कतिपय व्यापारीहरुले उपभोक्तामाथि कतिसम्मको ठगी गर्दछन् भन्ने कुराको उदाहरण हालै भारतमा फेला परेको छ । भारतको तमिलनाडुमा एकजना होटल साहुले कुखुराको मासु भनेर कागको मासु बेच्ने गरेको खुलासा भएको छ । तमिलनाडुको रामेश्वरमस्थित सडक किनारामा रहेका ठेला पसलहरुमा गरिएको छापामारीका क्रममा व्यापारीले चिकेन बिरयानी भन्दै कौवाको मासु हालेको बिरयानी खुवाउने गरेको फेला परेको हो । सरकारको खाद्य विभागले उक्त छापा मारेको थियो । त्यसक्रममा दुईजना व्यापारीलाई पक्राउ गरिएको थियो उनीहरुसँगबाट झण्डै डेढसय वटा मरेका काग समेत बरामद गरिएको छ । हिन्दु धर्माबलम्बीहरुको चर्चित तीर्थस्थल रामेश्वरममा दर्शन गर्न आएका तीर्थयात्रीहरुको उजुरीको आधारमा छापा मार्दा यस्तो खुलासा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अनुसन्धानका क्रममा अर्को डरलाग्दो तथ्य पनि फेला परेको छ । सिकारीहरुले विषालु चामल खुवाएर काग मार्ने र त्यसरी मरेका कागहरूठेला व्यापारीहरुलाई बेच्ने गरेका रहेछन् । कुखुराको मासु भन्दा त्यसरी खरीद गरिने कागको मासु निकै नै सस्तो पर्ने भएपछि ठेला व्यापारीहरुले त्यस्तो अपराध गरिरहेका थिए । यसअघि भारतको मुम्बइ, नोएडा तथा कलकत्तामा समेत कुखुरा तथा खसीको मासु भन्दै कुकुर वा बिरालोको मासु खुवाइने गरिएका समाचार सार्वजनिक भएका थिए ।
कोरोनाभाइरस संक्रमणको केन्द्रविन्दु मानिएको चीनको हुबेइ प्रान्तको वुहानमा भाइरसबाट संक्रमित बिरामीहरुको उपचारको लागि लक्षित गरेर चीन सरकारले १० दिनमा अस्पताल तयार गरेको छ ।
हुओसेन्सान (अग्नि देवताको पहाड) अस्पताललाई आइतबार हस्तान्तरण गरिएको हो । यस अस्पतालमा सोमबारबाट चिनियाँ सेनाका १४ सय मेडिकल स्टाफले उपचार सुरु गर्ने चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । तीमध्ये ९५० जना चीनको जनमुक्ति सेनाको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् भने ४५० जना सेना, जलसेना र वायुसेनाका मेडिकल विश्वविद्यालयका स्वास्थ्यकर्मी रहेका छन् ।
गत जनवरी २३ मा १ हजार शैय्या क्षमता भएको हुओसेन्सान अस्पतालको निर्माण शुरु गरिएको थियो ।
यसअघि सन् २००३ मा सार्सको महामारीका दौरान पनि बेइजिङमा सियाओताङसान अस्पताल एक हप्ताभित्रै तयार गरिएको थियो ।
जब फाङ सियाङ र उनको टोलीले हुओसेन्सान अस्पताल बनाउने जिम्मा पाए, उनीहरुलाई यो ‘मिसन इम्पोसिबल’ (पूरा गर्न नसकिने मिसन) लागेको थियो । ‘यस आकारको परियोजनाका लागि कम्तिमा दुई वर्ष लाग्छ,’ चाइना कन्सट्रक्सनको थर्ड कन्सट्रक्सन कम्पनी लिमिटेडका प्रोजेक्ट म्यानेजर फाङले भने, ‘एउटा अस्थायी भवन निर्माणका लागि पनि कम्तिमा एक महिना लाग्छ, यहाँ त एउटा अस्पताल नै बनाउनुपर्ने थियो ।’
जनवरी २३ देखि फेब्रुअरी १ सम्म वुहानमा कोरोनाभाइरस संक्रमितको सङ्ख्या ४ सय ९५ देखि ४ हजार १ सय ९ पुगेको थियो ।
वुहानको दक्षिण पश्चिममा रहेको झियान ताल नजिकै यो अस्पताल निर्माण गरिएको छ । मानिसहरु बसोबास गर्ने स्थानबाट यसलाई टाढा बनाइएको छ । जसमा यातायात, पाइपलाइनका साथै खानेबस्ने सुविधा रहेको छ ।
अधिकारीहरुले ५ घण्टा बसेर यस अस्पतालको डिजाइनको छलफल गरेका थिए भने २४ घण्टाभित्र यसको डिजाइनको ड्राफ्ट तयार गरेका थिए ।
चिनियाँ स्वास्थ्य अधिकारीहरुले शनिबार २५ सय बढी कोरोनाभाइरस संक्रमित नयाँ बिरामी देखिएको र ४५ जनाको संक्रमणबाट मृत्यु भएको जनाएको थियो । मृत्यु हुने सबै हुबेइ प्रान्तका रहेका छन् ।
३० जनवरी २०२० साउदी अरब,१० महिना देखि प्यारालाइसिस बाट ग्रसित तनहुँका हर्कमान दराइलाई गैर आवासीय नेपाली संघ पुर्बी प्रान्त स्थानीय समन्वय परिषदले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
साउदी अरबको दम्माम स्थिति अल दोस्री कम्पनीमा कार्यरत ५६ बर्षिय दराइलाई अचानक प्यारालाइसिस भएपछि एलसिसि खोबरले भेट गरि आवश्यक सहयोग गरेको थियो । NRNA खोबर LCC का अध्यक्ष बिष्णु भण्डारी, सचिव पूर्ण सुनार र उपाध्यक्ष वृखराम तामाङ उहाँको निवासमा गइ लत्ताकपडा, दैनिक प्रयोग सामाग्री, walking stands ब्यबस्था गराएका थिए । भने उहाँलाई उहाँको कम्पनीमा समन्वय गरि नेपाल पठाउन सफल भएका थिए ।
हर्कमान नेपाल गएर उपचाररत गर्दैगर्दा आर्थिक स्थितिको कमजोर भएका कारण गैर आवसिय नेपाली संघ (NRNA) एल सि सि खोबर बाट आर्थिक रकम संकलन गरि नेपाली रुपैया ३०,००० (तीस हजार) उहाँलाई हस्तान्तरण गरिएको छ । एलसिसि अध्यक्ष बिष्णु प्रसाद भण्डारीले जानकारी गराउनु भयो ।
दोहा, सम्मान मधेश कतार .1१.१.२०२० सम्मान मधेश कतार को वार्षिक कार्यक्रम दोहा कतारको लाली गुराश रेष्टुरेन्ट मा श्री प्रताप साहको अध्यक्षतामा र प्रमुख अतिथि श्री वीरेन्द्र कुमार साहको भएको थियो। कार्यक्रम मधेश साहिदको लागि एक मिनेटको मौन धारण गरि मैन बाटी प्रज्वलन गरि क्रयक्रम सुरु गरे क थिए । कार्यक्रममा सक्रिय पच्पन सदस्य उपस्थित थिए जसमा चार दलान समितिको कार्यकारीसमेत रहेका थिए / कार्यक्रम क सन्चालन देबेन्द्र ठाकुर ले गरेका थिए।
1)केन्द्रीय प्रमुख सल्लाहकार:-बिरेन्द्र कुमार साह ,2)बरिस्ठ सल्लाहकार:-गनेश साह , 3)बरिस्ठ सल्लाहकार :-देबेन्द्र कुमार ठाकुर ,3)सल्लाहकार:-खुसिलाल मण्डल ,4)कतार च्याप्टर अध्यक्ष :- श्री प्रताप साह ,5) उपाध्यक्ष:-शरवण कुशवाहा , 6)कोषाध्यक्ष :-अमित कुमार सहनी ,7)सह-कोषाध्यक्ष:-विनेश साह ,, 8)सचिव:-राम सजन साह , 9)सह-सचिव:-उतिम लाल साफि , 10)दलान अध्यक्ष – शयाम शुन्दर चोधरी , 11)दलान अध्यक्ष:-राम सजन साह , 12)दलान अध्यक्ष:- दिपु कुमार मण्डल ,13 ) दलान अध्यक्ष -राम बाबू यादव का साथ् सबै बक्ता आ आफनो मन्तब्य बयक्त गरे क थिए /
उपस्तिथी क्रम मा बिभिन् दलान कमिटि को उपस्तिथी निम्न अनुसार रहेको थियो /
साउथ ट्रेनिङ्ग अलजलुम दलान सँ पदाधिकारीहरू…. 1)अध्यक्ष – शयाम शुन्दर चोधरी ,2)उपाध्यक्ष – शरवन कुशवाहा , 3)कोषाध्यक्ष – गोैरी मुखिया ,4)सह-कोषाध्यक्ष – कृष्ण पासमान ,5)सचिव – अमित सहनी ,6)सह-सचिव – सुनिल सादा , सदस्य 7)धर्मेन्द्र दाश ,8)ईनदल महरा ,9)राम बहादुर साह ,10)बिर्जु कुमार यादव , 11)राज किशोर मण्डल ,12)राम ईशवर ,13)सुरज प्रसाद राय ,14)अशोक राजवनसि ,15)जितेन्द्र मुखिया ,16)राम बाबू राउत ,17)दिलिप साह ,18)महेश सहनी सनैया 41दलान को पदाधिकारीहरू
1)अध्यक्ष :-राम सजन साह , 2)उपाध्यक्ष :-राम चन्द्र सिंह , 3)कोषाध्यक्ष :-अोपिन्द्र कापर , 4)सह-कोषाध्यक्ष:-राम एकबाल साह ,5)सचिव :-प्रमोद यादव ,6)सह-सचिव अशोक सहनी 7)सलाहकार:-कामेशवर यादव , 8) रबिन्द्र सादा ,9) संतोष मुखिया ,,10)राम बिलाश पासमान ,11)राज किशोर मणडल ,12)अशोक राई ,13)बाल बोध यादब ,14)राम मनोहर दास ,15)दायाँ राम यादब ,16)महेश यादव ,17)राम प्रताप साह ,18)जितेन्द्र कुमार दास सनैया 10 नम्बर दलान सँ पदाधिकारीहरू.
1)अध्यक्ष :-दिपु कुमार मण्डल ,2)उपाध्यक्ष :-जितेन्द्र कु.चोरबार ,3)कोषाध्यक्ष :-उतिम लाल साफि ,4)सह-कोषाध्यक्ष:-बटोहि यादव , 5)सचिव :-प्रमोद यादव ,6)सह-सचिव :-मिथलेश सदाय ,7 )सलाहकर :-खुसिलाल मण्डल ,8)दिपु यादव , 9)संजय महतो ,10)अजय कुमार महतो 11)विनेश साह ,सनैया 34 दलान अध्यक्ष-राम बाबू यादव
कार्यक्रम मा मधेश का गीतहरु प्रस्तुरी गरिए को थियो। गायक ईन्नर्जित यादव , ओकिल मण्डल र मनिष मण्डल आ आफ्नो गित प्रस्तुत गरि सबका मन मोह गरे क थिए। जी एन डी का संजय दास सम्मान मदेश का अतिथि तर्फ बात आप्फ्नो मन्तब्य राख्नु भएको थियो।
कर्यर्कम मा सबै ले स्टेज मा याई आ आफ्नो परिचय दिएर विचार प्रस्तुत् गरिए क थिए र कार्यक्रम को अन्तिम सत्र मा सबै कार्यकारणी कमिटि मेम्बेर्हरु मा सम्मान प्रत्र प्रदान गरिए को थियो।
कार्यक्रम का प्रयोजाक गलोबल मधेशी एसोशियशन र सह प्रायोजक हेल्प मधेश लिडरस इन्स्तितुत ले गरे का थिए / मधेशी समुदाय मा लिडर बनायुं प्रमुख भूमिका खेल्ने बिश्वाश छ। कर्याकर्म को अन्त मा सबै रात्रिभोज गरि समापन गरिए को थियो। यस सबै को जानकारी समाम मधेश का केन्द्रिय अध्यक्ष त्रिलोकी प्रसाद साह ले दिनु भएको छ।
काठमाडौं। बिहेको विषयमा कुरा गर्दा केटा र केटीको उमेरको अन्तरलाई महत्व दिइन्छ । सामान्यतया केटाको उमेर केटीको भन्दा केही बढी भएको पाइन्छ । कहिलेकाहीँ केटीको उमेर पनि थोरै बढी हुन सक्छ । तर, ४० वर्षको उमेर अन्तर भने सामान्यतया स्वीकार गरिँदैन । भारतको मुरादाबादको रामपुरमा भने २० वर्षका एक युवकले ६० वर्षकी महिलासँग बिहे गरेका छन् ।
रामपुरको सैदनगरमा भएको यो विवाहका विषयमा त्यस क्षेत्रमा निकै चर्चा छ । युवक हरदोइका भएको बताइएको छ । भारतीय दैनिक अमर उजालाका अनुसार यी दुई मिसकलको माध्यमबाट एक अर्काको नजिक भएका थिए । दुई वर्ष पहिले यी युवकले आफ्नो मोवाइलबाट कहीँ फोन गर्दै थिए यही क्रममा गल्तीवश फोन अन्तै गयो । ६० वर्षकी ती महिलाले फोन उठाइन् त्यपछि दुवैबीच फोनमा कुरा हुन थाल्यो ।
फोनमा कुरा बढ्दै जाँदा दुवै नजिकिँदै गए । महिलाले युवकलाई आफ्ना पतिको मृत्यु भइसकेको बताएकी थिइन् । महिलाले आफूसँग करिब १२ विघा जमिन भएको बताउँदै बिहेपछि युवक आफूसँगै बस्नुपर्ने बताइन् । युवक पनि यसको लागि तयार भए । गत शनिबार युवक महिलाको गाउँ पुगे र दुवैले बिहे गरे । महिलाकी छोरीले आमाको बिहेबारे थाहा पाएपछि माइती आएर यको विरोध गरिन् । विवाद पुलिससम्म पुनि पुग्यो जहाँ महिला र युवाले आफ्नो इच्छाअनुसार बिहे गरेको बताएपछि पुलिसले पनि कुनै कारवाही गरेन ।
गैर आवसिय नेपाली संघ साउदी अरबले एक विशेष कार्यक्रम गरी नेपाली राजदुताबास रियादका लागी श्रम सहचारी अम्बिका प्रसाद अधिकारीलाई सम्मान पत्र प्रदान गरी बिदाई गरेका छन्।दम्माम स्थित रहेको मईमूना रेष्टुरेण्टमा ३१ जनवरी २०२० शुक्रवारका दिन एनआरएनए एनसिसी सदस्य नरेन्द्र कार्कीले संचालन गरेको उक्त कार्यक्रमको सभापतित्व एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज बहादुर थापाले गरेका थिए भने प्रमुख अतिथीको रूपमा नेपाली राजदुताबास रियादका राजदुत महेन्द्र सिं राजपूतको उपस्थिती रहेको थियो ।
अन्य अतिथीको रूपमा नेपाली राजदुताबास रियादका द्वितीय सचिव तारा गौतम लगायतका दुताबास परिवार, पूर्वी क्षेत्र दम्मामका लागी स्थानिय कर्मचारी हरी घिमीरे, एनआरएनए आईसिसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसिसी साउदीका संस्थापक राजु सैयद, ओम घले, बिरेन्द्र चौधरी, एनआरएनए एनसिसी साउदीका उपाध्यक्ष रोशन श्रेष्ठ, भोलानाथ पौड्याल लगायतका पदाधिकारीहरू, समाजसेवी तथा व्यवसायी कुबेर हुँमागाई र संचार कर्मीहरूको उपस्थिती रहेको थियो।
उक्त बिदाई कार्यक्रममा मन्तव्य राख्दै श्रम सहचारी अधिकारीले चार वर्षको कार्यकालमा श्रमिकहरूको हितार्थ गरेको कामकार्वाहीहरूमा एनआरएनए साउदीले गरेको सहयोग प्रसंसा गर्दै एनआरएनएले देखाएको आत्मियता प्रति धन्यवाद व्यक्त गरेका थिए। मन्तव्यकै क्रममा प्रमुख अतिथी प्रा.डा. महेन्द्र प्रसाद सिं राजपूतले आफू संगको दुई वर्षे सहकार्यमा श्रम सहचारी अधिकारी निष्ठावान र ईमानदार रहेको बताउँदै अगामी दिनमा कार्यदक्षताको उच्चता प्राप्तिको शुभेच्छा प्रकट गरेका थिए । कार्यक्रमलाई टुंग्याउने क्रममा बोल्दै एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज बहादुर थापाले विगतमा दुताबास संग रहेको तिक्ततालाई हटाई सहकार्य र दुताबास संगको निकटताको लागी विशेष भुमिका निभाएको प्रति दुताबास र श्रम सहचारी अधिकारीलाई कृतज्ञता प्रकट गरेका थिए।
साउदी अरबको पूर्विय शहर अलखोबार स्थित एक होटलको सभाहलमा औपचारीक कार्यक्रम गरी दोस्रो वार्षिक उत्सव मनाएका छन्। ३१ जनवरी २०२० शुक्रवारका दिन नेपाली राजदुताबास रियादका राजदुत प्रा.डा. महेन्द्र प्रसाद सिं राजपूतको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको सभापतित्व एकिकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदी अरबको अध्यक्ष अर्जुन बिश्वकर्माको रहेको थियो भने विशेष अतिथीहरू राजदुताबास रियादका श्रम सहचारी अम्विका प्रसाद अधिकारी र द्वितीय सचिव तारा गौतमको उपस्थिती रहेको थियो ।
कार्यक्रममा अन्य अतिथीहरू एनआरएनए आईसिसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज बहादुर थापा, संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका केन्द्रीय सदस्य श्री यावा लिम्वु, जिफन्ट साउदीका अध्यक्ष बुद्धि मान विश्वकर्मा, हेल्प मधेशका अध्यक्ष श्याम कुमार महत्तो, तमुधी साउदीका सल्लाहकार ओम घले, नेपाल तामाङ घेदुङ साउदी पूर्वी क्षेत्रिय समन्वय समिति साउदी अरबका उपाध्यक्ष बिर्खमान तामाङ लगायत विभिन्न संघ संस्थाहरूको प्रतिनिधीहरू, समाज सेवी तथा व्यवसायीहरू, स्थानिय कलाकारहरू, विभिन्न संचार क्षेत्रका मिडिया कर्मीहरू साथै पूर्वी सहरका विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूको उपस्थिती रहेको थियो ।
अतिथीहरू तथा वक्ताहरूले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । यसै क्रममा राजदुत प्रा.डा. महेन्द्र प्रसाद सिं राजपूतले बिश्वकर्मा श्रृष्टिकर्ता ब्रम्हाको कल्पनालाई सार्थकता दिने ईन्जिनियरको रूप भएको भन्दै प्रसंसा गरे। उनले शास्त्रहरूमा उच्चकोटीको वयान भए पनि शिक्षा र चेतनाको कमी भएको कारण विद्यमान समयमा पिछडिएको हो, त्यसैले शिक्षा र चेतना प्रति समुदायलाई प्रेरित गर्नु पर्ने बताए भने नेपाल सरकारको विभिन्न विभाग र क्षेत्रहरूमा प्रतिनिधित्व बढ्दै गएकोमा खुशी व्यक्त गरे।
कार्यक्रममा एकिकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदी अरबको तर्फ बाट राजदुत प्रा.डा. महेन्द्र प्रसाद सिं राजपूत, श्रम सहचारी अम्बिका प्रसाद अधिकारी २०१९/२१ का लागी निर्वाचित एनआरएनए आईसिसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज बहादुर थापालाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।
भारतीय टिभी जगतका चर्चित नाम करणवीर बोहरा आफ्नो व्यावसायिकका साथै नीजि जीवनबारे पनि निकै ध्यान दिन्छन् । हालै करणवीर आफ्नो परिवारसँग नेपाल घुम्न आउने तयारीमा थिए तर उनलाई दिल्ली एयरपोर्टमा नै डिपोर्ट गरियो ।
वास्तवमा करणवीर बोहरा आधार कार्डको माध्यमले नेपाल आइरहेका थिए तर आधार कार्ड ट्राभल डकुमेन्ट होइन । नियमका अनुसार हवाई यात्रामार्फत् नेपाल प्रवेश गर्न पासपोर्ट अनिवार्य छ ।
उनले यसबारे ट्वीट गर्दै जानकारी दिए, ‘नेपाल जानेबेला दिल्ली एयरपोर्टमा डिपोर्ट गरियो । आधार कार्डमार्फत् यात्रा गर्न अनुमती छैन । नेपाल सरकारले यसलाई स्विकार गर्दैन भने एयर इन्डियाले मलाई मुम्बईबाट उडान भर्नबाट किन रोकेन त ?’
एयर इन्डियाले करणवीर बोहराको ट्वीटको उत्तर पनि दिएको छ । यसमा एयर इन्डियाकाृे एउटा फाइल पनि पोस्ट गरिएको छ । यसमा नेपाल यात्रा गर्नका लागि पासपोर्ट अनिवार्य हुनुपर्ने उल्लेख गरिएको छ ।
नेपाल तामाङ घेदुङ साईप्रसको सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ ।
घेदुङले मञ्जुश्री संवत् २८५६ औँ जिवा/ नाम्युङ ल्हो मुसा बर्गको अवसर पारेर गर्न लागिएको आउदो फेब्रुअरी २ तारिख आइतबार गर्न लागिएको सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको अध्यक्ष साङ्मु थोकरले जानकारी दिइन् ।
अध्यक्ष थोकरका अनुसार कार्यक्रम लिमासोलस्थित ट्रीकिस पार्टी प्यालेसमा हुने भएको हो । कार्यक्रमलाई बृहत बनाउनका लागि नेपालका चर्चित गायक राजु लामा र तामाङ सेलो गायक तथा मोडल खेम मोक्तानको स्वागत गर्न आतुर छौँ, अध्यक्ष थोकरले भनिन् ।
कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरुसँगै स्थानीयको समेत बेजोड प्रस्तुति रहनेछन् । यसपटक साईप्रस घेदुङको स्थापनाकालदेखि नै साथ र सहयोग गर्दै आएका समाजसेवी ब्रिटिस आर्मी सुरेश कुमार परियारसमेत युकेबाट आउने घेदुङले आयोजकले जानकारी दिए ।
‘बिगतको ल्होछारभन्दा यसपटक पृथ्क ढङ्गले ल्होछार मनाउन लागिरहेकोले साईप्रस घेदुङले उत्साहपूर्वक कार्यक्रमको तयारी पूरा गरेको छ,’ थोकरले भनिन् ‘ फेब्रुअरी २ तारीख आइतबार साईप्रसस्थित संघसंस्थाहरुलाई उपस्थितिका लागि अनुरोध गर्दछौंँ ।’
यसवर्षको ल्होछार कार्यक्रममा शिक्षाको लागि गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने हेतुले ‘शिक्षा नै ज्ञानको पहिलो ज्योति हो’ भन्ने मुल नारा तय गरिएको घेदुङकी महासचिव लक्ष्मी ब्लोनले बताइन् । साईप्रसले पहिचान, कला, संस्कार, संस्कृति, भाषा, धर्म र भेषभुषा आदि इत्यादिलाई जोगाई राख्ने उद्देश्यका साथ “बृहत ल्होछार सांस्कृतिक कार्यक्रम” आयोजना गर्न लागेको हो, महासचिव ब्लोनले भनिन् ।
‘तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्बर्द्धन’ भन्ने मुल नाराका साथ सन् २०१६ को अक्टोबरमा स्थापना भएको घेदुङ साईप्रसले स्थापनाकालदेखि नै राष्ट्रिय पर्व सोनाम ल्होछारमा विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरी मनाउँदै आएको महासचिव लक्ष्मी ब्लोन तामाङले बताइन् ।
चिया, खाप्से, खाजा र खानाको समेत व्यवस्था रहेको कार्यक्रमको विद्यार्थीहरुलाई १५ युरो र अन्यलाई २० युरो प्रवेश शुल्क लाग्ने आयोजकले जानकारी दिए ।
आयोजकका अनुसार कार्यक्रमस्थल सम्म आवतजावत गर्ने पाफोसबाट ८.३० बजे, लार्नकाबाट ८.३०बेजे, पारालिमिनीबाट ८.०० बजे, लिमासोलबाट ९.३० बजे, निकोसियाबाट ८.३० बजे बसको व्यवस्था रहेका छन् ।
टोकियो, माघ १५ / गते सुकुटी र आलो मासु बोकेर जापानको विमानस्थलमा ओर्लिएका २ जना नेपालीलाई जापानको अध्यागमनले भिसा रद्द गरेर नेपाल फर्काइदिएको छ ।
जापानले विमानस्थलमार्फत आफ्नो देशमा ल्याउन प्रतिबन्ध लगाएका वस्तु ल्याएको भन्दै उनीहरुको भिसा रद्द गरेको हो ।
चितवन घर भएका भट्टराई थरका ती दुई नेपाली बाबुछोरा हुन् । उनीहरुलाई ३ वर्षको भिसा दिइएको थियो जुन रद्द भएको छ ।
दुईमध्ये छोरा पहिल्यैदेखि जापानमा थिए । अहिले विदामा नेपाल गएर आफ्ना बाबुलाई पनि साथैमा लिएर आएका थिए । उनीहरु जापानको नारिता विमानस्थलमा ल्याण्ड गरेपछि चेकजाँचको क्रममा प्रतिबन्धित वस्तुसहित समातिएका थिए । उनीहरुलाई जनवरी २६ मा विमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको थियो ।
आफ्ना पितालाई जापान घुमाउन लिएर आएका भट्टराई २६ तारिख साँझ ड्रागन एयरको विमानबाट नारिता बिमानस्थलमा ओर्लिएका थिए । विमानबाट सामान्य अवस्थामा ओर्लिएर आवश्यक सोधपुछ र भिसा चेकजाँच समेत पार गरेर भट्टराईले आफ्नो लगेज समेत पाइसकेका थिए ।
विमानस्थलबाट बाहिरिएर रेल चढ्न जान लागेका बाबुछोरालाई विमानस्थलको बाहिरी भागमा चेकजाँच गर्ने अधिकारीले सोधपुछ गरेका थिए ।
सोधपुछमा भट्टराई बाबुछोराले झुट बोलेको भए पनि सुरक्षाकर्मीलाई शंका लागेपछि लगेज खोलेर जाँच गर्दा तीनवटा सुटकेसमा गरी करिब ३ किलो सुकुटी र ३ किलो जत्तिनै आलो मासु भेटिएको थियो । चेकजाँचम हरियो खुर्सानी, धुलो खुर्सानी लगायत अन्य खानेकुरा समेत सुटकेसमा भेटिएको थियो । यी वस्तुहरु जापान लैजान प्रतिबन्धित छन् । डिसी नेपाल