• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

रास्वपा निकट प्रवास विभाग साउदीअरबले नेपाली राजदुताबास रियादमा सहकारी पिडितको रकम फिर्ता गर्न दबाब दिदै बुझायो ज्ञापन पत्र ।

  • ९ कार्तिक २०८१, शुक्रबार २२:०६ मा प्रकाशित
  • साउदी अरब! रास्वपा निकट प्रवास विभाग “प्रवास नेपाली सम्पर्क बिभाग साउदी अरबले आज मिति २५ अक्टोबर शुक्रबारका दिन साउदीअरवको रियाद स्थित नेपाली कुटनितिक नियोग – नेपाली राजदुताबासमा सहकारी पिडित को रकम फिर्ता गर्न दबाब दिदै ज्ञापन पत्र बुझाएको छ ।

    नेपालका प्रधानमन्त्रीलाई सम्बोधन गर्दै रास्वपा साउदीअरबले बिबिध बुँदामा ध्यानाकर्षण गराउँदै उक्त ज्ञापन पत्र बुझाएको प्रबास बिभागका उप सचिब घनश्याम खत्री घायल ले अबगत गराएका छन् ।

    प्रवास नेपाल सम्पर्क विभाग साउदी बाट उपसचिव घनश्याम खत्री घायल, सहकोषाध्यक्ष – पदम थापा वतार, सदस्य दलबहादुर बुढा, शाखा रियाद बाट सभापति मनिष लामा, सचीव उमेश भट्ट द्वारा दूतावास रियादका प्रथम सचिव टोप नारायण गीरी लाई बुझाइएको थियो ।

    दूतावासमा बुझाइएको ज्ञापन-पत्र जस्ताको त्यस्तै
    विषय: ज्ञापन-पत्र पेश गर्ने सम्बन्धमा
    सम्माननीय प्रधामन्त्री ज्यु,
    उपरोक्त सम्बन्धमा सहकारी ठगीसम्बन्धि संसदीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार सहकारी ठगीमा संग्लन वास्तविक व्यक्तिहरुलाई खोजि कार्य गरि कानुनी कारबाही गरी पिडित जनताको रकम फिर्ता गराउन पर्ने नेपाल सरकारको दायित्वप्रति सरकार बेखबर रहेको देखिन्छ| सहकरीबाट कुनै पनि रकम अपचलनमा कुनै संलग्नता नभएको स्पस्ट प्रमाणित भईसकेको अवस्थामा पनि, जनताले ठुलो आशा राखेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रबि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा धरकपड गरिएको घटनाप्रति प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरब घोर निन्दा र आपत्ति प्रकट गर्दछ|
    तपशिलमा उल्लेखित बुदाँहरुलाई नेपाल सरकारले यथाशिग्र कार्यन्वयन गर्नु पर्ने माग सहित नेपाली राजदूतावास रियाद, साउदी अरबका कार्यवाहक महामहिम राजदूत, श्रीमान डा. डमरु बल्लब पौडेल ज्यु मार्फत नेपाल सरकारलाई यो ज्ञापन-पत्र बुझाएका छौँ|
    तपशिल:
    १. राजनीतिक प्रतिशोधको अन्त्य: सहकारी प्रकरणको सत्यतथ्य छानबिन गर्न बनेको संसदीय छानबिन समितिले माननीय रबि लामिछानेको सहकारीबाट रकम अपचलनमा कुनै संलग्नता नभएको स्पष्ट प्रमाणित भईसकेको अवस्थामा पनि सरकारद्वारा उहाँलाई राजनीतिक प्रतिशोधका आधारमा धरकपड गरिएको घटना प्रति हामी घोर आपत्ति प्रकट गर्दछौं| उहाँलाई तुरुन्त रिहा गरी न्यायिक प्रणाली मार्फत निष्पक्ष छानबिन गरियोस भन्ने हाम्रो माग छ|
    २. सहकारी ठगीको न्यायिक कारबाही: सहकरीको ८७ अर्बभन्दा बढी रकम अपचलन गर्ने अपचलन गर्ने दोषीहरुबारे विस्तृत छानबिन गरि कानुन अनुसर कारबाही गरियोस| सहकारी र मिटर ब्याजी पिडितहरुको समस्या समाधानका लागि जिल्ला प्रशाशन कार्यालयहरुमा हेल्प डेस्कको स्थापना तुरुन्त गरियोस|
    ३. सहकारी पिडितहरुको संरक्षण: सरकारको तर्फबाट आवस्यक कदम चालेर सहकारी ठगीमा संलग्न व्यक्तिहरुलाई सत्यतथ्य छानबिन गरी कारवाही गरियोस|
    ४. भुटानी शरणार्थी प्रकरणको छानबिन: भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीहरु माथि निष्पक्ष छानबिन गरि कानुन अनुसर कारबाही गरियोस|
    ५. जग्गा प्रकरणको छानबिन: ललितानिवास, बाँसबारी, टिकापुर जस्ता जग्गा प्रकरणमा संलग्न दोषीहरु माथि निष्पक्ष छानबिन गरि कानुन अनुसर कारबाही गरियोस|
    ६. भष्ट्राचारजन्य जग्गा दान छानबिन: सत्तारुढ दल नेकपा एमाले र ललितानिवास जग्गा प्रकरणमा संलग्न ब्यापारी बीचको जग्गा दान सम्बन्धि भष्ट्राचारजन्य अपराधको गहिरो छानबिन गरियोस|
    ७. विशेस छानबिन आयोगको गठन: २०४६ सालपछि भएका सम्पूर्ण भष्ट्राचारजन्य अपराधहरुको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय विशेष छानबिन आयोग गठन गरि दोषीहरुलाई कडा कानुनी कारबाही गरियोस|
    धन्यवाद!

    प्रवास नेपाली सम्पर्क विभाग,
    साउदी अरव

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर

    साउदी अरबका विभिन्न शहरमा नेपालीहरुले मनाए दशैं

  • २८ आश्विन २०८१, सोमबार १८:०६ मा प्रकाशित
  • साउदी अरेबियामा रहेका नेपाली समुदायले बडा दशैं हर्षोल्लासपूर्वक मनाएका छन्। घर जान नपाएका नेपाली श्रमिकहरूले कर्मभूमी साउदीमा आफ्नै शैलीमा टीका र जमरा लगाएर दशैंको उल्लास मनाएका हुन्। प्रमुख शहरहरू रियाद, जेद्दा, दम्माम, जुबेल, खोबर, अल कासिमलगायतका स्थानमा नेपाली समुदायले विशेष कार्यक्रम गरी दशैं मनाएको छ ।

    यसै सन्दर्भमा, जुबेलस्थित इभेन्ट म्यानेजमेन्ट ग्रुपले शुक्रवार एक विशेष टीका कार्यक्रम आयोजना गर्यो। जुबेल हाईवेको सफ्वा क्षेत्रमा रहेको एक हलमा आयोजित यस कार्यक्रममा साउदीका नेपाली श्रमिकहरूको अभिभावक, पर्यटनदूत तथा एनआरएनए (गैरआवासीय नेपाली संघ) का मध्यपूर्व संयोजक राजेन्द्र अर्याल र उहाँकी धर्मपत्नी एनआरएनए साउदीकी अध्यक्ष रबिना अर्यालले टीका प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए। आयोजक रबिन गुरुङले घर जान नपाएका नेपालीहरूलाई घरको सम्झना मेट्न र आपसी भाइचारा कायम राख्न मद्दत पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको बताए। कार्यक्रममा सहभागी साउदी अरेबियामा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरू, सामाजिक व्यक्तित्वहरू तथा विभिन्न क्षेत्रका नेपाली दाजुभाइ-दिदीबहिनीहरूको उपस्थितिले कार्यक्रमलाई अझै उल्लासमय बनाएको थियो। नेपाली साझा मञ्च साउदीका प्रमुख सल्लाहकार अकल प्रधानले घर जान नपाएका नेपालीहरूले साउदीमा आफ्नै समुदायबाट टीका ग्रहण गर्न पाउँदा आफैं घरमै दशैं मनाइरहेको जस्तो अनुभव गर्न पाएको बताए। यसले आपसी सम्बन्ध मजबुत बनाउनुका साथै नेपाली संस्कृतिलाई जोगाइराख्न पनि महत्वपूर्ण भूमिका रहेको छ। साउदीका अन्य शहरहरूमा पनि यस्तै कार्यक्रमहरू सम्पन्न भएका छन्।

    जेद्दामा नेपाली सामाजिक समूहले विशेष सांस्कृतिक कार्यक्रमसहित दशैंको टीका कार्यक्रम आयोजना गरे। रियादमा नेपाली समाजको पहलमा दशैं मनाइयो जहाँ टीका, जमरा तथा आशीर्वाद वितरणका साथै नेपाली सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो। अल कासिम र दम्माममा पनि नेपाली श्रमिकहरूको बाक्लो सहभागितामा दशैं कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। यसरी टीका र जमरा लगाएर साउदीका विभिन्न शहरमा दशैं मनाइने परम्पराले नेपाली संस्कृतिलाई बचाइराख्न महत्वपूर्ण योगदान गरेको छ। घरपरिवारबाट टाढा भए पनि, नेपाली श्रमिकहरूले आफ्नो संस्कृति र परम्परालाई कायम राख्न हरेक वर्ष यसरी हर्षोल्लासपूर्वक दशैं मनाउने गरेका छन्। यस्ता कार्यक्रमहरूले नेपाली समुदायबीचको एकता, भाइचारा, र सद्भाव बढाउने मात्र होइन, नयाँ पुस्तामा नेपाली संस्कृतिप्रतिको चेतना जगाउन पनि महत्त्वपूर्ण भूमिका खेल्छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर2 Comments on साउदी अरबका विभिन्न शहरमा नेपालीहरुले मनाए दशैं

    अवैध बाटोबाट अमेरिका प्रवेश गर्ने अप्रवासीहरूलाई कडा कारबाही गरिनेछ :डोनाल्ड ट्रम्प

  • २७ आश्विन २०८१, आईतवार ०१:४० मा प्रकाशित
  • अमेरिकाका भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक चुनावमा अवैध अप्रवासी हरूलाई देशदेखि लखेट्ने मुद्दा उठाएका छन्।

    उनले यो विषयमा उपराष्ट्रपति तथा राष्ट्रपतिकी उम्मेदवार कमला हैरिशमाथि पनि निशाना साधेका छन्।

    उनले भने, हामी अमेरिका आउने अप्रवासीहरूलाई स्वागत गर्छौं। तर सिधा बाटो भएर आउनुपर्यो।

    होइन भने अवैध बाटोबाट अमेरिका प्रवेश गर्ने अप्रवासीहरूलाई कडाभन्दा कडा कारबाही गरिनेछ।
    आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको चुनाव हुँदैछ। जस अन्तर्गत कमला हेरिस र डोनाल्ड ट्रम्प बीच कडा प्रतिस्पर्धा रहेको छ।

    जस अन्तर्गत चुनावी विषय लाई लिएर एकले अर्कालाई आरोप प्रत्यारोप गरी घेर्ने सिलसिला चल्दै आएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर3 Comments on अवैध बाटोबाट अमेरिका प्रवेश गर्ने अप्रवासीहरूलाई कडा कारबाही गरिनेछ :डोनाल्ड ट्रम्प

    साउदी अरबमा कार्यरत सेफ सरोज थापा ‘एनएल इन्टरनेशनल हस्पिटालिटी अवार्ड २०२४’ बाट सम्मानित

  • १७ आश्विन २०८१, बिहीबार १२:३६ मा प्रकाशित
  • साउदी अरब – नेपाली पाककला र आतिथ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका साउदी अरबस्थित केम्पिन्स्की होटलका कार्यकारी पेस्ट्री सेफ सरोज थापा ‘एनएल इन्टरनेशनल हस्पिटालिटी अवार्ड २०२४’ बाट सम्मानित भएका छन्। भव्य रूपमा युएईको दुबईको हिल्टन होटलमा सम्पन्न यस कार्यक्रममा थापालाई विशेष सम्मान प्रदान गरिएको हो। न्युजलाइन मिडियाद्वारा प्रदान गरिएको यो प्रतिष्ठित अवार्ड थापाले आतिथ्य क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप दिइएको हो।

    नेपाली परम्परागत खानाको प्रवर्द्धन र अनुसन्धानमा समर्पित थापाले आफ्नो अनुभव र ज्ञानलाई ‘वर्ल्ड सेफ एसोसिएसन’को निर्णायक मण्डलमार्फत अन्तर्राष्ट्रिय स्तरमा पुर्याउँदै आएका छन्। थापाले नेपाली पाककलालाई विश्वमञ्चमा चिनाउन गरेको अथक प्रयासले नेपाललाई पाककला क्षेत्रमा विशेष पहिचान दिलाएको छ। यो सम्मान विजयादशमीको अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रदान गरिएको थियो, जसमा नेपाली चाडपर्व र परम्पराको संरक्षणमा केन्द्रित सांस्कृतिक कार्यक्रमसमेत समावेश थियो। थापाको यस सफलताले सम्पूर्ण नेपाली समुदायलाई गौरवान्वित बनाएको छ। उनी मात्र एउटा प्रतिभाशाली सेफ नभएर नेपाली सांस्कृतिक र पाककला परम्पराका सच्चा प्रवर्द्धकका रूपमा उदाएका छन्। सरोज थापाको यो सम्मानले नेपाली पाककला र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, जसले नेपाललाई विश्वभर नयाँ पहिचान दिलाएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर2 Comments on साउदी अरबमा कार्यरत सेफ सरोज थापा ‘एनएल इन्टरनेशनल हस्पिटालिटी अवार्ड २०२४’ बाट सम्मानित

    एनआरएनए आरसिसि अल कासिमले गर्यो ३० जना पीडित नेपालीको उद्दार

  • १७ आश्विन २०८१, बिहीबार ००:३३ मा प्रकाशित
  • समर्पण रम्जान

    अल कासिम साउदी अरब । वैदेशिक रोजगारीको सिलसिलामा गत दुई वर्षअघि नेपालको सगरमाथा मेनपावर यात्रा एचआर सोलुसन ओम ओभर्सिज र प्रतिज्ञा कन्सल्टेसीबाट साउदी आएर अलपत्र पर्नुभएका ६० जनामध्ये ३० जना नेपाली श्रमिकहरुलाई गैर आवसीय नेपाली संघ  क्षेत्रीय समन्वय समिति अल कासिमले इक्जिट भिसा लगाएर  नेपाल फिर्ता पठाउन सफल भएको छ ।
    नेपालबाट अल हदवा अल सुल्तान र अल समाहा म्यानपावर सप्लाई कम्पनीमा आउनुभएका नेपाली दाजुभाईहरूलाई कम्पनीले साउदिका विविध क्षेत्रहरू  दमाम रियाद अलकासिममा तथा अन्य विभिन्न क्षेत्रहरुमा पठाएको थियो।
    उक्त सप्लाई कम्पनीले उहाँहरूको एकमा नबनाइदिएपछि  काम गरिरहनुभएको  कम्पनीले काम गर्नबाट रोकेर निकालिदिएपछि नेपाली दाजुभाईहरु कामबिहिन भएर अलपत्र परेपछि उद्दारका लागि गैर आवश्य नेपाली सङ्घ क्षेत्रीय समन्वय समिति अकासिमलाई सहयोगको लागि अनुरोध गरेका थिए ।


    पीडित भएको जानकारी पाए लगत्तै एनआरएनए आइसिसीका सदस्य तथा नेपाली राजदुतावास रियादका अलकासिम प्रतिनिधि विशाल श्रेष्ठ कुमार र एनआरएनएआरसीसी अल्कासिमका प्रवक्ता अलि उर्सिन मियाँ ले स्थलगत भ्रमण गरी पीडितहरूको वास्तविक अवस्थाको बारेमा सत्य तथ्य  पत्ता लगाई राजदूतवास रियादलाई जानकारी गराएका थिए।
    उक्त सप्लाई कम्पनीहरूले कामदारहरु कसैको एक वर्ष कसैको डेढ वर्ष र कसैको दुई वर्षसम्म पनि एकमा रिन्यु नगरिदिएको  र काम गरिरहेका कम्पनीहरूले निकाल्दिएको अवस्थामा उहाँहरु आफ्नो  अलकासिमा रहेको हेड अफिसमा सबै ठाउँबाट जम्मा भएको जानकारी बिशाल श्रेष्ठले  दिएका छन्।


    उहाँहरूको एक्जिट भिसाको लागि नेपाली राजदूतावास रियादसँग समन्वय गर्दै उनैजा लेबरकोटमा एक्जिट भिसाको लागि सामूहिक निवेदन दिएको थियो। ६० जनाको निवेदन दिएकोमा ३० जनाको एक्जिभिजा लागिसकेको र बाँकी अरु ३० जनाका साथै  दिनहु अन्य क्षेत्रबाट आउनुहुने नेपालीहरूको पनि एक्जिटको लागि फर्म बुझाइएको समाजसेवी तथा एनआरएन आइसिसीका सदस्य विशाल श्रेष्ठले जानकारी दिएका छन् । उहाँहरूको एक्जिट भिसाको लागि निरन्तर रुपमा फलोअप गरिएको यसैगरी जुन मेनपावरबाट आएका थिए  त्यो मेनपावरलाइ कारबाही गर्न र यहाँका सप्लाइ  कम्पनीहरुलाई भिसा रोक्का गर्न तथा श्रम स्वीकृत रोक्का गर्नलाइ सम्बन्धि पक्षमा निवेदन दिसकिएको पनि बिशाल श्रेष्ठले जानकारी गराए ।
    बाकीँ रहेका नेपालीहरुको पनि छिटै इक्जिट लाग्ने कुरा अबगत गराउदै इक्जिट लागेका क३० जना  नेपालीहरु गत २७,२८ र २९ सेप्टेम्बरमा नेपाल फर्किसकेका पनि जानकारी गराए ।
    त्यसै गरि गैर आवासीय  नेपाली संघ  क्षेत्रीय समन्वय समिति आफ्नो पेजबाट एक सूचना जारी गर्दै उक्त मेनपावरहरुबाट यी सप्लाइ कम्पनीहरूमा  नआउनको लागि पनि अनुरोध गरेको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर1 Comment on एनआरएनए आरसिसि अल कासिमले गर्यो ३० जना पीडित नेपालीको उद्दार

    समाजसेवी यम तमुले बिरामी रामपाल सदाको लागि उठाए करिब ४ लाख रुपैयाँ।

  • १५ आश्विन २०८१, मंगलवार ०१:५१ मा प्रकाशित
  • समर्पण रम्जान

    रियाद साउदी अरब ! साउदी अरबका समाजसेवी तथा लालिगुराँस होटलका संचालक सफल ब्यबसायी यम तमुले बिरामी रामपाल सदाको लागि (११२४९ रियल) करिब ४ लाख  नेपाली रुपैयाँ संकलन गर्नुभएको छ ।

    नेपाल सप्तरी घर भई विगत केही वर्षदेखि साउदी अरबको रियादमा कार्यरत रामपाल सदा कुनै कारणवश  कम्पनी छोडेर अन्त बाहिर काम गर्न पुगे। भागेर काम गर्ने क्रममा दुर्घटनामा परी एउटा खुट्टा भाँचिन पुग्यो। जसका फलस्वरूप शरीरको दायाँ भागमा गहिरो चोट लागेर रियादको किङ खालीद हस्पिटलमा भर्ना भएर उपचार गराउनपुगे। १५ दिनपछि १७ अगस्ट २०२४ का दिनमा  हस्पिटल बाट डिस्चार्ज भएपछि काम गर्दै गरेको कम्पनीको रुममा गए  तर भागेर काम गरेको कम्पनीले रुमभित्र छिर्न नदिएपछि रियादको रोडमा बिहान ९ बजेदेखि  ८ बजे बेलुकी सम्म सुत्न बाध्य भए !

    उक्त घटनाक्रमलाई थाहा पाएपछि समाजसेवी यम तमुले  पीडित रामपाल सदालाई आफ्नै रूममा ल्याएर राख्नुभयो। त्यसपछि समाजसेवी  तमुले पीडित सदालाई नेपाल पठाउनका लागि नेपाली राजदूतावास रियाद साउदी अरबमा समन्वय गरेर जानकारी गराउनुको साथै  इक्जिट लगाउन सहयोगको लागि अनुरोध गर्नुभयो, फलस्वरूप अहिले करिब डेढ महिनाको अन्तरालमा उहाँको एक्जिट भिसा लागेको छ ।
    सदाको पुरा उपचार नभएको र स्वास्थ स्थिति नाजुक रहेकोले उहाँलाई अझै उपचारको आवश्यकता परेको र आर्थिक अवस्था कमजोर भएकोले  समाजसेवी तमुले उहाँको लागि आर्थिक  सहयोग रकम संकलनका लागि एक अभियान नै चलाउनुभएको थियो।
    सदाको सहयोगको लागि ५-१० रियल सहयोग गर्न  आफ्नो लालिगुँरास होटलमा आएका ग्राहकहरु तथा  सामाजिक सञ्जाल फेसबुकबाट पनि रामपालको सहयोगको लागि अनुरोध गरेका थिए! तमुको अनुरोधपछि   उक्त रकम करिब ४ लाख नेपाली संकलन गर्नुभएको छ ।

    सदाको एक्जिट लागिसकेको र अब केही दिनमा नेपाल पठाउने जानकारी पनि समाजसेवी यम तमुले दिनुभएको छ। साथै आजबाट उहाँको लागि सहयोग रकम पनि रोकिएको जानकारी गराउनुभएको छ।
    यस अभियानमा जोडिएर जजसले आर्थिक तथा सामाजिक सहयोग गर्नुभयो उहाँहरूको लागि यम तहार्दिक धन्यवाद तथा आभार पनि व्यक्त गर्नुभएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज1 Comment on समाजसेवी यम तमुले बिरामी रामपाल सदाको लागि उठाए करिब ४ लाख रुपैयाँ।

    अल कासिम क्षेत्रमा राहदानी नवीकरण घुम्ती सेवा, ५४१ जनाले लिए सेवा

  • १३ आश्विन २०८१, आईतवार ०२:०२ मा प्रकाशित
  • अल कासिम साउदी अरब ! नेपाली राजदूतावास रियाद र गैरावासीय नेपाली संघ  क्षेत्रीय समन्वय समिति अलकासिमको संयुक्त  सहकार्यमा गत २७ सेप्टेम्बर २०२४ शुक्रबारका दिन अलकासिम क्षेत्रमा राहदानी नवीकरण घुम्ती सेवा भब्यताका साथ सञ्चालन भएको छ !
    उक्त पासपोर्ट नवीकरण घुम्ती सेवाका लागि नेपाली राजदूतावास रियादका प्रथम सचिव टोप नारायण गिरी प्रथम सचिव टिकाराम उपाध्याय, सहचारी कमल कुवंर का  साथमा अन्य दूतावासका कर्मचारीहरु बिहीवार बेलुकी नै अल कासिम पुगेर शुक्रबार बिहानै ७ बजेदेखि   बेलुकी ६:३० बजेसम्म  घुम्ती शिविरमा रहेर सेवा प्रदान गर्नुभएको थियो।

    उक्त घुम्ती सिविरमा अल कासिम क्षेत्र वरिपरि रहेका अन्य स्थानहरू हाइल, जुल्फी, उनैजा लगायताका ठाउँहरुबाट नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू पासपोर्ट नवीकरण गर्नका लागि आएका थिए।

    नेपाली दूतावास रियाद साउदी अरबले जारी गरेको पुर्व सूचना अनुसार ६०० जनाकालागी  आवेदन फारम खुलाएको थियो। जसमध्येबाट ५४० जनाले राहदानी  नवीकरण सेवा लिएका छन्। भने एकजनाको ट्रावल डकुमेन्ट बनाइएको एनआरएनए साउदी अरबका उपाध्यक्ष मनिष कोइरालाले जानकारी गराएका छन्।

    उक्त पासपोर्ट नवीकरण घुम्ती शिविरमा एनआरएनए आइसिसीका सदस्य विशाल कुमार श्रेष्ठ एनआरएनए एनसीसी साउदी अरबका उपाध्यक्ष, मनिष कोइराला, सचिव ध्रुव कटुवाल तथा एनसीसी साउदी अरबका अन्य सदस्यहरू र एनआरएनए आरसीसी अल कासिमका सचीव कार्यबाहक अध्यक्ष सिद्धिलाल श्रेष्ठ प्रमुख सल्लाहकार राजकुमार श्रेष्ठ लगायतका अन्य आरसीसी अलकासिमका पदाधिकारीहरू अन्य संघसंस्थाका पदाधिकारीहरू, होटेल व्यवसायीहरू तथा समाजसेवीहरू र इस्लामिक सेन्टरका अलि उर्सिन मियाहरुले पासपोर्ट नवीकरण घुम्ती टोलीलाई धेरै सहयोग गरेका थिए।


    उक्त घुम्ती सेवाबाट एकजना नेपालीले ट्राभल डक्युमेन्टको सेवा पनि लिएको कुरा कोईरालाले जानकारी दिए !
    एनआरएनए आरसीसी अल कासिमले हल व्यवस्थापनदेखि लिएर आकस्मिक प्रि इनरोलमेन्ट फारम भरिदिने, फोटोकपी तथा प्रिन्टिङको सुविधा प्रदान गर्नुको साथसाथै इस्लामिक सेन्टर बुराइदाको तर्फबाट सेवाग्राहीहरुलाई निःशुल्क पानी पनि वितरण  गरिएको थियो ।
    रियाददेखि अल कासिम करिब ४०० किलोमिटरको दुरीमा रहेको र अलकासिमबाट श्रमिकहरू रियाद जान आउन  असहज तथा खर्चिलो रहने हुँदा,  श्रमिकहरूको हक हितको मध्यनजर गर्दै  नेपाली दूतावास रियादले अल कासिम क्षेत्रमा उक्त घुम्ती शिविर राखेको थियो । यसरी घुम्ती शिविर राखेर अल कासिम क्षेत्र वरिपरि रहेका श्रमिकहरुलाई सेवा दिएकोमा  नेपाली राजदूतावास रियादलाई एनआरएनए आरसीसी अल्कासिमले धन्यवाद तथा आभार प्रकट गरेको छ। यसैगरी उक्त घुम्ती शिविरमा सेवा गर्नुहुने समाजसेवी बुद्धिजीवी, संघसंस्थाका पदाधिकारीहरु, होटल व्यवसायीहरु, इस्लामिक सेन्टर सबै सबैमा हार्दिक धन्यवाद तथा आभार  प्रकट गरेको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर1 Comment on अल कासिम क्षेत्रमा राहदानी नवीकरण घुम्ती सेवा, ५४१ जनाले लिए सेवा

    साउदी अरबको जेद्दामा नवनियुक्त महावाणिज्य दूतको गरियो भव्य स्वागत

  • ७ आश्विन २०८१, सोमबार १७:४२ मा प्रकाशित
  • समर्पण रम्जान

    गत २०सेप्टेम्बर २०२४ शुक्रबारका दिन नेपाली महावाणिज्य दूतावास जेद्दा साउदी अरबमा नव नियुक्त महाबाणिज्य दूत सुभाष यादवलाई विभिन्न संघ संस्थाद्वारा भव्य स्वागत गरिएको छ।

    गत एक वर्षभन्दा पहिले नेपाली महावाणिज्य दूतावास जेद्दाका महाबाणिज्यदूत  भुवन पौडेल ज्यू को नेपाल फिर्ती सँगै उहाँको स्थानमा अहिलेसम्म अरु कोही नआएको र ३६५ दिन यानि एक वर्षपछि उहाँको स्थानमा सुभाष यादव नियुक्ति भइ आएका छन्  ।  उहाँको सम्मान स्वरुप जेद्दा तथा पश्चिम् क्षेत्रमा रहेका विभिन्न सामाजिक संघसंस्था र समाजसेवीहरुले संविधान दिवस २०८१ को कार्यक्रमकै दिन पारेर  भब्य स्वागत गरेका छन् ।


    जेद्दामा अवस्थित नेपाली संघ संस्था हरु, एनआरएनए आरसिसि जेद्दा तथा आरसिसी जिजान,, नेपाली युवा क्लब, नेपाली हातेमालो युवा क्लब, तमुधि जेद्दा,   नेपाली साझा मञ्च साउदी अरब, रोल्पाली समाज, किराँत यायोख्या राई, तथा अन्य समाजसेवीहरु द्वारा खादा तथा दोसल्ला ओढाएर यादब र उहाँकि श्रीमतीलाई भब्य स्वागत गरिएको थियो । भने सबै संघ संस्थाहरुले उहाँको कार्यकालमा पनि श्रमिक हक हितको लागि गहिरो सहकार्य गर्ने बताउँदै  कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
    कार्यक्रममा बोल्दै यादबले यसरी भब्य स्वागत गरिएकोमा सबै संघ संस्थालाई धन्यवाद दिदैं आफ्नो कार्यकालमा सबै सँग सहकार्य गर्दै श्रमिक हक हितका लागि सदैब अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिबद्धता जाहेर गरे ।  

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर1 Comment on साउदी अरबको जेद्दामा नवनियुक्त महावाणिज्य दूतको गरियो भव्य स्वागत

    रियाद र जेद्दा स्थित नेपाली दूतावासद्वारा संविधान तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ मनाइयो

  • ६ आश्विन २०८१, आईतवार १२:३४ मा प्रकाशित
  • अन्जान गुभाजु। साउदी अरब

    नेपाली राजदूतावास, रियाद र नेपाली महावाणिज्य दूतावास, जेद्दाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ सम्पन्न गरेका छन्। नेपालमा २०७२ साल असोज ३ मा पारित र लागू गरिएको नेपालको संविधानको सम्मानमा यी समारोहहरू आयोजना गरिएका हुन्, जसमा साउदी अरबमा रहेका नेपाली समुदायको उत्साहजनक उपस्थिति रह्यो। रियादमा आयोजित कार्यक्रम नेपाली राजदुतावासका प्रमुख कार्यवाहक राजदूत डा. डमरु बल्लभ पौडेलेको नेतृत्वमा सम्पन्न भयो। उनले संविधानले नेपाली जनतालाई प्रदान गरेका अधिकारहरू, लोकतान्त्रिक मूल्यहरू र नागरिक कर्तव्यबारे चर्चा गर्दै, विदेशमा रहेका नेपालीहरूले राष्ट्रको समृद्धिमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। कार्यक्रममा २२५ भन्दा बढी नेपालीहरूको सहभागिता रह्यो, जसमा पत्रकार, समाजसेवी, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

    यसैगरी, जेद्दामा आयोजित मुख्य कार्यक्रम नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्य दूत शत्रुध्वन पोखरेलको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा महावाणिज्य दूतावासका श्रम सहचारी तम्रराज काफ्लेले सञ्चालन गरेका थिए। समारोहमा एनआरएनए साउदी अरबका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू, र श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति थियो।

    दुवै समारोहमा नेपालका संविधानले प्रदान गरेका अधिकार र कर्तव्यहरूबारे वक्ताहरूले चर्चा गरे। जेद्दामा, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई महावाणिज्य दूतावासले प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेको थियो। सम्मानित हुनेहरूमा एनआरएनए साउदी अरबका पदाधिकारीहरू, समाजसेवीहरू, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू समावेश थिए। रियाद र जेद्दाका यी दुवै कार्यक्रमहरूमा संविधान दिवसको अवसरमा एक अर्काबीच शुभकामना आदानप्रदान गर्दै नेपाली समाजको एकता र बन्धुत्वको भावना झल्किएको थियो। उपस्थित अतिथिहरूले नेपाल र नेपालीहरूको उज्ज्वल भविष्यको कामना गर्दै कार्यक्रमको समापन गरेका थिए।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर1 Comment on रियाद र जेद्दा स्थित नेपाली दूतावासद्वारा संविधान तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ मनाइयो

    साउदीमा संबिधान दिवस भब्यताका साथ सम्पन्न, दूतावासद्वारा समाजसेवीहरु सम्मानित

  • ५ आश्विन २०८१, शनिबार १९:४८ मा प्रकाशित
  • नेपाली महावाणिज्य दूतावास जेद्दा तथा नेपाली दूतावास रियाद साउदी अरबले संविधान तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ सम्पन्न गरेको छ।
    जनताद्वारा गत  २०७२ असोज ३ गते लिखित तथा पारित भएको संबिधानको सम्मान स्वरुप  साउदी अरबको जेद्दा तथा नेपाली दूतावास रियादमा गत ४ असोज शुक्रबारका दिन भब्यताका साथ सम्पन्न भएको छ। साउदी अरबमा कृयासिल रहेका विभिन्न संघसंस्थाहरूं समाजसेवीहरु, श्रमिक नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको बाक्लो उपस्थितिमा आयोजना गरिएको उक्त  कार्यक्रममा नेपाली महावाणिज्य दूतावास जेद्दाका प्रमुख कार्यवाहक महावाणिज्य दूत शत्रुधन पोखरेलज्यूको अध्यक्षतामा भएको थियो। महावाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तथा महावाणिज्य दूत तम्रराज काफ्लेद्वारा सञ्चालित उक्त कार्यक्रम नेपाली राष्ट्रिय गान सहित  सञ्चालन गरिएको थियो।
    उक्त कार्यक्रममा एनआरएनए साउदी अरबका पदाधिकारीहरु, एनआरएनए आरसीसी जिद्दाका सम्पूर्ण पदाधिकारीहरु, एनआरएनए जिजानका पदाधिकारीहरू नेपाली युवा क्लबका पदाधिकारीहरू, किरात राई यायोख्या जेद्दाका पदाधिकारीहरु, नेपाली साझा मञ्च साउदीका पदाधिकारीहरु, इस्लामिक दावा सेन्टर जेद्दाका पदाधिकारीहरु, हातेमालो युवा क्लबका पदाधिकारीहरू रोल्पाली सेवा समाजका पदाधिकारीहरू, यसका साथसाथै अन्य संघसंस्थाका पदाधिकारीहरु र श्रमिक दाजुभाई तथा दिदीबहिनीहरु अन्य समाजसेवी तथा बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रममा विभिन्न समाजसेवी तथा संघसंस्थाका पदाधिकारीहरुलाई उहाँहरुको योगदानको उच्च  कदर गर्दै महाबाणिज्य दूतावास जेद्दाले  सम्मान पत्र प्रदान गरेको थियो । एनआरएनए आइसिसी  साउदिका पदाधिकारी राजेन्द्र अर्याल, पुर्व उपाध्यक्ष यास्मिन बेगम, समाजसेवी राजु सैयद, एनआरएनए अध्यक्ष रबिना अर्याल, एनआरएनए उपाध्यक्ष राज कुमार गिरि, आरसिसि जेद्दा, आरसिसि जिजान, नेपाली युवा क्लब जेद्दा, नेपाली हातेमालो युवा क्लब जेद्दा, किरातराई यायोख्या जेद्दा, तमु धिँ जेद्दा, रोल्पाली समाज जेद्दा, इस्लामिक सेन्टर जेद्दा, नेपाली साझा मंच जेद्दा, साथै आफ्ना भोलिएन्टर र अन्य समाजसेवि हरुलाइ सम्मान गर्दै प्रशंसा पत्र दिएइको थियो।

    कार्यक्रममा शुभकामना दिने क्रममा तमु धिं जेद्दाका अध्यक्ष बेद तमु लगायतका अन्य संघसंस्थाका पदाधिकारीहरूले संविधान दिवसको शुभकामना दिएका थिए। यसैगरी मदिनाका प्रोफेसर मोहम्मद युसुफ ले   संविधान सम्बन्धी छोटो जानकारी दिँदै शुभकामना दिएका थिए।
    यसैगरी महावाणिज्य दूतावास जेद्दाको तर्फबाट कार्यक्रमका अध्यक्ष कार्यवाहक महावाणिज्य दूत शत्रुध्वन पोखरेलज्यूले उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई स्वागत गर्दै संविधान दिवस २०८१ को शुभकामना प्रदान गर्नुभएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदीमा संबिधान दिवस भब्यताका साथ सम्पन्न, दूतावासद्वारा समाजसेवीहरु सम्मानित

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P