• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १४५ सम्पन्न

  • १ भाद्र २०८१, शनिबार १६:०९ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४५ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४५ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १४५
    जिउँदोमा मात्र किन मर्दा पनि त गर्नुपर्यो विभेद
    संस्कार प्रचलन जोगाउँदा नि जनाउनु पर्छ खेद ?
    वसन्त अनुभव
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    ~<•>~
    जनताहरू अबुझ छन् केही बुझ्दैनन् कुरा
    अग्रगामी कदमको नि ! गर्छन् विरोध पूरा ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~
    अग्रगामी सरकार हाम्राे भइरहन्छ विभेद
    धनीलाई छ मान सम्मान गरिबलाई निखेद ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~<•>~
    दैवको पनि अनौठाको लीला
    मुटुमा रोप्यो फलामको किला ।
    ✍️ सतीश पण्डित
    भानु ६ चुदी तनहूँ हाल चनपा ६ मातातीर्थ
    ~<•>~
    जब कानुनमा नै छ त जन थिचोमिचो
    प्रचलित संस्कार किन नहोस् उँचो निचो ।
    ✍️ इन्दु श्रेष्ठ, चितवन
    ~<•>~
    दैवले बजारेको लाठी सहनु जनताले कति ?
    त्यत्रा मानिसको ज्यान जाँदा मन पोल्यो भतभती ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    नेपालीमै कति हुन्छन् जहाज क्रस, कति पल्टिन्छन् बस
    मृतक परिवारको चित्कारले, मुटु पोल्छ चस चस ।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ~<•>~
    यस्तै छ जताततै भन्छन् सबै चलिआएको रित
    राम्रो गरेपनी नबुझेपछि हुन्न रहेछ हित ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा . ६ संखुवासभा ।
    ~<•>~
    केही भन्न खोज्छु बोल्न हिम्मत आँट जुट्दैन
    आँसु झर्छ मलाई केही बोल्न बोली फुट्दैन ।
    ✍️ चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    ~<•>~
    धेरै मानिसको अकालमा ज्यान जान्छ खेर
    हाम्रो देशमा लासमाथि विभेद हुन्छ हेर ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    ~<•>~
    जताततै देखिन्छ अचेल सांसारिक भेद
    आखिर सबै पढ्दा रहेछन् देखावटी वेद ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    व्यवहार अलग छ, गुलिया छन् भाषण
    आफ्नो बिरानो छुट्याउँदै हान्ने गर्छन् वाण ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ~<•>~
    नेपालीको जिब्रोमै झुन्डिएको छ विरोध गर्ने चलन
    सत्य तथ्य के हाे नुबुझी रिसले सधैँ नै हुन्छ जलन।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    मेरो मृत्युको खबरको , तमाम छ न्यूज
    त्यही खबर सुनेर, लाखौं आउँछ भ्यूज ।
    ✍️ नागेन्द्रप्रसाद यादव
    ~<•>~
    यहाँ मानिस मानिसमा पनि भेदभाव भयाे
    एयरपाेर्ट अनि त्रिशूली दुवैमा ज्यान गयाे ।।
    ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
    ~<•>~
    विभेदमै जकडियो हाम्रो देश
    खै कल्ले पो बदल्ने हो परिवेश ?
    ✍️ कमला देवकोटा ,पाल्पा
    ~<•>~
    सरकारले हामीलाई जनता मान्दैन
    न कानुन न सरकार हाम्रो कोही छैन ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ~<•>~
    काेही हराए आकाशबाटै काेही त्रिशूलीमा खसे
    त्यत्राे घटना घट्दा नेता कानमा तेल हाली बसे।
    ✍️ भवानी पाेखरेल ( बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ~<•>~
    जिउँदोलाई मात्र हैन मुर्दालाई पनि गर्छन् अपमान
    समृद्ध देशका अशिक्षित जनता यति कुरा तिमी जान ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~<•>~
    आफ्नै छ सुर ताल
    यी मानिसको जाल !
    ✍️ आर्त अकुलीन
    ~<•>~
    केरा पाएर पुग्नअघि सत्तामा मुख मिठ्याउँदै मुस्कायाै
    अरुकाे झैँ ठानेर काम गर्ने बेलामा आफ्नै धाेती खुस्कायाै ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ~<•>~
    जिन्दगी आखिर दैवकाे रहेछ भगवान् लिला
    मुटुमा राेप्छ उसले हेर्नेहाेस् त फलामे किला ।
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    ~<•>~
    कति गर्छौ आनाकानी भ्रष्टाचारले देश मासिँदैछ
    बाटोघाटोको बिकासमा कन्जुस्याइँ माटो भासिँदैछ ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~<•>~
    कहिल्यै पनि फेरिएन जनताप्रतिको तिम्रो नियत
    मृत्युमा पनि विभेद गरी देखायौ आफ्नो असलियत l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ~<•>~
    यहाँ मानिसको आँखाले गर्छ भेदभाव
    नपत्याउने कुरा गर्छ देखाउछ ख्वाव ।
    ✍️ दीप गोले तामाङ
    चन्द्रपुर-१, रौतहट
    ~<•>~
    उड्दा भुइँमा खस्ने गुड्दा नदीभित्र पस्ने
    जागौँ कहिलेसम्म रमिता हेरेर बस्ने ?
    ✍️ बिके मुखिया
    दार्जीलिङ भारत।
    ~<•>~
    आमाकाे माया भगवान छन् दायाँ धेरै राम्रा दिन
    कुनै पनि बेला नगर्नु है हेला आमा सधै चिन ।
    ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर,अर्घाखाँची
    ~<•>~
    सवार नगरी नहुने दैवकाे लेखाले सास अन्त्य हुने
    सिजन नै यसै उडे पनि गुडे पनि पार्दछ हेर रुने ।
    ✍️ भाेलामान बर्देवा धरान ८ सुनसरि
    ~<•>~
    दिन बिग्रेपछि कसैले सहयोग नगर्ने
    सरकार त के त्यहाँ दैव नै छेउ नपर्ने ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    यात्रा आखिर यात्रा नै हाे उड या गुड
    दशा बिग्रे केही लाग्दैन हात्तीको सुँड ।
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार।
    ~<•>~
    न्यायमूर्तिले आँखा छोपे जताततै हुने विभेद
    भतेरो पाउने बेला आयो भने थन्क्याउँछ वेद ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~<•>~
    उडेर होस् या गुडेर एकै हो त्यो मरण
    झन्डा झुक्ने उड्न्यालाई कस्तो चिरहरण ।
    ✍️ राज बहादुर बडुवाल
    कनकासुन्दरि- ५,जुम्ला
    ~<•>~
    मान्छे मान्छे एउटै हो , भन्छन् विभेद गर्नु हुँदैन
    दलितको मरेको लासलाई कोही किन छुदैन ?
    ✍️ वेल थोकर तामाङ
    बकैया_८ // बस्तिपुर // मकवानपुर
    ~<•>~
    रोपेको बोटले फल दियो भनेर मान्नुपर्छ
    दिएको भोटले गरेको करामत ठान्नुपर्छ ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    ~<•>~
    यहाँ हरेक काण्डमा विभेद झल्किन्छ
    चलेको यो संस्कार जोगाउन पल्किन्छ ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    ~<•>~
    किन गर्नु पर्यो विभेदरहित व्यवहार ?
    आफ्नो नौका पुगेपछि सुरक्षित नदी पार ।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान कालेबुङ,भारत।
    ~<•>~
    महान यदि बन्नु छ भने सुकर्मकै बाटाे राेजाै ।
    पीडा बाेक्ने जनहरुकाे उद्दारकै उपाय खाेजाै ।
    ✍️ हिरालाल न्याैपाने,बानपा ८,काेटमाैला, सल्यान
    ~<•>~
    हिँड्दा पनि काल सँगसँगै छ अघिपछि हेर्दै तर्केर
    समय कति निष्ठुरी यात्रामा आउँदै छ काल पर्खेर ।
    ✍️ घनश्याम पन्त
    हरिवन सर्लाही
    ~<•>~
    जन्म अनि मृत्युमा समेत गर्छ राज्यले भेदभाव
    छुट्याउन सक्दैन कुन हो असल कुन हो खराव ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    ~<•>~
    कतिखेर समाप्त हुन्छ जीवन कसले छ देखेकाे ?
    आफैँ मेटाएर मेटिन्न निधारमा भावीले लेखेकाे ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट
    ~<•>~
    लेखिन्छ कहाँ भाग्यकाे रेखा काेर्ने हाे आफैले
    नासिन्छ दिमाग जहिले नि खाेजेमा नाफैले ।
    ✍️ जी.वि.कश्यप घाेराही,दाङ ।
    ~<•>~
    पुरानो नै यो छ चलन
    मान्छेले गर्दछ जलन ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~<•>~
    जनताले नेतालाई ठुल्ठालु आदरणीय मान्छ
    उसले मरेको लासमाथि पनि कमिशन खान्छ।
    ✍️ रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ।
    ~<•>~
    मर्दा विभेद स्वीकार छ भन्दछु दाइलाई
    बाँच्दा विभेद गर्न नसिकाऊ है भाइलाई ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर । हाल- एनेलकुटी, सिरहा ।
    ~<•>~
    धनी अनि गरिब बीच खाडल खनिरहन्छन्,
    देखादेखि विभेद गरि तगाराे बनिरहन्छन् ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ~<•>~
    बाँच्ने रहर हुँदाहुँदै आइपुग्यो काल लिन
    लासमा पनि भेदभाव हुने कस्तो आयो दिन ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ~<•>~
    विभेदैकाे खानीमै डुबेर समय गयो
    रमाउदै भन्दा जिन्दगी रुदै जाने भयाे ।
    ईश्वर अछाम
    ~<•>~
    कहिल्यै कसैलाई नगरौँ विभेद नेपालमा
    आआफ्नो गरेर खान्छन् सबैले भएको भाग्यमा ।
    ✍️लक्ष्मी रिजाल
    कञ्चनरूप १२, प्रगतिटोल, सप्तरी ।
    ~<•>~
    विधिवत् देशमा शासन चलेन, यसमा गहिरो खेद
    मृत्यु जस्तो संवेदनशील अवस्थामा समेत विभेद ?
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~<•>~
    सरकारी व्यक्ति सबै नेताकै भरमा चल्न थाले
    जनताको चयन खुसी खोसी नेताले सबै फाले ।
    ✍️ सुनगाभा पोखरेल
    हाल : नेपालगन्ज
    ~<•>~
    लेखौँ त के लेखौँ पैसाको दममा बिकाउ बन्यौँ सरकार
    विरोध गरौँ त गाँस बास कपास नै खोसिन्छ बारम्बार ।
    ✍️बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव2 Comments on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १४५ सम्पन्न

    साप्ताहिक पञ्चाङ्ग चित्रपट- ९०

  • १ भाद्र २०८१, शनिबार १०:०९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- नब्बेऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०४/२४गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:९०[नब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    ठाम अनुसार नाम कति झरनाकाे।
    नगर्नु कसैले कुनै क्षति झरनाकाे।
    माथि आकाशबाट झरेकी परी जस्तै,
    बर्षातमा कस्ताे तिब्र गति झरनाकाे।
    सुन्दर रूप देखिन्छ अति झरनाकाे।
    सुशीला पाैडेल
    पञ्चाङ्ग:०२
    पानीलाई कहिले सागर पुगौँ भाको होला
    नाता धर्तीमाता सित अजम्बरी लाको होला
    अमृत झैँ सारा प्राणीको प्यास मेट्न पाउँदा
    झर्नाबाट झरझर गर्दै गीत गाको होला
    जगत बचाउने बाचा कसम खाको होला।
    -पशपती राई खोटाङ
    पञ्चाङ्ग:०३
    पहाडबाट झरेर आयौ
    काेरी बाटी गरेर आयौ
    झरना हौ कि अप्सरा तिमी ,
    सौन्दर्यता भरेर आयौ ।
    माेती दाना छरेर आयौ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पन्चाङ्ग:०४
    नेपालको पर्यटकीय रुपकी रानी हौ
    पर्बत छाङ्गो पहराकी खुपकी खानी हौ
    तिमी बिना खल्लो बन्दैछ जन जीवन नै
    बिदेशीको नि मन जित्ने कुलकी नानी हौ
    तिम्रो आवाजमा मुग्ध छन् मु्लकी पानी हौ।

    कमला देवकोटा, पाल्पा

    पञ्चाङ्ग:०५
    झरना जस्तै निष्कलङ्क बन्नुपर्छ मैले
    सत्य जे हो नलुकाई त्यै भन्नुपर्छ मैले
    बाटो छैन भनी गन्तव्य पुग्न अल्छी किन
    चुनौतीका लाखौँ जँघार गन्नुपर्छ मैले
    आफूले हिँड्ने बाटो आफैँ खन्नुपर्छ मैले ।

    श्रीकृष्ण शर्मा पोखरा –५, मालेपाटन

    पञ्चाङ्ग:०६
    हरियो बनमा सौर्न्दर्यता भरेर झर्ने,
    पर्यटकलाई आकर्षित गरेर झर्ने,
    कति स्वच्छन्द र सुन्दर हुन्छ त्यो झरना,
    डाँडा र काडा, खोल्सा पखेरा तरेर झर्ने,
    उकालीबाट ओराली तर्फ सरेर झर्ने ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०७
    देख्दा अति सुन्दर छ कलकल पानी
    माथिपट्टि पहरा छ तलतल पानी
    जता हेर्यो त्यतै राम्रो नेपालका ठाउॅ,
    गागरीमा हाल्यो भने ढलपल पानी
    नदी बनी बग्दा खेरि सलसल पानी।।
    घनश्याम पौडेल,पोखरा
    पञ्चाङ्ग:०८
    भरना सँगै रमाउन मन छ
    पाखा परेरामा सजाउन मन छ
    लोभलाग्दो हिम नदीलाई नै,
    आँखा बाट नहटाउन मन छ
    पर्यटको केन्द्र बनाउन मन छ।।
    कला ढकाल झापा
    पञ्चाङ्ग:०९
    प्रकृतिसँग रमाउन मन छ।
    त्यहि हातले समाउन मन छ।
    प्रकृति पनि अनौठो लाग्छ देख्दा,
    मलाई यही जमाउन मन छ।
    प्रकृतिमा नै कमाउन मन छ।
    ह्यारिस

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव1 Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट- ९०

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३० सम्पन्न

  • १ भाद्र २०८१, शनिबार १०:०४ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ३० औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३० मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    तिम्रो मुटु पत्थरको
    पगाल्न कुनै दिन
    अनावश्यक छ जन्तरमन्तरको ।
    २,
    हिॅंडिरहन्छौ सिकारको खोजीमा
    आँखाभरि चारो फिॅंजाएर
    बल्छी बोकेर गोजीमा ।
    ३,
    सम्मान गरेको देखाएर
    माया मैले दिइरहेँ
    अन्तत: फाल्यो चपाएर ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      झिल्का आयो मध्यरातमा
      मनको दियालो बालेर
      लेखेँ एकै बातमा ।
      २,
      अँधेरी रातमा तारा
      हटाऔं बुझेर अब
      मनको मैलो सारा ।
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      …
      १,
      कसैलाई गर्दा सम्मान
      लिनेले लिॅंदा मात्रै
      बल्ल आउँछ सान ।
      २,
      दिन सकिन्न मुटु
      सबै सिध्याउँन फेरि
      गर्छन् यहाँ लुटुपुटु।
      ३,
      सम्मान गरेर देखाउन
      नपच्दा कसैलाई यहाँ
      पर्ला फेरि रुन।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-क्यानडा,क्यालगरी।
      …
      १,
      वचन अमृत रसपान
      शुद्ध मनले रमाई
      भजौँ प्रभु गुणगान।
      २,
      काँडामा फूल फुलाउनुहोस्
      असम्भव छैन यहाँ
      मन प्रभुमा हराउनुहोस् ।
      ३,
      सुकर्म कर्मठको सान
      प्रभु नामको जापले
      वैकुण्ठमा पाइने स्थान।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      बस्ने घर फेरियो
      बानी फेर्न नसक्दा
      दु:ख अझै बेरियो ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      …
      १,
      औॅंसीको रातमा तारा
      बुझाऔॅं आफ्नो मन
      उज्यालो दिनेछन् सारा ।
      २,
      भुल्न कसैले नखोज
      सिधासाधा भएर हुँदैन
      कसैलाई भुल्न नरोज ।
      ३,
      सबै धर्म बराबर
      बिचमा नखोज निहुँ
      धर्म बढोस् सरासर ।
    • बेदु न्यौपाने
      …
      १,
      शिक्षकको सुत्ने चाला
      विद्यार्थीलाई खुल्यो बाटो
      आजको यो पाठशाला।
      २,
      सबै भए काले
      सधैँ स्वार्थमा लागेका
      मिलेर खाए भाले।
      ३,
      जनताले भोट दिने
      मालिक बनेका नेता
      सुविधा नेताले लिने।
    • नवराज भट्ट, कञ्चनपुर
      …
      १,
      छैन खाने गाँस
      विचरा ! के गर्नु?
      छानो खुला आकाश ।
      २,
      छैन कुनै डर
      देखिन्छ खुसी ऊ
      पर्दछ आफ्नै भर।
      ३,
      भन्छ मजदुरी गर्छु
      आत्मा बेच्ने छैन
      बरु भोकै मर्छु।
    • सतीश पण्डित, भानु – ६, चुँदी तनहूँ
      (हाल चनपा – ६, मातातीर्थ)
      …
      १,
      हाम्रा आफ्ना परम्पराहरू
      विरोधका लागि बोल्नेहरूले
      भोग्दछन् दुष्कृति अरू ।
      २,
      सबैले आफ्ना परम्परा
      संस्कार संस्कृतिहरू छन्
      जगेर्ना गर्नुपर्छ कठैबरा ।
      ३,
      धर्मकर्म सबैका समान
      एकार्कामा विभेद गर्दै
      नगरौँ कसैले व्यवधान ।
    • गुणनिधि घिमिरे, अमेरिका
      …
      १,
      नहुने एकोहोरो मायाले
      त्रसित हुन्छ मान्छे
      आफ्नै देखिने छायाँले।
      २,
      अनुशासन सम्पत्ति ठुलो
      नानीहरूलाई दिनु संस्कार
      सिकाइदिनु घरभित्रको चुलो।
      ३,
      रुन थाल्छन् बच्चाहरू
      संस्कार अनुसाशन नपाउँदा
      जवानीमा रुन्छन् अरू ।
    • चुडामणी देबकोटा, पुरानोनैकाप काठमाडौँ
      …
      १,
      अहोरात्र पसिना तरर
      कस्तो व्यवस्था आयो ?
      जनतामा आँसु बरर ।
      २,
      बोकेर पत्थरको छाती
      मानवता बिर्सिएको मान्छे
      अपराधी र विश्वासघाती ।
      ३,
      सद्भावका मुना नासेर
      मुलुक बर्बाद हुँदैछ
      नीति थिति मासेर ।
    • ऋजु दिल्पाली, इटहरी – १, सुनसरी
      …
      १,
      सरकार त फेर्‍यो
      नेता पुरानै छ
      भ्रष्टाचार झन् हेर्‍यो ?
    • एवाइ प्रभात, सहिदभूमि धनकुटा
      …
      १,
      किन यस्तो भयो ?
      आफ्नो संस्कार संस्कृति
      लोप हुँदै गयो ।
      २,
      भन के पायौ ?
      छाडा गीत गाएर
      आफ्नो इज्जत गुमायौ ।
      ३,
      आफ्नो संस्कार समाउनु
      हामी नेपाली भनेर
      गर्वका साथ रमाउनु ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      तनाव बढ्यो धेरै
      निद्रा पनि लागेन
      उठियो बिहान सबेरै ।
      २,
      लागेन मन खान
      बिर्सायो भोक तनावले
      सकिन कहीँ जान ।
      ३,
      हुन सकिएन भाग्यमानी
      जताततै समस्यको जालो
      भयो जिन्दगी पानी ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      निष्ठुरी तिम्रो मन
      पगाल्न खर्च गरौँला
      अब धेरै धन।
      २,
      हिँडिरहन्छौ मायालु खोजी
      भौँतारिएर केवल तिमी
      बनायौ रित्तो गोजी।
      ३,
      संस्कृति बचाई रमाउनु
      कुसंस्कारको अन्त्य गरी
      राम्रो नाम कमाउनु ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर
      …
      १,
      यो मोबाइलको जातले
      गर्नसम्म गर्‍यो अचेल
      सुख पाएन हातले |
      २,
      दुःख गर्छौ मरीमरी
      बिचौलियाले बिचैमा खान्छ
      बजार भाउ मनपरी |
    • सरिता सेढाई, धादिङ
      …
      १,
      विष पिलाएर जान्छौ
      कसको विश्र्वास गर्नु ?
      अमृत छदाएर लान्छौ ।
      २,
      सोचेकै जस्तो भएन
      आकाश छुन गएको
      अब संसारमा रहेन ।
      ३,
      परिश्रम गरेर देखाऊ
      नजानु खाडी मुलुक
      रोजगार छिट्टै भेटाऊ ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      चाहिन्छ गाँस, बास
      मानव अधिकार हो
      हुनुपर्छ भूमिका खास ।
      २,
      बाटोघाटो र पधेरो
      सबै नागरिक अधिकार
      हुन्छ राज्यको सेरोफेरो।
      ३,
      विरोधका लागि विरोध
      आधा देश टुक्राउने
      किन हुँदैछ बोध ?
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      …
      १,
      दोसाँधमा भयो जीवन
      युद्ध लड्दै आफूसँगै
      थाक्दै उठेको मन।
      २,
      हिॅंडेकी देखाउॅंदै हाँसो
      पीडालाई दबाउॅंदै हेर
      छैन अब गुनासो ।
    • सङ्गीता खरेल, काठमाडौँ
      …
      १,
      कस्तो यो बाध्यता
      गर्छन् सिको उल्टो
      धरापमा छ सभ्यता ।
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      मौलिक तिज आयो
      नारिको महान पर्व
      रमाइलो चारैतिर छायो।
      २,
      सकिन्न हेर्न सुन्न,
      तिजको गीत अरे,
      यस्तो छाडापनले हुन्न ।
      ३,
      जोगाउनु छ रितिरिवाज
      रमाउनु सबै जना,
      सुधारेर हाम्रो समाज ।
    • भुपेन्द्र राना मगर, धादिङ
      …
      १,
      कुरीतिको पर्खाल तोड्नुपर्छ
      दिदीबहिनी हामीले पनि
      आआफ्नो पहिचान जोड्नुपर्छ ।
      २,
      समुद्र बनाउन धन
      विभिन्न माध्यमबाट साथी
      व्यापारीले गर्छन् विज्ञापन ।
      ३,
      एउटा कुरा सुन
      तिमीले खन्या खाल्डोमा
      पर्नेछौ आफैँ पुनः ।
    • पृथक प्रकृति, झापा
      …
      १,
      आफैमा सरकार मस्त
      भरौटेहरू झनै भ्रष्ट !
      लुट्न खान व्यस्त ।
      २,
      जनता दङ्ग हेर्दै
      नेता सरकार फेर्दै
      महॅंगी जनता सेर्दै ।
      ३,
      हाँस्नु कसरी यहाँ
      अशान्ति छ देशमा
      छोडी जानु कहाँ !
    • इन्दिरा देवकोटा, कपिलवस्तु न पा ३
      …
      १,
      गरेर काम असल
      धरतीमा उही व्यक्ति
      आखिर हुन्छ सफल !
    • आर्त अकुलीन
      …
      १,
      नयनहरू नसालु छन्
      जति सम्हालिन खोज्छु
      नसा बढ्छ झन्।
      २,
      खोइ ! के भनौँ ?
      म बेसुध बन्छु
      यति प्यारी छौ।
      ३,
      गर्छ मुक्का हानाहान
      कस्तो मोह कुर्सीको
      आपसमा खुट्टा तानातान ।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग,दार्जीलिङ ।
      …
      १,
      झिल्का लेखन राम्रो
      जतिसुकै लेख्न पनि
      लत बस्यो हाम्रो ।
      २,
      किन तनाव धेरै ?
      चिन्ताले पुर्‍याउॅंछ चिता
      योग गर्नु सबेरै ।
    • दुर्गा भट्टराई, मोरङ
      …
      १,
      मान्छे अब गइसके
      मान्छेको अनुहार मात्र
      पशुभन्दा नीच भइसके ।
      २,
      मनभित्र चोट बोकेर
      सपनाको पोको बोकी
      हिॅंड्यो देश छोडेर ।
      ३,
      आकाशमा बादल छाइसक्यो
      कति बस्छौ ए !
      नेताले देश खाइसक्यो ।
    • दीप गोले तामाङ, रौतहट
      …
      १,
      बानी नै पर्‍यो
      तिम्रो बाटो हेर्ने
      नआउॅंदा आँसु झर्‍यो।
      २,
      बदल्ने कोशिस चलिरहेछ
      हरेक पलको यादले
      जिन्दगी आगोमा डढिरहेछ ।
      ३,
      हरेक बस्तीमा बस्ने
      समान हुँदैन आदत
      नागझैँ जहिले डस्ने ।
    • ईश्वर साउद (भिक्षु ), रामारोसन गाउॅंपालिका ६ सुदुरपशचिम अछाम
      …
      १,
      सुकर्मको सन्देश बोल
      जनहितमा कार्य गरेर
      सहमतिको बाटो खोल ।
      २,
      पाउँदैनौ तिमीले साथ
      तिम्रो निर्णय सुनेर
      दिउँसै लाग्छ रात ।
      ३,
      किरायाको टट्टु जस्तो
      अरूलाई नीच देख्ने
      तिम्रो मानसिकता कस्तो ?
    • मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा, भारत।
      …
      १,
      असीम प्यारको नाता
      थामिन्छन् प्रेमिल हात
      सङ्कटको बलियो छाता।
      २,
      दुईजिब्रे छ बोली
      पर्छन् शङ्काको घेरामा
      बोलिन्न दिल खोली।
    • तोया नाथ चापागाईं, दमक,झापा
      …
      १,
      सुगन्धित गाउँको माटो
      सहरमा पाइन्न एकरत्ती
      रहेनन् गरिने पाटो ।
      २,
      खेतबारी बाँझो राखेर
      हुन्न कहिल्यै आत्मनिर्भर
      अर्काको मुहार ताकेर ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      नजानेरै कोर्दछु टुक्का
      सुनेर हाँस्नुहुन्छ मास्टर
      नमिले खाइहाल्छु मुक्का।
    • सुनगाभा पोखरेल, हाल: नेपालगन्ज
      …
      १,
      हेर्नै नसक्ने नाच्छ,
      गाउँछ गीत उस्तै
      संस्कृति कसरी बाँच्छ?
      २,
      सचेतनाको कुरा छैन
      भाइरल बन्ने रहरमा
      शरीर ढाक्ने हैन।
      ३,
      छाडा भए कलाकार
      अश्लील नाच गीतले
      समाजलाई पर्दैछ मार।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत
      …
      १,
      जतासुकै ठिक आलु
      यसो भन्दै गर्दा
      निस्किए झपार्न ठालु ।
      २,
      काममा कारण चाहियो
      नियमको घनचक्कर लगाउँदा
      सास्ती मात्रै पाइयो ।
      ३,
      अल्छी नोकर भातमारा
      खान पेटभर नदिने
      हाँडीघोप्टे साहु आँतमारा ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
      …
      १,
      विकृतिका नराोपौँ बीज
      सभ्यताको पहिचान दिई
      गर्वले मनाऔॅं तीज ।
      २,
      आत्मीयता बढाएर जाऔॅं
      हैसियत राखेर मात्र
      तिजको दर खाऔॅं ।
      ३,
      पर्वले सम्बन्ध जोडोस्
      कायम राखेर संस्कृति
      सही दिशा मोडोस् ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      …
      १,
      दम छैन बातमा
      नेताहरू लिप्त भए
      कुर्सी मोहको मातमा ।
      २,
      चिर्नलाई भ्रमको जालो
      देश विकास गर
      अब तिम्रो पालो ।
      ३,
      आँखाबाट आँसु झर्‍यो
      हृदयमा किन किन
      बज्रपात पो पर्‍यो ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
      …
      १,
      मौका पाएँ भन्दैमा
      केही हुन्न महोदय
      मनको लड्डु गन्दैमा ।
      २,
      सारा संसार डुलेर
      कहाँ जान्छौँ राजै
      सुन्दर जन्मभूमि भुलेर ।
      ३,
      चाहन्छन् राम्रो चालामाला
      आफ्नो जस्तोसुकै ठिक
      बस्छन् लगाएर ताला ।
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      पलायन हुँदा हसिना
      संयोग भनूँ कि !
      भीमेश्वरमा आएथ्यो पसिना !
    • सुरेश कार्की
      …
      १,
      कहिले रौनक छाउँछ
      जीवन यस्तै हो
      निराशा पनि ल्याउँछ ।
      २,
      बुढापाका भन्छन् यस्तो
      आत्तिनु हुँदैन कहिल्यै
      दुःख आओस् जस्तो ।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      बाँझो बारी खन्नुपर्छ
      विदेश नजाऊ छोरो
      बाबुले छोरोलाई भन्नुपर्छ ।
      २,
      कुमार दाइको आली
      बाँझै छ रे
      दुबो कसले हाली ।
      ३,
      विदेशमा पसिना नबेच
      वृद्धहरूलाई घरमा छोडेर
      विदेशको सपना नदेख।
    • मनुहाङ किराँती, सोलु
      …
      १,
      गरिबी हाम्रो अभिशाप
      लुट्न सक्नेलाई यहाँ
      यत्रतत्र सर्वत्र फलिफाप ।
      २,
      चिनिन्छौँ नेपाली भनी
      छौँ सम्पतिका गरिब
      इमानले हामी धनी ।
      ३,
      हुनु हुँदैन बेइमानी
      अप्ठ्यारोमा परेकालाई गरौँ
      सहयोग आफ्नै ठानी ।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
      …
      १,
      सहरमा तिज पर्व
      रमाउने गाउने गर्दा,
      चारैतिर खुसीको गर्व ।
      २,
      मौलिक तिज आयो
      नारीको मनभित्र हुटहुटी
      खुसीको गदगदीले छायो ।
      ३,
      जिन्दगी बिते हर्षमा
      तिज पर्व मनाउने ,
      कुरा एकासी वर्षमा ।
    • श्रीकृष्ण धामी, बझाङ
      …
      १,
      राज्यसत्ता दलाली भयो
      अस्तव्यस्त हालत जनताको
      जीवन रुँदै गयो ।
      २,
      पार्टी फेरे यिनीहरू
      देश फेर्न सकेनन्
      दलाल, भष्ट्राचार तिनीहरू !
      ३,
      बन्न सकेन गाउँ
      छ झन खस्किएको
      आँखाले देखिन्छ ठाउँ !
    • रवि पौडेल, दक्षिण भारत पाण्डेचरी
      …
      १,
      बहला कता खोला ?
      किनार ओगटे मानवले ,
      भर्‍यो कस्ले झोला ?
      २,
      प्रकृतिको सम्मान गरौँ
      दोष दिन छोडेर,
      जीवन खुसीले भरौँ ।
      ३,
      देखाएर माछाको आस
      लुटे पानीको मुहान ,
      बन्छन् उनै खास।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      जवानी यसरी फेरियो
      कान्छी श्रीमती आउँदा
      उसैलाई पो हेरियो।
      २,
      नेताको नाम लाले
      देशको पैसा कता
      खान्छ खाली भाले।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      सन्चो बिसन्चो कस्तो ?
      याद आउँदैन कि !
      माया मारे जस्तो ।
      २,
      दुनियाँ स्वार्थी रहेछ
      सम्झी रुनु बेकार
      बल्ल पछुताउनु परेछ ।
      ३,
      बहाना बनायो राम्रो
      सजिलै बिर्सन सक्ने
      फुर्सद छैन हाम्रो ।
    • धनमाया चौधरी, कैलाली
      …
      १,
      नहुदाँ पनि पार
      हिम्मत जुटाउँछु सधैँ
      नहोस् भनेर हार ।
      २,
      उर्लेको देखेर छाल
      डरायो माझी पनि
      सम्झेर आफ्नो काल ।
      ३,
      होस् बरु सानो
      केही हुँदैन घर ,
      नचुहिने होस् छानो ।
    • अमृत कोइराला, पोखरा -१८, चंखपुर
      …
      १,
      गाउॅंमा अज्ञानताको खाडल,
      बढाउॅंछन् आयतन थपेर
      मस्तिष्कमा लगाइदिन्छन् बादल।
    • लोकबहादुर क्षेत्री लामिछाने
      …
      १,
      भ्वाँङ परेर पनि
      दु:खीको झुप्रोमा अझै
      अँध्यारै छ नि !
      २,
      लेखेन कहिल्यै सुखसयल
      छानो च्यातिॅंदा पनि
      भयो सूर्य गयल l
      ३,
      अधुरै रहे सपना
      हात फैलाओस् भने
      सरकार छ थपना l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      मरेको छैन आस
      हुनेछ एकदिन पक्कै
      हाम्रो देश विकास।
      २,
      धर्तीको सुन्दर नेपाल
      बिगार्नको लागि अहिले
      नेताले गर्दैछन् जाल।
    • पुरुषोत्तम फुयाल, खोटाङ
      …
      १ ,
      स्वर ठूलो गरेर
      जित्न नखोज सधैँ
      आँखामा धुलो छ्यापेर।
      २ ,
      जनता जागा हुँदैछ
      कानेखुसि अब चल्दैन
      समयले नेटो छुँदैछ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा – १४, साँगा बजार
      …
      १,
      शिव, शिव ! भन्दैछन्
      बोकेर हातमा थाली
      देवी देउता गन्दैछन् ।
      २,
      मायालु जोडी हेर
      जल चढाउॅंदै हिॅंडेका
      शिवमा विश्वास धेर ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
      …
      १,
      तिमी मेरो माया
      महसुस हुन्छ तिम्रो
      रहनेछौ मुटुको दायाँबायाँ।
      २,
      उस्तै छ चाहना
      उस्तै रहेछ परिवेश
      मिल्यो भेट्ने कामना ।
      ३,
      कस्तो रैछ मुटु
      तिम्रै यादमा खान्छ
      भित्रैदेखि खायो कुटुकुटु।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौँ
      …
      १,
      पहिरोमा बेपत्ता भएका
      उद्धारकर्मी चाहिँ यहाँ
      खै कता गएका ?
      २,
      ठूला कुरा गर्छन्
      सदनमा बसेर यिनैले
      अर्थतन्त्रको भकारी भर्छन् ।
      ३,
      छैन आफ्नो घर
      भाडामा बसेर सधैं
      नहुने रहेछ भर।
    • कला ढकाल, झापा
      …
      १,
      पुग्यो नेतृत्वको इच्छा
      पदवी भ्रष्टाचारी व्यक्तित्वको
      गणतन्त्र, लोकतन्त्रको मार्गमा ।
      २,
      द्वन्द गरिबीको घाउमा
      नुनचुक दलेर उकुच
      विदेशीको चलखेल दाउमा ।
      ३
      संस्कृति गरेर बिक्री
      डलर भारूको भाउमा
      लगाए गलामा सिक्री ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
      …
      १,
      वर्षा याम आयो
      जताततै मेघ गर्जन
      कालो बादल छायो ।
      २,
      परिश्र गर्ने मेला
      मानो रोपेर सबैले
      मुरी फलाउने बेला।
      ३,
      अब चाडपर्व लाग्यो
      परिवार जम्मा हुदा
      दु:ख सबै भाग्यो।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      खुसीमा छाउने मन्द
      आउने निरका बाढीहरू
      भइरहने निकट सम्बध ।
      २,
      नखोलौँ दिलका राज
      मिठो बोलेर उल्टै,
      लगाउँछन् बदनामीको ताज।
      ३,
      पूरा नहुँदा चहाना
      फक्रिनुपर्ने फूल जसरी ,
      गरेर अनेकौं बहाना ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा
      …
      १,
      गरौं राम्रो काम
      समय सदुपयोग गरे
      राम्रै आउँछ माम
      २,
      लक्ष्य पूरा गर
      हाँसेर जिउनु जिन्दगी
      नपर्नु कसैको भर।
      ३,
      म सानो भए
      थिए अरू तल
      म माथि गए।
    • धनुष न्यौपाने “यात्री”, जुम्ला
      …
      १,
      कसरी परिवर्तन आयो
      शान्तिले रमाउने तिमी,
      विदेशको मोह छायो ।
      २,
      नजानु परिवार छोडेर
      कमाएर आउॅंछौ आमा,
      जानेछन् सन्तान मोडेर ।
      ३,
      सुरक्षित आफै रहन्नौ
      सम्पति हुन्छ हातमा,
      आफ्नो टाढिएको सहन्नौ ।
    • पुष्पा राई, खोटाङ
      …
      १,
      बुढो विदेश गयो
      बुढी बजार झरी
      छोरा बबुरो भयो ।
      २,
      खाताबाट रकमले मस्ती
      नखाएर आयो पैसा
      दु:ख बिर्सी अस्ति ।
      ३,
      बुढो घरमा आउॅंदा
      बुढी पैसा गायब
      घरको खबर पाउॅंदा ।
    • हिरालाल न्यौपाने
      …
      १,
      तिजको गीत आएको
      चेलीबेटीको व्यथा छैन
      कस्तो गीत गाएको ।
      २,
      गाएको भन्छन् गीत
      सुन्न हेर्न अफ्ठ्यारो
      आज घर परिवारसित।
      ३,
      भाइरल बन्न भनी
      छाडा शव्दको प्रयोग
      मौलिकता हरायो अनि ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      आकाशमा उड्यो कालो
      घनघोर बर्सात होला
      बादलले ढाक्यो उज्यालो ।
      २,
      श्रावण जान लाग्यो
      शीतल हावा चलेको
      रिमझिम वर्षा भाग्यो ।
      ३,
      चाडबाड सुन्दर हुने
      संस्कार विकृतिबिनाको मनाऔॅं
      पर्व मनै छुने ।
    • भगवती दवाडी, झापा
      …
      १,
      फरक छ भाउमा
      फूलले बलि चढ्नुपर्छ
      मन्दिरको पत्थरको पाउमा ।
      २,
      बलेकै आगो ताप्छन्
      फेरि चाहियो भनेदेखि
      कसले हात थाप्छन् ?
      ३,
      जाने बेलामा सम्झनू
      मेरो अनन्त प्रेम
      ईश्वरलाई मात्र कहनू ।
    • श्रीकृष्ण शर्मा पोखरा –५, मालेपाटन
      …
      १,
      कति खेल्छौ खेल ?
      जनताको आँखा छली
      गर्छौ अति झेल ।
      २,
      विकासको छैन गति
      स्वार्थन्धता अति भयो
      सुध्रिएन तिम्रो मति ।
      ३,
      स्वच्छन्दता त्याग्ने गर
      दुष्कर्ममा लाग्यौ भने
      जनतादेखि होऊला पर ।
    • जयनारायण नेपाल, इलाम, (हाल सूर्यविनायक २, बालकोट, भक्तपुर)
      …
      १,
      संस्कृति तोडमोड गरेर
      उत्ताउलो संस्कार बन्यो
      मौलिकतामा विकृतिले टेकेर ।
      २,
      फेसन कति भड्किलो
      उत्पादनमाभन्दा त धेरै,
      केही छैन गहकिलो ।
      ३,
      घमण्डले मान्दैन अर्ती
      परिष्कृत हुँदै गयो ,
      भासिनेछ हाम्रो धर्ती ।
    • मनोहरी पौडेल, गैडाकोट २
      …
      १,
      समाजले एक्लो बनाउँदा
      मन बुझाउनु कसरी ?
      आफ्नैको तिरस्कार पाउँदा ।
      २,
      गर्छ कयौँ सङ्घर्ष
      खोली जस्तो जीवन
      आँधी भेलको स्पर्श।
    • नन्दा धामी, नौगाड दार्चुला

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता1 Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३० सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २९ सम्पन्न

  • १ भाद्र २०८१, शनिबार ०९:५९ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २९ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    निब झिल्काले भरौँ
    सिधा शब्दमा नलेखेर
    बिम्बको प्रयोग गरौँ ।
    २,
    उडानमा उड्यो जहाज
    सास फर्केन मैदानमा
    विधाताले खेल्यो आज ।
    ३,
    कुर्सीको मैदानमा होलास्
    धम्कीको भाषामा खोकिरहन्छ
    मेरो बैँसमा छोलास् ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      रोएर बिताएको जीवन
      हाँसेर भुल्दै जानेछु
      खुसी बनाई मन।
      २,
      बस्दिन हार मानेर
      बढाउँदै अघि पाइला
      सफलता पाउँछु ठानेर।
    • सङ्गीता खरेल, काठमाडौँ
      …
      १,
      भएभरको मसी सकेर
      अचेल स्वघोषित कविको
      कलम बस्यो धकेर।
      २,
      अदम्य साहस बोकेर
      जन्म्यो विद्रोहको झिल्को
      कसले सक्छ रोकेर !
      ३,
      पक्कै ऊ हार्नेछ
      विकृति जलाउने झिल्को
      बलेर सखाप पार्नेछ।
    • श्रीकृष्ण शर्मा, पोखरा – ५, मालेपाटन
      …
      १,
      झिल्काले दिन्छ ज्ञान
      सबैले एकाग्र भएर
      सधैँ गर्नुपर्दछ ध्यान ।
      २,
      बिचल्लीमा मान्छे परे
      पाइलटले ध्यान नदिँदा
      सबै जहानमै मरे ।
      ३,
      कुर्सीको खेलमा भेष
      एकदिन लाग्नेछ पक्कै
      ती दलालहरूलाई ठेस ।
    • केसर बोहरा ‘सङ्घर्ष’, सुदूरपश्चिम अछाम (हाल भारत)
      …
      १,
      तराई पहाड हिमाल
      बुद्धको पवित्र भूमिलाई
      काँधमा बोकेर उचाल ।
      २,
      सुन्दर सानो नेपाल
      युवा युवती जुटौँला
      बनाउन देश विशाल ।
      ३,
      पूर्खाको अर्ती मानेर
      असल कुरा लिऊँला
      चाहिने जति छानेर ।
    • गुणनिधि घिमिरे, अमेरिका
      …
      १,
      हार नमान्दा जीवनमा
      घुमिफिरी आउँछ सुख
      खुसी लिऔँ मनमा।
      २,
      साहसै ठुलो रहेछ
      जहाँसुकै नहट्दा फेरि
      खुसी छाउने भएछ।
      ३,
      नमानौँ हार कहिलै
      अभ्यास गर्दै बढ्दा
      खुसी भइन्छ जहिलै।
    • अर्जुन प्रसाद चौलागाई, सुनापति – १, रामेछाप
      (हाल – क्यानडा, क्यालगरी)
      …
      १,
      ज्ञानले मस्तिष्क भर्दछ
      यथार्थ लाग्छ दुनियाँमा
      रोई विज्ञान मर्दछ ।
      २,
      आफ्नो कमजोरी हटाऔॅं
      छरेर ज्ञानका दल
      कालो बादल फटाऔॅं ।
      ३,
      छरौँ संस्कृतिका बीज
      मासेर सबै विकृति
      मनाऔॅं हर्षले तीज ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      …
      १,
      सबै हो यात्रा
      किन हो विभेद
      देखाउॅंदै फेरि जात्रा ।
      २,
      लड या भिड
      आखिरमा यतिसम्म कि
      छोडनुपर्छ भौतिक गिॅंड !
    • दीपा समभाव, दुबेकोल खोटाङ
      …
      १,
      दुःखमा रुन्छ मन
      हुन्छ झनै पीडा
      अस्वस्थ हुँदा तन ।
      २,
      सिमसिम पर्‍यो पानी
      चिप्लेर लड्छ है
      बाहिर नजाऊ नानी ।
      ३,
      आफूले नजानेका कूरा
      हाम्रा अग्रजसॅंग अब
      सिकाइ मागौँ पूरा |
    • सरिता सेढाई, धादिङ
      …
      १,
      खर्चेर सबै बैँसा
      सङ्घर्ष विफल रह्यो
      कमाउन सकिन पैसा।
      २,
      यादहरू जिद्ध नगर
      तिमीलाई निषेध भन्न
      होइन मेरो रहर।
      ३,
      सुन कान खोलेर
      मेरो आत्मसम्मान भन्नु
      पिए सम्झौतामा घोलेर।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जिलिङ
      …
      १,
      गर्छन् नेता विकास
      भाषण दिने बेलामा
      भएन कहिले निकास ।
      २,
      बाटोमा नदी पर्छ
      पुल छैन तर्नलाई
      तर्दा मान्छे मर्छ।
      ३,
      मान्छे विदेश जान्छन्
      खेत बाँझो भयो
      घरकाले के खान्छन् ?
    • नवराज भट्ट, कञ्चननपुर
      …
      १,
      संस्कारीले सबैलाई माया
      साधक निरन्तर कर्ममा
      लक्ष्यबिना बन्छ छाया ।
      २,
      कृपा हामीले पाएका
      सुकर्म धर्म हाम्रो
      निमित्त धर्तीमा आएका ।
      ३,
      बाँडे कहिल्यै नघट्ने
      विचार सबैमा सधैँ
      दुष्ट संसारमा नअट्ने ।
    • कार्की डिबी माकुम, सुनवल – ४, नवलपरासी
      …
      १,
      मुखले ठिक्क पार्ने
      हुन्छन् केही आफन्त
      भित्रबाट कैँची मार्ने ।
      २,
      सकेसम्म फाइदा लिन्छ
      मानिस स्वार्थी भएपछि
      आखिरमा धोका दिन्छ ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, सङ्गम कोलोनी राधे राधे, भक्तपुर
      …
      १,
      आकाशमा बादलको घेरो
      जलिरहेको दुखित मन
      निको भएन मेरो ।
      २,
      दिल भयो पिरो
      कसैको नराम्रा वचनले
      परेको छ चिरो ।
      ३,
      सहयोग गर्छु भन्नेहरू
      दुःख परेको बेला
      हेरेनन् कोही अरू ।
    • डिल्लीराज ‘राजेन्द्र’ भुसाल, सन्धिखर्क – २, कुर, अर्घाखाँची
      …
      १,
      जो छ नकारात्मक
      बानी परेर होला
      देख्दैन कहिल्यै सकारात्मक ।
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १,
      चारैतिर डुबानको भुमरी
      खसेनन् नजर कसैको
      बन्दैन मुलुक नसुमरी।
      २,
      ऋणको भारी बोकाएर
      छन् नकचरा शासक
      जन्मन नपाउँदै टोकाएर।
      ३,
      मुलुक जालमा फसेको
      शासक प्रशासकका घेरामा
      अहम्ताको बन्धनले कसेको।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      परदेशमा पुग्यो तन
      खै किन हो ?
      यतैतिर अल्झ्यो मन !
    • सुरेश कार्की
      …
      १,
      जान्न रमाइलो मेला
      विकृतिको जुहारी चल्छ
      जन्मभूमि रोएको बेला ।
      २,
      नराम्रा मात्र छानिन्छ
      सरकार कसका लागि ?
      राम्रालाई छेलो हानिन्छ ।
      ३,
      रहेन मेरो देश
      कुपात्रको रजाई भो
      सकियो भाषा, भेष ।
    • ऋजु दिल्पाली, इटहरी – १, सुनसरी
      …
      १,
      घामको किरणले छुँदैन
      सम्बन्ध हिउँ भएपछि
      न्यानो कहिल्यै हुँदैन ।
      २,
      हिउँद अनि बर्खा
      सुखदुःख जस्तोसुकै होस्
      घुमिरहन्छ जिन्दगीको चर्खा ।
      ३,
      सीप कलाको चासो
      खासै गर्दैनन् मान्छेले
      लगाउने हुन्छन् आगो ।
    • पृथक प्रकृति, झापा
      …
      १,
      मनको कुरा लेखेर
      कसले पो यहाँ
      आएको हुन्छ देखेर।
      २,
      नेताहरू कराउँछ अहिले
      देशको सान आउँदा
      हराउँछ यहाँ जहिले।
      ३,
      गरिबको रगत लिएर
      लाज पनि पचाएर
      आनन्द मनाउँछ पिएर।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      जीवन जात्रा देखिन्छ,
      सङ्घर्ष सधैँभरि गरे,
      आफैँ भाग्य लेखिन्छ ।
      २,
      ज्ञानको भण्डार पाउने ,
      सच्चा गरे कर्म
      सधैँ सुमार्ग धाउने।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      कतर्नो बोकेर गोजीमा
      निस्कन्छन् हाम्रा भनाउँदा
      आफ्नो बन्धुत्वका खोजीमा ।
      २,
      खाने बेलामा मिल्छन्
      आफूलाई ठानेर असल
      सिद्धान्त विचार निल्छन् ।
      ३,
      गोहीका बगाइ आँसु
      मानव सेवाको नाममा
      खान्छन् यिनले मासु ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      बर्सियो साउने झरी,
      चुहियो खरको छानो,
      ओत लाग्ने कसरी ?
      २,
      नराम्रो देखेँ सपना,
      बढ्दै गयो खुल्दुली
      कतै नहोस् घटना ।
    • भुपेन्द्र राना मगर, धादिङ
      …
      १,
      नाङ्गो देश हाम्रो
      सबै मिलेर बनाऔॅं
      उर्वर स्वच्छ राम्रो।
    • बिके मुखिया, दार्जिलिङ, भारत
      …
      १,
      बगेको खोला फर्किॅंदैन
      कुनै कुरा सिकाउन
      विद्वान् मान्छे झर्किॅंदैन ।
      २,
      संसारभर युद्ध चल्दैछ
      आफ्नै त्यो अहम्ताले
      साम्राज्यवाद अब ढल्दैछ ।
      ३,
      नमान्नु कहिले दुःख
      अप्ठ्यारा चुनौतीसँग लड्दै
      आउॅंछ एकदिन सुख ।
    • दीप गोले तामाङ, रौतहट
      …
      १,
      नबोलौँ कसलाई घोचेर
      पीडा हुन सक्छ ,
      हेरौँ एकपटक सोचेर ।
      २,
      मेरो मनको भित्र
      छुट्टै प्यार दिन्छु ,
      तिमीलाई प्रिय मित्र ।
      ३,
      जोडेपछि हामीले घरबार
      हेर्दै जानु तिमी ,
      झुपडी बन्छ दरबार ।
    • अमृत कोइराला, पोखरा -१८, चङ्खपुर
      …
      १,
      बाहिर वर्षे झरी
      पिरै पिरको भारी
      बोकेर मन खडेरी ।
      २,
      अब झुक्दैन शिर
      मन छ अस्थिर
      कुन खोज्नु भिर ?
    • इन्दिरा देवकोटा
      …
      १,
      खोज्दै जाँदा कविता
      संयोग पनि कस्तो !
      अकस्मात् भेटियो सविता ।
      २,
      भोकले भोजन माग्छ
      त्यसले त बेरोजगारी
      काम गर्न जाग्छ ।
      ३,
      साउन महिना आएको
      भक्तजनले आरधाना गरी
      शिवजीबाट आशीर्वाद पाएको ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
      …
      १,
      परिष्कार ल्याएर सोचमा
      पुर्‍याऔॅं झिल्का काव्यलाई
      देश, विदेशको खोचमा l
      २,
      रोएर केही मिल्दैन
      अल्छी गरेर बस्नेको
      ओठमा मुस्कान खिल्दैन l
      ३,
      बाँडेपछि ज्ञान बढ्छ
      थपक्क बसेर भुइँमा
      कोही भर्‍याङ चढ्छ ?
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      उकाली ओराली भनेको
      भिरालै भिरालो भेटाएर
      अविरल सङ्घर्ष गनेको ।
      २,
      हार मान्नेले हारे
      भविष्य खोज्दै जाँदा
      नमान्नेले उज्यालो पारे ।
      ३,
      समयले छानेर लान्छ
      जो चाहिँ सुरिलो
      उही छिटो तान्छ ।
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      निकै चिन्ता भयो
      सरकार छ लाचारी
      धेरैको ज्यान गयो ।
      २,
      सन्तोषजनक छैन क्षतिपूर्ति
      दलाल राज्यसत्ताका नाइकेहरू
      लगाउँछन् अझै फुर्ती ।
      ३,
      चौबिस खर्ब भएको
      आर्थिक सङ्कट बढ्दै
      ओरालो हुँदै गएको ।
    • रवि पौडेल, दक्षिण भारत पाण्डेचरी
      …
      १,
      पीडाको पोको मनमा
      बोकेर कति डुलौँ ?
      बुझेँ सधैँको नियतमा ।
      २,
      आउॅंछु भन्छ जहिल्यै
      परै भागेर जान्छ
      बोल्दैन सत्य कहिल्यै।
      ३,
      मुन्टो लुकाएर हिॅंड्छ
      चाल उसको टेढो
      झुठको झोला भिड्छ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा – १४, साँगाबजार
      …
      १,
      सिनो खान्छन् गिद्धहरू,
      द्वन्द देखिन्न उनीहरुमा ,
      खान मिलेका सिद्धहरू ।
      २,
      जिउँदो मार्न तागत
      छैन कौवा, गिद्धको
      सिनो गर्छ स्वागत ।
    • जी.वि.घोराही, दाङ
      …
      १,
      काग कराउॅंदा आँगनमा
      पर्खाइमा हुन्छु कसैको
      ढुकढुकी बढ्छ मनमा ।
      २,
      एक्कासी जोडिएको नाता
      पार्‍यो विचल्लीमा मलाई
      जीवनभरि भयो व्यथा ।
    • नन्दा धामी, नौगाड दार्चुला
      …
      १,
      दया भाव रहोस्
      सबको आँखामा बसूँ,
      जुगजुग नाम लियोस्।
      २,
      सपना तिम्रा देखूँ
      आजभोलि कुरा मिल्दैन
      तिम्रो लागि लेखूँ ?
      ३,
      पानीका थोपा टल्किरहेछ
      सिमसिम झरी सावनमा
      मनमा आगो सल्किरहेछ।
    • सुनगाभा पोखरेल, हाल : नेपालगन्ज
      …
      १,
      पल्टिन्छन् आफैँ जान्ने
      अर्काको सफलतामा आरिसेहरू
      छन् खुट्टा तान्ने ।
      २,
      अब बर्खा गयो
      अब यही नागपञ्चमीदेखि
      हिउँद सुरु भयो ।
      ३,
      देश भयो बेहाल
      विकासमा भने देशमा
      भयो कछुवाको चाल ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      मनमा नराख्नु विकार
      कसैको कुभलो नचिताउनु
      पर्लान् स्वयम् सिकार ।
      २,
      कसैमाथि नहोस् खेलबाड
      अरूलाई नङ्ग्याउन खोज्दा
      फुत्किएला आफ्नो कछाड ।
    • कृष्णकुमार वैद्य, बनेपा – ९, काभ्रे
      …
      १,
      हामी हौ मूलबासी।
      स्वतन्त्र भइ जिउनु।
      नबन्नु कसैको दासी।।
      २,
      शान्तिको अग्रदूत बुद्ध।
      मूलबासीको आधिकार पाउन
      लड्नेछौँ वैचारिक युद्ध ।
    • वेल थोकर तामाङ, बकैया _ ८, बस्तिपुर, मकवानपुर
      …
      १,
      परिचय दियौ दानवताको
      अरूको घर उजाडियो
      मुखौटा मात्र मानवताको ।
      २,
      चोट लाग्दैछ गहिरो
      कतै पहाड धस्कॅंदैछ
      कतै अतिक्रमणको पहिरो ।
      ३,
      चपरी चलाउनु माटोमा
      उठीबास लगायो नेताले
      चुहिॅंदो झरीमा बाटोमा ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा, भारत
      …
      १,
      डुबान चारैतिर भयो
      बाढी पहिरो आउँदा
      कयौँको ज्यान गयो।
      २,
      लामो दूरी नजाऔॅं
      मौसम संवेदनशील भयो
      जोखिम त नउठाऔॅं ।
      ३,
      कसैको छैन भर
      न छ प्रकृतिको
      लाग्नुपर्छ अब डर।
    • सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ
      …
      १,
      मनमा पिर पर्‍यो
      किसानको जीवन यस्तै
      बारीको कान्लो झर्‍यो ।
      २,
      सुस्तरी पवन आयो
      मेरो मनको पीडा
      सारा वायुमण्डलमा छायो ।
      ३,
      सम्पतिको के घमण्ड ?
      समय आएपछि जानुपर्छ
      पाइन्छ अवश्य मृत्युदण्ड।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौँ
      …
      १,
      सूर्य उदायो पोल्यो,
      छहारी अति चिसिएर ,
      विलीन भएर बोल्यो ।
      २,
      काँध थापेर बोक्दा,
      थाकेर लखतरान पर्‍यो
      झल्यास्स गोली ठोक्दा ।
      ३,
      कहिले वजन थाम्नु ?
      थामिन्थ्यो सोझो गरे ,
      पर्‍यो गलतमा काम्नु।।
    • मनोहरी पौडेल, गैँडाकोट – १, मिलन टोल
      …
      १,
      गाउँको सम्झना आयो
      परदेशी हुनुको पीडाले
      अनयासै आँखा रसायो।
      २,
      छोडेर आउँदा गाउँघर
      यादले दिनहु सताउँदा
      लाग्दैछ फर्किने रहर।
    • पुरुषोत्तम फुयाल, खोटाङ
      …
      १,
      नदी तटमा घर
      बनाएर आफ्नै पेवा
      लाग्दैन भन्छन् डर।
      २,
      नियम बनाउने ठुलाठालु
      कालोलाई सेतो बनाउन
      हुन्छन् अति सिपालु।
      ३,
      नसोच्नु झिल्का झिल्किन्छ
      त्यस्तै परिस्थिति आए
      विराट रूप लिन्छ।
    • सतीश पण्डित ‘सिकारु’, भानु – ६, चुँदी, तनहूँ
      (हाल – चनपा – ६, मातातीर्थ काठमाडौँ)
      …
      १,
      दोषी म मात्र
      जुन कुरामा पनि
      नाटकको जस्तो पात्र।
      २,
      कस्तो संसारमा छु
      स्वार्थी, पापी सबै
      धर्तीको भारमा छु।
    • सावित्री प्याकुरेल, धादिङ
      …
      १,
      साहित्य झिल्लीले भरौँ
      हामी सबै मिलेर ,
      अघि अघि सरौँ ।
      २,
      मनमा सहयोगी हात
      हजुरबाट सुन्न पाइयोस् ,
      मिठो मिठो बात ।
      ३,
      पिपलसँग छ माया
      यो दिल दिएपछि,
      निष्ठुरीसँग बन्यो छाया ।
    • श्रीकृष्ण धामी, बझाङ
      …
      १,
      मुखले ठिक्क पार्छन्
      बाहिर बाहिर मान्छे
      कुरा अन्तै सार्छन् ।
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई -४, झापा
      …
      १,
      गल्काउनु पर्छ पकाउँदा
      वृद्धले खाने आहार
      खान्छन् बिस्तारै फकाउँदा।
      २,
      पर्दैन शीर झुकाउनु
      सत्कर्म गर्दै हिँडेमा
      मिल्छ छाती फुलाउनु।
      ३,
      हुँदैन कसैलाई उल्काउन
      बेफाइदा हुन्छ आफैँलाई
      थालियो भने सुल्काउन।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत
      …
      १,
      सुटुक्क आएर बस
      अभिनय गर्छु निदाएको
      खसाऊ प्रेमको रस।
      २,
      रहरको ओखती खोज्दै
      जिन्दगी अझै भौँतारिरहेछ
      असल खराब रोज्दै।
    • होमप्रसाद नेउपाने, धरान, सुनसरी
      …
      १,
      अश्रुको सागर ढाकेर
      हाँस्दैछु म दुनियाँमा
      मुटुमा ढुङ्गा राखेर ।
      २,
      सुखले याद गर्दैनन्
      कसरी पार गर्नु ?
      दु:खका पहाडहरू छन् ।
      ३,
      गर्दैछन् आत्महत्या रहरहरू
      गरिबीको उखरमाउलो खडेरी
      प्यासी छन् खाडलहरू !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      माइती छ‍ोरीको लाख
      जस्तो भए पनि
      न्यानो आमाको काख !
      २,
      तिज तिहारको बेला
      रमाइलो हुन्छ माइती
      दिदीबहिनी जमघटको भेला !
      ३,
      चाम्रीक‍ो तलतली लाउँद‍ोरहेछ
      समुन्द्रपारि माइती छन्
      झलझली याद आउँदोरहेछ !
    • धनमाया चौधरी, कैलाली
      …
      १,
      कस्तो होला वर्ष ?
      बुझिन दिन गयो
      विष्मात या हर्ष।
      २,
      दु:ख, सुख हुन
      जीवनका यी सारथि
      पालैपालो आउॅंछन् जुन ।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      नेताले देश बिगार्ने
      जनता मासुमा बिक्ने
      कसले देश सपार्ने ?
      २,
      देशमा कुर्सीको लडाइ
      रातारात सरकार बदलिँदै
      मिलिजुली गर्छन् फटाइॅं ।
    • राजन दास, बिसरभोरा, धनुषा
      …
      १,
      अनुपम गाउँ सहर
      वरपिपलको छ चौतारी
      मनभित्र सौम्य रहर !
    • आर्त अकुलीन
      …
      १,
      मान्छे मान्छेमा हुने
      विभेद ठुलै विकृति
      संस्कृति त्यसै रुने ।
      २,
      अचेल बानी पर्‍यो
      एकार्कामा श्वास थप्ने
      फूल नफुलेरै झर्‍यो ।
      ३,
      शङ्काको सम्बन्ध घेरोभित्र
      आफैँ जेलिएर आएँ
      अरूलाई दोष मित्र !
    • ईश्वर साउद(भिक्षु ), रामारोसन – ६, अछाम
      …
      १,
      हँसिलो पारौँ शिर
      रमाऔॅं परिवारको साथमा ,
      लुकाई मनमा पीर ।
      २,
      मन हुन्छ थिर
      आफ्नो परम्परा जोगिन्छ ,
      बनाई खाँदा खिर ।
      ३,
      हर्षको निस्कन्छ नीर
      सफलता पाईन्छ एकतामा ,
      मन बन्छ थिर ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
      …
      १,
      सुदिन बिर्सँदै गइसक्यो
      दुखी थियो हिजोसम्म
      आज धनाढ्य भइसक्यो ।
      २,
      नभुल्नु विगतका बातहरू
      छैन जीवनको भरोसा
      ताली बजून् हातहरू ।
      ३,
      अहिले टाढा गयो
      हिजोसम्म काखमा थियो
      आजकल काँडा भयो ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप, काठमाडौँ
      …
      १,
      पीडा धेरै भयो
      अचानोको पीर खुकुरीलाई
      नबुझी जिन्दगी गयो ।
      २,
      उमेर बितेर गयो
      केही सुकर्म नगरी
      व्यस्त जीवन भयो ।
      ३,
      अभिभावकले सबै ढाकेर
      कर्मलाई सहज बनाउँदा
      मिठो खाऊ चाखेर ।
    • भगवती दवाडी
      …
      १,
      नसकौँ अहिल्यै मसी
      सादा छन् पानाहरू
      पोतौँ पीडाका दसी ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      …
      १,
      जमाना नक्कलीको भयो
      नोटको कारोबार सक्रिय
      सत्य दबेर गयो ।
      २,
      सत्ता फेरबदल किन ?
      नैतिक जिम्मेवारी कसको ?
      पर्दैन कारण दिन ?
      ३,
      सत्ताकब्जाको खेल भयो
      अचम्म गणितीय संविधान
      वेश्या बनेर गयो ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
      …
      १,
      बाढीले गर्‍यो सत्यानाश
      हुँदैन जस्तो लाग्छ
      अब धर्तीमा बास ।
      २,
      सधैँ पीडा मनभरि
      मन बुझाउनै सकिन्न
      म हाँसौँ कसरी ?
      ३,
      मृत्युको मुखमा पुगेर
      अब लडाइ नगर
      कति बाँचिन्छ हेर ।
    • ललिता गिरी, सिन्धुली (हाल – काठमाडौँ, नेपाल)
      …
      १,
      काटेर हातको नसा
      सबै राम्रो देखिन्छ
      मलाई लाग्यो दशा ।
      २,
      देखेको सबै हाम्रो
      यो लोभले गर्दा
      कहिल्यै भएन राम्रो ।
      ३,
      समयले चोट दियो
      अहिले अप्ठ्यारो अवस्थामा
      आफन्त पराई चिनियो
    • लक्ष्मण देउवा, डोटी (हाल – भारत चेन्नई)
      …
      १,
      रमाइलो भयो भनेर
      उकालो बाटो काटौला
      भिर पखेरी खनेर ।
      २,
      सम्बन्ध राम्रो बनाएर
      घरबार सफा सुन्दर
      आफन्ती साथ जनाएर ।
      ३,
      तीजमा माइत जानुछ
      रमाइ रमाइ नाचेर
      दर पकाएर खानुछ ।
    • अम्बिका अधिकारी, बिर्तामोड, झापा
      …
      १,
      झुठो प्रचार छरिॅंदैछ
      सरकारमा बस्नेले जहिल्यै
      गोजी मात्र भरिॅंदैछ।
      २,
      विश्वास कहिले नगर्नु
      मुखले ठिक्क पार्नेको
      भर कहिल्यै नपर्नु ।
      ३,
      जीवन सुस्तरी चलोस,
      अपमानित भएर बाँच्नु
      बरु मर्नु परोस् ।
    • कला ढकाल, झापा
      …
      १,
      पशुपतिनाथमा चलेछ जात्रा
      हुने दुई काज
      गरौँ सबै यात्रा ।
      २,
      अत्यास लाग्दो रात
      ओरालो पाइला लाग्दा
      पाइएन थाम्ने हात ।
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      …
      १,
      नेपाल सुन्दर देश
      विदेशीको देखासिकी गर्दै
      बदले भाषा भेष ।
      २,
      खोज्दै शीतलु छाया
      विदेशी भूमिमा बसी
      देखाउँछन् जन्मभूमिको माया।
    • कोपिला अधिकारी, गोरखा सिरानचोक
      …
      १,
      अचम्मको ढोँग नारीमा
      पतिव्रताको छ नाटक
      हरिया चुरा, सारीमा।
      २,
      पतिलाई धोकामा राखेर
      उपवासको नाटक गर्दछन्
      उनै महादेवलाई भाकेर।
      ३,
      चुर्लुम्म डुबेर नक्कल
      गर्दछन् आजका नारी
      आउँछन् कहिले अक्कल।
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      …
      १,
      मनमा पिर पर्‍यो
      खेतीबारी सबै बाँझै
      भएकोमा पहिरो झर्‍यो ।
      २,
      कसरी जाऊॅं मेला ?
      नेताहरू भागबण्डामा व्यस्त
      देशमा सङ्कटको बेला ।
    • दुर्गा भट्टराई, मोरङ
      …
      १,
      दाजुभाइ जुधाएर भयौँ
      एकजुट तैपनि सिद्धान्त
      मिल्दैन सरकारमा गयौँ ।
    • कविताहरी, सुन्दर हरैंचा – १, मोरङ
      …
      १,
      अपराध त्यो गर्छ
      दया छैन दिलमा
      रक्तकुण्डमा उही पर्छ ।
      २,
      दुखमा धैर्य गरौँ
      सधैँ सुख हुँदैन
      नापेर खोला तरौँ ।
      ३,
      देखेर अर्काको सुख
      दिनदिनै मन नदुखाऊ
      गहिरिन्छ अझ दुख ।
    • हिरालाल न्यौपाने, बानपा – ८, कोटमौला, सल्यान
      …
      १,
      हराउँदै गयो जवानी
      गन्दागन्दै दिनहरू हेर
      ओइलायो आफ्नो जिन्दगानी ।
      २,
      दिन,महिना ,साल
      कति चाँडै बित्यो
      पाइएन किन चाल ?
      ३,
      जवानीमा निकै रमाए।
      गए सबै छाडी
      बुढेसकालमा लौरो समाए।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      कठै ! बुझाउने कसरी ?
      आफैँ शब्द बुझ्दिन,
      सत्य देखिन्न जसरी ।
    • लोक बहादुर छेत्री लामिछाने, मोदी -२, देउपुर, पर्वत
      …
      १,
      पालेर मनमा भ्रान्ति
      स्पष्ट भए हुन्छ
      हुँदैन कहिल्यै शान्ति ।
      २,
      रोजौं भोलिको बाटो
      जुटौँ मिलेर कर्ममा
      आपसमा नफेरौँ साटो ।
      ३,
      आत्मबल हो शक्ति
      सकारात्मक चिन्तन गरे
      चाहिन्न स्वार्थको भक्ति।
    • जयनारायण नेपाल, इलाम (हाल सूर्य विनायक २, बालकोट भक्तपुर)
      …
      १,
      आफ्ना संस्कारहरू मासिए
      सहरको रमझममा परेर
      युवाहरू उतै भासिए।
      २,
      कसरी भनौँ लेखेर ?
      विरक्त लाग्छ घरमा
      बाआमा एक्लै देखेर।
      ३,
      बाँझै छन् खेतबारी
      देशको अवस्था देखेर
      हुन्छ मन भारी।
    • सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा
      …
      १,
      अवस्था देशको बेहाल
      युवा सबै विदेशतिर
      रित्तिने भयो नेपाल ।
      २,
      हटाऊ स्वार्थ पर
      अत्ति भयो नेताज्यू
      अब केही गर ।
      ३,
      व्यर्थ आँशु झार्नेले
      पार्न सक्छन् अफ्ठ्यारोमा
      मुखले ठिक्क पार्नेले ।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २९ सम्पन्न

    रासाप दाङमा छ्न्द संगम कार्यक्रम

  • १ भाद्र २०८१, शनिबार ०८:५५ मा प्रकाशित
  • साउन ३२, दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित मासिक कार्यक्रम अन्तर्गत ७१औँ श्रृङ्खलामा छन्दसङ्गम कार्यक्रम परिषदको सभाहलमा सम्पन्न गरिएको छ ।
    राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार तथा वरिष्ठ उत्तमकृष्ण मजगैँयाको प्रमुख आतित्यता तथा वरिष्ठ साहित्यकार गणेश विषमको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
    साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनाल, केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, वरिष्ठ साहित्यकार नारायण नेपाल, साहित्यकारहरू हरिप्रसाद पौडेल “स्वर्णशिखा” नगेन्द्र गुरु, धनसिंह गिरी,वीना रोका,दामोदर पौडेल,सुरेश कुमार पाण्डे, नारदप्रसाद भण्डारी लगायतका कविहरूले आ-आफ्नो छन्दका सिर्जना वाचन गर्नुभएको थियो भने चर्चित गीतकार प्रकाश के.सी. एकनारायण चापागाईं बहरमा गजल वाचन गर्नुभएको थियो।


    विश्व साहित्य सञ्जाल दाङका अध्यक्ष तथा वरिष्ठ साहित्यकार डा.कृष्णराज डी.सी.ले वाचित रचनाहरूको समीक्षा गर्नुभएको थियो। वर्तमान समयमा हराउँदै गएको छन्द परम्परालाई छन्दसङ्गमले मलजल दिने काम गरेको बताउनुभयो। वरिष्ठ साहित्यकार डी.सी.ले वाचित रचना उत्कृष्ट र मध्यम सामान्य गरी तीन स्तरको रहेको बताउनुभयो। त्याग, तपस्या र साधनाले मात्र उत्कृष्ट स्तरको रचनाको जन्म हुने उहाँको मान्यता थियो।


    कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष तथा वरिष्ठ गजलकार डा. टीकाराम उदासी, सिस्नुपानी नेपाल दाङका अध्यक्ष डा.लोकराज पराजुली, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर “राप्ती साहित्य परिषद् केन्द्रका कोषाध्यक्ष तथा साहित्यकार डा.खेमराज मल्ल, वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी नयाँ युगबोध दैनिकका पत्रकार गोविन्द खड्का , रङ्गभूमि टेलिभिजनका सञ्चालक हुम रेग्मी, साहित्यकारहरू शरद गौतम, प्रदिपराज श्रेष्ठ, गोपाल भुसाल “अभिलाषी” गिरीप्रसाद पन्थी, महेशकुमार न्यौपाने , भुवन जी.सी., देवेन्द्र रिजाल, यशोदा के.सी .एकराज शर्मा अधिकारी लगायतको गरिमामय उपस्थिति रहेको थियो।

    राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम के.सी.ले गर्नुभएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on रासाप दाङमा छ्न्द संगम कार्यक्रम

    साताका उत्कृष्ट झिल्काहरू- २५

  • ३२ श्रावण २०८१, शुक्रबार २२:१६ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २५ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २५ का लागि झिल्काकारत्रय अमृत कोइराला, अन्मोल मुस्कान र सन्तु खत्रीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    [१]
    १.
    नहुदाँ पनि पार
    हिम्मत जुटाउँछु सधैँ
    नहोस् भनेर हार ।
    २.
    उर्लेको देखेर छाल
    डरायो माझी पनि
    सम्झेर आफ्नो काल ।
    ३.
    होस् बरु सानो
    केही हुँदैन घर
    नचुहिने होस् छानो ।
    ✍️ अमृत कोइराला
    पोखरा


    [२]
    १.
    झरीमा जमिन धस्कियो
    बढ्दै गयो चोट
    मुटु झन् चस्कियो ।
    २.
    पानीको के गल्ती
    त्यस्तै छ मौसम
    भरियो डरको खल्ती ।
    ३.
    प्रकृति होइन निन्दनीय
    ईश्वरको सृष्टि सधैँ
    हुन्छ धेरै बन्दनीय ।
    ✍️ अन्मोल मुस्कान
    तकदाहको, दार्जिलिङ


    [३]
    १.
    बेलैमा सचेत हुनुपर्छ
    बाढी पहिरोको मौसममा
    तबमात्र विनास टर्छ l
    २.
    तीनै लोकका स्वामी
    महादेव, शिव शङ्कर
    पर्छौ शरणमा हामी ।
    ३.
    हुनसम्म कष्ट भयो
    घमाइलो होला भन्दा
    दिन बिग्रँदै गयो ।

    ✍️ सन्तु खत्री

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- २५

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १०७

  • २६ श्रावण २०८१, शनिबार १५:१० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय सात अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१०७ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०४/१४
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    चट्ट मिलेकाे पाेशाकले तन हुन्छ राम्राे।
    श्रावणमा हरियाे भए झन हुन्छ राम्रो।
    रुपमा र औकतमा दाँज्नेहरु हाे सुन,
    अमुल्य हार भन्दा प्रेम धन हुन्छ राम्रो।
    माया गर्ने त्याे मायालुकाे मन हुन्छ राम्रो।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    पापी अधर्मीको अन्त्य गरि देउ।
    दुखी,गरिबको पेट भरि देउ।
    अरूको कुभलो सोच्नेलाई अब,
    सद्बुद्धि,ज्ञानको ज्योति छरि देउ।
    पापीमा भएको खुशी हरि देउ।
    ह्यारिस

    पञ्चाङ्ग:०३
    स्वस्थ शरीर सुरिलो तन राम्रो
    रुप नराम्रो के भयो ? मन राम्रो
    आँखा लोभी र मन पापी भन्दछन्
    रुप पनि छ सुन्दर त्यो झन् राम्रो
    सबै मिल्ने जोडीको जीवन राम्रो ॥

            गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग;०४
    म सुन्दै बस्थे निष्ठुरीलाई उनी बोल्दै जान्थिन्
    मै थिएँ सहारा त्यहाँ उनी दिल खोल्दै जान्थिन्
    मनको कुरा पोख्दा पोख्दै एक्कासी अतालिदै
    दुर्लभ बातले मलाई उनी पिरोल्दै जान्थिन्
    जसोतसो मेरो सिमाना उनी छिचोल्दै जान्थिन्।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    पञ्चाङ्ग:०५
    बनेर बस गलाको हार प्रिय तिमी
    लाग्दैन मलाई कुनै भार प्रिय तिमी
    तिमी छौ र पो यो जिन्दगी राम्रो छ
    मेरो जिन्दगीको हौ सार प्रिय तिमी
    जीवनमा नबन्नु है झार प्रिय तिमी।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:०६
    संघर्ष गर्नु पर्ने एक्लै न छ आस कसैको ।
    खाली पनि हुँदैन दिल न छ बास कसैको l
    बाँच्नु नै छ हरपल जे छ त्यसैमा रमाई,
    दुर छैन म कसैसँग न त पास कसैको।
    कहीँ शत्रु हुनु नपरोस् न त खास कसैको ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०७
    बाढीपहिरो आउला भन्ने डर जताततै
    जोखिममा छन् किनारतिर घर जताततै
    मौन छ अघाएको अजिङ्गर झैँ सरकार
    कसले दिन्छ र सुरक्षाको भर जताततै
    बिरालाले खान मात्रै खोज्छ तर जताततै ।

    श्रीकृष्ण शर्मा पोखरा –५, मालेपाटन

    पञ्चाङ्ग:०८
    छोरा जति सबै दुर्घटनामा नै मर्यो हजुर
    यौटा भाको खुशी पनि दैवले नै हर्यो हजुर
    पटकपटक छानबिन समिति मात्रै बन्यो
    त्यो छानबिन समितिले खै के पो गर्यो हजुर
    जति पर्नुथ्यो पीर पर्नेलाई नै पर्यो हजुर।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०९
    तिम्रै भर परेर आएकी छु
    ठूलो खोला तरेर आएकी छु
    साथ दिन्छौ भन्ने आशा बोकी,
    सपना सबै हरेर आएकी छु
    घरका सँग लरेर आएकी छु
    कला ढकाल झापा

    पञ्चाङ्ग:१०
    धनको लोभमा परेर गयौ
    अर्कैको सिन्दूर भरेर गयौ
    स्वार्थी बनी बुझेनौ मेरो माया
    प्रेमको नाटक गरेर गयौ
    पराइ दिलमा सरेर गयौ।

            वीणा रोका क्षेत्री
                      दाङ।

    पञ्चाङ्ग :११
    सात समुद्र ठुलो भेल तरेर गयौ ।
    देश छाेडी उहीँ बसाइँ सरेर गयौ
    भन्दैछिन् नेपाल आमाले फर्क है ,
    आफ्नो संस्कृति बाट झरेर गयौ
    बाल सखाकाे माया हरेर गयाै ।

    भवानी घिमिरे
    सर्लाही ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव1 Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १०७

    साप्ताहिक पञ्चाङ्ग चित्रपट- ८९

  • २६ श्रावण २०८१, शनिबार १५:०७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- उनानब्बेऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०४/१७गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:८९[उनानब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    माैसमकाे भावना बुझेर आज।
    हिलाम्मे माटाेसँग जुझेर आज।
    आनन्दित छ तन र मन दुबै,
    सिमसिम पानीमा रुझेर आज।
    दिमागमा कुन्नि के सुझेर आज।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    पञ्चाङ्ग पञ्चाङ्ग साहित्य समाज मिति २०८१ साउन १८
    पहडसामु कहिले भने तील बन्यौ तिमी
    कहिले काखमा सजिएर झिल बन्यौ तिमी
    जादुमय मायाजालमा मलाई फँसाएर
    मेरै शिरमा घुमिरहने चील बन्यौ तिमी
    आखिर मेरै दिलभित्रको खिल बन्यौ तिमी ।

    श्रीकृष्ण शर्मा पोखरा –५, मालेपाटन

    पञ्चाङ्ग:०३
    आकाशतिर हेर्छिन् सुन्दरीले वर्षकाे पानीमा
    जवानीलाई फेर्छिन् सुन्दरीले वर्षाकाे पानीमा
    कसलाई खाेजेकी हुन् खै कुन्नि त माथि हेरेर
    मजाले थाेपा घेर्छिन् सुन्दरीले वर्षाकाे पानीमा
    आनन्द सबै बेर्छिन् सुन्दरीले वर्षाकाे पानीमा

    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:०४

    आकाशतिर फर्केर किन जाग्छिन् यिनी
    आफ्नै लागि भने जस्तो वर माग्छिन् यिनी
    मन्दिर जानै परेन खुल्ला ठाउँ रोज्दै
    निरन्तर कर्ममा जहिल्यै लाग्छिन् यिनी
    एकोहोरो बनेर लक्ष्यमा दाग्छिन् यिनी।

    -पूर्णबहादुर श्रेष्ठ “हृदयङ्कृत”
    पनौती न.पा.-३,काभ्रे

    पञ्चाङ्ग:०५
    भिजेर झरीमा रमाउँछिन् उनी
    रङ्गीचङ्गी खुशी समाउँछिन् उनी
    एक सच्चा समय भित्र हाँसेर
    प्रकृतिको स्पर्श कमाउँछिन् उनी
    मनमा आनन्द थमाउँछिन् उनी।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    पञ्चाङ्ग-०६
    फूल भइ म ढकमक्क फूलबारीमा फुलेँ आज
    सुवास छर्दै जवानीको यो धर्ती बीच खुलेँ आज
    प्यासीहरु त धेरै भेटे ,प्यास कतै भेट्नै सकिन
    भेटौंला प्यास भन्दाभन्दै उल्टो प्यास नै हुलेँ आज
    आखिर म किन आएँ यहाँ उद्देश्य नै भुलेँ आज।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०७
    थरी थरी मौसम संगै रमाउन जानेकी छिन्,
    संस्कृति र संस्कारलाई समाउन जानेकी छिन्।
    प्रकृतिले दिएको परिभाषा बुझेर उनले ,
    आफ्नो हक र अधिकार जमाउन जानेकी छिन्,
    संघर्ष गरेर इज्जत कमाउन जानेकी छिन्।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०८

    परिवर्तित मौसमसँगै रमाएर हेर
    उसकै कलामा आफुँलाइ थमाएर हेर,
    कति आनन्द छ समय अनुकूल जिउँदा,
    हर पलपललाई यहाँ समाएर हेर,
    सङ्घर्षील यो जीवनलाई कमाएर हेर।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०९
    धर्तीबाट आकाश सँग आशिर्वाद माग्छिन् ऊनी
    जवानीको सुवास यो धर्तीमा छर्न लाग्छिन् ऊनी
    कर्तव्य परायण सुशील नारीको रुप हेर्दा
    नारी अन्यायमा परे न्याय खोजेर जाग्छिन् ऊनी
    अपराध र कुसंस्कार बाट टाढा भाग्छिन् ऊनी।
    तारा घिमिरे स्वेच्छा सङ्खुवासभा

    पञ्चाङ्ग:१०
    अब बेँसीतिर झरेर यहाँ
    काम गर्नु पर्छ मरेर यहाँ।
    काम नगरी हुन्न माम खान,
    दुःख भयो पानी परेर यहाँ।
    ढिलो चिप्लो बाटो सरेर यहाँ।
    ह्यारिस

    पञ्चाङ्ग:११

    देख्छु फैलिएको आकाश छ छानु तिम्रो ।
    पीडा अथाह भयो देखिन्न मानु तिम्रो ।
    कहिलेसम्म चल्छ जिन्दगी याे चालामा ,
    सुधार गर जिउने कला नानु तिम्राे ।
    निकाली फाल असह्य दुख्ने गानु तिम्रो ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:१२
    धर्तीकाे नारी त देखियाे स्वर्गकाे परी आज
    हेर्छन् आकाश सम्भावनाको खाेज गरि आज
    प्रकृतिले दिएको सुन्दर दृश्यसँगै रम्दै
    भविष्यकाे कुरा नै साेच्दैछ थरीथरी आज
    जीवनमा खुशी राखेकाे छ मन भरी आज।

          राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभवLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट- ८९

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १०६

  • २६ श्रावण २०८१, शनिबार १४:५४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय छ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१०६

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०४/१४
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    नसकिएकाे काम गर्न अघि सर्नु छ सबैमा शुभरात्री।
    कागजमा कलमले अक्षर भर्नु छ सबैमा शुभरात्री।
    हृदयमा आराध्यलाई राखेर कर्मलाई भाग्य बनाइ,
    उनै इश्वरकाे ध्यानमा अब पर्नु छ सबैमा शुभरात्री।
    अटुट विश्वास आफैं माथि नै गर्नु छ सबैमा शुभरात्री।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    भत्ताखाने उमेरका नेता सदनमा रमाएका छन।
    कुर्सी मोहमा पालैपालो पदमात्र समाएका छन्।
    मञ्चैपिच्छे भाषणमा गाली गर्ने गर्छन् आफै नै,
    गुट उपगुट भएर कार्यभार नै जमाएका छन् ।
    लुटेको धनले ठूलाठूला महल सजाएका छन् ।।
    कला ढकाल झापा

    पञ्चाङ्ग:०३
    अहिले अनेकाैँ जाल झेल गर्दछ मानिस।
    जस्तो काम होस गर्न अघि सर्दछ मानिस।
    पैसा देख्दा तीनै नेत्र बल्नेछ क्राेधले जब,
    हत्या हिंसा गरी गिर्दै तल झर्दछ मानिस।
    सत्ताकाे बलले मात्रै बच्ने पर्दछ मानिस।

    ताेयानाथ सुवेदी

    पञ्चाङ्ग:०४
    नपर्ख भो चौतारिमा मैले बाटो नै म‍ोडि सके।
    तिम्रो बस्ती बसाउन मैले गाउँ नै छोडि सके।
    कल्पनामै भए पनि त रमाउँथे घरि घरि,
    मनभित्रका तरेलीहरु पौडिदै गोडि सके।
    सपनीमा देख्छु भनी निदरीलाई तोडि सके ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०५
    नपर्खेको छैन कुनै बार प्रिय
    परिवारमा परेछ मार प्रिय
    तिमी रोजगारको लागि त गयौं,
    जीवन भयो छुरीको धार प्रिय,
    तिमी बिना छैन कुनै सार प्रिय।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०६
    कहिले गयो बालापन दाह्रीजुँगा पलाएछ पत्तै भएन।
    साँचेर राखेको त्यो जवानी कसले चलाएछ पत्तै भएन।
    परिवर्तन नै प्रकृतिको नियम हो भन्छ आफैं स्वीकार्दैन,
    बचपनलाई सम्झी- सम्झी जीवन ढलाएछ पत्तै भएन।
    फुलेर सबै सेताम्य हुँदा पनि के फलाएछ पत्तै भएन।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०७
    हजारौँ विकल्प माझमा टाढिने विकल्प रोज्यौ।
    सँगै बिताएका पलहरूको अल्प अल्प रोज्यौ।
    मनको भारी बोझ हुँदा बिसाउने चौतारी झैँ,
    नहुँदा खाँचो, हुँदा सस्तो गरेर, प्रजल्प रोज्यौ।
    स-सानो कहानीको प्रलाप नजानी गल्प रोज्यौ।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    पञ्चाङ्ग:०८
    कुनै भनाइ संस्कार रीत हुन्छ ।
    कुनै भनाइ सामान्य गीत हुन्छ ।
    शब्दलाई यत्नले चलाउँदामा,
    जीवनमा अप्रत्याशित जीत हुन्छ ।
    हिजोको शत्रु ऊ आज मित हुन्छ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०९
    मान्छे अनौठो तरिकाले रुप हेर्दा रहेछन्
    आफ्नो हक जताउनेले मुख फेर्दा रहेछन्
    अनौठो यहाँ तर षड्यन्त्रको बास्ना आयो
    अप्ठ्यारो दुबैलाई हुँदा काँडा बेर्दा रहेछन्
    समय आफैं बलियो छ चित्र केर्दा रहेछन् ।
    भूमिका गैरे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभवLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १०६

    विनेसाम जापान शाखाको तेस्रो अधिवेशन तयारी सम्पन्न

  • २६ श्रावण २०८१, शनिबार १४:४९ मा प्रकाशित
  • विश्व नेपाली साहित्य महासंघ (विनेसाम), जापान शाखाको तेस्रो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

    दिइएको जानकारी अनुसार “विश्वभरका साहित्यकारहरू एकजुट हौँ, नेपाली साहित्यलाई समृद्ध बनाऔॅं ।” भन्ने नाराका साथ यही अगष्ट ११, आइतवारका दिन सिनोकुबो, टोक्योमा अधिवेशन हुन गइरहेको छ ।

    कर्मथलो जापान बनाएर नेपाली कला र साहित्यलाई माया गर्ने सबैलाई समेट्दै आएको यस संस्थाले आफ्नो दुई कार्यकाल पूरा गरिसकेको छ । सोही अवसरमा सम्पूर्ण साहित्यिक सर्जकहरूलाई कार्यक्रममा सहभागी भई सिर्जना वाचनका लागि समेत आयोजकले आह्वान गरेको छ ।

    जापान शाखाको कार्यसमितिमा मनोनित दुई जनासहित १९ जना सदस्यहरू रहने व्यवस्था छ । उक्त संस्थाका संस्थापक अध्यक्ष देवीबहादुर इङ्नाम हुनुहुन्छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged म्यामराज राई2 Comments on विनेसाम जापान शाखाको तेस्रो अधिवेशन तयारी सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P