• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

सरल संरचनाका लघुकथा ‘नमस्ते’ भित्रका लघुकथा (परिचयात्मक समीक्षा)

  • २८ भाद्र २०८१, शुक्रबार २३:२२ मा प्रकाशित
  • ✍️ डा.शंकरप्रसाद गैरे
    `नमस्ते´ लघुकथासङ्ग्रह भूमिका गैरे तिमिल्सिनाद्वारा लेखिएको हाे । पेशाले शिक्षक गैरेले स्नातकोत्तर तहसम्मको अध्ययन गरेकी छन् ।
    गैरे शिक्षणका साथै समाजसेवा र साहित्य साधनामा सक्रिय छन् । २०८० सालबाट लघुकथा लेखनमा लागेकी गैरेले छ महिनाको छाेटाे अवधिमा पाँच दर्जन लघुकथा लेखेर आफ्नो प्रतिभाकाे परिचय दिएकी छन् । लघुकथा लेखनकाे अध्ययन तथा अभ्यासमा सक्रियतापूर्वक लागेकी गैरेकाे लेखन निरन्तर परिष्कृत हुँदै गएको प्रतीत हुन्छ ।

    भूमिका गैरेकाे `नमस्ते´ लघुकथासङ्ग्रहमा सैँतिसवटा लघुकथाहरू समाविष्ट छन् । सानासाना लघुकथाहरूमा विषयगत विविधता देखिन्छ । यिनका लघुकथाले घर परिवार, छरछिमेक, समाज, संगीसाथी, शिक्षा, विद्यार्थी, शिक्षक, अभिभावक, दाजुभाइ बीचको सम्बन्ध, लगायतका विषयकाे उठान गरेकाे देखिन्छ । बालमनाेविज्ञान, कुरीति, कुसंस्कार, साैतेलाे सन्तानको समस्या, भूकम्प, काेराेनाजस्ता दैवीप्रकोप, सामाजिक सेवामा प्राप्त हुने सम्मान प्रतिष्ठा यिनका लघुकथामा उठाइएका विषय हुन् । स्वार्थी श्रीमानले  श्रीमतीमाथि गर्ने छल र वैदेशिक राेजगारीमा गएका व्यक्तिका श्रीमतीको तडकभडकजस्ता विषयलाई अत्यन्त जीवन्त रूपमा प्रस्तुत गरिएको छ । मित्रका मित्रप्रतिका इमानदारी र दायित्व तथा मित्रतामाथि गर्ने धाेका आफन्तले गर्ने अपमानकाे पीडा, छाेराछाेरीमाथि हुने भेदभाव, क्षमताबिनाकाे जिम्मेवारीले गर्दा हुने समस्या, भावुकतामा गरिएको निर्णयले गर्दा हुने पछुतो गैरेका लघुकथाका विषय हुन् ।

    पदीय रवाफ, भनसुन गर्ने प्रवृत्ति र याेग्यताकाे अवमूल्यन, यथार्थ लेख्ने पत्रकारमाथि हुने दुर्ववहार, नेताहरूका चुनावी भाषण, कर्म र भाग्यमाथिकाे दृष्टिकोण, शिक्षकको दायित्व, मेडिकल क्षेत्रमा देखिएको लापरबाही, दाइजो प्रथाकाे बिराेध भूमिका गैरेका लघुकथाकाे महत्त्वपूर्ण कथ्य हाे । व्यङ्ग्य पक्ष कम र सरल रैखिक कथ्यपद्धतिलाई अवलम्बन गरिएका `नमस्ते´ लघुकथासङ्ग्रहभित्रका लघुकथाका आधारमा गैरे सम्भावना बाेकेकी लघुकथाकार हुन् जाे निरन्तर साधनारत छन् भन्ने देखिन्छ । उनीबाट भाेलिका दिनमा अझ शक्तिशाली लघुकथाकाे अपेक्षा गर्न सकिन्छ ।

    कृति : नमस्ते
    विधा : लघुकथा
    लेखक : भूमिका गैरे तिमिल्सिना
    प्रकाश : नमस्ते आधुनिक लघुकथा मञ्च
    प्रकाशन वर्ष : २०८१ वैशाख
    मूल्य : २७५/-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षाLeave a Comment on सरल संरचनाका लघुकथा ‘नमस्ते’ भित्रका लघुकथा (परिचयात्मक समीक्षा)

    राप्ती साहित्य परिषद् दाङ शाखाको ७८औं श्रृङ्खला (एकल रचना वाचन) सम्पन्न

  • २८ भाद्र २०८१, शुक्रबार २१:३९ मा प्रकाशित
  • भाद्र २८ ,दाङ
    राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित रचना वाचन कार्यक्रम अन्तर्गत ७८औ श्रृङ्खलामा साहित्यकार शरद गौतमको एकल कविता वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
     राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतमा र वरिष्ठ साहित्यकार गणेश विषमको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
    साहित्यकार शरद गौतमले विभिन्न विषयवस्तुका डेढ दर्जन कविता वाचन गर्नुभएको थियो । ती वाचित रचनाहरूको समीक्षा प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार तथा वरिष्ठ साहित्यकार पदमप्रसाद शर्माले गर्नुभएको थियो।

    समीक्षकको रूपमा बोल्दै साहित्यकार पदम प्रसाद शर्माले भन्नुभयो,” शरद गौतमका कवितामा उज्यालो पक्ष समेटिएका छन् । सबै कविताहरू न्यायको पक्षमा छन् ।अन्यायको विरुद्धमा छन्। समसामयिक विषयवस्तुमा समेटिएका छन् । राष्ट्रप्रेमका भावना उठाएका छन् । जेष्ठ नागरिकले भोग्नुपर्ने यथार्थ पीडा छन् । वातावरण प्रदूषणले ल्याएको समस्याहरू रहेका छन् । समानताको पक्षमा आवाज उठाएका छन् ।” साथै उहाँले साहित्यकार गौतमको निरन्तर रूपमा सिर्जनामा लागे यी कविताभन्दा पनि उत्कृष्ट कविता लेख्न सक्ने कुरा बताउनुभयो ।

    राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा.लोकराज पराजुली,राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार कमलमणि देवकोटा, गोरक्ष रत्ननाथ पुस्तकालयका अध्यक्ष शंकर योगी,नेपाल बाल साहित्य समाज लुम्बिनी प्रदेशका अध्यक्ष सूर्य विसी, पुरस्कार संस्थापकहरू हरिप्रसाद पाण्डे नरेश जंग राणा, नगेन्द्र गुरु, देवेन्द्र रिजाल लगायतको उपस्थिति रहेको थियो ।

    त्यसैगरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार नारायण नेपाल, यज्ञबहादुर डाँगी, चर्चित गीतकार प्रकाश केसी, नयाँ युगबोध राष्ट्रिय दैनिकका पत्रकार गोविन्द खड्का, रङ्गभूमि टेलिभिजनका सञ्चालक हुम रेग्मी, साहित्यकारहरूमा सुन्दर गौतम, हरिप्रसाद पौडेल “स्वर्णशिका ” सुवास न्यौपाने, गोपाल भुसाल अभिलाषी, धनसिंह गिरी, वीणा रोका, मदन गौतम, नीलु पोख्रेल , नारायण प्रसाद श्रेष्ठ, महेश कुमार न्यौपाने, केपी आचार्य, सुशीला आचार्य ,गोविन्द पोखरेल, नुमाकान्त न्यौपाने, राधा शर्मा, कृष्ण बस्नेत, नवराज देवकोटा ,दिल्लीराज जीएम, गिरिप्रसाद पन्थी, देवेन्द्र रिजाल, दामोदर पौडेल, प्रेमप्रसाद गौतम, कृष्णप्रसाद रिजाल,नारद भण्डारी,उमङ्ग अधिकारी, रिमा गौतम, प्रकाश श्रीबन्द, लगायतको उपस्थित रहेको थियो। सो कार्यक्रममा संस्थाको तर्फबाट एकल रचना वाचक साहित्यकार शरद गौतमलाई प्रशंसापत्रले सम्मान गरिएको थियो।

    राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रको सञ्चालक सचिव घनश्याम केसीले गर्नुभएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on राप्ती साहित्य परिषद् दाङ शाखाको ७८औं श्रृङ्खला (एकल रचना वाचन) सम्पन्न

    पहिलो नजरमा कुमार काफ्ले र उनको ‘सपना कतिपय’- परिचयात्मक समीक्षा

  • २७ भाद्र २०८१, बिहीबार २०:५६ मा प्रकाशित
  • ✍️ लक्ष्मण अर्याल, समीक्षक
    कुमार काफ्ले लिखु गाउँपालिका ५, यसम, ओखलढुङ्गामा वि.सं. २०४१ चैत २३ मा जन्मिएका स्रष्टा हुन् । पिता रुद्रबहादुर र माता गोमादेवीका चार सन्तानमध्ये जेठा छोरा कुमारले मानविकी र शिक्षाशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । अर्थात् उनी २ वटा सङ्कायमा स्नातकोत्तर उपाधिप्राप्त व्यक्ति हुन् । उनको खास पेशा शिक्षण हो । उनी आफूले अपनाएको पेशालाई ‘साँच्चिकै रमाइलो र गर्व गर्न लायक’ ठान्छन् । यसैले उनमा पेशाप्रतिको इमान्दारिता पनि पर्याप्त छ । उनी श्री अमर कल्याण नमुना मा.वि.मा पढाउँछन् । यो विद्यालय इलामस्थित नयाँवजारमा अवस्थित छ । उनको आबद्धता ओखलढुङ्गाकै सिद्धिचरण पुस्तकालयसँग पनि रहेको छ ।

    कुमार काफ्लेसँग सम्पादक र साहित्यिक व्यक्तित्व छ । उनले ‘शिशिर वसन्त साहित्यिक मासिक’, ‘हातेमालो साहित्य सङ्गम’ लगायतका पत्रिकाहरूको सम्पादन गरेका छन् । साहित्यिक व्यक्तित्वभित्र उनका कवि तथा आख्यानकार व्यक्तित्व पनि छ । त्यसो त उनको साहित्य लेखनको सुरुवात नै कविताबाट भएको हो । उनले लेखेको पहिलो कविताको शीर्षक ‘कलम’ हो । जुन सर्वप्रथम मध्यान्ह राष्ट्रिय दैनिकमा प्रकाशित भएको थियो । आख्यानमा काफ्लेले ३ वटै प्रविधामा कलम चलाएका छन् । उनको पहिलो प्रकाशित कृति नै उपन्यास हो जुन २०७२ सालमा ‘हजार सपना’ शीर्षकमा प्रकाशित छ । २०७३ मा प्रकाशित मोलुङ लघुकथा सङ्ग्रहमा पनि उनका केही लघुकथा प्रकाशित भएका भेटिन्छन् । २०८१ वैशाखमा काफ्लेले ‘सपना कतिपय’ शीर्षकको लघुकथासङ्ग्रह प्रकाशनमा ल्याएका छन् । आख्यानको दोस्रो तथा मझौलो प्रविधा कथामा भने उनका आजसम्म सङ्ग्रह प्रकाशित भएका छैनन् तर पनि उनका कथाहरू पत्रिकाहरूमा फुटकर रूपमा बाक्लै प्रकाशित भइरहेका छन् । आशा गरौँ – उनी छिट्टै नै कथासङ्ग्रह पनि लिई आउनेछन् ।

    कुमार काफ्लेलाई सरसर्ती पढेपछि लाग्यो – कुमार सम्भावना भएका लघुकथा लेखक हुन् । हुनत उनका एकदुई कथा पनि पढेको छु मैले । कथालेखनमा पनि उनी माझिएका छन् । कथाको प्रस्तुतिमा पाठकलाई ध्यानाकृष्ट गरिरहने कला छ उनीसँग ।

    कुमारका लघुकथामा समसामयिकता छ । उनका रचनाभित्र वर्तमान समाजको प्रतिबिम्ब छ । विकृति र विसङ्तिलाई सुकृति र सुसङ्गतिमा हिँडाउन प्रयास गरेका छन् उनले । यसो त उनले आफ्ना कुरामा भनेका पनि छन् – “लघुकथा लेखनको मेलोमा मैले भेट्टाएका, देखेका र भोगेका अनुभूतिहरूलाई, समाजमा वर्षौँदेखि रहेका पीडा र उत्पीडनलाई सहेर संघर्ष गरिरहेका जुधारु मान्छे र मानवताका कथाव्यथालाई, समस्त प्राणी र वातावरण संरक्षणका सवाललाई उधिन्ने कोशिस गरेको छु ।” सपना कतिपय भित्र उनले भनेझैँ नै छन् विषय र प्रस्तुतीकरण पनि ।

    ‘सपना कतिपय’ सङ्ग्रहका लघुकथाहरूमा वर्णनमा मनग्गे सरलता छ । छोटा वाक्यहरूको प्रयोग गरिएका छन् । लघुकथाहरू रैखिक ढाँचाका नै छन् । आदर्शभन्दा यथार्थता नै बलिया छन् लघुकथाहरूमा । सम्वादमा मनोहारिता छ । लघुकथाहरू व्यङ्ग्यात्मक छन् । सङ्ग्रहका केही लघुकथाहरूलाई छाड्ने हो भने लघुकथाकारले अन्त्यव्यवस्थापनको प्रभावकारितामा ध्यान दिएका छन् भन्न सकिने ठाउँ छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षा, वसन्त अनुभव1 Comment on पहिलो नजरमा कुमार काफ्ले र उनको ‘सपना कतिपय’- परिचयात्मक समीक्षा

    पहिलो नजरमा घनश्याम डल्लाकोटीको ‘महाकम्प’-परिचयात्मक समीक्षा

  • २६ भाद्र २०८१, बुधबार १८:४२ मा प्रकाशित
  • कृष्णजी शर्मा उपनाम भएका घनश्याम डल्लाकोटी राप्ती नगरपालिका वडा नं. ८ चितवनमा जन्मिएका स्रष्टा हुन् । पिता विष्णु र माता बेलीमायाका पाँच सन्तान मध्ये दोस्रो सन्तान र जेठो छोराका रूपमा जन्मिएका डल्लाकोटीले व्यवस्थापनमा स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका छन् । २०५० देखि ५६ सालसम्म उनले शिक्षण पेसा पनि अपनाए तर त्यहाँ उनी धेरै समय रमाएनन् । खासमा उनको २ वटा व्यक्तित्व छ– पहिलो व्यवसायी व्यक्तित्व र दोस्रो साहित्यिक व्यक्तित्व ।

    साहित्यिक व्यक्तित्वका पनि दुई पाटा छन्– एउटा सर्जक व्यक्तित्वको पाटो र अर्को साहित्यिक अभियन्ता व्यक्तित्वको पाटो । सर्जक व्यक्तित्वमा उनी विशेषतः आख्यानकेन्द्री छन् । आख्यानभित्र पनि उनी लघुकथा प्रविधामा बढी एकाग्र छन् । हुन त उनले साहित्यमा नाट्य विधाबाट पहिलो पाइलो सारेका हुन् । २०५३ मा संयुक्त लेखनमा लेखिएको मृत्युशैया नामक नाटक नै उनको साहित्यिक जीवनकै पहिलो सिर्जना हो । लघुकथामा भने उनी २०७४ बाट संलग्न भएका हुन् । ‘समय खराब छ’ उनको पहिलो लिखित लघुकथा हो ।

    घनश्याम लघुकथा अभियानमा लाग्दालाग्दै आफ्नो सिर्जनकर्मको प्रकाशनमा पछि परिरहेका थिए । धेरै पछि आएर मात्र उनको पहिलो सङ्ग्रह प्रत्यक्षीकृत भएको छ । पहिलो साहित्यिक सँगालो बन्ने अवसर उनकै रुचिको प्रविधा लघुकथाले पाएको छ – ‘महाकम्प’का नाममा । हुन त मलाई के लाग्छ भने– पहिलो कृति प्रकाशनमा धेरैजसो मानिसहरू हतार गर्छन् । हतार र हतपतले कृतिको स्तरीयतामा आघात पुर्‍याउँछ । मैले यस्ता धेरै लेखकहरू भेटेको छु जो ‘हतार गरिएछ’ भन्ने निष्कर्षमा पुगेका छन् । यसैले घनश्यामको ‘स्वकृति प्रकाशन विलम्ब’ अर्थपूर्ण नै लागेको छ ।

    प्रस्तुत लघुकथा कृतिका केही लघुकथाको पठनमा मैले घनश्याममा लघुकथा सचेतना भेट्टाएँ । यो उनले लघुकथाको अभियानमा लाग्दा पाएको अनुभवको परिणति हो भन्ने लाग्छ । लघुकथाहरूमा घनश्याम विकृति, विसङ्गति र गलतहरूप्रति प्रहारक बनेका छन् । अभिव्यक्तिको सरलता उनको खास वैशिष्ट्य हो ।

    हुन त लघुकथा लेख्दा मस्तिष्क र हृदय पक्ष दुवै सञ्चालित हुनसक्छ । मस्तिष्क पक्ष चलायमान भई लेखेका बेला लघुकथाकार निकै बौद्धिक बन्छ । बौद्धिकता प्रबल भएका बेला जटिल संरचनाका लघुकथा लेखिन्छन् । बौद्धिक लघुकथाले फरक खाले पाठकको अपेक्षा गर्छ । हृदय पक्षको प्रबलताले लघुकथा आम पाठकहरूमा सजिलै लोकप्रिय बन्छ ।

    म ढुक्क छु– घनश्यामका लघुकथा सर्वप्रिय बन्नेछन् । मैले प्रथम चरणमा जे जति लघुकथा पढेँ त्यसमा राखिएका शीर्षकहरूमध्ये अधिकांश शीर्षक अभिधात्मक भन्दा प्रतीकात्मक नै पाएँ । यो उनको कृतिभित्रका एक तिहाइ लघुकथा पढेपछिको मेरो निष्कर्ष हो । लघुकथाहरूले यथार्थ पाटोलाई नै बढी समाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लगुकथा5 Comments on पहिलो नजरमा घनश्याम डल्लाकोटीको ‘महाकम्प’-परिचयात्मक समीक्षा

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३४ सम्पन्न

  • २५ भाद्र २०८१, मंगलवार ०८:०६ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ३४ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३४ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    संस्कृतिको सुन्दर बीज
    हिन्दु समुदायमा चारैतिर
    फैलियो बनेर तिज ।
    २,
    दर तिजको नाममा
    खाए, बोलाएर खुवाए
    सम्बन्ध दाँजिए दाममा ।
    ३,
    सॅंगिनी नाच हराए
    छैनन् विरह गीत
    युवापुस्ताले बेताल समाए ।

    • म्यामराज राई
      …
      १,
      मेला पर्व रिवाज
      समाज जोड्ने गरे
      सबैको सिरको ताज।
      २,
      झल्कियो तीजमा कताकति
      मौलिकता नेपाली समाजको
      आयातितमा मेरो विमति ।
      ३,
      देखियो रमझम तीज
      जागेर्ना गरौँ मिलिजुली
      मौलिक संस्कृति बीज।
    • सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ
      …
      १,
      तीज पनि गयो
      रमझम गराएर फेरि
      यसपालिलाई बिदाइ भयो ।
      २,
      कतिलाई दियो चोट
      नहुनेलाई दुखाएर गयो
      जीवनमा राखेर खोट ।
    • पुष्पा राई, खोटाङ
      …
      १,
      राम्रो हुँदैछ तीज
      फरक ठाउँको अनुभूति
      विभिन्न खाइयो चिजबिज।
      २,
      तीजले ल्याओस् समानता
      संस्कारलाई बचाई राखोस्
      बस्दा पनि जतातता।
      ३,
      संस्कार असल बनोस्
      युगानुकूल सुहाउने भई
      देख्नेले आहा भनोस् ।
    • अर्जुन प्रसाद चौलागाई, सुनापति-१, रामेछाप (हालः-क्यानडा, क्यालगरी)
      …
      १,
      आँखामा आँखा जुधायौ
      गल्ती थिएन मेरो
      सर्वोच्च अदालतमा कुदायौ।
      २,
      कठोर बन्यो न्याय
      बोलचाल नहुँदा मलाई
      दियौ काराबासको सजाय ।
      ३,
      आफ्नो परिवार सिँगार
      मलाई झ्यालखानमा हाल्यौ
      बनिसक्यो घरबार नबिगार ।
    • चुडामणी देबकोटा, पुरानोनैकाप, काठमाडौँ
      …
      १,
      आहा ! सारी लगाएर
      यो तीजमा नाचिन्छ
      शिरमा सिन्दूर सजाएर।
      २,
      दरलाई दारु बनाए
      छाडा गीतमा नाचेर
      नराम्रो सन्देश जनाए।
      ३,
      पुराना गीत हराए
      नयाँ पुस्ताका युवाले
      बौलाहा गीतमा कराए।
    • कला ढकाल, झापा
      …
      १,
      तिजले खुल्यो बजार
      जताततै महिलाको भीड
      श्रीमान्का दु:ख हजार।
      २,
      महँगा चुरा साडी
      देखासिखी आपसमा
      चढ्छन् त्यस्तै गाडी।
      ३,
      खान्छन् तिजमा मासु
      विकृति ल्याए तिजमा
      बग्छन् बाख्राका आँसु।
    • नवराज भट्ट, कञ्चनपुर
      …
      १,
      खुसी हुन जानियो
      सामान्य तरिकाले पनि
      तीज पर्व मानियो |
    • सरिता सेढाई, धादिङ
      …
      १,
      उसको विवेक हरायो
      बिनामतलब जसले हजुर
      सामाजिक सञ्जालमा करायो।
      २,
      के पिउँछौ मात्तिनलाई ?
      उसको एक मुस्कान
      काफी छ बेहोसिनलाई।
      ३,
      हामी बोल्दै बोलेनौ
      सायद त्यसैले होला
      एकार्कालाई बुझ्दै बुझेनौ।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जिलिङ
      …
      १,
      सङ्गिनी नाच हराए
      बियर रक्सी खाएर
      छाडा गीतमा कराए।
      २,
      मुटुमा लाग्यो चोट
      खर्चिलो तीज मनाउँदा
      सकियो धेरै नोट।
      ३,
      यसपालिको तीज गयो
      चेलीलाई घर पठाउँदा
      मन निराश भयो ।
    • राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी – ५, संगम कोलोनी राधे राधे भक्तपुर
      …
      १,
      तीज महिलाको पर्व
      जोगाउॅंदै संस्कार संस्कृति
      गरौँ सबैले गर्व ।
      २,
      खुसी भएर रमाऔॅं
      विकृति विसङ्गति हटाउॅंदै
      सबै पर्व मनाऔॅं ।
      ३,
      सम्झेर आँसु झर्ने
      संस्कृती या विकृति
      फेसन सो गर्ने ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      सम्झना दिदीको आयो
      भेटघाट पनि भएन
      यादले साह्रै सतायो ।
      २,
      जनताका समस्या लेख्दैनौ
      भएछौ अति स्वार्थी
      गुन गरेको देख्दैनौ ।
    • प्रेम थापा”मन”, बागलुङ
      …
      १,
      लाग्दैन पर्वको रहर
      मनाउनुपर्ने भयो आजकल
      गरेर धेरै कहर ।
      २,
      गहनामा मात्र ध्यान
      गरिबलाई खानु छैन
      कहिले आउँछ ज्ञान ?
      ३,
      सधैँ आफ्नो गान
      गरिबको पेट भर्न
      गर बरु दान ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      दुनियाले कुरा काट्दा
      चित्त दुख्छ मेरो
      अन्तै मुटु साट्दा ।
      २,
      भतभती मुटु पोल्दा
      आनन्द महसुस हुन्छ
      मनको गाँठो खोल्दा ।
      ३,
      उनकै याद आउँछ
      खाली पिरै पिरले
      यो मुटु जलाउॅंछ ।
    • हिरामाया श्रेष्ठ, गजुरी – १, धादिङ
      …
      १,
      सदाचार भयो तीज
      सम्झिने पानी छम्किने
      खाएर बीउ बीज ।
      २,
      दिदीबहिनी माइत गए
      नाच्न गाउन सबै
      गाउँभरिका भेला भए ।
      ३,
      मिलेर अनेक बनाए
      मिठा मिठा परिकार
      सम्मान सत्कार जनाए ।
    • अम्बिका अधिकारी, बिर्तामोड, झापा
      …
      १,
      दर खाने तीजमा
      खाएपछि गीत गाउने
      माइती अलमल्ल बिचमा।
      २,
      तीजमा चेलीबेटी रमाए
      संस्कृति पालनको नाममा
      विकृत संस्कार बसाए।
      ३,
      खर्चिलो तीजले परिवारमा
      ढाड मस्कियो पतिको
      रातो साडीहरू बजारमा।
    • दिल ठकुरी, दार्जिलिङ
      …
      १,
      भड्काउँदै यसपालिको तिज
      वाईनमा डुबेर गयो
      धार्मिक संस्कारहरू फ्रिज।
      २,
      हाँसेरै मनाए हरितालिका
      महिनौँसम्म चल्यो धुमधामले
      हृदयमा बालेर मालिका।
      ३,
      गीतसङ्गीत फेशनमा छाडा
      पर्वले तादात्म्यता दिएको
      अर्धनग्नका उत्ताउला भाँडा।
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      …
      १,
      काममा लाग्दैन डर
      परस्पर ढुङ्गालाई माटोको
      आखिरीमा लाग्छ भर !
    • आर्त अकुलीन
      …
      १,
      दिन भयो घमाइलो
      तिजको पर्व मनाउँदै
      नारीहरूले गरे रमाइलो।
      २,
      हाम्रो संस्कृति जोगाऔॅं
      आधुनिक अश्लिलता अङ्गालेर
      चेली विकृति नल्याऔॅं ।
    • बिके मुखिया, दार्जिलिङ, भारत
      …
      १,
      तीज आयो भनेर
      श्रीमती बिदा बस्नुभयो
      महिना दिन गनेर ।
      २,
      आयो उमङ्ग लिएर
      गयो रिन बोकाई
      पत्नी फर्किन् पिएर ।
      ३,
      वर्ष दिनको भारी
      साहेबनीको चटपटे बानीले
      एकै छाक पारी ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
      …
      १,
      तिज चाड आयो
      गरायो भेटघाट अनि
      आफन्तमा हर्ष मनायो ।
      २,
      महॅंगी उकालो लाग्दै
      उत्पादनमा सधैँ गिर्दो
      दैनिक बिचौलिया जाग्दै ।
      ३,
      आत्मीयता हरायो कता
      एकअर्कामा शङ्का छायो
      दमन पाइन्छ जता ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      मज्जाले सबै रमाए
      आजको दिनभरी यहाँ
      तीजको पर्व जमाए ।
      २,
      चेलीहरू माइत गए
      समयले दिएको कोशेली
      सबै खुसी भए ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      भुलेछन् तिजको मर्म
      अचेल सुनिन्छ देखिन्छ
      रमाइलो पर्वको धर्म ।
      २,
      महसुस दिलाउन सफल
      संस्कार संस्कृति स्मृतिमा
      कस्तो होला फसल ?
      ३,
      कायम रहोस् रितिरिवाज
      चाडको बहानामा विकृति
      कहिल्यै नहोस् समाज ।
    • पृथक प्रकृति, झापा
      …
      १,
      भयो तीज बिदाबारी
      रमाइलो माहोल च्यात्दै
      बोकाएर ऋणको भारी !
      २,
      हाम्रा सांस्कृतिक पर्व
      गाँजिए नराम्ररी विकृतिले
      भएनन् गर्नलायक गर्व !
      ३,
      रहेन कतै मौलिकपन
      नृत्य छाडा गीतमा
      देखाउँछ्न् नाङ्गो तन !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      कहिले मिलाउने केश
      सोच त एकछिन
      दलदलमा फस्यो देश ।
    • दीप गोले तामाङ, रौतहट
      …
      १,
      अधिक कर्जा लिएर
      तिज राम्रै मनाइयो
      होटलभित्र सबै जमेर।
      २,
      मेरो पनि धक्कु
      सुनले शरीर सजियो
      चुस्की लिॅंदै भक्कु ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा -१४, साँगाबजार
      …
      १,
      चेलीले माइतीघर छोडेर
      चेली घरतिर फर्कने
      रुँदै हात जोडेर ।
      २,
      सम्हाल्नु घरका जेथा
      विदेशिएका पति सम्झी
      दिलमै बल्झिन्छ बेथा ।
      ३,
      कौडी छैनन हातमा
      एक्लै जाने मेलापात
      कोही छैनन् साथमा ।
    • हिरालाल न्यौपाने, बानपा -८, कोटमौला, सल्यान
      …
      १,
      तीज आयो गयो
      बोकी विकृति तर
      संस्कृति संरक्षण भयो।
    • ममता पौडेल, बुढीगङ्गा – २, मोरङ
      …
      १,
      ओम् गणेशाय लम्बोदर
      श्रद्धा भक्ति चढाउँदै
      साथ दिइरहून् जीवनभर ।
      २,
      आउँदैछ पर्व विश्वकर्मको
      श्रद्धाभाव चढाउँदै रमाऊ
      जगेरा हुन्छ धर्मको ।
      ३,
      चाडपर्वको मौसम आउँदैछ
      हुनेलाई खुसी होला
      नहुनेमा विशाल छाउँदैछ ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ
      …
      १,
      भन्छन् श्रीमान् श्रीमती
      रथका दुई पाङ्ग्रा
      लिन्छ जीवनले गति।
      २,
      आजकल गर्दिर्नौ विश्वास
      न आफ्नै ठान्छ्यौ
      भएँ जिउदो लास।
      ३,
      निको चाल मान्दिनँ
      यही पारा रहिरहे
      जेसुकै होस् जान्दिनँ ।
    • सतीश पण्डित, भानु – ६, चुँदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ)
      …
      १,
      जसोतसो पुगियो माइतीघर
      माइतमा मायाममताले खुवायो
      चोखीनीति तुल्याइएको दर ।
      २,
      तीज सकियो घामपानीमा
      परस्परमा भेटघाट भइरहन्छ
      नमरेर बाँचे जिन्दगानीमा ।
    • कृष्णकुमार वैद्य, बनेपा -९, काभ्रे
      …
      १,
      आयौ मौलिकता छोपेर
      भन्यौ दरलाई भोज
      गयौ विकृति रोपेर ।
      २,
      मौलायो दलगतको किरो
      नागरिक कोही रहेनन्
      हुदैछ राष्ट्रियता जिरो !
    • ऋजु दिल्पाली (राजेन्द्र घिमिरे), इटहरी- १, सुनसरी
      …
      १,
      तीज गयो जानेर
      तन मन खोली
      थैली खाली ठानेर ।
      २,
      अर्को साल आउँछु
      चेलीहरू पर्खी बसे
      तिजको महिमा गाउँछु।
      ३,
      गाउँ, सहर धाउन
      लहर आउँछ तीजको
      प्रत्येक साल मनाउन।
    • कृष्ण बजगाई, भक्तपुर
      …
      १,
      तीजको रमझम सकियो
      अर्को सालको आशा
      मनभित्र यही कहियो !
      २,
      आकाशमा जूनतारा हेर
      थोरै समय निकाली
      शान्त पाइन्छ धेर !
      ३,
      जिउन सिक्नु पर्छ
      ठुलो आँट गरी
      नत्र सपना मर्छ !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      तिज आयो गयो
      संस्कार संस्कृति बिथोल्दै
      ऋणको थुप्रो भयो ।
      २,
      नारी उत्साह राप
      विश्वमा नै खैलाबैला
      इतिहासमा राखेर छाप ।
      ३,
      रक्सीको दर खाएर
      देखाए नारी उत्साह
      रातो साडी लाएर ।
    • बेदु न्यौपाने
      …
      १,
      वर्ष र दिनमा
      आउने चाड यो
      तिज गयो छिनमा।
      २,
      दिदीबहिनी छमछम नाचियो
      यसपालिको तिजमा बरिलै
      सबैले कम्मर भाँचियो।
      ३,
      रमाउने फेरि आउने
      वर्षमा सबै मिलेर
      तीजको गीत गाउने।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      आस्थामा अडेको धर्म
      बचाउन सक्नु सधैँ
      बुझेर भित्री मर्म !
      २,
      तीज आउँछ जान्छ
      संस्कार विकृत बने
      सधैँ टाउको खान्छ !
      ३,
      सत्य जान जन
      हाड निल्नु अरे
      सधैँ घाँटी हेरिकन !
    • विवश पारदर्शी, झापा
      …
      १,
      लायो रौनक तिजको
      दिदीबहिनी चेलीबेटी माझ
      लुछातानी सम्बन्ध बिचको ।
      २,
      हात्ती सदा आयो
      भयो आखिर भनेजस्तै
      तिजमा विकृति छायो ।
      ३,
      के छोपेर बसूँ
      विकृतिको अघि म
      तिजमा कसलाई भनूँ ।
    • ईश्वर साउद(भिक्षु ), रामारोशन गाउँपालिका – ६, सुदुरपश्चिम, अछाम
      …
      १,
      शिक्षण संस्था बढेसॅंगै
      असत्य चिनिनु थियो
      शिव छोडेर पढेसॅंगै।
    • लोकबहादुर क्षेत्री लामिछाने
      …
      १,
      अन्तिमाङ्क सङ्ख्यामा लेखिन्छ
      शब्दालङ्कार राम्रो मिलेमा
      झिल्का राम्रो देखिन्छ ।
      २,
      राग मासिक रोग
      आफ्नो कर्म अनुरूप
      सबैले भोग्ने भोग ।
      ३,
      भएमा विवेक बुद्धिनष्ट
      हरेक मनुष्यको हजुर
      जीवनमा आइपुग्छ कष्ट ।
    • प्रद्युम्न चालिसे, कटुञ्जे, भक्तपुर
      …
      १,
      मेरो स्वाधिनताको स्वदेश
      फिरङ्गीले उचाल्दै पछार्दा
      बन्नेभो तिनकै उपनिवेश !
    • सुरेश कार्की
      …
      १,
      मौसम पनि खुलेको
      कति राम्रो आहा !
      धानको बाला झुलेको ।
      २,
      देखेर फूल फुलेको
      पक्कै रस चुस्न
      होला मौरी डुलेको ।
      ३,
      मेहनती आहा कति
      त्यो माहुरी हेर
      भए सुस्त गति ।
    • अमृत कोइराला, पोखरा
      …
      १,
      परम्परा अनुसारको तीज
      मनाउन छोडे चेलीहरूले
      रोज्छन् महङ्गा चिजबिज।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत
      …
      १,
      आउँछ अनेक पर्व
      हरितालिका तीजले पनि
      बढायो मनमा गर्व।
      २,
      वर्ष दिनको तीज
      बिदा भई गयो
      खुवाई हरेक चीज।
    • कोपिला अधिकारी, सिरानचोक, गोरखा
      …
      १,
      नारीहरू तिजमा रमायो
      सदाका लागि यहाँ ,
      इज्जत पनि जगायो ।
      २,
      तिजमा रमाउने नारी
      दुई चार दिन ,
      लगायो रातो सारी ।
      ३,
      मनमा बोकेर हर्ष
      हरेक तिजमा रमाउॅंदाखेरि
      सकियो तिजको वर्ष ।
    • श्रीकृष्ण धामी, बझाङ
      …
      १,
      उच्च विचार बाँचुञ्जेल
      कर्ममा रहने प्रधानता
      ध्यानमा सफलता नपाउँञ्जेल ।
      २,
      फल प्रभुले प्रदान
      सफलता पाइने पक्कै
      लक्ष्य राखौँ प्रधान।
      ३,
      प्ररोपकारी जीवन रहुँञ्जेल
      प्रभु दया पाइने
      चिन्तन मनले गरुँञ्जेल ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      विभिन्न नामका बियर
      खान्छन् अनि रमाउँछन्
      भन्दै मेरो डियर ।
      २,
      बियर खाएर दर
      मनोमानी तीज मान्ने
      नमानी कसैको डर ।
      ३,
      महँगीले आकाश छोयो
      तीजको विकृति देखेर
      सम्झिॅंदा मन रोयो ।
    • ललिता गिरी, सिन्धुली
      …
      १,
      खुसी मनमा जगाई
      मान्छु हाँसेरै तिज
      दुःख सबै भुलाई ।
      २,
      तीजमा दर खान
      जान्छु खाली हातै
      कोसेली छैन लान ।
      ३,
      यही मेरो चाहना
      सुखका लाली छाओस्
      तिजको सबैलाई शुभकामना !
    • सीमा कार्की समर्पण, मेलचोक, पर्सा
      …
      १,
      तिज सकियो हेर
      घर लागे दिदिबहिनी
      खर्च भयो धेर ।
      २,
      गर्छन् सधैँ तानातान
      राजनीतिमा कुर्सी नेताले
      विचार नमिले हानाहान ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई – ४, झापा
      …
      १,
      कठिन छ जीउन
      सियो र धागो
      चाहिन्छ लुगा सिउन।
      २,
      रुखमा पाकेको फल
      माथि हेरेर बसेँ
      झर्ने आसमा तल ।
      ३,
      बारुली कम्मर भाँचेर
      आपसमा हात मिलाई
      गरे रमाइलो नाचेर ।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न. पा. – ६, सङ्खुवासभा
      …
      १,
      सडक आकाश खतीमा
      सङ्कट खप्दै जनता
      विकास सुस्त गतिमा ।
    • समुन्द्रा शर्मा, सुनसरी
      …
      १,
      आफूले आफैँलाई चिन्नू
      सफल हुन जीवनमा
      निष्ठाको मार्गमा हिन्नू ।
      २,
      मनमा सुविचार राखे
      माटो गोबर चलाउँदा
      भइँदैन हजुर पाखे ।‌
      ३,
      तान्यो झिलिमिली सहरले
      बाध्यता होलान् कसैका
      कोही उडे रहरले ।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
      …
      १,
      तीज गयो आज
      दसैं तिहार आउँदै
      हामी सबै माझ।
    • सङ्गीता खरेल, काठमाडौँ
      …
      १,
      सकियो तिज पर्व
      मनायौँ खुसीले नाचेर
      संस्कृतिमा गर्दै गर्व।
      २,
      धर्म जोगाउने भन्छन्
      छिर्छन् कमाउने ठाउँ
      भित्र नगद गन्छन्।
      ३,
      मन पराउन छोडे
      आफ्ना धर्म संस्कृति
      पाइला कता मोडे ?
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      बजार छ खुलमखुल्ला
      फुर्सदै फुर्सद नेपालीको
      फजुल खर्चले भुल्ला !
      २,
      लगानीको नपाएर ठाउँ
      विदेशी बजार मोटाएको,
      शून्य पुँजीको भाउ ।
      ३,
      भन्छन् मान्छेहरू सुख
      बसेरै खान पाए,
      गर्नै छोडेका दुख ।
    • मनोहरी पौडेल, गैडाकोट – १
      …
      १,
      पुरानो संस्कार संस्कृति
      मौलिकता कायम राख्दै
      फैलाऔँ सर्वत्र जागृति ।
      २,
      चाडपर्व बिग्रिए अति
      आउँदैन कोही बचाइराख्न
      बढ्दैछ विपत्ति जति ।
      ३,
      धार्मिक सहिष्णुता हाम्रो
      जातिय सद्भाव राख्दै
      बनाऔॅं समाज राम्रो ।
    • जयनारायण नेपाल, इलाम (हाल सूर्यविनायक – २,
      बालकोट ,भक्तपुर )
      …
      १,
      चाडबाडको सदुपयोग गरौँ
      खुसी हुँदै सधैँभरि
      मनमा उत्साह भरौँ ।
      २,
      चाड पालैपालो आउॅंछ
      गरिबलाई सधैँ पीडा
      धनीलाई खुसी छाउँछ।
      ३,
      जस्तो भएपनि रमाउन
      घरकै खुसीका लागि
      परदेसिए धन कमाउन।
    • लक्ष्मण देउवा, डोटी
      …
      १,
      झिकेर अन्तर्निहित गमर
      लड्नु पर्दछ एक्लाएक्लै
      जिन्दगीको कठिन समर l
      २,
      प्राय: दु:खकष्ट झेल्नेहरूलाई
      अभाव खड्किन्न सितिमिति
      पसिनासँग सिँगौरी खेल्नेहरूलाई l
      ३,
      दुष्ट रहेछ सरकार
      राखेन कहिल्यै पनि
      आम जनताको दरकार l
    • बाबुराम गौतम, गुल्मी

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता3 Comments on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३४ सम्पन्न

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १११

  • २३ भाद्र २०८१, आईतवार २२:०३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय एघार अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१११ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०५/१७
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुशी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    कुबाटाेमा पाइला राेकेर हिड्ने।
    आफ्नाे भनी गन्तव्य ताेकेर हिड्ने।
    बुबा नै हुन् यस जगतमा हाम्राे,
    शिर उठाइ छाती ठाेकेर हिड्ने।
    काँधमा जिम्मेवारी बाेकेर हिड्ने।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    देश लुट्ने लुटेराको सम्पति लुट्नुपर्छ अब।
    जनता सबै बाहिर निस्केर कुट्नुपर्छ अब।
    अब हुँन्न चुपचाप बस्न बिगुल फुक्दै आउ।
    गाउँ शहर देश भरिका नै जुट्नुपर्छ अब।
    खुकुरी भाला गोला बारुदले भुट्नुपर्छ अब।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०३
    भ्रष्टाचारी नेतालाई नढुकी नहुने भयो
    जहा भेट्यों त्यहीँ नकुटी नहुने भयो
    अतिधेरै अत्याचार गरि सीमा नाघेपछि
    मुखै मुखमा तिनको नथुकी नहुने भयो
    भ्रष्टाचार गरेको धन नलुटी नहुने भयो ।
    कला ढकाल झापा
    पञ्चाङ्ग:०४
    मेरा बाबा मेरालागि सारा हुनुहुन्छ
    आकाशको बीच ध्रुवतारा हुनुहुन्छ
    आज जति जे छु सबै बाबाले नै गर्दा
    मेरो जीवनको अभिभारा हुनूहुन्छ
    सत्यमार्ग देखाउने धारा हुनुहुन्छ।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०५
    पौडी खेल्न जान्नेहरू नदी तरेर आउँछ
    भ्रष्टाचारी जति जाे छ जेल परेर आउँछ
    जसमा नैतिकता छैन उसको के अर्थ
    अध्यारोमा हिँड्ने त बामे सरेर आउँछ
    महत्त्व नबुझ्नेले~~~ धन छरेर आउँछ

       राज कुमार राजभण्डारी खाेटाङे

    मध्यपुर ठिमी ५संगमकाेलाेनी राधे राधे भक्तपुर ।

    पञ्चाङ्ग:०६
    रात परेपछि म आउँदा बात लाग्छ भन्ने डर,
    बारम्बार तिम्रोमा धाउँदा बात लाग्छ भन्ने डर।
    यहाँ त नबुझ्नेलाई मात्र चिन्ता तिमी संग हुदा,
    अंकमालको प्रित लाउँदा बात लाग्छ भन्ने डर,
    आफ्नो सम्झि आत्मिय पाउँदा बात लाग्छ भन्ने डर।
    दुर्गा आचार्य
    मोरङ
    पञ्चाङ्ग:०७
    तिमीले भन्याै जे त्यही मान्नुपर्ने
    गर्याै आँ भने त्याे स्वयं जान्नुपर्ने
    भयाे बुझ्न गाह्राे भन्याै के पियारी
    भनी साेधिए लठ्ठिले हान्नुपर्ने
    यही प्रेम तिम्राे भनी ठान्नुपर्ने

    ताेयानाथ सुवेदी

    पञ्चाङ्ग:०८
    दिनहुँ झगडा गर्ने परिवार किन चाहियो।
    आफ्नै पेट मात्रै भर्ने परिवार किन चाहियो।
    अब नौटंकी नाटक नदेखाउनु महोदय,
    घमण्डको बीज छर्ने परिवार किन चाहियो।
    हाम्रो खुशी सबै हर्ने परिवार किन चाहियो।
    ह्यारिस

    पञ्चाङ्ग०९
    हलचल नगरी तलाउमा बस्दा पनि रानी देखिन्छ
    चंचल झर्ना बनी तलतिर खस्दा प्यारी सानी देखिन्छ
    हेर्दा तरल,रुप जस्तै उनको जिन्दगी कति सरल
    कहिले ठोसमा त कहिले ग्याँसमा उहि पानी देखिन्छ
    सम्पूर्ण जगतलाई जीवन दिने कति दानी देखिन्छ।
    पशपति राई

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव3 Comments on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १११

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ९३

  • २३ भाद्र २०८१, आईतवार २२:०० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- त्रियानब्बेऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०५/१३गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ९३[त्रियानब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    हरियो जङ्गल बीचमा झरना खसेको छ।
    हेर्दा केही तल टक्क अडिएर बसेको छ।
    प्राकृतिक छटाले सुन्दर हाम्रो देश लाग्छ,
    धेरैको लोभी आँखाले सुन्दरता डसेको छ।
    प्रायजसो मानिस सुन्दरतामा फसेको छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    जंगल बीचमा सुन्दर झर्ना झरेको छ।
    हाम्रो देश रमणीय दृश्यले भरेको छ।
    यहाँ प्राकृतिक छटाहरू हेर्न पाइन्छ।
    यिनै सुन्दरमा सबैले आँखा तरेको छ।
    रमाइला दृश्यमा धेरै डाहा गरेको छ।
    ✍️
    बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:०३
    कस्ताे सुन्दर दृश्य हाे प्रकृतिकाे हेरेर बस्दै छु म
    भित्री भाव तरङ्ग जे छ मनमा केरेर बस्दै छु म
    पानी छान्न सधैँ छ व्यस्त पहराे फाेहाेर फाल्ने भनी
    त्यै पानी पिउने बिचार हुन गै फेरेर बस्दै छु म
    राम्राे हाेस् जहिले भनेर झरना घेरेर बस्दै छु म

    ताेयानाथ सुवेदी
    काडाघारी

    पञ्चाङ्ग-०४
    हलचल नगरी तलाउमा बस्दा पनि रानी देखिन्छ
    चंचल झर्ना बनी तलतिर खस्दा प्यारी सानी देखिन्छ
    हेर्दा तरल रुप जस्तै उनको जिन्दगी कति सरल
    कहिले ठोसमा त कहिले ग्याँसमा उहि पानी देखिन्छ
    सम्पूर्ण जगतलाई जीवन दिने कति दानी देखिन्छ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०५
    नेपालको सान र मान सुन्दर झरना झर्नु राम्रो ,
    हरियो बन र पाखा बीचमा छङ छङ गर्नु राम्रो
    जोगाउन सके सुन्दर साझा फुलबारी स्वर्ग बन्छ,
    आफ्नै देशको सन्देश विश्व भरमा ज्ञान छर्नु राम्रो
    पौरख गरि खान आफ्नै पाखुरामा भर पर्नु राम्रो।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०६
    सुन्दर झरना हेर्नु छ।
    दुईचार शब्द केर्नु छ।
    हेर्दा देखिन्छ रमाइलो,
    यही बसी श्वास फेर्नु छ।
    भए जति खुसी बेर्नु छ।
    -ह्यारिस

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ९३

    साताका तीन लघुकथा- ६३

  • २३ भाद्र २०८१, आईतवार १२:५८ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (६३औँ) शृङ्खलालाई बा विशेष मानी बुबाको मुख हेर्ने विषय समेटिएका मध्ये लघुकथाकार धनसिंह विश्वको लघुकथा ‘बुबाको मुख’, लघुकथाकार मोहन पोखरेलको लघुकथा ‘आवरण’ र लघुकथाकार प्रार्थना खनाल जोशीको लघुकथा ‘अपुग महसुस’ उत्कृष्ट तीनमा छनोट गरी प्रकाशन गरिएको छ ।

    ——————-<•>——————

    [१]
    लघुकथा: बुबाको मुख

    ✍️ धनसिंह विश्व
    बेलुका अफिस छुट्टी भएपछि एकजना साथीको घरमा हुस्की रक्सी तान्दै तिन पत्तीको खेल खेल्न थाल्यौँ । आठदस हजार रुपैयाँ गोजीमा बोकेर बसेको के थिएँ, खेल नसकिँदै गोजी रित्तो भएपछि आधारातमा चुपचाप घर गएर सुतेँ।

    मेरी आठ वर्षकी छोरी रेश्मा र तेह्र वर्षको छोरो राकेश बिहान सातै बजे ओछ्यानमा आएर कम्मल तान्दै भने,
    -“बुबा ! उठ्नुहोस् । ‘हेप्पी फादर्स डे’ बुवा !”
    म झसङ्ग भएँ । राकेशकी आमा गीताले भान्साबाटै कराउँदै भनिन्-
    -“रेश्मा, बुबा राती अबेला सुत्नुभा’छ, त्यहाँ हल्ला नगर ।”
    म निदाएको नाटक गर्दै सुतिरहेँ, अनि मनमनै सोचेँ,
    -‘ओहो ! आज बुबाको मुख हेर्ने दिन । कुसेऔँसी । आफ्नो त बुबा बितेको पनि बीस वर्ष भैसक्यो । अब कस्को मुख हेर्ने र ?’ के के सोचेँ । मनले मानेन अनि उठेँ ।

    नानीहरू आएर फेरि मलाई प्रणाम गर्दै भने, -“हेप्पी फादर्स डे, बुवा !”
    दुवै आएर मेरो काखमा बसे अनि बिस्तारै छोरोले कानमा भन्यो,
    -“उफ् ! बुबा, मुख गनाउँदैछ ।”
    छोरीले पनि नाक समाउँदै भनी,
    -“छि: बुवा ! अझै रक्सी गनाउँदैछ । खोइ ! बिहानै रक्सीले बिग्रिएको मुख पनि के हेर्नु र !”
    गेजिंग प० सिक्किम।
    ——————-<•>——————

    २)
    लघुकथा: आवरण

    ✍️ मोहन पोख्रेल
    जीवनप्रसादजीका एक छोरा र एक छोरी थिए । श्रीमतीलाई उमेरमै रोगले लग्यो । दु:खजिलो गर्दै छोराछोरी हुर्काए । छोरी पढनमा तेज थिई, खर्च गरेर राम्रैसँग पढाए । छोरा पनि सामान्य पढेर कमाउनतिर लागी ।

    हुर्केकी छोरी गतिलै कुटुम्ब हेरेर बिहे गरिदिए । राम्रो कुटुम्ब र भाइबन्धुका अगाडि छोरासँग सल्लाह गरी ऋण धन गरी बिहेमा गतिलै खर्च गरे ।
    अनि मधुमेह र रक्तचापका पीडित जीवनजीका बाउछोरा मेहनत गर्दै रिन उतार्दै निर्वाह गर्नतर्फ लागे ।
    केही समयपश्चात् जीवनजी रोगले काम गर्न नसक्ने भएपछि घरव्यवहार र बाबुको उपचारको भार समेत छोरा योगेनको काँधमा पर्‍यो, तैपनि हरेस नखाई धान्न पछि हटेन । दिदी कहिलेकाहीँ चिहाएर जान्थिन ।
    कुसेऔँसी आयो । दिदी आफ्नै मोटरमा फलफूल, मिठाइ, केही लुगा लिएर आइन् र बाबुको अगाडि राखिन् । जीवनजीले भने,
    -“नानी यी मिठाइ, म के गरुँ ? सुगर, प्रेसरको रोगी खानुहुँदैन ।”
    -“अँ बुबा ! हजुर पनि, बल्ल आएको बाबुको मुख हेर्ने दिन, म बुबा खुसी भएको हेरेर खुसी हुन आएकी, आज त मेरो मन राख्दिनुस् । अनि बाबुसँग बसेर सामान सहित सेल्फी लिएर फेसबुकमा पोष्ट गरिन् । क्याप्सन थियो,
    -“बाबाको खुसी नै मेरो खुसी । बाबाको सुस्वास्थ्य र दिर्घायुको कामना !”

    सम्पन्न दिदी आएकीले उपचार र घरव्यवहारले चेपेको योगेशलाई आशा पलायो र भन्यो,
    -“दिदी ! यी बाबाले खान नमिल्ने मिठाइभन्दा बरु बाबाको औषधी सकिएको थियो, दुई हप्तापछि डाइलाइसिस गर्नुपर्ने थियो ।” आसलाग्दो नजरले दिदीको मुख हेर्‍यो ।
    दिदीले कुरो बुझिन र जङ्गिइन्,
    -“अँ, बाको कमाइ खाने, अंश खाने तँ, उपचार गर्ने म ? के त्यो तेरो दायित्व हो, मलाई के दिएका छौ र ?”
    तब बाले आँखा टिल्पिलाउँदै भने,
    -“हो छोरी ! केही दिन सकिनँ, म रोगीले । बरु यी कपडा पनि लैजाऊ, कति खर्च गर्छ्यौ बाँचे भने अर्को साल फोटो खिच्न काम लाग्छ । मिठाइ पनि मेरा नातिनातीनाले खान्छन्, लैजाऊ छोरी ! फोटो खिचिहाल्यौ, म यसै खुसी छु !”
    ——————-<•>—————–


    ३)
    लघुकथाः अपुग महसुस

    ✍️ प्रार्थना खनाल जोशी
    आज सबै जम्मा भए एकसाथ । सबैले आफूले ल्याएका उपहार अगाडि राखेर दर्शन गरे । एकआपसमा छलफल गरी उहाँको आवश्यकता पूरा हुने र मनपर्ने मिठाइ, फलफूल उपहार सबैले ल्याए । उहाँलाई मनपर्ने मनोरञ्जनका क्रियाकलाप गरी नातिनातिनालगायत छोराबुहारीहरू र छोरीज्वाइँ प्रस्तुत भए ।

    अरू दिन आफ्नै कर्ममा व्यस्त भए पनि आज सपरिवारमा एकैठाउँमा बसेर खाना खाए । सबै दिनभर साथ रहे । उहाँलाई खुसी देख्न कुनै कसर बाँकी राखेनन् ।
    -“बुवा ! हजुरलाई हामी सबै जम्मा भएर कुसेऔँसी मनाएकोमा केही त खड्केको छैन नि ?”
    कान्छो छोरोले सोध्यो । बुवाको तत्काल जवाफ दिए,
    -”जेठा छोराका परिवार पनि भएकाभए अझ सुनमा सुगन्ध हुन्थ्यो ।”
    सुकेधारा, काठमाडौँ
    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव, साताका तीन लघुकथाLeave a Comment on साताका तीन लघुकथा- ६३

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५१ सम्पन्न

  • २३ भाद्र २०८१, आईतवार ०८:२७ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५१ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
    ~<•>~
    प्रतिनिधि टुक्का- १५१
    ऋण धन गरी मनाइयो तिज पर्व
    समस्याहरू ज्युँका त्युँ छैन केही गर्व ।

    ✍️ वसन्त अनुभव
    ~<•>~

    टुक्कामाथि टुक्काको १५१ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-

    [१]
    भोलिदेखि  साहु  छल्दै  हजुर  हिँड्नुपर्ने  हुन्छ
    गरिब, दु:खी आर्तहरूको आवाज कसले सुन्छ ?
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    हुनथाल्यो नि चाडपर्वमा देखाउने होड
    गर्दैछन् नारीहरू तडकभडकमा जोड ।
    ✍️
    पुष्पा राई, खाेटाङ ।
    [३]
    तिजसँगै महङ्गी  पनि पछि लागेर पो आयो
    यो गरिबको मनमा  हेर कालो बादल छायो ।
    ✍️
    पवनकुमार बुढाथेाकी
    काठमाडौं
    [४]
    दुःख गरी कमाएका थिए परदेशको बास गरी
    एकछिनको रमाइलोले तातो घाम जीवनभरि ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [५]
    दीन दु:खीले मनाउन बाध्य छन् हरेक पर्व कनेर
    नाङ्गो आङ र भोकोपेट लिई माग्नु कोसँग के भनेर ?
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    [६]
    जे जति छन्, त्यसैमा पर्व मनाउनू है साथी
    ज्यादै तडकभडक गर्दा ऋण काँधमाथि ।
    ✍️
    मोती योन्जन सुब्बा, दार्जिलिङ।
    [७]
    तीज पर्व सधैँ आउँछ प्रत्येक आर्थिक वर्ष
    फजुल खर्च गर्दा हामीलाई धेरै लाग्छ हर्ष ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    [८]
    धनीकै रै’छ सबै चाडपर्व गरिबको लागि के नै भयो
    उपाय केही नभएपछि  तिजको रहर मेटिँदै गयो ।
    ✍️
    सुनगाभा पोखरेल
    [९]
    साथी ऋण काढेर नयाँ सारी, गहना किनियाे
    घरमा जेसुकै हाेस् बाहिर देखाउन हिँडियाे ।।
    ✍️
    रबि पाैडेल दक्षिण भारत पाण्डेचरी ।
    [१०]
    मान्नैपर्यो, पैसा छैन भनी मिल्दैन पन्छिन
    तिज, पञ्चमी यस्तै चाड आउँछ दिनदिन ।
    ✍️
    रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर ।
    [११]
    सकियो यसपालिको तिज पर्स खाली बनाएर
    अर्को साल आउनू नयाँ जोश जाँगर जनाएर ।
    ✍️
    कृष्ण बजगाई भक्तपुर
    [१२]
    चाडपर्व पनि उसैको, जसको छ भरिलो गोजी
    नहुनेलाई त आइपर्ने दुःख पीडा खोजी खोजी ।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान
    [१३]
    तिजको सबैले  जसोतसो खायो दर र भोज
    आमाबाउको टाउकोमा ऋण अरूलाई मोज ।
    ✍️
    बिबा तामाङ
    लाटपञ्चर सिटोङ
    [१४]
    तीज पर्वले सिकायो बढी खर्च गर्न नारीलाई
    साहुलाई तिर्न पैसा छैन कसरी  बस्नु रमाई ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।
    [१५]
    भड्किलाे र खर्चिलाे भाे तिज पर्व हेर
    पीडामाथि पीडा थप्याे ऋण लगाएर ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    [१६]
    यसपालि ऋण गरेर मनायौं, हरितालिका तीज मज्जाले
    मनोरञ्जन पनि गर्यौं तर हुस्की बियरको सहायताले।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [१७]
    सङ्गिनी मात्रै  थियो पिडा पोख्ने माध्यम पहिले पहिले
    भड्किलो तिज मनाउनेले बुझ्छन् र परम्परा अहिले !
    ✍️
    दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    [१८]
    ऋण काढी मनायौँ तीज
    नआओस् अब भो यो चीज ।
    ✍️
    दीप गोले तामाङ
    रौतहट
    [१९]
    जेनतेन  दु:ख  सुख तीज मनाइयाे
    आफैँले आफैँलाई नै  ऋणी बनाइयाे।
    ✍️
    भवानी पाेखरेल (बाबू विराज)
    बाणगंगा १ चार नम्बर कपिलवस्तु
    [२०]
    सादा जीवन उच्च विचार नै हरायो
    तडकभडक तिजले ऋणी गरायो ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [२१]
    सन्सारमा ऋण दुश्मन कसैलाई नलागोस्
    काम गरेर दुख हटाउने साहस जागोस् ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ।
    [२२]
    दुई दिनको जिन्दगीमा  रमाउँदै आजै माेज गर
    ऋण धनमै चल्दै गर्छ जीवन भाेलिकाे छैन भर ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [२३]
    दरकाे नाममा रातभरि मासु खान्छन्
    बिहान व्रत भन्दै फेरि मन्दिर जान्छन्।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    [२४]
    घाँटी हेरी हाड निल्नुपर्छ भन्ने भुलेर
    चेलीले अति गरे पार्टी प्यालेस डुलेर ।
    ✍️
    कला ढकाल झापा
    [२५]
    ऋण धन भए पनि लगातार चाड आयो खुब खर्चिलो भएर
    ऎया नभनी नभनी मान्नै पर्‍यो परिवारको त्यो चित्तमा गएर ।
        ✍️
    बेदु न्यौपाने
    [२६]
    खुसीका साथ आयो नि तिज पर्व
    तिज आउँदा नारीलाई  झन् गर्व ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    [२७]
    ऋण काढेर नै भए पनि खानैपर्यो दर
    नत्र त समाजमा अटाइदैन भन्ने डर ।
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    [२८]
    संस्कृति बचाउने नाममा नराम्रो विकृति भित्रियाे  तीज पर्वमा हेर
    दर खादा चाडकाे बदनाम गरी रक्सी वियर खाने नारी भयो धेर।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी  ५ संगमकाेलानी राधे राधे भक्तपुर ।
    [२९]
    तीजले नदिनु दियो ऋणको भारी
    कसरी लैजाने यो जीवन लतारी !
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    [३०]
    सही तरिकाले फस्टाएर जाओस् तिज
    नरोपौँ है कुसंस्कारको कहिल्यै बीज ।
    ✍️
    बि.कुलुङ रंगबुले
    दार्जिलिङ
    [३१]
    घमण्ड देखाएर के गर्नु आज
    समाजमा भोलि हुनेछ नि लाज ।
    ✍️
    सङ्गीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    [३२]
    शान्ति सेवामा गरेर कर्म
    आखिर सत्य हुनेछ धर्म !
    ✍️
    आर्त अकुलीन
    [३३]
    देखासिकी गर्दै मान्यौँ तीज फुर्ती देखाएर धेर
    ऋण सम्झी सम्झी पछुताई रुन पर्यो यतिखेर।
    ✍️
    विवश पारदर्शी
    झापा,
    [३४]
    मैले चाहेर के भो तिमीले चाहेनौ
    सधैँ हिँड्ने बाटो आज किन आएनौ ?
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [३५]
    मन दुख्ने किन तीज मनाएको
    मुटु खाने कुरो किन जनाएको ?
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    [३६]
    जसरी हुन्छ मनाइयो तिज पर्व
    संस्कृतिमा रमाउँदा लाग्दछ गर्व।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    [३७]
    मान्नुथियाे मानिहाल्याै अब के लिन्छाै पीर
    दायाँबायाँ पैसा खाेजी साहुको ऋण तिर ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [३८]
    समस्यामा पारेर आफैँलाई पर्व मान्नु हुँदैन
    आफैँलाई सताउने हो अरू कसैलाई छुँदैन ।
    ✍️
    घनश्याम पन्त, हरिवन सर्लाही
    [३९]
    दिनभर नाचियो हरे
    उस्तै र उही बह भरे ।
    ✍️
    नागेन्द्रप्रसाद यादव ।
    [४०]
    कति मज्जाले गरियो तीज पर्व
    खै त कसैमा छैन हजुर गर्व ‌।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    [४१]
    हर्ष उल्लास साथ तिज पर्व मानाइयो
    खुसी भए सबै सहज भन्ने जनाइयो  ।
    ✍️
    सबिता खड्का कैलाली
    [४२]
    हिजो नै अर्काको देखासिकीमा उडायौ सम्पत्ति
    आज घर बाउ बिरामी परे पैसा छैन रत्ति ।
    ✍️
    रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ।
    [४३]
    ऋण  गरी  चाडबाड  मनाउनु छैन
    लुछ्ने चुस्ने खानेकुरा दर पनि हैन।
    ✍️
    महेन्द्र मान बलामी
    [४४]
    वर्ष दिन दुख काट्ने तिजकाे एकदिन खुसी
    खरकाे  छाना फेर्न सकिएन चुल्होभित्र ढुसी ।
    ✍️
    हिरालाल न्याैपाने ,बानपा ८ काेटमाैला,सल्यान
    [४५]
    खान लाउन र नाच्न त मजै आयो
    तीजको खर्च हेर्दा त विरक्तै छायो ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [४६]
    बाटोभरि पैह्रो गयो माइत जान डराएँ
    चाडका मौलिकता आज भोलि कता हराएँ ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    [४७]
    घुमीफिरी आयो हाम्रो यो तीज पर्व
    मितब्ययिता अपनाउँ  हाम्रो गर्व ।
    ✍️
    कमला देवकोटा,  पाल्पा
    [४८]
    सकियो तिज शान्त भो बल्ल सहरबजार
    रक्सी र मासु खर्च भो टन्नै नौ दश हजार ।
    ✍️
    ध्रुव खोटाङ
    [४९]
    पोहोर झैँ ऋण काढेर मनाइयो तीज यो वर्ष
    आर्थिक बोझ झनै थपिदा खोसियो मनको हर्ष l
    ✍️ 
    बाबुराम गौतम, गुल्मी
    [५०]
    परिवारमा शोकका बीच मनाइयो तीज पर्व
    भिनाजुको स्वर्ग हुँदा मलाई केही भएन गर्व।
    ✍️
    भगवती दवाडी ,झापा
    [५१]
    मनाउनु पर्छ पर्व वर्ष दिनमा आउने
    किनेर ल्या’को रातो साडी फेरी फेरी लाउने ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    [५२]
    घाँटी हेरि हाड निल्नु भन्ने उखान थियाे
    भुल गरेर किन त ! हजुर ऋण लियो ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    [५३]
    ऋणको भारी बोकेर मजाले तुजुक देखायौ
    तीज पर्व मनाउॅदा जड्याहॅामा नाम लेखायौ ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [५४]
    विदेशबाट  बुढाले  पठाइदिए   मीठो  मसिनो खाएँ ।
    कसैको बाउको खा’को छैन मैले खाफ्नै लोग्नेको उडाएँ ।
    ✍️
    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार, बिर्तामोड झापा
    [५५]
    भुसको  रोटी बुहारीले वर्षैभरि खान्थे अरे
    मिठो दर दुःख पीडा पोख्न माइत जान्थे भरे ।
    ✍️
    ममता पौडेल
    बुढीगङ्गा – २ , मोरङ
    [५६]
    मनाइयो तिज रिन काढेर भए पनि
    अर्को साल बाँचिन्छ, मरिन्छ के थाहा अनि ?
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [५७]
    लगाए देखाउनकै लागि सबै चिज
    भड्किलो बन्दै गयो अचेल हाम्रो तिज ।
    ✍️
    प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    [५८]
    महिना दिन चल्यो तिजको दर खाएनन् खिर
    खै कति पो रित्तियो रुपियाँ पैसा मान्दैछन् पीर ।
    ✍️
    शुक्रराज कुँवर
    [५९]
    कति खानु दर नि पुरै महिनाभर
    वर्षभरि कमाएकाे छिनमै नछर ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार।
    [६०]
    पूरा हुने कामना मनभरि आशा लिएर
    बाँचिरहेछु तिम्रो प्रतिक्षामा आँसु पिएर ।
    ✍️
    ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    [६१]
    जता पनि छताछुल्लै मदिरा भन्छन् तिजी पर्व,
    यस्तो देख्दादेख्दै पनि कसरी  गरौँ हामी गर्व।
    ✍️
    सुरेशकुमार पाण्डे दाङ घोराही १८
    [६२]
    संस्कार संस्कृति हो तिज मनाउन पर्यो
    सेखासेखले तिजको अनुशासन झर्यो ।
    ✍️
    हन्नाह छेत्री
    [६३]
    सकियो रमझम तीजको
    तिर्नुछ दाम चिजबिजको।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ,भारत।
    [६४]
    दर खान पार्टी धाउँदा नारी भए कायल
    महङ्गीले तिजको बेला मर्द बने घायल।
    ✍️
    -रामशरण न्यौपाने, भक्तपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव3 Comments on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५१ सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७२ सम्पन्न

  • २२ भाद्र २०८१, शनिबार २१:३५ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १७२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १७२ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    तिज
    सांस्कृतिक पर्व
    मौलिकतामा गरौँ गर्व !

    वसन्त अनुभव
    [२]
    तिज
    सांस्कृतिक साधना
    चाडपर्वमा मिल्यो घना !

    अम्बिका अधिकारी
    झापा, बिर्तामोड
    [३]
    तिज
    जताततै रमाइलो
    दर खाने प्रविधि !

    केसर बाेहरा ‘सङ्घर्ष’
    अछाम हाल- भारत
    [४]
    तिज
    नारीको पर्व
    संस्कृतिमा गरौँ गर्व !

    बेदु न्यौपाने
    [५]
    तिज
    मौलिकता घट्यो
    विकृति विसङ्गति बढ्यो !

    रमा पन्त, पाल्पा
    [६]
    तिज
    नाचेर मनाऔँ
    अनुशासित जीवन बनाऔँ !

    रबि पाैडेल, दक्षिण भारत, पाण्डेचरी
    [७]
    तिज
    असजिला सारी
    महिलालाई हुँदैन भारी !

    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    [८]
    तिज
    नाचगान रमाइलो
    अचेल विकृति भाँडभैलो !

    नारायण कोइराला
    तानसेन, पाल्पा हाल-कुवेत
    [९]
    तिज
    पटुका कस्नलाई
    काम छोडी बस्नलाई !

    डा. देवी पन्थी
    [१०]
    तिज
    रमाइलो पर्व
    जसको अरबौँ अर्थ !

    अच्युत घिमिरे, सर्पाङ, भुटान
    [११]
    तिज
    लगाई सारी
    रमाउँछन् नाचेर नारी !

    रचना शर्मा प्रतीक्षा, ललितपुर
    [१२]
    मौलिकता
    हराउँदै गयो
    संस्कार उदास भयो !

    सङ्गीता खरेल, काठमाडौं
    [१३]
    संस्कृति
    जाेगाउने तिज
    बिग्रँदै गयाे तजबिज !

    ताराप्रसाद चापागाईँ, धुनिबेसी
    [१४]
    तिज
    मिलन हाम्रो
    भब्य झनै राम्रो !

    सुरेशकुमार पाण्डे
    दाङ घोराही-१८
    [१५]
    तिज
    भड्किलो बन्दैछ
    संस्कार संस्कृती घट्दैछ !

    दीपा समभाव
    दुबेकोल, खोटाङ्ग
    [१६]
    तिज
    गरि भेटघाट
    मनाऔंं सबैले एकसाथ !

    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न.पा. ६ संखुवासभा
    [१७]
    तिज
    पर्व महान
    माइती चेलीको शान !

    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [१९]
    संस्कृति
    माैलाउँदै बिकृति
    नअगाँलाैँ छाडा प्रवृति !

    निरज कोइराला , इटहरी
    [२०]
    तिज
    देखिए विकृति
    समाजले दिन्न स्वीकृति !

    नवराज भट्ट, कञ्चनपुर
    [२१]
    चाड्पर्व
    मौलिकतामा विकृती
    धरापमा नेपाली संस्कृति !

    राजाराम रत्गैंया, अमौरा, कैलाली
    [२२]
    तिज
    जताततै देखियो
    सञ्जालमा रातो भेटियो !

    कला ढकाल, झापा
    [२३]
    तिज
    हिन्दु पर्व
    नत्यागौँ आफ्नो सर्म !

    सविता के.सी.
    [२४]
    तिज
    मिलन हाम्रो
    नारीलाई सारी राम्रो !

    श्रीकृष्ण धामी, बझाङ
    [२५]
    तिज
    महिलाको पर्व
    सबैले गरौँ गर्व !

    अनिता भण्डारी, ताप्लेजुङ
    [२६]
    संस्कार
    गयो वाइनमा
    तिज होटल लाइनमा !

    घनश्याम पन्त, हरिवन, सर्लाही
    [२७]
    तिज
    भएको भड्किलो
    गरौँ सबैले तजबिज !

    केन्द्रप्रकाश बराल, इलाम
    [२८]
    तिज
    महत्व जानौँ
    संस्कृति ठूलो ठानौँ !

    सुस्मिता अधिकारी, काठमाडौँ
    [२९]
    तिज
    कतै रमाइलो
    कतै अगचको गर्त !

    प्रेम थापा ‘मन’, बागलुङ
    [३०]
    तिज
    मौलिक पर्व
    मौलाउँदै साँस्कृतिक हर्ष !

    आर्त अकुलीन
    [३१]
    तिज
    रमाउने दिन
    कसैलाई नलागोस् रिन !

    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर
    [३२]
    तिज
    रमाइलो पर्व
    नेपालीलाई लाग्छ गर्व !

    शोभा आचार्य गौतम, काठमाडौँ
    [३३]
    तिज
    शिवको उपसना
    संसार कल्याणको कामना !

    कमला देवकोटा, पाल्पा
    [३४]
    संस्कृति
    नाचेर उत्ताउलो
    भित्रियो धेरै विकृति !

    नागेन्द्रप्रसाद यादव
    [३५]
    तिज
    खस्किँदै गयो
    संस्कृति विकृत भयो !

    सुरेश न्यौपाने
    [३६]
    मनाेरञ्जन
    संस्कृति व्यञ्जन
    नगरेकोमा राम्रो अतिरञ्जन !

    रामप्रसाद पुरी, बादेल, खाेटाङ
    [३७]
    तिज
    माइतीघर जाने
    स्वतन्त्र उत्सव मनाउने !

    पृथक प्रकृति ,झापा
    [३८]
    तिज
    नपाइने चिज
    गर्दै आफ्नो तजबिज !

    गोपेन्द्र रिजाल, पाँचथर
    [३९]
    तिज
    मौलिकता मासेर
    रोपिदैछ बिकृतिको बीज !

    ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
    ईटहरी-१, सुनसरी
    [४०]
    तिज
    साँस्कृतिक पर्व
    उदाङ्गो हुँदैछ मर्म !

    त्रिलोक रामदम
    [४१]
    तीज
    देखासिकी भो
    आफ्नै संस्कृति त्यागेर !

    दीप गोले तामाङ, रौतहट
    [४२]
    तिज
    मनाऔँ उमङ्गले
    हिन्दु नारीको पर्व !

    धनमाया चौधरी, कैलाली
    [४३]
    तिज
    मासियो बीज
    हरायो असली चिज !

    पशपती राई, खोटाङ
    [४४]
    तिज
    रातो साडी
    सजिएकी छन् नारी !

    बुद्धिप्रसाद लामिछाने
    घोनपा-८, कैलाली
    [४५]
    तिज
    विकृति हटाऔँ
    संस्कृतिकाे जगेर्ना गराैँ !

    श्रद्धा आचार्य, पोखरा
    [४६]
    तिज
    सांस्कृतिक पर्व
    मानि राखे गाैरव !

    भाेलामान बर्देवा
    धरान-८, सुनसरी
    [४७]
    तिज
    पुरूष कमाउने
    महिला माइत रमाउने !

    घनश्याम पौडेल, पोखरा
    [४८]
    संस्कृति
    हाम्रो जोगाउ
    आउन थाल्यो विकृति !

    दुर्गा आचार्य, मोरङ
    [४९]
    तिज
    मौलिकता हरायो
    नारीले विकृति निम्त्यायाे !

    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
    [५०]
    तिज
    नारीकाे पर्व
    संस्कार संस्कृतिमा गर्व !

    प्रद्युम्न चालिसे
    भक्तपुर, कटुञ्जे
    [५१]
    तिज
    मौलिकतामा रमाउने
    संस्कार सस्कृति जोगाउने !

    सरस्वती वली
    [५२]
    तिज
    भिन्नभिन्न चलन
    एउटै धर्ममा फरक !

    सुरेशचन्द्र घिमिरे
    [५३]
    हरितालिका
    सृष्टिकर्ता जन्मदाता
    आधा संसारका मालिक !

    दुर्गा अधिकारी भमरकोटे
    [५४]
    तिज
    माइतीसँग भेट
    रमाउने संस्कार जोगाउने !

    कविता आचार्य, कैलाली
    [५५]
    तिज
    नाच्नु गाउनु
    विकृति यसमा नल्याउनु !

    समुन्द्रा शर्मा, सुनसरी
    [५६]
    तिज
    झाङ्गिदै विकृति
    परनिर्भरमा पर्यो संस्कृति !

    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    [५७]
    तिज
    नारीहरुकाे पर्व
    मनाएर गराैँ गर्व !

    उर्मिला के.सी., धनकुटा
    [५८]
    तिज
    रमाइलो पर्व
    रमाउन नमान्ने सर्म !

    सरिता काफ्ले
    कोहलपुर-८, पिपरी, बाँके
    [५९]
    मौलिकता
    झल्किनु राम्रो
    चाडपर्वमा संस्कृति हाम्रो !

    होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    [६०]
    तिज
    एक परम्परा
    विकृतिले भरियो धरा !

    तोया नाथ चापागाईं
    दमक, झापा, नेपाल
    [६१]
    तिज
    दरलाई सलामी
    विकृति भोजको मलामी !

    ऋजु दिल्पाली

    ईटहरी-१, सुनसरी

    ६२.
    पर्व
    हरितालिका तिज
    हाम्रो संस्कृति सजीव!

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला1 Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७२ सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P