साउदी अरबको ताबुक क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुको ठूलो संख्यामा एकैपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
देशमा परिवर्तन चाहनुहुने नेपाली दाजुभाई तथा दिदिबहीनीहरु देखि बिदेश सम्मबाट दिनानुदिन ठुलो संख्यामा रास्वपा प्रवेश गर्ने क्रममा साउदि अरबमा कार्यरत श्रमिरहरुपनि दिनानुदिन रास्वपा प्रवेश गरिरहेका छन् । यस्तो सामूहिक प्रवेशलाई प्रवासी नेपाली समाजभित्र परिवर्तनप्रतिको आकर्षण र विश्वासको ठोस उदाहरणका रूपमा हेरिएको रास्वपा प्रवास समिती साउदीका उप सभापति प्रेम आचर्यले जनाएका छन् ।
रास्वपा प्रवेश कार्यक्रमका संयोजक नर बहादुर खतिवडाले गरेका थिए । खतिवडाको सक्रियता, समन्वय र नेतृत्व क्षमताले ताबुक क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई एउटै छातामुनि ल्याई पार्टीप्रतिको विश्वास अझै प्रगाढ बनाउन सहयोग पुगेको सहभागीहरूले दर्साएका थिए ।
कार्यक्रममा बोल्ने नेताहरूले भने : “परिवर्तन अब रोकिँदैन। यो उत्साह, विश्वास र एकताको लहर प्रवास नेपाली समुदायबाट सुरु भई, नेपालका प्रत्येक शहरदेखि गाउँ–गाउँ, बस्ती–बस्ती र कुनाकप्चासम्म पुग्नेछ। विश्व समुदायलाई पनि परिवर्तनको जनाउ घण्टी बन्नेछ।”
रास्वपामा प्रवेश गर्नेहरूले पार्टीले बोकेको “स्वच्छ राजनीति, जनमुखी सेवा र पारदर्शी नेतृत्व” प्रति आफ्नो आस्था प्रकट गर्दै, यही बाटोले मुलुकको समृद्धि र सुशासनको ग्यारेन्टी गर्ने विश्वास व्यक्त गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा बोल्ने नेताहरूले भने, “परिवर्तन अब रोकिँदैन। यो उत्साह, विश्वास र एकताले प्रवासी नेपाली समुदायबाट सुरु भएको यो लहर मुलुकको प्रत्येक कुनामा फैलिने छ।” रास्वपाको बढ्दो लोकप्रियता केवल नेपालको सीमाभित्र मात्र नभई, विदेशमा रहेका नेपाली समुदायबीच पनि व्यापक रूपमा फैलिँदै गएको प्रष्ट देखिएको छ। ताबुक क्षेत्रबाट सुरु भएको यो कदमलाई विदेशमा रहेका नेपालीहरूको ठूलो समर्थनको संकेतका रूपमा लिइएको पनि संयोजक खतिवडाले जानकारी गराए ।
साउदी अरबको ताबुक क्षेत्रबाट भएको यस सामूहिक प्रवेशले रास्वपाको ऊर्जा, जनसमर्थन र भविष्यप्रतिको विश्वासलाई अझ सबल बनाएको छ। परिवर्तनको यो लहर अब संसारका हरेक कुनाबाट फैलिँदै नयाँ आशा र ऊर्जाका साथ अघि बढ्ने प्रष्ट सन्देश दिएको छ।
जिजान (साउदी अरब) – नेपाली महावाणिज्य दूतावास, जेद्दाको आयोजनामा र गैरआवासीय नेपाली संघ (NRNA) – क्षेत्रीय समन्वय परिषद् (RCC) जिजान–अभा–खमिसको सहकार्यमा शुक्रबार पासपोर्ट नवीकरण, वितरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममार्फत प्रवासी नेपाली श्रमिकहरूलाई राहदानी नवीकरण, वितरणलगायतका दूतावासीय सेवा प्रदान गरिएको थियो। साथै, महावाणिज्य दूतावासका श्रम सहचारी श्री जीवन कुमार घिमिरेले श्रमिक अधिकार, दूतावासीय सेवा प्रक्रिया तथा वैदेशिक रोजगारीमा ध्यान दिनुपर्ने कानुनी र व्यवहारिक पक्षबारे सचेतनामूलक जानकारी प्रदान गर्नुभएको थियो।
महावाणिज्य दूतावासका अनुसार, कार्यक्रममा १५८ जना नेपाली श्रमिकहरूको राहदानी नवीकरणका लागि सहजीकरण गरिएको थियो भने करिब २५० जनाको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सफल बनाउन NRNA RCC जिजान–अभा–खमिसका टोलीले सक्रिय स्वयंसेवी भूमिका निर्वाह गरेका थिए
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरबले गत १६ जुलाई २०२५ का दिन दशौँ राष्ट्रिय महाधिवेशनबाट उमेश भट्टराईको अध्यक्षतामा आफ्नो २०२५ – २७ कार्यकालको लागि सर्वसम्मत कार्यसमिति चयन गरेको थियो ! उक्त महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष उमेश भट्टराईद्वारा २०२५- २७ कार्यकालमा एनआरएनए साउदी अरबले गर्ने कार्य योजनाहरू सार्वजनिक गरेका छन्।
आफ्नो नेतृत्वमा रहेका २०२५- २७ कार्यसमितिले यो कार्यकाललाई पूर्णरूपमा श्रमिकमैत्री बनाउँदै कूटनीतिक सम्बन्धलाई प्रगाड बनाउने र अन्य श्रमिक हक हितका थुप्रै कार्यहरू गर्ने अध्यक्ष भट्टराईले जनाएका छन् उक्त कार्यहरूमध्य नौ बुँदे प्रमुख प्रमुख कार्ययोजनाहरू अध्यक्ष भट्टराईले सार्वजनिक गरेका छन्।
नौ बुँदे कार्ययोजनाहरू सार्वजनिक गर्दै अध्यक्षले आफ्नो यो कार्यकाललाई नमुना बनाउने पनि जानकारी गराएका छन्। यो कार्यकाललाई पछिल्ला कार्यकालहरु भन्दा पृथक बनाउने पनि उहाँको भनाइ रहेको छ। उहाँको नेतृत्वको कार्यकालका लागि सार्वजनिक गर्नुभएको कार्ययोजनाहरू जस्ताको त्यस्तै :-
१) साउदीमा कार्यरत श्रमिकहरूको हक हितका लागि र समस्यामा परेका श्रमिकहरूको समस्या समाधानको लागि नेपाली राजदुताबास रियाद र नेपाली महावाणिज्यदुतावास जेद्दा सँगको सहकार्य अझै प्रगाढ बनाउने
२) श्रमिकमैत्री सांस्कृतिक, सामाजिक र आपतकालिन सहयोगमा सदैव तत्पर रहने
३) संस्थालाई थप पारदर्शिता, जवाफदेहिता बनाउनका लागि कार्यसमितिका पदाधिकारीहरूको सक्रिय सहभागितालाई प्राथमिकता दिने ४) हरेक ४-४ महिनामा संस्थाको सम्पूर्ण आर्थिक प्रतिबेदन सार्वजनिक गर्ने
५) साउदी अरबमा सक्रिय रहेका राजनीतिक दलका भातृ संगठन लागायत अन्य सबै जातीय, तथा क्षेत्रिय संस्थाहरु सँगको सहकार्यलाई थप मजबुत बनाउँदै अगाडि बढ्ने
६) सामाजिक सुरक्षा कोष लगायत साउदीमा कार्यरत रहनुभएका नेपालीहरूलाई साउदीमा गर्न हुने , नहुने कार्यहरुको बारेमा नियोगहरुको सहकार्यमा बिभिन्न क्षेत्रमा प्रशिक्षण तथा श्रमिक सचेतना कार्यक्रमहरु गराउने
७) भूतपूर्व एनआरएनका अग्रज पदाधिकारीहरूलाई कुनै न कुनै माध्यमद्वारा संस्थामा जोड्ने र श्रमिक हक हितका लागि हातेमालो गर्ने
८) आफ्नो माततमा रहेका क्षेत्रीय संगठनहरूलाई श्रमिकमैत्री बनाउँदै मजबुत बनाउने
९) संस्थाको समाचार सम्प्रेसनको लागी नेपालका बिभिन्न राष्ट्रिय मिडियाहरुसंग दुइपक्षिय सम्झौता कायम गर्ने
काठमाण्डौ, ३० साउन । कुवेतमा पछिल्लो तीन दिनमा नौ जना नेपाली श्रमिकहरुको ज्यान गएको छ । अरू १५ जना भन्दा धेरै नेपालीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको कुवेतमा रहेको नेपाली दुतावासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले विज्ञप्ती निकालेर मेथनोल मिसावट गरेको रक्सी खाएका कारण एक सय ६० जना भन्दा धेरै प्रभावित भएका र उनीहरु मध्ये २३ जनाको ज्यान गएको जनाएको छ ।
मृतक सबैजसो एशियाली देशका रहेका मन्त्रालयले आज निकालेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा देश उल्लेख नभए पनि ज्यान गुमाउने नौ जना नेपाली तिनै २३ जना मध्येका रहेका कुवेतमा रहेको नेपाली दुतावासले जनाएको छ ।
बीबीसीसँगको कुराकानीमा नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले कुवेतका अधिकारीहरुका अनुसार अवैध रूपमा बिक्री हुने रक्सीकै कारण ज्यान गएको बुझिए पनि पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकोले कारण स्पष्ट भएको छैन । उहाँका अनुसार उपचार गराइरहेका मध्ये सबैजसो विशाक्त रक्सी खाएपछि बिरामी परेका हुन् ।
कुवेतका स्थानीय सञ्चार माध्यमहरूले नेपालीसँगै भारतीय श्रमिकहरूको पनि विषाक्त रक्सी खाएका कारण ज्यान गएको उल्लेख गरेका छन् । कुवेतमा यसअघि पनि गैरकानूनी रूपमा बिक्री हुने रक्सीमा विषाक्त रसायन प्रयोग गरिँदा नेपाली श्रमिकहरूको ज्यान जाने गरेको थियो । कुवेतमा रक्सी उत्पादन र बेचबिखन पूर्ण रूपमा प्रतिबन्धित छ ।
विगत करिब तीन दशकदेखि साउदी अरबमा काम गर्दै आउनुभएका लमजुङका भीम गुरुङ आफ्नो तीन दशकको कामलाइ समापन गर्दै नेपाल फर्किनु लाग्नुभएको अवसरमा तमुधि जेद्दा साउदी अरबले उहाँको विदाई कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।
गत ८ अगस्ट २०२५ शुक्रबारका दिन जेद्दाको एक हलमा तमुधि जिद्दाका अध्यक्ष वेद तमुको सभापतित्वमा नेपाली महावाणिज्य दूतावास जेद्दाका महाबाणिज्य दूत पारस पण्डितको प्रमुख अतिथ्यमा आयोजना भएको उक्त “भीम गुरुङ तथा माया तमुस्” को विदाई समारोह कार्यक्रम नरकुमार मगरले सञ्चालन गरेका थिए। अतिथिहरुमा नेपाली महावाणिज्य दूतावास जिद्दा का श्रम सहचारी जीवन घिमिरे, लगायत जिद्दामा क्रियाशील संघ संस्थाका प्रतिनिधिहरू पत्रकारहरू तथा वरिष्ठ समाजसेवीहरू रहेका थिए
नेपाली राष्ट्रिय गानसँगै सुरु भएको उक्त कार्यक्रममा तमुधि जिद्दाका अध्यक्ष वेद तमुले विदाईका पात्रहरू भीम गुरुङ र माया तमुस्यलाई सङ्घको तर्फबाट दोसल्ला उडाउनुको साथै प्रमाणपत्र र अमूल्य गिफ्टले सम्मान गर्नुभएको थियो। यसैगरी संस्थाका पदाधिकारीहरूले पनि दोसल्ला, खादा लगाई सम्मानका साथ गिफ्टहरु दिएर विदाई गरेका थिए. यसैगरी जिद्दामा क्रियाशील विभिन्न संघसंस्था एनआरएनए साउदी अरब, एनआरएनए क्षेत्रीय समिति जेद्दा, हाते मालो युवा क्लब जिद्दा, नेपाली युवा क्लब जेद्दा, किरात राई अयोख्या जेद्दा, का सम्पुर्ण पदाधिकारीहरू.तथा अन्य समाजसेवी दाजुभाई दिदीबहिनीहरू सर्वसाधारण उपस्थित नेपाली दाजुभाईहरू उहाँका शुभचिन्तक तथा नातेदारहरूले पनि सम्मानका साथ दोसल्ला, खादा ओढाउनुको साथै प्रमाणपत्र र गिफ्टले सम्मान गर्दै विदाई गरेका थिए। कार्यक्रममा भीम गुरुङले तीन दशक साउदी अरबमा रहेर काम गर्दैगर्दा भोगेका आफ्ना जीवन कथाहरू तथा नेपाली समुदायहरूसँगको सम्बन्ध र साथ सहयोगका बारेमा दृश्य चित्र बायोग्राफी प्रस्तुत गरिएको थियो। विदाई कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथि तथा अन्य अतिथिहरूले,, तीन दशक साउदीमा जिबन बिताउँदै गर्दा उहाँले गर्नुभएको समाजसेवालाई उच्च सम्मान गर्दै उहाँबाट धेरै प्रेरणा मिलेको र उहाँहरूलाई साउदी अरबबाट बिदा गर्दै गर्दा निकै दुःख लागेको बताउँदै उहाँको नेपाल बसाई तथा आगामी दिनको भविष्यको उच्च प्रगतिको कामना गर्नुभएको थियो। त्यसैगरी कार्यक्रममा उपस्थित हुनुभएका अधिकांश नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले ब्यक्तिगत रुपमा पनि उहाँको विदाईको शुभकामना दिँदै आगामी दिनको उच्च प्रगतिको कामना गरेका थिए।
कार्यक्रममा भीम गुरुङ र माया तमुस्यले छोटो मन्तव्य दिँदै आफूले जानेका र सिकेका कुराहरु सेयर गर्नु भएको थियो । आफु २२ बर्षको कलिलो उमेरमा ब्याचलर गरि लेभरमा आएपनी आफ्नो मेहनत कडा परिश्रम र लगनशीलताले छिटो छिटो प्रगति हुँदै ठुलो म्यानेजर सम्मको पदमा काम गर्न सफलता प्राप्त गरेको बताउदैँ, साउदी अरबमा रहेर काम गर्दै गर्दा, गर्न हुने कुराहरु, गर्न नहुने कुराहरु, आफूले भोगेका देखेका कुराहरू, आफूले गरेका राम्रा कामहरु तथा जिबनमा सफलता प्राप्त गर्ने खालका कुराहरु, उपस्थित रहेका श्रमिकहरु माझ प्रस्तुत गर्दै दाजुभाइ दिदिबहिनीहरुलाइ सोही बमोजिम अगाडि बढ्नका लागि पनि आग्रह गर्नुभएको थियो। यसै सम्बन्धमा आफू जुन देशमा कार्यरत रहेका छौँ उक्त देशको नियम कानुन पनि आफूले मान्नुपर्ने साथसाथै साउदीको कमाइले आफ्नो बालबालिका घरपरिवार धानिए पालिएको र आफ्नो इच्छाहरु पूरा भएको हुँदा यहाँ आएर काम गर्दा अनुशासित भएर काम गर्नुपर्ने र यो देशलाई पनि सम्मान गर्नुपर्ने उहाँको भनाइ रहेको थियो जाँदाजाँदै आफू साउदी अरब छोडेर जाँदै गर्दा यतिका वर्षसम्म आफूले कमाएका आत्मीय साथीसङ्गिहरुलाई छोडेर जानुपर्दा निकै भावुक हुँदै शुभकामना दिनुहुने उपस्थित सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो . कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष वेद गुरुङले आफ्नो मन्तव्य राख्दै उहाँहरू आफूसँगै साथमा रहँदा साथै साउदी अरबमा रहँदा धेरै श्रमिकले सेवा पाएको र आफ्नो देशमा पनि निकै सेवा गर्नुभएको उहाँहरूलाई विदाई गर्दै गर्दा निकै दुखित भएको महसुस गर्दै कार्यक्रम सफल बनाउन उपस्थित हुनुभएका सम्पूर्ण संघसंस्था लाई तथा स्वयंसेवकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै विदाई का पात्रहरू भीम गुरुङ र माया तमुस्यलाई सदैव याद गरिरहने र जहाँ भएपनि सहयोगको अपेक्षा पनि राखिरहने साथसाथै उहाँहरूको नेपाल बसाई सुखद रहोस् भनी शुभकामना दिएका थिए। पहिलो चरणको कार्यक्रमको अन्त्यसँगै दोस्रो चरणको कार्यक्रम सांगीतिक माहोलमा उपस्थित दर्शकहरु निकै रमाइलो गरेका थिए। कार्यक्रममा नित्य तथा संगीत हरुले गुञ्जयमान भएको थियो। कार्यक्रमको अन्त्यमा उपस्थित श्रमिक दाजुभाई तथा दिदीबहिनीहरूलाई तमुधिं जेद्दाले मीठो खाना खुवाएर पठाएको थियो।
अभा — अभा–खमिस भ्रमणमा रहनु भएका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NCC) साउदी अरबका निवर्तमान अध्यक्ष तथा हाल ICC सदस्यमा मनोनित श्रीमती रबिना अर्याल, NCC उपाध्यक्ष विष्णु प्रसाद भण्डारीलाई खमिस मुशैतस्थित जुविली रेस्टुरेन्टमा फूलको गुच्छा अर्पण गर्दै स्वागत गरिएको छ।
क्षेत्रीय समन्वय समिति (RCC) जिजान–अभा–खमिसको तर्फबाट अध्यक्ष शंकर पौडेल, संरक्षक लाल बहादुर मगर, उपाध्यक्ष सन्तोष परियार, कौशल सचिव श्री डम्बर खड्का, कोषाध्यक्ष गणेश पुरी, सह–कोषाध्यक्ष सन्तोष सुनार, सल्लाहकार तुल्सी राम आचार्य, सदस्यहरू भिम बयलकोटी, दिलबहादुर राना मगर, जीवन लिम्बु, किरण रम्तेल, हरि परियारसहित अन्य सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा परिचयात्मक अभिवादन तथा सौहार्दपूर्ण भेटघाटसँगै NRNA साउदी अरब (२०२३–२५) को कार्यकालको समीक्षा र आगामी (२०२५–२७) कार्यकालका लागि आपसी सहकार्यका विषयमा विस्तृत विचार–विमर्श भएको थियो।
कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सबै महानुभावहरूलाई NRNA RCC जिजान–अभा–खमिसले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
काठमाडौं । ट्रम्प प्रशासन सुरुदेखि नै आप्रवासीहरूप्रति कडा रहेको छ र कडा भिसा नियमहरू लागू गरिरहेको छ । यसैबीच, अमेरिकाले अब एक नयाँ पाइलट कार्यक्रम ल्याएको छ जस अन्तर्गत पर्यटक र व्यापारिक भिसामा अमेरिका जाने मानिसहरूले भिसा बन्डको रूपमा १५,००० डलर अर्थात् २१ लाख रूपैयाँ जम्मा गर्नुपर्नेछ ।
अमेरिकी विदेश विभागको यस कार्यक्रमको उद्देश्य भिसा सकिएपछि पनि अमेरिकामा बस्ने मानिसहरूको संख्या घटाउनु भएको बताइएको छ । कार्यक्रम अनुसार, पर्यटक भिसा (बी१ भिसा) र व्यापार भिसा (बी२ भिसा) मा अमेरिका जाने व्यक्तिहरूबाट भिसा बन्ड लिइनेछ ।
यस कार्यक्रम सम्बन्धी सार्वजनिक सूचनामा भनिएअनुसार विगत केही वर्षदेखि लाखौं विदेशीहरू समयमै अमेरिका नछोड्ने र भिसाको म्याद सकिएपछि पनि अमेरिकामै बस्ने गरेको देखिएको छ। यद्यपि, सूचनामा यो भिसा कार्यक्रम अन्तर्गत सबै देशहरू समेटिनेछन् वा केही देशहरूलाई छुट दिइनेछ भन्ने कुरा स्पष्ट पारिएको छैन।
समाचार एजेन्सी रोयटर्सका अनुसार नयाँ भिसा कार्यक्रम अगस्ट २० देखि लागू हुने अपेक्षा गरिएको छ र लगभग एक वर्षसम्म रहनेछ। सूचना अनुसार कन्सुलर अधिकारीहरूलाई उनीहरूको विवेकका आधारमा भिसा आवेदकहरूमाथि ५ हजार, १० हजार वा १५ हजार डलरको तीन प्रकारका बन्ड लगाउने अधिकार दिइनेछ।
पर्यटक र व्यापारिक भिसामा अमेरिका गएका व्यक्तिहरू अमेरिकाबाट फर्किएपछि भिसाको सर्त अनुसार बन्डको पैसा उनीहरूलाई फिर्ता गरिनेछ। भिसा सकिएपछि अमेरिकामै बस्नेहरूले यो रकम फिर्ता पाउने छैनन् । कार्यक्रम अन्तर्गत कुन देशहरू समावेश हुनेछन् भन्ने बारेमा हाल कुनै स्पष्ट जानकारी छैन । तर, अमेरिकाले अवैध आप्रवासीको रूपमा नेपालीहरूलाई समेत निष्काशन गरेको पृष्ठभूमिमा यो कार्यक्रममा नेपाल पनि समावेश हुने सम्भावना धेरै छ।
यो बन्ड ती देशका व्यक्तिहरूले भर्नुपर्नेछ जो आफ्नो भिसा सकिएपछि पनि अमेरिकामा बस्छन् र जससँग पर्याप्त कागजातहरू छैनन्। सार्वजनिक सूचनामा कार्यक्रम लागू हुनुभन्दा कम्तिमा १५ दिन अगाडि कुन देशहरू कार्यक्रम अन्तर्गत समावेश हुनेछन् भन्ने जानकारी दिइनेछ र यस अवधिमा देशहरूको नाम संशोधन पनि गर्न सकिने उल्लेख छ।
अमेरिकी विदेश विभागले यो भिसा कार्यक्रम विदेशी सरकारहरूले पनि आफ्नो घरेलु सुरक्षा प्रणालीलाई बलियो बनाउन र आफ्ना नागरिकहरू वैध कागजात बिना अन्य देशहरूमा नजाने कुरा सुनिश्चित गर्न लागू गरिएको बताएको छ।
गत १ अगस्ट २०२५ शुक्रबारका दिन साउदी अरबको रियादमा ऐतिहासिक “रोम लामा एकल सांगीतिक कार्यक्रम २०२५” भव्यताका साथ सम्पन्न भएको छ। आफ्नो १० वर्षे सांगीतिक यात्रा पूरा भएको र यसको निरन्तरताका लागि आयोजना गरिएको उक्त कार्यक्रममा आफ्नो एकल सांगीतिक जादुमय स्वरले नेपाली श्रोताहरुलाई मनोरञ्जन दिएका थिए
भव्यताका साथ सम्पन्न उक्त कार्यक्रममा साउदी अरबका लागि महामहिम राजदुत डा• नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यमा , साउदी अरबमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु, सफल व्यवसायीहरु, बिभिन्न कम्पनीमा कार्यरत वुद्धीजिवीहरु एवं प्रत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो। स्थानिय स्तरका चर्चित गायकद्वय बिज्ञान राई,रबिन गिरी, गायक डिबी लामा, गायक राम प्रशाद बस्याल, गायक तेम्बा वाईबा तामाङ, गायक बिबेक केसी, चर्चित नृत्यकार रोहन परियार, नृत्याङ्गाना पुजा लामा, नृत्याङ्गाना मुश्कान शर्मा, नृत्याङ्गाना कामना थापा मगर, नृत्याङ्गाना स्वस्तिका थापा मगर एवं चर्चित बाँसुरी वादक राज यात्रीहरुको उत्कृष्ट प्रस्तुती रहेको थियो।
नगेश तामाङ द्वारा सञ्चालित उक्त कार्यक्रममा रोम लामाका अनगिन्ती सांगीतिक कोसेलीहरू पस्किएका थिए। विविध विधाका गीतहरूद्वारा उपस्थित दर्शक अतिथि हरू लाई मनोरञ्जन दिएको थियो
रियाद साउदी अरबिया ! एनआरएनए साउदी अरबको नवगठित कार्यसमितिले गत १ अगस्ट २०२५ शुक्रवारका दिन नेपाली राजदूतावास रियाद स्थित दूतावास परिवार सँग साक्षात्कार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीअरबको दशौँ राष्ट्रिय महाधिवेशन बाट ०२५/२७ कार्यकालका लागी उमेश भट्टराईको नेतृत्वमा निर्वाचित कार्यसमिति द्वारा नेपाली राजदूतावास रियादका लागी महामहिम राजदूत श्री डा.नरेश विक्रम ढकाल, उपनियोग प्रमुख सृजना अधिकारी तथा सम्पूर्ण, दूतावास परिवार को उपस्थितिमा साक्षात्कार भेटघाट कार्यक्रम गरेको हो उक्त साक्षात्कार कार्यक्रमका क्रममा नेपाली राजदूतावास रियादको तर्फ बाट महामहिम राजदूत डा. नरेश विक्रम ढकालले नव निर्वाचित कार्यसमितीलाई बधाई ज्ञापन गर्नु हुँदै शुभकामना व्यक्त गर्नुका साथै एनआरएनए साउदी अरब द्वारा आगामी दिनहरूमा नेपाली समुदाय तथा श्रमिक हितको लागी गरिने कार्यहरूमा नेपाली राजदूतावासको सदैव साथ र सहयोग रही रहने प्रतिबद्धता जाहेर गर्नु भएको थियो। त्यसै गरी श्रम काउन्सिलर कविराज उप्रेतीले श्रमिक सचेतना तथा सामाजिक सुरक्षा कोष सम्बन्धी सुचना भरपुर मात्रामा नेपाली श्रमिक माझ संप्रेषण गर्न विशेष भूमिका निर्वाह गरिदिन संघलाई आग्रह गर्नु भएको थियो
उक्त कार्यक्रममा एनआरएनए साउदी अरबका कामर्यसमितिका पदाधिकारीहरू, रियाद क्षेत्रीय समन्वय समितिका पदाधिकारीहरू यसैगरी अल्कासिम क्षेत्रीय समन्य समितिका पदाधिकारीहरू र अन्य समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा एनआरएनएका तर्फबाट नवनिर्वाचित अध्यक्ष उमेश भट्टराईले दूतावास सँग भविष्यमा अझै निकटमा रहेर सामाजिक कार्यमा आफू तथा आफ्नो टिम अग्रसर रहने र श्रमिकहरूको हक हितका लागि आफू निरन्तर खटिरहने दुःखमा परेका श्रमिकहरूलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट संगठन प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबले, आफ्नो सभापतिलाई गरिएको राजनितिक प्रतिसोध बिरुद्द सुरु गरेको बिश्वब्यापी हस्ताक्षर अभियान साउदी अरबमा पनि व्यापक समर्थन र सहभागिता बटुल्दै अगाडी बढेको छ ।
देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी तथा भ्रष्टचार बिरुद्दको शासन प्रणाली लाई लागु गरि देशमा जनताको हकहितका लागि उदाएको नयाँ पार्टि प्रति गरिएको राजनितिक प्रतिसोध र सरकारको अपारदर्शिता र भ्रष्टचार बिरुद्दको सुरु गरिएको यो अभियानले बिश्वभरिका प्रवासी नेपालीहरूमा समेत नयाँ आशा र ऊर्जा थपेको कुरा प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबका उपसभापति प्रेम आचर्यले जानकारी गराए ।
यो अभियानलाई शसक्त बनाई अगाडि बढाउन आफ्नो साउदीको प्रबास समिति पदाधिकारीहरु साउदीको बिभिन्न सहरहरुमा निरन्तर खटिएका र साउदीमा कार्यरत अधिकांस नेपाली श्रमिक, व्यवसायी तथा बुद्धिजीवी वर्गले हस्ताक्षर मार्फत यो अभियानमा साथ दिएका पनि आचर्यले जानकारी गराए । साथ साथै दिनानुदिन संगठनमा नयाँ सदस्यहरु थपिनु भएको र यो क्रम बढ्दोक्रममा रहेको उपसभापति आचर्यले जनाए ।
रास्वपाको तर्फबाट प्रवासमा रहेर पनि आफ्नो पार्टिको नितिलाई अबलम्बन गर्दै धेरै श्रमिकहरुलाई समस्या पर्दा सहयोग गरिएको र कसैलाई समस्या पर्दा सहयोगको लागि प्रवास नेपाली सम्पर्क विभागलाई संपर्क गर्न पनि उपसभापतिले अनुरोध गरेका छन् ।
यो एउटा अभियानले भ्रष्टचारीहरुको मनमा ढ्याङ्ग्रो बजेको र 84 सम्म देश रास्वपामय हुने पनि उपसभापति आचर्यले जनाए ।