर्वी रुकुमको लुकुमबाट चराउनका लागि दाङ ल्याइएका २ सय ५० भेडा जंगलमै मरेका छन।  रुकुमको भुमे गाउँपालिका-१ लुकुमका ४ भेडालापक किसानले चिसो छल्न दाङ ल्याएका भेडा जंगलमै मरेका हुन। पाँच सय भेडा लिएर दाङ आएका भेडा अज्ञात रोगका कारण २ सय ५० भेडा जंगलमै मरेको भेडा पालक किसान धर्मकुमारी पुनले बताइन। 
    चिसो महिना रुकुममा हिउँ पर्ने हुँदा भेडाहरु पाल्न समस्या हुने गरेपछि भेडा र बाख्रा लिएर रोल्पा हुँदै १६ दिन पहिले घोराही उपमहानगरपालिका-१९ को पाँचपोखरीमा आइपुगेका किसानका भेडा मर्न थालेपछि समस्या परेका बताउँछन। एक महिनामा चार भेडा पालक किसान परिवारका करिब दुई सय ५० भेडाहरु मरेको किसान प्रेमबहादुर पुनले बताए। ‘रोल्पाको माडी भन्ने ठाउँमा आउँदा भेडामा समस्या देखिएको हो, त्यहाँ चिसोका कारण भेडा मरेको होला भन्ने लागेको थियो’,उनले भने,‘नयाँ ठाउँ र जंगलमा भएको कारण उपचार गर्न सकिएन, अहिले ठुलो क्षती भयो।’

    पाँचपोखरी जंगलमा आइपुगेपछि धेरै भेडाहरु मरेको भेडा पालक किसान धर्मबहादुर बुढामगरले बताए। ‘एउटै बगालमा रहेका बाख्राहरु मरेका छैनन्, तर भेडाहरु भने मुख पाक्ने, छेर्ने र झुङ्ने गर्दै मर्ने गरेका छन’, उनले भने, ‘हिउँबाट बचाउनका लागि ल्याइएका भेडाहरु अज्ञात रोगका कारण मर्न थालेपछि हामी समस्यामा परेका छौँ।’ उनका अनुसार अहिले दैनिक दर्जन बढि भेडाहरु मर्ने गरेका छन्। भेडामा यो समस्या देखिएपछि पशु कार्यालयले शनिबारदेखि उपचार थालेको जनाएको छ।

    किसान धर्मका अनुसार आफ्ना एक सय २० वटा, प्रेमबहादुर पुनमगरका एक सय २० वटा, धर्मकुमारी पुनका एक सय १५ र रामकृष्ण पुनका एक सय १५ वटा भेडाहरु रहेका थिए। त्यसमध्य अहिले घटेर करिब दुइ सय ५० मात्र भेडाहरु रहेका छन्।

    चिसोका कारण क्षति भएको अनुमान गरिएको जिल्ला भेटनरी अस्पतालका प्रमुख डा. बेद बहादुर केसी बताए। उनले अस्पतालको प्राविधिक टोलीले उपचार थालेको बताए। नमुना क्षेत्रीय ल्यापमा परिक्षणको लागि पठाइएको र भोलिसम्म यर्थाथ  आउने उनले बताए। 

    चिसो बढी हुने, हिउँ पर्ने र घाँस काटनसमेत समस्या हुने भएकाले जिल्ला बाहिर ल्याउने गरेको किसान धर्मकुमारीले बताइन। घरको मुख्य आम्दानीकै श्रोत भेडापालन भएको बताउँछिन । ‘घर खर्चका लागि अन्य कुनै माध्यम छैन’, धर्मकुमारीले भनिन ,‘यहि भेडा पाल्ने र यहि बेचेर आएको पैसाले जीवन चलाउने हो।’ annapurnpost.com

    Posted in अर्थ, मुख्य खबर, समाजLeave a Comment on जाडो छल्न दाङ झरेका २५० भेडा जंगलमै मरे

    गौतमबुद्ध क्रिकेट रंगशालालाई सय टिपर बालुवा सहयोग

  • १८ माघ २०७६, शनिबार १३:४० मा प्रकाशित

  • चितवन : चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि धादिङको गल्छी गाँउपालिकाले बालुवा सहयोग गरेको छ । राष्ट्रिय गौरवको आयोजना भएकोले एक सय टिपर बालुवा सहयोग गरेको हो । 
    शनिबार बिहान धादिङबाट आएको टोलीले रंगशाला निमार्ण स्थलमा पुगेर बालुवा हस्तान्तरण गर्न लागेको छ । रंगशाला निमार्णको लागि गाँउपालिकामा उत्खनित बालुवा सहयोग गरेको अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए । बालुवा पुर्‍याउनका लागि जनप्रतिनिधि, टिपर व्यवसायी लगायतको टोली चितवन आएको छ । 
    गाँउपालिकाले सहयोग गरेको बालुवा नेपाल टिपर तथा ढुवानी व्यवसायी समितिले निुशल्क ढुवानी गरेको छ । त्यस्तै सुदिपा ट्रेडिङ कम्पनी प्रालिले कर छुटको व्यवस्था गरेको छ । 
    राष्ट्रिय झण्डासहित ब्यानर हालेर ल्याइएको उक्त टिपरलाई धादिङको सिमानामा जोडिएको इच्द्धाकामना गाँउपालिकाकी अध्यक्ष गिता गुरुङले स्वागत गरेकी थिइन् । भरतपुर महानगरपालिकाले आँपटारीबाट स्वागत गरेको थियो । 
    धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण गरिरहेको छ । सबैको सहयोग र समन्वयबाट निमार्णले गति लिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

    Posted in अर्थ, मुख्य खबर, राजनीति, समाजLeave a Comment on गौतमबुद्ध क्रिकेट रंगशालालाई सय टिपर बालुवा सहयोग

    मासिक १९ हजार किस्ता तिर्दा किन्न सकिने ४ कार

  • १७ माघ २०७६, शुक्रबार १०:०७ मा प्रकाशित
  • काठमाडौं । नेपालमा सवारीसाधनको मूल्य निकै महंगो रहेको छ । अन्तर्राष्ट्रिय बजारमा ५ हजार डलर पर्ने कार नेपालमा करिब २० देखि २२ लाखसम्म पर्ने गरेको छ । यसो हुनुमा सरकारले लिने राजस्व मूख्य कारण रहेको छ ।
    अहिले सवारीसाधनमा सीसी क्षमताको आधारमा अन्तःशुल्क लाग्छ भने भन्सार शुल्क ७८ प्रतिशत लाग्दै आएको छ । अन्तःशुल्क कम्तीमा ४० देखि १०० प्रतिशतसम्म रहेको छ ।
    त्यसको साथै १३ प्रतिशत भ्याट र ८ देखि १० प्रतिशतसम्म सडक दस्तुर सुरुमै गाडी किन्दा तिर्नु पर्ने नियमले नेपालमा सबै किसिमका सवारीसाधन महंगा भएका हुन् ।
    यस्तोमा पछिल्लो समय नेपाल राष्ट्र बैंकले मासिक कमाइको ५० प्रतिशतभन्दा ज्यादा हुनेगरि सवारीसाधनमा कर्जा दिन निषेध गरेकाले गाडीको बिक्रीमा उच्च गिरावट आएको छ ।
    अहिले बैंक तथा वित्तिय संस्थाले बढीमा ७ वर्षसम्मको लागि कर्जा प्रबाह गरिरहेका छन् । सुरुवातमा ५० प्रतिशत डाउन पेमेन्ट तिरेर बाँकी रहेको रकमलाई अहिले चलेको ११ प्रतिशत व्याजदरले हिसावगर्दा करिब १९ हजार मासिक किस्ता तिरेर किन्न सकिने सवारीसाधनको बारेमा जानकारी दिने उदेश्यले यो रिपोर्ट तयार गरेका हौं ।
    हुन्डाई सेन्ट्रो इरा


    हुन्डाईले एक वर्ष अगाडि नेपाल ल्याएको सेन्ट्रोको इरा मोडलको मूल्य २२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले दिने विभिन्न अफरहरु हिसाव गर्दा यसलाई २२ लाख रुपैयाँ भित्रै किन्न सकिन्छ ।

    यदि यो गाडीको मूल्य २२ लाख ९६ हजारमा नै हिसाव गर्ने हो भने सुरुमा डाउन पेमेन्टको रुपमा ११ लाख ४८ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । त्यति नै बराबरको रकमलाई ७ वर्षको अवधिमा तिर्नेगरी ऋण लिदाँ मासिक किस्ता वापत १९ हजार ६५६ रुपैयाँ तिर्दा पुग्छ ।
    रेनो क्विड


    फ्रान्सेली गाडी उत्पादक कम्पनी रेनोको इन्ट्री लेवल कार क्विडको ३ भेरियन्टको मूल्य २३ लाखभन्दा कम रहेका छन् । नेपाली बजारमा एड्भान्स अटोमोबाइलले बिक्री वितरण गर्दै आएको क्विडको सुरुवाति मूल्य २१ लाख ९६ हजारदेखि २२ लाख ७३ हजारसम्ममा तीन भेरियन्ट ग्राहकले किन्न सक्ने छन् ।

    यी गाडीको मासिक किस्ता १९ हजार तिरेर ग्राहकले किन्न सक्ने छन् ।
    रेडी गो

    डाट्सनको कार कम मूल्यको कारण नेपालमा चर्चामा रहने गरेको कार हो । कम्पनीले १.० लिटर क्षमताको इन्जिन भएको रेडी गो २१ लाख ९९ हजारमा बिक्री वितरण गर्दै आएको छ ।

    यो गाडी किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्टगर्दा करिब ११ लाख रुपैयाँ बुझाउनु पर्नेछ भने ११ लाख रुपैयाँ कर्जा लिनु पर्नेछ । यो गाडी किन्ने ग्राहकले १९ हजार हाराहारी पर्नेछ ।
    मारुती सुजुकी अल्टो

    मारुती सुजुकीको चर्चित अल्टो किन्न चाहनेले १८ लाख ९९ हजारदेखि २२ लाख ९९ हजारसम्म मूल्य तिरेर किन्न सक्ने छन् । यी तिनवटै भेरियन्ट मध्य कुनै एक मोडल किन्दा ग्राहकले १७ देखि १९ हजारसम्म मासिक किस्ता तिर्ने गरेर खरिद गर्न सक्ने छन् ।

    Posted in Uncategorized, अर्थ, मुख्य खबरLeave a Comment on मासिक १९ हजार किस्ता तिर्दा किन्न सकिने ४ कार

    नेपाली बजारमा आयो होन्डाको नयाँ युनिकर्न १५०

  • १६ माघ २०७६, बिहीबार १९:३२ मा प्रकाशित

  • काठमाडौं – नेपाली बजारमा होन्डा युनिकर्न १५० पुनः भित्रिएको छ । केही समय बिक्री बन्द भएको यो मोटरसाइकल कम्पनीले फेरि नेपाली बजारमा भित्र्याएको हो ।

    कम्पनीले सीबी युनिकर्नको ग्राफिक्समा परिर्वतन गरेर बजारमा उतारेको छ भने मेकानिकल पाटर्समा कुनै परिवर्तन गरेको छैन ।

    नयाँ यूनिकर्नमा १४९ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १२.७ बीएचपी पावर तथा १२.८० एनएम टर्क जेनेरेट गर्छ । उक्त मोटरसाइकलमा ५ स्पिडको गियरबक्स जडान गरिएको छ ।

    कम्पनीले यो मोटरसाइकल ईको टेक्नोलोजीमा बनाएको छ । होन्डाले हाल निर्माण गर्ने नयाँ मोटरसाइकल ईको टेक्नोलोजीमा निर्माण गर्ने गरेको छ ।

    सो मोटरसाइकलमा स्टाइलिस एनालग कन्सोल, सिंगल पिस बल्ब हेडलाइट, फराकिलो सिट, थ्रीडी होन्डा लोगो, अलोय ह्विल जस्ता विशेषता समेटिएको छ ।

    यसको फ्रन्टमा टेलिस्कोप फर्क र रियरमा मोनोशक दिइएको छ । यो मोटरसाइकलको फ्रन्ट चक्कामा २४० एमएमको डिस्क ब्रेक र रियरमा १३० एमएमको ड्रम ब्रेक दिइएको छ ।

    होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेड्रिङ कम्पनीले यो मोटरसाइकलको मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । यसका साथै कम्पनीले स्क्याच अफरसमेत ल्याएको छ । यो अफरमा ४ हजारदेखि १ लाखसम्म जित्न सकिने कम्पनीले जनाएको छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on नेपाली बजारमा आयो होन्डाको नयाँ युनिकर्न १५०

    पियनको सम्पत्ति ९ करोड ७३ लाख !

  • १६ माघ २०७६, बिहीबार १९:२६ मा प्रकाशित
  • १६ माघ, काठमाडौं । १९ कात्तिक २०४५ मा मालपोत विभाग काठमाडौंबाट कार्यालय सहयोगी (पियन) पदबाट सेवा प्रवेश गरेका राजेन्द्र बस्नेतले ९ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको सम्पत्ति जोडेका छन् । त्यस मध्ये ८ करोड ९८ लाख ५८ हजार रुपैयाँ भन्दा बढी सम्पत्ती गैरकानुनी भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)को अनुसन्धानबाट खुलेको छ ।
    बस्नेतको तलब पारिश्रमिक, बचत आय, घरजग्गा बिक्री, सवारी साधन बिक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा र आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत गरी कुल ७४ लाख ७३ हजार ३ सय ७३ रुपैयाँ मात्रै वैध भएको अदुअआको निश्कर्ष छ ।

    मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा नक्कली रसिद काटी नगद असुल गरेर राजस्व दाखिला नगरेको अभियोगमा बस्नेत पक्राउ परेका थिए । ११ लाख रुपैयाँ नगदसहित पक्राउ परेको विषयमा अनुसन्धान गर्दा उनीसँग करोडौंको अवैध सम्पत्ति फेला परेको हो ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत, उनकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत, भतिजा कृपा बस्नेत समेतलाई प्रतिवादी बनाएर विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अदुअआका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

    Posted in अर्थ, कला /जीवनशैली, मुख्य खबर, समाजLeave a Comment on पियनको सम्पत्ति ९ करोड ७३ लाख !

    १२ लाख अवैध भारतीय नोट सहित मानिस पक्राउ

  • १५ माघ २०७६, बुधबार २०:३६ मा प्रकाशित

  • माघ १५, उमेश कुशवाहा
    १२ लाख अवैध भारतीय रुपैया सहित एक जना पकाऊ परेका छन।

    आज तस्करहरुले अवैध रुपमा विदेशी मुद्रा बीरगंजको सिमा नाका हुदै भारतको रक्सौलतर्फ लैजाँदै छ । विशेष सुचना को आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बि.म.न.पा. वडा नं.८ घण्टाघर स्थितमा भारततर्फ जाने विभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा रक्सौलबाट आउदै गरेको बा.६ च.७४४० नं.को santro car रिजर्वमा लिई सवार रहेको भारत हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम पञ्चायत ढोलकवा बस्ने हंसराजको छोरा बर्ष ३२ को सुभाष चन्दको शरीर चेकजाँच गर्ने क्रममा निजको साथबाट प्रतिबन्धित भारतीय रुपैया २००० दरको नोट ६०० थान गरी जम्मा भारतीय रुपैया १२,००,०००।- (अक्षरेपी रु. बाह्र लाख) फेला पारी उक्त भारतीय रुपैया सहित निजलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा पठाईएको । जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on १२ लाख अवैध भारतीय नोट सहित मानिस पक्राउ

    यस्तो छ एक पटकको चार्जमा २१३ किलोमिटर चल्ने टाटा टिगोर ईभी

  • १४ माघ २०७६, मंगलवार २०:४३ मा प्रकाशित

  • टाटा मोटर्सले साधारण ग्राहकको लागि अधिक दुरीसम्म चल्ने क्षमता भएको इलेक्ट्रिक कार टिगोर हालै भारतीय बजारमा लन्च गरेको छ ।

    सो कार एक पटकको फुल चार्जमा २१३ किलोमिटरको दुरी तय गर्ने क्षमताको रहेको छ । सो कार भारतको ३० शहरमा उपलब्ध रहेको छ ।

    सो कारको मूल्य ९ लाख ५४ हजार भारु देखि शुरु हुनेछ । सो इलेक्ट्रिक कारमा २१.५ केडब्ल्युएच ब्याट्री प्याक समावेश गरिएको छ । सो व्याट्री कुलिङ सिस्टमको साथमा उपलब्ध हुनेछ । यसको साथै सो कारको तौलको कारण पनि कारको तापमान सन्तुलनमा रहन्छ ।

    इलेक्ट्रिक टिगोर टाटा टिगोर सेडानमा आधारित रहेको छ । सो कारमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, हाइट एडजेस्टेबल ड्राइभर सिट जस्ता सुविधा रहेको छ । यसको साथै कारमा ड्युअल एयरब्याग र एन्टि लक ब्रेकिङ सिस्टम पनि रहेको छ ।

    सो इलेक्ट्रिक कारको लागि १ लाख २५ हजार किलोमिटरको वारेन्टी दिइएको छ । टिगोर ईभीमा दुई चार्जिङ पोर्ट पनि समावेश गरिएको छ । फास्ट चार्जिङ पोर्टले कम समयमा ब्याट्री छिटो चार्ज गर्ने क्षमता रहेको छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on यस्तो छ एक पटकको चार्जमा २१३ किलोमिटर चल्ने टाटा टिगोर ईभी

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P