• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५९ औँ शृङ्खला सम्पन्न

  • २८ कार्तिक २०७९, सोमबार १८:०८ मा प्रकाशित
  • काठमाडौ, २६ कात्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५९ औँ शृङ्खला कार्तिक २६ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५९ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    भोट हालौँ ढुक्कसँग छानौँ मान्छे राम्रो,
    यौटा कुरा हेक्का रहोस् जित होस् पक्कै हाम्रो ।
    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    धम्की होइन यो कुरा न हो चेतावनी,
    बुझ्नु होला याचकको अनुरोध भनी ।
    🌑 वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    हेर्दै जाऔँ कस‌ैले त काम गर्ला जनताको,
    हाम्रो भन्दा पनि राम्रो  हुनुपर्छ  समताको।
    🌑पवन अधिकारी

    [३]
    कहिलेकाहीँ बज्छ ताली, कहिले सुन्नुपर्छ गाली,
    सज्जन नेता हुनुपर्यो नि, सबका सब छन् जाली ।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [४]
    बुद्धि विवेक प्रयोग गरौँ भोट  हाल्नको लागि,
    राम्रालाई जिताऔँ हामीले सारा जनता जागी ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [५]
    बोतल नयाँ रक्सी पुरानोमा दिन्न अमूल्य भोट,
    सकभर  नयाँ  दुइटै  भए  चाहिन्न  केही  नोट।
    🌑म्यामराज राई
    हतुवागढी -६, होम्ताङ्, भोजपुर

    [६]
    हाम्रोलाई  छाेडी  राम्रोलाई  मतदान गरी हेरौँ,
    भ्रष्टाचारी नेताहरू छानीछानी यसपालि फेरौ।
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर थिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।

    [७]
    हाम्रोलाई होइन राम्रोलाई मत हालौँ,
    यसपालि चुनावमा पुरानो सबै फालौँ ।
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [८]
    मुखमा  राम ! राम !  हजुर   बगलीमा  बोकौँ  छुरा,
    अर्काले जित्यो भने त कहाँ हुन्छ आफ्नो स्वार्थ पूरा
    🌑त्रिलोचन भण्डारी
    मेचीनगर,झापा

    [९]
    मङ्सिर चार ध्यानमा राखेर,
    भोट हालौँ नेता राम्रा छानेर ।
    🌑मन्जु जोशी
    डिलासैनी,बैतडी

    [१०]
    चुनाव अब नजिक आयो हाल्नु छ लौ भोट,
    सबैको  आफैँ  विचार  बुझ्नु   नहेर्नू ती नोट !
    🌑आर्त अकुलीन
    कैलाली

    [११]
    भोट हाल्ने मन अति थियो नेता भेटिनँ राम्रा,
    उम्दा सबै  पाखा लगाई  टिकट  पाउने हाम्रा !
    🌑इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    [१२]
    राम्रो छानी भोट हालौँ, पुछौँ जनताको आँसु,
    उम्दा  रोजौँ  सब  मिलेर,  खान छोडेर  मासु।
    🌑मनोज खत्री
    अछामी

    [१३]
    जति राम्राे छाने पनि राजनीतिले नराम्रै हुन्छ,
    जितेपछि मातिएर जनता विरुद्ध जाल बुन्छ।
    🌑दीपक ठटाल जलन

    [१४]
    चुनावमा जिउ हजुरी, मिठा सपना बाड्छन्,
    चुनाव जितेपछि नाता सम्बन्ध सबै छाड्छन् ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [१५]
    भोट हाल्दा नोट आउँछ रे, खोजौँ धेरै दिने,
    हरेक पल्ट   यसरी नै  नेताले  मान्छे  किने ।
    🌑राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [१६]
    भोज नोट  खोज्ने हैन  योग्यलाई  भोट,
    आँखा चिम्ली भोट हाल्दा पर्नेछ है चोट!
    🌑कमला  देवकोटा
    पाल्पा

    [१७]
    प्रदेशीको रुपैयाँ चल्छ भोट चल्दैन,
    प्रदेश  नआए  पेटको  भोक टल्दैन ।
    🌑असिराम डंगौरा
    जोशीपुर कैलाली
    हाल भारत

    [१८]
    न राम्रा भेटिन्छन् न हाम्रा भेटिन्छन्,
    दुःखीका दुःख खै कसरी मेटिन्छन् ?
    🌑मित्र `उराठी´ गाैतम
    तिलाेत्तमा-२, रुपन्देही

    [१९]
    च्याउ उम्रेझैँ छ्यापछ्याप्ती नै छन् नेता अचेल बजारमा,
    योग्य  युवा  नेता छानौँ  आउने  उनासी  मंसिर  चारमा।
    🌑दिनेश संगम

    [२०]
    देशको मुहार फेर्ने भए, राम्रो राम्रो छान्नु पर्छ,
    देउता खोज्दा दानव परे भोक निद्रा सबै हर्छ !
    🌑रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल

    [२१]
    सबै कुरा बुझेपछि ,मात्र भोट हाल्नुहोस्,
    प्रतिनिधि  बनाएर  संसदमा  फाल्नुहोस्।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [२२]
    राम्रो मान्छे त मैले खोइ देखिनँ भोट हाल्न,
    पूरानालाई  यसपालि सबले  थालौँ फाल्न।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप:सुनापति-१
    हाल:अमेरिका,बोस्टन।

    [२३]
    जो  नेता राम्रो,
    त्यो नेता हाम्रो ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [२४]
    हाम्राे मान्छे जिताउँ चुनावमा दुई चार पैसा कमाऊँ
    राम्रा सबै पाखा लगाई फेरि पनि पुर्पुराे त्याे समाऊँ ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [२५]
    चुनाव  जितेपछि  नेताको  हुन्छ  उहीँ चाल,
    भोट दिने जनताको चैँ जस्ताको तस्तै हाल ।
    🌑राजेन्द्र प्रधान ‘ पासा,’
    दार्जिलिङ, (भारत)

    [२६]
    राम्रो भनेर हाम्रो छान्छन् कुहिएका आलु,
    छैन विकास भ्रष्ट बन्छन् समाउँछन् तालु।
    🌑प्रदीप के रिमाल
    इटहरी, सुनसरी ।

    [२७]
    देशलाई    बनाउनेहरूभन्दा    धेरै    बिगार्नेहरू    छानेको,
    दशकौँ भइसक्यो है साथी हामीले अँध्यारोमा ढुङ्गा हानेको!
    🌑बि.कुलुङ

    [२८]
    हाम्रो हैन राम्रो छानौँ यसपटकको नारा,
    नारालाई साकार पार्न सचेत बनौँ सारा।
    🌑अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [२९]
    हाल्नु पर्दछ भाेट, विकृतिलाई  पुग्ने गरी चाेट,
    हालसम्मकै कमजोरीहरूकाे मेटियाेस् है खाेट ।
    🌑रामप्रसाद पुरी
    बादेल खाेटाङ ।

    [३०]
    राम्रो त सबै छन् तर भ्रष्टचारी भए,
    कारबाही भएन कानुन माथि गए ।
    🌑पैरवी

    [३१]
    सबै भन्छन् आफ्नै राम्रो बनेका छन् झुण्ड,
    खै  कस्लाई भोट दिनु  देख्छु  सुण्ड मुण्ड !
    🌑बिबस पारदर्शी
    भद्रपुर  झापा,

    [३२]
    भाेट हालाैँ याे पाली असल मान्छे छानी,
    फरक  पर्न  जाला  है  अरू  कतै  हानी ।
    🌑शाेभा आचार्य गाैतम
    काठमाडौ

    [३३]
    राम्रालाई भोट हाले हुन्छ देशको हित,
    अमुल्य मत दिई गराऔँ युवाको जित।
    🌑सम्झना (कुसुम )

    [३४]
    नातागोता सबै मिली छानौँ मान्छे हाम्रो,
    हाम्रा  मान्छे  जितेपछि  कमिसन राम्रो।
    🌑मल्ल लक्ष्मी श्रेष्ट
       मेची किनार
    बिर्तामोड झापा

    [३५]
    विचार गरौँ सोचौँ अनि  मात्र खसाऔँ मत,
    हाम्रो होइन राम्रो नेता नलागेको होस् खत ।
    🌑महेश्वर प्रधान
    गोरुबथान,भारत।

    [३६]
    देशभक्त  नेतालाई  भोट  हालौँ सोचेर,
    अयोग्यलाई अब पाखा लगाऔँ घोचेर ।
    🌑भगवती दवाडी
    झापा

    [३७]
    सचेत होऔँ भ‍ोट हाल्न हाम्रो छोडी राम्रोलाई खोजौँ,
    देशको  विकास  गर्नसक्ने  असल  व्यक्तिलाई रोजौँ ।
    🌑दुर्गा आचार्य
    मोरङ

    [३८]
    राम्रो मान्छेलाई छानी भाेट दिँदा हुन्छ पक्कै जित,
    बुझ्नेछन्  जनताका  पिर  मर्का  हुनेछ  हाम्रै  हित ।
    🌑केसी उर्मिला

    [३९]
    वडाका समस्या उठान गर्ने सल्ट्याउने पनि,
    हेरौँ  सबैले  प्राथमिकता  कसले  हेर्छ भनी ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४०]
    अल्लि राम्रो नेता छानी खसालौँ है मत,
    अब्बल  त  भेटिँदैनन्  झुटो  छ  जगत ।
    🌑बाबुराम गौतम,
    गुल्मी

    [४१]
    बुढाखाडा  जति  सबै लगाउँदै पाखा,
    युवालाई मत दिऔँ खोलिकन आँखा ।
    🌑सरिता सेढाई
    धादिङ

    [४२]
    खसाउ भोट जन हो, विचार गरेर,
    गर्छ विकास  जसले, जाँगर भरेर ।
    🌑नवशिला
    बेलबारी -२, लालभित्ती,मोरङ

    [४३]
    चुनाव आयो  सबैले मत हाल्नुपर्छ,
    विकास नगर्ने नेता यहीँ फाल्नुपर्छ ।
    🌑तारा घिमिरे

    [४४]
    देख्दा त भ्रष्टचारी  कति  सुन्दर लाग्छन्,
    चुनाव जितेपछि चिल्ला कारमा भाग्छ्न् ।
    🌑सुरेशकुमार पान्डे

    [४५]
    चुनाव आउँछ  जान्छ  केवल  नेतालाई,
    बेल पाक्यो हर्ष न बिस्मात चुनाव आई ।
    🌑चुडामणि देबकोटा
    च न पा १३ काठमाडौ

    [४६]
    भोट   त   दिने   हो   नेतालाई,
    निम्त्याइन्छ कि झन् ब्यथालाई ।
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [४७]
    पत्याउनेले  पत्याइहाल्यो त ढाँट्नेले  ढाँट्यो,
    ठिक छु भन्छन् सबैले यो देश के गर्न आँट्यो।
    🌑राममणी जोशी

    [४८]
    बिस  वर्षपछि  बल्ल   हाम्रा  हजुरबाले  बाेले,
    चुनावमा नाति ऐजरू फालेस् भनी मुख खाेले ।
    🌑प्रद्युम्न चालिसे

    [४९]
    कुन चाहिँ  राम्रो कुन हाम्रो, सकिएन छान्न,
    सबले भन्छन् विकास गर्छु,घुस पनि खान्न ।
    🌑मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [५१]
    भोट माग्ने बेला  मात्रै  जनता सम्झिने,
    पछि बनाउँछन् सम्झिने पानी छम्किने ।
    🌑प्रेम सुनार
    दैलेख

    [५२]
    नागरिक कर्तव्य,  मताधिकार प्रयोग गर्नुपर्छ,
    उम्मेदवार सबै उस्तै भोट दिने हात पछि सर्छ ।
    🌑रामकृष्ण रिजाल
    बागलुङ

    [५३]
    यसपालि हामीले राम्रो नेता छान्नुपर्छ
    जसले देश  अनि जनताको हित गर्छ ।
    🌑दुर्गा भट्टराई
    मोरङ

    [५४]
    पुराना ती  नेताहरू चिन्ने  आयो रे  दिन,
    राम्रा मान्छे पत्ता लागेमा छोड पीर लिन।
    🌑लक्ष्मण देउवा
    डोटी

    [५५]
    बुढापाका नेतालाई  लौ न भोट दिँदा  पाइन्छ अरे नोट,
    राम्रा युवा नेताहरूलाई दिन्छन् चट्ट विदेशीले त्यो चोट ।
    🌑बेदु न्यौपाने
    काठमाडौ

    [५६]
    पटकपटक    आइरहने    यो    भोट,
    चुनौँ आफ्नै मान्छे नदिउँ मनमा चोट।
    🌑अच्युत घिमिरे-
    भुटान बाट 🇧🇹

    [५७]
    चुनाव आ’छ पाँच वर्षमा नेता भन्छ उही,
    याेजना भए अलपत्र बजेट जान्छन् चुही ।
    🌑रामकृष्ण दुवाडी
    पाेखरा

    [५९]
    भोग्यौँ हेर्यौँ अब अति भयो फाल थोत्रा निकम्मा
    आयो   अहिले    जनलहर   युवा   भएर  जम्मा ।
    🌑सुर्यमणी रेग्मी

    [६०]
    हाम्रो मान्छेले  जित्नुपर्छ भन्ने दिन गए,
    जनताले  भोग्नु  भोगे अब  सचेत भए ।
    🌑गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५९ औँ शृङ्खला सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७७औँ भाग शनिबार सम्पन्न

  • २६ कार्तिक २०७९, शनिबार २३:०५ मा प्रकाशित
  • काठमाण्डौँ, २६ कार्तिक । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७७औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    photo: social media

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    [१]
    गोरु
    जनावरको कर्म
    कसले बुझ्ने मर्म।
    🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे ।

    [२]
    पशु
    अबुझ प्राणी
    बुझ्दैन तिनको व्यथा ।
    🌑सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [३]
    सहकर्मी
    परेपछी कमजोर
    अर्कोलाई दु:ख घनघोर ।
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [४]
    मानव
    बुझ्दैन दानव
    पशुको भित्री व्यथा !
    🌑पशपती राई
    खोटाङ

    [५]
    भाँचिन्छ
    हलो जुवा
    लौरो धेरै वर्षाउँदा !
    🌑केदार सुनुवार

    [६]
    हलगोरु
    श्वेत उभिएको
    रक्त थचक्क बसेको ।
    🌑महानन्द भट्ट
    कंचनपुर ।

    [७]
    कर्म
    जनावरको धर्म
    कसले बुझिदिने मर्म !
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [८]
    बहादुरी
    न्यायिक कर्मशिल
    बल बुद्वि विबेकशिल।
    🌑राेशन पराजुली
    धरान।

    [९]
    जोडा
    एउटा सक्रिय
    अर्को अल्छी निष्कृय !
    🌑घनश्याम पौडेल
    पोखरा

    [१०]
    परिस्थिति
    हलो अड्काउने
    निरन्तर गोरु चुट्ने !
    🌑आर्त अकुलीन
    कैलाली

    [११]
    हलाे
    चट्टानमा अड्कियाे
    कमजोर गाेरु बस्दियो ।
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर थिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।

    [१२]
    बन्धन
    कार्यगत एकता
    थकित दुर्बल मित्र !
    🌑राजाराम रत्गैंया
    अमौरा, कैलाली

    [१३]
    किसान 
    अल्छी गोरु
    सुख्खा खेत जोत्दै !
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [१४]
    बुढेसकालमा
    आरामको खाँचो
    हजुर ! यसै सालमा ।
    🌑तेजप्रसाद खनाल
    लमही दाङ।

    [१५]
    खेतबारी
    बाँझै वारिपारि
    गोरु किसान हैरानी ।
    🌑चक्र बहादुर आलेमगर “लाफा”
    कैलाली

    [१६]
    बाँझो
    गोरुले जोत्ने
    मर्म कसले बुझ्ने !
    🌑रमा पन्त
    पाल्पा !

    [१७]
    किसान
    एक हलगाेरु
    गाेरु मालिक परेशान !
    🌑नवराज भट्ट
    महेन्द्रनगर, कञ्चनपुर

    [१८]
    हलो
    बस्ने गोरु
    हुँदैन राम्रो मेलो
    🌑श्रीकृष्ण शर्मा
    पोखरा

    [१९]
    वृद्ध
    कठिन काम
    होला कुनै बाध्यता !
    🌑बिमला पोखरेल
    अर्घाखाँची

    [२०]
    गोरु
    थकित अवस्था
    ग्रामीण कृषि व्यवस्था ।
    🌑सरस्वती श्रेष्ठ

    [२१]
    बेथिति
    मनपरि रजाईं
    मियो बिनाको दाइँ ।
    🌑ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।

    [२२]
    लाचार
    कस्तो संसार
    प्राणी माथि प्रहार !
    🌑कृष्ण जोशी
    मेरिल्याण्ड, अमेरिका

    [२३]
    देश
    अनेक जात्रा
    रोकिएको समृद्धिको यात्रा ।
    🌑हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [२४]
    शक्ति
    भएकोमा दम्भ
    निर्बलियो लतारिन्छ अचम्म ।
    🌑प्रेम थापा “मन”

    [२५]
    देश
    बाँझो खेत
    नेता गले गोरु ।
    🌑बिपी खनाल
    लम्की, कैलाली

    [२६]
    कार्तिक 
    कामको चटारो
    गोरुलाई बस्नै हतारो !
    🌑चक्र शाही

    [२७]
    खेतमा
    गोरु बस्यो
    नेताले देश सक्यो!
    🌑बालकृष्ण खनाल
    टीकापुर कैलाली

    [२८]
    पहेली
    बेहाल हली
    गोरु बसेर खलबली ।
    🌑अगस्टीन राई
    पूर्व सिक्किम, भारत

    [२९]
    मर्द
    लाठीले कुट्ने
    गोरु उठ्दै नउठ्ने !
    🌑कमला  देवकोटा
    पाल्पा

    [३०]
    हली
    नारेका हलगोरु
    हेर्दै अमिल्दो गठबन्धन !
    🌑गोपे दाजु
    पाँचथर।

    [३१]
    थकित
    कामको भार
    प्रकृतिमा जीवन सार !
    🌑सविता के.सी.
    काठमाडौँ ।

    [३२]
    हलो
    बन्जर भूमि
    जोत्ने गोरुको पारा !
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [३३]
    छैनन्
    माया गर्ने
    तन मन शिथिल ।
    🌑गीता खनाल
    तिलोत्तमा न .पा.१५, रुपन्देही ।

    [३४]
    हलो
    बाँझो खेतमा
    दाना सबैको पेटमा।
    🌑राम बहादुर चौधरी
    गोरखा।

    [३५]
    गाेरु
    मेलामा बसे
    किसानका आँसु खसे
    🌑उर्मिला के.शी.
    धनकुटा ।

    [३६]
    चोला
    लिएर गोरुको
    नजोतिई कहाँ भो ।
    🌑देवकी के.सी.

    [३७]
    थकित
    गाेरुहरू फेरि
    आतुर सत्ता हत्याउन । 
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।

    [३८]
    उन्नति
    असम्भव हुन्छ
    हल पिरुवा भएपछि ।
    🌑तिला लेकाली

    [३९]
    देश
    बन्जर भयो
    सकेनन् गोरुले जोत्न ।
    🌑त्रिलोक रामदाम
    भैरहवा ।

    [४०]
    गठबन्धन
    अमिल्दा गोरु
    देशको भविष्य अनिश्चित ।
    🌑रमेश प्रभात

    [४१]
    परिस्थिति
    खेत जोत्ने
    थकित गोरुको अवस्था !
    🌑रिता खराल
    रुपन्देही

    [४२]
    किसान
    नारेर हलगोरु
    छैन जोतेको निसान ।
    🌑होम प्रसाद
    धरान,सुनसरी

    [४३]
    गोरु
    नारिएर थकित
    हली पर्यो बिचल्ली ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [४४]
    दुःख
    खाई नखाई
    पुर्व जन्मको कमाइ ।
    🌑
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [४५]
    गाेरु
    खेतमा जाेत्दा
    थकाइमा विश्राम मारेका !
    🌑श्रद्धा आचार्य
    पोखरा

    [४६]
    पीडा
    सिवाय सहनु
    गएर कहाँ कहनु ?
    🌑विजय राज सिंह

    [४७]
    गोरु
    कामको थकाइ
    पर्दछ सहन जीवनभर !
    🌑प्रदिप नेपाली
    बिहादी ५ उराम,पर्बत

    [४८]
    गोरु
    खेतको मेलो
    जीवनभर चल्ने झमेलो ।
    🌑सम्झना कुवर

    [४९]
    भोको
    पेट मेरो
    तान्नु कसरी हलो !
    🌑मंगला आचार्य उपाध्याय
    कलैया १ बारा

    [५०]
    गोरु
    थकित अवस्था
    खेत जोत्न नसक्दा !
    🌑धर्मी शाक्य
    बुटवल ,रुपन्देही ।

    [५१]
    थकान
    कामको चाप
    गोरुको जीवन अभिशाप !
    🌑दुर्गा भट्टराई
    मोरङ

    [५२]
    हलो
    गोरुलाई कुभलो
    मानिसको अनिवार्य छाकलो !
    🌑अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [५३]
    गोरु
    जोतेर गलेको
    हलीको जीवन चलेको !
    🌑भगवती दवाडी
    झापा

    [५४]
    थकाइ
    कामको भार
    खेतीपाती गर्न चटारो !
    🌑खेमराज पुरी
    कैलाली

    [५५]
    गोरु
    जोतिने परिस्थिति
    मर्नु नबाँच्नुको स्थिति !
    🌑कण्ठराज गिरी
    कैलाली।

    [५६]
    नारिएकाे
    अल्छीका साथ
    हिड्नेकाे पुच्छर निमाेठिन्छ ।
    🌑नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [५७]
    गोरु
    कृषकको साथी
    साह्रै नै जाति !
    🌑शारदा आचार्य !

    [५८]
    निर्भर
    परम्परागत खेती
    गरीब किसान बाध्य !
    🌑टिकाराम जोशी

    [५९]
    बिचैमा
    रोकियो कर्म
    हल नमिलेका गोरु !
    🌑गोपाल प्रसाद पौड्याल

    [६०]
    गाेरु
    नमिलेको हल
    चुनावमा मिलेकाे दल !
    🌑प्रद्युम्न चालिसे ।
    भक्तपुुर कटुञ्जे ।

    [६१]
    गोरु
    कुट्दै जोत्ने
    निर्दयी कसले रोक्ने ।
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [६२]
    सहकर्मी
    कमजोर थचक्क
    बलिया साहसी जुरुक्क।
    🌑जमुना कायस्थ
    पोखरा

    [६३]
    प्रकृति
    ढुङ्गा टारमा
    हलगोरु छन् मारमा ।
    🌑दुर्गा आचार्य
    मोरङ

    [६४]
    नियत
    हलो भाँच्ने
    आफूखुसी उफ्रदै नाँच्ने !
    🌑कविता आचार्य
    कैलाली

    [६५]
    नियत
    सृजित परिस्थिति
    दोस थुपार्ने नीति !
    🌑राम न्यौपाने

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७७औँ भाग शनिबार सम्पन्न

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५८ औँ शृङ्खला सम्पन्न

  • २४ कार्तिक २०७९, बिहीबार २२:४६ मा प्रकाशित
  • काठमाडौ, कात्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५८ औँ शृङ्खला कार्तिक १९ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ८१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५८ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    सारा नेपाली सिङ्गापुरे, हुन्छन् अष्ट्रेलियाली,
    छ्यापछ्याप्ती भिसा झार्नेछु, चुनाव जितौँ खाली ।
    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    हावादारी कुराहरू सबै चुनावकाे नारा सस्ताे,
    भाेट माग्दा म्याउँम्याउँ गर्ने जितेपछि बाघ जस्ताे ।
    🌑ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    [२]
    हजुर त साह्रै देशप्रेमी, दुरगामी छ सोच,
    खुलस्त राख्दिनु भो मत, नमानी कुनै सङ्कोच ।
    🌑वसन्त अनुभव
    घोराही – १४, दाङ

    [३]
    युवा जति पलायन छन् बूढाबुढी छन् घरमा,
    खुराफाती गफाडी नेताकाे नपराैँ है भरमा ।
    🌑मीरा ज्ञवाली
    बुटवल

    [४]
    गरिब सामु नफैलाऊ हात विलासी जीवन भोग्नेहरू,
    पहिलेको बाचा पूरा गर्‍यौ त चुनावमा खुट्टा ढोग्नेहरू?
    🌑असिराम डंगौरा
    जोशीपुर कैलाली
    हाल -भारत

    [५]
    झुठो आस र आश्वासन के देखाउँछौ जाली,
    युवा जति विदेश पठायौ बन्यो देश खाली ।
    🌑बेदु न्यौपाने
    काठमाडौ

    [६]
    आफन्त नजिक भएर के भयो भोट नआएपछि,
    भाग ठूलो पर्दा कसैलाई नदिई एक्लै खाएपछि ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [७]

    यहाँ भोक र सपना बाँडिन्छ भोटसँग साटिन्छ,
    चुनावी खर्च असुल्न श्रमजीवीको गाँस काटिन्छ !
    🌑भुषणजंग

    [८]
    नेपाली जति विदेशमा गई बन्ने भए परदेशी,
    नेपालका नेताहरू मात्र देखिनेभए नि स्वदेशी ।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप,सुनापति-१
    हाल:-अमेरिका,बोस्टन।

    [९]
    सम्भावनाका भिरहरू भत्काउँदै छाैँ हामी,
    ठूला देशकाे मागी खाँदा निक्कै बन्छाैँ नि नामी ।
    🌑निरज कोइराला
    बेलका १ उदयपुर

    [१०]
    झझल्को मात्र लगाएछौ दुई दिन आएर,
    केही हुन्न आखिर आदर्शको गीत गाएर ।
    🌑आर्त अकुलीन
    कैलाली

    [११]
    टुक्का
    ठुला देश पठाइदिने आस देखाएर,
    के विकास गर्छौ युवा विदेश पठाएर ।
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [१२]
    भोट दिई जिताउन होला नजानेकै,
    पक्कै नि असल नेता होला नछानेकै।
    🌑काजि प्रसाद खतिवडा

    [१३]
    बुढापाका जितेर मसानघाट विकास गर्छन्,
    अझै त्यस्तालाई नै भोट दिए आफ्नु धोक्रो भर्छन् ।
    🌑सुशांक दाहाल
    विराटनगर मोरङ

    [१४]
    देशको विकास गर्नतिर होइन आफ्नो विकास गर्न खट्छ्न् जाली,
    लागिपर्छन् उनीहरू भोटलाई नोटमा परिवर्तन गर्न खाली।
    🌑जोगरत्न बज्राचार्य
    भिंन्छेबहाल ललितपुर।

    [१५]
    सरकार बनाउँछन् अनी गर्छन् राज आलो पालो,
    हाम्रो मत लिएपछि सधैँ बन्छन् विदेशी गोठालो।
    🌑सुरेशकुमार पान्डे

    [१६]
    नेता भन्छ लौन भोट दिनोस् देशलाई बनाउँछु सिङ्गापुर,
    जितेपछि के मतलब देशको माटो बन्न जान्छ अझै झुर ।
    🌑चूडा निर्भीक

    [१७]
    नारा बनाए जनता मोहित पार्ने,
    विना ढेउवामै भिसा टिकट झार्ने ।
    🌑सुर्यमणी रेग्मी

    [१८]
    थर्काएर भाषणमा किन भुक्छस् ?
    सरकार समस्यामा किन लुक्छस् ?
    🌑मदन चाैहान

    [१९]
    कामकुरो त एकातिर कुम्लो बोकी ठिमीतिर,
    चुनाव जिते आकाश उड्छौ हेर्दैनौ जिमीतिर ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२०]
    चुनावी घाेषणापत्रकाे बाहिरी आवरणमा कति मिठाे नारा,
    भित्री पेजमा गहिरिएर पढ्दा भने देखियाे खुरापाती पारा ।
    🌑 राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर थिमी सङ्गम काेलाेनी भक्तपुर ।

    [२१]
    चुनाव अघि आश्वासनका बाँड्छन् मिठा पाेका,
    मिसन पूरा भएपछि दिन थाल्छन् है धाेका ।
    🌑त्रिलाेचन भणडारी
    मेचीनगर,झापा
    [२२]
    युवा जति विदेश हुँदा बोल्ने होइनन् कोही अनि,
    हालीमुहाली बुढाकै छ भनिरहँदा अझै पनि ।
    🌑भगवती दवाडी
    झापा

    [२३]
    देशनै बेचेर खानेको ओइरो बन्दैछ
    फाइदा हुने ठाउँ हेरेर पैरो खन्दैछ।
    🌑शन्जना सर्मा
    दाङ लमही

    [२४]
    गफ छाँटे पनि उहीँ अस्थिरताको बीउ रोप्छौ
    चुनाव सकिएपछि, उनै दुखियालाई कोप्छौ ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [२५]
    भोटमात्र देऊ जनता संसार घुमाउँछौँ,
    फ्री भिसा, फ्री टिकटमा सारा देश उडाउँछौँ ।
    🌑बिबस पारदर्शी
    भद्रपुर झापा,

    [२६]
    हाम्रा नेता सबै भए जाली,
    जनता अझै ठोक्दै छन् ताली।
    🌑मनोज खत्री अछामी

    [२७]
    भिसा झारी देश रित्याउने कस्तो याे नेताको चाल?
    अचेर्नु खाएर पनि नअघाई बुन्छौ फेरि जाल?
    🌑दीपक ठटाल जलन

    [२८]
    भाेट मात्रै पाऊ हामीले सारा संसार सम्याउँछाैँ
    जितिसके भन्छन् तिनीहरू तेरो मेरो ठम्याउँछाैँ।
    🌑शर्मिला खतिवडा
    विर्तामोड ,झापा ।

    [२९]
    गद्दार नेता जनतालाई मतपत्रमा मात्र गन्छन्
    युवालाई विदेश पठाई मनपरि गरौंला भन्छन्
    🌑पुष्पा सुवेदी
    नेपालगञ्ज – ४, बाँके ।

    [३०]
    नेपाली भ्रष्ट नेताहरू सबै दादा बन्छन्
    बुथ क्याप्चर गरेर चुनाव जित्ने भन्छन्।
    🌑शिव कुमार रेग्मी
    पोखराथोक,पाल्पा

    [३१]
    गद्दार नेता चुनिनुको हो यो प्रतिफल,
    भोट हाल्दा मतदाताले सोचौँ पल पल।
    🌑म्यामराज राई
    हतुवागढी -६, होम्ताङ्, भोजपुर

    [३२]
    राहदानी बनाइयाे बारी बेचेर,
    मतदान गरौँ अब धेरै साेचेर ।
    🌑दिनेश कोइराला

    [३३]
    भोट त माग्छन् नेताहरू नोट बाँडेर,
    चुनाव जितेपछि सबै जान्छन् छाडेर।
    🌑मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार, बिर्तामोड झापा

    [३४]
    धूर्तहरू सारा देशको सत्तामा बसे,
    भाग्य खोज्दै युवाहरू खाडीतिर पसे।
    🌑बि.कुलुङ
    दार्जिलिङ

    [३५]
    बत्तिसौँ वर्षदेखि जनता खाँदै आ’काछन् धोका,
    जन्ता नै छन् भेडाहरू बाँड आश्वासनका पोका ।
    🌑ईशहाक हुसैन
    जीतपुर सिमरा १४ बारा

    [३६]
    भोटको दिन भोज गर्छु काटी सुङ्गुर पाडा,
    चुनाव जित्न हर्कत गर्छु बन्छु गती छाडा।
    🌑नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [३७]
    गर्नु छ खेती फेरि पनि झुटको यहाँ चुनाव जित्नलाई,
    लुकाउन अनुहार कति पो लाग्छ पाँच वर्ष बित्नलाई ।
    🌑राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [३८]
    युवा जति विदेश पठाई लाउँछन् धेरै फुर्ती,
    त्यहीँ युवाकाे रेमिट्यान्सले मासु रक्सी र सुर्ती ।
    🌑छत्र शाही

    [३९]
    भोट माग्दा नेताहरू त, सोझासाझा हुन्छन्
    जितेपछि जनता चुस्न अनेक् जाल बुन्छ्न् ।
    🌑नवीन विष्ट

    [४०]
    जितायाै फेरि जिताऊ, देशलाई बनाउँछु तारा,
    वारिपारि बेसाउने, स्वयम् बनाउँछु सर्वहारा ।
    🌑टंक बहादुर आले
    त्रियुगा नगरपालिका, उदयपुर

    [४१]
    चुनाव जितेर जनतालाई विदेश तिर पठाऔँ,
    राज्यको ढुकुटी जति भ्रष्टहरू मिलेर नै पचाऔँ ।
    🌑विक्रम तिरूवा सलिन
    जुम्ला

    [४२]
    जनतामाझ गएर सुनाउँदैछौ आश्वासनका कुरा,
    जितेपछि गरिब जनतामाथि गर्छौ
    कि प्रहार छुरा ?
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [४३]
    सारा युवा पिँढी राेजगारकाे लागि विदेशतिर धाउने,
    देश खाली हुन लाग्याे नेता यहाँ चुनावका गीत गाउने।
    🌑शाेभा अाचार्य गाैतम
    काठमाडाै

    [४४]
    नसम्झ दुवालो फर्काई माछा मारेजस्तो
    सबैलाई थाहा छ, पाइदैन भिसा सस्तो ।
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया

    [४५]
    विदेश अनि खाडी पसी दु:ख गर्नु पर्दा,
    चुनावपछि दु:ख हुने भ्रष्टाचार गर्दा ।
    🌑लक्ष्मण देउवा
    आदर्श ५ डोटी

    [४६]
    भोट तेरो नोट मेरो भन्छौ सधैँ खाली, के देश बन्ला खै तिमीलाई भोट हाली ?
    🌑मिम पौडेल
    पोखरा -१७ बिरौटा

    [४७]
    भ्रम छर्ने मालिक भा’छन्, श्रम गर्ने नाेकर,
    कहिलेसम्म रहलान् नि हाम्रा यस्ता जाेकर ।
    🌑रामप्रसाद बेल्बासे ‘एक्लो यात्री’
    शीतगङ्गा-५,अर्घाखाँची
    हाल: बुद्धभूमि -३, कपिलवस्तु ।

    [४८]
    युवाहरू सबै विदेश लागे रित्तो बनाई गाउँ,
    बुढा नेताहरू देश बनाउन लड्दैछन् चुनाउ ।
    🌑दिपेन्द्र आचार्य

    [४९]
    नेता त्यो हो लिङ्ग छुटिएका बिचारका छक्का,
    नदी जस्तै भूगोल बेच्ने नेताका कुरा पक्का ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [५०]
    सुनो जित निश्चित है हमारी,
    तुम् लाेग् हमके कमारा कमारी ।
    🌑बासुदेव हुमागाई

    [५१]
    ढाँट्न छल्न सजिलो छ नेपाली सकल जन,
    छोड्नै मान्दैन सत्ताको मोहमा परेको मन ।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [५२]
    नेता तिम्राे त उता नि छ दसैँ आएको,
    यता हाम्राे त हेर साह्रै दशा लाएकाे ।
    🌑सुर्योदय दिपाली

    [५३]
    युवाहरूलाई विदेश पठाउँछु भनेर भोट माग्ने,
    नेपाल वृद्धआश्रम हो र घैटोमा घाम कहिले लाग्ने ।
    🌑दयावस सन्तोष दाहाल

    [५४]
    चुनाव अघिका कुरा, हाेला पूरा कति ?
    चुनावमा स्मार्टसिटी, आश्वासन जति।
    🌑राजन श्रेष्ठ

    [५५]
    फोस्रा गफ हाँक्छौ किन पचाएर शर्म ?
    जितेपछि तोडी हाल्छौ वाचा अनि धर्म ।
    🌑बाबुराम गौतम
    गुल्मी

    [५६]
    भाेट माग्न घर-घरमा नेताज्यू आए डुल्दै,
    जितेपछि देश जनता जान्छन् यिनले भुल्दै ।
    🌑दुर्गा भट्टराई
    मोरङ

    [५७]
    आफू बनेपछि अरूको किन गर्छन् र ख्याल ,
    आखिर सबैको उहीँ सत्ता हत्याउने चाल ।
    🌑गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    [५८]
    युवा जति विदेश खेद, देशमा आफैँ राज गर,
    देश चाहे भाँडमा जाओस् आफ्नोे चाहिँ भुँडी भर।
    🌑मित्र `उराठी´ गाैतम
    अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा-२, रुपन्देही

    [५९]
    खेदेर भुरा बने बाम,
    विषालु पानी गुम्यो नाम।
    🌑झलकभट्टराई
    झापा

    [६०]
    जनतालाई मिथ्या नेपाल सिंगापुर बनाउने सपना देखायौ,
    लुटेरा र भ्रष्टाचारीको रुपमा इतिहासमा आफ्नो नाउँ लेखायौ।
    🌑करन बहादुर शाह
    डडेल्धुरा

    [६१]
    नेताहरूको कुरामा, नबुझी नबजाऔँ ताली,
    राम्रो नेता चुनेर सबैले पठाऔँ यसपाली ।
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [६२]
    काम गर्ने जनशक्ति सबै विदेशतिर,
    मलामी नि पाईन्न यहाँ पर्नुपर्यो पिर ।
    🌑सरिता सेढाई
    धादिङ

    [६३]
    चुनावको बेला लाउँछौ आश्वासनको गगनभेदी नारा,
    सिंहदरबार छिरेपछि त किन कुरा बिर्सी जान्छौ सारा ?
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [६४]
    विदेश गई नकमाएसम्म घरमा छाक टर्ने छैन,
    नेताहरूको भाषण मात्र ठूला-ठूला माखो मार्ने हैन ।
    🌑रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !

    [६५]
    चुनावमा सधैँ ललिपप फ्याक्ने,
    सिद्धिएपछि अवश्य घाँटी ङ्याक्ने ।
    🌑युबकला पाण्डे
    रुपन्देही सिद्धार्थनगर

    [६६]
    धेरै सुनिन्छ यस्तो कुरा प्रत्येक चुनावको वेला,
    अब त जनताले पत्याउँदैनन् अति भयो रेला।
    🌑अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [६७]
    अहिलेनै हामीलाई मत दिएर हाम्रो विश्वास जित्नुस्,
    वैदेशिक रोजगारीमा पठाउँला तपाईं उतै बित्नुस्।
    🌑प्रदीप के रिमाल
    इटहरी, सुनसरी।

    [६८]
    हाम्रा युवा विदेश खेद्ने अझै धनकाे लाेभमा पारी,
    राेजगार देशमा नदिइकन ,खेद्ने समुन्द्र तारी ?
    🌑रामप्रसाद पुरी
    बादेल,खाेटाङ ।

    [६९]
    थियो जनता, भयो नेता, झुटको खेती मन परायो,
    खाएका ति वाचा कसम, मगज खुस्क्यो सब हरायो ।
    🌑
    यामनाथ आचार्य
    पर्वत

    [७०]
    ढँटुवा ती नेताले राष्ट्रको सम्पत्ति हाम,
    वाध्यता हाम्रो विदेशिनु छैन यहाँ काम ।
    🌑राजेन्द्र प्रधान ‘पासा’
    दार्जिलिङ, भारत ।

    [७१]
    खाली कुरा गरेर देशको विकास गर्ने,
    आफूले खनेको खाल्डोमा स्वयम् आफैँ पर्ने ।
    🌑सरस्वती श्रेष्ठ

    [७२]
    जे जे बोल्छौ बोलीहाल, आइसक्यो मङ्सिर चार,
    हेक्का राख त्यसपछि पक्कै हुन्छ वार कि पार ।
    🌑ख्यामराज खतिवडा
    सूर्योदय 7 कन्याम इलाम

    [७३]
    पुग्न त पुग्यौ तिमी सट्टामा, निर्दोषको घाँटी रेटी,
    के पुगेन अझै पनि किन खोज्दछौ कोसेली भेटी ।
    🌑दिनेशसंगम
    कैलाली

    [७४]
    कर्तव्य निश्चितै हो चाँडै बन्नलाई म नेता,
    मात्र भोट चाहियो, फेरि फर्किन्न यता तेता।
    🌑अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [७५]
    भन्दाखेरि अनेक थरी दलहरू भन्छन्,
    खाने बेला भएपछि सबै एउटै बन्छन् !
    🌑इन्द्रकुमार श्रेष्ठ
    कमलाकुञ्ज,ओखलढुङ्गा।

    [७६]
    सबै युवा विदेशीए सारा,
    भोट कसले हाल्दछ प्यारा ।
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [७७]
    आश्वासनका पाेका पनि हरे कस्ता कस्ता,
    चुनावैपिच्छे कुरा फेर्ने नेता बने सस्ता ।
    🌑प्रद्युम्न चालिसे
    देवघाट तनहुँ ।

    [७८]
    युवा जति विदेशमा बुढा-खाडा कति दाउने,
    बाँकी रहेका बिचराको पालो कहिले आउने ?
    🌑इन्दिरा गौतम

    [७९]
    नाटक पार्दै नेताहरू भाेट माग्न आउँछन् घरघर,
    चुनाव जितेपछि हेर्दैनन् कसैलाई, हुन्छन् परपर ।
    🌑उर्मिला के.शी
    धनकुटा

    [८०]
    जित वा हारपछि हाेला पहिलाे रह्याे नारा,
    काम तिमीले के गर्याै पहिला बताऊ सारा ।
    🌑कृष्ण अधिकारी
    विर्तामोड झापा

    [८१]
    देखावटी आश्वासन झुटमा खोज्छौ ताली,
    बुझेको छ साराले चुनावमा यसपाली।
    🌑सुरेखा चाम्लिंग राई
    भक्तपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५८ औँ शृङ्खला सम्पन्न

    उदक यात्री एवम् वरिष्ठ साहित्यकार आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • २४ कार्तिक २०७९, बिहीबार ०७:४१ मा प्रकाशित
  • 🌺 केही उदक 🌺
    —————– … ✍️ आर्त अकुलीन
    १
    तलाउ
    गहिरो खाडल
    माछा सर्पको आश्रय !

    २
    सत्यता
    हाम्रो वर्तमान
    पृथक रणनीति कार्यनीति !

    ३
    स्वार्थ
    दुनो सोझ्याउने
    चौतर्फी भुस्याहाकै चलखेल !

    ४
    शिशिर
    चिसो सिरेटो
    उकाली ओराली गोरेटो !

    ५
    बैशाख
    बगरको तृष्णा
    आखिर सागरको स्मरण !

    ६
    सपना
    मनको सागर
    निरन्तर पौडिने चाहाना !

    ७
    भिखारी
    भिख माग्ने
    खहरे बनेर हराउने !

    ८
    चुनाव
    बाघको मुख
    प्रत्येक मनमा हाउगुजी !

    ९
    पागलपन
    विकृत मानसिकता
    मन मष्तिस्कमा असन्तुलन !

    १०
    छेपारो
    बगैँचामा एक
    विचित्र चरित्र अनेक !


    देवाश्रम, कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री एवम् वरिष्ठ साहित्यकार आर्त अकुलीनका उत्कृष्ट उदकहरू

    छवि किरण अधिकारीका दमदार १२ मुक्तकहरू

  • २३ कार्तिक २०७९, बुधबार २०:४१ मा प्रकाशित
  • छवि किरण अधिकारीका दमदार १२ मुक्तकहरू

    १)
    हो तिमी नै मेरो तन मन जीवन भन्नेले!
    म मुटु तिमी चाहिँ मेरो धड्कन भन्नेले!!
    आज घर न  घाटको बनाएर गएकी छे,
    हिजो म  मुना तिमी  मेरो मदन भन्नेले!!

    २)
    हो एकपछि अर्को गर्दै लगातार आउँछ!
    एकाबिहानै बजारमा अखबार आउँछ!!
    विचरा गरीब भोकै मर्छ केही थाहा हुन्न,
    नेताज्यू घुम्न  गएको समाचार आउँछ!!

    ३)
    हजारौं कथा कहानी किताब पढेर!
    सकियो बरू जवानी किताब पढेर!!
    र पनि  अझै  बुझ्न  सकिएन साथी,
    के  हो  जिन्दगानी ? किताब पढेर!!

    ४)
    हो म साह्रै  बहकिन्छु, झरी परेको बेला!
    यादै यादमा तड्पिन्छु, झरी परेको बेला!!
    किसानले आफ्नो खेत बारीलाई सम्झेझै,
    म उनीलाई सम्झिन्छु, झरी परेको बेला!!

    ५)
    हो यो छाती त्यतिबेला चर्किएर आउँछ!
    रसाउँछन् आँखा आँसु दर्किएर आउँछ!!
    हजारौं सपना बोकी  परदेशिएको छोरा,
    जब  बाकसभित्र  घर फर्किएर आउँछ!!

    ६)
    खै  खुसीहरू   यसरी   कसले  भगाउँछ?
    यी   आँखाले  भने  आँसु  मात्रै बगाउँछ!!
    समयले चोटैमाथि चोट  दिन्छ हिजोआज,
    नियतिले ओखती भन्दै नुनचुक लगाउँछ!!

    ७)
    घाउ हेरेर अनि उठेका ठेला, हेरेर!
    हेरेर  चिसै  भिजेका परेला, हेरेर!!
    अझ धेरै दु:ख  पाउलास्  भन्छन् ,
    ज्योतिष हात हेरेर, हत्केला हेरेर!!

    ८)
    समयले  पनि  यसरी  नै  छल्छ होला कहिलेसम्म?
    तड्पिएरै नि जिन्दगी यो चल्छ होला कहिलेसम्म?? 
    छोडी  जाने  निष्ठुरीलाई  अझै  भुल्न  सक्या  छैन,
    यादै यादमा मन मुटु यो जल्छ होला कहिलेसम्म??

    ९)
    न छ  उपचार न छ  ओखती, यस्तै हुन्छ!
    जल्छ  मुटु, पोल्छ  भतभती, यस्तै हुन्छ!!
    न  दिनमा  भोक लाग्छ, न  रातमा  निद्रा,
    साँच्ची छुटेपछि माया पिरती,यस्तै हुन्छ!!

    १०)
    न चिन्ता  लिन्थे न पीर, यसैमा खुसी हुन्थें!
    एकदिन मर्नैछ आखिर यसैमा खुसी हुन्थें!!
    देशकै  लागि  जन्मेको  हुँ  देशकै   नाउँमा,
    चढाउन  पाएँ  यो  शिर, यसमै खुसी हुन्थें!!

    ११)
    आज यस्तो होला त्यतिबेला सोचेकै थिइनँ!
    समयले  यसरी  धोका  देला सोचेकै थिइनँ!!
    हिजो फूलसरी मन मुटुमा सजाएको मान्छे,
    आज  काँडा  भएर निस्केला सोचेकै थिइनँ!!  

    १२)
    न  त  वार  भएको छ, न त  पार भएको छ!
    आफ्नो जिन्दगी आफैलाई भार भएको छ!!
    मनको मान्छे एकाएक ढुङ्गा भई निस्केपछि,
    उसलाई  पगाल्ने  प्रयास बेकार भएको छ!!

    ✍️ छवि किरण अधिकारी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on छवि किरण अधिकारीका दमदार १२ मुक्तकहरू

    चित्रमा मुक्तक अभ्यास शृङ्खला- ५४ सम्पन्न

  • २२ कार्तिक २०७९, मंगलवार ११:०४ मा प्रकाशित
  • चित्रमा मुक्तक अभ्यास_शृङ्खला ५४ 🇳🇵

    साहित्य उन्नतिका लागि उत्साहजनक सहभागी भई मुक्तक राखिदिनु हुने सम्पूर्ण आदरणीय मुक्तककार ज्यूहरूमा सादर साधुबाद सहित नमन छ ।

    सहभागी मुक्तककारहरू र उहाँहरूका मुक्तक निम्न छन् ।

    ✍️मुक्तक 🇳🇵

    यो मन पनि दोमन हुँदा म भित्रको मलाई चिन्न सकिन
    विलापमा दु:खीहरू रुँदा म भित्रको मलाई चिन्न सकिन
    सम्झिएकै हो, विकृति र विसङ्गति कम गर्न तम्सिएकै हो
    यहीँ सबैको मर्मले नछुँदा म भित्रको मलाई चिन्न सकिन ।

    ✍️प्रेम थापा “मन “🇳🇵

    ✍️मुक्तक 🇳🇵

    म केवल मलाई मात्र हेर्छु
    अवसर पाए रङ्ग घसि फेर्छु
    दुनियाँ स्वार्थमा सबै त्याग्छ
    आफू बन्न देश चक्र व्यूहले घेर्छु।

          गणेश पौडेल
     कालिका ६ चितवन 

    ✍️मुक्तक 🇳🇵

    मनका कुरा नि:स्वार्थले भन्न दिनुस् मबाट
    जीवनको दर्शन, बाटो खन्न दिनुस् मबाट
    यसैले,म धेरै अघि बढ्नु छ मित्र, यी बुझ्नु
    र त, मलाई सधैं म बन्न दिनुस् मबाट ।

    प्रदिप नेपाली
    बिहादी ५ उराम,पर्बत।

    ✍️मुक्तक 🇳🇵

    म के हुँ म को हुँ भन्दै आफू भित्रको म चिन्न सके राम्रो
    मन् भरी रहेका कलुषित अहंकारी भावना छिन्न सके राम्रो
    बल्ल बल्ल पाएको मनुष्य चोलालाई हामीले
    सधैं सत्मार्गमा लगाई सत्यको बाटो हिंड्न सके राम्रो।
    सरस्वती श्रेष्ठ इटहरी

    ✍️मुक्तक 🇳🇵

    खराबलाई खराब राम्रोलाई दामी भन्नुपर्छ
    जो चर्चामा रहन्छन् उसलाई नामी भन्नुपर्छ
    रत्तिभर घमण्ड गर्नु हुँदैन कुनै पनि कुरामा,
    जहिल्यै आदर गर्दै म होइन हामी भन्नुपर्छ ।

    वसन्त अनुभव
    घोराही- १४, दाङ

    ✍️मुक्तक 🇳🇵

    म बाहेक अरु देखेनौं र पो यस्तो भयो हाल
    त्यसैले त इमान्दारिताको सस्तो भयो सवाल
    कहिले यता ठिक्क कहिले उता ठिक्क तिमी
    सदाचार हराए पछि अवसरवादको बुन्यौ जाल।
    निर्मला सुवेदी,बागलुङ।

    ✍️मुक्तक 🇳🇵

    आफुलाई संसारको सबभन्दा जान्ने हु भन्छ
    सबैले मेरा अगाडि शिर निहुर्याइ मान्ने हु भन्छ
    घमण्डले सानातिनालाई भुसुना सम्म सम्झदैन
    अर्काको मार्कालाई सहयोग गर्न छान्ने हु भन्छ
    अम्विका अधिकारी
    झापा विर्तामोड

    ✍️मुक्तक 🇳🇵

    के पढाए कुन्नि राम्रो म भन्छन्
    अरूलाई भुसुना मात्र गन्छन्
    चल्दैन यसरी जीवन, बुझ्नुपर्ने
    अझै नि अरूको खोइरो खन्छन् ।

    सविता के.सी., काठमाडौँ ।

    ✍️मुक्तक 🇳🇵

    राम्रो कामको लागि हामी सधैं लागि पर्नु पर्छ
    यसको लागि सर्वप्रथम शुरु म बाटै गर्नु पर्छ
    म पछि अनि अर्को धेरै म थपिएर हामी बन्छौ
    थोपा थोपा मिलेर ताल होइन सागर भर्नु पर्छ।
    -पशपति राई खोटाङ्ग

    ✍️मुक्तक 🇳🇵

    दोष सबै अरूलाई बोकाई म ले आफूलाई ज मा छ
    मुखले फैसला सुनाए पछि आत्माले म लाई स मा छ
    झुट खेतीको फसल खान्छन दुनियाँलाई रिस पोखाई
    चोर अौँला ठड्याए तीन अौँलाको खवरदारी म मा छ ।

    ” जिज्ञासु ” पन्त
    लमजुङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on चित्रमा मुक्तक अभ्यास शृङ्खला- ५४ सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७६औँ भाग शनिबार सम्पन्न

  • १९ कार्तिक २०७९, शनिबार १७:३४ मा प्रकाशित
  • काठमाण्डौँ, १९ कार्तिक । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७६औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    photo: social media

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓
    [१]
    चुनाव
    जनको तनाव
    कहाँ लाउने छाप ?
    🌑 वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    चुनाव
    खोक्रो आश्वासन
    जनताको आँखामा छारो !
    🌑खेमराज पुरी
    कैलाली

    [३]
    चुनाव
    मनको शङ्का
    विकासको नाममा कलङ्क !
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [४]
    नेता
    बोकेर खोट
    माग्दै हिडेका भोट !
    🌑दुर्गा तामाङ
    संखुवासभा

    [५]
    निर्वाचन
    दहीचिउरे नेता
    पाँच वर्षे जागिर !
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [६]
    नेता
    आए दैलोमा
    छेपारोझैँ रङ्ग फेरेर !
    🌑मंगला आचार्य उपाध्याय
    बारा कलैया १

    [७]
    झुठा
    बोकेर आश्वासन
    बाँड्दै नेता घरघरमा !
    🌑सुशीला पौडेल

    [८]
    चुनाव
    कुर्सीको खेल
    नेतृत्वमा सधैँ जालझेल !
    🌑रमा पन्त
    पाल्पा

    [९]
    चुनाव
    नजिती नहुने
    नेतालाई साह्रै तनाव !
    🌑पशपति राई
    खोटाङ्ग

    [१०]
    घरदैलो
    घरघरमा उपस्थिति
    नेताहरूको अहिलेको स्थिति !
    🌑सविता के.सी.
    काठमाडौँ ।

    [११]
    निर्वाचन
    जनताको इच्छा
    नेता छान्ने परीक्षा !
    🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [१२]
    भिखारी
    भिख माग्ने
    खहरे बनेर हराउने !
    🌑आर्त अकुलीन
    कैलाली

    [१३]
    भोट
    जनताको खोस्ने
    वर्षौसम्म गाउँदेखि गायब ।
    🌑 साहित्य प्रेमी सलिन

    [१४]
    हिजोआज
    नमस्कार मुखले
    जनता मर्छ दु:खले
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [१५]
    उदक
    मतलब
    खत्तम यहाँ
    अवसर पाएपछि तत्काल ।
    🌑निर्मला सुवेदी
    बागलुङ।

    [१६]
    चमत्कार
    गर्छौँ नमस्कार
    आउॅंछौँ लिएर बहार ।
    🌑म्यामराज राई,
    भोजपुर।

    [१७]
    आयो
    चुनाव हेर
    दौडधुप हुने धेर ।
    🌑रसज्ञ छहरा
    कावासोती -३ नवलपुर

    [१८]
    नमस्कार
    भोटको साइनो
    जनता बनाउने दाहिनो !
    🌑अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [१९]
    चुनाव
    भ्रमको खेती
    सोझा जनताको क्षति ।
    🌑ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।

    [२०]
    चुनाव
    लाजको पसारो
    जनताका आँखामा छारो !
    🌑श्रीकृष्ण शर्मा
    पोखरा

    [२१]
    सदाबहार
    उहीँ अनुहार
    पुग्यो अब विकार !
    🌑कृष्ण जोशी
    हाल मेरिल्याण्ड अमेरिका

    [२२]
    नेता
    चुनावमा घरघर
    चुनाव सकिए परपर ।
    🌑बिके माकजु

    [२३]
    झर्को
    जनतालाई बर्को
    अस्थिरता रोप्नेको लर्को ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [२४]
    नेताजी
    भाेटकाे आशा
    जनतालाई सधैैँ निराशा !
    🌑नवराज भट्ट
    कञ्चनपुर

    [२५]
    निर्वाचन
    लामो यात्रा
    जितेपछि पुरानै जात्रा !
    🌑आशा भण्डारी

    [२६]
    नेता
    जनताको चाहाना
    यता न उता ।
    🌑दुर्गा भमरकोटे

    [२७]
    भोट
    छानेर राम्रो
    होस् सदुपयोग हाम्रो
    🌑सिंगर

    [२८]
    मगन्ते
    झोली बोक्दै
    गाँउ सहर फिरन्ते !
    🌑शारदा गौतमआचार्य
    लालितपुर !

    [२९]
    भोट
    मागिन्छ भिख
    जनतालाई थुपार्न चोट !
    🌑देव खनाल

    [३०]
    नेताजी
    लाज पचाएर
    माग्न आउँछन् भाेट !
    🌑उर्मिला के.शी
    धनकुटा ।

    [३१]
    मतदान
    सुपात्रमा हान
    पछि कुर्सी तानातान ।
    🌑गोपे दाजु,
    पाँचथर ।

    [३२]
    फिरन्ते
    माग्नलाई सिपालु
    लाज पचेका विषालु !
    🌑मनोज थापा

    [३३]
    घरदैलो
    दाजुभाइ भन्ने
    चुनाव सकिए नचिन्ने !
    🌑धनमाया चौधरी
    कैलाली

    [३४]
    स्वदेश
    शाश्वत परिवेश
    टाउकाको दानवीय भेष !
    🌑तोया घिमिरे
    शङ्खमूल, काठमाडौ ।

    [३५]
    मतदान
    राज्यसंयन्त्रको छनाैट
    कुमार्गमा चुनावी परिदृश्य ।
    🌑नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [३६]
    चुनाव
    झुठो आश्वासन
    कमाइ खाने भाँडो !
    🌑देवकी केसी

    [३७]
    नेता !
    यतिन्जेल कता ?
    चुनाव हुँदा यता !
    🌑मानन्धर रमेश

    [३८]
    लुटेराहरू
    देश गाउँघर
    अहिलेको बढ्दो बिगबिगी!
    🌑चक्र आलेमगर “लाफा”
    कैलाली

    [३९]
    नमस्कार
    झुटाे आश्वासन
    कस्ताे बस्याे संस्कार !
    🌑राेशन पराजुली,धरान।

    [४०]
    नेता
    चुनावी दाउ
    पर्दै जनताको पाउ !
    🌑श्रद्धा आचार्य
    पोखरा

    [४१]
    नेताकाे
    राजनीति पेसा
    देशकाे भयाे दुर्दशा !
    🌑सुधा बाँस्कोटा ढकाल

    [४२]
    भोट
    लाज पचाएर
    माग्न आउँछन् घरघर ।
    🌑धर्मी शाक्य
    बुटवल ,रुपन्देही ।

    [४३]
    नेता
    देशको ढुकुटी
    खाने गर्दै दाउ ।
    🌑प्रदिप नेपाली
    बिहादी ५ उराम,पर्बत।।

    [४४]
    नेता
    बेभरका मान्छे
    गर्दै साठगाँठ जतातता !
    🌑घनश्याम पौडेल
    पोखरा

    [४५]
    नेता
    गर्छन् नमस्कार
    भोट खसाउँने बेलामा ।
    🌑सरस्वती श्रेष्ठ
    इटहरी

    [४६]
    नेता
    लाउँदै हाउभाउ
    चुनाव जित्ने दाऊ !
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया

    [४७]
    नेता
    भए पथभ्रष्ट
    देश जनता त्रस्त !
    🌑प्रद्युम्न चालिसे
    देवघाट तनहुँ ।

    [४८]
    नियति
    भोग्दैछौँ हामी
    नेपाली राजनीति संस्कार !
    🌑कण्ठराज गिरी
    टीकापुर

    [४९]
    ढोँगी
    नेताहरूको स्वभाव
    स्वार्थमा लिप्त रोगी ।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [५०]
    देश
    जोगीको भेष
    पाँच वर्षको परिवेश !
    🌑हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [५१]
    नेता
    जनताका व्यथा
    जोड्दै मस्तिमा जेथा !
    🌑टिकाराम पुन मगर

    [५२]
    नेता
    कमाउने पेशा
    देशको पारे दुर्दशा ।
    🌑दुर्गा भट्टराई
    मोरङ

    [५३]
    ङिच्च
    दाँत देखाउँदै
    नकच्चराहरू भोट माग्दै !
    🌑महानन्द भट्ट
    कंचनपुर

    [५४]
    चुनावी
    लहर हात
    जोड्दै बाचा तोड्दै !
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [५५]
    माग्दै
    जिब्रो फट्कार्दै
    आयाै बिचरा हाम्फाल्दै !
    🌑रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [५६]
    चुनाव
    शकुनि प्रवृत्ति
    चक्रव्यूहमा फसाउँदै देश ।
    🌑कमला

    [५७]
    नेताका
    वृद्ध अनुहार
    विश्वास हराए रोजगार !
    🌑भगवती दवाडी

    [५८]
    नेता
    भोटका भोगी
    सदैव कुर्सीका लोभी।
    🌑सरस्वती श्रेष्ठ

    [५९]
    चुनाव
    भोट तपाईको
    नोट मेरै कमाइको !
    🌑हिरा तामङ
    काभ्रे (महाभारत-7 आहाले बाँस्पुर)

    [६०]
    क्षणिक
    वसन्त बहार
    वर्षाउँदै नमन बारम्बार !
    🌑कमला देवकोटा
    पाल्पा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७६औँ भाग शनिबार सम्पन्न

    उदक यात्री सुधा बाँस्कोटा ढकालका उत्कृष्ट उदकहरू

  • १८ कार्तिक २०७९, शुक्रबार १३:५५ मा प्रकाशित
  • उदक यात्री सुधा बाँस्कोटा ढकालका उत्कृष्ट उदकहरू –

    १
    हरिबाेधिनी
    एकादशी पर्व
    सम्पूर्ण हिन्दुहरुकाे गर्व !

    २
    हरि
    ब्रम्ह तत्त्व
    जीवनकाे अमूल्य सार !

    ३
    ध्यान
    स्वयंकाे खाेज
    आध्यात्मिक चिन्तन मनन !

    • सुधा बाँस्कोटा ढकाल, काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सुधा बाँस्कोटा ढकालका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग चित्रपट अभ्यास शृङ्खला-१६ सम्पन्न

  • १८ कार्तिक २०७९, शुक्रबार १०:३३ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग:-१६
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०७/१६ देखि १७ गते ८ बजे साँझसम्म।

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको १६[सोह्रौँ]  चित्रपटमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

              
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रवर्तक तथा परिकाल्पनाकार
    =================
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    सह प्रवर्तक
    =======
    सुशीला पौडेल

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    तोयानाथ सुवेदी

    चित्र संकलन गुगलबाट

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    शुद्धीकरण
    ————–
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    सङ्कलक :-
    ———-
    दुर्गा आचार्य & सुशीला पौडेल

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजन
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    पञ्चाङ्ग   ०१

    घर  गोठ   ढलेकोछ       गरिबको ।
    आगो   पनि   बलेकोछ   गरिबको ।
    बाढी आयो आँधी आयो नेता कता ,
    घर  धनी       गलेकोछ   गरिबको ।
    यस्तै   यस्तै   चलेकोछ   गरिबको ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।

    पञ्चाङ्ग    ०२

    दयनीय अवस्था कति देख्नु पर्छ यहाँ ।
    नेताले सकेसम्म  आफैलाई गर्छ यहाँ ।
    चुनाव नै जित्न बन्दुकबाट गोलि चल्छ ,
    दु:ख पर्दा नेता गोठमा किन सर्छ यहाँ ।
    गरिबको जस्तो दु:ख कसरी टर्छ यहाँ ।

    ✍️शन्जना शर्मा, लमही दाङ ।

    पञ्चाङ्ग   ०३

    गोठमा गाई बाँध्ने पारा राम्रो ।
    उसैले खाने घाँस चारा राम्रो ।
    दूध  यिनको  अमृत समान ,
    छेउमा राखेको खै धारा राम्रो ।
    यसरी गाई पाल्नु सारा राम्रो ।

    ✍️भगवती दवाडी ,झापा ।

    पञ्चाङ्ग  ०४

    गुजारामुखी भएर गोठमा चलाउँछ किसान ।
    थोरैथोरै भएपनि अाम्दानी फलाउँछ किसान।
    जसोतसो  गरेर  परिवार  पाल्नु  पर्छ  बिचरा,
    दुःख दुःखैमा  जीवन  यसरी  गलाउँछ किसान।
    खै!कहिले हो समृद्धिको दिन पलाउँछ किसान।

    ✍️होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग   ०५

    गरिबको  झुपडी छ  बाँचेकै छौँ  सबै।
    गाई  भैंसीहरू  पनि साँचेकै छौँ  सबै।
    हामीले  दु:ख सुख  गरी खाएता पनि,
    खुसीसाथ मिलीजुली नाचेकै छौँ सबै।
    बारुले  कम्मर  पनि  भाँचेकै छौँ  सबै।

    ✍️मल्ल लक्ष्मी श्रेष्ठ, मेची किनार
    बिर्तामोड झापा ।

    पन्चाङ्ग   ०६

    गजबका दिन आएछन्  हेर साथी ।
    चुनाव आयो नयाँ  लुगा फेर साथी ।
    म पुरानो  विचार    फेर्छु यसपालि ,
    थोरै   नैतिकता  हुनेले   टेर साथी ।
    नहुनेहरू   न आऊ   म नेर साथी ।

    ✍️देवी पन्थी ।

    पञ्चाङ्ग   ०७

    मेरो त घर     गोठको छानो हरायो ।
    गर्दा   गर्दै   हेर   मेरो  मानो हरायो ।
    दरिद्रता छायो खालि मलाई हो कि ,
    घरको  मुली  नहुँदा   रानो   हरायो ।
    गोठमा पालेको पाठो  सानो हरायो ।

    ✍️संगिता शर्मा, सिन्धुली ।

    पञ्चाङ्ग   ०८

    पूर्व झुल्किने बिहानीको आस राम्रो ।
    सन्तोषले फेरिने  स्वच्छ सास राम्रो ।
    लिनु र दिनु के   नै छ  र आखिरीमा,
    मिलेर   खुसीले खाएको गास राम्रो ।
    महल  भन्दा  झुपडीको  बास राम्रो ।

    ✍️आर्त अकुलीन, कैलाली ।

    पञ्चाङ्ग   ०९

    चुहिने खरको छाना जसो तसो बाचिएको छ ।
    त्यहीँ भित्र गाई भैँसीहरुपनि साचिएको छ ।
    परिश्रमी बन्दै दुई छाक मीठो मसिनो खान्छौ,
    परिवारमा मिलिजुली कम्मर भाचिएको छ ।
    पर्व आउदा मिलेर सद्भावले नाचिएको छ।

    ✍️दुर्गा रिजाल आचार्य, मोरङ ।

    पञ्चाङ्ग   १०

    बारीको गोठपनी भत्केर गयो कसरी छाउने हो।
    विदेश तिर गएको छोरो पनि कहिले आउने हो।
    गोठ भत्किएकोले नै भित्र बस्तु बान्न पाएको छैन,
    मलजल गरेर सागसब्जी पो कहिले लाउने हो।
    कहिले आउँछ सुख घर गोठ कसरी धाउने हो।

    ✍️बेदु न्यौपाने काठमाडौ ✍️

    पञ्चाङ्ग   ११

    खरले बनाएकाे त्यो  गाेठ पल्टिँन आटेकाे छ।
    भर्खरै  जन्मेको बाच्छीलाई गाईले चाटेकाे छ।
    न छेक्दछ हावा यसले   न त पानी नै छेक्दछ,
    कठै ग्वाला र गाईले  दुखैमा दिन  काटेकाे छ।
    गाेठ मात्र नभई ग्वालाकाे वस्त्र नि फाटेकाे छ।

    ✍️मनिषा विष्ट, मेचिनगर १५ फुलमासी ।

    पञ्चाङ्ग   १२

    घामपानी लागेपनि पानी परेपनि सम्झना आइरहने गरायौ ।
    सन्तानले छोडेर गएपनि माया त लाइरहने गरायौ ।
    उध्रेको घरको छानो भत्केको गाह्रो टाल्न विदेशीएको छोरो,
    भित्तामा राखेको तिम्रो तस्विरले निन्द्रा लाइरहने गरायौ ।
    कहिले आउलान् सन्तानको यादहरू छाइरहने गरायौ ।

    ✍️कला ढकाल, झापा [झापाली] ।

    पञ्चाङ्ग   १३

    पौरखी यि हात गोठमा चलाएर खान्छौं ।
    हाम्रा पाखा बारीमा अन्न फलाएर खान्छौं ।
    पर्दैनौ  अरुको भर  स्वाभलम्बी भएर ,
    रगत  पसिनाले  माटो  गलाएर खान्छौं ।
    सिमा मिच्न आउनेलाई ढलाएर खान्छौं।

    ✍️तारा घिमिरे , संखुवासभा ।

    पञ्चाङ्ग  १४

    झुपडीमा गरिबको वास हुन्छ सधैँ।
    देखेर मन कति हो कति रून्छ सधैँ।
    गरिबीको उत्थान गर्छौ हामी भनेर,
    नेताहरू चै अग्ला शहर  घुम्छ सधैँ।
    यो देखेर मुटु मेरो अब छुन्छ सधैँ ।

    ✍️सीता शर्मा पन्थी /बिरगंज ।

    पञ्चाङ्ग   १५

    भाग्यले छेल्यो कर्मले ठेल्यो झुप्रो नी लड्यो है।
    छाउँ ता खर छैन नी  मेरो  दुःख पो बड्यो है।
    गरिबी पन छैन नी धन भोकको ज्वालाले ,
    दन्दनी बल्छ पेटको आगो झन्के रिस्चड्यो है ।
    गरिब  भएँ   दिनानुदिन   जिन्दगी सड्यो है .

    ✍️गुणनिधि घिमिरे, अमेरिका ।

    पञ्चाङ्ग   १६

    चुनाव आयो  दियौं भोट पनि।
    मन भित्र न   राखी खोट पनि।
    हात्थिछापलाई   मन्त्री  बनायौँ,
    जिताउँन त  खायौं  चोट पनि।
    सुध्रिएनन् दियौं त्यो नोट पनि।

    ✍️सुरेशकुमार पान्डे, दाङ घोराही१८।

    पञ्चाङ्ग   १७

    बासको लागि एउटा कुटी रहेको छ मेरो ।
    यसैमा सारा संसार  जुटी रहेको छ मेरो ।
    एकतालाई जोड दिनुपर्नेमा आजभोली ,
    छिमेकीका सहारा त छुटी रहेको छ मेरो।
    सबै छोडे  एक्लै दिल टुटी रहेको छ मेरो ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।

    पञ्चाङ्ग   १८

    हावाहुरी घाम र पानी छेल्नु पर्छ मैले।
    चुल्हो बाल्न सयौँ पापड बेल्नु पर्छ मैले।
    झुत्रेझाम्रे लाउनु छ भत्केका छन् घर गोठ ,
    गरिबीको खेल किन खेल्नु पर्छ मैले।
    मुटु चिर्ने पीडा कति झेल्नु पर्छ मैले ।

    ✍️श्रीकृष्ण शर्मा, पोखरा ।

    पञ्चाङ्ग   १९

    आज यहाँ नयाँ नेपाल  नाम मात्र भयाे ।
    ठुलो चलखेल दैनिकी काम मात्र भयो ।
    खाेइ कृषिको बजेट   अनि गाेठ सुधार ,
    सबै पुरानो पारा नयाँ  खाम मात्र भयो ।
    संविधान कार्यन्वयन   जाम मात्र भयाे ।

    ✍️भवानी घिमिरे,सर्लाही ।

    पञ्चाङ्ग   २०

    राम्रो बानी सिक्नु पर्यो खराब जति सबै  छोडिनु पर्छ।
    अर्काको खेत कति खन्ने अब आफ्नै मकै गोडिनु पर्छ।
    जाँगर  चलाए  त  यही माटोमा उब्जन्छ नि अर्गानिक ,
    बिदेशिएका  पाइला  अब  स्वदेश  तर्फ  मोडिनु  पर्छ।
    अब   घर  सङ्गै  गोठ, गाउँ  सङ्गै  शहर  जोडिनु  पर्छ।

    ✍️पशपति राई , खोटाङ्ग ।

    पञ्चाङ्ग   २१

    औषधि अति नमीठो हुन्छ भन्दछन् खानेले।
    कहिले बित्ला भनेर पला  गन्दछन्  खानेले।
    बिहान हुॅदा खाॅदिन भन्छ बेलुका तड्पिन्छ,
    बिरालो जस्तो भए नि सिंह बन्दछन् खानेले।
    ऑफूले हिॅड्ने कुबाटो ऑफै खन्दछन् खानेले।

    ✍️घनश्याम पौडेल, पोखरा ।

    पञ्चाङ्ग   २२

    देशको हालत कस्तो भयो बाटोमा परेका छन् ।
    नेताहरू जति सबैले आफ्नै खल्ती भरेका छन् ।
    भ्रष्टाचार मौलायो गणतन्त्र र बहुदलले ,
    कामको खोजिमा युवा तराइतिर झरेका छन ।
    ट्वाल्ल  नेता पर्दै जनतालाई के गरेका  छन्  ।

    ✍️जानुका गौतम, काठमाडौं ।

    पञ्चाङ्ग   २३

    भाग्यले ठगेको देशमा बाचेका छौं।
    भष्ट नेताहरू पछाडि नाचेका छौं।
    आकाशे फलको आसामा उम्मिद छ,
    सत्यताको लागि जीवन साचेका छौं।
    मेहनती बनि कम्मर भाचेका छौँ।

    ✍️शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा ।

    पञ्चाङ्ग   २४

    छाप्रो भन्दा गोठ राम्रो छ।
    दुध भन्दा छुर्पी चाम्रो छ ।
    यहि गरिबको चिनारी ,
    दुध बेच्ने बानी हाम्रो छ । 
    खुट्टा भाँचे बाँध्ने काम्रो छ ।

    ✍️धनमाया चौधरी, कैलाली ।

    पञ्चाङ्ग   २५
    [०१]
    बस्नको लागि यहाँ  एउटा घर छ मेरो ।
    यही झुपडी छाउने थोरै खर छ मेरो ।
    मलाई त शहर भन्दा गाउँ मन पर्छ ,
    त्यसैले यहाँका छिमेकीकै भर छ  मेरो ।
    अन्तमा  एक्लै हुँला  भन्ने डर छ मेरो।
    [०२]
    सानो खरको छानोमा जसोतसो बाँचिएकै छ ।
    त्यही छानो भित्र गाई बस्तु पनि सांचिएकै छ ।
    मिहिनतले  दुई छाक त मिठो मसिनै खान्छौँ ,
    त्यही सानो झुपडीमा माया प्रीति गाँसिएकै छ ।
    हरेक  चाडपर्वमा  मिलीजुली हाँसिएकै छ ।

    ✍️दुर्गा भट्टराई , मोरङ।

    पञ्चाङ्ग  २६

    आज म जता त्यतै चक्का जाम देख्छु।
    हेर्नू हुलाकमा त खाली खाम देख्छु।
    कठै त्यो दिन  र आज कति  फरक,
    तैछाड मैछाड नै खुले आम देख्छु।
    आफ्नो फोटो राखी  अरूकै नाम देख्छु।

    ✍️कमला , झापा ।

    पञ्चाङ्ग   २७

    यस्तै गोठ अनि यस्तै घर छ हाम्रो।
    गाई-बस्तु र बाख्राको भर छ हाम्रो।
    चौपाया तल राख्छौँ थारामा छौँ हामी,
    दुःखै सही खानलाई तर छ हाम्रो ।
    चुहिए छानो छाउन खर छ हाम्रो।

         ✍️अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग   २८

    खनी   खोस्री   गर्ने   एउटा पाटो छ हाम्रो।
    धन आर्जनको   चौपाय      बाटो छ हाम्रो।
    खरकै छानो भए पनि ओत लाग्ने ठाउँ छ,
    अन्न बाली    फलाउन उर्बर माटो छ हाम्रो।
    जे जस्तो भए पनि पुर्खौली खाटो छ हाम्रो।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।

    पञ्चाङ्ग   २९

    जाँदैन  बाहिर  पानी  यस्तै छ हजुर।
    दर्दनाक  जिन्दगानी  यस्तै छ  हजुर।
    कतिबेला  उड्छ  हावा, हुँरीसँगै घर,
    तब  मेटिन्छ  कहानी  यस्तै छ हजुर
    सकिन्छ बस्ने र खानी यस्तै छ हजुर ।

    ✍️वसन्त अनुभव, घोराही, दाङ ।

    पञ्चाङ्ग   ३०

    त्यही पुरानो खरको झुपडी पर्छ मन।
    जन्मे र हुर्केको माटोले मेरो हर्छ मन।
    पखेटा हालेर जहाँ जहाँ उडे तापनि,
    गाउँको गाउँले जीवनमा नै सर्छ मन।
    गाउँमै हासी खुसी  रमाउदै टर्छ मन।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट अभ्यास शृङ्खला-१६ सम्पन्न

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५७ औँ शृङ्खला सम्पन्न

  • १८ कार्तिक २०७९, शुक्रबार ०७:४७ मा प्रकाशित
  • काठमाडौ, १२ कात्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५७ औँ शृङ्खला कार्तिक ५ गते शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ८३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५७ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    सकियो तीज सकियो दसैँ सकियो तिहार,
    खाडल पुर्न पुगेन पैसा पठाऊ पियार ।

    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    नहेरी घाँटी निल्दछौ हाड पछुतो अड्किँदा,
    उड्दछ सारा सपनाहरू जीवन पड्किँदा ।
    🌑वसन्त अनुभव
    घोराही- १४, दाङ

    [२]
    जानिनँ मैले काम गर्न भन्छ कसरी कमाउ,
    हजार झुट चुट्कीमै बोल्छौ नेता भई रमाउ ।
    🌑सुदिप कुइकेल

    [३]
    मन जलेको छ कसरी निभाउँ,
    भएँ म खरानी कसरी भिजाउँ ।
    🌑सन्जना
    शर्मा दाङ लमही।

    [४]
    गरेर सिको फजूल-खर्ची तिहार मनायौ,
    भएन सुको कसरी पुर्ने खाडल बनायौ।
    🌑ख्यामराज खतिवडा
    सूर्योदय ७ इलाम

    [५]
    कसरी चल्छ जिन्दगी सानू पैसामा रुँझेर,
    रमाउँनू घरको दुःख व्यवहार बुझेर ।
    🌑निर्मला खत्री
    ओखलढुंगा

    [६]
    तिहार भनेर नाँच्छन् र गाउछन् दक्षिणा मागेर,
    हुनेले देला नहुने गरिब कहाँ जाने भागेर ।
    🌑दुर्गा तामाङ
    संखुवासभा

    [७]
    हाैसिई खायाै तम्सिई लायाै अगाडि हेरेनाै,
    नहेरी घाँटी हाड त्याे निल्ने बानी नै फेरेनाै ।
    🌑त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [८]
    धेरैको हाँसेरै मन जित्ने,
    दुश्मनहरू सबै नै बित्ने।
    🌑सुशीला पौडेल

    [९]
    जिन्दगीमा कहिले सिकाएनौ हार्न,
    आँसु के हो भनेर सिकाएनौ झार्न ।
    🌑भगवान श्रेष्ठ
    आँबु खैरेनी,३ तनहुँ

    [१०]
    छैन खुसी छैन आनन्द, नत छ मन स्थिर,
    साहुको ऋण, कसरी तिरूँ छ मनमा पिर ।
    🌑 हिरा सारू मगर
    बौदीकाली-६, नवलपुर!

    [११]
    घडेरी बेची चुनाव लड्यौ, तैपनि जितेनौं,
    ऋणको भार बोकेर हिड्यौ, पिरले बितेनौ ।
    🌑अजय कुमार झा
    महोत्तरी, जलेश्वर,

    [१२]
    सम्झिई तिम्रो वचन भक्क हुन्छ छाती,
    कोपिला मै झर्ने फूल नफुलेकै जाती ।
    🌑टंकबाबु बि.सी.
    तुर्माखाँद ३ अछाम
    सुदूरपश्चिम प्रदेश

    [१३]
    दसैँ तिहारमा खाएर मस्ती रमाइलो भयो,
    फजुल खर्च गर्नाले खेतबारी सबै नै गयो ।
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर थिमी५सङ्गम काेलाेनी भक्तपुर ।

    [१४]
    घाँटी सानो हुनेले भन्छन् किन निल्नु ठूलो हाड,
    के गर्नु समाजमा गिरी मान्नु नि भएन चाड ।
    🌑शंकर कार्की
    थाहा नगरपालिका ३मकवानपुर।

    [१५]
    तीज, दसैँ, तिहार दुःख सुखमै बित्यो, अब आउँदै छ छठ पर्व,
    छठी मैयाले दुःख पीडा व्यथा हरण गरून्, मन मुटुमा होस् गर्व ।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [१६]
    कमाएकाे पठाएँ सबै खर्च बढ्याे अति,
    फुर्मास गर्दै हिड्छे स्वास्नी हुने भाे दुर्गति ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [१७]
    दसैँ, तिहार छोडी गए, छोडे अभावको दरार,
    सुल्झाउँनै पर्यो साहुको अब, पैसाको व्यवहार ।
    🌑अबजस चन्द्र
    झापा

    [१८]
    जिउ ज्यान हेर्दा खुबै रै’छ ज्याङ्गो,
    भयो भ्रष्ट त्यो बुद्धि देखेँ नि नाङ्गो ।
    🌑अन्जु तिमल्सिना घिमिरे
    गोदावरी १० ललितपुर

    [१९]
    पियारी अब घरमा आउन एक वर्ष ढिलायो,
    तलब जम्मै तिहार पर्वमा कहाँ कहाँ बिलायो ।
    🌑कर्ण दयाल सोराडी
    मेलौली नगरपालिका ७ ,बैतडी

    [२०]
    खादाको बखतमा देखेनौ आँखा हसुर्‍यौ त्यसरी,
    साथीको फिर्ता गर्नु छ यसपालि पठाऊँ कसरी ?
    🌑प्रदीप के रिमाल
    इटहरी, सुनसरी।

    [२१]
    हुनेलाई धनमाथि धनैको छ थाक,
    कति छन् गरिब टुटेको छ छाक ।
    🌑चक्र सुब्बा
    पश्चिम बंगाल पथरझोरा

    [२२]
    पर्वहरू त सकिएर गए हजुर अब याे वर्ष दिनलाई,
    कसरी तिराैँला चाडबाड उतार्न लागेका दुखीको रिनलाई ।
    🌑शाेभा आचार्य गाैतम
    काठमाण्डौँ

    [२३]
    कसरी पठाउँ, सकिनँ टिप्न, रुखैको पातैमा,
    अर्को सालसम्म आउँला घर, पैसाको साथैमा ।
    🌑मनोज खत्री अछामी

    [२४]
    इज्जत थाम्न मान्नुनै पर्दछ चाडबाड हजार,
    पहिचान हाम्रा संस्कृति राम्रा तीज दसैँ तिहार ।
    🌑बिबस पारदर्शी
    भद्रपुर झापा

    [२५]
    नगरी देखासिकी चाडपर्व मनाउँदैथेँ धन्न,
    सकियो पैसा तिहारमा हेर चाडैँ पठाऊ टन्न ।
    🌑भगवती दवाडी
    झापा

    [२६]
    म परदेश छोरा-छोरी घर,
    खाऊँ सक मरी लानु के छर ।
    🌑यामनाथ आचार्य
    पर्वत

    [२७]
    घाँटी सानो थाहा पाउँदापाउँदै किन पो ठुलो खानु,
    पछिको कुरा थाहा नहुनेले बेलैमा टुट्ला नि मानु।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप:सुनापति-१
    हाल:बोस्टन,अमेरिका।

    [२८]
    नसकियोस् जिन्दगी नसकियोस् समय,
    सकिनु पर्ने सकिन्न कुरा कतिपय ।
    🌑मदनमणी थुलुङ राई
    सोलु दुधकुण्ड नगरपालिका ११ तिङ्ला।

    [२९]
    नेपाली धर्म संस्कार कर्म कसरी मनाऊँ,
    पियारालाई खल्तीको पीडा कसरी जनाऊँ !
    🌑रचना शर्मा प्रतीक्षा
    महालक्ष्मी ४, ललितपुर ।

    [३०]
    खल्लो भयो, यसपालि नि यो दसैँ तिहार,
    अभागी रहेछु, खाली भयो मेरो निधार ।
    🌑प्रकृति श्रेष्ठ
    हाल बुटवल

    [३१]
    कमाई भएमा मनाउँला यस्ता पर्व हजार,
    घर बेचेर ऋणमा मान्ने छैन दसैँ तिहार ।
    🌑शिव कुमार रेग्मी
    पोखराथोक,पाल्पा

    [३२]
    भएको पैसा सिद्धियाे प्यारा रमाइलो गर्दै, हाम्रा चाडपर्व मानेर,
    व्यवहार चल्न गाह्राे भाे पैसा पठाऊ है, मनको बात आफैँ जानेर ।
    🌑मित्र `उराठी´ गाैतम
    तिलाेत्तमा-२, रुपन्देही

    [३३]
    औकात भुलेर पौडेकी थियौ रे सुखको सागरमा,
    पैसाले गर्दा बिराम चिन्ह लगाइथ्यौ रे जाँगरमा
    🌑बाबुराम गौतम
    गुल्मी

    [३४]
    अरूका अघि देखासिकी गरे त्यस्तै हो हालत,
    के गरी पैसा पुगेन त्यहाँ थाहा पाए चाल त ।
    🌑छिरिङ डाेमा शेर्पा
    गौरीशंकर ,दोलाखा

    [३५]
    आजसम्मन जेनतेन गरी भगाएँ तिहार,
    तुरुन्तै पैसा पठाऊ नत्र बालबच्चा स्याहार ।
    🌑भगवती अधिकारी
    झापा

    [३६]
    तिहार पनि दिक्दार नै भो हजुर नआएर,
    साह्रै मन चन्चल भो पैसाको बिटो नपाएर ।
    🌑प्रेम थापा “मन “

    [३७]
    विदेशै गएँ, दु:ख नि गरेँ, पठाएँ घर खर्च पियारी,
    सकिनँ धान्न अब त खर्च, माफी देऊँ राम्ररी बिचारी ।
    🌑इन्दिरा गौतम
    इटहरी १

    [३८]
    देखावटी, देखासिकीमा जो छ सबै खर्च गर्ने,
    थाहा छैन भोलिबाट कसरी खाली भुँडी भर्ने ।
    🌑लिलाराम दास

    [३९]
    पसिना बग्छ दिन र रात बग्छ नि रगत,
    दाम र पैसा भएन भने के होला जगत ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [४०]
    मनाइयो तीज मनाइयो दसैँ मनाइयो तिहार,
    दस नङ्ग्रा खियाएर साहुको छिट्टै तिर्नु छ उधार ।
    🌑बेदु न्यौपाने

    [४१]
    तिमीले आज परको देश पसिना बगायौ,
    जवानी सबै सकेर कस्तो पिरती लगायौ ?
    🌑आर्त अकुलीन
    कैलाली

    [४२]
    काेही छन् साउदी युवाहरू काेही छन् कतारमा,
    भविष्य खाेज्दै विदेश जाने थुप्रै छन् हतारमा ।
    🌑राेशन खड्का
    बाजुरा बडिमालिका ६ काेर्ध

    [४३]
    सक्नु हुदैन देखावटीमा सम्पत्ति भन्ने कुरा
    पसिना बगाएर कमाऊँ सपना हुन्छ पूरा ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [४४]
    देखासिकी चाडपर्व परम्परा धान्न मुस्किल,
    ऋण लागेपछि भएका छन् यी आँखा टिलपिल ।
    🌑भावना मञ्जु
    माेरङ

    [४५]
    चाडपर्व आएर गए टाउको किन भारी ?
    बाह्रैँ मास चाड मान्ने भए लागौँ धर्ती पारी ।
    🌑नन्दलाल आचार्य
    बेलका- २, सिद्धार्थटोल, उदयपुर
    अहिले- रुपनगर, सप्तरी

    [४६]
    खायौँँ रक्सी मासु, अपच भयो, मेला पर्वको नाउँ,
    लाग्यो ऋण, जानुपर्‍यो विदेश, छाडेर आफ्नो गाउँ।
    🌑सुरेशकुमार पान्डे।
    दाङ घोराही १८

    [४७]
    दु:खले सिएँ नानीको नाना दु:खले दिन कटाएँ,
    महान चाडपर्वमा पनि आफ्नैँ रहर हटाएँ ।
    🌑पवित्रा पोख्रेल

    [४८]
    ए प्यारी ! तिमी त घरमा नै बस्छौ गरेर रमाइलो,
    के थाहा तिमीलाई यहाँको दु:ख प्रचण्ड घमाइलो ।
    🌑मिलन कुलुङ

    [४९]
    सालकाे पात हाेइन पैसा अप्ठ्यारो छ रुख,
    पैसा पैसा भन्दाभन्दै जीवनभरकाे दुख !
    🌑निरज कोइराला
    बेलका१ उदयपुर, हालः इटहरी

    [५०]
    रितै त होनि आउने र जाने वर्ष दिनको चाड,
    पिर नलेउ सानू काटी धान पकाउँनु है माड ।
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया

    [५१]
    नेता आए है मात्तिएको राँगोझैँ, यिनीले जनतालाई मात्र हान्ने,
    राष्ट्रिय सम्पत्ति खाएर त मेाटाएका हुन्, यिनलाई कसले मान्ने ।
    🌑पवन कुमार बुढाथेाकी
    काठमाडौं, हाल सिडनी

    [५२]
    आउँछन् सधैँ चाडपर्व रमाइलो लिएर,
    हुन्छन् विदा गहकिलाे ऋणकाे भारी दिएर ।
    🌑कृष्ण अधिकारी
    विर्तामोड, झापा

    [५३]
    दसैँ र तिहार मनाएँ प्यारा ऋणै गरेर,
    डलर पठाऊँ पियारा, खनखन गनेर ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [५४]
    पैसाको बोटमा टिप्दैमा रुपियाँ जान्छ कि यो चोला,
    खडेरी पर्दा नदी सुक्छ तिमीलाई नि थाहा होला ।
    🌑बुद्धराम थिङ
    वाग्मती १ ललितपुर

    [५५]
    राजनीतिमा बेइमानीको लागेको छ लेउ,
    राम्रा असल नेतालाई लगाए पाखा छेउ ।
    🌑विष्णु पाख्रीन तामाङ

    [५६]
    पसिना चुहाई चार घण्टा सुती यी आँखा मिचेर,
    तिमीलाई पैसा पठाउन भनी बस्दैँछु टिपेर ।
    🌑गाेपालकृष्ण डंगाेल
    काठमाण्डाैँ ।

    [५७]
    घाँटी नहेरी हाड निल्नेलाई सकिन्छ केनै भन्न ?
    खाली अनुरोध गर्ने न हो बेलैमा सचेत बन्न ।
    🌑पेम्बा दोर्जे भोम्जन
    बकैया गाउँपालिका -११, गमल्टार, मकवानपुर ।
    हाल श्री जनजागृति माध्यमिक विद्यालय, बकैया – ०८, मकवानपुर।

    [५८]
    मान्याै हाैँली चाडपर्व खर्च जुटाएर ,
    धनी बस केही बर्ष जाेखिम् उठाएर ।
    🌑रामकृष्ण दुवाडी

    [५९]
    पठाएकै छु पैसा तलब आउनासाथ, अझै कति हो चाहिने
    म यता छु परिश्रम गर्दै, कसलाई राख्यौ प्यारी तिम्रो दाहिने ?
    🌑राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [६०]
    सबैले भनौँ उज्यालो रोजौँ, अँध्यारो फालेर,
    स्वतन्त्र भई हाँसौँ रमौँ निरङ्कुस ढालेर ।
    :🌑कुमार श्रेष्ठ “बुभुत्सु”
    महालक्ष्मी न.पा.९ (ल.पु.जी)

    [६१]
    तन्ना जति नै खुट्टा फैलाए पाे पैसाले पनि पुग्थ्यो पर्वमा,
    फजुल खर्च उडाउने भए रमाउँदै झुठो त्यो गर्वमा ।
    🌑दीपक ठटाल जलन
    खरसाङ

    [६२]
    बाटो नहेरी गन्तव्यमा लम्किँदा,
    पछुतो लाग्छ है विगत सम्झिँदा !
    🌑रितु बुढाथोकी
    उदयपुर गाईघाट

    [६३]
    दसैँको रौँनक, तिहारको तुजुक, पैसाले गरायो,
    आँगनमा साहु आएको देख्दा जोश जाँगर हरायो।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [६४]
    के गर्नु प्रिय म घर बसेमा चुलो नै बल्दैन,
    सजिलो छैन पैसा कमाउन रुखमा फल्दैन।
    🌑घनु भाट क्षेत्री
    सिमलपानी, शितगंगा १३ अर्घाखाँची
    हाल : परदेशी भुमी दुबई

    [६५]
    हेर्दाहेर्दै तिमी पनि आखिर उसैको भयौ,
    म पर्खेको थिए तिमी उसँग रमाएरै गयौ।
    🌑सानु ओम बडैला
    सुदुर पश्चिम डोटी

    [६६]
    साथीसँग सापटी लिएको त्यो रकम अझै कटेन,
    पठाउन त बढी नै पठाएँ फजुल खर्च घटेन ।
    🌑असिराम डंगौरा
    जोशीपुर कैलाली
    हाल-भारत

    [६७]
    विदेशमा प्यारी पैसा नै फल्ने क्या ठुला छन् बाेट,
    त्यो पैसा टिप्न नजान्ने मेरा ठुलठुला छन् खाेट ।
    🌑रामप्रसाद बेल्बासे’एक्लो यात्री’
    शीतगङ्गा-५,अर्घाखाँची
    हाल: बुद्धभूमि ३,कपिलवस्तु ।

    [६८]
    आउँछन् पर्वहरू दु:ख सुख खुसीले मनायो,
    सकिएर जाँदा ऋणको भारी टाउको कन्यायो !
    🌑रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !

    [६९]
    कमाउँने म छँदैछु प्यारी मिठाे मिठाे खाउन,
    बरु म भुलिदिउँला स्वदेश फर्केर आउन ।
    🌑माया नेपाल
    इटहरी

    [७०]
    दु:ख सुख आउँछ जान्छ, यस्तै हो संसार,
    बाँचुन्जेल कमाउन, उठाऊ तरवार ।
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [७१]
    तिहारसँगै सकियो यस वर्षका चाड र पर्व,
    पियारासँगै घर बस्न पाउँदा लाग्दछ नि गर्व ।
    🌑भेष कुमारी लामिछाने
    देवदह ०५ , खैरेनी

    [७२]
    पठा’कोथे तिज र दसैँमा सोच त बिचारी,
    पैसा टिप्न चढ्दैछु रुख यहाँ पख न प्यारी ।
    🌑राजकुमार कार्की

    [७३]
    पठाउन हुन्थ्यो ऋणमा छु पठाऊँ कसरी,
    चाडबाडे गर्जो टार्नु उतै जसरी तसरी ।
    🌑सुरेखा चाम्लिंग राई
    –भक्तपुर

    [७४]
    चाड र पर्व मानियो प्यारा ऋण है खोजेर,
    पठाऊँ खर्च साथी आउने दिन है सोधेर ।
    🌑सरिता सेढाई

    [७५]
    एक्लै बसी परदेशमा किन दु:ख पाउँनु,
    पैसा मलाई चाहिँदैन तिमी आफैँ आउँनु ।
    🌑मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [७६]
    चाडबाड गयो दसैँ र तिहारमा आउँन पाइनँ,
    आमा र बुबा परिवारसँग एक छाक नै खाइनँ।
    🌑दुर्गा आचार्य
    मोरङ

    [७७]
    यो वर्षको दसैँ तिहार, रमझम गरी गयो,
    आउने साल कता कोही, सम्झनामै दिने भयो।
    🌑एवाइ प्रभात(पारुहाङ राई)
    धनकुटा । हाल मोरङ

    [७८]
    विदेशबाट पठाए पैसा चाडपर्व मनाउन,
    कसले भन्यो मोजमस्ती गरी जोगीनै बनाउन ?
    🌑नवशिला
    बेलाबारी-२, लालभित्ती, मोरङ ।

    [७९]
    चाडपर्व गए सकिएन हामीले केही नि लाउन,
    अलिकति पैसा पठाउनुस् हजुर याे घर छाउन ।
    🌑उर्मिला के.शी
    धनकुटा

    [८०]
    पचास डिग्री तापक्रममा झार्नुपर्दछ पसिना ,
    बेकार फजुल खर्च गरी बन्न नखाेज हसिना ।
    🌑 प्रद्युम्न चालिसे
    देवघाट तनहुँ ।

    [८१]
    नेपालीपन यी हाम्रा धन जोगाऔँ संस्कृति,
    घाँटी हेरी हाड निल्ने गरौँ चलाऔँ जागृति ।
    🌑हरि गिरी
    सुनकोशी-३, सिन्धुली

    [८२]
    दुखजिलो गरिकन कमाएको धन,
    हावामा उडाएको किन तिमीले भन?
    🌑गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    [८३]
    दसैँ र तिहार आहा क्या राम्रो रमाइलो गरियो,
    पछुतो अहिले लाग्दैछ हजुर ऋणमा परियो ।
    🌑ईशहाक हुसैन
    जीतपुर सिमरा १४ बारा बाट

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५७ औँ शृङ्खला सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P