• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

रियादमा ठुलो मात्रामा लागु औषध बरामद।

  • २१ भाद्र २०७९, मंगलवार ०१:१८ मा प्रकाशित

  • बुधवार, साउदी अधिकारीले राजधानी रियादको गोदाममा लगभग ४.७ करोड एम्फेटामाइन चक्कीहरू ढुवानी गर्न राखिएको पिठोमा लुकाइएको अवस्थामा फेला पार्यो । यो हालसम्म साउदी अरबमा भेटिएको अवैध लागुऔषधको सबैभन्दा ठूलो परिणाम हो ।

    بفضل الله، أحبط رجال مكافحة المخدرات تهريب نحو (47) مليون قرص من مادة الإمفيتامين المخدر .. نراهن على وعيكم تجاه أضرار المخدرات.#الحرب_على_المخدرات

    pic.twitter.com/TYKL1qIOfH

    — مكافحة المخدرات (@Mokafha_SA) August 31, 2022


    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on रियादमा ठुलो मात्रामा लागु औषध बरामद।

    प्रवासी नेपाली मञ्च साउदी अरबको दोश्रो महाधिवेशन सफलापूर्वक सम्पन्न ।

  • १९ भाद्र २०७९, आईतवार ०१:४६ मा प्रकाशित

  • प्रवासी नेपाली मंच साउदी अरबले गत शुक्रवार सेप्टेम्बर २ तारिखका दिन नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यमा साउदी अरबको राजधानी रियादमा दोस्रो महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ।

    अधिवेशनबाट आउँदो कार्यकालका लागि अध्यक्षमा अमर श्रेष्ठ बरिष्ठ उपाध्यक्षमा कृष्ण कार्की, प्रथम उपाध्यक्षमा किशोर राई, उपाध्यक्षहरुमा ऋषि भट्टराई, याम बोम्जन लामा, अच्युत बोगटी, बिल्टु मुखिया चयन भएका छन् भने सचिवमा राजु खनाल रहेका छन ।

    कार्यक्रममा नेपाली राजदूतावासका अधिकारी विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरु साउदी अरबमा अवस्थित तथा क्रियाशील मिडियाकर्मीहरु लगायत धेरै नेपाली हरुको उपस्थिति रहेको थियो ।

    दोस्रो राष्ट्रिय अधिवेशन बाट सर्बसम्मत निर्वाचित हुनुहुने पदाधिकारी तथा सदस्यहरु:-
    अध्यक्ष – अमर श्रेष्ठ
    बरिस्ठ उपाध्यक्ष -कृष्ण कार्की
    प्रथम उपाध्यक्ष -किसोर राई
    उपाध्यक्ष – ऋषि भट्टराई
    उपाध्यक्ष – याम बोम्जन लामा
    उपाध्यक्ष – अचुत बोगटी
    उपाध्यक्ष -बिल्टु मुखिया
    सचिव- राजु खनाल
    सहसचिव -बसन्त राई
    सहसचिव – रमेश गिरि
    सहसचिव -खड्ग प्रसाद आचार्य
    कोषाध्यक्ष – रुपक वाइबा
    सदस्यहरुमा :
    भीम योङहाङ,युवराज खड्का,अर्जुन सिलवाल,होम तामाङ,विष्णु ढकाल,हेमराज रसाइली,लालबहादुर मोक्तान,नारायण पोख्रेल, BS अधिकारी, दीर्घ खड्का रहेका छन्।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on प्रवासी नेपाली मञ्च साउदी अरबको दोश्रो महाधिवेशन सफलापूर्वक सम्पन्न ।

    कोरियामा नेपालीबाटै नेपालीको हत्या

  • १५ भाद्र २०७९, बुधबार २३:०७ मा प्रकाशित
  • दक्षिण कोरिया — दक्षिण कोरियाको राजधानी सोलभन्दा १ सय ५ किलोमिटर दक्षिणमा पर्ने छुङछनबुक्दोको जिनछनमा रहेको प्लास्टिक कम्पनीमा काम गर्ने नेपालीले आफ्नै सहकर्मीलाई धारिलो छुरा प्रहार गरी हत्या गरेको घटना सार्वजनिक भएको छ । मंगलबार राति भएको उक्त घटनाका आरोपित यूवालाई प्रहरीले पक्राउ गरेको छ ।

    रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया आएका नुवाकोटका प्रकाश विकको हत्या भएको हो । ६ महिनाअघि मात्र कोरिया आएका उनकै कम्पनीमा काम गर्ने पाँचथरका राजेश बुढाथोकीले उनको हत्या गरेको खुलासा भएको हो । राजेश तीन हप्ताअघि मात्रै कोरिया आएका थिए ।

    ‘उनीहरू कम्पनीकै खिसुक्साको एउटै कोठामा बस्थे । यसअघि कुनै झगडा भएको थाहा भएन,’ घटना भएको कम्पनीमा ९ वर्ष देखि काम गर्दै आएका गोविन्द अघिकारीले भने । ‘हिजो राति एक्कासी यस्तो घटना भयो हामी पनि आश्चार्यमा छौं ।’

    घटना भएकै खिसुक्सा (होस्टेल)मा बस्ने गरेका कृष्ण आलेले मंगलबार राति साढे ११ बजे ठूलो स्वर सुनेर कोठा बाहिर निस्कँदा प्रकाश भुइँमा लडिरहेको बताए ।

    ‘हामी सबैले ८ बजेसम्म सँगै काम गरेका थियौं । म १० बजेतिर नुहाएर बाहिर निस्कँदा भाइहरूको कोठाको बत्ती निभेको थियो । मैले सुतिसकेछन् भनेर आफ्नो कोठामा ढोको लगाएर घरतिर कुरा गर्दै थिएँ । एक्कासी ठूलो स्वरमा केही खसे जस्तो सुनियो । म बाहिर निस्केर हेर्दा ऊ लडिरहेको थियो । त्यसपछि हामीले प्रहरीलाई खबर गर्‍यौं ।’

    प्रहरी आएर हेर्दा प्रकाशको मृत्यु भइसकेको थियो । आरोपित बुढाथोकी भने कोठामै बसेको र उनको पनि घाँटीमा घाउ रहेको प्रहरीले बताएको छ । अहिले उनको उपचार भइरहेको र थप अनुसन्धानपछि मात्रै घटनाको बारेमा विस्तृत जानकारी दिने प्रहरीले जनाएको छ ।

    सोलमा रहेको नेपाली राजदूतावासले घटनाबारे अनौपचारिक रुपमा जानकारी भए पनि कोरियाली प्रहारी मार्फत् आधिकारिक जानकारी भने अझै नआएको जनाएको छ । ‘गम्भीर खालको घटनामा अनुसन्धान गर्न केही समय लाग्ने भएकोले पनि उनीहरुले जानकारी नगराएको हुनसक्छ,’ सोलस्थित कार्यवाहक राजदूत रामसिंह थापाले भने ।

    ‘कोरियामा भएको आपराधिक घटनाको कोरियाली कानुन अनुसार नै कारबाही हुन्छ । अन्य विषयमा कोरियाली प्रहरीले हामीलाई जे जानकारी दिन्छ त्यसपछि मात्रै भन्न सकिन्छ,’ उनले भने ।

    सन् २००७ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली कोरियामा आउन थालेका हुन् । यसअघि नेपाली कामदार कुनै गम्भीर खालका अभियोगमा कारागार पुगेका छैनन् ।

    कान्तिपुर बाट सभार गरिएको।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on कोरियामा नेपालीबाटै नेपालीको हत्या

    ११ वर्षदेखि अस्पताल उपचाररत चण्डेश्वर मुखिया ४० लाख रियल हस्पिटलको बिल मिनाहा पछि स्ट्रेचरमा नेपाल फर्किए

  • ११ भाद्र २०७९, शनिबार २३:३७ मा प्रकाशित
  • समर्पण रम्जान

    ११ भदौ २०७९ ! साउदी अरब, वैदेशिक रोजगारीको सिलसिलमा सन् २०१० मा आइ बिगत ११ बर्ष लामो समयदेखि साउदी अरबको दम्माम स्थित एक अस्पतालमा उपचाररत रहेका नेपालका चण्डेश्वर मुखियालाई नेपाली दूतावास रियादको अथक प्रयास र सहयोगमा नेपाल पठाउन सफल भएको छ ।

    २०१० मा साउदी आएका मुखिया सन् २०११ मा सडक दुर्घटना परि गम्भिर घाइते भएका र ११ वर्षदेखि दमामस्थित अल मौवासत अस्पतालमा उपचाररत रहेका थिए ।

    साविक धनुषा जिल्ला बारामझिया गा.वि.स. वडा नं . ० ९ स्थायी ठेगाना भएका श्री चण्डेश्वर मुखिया ( राहदानी नं . ५३७३४०६ ) लाई नेपाल एयरलाइन्सको उडानबाट २६ अगष्ट २०२२ शुक्रबार का दिन नेपाल पठाइएको दूतावास रियादले जानकारी गराएको छ । सन् २०११ देखि अस्पतालमा उपचाररत रहेका श्री मुखियाको उपचार खर्च निजको स्वाथ्य वीमा कम्पनिले छोडेपछि पनि उनको कम्पनीले उपचार निरन्तर राखेको तर सडक दुर्घटनाबाट टाउकोमा गम्भिर चोट लागेका उनलाई धेरै लामो समयसम्म अस्पतालमा राखेर उपचार गराउँदा पनि स्वास्थ्य अवस्थामा खासै सुधार नआएपछि कम्पनीले उनको परिवारलाई केही आर्थिक सहयोग गरेर उनलाई नेपाल पठाउन चाहेको थियो । तर , परिवारले आफ्नो आर्थिक अवस्था निकै कमजोर रहेकोले उनलाई नेपालमा लगेर अस्पतालमा राख्न सक्ने अवस्था नरहेको जानकारी गरायो । कम्पनीले उनलाई नेपाल पठाउने व्यवस्था मिलाइदिन पटक पटक राजदूतावाससँग अनुरोध गरिरह्यो । परिवारले जिम्मा लिने सहमती नदिंदासम्म जबरजस्ती उनलाई नेपाल पठाउन नसकिएको र सन् २०१८ सम्म कम्पनी राजदूतावासको सम्पर्कमा थियो । सो पश्चात् , कम्पनीले साउदी अरबको श्रम कानून बमोजिम रोजगारदाताले पूरा गर्नुपर्ने सम्पूर्ण दायित्व पूरा गरेको , निज मुखियाको उपचारमा वीमाले कभर नगरेको धेरै ठूलो रकम समेत अस्पताललाई तिरेको , परिवारलाई केही आर्थिक सहयोग गर्छु भन्दा पनि बिरामी लिन नमानेकोले अब उप्रान्त आफूले निजको अस्पताल बसाईको खर्च जिम्मा लिन असमर्थ हुने व्यहोरा जानकारी गरायो । त्यसपश्चात , कम्पनी कहिल्यै सम्पर्कमा आएन । बिरामी अर्धचेत अवस्थामा रहेको हुंदा कसैले जिम्मा नलिंदासम्म अस्पतालले डिस्चार्ज पनि गर्न सकेन र परिवारले पनि निजको जिम्मा लिएन । यसबीचमा राजदूतावासले बिरामीको परिवारलाई मनाउने प्रयास गरिरह्यो । तर सफलता हासिल भएन । कम्पनी सम्पर्कमा आउन छोडेपछि के अस्पतालको विल पनि ४० लाख साउदी रियाल नाघिसकेको थियो । अस्पतालले निज मुखियाको अस्पतालको विल जिम्मा लिन र निजलाई नेपाल लैजानको लागि राजदूतावास समक्ष पटक पटक अनुरोध गयो । पछिल्लो समय राजदूत निज चण्डेश्वर मुखियाको अस्पतालको विल मिनाहाका लागि अस्पतालको उच्च व्यवस्थापनसँग नियोग प्रमुख स्वयं र दूतावासका अन्य कर्मचारीस्तरमा थुप्रै पटक आवश्यक बैठक एवम् छलफलहरू गयो । परिणामस्वरूप , अस्पतालले सम्पूर्ण विल मिनाहा गरिदिएर निज चण्डेश्वर मुखियालाई नेपाल लैजान सघाउने बचन दियो । राजदूतावासको पटक पटकको अनुरोधपछि परिवार पनि बिरामीको जिम्मा लिन राजी भयो ।
    सो पश्चात् , राजदूतावासले बिरामीको आवश्यक कागजात तयार गर्नुका साथै उनको एक्जिट भाको लाग श्रम कार्यालय र अध्यागमन कार्यालयसँग समन्वय गऱ्यो साथै , नेपाल एयरलाइन्सको जहाजमा स्ट्रेटचर राख्ने व्यवस्था गर्न र स्ट्रेटचर बापतको खर्च वैदेशिक रोजगार बोर्डले व्यहोर्ने व्यवस्था गर्न नेपाल सरकारका सम्बन्धित निकाय र नेपाल एयरलाइन्ससँग निरन्तर पहल , सम्पर्क एवम् समन्वय गयो । अस्पतालले चण्डेश्वर मुखियाको उपचार , बेड र नर्सिङ केयर वापत तिर्न बाँकी रहेको सम्पूर्ण रकम मिनाहा गरिदिनुका साथै उनलाई दमामबाट रियाद एयरपोर्टसम्म उनीहरूकै एम्बुलेन्समा ल्याइदियो । निजलाई एकजना नर्ससहित स्ट्रेटचरमा राखेर नेपाल लैजाँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्यो ।

    चण्डेश्वर मुखियालाई नेपाल लैजान सकिने वातावरण निर्माण गर्ने क्रममा दमामस्थित अल मौवासत अस्पतालले देखाएको अभूतपूर्व सदासयताको लागि विशेष आभार प्रकट गर्दै श्री मुखियालाई नेपाल पठाउने कार्यमा प्रत्यक्ष वा परोक्षरूपमा सहयोग गर्नुहुने सम्पूर्णमा दूतावास रियादले धन्यवाद ज्ञापन गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on ११ वर्षदेखि अस्पताल उपचाररत चण्डेश्वर मुखिया ४० लाख रियल हस्पिटलको बिल मिनाहा पछि स्ट्रेचरमा नेपाल फर्किए

    बिक्रेताले ग्राहकलाई एकको सट्टा २ वटा उत्पादन किन्न बाध्य पार्न सक्दैनन् – साउदी अरब वाणिज्य मन्त्रालय।

  • ११ भाद्र २०७९, शनिबार १८:५७ मा प्रकाशित
  • साउदी अरब सरकारको वाणिज्य मन्त्रालय द्वारा जारी सूचनामा जनाइएअनुसार स्टोरहरूले ग्राहकलाई एउटा मात्र उत्पादन चाहिने अवस्थामा २ वटा उत्पादन किन्न बाध्य पार्न सक्दैनन् यदि यस्तो गरेको पाइएमा कानुनी कारबाहीको लागि तयार हुनुपर्नेछ।

    साउदी अरेबियाको वाणिज्य मन्त्रालयले स्पष्ट पारेको छ कि विक्रेताले ग्राहकहरूलाई एउटामात्र सामान चाहिएको अवस्थामा अर्को पनि किन्नु पर्ने बाध्यात्मक स्थिति सिर्जना गर्ने अधिकार बताएको छ सुचनामा भनिएको छ १ प्राप्त गर्न वा एउटा उत्पादनको बिक्रीलाई अर्कोसँग जोड्नका लागि 2 उत्पादनहरू किन्न बाध्य पार्ने अधिकार छैन”।

    यो सुचना ग्राहक अधिकारको बारेमा जनचेतना जगाउने साप्ताहिक अभियानको एक भागको रूपमा वाणिज्य मन्त्रालयको आधिकारिक ट्विटर ह्यान्डलबाट स्पष्टीकरणमा आएको हो।

    यद्यपि, मन्त्रालयले यस नियममा दुई अपवादहरू निर्दिष्ट भने गरेको छ।

    १.पसल वा बिक्रेताहरूलाई यो विधि प्रयोग गर्न अनुमति दिइन्छ यदि पसलमा कुनै निश्चित उत्पादन खरिद गर्दा 1 वस्तु नि:शुल्क प्राप्त गर्ने प्रस्ताव छ।

    1. जब उत्पादनको ब्रोसर वा क्याटलगले निर्दिष्ट गर्दछ कि दुई वस्तुहरू एकअर्कासँग जोडिएका छन्।

    यसो भएको अवस्थामा भने बिक्रेतालाई उल्लेखित कानुन आकर्षित हुने छैन ।

    • राज्यको वाणिज्य मन्त्रालयले सबैलाई थप जानकारीको लागि https://dalil.mc.gov.sa/ भ्रमण गर्न र ग्राहक गाइडको लिङ्कमा क्लिक गर्न आह्वान गरेको छ।
    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on बिक्रेताले ग्राहकलाई एकको सट्टा २ वटा उत्पादन किन्न बाध्य पार्न सक्दैनन् – साउदी अरब वाणिज्य मन्त्रालय।

    प्रवासी नेपाली समन्वय समिती पिएनसीसीले ” प्रवासीसँग डाक्टर” नामक कार्यक्रमको आठौं शृङ्खला कार्यक्रम गर्दै ।

  • ८ भाद्र २०७९, बुधबार २०:२६ मा प्रकाशित
  • २४ अगस्ट २०२२! प्रवासी नेपाली समन्वय समिती पिएनसीसीले ” प्रवासीसँग डाक्टर” नामक कार्यक्रमको आठौं श्रृंखला कार्यक्रम मिति: आगामी १० भदौ २०७९, अथार्त २६ अगष्ट २०२२ शुक्रबार बेलुकि साउदि सयम ४:४५ मा अनलाईन भर्चुअल जुम मार्फत गर्न लागेको पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले बताउनुभयो।

    प्रवाशमा रहेका नेपाली श्रमिकहरमा कामको व्यस्तताले गर्दा आफ्नो स्वास्थ्यमा त्यति ध्यान नपुर्याउने हाम्रो शारीरिक तथा स्वास्थ्य बनावट अनुसार खानपानको कुरामा ध्यान नपुर्याउने भएकाले नेपाली श्रमिकहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै नाक, कान र घाँटी सम्बन्धित बिभिन्न प्रकारका समस्याहरुको उपचार, तथा रोकथामका उपायहरु सम्बन्धित यो शृङ्खलामा जानकारी दिइएने नेपालले बताउनुभयो।

    उक्त शृङ्खलाको कार्यक्रममा नाक, कान घाँटीको समस्या र उपचार बारे बि.पी. कोईराला मेमोरियल क्यान्सर हस्पिटल, भरतपुरका नाक, कान तथा घाँटी रोग बिशेषज्ञ डाक्टर सुभाष देवकोटाद्वारा परामर्शित गरिने भएको छ । उक्त कार्यक्रममा उपस्थित भई फाईदा लिनका लागि प्रवासी नेपाली समन्वय समिती “पिएनसीसी”ले सबै श्रमिकहरुलाइ अनुरोध गरेको छ ।

    बृस्तित जानकारीका लागि तलको पोस्टर हेर्नू होला ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on प्रवासी नेपाली समन्वय समिती पिएनसीसीले ” प्रवासीसँग डाक्टर” नामक कार्यक्रमको आठौं शृङ्खला कार्यक्रम गर्दै ।

    बैदेशिक रोजगारीका लागि दुबई गएका दाङका एक युवकको मृत्यु

  • ८ भाद्र २०७९, बुधबार १७:१३ मा प्रकाशित
  • बैदेशिक रोजगारीको शिलाशिलामा दुबई गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको दंगीशरण गाउँपालिका वडा नं. १ कालितरा घर भई हाल शान्तिनगर – ६ तिलवारी बसोबास गर्दै आएका २४ वर्षीय जगत वली रहेका छन् । वली ५ महिना अघि बैदेशिक रोजगारीको शिलशिला दुबई गएका वली करिब १ महिना देखि परिवारसंग सम्पर्क विहिन भएका थिए ।

    वलीसंग कम्पनीमा काम गर्ने साथीहरुले भने भलिवल खेल्न गएको बेला कम्पनीबाट भागेको बताएका थिए । तर बेला बेलामा वलीको नम्बर र फेसबुक खुल्ने गरेपनि परिवारमा सम्पर्क नगरेको वलीको परिवारले बताएको छ । कम्पनीमा काम गर्ने साथी तथा अन्य व्यक्तिले वलीको हत्या गरेको हुन सक्ने परिवारले आशंका गरेको छ । वलीको घरमा श्रीमती र एक छोरी छन् ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on बैदेशिक रोजगारीका लागि दुबई गएका दाङका एक युवकको मृत्यु

    प्रबासी नेपाली मन्च साउदीको दोस्रो अधिबेशन सेप्टेम्बर २ मा !

  • ६ भाद्र २०७९, सोमबार १६:३७ मा प्रकाशित

  • रियाद, नेकपा एमालेको प्रबास संगठन प्रवासी नेपाली मन्च साउदी अरबले आउदो २ सेप्टेम्बर २०२२ शुक्रबार रियादको एक्जिट ९ मा दोश्रो राष्ट्रिय अधिबेसन गर्ने भएको छ ।
    अधिबेसनलाई नेकपा एमालेका पोलिट्ब्युरो सदस्य, युबा इन्चार्ज तथा पूर्व मन्त्री महेश बश्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको मन्चका अध्यक्ष अमर श्रेष्ठले जानकारी दिए ।
    बिधान त प्रवासी नेपाली मन्च साउदी अरबको दोश्रो राष्ट्रिय अधिबेशन सन २०१७ मा हुनु पर्नेमा मन्चको आन्तरिक कारण एमाले – माओबादी एकिकरण र् फेरी बिभाजन र विश्व महामारी कोरोनाको कारण हुन सकेको थियन ।
    अधिबेशन सम्पन्न गर्न ८ वटा उप समितीहरु गठन गरिएको र् समितीले आ आफ्नो जिम्माको काम सकाएको आयोजकले जानकारी दिएको छ। मन्चको पहिलो अधिबेशन बाट अध्यक्षमा बलराम गिरी महासचिबमा राजु खनाल लगायतका निर्बाचित भएका थिय । यसपाली नयाँ नेर्तित्व आउने आकलन गरिएको छ । मन्चको पहिलो अधिबेशन ७ अगष्ट २०१५ मा भएको थियो।
    यस अघी ५ अगस्ट २०२२ का दिन गर्ने भनिएको अधिबेशन बिबिध कारणले स्थगित गरिएको भन्दै प्रेष बिज्ञप्ति मार्फत जानकारी गराइेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on प्रबासी नेपाली मन्च साउदीको दोस्रो अधिबेशन सेप्टेम्बर २ मा !

    पाइलट निदाएर विमान अवतरण नगरेपछि…

  • ४ भाद्र २०७९, शनिबार १०:३४ मा प्रकाशित
  • बस लगायतका सवारी साधनमा चालक निदाएर सवारी दुर्घटना हुँदै आएको हामीले सुनिरहेका छौ।

    तर अफ्रिकन देश इथियोपियामा एक विमानका दुबै पाइलटनै निदाएपछि विमान निर्धारित विमानस्थलमा अवतरण हुन सकेन।

    सुडानको खार्तूमबाट सोमबार इथियोपियाको राजधानी आदिस अबाबाका लागि उडेको जहाजका दुवै पाइलट अवतरण गर्नुअघि नै गहिरो निद्रामा परेका थिए। जसका कारण बोइङ ७३७ विमान अदिस अबाबा एयरपोर्टमा अवतरण हुन सकेन।

    व्यावसायिक उड्डयन समाचार साइट एभिएसन हेराल्डका अनुसार अवतरण गर्ने समयमा विमान ३७ हजार फिटको उचाइमा उडिरहेको थियो। त्यतिबेला विमानले अवतरणका लागि कुनै पनि प्रयास नै गरेन।

    अवतरण गर्ने बेला भइसक्दा पनि विमानले उचाई नघटाएपछि एयर ट्राफिक कन्ट्रोलले पाइलटहरूलाई पटक पटक सन्देश पठाए। तर पनि उनीहरू कुनै जवाफ दिएनन्। किनकि, दुवै पाइलट सुतिरहेका थिए। एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले पाइलटहरूसँग सम्पर्क गर्न धेरै पटक प्रयास गरे। तर सफल भएनन्। यस्तो अवस्थामा विमानले विमानस्थलको धावनमार्ग पार गर्ने बित्तिकै उनीहरुको अटोपाइलटको सम्पर्क विच्छेद भएको थियो। यसले क्याबिनमा अलार्म बज्यो, जस कारण पाइलटहरू निन्द्राबाट ब्यूझिए। यसपछि विमानलाई हतार हतारमा अवतरण गरिएको थियो।

    दुवै पाइलट निन्द्राबाट ब्युझिएपछि पनि पाइलटलाई विमान अवतरण गर्नका लागि २५ मिनेट समय लगाएको एभिएसन हेराल्डले जनाएको छ। यस क्रममा विमानले विमानस्थलको धेरै चक्कर लगाएको थियो। अन्तत: विमान सकुशल अवतरण भयो। 
    उड्डयन निगरानी प्रणाली एडीएस- बी बाट प्राप्त डाटाले घटना भएको र विमान धावनमार्गमा उडेको पुष्टि गरेको छ। विमानको उडान मार्गको तस्बिर पनि पोस्ट गरिएको छ, जसमा विमानले आदिस अबाबा एयरपोर्ट नजिकै लूप काटिरहेको देखाएको छ।
    यसैबीच इथियोपियन एयरलाइन्सले शुक्रबार एक विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान भइरहेको बताएको छ। उसले इथियोपियाको उडान नम्बर इटी ३४३ खार्तूमबाट आदिस अबाबा जाने जहाजले अगष्ट १५, २०२२ मा आदिस अबाबा एयर ट्राफिक कन्ट्रोलसँगको सम्पर्क अस्थायी रूपमा टुटेकोबारे जानकारी भएको भन्दै अनुसन्धान सुरू गरिएको बताएको छ।
    अगष्ट १५ २०२२ मा खार्तूमबाट आदिस अबाबा जादै गरेको ‘इथियोपिया जहाजको उडान नम्बर इटी ३४३ ले एयर ट्राफिक कन्ट्रोलसँगको सम्पर्क अस्थायी रूपमा टुटाएको हामीले एउटा रिपोर्ट पाएका छ। सञ्चार पुनर्स्थापित भएपछि उडान सुरक्षित रूपमा अवतरण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘थप अनुसन्धानका लागि सम्बन्धित टोलीलाई अपरेसनबाट हटाइएको छ। छानबिनको नतिजाको आधारमा उचित सुधारात्मक कारबाही गरिनेछ। सुरक्षा सधैं हाम्रो पहिलो प्राथमिकता हो र जारी रहनेछ।’
    उड्डयन विश्लेषकहरुले यो घटना गम्भीर चिन्ताको विषय भएको बताएका छन्। 

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on पाइलट निदाएर विमान अवतरण नगरेपछि…

    साउदी अरबबाट फर्केर मलेसिया जाँदै नेपाली कामदार

  • ३ भाद्र २०७९, शुक्रबार १९:१३ मा प्रकाशित
  • वैदेशिक रोजगारीमा जाने नेपाली कामदारकोे पहिलो रोजाइमा मलेसिया पर्न थालेको छ । मलेसियाले कामदारको पारिश्रमिक र सेवा–सुविधामा वृद्धि गरेपछि नेपाली कामदारहरूको पहिलो प्राथमिकतामा मलेसिया पर्न थालेको हो । साउदी अरबमा कार्यरत कामदारहरू पनि नेपाल फर्केर मलेसिया जान थालेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    मलेसियाले कामदारको पारिश्रमिक वृद्धि गरी एक हजार पाँच सय मलेसियन रिंगेट (४२ हजार) पुर्‍याएको छ । त्यस्तै, दैनिक दुई घन्टा अतिरिक्त काम गर्न अनिवार्य गरिएको छ । अतिरिक्त कामका लागि पनि रोजगारदाताले पारिश्रमिक भुक्तानी गर्छन् । सामान्य कामदारले मलेसियामा अहिले मासिक ६० देखि ७० हजारसम्म कमाउन सक्नेछन् । तर, साउदी अरबले आप्रवासी कामदारलाई खानासहित न्यूनतम ज्याला एक हजार रियाल (२७ हजार नेपाली रुपैयाँ) तोकेको छ । कामदारले १० घन्टा काम गर्नुपर्छ । अतिरिक्त कामको सुविधा पनि नभएको म्यानपावर व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताए ।

    कोभिडको अवधिमा अन्य मुलुकले कडाइ गरेका कारण धेरै नेपाली कामदार साउदी अरब गएका थिए । अहिले अन्य मुलुकले पनि नेपाली कामदारलाई प्रवेशको स्वीकृति दिएपछि साउदी अरब छोड्न थालेका हुन् । साउदीमा गएका नेपाली कामदार विभिन्न बहाना बनाएर भिसा अवधि सकिनुपूर्व नै नेपाल आउने गरेको विभागका पूर्वमहानिर्देशक शेषनारायण पौडेलले बताए ।

    ‘सम्झौताअनुसारको पारिश्रमिक नपाइएको वा काम नभएको भन्दै नेपाली कामदारले साउदीबाट म्यानपावर नेपाल फर्काइदिनू भन्ने निवेदन विभागमा आउँछ । नेपाल आएपछि अब के गर्छौ भनेर सोध्दा मलेसिया जाने भन्छन्,’ उनले भने । कतिपय कामदार त साउदी अरबबाट काठमाडौं ओर्लिएपछि घर पनि नपुगी मलेसिया उड्ने गरेको विभागले जनाएको छ । तुलनात्मक रूपमा साउदी अरबभन्दा मलेसिया खुला छ । रमाइलो गर्न, स्वतन्त्र भएर हिँड्न पाइने सुविधा छ । त्यसैले पनि नेपाली कामदारको रोजाइमा मलेसिया पर्ने गरेको हो ।

    मलेसियन रोजगारदाता शून्य लागतमा नै कामदार लैजान तयार
    मलेसियन रोजगारदाता कम्पनीहरू शून्य लागतमा नै नेपाली कामदार लैजान इच्छुक भएको पाइएको छ । अहिले नेपालमा सञ्चालित केही म्यानपावर कम्पनीले शून्य लागतमा नै कामदार मलेसिया पठाउन थालेका छन् । शून्य लागतमा नेपाली कामदार लैजाँदा मलेसियन रोजगारदाताले म्यानपावर कम्पनीलाई ६०० मलेसिया रिंगेट (१७ हजार रुपैयाँ) दिन्छन् । रोजगारदाताले कामदार घरबाट निस्केदेखि रोजगारदाताको कम्पनीमा पुग्दासम्मको सबै खर्च व्यहोर्छन् ।

    मलेसियाले कामदारको पारिश्रमिक वृद्धि गरी करिब ४२ हजार पुर्‍याएको छ । तर, साउदी अरबले कामदारलाई खानासहित न्यूनतम ज्याला २७ हजार नेपाली रुपैयाँ तोकेको छ ।

    यहाँसम्म कि उनीहरूले नेपाली कामदार घरबाट काठमाडौं आउँदासम्म लागेको बस खर्चसमेत भुक्तानी गर्ने गरेको एक व्यवसायीले बताए । तर, नेपाली म्यानपावर कम्पनीले नेपाली कामदारको यस्तो सुविधा खोस्ने गरेको उनको दाबी छ । उनका अनुसार नेपाली म्यानपावर कम्पनीका सञ्चालक मलेसियन रोजगारदाताकोमा पुगेर उल्टो कमिसन दिन्छन् र डिमान्ड ल्याउँछन् । उता दिएको कमिसन रकम कामदारबाट असुल्ने गरेको उनले बताए ।

    यद्यपि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिहिन अनुगमन गरी यस्तो खालको विकृति हटाउन सम्भव भएको ती व्यवसायीको भनाइ छ । यसका लागि मन्त्रालय र विभागले नेतृत्व लिनुपर्छ । तर, विभागले गर्ने अनुगमन पनि देखावटी मात्रै हुने गरेको यो विकृति हट्न नसकेको उनले दाबी गरे ।

    शुक्रबारदेखि आप्रवासी कामदारका लागि खुला हुँदै मलेसिया
    मलेसियन सरकारले आगामी शुक्रबारदेखि आप्रवासी कामदारका लागि खुला गर्ने भएको छ । मलेसिया मावन संसाधन मन्त्रालयले सूचना जारी गर्दै आप्रवासी कामदारलाई पुनः खुला गरिएको जानकारी दिएको हो । मन्त्रालयले केही दिनअगाडि संशोधित रोजगार ऐन १९५५ कार्यान्वयन ल्याउन लागेको भन्दै १५ दिन आप्रवासी कामदारका लागि मागपत्र प्रमाणीकरण स्वीकृति नगर्ने सूचना जारी गरेको थियो । तर, त्यहाँ स्थित कामदार र रोजगारदाताको अनुरोधमा मलेसियन सरकारले दुई दिनमा नै आप्रवासी आगमन खोल्ने निर्णय गरेको हो ।

    मलेसियामा नेपालीलगायत भारत, बंगलादेश, श्रीलंका फिलिपिन्सलगायतका कामदार कार्यरत छन् । मलेसिया नेपाली कामदारको मुख्य गन्तव्य हो । तर, तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले बायोमेट्रिकमा घोटाला भएको भन्दै लामो समय मलेसिया रोजगारी बन्द गरिदिए । जसका कारण धेरै नेपाली कामदार मलेसिया जान पाएनन् । त्यस्तै, कोरोना भाइरसका कारण मलेसियन सरकारले नै आप्रवासी कामदारलाई रोक लगाएपछि नेपाली कामदारले पनि प्रवेश गर्न पाएनन् । तर, आगामी दिनमा भने मलेसियामा नेपाली कामदारको संख्या बढ्ने म्यानपावर व्यवसायीको अनुमान छ ।
    नयाँ पत्रिका बाट सभार गरिएको।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on साउदी अरबबाट फर्केर मलेसिया जाँदै नेपाली कामदार

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P