• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

एनआरएनए साउदी अरबको सहयोगमा साउदी आएको एक महिना नपुग्दै फर्के सागर लावती,

  • १२ कार्तिक २०७८, शुक्रबार ००:४० मा प्रकाशित
  • ११ कार्तिक २०७८, साउदी अरब ! एनआरएनए आरसिसि अल कासिमको समन्वय र एनआरएनए साउदी अरबको सहयोगमा साउदी आएको एक महिना नपुग्दै पाँचथर घर भइ अल कासिम बुरैदामा तीन हप्ता देखी काम गर्दै आएका सागर लावती आजको फ्लाइटमा नेपाल घर पर्केका छन् ।

    केहि हप्ता अगाडी नेपालमा भएको बेमौसमी बिनासकारी प्राकृतिक बिपत्ति, भारी बर्षाका कारण आएको बाढी पहिरोले आफ्नै फुपुका परिवारका ७ जनाको असामयिक निधन हुँदा लावतिको अचानक घर जाने अबस्था आयो । भर्खरै नेपाल बाट आएको २३ दिन नपुग्दै यस्तो घटना घट्दा उहाँलाई नेपाल फर्किनु पर्ने अत्यन्तै जरुरी परेको र कम्पनीलाई भन्दा टिकट काटेर जा म इक्सिट लगाइदिन्छु भनेको कुरा र आफू भर्खरै लाखौ तिरेर आएको साथै फर्किनका लागि एक पैसा पनि नभएको ले एकतर्फी टिकट पिसिआर र घर सम्म जानका लागि एनआरएनए आरसिसि अल कासिमका अध्यक्ष रम्जान दिन मियाँलाइ अबगत गराएका थिए ।

    यो अनुरोध भए लगत्तै उहाँको उद्दारका लागि आरसिसि अल कासिमले एनआरएनए एनसिसीका अध्यक्ष डम्बर यादव ज्युलाइ अवगत गराउदै सहयोग गर्न गरिएको अनुरोधलाई अध्यक्ष द्वारा स्विकार्दै एनआरएनए एनसिसि साउदीले उहाँको हवाई टिकट सहित नेपाल उहाँको घर सम्म जाने ब्यबस्थापन गरेको छ ।

    उहाँलाई उद्दारकै क्रममा अल कासिम बुरैदा बाट एनआरएनए आरसिसिका वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी र कोषाध्यक्ष चिरञ्जीवी अर्यालद्वारा पिसिआर गर्न देखि अल कासिम एयरपोर्ट सम्म लैजान समेत सहयोग गरेका थिए ।।


    उहाँको कम्पनीले पनि उहाँको पिडालाइ बुझेर इक्सिट भिसा तथा २३ दिन काम गरे बापत ७०० साउदी रियल दिएर पठाएको छ ।

    लावती भोलि १२ कार्तिक शुक्रबार नेपाल पुग्ने र एनआरएनए का प्रतिनिधिद्वारा उहाँको घरसम्म पुर्याउन सहयोग गरिने कुरा पनि एनआरएन साउदी का अध्यक्ष डम्बर यादवले जनाएका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए साउदी अरबको सहयोगमा साउदी आएको एक महिना नपुग्दै फर्के सागर लावती,

    माछा मार्ने विवादमा बेलायतमाथि प्रतिबन्ध लगाउने फ्रान्सको चेतावनी

  • ११ कार्तिक २०७८, बिहीबार १२:५८ मा प्रकाशित

  • ११ कात्तिक, काठमाडौं । माछा मार्ने अधिकारीलाई लिएर फ्रान्स र बेलायतबीच तनाव थप चर्किएको छ । फ्रान्सले  बेलायतमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

    फ्रान्स सरकारले बुधबार बेलायतमाथि लगाइने सम्भावित प्रतिबन्धको सूची सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । आगामी हप्तासम्म कुनै सम्झौता हुन नसके फ्रान्सले आफ्ना केही बन्दरगाहमा बेलायती ‘फिशिङ बोट’लाई निषेध गर्ने बताएको हो ।

    त्यस्तै फ्रान्सले च्यानल द्विप समूहमा इन्धन आपूर्ति बन्द गर्ने चेतावनी समेत दिएको छ । बेलायती जल क्षेत्रमा आफ्ना डुंगालाई थप पहुँच नदिएको खण्डमा नोभेम्बर २ देखि फ्रान्समा आउने बेलायती वस्तुमाथि कठाइका साथ भन्सार तथा स्यानिटरी चेकजाँच गरिने र सी फुडमाथि प्रतिबन्ध लगाइने फ्रान्स सरकारका ग्याब्रियल अट्टले बताए ।

    फ्रान्सका युरोप मामिला मन्त्री क्लेमेन्ट बिउनले समेत अन्य व्यापारिक वस्तुमाथि थप कठाइ तथा चेकजाँच गर्न सकिने बताएका छन् । तर बेलायतका ब्रेक्जिट मामिला मन्त्री डेभिड फ्रस्टले फ्रान्सको धम्कीलाई ‘निराशाजनक’ भनेका छन् ।

    नजिकको मित्र र साझेदारबाट यस्तो अपेक्षा नगरिएको भन्दै फ्रस्टले भने, ‘फ्रान्सको धम्की निराशाजनक तथा असमान छ र नजिकको मित्र तथा साझेरदारबाट यस्तो अपेक्षा गरिँदैन ।’

    ब्रेक्जिटपछि बेलायतले आफ्नो जल क्षेत्र वरपर र च्यानल द्धिपसमूहमा माछा मार्न चाहने युरोपेली डुंगालाई इजाजतपत्र दिने कार्यमा कठाइ गरेपछि फ्रान्ससँग विवाद बढ्दै गएको हो ।

    विशेषगरी बेक्जिटपछि बेलायतको अधिनमा रहेको स्वशासित च्यानल द्धिपसमूहमा माछा मार्ने अधिकारलाई दिएर दुबै मुलुकबीच विवाद उत्पन्‍न भएको छ । युरोपेली युनियनका माछा मार्ने डुंगामाथि जर्सी टापूको सरकारले कडाइ गरेपछि मे महिनामा फ्रान्सेली मछुवाले विरोध प्रदर्शन गरेका थिए ।

    फ्रान्सका मछुवाले अबरोध गर्ने चेतावनी दिएपछि बेलायतले जर्सी टापूमा गस्ति गर्ने डुंगा पठाएको थियो । बीबीसीबाट

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on माछा मार्ने विवादमा बेलायतमाथि प्रतिबन्ध लगाउने फ्रान्सको चेतावनी

    पाकिस्तानले भारतलाई जित्दा खुशीयाली मनाएका कश्मीरका विद्यार्थीविरुद्ध फौजदारी मुद्दा

  • ९ कार्तिक २०७८, मंगलवार १८:२३ मा प्रकाशित
  • ९ कात्तिक, काठमाडौं । टी-२० विश्वकपमा पाकिस्तानले भारतलाई हराएपछि खुशीयाली मनाएका विद्यार्थीविरुद्ध कश्मीर प्रहरीले फौजदारी मुद्दा दर्ता गरेको छ ।

    कश्मीर प्रहरीले भारतसँगको खेलमा पाकिस्तान विजयी भएपछि खुशीयाली मनाएका चिकित्सा शिक्षा अध्ययनरत् दुई विद्यार्थीविरुद्ध प्रतिआतंकवादसम्बन्धी कानूनबमोजिम मुद्दा दर्ता गरेको अलजजिराले जनाएको छ ।

    आइतबारको खेलमा भारत पराजित भएपछि कश्मीरका मुख्य दुई मेडिकल कलेजका विद्यार्थीले सार्वजनिक रुपमै खुशीयाली मनाएका थिए । उनीहरुले होस्टेलबाहिर खुशीयाली मनाएको भिडियो सामाजिक सञ्लालमा भाइरल बनेको थियो ।

    मंगलबार एक प्रहरी अधिकारीले ‘क्रिकेट खेलका क्रममा राष्ट्रिय भावनामाथि ठेस पुर्‍याएको’ भन्दै विद्यार्थीविरुद्ध मुद्दा दर्ता गरेको बताएका छन् । ती अधिकारीका अनुसार गैरकानूनी गतिविधि रोकथाम ऐनबमोजिम विद्यार्थीविरुद्ध मुद्दा दर्ता गरिएको हो । तर कतिजना विद्यार्थीविरुद्ध मुद्दा गरेको भन्नेबारे उनले केही खुलाएका छैनन् ।

    प्रहरीले दर्ता गरेको एफआईआरमा विद्यार्थीको नाम नखुलाइएको र हालसम्म कसैलाई पक्राउ नगरिएको समाचारमा उल्लेख छ ।

    पाकिस्तानले टी-२० विश्वकपअन्तर्गत आइतबार राति यूएईमा सम्पन्न खेलमा भारतलाई १० विकेटले हराएको थियो । भारतको हारपछि पञ्जाबमा कश्मिरी विद्यार्थीमाथि आक्रमण भएको थियो भने भारतीय टोलीका मुस्लिम खेलाडीलाई अनलाइनमा अभद्र व्यवहार गरिएको थियो ।

    पछिल्लो समय भारत नियन्त्रित कश्मीरमा भारतविरोधी भावना तीव्र रुपमा बढ्दै गएको छ । क्रिकेट प्रतियोगितामा भारत पराजित भएपछि खुशीयाली मनाएको पछिल्लो घटनाले समेत यही पुष्टि गर्छ ।

    जम्मू-कश्मीरमा ९० को दशकमा भारतीय शासनविरुद्ध आन्दोलन शुरु भएको थियो । कश्मीरलाई मुस्लिम बाहुल्य पाकिस्तानमा गाभ्नुपर्ने वा स्वतन्त्र राज्य बनाउनुपर्ने माग राख्दै शुरु भएको आन्दोलन पछिल्लो समय हिंसात्मक बन्दै गएको छ ।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on पाकिस्तानले भारतलाई जित्दा खुशीयाली मनाएका कश्मीरका विद्यार्थीविरुद्ध फौजदारी मुद्दा

    केही वर्षभित्र साउदी संसारको सबैभन्दा ठूलो हाइड्रोजन उत्पादक देश बन्नेछ : राजकुमार अल साउद

  • ९ कार्तिक २०७८, मंगलवार १५:३४ मा प्रकाशित

  • काठमाडौं- साउदी अरबका उर्जामन्त्री तथा राजकुमार अब्दुलाजीज बिन सलमान अल साउदले निकट केही वर्षभित्र आफ्नो देश संसारको सबैभन्दा ठूलो हाइड्रोजन उत्पादक देश बन्ने योजनामा रहेको बताएका छन्।
    युथ ग्रीन समिट’मा बोल्दै उनले साउदी तेल निर्यातको सबैभन्दा ठूलो देश भएको र रासायनिक उत्पादनको लागि पनि प्रगति भइरहेको उनले जानकारी दएि। 

    ‘हामीले हाम्रो ट्याङ्कीलाई केमिकलमा सार्दै आएका छौं। हाम्रो ग्यासलाई केमिकल सिर्जना गर्न र हाम्रो देशलाई ठूलो सेवा केन्द्रमा परिणत गर्न प्रयोग गर्नेछौं,’ उनले भने।

    उनले सौर्य र हावाको लागि सस्तो नवीकरणीय उर्जा उत्पादन गर्न पनि आफूहरु तत्पर रहेको बताए। प्यानलमा उल्लेख गरिएको संख्यालाई स्मरण गर्दै मन्त्रीले सन् २०३० सम्ममा ४० लाख टन हाइड्रोजन उत्पादन गर्ने राज्यको लक्ष्य रहेको उनले बताए।

    अब्दुलाजीजले हाइड्रोजन नवीकरणीय ऊर्जा र पानीबाट उत्पादन हुने बताए।

    अक्षय ऊर्जामा हाम्रो विगतको रेकर्डसँग हामीले ग्यासको सट्टा बिजुलीबाट पानी उत्पादन गर्ने हाम्रो आफ्नै टेक्नोलोजी बनायौं,’ उनले भने, ‘हामीसँग जाफुरा नामक ग्यास बेस छ, जुन निलो हाइड्रोजन उत्पादन गर्न समर्पित हुनेछ।’

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on केही वर्षभित्र साउदी संसारको सबैभन्दा ठूलो हाइड्रोजन उत्पादक देश बन्नेछ : राजकुमार अल साउद

    ४० लाख जनसंख्या भएकाे चिनियाँ सहर लान्झोउमा लकडाउन

  • ९ कार्तिक २०७८, मंगलवार १४:३६ मा प्रकाशित

  • काठमाडौं । चीनमा ४० लाख जनसंख्या बस्ने एक सहरमा लकडाउन गरिएको छ । गाङ्सू प्रान्तको राजधानी लान्झोउमा मंगलबारदेखि लकडाउन गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । लकडाउन गरिएको क्षेत्रमा स्थानीयलाई आपतकालीन अवस्थामा बाहेक घर बाहिर ननिस्किन भनिएको छ ।

    चीनमा सोमबार मात्रै  २९ जना कोरोनाका नयाँ संक्रमित फेला परेका थिए । जसमध्ये लान्झोउका मात्रै ६ जना थिए । घरेलु संक्रमणको दर बढ्न थालेपछि लान्झोउमा लकडाउन गरिएको समाचारमा उल्लेख छ ।

    लान्झोउका अधिकारीले विज्ञप्ति जारी गर्दै शहरका बासिन्दाको आवतजावतमा कडाइ गरिने र अत्यावश्यक वस्तु किनमेल वा स्वास्थ्य उपचारका लागि मात्रै घरबाहिर निस्किन पाइने बताएका छन् ।

    ‘सबै मानिस आफ्नो निवासभित्रै रहनुपर्ने छ’, अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसअघि नै उत्तरी चीनमा हजारौं मानिसलाई घरभित्रै बस्न भन्दै कडा आदेश जारी गरिएको छ ।
    चीनमा कोरोनाको ताजा संक्रमणलाई डेल्टा भेरियन्टसँग जोडेर हेरिएको छ । परीक्षण बढाउँदै जाँदा संक्रमितको संख्या पनि बढ्न सक्ने भन्दै अधिकारीहरुले चेतावनी दिएका छन् ।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on ४० लाख जनसंख्या भएकाे चिनियाँ सहर लान्झोउमा लकडाउन

    गाडीको ठक्करबाट साउदीमा एक नेपालीको ज्यान गयो

  • ९ कार्तिक २०७८, मंगलवार १४:०९ मा प्रकाशित

  • सडक दुर्घटनामा परि साउदीमा एक नेपालीको ज्यान गएको छ । मदिना अलियामा ड्युटी जाने क्रममा सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट रामेछापाका युवराज क्याप्छपी मगरको मृत्यु भएको साउदीस्थित नेपाली दूतावासले बताएको छ ।

    उनको स्यायी ठेगानन रामेछाप नगरपालिका २ देउराली रहेको बताइएको छ । उनी बिगत ८ महिना अघि बैदेशिक रोजगारीका लागि साउदीको एक रेस्टुरेन्टमा काम पुगेका थिए ।

    मृतक मगरको शव आवश्यक कानुनी प्रकिया पूरा गरि नेपाल ल्याउने तयारी भइरहेको दूतावासले जनाएको छ ।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on गाडीको ठक्करबाट साउदीमा एक नेपालीको ज्यान गयो

    साउदी अरबमा प्रशासकीय तथा मार्केटिंग क्षेत्रमा साउदीकरण अनिवार्य।

  • ७ कार्तिक २०७८, आईतवार २३:२२ मा प्रकाशित
  • साउदी अरबले रोजगार क्षेत्रलाइ साउदीकरण गर्ने अभियानलाइ थप बिस्तार गर्दै अब मार्केटिङका जबहरू पनि साउदी नागरिक हरुका लागि आरक्षित गर्नेभएको छ । अल अरबियाले जनाए बमोजिम आगामी मइ ८ तारिखदेखि लागूगरिने यी कामहरूमा सेक्रेटरियल जब, स्टक किपर, अनुवादक र डाटा इन्ट्रि गर्ने जबहरू पर्नेभएकाछन ।

    यो निर्णय संगै साउदी अरबमा पुरुष र महिलाहरुको लागी १२,००० भन्दा बढी रोजगारी सृजना गर्ने अपेक्षा गरिएको छ। यो कार्यक्रम अन्तर्गत एक साउदी व्यक्तिको न्यूनतम वेतन ५५,००० हुनेछ।

    नयाँ निर्णय अन्तर्गत मार्केटिङ भित्र निम्न पेशाहरु समावेश गरिएका छन् ! प्रबन्धक, मार्केटि स्पेसलिस्ट (विशेषज्ञ) विज्ञापन र जनसंपर्क प्रबन्धक, मार्केटि (सेल्स) बिक्री विशेषज्ञ, विज्ञापन डिजाइनर, र व्यावसायिक विज्ञापन फोटोग्राफर हरु पर्ने छन् !

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदी अरबमा प्रशासकीय तथा मार्केटिंग क्षेत्रमा साउदीकरण अनिवार्य।

    अस्ट्रेलियामा श्रीमानको ज्यान लिने नेपाली महिलालाई तीन वर्षको जेल सजाय 

  • ६ कार्तिक २०७८, शनिबार १९:०१ मा प्रकाशित

  • रक्सी पिएर आएको श्रीमानसँग पैसाको कारण विवाद बढ्दै गएपछि कैंची प्रहार गरी ज्यान लिने एक नेपाली महिलालाई अस्ट्रेलियाको अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ। 
    सिड्नीको ग्रानभिल एरीयामा अटो ग्यारेज सञ्चालन गर्दै आएका नेपाली युवा सन्तोषको घरायसी झगडामा आफ्नै श्रीमतीद्वारा कैची प्रहार गरी ज्यान गएको थियो।

    अदालतले यो घटनालाई भवितब्यका रूपमा मान्दै उनलाई तीन वर्षको मात्र सजाय सुनाएको छ। तीन वर्ष अर्थात रात र दिन दुबै गनिँदा डेढ वर्ष अर्थात उनी आगामी नोभेम्बरमा सजायमुक्त हुने भएकी छिन्। 

    सन् २०१९ नाभेम्बर २३ मा स्थानीय ग्रानभिलमा भएको घटनामा उनका पति सन्तोषको ज्यान गएको थियो। सुरूमा सन्तोषले उनलाई कैंचीले तिघ्रामा हानेको र यसैका आवेगमा आफूले प्रतिवाद गर्दा घटना भएको उनले बताएकी थिइन्।
    आफूहरूबीच पैसाको विषयलाई लिएर विवाद भएको उनले अदालतसमक्ष बयान दिएकी थिइन्।

    श्रीमान सन्तोषको मदिराको लत भएको र यौन दुव्र्यवहारसमेत गर्ने गरेको उनले बताएकी थिइन्। निज रक्सीको सुरमा घरमा आउने र हरेक पटक यौन सम्पर्कको प्रस्ताव गर्ने गरेकाले आफू आजीत बनेको बताएकी थिइन्। यस्तो यौनसम्पर्क गर्भनिरोधक साधनबीना हुने गरेको र यसैकारण कयौं पटक गर्भपतनसमेत गराउनुपरेको उनले न्यायाधीशसामू बताएकी थिइन्।

    घटना भएको दिन सन्तोष घर आइपुग्दा श्रीमतीले खाताबाट २ हजार डलर झिकिएको थाहा पाएपछि विवाद सुरू भएको उनले बयानको क्रममा बताएकी छिन्। यसक्रममा सन्तोषले सुरुमा जगल्ट्याएर कैंचीले तिघ्रामा हानेको र यसको प्रतिवाद गर्दा निजको घाँटीमा लागेको उनको बयान थियो। यसपछि अत्यधिक रक्तश्रावको कारण सन्तोषको मृत्यु भएको  थियो। उनको मुद्दाको फैसला गर्ने न्यायाधीशलेसमेत यौन दुर्व्यवहारको विषयलाई प्रमुख जोड दिँदै घटना भवितब्यमा हुन गएकाले कम सजायको भागिदार भएको निचोड निकालेका थिए। अदालतमा सुनवाईको क्रममा ती महिलाले नेपाल गएर आफू नयाँ जीवन सुरु गर्न नसक्ने बताए पनि अष्ट्रेलियामा १२ महिनाभन्दा बढी जेल सजाय हुनेगरी अपराध गर्ने आप्रवासीलाई जेल सजायपछि देश निकाला गरिने नियम छ।  

    परिवारका सदस्य र अन्य कारण यो सम्भव नहुने भन्दै उनले डिपोर्ट नगर्न अनुरोध गरेकी थिइन्। तर अदालतले सो अनुरोधलाई भने स्वीकार गर्न नसकिने बताएको छ। 

    उनीहरूका एक छोरी पनि छिन् र उनलाई एक नेपाली परिवारले पश्चिम सिड्नीमा राखेर हेरचाह गर्दै आएको छ। 

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on अस्ट्रेलियामा श्रीमानको ज्यान लिने नेपाली महिलालाई तीन वर्षको जेल सजाय 

    चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्नेछ : बाइडेन

  • ५ कार्तिक २०७८, शुक्रबार १०:४४ मा प्रकाशित
  • अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमाथि चीनले आक्रमण गरे त्यसको प्रतिरक्षामा उभिने बताएका छन् । राष्ट्रपति बाइडेनले ताइवानबारे अमेरिकी नीतिभन्दा अलग टिप्पणी गरेका हुन् । ताइवानमाथि चीनले आक्रमण गरेमा अमेरिकाले के गर्छ भन्ने पत्रकारको प्रश्नमा राष्ट्रपति बाइडेनको यस्तो प्रतिक्रिया आएको हो ।

    उनले भने, ‘हो हामी यसमा प्रतिबद्ध छौं।’ तर त्यसको केही समयपछि ह्वाइट हाउसका प्रवक्ताले भने अमेरिकी सञ्चारमाध्यमसँगको कुराकानीमा बाइडेनको अभिव्यक्तिले ताइवान नीतिमा परिवर्तन नहुने स्पष्ट पारेका थिए।

    ताइवानको रक्षाका बारेमा अमेरिकाले लामो समयदेखि ‘रणनैतिक अस्पष्टता’ को नीति अँगाल्दै आएइको छ। यदि चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकी कदम कस्तो हुन्छ भन्ने स्पष्ट नीति नै छैन। अमेरिकाले ताइवानलाई विभिन्न प्रकारका प्रतिरक्षात्मक हतियार भने उपलब्ध गराउँदै आएको छ।

    अमेरिकाले ताइवान रिलेसन्स एक्टअन्तर्गत रहेर ताइवानसँग रक्षा सम्बन्ध कायम गर्दै आएको छ। बाइडेनले चीन, रुसलगायतका मुलुकले सैन्य शक्ति बढाउँदै गएकोमा पनि आफू चिन्तित नरहेको बताएका छन्। ‘चीन, रुस र बाँकी विश्वलाई हामीसँग इतिहासकै सबैभन्दा शक्तिशाली सैन्य शक्ति छ भन्ने कुरा थाहा छ,’ उनले भने, ‘त्यसैले उनीहरू शक्तिशाली बन्दैछन् भन्ने कुरामा चिन्ता लिनुपर्दैन।’

    ‘एक चीन’ नीति अन्तर्गत अमेरिकाले ताइवानमाथि चिनियाँ सम्प्रभुताको दाबीलाई स्वीकार गर्दै आएको छ। पछिल्ला दिनमा चीनले ताइवानको आकाशमा युद्धविमान उडाएको थियो। त्यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि ताइवानसँगको एकीकरण अपरिहार्य रहेको बताएका थिए। कान्तिपुर पत्रिका बाट

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्नेछ : बाइडेन

    १३ वर्षमा साढे ९ हजार नेपालीको विदेशी भूमिमा मृत्यु

  • ३ कार्तिक २०७८, बुधबार ११:५५ मा प्रकाशित
  • काठमाडौं । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने पक्षमा तीव्र छलफल र बहस हुँदै गर्दा पछिल्लो १३ वर्षमा साढे नौ हजारभन्दा बढीले विदेशी भूमिमा ज्यान गुमाएका छन्। यो तथ्यांक वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता उपलब्ध गराएको विवरणमा आधारित हो। यस विषयमा आजको नागरिक दैनिकले समाचार प्रकाशित गरेको छ । यीबाहेक श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जाने र बोर्डसँग राहत रकम नलिनेको संख्या अझै धेरै हुनसक्ने विज्ञहरूले औंल्याउँदै आएका छन्। बोर्डका अनुसार १३ वर्षमा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनेको संख्या नौ हजार ६ सय ६४ छ।  यसरी मृत्यु हुनेमा धेरै नेपाली खाडी मुलुक र मलेसिया पुगेका छन्। खाडी र मलेसियामा मात्रै नौ हजार तीन सय बढीले ज्यान गुमाएको बोर्डले जनाएको छ। बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर निधन भएका परिवारलाई सात लाख रूपैयाँ उपलब्ध गराउँछ भने बिमा कम्पनीहरूले म्यादी जीवन बिमा गरेकालाई १४ लाख रूपैयाँ हाराहारी उपलब्ध गराउँछन् । यस अवधिमा सबैभन्दा धेरै मलेसियामा तीन हजार दुई सय ४२ को मृत्यु भएको छ। त्यस्तै, साउदी अरेबियामा दुई हजार ६ सय ४३, कतारमा एक हजार आठ सय ९५, संयुक्त अरब इमिरेट्स (युएई) मा नौ सय ६८, कुवेतमा तीन सय ५१, बहराइनमा एक सय ४४, ओमानमा ७४ को निधन भएको बोर्डको तथ्यांकमा उल्लेख छ।  यस अवधिमा सबभन्दा बढी मृत्यु हृदयाघातबाट भएको पाइएको समाचारमा जनाइएको छ। बोर्डका अनुसार हृदयाघातका कारण दुई हजार एक सय १७ श्रमिकको निधन भएको छ।  मृत्युको दोस्रो ठूलो कारणमा सडक दुर्घटना रहेको छ। गन्तव्य मुलुकमा सडक दुर्घटनामा परी एक हजार दुई सय ५४ को निधन भएको छ। त्यस्तै कार्यस्थलमा सात सय १३ को निधन हुँदा एक हजार एक सय चारले आत्महत्या गरेका छन्।  १३ वर्षको अवधिमा खाडीका ६ मुलुकसहित मलेसिया, दक्षिण कोरिया र जापानमा एक हजार आठ सय ७८ श्रमिकको प्राकृतिक मृत्यु भएको छ। प्राकृतिक मृत्यु हुनेमा साउदी पहिलो नम्बरमा छ, जहाँ नौ सय २० को मृत्यु भएको छ।  त्यस्तै, मलेसियामा चार सय ४५, कतारमा दुई सय ६७, युएईमा एक सय ३६, बहराइनमा ३४, कुवेतमा ३०, ओमानमा २३, जापानमा १२ र दक्षिण कोरियामा ११ मजदुरको प्राकृतिक मृत्यु भएको बोर्डले जनाएको छ।  सोही अवधिमा मलेसियामा एक सय ९२, कतारमा एक सय ६६, युएईमा एक सय १८, कुवेतमा ४७, बहराइनमा १४, दक्षिण कोरियामा १४, ओमानमा १० र जापानमा चार नेपाली श्रमिकको सडक दुर्घटनामा परी निधन भएको छ।  सबैभन्दा धेरै मलेसियामा चार सय ५० नेपाली मजदुरले आत्महत्या गरेका छन्। साउदीमा दुई सय २३, कतारमा एक सय ७२, युएईमा एक सय ४५, कुवेतमा ४७, दक्षिण कोरियामा ३९, बहराइनमा १४, ओमानमा १३ र जापनमा ६ जनाले आत्महत्या गरेका छन्।  विदेशमा नेपाली कामदारले अकालमा ज्यान गुमाउने अर्को मुख्य कारण कार्यस्थलमै हुने दुर्घटना पनि हो। मुख्य गन्तव्य रहेका नौ मुलुकमा १३ वर्षमा सात सय १३ नेपाली श्रमिकले काम गर्दागर्दै दुर्घटनामा परेर ज्यान गुमाएका छन्। सबैभन्दा धेरै मलेसियामा दुई सय ६५ र दोस्रोमा साउदी अरेबियामा एक सय ९५ को कार्यस्थलमै मृत्यु भएको छ ।त्यस्तै, कतारमा एक सय ७०, युएईमा ४०, कुवेत र दक्षिण कोरियामा १४–१४, बहराइनमा १०, ओमानमा चार र जापानमा एक नेपाली श्रमिकको ज्यान गएको छ। गन्तव्य मुलुक पुगेका श्रमिकलाई सानो महेनत गर्ने हो भने पनि सुरक्षित राख्न सकिने विज्ञहरूले बताउँदै आएका छन् । 

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on १३ वर्षमा साढे ९ हजार नेपालीको विदेशी भूमिमा मृत्यु

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P