
काठमाडौं- साउदी अरबका उर्जामन्त्री तथा राजकुमार अब्दुलाजीज बिन सलमान अल साउदले निकट केही वर्षभित्र आफ्नो देश संसारको सबैभन्दा ठूलो हाइड्रोजन उत्पादक देश बन्ने योजनामा रहेको बताएका छन्।
युथ ग्रीन समिट’मा बोल्दै उनले साउदी तेल निर्यातको सबैभन्दा ठूलो देश भएको र रासायनिक उत्पादनको लागि पनि प्रगति भइरहेको उनले जानकारी दएि।
‘हामीले हाम्रो ट्याङ्कीलाई केमिकलमा सार्दै आएका छौं। हाम्रो ग्यासलाई केमिकल सिर्जना गर्न र हाम्रो देशलाई ठूलो सेवा केन्द्रमा परिणत गर्न प्रयोग गर्नेछौं,’ उनले भने।
उनले सौर्य र हावाको लागि सस्तो नवीकरणीय उर्जा उत्पादन गर्न पनि आफूहरु तत्पर रहेको बताए। प्यानलमा उल्लेख गरिएको संख्यालाई स्मरण गर्दै मन्त्रीले सन् २०३० सम्ममा ४० लाख टन हाइड्रोजन उत्पादन गर्ने राज्यको लक्ष्य रहेको उनले बताए।
अब्दुलाजीजले हाइड्रोजन नवीकरणीय ऊर्जा र पानीबाट उत्पादन हुने बताए।
अक्षय ऊर्जामा हाम्रो विगतको रेकर्डसँग हामीले ग्यासको सट्टा बिजुलीबाट पानी उत्पादन गर्ने हाम्रो आफ्नै टेक्नोलोजी बनायौं,’ उनले भने, ‘हामीसँग जाफुरा नामक ग्यास बेस छ, जुन निलो हाइड्रोजन उत्पादन गर्न समर्पित हुनेछ।’

