• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

नेपाली कांग्रेस जन सम्पर्क समिति अल कासिमको क्षेत्रिय समिति गठन, सभापतिमा टिकाराम तामाङ चयन

  • २३ असार २०८१, शनिबार २०:१६ मा प्रकाशित
  • 6 जुन 2024, अल कासिम, साउदी अरेबिया,

    गत ०५ जुलाई २०२४, शुक्रबारका दिन नेपाली काँग्रेसको बिदेश स्थित भातृ संस्था नेपाली जनसंपर्क समिती साउदीअरबले अलकासिम क्षेत्रिय समिति गठन गरेको छ ।

    उक्त समिति गठनबाट सभापतिमा नेपाली कांग्रेसका युवा नेता टिकाराम तामाङ (वाइवा ) उप सभापतिमा कुमार बिक, महामन्त्री – बद्री खत्री ( समिर ),कोषाध्यक्षमा सुरज सापकोटा, र सदस्यहरुमा सुदेश महतो, रेशम थापा,सर्फुदिन मिया,आयुष धामि,अनिल बराल, दिनेश उपरकोटि,पुब्यन शाह, र प्रमुख सल्लाहकारमा – धन बहादुर गुरुङ, सल्लाहकारमा मनोज कुमार खवास रहेका छन् ।

    १२ सदस्यीय अल कासिम क्षेत्रीय समिति सर्ब सहमत चयन भएको उक्त अल कासिमको बुरैदामा भएको कार्यक्रममा नेपाली कांग्रेसमा आस्था राख्ने नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपालि जनसम्पर्क समिति साउदि अरबका सभापति तुसुङ (अर्जुन) बहादुर थापाको सभापतित्वमा र नेपाली जनसंपर्क समिती साउदि अरबका अन्य पदाधिकारि तथा सदस्यहरु, सल्लाहकारहरु, अलकासिम क्षेत्रमा रहनु भएका नेपाली काँग्रेसमा आस्थावान ब्यक्तिहरु तथा अन्य संघसंस्था पदाधिकारिहरु, समाजसेबि, बुद्दिजिबिहरुको उपस्थितिमा नेपाली जनसम्पर्क समिती, अलकासिम क्षेत्रीय समिति गठन गरिएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीति1 Comment on नेपाली कांग्रेस जन सम्पर्क समिति अल कासिमको क्षेत्रिय समिति गठन, सभापतिमा टिकाराम तामाङ चयन

    नेपालका ख्यातिप्राप्त कलाकारहरु सहित जेद्दा सिजन आयोजना हुने, १६ अगष्टमा नेपालीहरुको प्रस्तुती

  • १८ असार २०८१, सोमबार २१:३९ मा प्रकाशित

  • जेद्दा साउदी अरब । नेपाली महावाणिज्य दुतावास जेद्दा साउदी अरबले एक सुचना जारी गर्दै साउदी अरबको जेद्दा शहरमा जेद्दा सिजन २०२४ आयोजना हुने जनाएको छ । उक्त आयोजना बिभिन्न मितिमा गरि ४ दिन हुने र नेपालीहरुको प्रस्तुती १६ अगष्टमा रहने जनाउँदै उक्त कार्यक्रममा नेपालीहरुको बाक्लो सहभागिताका लागि अनुरोध गरेको छ ।
    महावाणिज्य दुतावासले आफ्नो सुचनामा जनाएको छ , जुलाई तथा अगष्ट २०२४ मा Equestrian Club (Al Frosyah District Jeddah) मा जेद्दा (Jeddah Season) आयोजना हुने र यस जेद्दा सिजनमा नेपालको प्रथम पटक सहभागिता रहने तय भएको सबैमा जानकारी सहर्ष गराउँदछौं । जुलाई २६ तथा अगष्ट २,९ र १६ गरी जम्मा चार दिन आयोजना हुने जेद्दा सिजनमा नेपालको प्रस्तुती १६ अगष्ट २०२४ शुक्रवार रहनेछ । १६ अगष्ट २०२४ मा आयोजना हुने कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहरु गायक प्रमोद खरेल नायिका केकी अधिकारी तथा वहाँको नृत्य समूह र प्रस्तोता रिमा विश्वकर्मा आउनुहुने जानकारी रहेकोछ ।


    साथै महावाणिज्य दुतावासले यस सम्बन्धी जानकारी साउदी अरबमा रहेका सम्पूर्ण नेपालीहरु माझ पुर्याउन तथा कार्यक्रममा सहभागी नेपाली कलाकारहरु समेतको प्रस्तुती रहने कार्यक्रमलाई सफल बनाउन साउदी अरबमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक आग्रह गरेको छ । यस सम्बन्धमा अन्य प्रासंगिक सूचना तथा जानकारीहरु प्राप्त भएमा आगामी दिनहरुमा सबै नेपाली माझ सुचित गराउऩे पनि जनाएको छ ।
    जेद्दा सिजनमा नेपालको सहभागिता सम्बन्धी अन्य जानकारीका लागि 0582495715, 0541596759, 0506879434 नम्बरहरुमा सम्पर्क गर्न सकिने छ।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबरLeave a Comment on नेपालका ख्यातिप्राप्त कलाकारहरु सहित जेद्दा सिजन आयोजना हुने, १६ अगष्टमा नेपालीहरुको प्रस्तुती

    साउदी अरबको जेद्दा सिजनमा प्रमोद, केकी,र रिमा आउने ।

  • १५ असार २०८१, शुक्रबार १३:१० मा प्रकाशित
  • साउदी : साउदी अरेबिया जेद्दा सिजनमा नेपालको पनि सहभागिता हुने भएको छ। आउँदो २६ जुलाई २०२४ बाट सुरू हूने यो सिजनमा नेपालसँगै भारत, पाकिस्तान, बङ्गालादेश, फिलिपिन्स, मुलुकहरूको सहभागिता हुने भएको हो।

    नेपालको प्रदर्शन १६ अगस्ट २०२४ शुक्रबारका दिन इक्वेस्ट्रियन पार्कमा रहनेछ। साथै प्रदर्शनी का लागि नेपालबाट कलाकार प्रमोद खरेल, केकी अधिकारी,र रिमा विश्वकर्मा आउने भएका छ्न्।

    सिजनमा नेपाली मौलिकता झल्कने गरी गायन र नृत्य द्वारा नेपालको प्रर्दशन गरिने छ।
    जसको आयोजना साउदी सरकारद्वारा परिचालित जी ई ए (क्रस कल्चर)ले गरेको छ।

    Posted in Uncategorized, अन्तर्राष्ट्रिय, मुख्य खबर1 Comment on साउदी अरबको जेद्दा सिजनमा प्रमोद, केकी,र रिमा आउने ।

    साउदीअरबको दम्माममा “2nd NRNA GOLD CUP 2024” हुँदै।

  • ७ असार २०८१, बिहीबार १६:२५ मा प्रकाशित
  • गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले दोस्रो एनआरएनए गोल्डकप २०२४ आयोजना गर्ने भएको छ। साउदी अरबको पूर्वी प्रान्त दमामको एक स्थानीय खेलमैदानमा इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल आधाको अवसर पारेर यही जुन महिनाको १६ र १७ तारिखका दिन उक्त आयोजना हुन लागेको संघले जनाएको छ।


    फिफाको नियम अनुसार नकआउट विधिबाट सञ्चालन हुने उक्त खेल गैरआवसीय नेपाली संघ साउदी अरबले विगतमा गरिएका राहत तथा उद्धारका कार्यहरूलाई निरन्तरता दिन एवं नेपाली फुटबल खेलाडीहरूको खेलप्रतिको लगावलाई समेत निरन्तरता दिँदै हौसला बढाउन प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ।
    संघले उक्त प्रतियोगितामा सहभागी टिमहरूमध्ये विजेतालाई प्रथम पुरस्कार ६,६६६/- साउदी रियाल राखिएको छ भने द्वितीय पुरस्कार ३,३३३/- र तृतीय पुरस्कार १,६१६/- रियाल रहने जनाएको छ।

    गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबको उपाध्यक्ष तथा खेलकुद समिति संयोजक राज गिरीको मातहतमा रहने गरी गठन भएको उपसमिति संयोजक चित्रकुमार चाम्लिङ राईले जनाए अनुसार जुन महिनाको दोस्रो हप्ताभित्रमा प्रतियोगिताको सम्पूर्ण तयारी पुरा हुने जनाएको छ। उनका अनुसार समितिका पदाधिकारीहरूलाई विभिन्न अलगअलग जिम्मेवारी सुम्पिएर तयारी अगाडि बढाएको छ।

    समिति सदस्य पासाङ शेर्पाका अनुसार हालसम्म २३ वटा फुटबल क्लबले सहभागिताको लागि आशय व्यक्त गरेका छन् भने ती मध्यबाट १९ वटा फुटबल क्लबले सहभागिताको लागि सुनिश्चितता जनाई सकेको छ। त्यस्तै गरेर चारवटा क्लबले भने आफ्नो सहभागिताको सुनिश्चितता गर्न बाँकी रहेको छ। पूर्व सूचनालाई उल्लेख गर्दै उनका अनुसार १३ जुन २०२४ को रातको १२ बजे भित्रमा टिम दर्ता गर्न सकिने जनाएको छ। उक्त समयभन्दा पछाडि टिम दर्ताको लागि आउने फुटबल क्लबहरूलाई दर्ता गर्न नसकिने पनि जनाएको छ। उनका अनुसार टिम दर्ता शुल्क साउदी रियाल ६६६ रहेको छ। उनले समयमा नै आफ्नो टिम दर्ता गराउनको लागि सम्बन्धित सबै फुटबल क्लबहरूलाई आह्वान समेत गरेका छन्।

    उक्त फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न साउदीअरब स्थित क्रियाशील सामाजिक संघ संस्थाहरू, बैचारिक एवम् राजनीतिक दलका भातृ संगठनहरू, सक्रिय फुटबल क्लबहरू र समाजसेवी व्यक्तित्वहरूलाई साथ र सहयोग गरिदिन संघका अध्यक्ष रबिना अर्यालले आह्वान गरेकी छिन्।

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबरLeave a Comment on साउदीअरबको दम्माममा “2nd NRNA GOLD CUP 2024” हुँदै।

    कुवेतमा भवनमा आगलागी हुँदा ४० जनाको मृत्यु, मर्नेमध्ये अधिकांश भारतीय नागरिक

  • ३१ जेष्ठ २०८१, बिहीबार ०२:३४ मा प्रकाशित
  • अहिलेसम्म ४० जनाको मृत्यु भएको पुष्टि भएको र यीमध्ये अधिकांश भारतीय नागरिक रहेको भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बीबीसीलाई भनेका छन् ।

    कुवेतका लागि भारतीय राजदूतले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । यस घटनामा अरू करिब ५० जना घाइते भएका छन् । 

    कुवेतको मङ्गाफ क्षेत्रमा रहेको ६ तले भवनको भान्छाबाट आगलागी भएको अधिकारीहरूले बताएका छन् । त्यतिबेला भवनमा १६० जना कामदार थिए । सबै कर्मचारी एउटै कम्पनीमा काम गर्थे । कुवेतका आन्तरिक मन्त्री फहद युसेफ अल सबाहले घटनास्थलको भ्रमण गरेका थिए । 

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on कुवेतमा भवनमा आगलागी हुँदा ४० जनाको मृत्यु, मर्नेमध्ये अधिकांश भारतीय नागरिक

    सरकारले साउदी अरब लगायत ११ देशबाट राजदूत फिर्ता बोलाउने ।

  • २५ जेष्ठ २०८१, शुक्रबार ०१:३० मा प्रकाशित
  • नेपाल सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले साउदी अरबिया लगायत विभिन्न ११ देशबाट राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।

    सरकारले भारत, अमेरिका, ब्रिटेन, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेशिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरेलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

    यो निर्णयसँगै दुई वर्ष अगाबै साउदी अरबका लागि राजदूतमा नियुक्त भएका नवराज सुवेदी फिर्ता हुने भएका छन्।

    उनलाई फिर्ता बोलाउने निर्णय भएसँगै आगामी दिनमा साउदी अरबका लागि कुन पार्टी वा कसको नियुक्ति हुने हो भन्ने अझै खुलिसकेको छैन।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on सरकारले साउदी अरब लगायत ११ देशबाट राजदूत फिर्ता बोलाउने ।

    साउदी अरबको रियादमा सल्यानका युवाको दुर्घटनामा परी मृत्यु।

  • २१ जेष्ठ २०८१, सोमबार १४:१९ मा प्रकाशित
  • वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव आएका सल्यान शारदा नगरपालिका ४ साहुटोला निवासी २२ बर्षीय रूपसिंह यारिको कामकै सिलसिलामा दुर्घटनामा परी मृत्यु भएको छ ।

    नुरा मुतायरी कन्ट्रयाक्टटिङ कम्पनीमा सफाई कर्मचारीको रूपमा चार महिना अगावै साउदी अरब आएका रूप सिङ यारीको घरमा सानै उमेरमा आमाले उनी र दिदीलाई छोडी गएपछि बाबाको साथमा केही वर्ष बाल्यकाल बितेको थियो। तत्पश्चात बाबाले पनि अचानक एकदिन दुवै भाइबिनालाई छोडे लापत्ता भएबाट उनी आफ्नो काकाबाउ को घरमा बसी स्कुले जीवन पश्चात् सुन्दर भविष्यको कल्पना गर्दै साउदी अरब आएका थिए।
    तर गत शुक्रबारको दुर्घटनाले उनको सबै सपना तुहाइदियो ।

    नेपाली दूतावास साउदी अरबका द्वितीय सचिव टिकाराम उपाध्यायले जानकारी गराए अनुसार शुक्रबारको घटनामा उनको मृत्यु भएको र सवलाई घर पठाउन दूतावासले छिटो छरितो तरिकाले प्रोसेस अगाडि बढाउने जानकारी गराउनुभयो।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदी अरबको रियादमा सल्यानका युवाको दुर्घटनामा परी मृत्यु।

    एनआरएनए आरसिसि अल कासिमले दशौं बार्षिकोत्सब मनाउदैँ ।

  • २१ जेष्ठ २०८१, सोमबार ०१:३२ मा प्रकाशित
  • समर्पण रम्जान !
    गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमले आफ्नो १० औं बार्षिकोत्सब तथा  इस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल अधाको शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ मनाउने कार्यक्रम आयोजना गरेको छ ।

    संघले आफ्नो स्थापना कालको दशौँ बर्ष पूरा गरेको उपलक्ष्यमा यो कार्यक्रम गर्न लागेको संघका सचीव सिद्दिलाल श्रेष्ठले जानकारी गराएका छन्  । उक्त कार्यक्रममा संघको आर्थिक तथा १ बर्ष सम्म संघले गरेको कार्यप्रगती विवरणहरु प्रस्तुत गरिनुको साथै स्थानीय कलाकारहरु द्वारा केही सांस्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिने जनाएको छ ।

    संघले एक सूचना जारी गरि कार्यक्रम बारेमा  जानकारी गराउँदै नेपाली राजदूतावास  रियाद तथा नेपाली महाबाणिज्य दूतावास जेद्दा, साउदि अरबमा रहनु भएका  सम्पुर्ण नेपाली  दाजुभाई तथा दिदिबहिनीहरु, एनआरएनएका प्रतिनिधि तथा सदस्यहरु, विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधिहरु, ब्यबसायीहरु, बिभिन्न राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिहरु,मिडियाकर्मीहरु, सामाजिक अभियन्ता तथा समाजसेवी सबैलाई गरिमामय उपस्थिति  लागी पनि हार्दिक निमन्त्रणा गरेको छ  ।

    उक्त कार्यक्रम  ७ जुन २०२४ , शुक्रबार, दिउँसो १  बजेदेखि अल कासिमको बुरैदा  (अल कासिम कन्नभेसन सेन्टर  नजिकैको ईस्तरहा) मा हुने पनि संघले जनाएको छ ।

    थप बृस्तित जानकारीको लागी अध्यक्ष  कृष्ण अधिकारीः-0556036023, उपाध्यक्ष  बिनोद खड्गाः- 056 971 8205 सचीव सिद्धी लाल श्रेष्ठः-0542797023 सह सचिब बिर बहादुर तामाङः- 055 651 3107समिर के.सी, 059 478 5027राज पौडेल 050 574 1316‬, प्रबक्ता अली हुसैन मियाः 057 339 7731 हरुलाइ सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
    कर्यक्रम हुने लोकेसन
    https://maps.app.goo.gl H6R3Uq1cPjUSosC18?g_st=com.google.maps.preview.copy

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on एनआरएनए आरसिसि अल कासिमले दशौं बार्षिकोत्सब मनाउदैँ ।

    जेद्दामा भब्य खुल्ला नकआउट भलिबल प्रतियोगिता हुँदै ।

  • २१ जेष्ठ २०८१, सोमबार ००:२४ मा प्रकाशित
  • समर्पण रम्जान ! जेद्दा, साउदी अरब

    गैर आवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिती जेद्दा, साउदी अरबले ईस्लाम धर्मावलम्बीहरुको आउदै गरेको दोस्रो महान पर्व  ईद उल अधा (बकर ईद) २०२४ को पावन अवसरमा भब्य रुपले खुल्ला नकआउट भलिबल प्रतियोगिता कार्यक्रम आयोजना  गर्न लागेको छ ।

    इदको छुट्टी पारेर आगामी १५ जुन शनिबारका दिन नेपाली दाजुभाइहरुलाइ खेल मनोरञ्जन दिने उद्देश्यका साथ जेद्दाको सनैया १ स्थित टप कपि तथा मोर्डनको अफिस नजिकै रहेको ग्राउन्डमा खेल आयोजना गर्न लागेको आयोजक एनआरएनए जेद्दाले जनाएको छ ।

    साउदी अरबको जेद्दा, रविक, यान्बु, ताईफ, जिजान, आभा-खामिस, तथा ताबुक लगायत साउदी अरबको पश्चिम् क्षेत्र आसपासमा रहनु हुने सम्पुर्ण नेपाली खेलप्रेमी दाजुभाई तथा दिदिबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई प्रतियोगितामा भाग लिईदिनुहुन पनि हार्दिक  निमन्त्रणा गरेको छ  ।

    नेपाली खेलाडीहरु मात्रै खेलाइने उक्त  भलिबल प्रतियोगितामा ५०० रियल इन्ट्री फि रहने छ भने प्रथम पुरस्कार २५००/- साउदी रियाल साथै ट्रफी, मेडल र प्रमाणपत्र,  दोस्रो पुरस्कार १५००/- साउदी रियाल साथै ट्रफी, मेडल र प्रमाणपत्र तथा प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

    उक्त प्रतियोगितामा भाग लिने खेलाडी टिमहरुले १४ जुन शुक्रबार बेलुकी १० बजे सम्म कल गरेर आफ्नो टिम दर्ता गरिसक्नु पर्ने छ भने शनिबार ५ बजे भित्रमा टिम खेल मैदानमा उपस्थिति हुनु पर्ने छ ।

    बिस्तृत जानकारी तथा टिम दर्ताको लागी सम्पर्क व्यक्तिहरु:
    १) डि.पी अर्याल –   056 414 6121
    २) चिरञ्जीवी बस्नेत – 054 504 5597
    ३) राजकुमार गिरी – 054 159 6759
    ४) भिम गुरुङ – 056 149 4939
    ५) रम्जान दिन मिया – 055 656 5419

    अन्य खेल तथा नियम सम्बन्धि जानकारीका लागि 👇️👇️👇️

    Posted in अन्तर्राष्ट्रिय, खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on जेद्दामा भब्य खुल्ला नकआउट भलिबल प्रतियोगिता हुँदै ।

    नेपाली महाबाणिज्य दूतावासदले गर्यो नेपाली हाजिहरुको भब्य स्वागत ।

  • २० जेष्ठ २०८१, आईतवार ०१:०८ मा प्रकाशित

  • समर्पण रम्जान! जेद्दा साउदि अरब ।

    नेपाली महाबाणिज्य दूतावास जेद्दाले गत बिहिवार ३० मे २०२४ का दिन नेपाली हाजिहरुलाइ आफ्नै कार्यलयमा  आमन्त्रण गरि सम्मान स्वरुप भब्य स्वागत गरेको छ ।

    हज समितिका अध्यक्ष इस्रामुल्लाह मियाँको साथमा हज समितिका अन्य पदाधिकारीहरु तथा चिकित्सकको टोलिहरुलाइ निमन्त्रणा दिएर भेटघाट तथा दिवा खानको ब्यबस्था गरि नेपाली हाजिहरुको सम्मानस्वरुप स्वागत गरेको थियो  ।


    नेपाली हाजिहरुको साउदी आगमनको क्रममा एयर्पोटदेखीनै नेपाली महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुध्वन पोखरेल तथा अन्य प्रतिनिधिहरु, नेपाली दूतावास रियादका राजदुत महामहिम नवराज सुबेदी, समाजसेवी तथा ब्यबसायी राजु सैयद र अन्य समाजसेवीहरुले स्वागत गर्नुको साथै हाजिहरुको सहयोग र सहजताका लागि आवास्यक कुराहरु उपलब्ध गाराउन, हज गर्दा मक्का मदिनामा आइपर्ने कुनैपनी समस्यामा सहयोग गर्न सदैब नेपाली  महाबाणिज्य दूतावास जेद्दा तयार रहेको कुरा महाबाणिज्य दूतावास जेद्दाका कार्यवाहक दुत सत्रुध्वन पोखरेलले बताउनु भयो !


    हाजिहरुको सहयोगका लागि केही मुस्लिम स्वयंसेवकहरुलाइ  पनि खटाइएको जानकारी गराउदैँ सम्पुर्ण हाजिहरुको मनोकामना तथ  हज यात्राको सफलताको शुभकामना पनि दिनु भएको थियो ।
    यसरी नेपाली हाजिहरुलाइ प्रहिलो पटक स्वागत गर्न पाउँदा महाबाणिज्य दुत पोखरेल ले खुशी ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी तथ ईस्लामिक सेन्टरका मन्जुर अलि मियाँको पनि उपस्थिति रहेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on नेपाली महाबाणिज्य दूतावासदले गर्यो नेपाली हाजिहरुको भब्य स्वागत ।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P