एक जना शिक्षकले लामो समयदेखि शिक्षण पेसा गर्दै आइरहेका थिए। उनको शिक्षण कला पनि सन्तोषजनक नै थियो। विद्यार्थीको मनोविज्ञान बुझ्ने प्रयास गर्दै शिक्षण गर्थे । कक्षाकार्य, गृहकार्य, परियोजनाकार्य,एकाइ परीक्षा, मासिक परीक्षा,त्रैमासिक परीक्षा जस्ता निरन्तर मूल्याङ्कनका साधनहरूद्वारा सकेसम्म विद्यार्थीको सिकाइ उपलब्धि विकास गराउने प्रयत्न पनि गर्थे। सिकाइ उपलब्धि पनि राम्रै थियो।यी कार्यहरू गर्ने हुँदा विद्यालय प्रशासनले पनि उनलाई एक असल शिक्षकको रुपमा लिने गर्थ्यो।
एक दिनको कुरा हो,शिक्षक दैनिक जस्तै एउटा कक्षाकोठामा शिक्षणको लागि प्रवेश गरेका थिए।कक्षाकोठामा प्रवेश गरेपछि उनले विद्यार्थीलाई भने,” विद्यार्थी भाइबहिनीहरू कापी र कलम तयार पार।” शिक्षकले भनेअनुसार सबै विद्यार्थीले कापी कलम तयार पारे। शिक्षकले कक्षाकार्य दिए। कक्षाकार्य थियो। आमा शीर्षकमा निबन्ध लेखन। शिक्षकको निर्देशन अनुसार विद्यार्थीले दिइएको शीर्षकमा कक्षाकार्य गर्दै गए।
कक्षाकोठामा भएका सबै विद्यार्थीले खुरूखुरू कक्षाकार्य गरे। शिक्षकलाई बुझाउन पनि थाले तर एकजना विद्यार्थीले भने कक्षाकार्य नगरेर झोक्रिएर बसिरह्यो। कक्षाकार्य गरेन। अब शिक्षकलाई रिस उठ्यो। उनले एक दुई थप्पड लगाए। विद्यार्थी रुन थाल्यो। ऊ भावविह्वल भएर रोइरह्यो। अझ रुन्छन् भनेर शिक्षकले फेरि एक थप्पड लगाएर सोधे,” किन कक्षाकार्य गरिनस्?।” विद्यार्थीले अझ रुँदै भन्यो,” मेरी आमा आजभन्दा चार वर्ष पहिला बित्नुभएको थियो। आज मलाई आमाको साहृै याद आयो। मुटु छियाछिया भयो अनि मैले कक्षाकार्य गर्न सकिन।” विद्यार्थीको कुरा सुनेर शिक्षकले पछुतो मान्दै उक्त विद्यार्थीसँग माफी मागे।
सिरहा, भदौ ५ गते । नेपाली लघुकथा साहित्य फाँटमा स्वस्तिका सिम्खडाको ‘प्राणप्रतिष्ठा’ र नन्दलाल आचार्यको ‘लौरो’ नामक दुई लघुकथासङ्ग्रहको लोकार्पण भयो । कक्षा पाँचमा अध्ययनरत आख्यानप्रेमी गजल आचार्य र अर्का पीयूष आचार्यद्वारा संयुक्तरूपमा लोकार्पण भएको थियो । उक्त दुबै कृतिको लोकार्पण समारोहको आयोजक संस्था बुढ्यौली साहित्य समाज, मधेस प्रदेश समिति र लघुकथा प्रतिष्ठान नेपाल हुन् ।
बुढ्यौली साहित्य समाज, मधेस प्रदेश अध्यक्ष लम्बोदर काफ्लेको सभाध्यक्ष, बुढ्यौली साहित्य समाज, नेपालका अभियन्ता रमेशमोहन अधिकारीको प्रमुख आतिथ्य, शब्दाङ्कुर साहित्यप्रधान मासिक पत्रिकाका प्रधान सम्पादक धीरकुमार श्रेष्ठ र पूर्व प्रधानाध्यापक तथा लघुकथा विमर्शक रमेन्द्र कोइरालाको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा, प्रगतिशील लेखक संघ सप्तरीका अध्यक्ष तथा बुढ्यौली साहित्य समाज, सप्तरीका कार्यवाहक अध्यक्ष मेघराज पौड्याल, बुढ्यौली साहित्य समाज, सिरहाका अध्यक्ष गणेश अधिकारी, साहित्यकार खगेन्द्र बस्याल, सर्लाही साहित्य समाजकी अध्यक्ष मीना देवकोटा, कल्याण पन्तलगायतका अतिथिहरूले लोकार्पित कृति बारे बोल्नुभएको छ ।
लघुकथा प्रतिष्ठान नेपालका व्यवस्थापक त्रय मनोहर पोखरेल, रचना शर्मा, मीना साह ‘एन्जल निलु’, साहित्यप्रेमी हरि आचार्य लगायतले लोकार्पण समारोह रोचक र स्मरणीय भएको बताउँदै लोकार्पित कृति बारे आआफ्ना धारणा राख्नुभएको थियोे । उक्त अवसरमा ‘प्राणप्रतिष्ठा’ र ‘लौरो’ लघुकथासङ्ग्रहले लघुकथाको विकासमा विशेष अर्थ राख्ने बताउँदै विशिष्ट अतिथि रमेन्द्र कोइरालाले भन्नुभयो; “स्व. सिम्खडाको एउटै पुस्तक ध्रुबतारा झैं चम्किरहने छ । एक वाक्यमा आकस्मिक उठान, एक वाक्यमा हठात् समापन, एक परिवेश एक घटना र एक उद्देश्यको विशिष्टता लघुकथाको पहिचान हो । यस कुरामा दुबै कृति हदैसम्म सचेत रहेको पाएको छु ।”
स्वस्तिका सिम्खडाकाे ‘प्राणप्रतिष्ठा’मा उनिएका लघुकथामा बिन्दुमा सिन्धु रहेको र आशावादी जीवनदृष्टि एवं सामुहिक भावनाको स्वर जगाएका छन् भन्ने विचार अतिथि खगेन्द्र बस्यालले व्यक्त गर्नुभयो । नन्दलाल आचार्यको ‘लौरो’का लघुकथाहरू आकारमा साना भए पनि सर्वाङ्ग पूर्णता रहेको विचार राख्दै बस्यालले भन्नुभयो; “यस ‘लौरो’का लघुकथाले गहन विषयलाई फरक शैलीमा व्यक्त गरेका छन् । लघुकथा रसिला, स्वादिला, कसिला, पोटिला र चोटिला बन्न सफल छन् ।” शारीरिक अवस्था प्रतिकूल हुँदाहुँदै पनि शिक्षक जस्तो समाजको गहन जिम्मेवारी निर्वाह गरिरहेको भन्दै अतिथि मेघराज पौड्यालले भन्नुभयो; “नन्दलाल आचार्य मधेसको साहित्यिक जगतको एक गहकिलो साहित्यिक नक्षत्र हो ।”
‘प्राणप्रतिष्ठा’ लघुकथा सङ्ग्रहमा जीवनको अनुभूतिलाई कथाकथामा सजाउने सीप र सामर्थ्य रहेको बताउँदै आयोजक मनोहर पोखरेलले भन्नुभयो; “निजत्व झल्कने शैलीमा मान्यजनलाई सम्मान अनि भ्रष्ट, बिकृत मानसिकतालाई व्यङ्ग्य गरेकी छिन् स्वस्तिका सिम्खडाले । परिवार र समाजका अन्तरकुन्तरमा चियाउँदै वर्गीय विषमता र अन्तर्विरोध अनि युगीन सामाजिक जीवनको कुनाकाप्चामा निरीक्षण गर्दा प्राप्त अनुभूतिलाई संश्लेषित गरेर कथात्मक बान्की दिएकी छिन् ।” मानवीय जीवनका विभिन्न आयामलाई सूक्ष्म रूपले निहालेका नन्दलाल आचार्यले विषमतायुक्त समाजका अन्तर्विरोध केलाउँदै बिग्रँदो अवस्थाप्रति चिन्ता जाहेर गरेर सर्जक र असल नागरिकको जिम्मेवारीबोध गरेका छन् भन्दै मनोहरले थप्नुभयो; “सामाजिक जीवनलाई सूक्ष्म रूपले छामेका आचार्यले ‘लौरौ’ लघुकथा सङ्ग्रहमार्फत सचेतनापूर्वक समानता र सकारात्मक दृष्टिकोणका साथ जीवन उतारेका छन् ।”
स्वस्तिकाले लेखेर पनि त्यसै गुम्साएर राखेका मनका वेदनालाई ‘प्राणप्रतिष्ठा’ कृतिकी सम्पादक लक्ष्मी रिजालले प्राण भरिदिने कार्य गरेको बताउँदै कार्यक्रमआयोजक सदस्य रचना शर्माले भन्नुभयो; “सूक्ष्म तथा गहन विषयबस्तुलाई मार्मिक एवम् वैचारिक तवरले उनेर तयार पारिएको स्वस्तिका सिम्खडाको लघुकथा सङ्ग्रह हो- ‘प्राणप्रतिष्ठा’ । सामाजिक विसंगति निर्मूलका लागि विद्रोह भाव बोकेको नन्दलाल आचार्यको लघुकथासङ्ग्रह ‘लौरो’ले साहित्यको धरोहर निर्माणमा कोशेढुङ्गाको काम गरेको छ ।”
स्वस्तिका सिम्खडा एउटा कुशल अनि प्रकृतिवादी आख्यानकार भएको बताउँदै एन्जल निलुले भन्नुभयो; “उनको ‘प्राणप्रतिष्ठा’ कृतिमा हृदयस्पर्शी शब्दहरूको सुन्दर संयोजन भेटेँ ।” त्यस्तै उनले नन्दलाल आचार्यको ‘लौरो’ लघुकथाकृतिमा मौलिक स्वाद र उत्कृष्ट लेखाइ रहेको बताउनुभयो । आचार्यको ‘लौरो’ लघुकथाकृतिमा सामाजिक विषयवस्तुलाई घनिभूत रूपमा उठाएको बताउँदै अतिथि मीना देवकोटाले स्वस्तिकाको लघुकथा लेखनको शैलीपक्ष मनमोहक रहेको बताउनुभयो । त्यस्तै ‘प्राणप्रतिष्ठा’ एउटै कृतिले स्वस्तिकालाई साहित्यमा जीवन्त पारेको मनोभावना समेत ओकल्नुभयो ।
लोकार्पण कार्यक्रममा बोल्दै लक्ष्मी रिजालले भन्नुभयो; “आफूले भोग्नुपरेको समयलाई ३३ लघुकथामा उनेकी छन् स्वस्तिकाले । अनुभूतिलाई चट्ट मिलाएर लघुकथाको फ्रेममा ढाल्न सक्ने उनमा अद्भुत क्षमता देखेकी छु मैले ।” उनले नन्दलाल आचार्यका १११ लघुकथाले समाजका अनेकन पक्षको शल्यक्रिया गरेको समेत बताउनुभयो । दुबै कृति एकसरो छिचोल्ने सौभाग्य पाएको बताउँदै कार्यक्रमका उद्घोषक समेत रहनुभएका हरि आचार्यले भन्नुभयो; “थोरै शब्दमा लामो कहिरन समेट्न सक्नु लघुकथाको विशेषता रहेछ । दुबै कृति यसमा चनाखो रहेको भेटेँ ।” प्रमुख अतिथि समेत रहेका रमेशमोहन अधिकारीले लोकार्पित दुबै कृतिले साहित्यमा महत्त्व राख्ने बताउनुभएको थियोे । कार्यक्रम पौने दुई घण्टासम्म चलेको थियोे ।
(समाचार श्रोत: लक्ष्मी रिजाल, कञ्चनरूप-१२, रूपनगर, सप्तरी )
झिल्का लेखन अभियानको २५ औँ शृङ्खला (गुरुपूर्णिमा विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय ६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
—————<•>————— १) बाआमा पहिलो गुरु घर मेरो पाठशाला गर्नलाई सिकाइ सुरु । २) गराएर ज्ञानको पान सत्मार्गमा हिँड्न सिकाए राख्दै सबैको मान । ✍️ वसन्त अनुभव, घोराही, दाङ —————<•>————— १) पृथ्वी नै गुरु सबैले हेर्नुहोला मलाई गर सबैले सुरु । २) कबाट कविता सुरु संसारमा सबैभन्दा पहिले ज्ञान नै गुरु । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ —————<•>————— गुरु हाम्रा मार्गदर्शक सम्मान गराैँ ज्ञानकाे नदुखाऊँ मन भरसक। ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी, धादिङ —————<•>————— १) पृथ्वी बाआमा गुरु सन्सार बिचित्र रहेछ बल्ल बुझेँ सुरु । २) बाआमा पहिलो गुरु स्कूल दोश्रो चरण बोलिचाली कखरा सुरु । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ —————<•>————— १) गुरुको चरण परौँ श्रद्धा अनि भक्तिसँगै सबैले आत्मचिन्तन गरौँ । २) गुरुलाई सम्झी मनमा राखी आदरसत्कारको भावना छरौँ शिष्य जनमा । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा। —————<•>————— गुरु मिले गुरुवर मिल्यो अनमोल विद्या नहुने कुनै तौल । ✍️ नागेन्द्रप्रसाद यादव —————<•>————— १) मान्नुपर्छ गुरुका कुरा भइन्छ असल व्यक्ति हुँदैन नत्र पूरा । २) गुरु नभए निस्सार छैन जगतमा केही सिकाउने ठूलो चमत्कार ! ✍️ सुनगाभा पोखरेल हाल: नेपालगन्ज —————<•>————— १) सत्मार्गमा डोराउने गुरु ज्ञानको ज्योति छरेर जिन्दगी बनायो सुरु । २) आमाबा हुन् भगवान् सुन्दर संसार देखाउने प्रथम शिक्षक महान् । ३) फैलाई ज्ञानको ज्योति हाम्रो भाग्यरेखा चम्काउने गुरु हुन् हिरामोती । ✍️ वेल थोकर —————<•>————— १) उज्यालाे दिने गुरु लाग्नुपर्छ हामी सबै सम्मान गर्न सुरु । २) खाेलेर तेस्राे आँखा सम्पूर्ण ज्ञान पाएपछि मिल्दछ जीवनकाे भाखा । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची —————<•>————— तिमी सबैका पथप्रदर्शक ज्ञानका विपुल भण्डार हामी सबैका मार्गदर्शक । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगा बजार । —————<•>————— १) ज्ञानमा लगाएको ताला बाआमा, गुरु भागिदार घर पहिलो पाठशाला । २) गुरु हुन महान् जो जहाँ पुगोस् उनै हाम्रा भगवान् ! ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। —————<•>————— उत्तम शिक्षा गुरुको मनमा लिनुपर्छ सधैँ अन्तिम बिच सुरुको । ✍️ भुपेन्द्र राना मगर धादिङ —————<•>————— १) सन्सारमा तिनै सज्जन रित्तिएको मगजमा प्लास्टर मजबुत बनाउँछन् बन्धन । २) मान्नैपर्ने विश्वभरि महान् सुमार्ग देखाउने अनवरत निस्वार्थी अनि ज्ञानवान् । ३) निष्ठावान् विचारका धनवान् गुरुहरू ज्ञानका भकारी ईश्वर गुरु भगवान् । ✍️ घनश्याम पन्त हरिवन सर्लाही —————<•>————— १) नमो नम शिवाय माता पिता प्रणाम जय गुरु ईश्वराय ! २) गुरु ढोगे चरण गर्छु कोटी प्रणाम साथ सधैँ शरण ! ३) वाणी श्रुति मधुर देवाधि देव गुरु धन्य ज्ञानी हजुर ! ✍️ पुष्कर अथक रेग्मी, पाल्पा —————<•>————— १) जीवनको ज्याेति गुरु स्कुलबाट हुन्छ पहिले गुरुबाट पढाइ सुरु । २) शिक्षामा उत्कृष्ट बनाई याद हुन्छ सधैँ गुरुजीकाे अमूल्य भनाइ । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी —————<•>————— १) नयाँ यात्रा सुरु आमाबुबा पछिको सधैँ बाटो देखाउने गुरु । २) शिक्षाको ज्योति बाल्दै जीवन सहज बनाउने कुविचारको भावलाई ढाल्दै । ✍️ सङ्गीता खरेल चन्द्रागिरी ८ काठमाडौं —————<•>————— सत्मार्गको दिर्घ बाटो पहिल्याई दिने गुरु मेटाउदै कुमार्गको टाटो । ✍️ तोया नाथ चापागाईं दमक,झापा,नेपाल —————<•>————— १) मातापिता प्रथम गुरु सिकाए अनेक व्यवहार शिशु शिक्षा खुरुखुरु । २) प्रणाम गुरुको चरणमा अन्धविश्वास हटाइदेऊ न आएँ हजुरको शरणमा । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे —————<•>————— जीवन मार्गका सुरु सदा अन्धकार चिर्ने महान् हुन् गुरु ! ✍️ आर्त अकुलीन —————<•>————— ज्ञानदाता गुरुलाई सम्मान मातापिता प्रथम गुरु हाम्रालागि सदा महान ! ✍️ इमान सिंह के.सि. व्यास ९ धनुवेसी कलेस्ति तनहुँ —————<•>————— १) ज्ञान दिनुहुन्छ गुरु कोटिकाेटी नमन छ भनेको मान्छौँ खुरुखुरु । २) गुरु विश्वासको पात्र धेरै खुसी हुन्छन् दिँदा आभार मात्र । ३) भविष्यको निर्माणमा साथ राम्रोसँग आशिर्वाद दिन्छन् निर्धक्क चुमेर माथ । ✍️ पृथक प्रकृति ,झापा —————<•>————— १) गरौँ वन्दना सुरु बा आमा हुन् हाम्रा प्रथम गुरु । २) गुरुबाट पाईन्छ ज्ञान नम्र जिज्ञासु बनी पढ्नु लगाएर ध्यान । ✍️ अरुण कुमार भुजेल गोरुबथान,कालेबुङ,भारत। —————<•>————— माता पहिला गुरु जीवनको पहिलो पाठशाला जीवन हुन्छ सुरु । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी —————<•>————— १) मिल्छ गुरुबाट ज्ञान एकचित्त भएर सबैले गराैँ हरपल ध्यान । २) दुःख हरण गर्ने गुरु माता पिता ज्ञानकाे ज्योति छर्ने । ✍️ नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट —————<•>————— १) गुरुको चरण परौँ सबैजना सक्षम बनेर देशको विकास गरौँ । २) गुरुलाई भगवान मानौँ गर्न हुँदैन हेला पिता सम्मान ठानौँ । ✍️ काजल न्यौपाने भोजपुर। —————<•>————— १) अँध्यारोमा प्रकाश छर्ने गुरु टुकी हुन् शिष्यमा ज्ञान भर्ने । २) गुरुको आज्ञा मानौँ माने गुरुको आज्ञा पुगिन्छ माथि जानौँ । ✍️ सतीश पण्डित भानु ६ चुँदी तनहूँ । हाल चनपा ६ मातातीर्थ —————<•>————— १) जीवनमा खाँचो गुरु हुन् बाटो देखाउने अन्त्यमा अथवा सुरु । २) मान्न आवश्यक एक देवता जस्तै पुजिने प्रयोग गरेमा विवेक । ३) गुरु कठिन बन्न गर्नुपर्छ श्रम धेरै सजिलो छ भन्न । ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ । —————<•>————— १) गुरुलाई सम्मान गरौँ श्रद्धा र भक्तिभावले सधैँ चरणमा परौँ । २) शिक्षाको ज्योति छर्ने माता पिता गुरुलाई नगरौँ अपमान गर्ने । ✍️ कला ढकाल, झापा —————<•>————— १) कखरा सिकाइ सुरु पाठशाला मेरो घर बाआमा हुन् गुरु । २) गुरूको चरण परौँ माता पिता गुरुलाई सधैँ सम्मान गरौँ । ✍️ प्रविना प्रयासी, ओखलढुंगा —————<•>————— १) बाआमाले ज्ञान दिएको अरूको राम्रो गर्नु त्यही संस्कार लिएको । २) पहिलो पाठशाला घर सिकाइ सुरु गर्न बाआमाको हुन्छ भर ! ✍️ लक्ष्मण देउवा डोटी हाल भारत चेन्नई —————<•>————— १) हुन्छन् गुरु उदाहरणीय दिई शिक्षा दीक्षा लाखौँ शिष्यका पूजनीय । २) शिष्य संस्कारी उद्यमी हेर्न चाहन्छन् गुरुजन लगनशील सदा परिश्रमी । ✍️ मनोहरी पौडेल गैडाकोट १ —————<•>————— १) आमाले दिएको ज्ञान भन्दा ठूलो अरू हुँदैन केही जान । २) हात समाई लेखाउने सधैँ सत्मार्गको बाटो बाआमा हुन् देखाउने । ३) आमा घरको गुरु घर पहिलो पाठशाला यहीँबाट सिकाइ सुरु । ✍️ ललिता गिरी सिन्धुली हाल काठमाडौं नेपाल —————<•>————— १) गुरु ज्ञानको भण्डार लिए शिक्षा दीक्षा हुन्छ उज्ज्वल संसार । २) गरौँ सम्मान गुरुको नभुलौँ असल कर्म यही संस्कार सुरुको । ३) राखौँ भावना उच्च मानव जुनी सर्वश्रेष्ठ नगरौँ व्यवहार तुच्छ । ✍️ शोभा शाह थापा, हेटौंडा ४, मकवानपुर । —————<•>————— १) गुरुकाे सम्मान गराैँ बाबु आमा नचिढाउँ स्वर्गकाे आसमा मराैँ । २) गुरुकै दिव्य ज्ञानले हामी सम्मानित हुनेछाैँ रमाउछाैँ सभ्य ज्यानले । ✍️ हिरालाल न्याैपाने बानपा ८,काेटमाैला, सल्यान —————<•>————— १) गुरु हुन् शान गर्नुपर्छ हामी सबैले भगवान् गुरुहरूको सम्मान ! २) असल नाम कमाऔँ गुरुहरूको सम्मान गर्दै गुरुपूर्णिमा पर्व मनाऔँ । ✍️ अनिता भण्डारी, ताप्लेजुङ —————<•>————— १) गुरुप्रतिको श्रद्धा जगाऔँ दिएर उच्च सम्मान अज्ञानता भुवनबाट भगाऔँ । २) बाेकौँ सबैले चाहना राखेर दिलमा गुरुहरूलाई दिउँ खुलेर शुभकामना ! ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा —————<•>————— १) मार्गदर्शक गुरु मेरा मातापिता समेत ती गाउँघर र छिमेकका । २) गर्छन् अक्षराङ्क सिकाउने राम्रो लेख्न लगाई हात थामी डोर्याउने । ✍️ रसज्ञ छहरा —————<•>————— गुरु हाम्रा महान धर्तीको पहिलो पाठ गरौँ हामी सम्मान । ✍️ बिरेन्द्र कुमार चौधरी इटहरी, सुनसरी —————<•>————— १) जन्मदिने हाम्रा बाआमा साक्षात् दिव्य स्वरुप देखिन्छन् कृष्ण राधामा ! २) तपस्याकाे बरदान गुरु प्रतिक्षाकाे फल फलाउने प्रतिफल दिन सुरु । ✍️ ईश्वर साउद (भिक्षु) रामाराेसन गाउपालिका ६ सुदुरपश्चिम अछाम —————<•>————— १) त्यतिकै मिल्दैन ज्ञान गुरुविनाको चेलामा अपूर्ण ज्ञान रहन्छ जान । २) हरेकले गुरुलाई मान बिनासिकाई र बुझाई पाइदैन कतै ज्ञान । ✍️ शंकर कार्की,मकवानपुर —————<•>————— १) गुरुकै भरमा परेर सफलताको शिखर चुमेकाे शिक्षाको सन्देश छरेर । २) आमाबाबु पहिलो गुरु असल बाटो देखाउन उनीहरूले गरे सुरु । ३) श्रद्धाले शिर झुकाई गुरुकाे सम्मान गरौँ ज्ञानको भण्डार फुकाई । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । —————<•>————— १) शून्यबाट गर्छन् सुरु साक्षात् भगवान् हुन् आमाबाबु अनि गुरु ! २) गुरु हुन् तरु श्रद्धा गरौँ सदैव दिनु पर्दैन अरू ! ✍️ बाबुराम गौतम, गुल्मी —————<•>————— अप्ठ्यारो छ गुरुलाई चौतर्फी गुरु हुँदा सम्झाउनै सकिन्न चुरुफुरुलाई । ✍️ देवी पन्थी —————<•>————— जीवनको सार बताएर खुसी रहन्छन् गुरुवर्ग शिष्यलाई बाटो देखाएर। ✍️ सुस्मिता अधिकारी काठमाडौँ —————<•>————— १) आमाबाबा नै हुन् जीवनको पहिलो गुरु बिर्सनु हुँदैन गुन । ✍️ शोभा आचार्य गौतम काठमाडौँ —————<•>————— १) भगवान सरह गुरु अपमान गरे सधैँ रुनुपर्ला बसी धुरुधुरु । २ छर्छन् शिक्षाको दीप आफू सरह बनाउन सिकाउँछन् अनेक सीप । ३) गुरुले भनेको मानेर अगाडी बढौँ सबै भगवान् बराबर ठानेर । ✍ अमृत कोइराला पोखरा -१८,चंखपुर —————<•>————— १) चेलाहरूमा ज्ञान भरेर गुरु तिमी महान भित्री दीप छरेर। २) हाम्रा गुरु महान संसारै उज्यालो फिजाई बढाउछन् विद्यार्थीको सान । ३) आजैदेखि गरौँ सुरु सत्यको मार्ग चल्न राखी साथमा गुरु । ✍️ शशी आचार्य —————<•>————— १) गुरुले सबैलाई हेर्छन् विद्यालयमा शिक्षा दिएर नजान्ने विद्यार्थीलाई केर्छन् । २) गुरुले विद्या दिए सबैका आँखा खाेलेर पढाएर के लिए ? ✍️ नवराज भट्ट कञ्चनपुर —————<•>————– १; उज्यालो भविष्यको सुरु संसार देखाउने हामीलाई महान् हुन् गुरु । २; ज्ञानका खानी गुरु भगवान रुपी बुबाआमा उनै अन्तिम सुरु । ✍️ मन्जु बोहरा, बझाङ —————<•>————— १) पहिलो पाठशाला सुरु घरबाटै हुन्छ सबैको बाबाआमा हुन् गुरू ! २) क्याम्पस वा स्कुलको सम्मान सत्कार गरौँ शिक्षाको दिव्य मूलको ! ✍️ साबित्री प्याकुरेल, धादिङ्ग। —————<•>————— १) गुरु साच्चै महान् ज्ञानको ज्योति भर्ने हाम्रो लागि भगवान् ! २) गुरु हजुर दीप जीवन अर्पेर दिन्छौँ ज्ञान र सीप ! ✍️ बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु —————<•>————— १) पहिलो गुरु बाआमा बिर्सनु हुँदैन कहिले पूजा गर्नु रामा । २) गुरु हुन् महान् अज्ञानीलाई ज्ञान दिने बाआमा गुरु भगवान् । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा —————<•>————— १) गुरु हुन्छ ठोक्कर शिक्षा लिनु होला नबन्नु सधैँको बेघर । २) आमा पहिलो गुरु सबै काम हुन्छ आमाबाट नै सुरु । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ —————<•>————— १) गुरुको महिमा अपार बुझेर उहाँको आदर्श आफ्नो जिन्दगी सपार । २) अन्धकारलाई दियौ ज्योति यो अज्ञानीको मस्तिष्कमा सुम्पियौ अमूल्य मोती । ✍️ पुरुषोत्तम फुयाल खोटाङ —————<•>————— १) गुरु नै सहयोगी उनै हुन् भर दिन्छन् शिक्षा जीवनोपयोगी । २) गुरुलाई संसार मान्नू यिनै हुन् उपदेशक यिनकै भनाइ मान्नु । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ —————<•>————— १) गुरु हुन् ज्ञानदाता सबले सम्मान गरौँ अटुट हाम्रो नाता ! ✍️ सरिता सेढाई, धादिङ —————<•>————— १) भविष्य सुन्दर लेखाउने गुरु हुन् सबैलाई असल मार्ग देखाउने । २) पूर्णिमाको हार्दिक शुभकामना गुरुप्रति छ आदरसम्मान रहिरहोस् यही भावना ! ३) जथाभावी सकिन्न छाउन असक्षम सरस्वती माता गुरुको महिमा गाउन । ✍️ सरस्वती श्रेष्ठ, इटहरी —————<•>————— १) आज्ञानुगामी रहोस् मनोभावना दिनानुदिन शैक्षिक प्रगतिको सम्पूर्णमा हार्दिक शुभकामना । २) दिनहरू बितिरहुन् मङ्गलमय गुरुपूर्णिमाको छ शुभकामना गुरुशिष्यको होओस् जयजय । ✍️ गुणनिधि घिमिरे अमेरिका —————<•>————— १) गुरु ज्ञानका खानी सम्मान गर्न उनको त्यागौँ नराम्रा बानी । २) दोस्रो भगवान् गुरु गरेमा अपमान उनको पछुताइ रुनुपर्छ धुरुधुरु । ३) ज्ञानको ज्योति छर्ने गुरु हुन् महान् अभरमा सहयोग गर्ने । ४) देखाऔँ सधैँ सदाचार मातापिता अनि गुरुलाई नगरौँ अभद्र व्यवहार । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ —————<•>————— १) संस्कार दिने माता शिक्षा दिने गुरु ज्ञानका हुन् दाता । २) उज्यालो पूर्णिमाको रात बन्छ मानिस विद्वान पाएमा गुरुको साथ । ✍️ अम्बिका गिरी, विराटनगर —————<•>————— बाआमा हुन् मार्गदर्शक संस्कार गुरुको शिक्षा नभुल्नू है भरसक । ✍️ बेदु न्यौपाने —————<•>————— १) दत्तात्रयका चाैबिस गुरु पहिलो शिक्षक आमा घरपरिवारबाट हुन्छ सुरु । २) गुरुचरणमा राखे शिर आनन्दले हर्षित भई छैन मलाई पीर । ३) गुरुवर ज्ञानको ज्याेति छर्ने समाजमा निरन्तर जानेर सँगाल्नु माेती । ४) गुरु ज्ञानकाे भकारी मज्जाले ज्ञान बटुल्नू आदेश सबै सकारी । ✍️ प्रद्युम्न चालिसे —————<•>————— जसले गर्छ सुरु ज्ञान र शिक्षाको जानेमा सबका गुरु । ✍️ प्रेम थापा “मन” बागलुङ —————<•>————— १) गुरुदक्षिणा भनी जानौँ सधैँभरि आज्ञाकारी भई दिएको दीक्षा मानौँ । २) बिना गुरुको ज्ञान कहाँ मिल्छ र एकाग्रता नभई ध्यान । ३) शिष्यमा अनुशासन सुरु संस्कारले मान्छन् जहिले आमाबुबा अनि गुरु ! ✍️ दुर्गा आचार्य मोरङ —————<•>————— १) गर्छिन् काम खुरुखुरु देखाउँछिन् सही बाटो आमा पहिलो गुरु ! २) नयनको फूल बनाउन मार्गदर्शन दिनुहुन्छ गुरु चेलालाई उच्चमा पुर्याउन । ३) गुरुको आसिक लिएर हामी अघि बढेमा जानुपर्दैन व्यर्थै खिएर । ✍️ सीमा कार्की समर्पण । मेलचोक पर्सा —————<•>————— गुरुप्रति श्रद्धा जगाऔँ लिएर दिव्य ज्ञान अचेतना सदैव भगाऔँ । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा —————<•>————— १) अक्षर ज्ञानको सुरु उज्यालोको पहिलो किरण हाम्रा सबै गुरु । २) असल सोच भरौँ नडुबाउँ आँसुमा कसैलाई गुरुको सम्मान गरौँ । ✍️ अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ। —————<•>————— गुरु ज्ञानको सागर ज्ञान बुद्धि बढ्छ उहाँहरुलाई गर्दा आदर ! ✍️ दीपा समभाव खोटाङ्ग —————<•>————— १) बिहानीको प्रफुल्ल रवि सबै गुरुको शरणमा बन्छ ठूलो छवि । २) ज्ञानगुनका हुन् खानी बाँड्दै हिँड्ने धरामा सबै आफ्नै मानी । ३) ज्ञानको ज्योति छर्ने फलामको चिउरा चपाउँदै ज्ञानका कुरा भर्ने । ✍️ धनुष न्यौपाने” यात्री” जुम्ला —————<•>————— गरौँ गुरुको मान वेदव्यासको सम्झना गर्दै लिउँ सकेको ज्ञान । ✍️ सन्तु खत्री —————<•>————— १) गुरुकाे उपदेश मान्दा जीवन सफल बन्छ आफ्नो कर्तव्य जान्दा । २) हुन् ईश्वर भगवान् आमाबाबा प्रथम गुरु हाम्रा लागि महान् ! ✍️ दुर्गा भट्टराई मोरङ —————<•>————— १) पाठशालामा सिकाइ सुरु सत्यको बाटोतिर लम्क बाआमा भगवान् गुरु ! २) पुगोस् हरेक चाहना रहनू सदा खुसी गुरुपूर्णिमाकाे हार्दिक शुभकामना । ✍️ श्रीकृष्ण धामी – बझाङ —————<•>————— १) गर्नुहुन्न कदापि अपमान सत्मार्ग देखाउने गुरुको सम्मान गर्नुपर्छ जान । २) आजैदेखि गरौँ सुरु भविष्य निर्माणको लागि चाहिन्छ हामीलाई गुरु । ३) गुरु हाम्रो ईश कुरा बुझ्यो भने भाग्य विधाता जगदीश । ✍️ दीप गोले तामाङ रौतहट —————<•>————— गुरु विनाको चेला असल ज्ञानी भए किन गर्नु हेला ? ✍️ दिल ठकुरी —————<•>————— १) गुरुलाई गर्छौँ मान शिक्षादीक्षा दिनेको हामीले बढाउँछौँ सधैँ शान । २) हिन्दु धर्म ग्रन्थमा ज्ञान दिने गुरुलाई भगवान्को छ उपमा। ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। —————<•>————— १) गुरुपूर्णिमा पवित्र दिन सम्मान गरी तिर्नुपर्छ गुरुको अथाह रिन ! २) गरौँ गुरुको श्रध्दाभक्ति आदर गर्न सिकौँ निष्ठा हो शक्ति ! ३) बाबुुआमा पहिलो गुरु घर पहिलो पाठशाला घरबाटै शिक्षा सुरु । ✍️ जयनारायण नेपाल सूर्यविनायक २, बालकोट ,भक्तपुर । —————<•>————— १) नगर्नू कसैले अपमान अक्षर चिनाउने गुरुको गर्नुपर्छ सधैँ गुणगान । २) विश्वासपूर्ण रहोस् नाता मार्गदर्शन गर्ने गुरु हुनुहुन्छ ज्ञानका दाता । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही —————<•>————— पुजौँ सबले गुरु चित्त नदुखाउँ उनको जिन्दगी बन्छ सुरु ! ✍️ धनमाया चौधरी, कैलाली —————<•>————— कहानी छन् लामा जिन्दगीको पहिलो गुरु नमन छ बाबाआमा ! ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा । —————<•>————— हिम्मत दिने तिमी जतिसुकै देऊ गुरु हामी उर्वर जिमी ! ✍️ लक्ष्मी रिजाल कञ्चनरूप १२, रूपनगर, सप्तरी । —————<•>————— गुरुकै उपदेशमा लहरी सत्ज्ञानमा रमाउँदै हामी सिउरिन्छौँ माथमा पगरी ! ✍️ देव मगर तिनाउ-१,कचल,पाल्पा —————<•>————— पाठकाे सिकाइ सुरु पहिलो पाठशाला घर बाआमा भगवान् गुरु ! ✍️ श्रीकृष्ण धामी -बझाङ —————<•>————— गुरुकाे महिमा बुझेर मनाऔँं गुरुपूर्णिमा पर्व उनैलाई भगवानझैँ पुजेर । ✍️ भवानी पाेखरेल (बाबू विराज) कपिलवस्तु —————<•>————— ज्ञान दिने गुरु घर पहिलो पाठशाला सिकाइ यहीँबाट सुरु । ✍️ अर्जुन चौलागाईं —————<•>————— गुरुलाई गर्नुपर्छ मान साक्षात् भगवान् हुन् भित्री हृदयदेखि जान ! ✍️ सतिश पण्डित —————<•>————— गुरुको महिमा बुझेर गुरुपूर्णिमा मनाऔँ सबैले स्मृति गङ्गामा डुबेर । ✍️ दीप गोले —————<•>————— गुरुलाई सदैव मान्नुपर्छ संस्कार सिकेर हामीले असल कर्महरू जान्नुपर्छ । ✍️ सञ्जना शर्मा —————<•>————— १) ज्ञानको नयन गुरु सबैले राखौँ मनमा गरौँ प्रचार सुरु । २) ज्ञान दिने गुरु मनको कुरा बुझ्ने अज्ञानको अन्त सुरु । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ —————<•>————— गुरुको आशिक लिएर हामी अघि बढेमा जानुपर्दैन हेर खिएर ! ✍️ सीमा कार्की समर्पण —————<•>————— गुरु हुन् ईश उचित शिक्षा नपाए धूर्त बन्छ मानिस l ✍️ बाबुराम गौतम —————<•>————— १) गुरुलाई सम्मान गरौँ उनलाई भगवान् सम्झेर ज्ञानको झोली भरौँ । २) उज्यालो दिन सुरु आफू जलेर अरूलाई शिक्षा दिने गुरु । ✍️ कला ढकाल झापा —————<•>————— १) गरौँ ज्ञानका कुरा सबैलाई शिक्षा देनु नछाड्नू काम अधुरा । २) तलबको भन्दा माया शिक्षाको हुन्छ शिक्षकलाई सबैमा परोस् छाया । ३) नमन् सबै गुरु सबैभन्दा पहिला भयो आमाबाटै शिक्षा सुरु ! ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ —————<•>————— गुरुले भनेको मान्नुपर्छ अन्यथा बुझ्नुभयो नि मिसन चौरासी धान्नुपर्छ । ✍️ सुरेश कार्की —————<•>————— असल नाम कमाऔँ गुरुहरूको सम्मान गर्दै गुरुपूर्णिमा पर्व मनाऔँ । ✍️ अनिता भण्डारी ताप्लेजुङ —————<•>————— जय गुरु देव: जय जय महेश्वरा: जय सरस्वती सत्यमेव: । ✍️ मनोहरी पौडेल —————<•>————— १) गुरुको चरण परेर असल मान्छे बनौँ राम्रो काम गरेर । २) गुरुको भर परौँ गुरुलाई सम्मान गर्दै जीवनमा रङ भरौँ । ✍️ काजल न्यौपाने भोजपुर। —————<•>————— ज्ञानका ज्योति गुरु नदेखेकाे ठाउँमा पुराउछन् पुज्न गराैँ सुरु । ✍️ भिक्षु ईश्वर अछाम —————<•>————— आमाबाबा नै हुन् जीवनको पहिलो गुरु बिर्सनु हुँदैन गुन । ✍️ शोभा आचार्य गौतम काठमाडौँ —————<•>————— गुरु देवतासरी हाम्रो सधैँभरि ज्ञान दिने सिकाउने शिष्यलाई राम्रो । ✍️ रामप्रसाद पुरी,बादेल, खाेटाङ । —————<•>————— १) गरौँ वन्दना सुरु बा आमा हुन् हाम्रा प्रथम गुरु । २) गुरुबाट पाइन्छ ज्ञान नम्र जिज्ञाशु बनी पढ्नु लगाएर ध्यान । ✍️ अरुण कुमार भुजेल गोरुबथान,कालेबुङ,भारत। —————<•>————— १) पहिलो चरण गरौँ आमाबुबा अनि गुरुमा नमनले ज्ञान भरौँ । २) ज्ञान आशिस लिएर अगाडि बढौँ सधैँ गुरु सम्मान दिएर ! ✍️ दुर्गा आचार्य मोरङ —————<•>————— १) गुरु ज्ञानको भण्डार लिए शिक्षादीक्षा पक्कै हुन्छ उज्वल संसार । २) गरौँ सम्मान गुरुको नभुलौँ असल कर्म यही संस्कार सुरुको । ३) राखौँ भावना उच्च मानव जुनी सर्वश्रेष्ठ नगरौँ व्यवहार तुच्छ । ✍️ शोभा शाह थापा, हेटौंडा ४, मकवानपुर । —————<•>—————- १) भएपछि सृष्टिको सुरु यहाँ समयसित सँगसँगै बाटो देखाइदिने गुरु । २) गुरुको स्थान कहाँ ? हेर रातमा आकाश नक्षत्र चम्किछ जहाँ ! ३) गुरुलाई सम्मान गरौँ जति बाँड्यो घट्दैन जताततै ज्ञान छरौँ । ✍️ पशपती राई, खोटाङ । —————<•>————— ज्ञान बाड्ने गुरु कबाट पढ्दै गर्दा जीवन हुन्छ सुरु ! ✍️ रवि पौडेल —————<•>————— ज्ञानका खानी गुरु अक्षर आरम्भमा आमाबाट चेतना आउन सुरु ! ✍️ भगवती दवाडी —————<•>————— १) ज्ञान दिने गुरु घर पहिलो पाठशाला ज्ञान सिक्यौँ खुरुखुरु । २) जसले गर्छ सम्मान बढ्छ ज्ञान उसैको गुरुको बढ्छ सान ! ३) पुजौँ सबैले गुरु चित्त नदुखाउँ उनैको जिन्दगी बन्छ सुरु । ✍️
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १६९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १६९ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] करेला ईश्वरीय स्वरूप श्री गणेशाय नम: !
वसन्त अनुभव [२] करेला साैन्दर्य आकर्षक गणेश भगवान मुर्ति !
केसर बाेहरा ‘सङ्घर्ष’ अछाम, हाल भारत [३] करेला हरियो रूप गणेशको छ स्वरूप !
बेदु न्यौपाने [४] सर्वत्र फैलिएकाे शक्ति सधैँ भगवान्काे भक्ति !
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४८ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५६ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो । यस शृङ्खलामा रचना सङ्कलन टुक्काकार पुस्पा राईले गनुभएको थियोे भने तस्बिर सङ्कलन टुक्काकार शोभा आचार्य गौतमले गर्नुभएको थियो । ~<•>~ प्रतिनिधि टुक्का- १४८ हिजोको फुल मूला, आजको चल्ला म जस्तो मान्छे सामु, गर्दछ हल्ला । ✍️ वसन्त अनुभव ~<•>~
सहभागी टुक्काकारहरूका सुन्दर टुक्का कविताहरू-
[१] बोल्न पनि जान्दैन त्यो मूर्ख आलाकाँचा ज्ञान सीप केही छैन, देखाउँछ ढाँचा । ✍️ वसन्त अनुभव घोराही, दाङ [२] मजाकको कुरो कहिले बन्छ गैह्रो मिठो कुरोले अब जान्छ हाेला पैह्रो। ✍️ हन्नाह छेत्री दार्जिलिङ [३] फुल आज चल्ला भएर माथि चढ्न खाेजे माउहरू ओथाराे बस्न कुर्सी मात्र राेजे । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी [४] हिजोको हिड्न नसक्ने कुखुराको चल्ला भुइंँ खोस्रिन सक्दैन बढी गर्छ हल्ला। ✍️ चुडामणी देबकोटा पुरानो नैकाप काठमाण्डौ [५] नजान्ने मानिसले लगाउॅंदा त फूर्ती चट्ट सुहाउछ ढुङ्गो बनाउँदा मूर्ति । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी [६] काम नगरिकन हिँड्छौ भएर झल्ला गरेर देखाएको भए हुन्नथ्यो हल्ला । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा [७] केको घमण्ड हाेला यो बुझी नसक्नु अरू बोल्या छैन कति सकेको बक्नु । ✍️ अरुण कुमार भुजेल गोरूबथान कालेबुङ,भारत [८] सधैँ आफूमाथि माथि अरू देखुँ तल आफू बस्ने सिंहासन अरु सधैं ढल । ✍️ देव मगर तिनाउ,पाल्पा [९] बेकार छ अहंकार नश्वर तनको मात लाग्दछ मानिसलाई नै धनको । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी [१०] कहाँको कालू,कहाँको भालु मेरा छेउमा नबन ठालु । ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी [११] लाग्नथाल्यो माउभन्दा चल्लै पो बास्ने यी नै ले पो गर्लान् कि बुढो मुरो छास्ने । ✍️ पुष्पा राई खाेटाङ [१२] नत भाले न पाेथी निस्कियाे लौन कस्तो चल्ला देशमा सुशासन लाउने गर्छन् मात्रै हल्ला । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलानी राधे राधे भक्तपुर [१३] मुखमा राम राम बगलीमा छुरा, माउको भन्दा यी चल्लाको ठूलो कुरा। ✍️ रमेश दियाली शेल्पू सिटोंग दार्जिलिङ [१४] अरूलाई होच्याएर किन पो बोल्छौ साथी एक दिन अवश्य सबैले जानु छ माथि । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ [१५] फुल चल्ला आजभोलि परिवर्तन खोज्छन् ठुला माउ ओथारो बस्ने कुर्सीमात्र रोज्छन् । ✍️ बेदु न्यौपाने [१६] बाह्र सत्ताइस नगर तिमी कुरा खै!बाटो छोड ,मेरो सामु तिमी भुरा। ✍️ रुना कर्माचार्य दाहाल चितवन [१७] पुर्खाको नामले नै केवल विश्वलाई मिचियो अब बोल्न सकिदैन आफ्नैबाट घाँटी थिचियो । ✍️ अन्मोल मुस्कान तकदाह छाउनी,दार्जिलिङ [१८] पाेथीबाट जन्मको होला सायद चल्ला गाउँभरि नगरे हुन्थे अति ठूलो हल्ला । ✍️ श्रीकृष्ण धामी बझाङ [१९] भुइँमा नै उम्रेकोथ्यो आकाश छुन्छु भन्थ्यो औकातमा नझरेसम्म कस्लाई पो गन्थ्यो ? ✍️ चिरञ्जीवी श्रेष्ठ धनकुटा, हाल काठमाडौ [२०] कुरा बुझी आजबाट मनैदेखि जाग गाउँघर ब्युँझाएर विकासमा लाग । ✍️ आर्त अकुलीन [२१] माउभन्दा त चल्ला बाठा आजकल हुनै पर्याे अघिसम्म यतै थियाे अहिले फेरि कता मर्याे । भवानी पाेखरेल (बाबू विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु [२२] हिजोका चल्ला गर्छौ ठुला कुरा हाम्रा छेउमा तिमी सबै भुरा । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा [२३] घमण्ड गरेर के हुन्छ र न आउँदा ल्यायौ न जाँदा लान्छौ यो त सबै नाटक न हो थाहा पाएपछि बेकार मान्छौ ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड [२४] तिमी खाउ तिमी लुट तिम्रै रहेछ दिन तिम्राे चाला देखी मलाई लाग्न थाल्यो घिन। ✍️ अरुण कुमार भुजेल गोरूबथान कालेबुङ,भारत [२५] जसको गोठमा छैनन् गाईवस्तु उसैलाई चाहिने दिनहुँ खिर आफु सही भए दुनियाँले जेसुकै भनुन् व्यर्थै किन लिने हो पिर । ✍️ सुनगाभा पोखरेल हाल: नेपालगन्ज [२६] एक हातले ताली बज्दैन बुझेर भित्र पस्नु नालीबेली उखेल्दै पर्ला जमिनमा घुँडा धस्नु । ✍️ जमुना आचार्य [२७] हिजोको नै थियो अण्डा आजको चल्ला उमेरभरि गफ आयो बुद्धि बल्ला । ✍️ बिबा तामाङ लाटपञ्चर खरसाङ सिटोङ थ्री [२८] माउ चल्ला या त होस् भुरा सुन्नुपर्छ सबैका कुरा । ✍️ दीपा समभाव खोटाङ [२९] राम्राे म अक्षरारम्भमा नै जानेकाे हिजोको फुच्चे मलाई कम ठानेकाे । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कठुञ्जे [३०] ठूल्ठूला कुरा नगर हिजो अस्तिका चल्लाले केही बिगार्न सक्दैन तिमीहरूको हल्लाले । ✍️ अनिता भण्डारी ताप्लेजुङ [३१] पहिले हामीसँग, गर्थ्याैं नि भेट अहिले अरूसँग, बनायाै सेट । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची [३२] यो पाराले जिन्दगी कसरी चल्ला गर्नुहुन्न भन्छौ आफैँ गर्छौ हल्ला । ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना, सुर्खेत [३३] सूर्य सामु बत्तीलाई पो दाज्न थाले म त भ्रष्टाचार रोक्ने पुरानै पाले । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ [३४] भो ठूला गफ नगर थियौ चल्ला कसले बनायो ठूलो गर्छौ हल्ला । ✍️ शोभा आचार्य गौतम काठमाडौँ [३५] कतातिर संस्कृति हाम्रो जादैछ पश्चिमी संस्कारले आज खादैछ। ✍️ कला ढकाल झापा [३६] अति गर्याै तिमीले सबैतिर बेकामे बखान नखनाैँ है जिउँदाे छँदै आफ्नै गहिराे चिहान । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगाबजार [३७] नेताको नाम काले देशको पैसा हाले । ✍️ नीमा छिरिङ भोटिया जलढका, कालेबुङ [३८] आफू जुन पृष्ठभूमिबाट आएको हो नि अरूलाई पनि त्यस्तै ठान्छ यस्ता नाथे जो कोही नै होस् सभ्य र सुसंस्कृत नागरिकले किन मान्छ ? ✍️ पवनकुमार बुढाथेाकी काठमाडौं [३९] भनिन्छ सिक्का भुइँमा खस्दाखेरी, आउँछ ठूलै आवाज तर हाम्रा ठुला पार्टीहरू हुँदारहेछन् झन् चालबाज । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १, मोरङ [४०] जो छ स्वार्थपनको भोगी उही हो मस्तिष्कको रोगी । ✍️ प्रेम थापा “मन”बागलुङ [४१] वचनका काँडाहरू भित्रभित्रै लुक्छ तन घाउ हुन्छ निकाे मन भने सुक्छ । जी.वि.कश्यप घाेराही,दाङ [४२] हल्लैहल्लामा चल्ने देशमा किन दोष चल्लालाई हल्ला गर्न नसिक्या चल्ला मर्छ दाना पानी नपाई । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [४३] हाे नाच्न नजान्ने आँगन छ टेडाे धेरै कराउछ, किन हुन्छ भेडाे ? ✍️ रबि पाैडेल दक्षिण भारत, पाण्डेचरी [४४] जुन गोरुको सिङ छैन उसको नाम हेर तिखे काम गर्नु छैन केही अर्काको खेदो खन्छ्स् ए लिखे ! ✍️ भगवती दवाडी दमक, झापा [४५] हिजोआज चल्लाहरू कुरा ठूला गर्छन् अनावश्यक बखेडाले मस्तिष्क भर्छन् । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा [४६] आफ्नै खुट्टामा बन्चरो हान्ने ठान्छन् आफैँलाई धेरै जान्ने । ✍️ बिके मुखिया दार्जीलिङ, भारत [४७] माउभन्दा चल्ला जान्ने हँसिया भन्दा कर्द लाग्ने नेतृत्वमा खिँया लाग्यो सत्ता भन्दा बुढा नै जाग्ने । ✍️ देव मगर तिनाउ,पाल्पा [४८] मान्छे मान्छे बीचमा हुन्छ किन भेदभाव जिउँदा देवता पन्छाई ढुङ्गामा छ ख्वाव । ✍️ ईश्वर साउद (भिक्षु ) रामारोशन गाउँपालिका ६ अछाम [४९] कानमा खुसुक्क भन्छु भनेको मान्नू को हुँ म नसोध्नू केही आफैँले जान्नू । ✍️ रचना शर्मा प्रतीक्षा इमाडोल ललितपुर [५०] आलु खाई पेडाको धाक लगाउँछ पाजी माखो मार्न सक्ने होइन, बन्नुपर्ने काजी । ✍️ सन्तु खत्री पोखरा, हाल भक्तपुर [५१] हेप्छ यसै सबैलाई ठूलो मान्छे ठानेर आफ्नै घमण्डमा डुब्छ उहिल्यैको जानेर । ✍️ अच्युत घिमिरे सर्पाङ, भुटान [५२] सीप न ज्ञान, बिनारूप तिम्रो, गला न कला, केलाई हो मान्ने ? कसैले तपाईँ भनाेस् या नभनाेस् तिमी आफैँ हुनखाेज्ने जान्ने । ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ [५३] नबोले पनि के गर्नु ? देश तन्नम पार्दछौ उकालोतिरको यात्रा, ओरालोतिर झार्दछौ । ✍️ रामशरण न्यौपाने भक्तपुर [५४] टुक्का कविता चल्लाहरूले खोजिरहेछन् गिराउने दाउ तर तिनले सोचे जत्तिँकै सोझा छैनन् माउ l ✍️ बाबुराम गौतम, गौतम [५५] जसले लिन्छ, अहङ्कार तिम्रै कति ठुलो झङ्कार । ✍️ कृष्ण बजगाई भक्तपुर [५६] छुट छ जसले पायो नि उसले मपाई हो भन्ने काम गर्न नसके नि हल्लाले नै भाइरल बन्ने । ✍️ सुशील शिखा काठमाडौं कागेश्वरी
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकानब्बेऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०४/३१गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:९१[एकानब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
भवानी घिमिरे जमुना आचार्य पशपती राई पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ पञ्चाङ्ग:०१ कति सुन्दर एउटा गाउँ छ। थाहा छैन मलाई के नाउँ छ। हिमाल र पहाड कति राम्राे, सधै बसिरहुँ लाग्ने ठाउँ छ। लाग्दछ यहाँ ईशकाे पाउ छ। सुशीला पाैडेल पञ्चाङ्ग:०२ अहाे! प्रकृतिकाे दृश्य क्या राम्राे मनमाेहक हेर्दै घुम्दै त्यहाँ पुग्दा हाेला झन् तन माेहक आँखा नचाउदै हेर्ने चाहना बढ्न गाे भने दुवै आँखा नझिम्क्याई हेरेमा झन माेहक हिमाल मुनिका वृक्ष हुँदा भाे वन माेहक। ताेयानाथ सुवेदी
पञ्चाङ्ग:०३ पुरानो गाउँ शिखरमुनी रमाउँछ सपना बुनेर हिउँले ढाकिएर प्रसिद्धि कमाउँछ सपना बुनेर सुनौलो वर्णको खेतबारी सूर्यको किरणले चम्कदा लेकबेँसी गरेको हितैषी थमाउँछ सपना बुनेर त्यो शान्तिपूर्ण बस्तीले आँखा समाउँछ सपना बुनेर ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 पञ्चाङ्ग:०४ हिमाल मुनि घर छ मेरो यसैको एक भर छ मेरो शत्रु छन् मेरा कति हो कति प्रगति अलि पर छ मेरो बिगारी दिने डर छ मेरो घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०५
चारैतिर साथी पायो भने गर्मीमा शीतल छायो भने देखी सुनीरहूँ लाग्दो होला कतै मिठो गीत गायो भने विनासर्त माया लायो भने ॥
पञ्चाङ्ग:०७ हिमालको फेदीमा सानो घर छ घर भित्र मेरो अनेकौं रहर छ रहरै रहरमा बित्न लाग्यो जीवन बस्ती भन्दा धेरै टाढा शहर छ सपनाको शहरमा पुग्न कहर छ। कला ढकाल झापा
पञ्चाङ्ग:०८ नेपालको हेर धेरै माया छ। हिमालमा हेर्दा सेतो छाया छ। सगरमाथा नेपाल चिनारी , हिमाली पाखा हेर्दा त दायाँ छ। बिचित्र घरहरूमा काया छ। ✍️ बेदु न्यौपाने 🌹🌹
पञ्चाङ्ग:०९ कति सुन्दर देखिन्छन् गाउँ रमाएर हिमाल फेदमा , त्यहीँ मानिसले खाद्यवस्तु कमाएर हिमाल फेदमा। सुन्दर शान्त र रमणीय देखिन्छ हाम्रो देश नेपाल, सधैँ एकजुट हुन्छन् हात समाएर हिमाल फेदमा , अगाडि बढनु पर्छ अब जमाएर हिमाल फेदमा।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:१० देश सोध्यौ भने नेपाल नाउँ छ मेरो हेर्नलाई भन्छन् रे जाऊँ जाऊँ छ मेरो हिमालको काखमा संसार लोभ्याउने आधुनिकताले नछोप्या ठाउँ छ मेरो स्वर्ग झैँ सुन्दर एउटा गाउँ छ मेरो ।
श्रीकृष्ण शर्मा पोखरा -५, मालेपाटन
पञ्चाङ्ग-११ नेपाली हुँ भन्न पाउदा कति गर्व गर्छौं हामी नेपाली यही मलिलो माटोमा शान्तिको बिउ छर्छौं हामी नेपाली प्रकृतिको सुन्दर देश नेपाल कहिँ छैन अर्को स्वर्ग यही हो स्वर्ग यहीँ जन्मिएर यहीँ मर्छौं हामी नेपाली मरेर हैन जिउँदै भवसागर तर्छौं हामी नेपाली । -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:१२ सुन्दर ठाउँ लाग्छ राम्रो। हिमाल नाउँ लाग्छ राम्रो। हिमाल विश्व चिनाउने, राख्दा त पाउ लाग्छ राम्रो। सबैमा जाउँ लाग्छ राम्रो। ह्यारिस
साप्ताहिक झिल्का लेखन अभ्यासको ३१ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३१ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, कानुन छ भन्दै बदमासी दिमाग खियाउॅंछौ भागको नाफा गन्दै । २, उकालोतिर तानिरहेको हुन्छु ओरालो बल गरिरहन्छौ निराशाले हात धुन्छु । ३, इमान्दारिताको जित सम्झेर केही कदम खोजिबसेँ व्यक्तिभन्दा संस्था मानेर ।
म्यामराज राई … १, नाफा घाटा भन्दै खुट्टा तान्न थाले साँढे जस्तो बन्दै ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी … १, हाँसी खुसी बाँचौँ तिज आउन लाग्यो संस्कारि गितमा नाचौँ । २, भित्रियो नेपालीहरुको पर्व छाडा संस्कृतिको बहिष्कार सबैले गरौँ गर्व । ३, बाआमा दिदिबहिनी दाजुभाइ जन्मस्थल स्वर्गभन्दा प्यारो जन्मेको घर हाइहाइ ।
चुडामणी देवकोटा, पुरानो नैकाप, काठमाडौँ … १, सबै छ हातमा तर पनि किन? खुसी छैन माथमा। २, लिनुपर्छ जीवनमा खुसी जिन्दगी चलाऔॅं यसरी नत्र पर्छ ढुसी । ३, इमान्दार बन्ने मन पुर्याउन सकिन्छ चाहॅंदा नचाहॅंदा बेखुसी झनझन ।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ (हालः-क्यानडा,क्यालगरी) … १, भयो साहित्यिक यात्रा हुन सकिनॅं प्रभावशाली बन्यो बेमौसमको जात्रा। २, यहाँ देशको हितमाभन्दा आफ्नै माया प्रेम देशभक्त छैनन् गन्दा। ३, सबैका आफ्नै धुन प्रतिभा निखार्ने कोले लगाएर देशलाई गुन।
सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ … १, आफ्नो बाटो हिँड्नु नबिराउनु, नडराउनु भन्छन् आइलाग्यो भने भिड्नु । २, भ्रष्टाचारको सिपालु पात्र कहिले अघाउने होला ? जनतालाई ठगेर मात्र । ३, झन् पलायो रहर एकपछि अर्को सफलता खुसीको भयो सगर ।
पृथक प्रकृति, झापा … १, मेरो नजरमा पर्यो किन हो तिमीले नचिने झै गर्यो । २, चिन्ता म लिन्न जोसुकैले जेसुकै भनून् कसैलाई सराप दिन्न । ३, याद राख्छु खुनीको के गर्छ हेरौँला ! केही हुँदै नहुनीको।
सतीश पण्डित ( सिकारु), भानु – ६, चुँदी, तनहूँ (हाल चनपा ६ मातनतीर्थ) … १, सुन्दर हाम्रो ठाउँ शहरमा बस्ने माइलीले बिर्सियो आफ्नो गाउँ । २, साउन महिना गयो भदौरे घाम लाग्दा हिउँद सुरु भयो । ३, लाउँछन् रातो सारी तिजको गीत गाउँदै नाच्छन् हिन्दु नारी।
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर … १, राखेर उच्च नाम मिलेर गरौँ सबैले इमानदार बनी काम । २, असत्यसँग सधैँ भिड्नु जित अवश्य हुन्छ दिल खोलेर हिँड्नु। ३, सत्यको पाइला चाल्नु अन्धकारलाई चिरी सधैँ उज्यालोको दियो बाल्नु।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न.पा. – ६, सङ्खुवासभा … १, किन त्यस्तो भनेको ? खुट्टा तानेको होइन अनुयायी पो बनेको । २, सोच्नु सधैँ राम्रो जस्तो सोच्यो त्यस्तै हुन्छ व्यवहार हाम्रो । ३, सम्पत्ति हो सोच यसैले निम्त्याउॅंछ हामीमा आपत्ति अनि बेचैन ।
दीपा समभाव, दुबेकोल खोटाङ … १, किन आयो रहर, बाँझो खेत गाउँमा रुखो रहेछ सहर। २, खोलामा बाढी आउँछ, मायामा पहिरो गइगयो यादहरूले धेरै सताउँछ।
होमप्रसाद नेउपाने, धरान, सुनसरी … १, राम्रो चले कुरा सबैको हुन्छ भलो, इच्छा पनि पुरा । २, सके मिलेरै जाऔॅं धकेल्नु हुन्न कसैलाई, फल्ने वृक्ष लाऔॅं । ३, आफ्नो बाटो हिँड्ने के लिएर जाउला ? अनि हामी भिड्ने ।
पुष्पा राई, खोटाङ … १, सुविधा हुनेले पाए सुशासनको कुरै नगर, जनताको पसिना खाए। २, आफैलाई अचम्म लाउने कठघरामा निर्दोष हुन्छ, उन्मुक्ति दोषीले पाउने।
शङ्कर कार्की, मकवानपुर … १, मनमा शङ्का आयो अवरोध भयो काममा सोचमा निराशा छायो। २, काम गर्नै पर्ने सहज जीवनको लागि नत्र कसले भर्ने। ३, खेलमा बदमासी गर्छन् अनि हुन्छ झगडा हानाहान गरेर मर्छन्।
नवराज भट्ट, कञ्चनपुर … १, भदौ महिना लाग्यो अब नेपाली नारीहरूमा तिजको लहर जाग्यो । २, मौलिक गीत गाउनुपर्छ सबैले सभ्य तरीकाले मिलेर तिज मनाउनुपर्छ । ३, क्वाटी खाउ साँधेर भाद्र तीन जनैपूर्णिमा मनाऔॅं रक्षाबन्धन बाँधेर ।
अनिता भण्डारी, ताप्लेजुङ … १, देशको चिन्ता भएन विकासको गति मन्दले समृद्धिको मार्गमा गएन । २, नेताको भड्किलो रवाफ कार्यकर्ताको दबाब धेरै दिने व्यर्थको जबाफ । ३, बनाए जनतालाई कोइलो आफू गर्छन् संसदमा बसेर सधैँ रोइलो ।
डिल्लीराज ‘राजेन्द्र’ भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची … १, जीवन कर्मको खेल आफ्नै पसिनामा रमाऊ कहिल्यै नगर जालझेल !
आर्त अकुलीन … १, तीजको महिमा सरर भदौको महिना महत्त्व दरको बास्ना हरर । २, झिल्का लेख्छौ मिलेर सहर्ष स्वीकार गरेर जान्छन् असङ्ख्य बिलेर । ३, जनै पूर्णिमा मनाऔॅं चाडपर्व शुरुआत सॅंगसॅंगै क्वाँटीको स्वाद जनाऔॅं ।
अम्बिका अधिकारी, बिर्तामोड, झापा … १, फ्याकिॅंदैछन् राज्यबाट राम्रा कसरी आउँला समृद्धि ? सत्तामा छन चाम्रा । २, निरङ्कुश भो शासन अब जिम्मेवारीविहीन छन् झुटै झुट्का भाषण । ३, कार्यकर्ता नागरिक हैनन् हेर्छन सधैँ टुलुटुलु त्यसैले देशभक्त छैनन् ।
ऋजु दिल्पाली, इटहरी -१, सुनसरी … १, बुझेर पनि हाल नचाहिने कुरा खोज्दै , गर्छन अनेक सवाल । २, छाडा गीत गाएर तिज मनाउँछन आजभोलि आधा कपडा लाएर । ३, जोडेपछि हामीले घरबार हेर्दै जानु तिमी , झुपडी बन्छ दरबार ।
अमृत कोइराला, पोखरा … १, भ्रम औधी छर्ने भक्तिभाव देखाई झनै बढी स्वाङ गर्ने । २, गयो चलन तासाको मोलमोलाइ गर्नुभन्दा त एक वचन खासाको ।
कृष्णकुमार वैद्य, बनेपा – ९, काभ्रे … १, रङ्गीन या फिक्का तिम्रो नामले अडियो एकनासले चलेको हिक्का। २, छोरीलाई घुम्टो ओढायौ त्यसै गरी तिमीले छोरालाई सदाचार सिकायौ? ३, कानुन एकतिर सारी फाँसी देउ सरकार जिउँदै छन् बलात्कारी ।
दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जिलिङ … १, पैसा फल्दैन रुखमा गरेपछि मेहनत हामीले बित्छ जीवन सुखमा। २, स्वच्छ भए हावापानी सधैँभरि हुनेछ हाम्रो निरोगी फुर्तिलो जिन्दगानी । ३, गरून् दुनियाले डाहा मान्नु हुँदैन हार भन्नेछन् एकदिन आहा !
खडक आर सि मिलन, छेडागाड नपा.- २, साल्मा, जाजरकोट … १, रक्षा धागो बाधेर सम्बन्ध प्रगाढ बनाउँछौँ , दाजु बैनीको हेर । २, चिसोले धेरै गाल्छ क्वाँटी खाए सबैले , भन्छन् चिसो फाल्छ । ३, मिसाई नौ थरी क्वाँटी खाऔॅं सबैले , परिवारमा रमाइलो गरी ।
सीमा कार्की समर्पण, मेलचोक, पर्सा … १, मनमा प्रभुको बास सर्वोत्तम मानिस चोला बनौँ प्रभुको दास । २, आस्था प्रभुकै साधना सुख दुखमा सहर्ष सहजै गरौँ सामना । ३, मनमा करुणा आभास तारण पक्कै चिन्तनमा प्रभु नाम अभ्यास ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, श्रावण महिना गयो, जगत हरियाली बनाउँदै प्रकृति सुन्दर भयो । २, हेर लिनमाभन्दा दिन आनन्द हुन्छ मनलाई विचार गरौँ छिन। ३, प्रकृतिले के लिन्छिन् खै त बदलामा ? एकोहोरो यसै दिन्छिन् ।
शोभा आचार्य गौतम, काठमाडौँ … १, जीवन जिउन जाने हुँदोरहेछ सब अच्छा त्यसैले तिमिलाइ माने।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा – १४, साँगा बजार … १, माथि सिरानमा हिमताल फुटेर सबै बगायो गाउँबस्ती बन्यो बेहाल । २, जीवन ढुक्कको भएन दुर्घटना बलात्कारको त्रास विश्वासिलो कोही रहेन । ३, स्वात्त बगाई लग्यो विपत्तिले उठिबास लगायो नियतिले ठग्नु ठग्यो ।
मोती योन्जन सुब्बा, दार्जिलिङ … १, सपनीमा तिमीलाई देखेँ ब्युझिएपछि फुरुङ्ग हुँदै प्रेमिल पत्र लेखेँ । २, यो प्रेमिल रातमा मागेर हेर मुटु झिकेर दिन्छु हातमा । ३, छमछम पाउजु बजाउँछु राखेर मुटुमा तिमीलाई जुनी जुनी सजाउँछु ।
शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ … १, धनको घमण्ड गर्छन् स्वार्थी विवेकी मान्छे अप्ठ्यारोमा पर सर्छन् । २, अरू लड्दा मस्किन्छ आज हेर मान्छे आफू पर्दा झस्किन्छ। ३, सङ्घर्ष गर्दै बिताइयो आधा जीवन हेर्दाहेर्दै थाहै नपाइ गुजारियो ।
कला ढकाल, झापा … १, मनको के हाल ? कस्तो विडम्बना यहाँ देशको यस्तै बेहाल। २, नेताहरू पनि कराउँछ यो जीवन कस्तो मान्छे फेरि हराउँछ। ३, आमाको माया कस्तो यो जीवन कता हुँदैन नि जस्तो।
नीमा छिरिङ भोटिया, जलढका, कालेबुङ … १, भदौ महिना कहोस् प्रगति गर्दै जाँदा जीवनमा अप्ठ्यारो नहोस्।
प्रेम थापा “मन”, बागलुङ … १, जिवनको मूल्य छैन छोटो यो इतिहासमा नाम लेख्ने हैन ? २, इतिहास मेटेर मेटिन्न साट्न खोज्छन् पानाहरू राम्रो कहीँ भेटिन्न ? ३, भिमसेन ,बलभद्र ,नालापानी इतिहास मेटाउदै छन गुमेको छ कालापानी !
रवि पौडेल, दक्षिण भारत पाण्डेचरी … १, धनको घमण्ड अति स्वार्थले भरिएको मानिसहरू पर्नेछन् अप्ठ्यारोमा कति ।
दुर्गा भट्टराई, मोरङ … १, संस्थाको भलो चिताएँ भएन अझै बढुवा , सामान्य जीवन बिताएँ। २, इमानीहरू तर्के पाखामा जोगाउलान् कसले देशलाई , लुट्ने राज्यको काखामा। ३, नयाँ बिहानी खोज्दै बित्यो नेपालीको जीवन , योग्य नेता रोज्दै।
सुस्मिता अधिकारी, काठमाडौँ … १, जानी जानी जसको पछि पछि लागिरहेँ बनेर सत्रु उनको । २, हाहाकार मच्चाएर हुन्छ प्रगति कहीँ साथी मन त्यसै रुन्छ । ३, ताकेर बन्चरो घुंडो बसिरहेछ कुरेर दोबाटो उत्तानो परिरह्यो मुढो।
ईश्वर साउद(भिक्षु), रामारोशन गापा.- ६, सुदुरपश्चिम अछाम … १, अरूसँग मित्रता गाँसिन्छ मुक्तिका गीतहरू गाउँदै नमज्जाले बेस्सरी हाँसिन्छ। २, रगत पसिनाले रटाउँछ हिसाब मिलान गरौँ साँच्चै बहीखातामा अटाउँछ ? ३, माटोमा पसिना निरन्तर जिन्दगानी घायल भयो अब बनिॅंदैन सुन्दर ।
घनश्याम पन्त, हरिवन, सर्लाही … १, रक्षावन्धन कृष्णाष्टमी तिज भाद्र महिना सुरु हिउॅंदको रोपियो बिज । २, तडकभडक फालौँ टाढा मजाले मनाऔॅं चाड मन मिलाऔॅं गाढा। ३, तिजमा खाऔॅं दर दिदीबहिनी सबै मिलेर वाहियात नगरौँ कर ।
हिरालाल न्यौपाने, बानपा – ८, कोटमौला, सल्यान … १, ज्ञानको ठाउँमा हिरा रोजे बुद्धि बिगारी अनि बने किरा ! २, नयाँ उमङ्ग बोकी सपना सजाएर हिॅंड योजनाको मिति तोकी! ३, जाऔॅं, कामाऔॅं नाउँ घुमेर देश विदेशमा छाप राख ठाउँठाउँ!
अच्युत घिमिरे, सर्पाङ, भुटान … १, सचेत भएर बसौँ छाडापन रोक्न पर्वमा मिलेर कम्मर कसौँ।
अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत … १, संस्कार, संस्कृतिको जात्रा लगाए कोटि होम बनाए धर्मको यात्रा । २, धर्मप्रति आस्था गरेको दान धर्म गराउँदै पैसाले थैलो भरेको । ३, छलकपट यहाँ भयो जनता धर्मको आस्थामा भक्तको विश्वास गयो ।
वेदु न्यौपाने … १, सवारी साधनको ज्ञान हामीमा भएन भने अकालमै जान्छ ज्यान | २, किनेर साधारण चिज रमाऔॅं है दिदीबहिनी भड्किलो नबनाऔं तिज | ३, साथीसङ्गीको कुरामा पर्दा डुबिएला ऋणमा चुर्लुम्म अरुको देखासिकी गर्दा |
सरिता सेढाई, धादिङ … १, आयो ओल्के पर्व आम नेपालीलाई भयो , सधै मनभरि गर्व । २, पोथीबाट भयो चल्ला गाउँ समाजमा नगर्नु , यति ठुलो हल्ला ।
श्रीकृष्ण धामी, बझाङ … १, जनधनको भयो क्षति शान्ति सुरक्षामा अभाव, सरकारको कमजोर मति । २, बाढी, पैरोको मास वर्षाले जताततै जलमग्न, जनतालाई सरकारको आस। ३, तिजको दिदीबैनिलाई हर्क सभ्य मनाउनु पर्व, नबनोस् खराब तर्क।
कृष्ण बजगाई, भक्तपुर … १, जस्तो संस्कारमा हुर्कियो उस्तै प्रस्तुत भइ समाजमा त्यो फुर्कियो । २, मानिस असन्तोषी जात इर्ष्याको खेल खेल्दै किन लम्काउँछ हात ?
कोपिला अधिकारी, गोरखा ,सिरानचोक … १, देशको हालत देखेर छक्क छन् जनता बस्छन् सबै हेरेर । २, खेल्छन् नेताले खेल एकले अर्कोलाई लडाउने कुर्सीमा सधैँ मेल ।
बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई – ४, झापा … १, अमिर बन्ने रहरमा मानव बन्छन् दानव बेच्छन् मान्छे सहरमा ।
बिके मुखिया, दार्जिलिङ, भारत … १, कृष्ण जन्माष्टमी आयो रहर झुला झुलाउने उल्लास मनमा छायो । २, वध कंश दुर्योधन महाभारत ज्ञान कथा सुन्न आतुर मन । ३, श्रीकृष्णको जीवन भोगाइ बाललीला राधिका प्रेम राधाकृष्ण जोडी रोजाइ ।
ममता पौडेल, बुढीगङ्गा – २, मोरङ … १, मृत्यु अनिश्चित हुन्छ तथापि निश्चित भएर जब अनायस छुन्छ। २, यादहरू कतिपय भुलिन्छ समयको मलमले लेपिएर कतिपय झनझन चुलिन्छ। ३, नियत बिग्रेपछि मानव विवेकमा किरा पर्छ अनि बनाउँछ दानव ।
दिल ठकुरी, टिस्टाभेल्ली … १, कहिले दुःखमा नपर्नु जीवनमा अघि बढौं खराब सङ्गत नगर्नु । २, देश खण्डित पार्दैछ एमसीसी एसपीपी लादेर जनता अब मार्दैछ । ३, दुःखमा सधै पारेर उन्मुक्ति हुन्न तिम्रो गरीब जनता मारेर ।
दीप गोले तामाङ, रौतहट … १, मेघरानी धर्तीमा झरी कर्मयोगी किसानको खेतमा जताततै मनपरि गरी २, बिसै नङ्ग्रा खियाएर काम गर्ने किसान बसेका छन् चियाएर ३, गरिबीको ढब्बा भिराएर मारेको छ सरकार उनैलाई आँसु पियाएर ।
धनमाया चौधरी, कैलाली … १, केलाई रिस गर्नु ? अर्काको धन खोसी किन ढुकुटी भर्नु ? २, हुन्छ ललाटमा लेखेको नगर्नु रिस,डाहा पाइॅंदैन सबै देखेको । ३, गर लक्ष्य तय मिहिनेत ,परिश्रम गरे जीवन हुन्छ जय।
रुना कर्माचार्य दाहाल, चितवन … १, लेख्नु झिल्का छिटो तीन हरफको कविता पढ्न झनै मिठो।
अनमोल राई … १, भाइरल हुने होडमा सन्तानले छोड्दा संस्कार अभिभावक पर्छन् तोडमा l २, सुन्न पनि सरम नयाँ गीत तिजका छाडा निस्के चरम l ३, तमिज अनि समिज उदाङ्गो पारेर दुवै रोपियो विकृतिको बीज l
बाबुराम गौतम, गुल्मी … १, महिना देखि देखिन्छ संस्कृति कता हरायो जस्तो देख्यो लेखिन्छ । २, सबैले परम्परागत मनाउने चाडपर्व नजिक आउदा सभ्यताको रुचि जनाउने । ३, रहर सधैँ रमाइलो एकताको प्रतीक परिवार भित्र्याएको मनमा घमाइलो।
दुर्गा आचार्य, मोरङ … १, मदिरा निषेधमा हकार्छन् पवित्रता धारण गरेर, सुनिन्छ, आजकल डकार्छन्। २, सत्य बोल्न डराउॅंछन् रक्षासूत्र धारण गरेर, तर विश्वास गुमाउॅंछन्।
लोकबहादुर क्षेत्री लामिछाने … १, साहित्य संस्कृति जोगाऔॅं हामी सबै मिलेर भएका विकृति हटाऔॅं । २, काम कर्तव्य हाम्रो बुझेर अगाडि बढे होला भविष्य राम्रो । ३, अग्रजहरूको पथ पहिल्याऔॅं सुमार्गमा अडिग बनी यश कीर्ति फैलाऔॅं ।
जयनारायण नेपाल, इलाम, (हाल सूर्यविनायक – २, बालकोट ,भक्तपुर) … १, भावनाको डुङ्गा चढेर निस्किए युवाहरू यात्रामा विदेशी भाषा पढेर । २, नदेखाउ खराब बानी धनाढ्य छु भनेर घसौँला एकदिन खरानी । ३, नेताहरू सत्ता मोहमा होसियार भएर बस जनता उठ्लान् विद्रोहमा ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा … १, कर्मको फल मिल्छ पोल्छ कुकर्मले सधैँ करोडौँ बिच्छीले चिल्छ । २, भ्रष्टाचारीले पाउदैनन् सुख समाजका अगाडि तिनीहरूको हुन्छ हाँडीझैँ मुख । ३, ढाँटेको कुरा मिल्दैन व्यवहारले प्रष्ट हुन्छ फूल नरोपी खिल्दैन ।
प्रद्यम्न चालिसे … १, भुटिन्छ देशभक्तकै थलो सतीले सरापेको देश इमानदारकै हुन्छ कुभलो ! २, राखेर वरिपरि आफन्त लुछ्छन् आमाको आन्द्राभुँडी कार्यकर्ताको बनाई जन्त ! ३, मिलाई आपसमा पालो बलात्कार गर्दैछन् स्वाँठहरू च्यातेर राष्ट्रियताको टालो !
वसन्त अनुभव, घोराही, दाङ … १, चाडपर्वको लहर लाग्यो बदलिँदो परिवेश सँगसँगै आलस्यको जड भाग्यो। २, पर्वले गर्व बढाओस् स्वच्छ सफा हृदयले मन्दिरमा भेटी चढाओस् ३, फजुल खर्च नगरौँ हद नाघी धोकेर दुर्गन्ध कतै नछरौँ ।
त्रिलोचन भण्डारी, मेचीनगर, झापा … १, माइती घरमा आउॅंला तिजमा सबै दिदीबहिनी आमा सॅंगसँगै रमाउॅंला । २, रङ्गिन पोते चुरा भोक तिर्खा मेट्न गरौँला मिठा कुरा ।
झिल्का लेखन अभियानको २६ औँ शृङ्खला (रक्षाबन्धन विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ३३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू- —————<•>—————
[१] सुन्नुनपरोस् आर्तहरूको क्रन्दन नछोओस कदापि गरिबीले दु:खपिरबाट होस् रक्षाबन्धन ! वसन्त अनुभव घोराही, दाङ [२] चेलीको रक्षा होस् दानववृति नष्ट भई माइतीमा जोस जागोस् ! मोती सुब्बा [३] सबैकाे हातमा रक्षाबन्धन छाओस् त्यहाँ खुसीयाली नहाेस् कही क्रन्दन ! रबि पाैडेल पाण्डेचरी [४] मेरो मनको भावना यो रक्षाबन्धन पर्वको छ सबैलाई शुभकामना ! दीप गोले [५] दिदीको सुरक्षामा भाइ सम्बन्ध अझै बलियो मनाऔँ रक्षाबन्धन रमाई ! धनुष न्यौपाने “यात्री” जुम्ला [६] नहोस् दु:खको सगर कामना सामना गर्नसकौँ छिचोल्नलाई सबै बगर ! पृथक प्रकृति ,झापा [७] रहेसम्म मुटुमा स्पन्दन जीवन्त राखेर नाता मनाऔँ सदा रक्षाबन्धन ! बाबुराम गौतम [८] सम्बन्ध सुमधुर बनोस् दाजुभाइ चेलीबिचको पर्वलाई विश्वले आहा भनोस् ! ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ [९] झिलिमिली छ आँगन सुन्दर चाड भाइबहिनीको मनाइने बाँधेर रक्षाबन्धन ! सुरेशकुमार पाण्डे [१०] बुझेर मनको भावना रक्षाबन्धन अनि जनैपूर्णिमाकाे सम्पूर्णमा छ शुभकामना ! सहयात्री शाेभा अर्याल रुपन्देही [११] सुखशान्तिको छ चाहना खुसी भई रमाऔँ रक्षाबन्धनको यही शुभकामना ! शशीश्री आचार्य [१२] नदुखाेस् कसैकाे मन हे बलि राजा पीडा नबाेकाेस् तन ! हिरालाल न्याैपाने बानपा ८ काेटमाैला, सल्यान। [१३] खुसी पार्दै मन दाजुभाइ दिदिबहिनी मिलेर मनाउँ है रक्षाबन्धन ! अनिता भण्डारी ताप्लेजुङ [१४] जनै रक्षाबन्धन लगाउँ मनको मैलो हटाई सुन्दर चाड मनाउँ ! कला ढकाल झापा [१५] दाजुभाइ दिदीबहिनीको भावना सधैँ सुमधुर रहोस् रक्षाबन्धनको हार्दिक शुभकामना ! बेदु न्यौपाने [१६] हातमा बलियो बन्धन रक्षा गर्नु दिदीबहिनीको नहोस् कुनै क्रन्दन नागेन्द्रप्रसाद यादव [१७] पर्वसँग रमाउँदै मन हाँसीखेली दिदी भाइ नटुटोस् स्नेहको बन्धन ! कृष्ण बजगाई, भक्तपुर [१८] हातमा राखी टल्केको कस्तो राम्रो पर्व हेर नेपालीपन झल्केको ! वेल थोकर [१९] दिदीबहिनी छन् साथमा हातमा पवित्र रक्षाबन्धन रक्षाकवज रहन्छ माथमा ! अम्बिका अधिकारी झापा बिर्तामोड [२०] सुमधुर सम्बन्ध हाम्रो सबै जातजातिको धर्मलाई गर्नुपर्छ सम्मान राम्रो ! सुनगाभा पोख्रेल [२१] दुखी नहुनू भाइ अर्को वर्ष बाँधौँला राखी साथमा रमाई ! काजल न्यौपाने भोजपुर। [२२] रक्षाबन्धनकाे सबैलाई शुभकामना कुसंस्कारकाे अन्त्य गर्ने सबैमा जागाेस् भावना ! राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । [२३] रक्षाबन्धन बाँधेर हातमा जोगाउन देशको सान अघि बढौँ साथमा ! सुस्मिता अधिकारी ,काठमाडौँ [२४] सम्बन्ध बनोस् खास सधैँ दाजु बहिनीको शत्रु होस् नाश ! बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा [२५] ईश्वरको कृपा परिरहोस् रक्षाबन्धनको धागोले सधैँ हाम्रो रक्षा गरिरहोस् ! शोभा आचार्य गौतम काठमाडौँ [२६] शुभकामना बाँडेर हेर सधैँलाई खुसी साटौँला सम्झना रहोस् धेर ! पुष्पा राई, खाेटाङ [२७] ताेडेर लाखाैँ उल्झन मिलौँ दाजुभाइ दिदीबहिनी बाधाैँ पवित्र रक्षाबन्धन ! हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगा बजार । [२८] अमूल्य सम्बन्धको प्रतीक रक्षाबन्धन पर्व हो सक्षम र निर्भीक ! ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 [२९] बढाेस् सबैमा सुभावना जनैपूर्णिमा रक्षाबन्धन पर्वकाे मंगलमय हार्दिक शुभकामना ! त्रिलाेचन भण्डारी मेचीनगर, झापा [३०] दाजुभाइ दिदीबहिनीको चाहना रक्षाबन्धनझैँ मायापिर्ती बाँधियोस् सबैमा जनैपूर्णिमाको शुभकामना ! अर्जुन प्रसाद चौलागाई रामेछाप, सुनापति-१ । हालः क्यानडा, क्यालगरी [३१] हातहातमा रक्षाबन्धन होस् धनी या गरिब आपसमा सम्बन्ध बढोस् ! धनमाया चौधरी कैलाली [३२] यही राख्दछु चाहना सबैजना खुसी रहुन् रक्षाबन्धनको छ शुभकामना ! सतिश पण्डित [३३] सुखी सबैको चाहना दाजुभाइ अनि दिदिबहिनीमा रक्षाबन्धनको हार्दिक शुभकामना ! दुर्गा भट्टराई मोरङ
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय आठ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१०८ —————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०४/२८ बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य पञ्चाङ्ग:०१ रित्तिएकाे आँखामा किन अश्रु भर्नु छ र। छाेडेर जानेकाे के पाे भराेसा गर्नु छ र। कति एकाेहाेराे मात्र रहेछ आफ्नाे माया, कागजकाे फूलमा वास्ना किन छर्नु छ र। बेकार ज्यान सुकाएर किन मर्नु छ र। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ मनले जिताउँछ हराउँछ मनले । हुने नहुने सबै काम गराउँछ मनले । छिनभरमै आकाश पाताल छिचोल्दै , मान्छेलाई सजिलै चराउँछ मनले । उक्साउँछ बेजोड झराउँछ मनले ।
पञ्चाङ्ग:०४ कुरा टारेर गयौ माया मारेर गयौ यादले तड्पिँदैछु आँसु झारेर गयौ एक्लो पारेर गयौ ॥
गुणनिधि घिमिरे
पञ्चाङ्ग:०५ नियतिले पनि भाग्यको खेलमा फस्नु पर्छ निस्किन्छु अब भन्दाभन्दै झन् भित्र पस्नु पर्छ सोचेको जस्तो जीवन कहाँ हुन्छ र हजुर चाहानालाई छोडेर अन्तैतिर बस्नु पर्छ छियाछिया मुटुलाई झन् पिडाले डस्नु पर्छ। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०६ कालो बादलले ढाकेर पानी परेको थियो पानीमा नदेखिने गरी आँसु झरेको थियो सबै एकजुट आफूतिर खनिएको पीडा सम्झिन्छु त्यो खिन्नता, सकेसम्म गरेको थियो सोच्दा सोच्दा दिल दुखेर आशा मरेको थियो।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
पञ्चाङ्ग:०७
कर्मले नै मानिस ठूलो हुन्छ जातले हुन्न पश्चिमी शत्रुको बलले फेर्न आँतले हुन्न संस्कृति हाम्रो वेदले भन्छ मानिसले गर्नु विकार हटाउन सबै लाग मातले हुन्न जातीय वर्गीय पार्ने भनेको भातले हुन्न।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग:०८ अघिअघि बढाउ भन्छ हात साहित्यमा मनभित्रका कुराहरू बात साहित्यमा मन भए मुलुक हो साबित भयो आज दिनमा गर्दै मेलापात रात साहित्यमा अठोट गरौँ गर्नु हुन्न घात साहित्यमा।
मन्दिरा सेढाई मलेखु,धादिङ
पञ्चाङ्ग:०९ मिलिजुली अघि बढ्नु पर्छ। सबैले शिखर चढ्नु पर्छ। मरी लानु के छ र यहाँ, भनेका कुराले गढ्नु पर्छ। आगोले सबै नै डढ्नु पर्छ। ह्यारिस
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १६६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १६६ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] असुरक्षा यात्रामा त्रास कसैको रहेन विश्वास !
वसन्त अनुभव [२] मानिस सदाझैँ मरणशील आत्मा प्रभुसँग झिलमिल !
कार्की डिबी माकुम सुनवल-४, नवलपरासी [३] त्रास बढ्दैछ यात्रामा नहाेस् अन्तिम सास !
ताराप्रसाद चापागाईँ धुनिबेसी [४] त्रास पुरानो जहाज भयो अन्तिम सास !
तेजप्रसाद खनाल, दाङ [१२] जहाज यात्रा बेहाल बनेर आयो काल !
पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’ पनौती न.पा.-३,काभ्रे [१३] विज्ञान विकाशको ढोंग त्रासदिको अर्को नाम !
गोपेन्द्र रिजाल, पाँचथर [१४] नेता कुर्सीको खेलमा जनता नदिको भेलमा !
राजाराम रत्गैंया, अमौरा, कैलाली [१५] त्रास नेपाली आकाश पुरानाको भएन बिश्वास !
रघु थापा सु न पा. १ [१६] सास छिनैमा सकिएर जलेर बन्छ लास !
राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर [१७] यात्रा भएन विश्वास हुर्मत लिन्छ स्वाश ! कमला देवकोटा, पाल्पा [१९] दुर्घटना कहिले अनायास कुनै फेरि जानाजान !
प्रेम थापा ‘मन’, बागलुङ [२०] मृत्यु कसरी धाउँछ बस जहाजमा आउँछ !
नागेन्द्रप्रसाद यादव [२१] जीवन सङघर्ष भयाे दुर्घटनामा ज्यान गयाे !
रवि पाैडेल दक्षिण भारत, पाण्डेचरी [२२] घटना केही लापरबाही केही डरलाग्दो प्रकृति !
आर्त अकुलीन [२३] दुर्गति जनताको खती सरकारको खुस्केकाे धाेती !
रामप्रसाद पुरी, बादेल, खाेटाङ [२४] प्राणी टुट्यो आसा भयो जीवन खरानी !
सरस्वती वली बर्दिया, नेपाल [२५] यात्रा कठिन जात्रा देहलाई भयो खत्रा !
तोया नाथ चापागाईं दमक, झापा [२६] खै कसरी बुझ्नुु त्रास नै जतै!
राेशन पराजुली [२७] असुरक्षा यात्रामा खास त्रिशूलीमा रहेन लास !
श्रीकृष्ण धामी, बझाङ [२८] खबर दुर्घटना भयो । धेरैको ज्यान गयो !
पृथक प्रकृति [२९] भाग्य दैवको खेल संयोगले खायो मेल !