जुबेल,साउदी। साउदी अरेबियाको पुर्बी क्षेत्र अल जुबेलमा आयोजित भलिबल प्रतियोगिताको उपाधी बागमती प्रदेश भलिबल क्लबले चुमेको छ।
नवबर्ष २०८१ तथा रमादन ईदको अबसरमा ए जि एस नेपाली भलिबल कमिटी जुबेल र गण्डकी क्लब जुबेलको सयुक्त आयोजनामा शुक्रवार राती सम्पन्न खेलमा बागमतीले आयोजक ए जि एस नेपाली भलिबल टोलीलाई फाईनलमा हराउदै उपाधी चुमेको हो। २८ टोली सहभागि प्रतियोगिताको उप-बिजेता आयोजक ए जि एस र तेस्रो स्थान सह आयोजक गण्डकी क्लब जुबेलले जितेको छ। उल्लेखनीय दर्शक उपस्थिति रहेको प्रतियोगीताको उपाधी बिजेता बागमतीलाई २५ सय रियाल , उपबिजेता ए जि एस १३ सय र तेस्रो पुरस्कार गण्डकीलाई ६ सय प्रमुख अतिथी प्रवासी मिलन एकता समाज साउदी अरबका अध्यक्ष काजी गुरुङले नगद ,प्रमाण पत्र र शिल्ड प्रदान गरेका छन् ।
बुधबार, बिहिवार र शुक्रबार सम्पन्न प्रतियोगिता जुबेलको अल गोसाइबी क्यामको खेलमैदानमा सञ्चालन भएको थियो। प्रतियोगिता सम्पन्न गर्न उल्लेखनीय भुमिका निर्वाह गर्नुहुने खेलाडी ,सहभागी क्लब ,आर्थिक ,नैतिक ,भौतिक लगायत विभिन्न सहयोग गर्नु हुने प्रवासी मिल एकता समाज र गण्डकी क्लब लगायत सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्दै कुनै कारणबस गल्ती हुन गएमा माफी चाहन्छु – खेल संयोजक खेमराज खनालले भने ।
गत 12 अप्रिल 2024 शुक्रबारका दिन रियादमा भएको झापाली सेवा समाज साउदी अरेबियाको दोस्रो महाधिवेशनबाट अध्यक्षमा गायक रविन गिरी निर्बिरोध निर्वाचित भएका छन्।
साउदीको प्रतिष्ठित अल्माराई कम्पनीमा क्वालिटी कन्ट्रोल सहायक म्यानेजरमा बिगत १० बर्ष देखि कार्यरत समाजसेवी गिरी गायकारको पनि रहेका छन् । उनको केही एल्बमहरु बजारमा आईसकेको छ भने केहि रेकर्डिङको क्रममा रहेको छ। विद्यार्थी जीवन देखि सामाजिक अभियानमा आवद्ध गिरी वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत रहेर पनि श्रमिक राहत तथा उद्वारमा सकृय रहदै आईरहेको छन्। रियाद सिजनमा नेपाली समुदायको संयोजक भएर सफल कार्यक्रम गरिसकेका गिरी एक कुशल ब्यबस्थापक पनि हुन्।
बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सामाजिक अभियन्ताहरु तथा साउदीमा कार्यरत नेपाली दाजुभाईहरुको बाक्लो उपस्तिथि रहेको उक्त कार्यक्रममा लोकप्रिय गायक प्रमोद खरेल लगायत स्थानीय कलाकारहरुले उत्कृष्ट प्रस्तुति दिएका थिए । नयाँ कार्यसमिति चयनका साथै सांस्कृतिक मनोरन्जनका साथमा महाधिवेशन सम्पन्न भएको छ।
दम्माम, साउदी अरब ! सतारुढ नेकपा माओवादी केन्द्रको प्रवास भातृ संगठन नेपाली जन प्रगतिशील मोर्चाको अध्यक्षमा रामचन्द्र वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
गत १२ अप्रेल २०२४ शुक्रबार का दिन साउदी अरबको को पुर्बी क्षेत्र दम्माममा आयोजित मंचको छैठौं महाधिवेशनले एक दसक देखि साउदीमा कार्यरत नुवाकोटका वाग्लेलाई अध्यक्षमा निर्वाचित गरेको हो।
साउदीको प्रतिष्ठित कम्पनी अनाबिबमा बिगत १० बर्ष देखि कार्यरत वाग्ले श्रमिक आन्दोलन मार्फत तत्कालीन बिद्रोही माओवादीमा आबद्ध भएका थिए। वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत अबस्थामा श्रमिक राहत तथा उद्वारमा सकृय रहदै आईरहेका छन् ।
महाधिवेशनमा माओवादीका केन्द्रिय उपाध्यक्ष तथा पुर्व मन्त्री पम्फा भुसाल र सचीव तथा पुर्व मन्त्री राम कार्की हरुको सहभागिता रहेको थियो ।
इस्लाम धर्मावलम्बीहरुको इदको छुटिको समय पारेर साउदी अरेबियाको पुर्बी क्षेत्र अल खोवारमा संचालित प्रथम लाल बहादुर महत स्मृति गोल्डकप फुटबल प्रतियोगिताको प्रथम उपाधी युनाईटेड फुटबल क्लबले चुमेको छ।
बिहिवार राती सम्पन्न फाईनल खेलमा युनाईटेडले आयोजक सुदुर पश्चिमेली नेपाली समाजलाई ३-०ले हराउदै उपाधी चुमेको हो। शुरुआत खेलदेखी दबाबमा राखेको युनाईटेड आयोजकलाई उप बिजेतामा सिमित राख्न सफल भएको छ।
२२ वटा फुटबल टिम सहभागी रहेको प्रतियोगिताको सेमिफाइनलमा आयोजक सुदुर पश्चिमेली नेपाली समाजले युनाटेड फुटबल क्लब रेड लाई २-० र युनाटेड फुटबल क्लब ब्लुले फ्रेन्ड सिप नेपाली फुटबल क्लबलाई १-० ले हराउदै फाईनल यात्रा तयार गरेको थियो।
बुधबार र बिहिवार सम्पन्न प्रतियोगिता अल खोबारको अल थुक्बाह खेलमैदानमा सञ्चालन भएको थियो। उक्त प्रतियोगीतामा प्रथम हुने युनाईटेड फुटबल क्लबले ५ हजार साउदी रियल, कप मेडल र प्रमाणपत्र त्यसैगरी उपविजेता आयोजक टिमले २५ सय साउदी रियल कप मेडलका साथ प्रमाणपत्र प्राप्त गरेका छन् ।
उक्त प्रतियोगिता साउदीमा कार्यरत पदम ब महतले आफ्नो स्वर्गीय पिता लाल ब महतको तेस्रो स्मृतिमा आयोजना गरेका थिए। प्रतियोगिताको संयोजक समेत रहेको महत खेल सम्पन्न गर्न उल्लेखनीय भुमिका निर्वाह गर्नुहुने खेलाडी ,सहभागी क्लब ,खेल संचालन गर्न आबस्यक रेफ्री,लायन्सम्यान लगायत सहयोगीहरु ,आर्थिक ,नैतिक ,भौतिक लगायत विभिन्न सहयोग गर्नु हुने सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्दै कुनै कारणबस गल्ती हुन गएमा माफी दिन आग्रह गरेको छ।
जेद्दा / साउदी अरब !! ईस्लाम धर्मावलम्बीको पर्व इद उल फित्र तथा नेपाली बिक्रम संम्बत २०८१ को पावन अवसर पारेर नेपाली युवा क्लब जेद्दाले १२ अप्रेल २०२४ शुक्रबारका दिन जेद्दामा शुभकामना आदानप्रदान तथा नेपाली सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष राम थापाको सभापतित्वमा नेपाली महाबाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्रराज काफ्ले को प्रमुख आतिथ्यमा क्लबका महासचिव नर कुमार मगर द्वारा संचालित उक्त कार्यक्रममा तमु धिं जेद्दाका अध्यक्ष बेद तमु, बरिस्ठ समाजसेवी भिम गुरुङ, एनआरएनए एनसिसि उपाध्यक्ष राज गिरि, आरसिसि अध्यक्ष डिपि अर्याल,समाजसेवी रामराधा घिमिरे, ईस्लामिक दावा सेन्टर सनैयाका प्रतिनिधि मन्जुर अलि मियाँ, आरसिसि अल कासिम पुर्व अध्यक्ष रम्जान दिन मियाँ, हातेमालो युवा क्लब जेद्दाका अध्यक्ष खेमराज कार्की, ग्लोबल आइएमइका बजार प्रतिनिधी प्रदिपजङ् के.सि, सिन्ध मेलम्ची होटलका संचालक रामसिङ तमाङ ले अतिथिको आशन ग्रहण गरेका थिए ।
नेपाली राष्ट्रिय धुनको गुन्जयमान सँगै सुरु गरिएको उक्त कार्यक्रममा क्लब स्थापना देखि अहिले सम्म क्लबले गरेका श्रमिक हक हितका सामाजिक कार्यप्रगती विवरण क्लबका महासचिव नर कुमार मगरले स्लाइडमा देखाएका थिए ! बिदेश तथा स्वदेशमा समेत अनगिन्ती समाजसेवा गरिएका स्लाइड हरु प्रस्तुत हुँदा युवा क्लबलाई सम्पुर्ण अतिथिद्वारा सम्मान गरेका थिए ।
उपस्थित अतिथि तथा प्रमुख अतिथिहरुले इद तथा नेपाली नयाँबर्ष २०८१ को शुभकामना मन्तव्य दिदैँ क्लबको कार्य प्रती खुशी व्यक्त गर्नु भएको र स-सम्मान रुपमा अझै अगाडि बढ्न हौसला र क्लबको सफलताको लागि शुभकामना दिनु भएको थियो । अतिथिको मन्तव्य सँगै सभापति थापाले कार्यक्रम सफल बनाउन उपस्थित हुनुभएका दाजुभाइ दिदिबहिनीहरु तथा शुभकामना दिनुहुने अतिथिहरुलाइ धन्यवाद ज्ञापन गर्दै पहिलो चरणको कार्यक्रम समापन भएको थियो !
कलाकारहरुको बेजोड प्रस्तुति सहित सुरु भएको दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा नेपाली कल्चर डान्स ग्रुप जेद्दाका कोरियोग्राफर धिरज मगर को संयोजकत्वमा अनगिन्ती स्थानीय कलाकारहरुले आफ्नो कला प्रस्तुत गरि दर्शकहरुलाइ भरपुर मनोरञ्जन दिएका थिए । यसै गरि गायकहरु बिनोद न्यौपाने, रोसन दियाली, धन तमु,आकाश राई हरुले गित गाएर दर्शकहरुलाइ मनोरञ्जन दिएका थिए ।
काठमाडौ होटेल बलाद जेद्दा, ग्लोबल आइएमइ बैंक तथा सिन्ध मेलम्ची नेपाली होटेल को प्रमुख प्रायोजनमा संचालित उक्त कार्यक्रम संचालन मा अन्य समाजसेवीहरुले पनि आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रममा कलाकार तथा समाजसेवी साथै सहयोगीहरुलाई क्लबले मायाँको चिनो सहित प्रमाणपत्रले सम्मान गरेको थियो भने उत्कृष्ट समाजसेवी भिम गुरुङ र राज गिरि तथा नेपाली महाबाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्रराज काफ्लेलाइ दोसल्ला ओडाएर स-सम्मान कदर पत्र प्रदान गरेका थिए ।
उपस्थित दर्शकहरु तथा अतिथिहरुलाइ क्लबले विविध मनोरञ्जनका साथमा नेपाली खाना खुवाएर स-सम्मान बिदाइ गरेको थियो ।
नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबको पूर्वी प्रान्त दमाममा हुने छैठौं महाधिवेशन लाई सम्बोधन गर्न माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल साउदी अरव आएकी छिन् ।
आज १२ अप्रिल शुक्रबार दमाम स्थित रोज गार्डेन होटेलमा हुन गईरहेको उक्त कार्यक्रममा माओवादी केन्द्रका सचिव राम कार्कीको पनि उपस्थित रहने बताइएको छ!
को हुन् पम्फा भुसाल?
पहिलो सम्विधान सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत ललितपुर ३बाट विजयी संविधान सभा सदस्य पम्फा भुसाल तत्कालीन समयमा माओवादी केन्द्रीय सदस्य थिइन् ।
२०७८ असार २९ गते शेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ति भए सङ्गै उर्जा तथा सिंचाई मन्त्री भएकी भुसाल नेपाली राजनीतिज्ञ तथा पहिलो महिला पार्टी अध्यक्ष को रूपमा परिचित छिन्। उनी नेकपा केन्द्रमा प्रवक्ता समेत हुन् ।
उनी प्रतिनिधिसभा निर्वाचन, २०७४ मा पनि ललितपुर ३ बाट विजयी भइन । तर गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर ३ बाट ८७६९ बोट सहित तेस्रो नम्बरमा चित्त बुझाउनु परेको थियो।
जनमोर्चा नेपालको पहिलो महिला अध्यक्ष बनेकी भुसालले विक्रम सम्बत २०३३ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीति गरेकी हुन् । २०३७ सालमा चौथो महाधिबेसनको सदस्यता लिएकी भुसाल २०५१ सालमा माओवादीकी केन्द्रीय सदस्य भइन् ।
फुर्सदको बेला समाजिक तथा राजनीतिक विषयमा अध्ययन गर्न रुचाउने भुसाल समाजिक असमानता देखेर नै राजनीतिमा लागेको बताउछिन् ।
विद्युत उपनामले चिनिने भुसाल ५ दिदीबहिनी र एक भाइमा साहिली हुन् । औसत नेपाली भन्दा सम्पन्न परिवारमा जन्मिएकी भुसाल ग्रामीण समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्।
पटकपटक गरेर १ वर्ष जेल बसेकी भुसाल फुन्टीबाङ बैठकपछि माओवादीकी पोलिटब्युरो सदस्य बनेकी थिइन्। २०१९ साउनमा अर्घाखाची किमडाँडा -५ आँपखोलामा भुसालको जन्म भएको हो। अन्तरिम कालमा माओवादी सरकारमा हुँदा महिला बालबालिका तथा समाजकल्याण मन्त्री थिइन्।
जेद्दा साउदी अरब ! नेपाली युवा क्लब जेद्दाद्वारा ईस्लाम धर्मावलम्बीको महान पर्व इदको पावन अवसरमा गत १० अप्रेल बुधबार राती जेद्दाको सनैयामा आयोजित भलिबल प्रतियोगितामा लुलु हाइपरमार्केट टिम बिजेता र ग्लोबल आइएमइ टिम उप बिजेताको ट्रफी उचाल्न सफल गरेको छ । ८ टिमको सहभागीता रहेको उक्त प्रतियोगितामा ५०० इन्ट्री फि रहेको थ्यो भने प्रथम हुनेलाइ १७०० रियल र दोस्रो हुनेलाइ १३०० पुरस्कार का साथमा ट्रफी र मेटल ले सम्मान गरिएको थियो ।
पुरस्कार वितरणमा आयोजक टिम नेपाली युवा क्लबका सन्तोष बि.क र मन्जुर अलि मियाँ ले हस्तान्तरण गरेका थिए ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय संघीय साम्सद डा. चन्द्रकान्त राउत (सि.के. राउत)को प्रमुख आतिथ्यमा गैर आवासीय मधेसी संघ ,साउदी अरबले नव बर्ष २०८१ तथा ईद शुभकामना आदानप्रदान तथा अंतरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
बुधबार साउदी अरबको पुर्बी क्षेत्र जुबेलमा जनमत पार्टीका प्रवास संगठनका सल्लाहकार दिनेश साहुको संयोजनमा ,नेपाली राजदुतावासका स्थानीय अधिकारी नारायण पासवानको आतिथ्य आयोजित कार्यक्रममा साउदीमा सक्रिय संघ/संस्थाको प्रतिनिधित्वमा करिब १ हजार जनाको सहभागीतामा कार्यक्रम आयोजना भएको थियो।
कार्यक्रममा मधेस आन्दोलनमा ज्यान गुमाएका सहिद मनोज शाहको फोटोमा प्रमुखा अतिथि डा राउतबाट माल्यपर्ण गरि शुरु गरेको कार्यक्रम विभिन्न बक्ताहरुले शुभकामना सहित साउदीको श्रमिक समस्या बारे आआफ्नो भनाई व्यक्त गरे।
करिब ४ लाख नेपाली श्रमिक कार्यरत साउदी अरबमा मधेसका कामदारको समस्या झन् धेरै रहेको ,उक्त समस्या समाधान गर्न नेपाली नियोग असफल रहेको बताउदै नेपाली पासपोर्ट बाहक मधेसका नागरिकलाई तपाईं नेपाली नागरिक हो भनेर प्रश्न गर्दै विभेद गर्ने गरिएको तितो यथार्थ रहेको प्रुख अतिथि डा राउतले बताए। सन २०१४ मा स्थापना भएको संघको छुट्टै ईतिहास रहेको ,साउदी लगायत युएई ,कतार ,मलेसिया लगायत धेरै देशमा बिस्तार भएको छ। उक्त संघ आबद्ध हुन आम मधेसीलाई अपिल गर्छु डा राउतले भने ।
साउदी अरेबियामा जनमत पार्टी प्रतीको क्रेजबाट उत्साहित भए डा राउत बर्तमन सरकारमा आफ्नो कुनै चासो नभएको र सरकार बनाउन प्लस माइनसको खेलमा आफ्नो रुचि नभएको र मधेसी जनताको भवनामाथि खेलबाड गर्ने काम मात्र हुँदै आएको छ, अब जनमत पार्टी मधेसी जनताको भावनाअनुसार अगाडि बढ्छ। अहिलेको प्रधानमन्त्री संसदमा बहुमतले बन्ने भएको हुदा जनताले प्रत्यक्ष प्रधानमन्त्री चुन्नु पर्छ , उनले भने। डा राउतले शुक्रवार रियादमा हुने कार्यक्रममा सम्बोधन गर्ने र शनिबार नेपाली राजदूतवासले आयोजना गरिने अंतरक्रियामा सहभागिता हुने कार्य तालिका रहेको छ।
जेद्दा साउदी अरब ! इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फितर को पावन अवसरमा ईस्लामिक दावा सेन्टर जेद्दाको नेपाली बिभाग द्वारा गत बुधबार १० अप्रील इदको दिनमा आयोजित इदको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
दावा सेन्टर नेपाली बिभागका प्रमुख मन्जुर अलि मियाँ को सभापतित्वमा रमजान दिनमियाँद्वारा संचालित उक्त कार्यक्रममा नेपाली महाबाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्राराज काफ्ले प्रमुख अतिथिमा, एनआरएनए साउदिका सल्लाहकार वरिष्ठ समाजसेवी भिम गुरुङ बिशिस्ट अतिथिमा, र अतिथिहरुमा आरसिसी जेद्दाका सल्लाहकार रामराधा घिमिरे, नेपाली युवा क्लब जेद्दाका अध्यक्ष राम थापा लगायत हुनुहुन्थ्यो । पवित्र महिना रमदानको एक महिनाको बर्ता सकिए लगत्तै मानिने यो इदमा एक आपसमा शुभकामना आदानप्रदान गर्ने, एक आपसमा खुशी साटासाट गर्नुका साथै आत्मियता बढाउने उदेश्यका साथ उक्त कार्यक्रम आयोजित गरिएको थियो।
कार्यक्रममा उपस्थित रहेका अधिकांश दाजुभाइहरुले आ आफ्नो छोटो परिचयका साथमा इदको शुभकामना दिएका थिए । मन्चमा आसिन अतिथिहरु, बिशिस्ट अतिथि, तथा प्रमुख अतिथि द्वारा कार्यक्रममा निमन्त्रणा दिएर यो कार्यक्रम गर्नु भएकोमा आयोजक टिम मन्जुर अलि मियाँलाइ धन्यवाद दिदै उपस्थित सबैलाइ इदको शुभकामना दिएका थिए भने यस्ता कार्यक्रमले एक आपसमा आत्मीयता बढाउने व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित हुनुभएका सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाइ इदको खुशीमा मिठाइ, स्याबै तथा जुस ले स्वागत गरिएको थियो भने अन्त्यमा सबैलाइ इदको खाना खुवाएर पठाइएको थियो ।
अन्त्यम उक्त कार्यक्रममा उपस्थिति भइ कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाइ सभापति मन्जुर मियांंले धन्यवाद दिनु भएको थियो।
नेपाली सांगीतिक जगतका चम्किलो नक्षत्रका रुपमा स्थापित चर्चित, भर्सटायल गायक प्रमोद खरेल सांगीतिक कार्यक्रमका लागि साउदीको रियाद आईपुगेका छन् ।
प्रमोद खरेल झापाली समाजको दोस्रो महाधिवेशन तथा बृहत् सांस्कृतिक तथा नया बर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन रियाद आइपुगेका हुन् । खरेलले शुक्रबार प्रस्तुति दिने आयोजक ले जानकारी दिएको छ ।
शुक्रबार हुने कार्यक्रम रियाद एक्जिट ९ न: सोनामर्केट पछाडि हुने छ। उनको स्वागतका लागि रियाद को किङ्ग कालीद विमानस्थल रियादमा झापाली समाजका कार्य समितिका पधाधिकारी हरु , नेपाली दुताबास रियादका उप नियोग प्रमुख डा . डमरु बल्लभ पौडेल सहित साउदी अरबमा रहेका समाजसेवी ,बुद्धिजीवी , विभिन्न संघ संस्थामा आबद्ध ब्याक्तित्वहरू एयरपोर्ट पुगेर भव्य स्वागत गरेका थिए ।
साउदी अरवमा रहनु भएका नेपाली दाजुभाइ दिदिबहिनी , समाजसेवी ,बुद्धिजीवी , विभिन्न संघ संस्थामा आबद्ध ब्याक्तित्व ज्युहरु लाई गरिमामय उपस्थित लागि हार्दिक निमन्त्रणा गर्दछौ झापाली समाज साउदी अरव परिवार।।।।।
कार्यक्रम हुने मिति स्थान र समय मिति :-१२ अप्रिल २०२४ शुक्रबार समय :- बिहान १०, बजे बाट स्थान :- रियाद एक्जिट ९ न: सोनामर्केट पछाडि