एमसीसी सम्झौता रोक्न मिल्दैन : मन्त्री ज्ञवाली

  • ६ असार २०७७, शनिबार ०१:०७ मा प्रकाशित
  • काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी मिलेनियम कर्पाेरेशन सहायता परियोजना (एमसिसी) लामो समय रोकेर राख्न नमिल्ने बताएका छन् ।

    शुक्रबार मन्त्रालयमा पत्रकारसँगको छलफलमा मन्त्री ज्ञवालीले नेपालको समग्र बाह्य सम्बन्धमा पर्ने प्रभाव र आर्थिक सहायता नीतिबारे सुविचारित रुपमा निर्णय गर्नुपर्ने बताउँदै संसद्ले यस्ता विषयलाई छलफल गराउन लामो समयसम्म रोकेर राख्न नमिल्ने बताएका हुन् ।

    मन्त्री ज्ञवालीले विकास परियोजनाका विषयलाई पार्टीभित्रको विवादको विषय नबनाइएको भए उचित हुने धारणा राखे । उनले यो विषय बहसमा आइसकेको हुनाले अब चाँडै उचित निर्णयमा पुगिने जानकारी दिए।

    उनले प्रश्न गरे, “बढाइचढाइ गरिएका कारण कतिपय विवाद उत्पन्न भएका हुन् कि ? एमसीसी परियोजना लागू भएका विश्वका कुन मुलुकमा अमेरिकी सेना गएको छ वा अमेरिकी सेना रहेको कुन कुन मुलुकमा एमसीसी परियोजना लागू भएको छ ?”

    उनले बहसका पक्षहरूलाई राम्ररी सम्झौताको अध्ययन गरी धारणा बनाउनसमेत आग्रह गरेका थिए । साभार खबरहब.कम ।।

    2 thoughts on “एमसीसी सम्झौता रोक्न मिल्दैन : मन्त्री ज्ञवाली

    1. त्यो त केपी ओली साहेबले अस्तिनै भनिस्एको हो। एमसीसी सत्ता पक्ष प्रतिपक्ष , निस्पक्ष , सबैलाई किन चाहिने, अभियानता हरुलाई फेरी नचाहिने मात्रा होइन , घातक नै हुने, एम्सिसी चाहिन्छ भन्ने पीएच्डी होल्डर पनि छन, चाहिदैन भन्ने पनि पीएच्डी होल्डर नै छन। एक भाई हिङ नभै भागै नबस्ने अर्को भाई हिङ भये भित्रै नपस्ने को अवस्था मा देश पुग्यो। मध्यस्थता गर्ने नियती ले मलाई पार्यो। ल त सबैले सुनौं “जुन दिन नेपाली सेना TIA मा ल्यान्ड हुने जान्कारी पाईन्छ, त्यो दिन विमान धावन मार्गमा सुत्न म तयार हुन्छु, एम्सी पास गर्न दिऊ , पास दर्दा भन्दा नगर्दा देश्लाई सकस पर्ने बुझियो । Verdict!!! No Appeal !!!

    2. MCC काे पक्षे मा भोट दिने नेता काे नाम लिस्ट बनाएर ६ महिना भित्र सबैलाई यमलोक पुर्याउने हो

    Leave a Reply