क्वारेन्टाइन सुधारका लागि भन्दै स्थानीय तहलाई ३५ करोड निकासा

  • ६ असार २०७७, शनिबार ०१:०० मा प्रकाशित
  • बिगतका हप्तादेखी कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको र बिदेशबाट आउने क्रमलाई मध्यनजर गर्दै सरकारले क्वारेन्टाइन व्यवस्थित बनाउन स्थानीय तहलाई ३५ करोड रुपैयाँ निकासा गर्ने भएको छ।

    कोभिड १९ संकट व्यवस्थापन (सीसीएमसी) को शुक्रबारको बैठकले काेराेना राेकथाम, नियन्त्रण तथा उपचार कोषबाट प्रदेश सरकारमार्फत रकम निकासा गर्ने निर्णय गरेको हो।

    विदेशबाट आउने नेपालीकाे संख्यालाई पनि मध्येनजर गरी क्वारेन्टाइन, आइसाेलेशन व्यवस्थापन र प्रयोगशालाकाे क्षमता विस्तारका लागि रकम निकासा गरिएकाे हाे। 

    बैठकले क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्य परीक्षण दुई साताभित्र गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ। त्यसको अनुगमन र सहजीकरणको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको छ। बैठकले थप आइसोलेसनको व्यवस्था गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ। लोकान्तर खबरमा छापिएको छ ।

    Leave a Reply