• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

मासिक किस्ता १७ हजार २ सय १४ तिरेर क्रेटा चढ्न सकिने

  • १९ असार २०७७, शुक्रबार ११:३९ मा प्रकाशित

  • हुन्डाइ नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा किन्ने ग्राहकहरुका लागि नयाँ सुविधासहितको अफर ल्याएको छ।
    क्रेटा मासिक १७ हजार २ सय १४ रुपैयाँ किस्ता तिरेर पहिलो वर्ष चढ्न सकिने अफर ल्याएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक रुपेश शर्मा भट्टले जानकारी दिए। त्यसपछि भने ग्राहकले किस्ताको रकम दोब्बर तिर्नुपर्ने हुन्छ।
    चुनौतीको सामना गर्दै बढ्नु छ अगाडि, हिम्मत छ, हौसला छ हट्ने छैन पछाडीको स्लोगन दिदैँ हुन्डाइले नयाँ अफर ल्याएको हो। लकडाउनले सबै क्षेत्र प्रभावित पारिरहेका बेला क्रेटा किन्न चाहनेहरुलाई सहज वातावरण बनाइदिएको शर्माले बताए।
    क्रेटासँगै हुन्डाइले स्यान्टो ग्राण्ड आइटेनमा पनि नयाँ अफर ल्याएको छ। नयाँ अफरमा ५० प्रतिशत डाउनपेमेन्ट तिनुृपर्नेछ भने ८ वर्ष सम्मका लागि फाइनान्सको सुविधा उपलब्ध छ। २०७७/७८ सालको रोड करपनि कम्पनीले नै तिर्नेछ।
    स्वास्थ्यकर्मीहरुका लागि भने २५ हजार रुपैयाँ सम्मको सर्भिस भौचर उपलब्ध गराइने भट्टले बताए।
    स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने यो भौचरको अवधि २ वर्ष सम्मको हुने छ । ग्राहकहरुले यो भौचर गाडी निशुल्क सर्भिस गर्नुको साथै स्पेयरपार्टस, लुब्रिकेन्टसहरु खरिदमा प्रयोग गर्न सक्नेछन।
    क्रेटा नेपालमा अत्याधिक रुचाइकी गाडी हो ।

    Posted in अर्थLeave a Comment on मासिक किस्ता १७ हजार २ सय १४ तिरेर क्रेटा चढ्न सकिने

    मेलम्चीमा आइपुग्यो सहल, प्रति केजी २०० रुपियाँ दिने नगरको घोषणा

  • १८ असार २०७७, बिहीबार १६:३१ मा प्रकाशित

  • सुशील सुबेदी
    मेलम्ची नगरपालिका वडा नं ९ मा सलह आइपुगेको छ । थोरै संख्यामा आइपुगेको सहलले बाली खान थालेको छ । स्थानीयवासीहरु सहल लखेट्न तथा संकलन गर्न जुटेको किसान चिनबहादुर तामाङले बताउनुभयो ।


    यसैबीच मेलम्ची नगरपालिकाले सहल संकलन गरेर ल्याउनेलाई प्रति केजी रु. २ सय दिने घोषणा गरेको छ । विषादी छर्केर वा कुनै पनि तरिकाले सहल भगाउन कृषि शाखा सक्रिय रहेको कृषि प्राविधिक हरिगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
    किसानहरुका बाली क्षति हुन नदिनका लागि नगरले सक्रियताका साथ काम गरिरहेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिनुभएको छ । यसअघि मेलम्ची भेगमा थाङपालधाप, पाल्चोकमा पनि सहल देखिएको थियो ।
    ैँ

    Posted in अर्थ, ताजा अपडेट, समाजLeave a Comment on मेलम्चीमा आइपुग्यो सहल, प्रति केजी २०० रुपियाँ दिने नगरको घोषणा

    पाँचपोखरीमा रोपाइँ महोत्सव

  • १५ असार २०७७, सोमबार २१:१२ मा प्रकाशित
  • -सुशील सुबेदी- सिन्धुपाल्चोक

    धान उत्पादन वृद्दि, आत्मानिर्भता र समृद्दि” नाराका साथ पाँचपोखरी थाङपाल गाउँपालिकामा रास्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना भएको छ ।

    पाँचपोखरी थाङपाल गाउँपालिका कृषि शाखाको आयोजनामा भएको रोपाई महोत्सवमा गाउँपालिका प्रमुख टासी लामाको आतिथ्यतामा करिव १५ रोपनी खेतमा रोपाई गरिएको थियो।

    असार १५ किसानहरुको मुख्य दिवस भएको र संघीय सरकारले २०६१ साल देखि राष्ट्रिय पर्वको रुपमा यस दिनलाई चाडकै रुपमा मनाउँदै आएकोमा यस वर्ष पनि सो दिवस मनाइएको कृषि विकास शाखा प्रमुख निमराज गिरीले बताएका छन ।

    त्यस्तै गाउँपलिकालाई पर्यटन र निर्वाहमुखी नभई उत्पादनमुखी कृषिको केन्द्र बनाउने अभियान अन्तर्गत यो दिवस तथा महोत्सव आयोजना गरिएको गाउँ पालिका अध्यक्ष टासी लामाले जानकारी दिएका छन।

    सो महोत्सवमा गाउँ पालिकाका वडा अध्यक्ष ,सल्लाहकार ,कर्मचारी तथा स्थानीयहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    Posted in अर्थLeave a Comment on पाँचपोखरीमा रोपाइँ महोत्सव

    केरुङ जाने कन्टेनरलाई कालिकास्थानमा अवरोध

  • १३ असार २०७७, शनिबार २०:५६ मा प्रकाशित

  • सुशील सुबेदी
    रसुवाको केरुङ नाका सञ्चालनको सुरु भएपनि स्थानिय अवरोधका कारण सामान आयातमा समस्या सिर्जना भएको छ । स्थानिय अवरौधका कारण सामान लिन केरुङ जाँदै गरेका कन्टेनर वाटोमा अलपत्र परेका छन् । शनिवार काठमाण्डौवाट केरुङ तर्फ जाँदै गरेको कन्टेनरहरुलाई स्थानियले कालिकास्थानवाट फर्काएको व्यवसायीहरु वताउँछन् । ‘कन्टैनर लिएर कालिकास्थान सम्म पुग्यौ, गुण्डागर्दी शैलीमा युवाहरुको हुल आएर कन्टेनर फर्काउन धम्की दिएपछि वेत्रावती आएर वसेका छौ ।’ सिल्क ट्रान्सपोर्टका कन्टेनर चालकले भने । सामान लिन केरुङ जाँदै गरेका कन्टेनर चालकले आफूहरु असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेका छन् । ‘चीनले दैनिक चार कन्टेनर मात्र सामान ल्याउने तर नेपाली कन्टेनरको चाप वढेकोले केही समस्या भएको हुनसक्छ, रसुवाका प्रहरी नायव उपरीक्षक ईन्द्र सुवेदी वताउन्छन् ।
    नेपालमा आउने सामान चीनले आफ्नै कन्टेनर र चालकले मितेरी पुलसम्म ल्याइदिने र नेपाली कन्टेनरले सम्बन्धित ठाउँसम्म पुरÞ्याउन पाउने गरि बुधवार नेपाल चिन पक्षवीच सहमति भएको थियो । मितेरी पुलमा आएको सामान लिन जाने चालक र सहयोगीको कोरोना परीक्षण अनिवार्य हुनुपर्ने सर्त चिनिया पक्षकको थियो ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on केरुङ जाने कन्टेनरलाई कालिकास्थानमा अवरोध

    हेलम्बु गाउँपालिको नीति तथा कार्यक्रम सार्बजनिक

  • १० असार २०७७, बुधबार १५:५३ मा प्रकाशित
  • स्वास्थ ,कृषि , दश कक्षासम्मका विद्यार्थी र शिक्षकलाई खाजा, एकल पुरुष भत्तामा शतप्रतिशत वृद्धि

    सुशील सुबेदी
    हेलम्बु गाउँपालिकाले गत वर्षदेखि दिँदै आएको एकल पुरुष भत्तामा शतप्रतिशत वृद्धि गरी रु १ हजार बनाएको छ । अन्य समुदायका ६० वर्ष र दलित समुदायका ५० वर्ष नाघेका एकल पुरुषका लागि भत्ता उपलब्ध गराउँदै आएको छ ।
    यसअघि कक्षा ५ सम्मका विद्यार्थीका लागि खाजा कार्यक्रम सञ्चालन हुँदै आएकामा आगामी आर्थिक वर्षबाट कक्षा १० सम्मका विद्यार्थी तथा शिक्षकहरुका लागि समेत खाजाको व्यवस्था गरिने बुधबार अध्यक्ष निमाग्याल्जेन शेर्पाद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा उल्लेख छ ।
    चर्चित हेलम्बु हिमालय ग्रेट ट्रेल निर्माण कार्यलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ । बुद्धपार्क– सेर्माथाङ– ज्योमथाङ– आमायाङ्ग्री– ढुक्पु्– भेमथाङ– पासाङसिरी– गुफुपोखरी– जलंसा– दवालाङगुफा– सेमिसिदाङ– भेयस्री– सोली– ठाडेपाटी– पाकेडाँडा– घोप्टेघ्याङसम्म हेलम्बु हिमालयन पदमार्ग, -The Helambu Himalayan Great Trail) निर्माण कार्य गत आ.व २०७५।०७६ मा वडा नं ६ घोप्टेघ्याङबाट १०५ मिटर निर्माण सम्पन्न भइसकेको र चालु आ.व २०७६।०७७ मा वडा नं २ शेर्माथानबाट १०० मिटर, प्रदेश सरकार र वडा नं ३ बुद्धपार्कबाट १०० मिटर गाउँपालिकाबाट निर्माण अवस्थामा रहेकामा त्यसलाई निरन्तरता दिदै लगिने उल्लेख छ । छिमेकि गाउँपालिका, देशै भरि रहेका स्थानीय तहहरु, पर्यटन व्यवसायी, उद्योग वाणिज्य संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रहेका हेलम्बुवासी तथा अन्य सम्पूर्ण नेपालीहरुलाई पनि सो गौरवको आयोजनामा लगानीका लागि हात बढाउन आह्वान गरिएको छ ।
    कृषकहरुका लागि रासायनिक मलमा अनुदान, सुत्केरी पोषण भत्ताजस्ता विगतका लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । साना किसानहरुले कृषि, पशु तथा पर्यटन व्यवसायका लागि हेलम्बु गाउँपालिकाभित्रका बैँकबाट लिएको ऋण कोभिड १९ को कारणले व्याज तिर्न नसकेका कृषकहरुका लागि ३ महिनाको व्याज गाउँपालिकाले तिरिदिनको व्यवस्था पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ

    Posted in अर्थ, राजनीतिLeave a Comment on हेलम्बु गाउँपालिको नीति तथा कार्यक्रम सार्बजनिक

    १ प्रतिशत ब्याजदरमा यसरी किन्न सकिन्छ होन्डा एक्सआर १९०एल 

  • ९ असार २०७७, मंगलवार ११:०६ मा प्रकाशित
  • काठमाडौं – युवाहरुले निकै नै रुचाएको होन्डाको बाइक एक्सआर १९०एल किन्नका लागि १ प्रतिशत ब्याजदरमा सुविधा उपलब्ध छ ।

    नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले एक्सआर १९०एल का लागि विशेष अफर उपलब्ध गराइरहेको छ ।

    होन्डाले अन्य बाइक वा स्कुटरका लागि विभिन्न अफर उपलब्ध गराएको भए तापनि एक्सआर १९०एल का लागि भने यो अफर मात्र उपलब्ध छ । होन्डा एक्सआर १९०एल को मूल्य ५ लाख ९४ हजार ९ सय रुपैयाँ छ ।

    यसका लागि शुरुमा ६० प्रतिशत डाउन पेमेन्टको रुपमा ३ लाख ५६ हजार ९४० रुपैयाँ बुझाउनु पर्छ । बाँकी रकम एक वर्ष भित्र महिनाको करिव १९ हजार ९ सय रुपैयाँको दरले बुझाउनु पर्छ ।

    शुरुमा बाइक किन्दा पहिलो महिनाको इएमआई अर्थात किस्ताको साथै रजिष्ट्रेसन शुल्क १ हजार र इन्स्योरेन्स शुल्क १२ हजार ५ सय रुपैयाँ समेत बुझाउनु पर्छ । यसको आधारमा बाइक किन्नका लागि शुरुमा ३ लाख ७० हजार ४४० रुपैयाँ बुझाउनु पर्ने स्याकार ट्रेडिङ कम्पनीले जनाएको छ ।

    होन्डा एक्सआर १९०एल युवाहरुले निकै नै रुचाएको बाइक हो । हाल यो बाइकका लागि धेरैले प्रतीक्षा गरिरहेका छन् । २५० सीसीको एक्सआर रुचाउने युवाहरुले सस्तो मूल्यमा पाउने भएकाले पनि यो बाइक धेरैको रोजाइमा परेको छ ।

    होन्डाले लकडाउनको समयका लागि ल्याएको विभिन्न योजना मध्ये तेस्रो योजना अन्तर्गत एक प्रतिशत ब्याजमा होन्डाका मोटरसाइकल तथा स्कुटर किन्न सकिन्छ । यो योजनमा ग्राहकले १ प्रतिशतमा ब्याज दरमा ऋण प्राप्त गर्छन् र यसको अवधि एक वर्ष हुन्छ ।

    यसको अर्थ बाइक वा स्कुटर किन्नका लागि होन्डाले आफै ऋण उपलब्ध गराउँछ र सो ऋण एक वर्ष भित्र तिर्न सकिन्छ । यस योजनामा मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकले ६० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।

    Posted in अर्थLeave a Comment on १ प्रतिशत ब्याजदरमा यसरी किन्न सकिन्छ होन्डा एक्सआर १९०एल 

    NRNA द्वारा Covid-19 सम्वन्धि सामग्री सुदूरपश्चिम प्रदेशका लागि स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

  • ८ असार २०७७, सोमबार २०:०९ मा प्रकाशित
  • रुपक लामिछाने

    काठमाडौँ | २० जुन २०२० का दिन गैरआवासीय नेपाली संघले २५०० Covid-19 Detection PCR Test Kit र २५०० RNA Extraction Kit सुदुर पश्चिम प्रदेशका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश राणाले स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहको रोहवरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेका छन् ।

    मन्त्री भट्टले गैरआवासीय नेपाली संघबाट प्राप्त सामाग्रीहरुमा सरकारका तर्फबाट थप किट थपेर आइतबारसम्म सुदूरपश्चिम पठाउने जानकारी दिएका छन् ।

    गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार सुदूरपश्चिममा भारतबाट ठूलो संख्याका नेपाली भित्रिए पनि परीक्षण हुन नपाई लामो समय क्वारेन्टिनमै कष्टपूर्ण तवरले बस्नुपरे पछि संघले सो सहयोग गरेको हो भने कोरोना परिक्षणको लागि सुदुर पश्चिम प्रदेशले किटको अभाव समेत झेल्नुपरेको अवस्थामा थियो ।

    पन्तका अनुसार संघले सुदूरपश्चिमका पहाडी जिल्लालाई लक्षित गरी डडेल्धुरामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालामा गैरआवासीय नेपालीको सहयोग रहने भएको छ ।

    गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाको सकृयतामा गैरआवासीय नेपाली संघले सुदूरपश्चिम प्रदेशका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत २ हजार ५ सय Covid-19 Detection PCR Test Kit र सोही संख्यामा RNA Extraction Kit हस्तान्तरण गरेको हो ।

    Posted in अर्थ, बिज्ञान/प्रविधि, समाजLeave a Comment on NRNA द्वारा Covid-19 सम्वन्धि सामग्री सुदूरपश्चिम प्रदेशका लागि स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

    क्वारेन्टाइन सुधारका लागि भन्दै स्थानीय तहलाई ३५ करोड निकासा

  • ६ असार २०७७, शनिबार ०१:०० मा प्रकाशित
  • बिगतका हप्तादेखी कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको र बिदेशबाट आउने क्रमलाई मध्यनजर गर्दै सरकारले क्वारेन्टाइन व्यवस्थित बनाउन स्थानीय तहलाई ३५ करोड रुपैयाँ निकासा गर्ने भएको छ।

    कोभिड १९ संकट व्यवस्थापन (सीसीएमसी) को शुक्रबारको बैठकले काेराेना राेकथाम, नियन्त्रण तथा उपचार कोषबाट प्रदेश सरकारमार्फत रकम निकासा गर्ने निर्णय गरेको हो।

    विदेशबाट आउने नेपालीकाे संख्यालाई पनि मध्येनजर गरी क्वारेन्टाइन, आइसाेलेशन व्यवस्थापन र प्रयोगशालाकाे क्षमता विस्तारका लागि रकम निकासा गरिएकाे हाे। 

    बैठकले क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्य परीक्षण दुई साताभित्र गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ। त्यसको अनुगमन र सहजीकरणको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको छ। बैठकले थप आइसोलेसनको व्यवस्था गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ। लोकान्तर खबरमा छापिएको छ ।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on क्वारेन्टाइन सुधारका लागि भन्दै स्थानीय तहलाई ३५ करोड निकासा

    कोरोना नियन्त्रणको आठ अर्ब ३९ करोड रुपियाँ खर्च विवरण सार्वजनिक, के-के मा कति-कति खर्च

  • ३१ जेष्ठ २०७७, शनिबार ०९:०१ मा प्रकाशित
  • काठमाडौ ! सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ । नेपालमा पहिलो सङ्क्रमण आशङ्कामा सङ्कलन गरिएको स्वाब नमुना परीक्षणका लागि हङ्कङ पठाइएको थियो । गुणस्तरीय र व्यवस्थित प्रयोगशालाको अभाव रहेको अवस्थाबाट तीन महिनाको अवधिमा देशमा २० भन्दा बढी प्रयोगशाला सरकारले स्थापना गरिसकेको छ । भारतलगायत विभिन्न देशबाट आएका एक लाख ५८ हजार ५० जना नेपाली अहिले क्वारेन्टाइनमा रहेका छन् ।

    अर्थ मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा मात्र ९८ करोड ५० हजार रुपियाँ खर्च भएको छ । यस्तै, औषधि र स्वास्थ्य सामग्री खरिदमा एक अर्ब ४९ करोड ७५ लाख ५० हजार, क्वारेन्टाइन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार र अन्य विविध खर्चका रूपमा १३ करोड चार लाख ३१ हजार रुपियाँ खर्च भएको जनाइएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुई अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपियाँ निकासा भएकोमा अहिलेसम्म एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपियाँ खर्च भएको जनाइएको छ ।
    त्यस्तै, रक्षा मन्त्रालयमा दुई अर्ब ३८ करोड ५९ लाख २७ हजार निकासा भएकोमा दुई अर्ब ४० करोड २४ लाख ५७ हजार रुपियाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ । जसमध्ये दुई अर्ब ३६ करोड ९५ लाख २७ हजार रुपियाँ औषधि तथा स्वास्थ्य सामग्री खरिदमा खर्च भएको जनाइएको छ । त्यस्तै, क्वारेन्टाइन निर्माणमा एक करोड २९ लाख रुपियाँ र विविध अन्य ३५ लाख रुपियाँ खर्च भएको छ ।

    मन्त्रालयका अनुसार गृह मन्त्रालयमार्फत दुई करोड ४५ लाख ८८ हजार रुपियाँ खर्च भएको छ । त्यस्तै, परराष्ट्र मन्त्रालयमा ६५ लाख निकासा भएको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छ करोड निकासा भएकोमा पाँच करोड २० लाख रुपियाँ खर्च भएको छ । त्यस्तै, सहरी विकास मन्त्रालयमा एक करोड ४२ लाख, प्रदेशका सामाजिक विकास मन्त्रालयहरू सातै प्रदेश मार्फत १५ करोड ७५ लाख रुपियाँ खर्च भएको जनाइएको छ । जसमध्ये सहरी विकास मन्त्रालयको बजेट क्वारेन्टाइन निर्माणमा खर्च भएको जनाइएको छ । त्यस्तै, प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा १४ करोड र औषधि तथा स्वास्थ्य सामग्री खरिदमा एक करोड ७५ लाख रुपियाँ खर्च भएको जनाइएको छ ।

    यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत प्रविधि विकास र वैकल्पिक सिकाइका लागि २६ करोड ७५ लाख ७८ हजार निकासा भएकोमा दुई करोड ६९ लाख ७८ हजार रुपियाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाममा संलग्न आठ मन्त्रालयमा जम्मा पाँच अर्ब ६२ करोड ९२ लाख ४० हजार निकासा भएकोमा चार अर्ब १० करोड ५५ लाख छ हजार रुपियाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ ।

    यसैगरी, प्रदेश सरकारमार्फत एक अर्ब ३० करोड चार लाख ९९ हजार रुपियाँ खर्च भएको जनाइएको छ । जसअनुसार प्रदेश १ ले १९ करोड ३५ लाख ६० हजार, प्रदेश २ मा १३ करोड ३९ लाख ४६ हजार, बाग्मती प्रदेशले १३ करोड ६७ लाख, गण्डकीले १५ करोड ४२ लाख १० हजार, प्रदेश ५ ले सात करोड ७९ लाख ३० हजार, कर्णालीले २३ करोड ९२ लाख ८३ हजार र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपियाँ खर्च गरेको छ ।

    त्यस्तै, स्थानीय तहबाट दुई अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपियाँ खर्च भएको स्रोतले जनाएको छ । आजको गोरखापत्र दैनीकमा खवर छ ।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on कोरोना नियन्त्रणको आठ अर्ब ३९ करोड रुपियाँ खर्च विवरण सार्वजनिक, के-के मा कति-कति खर्च

    चर्को जनदबाब पछि सरकारले जारी गरेको बिमान भाडा दर् वाट सरकार पछि हट्यो !

  • ३० जेष्ठ २०७७, शुक्रबार २०:५९ मा प्रकाशित

  • चर्को जनदबाब पछि सरकारले जारी गरेको बिमान भाडा दर् वाट सरकार पछि हटेको छ !
    विदेशमा अफ्ठेरोमा परेर स्वदेश फर्किनुपर्ने नेपालीलाई तोकेको भाडा महँगो भएको भनि देश विदेश लगायत सामाजिक संजाल हरुमा कडा बिरोध देखीयपछि नेपाल सरकार एक कदम पछि हट्दै आज बसेको मन्त्रि परिषद बाट सरकारले केही सकारात्मक निर्णय गरेको छ । निर्णय अनुसार सम्बन्धित देशका दूतावासको संयोजनमा बिमान चार्टर गर्ने र प्रतिस्पर्धी मूल्यमा टिकट प्राप्त गर्न सक्ने गरी आज बसेको मन्त्रि परिषद वाट निर्णय भएको भनि गैर आवासीय नेपाली संघ का अध्यक्ष कुमार पन्त द्वारा आफ्नो फेसबुक मार्फत जानकारी गरायकाछन्, उनले यसकालागी । सरकारलाई धन्यवाद पनि दिएका छन् । अब यो निर्णय संगै विदेश वाट घर फर्किन लागेका नेपालीहरुले केहि राहत पाउछन कि भन्ने आशा गरियको छ !

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, राजनीतिLeave a Comment on चर्को जनदबाब पछि सरकारले जारी गरेको बिमान भाडा दर् वाट सरकार पछि हट्यो !

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P