• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

तीन महिनाको अस्थाइ कामदार भिसामा साउदी जान पाइने

  • ४ बैशाख २०८०, सोमबार ०१:४७ मा प्रकाशित
  • साउदीले तीन महिना अवधिको लागि अस्थाइ कामदार भिसा कार्यक्रम ल्याएको छ । यो भिसा बिना कागजात र बिना श्रम प्रक्रिया सजिलै लिन सकिने बताइएको छ ।

    भिसा जारी गर्ने साउदीको ‘क्वीवा’का अनुसार यो भिसा स्वीकृत भएको दिनदेखि तीन महिनासम्म भिसावाहकले साउदीमा काम गर्न पाउँछन् । तीन महिनाको समय सकिएपछि आवश्यकताअनुसार फेरि त्यति नै अवधिको लागि भिसाको म्याद थप्न पाइने छ । क्वीवा मानव संसाधन मन्त्रालय अन्तर्गत श्रम क्षेत्रका विभिन्न सेवाहरु प्रदान गर्ने विद्युतीय प्लेटफर्म हो ।

    यो भिसा पाउन रोजगारदाता वा क्वीवाका आयुक्तहरुले आवेदन पेस गरेको हुनुपर्छ । यो भिसामार्फत छोटो समयको कामदार मगाउन चाहने कम्पनी व्यावसायिक रुपमा दर्ता भएको र भिसा माग गरेको समयसम्म सक्रिय रहेको हुनुपर्ने उल्लेख छ ।

    अस्थाइ कामदार भिसा लिएका विदेशी श्रमिकलाई इकामा लिनुपर्ने आवश्यकता हुँदैन । यस्तै यो भिसा भइसकेपछि काम गर्नको लागि ‘वर्क परमिट’ र रेजिडेन्सीको आवश्यक पनि नपर्ने गल्फ न्युजले लेखेको छ । यो भिसाको लागि अनलाइन निवेदन दिएको लगत्तै भिसा जारी हुन्छ । यसमा थप ‘डकुमेन्टेशन’को आवश्यकता पर्दैन ।

    साउदीले यसलाई एउटा कार्यक्रमकै रुपमा लिएको छ । साउदीमा सञ्चालित निजी कम्पनीहरुलाई तत्कालै छोटो समयको लागि विदेशी कामदार चाहिए भर्ति गर्न सजिलो होस् भन्ने हेतुले यो कार्यक्रम ल्याइएको हो ।

    यस्तै, यो कार्यक्रमले साउदीकरणको अभियान (निताकत)मा फरक नपार्ने बताइएको छ । साउदीले पछिल्लो समय आफ्नै त्यहीँको नागरिकलाई रोजगारीमा पहिलो प्राथमिकता दिन थालेको छ । यो भिसा कार्यक्रमले त्यो अभियानमा कुनै फरक नपार्ने जनाइएको हो ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on तीन महिनाको अस्थाइ कामदार भिसामा साउदी जान पाइने

    एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा कृष्ण अधिकारी निर्विरोध निर्वाचित !!

  • ३ बैशाख २०८०, आईतवार १३:२२ मा प्रकाशित
  • समर्पण रम्जान

    १४ अप्रिल २०२३ !
    गैरआवासीय नेपाली संघ साउदी अरबको मातहतमा रहेको क्षेत्रीय समन्वय समिती अल कासिमले आफ्नो पाचौ अधिवेशन र दसौ बार्षिकोत्सब तथा श्रमिक अन्तक्रिया कार्यक्रम गत १४ अप्रिल शुक्रबारका दिन भब्यताका साथ सम्पन्न गरेको छ ।
    संस्थाका कार्यबाहक अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा २०२३-२०२५ कार्यकालका लागि आयोजित उक्त अधिबेशनबाट १४ जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा कृष्ण अधिकारी सहित, वरिष्ठ उपाध्यक्षमा खिलेन्द्र (काजी) कन्दङ्वा, उपाध्यक्षमा बिनोद खड्का, सचीवमा ध्रुब कटुवाल, सह-सचिबमा सिद्दीलाल श्रेष्ठ, कोषाध्यक्षमा चिरञ्जीवी अर्याल, सह कोषाध्यक्षमा वीर बहादुर तमाङ, युवा संयोजकमा बद्री (समीर) के. सी., सदस्यहरुमा रमन अर्याल, राज (मुकेस) पौडेल, बिक्रम रुम्बा, दिपक क्षेत्री, धन कुमार आचार्य र अलि हुसेन मियाँ निर्वाचित भएका छन् ।

    कार्यबाहक अध्यक्ष कृष्ण अधिकारीको सभापतित्वमा सचिब ध्रुब कटुवाल तथा सह-सचिब सिद्दीलाल श्रेष्ठ द्वारा संचालित उक्त कार्यक्रममा नेपाली राजदूतावास रियादका प्रथम सचिब ऋषिराज आचार्य प्रमुख अतिथीमा, एनसिसीका अध्यक्ष डम्बर यादब,आइसिसीका मध्य पुर्व संयोजक राजेन्द्र (जोन) अर्याल, एनसिसीका सस्थापक संरक्षक राजु सैयद बिशिस्ट अतिथिमा, र एनसिसीका उपाध्यक्ष भक्त वीर राई, एनसिसीका कोषाध्यक्ष मनिष कोइराला, एनसिसीका निवर्तमान उपाध्यक्ष विशाल कुमार श्रेष्ठ , एनसिसीका सदस्य नेत्र न्यौपाने, गन्तव्य नेपालका अभियान्ता यादब घिमिर, जनप्रगतीसिल मन्चका सचिब सुमन दाहाल, साथै आरसिसी अल कासिमका सल्लाहकार परिषदका पदाधिकारीहरु लगायत मिडियाकर्मीहरु अतिथिमा रहेका थिए ।

    दुई चरणमा गरि समापन गरिएको उक्त कार्यक्रमको पहिलो चरणमा आसन ग्रहण देखि राष्ट्रिय गान, कार्यक्रम उद्घाटन गर्नुको साथै २०२१-२०२३ कार्यकालको कार्य प्रगति प्रतिवेदन सचीव र सह-सचिब द्वयद्वारा अडियो भिडियोद्वारा र संस्थाका सह कोषाध्यक्ष वीर बहादुर तमाङद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको र सभापतिले पुरानो कार्यसमिती विघटन गर्दै पहिलो चरणको कार्यक्रम समापन गरेका थिए ।

    एनसिसी कोषाध्यक्ष मनिष कोइराला द्वारा संचालित दोस्रो चरणको कार्यक्रम बन्द सत्र बाट सुरु भएको र निर्वाचन समितीका संयोजक भक्त वीर राइ द्वारा नयाँ उम्मेद्बारीहरुको नाम प्रस्तुत गर्दै यदि अरु कसैलाई उम्मेद्बारी दिन इच्छुक भए १ मिनेटको समय दिई दाबीविरोध भए सुझाउन गरिएको अनुरोधमा कोहि कसैको दावी विरोध नपरेकोले उम्मेद्बारी दिएका नामहरु नै निर्विरोध निर्बाचित भएको घोषणा गर्दै बधाई तथा सफलताको शुभकामना दिएका थिए ।

    उक्त कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बिशिस्ट अतिथिहरु तथा अतिथिहरुले दिएको शुभकामना मन्तव्यमा अल कासिम क्षेत्रीय समितीले गरेका अनगिन्ती सामाजिक सेवा प्रति सबै अभारी रहेको र अन्य क्षेत्र भन्दा अगाडी रहेर श्रमिकहरुको समस्या समाधान मा ठुलो योगदान दिन सफल भएकोले २०२१-२०२३ कार्यकालका समितीलाई धन्यवाद दिदै नयाँ कार्यसमिति लाई अझ अगाडी बढ्न शुभकामना दिएका थिए।
    अन्त्यमा कार्यक्रम समापन गर्दै सभापति अधिकारीले सबै उपस्थित अतिथिहरुलाइ, सहयोगी मनहरुलाइ, पत्रकार मिडियाहरुलाइ, उपस्थित दाजुभाइहरुलाइ धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा कृष्ण अधिकारी निर्विरोध निर्वाचित !!

    साउदीमै अस्थाए पदम।

  • १ बैशाख २०८०, शुक्रबार १७:२६ मा प्रकाशित
  • पारिवारिक सुखको सुन्दर सपना बोकेर साउदी अरब आएका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का ३९ वर्षीय पदमबहादुर बुढाथोकीको हृदयघातका कारण सुतेकै अवस्थामा मृत्यु भएको छ ।

    उनी डेढ वर्ष अघि नेशनल कन्टेनर टर्मिनल (एन.टि.सि.) कम्पनीमा साउदी अरब आएका थिए भने चैत २८ गते दिउँसो काम सकेर आफ्नै कोठामा आएर खानपिन गरी सुतेका पदम नाइट डीउटी बाट बिहान 8 बजे फर्किएका रूम का साथीहरू कोठामा आइपुग्दा मृत भेटिएका थिए । बुढाथोकीको शवलाई नेपाल ल्याउने नेपाली दूतावास मार्फत पहल भइरहेको बताईएको छ । पदमका श्रीमती तथा २ छोरा हरू रहेका छन ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदीमै अस्थाए पदम।

    हत्या अभियोगमा अलपत्र परेका ५ नेपाली स्वदेश फिर्ता।

  • २० चैत्र २०७९, सोमबार ११:२६ मा प्रकाशित
  • साउदीको अल अन्सारी प्लाजा नामक कम्पनीमा कार्यरत उनीहरू लामो समयदेखि एक भारतीय नागरिक सँगै रुममा बसेका थिए तर भारतीय नागरिकको २०१८ नोभेम्बरका दिन शंकास्पद मृत्यु भएलगत्तै उनीहरूलाई कानुनी रुपमा सोधपुछ गरि शंकास्पद हत्या भएको र अन्य कुनै सन्दिग्ध अपराधी फेला नपरेको कारण उक्त हत्या अभियोगमा चार वर्ष जेल सजाय भएको थियो।

    पिडीत नेपालीले आफू निर्दोष रहेको र उद्दार गरिदिन नेपाली राजदुतावास र एन आर एन लाई आग्रह गरेका थिए। नेपाली दूतावासको निरन्तर प्रयासपछि साउदी अदालतले ३ अगस्ट २०२२ का दिन निर्दोष सावित गरी जेलमुक्त गर्न आदेश दिएको थियो। त्यसपश्चात उनीहरूलाई मध्यपूर्व संयोजक राजेन्द्र अर्याल तथा हेल्प मधेसीको सहयोगमा खान बस्नसहित एन आर एन को अस्थायी शिविरमा राखिएको थियो।

    पिडीत नेपालीलाई स्वदेश फिर्ताको लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी बहिर्गमन भिषा उपलब्ध गराइएको थियो। हत्या अभियोगमा इन्द्रजित मन्डल (महोत्तरी), बासुदेब ठाकुर (सिरहा), धनबहादुर तामाङ (इलाम), कृष्ण बहादुर घन्सी (भक्तपुर) र रामप्रसाद ठाकुर (धनुषा)का रहेका छन्। १ अप्रिल २०२३ का दिन उनीहरू स्वदेश फिर्ता भएका छन्।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on हत्या अभियोगमा अलपत्र परेका ५ नेपाली स्वदेश फिर्ता।

    सरकारले ल्याएको टेलिमेडिसिन सेवा के हो?

  • १६ चैत्र २०७९, बिहीबार ०२:१० मा प्रकाशित
  • वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा दिने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरूबाट जानकारी दिन लागिएको हो ।

    टेलिमेडिसिन सेवा बुधबार (चैत १५) बिहान १० बजेदेखि सुरु हुनेछ ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि लक्षित गरेर वैदेशिक रोजगार बोर्डको सचिवालयले टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूलाई परेको कुनै पनि स्वास्थ्य समस्याका बारेमा प्रवर्द्धनात्मक सेवा दिने उद्देश्यले यो सेवा सुरु गरिएको हो । जसमा ९८५१३४५७०१ र ९८५१३४५७०२ दुईवटा नम्बरको भाइबर, ह्वाट्सएप र इमो वा सामाजिक सञ्जालबाट फोन गर्न सकिने छ।

    सेवाग्राहीले फोन गरेपछि मेडिकल अधिकृतसँग भिडियोमा परामर्श गराईने छ । मेडिकल अधिकृतसँग गरेको परामर्शले भएन र सम्बन्धीत ब्यक्तिलाई ठूलो स्वास्थ्य सेवा आवश्यक भयो भने हरेक दिन हरेक हप्ताको बुधबार र शुक्रबार दुई दिन स्वास्थ्यका विशेषज्ञहरूसँगको सेवा पनि दिईने छ । वैदेशिक रोजगारीमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको स्वास्थ्यलाई प्रवर्द्धन गर्न सरकारले निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्न लागेको हो । अनलाइन प्रणाली मार्फत सेवाको सुरुवात हुन्छ । विदेशमा रहेका बिरामीले डाक्टरसँग परामर्श गरेपछि उनिहरूलाई आवश्यक पर्ने प्रेस्क्रिप्सन सामाजिक सञ्जालमार्फत नै उपलब्ध गराउने बताएको छ । डाक्टरले भनेको औषधि कार्यरत रहेको देशमा रहेनछ भने पनि नेपालमा भएका कुनै आफन्तबाट मगाउन सकिने बताईएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on सरकारले ल्याएको टेलिमेडिसिन सेवा के हो?

    नेपाली साझा मन्च राष्ट्रिय समन्वय समिति साउदी अरेबिया द्वारा छैठौं बार्षिक उत्सव मनाउदै।

  • १५ चैत्र २०७९, बुधबार ०१:५९ मा प्रकाशित
  • २०७२ सालमा देशको लागि त केही गरौँ भन्ने मुल नाराका साथ स्थापना भएको ” नेपाली साझा मञ्च ” साउदीको छैठौं बार्षिक उत्सव , तेस्रो अधिवेशन यहि आउँदो २२ अप्रेल २०२३ शनिबार दमाम शहरको रोज गार्डेन होटलमा ( सिको गार्डेन सगै) हुने भएको छ ।

    बिहान :११ बजे देखि बेलुका ६ बजे सम्म हुने उक्त कार्यक्रममा बिबिध सांस्कृतिक कार्यक्रम पनी समावेश गरिएको छ।

    साउदी अरबमा रहेका सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनी हरुलाई कार्यक्रममा उपस्थित हुन नेपाली साझा मन्च राष्ट्रिय समन्वय समिति साउदी अरबले आह्वान गरेको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on नेपाली साझा मन्च राष्ट्रिय समन्वय समिति साउदी अरेबिया द्वारा छैठौं बार्षिक उत्सव मनाउदै।

    दलालले झुक्याएर भिजिट भिसामा पठाएका श्रमिकको शव ५६ दिनदेखि दुबईमा

  • ६ चैत्र २०७९, सोमबार ११:०६ मा प्रकाशित
  • नयाँ पत्रिका बाट साभार गरिएको

    भिजिट भिसामा दुबई उडाएका थिए । ८ कात्तिकमा दुबई पुगेका सन्तोषले श्रम स्वीकृति नभएका कारण तत्काल काम पाएनन् । तीन महिना नबित्दै घरमा फोन गरेर उनले आफूलाई दलालले ठगेको र घर फर्किन चाहेको सुनाएका थिए । तर, ऋण खोजेर दुबई पुगेका उनी फर्किन पनि सकेनन् । किनभने सात वर्षअघि बहिनी सतिलाको विवाह गर्दा सयकडा तीनका दरले लिएको सात लाख ऋण थियो । त्यसमाथि विदेश जाँदा दुई लाख ३० हजार थपिएको थियो । ‘राम्रो कमाइ हुन्छ भनेर दलालले छोरालाई दुबई पु¥यायो । छोरो उतै बिलायो,’ आमा झुनियादेवीले भनिन् ।

    १२ माघ ०७७ मा दुबईस्थित सुप्रिमो हस्पिटालिटी सर्भिसेज प्रालिका सुमन परियारले आफूलाई क्लिनरको काम गर्ने गरी कम्पनीमा राखेको जानकारी सन्तोषले परिवारलाई गराएका थिए । बुबा किशोरका अनुसार उनले कार धुने काम गर्थे । तर, कति तलब पाइन्छ, कसरी बसेका थिए परिवारलाई केही थाहा थिएन । विदेश गएपछि सन्तोषले दुईपटक गरी ६७ हजार रुपैयाँ भने घर पठाएको भाइ रामवरणले बताए ।

    यसैबीच गत पुसको दोस्रो साता सन्तोषको मृत्यु भएको खबर घर पुग्यो । युएईको स्वास्थ्य मन्त्रालयअन्तर्गत उम अल क्युवेन जिल्लास्थित प्रिभोन्टिभ विभागबाट जारी गरिएको मृत्यु प्रमाणपत्रमा १० पुस ०७९ (२३ जनवरी २०२३)मा उनको मृत्यु भएको उल्लेख छ । खाना र औषधि नपाएर छोरो बितेको खबर आए पनि त्यसबाहेक आफूलाई कुनै जानकारी नभएको बुबा किशोरले बताए ।

    काठमाडौंमा रहेर सन्तोषको शव झिकाउन दौडधुप गरिरहेका आफन्त धीरू यादवका अनुसार सुप्रिमो कम्पनीमा काम गर्दागर्दै ढलेपछि मस्तिष्कमा पानी जमेको पाइएको थियो । शल्यक्रिया गरेको केही महिनापछि सन्तोष काममा पनि फर्किएका थिए । तर, पछि काम गर्दागर्दै निधन भएको खबर आयो । शव झिकाउन दूतावासका अधिकारी, वैदेशिक रोजगार बोर्डमा दौडधुप गर्दै आवश्यक निवेदन दिए पनि दुबई प्रहरीले छानबिन गरिरहेको भन्दै फकाईएको धीरूले बताए ।

    सन्तोषलाई विदेश पठाउने एजेन्ट शम्भु ठाकुरले फोन नै ब्लक गरिदिएको भाइ रामवरणले बताए । ‘सुुरुमा फोन गर्दा शव ल्याउन पहल गर्दै छौँ भन्थ्यो, तर अहिले त फोन नै ब्लक गरेको छ,’ उनले भने । नयाँ पत्रिकाको सम्पर्कमा आएका ठाकुरले भने आफूले म्यानपावर कम्पनीले भनेअनुसार प्लेनको टिकट मात्रै बुक गराएको दाबी गरे ।

    युएईस्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीनबन्धु सुवेदीले सन्तोषको घटना सम्बन्धमा दूतावासले नो अब्जेक्सन लेटर (एनओसी) जारी गरिसकेको भए पनि घटना अनुसन्धानका क्रममा रहेकाले शव पठाउन नसकिएको बताए । ‘सन्तोष यादवको निधनको घटना उम अल क्युवेनको प्रशासनले अनुसन्धान गरिरहेको छ । प्रहरी रिपोर्ट आउनेबित्तिकै शव नेपाल पठाइनेछ,’ उनले भने, ‘स्थानीय प्रहरीबाट क्लेअरेन्स (सफाइ) सर्टिफिकेटको प्रतीक्षा छ । दूतावास निरन्तर सम्पर्कमा छ ।’

    रामवरणका अनुसार सन्तोषको निधनपश्चात् ७० वर्षीय हजुरबुबा हरि यादवको १० पुसमा निधन भएको छ । तर, दाइको शव नआएकाले हजुरबुबाको काजकिरियासमेत गर्न नपाएको उनले बताए । दाहसंस्कार भने भइसकेको छ । ‘हजुरबुबाभन्दा अगाडि नातिको निधन भएको थियो । तर, शव पनि नआएकाले कसरी काजकिरिया गर्ने भन्ने कुरा उठेपछि दुवैको काजकिरिया भएको छैन,’ उनले भने । रामवरणले हालै मात्र कक्षा १२ उत्तीर्ण गरेका छन् । तर, विदेशमा दाइको ज्यान गएपछि उनी स्नातक भर्ना हुन सकेका छैनन् ।

    यो खबर नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on दलालले झुक्याएर भिजिट भिसामा पठाएका श्रमिकको शव ५६ दिनदेखि दुबईमा

    साउदी जेलमा रहेका अधिकांश नेपाली मदिरा कारोबारी

  • ५ चैत्र २०७९, आईतवार ११:४९ मा प्रकाशित
  • साउदी अरबको जेलमा रहेका अधिकांश नेपाली मदिरा कारोबारीमा पक्राउ परी जेल जीवन बिताइरहेको पाइएको छ ।

    साउदीका जेलमा परेका अधिकांश नेपाली रक्सी ओसारपसारमा लागेकाहरू रहेका रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

    दूतावासले शुक्रबार फेसबुक लाइभमार्फत यसबारे जानकारी दिँदै रक्सी ओसारपसार गर्ने कार्यमा नलाग्न अरु नेपालीलाई आग्रह गरेको छ।

    रक्सी ओसारपसारमा कार्यमा लगाउनेहरु पनि धेरै जसो नेपाली नागरिक नै हुने गरेको दूतावासका श्रम काउन्सेलर देवेन्द्र कार्कीले बताए ।

    काउन्सेलर कार्कीका अनुसार आफूले जेलमा पुगेर भेट्दा चिनजानकै मान्छेबाट ठगिएको भन्ने गुनासो आएकोले यसबारे सबैले सचेत रहन पनि आग्रह गरेका छन् ।

    ‘जेलमा गएर बुझ्दा सबैले चिनेकै साथीभाइले काम गर्न लगाएको भन्ने सुनियो’, उनले फेसबुक लाइभमा भने, ‘बढी पैसा कमाउने प्रलोभनमा परेर आफ्नो जिन्दगी खराब नगर्नुस्, जे कामको लागि आउनुभएको हो त्यही काम गर्नुस् ।’

    साउदी नेपाली श्रमिकको लागि प्रमुख गन्तव्य देश हो तर यहाँको कानुन कडा छ । नियमकानुनको बारेमा थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा साउदीमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् ।

    साउदीमा रक्सी सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । बिक्री वितरणको मात्राका आधारमा ६ महिनादेखि वर्षौँ वर्षसम्म जेल सजाय हुन सक्ने तथा जरिबाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन पनि दूतावासले त्यहाँ रहेका नेपाली समुदायलाई आग्रह गरेको छ ।

    रक्सी ओसारपसारमा गर्ने कार्यमा जेल परेकाहरूलाई र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पुन:साउदी अरब फर्कन नसक्ने गरी डिपोर्ट गर्ने गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदी जेलमा रहेका अधिकांश नेपाली मदिरा कारोबारी

    इकामा नभएका वा हुरुब लागेका नेपाली नागरिकलाई आफ्नो विवरण उपलब्ध गराउन दूतावास द्वारा आग्रह।

  • १९ फाल्गुन २०७९, शुक्रबार ११:११ मा प्रकाशित
  • साउदी अरबमा इकामाको म्याद सकिएको वा कम्पनीले हुरुब लगाईदिएको अथार्त “यहाँको कानुन अनुसार गैर कानुनी हैसियतमा रहेका” सम्पूर्ण श्रमिक हरुलाई नेपाली दूतावास रियादले आफ्नो विवरण टिपाउन आह्वान गरेको छ।

    दूतावास बाट जारी बिग्यप्ती अनुसार इकामा नभएका, हुरुब लागेका श्रमिकहरूलाई एक्जिट भिसा प्रक्रियाका लागि सहयोगको निरन्तरताका साथै इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेको तर कम्पनी वा कफिलले इकामा नवीकरण नगरिदिएको अवस्थामा पनि दूतावासमा आफ्नो नाम टिपाउन आग्रह गरिएको छ ।

    यस्तै हुरुब लागेको छ वा कम्पनीले तपाईँमाथि जरिवाना लगाएको छ वा कुनै मुद्दा वा जरिवाना लागेको छ भने पनि दूतावासमा आफ्नो विवरण टिपाउन अनुरोध गरिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on इकामा नभएका वा हुरुब लागेका नेपाली नागरिकलाई आफ्नो विवरण उपलब्ध गराउन दूतावास द्वारा आग्रह।

    जजिराले साउदीबाट मार्च ८ देखि भैरहवामा उडान भर्ने

  • १८ फाल्गुन २०७९, बिहीबार १९:०३ मा प्रकाशित
  • जजिरा एयरवेजले साउदी अरेबियाको रियाद, जेद्दा, मदिना, ताईफ र हायल शहरबाट कुवेत ट्रान्जिट हुदै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा आगामी ०८ मार्च २०२३ देखि पुन: उडान सञ्चालन गर्ने भएको छ।

    यस अघि जजिरा एयरलाइन्सले मार्च ९ तारिखदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान गर्ने बताएको थियो । केही महिनादेखि उडान रोकेको उक्त एयरलाइन्सले उडान पुनः सञ्चालन गर्ने जनाएको हो ।

    २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमानस्थल उद्घाटनको दिनदेखि कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on जजिराले साउदीबाट मार्च ८ देखि भैरहवामा उडान भर्ने

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P