• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १४१ सम्पन्न

  • ३२ असार २०८१, सोमबार २२:४५ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४१ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १४१
    छोडिदेऊँ खेतबारी, गमलामा नै रोपौँ धान
    कृषिप्रधान देश अनि कृषकको बढ्छ मान ।
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    ~<•>~

    [१]
    बाँझै रहोस् खेतबारी सबै आयात गरेरै खाउँला
    लम्पसार परी खुट्टामा उसकै गुणगान गाउँला ।
    वसन्त अनुभव
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~
    [२]
    खेतबारी बाँझाे बनाई परदेशीए युवा पनि
    धान दिवस नाैलाे देखेँ गमलालाई खेत भनि ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [३]
    बाँझै छ आज खेत र बारी युवा जति विदेशमा
    कहिले फर्कने देश बनाउन आफ्नै स्वदेशमा।
    ✍️
    दीप गोले तामाङ
    रौतहट
    ~<•>~
    [३]
    भएका खेतबारी बाँझै राखी आयात गरिखाने
    गमलामा धान रोप्ने अनौठो कृषि विकास माने ।
    ✍️
    बेदु न्यौपाने
    ~<•>~
    [४]
    हिल्याई खेत मुस्किल हुन्थ्यो अहिले सजिलो
    गमला आयो पर्दैन गर्नु आली र अँचिलो।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    [५]
    कतै पानी नपरेर खेतबारी बाँझै छ हेर
    धान रोप्न ढीलो नगरौ बीउ जाँदै छ है खेर ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~<•>~
    [६]
    रोपेर धान लगाउनु छ मीत
    मिलेर गाउँला है असारे गित ।
    ✍️
    प्रेम सुनार
    ~<•>~
    [७]
    कृषकले काम गर्न छोडिदिँदा, थाहा पाउँनेछौ नपाएर खान,
    हेरौँला कतिदिन सम्म धान्दोरहेछ गमलामा फलाएर धान ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ सङ्खुवासभा।
    ~<•>~
    [८]
    किन चाहियो खेती गमलामा लाएपछि धान
    आयात गर्नैपर्छ सधैँ भन्छन् सबैले महान।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ~<•>~
    [९]
    तस्बिर खिचेर सञ्जालमा हाल्नुछ नगरौं है ढिलो
    कृषक बन्न गमलामा धान रोपौँ छुनुहुन्न हिलो ।
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    ~<•>~
    [१०]
    यसपटक गमलामा धान रोपी हाँस्य पात्र बनिँदैन जान
    अवसर राम्रै मिल्यो भने चितवनतिर गइन्छ भन्ने ठान ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ, हाल चनपा६ मातातीर्थ।
    ~<•>~
    [११]
    रोपेर धान गमलामा कृषिमा क्रान्ति गरौँला
    आयात थोरै बढाउँला छिमेकीबाट भरौँला ।
    ✍️
    सागर आँसु
    डोटी
    ~<•>~
    [१२]
    असारे पन्ध्र हिलोमा नेता आजको रमिता
    लेखी दिँउ साथी आजकोलागि यस्तै कविता ।
    ✍️
    ध्रुव श्रेष्ठ
    खोटाङ हाल काठमाडौँ ।
    ~<•>~
    [१३]
    रोप्नलाई नै गमलामा धान अघि नसरौँ
    असली कृषकहरूको बदनाम नगरौँ !
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    ~<•>~
    [१४]
    खेती गर्ने बेला सरकारले मल बिउ दिँदैन
    सरकार हुँ भन्नेले जिम्मेवारी कहिले लिँदैन !
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    ~<•>~
    [१५]
    गमलामा धान रोप्न थाले कृषि प्रधान देशमा
    भाषणले घर भित्र्याउने धान कि बाढी शेषमा ?
    ✍️
    दीपा गुरुङ्ग (समभाव)
    दुबेकोल(खोटाङ्ग)
    ~<•>~
    [१६]
    गमलाभरि राेपेर धान गाउनु छ असारे गीत
    नफले धान आयात गरि नै ल्याउँदा हुनेछ हित ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [१७]
    असार पन्ध्र, धान दिवस, हामी नेपालीको
    मानो रोपेर, मुरी फलाऔँ, अन्न र बालीको ।
    ✍️
    ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    ~<•>~
    [१८]
    पौरखी हात जुटुन् एकतामा अब
    असार पन्ध्रमा उत्साहसाथ सब ।
    ✍️
    विवश पारदर्शी
    झापा
    ~<•>~
    [१९]
    खेतबारी बाँझो राखी गमलामा धान रोपी गर्छौ देखावटी गर्ने फुर्ती
    एकदिन त जान्छौ दलबल लिएर खेत तिर अरुबेला बन्छौ मुर्ति ।
    ✍️
    सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    ~<•>~
    [२०]
    गमलामा धान रोपी प्रचारप्रसार धेरै नि गर्ने
    छिमेकीले खोजे यस्तै डलर बनाई बाहिर छर्ने ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [२१]
    आषाढ पन्ध्र भन्ने मात्रै मनसुन कता गयाे
    गाउँबस्तीका ती युवाहरू बेकाम बस्ने भयाे ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला सल्यान
    ~<•>~
    [२२]
    माटो हो उभिने धरातल अन्नदाता पनि
    खेती गर्न नछोड, गमलामा धान छ भनी ।
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ।
    ~<•>~
    [२३]
    धान रोप्नु भनेको आजकल नौटङ्की मात्रै भयो
    गमलामा छतमा रोपेको फोटो मिडियामा गयो ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [२४]
    असार पन्ध्र दही चिउरा , साउन पन्ध्र खिर
    छुपु र छुपु रोप्नु है धन , के को मान्नु छ पिर ?
    ✍️
    नागेन्द्रप्रसाद यादव
    दाङ
    ~<•>~
    [२५]
    बाँझो छ खेत युवा छ विदेश,नौटङ्की गर्छौ सरकार,
    गमलामा धान रोपी तिमी,ल्याउँछौ राहत उपहार ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    [२६]
    गमलामा राेप्ने हैन नेताले धान
    गएर राेप्नु पर्छ खेत खलीहान ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार।
    ~<•>~
    [२७]
    राष्ट्रवादी हुँ भनी देखाउने यहाँ हेर सान
    कृषिप्रधान देशमा गमलामा रोपेर धान।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    ~<•>~
    [२८]
    खेतबारी बाँझै रहुन् हाम्लाई छैन चासो
    गमलामा धान रोपौँ त्यागौँ यी सबै नासो !
    ✍️
    कमला देवकोटा
    पाल्पा
    ~<•>~
    [२९]
    लगाएर मनमा देशभक्तिको खोप
    नेतागिरी छोड अब आऊ धान रोप।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ~<•>~
    [३०]
    यस्तै काम गर्याै भने हुन्छ छिट्टै देश हराभरा
    गमलामा धान राेप र बाँझाे राख खेतका गरा।
    ✍️
    भवानी पाेखरेल( बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु
    ~<•>~
    [३१]
    गुगलमा सर्च गरेर रोपाइँको फोटो पाइहाल्ने
    व्यर्थ खेतको हिलोमा पसेर किन हो समय फाल्ने ।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ भारत।
    ~<•>~
    [३२]
    गमला सजाई रोपेर धान यो कृषि विकाश
    यस्तै चालले कृषिमा देशले पाउला निकास ।
    ✍️
    चिरञ्जीवी श्रेष्ठ
    धनकुटा,हाल काठमाडौ ।
    ~<•>~
    [३३]
    गमलामा धन रोपी सधैँ कृषि गर्ने भन्छौ
    परिवार सबै डाँडापारी कृषक पो बन्छौ।
    ✍️
    धनुष न्यौपाने “यात्री”
    जुम्ला
    ~<•>~
    [३४]
    नसुत धेरै उठन सानी ढिला भयो धान रोप्नलाई
    गर्जियो मेघ बर्सियो पानी जाउँ हिँड मौका छोप्नलाई।
    ✍️
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके
    ~<•>~
    [३५]
    खेतबारी बाँझो बन्यो, बीज कहिले छर्ने
    गमलामा धान रोपी, ढुक्कको सास फेर्ने
    ✍️
    कर्मा लामा
    मन्थाली-९,रामेछाप
    ~<•>~
    [३६]
    रोपाइॅ अनौठो, गमलामा कति फल्ने होला धान ?
    रोप्ने किसान दङ्ग छन् वर्षभरी पुग्छ होला खान।
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    ~<•>~
    [३७]
    छैन है जोश जाँगर, खेत बाँझै रहने भयो
    किसानलाई छैन राहत छोरा प्रदेश गयो ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ~<•>~
    [३८]
    व्यापार गर्छन् दले दाइले खेतबारी हेर
    कहाँ रोप्नु धानको बीउ सोचौँ न एक फेर ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ~<•>~
    [३९]
    यो दही चिउरा कति गुलियो
    अब त असारे माया भुलियो ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~<•>~
    [४०]
    कृषि क्रान्ति भन्ने गमलामा धान रोप्ने
    सोच पनि कस्तो आफैँलाई छुरी घोप्ने।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ~<•>~
    [४१]
    पुर्खाले जोगाई राखे खेती लगाउने बारी
    बन्दगी राखी जादैछ है प्रदेश नष्ट पारी ।
    ✍️
    बिबा तामाङ
    लाटपञ्चर खरसाङ
    ~<•>~
    [४२]
    फेसबुकमा धान रोपेर फल्दैन
    अन्न नभए घरको चुलो बल्दैन ।
    ✍️
    गोपाल
    ~<•>~
    [४३]
    खेतबारी बाँझै रहे परदेशिएर युवासबै खाडितिर
    के असार पन्ध्र के दही चिउरा रमाउन लागे मासुतिर ।
    ✍️
    सुनगाभा पोखरेल
    ~<•>~
    [४४]
    खेतबारी बेचेर यहाँ बिल्डिङहरू ठड्याउँने
    गमलामा धान रोपेर असार पन्ध्र मनाउँने ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ~<•>~
    [४५]
    खाने मुख पनि घटाए भएभरको पठाइ सिमापारी
    गमलामै भरिपूर्ण धान भए किन चाहियो खेतबारी ?
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~<•>~
    [४६]
    धान दिवसमा मात्रै कुच्ने हाे हिलाे
    जाेगाउने कसरी किसानकाे जिलाे ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची ।
    ~<•>~
    [४७]
    कृषिमा क्रान्ति त ल्याएकै हो पक्कै
    गमलामा धान रोप्छन् पर्छु बक्कै ।
    ✍️
    वेल थोकर तामङ
    बकैया_८//बस्तिपुर//मकवानपुर
    ~<•>~
    [४८]
    जहाँ फल्छ त्यहीँ रोप
    खानेबेला मौका छोप ।
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर । हाल एनेलकुटी, सिरहा ।
    ~<•>~
    [४९]
    नेपालीकाे सान मान खाेकिलामा छाेपिसके
    हेलिकप्टरबाट सिधैँ पृथ्वीमा राेपिसके ।
    ✍️
    निरज कोइराला
    इटहरी ।
    ~<•>~
    [५०]
    हावा गफ गरेर समय नफालौँ खेर
    कतिदिन खानु गमलामा धान रोपेर ।
    ✍️
    साबित्री प्याकुरेल
    धादिङ्ग।
    ~<•>~
    [५१]
    गमला तयार भइसक्यो आउनु है यता
    धान दिवस मनाउने जनता अनि नेता।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    ~<•>~
    [५२]
    धान रोप्ने विधिविधान सबै फालिए
    स्कुल र संघसंस्था बाट रोप्न थालिए ।
    ✍️
    अम्बिका गिरी
    विराटनगर
    ~<•>~
    [५३]
    किन होला हामीलाई दुनियाँले नै निम्न स्तरमा गन्छन्
    परिश्रमले आफ्नो बारी खेती गर्दा सबैले पाखे भन्छन् ।
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    ~<•>~
    [५४]
    धान फल्ने ठाउँमा बसाएर बस्ती
    गमलामा धान रोपेर गर मस्ती ।
    ✍️
    भगवती दवाडी
    दमक, झापा
    ~<•>~
    [५५]
    नसके नि इतिहास लेखाउन
    रोप्नु पर्छ अरूलाई देखाउन ।
    ✍️
    प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ~<•>~
    [५६]
    कङ्क्रिटको जङ्गलमा मिलाएर काँट
    हराभरा पारेका छन् गमलाको फाँट l
    ✍️
    बाबुराम गौतम
    गुल्मी
    ~<•>~
    [५७]
    खेतमा अचेल घर उमार्छन् होइन अन्नबाली
    लाठे छोरा विदेश हुइँकिन्छन् कृषि औजार फाली ।
    ✍
    राजेन्द्र प्रधान ‘पासा’
    दार्जिलिङ ।
    ~<•>~
    [५८]
    सबै खेतबारी बाँझै राख्नुपर्छ राेप्नु हुन्न धान
    रेमिटेन्सले खाना दिएकै छ बढेकै छ सम्मान ।
    ✍️
    केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
    ~<•>~
    [५९]
    असार पन्ध्र धान राेप्नु छुपुछुपु
    दही चिउरा खाजा खानु लुपुलुपु ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~<•>~
    [६०]
    के उद्घाटन गर्छाैं गमलामा धान राेपेर
    लाखौँ कृषककाे मन मुटुमा झिर काेपेर ।
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    ~<•>~
    [६१]
    किसानले रोपेर धान
    बढेको हो नेपाली सान !
    ✍️
    आर्त अजुलीन
    ~<•>~
    [६२]
    खेत र बारी बाँझो भए शून्य छ बस्ती
    फूल रोप्ने गमलामा धान रोपे मस्ती ।
    ✍️
    कला ढकाल
    झापा
    ~<•>~
    [६३]
    कहाँ गर्छाैँ खेती अब, पाेहाेर साल भरिसक्याे गमला
    कुन मुखले बाेल्छाै अब, तिमीमाथि कृषकको हमला ।
    ✍️
    ईश्वर साउद
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ~<•>~
    [६४]
    किसान खालि पेट मिँच्दै रोपिरहेछ खेतबारी
    दही चिउरा हसुर्छन् तारे होटेल ठूला बेस्मारी ।
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरि-५,जुम्ला
    ~<•>~
    [६५]
    दही र च्यूरा अचार खायौ बेसरी डकारी
    गमालाभित्र रोपेर धान के बाँध्छौ भकारी ?
    ✍️
    रामशरण न्यौपाने
    भक्तपुर
    ~<•>~
    [६६]
    खेतीयोग्य जमिन सबै बाँझो जचाएर
    अन्तबाट ल्याउनु पर्छ लाज पचाएर ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    ~<•>~
    [६७]
    पुग्दैन कृषकलाई देखावटी रोपेर गमलामा धान
    फोस्रा आश्वासन नबाड कुर्सीमा बसि बेकार अपमान।
    ✍️
    शंकर कार्की
    मकवानपुर ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १४१ सम्पन्न

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १०३ सम्पन्न

  • ३२ असार २०८१, सोमबार १०:५८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय तीन अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१०३ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०३/२४
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य
    पञ्चाङ्ग:०१
    कस्तो मुसलधारे पानी पर्याे।
    रुझेर हिड्ने मेराे बानी पर्याे।
    दिएर गयाे याैटै थियाे छाता,
    आँखामा नै रहने नानी पर्याे।
    मनकारी भएकाे दानी पर्याे।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    दुःख कष्ट हाँसो खुसी सबै कागजमा उतार्ने नि कवि
    मनमा खेल्ने तिक्त कुराहरूमा भाव उमार्ने नि कवि
    कविको श्रेणीगत विपरीतार्थक शब्द नहुँदा मात्र
    नत्र त रिस राग परिकल्पना सबै उजार्ने नि कवि
    विविध विषय एकैठाउँ सङ्ग्रहमा उधार्ने नि कवि।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    पञ्चाङ्ग:०३
    पराइहरू पर भए हुन्थ्याे।
    मिल्ने एउटा थर भए हुन्थ्याे।
    कति शान्त सुन्दर छ बगैचा,
    मनमा बस्ने वर भए हुन्थ्याे।
    यस्तै सुन्दर घर भए हुन्थ्याे।
    ह्यारिस
    पञ्चाङ्ग:०४
    मुसलधारे पानी परेर बिजोग भएको छ
    घरैनजिक पहिरो झरेर बिजोग भएको छ
    मध्यरातमा ढुङ्गा घर नजिक झर्न लागेपछि ,
    गड्याङ्ग गुडुङ्ग धेरै गरेर बिजोग भएको छ
    झनभन्दा झन नजिक सरेर बिजोग भएको छ।
    कला ढकाल झापा

    पञ्चाङ्ग-०५
    हजुरको जत्रो मेरो त ठुलो मन छैन
    घोचेका छन् सबैले कति नि जतन छैन
    टुलुटुलु हेर्दै उल्टै हाँसीदिन्छ मुसुक्क
    प्रहार गर्ने उसको हातमा घन छैन
    बाघ भालु मात्रै पाइने घना वन छैन।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६
    तन एकातिर छ मन भने चै अर्काे तिर छ
    साेचें भन्दा फरक हुँदामा अनगिन्ती पीर छ
    साथ दिन्छु भन्नेकाे लर्कै छ तर पनि छैन भर
    माया गर्ने पनि छन् तर उसको न कुनै थिर छ
    सच्चा प्रेम गर्नेकाेमा जाउँ बाटो छेक्ने भिर छ।

        राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    पञ्चाङ्ग:०७

    सत्य तितो हुन्छ सदैव एक्लिएर हिँड्न रुचाउँछ
    साथ कसैको होस् नहोस् अडिग भई भिड्न रुचाउँछ
    नातावाद र कृपावादले भरिएको स्वार्थी समाजमा
    यथार्थ र सत्यताको बलियो गारो चिड्न रुचाउँछ
    दिएर खुसी छल कपट बीचमा गिँड्न रुचाउँछ ।

    ✍️भूमिका गैरे, तिमिल्सिना
    गैंडाकोट ४, नवलपुर ।

    पञ्चाङ्ग:०८
    कस्तो छ त्यता चारो हाल्दै छन् यता
    धेरै मिलेको जस्तै गाल्दै छन् यता
    रुनेको कमि छैन दिल दुखाई
    नचाहिने कुरा नि पाल्दै छन् यता
    साथी बनाई अझै ढाल्दै छन् यता ।

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग:०९
    तनहुँमा भानुका भक्त हुँदा रहेछन्
    रामायणलाई ढोगेर छुँदा रहेछन्
    त्यो जमानामा घाँसीले घाँस बेचे पनि
    घाँस काट्न अल्छीले गाई फुँदा रहेछन्
    रामायणमा भाका हाली रुँदा रहेछन् ।
    •देवी पन्थी ////

    पञ्चाङ्ग:१०
    असार मास रोपाइँ गर्नु झरेर बेँशीमा।
    हिलाम्मे बाटो दर्केर पानी परेर बेँशीमा।
    खाएर मानो उब्जाई धान जहान पाल्नु छ,
    बिहान देखी बेलुका काम गरेर बेँशीमा।
    उर्लिदो भेल खहरे खोला तरेर बेशिमा।

    तारा घिमिरे स्वेच्छा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव1 Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १०३ सम्पन्न

    साताका उत्कृष्ट झिल्काहरू- २१

  • ३० असार २०८१, शनिबार २२:४३ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २१ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २१ का लागि झिल्काकारत्रय सुनगाभा पोखरेल, लक्ष्मी रिजाल र लोक बहादुर क्षेत्री लामिछानेका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    ———<•>———
    [१]
    १//
    लालीगुराँस फुल्दा वनमा
    भिरपाखा देखिन्छन् रङ्गिन
    माया फुल्छ मनमा ।
    २//
    ढकमक्क लालीगुराँस फुलेको
    सुन्दर रमाइलो वनमा
    देखेर मन भुलेको ।
    ३//
    थाकेर शरीर लखतरान
    कहिलेकाही गल्छ अचम्मैले
    आराम नपाउँदा ज्यान ।
    ✍️
    सुनगाभा पोखरेल

    नेपालगन्ज

    [२]
    १//
    हाम्रा हुन् भानु
    प्रेरणाका अद्भुत श्रोत
    भाषाका एक रानु ।
    २//
    आयो असाध्यै पानी
    खेत तिर्खाएको हुनाले
    मान्न थालेँ रानी ।
    ३//
    भोजन जुटाउन वर्षको
    असारमा रोपाइँ गरेर
    आयो समय हर्षको ।
    ✍️
    लक्ष्मी रिजाल

    रुपनगर, सप्तरी, मधेस

    [३]
    १//
    बाटो कसरी पहिल्याउने
    रोज्न आफ्नो खुसी
    नेताले जहिल्यै अल्मलाउने ।
    २//
    छ चारैतिर काँडा
    पन्छ्याउदै थाकिसकेँ म
    भिरपाखा र डाँडा ।
    ३//
    हिँड्दा बाटो एकसुरले
    असरल्ल भेडाले अल्झाउँदा
    विकास छेक्छ झुरले ।
    ✍️
    लोक बहादुर क्षेत्री लामिछाने
    ~~~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का1 Comment on साताका उत्कृष्ट झिल्काहरू- २१

    जीवन दर्पण ‘तमसोमा ज्योतिर्गमय’ पुस्तकको समीक्षा कार्यक्रम सम्पन्न

  • २९ असार २०८१, शुक्रबार २२:२८ मा प्रकाशित
  • राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १९२ औँ श्रृङ्खलामा साहित्यकार एकराज शर्मा अधिकारीको “जीवनदर्शन”पुस्तकको दाङको नेपाल पत्रकार महासङ्घको हलमा भव्य रूपमा समीक्षा गरिएको छ ।
    राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो।
    प्रगतिशील लेखक संघ केन्द्रका सल्लाहकार तथा वरिष्ठ साहित्यकार पदमप्रसाद शर्माले कृतिको समीक्षा गर्नुभएको थियो। राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टिकाराम उदासी, लेखक सङ्घका अध्यक्ष खगराज न्यौपाने, सर्वोदय पुस्ताकालयका अध्यक्ष सुशील गौतम, विश्व नेपाली साहित्य प्रतिष्ठान, दाङका अध्यक्ष डा. कृष्णराज डिसी, सिस्नोपानी नेपालका दाङ शाखाका अध्यक्ष लोकराज पराजुली ,राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर” प्रगतिशील लेखक सङ्घ दाङका कोषाध्यक्ष चन्द्रबहादुर थापा, प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य रामप्रसाद जैसी, पुरस्कार संस्थापक हरिप्रसाद पाण्डे, झिल्का साहित्य समाज, नेपालका केन्द्रिय अध्यक्ष वसन्त अनुभव लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

    त्यसै गरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार गणेश विषम, यज्ञबहादुर डाँगी, गीतकार प्रकाश केसी,गजलकार खिम केसी, पत्रकार लेलिन बन्जाडे गोविन्द खड्का, छवि पुरी, लिलाधर ओली लगायतको गरिमामय उपस्थिति रहेको थियो।
    सो कार्यक्रममा साहित्यकारहरू सुरेश कुमार पाण्डे, हरिप्रसाद पाण्डे स्वर्णशिखा धनसिंह गिरी,नगेन्द्र गुरु, श्रीधर अधिकारी ,सुवाष न्यौपाने, जी.बी. चिन्तन ,मधुसुधन गौतम, शरद गौतम, रामकुमार पौडेल, कुलबहादुर ओली, विशाल गुप्ता, महेश कुमार न्यौपाने, रिमा गौतम,नमराज अधिकारी, एक नारायण चापागाई, कमला रावत, कमला रिजाल, वसन्त पाण्डे, गोविन्द रसाइली, दामोदर पौडेल, मिना आचार्य, गोपाल भुसाल अभिलाशी, चन्द्रप्रकाश देवकोटा, कृष्णप्रसाद गौतम, योजना बुढाथोकी लगायतको गरिमामय उपस्थिति रहेको थियो।

    राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सहसचिव वीणा रोकाले गर्नुभएको थियो।

    कार्यक्रममा जीवन दर्शन पुस्तकका लेखक एकराज शर्मा अधिकारीलाई संस्थाको तर्फबाट प्रशंसा पत्रले सम्मान गरिएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभवLeave a Comment on जीवन दर्पण ‘तमसोमा ज्योतिर्गमय’ पुस्तकको समीक्षा कार्यक्रम सम्पन्न

    विशेष झिल्का लेखन अभियानको २१ औँ शृङ्खला (असार पन्ध्र विषयक) सम्पन्न

  • २८ असार २०८१, बिहीबार २३:३९ मा प्रकाशित
  • झिल्का लेखन अभियानको २१ औँ शृङ्खला (असार पन्ध्र विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १सय २ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर समध्वनीक हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————


    [१]
    १//
    रोपेर गमलामा धान
    कृषिप्रधान देश हाम्रो
    बढाउँछौँ विश्वसामु सान ।
    २//
    समय पन्ध्र असार
    बाँझै छन् खेतबारी
    गमलामा रोप्न हतार ।
    ✍️ वसन्त अनुभव, घोराही, दाङ
    ————-==———–
    [२]
    १//
    पानी कहिले पर्ने
    खेत छ बाँझो
    रोपाइँ कहिले गर्ने ?
    २//
    दही चिउरा खाएर
    महत्व असार पन्ध्रको
    बुझाउने रोपाइँ लाएर ।
    ३//
    गमलामा धान रोप्ने
    विकृति पनि आयो
    लाजसरम केले छोप्ने !
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ————-==———–
    [३]
    १//
    सबै मिली रमाएर
    असार पन्ध्र मनाऔँ
    दही चिउरा खाएर ।
    २//
    घन्कियो असारे गीत
    रमाए सबै खेतमा
    खुसी त्यो मुहारसित ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा ।
    ————-==———–
    [४]
    १//
    असार पन्ध्रको शुभकामना
    केही झिल्का कविताहरू
    सकारात्मक रहोस् मनोभावना !
    २//
    असार पन्ध्र मान्नेहरू
    गमलामा धान रोप्छन्
    हाम्रा देशका जान्नेहरू ।
    ३//
    अर्थविनाको हुन्न सन्देश
    कुरै बुझ्दैनन् नेताहरू
    फुलिसकेका उनका केस ।
    ✍️ गुणनिधि घिमिरे, अमेरिका
    ————-==———–
    [५]
    १//
    आयो धान दिवस
    खाएर दही चिउरा
    मुरी फलाउन विवश ।
    २//
    असार पन्ध्र नेपालमा
    ओभानो हुँदैनन् रोपाहार
    धानको बीउ कपालमा ।
    ३//
    अठोट सबैको मुरी
    असारदेखि मङ्सिरसम्म खेतमा
    किसानको परालको धुरी ।
    ✍️ चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    [६]
    १//
    असारे गीत गाएर
    असार पन्ध्र मनाउनु
    दही चिउरा खाएर ।
    २//
    समयमा पानी परेन
    किसान पर्‍यो मर्कामा
    धान रोपाइँ गरेन ।
    ✍️ वेल थोकर तामाङ, बकैया _८// बस्तिपुर// मकवानपुर
    ————-==———–
    [७]
    १//
    वर्षाको मौका छोपौँ
    बाँझो ती खेतबारीमा
    धानको बीउ रोपौँ ।
    २//
    जीउमा हिलो लाएर
    पन्ध्र असार मनाऊ
    दही चिउरा खाएर ।
    ३//
    रमाइलो असार पन्ध्र
    लक्ष्य एउटै राखौँ
    उडी छुनु चन्द्र ।
    ✍️ सविता भट्टराई, जनकपुर।
    ————-==———–
    [८]
    १//
    दही चिउरा खानू
    असारको पन्ध्रमा हजुर
    खेत रोप्न जानू |
    २//
    पुराना बाली थन्काई
    छुपुछुपु धान रोपिन्छ
    असारे गीत घन्काई |
    ✍️ सरिता सेढाई, धादिङ
    ————-==———–
    [९]
    १//
    रुझेर बर्खे झरी
    काम गर्नुपर्छ यहाँ
    खेतमा बाउसे गरी ।
    २//
    परिश्रम गराैँ सधैँभरि
    अनाज फलाउनु निरन्तर
    खटेर सदा यसैगरी ।
    ✍️ श्रीबहादुर केसी शैलुङ्गे, भक्तपुर
    ————-==———–
    [१०]
    १//
    दही चिउरा असार
    खेती बाँझो राखी
    खान किन हतार ।
    २//
    खेतमा फल्छ धान
    गमलामा रोपेर आफैँ
    विश्वमा खोज्छौ सान ।
    ३//
    कृषिप्रधान देश हाम्रो
    रोप्नेछौँ धान भव्य
    हुनेछ विश्वस्त राम्रो ।
    ✍️ बेदु न्यौपाने
    ————-==———–
    [११]
    १//
    कस्तो मोहनी मन्त्र
    खाएर दही चिउरा
    मनाऔँ असार पन्ध्र ।
    २//
    किसान गोरु जोतेर
    फलाऔँ धानको बाला
    धानको बिरुवा रोपेर ।
    ३//
    टाउकोमा छत्री खाएर
    हो माले भन्दै
    असारे गीत गाएर ।
    ✍️ दीप गोले तामाङ, रौतहट
    ————-==———–
    [११]
    १//
    असारे गीत गाउनु
    दही चिउरा खाएर
    आपसमा खुसीले रमाउनु ।
    २//
    राेप्नु खेतमा धान
    फल्दैन गमलामा राेपेकाे
    कृषककाे कुरा मान ।
    ३//
    खेतमा राेप्ने धान
    नाङ्गो शरीरमा लगाउँदै
    नदेखाऊ कसैले सान ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी ,राधे राधे भक्तपुर ।
    ————-==———–
    [१२]
    १//
    वर्षादको मौका छोपी
    असारे गीत गाउँदै
    छुपुछुपु धन रोपी ।
    २//
    दही चिउरा खाएर
    असार पन्ध्र मनाऔँ
    रोपाइँको गीत गाएर ।
    ३//
    मिलीजुली रोपाइँ गरौँ
    एकताको भावना मिलाई
    विश्व शान्ति छरौँ ।
    ✍️ एवाइ प्रभात, सहिदभुमि धनकुटा
    ————-==———–
    [१३]
    १//
    धान रोपेर छोडौँला
    साउने सक्रान्ति मनाएर
    पानी कटाई गोडौँला ।
    २//
    भएन रहर पूरा
    भुसुक्कै बिर्सिएछु मैले
    खेत नभएको कुरा ।
    ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ
    ————-==———–
    [१४]
    १//
    हिलो खेल्दै रमाउँला
    सधैँ जस्तै यसपाली
    दही चिउरा खाउँला ।
    २//
    रोपेर हिलोमा धान
    पुग्नेछ पक्कै पनि
    वर्ष दिनलाई खान ।
    ✍️ पुरुषोत्तम फुयाल, खोटाङ
    ————-==———–
    [१५]
    १//
    कतै छैन पानी
    दैवको लीला अनौँठो
    कतै डुबानले हानी ।
    २//
    दही चिउरा खाने
    साथीसङ्गी जम्मा भएर
    रोपाइँको मेलामा जाने ।
    ३//
    प्लटिङ्गले जमिन खायो
    गमलामा रोपाइँ गर्दा
    नेताको मन रमायो ।
    ✍️ संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौं
    ————-==———–
    [१६]
    १//
    मनाऔँ असार पन्ध्र
    खाएर दही चिउरा
    हेराैँ सुर्य चन्द्र ।
    २//
    घन्काऔँ असारे गीत
    किसान सबै मिली
    हुन्छ हाम्राे जीत ।
    ३//
    हलाे जुवा हली
    बाउसे खेताला सबै
    हिलो तनमा दली ।
    ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
    ————-==———–
    [१७]
    १//
    कृषि पर्व जनाऔँ
    रोपेर धान हिलोमा
    असार पन्ध्र मनाऔँ ।
    २.//
    आउ बसौँं एकैछिन
    असार पन्ध्रमा दहीसँगै
    चिउरा खाने दिन ।
    ✍️ डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा ।
    ————-==———–
    [१८]
    १//
    मुलुकका महान जान्नेहरू
    बिस्तारै भुले रिवाज
    असार पन्ध्र मान्नेहरू ।
    २//
    छानामाथि रोपौँ धान
    भनेर रमाउने गर्दछन्
    टारी खेतको अपमान ।
    ✍️ अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ।
    ————-==———–
    [१९]
    १//
    राेप्न खेतमा धान
    किसान छन् मेलामा
    गाउँदै असारे गान ।
    २//
    कृषिको प्रवर्द्धन गर्न
    सरकार तीनै तहकाे
    हुँदैन पछाडि सर्न ।
    ३//
    असार पन्ध्रकाे दिन
    दिवस मात्र मनाई
    हुँदैन जस लिन ।
    ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ————-==———–
    [२०]
    १//
    वर्षा हुन छाड्याे
    असार पन्ध्र आयाे
    किन किला गाड्याे ?
    २//
    धान राेपाइँको बेला
    खडेरीले गर्नु गर्‍यो
    कसरी बाँच्ने हाेला ?
    ✍️ जी.वि.घाेराही दाङ ।
    ————-==———–
    [२१]
    १//
    असार पन्ध्र मनाउँ
    बाँझिएका खेतहरू सबैले
    मिलीजुली हरियाली बनाउँ ।
    २//
    माछालाई थाप्छन् बल्छी
    असारको महिनामा हामीले
    नगरौँ यसरी अल्छी ।
    ३//
    असार पन्ध्रको दिन
    खाजा दही चिउरा
    रमाऔँ है एकैछिन ।
    ✍️ काजल न्यौपाने, भोजपुर।
    ————-==———–
    [२२]
    १//
    होस् थोरै कमाउने
    पन्ध्र असार मनाएर
    परिवारसँगै हो रमाउने।
    २//
    दही चिउरा खाएर
    धान रोप्न जाऔँ
    असारे गीत गाएर ।
    ३//
    असार पन्ध्र मान्नेले
    धान रोपे गमलामा
    हिलोमा पस्न नजान्नेले।
    ✍️ कला ढकाल, झापा
    ————-==———–
    [२३]
    १//
    असार पन्ध्र मनाउँदै
    दही चिउरा खाएर
    किसान हामी रमाउँदै ।
    २//
    हलो, जुवा, कोदाली
    किसानका औजार हेर
    मिलाउनु पर्छ आली ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
    ————-==———–
    [२४]
    १//
    असार पन्ध्रको दिन
    आसपासका मिली सबै
    रमाऔँ खुसीले एकछिन ।
    २//
    रोप्नु पर्छ धान
    रमाएर असारे हिलोमा
    अनि पाइन्छ खान ।
    ✍️ बिरेन्द्र कुमार चौधरी, इटहरी सुनसरी
    ————-==———–
    [२५]
    १//
    असार पन्ध्रमा आउनू
    भन्छन् मलाई सबैले
    बरु यतै धाउनू ।
    २//
    आउनु है एकछिन
    भन्छन् पर्व मान्नेले
    सबैले त्यो दिन ।
    ✍️ सञ्जना शर्मा, लमही दाङ
    ————-==———–
    [२६]
    १//
    खेतमा बसी रमाउँला
    सत्यता मिठो शब्दहरूको
    दही चिउरा खाउँला ‌।
    २//
    दही चिउरा खाएर
    जीवनको बाटो गाह्रो
    असारे माया लाएर ।
    ✍️ नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
    ————-==———–
    [२७]
    १//
    रोपाइँमा खेत हुनेहरू
    गाउँदै नाँच्दै आलीमा
    हिलोमा ती रमाउनेहरू ।
    २//
    दही चिउरा खाऊ
    नबने दही चिउरे
    सत्यको गुन गाऊ ।
    ३
    तिम्रो पौरख फलिफाप
    धर्तीमा सुन फल्दा
    अन्नदाताको लाग्छ छाप ।
    ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
    ————-==———–
    [२८]
    १//
    असार पन्ध्र आयो
    नगरौँ सहरमा नौटङ्की
    गोठघरमा खुसी छायो !
    २//
    वास्तविक संस्कार माँसियो
    गाई कुकुर चिनिएन
    संस्कारमा कुसंस्कार टाँसियो ।
    ✍️ ऋजु दिल्पाली, ईटहरी १ सुनसरी ।
    ————-==———–
    [२९]
    १//
    खेलेर हिले हाेली
    असारे गीत गाउँ
    बनाई माटोको रङ्गोली ।
    २//
    दही चिउरा मुछेर
    अमृत मानी खाऔँ
    असार पन्ध्र सम्झेर ।
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा१४ साँगा बजार।
    ————-==———–
    [३०]
    धानको दिवस आयो
    दही चिउरा खाएर
    सबैको मन रमायो ।
    ✍️ गंगाराम यादव, औरावनी २ सुनसरी
    ————-==———–
    [३१]
    १//
    असारको हिलोमा रमाउने
    दही चिउरा खाएर
    हातमा बीउ समाउने ।
    २//
    बाजाको धुनमा नाँचेर
    असारे गित गाउँदा
    उफ्रिनु कम्मर भाँचेर ।
    ३//
    दही चिउरा खाएर
    रोप्ने धान मज्जाले
    बेठी गीत गाएर ।
    ✍️ दुर्गा आचार्य, मोरङ
    ————-==———–
    [३२]
    १//
    महिना असार आयो
    वर्षा वर्षदै गरेछ
    मनमा हर्ष छायो ।
    २//
    धान सबैले रोपेर
    दही चिउरा खाऔँ
    रमाऔँ मौका छोपेर ।
    ✍️ कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
    ————-==———–
    [३३]
    १//
    आषाढ पन्ध्र मनाउँछौँ
    कृषिप्रधान देश भनेर
    सामाजिक सञ्जालमा जनाउछौँ ।
    २//
    किसान पर्खँदैछन् झरी
    मूल नभएको ठाउँमा
    वर्षाकै भर परी ।
    ३//
    आयात गर्नुपर्छ खान
    मल समयमा पाएमा
    फल्थ्यो धेरै धान ।
    ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
    ————-==———–
    [३४]
    १//
    धान दिवस आयो
    पकाउने फुर्सद छैन
    दही चिउरा खायो ।
    २//
    रोपे हुर्कन्छ रोपौँ
    खेतबारी बाँझो नराखी
    रोपाइँको मौका छोपौँ ।
    ✍️ अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत।
    ————-==———–
    [३५]
    १//
    खेतका आलिमा बसौँला
    रोपेर धानका बीउ
    दहि चिउरा खाऔँला ।
    २//
    खेतमा बीउ रोपेर
    असारे गीत गाउँदै
    हिँड्छु भाका छोपेर ।
    ३//
    बाउसेले कोदाली समाए
    हलारले खेत जोत्दै
    असार पन्ध्र मनाए ।
    ✍️ सुनगाभा पोखरेल
    ————-==———–
    [३६]
    १//
    असारे गीत गाएर
    छ धान रोप्नु
    दही चिउरा खाएर ।
    २//
    हिलो छ्यापाछ्याप् गर्दै
    एकापसमा रमाउँदै किसान
    असारे भाका भर्दै ।
    ३//
    असार पन्ध्रको रोपाइँ
    सबैजना रमाइलो गर्न
    राम्रो बेठी बजाइ ।
    ✍️ सतीश पण्डित, भानु६ चुँदी तनहूँ, हाल चनपा ६ मातातीर्थ।
    ————-==———–
    [३७]
    १//
    दही चिउरा खाएर
    धान रोप्दैछु माइला
    तिम्रो माया पाएर ।
    २//
    खेतमा पानी खोलाको
    असारे झरीको पर्खाईमा
    घरिघरि किन बोलाको ।
    ३//
    दही चिउरा बोकेर
    असार पन्ध्र मनाउँदै
    इष्ट देवता ढोकेर ।
    ✍️ मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
    ————-==———–
    [३८]
    १//
    असार पन्ध्रको बाटो
    साह्रै सुन्दर देखिने
    धान रोपेको माटो !
    २//
    अनुपम गाउँ हाम्रो
    किसानको पसिना हेर
    धरतीको पूजा राम्रो !
    ✍️ आर्त अकुलीन
    ————-==———–
    [३९]
    १//
    राेपेर धानको दाना
    मलिलो असार झरी
    उमार्छु एक माना ।
    २//
    खेतमा जाेत्न जाने
    पन्ध्र असार आज
    दही चिउरा खाने ।
    ✍️ दिनेशकुमार शर्मा, हेटौंडा , मकवानपुर ।
    ————-==———–
    [४०]
    १//
    मनसुन आएन सर्वत्र
    ब्याडमा बीउ अग्लियो
    किसान भए अलपत्र ।
    २//
    छिटो छरितो खाजा
    दही चिउरा जोड्छन्
    किसान दुनियाँका राजा ।
    ३//
    हेप्छन् किसानलाई अशिष्टहरू
    सुरक्षा छैन उत्पादनको
    बजेट चपाउँछन् वरिष्ठहरू ।
    ✍️ मनोहरी पौडेल, गैडाकोट १
    ————-==———–
    [४१]
    १//
    धान रोप्दै रमाऔँ
    दही चिउरा खाएर
    असार पन्ध्र मनाऔँ ।
    २//
    असारे गित गाउँदै
    रोपौँ धान साथी
    हिलो खेल्दै रमाउँदै ।
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    ————-==———–
    [४२]
    १//
    असार पन्ध्रको दिन
    गमलामा भए पनि
    धान रोप्न हिन ।
    २//
    वर्षदिन खाने बाली
    असारमा लगाउनु पर्ने
    जमिन छन् खाली ।
    ३//
    युवा विदेश भगाउने
    बालक वृद्धले मात्रै
    बाली कसरी लगाउने ?
    ४//
    जमिन भए बाँझा
    सुख जति नेतालाई
    दु:ख भए साझा ।
    ✍️ देव कृष्ण काफ्ले, पोखरा १कास्की
    ————-==———–
    [४३]
    १//
    टन्टलापुर घाममा गराहरू
    मनसुन हरायो कतातिर
    देख्छु फाटेका धराहरू ।
    २//
    गाेठमा छैन मल
    युवा जति विदेशमा
    गाेरुको छैन हल ।
    ✍️ हिरालाल न्याैपाने ,बानपा ८ काेटमाैला,सल्यान
    ————-==———–
    [४४]
    १//
    हरियाली आएर असार
    किसान भए खुसी
    पानी भएर बजार ।
    २//
    दही चिउरा खाने
    भन्छन् धान कोही
    धान रोप्न जाने ।
    ३//
    असार पन्ध्र मनाउने
    खेतीको काममा साथी
    हाँसीखुसी छन् सघाउने ।
    ✍️ पृथक प्रकृति ,झापा
    ————-==———–
    [४५]
    १//
    मध्य असार लाग्यो
    दही चिउरा सरोवर
    खाने इच्छा जाग्यो ।
    २//
    झट्ट हेर्दा पूर्णचन्द्र
    बाटुलो भाँडाको दही
    आहा असार पन्द्र ।
    ✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ————-==———–
    [४६]
    १//
    गरामा धान राेपेर
    कृषिप्रधान देश हाम्रो
    बस्छौँ मल ढुकेर !
    २//
    असार पन्ध्रको बात
    धान राेप्ने चटाराे
    फुर्सद छैन दिनरात ।
    ✍️ भाेलामान बर्देवा, धरान ८ सुनसरी
    ————-==———–
    [४७]
    १//
    असार महिना अहिले
    धानको रोपाइँ हिलोमा
    पाकेर खाउँला जहिले ।
    २//
    असार पन्ध्र मनाउँला
    दहीचिउरा थालमा मुछेर
    शरीरको दुखाइ भगाउँला ।
    ✍️ होमप्रसाद नेउपाने, धरान,सुनसरी।
    ————-==———–
    [४८]
    १//
    असारमा रोपेर धान
    वर्षदिन नै टार्छौँ
    कर्मलाई मानेर सान ।
    २//
    गाँउ शून्य भयो
    बाँझियो खेतबारी सबै
    भूमि खेर गयो ।
    ✍️ पुष्पा राई, ऐसेलुखर्क, खाेटाङ ।
    ————-==———–
    [४९]
    १//
    पहिरोले बाटो भत्काएको
    छैन सिँचाइ अब्बलमा
    खोइ ! कृषिलाई बढाएको ?
    २//
    फल्दैन अछेता खेतमा
    फलाउँ कसरी अब
    चढाउन अन्न देवमा ?
    ३//
    आइसक्यो असार पन्द्र
    आउँदैन अझै मनसुन
    भेटिएन सरकारको चन्द्र।
    ✍️ लोक वहादुर छेत्री लामिछाने, मोदी गा पा २ देउपुर पर्वत्
    ————-==———–
    [५०]
    १//
    राेपेर धान खेतमा
    दही चिउरा खाउँला
    साथी अर्काे भेटमा ।
    २//
    बाउसे तिमी बन
    राेपाहार चेलीहरू भए
    प्रफुल्ल सबको मन ।
    ३//
    कुलाे मिलाइदेऊ हाम्राेमा
    धानका ब्याड सुक्याे
    भए पानी राम्राेमा ।
    ✍️ मनुहाङ किराँती साेलु, महाकुलुङ ५ चाचालुङ
    ————-==———–
    [५१]
    १//
    रोपाइँमा दही बाँडेको
    चिउरा केरा खुवाउने
    खोरिया सबै फाँडेको ।
    २//
    असारे मास धाएर
    खाजा मीठो मान्दै
    दही चिउरा खाएर ।
    ३//
    किसान सबै दुखिया
    खेतबारीमा रोपाइँ गर्ने
    महाजन साहु मुखिया ।
    ✍️ भगवती दवाडी ,झापा
    ————-==———–
    [५२]
    १//
    असारको महिनामा रमाउनुपर्छ
    बेलैमा वर्षा भएकोले
    धानका बिउ समाउनुपर्छ ।
    २//
    दही चिउरा खाऊँ
    गएर मेलामा हामी
    असारे गीत गाऊँ ।
    ३//
    मात्र मुठी खाएर
    मुरी उब्जाउनुपर्छ है
    बेसी खेत धाएर ।
    ४//
    गड्याङगुडुङ् र हावाहुरी
    कसरी गर्नु राेपाइँ ?
    मानो रोपी मुरी ।
    ✍️ दुर्गा भट्टराई, मोरङ
    ————-==———–
    [५३]
    १//
    दही, चिउरा खाने
    चलन असार पन्ध्रमा
    रोपाइँ गर्न जाने ।
    २//
    मानो रोपी मुरी
    उब्जाउन जाऊँ साथी
    नबसौँ भोलि कुरी ।
    ✍️ साबित्री प्याकुरेल, धादिङ्ग
    ————-==———–
    [५४]
    १//
    हिलोमा धान रोपेर
    किसान नाँच्दै गाउँदै
    असारे भाका छोपेर ।
    २//
    किसान धर्तीको पुजारी
    प्रसाद पसिना चढाउँछ
    जीवन झुपडीमै गुजारी।
    ३//
    पसिनाले उब्जाएको अन्न
    विभिन्न परिकार बनाएपछि
    कसैलाई गनाउँदैन धन्न ।
    ✍️ पशपती राई, खोटाङ ।
    ————-==———–
    [५५]
    १//
    नेपाल कृषिप्रधान देश
    कति छ रमाइलो
    आफ्नै बाेली भेष ।
    २//
    खेतमा काेदाली चलाऔँ
    दही, चिउरा खाएर
    असार पन्ध्र मनाऔँ ।
    ३//
    खेतमा हलो चलाऔँ
    असारमा धान राेप्दैँ
    मानाेमा मुरी फलाऔँ ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम । हाल भारतबाट ।।
    ————-==———–
    [५६]
    १//
    महिना यो असार
    गाउँदै असारे भाका
    धान रोप्नै हतार ।
    २//
    फुर्सद एकछिन छैन
    रोपाइँ नसकेसम्म यो
    मनमा हुँदैन चैन ।
    ३//
    राष्ट्रवादीको देखाउने सान
    लाजै नमानी रोप्छन्
    हेर ! गमलामा धान।
    ✍️ रुना कर्माचार्य दाहाल ,चितवन
    ————-==———–
    [५७]
    १//
    दही, चिउरा हातमा
    धानको बीउ छुपुछुपु
    मनपर्ने खेताली साथमा ।
    २//
    सिमसिमे हेर पानी
    दलदले छ हिलो
    कृषकको दिन जानी ।
    ✍️ मन थापा, पोखरा
    ————-==———–
    [५८]
    १//
    सिंहदरवार कुराहरू खेलाउन
    नाफा नाेक्सानकाे नेताहरू
    जनता थाले टाेलाउन ।
    २//
    रातोदिन खटेर हरी !
    दु:खमै छन् कृषकहरू
    छाेडेनन् पीडा वरिपरि ।
    ३//
    देख्नेलाई रमिता भयाे
    सुन्नेलाई कथा एकादेशकाे
    कृषिक्रान्ति पछाडि गयो ।
    ४//
    राेपेर गमलामा धान
    नीति राम्रो ल्यायाै
    बढाउन पार्टीकाे सान ।
    ✍️ ईश्वर साउद (भिक्षु ), रामाराेसन गाउपालिका ६ सुदेरपश्चिम अछाम
    ————-==———–
    [५९]
    १//
    धान दिवस मनाऊँ
    कृषिप्रधान यो देशको
    मूलभूत विशेषता जनाऊँ l
    २//
    मनाऊँ असार पन्ध्र
    हिलो छ्याप्ने क्रममा
    नलागोस् इज्जतमा रन्ध्र l
    ३//
    दही चिउरा खाऊँ
    एकछिन आराम गरेर
    आआफ्नो काम समाऊँ l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ————-==———–
    [६०]
    असार पन्ध्र मनाए
    हाम्रा माननीय मन्त्रीज्यूले
    अश्लिल हर्कतले गनाए !
    ✍️ सुरेश कार्की
    ————-==———–
    [६१]
    १//
    आकाशले फोटो खिच्यो
    गरिबको पसिना जति
    साहुले गलगिद्ध घिच्यो ।
    २//
    असार पन्ध्र आयो
    सांस्कृतिक पर्व मनाउन
    भाइले दहीचिउरा खायो ।
    ✍️ नन्दलाल आचार्य, बेलका- २, सिद्धार्थटोल, उदयपुर । हाल- एनेलकुटी, सिरहा ।
    ————-==———–
    [६२]
    १//
    शून्य गाउँ अलपत्र
    असार पन्ध्रमा पनि
    बाँझो खेत सर्वत्र ।
    २//
    धमाधम खेतीले चटारो
    दहि चिउरा खाएर
    रोपाई गर्न हतारो ।
    ✍️ निर्मल शर्मा, पेदोङ , भारत
    ————-==———–
    [६३]
    १//
    रौपौँला धान छुपुछुपु
    आलीमा बसेर खाउँला
    दही चिउरा कुपुकुपु ।
    २//
    सलल पानी कुलोमा
    हिलोमा डुब्नु सबैले
    नलुकौँ कसैले दुलोमा।
    ३//
    सबैलाई नमस्कार सेवारो
    रमाइलो गरौँ खेतमा
    रोपाइँको आज मैझारो ।
    ✍️
    बिके मुखिया, दार्जीलिङ, भारत।
    ————-==———–
    [६४]
    १//
    मनाउँछौं धान उत्सव
    छुपुछुपु रोपेर हिलोमा
    दही चिउराको मतलव ।
    २//
    अन्न हाम्रो प्राण
    सन्सार हेर्नुपर्छ बाँची
    किसानको बेग्लै वाण ।
    ३//
    उत्साह जगाएर साधना
    धान दिवसको महत्त्व
    सबैलाई धेरै शुभकामना !
    ✍️ घनश्याम पन्त, हरिवन सर्लाही
    ————-==———–
    [६५]
    असार पन्ध्र मनाऊँ
    दही चिउराको साथमा
    हाम्रो संस्कृति जनाऊँ ।
    ✍️ शोभा आचार्य गौतम, काठमाडौँ
    ————-==———–
    [६६]
    १//
    असार पन्ध्रको आशा
    देखावटी संस्कृति कृत्रिम
    रहेछ सुन खासा ।
    २//
    बाँझो रह्यो खेतबारी
    राखी बन्धकी स्वाभिमान
    किन्न श्रीमतीको सारी ।
    ३//
    छोराछोरीको भोक टार्न
    खनजोत छैन खेतबारी
    मोबाइलमा ब्याड सार्न ।
    ✍️ ममता पौडेल, बुढीगङ्गा- २ , मोरङ
    ————-==———–
    [६७]
    १//
    रोपेर फलाउँला धान
    नगरौँ कसैले अल्छी
    गर्नुपर्छ मेहनत जान ।
    २//
    बाँझो खेत जोतौँ
    दही चिउरा खाएर
    मिलिजुली धान रोपौँ ।
    ३//
    दही चिउरा खाएर
    मिलेर रोपार बाउसे
    असारे गित गाएर ।
    ✍️ अनिता कार्की, पाँचथर
    ————-==———–
    [६८]
    १//
    किसानको महिना असार
    परिवार पाल्न खेतीमा
    जान्छन् उठेर सखार ।
    २//
    किसानले पाल्छन् सबैलाई
    आफू गरेर परिश्रम
    बाँड्छन् आफैँ नखाई ।
    ३//
    प्रशंसा गराैँ परिश्रमकाे
    त्यागाैँ ढाँटेर खानेलाई
    खेती गर्नेलाई भ्रमकाे ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ————-==———–
    [६९]
    १//
    दही चिउरा खाने
    बेला हो यो
    रोपाइँ गर्न जाने !
    २//
    मान्छे सङ्गै प्रकृति
    आजभोलि किन होला ?
    बदल्न खोज्दैछ आकृति ।
    ✍️ दीपा गुरुङ्ग(समभाव), खोटाङ्ग
    ————-==———–
    [७०]
    १//
    छुपुछुपु धान रोपौँ
    असार पन्ध्रमा हामी
    अल्छीलाई जाँगरले छोपौँ ।
    २//
    किसानको लागि पर्व
    यो असार पन्ध्र
    सबैले गरौँ गर्व ।
    ३//
    रोपाहार बाउसे दङ्ग
    घुम ओढ्ने भन्दै
    नगरौँ ध्यान भङ्ग ।
    ✍️ शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
    ————-==———–
    [७१]
    असार पन्ध्र आयो
    केही प्रगतिमा पुग्दा
    कृषकमा उमङ्ग छायो ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ————-==———–
    [७२]
    १//
    पानी पसिना परिश्रम
    किन किसानकै भाग्यमा ?
    सहुलियत हरदम कम !
    २//
    जोतिनु किसानले पर्छ
    असारमा नेता भनौँदाले
    कृषकको नाटक गर्छ !
    ✍️ बि.कुलुङ, दार्जिलिङ रंगबुल
    ————-==———–
    [७३]
    १//
    मानो रोप्ने समय
    असार श्रावणको महिना
    खडेरीको भयो भय ।
    २//
    किसानलाई भ्याइ नभ्याइ
    गमलामा धान रोप्छ्न्
    नेता आडम्बर देखाई ।
    ✍️ बाल कृष्ण श्रेष्ठ सोलुखुम्बु
    ————-==———–
    [७४]
    दही चिउरा खाएर
    असार पन्द्र मनाउ
    नाचेर अनि गाएर ।
    ✍️ प्रेम शर्मा ” एकान्त प्रेमी, कालेबुङ
    ————-==———–
    [७५]
    १//
    हिलो किन टेक्नु
    गमलामा धान रोप्दै
    कृषिक्रान्तिको कुरा फेक्नु ।
    २//
    कृषि अनुदान लेऊ
    असारमा बाँडिचुँडी चट्ट
    जुँगा हेरी देऊ ।
    ३//
    असारको पन्ध्र मनाउँदै
    खानु दहीचिउरा हिलोमा
    धान रोपाइँ जनाउँदै !
    ✍️ विवश पारदर्शी, झापा
    ————-==———–
    [७६]
    कृषिविना देश सफल
    महोदय हुन्छ कसरी
    खाद्य समस्याको हल ?
    ✍️ तारा सुनाखरी, दोलखा
    ————-==———–
    [७७]
    १//
    दही, चिउरा खाउँला
    असार पन्ध्र मानेर
    धान रोप्न जाउँला ।
    २//
    हिलाेमा धान राेपाैँला
    वर्षा भए दरर
    घुमले जिउ छाेपाैंला ।
    ✍️ त्रिलाेचन भण्डारी, मेचीनगर,झापा
    ————-==———–
    [७८]
    १//
    नेताले गर्छन् नाटक
    धान रोपेर गमलामा
    नमानी कुनै धक ।
    ✍️ सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल।
    ————-==———–
    [७९]
    १//
    असारको रोपाइँ गरेर
    धान लहलह आहा !
    साउन महिनामा सरेर ।
    २//
    सोचेझैँ रहोस् भावना
    सम्पूर्ण कृषकहरूमा मेरो
    असार पन्ध्रको शुभकामना ।
    ✍️ ललिता गिरी, सिन्धुली, हाल काठमाडौँ नेपाल ।
    ————-==———–
    [८०]
    १//
    जाऔँ असारको मेलामा
    रमाइलो हुन्छ रोपाइँ
    पानी परेको बेलामा ।
    २//
    दही चिउरा खाएर
    असार पन्ध्र रमाइलो
    रोपाइँमा गीत गाएर ।
    ३//
    दही चिउरा खाने
    असार पन्ध्रमा रमाउन
    खेतमा रोप्न जाने ।
    ✍️ लक्ष्मण देउवा डोटी, हाल भारत चेन्नई
    ————-==———–
    [८१]
    १//
    समय महिना असार
    किसानलाई रोप्ने चटारो
    जनजीविकाको मूल आधार।
    २//
    खेतबारी बाँझै राखेर
    किसानको पहिचान दिन्छन्
    गमलामा धान रोपेर ।
    ✍️ अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हाल:-अमेरिका,बोस्टन।
    ————-==———–
    [८२]
    १//
    गाएर असारे गीत
    आऊ मित्र ! नभुली
    लगाउँला हिलोसँग मीत ।
    २//
    खानेकुरा सधैँ खाएको
    असार पन्ध्र गते
    गौरवमय मन पाएको ।
    ✍️ लक्ष्मी रिजाल, कञ्चनरूप-१२, रूपनगर, सप्तरी ।
    ————-==———–
    [८३]
    १//
    असार पन्ध्र आयो
    दही, चिउरा मज्जाले
    मिलेरै खान पायो ।
    २//
    हिलोले छेपेको दिन
    आउँछ याद मनमा
    सम्झना बनेर किन ।
    ✍️ बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    ————-==———–
    [८४]
    दही, चिउरा खान्छौँ
    कृषि नगर्ने अल्छी
    विदेश मात्र जान्छौँं ।
    ✍️ धनुष न्यौपाने “यात्री”, जुम्ला
    ————-==———–
    [८५]
    १//
    धान रोप्दै रमाउँला
    आऊ खेतमा गएर
    असार पन्ध्र मनाउँला !
    २//
    दही, चिउरा खाएर
    धान रोप्न जाउँला
    असारे गीत गाएर ।
    ✍️ नन्दा धामी, नौगड, दार्चुला
    ————-==———–
    [८६]
    १//
    असारे भाका निकाली
    गाउँछन् रोपाहार खुशीले
    भाक्दै सिमेभुमे वनकाली ।
    २//
    किसानको पर्व असार
    माटोसँग गाँसेर नाता
    रमाइलो गरौँ अपार ।
    ३//
    मानिसलाई कृषि कर्ममा
    जगाउन सके आकर्षण
    विकास हुन्छ देशमा ।
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    ————-==———–
    [८७]
    दही, चिउरा कुपुकुपु
    असार पन्ध्र हिलोमा
    धान रोपौँ छुपुछुपु ।
    ✍️ ध्रुव श्रेष्ठ, खोटाङ हाल काठमाडौँ ।
    ————-==———–
    [८८]
    दही, चिउरा थालीमा
    मनाउँ असार पन्ध्र
    हिलो खेतको आलीमा ।
    ✍️ चिरञ्जीवी श्रेष्ठ
    धनकुटा हाल काठमाडौँ ।
    ————-==———–
    [८९]
    १//
    दही, चिउरा खाऊँ
    खेतको आलीमा बसेर
    आषाढको पन्ध्र मनाऊँ ।
    २//
    असारे गीत गाउँदै
    आयो धान दिवस
    माटोको टीका लाउँदै।
    ✍️ पुष्पा सुवेदी, नेपालगन्ज, बॅाके।
    ————-==———–
    [९०]
    १//
    नेताको गलामा धान
    धान दिवस मनाउँछ्न्
    देखाई झुठो सान !
    २//
    बीउ, मल बेपत्ता
    नेता गर्छन् भाषणमात्र
    व्यस्त टिकाउन सत्ता ।
    ✍️ गोबिन्द काफ्ले, चन्द्रपुर-१,बागमती ,रौतहट
    ————-==———–
    [९१]
    पर्छ समयमा जान
    असारकाे पन्ध्रमा हामी
    दहीमा चिउरा खान ।
    ✍️ सहयात्री शाेभा अर्याल, रुपन्देही
    ————-==———–
    [९२]
    १//
    बाेकेर बिउ धानकाे
    राेपेर छुपुछुपु गरामा
    फलाउँ फल शानकाे ।
    २//
    दही चिउरा खाने
    असार पन्ध्रमा हजुर
    धान राेप्न जाने !
    ✍️ उर्मिला के.शी. धनकुटा !
    ————-==———–
    [९३]
    १//
    दही चिउरा खाउँ
    परिवार भेला भएर
    रमाइलो गरेर मनाउँ ।
    २//
    जोगाऊ चलेको रित
    अजर रहन्छ नाता
    अमर बन्छ प्रित ।
    ३//
    हाँस्दै नाँच्दै रमाउँदै
    रोप्छौँ धान हामीले
    असारे गित गाउँदैँ ।
    ✍️ सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
    ————-==———–
    [९४]
    किसान बाउसे गाएर
    असार पन्ध्र मान्दै
    दही, चिउरा खाएर ।
    ✍️ शंकर कार्की, थाहा नगरपालिका ३ मकवानपुर।
    ————-==———–
    [९५]
    १//
    नेपाली पर्वका धनी
    आयो असार पन्ध्र
    खेतमा जाउँ भनी ।
    २//
    दही, चिउरा खाउँ
    सबै काम छोडी
    धान रोप्न जाउँ ।
    ✍️ जयनारायण नेपाल, इलाम, हाल सूर्यविनायक २, बालकोट ,भक्तपुर ।
    ————-==———–
    [९६]
    १//
    अघिपछि महलमा बस्छन्
    फोटो पोस्ट्याउन फेसबुकमा
    जबर्जस्ती हिलोमा पस्छन् ।
    २//
    पर्वमा दहीच्युरा खानू
    किसान भनेर चिनिन
    बेलाबेला खेतमा जानू ।
    ✍️ शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
    ————-==———–
    [९७]
    १//
    खेतमा धान लाएर
    असार पन्ध्र मनाऔंँ
    दही चिउरा खाएर ।
    २//
    असार पन्ध्र आयो
    धान, कोदो रोप्न
    सबैमा व्यस्तता छायो ।
    ✍️ प्रविना प्रयासी, ओखलढुङ्गा
    ————-==———–
    [९८]
    १//
    असार पन्ध्र मनाउने
    फुर्सद छैन किसानलाई
    ठेकामा दही जमाउने ।
    २//
    महलमा धेरै चहलपहल
    असार पन्ध्र मनाउने
    सहरमा हुन्छ छलफल ।
    ✍️ सुन्दरी घिमिरे खतिवडा
    सङ्खुवासभा
    ————-==———–
    [९९]
    १//
    खेततिर पाइला मोड्दैन
    रोप्दैछ धान गमलामा
    दही, चिउरा छोड्दैन।
    २//
    आज सहरले सम्झायो
    व्यस्त कृषक मेलापातमा
    दही, चिउराले भुलायो ।
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    ————-==———–
    [१००]
    १//
    म सञ्चार गर्दछु
    दिवस सफल बनाेस्
    याे पुकार गर्दछु ।
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    ————-==———–
    [१०१]
    १//
    असारमा रोपेको धान
    मङ्सिरमा थन्क्याए भने
    झुटा हैन मान ।
    २//
    दही, चिउरा खाएर
    लिएर खेतमा बीउ
    रोपे गीत गाएर ।
    ३//
    पानी असारमा पर्यो
    किसानले रोप्न पाएर
    हर्षका आँसु झर्यो ।
    ✍️ अम्बिका अधिकारी, झापा बिर्तामोड
    ————-==———–
    [१०२]
    १//
    असार पन्ध्रको दिनमा
    दही, चिउरा खानुपर्दछ
    धान रोपी खेतमा ।
    २//
    कृषि हाम्रो आधार
    राख्नु हुँदैन बाँझो
    बेलैमा पुर्‍याउँ विचार ।
    ✍️ समुन्द्रा शर्मा, सुनसरी
    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको २१ औँ शृङ्खला (असार पन्ध्र विषयक) सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २५ सम्पन्न

  • २६ असार २०८१, मंगलवार २०:५० मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २५ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २५ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
    —++—

    …
    १,
    मैझारो रोपाइॅं सकियो
    असारे भाका समाउॅंदै
    बेठीमा रमाइलो गरियो ।
    २,
    देख्नेको बुजो लागेपछि
    छन् सारा अबोला
    सत्यले असत्यलाई समातेपछि ।
    ३,
    सोध्छ्यौ, माया नकिन्ने ?
    बिक्रीवितरण हुन्छ र !
    मौकामा प्रेम चिन्ने ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      असारमा धान रोपियो
      हातमा बीउ लिएर
      आकासे भेल छोपियो ।
      २,
      हिलोमा गोरु जोतौँ
      असारे गीत गाएर
      धानको बीउ रोपौँ ।
      ३,
      असारे रोपाइँ घन्कियो
      खेतमा बेठी लाएर
      रोपाइँ मैजारो थन्कियो ।
    • बेदु न्यौपाने
      …
      १,
      सङ्घर्ष हो जीवन
      किन हार मान्ने
      आत्मबल ठुलो धन।
      २,
      सुखदुःख जीवनको पाटो
      हारेर होइन डटेरै
      हिॅंडेर साहसको बाटो।
      ३,
      युद्ध बुझ्नु जीवन
      हारलाई आफूले हराउनु
      खुसी बनाउने मन।
    • सङ्गीता खरेल, चन्द्रागिरी ८ काठमाडौं
      …
      १,
      रोपाइॅं कतै सकिएको
      छुटफुट मात्र पानी
      छैन प्रकृतिले दिएको।
      २,
      प्रकृतिले दिएन किन?
      विनाश भयो धेरै
      कसरी सकिन्छ लिन ?
      ३,
      जीवन सङ्घर्ष रहेछ
      टाले पनि देखिने
      व्यर्थै वेदना पोखिएछ।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-अमेरिका,बोस्टन।
      …
      १,
      पहिलेदेखि पछाडि पर्‍यो
      काम लिनु रहेछ
      उसैमाथि घात गर्‍यो ।
      २,
      छिमेकी पराईलाई हँसायौ
      धोखा दियौ तिमीले
      मलाई जालमा फसायौ।
      ३,
      जीवनभरि सिकियो पाठ
      बगलीमा प्वाल परेपछि
      मनदेखि लाग्यो उराठ ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
      …
      १,
      रोपाइँ सिमसिमे पानीले
      असारे गीत गाएर
      कान्छीको जिस्किने बानीले ।
      २,
      जगेर्ना भयो खासाको
      साहित्य झिल्का लेखेर
      उत्थान नेपाली भाषाको ।
      ३,
      भएको वर्षा समयमा
      किसान कर्ममा जुटेर
      रोपाइँ गर्दै चयनमा ।
    • भगवती दवाडी ,झापा
      …
      १,
      वर्षातको उर्लँदो भेल
      जस्तै कहिल्यै नसकिने
      जीवनमा अचम्मको खेल।
      २,
      अधिकांश रोपाइँ सकियो
      पहिरो डुबानको डरले
      अचेल मन बहकियो ।
      ३,
      पानी ठूलो परेको
      दैवको लिला अचम्मको
      अचेल के गरेको ?
    • लक्ष्मण देउवा, डोटी
      …
      १,
      रोपे धान मिलेर
      फल्छ मानोको मुरी
      पसिना माटोमा सिन्चेर ।
      २,
      आफ्नो खेत नबारी
      काम खोज्न जानुछ
      सधैँ सिमाना पारि ।
      ३,
      छैन सरकार गतिलो
      रगत पोखे सहिदले
      भएन भनेको जस्तो।
    • सुरेशकुमार पाण्डे दाङ घोराही १८
      …
      १,
      एक्काइसौँ शताब्दीको विकास
      द्रुततर गतिमा बढिरहेको
      पाएन देशले निकास ।
      २,
      विश्व बढिरहेछ अगाडि
      कुर्सी खोसाखोस गर्दागर्दै
      देश पुगेछ पछाडि ।
      ३,
      हाम्रै पालामा देखियो
      राजनीतिक गडबडीका इतिहासहरू
      त्यसैले व्यङ्ग्य लेखियो ।
    • गुणनिधि घिमिरे, अमेरिका
      …
      १,
      सिमसिम पानी परेको
      असारे गीत गाउँदै
      बीउ खेतमा छरेको।
      २,
      चुनौतीको सामना गरेको
      पुर्वमा डुबान भएर
      हिजो झण्डै मरेको ।
      ३,
      सदनको लडाइँ हेरियो
      देखियो नेताको खिचातानी
      रातारात सत्ता फेरियो ।
    • कला ढकाल, झापा
      …
      १,
      लगाउँछन् फाटेको चोली
      दिनभरि पसिनाले भिज्छ
      कस्तो नम्र बोली ।
      २,
      फूल फुलेपछि झर्नुपर्छ
      यो शाश्वत नियम
      हामी एकदिन मर्नुपर्छ ।
    • दीप गोले तामाङ, रौतहट
      …
      १,
      अभियान छ राम्रो
      लेखौँ साप्ताहिक झिल्का
      ज्ञान बढ्छ हाम्रो ।
      २,
      विनाश भयो कति
      बाढी, पहिरो आएर
      जनधनको भयो क्षति ।
      ३,
      सुरक्षित बस्न भनौँ
      छरौँ ज्ञानको ज्योति
      हामी सचेत बनौँ ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      बाध्यताले बिरानो बनायो
      बहाना बरै ! बुझेन
      बेमतलब बात बढायो।
      २,
      फक्रेर फेरी फुलेन
      फसेर फटाको फन्दामा
      फूलमाया फेरि फर्केन ।
      ३,
      मुस्कानले मन मातिन्छ
      मोहनी मादक मौसममा
      मुटुभित्र माया मौलिन्छ ।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ
      …
      १,
      भरपर्दो सरकार भएन
      देशी विदेशी चलखेलले
      जनताको दु:ख गएन।
      २,
      सिमसिम पानी परेको
      बेँसीमा धान रोप्न
      रोपाहार बाउसे झरेको ।
      ३,
      यादले सतायो धेरै
      सिन्दुर पोते लिएर
      हुन आऊ मेरै ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी भक्तपुर
      …
      १,
      असार पनि सकियो
      धान रोपेर हतारमा
      आराम गर्न बसियो।
      २,
      मरिहत्ते गरे जहिले
      मायामा सधैँ तिमी
      रोपाइँमा आऊ अहिले।
      ३,
      एक्काइसौँ शताब्दीमा विकास
      खेतीयोग्य जमिन प्लाटिङमा
      कहाँ हुन्छ निकास ?
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा
      …
      १,
      हरेक ठाउँ चलखेल
      बाहिरी देखावटी तिक्तता,
      भित्रभित्रै हुँदोरहेछ मेल।
      २,
      कहिले हुन्छ विकास
      भएन परिवर्तन सोचमा
      मिलेमतोमा बजेट निकास।
      ३,
      भएन यस्तो गराएको
      जन्म किन दियौ ?
      मान्छे बुद्धि हराएको।
    • शंकर कार्की, मकवानपुर
      …
      १,
      असारमा पानी परेछ
      आकाश बादल नलागी
      तप्प असिना झरेछ ।
      २,
      भिरपाखामा पहिरो झर्‍यो
      मार्‍यो खोलानाला बाढीले
      बिचल्लीमा गरिव पर्‍यो ।
      ३,
      तिम्रो कहानी सुनेर
      मुटुमा घाउ लाग्यो
      आफन्तले जाल बुनेर ।
    • अम्बिका अधिकरी, झापा बिर्तामोड
      …
      १,
      सिमसिमे पर्‍यो पानी
      असार मास भिज्दै
      बित्दैछ यो जिन्दगानी ।
      २,
      गाएर असारे गीत
      रोपेर धान खेतमा
      लगाए मायालु प्रीत ।
    • कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा
      …
      १,
      सहेर घाम, पानी
      हाँसखेल गर्दा राम्रो
      बितोस् यो जिन्दगानी।
      २,
      आलस्य सबैले त्यागौँ
      स्वदेश समृद्ध बनाउन
      हातेमालो गरेर लागौँ ।
      ३,
      रोपे ढुकुटी भर्छ
      खेत बाँझो राख्नाले
      मङ्सिरमा आँसु झर्छ।
    • बिके मुखिया, दार्जीलिङ,भारत
      …
      १,
      घाम अनि पानी
      माटो गलेर धेरै
      गर्छ पहिरो जानी ।
      २,
      राती पर्‍यो वर्षा
      पानी बढी आएर
      चिर्‍यो घरको कर्रा ।
      ३,
      घरमाथि उभेको रुख
      ढल्छ कि भनेर
      मनमा हुन्छ दुख ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      असारे माया हिलो
      सम्मान गरौँ सबैले
      किसानी पेशा गतिलो ।
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      भयो लगातार वृष्टि ,
      भगवान्को पनि छैन
      सबैमा समान दृष्टि ।
      २,
      अर्काकै बैशाखी टेकेर
      हिॅंड्ने गर्छ मान्छे
      जीवन अजम्बरी देखेर।
      ३,
      रहर हुँदैनन् पूरा
      भन्न नमिल्ने पनि
      हुँदारहेछन् धेरै कुरा
    • दीपा गुरुङ्ग (समभाव), खोटाङ्ग
      …
      १,
      टिक्दैन परालको खुट्टा
      यसै चल्छ शासन
      भाषणहरू सबै झुट्टा।
      २,
      बुढाहरू थलो छोड्दैनन्
      झोले झ्याम्टे पछिपछि
      रालेहरू बाटो मोड्दैनन्।
      ३,
      देखेको कुरा बोल्नुपर्छ
      कलमे झुटो नलेखोस्
      यथार्थ जहिले खोल्नुपर्छ ।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      त्यान्द्रो थियो धागोको
      थप्दै जाउँ लागेथ्यो
      फेला पर्‍यो आगोको ।
      २,
      भ्रष्टहरू भ्रष्टाचारमा भुल्यो
      पाक्यो खिचडी रातारात
      जब फाइल खुल्यो ।
      ३,
      नगर धेरै चुरीफुरी
      जब जेलमा जाकिन्छौ
      लाग्ला अनि कुरीकुरी ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
      …
      १,
      नराम्रो सोझालाई छलेको
      मरी जाने चोलामा
      कसैको अहित सोचेको ।
      २,
      मेटिँदैन भाग्य लेखेको ।
      मात्र फल निश्चित
      पाइॅंदैन सबै देखेको ।
      ३
      प्रेम राम्रो गाँसेको
      जन्म मृत्यु निश्चित
      किन भ्रम पालेको ?
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      कतै भएछ अनावृष्टि
      धान रोपाइँको समयमा
      प्रकृतिको रहेन दृष्टि ।
      २,
      पहाडी भेगमा अतिवृष्टि
      पहिरो धस्कॅंदैछ चारैतिर
      विनाशतिर प्रकृतिको सृष्टि ।
      ३,
      असारमा झरेछ पहिरो
      होसियार रहौँ सबै
      चोट पर्ला गहिरो ।
    • मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
      …
      १,
      असार मास लाग्यो
      जताततै चलेको रोपाइँ
      देखेर आशा जाग्यो ।
      २,
      देशको राजनीति बिग्रियो
      समाधानको बाटोमा थुप्रै
      फोहोर मथिङ्गल थिग्रियो !
      ३,
      माया लाउने चाहना
      जाग्यो भने पियारी
      रोपाइँमा भेटको कामना !
    • विवश पारदर्शी, झापा
      …
      १,
      हावामा गन्ध आयो
      कतै तिमीसँग थियो
      झरी कस्तो छायो ?
      २,
      हाम्रो बारेमा कुरा
      दुःखभित्रै छ सुख
      किन चलाउँछौ छुरा ?
      ३,
      कति ठूलो मन ?
      दुनियाँ खुसीले गदगद
      गरिबको छैन धन ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      रोपेर धानको दाना
      अहिले गरेको मेहनत
      वर्ष दिनको खाना ।
      २,
      आकाशबाट बर्सियो पानी
      बगाऊ पसिना धरतीमा
      बिज असल छानी ।
      ३,
      कर्मले फल पाउछ
      अहिले बगेको पसिना
      मङ्सिरमा फल आउॅंछ ।
    • दिनेशकुमार शर्मा , हेटौंडा , मकवानपुर ।
      …
      १,
      किसानलाई खेतीपातीमा हतारो
      विश्वास जितेर जनतालाई
      राजनीतिमा आलोपालोको चटारो ।
      २,
      पालोले खाँदै उग्राउँदै
      जनताले छोडेका साँढेहरू
      घरी घरी डुक्राउँदै ।
      ३,
      माया साटेर लाऊ
      झुठो कुरा गर
      अझै ढाँटेर खाऊ ।
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
      …
      १,
      असार पन्द्र जनाइयो
      गमलामा धान रोपेर
      कृषक सबै रमाइयो ।
      २,
      बाढी पहिरो जाँदैछ
      बर्खा यामको पानीले
      घर खेत लाँदैछ ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
      …
      १,
      जीवन रहेछ टालो
      हिँडिरहेछ बाटो खोज्दै
      उकालो र ओरालो ।
      २,
      चल्दैछ जिन्दगी यसरी
      नदीमा पानी बगेको
      सलल सलल जसरी ।
    • होम प्रसाद नेउपाने, धरान, सुनसरी
      …
      १ ,
      भयो वर्षा अविरल
      गर्ज्यो खोला गदगद्
      बस्ती नबगून् खलल।
      २,
      सचेत बनौँ हामी
      कतै बिपद् नपरून्
      बन्नुहोस् सहयोगी नामी ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा – १४, साँगाबजार
      …
      १,
      आयो साउने झरी
      उसको याद आउँछ ,
      मलाई हजुर घरी ।
      २,
      पानी पर्ने बेला
      गरिब जेहेन्दारलाई नगर्नु ,
      सरकार अब हेला ।
      ३,
      चारैतिर फैलियो पानी
      हजुर ज्यान जोगाउनु,
      सबभन्दा राम्रो बानी ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      असारे पन्ध्र गयो
      रमाइलो गर्दै हिलोमा
      धान रोपाइँ भयो।
      २,
      मनभरि गरिएको कामना
      पुरा कहिलै हुँदैन
      सोचेर बनौँ आफ्नोपना।
      ३,
      जिन्दगी भन्नु बोक्रो
      जलेर खरानी हुन्छ,
      मनुष्यको चोला खोक्रो ।
    • मन्जु बोहरा, बझाङ
      …
      १,
      असारमा पानी पर्‍यो
      किसान खुसी हुँदै
      रोपाइँमा बेसी झर्‍यो ।
      २,
      यी मनको कामना
      पूरा भएनन् कहिल्यै
      राति देखेका सपना ।
      ३,
      जिन्दगी मर्ने चोला
      बाँचुन्जेल रमाएर बसौँ
      विश्राम गर्ने खोला ।
    • दुर्गा भट्टराई, मोरङ
      …
      १,
      हरक्षेत्रमा हेर छेउकुनो
      छन् तल्लीन स्वार्थीहरू
      सोझाउन आफ्नै दुनो ।
      २,
      कस्तो बस्नपुग्यो थिति
      रहेन इमान जमान
      कसैले मान्दैनन् नीति ।
      ३,
      जसको हातमा शक्ति
      उही पूज्य सर्वत्र
      सम्मान आराधना भक्ति !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      रातोदिन पर्‍यो झरी
      बाटोघाटो बन्द भयो
      पैरो आयो हरघडी ।
      २,
      अन्नपात लगे सब
      रहेनन् घरबार केही
      बगाए भेलले जब ।
      ३,
      थपे दु:खको भारी
      सुखको दिन केवल
      पुग्यो है सीमापारि ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      जीवनमा सङ्घर्ष गर्ने
      जति गर्‍यो उति
      त्यसैको भर पर्ने!
      २,
      जून खसाल्छु भन्नेले
      केही पनि नाप्दैनन्
      बसेर तारा गन्नेले!
      ३,
      विकास गर्ने हराए
      ढाँट्न छल्न सिकेर
      कुभलो मन पराए!
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      बनमा जनावरहरूका मङ्गल
      देश डुब्दै गयो
      सखाप पारे जङ्गल !
      २,
      किसान हुँ भन्ने
      खेतबारी छ बाँझै
      दिनभरि तास गन्ने !
      ३,
      असारमा परेको झरी
      बाढी अनि पहिरो
      तर्नु कसरी खोलानालाभरि !
    • धनमाया चौधरी कैलाली
      …
      १,
      किसानको सपना पूरा
      बाली लगाउने अब
      रहेनन् केही अधुरा ।
      २,
      निरन्तर परिरहेछ पानी
      खाना खाएर छिट्टै
      रोपाइँ गर्न जानी।
    • साबित्री प्याकुरेल,धादिङ्
      …
      १,
      बाहिर पानी परेको,
      असार महिनाको दिन
      खेतमा रोपाइँ गरेको।
      २,
      असारे गीत गाउॅंदै
      मुठी रोपेर मुरिको,
      मनमा आस लाउॅंदै ।
      ३,
      साप्ताहिक झिल्का राम्रो,
      सबै मिलेर लेखौँ,
      बनाएर यसलाई हाम्रो।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      खेतसँग प्रीत लाएको
      असारे भाका छोपी
      मिठो गीत गाएको ।
      २,
      हातमा बीउ समाई
      खुसी छन् सबै
      एकैसाथ आपसमा रमाई ।
      ३,
      खान पाइन्छ माम
      खेतमा धान रोपी
      मिलेर गरौँ काम।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६, सङ्खुवासभा
      …
      १,
      नारी पुरुषको जात
      बराबर चाहिँ कुरामा
      भेदभावको अझै खात ।
      २,
      जबर्जस्ती गरेर हुँदैन
      बुझ्नुपर्छ इच्छा चाहना
      बलात्कारले मन छुँदैन ।
      ३,
      समस्याको हल खोजौँ
      कसरी हुन्छ दिदीबहिनी
      प्रगतिको बाटो रोजौँ ।
    • पृथक प्रकृति, झापा
      …
      १,
      एकार्काको हात समाउँदै
      मायाप्रीतिको भाव साट्छन्
      हिलो खेलेर रमाउँदै।
      २,
      असार मासको काम
      खटेर गर्छन् सबै
      बिर्सिएर खान माम।
      ३,
      असार पन्ध्रको पर्व
      खेतमा धान रोप्दै
      मिलेर गरौँ गर्व।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत
      …
      १,
      नराम्रो विचार नराख
      सबैको मन जिती
      बिझ्ने कुरा नचाख ।
      २,
      धनका छन् भोका
      निर्धनलाई यहाँ नचिन्ने
      क्रुरताको हुन् पोका।
      ३,
      बाहिर ठिक्क पार्ने
      माथि माथि चढाएर
      ह्वात्त तल झार्ने।
    • सविता भट्टराई, जनकपुर
      …
      १,
      झरीले बनाउॅंछ हुरुक्क
      बाढी, पहिरो नसुन्दा
      मन भयो ढुक्क ।
      २,
      निथ्रुक्क विचरी चरी
      बास जति जलाम्य
      धेरै दुखमा परी ।
      ३,
      मुसलधारे वर्षा झर्‍यो
      दोबाटोको भरिया आज
      नदी किनारामा पर्‍यो ।
    • हिरालाल न्यौपाने ,बानपा ८, कोटमौला सल्यान
      …
      १,
      म तिम्रै भक्त
      ठिक्क वर्षा गरी
      कृपा गर सक्त ।
      २,
      फाट्नेलाई जोड्ने तिमी
      बिजुली, गायब नहोऊ
      उकालो लाग्छौँ ठिमी ।
      ३,
      मौसम बिहेको आयो
      कैयौँले पीडा भोगेर
      एउटाले फल पायो ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
      …
      १,
      गर्मी उधुम थियो
      पानी पर्दा त
      जाडोले ठाउँ लियो ।
    • लक्ष्मी रिजाल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल
      …
      १,
      सङ्घर्ष हो जीवन
      चल्नेछ दुख सुखले
      पसिनाले कमाएको धन।
      २,
      आँसुले भिजेको परेली
      देखाउन गाह्रो हुन्छ
      तप्कना भित्रको तरेली।
    • बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ।
      …
      १,
      सबैले हेरौं सोचेर
      आफुलाई जस्तै पिडा
      अरूलाई बोल्दा घोचेर।
      २,
      ज्ञानको दीप बालौँ
      अहङ्कारको जरालाई सबले
      आफ्नो हृदयबाट फालौँ।
      ३,
      बुझौं अरुको मर्म
      सदा मुस्कान छर्ने
      होस् हाम्रो कर्म।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      भोको बाघ रिसाउँछ
      जब पाउँदैन खाना
      जङ्गल सबै थर्काउँछ ।
      २,
      राजनीतिमा लाज भएन
      नेताहरू धेरै जसोको
      लुट्ने बानी गएन ?
      ३,
      छानिएकाहरू संसदमा लड्छन्
      यस्ता सांसदबाट जनताले
      इतिहासमा के पढ्छन !
    • रबि पौडेल दक्षिण भारत पाण्डेचरी ।
      …
      १,
      सिमसिम परेको पानी
      हिलोमा धान रोप्दै
      कम्मरमा पटुकी सानी
      २,
      खुसीले हिलोमा खेल्दै
      अङ्गालोमा बाँधिएर सबैलाई
      माया प्रितीमा झेल्दै ।
      ३,
      असारमा धान रोपियो
      सालीको पटुकी पनि
      हिलाम्मे बनी सकियो ।
    • केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम (हाल भारत)
      …
      १,
      असारे मिठो गीत
      खेतका गरा हिलाम्मे
      रोपाहारसॅंग मिठो प्रीत।
      २,
      मङ्सिरको भयो मेलो
      भयो मैजारो अब
      सकियो असारे खेलो।
    • तोया नाथ चापागाईं, दमक, झापा, नेपाल
      …
      १,
      जोखिम पहिरो बाढीको
      पहाडी मुलुक हाम्रो ,
      पैसा बग्दछन् खाडीको।
      २,
      पृथ्वीको संहार भएन,
      उत्ताउलो भयो जलवायु ,
      मान्छेको ध्यान गएन।
      ३,
      जोगाए वनपाखा यहाँ ,
      लगाए वातानुकूलित बोट,
      पहिरो जान्थ्यो कहाँ ?
    • मनोहरी पौडेल, गैडाकोट १, नवलपरासी वर्दघाट सुस्तापूर्व
      …
      १,
      रोपाइँ गर्ने बेला
      असार महिना यो
      खेतमा भएका भेला।
      २,
      बादल फाटेर आयो,
      रोपाइँ गर्दै खेतमा
      असारे गीत गायो।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      वर्षा भयो अति
      क्षति धेरै भयो
      अझै पर्छ कति |
      २,
      यो वर्षाको भेल
      गर्नु गर्‍यो दैव
      कस्तो प्रकृतिको खेल |
    • सरिता सेढाई धादिङ
      …
      १,
      हरायो निद्रा भोक
      कस्तो लत बस्यो
      लाग्यो मायाको रोग।
      २,
      आयो बाढी पहिरो
      बिचल्लीमा पर्‍यो लौ
      नेपालीको पीडा गहिरो।
    • वेल थोकर तामाङ
      …
      १,
      समस्याहरू सूचनामा आउँदैन
      अचानक झम्टेर बिझाउँछ
      दु:खलाई समाल्नु भ्याउॅंदैन।
      २,
      असारको झरीले सतायो
      जताततै यातायातमा बाधा
      गरीबलाई घाँटीमा अॅंठ्यायो ।
      ३,
      जनसाधारणलाई महङ्गीले चेप्दैछ
      बजार भावहरू चुलिएको
      प्राकृतिक मौसमले हेप्दैछ ।
    • दिल ठकुरी, टिस्टाभेल्ली (दा)
      …
      १,
      सङ्केत देखियो खतरा
      ढल्ने अवस्थामा पुगेछ
      बत्तिस तले धरहरा l
      २,
      जगको इॅंटा खुस्क्यो
      आफ्नै दम्भको कारण
      हातको माछो फुस्क्यो l
      ३,
      सधैँ शेर बन्थ्यो
      मलाई पछार्न त्यति
      सजिलो छैन भन्थ्यो l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      बढ्यो साउनको भेल
      कति छ बाँकी
      सकिन जीवनको खेल ।
      २,
      बर्षातको भेल सरी
      पीडा रुमल्लिॅंदै आउँछ
      जिन्दगीमा घरी घरी ।
      ३,
      ढिलो पानी पर्न
      जान सकिन थाल्दा
      यसपाली रोपाइँ गर्न ।
    • ललिता गिरी सिन्धुली (हाल काठमाडौं)
      …
      १,
      माया गर्ने मन
      गयो आज टाढा
      उतै गयो तन।
      २,
      जाँदैन म छोडी
      मुटुले मान्दैन हेर
      हाम्रो बन्धन तोडी।
      ३,
      आफ्नो कर्म गर
      अरूलाई दुःख नदेऊ
      तारा बनी झर।
    • धनुष न्यौपाने “यात्री”, जुम्ला
      …
      १,
      पर्दैछ सिमसिमे पानी
      खेतको दबदबे हिलोमा
      रोप्दैछिन् धान सान्नानी।
      २,
      खेतबारी बाँझो भएर
      हुँदैछ सुनसान गाउँ
      युवाहरू परदेश गएर।
    • पुरुषोत्तम फुयाल, साकेला गाउँ पालिका-२ रतन्छा खोटाङ
      …
      १,
      असारमा बर्सातले तर्साउॅंदैछ
      गड्याङगुडुङ बादल मडारिएर
      आकाशमा बिजुलीले थर्काउॅंदैछ।
    • सुनगाभा पोखरेल, हाल- नेपालगन्ज
      …
      १,
      घाम, हावा, जल
      बोटमा आखिर पाकेपछि
      मिठो हुन्छ फल !
      २,
      आकाश रोएर जल
      चारैतिर छ डरलाग्दो
      धरतीमा आयो भल !
      ३,
      सकेसम्म मुसा मार्छ
      द्वारको कालो बिरालो
      दुनो सोझो पार्छ !
    • आर्त अकुलीन
      …
      १,
      कविको यो रङ्गेली
      जिउने बाँच्ने इच्छा
      ज‌ीवनको कस्तो पहेली ?
      २,
      सागरको छ गहिराइभित्र
      मोती मिल्छ रे
      एकपटक डुबौँ मित्र ।
      ३,
      जन्मने र मर्ने
      शाश्वत नियम हो
      आनन्दले इच्छापूर्ण गर्ने ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
      …
      १,
      खोलामा बस्ती बसेको
      आफ्नो बाटो सोझ्याउँदा
      घरघरमा पानी पसेको !
      २,
      विचित्र मौसमी प्रभाव
      कहिले भारी वर्षा
      कहिले पानीको अभाव ।
      ३,
      प्रकृतिको अनौठो चाल
      सम्झौता गर्न सके
      हुँदैन मानिसको बेहाल ।
    • जयनारायण नेपाल
      …
      १,
      म यता आएछु
      कुरा कसो सान्दाई
      नयाँ खबर पाएछु ।
    • सुरेश कार्की, हाल सिड्नी,अष्ट्रेलिया
      …
      १,
      बाढी, पहिरो गएर
      तहसनहस पार्दैछ सबै
      जनधनको क्षति भएर ।
      २,
      सल्लाह गर्दै बसेको
      कामका कुरा हुदैनन्
      धनको पोको कसेको ।
      ३,
      सपना देख्नु गतिलो
      चढ्दै जानू, शिखर
      सानै हुन्छ बतिलो ।
    • समुन्द्रा शर्मा, सुनसरी
      …
      १,
      विश्वासै त हो
      जिन्दगी सुचारु हाम्रो
      सत्यमा हुन्छ जो ।
      २,
      आदतै त भित्र
      लेनदेन गरौँ जिन्दगी
      पाईन्छन् असली मित्र ।
      ३,
      मन्दिरमा पाइॅंदैन देवता
      भेटिन्छन् खोजे झैँ
      हुनुपर्छ मिहिनेती तक्दिरमा ।
    • ईश्वर साउद (भिक्षु), रामारोसन -६, अछाम, सुदुरपश्चिम
      …
      १,
      वर्षाले कतै खुसी
      कतै बाढी पसेर,
      अन्नमा लाग्यो ढुसी।
      २,
      जीवन सुध्रिने आशामा
      बुझाए देश अतृप्तीलाई,
      परे लोभीका पासामा ।
      ३,
      अनौठा अनौठा नीति
      बन्छन् नेपालमा मात्र ,
      बढ्यो केवल बेथिति।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      बर्षातको यो समय
      मस्त छन् किसानहरू
      बाढीको छ भय ।
      २,
      पुल छैन खोलामा
      बाटो लग्यो पहिरोले
      देशको ढुकुटी झोलामा ।
    • पुष्पा सुवेदी, नेपालगन्ज, बाँके

    ::::::::जय झिल्का साहित्य ! :::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २५ सम्पन्न

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ८५

  • २६ असार २०८१, मंगलवार २०:२७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पचासीऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०३/२०गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:८५[पचासीऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग

    पञ्चाङ्ग:०१
    तुइनमा झुण्डिएर खाेला पारि तरेको छ।
    आमा र बच्चाकाे ज्यान जोखिममा परेको छ।
    बाध्यता छ जिन्दगी जिउन सकसले यहाँ
    सन्त्रासको कारण आधा शरीर मरेको छ।
    खाेक्रा नाराहरूले खै दु:ख कहाँ हरेकाे छ?
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    हेर्दा त खोलाको माझ काँधमा सानो बच्चा देखिन्छ।
    तर्नु पर्ने त्यो तुईनको बाटो डोरी कच्चा देखिन्छ।
    डोरीको साथमा जोखिम मोल्दै हिड्ने साहसी नारी,
    कष्टमा जोखिम मोल्दै हिड्ने यी नारी सच्चा देखिन्छ।
    नारीमाथि सबैतिरबाट असह्य घच्चा देखिन्छ।
    ✍️
    बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग०३

    देश बनाउछु भन्नेहरु कुर्सी ताना तान गरेका छन् ,
    जनताको मतलव छैन आफै हानाहान गरेका छन्।
    तुइन भाचियोस् या जनताका छोरा छोरी बगेर मरोस्
    विकास गर्न खोज्नेलाई बेथिति बानाबान गरेका छन्
    यो त ठुला भनाउदाहरुले जाना जान गरेकम छन्।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४

    आजभोलि जतासुकै विकासकाे नारा छ ।
    आशामा छन् जनता नेतृत्वकाे आफ्नो पारा छ ।
    दु:खकाे सागरमा डुबेका दु:खीलाई देख्ने ,
    दिनमा घाम र रातमा आकाशकाे तारा छ ।
    भित्र चपाउने दाँत बाहिर उही दारा छ।

    भवानी घिमिरे
    सर्लाही ।
    पञ्चाङ्ग:०५
    प्रगतिको आश्वासनमा आशाको धागो फाटेको रहेछ
    न कुनै सुरक्षा छ, सिधै सरकारले ढाँटेको रहेछ
    तुइन खिएर जाला, विकास कहिल्यै नआउँने भयो
    त्यो तुइनाको साहाराले तर्न आमाले आँटेको रहेछ
    शिशुसँग कठिनाई भोगेर जीवन काटेको रहेछ।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    पञ्चाङ्ग:०६

    कष्ट गरि तरेको देखेँ भारी मन भयो,
    कसरी होला बच्चासँगै चिसो तन भयो,
    ठाउँ ठाउँमा कति दर्द छ मानवलाई,
    वारपार सधैं कसरी ? दुःख झन भयो,
    सरकारी बेवास्ताले पीडित जन भयो ।
    शोभा आचार्य गौतम
    काठमाडौं

    पञ्चाङ्ग-०७
    भन्न त लोकतन्त्रै छ भनिन्छ हाम्रो देशमा
    जहाँपनि आफ्नैलाई गनिन्छ हाम्रो देशमा
    अहो हेर्दा कति राम्रो मिलेको जस्तो देखिन्छ
    तर खोइरो मात्रै पो खनिन्छ हाम्रो देशमा
    सरकार चाहिँ नया बनिन्छ हाम्रो देशमा।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०८
    यात्रा जोखिमले गर्नु छ।
    भोको पेट पनि भर्नु छ।
    मर्ने बाँच्ने के थाहा छैन,
    तुइनको भर पर्नु छ।
    भएजति दुःख हर्नु छ।
    ह्यारिस
    👉️पञ्चाङ्ग:०९

    देशको भौगोलिक अवस्थाले गर्दा नै पीडाले सेकियो है
    मानिसले कष्ट मोल्दै नदी नतरी गन्तव्यमा टेकियो है
    भ्रष्ट भए हाम्रा नेता कुर्चीकै दाउपेचमा रमेको देख्दा
    पीडित सधैँ पीडित गुहार लगाउँने ठाउँ छेकियो है
    विकासका योजना चुनावमा कागजमा मात्र फेकियो है ।

    ✍️भूमिका गैरे, तिमिल्सिना
    गैंडाकोट ४, नवलपुर ।

    पञ्चाङ्ग:१०

    नेपालीको दु:खको सिमा कहिले छुट्छ हेरौँ
    गलत निर्णयका भारी कहिले चुट्छ हेरौँ
    खोलामा तुइनको यात्रा कहिले सम्म हुन्छ
    तुइन छोडेर पुलको विकास कहिले जुट्छ हेरौँ
    यसरी विकासको मुल कहिले फुट्छ हेरौँ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” ।

    पञ्चाङ्ग:११
    नक्शामा विकासको गति देखियो
    के हो चाला नेताको मति देखियो
    यस्तो दृश्य त धेरै पुरानो भइसक्यो
    यिनै आँखाले डर लाग्दो खति देखियो
    निकास भन्दा भ्रष्टचारी अति देखियो।

    प्रभा पोखरेल
    अमेरिका
    पञ्चाङ्ग:१२
    नयाँ सरकार बनाउनु छ।
    सोझा साझालाई मनाउनु छ।
    तुइनको यात्रा हामीलाई के,
    खोक्रा नारा सधैं जनाउनु छ।
    चुनाव पछि त गनाउनु छ।
    देवी पन्थी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभवLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ८५

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २४ सम्पन्न

  • २३ असार २०८१, शनिबार १९:३१ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २४ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २४ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
    —++—

    …
    १,
    उडेर जान्छ मन
    झन् सम्हाल्न खोज्छु
    रफ्तारमा दौडन्छ धड्कन ।
    २,
    खेतबारीमा खेल्ने याम
    फुरुङ्ग हुन्छन् किसानहरू
    सोच्छन् नअस्ताओस् घाम ।
    ३,
    सफाचट भयो धानसार
    मुसोको चल्यो रुवाबासी
    भरिएपछि भइन्छ होसियार ।

    • म्यामराज राई
      …
      १,
      फूलहरू छ फुलाउनु
      बाटिका हेरचाह गरी
      पुतलीहरू छ डुलाउनु।
      २,
      ज्ञानको आँखा खोलौँ
      विचार गरेर अब
      सत्य कुरा बोलौँ ।
      ३,
      त्यो आफ्नो आफन्तभन्दा
      राष्ट्रको सेवा गरौँ
      उठाएर नेपाली झन्डा ।
    • दीप गोले तामाङ, चन्द्रपुर -१, रौतहट
      …
      १,
      उड्न खोज्दा मन
      सम्हालेर नसकिने हुँदा
      फेरि भइन्छ रनबन।
      २,
      असार मासको बेला
      जाऔँ मेलापात गर्न
      अरूको नपरौँ फेला।
      ३,
      खाली हुँदा दिमाग
      सोच्ने कुरा नहुँदा
      चल्छ यसैको राग।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-अमेरिका,बोस्टन।
      …
      १,
      डाँफे उफ्रॅंदै नाच्दैछ
      पाखा पखेरा रमाई
      हिमाल मुसुक्क हाँस्दैछ ।
      २,
      चन्द्रमा छुने चाहना
      किसानले धान रोप्छन्
      असार पन्ध्रको कामना ।
      ३,
      दहि चिउरा खान
      असार पन्ध्र नपर्खौँ
      हतार खेताला जान !
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      असार पन्ध्र आयो
      किसान खेतमा पुगे
      खोला पनि करायो।
      २,
      नेताले गमलामा लगाए
      मालामाल देश भयो
      उद्घाटमा दियो जलाए।
      ३,
      युवा विदेशी भए
      भयो नेताको मोज
      रेमिटेन्सको गुन गाए।
    • सुरेशकुमार पाण्डे
      …
      १,
      धान रोप्दै रमाऔँ
      दही चिउरा खाएर
      असार पन्ध्र मनाऔँ ।
      २,
      असारे गित गाउँदै
      रोपौँ धान साथी
      हिलो खेल्दै रमाउॅंदै ।
    • अनिता भण्डारी ताप्लेजुङ
      …
      १,
      किसान गर्छन् कर्म
      मानोबाट मुरी साट्छन्
      सरकार देखाउॅंदैन धर्म ।
      २,
      बुद्धि विदेश गयो
      शान्ति बेपत्ता भई
      विवेक पागल भयो !
      ३,
      गर्छन् नक्कली भाषण
      कृषिप्रधान देश हाम्रो
      खान्छन् विदेशी राशन ।
    • ऋजु दिल्पाली, इटहरी १ सुनसरी
      …
      १,
      रोपेर गमलामा धान
      मङ्सिरमा बाली भित्रिने
      मन्त्रीज्यूको हुने स‌म्मान !
      २,
      मलखाद अब नचाहिने
      न सिॅंचाईको पीर
      गाली पनि नपाइने !
      ३,
      अरूले पनि सिकून्
      हामीबाट यस्तो प्रविधि
      श्रमिकहरू विश्वभर बिकून् !
    • सुरेश कार्की
      …
      १,
      धानको खेती हिलोमा
      खाएर दही, चिउरा
      असार पन्ध्र बिलोमा ।
      २,
      धानका बाला झुलाऊ
      सुनका माला गलामा
      झपक्क पारी खुलाऊ।
    • विवश पारदर्शी, झापा
      …
      १,
      दुख आउॅंछ सहनुपर्छ
      मनमा संकोच नराखौँ
      रहस्य परिवारमा बहनुपर्छ ।
      २,
      अरूलाई हेपेर नबोलौँ
      समय एकनास हुँदैन
      पराईको इतिश्री नखोलौँ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
      …
      १,
      आयो फ़ेरि असार ,
      हाम्रो सरकार अझै
      पर्दैछ जताततै लम्पसार !
      २,
      अनुदानको चिउरा खाएर,
      म हात्ती बनेको
      घटाउॅंदैछु पहाड धाएर।
    • दीपा समभाव, खोताङ्ग
      …
      १,
      सत्यको बाटो रोजी
      हिॅंड्दैछु पाइला चालेर
      अनन्त जीवन खोजी ।
      २,
      जिऔॅं जीवन हाँसेर
      मरिलानु छ के
      नराखौँ अब साँचेर ।
      ३,
      सही हाँसो ल्याउँछु
      भए मनमा चोट
      सत्यकै बाटो खनाउँछु।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ सङ्खुवासभा।
      …
      १,
      पवन वर्षा हेर
      असारे महिना भन्दै
      प्रकृति देन फेर!
      २,
      किसान खेतमा आए
      छरिए अनगिन्ती हेर
      असारे गीत गाए!
    • धनुष न्यौपाने” यात्री”, जुम्ला
      …
      १,
      आयो असार फेरि
      दही चिउराको संस्कार
      सबै गाउँ हेरी ।
      २,
      गैरी खेतमा जाऔॅं
      नौटङ्की धेरै भयो
      धान रोपेर आऔॅं ।
      ३,
      गमलामा रोपेर धान
      भतुवा सरकार तिमी
      जनताले गर्नुपर्ने मान।
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा
      …
      १,
      झरी नझर यसरी
      कतै तिमीसँग बसेको
      रुन्छ मन जसरी।
      २,
      खेतमा तिमी आऊँ
      झरी कस्तो आयो
      असारे न्वागी खाऊँ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      यादहरूलाई निषेध भनिदिए
      तर मन निसासियो
      बेहोसिन रक्सी पिए ।
      २,
      घुम्दै हिॅंड्छु भौँतारी
      फेरि भेटिने आशामा
      देउराली अनि चौतारी ।
      ३,
      सम्बन्धमा विष भरेछ
      तिम्रो झुटले यहाँ
      मेरो विश्वास मरेछ ।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ
      …
      १ ,
      भयो वर्षा झर्झर
      मनसुनको रमाइलो बेला
      लागौँ मेलामा सरासर।
      २ ,
      रोपौँ धान खलिहानमा
      असारको रमाइलो बेला
      नगरौँ अबेला काममा।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
      …
      १,
      गोठमा छैन भैँसी
      दहि च्युरा नभन
      दिन नहेर जैसी ।
      २,
      लाग्थ्यो वर्षा पहिले
      खेतबारी बाँझो राखी
      विदेशिए सबै अहिले ।
      ३,
      डेरीमा छैन दही
      चिउरा आउँछ विदेशबाट
      सिस्नो खानु सही ।
    • हिरालाल न्यौपाने ,बानपा ८, काेटमाैला सल्यान
      …
      १,
      सबैले मेहेनत गरौँ
      नराखौ बाझो खेत
      धानको बीउ छरौँ ।
      २,
      असार पन्ध्रको दिन
      किसानको गफमा सबै
      रमाऔँ हामी एकैछिन।
      ३,
      गाउॅंदै असारे भाका
      कति खुसी हुन्छन्
      हाम्रा प्यारा काका।
    • काजल न्यौपाने, भोजपुर
      …
      १,
      मानो रोपेर मुरी
      असारको महिमा अपार
      आउने वर्षासँगै हुरी ।
      २,
      कृषिको राखौँ गरिमा
      नयाँ जोश जगाऔँ
      वर्षा प्रभु महिमा ।
      ३,
      बाँझा खेत धेरै
      गाउँ शून्य आज
      यहाँ काम नपाएरै । ।
    • कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी
      …
      १,
      धान दिवस मनाऔॅं
      कृषिको विकास गर्न
      आवश्यक कदम चलाऔॅं ।
      २,
      पुर्याऔॅंसमयमै मल
      सिॅंचाई सुविधा पाएमा
      बढ्थ्यो किसानमा बल।
      ३,
      नरहोस् खेत बाँझो
      दहि चिउरा खाउँला
      मिलाई चाँजो पाँजो।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      धान दिवस आयो
      पकाउने फुर्सद छैन
      दही चिउरा खायो।
      २,
      मकै छोडाएर भुटे
      मुरुक मुरुक चपाउँदै
      किसान रोपाइँमा जुटे।
      ३,
      एकार्काको हात समाउँदै
      मायाप्रीतिको भाव साट्छन्
      हिलो खेलेर रमाउँदै।
    • अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत
      …
      १,
      असारे गीतको भाकामा
      किसानहरू रमाउॅंदै छन्
      धान रोप्दै पाखामा।
      २,
      गमलामा धान रोपेर
      धान दिवस मनाउदै
      सल्ले मुख छोपेर।।
    • वेल थोकर तामाङ, बकैया_८//बस्तिपुर// मकवानपुर
      …
      १,
      आएन असारमा पानी
      भयो खेती चौपट
      सबैलाई गर्‍यो हानी ।
      २,
      धान दिवस किन
      चिन किसान राम्ररी
      आए नराम्रो दिन ।
      ३,
      पन्ध्र गते असार
      गरेन हतार वर्षाले
      हुँदैन अन्नको पसार ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      रोपेर खेतभरि धान
      गुजारा हुन्छ गरिबको
      सबैले समस्या जान।
      २,
      दही चिउरा मिठो
      जानुपर्छ गर्नलाई काम
      वर्षभरि पुर्याउन पिठो ।
    • सुनगाभा पोखरेल
      …
      १,
      पानी पनि हरायो
      आकाशतिर हेर्दाहेर्दै हजुर
      पेटमा मुसा करायो ।
      २,
      मानो, मुरी, पाथी
      जे जति छन्
      सबैलाई बनाउँछु साथी ।
    • नन्दलाल आचार्य, बेलका-२, उदयपुर
      …
      १,
      विद्यालय, लेख्ने भावी,
      भाग्य देशको निधारमा
      हुनुपर्छ गुणस्तरीयता हावी।
      २,
      निष्पक्षताको न्यायिक भट्टीमा ,
      राखेर छान्नुपर्छ विधाता ,
      फोहोर , फाल्नुपर्छ टट्टीमा।
      ३,
      बन्छन् सन्चालक उनै
      चाकडलाई असल मान्नेहरू
      छैनन् , विद्यालयमा कुनै ।
    • लोक वहादुरछेत्री लामिछाने, मोदी गा पा २ देउपुर,पर्वत
      …
      १,
      किसानले गरे काम
      जीवन समर्पण गर्दै
      बनाएर खेती जाम ।
      २,
      प्रफुल्ल मुद्रामा किसान
      असार पन्ध्र मनाउदै
      प्रकृतिको गरेर गुणगान ।
      ३,
      धान रोपाइ सुरु
      खेतीको काम हुँदैछ
      अचेल साथी खुरुखुरु ।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      नराखौँ खेत बाँझो
      समयमा मिलाउनु मलजल
      विजन पानीको चाँजो ।
      २,
      धान दिवसको मौकामा
      दही चिउरा खाउँला
      नबसौँ चुल्हो चौकामा ।
      ३,
      सिमसिम पानी पर्दैछ
      हली कोदाली बोकी
      गैह्री खेतमा झर्दैछ ।
    • मोती सुब्बा दार्जिलिङ निमकी डाँडा
      …
      १,
      आज भ्याउँदिन आउन
      तिमीलाई भेट्न सानू
      जान्छु पर्म लाउन।
      २,
      व्यस्तताले हुन्न भेट
      रोप्न धान, कोदो
      बन्द नेट, इन्टरनेट।
    • साबित्री प्याकुरेल, धादिङ्
      …
      १,
      धान दिवस मनाए
      पत्रकार सम्मेलन गरेर
      फेसबुकमा जानकारी गराए।
      २,
      हिलो नभनी मनाइन्छ
      मानो रोपेर मुरी
      फलाउने सपना सजाइन्छ ।
    • कला ढकाल, झापा
      …
      १,
      खेतमा छैन पानी
      कहिले आउने मनसुन
      बीउ सुक्यो नानी !
      २,
      असार पन्ध्र आयो
      रोपाइँमा रमाउँदै चट्ट
      दही चिउरा खायो ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      सुकिसक्यो खेतको आँत
      हाँस्दैछ अट्टहास गरी
      आकाश देखाई दाँत ।
      २,
      पाइन्न बीउ मल
      खेती हुन्छ कसरी
      छैनन् गोरुका हल ।
      ३,
      रोपेर गमलामा बीउ
      धान दिवसको उद्घाटन
      पाँचतारेमा मन्त्री जिउ ।
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      दही चिउरा खाने
      आपसमा मिली सबै
      धान रोप्न जाने ।
    • बिरेन्द्र कुमार चौधरी, इटहरी सुनसरी
      …
      १,
      हाँस्दैछ धर्ती मुसुक्क
      सुकिसक्यो सबै खेतबारी
      नेताहरू पाँचतारेमा खुसुक्क ।
      २,
      गमलामा बीउ निकास
      कृषिप्रधान खोज्छौ सम्मान
      यत्तिकैमा कृषिको विकास ।
      ३,
      पानीको कुलो बनाऊ
      हलगोरू पुर्‍याऊ खेतबारीमा
      कृषिप्रधान देश जनाऊ ।
    • बेदु न्यौपाने
      …
      १,
      मनमा पहिरो चल्छ
      जिन्दगी बेकार भयो
      कहाँ पुगेर ढल्छ।
      २,
      कसलाई बताऊ हाल
      सबैले मजाक मान्छन्
      लिन आउँदैन काल।
      ३,
      जन्मिनु गल्ती भयो
      शरीर जिउँदो हुँदै
      सपना मरेर गयो ।
    • ललिता गिरी, सिन्धुली (हाल काठमाडौं नेपाल)
      …
      १,
      गरेर भएपनी अर्मपर्म
      सफल बनाऔॅं है
      हामीले आफ्नो कृषीकर्म ।
    • सरिता सेढाईॅं
      …
      १,
      मन्त्री हिलोमा गए
      जुत्ता लगाएर खेतमा
      उद्घाटन गर्ने भए ।
      २,
      हातमा धान समाएर
      नेताज्यू कार्यकर्ताको भरोसा
      हिँड्छ्न् खुट्टा कमाएर ।
      ३,
      गजब छ यहाँ
      गमलामा धान रोपेर
      पन्ध्र मनाउँछन् जहाँ ।
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरी
      …
      १,
      असारमा कोदालो चलाऔॅं
      असाध्यै परिश्रम गरेर
      मानोमा मुरी फलाऔॅं।
      २,
      जतासुकै धर्ती हराभरा
      धान रोपेर किसानहरूले
      सुसेली खेल्छन् गरा ।
      ३,
      कष्टकर गरौँ सामना
      सबैलाई धान दिवसको
      हार्दिक मङ्गलमय शुभकामना ।
    • केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम
      (हाल भारत )
      …
      १,
      असारे गीत गाएर
      म हाँस्न चाहन्छु
      असीम प्रेम पाएर ।
    • लक्ष्मी रिजाल, रूपनगर, सप्तरी
      …
      १,
      जल र मल
      मिसाई गरामा रोपाइॅं
      अनि फल्छ फल ।
      २,
      मुठी छरी मानो
      उब्जाउने बेला
      बर्खामास रोप्ने धानो
      ३,
      हराभरा जगत साउने
      झिमझिमे पानीले गर्दा
      पृथ्वी सारा सजाउने ।
    • ईश्वर साउद, रामारोशन गाउँपालिका ६ सुदुपश्चिम अछाम
      …
      १,
      खेतमा रोपेर धान
      किसानको निरन्तर कर्मले
      बढेको नेपाली सान !
    • आर्त अकुलीन
      …
      १,
      असार पन्ध्र मनाउँदै
      धान रोपौ खेतमा
      असारे गीत गाउॅंदै।
      २,
      सपना देख्छ किसान
      मानो रोपी मुरीको
      पाल्दछ सधैं जहान ।
      ३,
      असारमा हिलो खेलेर
      रमाउँछ किसान सधैँ
      भकारी सधैँ भरेर ।
    • समुन्द्रा शर्मा, सुनसरी
      …
      १,
      धान दिवस मानेर
      हिलो खेतमा गए
      बीउ रोपे तानेर।
      २,
      दही चिउरा खाएर
      बेठी पनि लगाएको
      असारे गीत गाएर।
      ३,
      साथीसॅंग छ रमाइलो
      हातमा बोकेको बीउ
      घाम थियो घमाइलो।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      खेतमा छरेको बीउ
      आकाशे घामले खायो
      जरिवाना कति लिउँ।
      २,
      सम्झना आउँछ नरेको
      छोरो हरायो परदेशमा
      असारमा पानी परेको।
      ३,
      मनैमा बरियो बाटेर
      रुँदैछ रित्तो डोको
      मायामा रुपैयाँ साटेर।
    • होमप्रसाद नेउपाने, धरान, सुनसरी
      …
      १,
      असार पन्ध्र मनाऔँ
      दही चिउरा खाएर
      धान दिवस जनाऔँ l
      २,
      आज धान दिवस
      किसानहरू आकाश हेर्दै
      घरमै बस्न विवश l
      ३,
      ठिक छैन जमाना
      देश लुटेर दुष्टले
      भरे आआफ्ना खजाना l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      हिजोआज रुँदैछ आकाश
      सचेत हुनु सबैजना ,
      कतिको उठाउँछन् घरबास ।
      २,
      बादलु घुम्टो ओढेर,
      लजाउॅंछन् पहाड मेरो
      म मुस्कुराउॅंछु हेरेर ।
      ३,
      किसानले पसिना रोपेर
      खेत बनायो हरियाली
      खुसी छायो देखेर ।
    • भुपेन्द्र राना मगर, धादिङ
      …
      १,
      असार पन्ध्रको बेलामा
      रोप्नलाई गैह्री खेत
      अर्मपर्म गरिन्छ मेलामा।
      २,
      किसानलाई हुन्छ हतारो
      असारको यो महिना
      खेत रोप्ने चटारो।
      ३,
      दही चिउरा खाएर
      पन्ध्र असार मनाऔँ
      असारे गीत गाएर।
    • सतीश पण्डित, भानु ६ चुँदी तनहूँ(हाल चनपा ६ मातातीर्थ)
      …
      १,
      खेतमा रोप्दा हमलामा,
      बाठाले लाए बुद्धि ,
      रोप्न थाले गमलामा ।
      २,
      किन रोप्नु धान ?
      बेकारमा लाग्छ हिलो
      पुगेकै छ खान ।
      ३,
      ट्र‍याक्टरले हिलो पार्‍यो
      मसिन रोप्छ धान
      फोटोमा ढाँचा पार्‍यो ।
    • बुढ्यौली साहित्य समाज, सिन्धुली
      …
      १,
      असारे माया हिलो
      सम्मान गरौ सबैले
      किसानी पेशा गतिलो ।
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १,
      कति माया गर्छु
      तिमीलाई पत्तो भएन
      त्यसैले पछि सर्छु
      २,
      वरपिपलको चौतारीमा आउनु
      बाँसुरीको धुन सुनी
      यसो थाहा पाउनु ।
      ३,
      तिमी आउँदा खुसी
      हुन्छ मन मेरो
      भन्छौ मलाई लुसी ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
      …
      १,
      मेहनत गरेर खानु
      पसिना बगााई खेतमा
      उमार्छु दानाबाट मानु ।
      २,
      रोपाइॅं गर्न जाने
      आज असार पन्ध्र
      दही चिउरा खाने ।
      ३,
      दर्कियो आकाशे पानी
      रोप्दैछु खेतमा बिउ
      असल बिज छानी ।
    • दिनेशकुमार शर्मा, हेटौडा, मकवानपुर
      …
      १,
      असारमा खै पानी
      कसरी रोप्ने धान
      देखियो खेतिमा हानी ।
      २,
      मानोले उब्जाउ मुरी
      असारमा रोपेर धान
      नआओस् हावा हुरी ।
    • दुर्गा भट्टराई
      …
      १,
      गरेर सुन्दर काम
      उज्वल कर्म गर्दै
      बनाऔॅं अमर नाम!
      २,
      इज्जत सबैको गर्दै
      पवित्र भावना भरौँ
      कर्तव्य पथमा सर्दै!
    • कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा
      …
      १,
      नमुना झण्डा सान
      वीर पुर्खाको नासो
      नेपाल नेपाली पहिचान ।
      २,
      लालिगुँरास राष्ट्रिय फूल
      पहिचान मेटाउन नेताहरू
      गर्दैछन् ठुलो भुल।
    • सङ्गीता खरेल, काठमाडौं
      …
      १,
      वर्षातको आस गर्दा
      बल्ल खुसी लाग्यो
      आज पानी पर्दा ।
      २,
      रोपाइँको छ बेला
      घरको काम सकेर
      छिटो जानुपर्छ मेला ।
      ३,
      गैरी खेतको हिलो
      खेल्दै रमाइलो गरौँला
      साथीहरु नगर ढिलो ।
    • लक्ष्मण देउवा, डोटी (हाल भारत चेन्नई)
      …
      १,
      तन बुढो भयो
      उमेर बढ्दै गएपछि
      बैँस खेर गयो ।
      २,
      असारे गीत गाउॅंदै
      धान रोप्ने खेताला
      स्वरमा स्वर मिसाउॅंदै ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
      …
      १,
      खेतभरि भयो हिलो
      अझ असार लागेदेखि
      बाटोमा धेरै ढिलो ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      धामीको भरमा पर्दा
      ज्यान हाम्रो जान्छ
      समयमै उपचार नगर्दा।
      २,
      जोगिन्छ बार लगाए
      बेलैमा गरौँ उपचार
      रोगले धेरै सताए।।
      ३,
      नसोचौँ जीवनलाई भार
      पाईदैन मनुष्य चोला,
      ईश्वरले दिएको उपहार ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
      …
      १,
      बसे म पर्खेर
      साझ ढल्दैँ गयो
      देखेर गयो तर्केर।
      २,
      माया गरे धेरै
      बुझ्नेले नबुझ्दा माया
      गयो हेर खेरै।
      ३,
      वेदनाले मन कुटुकुटु
      निष्ठुरीलाई भुल्न मैले
      बनाए पत्थरको मुटु।
    • रुना कर्माचार्य दाहाल ,चितवन
      …
      १,
      असारे झरी आयो
      किसान हर्षित भए,
      बाली लाउन पायो।
      २,
      सक्दैन किसान बस्न
      हुन्छ निरन्तर लागिरहेको
      खेतबारीको माटोमा पस्न ।
      ३,
      रहर धेरै होला
      आफ्नो पनि उसको
      तर दुखी चोला।
    • शंकर कार्की, मकवानपुर
      …
      १,
      रोपाइँको फेसन गरे
      मात्र पन्ध्र असारमा,
      सन्जालमा भ्रम छरे।
      २,
      कस्तो भयो विडम्बना
      खेतहरू बाँझो राखी,
      किसान हुने सपना।
      ३,
      विकृतिको नाघ्दा हद
      देखिएन मिसन रोक्ने
      बेकारका मन्त्री पद ।
    • मनोहरी पौडेल, गैडाकोट १, नवलपरासी( वर्दघाट सुस्ता पुर्व)
      …
      १,
      बेसीका ठुला फाँटमा
      मानो रोपेर मुरी
      जोश जाँगर आँटमा।
      २,
      प्रकृति छटा हाँसेकी
      प्रफुल्ल हुँदै पिरती
      झरनासँग नाता गाँसेकी।
      ३,
      उडेका धुलो हराउँदै
      शीतल पवन सिरसिर
      छङछङ झरना कराउँदै।
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
      …
      १,
      लक्ष्य साझा लिएर
      लाग्दैछ समाज सेवामा
      युवा जमात मिलेर ।
    • बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २४ सम्पन्न

    साताका उत्कृष्ट झिल्काहरू- २०

  • २२ असार २०८१, शुक्रबार २३:३७ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २० औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २० का लागि झिल्काकारत्रय कृष्णकुमार वैद्य, पुरुषोत्तम फुयाल र अनिता कार्कीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    ———<•>———
    [१]
    १.
    गमलामा धान रोप्ने
    नौटङ्की गर्न खप्पिस
    जताततै मौका छोप्ने ।
    २.
    हेर्नु शासकको चाला
    गमलामा रोपेर धान
    गलामा लाउँछ माला ।
    ३.
    पारिन्छ सपना साकार
    ढुक्कसँग विश्वास गरौँ
    हेरी गमलाक‍ो आकार ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    [२]
    १.
    स्वार्थले भरिएको संसारमा
    असाध्यै सोझोपन हुनाले 
    भए एक्लै  अन्धकारमा ।
    २.
    बेरोजगारको झोला बोकेर 
    परदेश हिँडेको थिएँ 
    आँखाको आँसु रोकेर ।
    ३.
    बालापन फर्किँदैन रोएर
    सम्झेर मात्र नहुने 
    आँसुले सिरानी धोएर ।
    ✍️
    पुरुषोत्तम फुयाल 
    साकेला गाउँपालिका-२ रतन्छा खोटाङ

    [३]
    १.
    भनेझैँ रोजगार नभएर
    गाँउघर शुन्य सधैँ
    युवाहरू परदेश गएर ।
    २.
    पानी ढिला आएर
    बालीनाली सखाप सबै
    खडेरीले प्रीति लाएर ।
    ३.
    कटक्कै मन खायो
    बिचरा किसानको हेर
    आँखामा आँसु आयो ।
    अनिता कार्की
    पाँचथर
    ~~~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- २०

    पञ्चाङ्ग लेखन शृङ्खला-१०२

  • २२ असार २०८१, शुक्रबार २३:१२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय दुई अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१०२ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०३/१७
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    प्रेमको बिज रोपौं मिलेर हामी।
    दुश्मनलाई घोपौ मिलेर हामी।
    हँसाउने भन्दा रुवाउने धेरै छन्,
    यस्ता सदैव छोपौ मिलेर हामी।
    खडलतिर चौपौ मिलेर हामी।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    समयले स्वार्थी दुनियाँलाई नजिकैबाट चिनाएको छ।
    अवसरवादीको नकाव नजिकैबाट पिनाएको छ।
    समय चर्खा हो घुमीफिरी सबको पालो पक्कै आउँछ,
    बुझ यो एक खेल हो अघिपछि सबलाई हिनाएको छ
    रङ्गमञ्चको नाटक देखाएर सबैलाई किनाएको छ ।

    भूमिका गैरे, तिमिल्सिना
    गैंडाकोट ४, नवलपुर

    पञ्चाङ्ग:०३
    वेदना बोक्ने मुटुमा घाऊ पारेर जानेले
    सम्बन्ध बिर्सि लाएको माया मारेर जानेले
    रुवायो आज यो संसार सारा दुःखी बनाइ
    भगवान् साक्षी गरेको वाचा हारेर जानेले
    जिन्दगीसँग बेवास्ता गरि टारेर जानेले।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    .पञ्चाङ्ग:०४
    फलाममा फलामकाे चाेट हुनुपर्छ
    अलिकति भावना विष्फोट हुनुपर्छ
    मनले चाहे नहुने कुरा के नै छ र ,
    गर्छु भन्ने आफैमा अठाेट हुनुपर्छ
    दाेषी बन्न त एउटा खाेट हुनुपर्छ ।
    सूर्य गिरी पाेखरा ।।

    पञ्चाङ्ग:०५
    कस्तो राम्रो के नराम्रो चुन्न सकिँदैन
    आपसी सद्भाव कहिले बुन्न सकिँदैन
    कमजोरले पाएको छैन स्वतन्त्रता
    बोल्ने बोलकै छन् मुख थुन्न सकिँदैन
    हामीले राम्रो विचार गुन्न सकिँदैन।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

    पञ्चाङ्ग:०६
    आज यता भोलि उता बाधिन्छ जोडी, देश जहिल्यै निराश
    को कहिले कता जान्छ सम्झौता तोडी, देश जहिल्यै निराश
    जनताले कुरा बुझे शान्ति आउने थियो होला महोदय
    मौसम बदल्न बिजुली चम्क्यो मोडी, देश जहिल्यै निराश
    धेरै छ धोका अनि व्यवहार छोडी, देश जहिल्यै निराश
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    पञ्चाङ्ग:०७
    अक्षर-१५

    हुदैनन् रे सबै आफ्ना पीरमा नारी देलान् ,
    तिम्रो इज्जत लुटि लुटि सिरै झारी देलान्।
    मागे भने फोटो चित्र नदिनु कसैलाई ,
    तिनै फोटा र चित्रलाई नाङ्गो पारि देलान्
    अनि आइडि ह्यक गरि अन्तै सारि देलान्

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०८
    जाउ भन्दा मान्ने भए तिम्रो मायालाई मैले जाउ भन्थें
    यो बर्खाको मासमा गएर आफ्नै गैरीखेत साउ भन्थें
    मैले भनेको यति सजिलै किन मान्थ्यो र तिम्रो मायाले
    नत्र मन्त्र जपेरै दिन्थें ओखती नचबाइ खाउ भन्थें
    अनि त अरुको पछि नलाग मेरै नजिक आउ भन्थें
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०९
    अनगिन्ती सपना बोकेर यहाँ।
    माया प्रेम दिलमा तोकेर यहाँ।
    प्रेमील संसार सजाउनु पर्छ,
    आफ्नाे प्याराे मायालु रोकेर यहाँ।
    बनाउनुछ छाती ठाेकेर यहाँ।
    ह्यारिस

    पञ्चाङ्ग:१०
    कार्य सम्पन्न हुँदैन मात्र बोलेर किन?
    जुठो मात्रै त पार्ने रहेछ घोलेर किन?
    जीवनमा पर्ने समयको घामछाया सधैं
    देखायौ दुनियाँलाई लुगा खोलेर किन?
    सत्य कुरामा मिसायौ झुठो मोलेर किन?

    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग:११
    चारैतिर वर्षा आयो आजभोलि।
    खेतबारी बाली खायो आजभोलि।
    देशै भरि बाढी पैरों झरेको छ,
    मानिसमा डर छायो आजभोलि।
    गैरिखेतले के पायो आजभोलि
    बेदु न्यौपाने

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन शृङ्खला-१०२

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P