• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

लघुकथा विशिष्ट प्रतियोगिता- २०८१ को सञ्चालन

  • २२ फाल्गुन २०८१, बिहीबार १९:१४ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले लघुकथा विशिष्ट प्रतियोगिता- २०८१ को आयोजना गर्ने भएको छ । मञ्चले एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

    मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’का अनुसार उक्त प्रतियोगिता २ चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा नेपालभित्रका सातै प्रदेशमा प्रदेशगत र मुलुकबाहिर परदेशगत गरी ८ उपचरणमा सञ्चालन हुने र प्रतियोगिताको दोस्रो चरणमा प्रथमचरणबाट प्राप्त नतिजाबाट निर्णायक मण्डलले मूल्याङ्कन गरी अन्तिम नतिजा निकालिने अध्यक्ष शर्माले बताउनुभयो ।

    प्रतियोगिताको सुरुआत सुदुरपश्चिम प्रदेशबाट गर्न लागेको नमस्ते आधुनिक लघुकथा मञ्चले प्रतियोगिता सुरु हुनु अगावै प्रतियोगिता सम्बन्धी सूचना जारी गरिसकेको छ । जस अनुरुप सुदुरपश्चिम प्रदेश अन्तर्गतका लघुकथाकारहरूले २०८१ साल फागुन २५ गते राति १२ बजेदेखि २०८१ चैत २ गते राति १२ बजेसम्म आफ्ना प्रतियोगी लघुकथा मञ्चको इमेल ठेगानामा पठाउन सक्नेछन् ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५८ सम्पन्न

  • १७ फाल्गुन २०८१, शनिबार १०:५८ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ५८ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५८ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    निसानामा चेतना खुले
    तिम्रो रहर बन्थ्यो,
    सबैको हृदयभरि डुले ।
    २,
    प्रकृति बाँच्ने आधार
    मानवमा मानवता भएमा,
    राम्रो देखिन्छ व्यवहार ।
    ३,
    सरकारले नचाउॅंछ नाचल्लो
    उसैको कर्कश धुनमा,
    तालीले भ्याउॅंदछ उपल्लो ।
    ✍️म्यामराज राई
    भोजपुर
    …
    १,
    नमानी कुनै डर,
    नबिर्से आफ्नो बाटो
    फर्केर आउनु घर !
    ✍️आर्त अकुलीन
    …
    १,
    मायाले बेरेछ झन्झन
    घरबारबाट उम्कनै गाह्रो
    जालझेल सारा बन्धन ।
    २,
    फसियो माया जालमा
    बाधा सिर्जना कोर्न
    नातिनातिना छन् साथमा ।
    ३,
    तीर्थव्रत आकाशको तारा
    आवास छोड्न पाइन्न
    हातखुट्टा बाँध्यो सारा ।
    ✍️भगवती दवाडी
    …
    १,
    मानिसमा चेतना हुन्छ
    भन्छन् सर्वश्रेष्ठ छौँ
    हामीलाई कसले छुन्छ?
    २,
    चेतनाको दियो बाल
    मनभित्रको कालो मैलो
    तुरुन्त अब फाल।
    ३,
    चेतना सदा खुलाऔॅं
    आफूलाई मानवता देखाउन
    हृदय त्यतै डुलाऔॅं ।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हाल – अमेरिका, बोस्टन
    …
    १,
    बोल्दा धेरै सोचेर
    आत्मा दुख्छ सबैको
    नबोल्नु प्याच्च घोचेर।
    २,
    रुन्छ सबैको मन
    नहेप देखेर गरिबी
    के काम धन ?
    ✍️चुडामणि देवकोटा
    पुरानो नैकाप काठमाडौँ
    …
    १,
    मेसो हराउँदै गयो
    हामी भ्रममा थियौँ
    आज उदाङ्ग भयो ।
    २,
    गहिरो खाडल पर्‍यो
    यस्तै छ परिस्थिति
    पाउनेले खल्ती भर्‍यो ।
    ३,
    बुझ्नु पर्ने कुरा
    जनताको चाहना अझै
    कहिले हुने पूरा ?
    ✍️पुष्पा राई
    खोटाङ
    …
    १,
    जब बिग्रिन्छ मति
    अहङ्कार बढ्दै जान्छ
    सुरु हुन्छ अधोगति ।
    २,
    मान्छेको लालची मन
    सन्तुष्ट हुन्न कहिल्यै
    सदैव दरिद्र चिन्तन ।
    ३,
    डोराउॅंदैछ हामीलाई जता ?
    डलरमा बिक्ने प्रवृत्ति
    दरिद्र हाम्रो मानसिकता ।
    ✍️ज्ञानबहादुर क्षत्री,
    सन्धिखर्क – २, अर्घाखाँची
    …
    १,
    कुरा काट्दै नाचेर
    के पाए शत्रुले ?
    हिँडेकै छु बाँचेर ।
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    नेपालको अन्तर्राष्ट्रिय बेइज्जत
    ठुला नेताहरूले गर्दा
    सुध्रेन हाम्रो आदत ।
    २,
    वैदेशिक सहायता खाने
    नेताहरूले किन नबुझेको
    देश कतातिर लाने ?
    ३,                    
    वैदेशिक ऋण मागेर
    झ्वाम नपार आफैँ
    पुरै सीमा नागेर ।
    ✍️बिपी लामिछाने
    दमक, झापा
    …
    १,
    उजाड भयो वन
    छैन बिरुवा रोप्नु
    रित्तियो नेपालीको धन !
    ✍️धनमाया चौधरी
    कैलाली
    …
    १,
    अप्ठ्यारोमा छ देश
    सम्मान गरौँ यहाँले
    नबदलौँ आफ्नो भेष ।
    ✍️दीप गोले तामाङ
    रौतहट
    …
    १,
    कतिसम्म लाचार बनेको
    छैन समाजको दृष्टिकोणमा,
    भ्रष्टाचारीलाई राम्रो भनेको।
    २,
    विकृतिको बाटोमा हिनेर
    आफ्नै इज्जत धरापमा,
    भ्रष्टाचारीलाई विश्वमा चिनेर।
    ✍️शंकर कार्की
    थाहा – ३, मकवानपुर
    …
    १,
    सुन्दैन जनताको कुरा
    देश लुटेराहरूले गर्दैन
    जनताको माग पूरा।
    २,
    पर्दैन माछा जालमा
    हिँड्नु हुन्न कहिल्यै
    सुरिएर अरूको  तालमा।
    ✍️राज कुमार राजभण्डारी खोटाङ्गे
    ऐॅंसेलुखर्क – ३, खोटाङ ( हाल भक्तपुर )
    …
    १,
    वास्ता कसैले गर्दैन
    आफूभित्र भएको देशभक्ति
    त्यसै कहिल्यै मर्दैन।
    २,
    रोकियो विकासको गति
    निराशा छाउन थाल्यो
    पलाओस् सबैमा मति।
    ३,
    घामले उज्यालो फैलिन्छ
    जीवन रमाउँछ रङ्गमा
    प्रकृतिको गोदमा खेलिन्छ।
    ✍️सतीश पण्डित
    भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा – ६, मातातीर्थ )
    …
    १,
    आफैँ जग चल्दैन
    प्रभुको इच्छाबिना यहाँ
    नडराएमा छायाँले छल्दैन।
    २,
    मनुष्य योनी सफल
    पार्ने प्रयास गरौँ
    बनौँ नागरिक असल।
    ३,
    मात्र दियो बल्दैन
    चाहिने तेल बाती
    मृत्यु शाश्वत टल्दैन ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    हावाकै भरमा चल्यो
    हल्ला बनेर चौतर्फी
    हल्लाकै दीप जल्यो ।
    २,
    समुन्द्रको नापतौल भएन
    यकिन गर्नसक्ने गरी
    कसैमाथि विश्वास रहेन ।
    ३,
    कुरा घुमेको देखियो
    देश विदेशमा चौतर्फी
    यहि बटुलेर लेखियो ।
    ✍️ईश्वर साउद ‘भिक्षु’
    रामारोशन गाउँपालिका – ६, सुदुरपश्चिम, अछाम
    …
    १,
    सरकारको नीति कस्तो
    गाह्रो भो गरिबलाई
    कडा फलाम जस्तो।
    ✍️निमा छिरिङ भोटिया
    जलढका, कालेबुङ
    …
    १,
    ढाकछोपमै छ रटान
    भ्रष्टकै पछि लाग्दै
    के गर्छौ बखान ?
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    हामीले पराईलाई खप्ने
    स्वतन्त्रता हाम्रो सपना
    सधैँ अरूको जप्ने ।
    ✍️नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी , सिन्धुपाल्चोक -१३
    …
    १,
    हटाऔॅं अज्ञानताको जालो
    शिक्षित बनाऔॅं देश
    अब तिम्रो पालो।
    २,
    प्रजातन्त्र आयो देशमा
    लुटेरा घुमेका देखिन्छन्
    आज बहुरूपीको भेषमा।
    ✍️बिके मुखिया
    वाङदे, दार्जिलिङ, भारत
    …
    १,
    उठौँ लागी परौँ
    मिलिजुली हामी सबैले
    प्रकृतिको रक्षा गरौँ ।
    २,
    अरूको अगाडि हाँस्छन्
    हुँदा खाने मानिसहरू
    आँसु पिएर बास्छन् ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा
    …
    १,
    सपना सबै अधुरो
    सोचे झैँ रहिनछ
    जिन्दगी नै अपूरो ।
    २,
    देशलाई खोक्रो बनाउन
    झोले, झ्याम्टे सामन्ती
    अगाडि बढ्छन् सघाउन ।
    ३,
    उखान टुक्का नसुन
    सोझासिधा छन् जनता
    सपना पनि नबुन।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    समयको निरन्तर यात्रा
    यहाँ बुझ्न नसके
    हुन्छ जीवनको जात्रा।
    २,
    आफूले आफैँलाई चिन्नुपर्छ
    भाव त्यागेर विकृतिको
    असल मार्ग हिँड्नुपर्छ।
    ३,
    जन्मेर एकदिन मरिन्छ
    यथार्थ तितो जीवनको
    बाँचुञ्जेल केही गरिन्छ ।
    ✍️सरस्वती श्रेष्ठ
    रुपन्देही, बुटवल
    …
    १,
    फूल फुल्यो वनैमा
    बास्ना चल्यो हरर
    आनन्द छायो मनैमा।
    २,
    प्रकृतिको देन हाम्रो
    देखिन्छ चारैतिर हरियाली
    हेरिरहूँ लाग्ने राम्रो।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६, संखुवासभा
    …
    १,
    सरकार ठिक्क टिकाउन
    जनचाहना बुझ्दैनन् कसैले
    उद्धत परनिर्भरता सिकाउन ।
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला
    …
    १,
    मानव जीवन पाए
    आफूलाई नचिनी यहाँ
    कसरी मनमा सजाए ?
    २,
    मानवमा दानव शक्ति
    छैन कर्तव्य मनभित्र
    उसैको गर्छ भक्ति ।
    ✍️बिबा तामाङ
    दार्जिलिङ
    …
    १,
    जिन्दगी चलिरहेछ चलोस्
    नसोच कसैको बारेमा
    दिनहरू आफैँ ढलोस् ।
    २,
    माया बाँडौँला आधा
    नछुटिने गरेर कहिले
    गाउॅंला प्रेमको गाथा।
    ✍️सुनगाभा पोखरेल
    कपिलवस्तु
    …
    १,
    चञ्चल हावा तातो
    राजनीतिक गोरेटोमा धुँवा
    सत्ताको जानलाग्यो सातो।
    २,
    धन्दा अनेक चलाउने
    जनताको ढाड भाँचेर
    व्यापारमा पैसा कमाउने।
    ✍️होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    …
    १,
    अपराधी ढोँगीहरू सत्तामा
    मोज गरिरहेछन् ढुकुटी
    रित्याएर तलब भत्तामा ।
    २,
    ज्वरो सॅंगसॅंगै रुघाखोकी
    फैलियो देशभरि भाइरस
    राष्ट्रिय रोग बोकी !
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    समयको जग चल्दा।
    सोचेको प्रक्रिया ढल्दोरहेछ ,
    मानव अहम् जल्दा।
    ✍️टिकाराम पुन
    …
    १,
    जरुरत छ मेल
    बलियो एकताको लागि
    नखेलौँ झुटो खेल ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    …
    १,
    आलु, गुन्द्रुक बनाई
    स्वाद फेर्छौँ मुखको ,
    खान्छौँ जिब्रो पड्काई ।
    २,
    जहिल्यै सागलाई पखालेर
    सुकाउँछौ घाममा हामी ,
    राख्छौँ गुन्द्रुक हालेर ।
    ३,
    आँखामा चस्मा नबेर
    भिटामिन प्राप्त पाए ,
    साग खाऔॅं धेर।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक, पर्सा
    …
    १,
    जागिरको विज्ञापन खुले
    पैसा कमाउनको लागि ,
    सारा अफिसतिर डुले ।
    ✍️श्रीकृष्ण धामी
    बझाङ
    …
    १,
    चलेको रहेछ लुकामारी
    साखुल्लेताभित्र छन् छद्मभेषामा
    गणतन्त्रको उपलब्धि कुटामारी।
    २,
    अझैसम्म झोलेहरू उफ्रिन्छन्
    बेहोसी अझै मस्तमा
    दिनहरू आइसक्यो कुप्रिन्छन्।
    ३,
    युवाहरू बिजुलीसँग चम्केका
    आउँदैछन् दिनहरू कठोरसँग
    अझैसम्म साँढेहरू लम्केका।
    ✍️घनश्याम पन्त
    हरिवन, सर्लाही
    …
    १,
    अर्काको खेदो खन्नेहरू
    कहिले अगाडि बढ्दैनन्
    जहिले मपाईं बन्नेहरू ।
    ✍️विष्णु पंगेनी पाण्डे
    वालिङ्, स्याङ्जा
    …
    १,
    सलल बगेझैँ गण्डकी
    सपना बगेको देख्दा
    जिन्दगी ठानेँ बन्धकी l
    २,
    सपना सदैव अधुरो
    देखेपछि लाग्यो जिन्दगी
    रहेछ साँच्चिकै बबुरो l
    ३,
    सत्यको पछाडि लाग्दालाग्दै
    आधा उमेर खस्कियो
    सपनाको पछि भाग्दभाग्दै l
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    जिन्दगी तिम्रो फूल
    मेरो बिझाउने काँडा
    कसरी भएछ भुल ।
    २,
    संसारको खुसी बन्नु
    मरेर पनि भोलि
    व्यर्थै बाँचे नभन्नु ।
    ३,
    आकाशको तिमी तारा
    चम्कनु ज्वलन्त बनी
    प्रशंसा गरून् सारा ।
    ✍️बिसु हाङ राई
    विराटनगर
    …
    १,
    डुबुल्की मार्न मन
    आध्यात्मिक रसको खड्कुलो
    किन्न चाँहिदैन धन !
    २,
    अब मध्यान्ह भइसक्यो
    लोभको झोली उसले
    झन् किन कस्यो ?
    ३,
    एकले अर्कोतिर देखाउँदा
    हो भन्दै पत्याउछु
    आफैँले थाहा नपाउँदा ।
    ✍️दीपा गुरुङ समभाव
    दुबेकोल, खोटाङ
    …
    १,
    हत्केलाले सूर्य छेकिॅंदैन
    त्यसै मर्दैन देशभक्ति
    दशा लागेको देखिॅंदैन ।
    २,
    देश रोएको बेला
    रमिते बनेर नाच
    पर्नेछौ परिस्थितिको फेला !
    ३,
    पाखण्डीमा धर्म हुँदैन
    अपराधको ओछ्यानमा सुत्दैछौ
    तिम्रो चिता रुँदैन !
    ✍️ऋजु दिल्पाली
    इटहरी – १, हलगडा, सुनसरी
    …
    १,
    तपाईॅंको महिमा विशाल
    हामी सबै अज्ञानी
    रक्षा गर्नुहोस् महाकाल ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    …
    १,
    यता निलो आकाश
    माघको हुस्सु जितेर
    मसक्क हेर्ने विश्वास ।
    २,
    मन अमिलो हुँदा
    जीवन बिलिनु लाग्थ्यो
    चिसो रातमा रुँदा ।
    ३
    वसन्त शान्त बस्छ
    पालुवाको छ पर्खाइसहित
    शिशिर कक्र्याएर कस्छ ।
    ✍️कमला पौडेल
    …
    १,
    हुन नपरोस् कहिले
    कुनै कुराको दासी
    स्वतन्त्र हुन्छु जहिले ।
    २,
    छोडेर विगतको कुरा
    जिउनुपर्छ वर्तमानमा साथी
    गरेर सपना पूरा ।
    ३,
    कसैको घिनलाग्दो स्वार्थ
    थाहा पाएपछि मैले
    लुकाउन सकिनँ यथार्थ  ।
    ✍️पृथक प्रकृति
    झापा
    …
    १,
    कस्तो हो समाज
    खालि आफूले मात्रै
    गर्न खोज्छ राज।
    २,
    हुन्छन् समस्याका खात
    गर्दै यावत् कुराहरू
    देखाउॅंछन् व्यर्थ औकात।
    ✍️खडक आर सि मिलन
    छेडागाड नगरपालिका – २, सल्मा, जाजरकोट
    …
    १,
    ज्ञानको ज्योति जलाउँदा
    अन्धकार भाग्छ मनको,
    सपनामा उज्यालो छाउँदा ।
    २,
    जीवनको अर्थ रोज्दा
    सत्यलाई आत्मसात् गर,
    आफैँलाई बुझ्न खोज्दा ।
    ३,
    पर्खालले बाटो सर्दैमा
    आकाशमा घाम रोकिँदैन,
    साहसको भर पर्दैमा।
    ✍️नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर
    …
    १,
    जनताको मन जल्दैछ
    निर्जीव सरकार सत्तामा
    देशमा आगो बल्दैछ ।
    २,
    दिनरात नभनी जुटेर
    भर्दैछ विदेशको ढुकुटी
    तीर्थधाम फटाफट लुटेर ।
    ✍️राधा चाम्लिङ
    खोटाङ
    …
    १,
    स्वतन्त्रता के गर्नु?
    परिन्छ फेरि जालमा,
    प्रजातन्त्रलाई रूप फेर्नु।
    ✍️लोक वहादुर छेत्री लामिछाने
    मोदी – २, देउपुर, पर्वत
    …
    १ ,
    ज्यान खोक्रो बनाई
    धेरैले भरिसके धोक्रो
    दिनदिनै अति सताइ ।
    २ ,
    अब रह्यो ज्ञान
    जिन्दगी सबै रित्याए
    बरु लिनु ज्यान ।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा – १४
    …
    १,
    कालो कौवा करायो
    बिहान आगनको छेउमा
    मन मेरो डरायो ।
    २,
    झ्यालैमा बसेर हेरेको
    झल्झली आउँछ सम्झना
    मायाले पटुकी बेरेको ।
    ✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
    कनकाई ४ झापा
    …
    १,
    दु:खमा भएन साथ
    तमासा हेर्दै बस्यो
    आज ठोक्दैछ माथ !
    २,
    मुटुमा हानेर छुरा
    दूर जाँदा निष्ठुरी
    रहे सपना अधुरा !
    ३,
    भरियो हृदयको रह
    अनवरत बग्दा आँखा
    पोखियो मनको बह !
    ✍️वसन्त अनुभव
    वसन्तविहार, दाङ
    …
    १,
    पर्‍यो पीडा झेल्न
    आँसुमा डुबेको जिन्दगीमा
    छोडेन दैवले खेल्न।
    २,
    मानवले मानवता नबुझ्ने
    अस्तित्व आधार खोज्दा
    भए परेली रुझ्ने ।
    ३,
    देशमा छैन रोजगार
    खान लाउनकै समस्या
    सधैँ गरिबलाई भार ।
    ✍️ललिता गिरी
    सिन्धुली
    …
    १,
    अब फागुन लाग्यो
    घामको ताप बढ्दै
    शिशिरको जाडो भाग्यो।
    २,
    हेमन्तको घाम घमाइलो
    घामछाँया जस्तै जिन्दगी
    हाँसीखेली बनाउनु रमाइलो।
    ✍️देव स्याङ्देन
    कालेबुङ
    …
    १,
    प्रकृति बाँच्ने आधार
    मानवीयता जोगाई राखौँ
    हुन्छ राम्रो व्यवहार।
    २,
    सबैमा चेतना छरौँ
    क्षणिक छ जिन्दगानी
    मानवीय व्यवहार गरौँ ।
    ✍️कोपिला अधिकारी
    सिरानचोक, गोरखा
    …
    १,
    कसैको भरमा पर्दिन
    आफ्नै इच्छाले जिउने
    कसैलाई  मनमानी गर्दिन ।
    ✍️रमा गुरुङ
    सालुगडा सिलीगुडी
    …
    १,
    हिमाल जले जल,
    दाउरा जले खरानी
    जलमग्न जमेर भल।
    २,
    छोरो गर्छ चकचक
    टकटक सासु गर्छिन्
    ससुरो गर्छन् कचकच।
    ३,
    हिमाल टल्क्यो टिलिक्क
    झिलिक्क बिजुली बत्ती
    देखा पर्‍यो मिलिक्क।
    ✍️ज्योतिर्पाल
    सिलगडी – भारत
    …
    १,
    नबिगारौँ आफ्नो मति
    रिसमा रिस बढ्नेछ
    त्यसैले सुधार गति।
    २,
    दु:खमा देऊ, साथ
    आखिर मरिलानु के ?
    गर माया अगाध।
    ✍️दुर्गा भट्टराई
    मोरङ
    …
    १,
    कसैलाई मुठी दिने
    आफन्त भने भरिपूर्ण,
    कसैलाई चुटी लिने।
    २,
    विश्वास कतैबाट छैन
    कस्को भरपर्नु आजभोलि!
    आफ्नो सरकार हैन ।
    ✍️ वेदु न्यौपाने
    …
    १,
    किन मन फाट्यो ?
    गोफ्लेगाला चाउरी परे ,
    उमेरले नेटो काट्यो  ।
    ✍️बुद्धिप्रसाद सापकोटा
    गैँडाकोट ७, नवलपुर
    …
    १,
    काफल पाक्यो वनैमा
    वसन्तको फल हो
    खुसी छायो मनैमा।
    ✍️कमला देवकोटा
    पाला
    …
    १,
    वनमा न्याउली करायो
    खोलामा थुनिन्थ्यो दुवाली
    माछाका हुलहरू हरायो ।
    २,
    बिहानी गौथलीको चिरबिरमा
    फूलेका छन् लालीगुँरास
    माथि अक्कारिलो भिरमा।
    ✍️श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर
    …
    १,
    ठुलाबडा सबै सरकारी
    छोई साध्य छैन
    बजार फलफूल तरकारी ।
    २,
    भान्सामा चुलो बल्दैन
    भोको पेट भएपछि
    कोदालो त्यसै चल्दैन ।
    ✍️जानुका बास्कोटा
    काठमाडौँ
    …
    १,
    आमा पहिलो साथी
    सन्तानलाई सर्वस्व ठान्ने
    भगवान्भन्दा हुन् माथि ।
    २,
    गर्छिन् कामना चिरायु
    आमाको लागि सबै
    सन्तान हुन् प्राणवायु।
    ३,
    राख्ने एकसुत्र बाँधेर
    सधैँ परिवारलाई हाम्रो
    माया, प्रेमले साँधेर ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    …
    १,
    हृदयमा प्रकृति सजाऔॅं
    संरक्षण गरौँ वातावरणको,
    वनपैदावार जलस्रोत बचॅाऔॅं ।
    २,
    सही संरक्षण छैन
    रोपौँ अधिक रुख
    मूल कहिल्यै सुक्दैन ।
    ३,
    समयले हामीलाई पर्खिॅंदैन
    सचेत भएमा हामी ,
    बाढी पैह्रो फर्किॅंदैन ।
    ✍️सुस्मिता अधिकारी
    काठमाडौँ
    …
    १,
    तातो आगोको  रापमा
    आमाको प्रेम झल्किन्छ
    पाकेको श्रमको तापमा ।
    २,
    आत्माको अमूल्य उपहार
    पाइॅंदैन वस्तु बजारमा
    खोजेर पनि बारम्बार ।
    ३,
    सम्बन्ध हुँदैन गाँसेर
    भावना मिल्नु पर्दछ
    जीवन बितोस् हाँसेर।
    ✍️पद्मा काश्यप पाण्डे
    मोरङ
    …
    १,
    एक्लै हिॅंड्न रमाउँछु
    मनसॅंग खेल्न पाउँदा
    भावनाहरू बटुलेर समाउँछु।
    २,
    सत्यको बाटो सम्मान
    ज्ञानको थैलो भरिभराउ
    असत्यको बाटो नोक्सान।
    ३,
    झुक्याई हात तान्यौ
    नेपाल आमाको छोरीलाई
    धारिलो हतियारले हान्यौ।
    ✍️राजेश्वरी राजोपाध्याय
    ललितपुर
    …
    १,
    नयाँ पालुवा पलायो
    कुहुकुहु गर्दै कोइलीले
    वसन्त ऋतु बोलायो ।
    २,
    पाखा, पखेरा पहाड
    नाङ्गिन्छिन् बोटबिरुवा वनमा
    देखिन्छ धरा उजाड ।
    ३,
    मुटुमा छुरा रोपियो
    अपवित्र हातबाट जब
    सिन्दुर सिउँदोमा पोखियो ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५७ सम्पन्न

  • १४ फाल्गुन २०८१, बुधबार २०:४७ मा प्रकाशित

  • साप्ताहिक झिल्का लेखन अभ्यासको ५७ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५७ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    माया अभिन्न अङ्ग
    देखाउन चाहेर नदेखिने,
    हृदयले पाउॅंदछ तरङ्ग ।
    २,
    हामीभित्र बन्छ संसार
    तिमी ममा मिलेपछि
    बिनाकपट गरे व्यवहार ।
    ३,
    सागरदेखि सगरसम्म फैलियो
    फूलको मगमग बास्नासरि,
    विश्वासमा खुल्यो मियो ।
    ✍️म्यामराज राई
    भोजपुर
    …
    १,
    संसारलाई नियालेर हेर्दा
    मन तरङ्ग भएछ
    महिले सास फेर्दा ।
    २,
    हामी मिले घर
    थोरै अगाडि पछाडि
    हेर्दाहेर्दै भए पर ।
    ३,
    मन शान्त राखौँ
    प्रणय दिवसमा खाजा
    मगाएर थोरै चाखौँ ।
    ✍️ वेदु न्यौपाने
    …
    १,
    नक्कली फूलले नहान
    मायाको पोको मनमा
    माया सस्तो नठान ।
    २,
    मायाको सुन्दर संसार
    पक्का प्यार गाँसिदेऊ
    मजबुत बन्नेछ घरबार ।
    ✍️रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर
    …
    १,
    अनायास रसाउछन नयन
    तिम्रो सम्झनाले होला,
    घाउ निको भयन।
    २,
    तड्पाउनु किन यति
    के बिगारे तिम्रो ?
    बिगार्‍यौ मेरो मति।
    ✍️कृष्ण शर्मा प्रतीक
    मोदि – ७, पर्वत राम्जा (हाल दुबई )
    …
    १,
    कसिलो बनोस् माया
    जिन्दगी बनाउने दरो
    हुन एकार्काको छाया ।
    २,
    दुई दिने चोला
    चिन्ता गर्ने किन ?
    कसलाई के होला ?
    ३,
    रापिएको जिन्दगी प्रेमिल
    कसिलो हुने गरी
    बन्दैछ दिनप्रतिदिन शिथिल ।
    ✍️ईश्वर साउद ‘भिक्षु’
    रामारोशन गाउँपालिका – ६, सुदुरपश्चिम अछाम
    …
    १,
    चर्चा हुन्छ मायाको
    औँठा छाप फरक
    दायाँ र बायाँको ।
    २,
    कोइलीले गीत गाओस् ।
    प्रेम सद्भाव भुवनमा,
    झाँगिदै झाँगिदै जाओस् ।
    ३,
    बुझ्नु पनि कसरी ?
    बासुरीको धुन यहाँ,
    सुनिॅंदैछ थरी थरी ।
    ✍️दीपा गुरुङ ‘समभाव’
    दुबेकोल, खोटाङ
    …
    १,
    मायामै अडेको संसार
    देखाउन कति नमिल्ने
    याद आइरहन्छ बारम्बार।
    २,
    मायाको पखेटा ठुलो
    जति तन्काए तन्किने
    सिगार्ने आफ्नै चुलो।
    ३,
    माया बुझ्नु कसरी?
    एकैनास भयो भने
    याद घरी घरी ।
    ✍️अर्जुन प्रसाद चौलागाई
    सुनापति – १, रामेछाप ( हालः-अमेरिका, बोस्टन )
    …
    १,
    चर्चा सबैको हुन्छ
    मानवले बुझ्दैन यहाँ
    दु:खमा दिल रुन्छ ।
    २,
    मानवले लेख्छ कथा
    कलमलाई थाहा हुन्न
    लेखकभित्रको एउटा व्यथा।
    ३,
    कलमको तागत हेर
    पत्रिकामा तिम्रो चेहरा
    नगर्नु पढ्नलाई बेर।
    ✍️सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
    पाल्पा
    …
    १,
    हिॅंडौँ प्रेमको बाटो
    आफ्नै देशमा फल्छ
    सुन विदेशको साटो।
    २,
    भए युवा देशविहीन
    देश पुग्यो भिरमा
    सोचौँ त एकछिन।
    ३,
    सपना भए पतन
    पसिना बिक्न छाड्यो
    सर्वमान भयो धन।
    ✍️सुरेशकुमार पाण्डे
    दाङ, घोराही १८
    …
    १,
    मर्छु बरु झुक्दिन
    हुँ म नदी
    पारिलो घामले सुक्दिन।
    ✍️देवी पन्थी
    …
    १,
    हुँदैन बस्न नकारी
    अप्ठ्यारो भए बोक्नुपर्छ
    सबैले जिम्मेवारीको भारी  ।
    २,
    असल काम गर्नेको
    कमी छैन यहाँ
    समाजमा नाम छर्नेको ।
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    प्रेम आफैँलाई गर्नु
    आफ्नै भरोसा परेर
    आफैँमा खुसी भर्नु ।
    २,
    खुसी खोसेर लिन्छन्
    अरूमा नपर्नु भर
    जीवनभरि पीडा दिन्छन् ।
    ✍️पुष्पा राई
    खोटाङ
    …
    १,
    भेटघाट लाखौँ हुन्छ
    मेरो रोजाइ तिमी,
    नछाडे मन रुन्छ।
    २,
    सबैलाई सम्झने भए
    प्रेम दिवस गयो,
    पर्खाइमा जिन्दगी गए।
    ✍️शंकर कार्की
    थाहा – ३, मकवानपुर
    …
    १,
    सहयोगी हात बढाऊ
    मायाममता र दानले
    इज्जत प्रतिष्ठा कमाऊ ।
    २,
    लुच्याइँ, फट्याइँ छोडेर
    रोजौँ सद्गुण सेवा
    जगमा मानवता जगाएर।
    ३,
    धनले मात्र हैन
    बन मनले धनी
    नत्र नाम रहँदैन।
    ✍️सतीश पण्डित
    भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा ६ मातातीर्थ )
    …
    १,
    अदृश्य हुन्छ माया
    भरोसा छैन कसैको
    माया होस् काया ।
    २,
    सबैलाई प्रेमले हेर
    नबस भएर काँडा
    प्रेमले छुनु एकफेर ।
    ✍️बिबा तामाङ
    दार्जिलिङ
    …
    १,
    छैन केही अमर
    माया पिरतीको कुरा
    छोडेर गर्छन् समर ।
    २,
    दुई दिनको चोला
    मायामा रमाउन नजानी
    दम्भमा जाकिएको होला ।
    ३,
    मान्छेको जीवन खास
    बाँच्न जाने सबैले
    जाँदैन खेर विश्वास ।
    ✍️मोती योन्जन सुब्बा  
    दार्जिलिङ
    …
    १,
    मन मुटु खोलिदेऊ
    कति चुप बस्छौ ?
    अब त बोलिदेऊ ।
    २,
    प्रेम दिवसको नाममा
    देखावटी माया देखाउॅंछन्
    नफस्नुहोस् यस्ता काममा ।
    ३,
    गहभरि छ आँसु
    देखावटी रूपमा मात्र
    कसरी म हासूँ ?
    ✍️हिरामाया श्रेष्ठ
    …
    १,
    कस्तो राम्रो दरबार
    छाडा संस्कृतिले नेपालीको
    बिग्रेको छ घरबार ।
    २,
    छैन यिनमा सास
    लुटेरै देश सिध्यायो
    कसरी गरौँ विश्वास ।
    ✍️ दीप गोले तामाङ
    रौतहट
    …
    १,
    परेली झिम्क्याई मुस्कुराउँथ्यौ
    नजिक आउन खोजेपछि
    तिमी भुतुक्कै लजाउँथ्यौ।
    २,
    बहाना बनाएर पधेँरामा
    गाग्री  मस्काएर  बस्थ्यौ
    मलाई पर्खिएर अँधेरामा।
    ३,
    जवानीका अङ्गहरू चम्केका
    हेराइमा मौनताको सीमा
    मेरा नजरहरू लम्केका।
    ✍️घनश्याम पन्त
    हरिवन, सर्लाही
    …
    १,
    प्रेमको मिठो बहार
    मिलेर दुई जोडी
    सजाऊ हाम्रो संसार ।
    ✍️नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    …
    १,
    कसैको शरण पर्दिन
    सत्य वचन बोल्नलाई
    म पछाडि सर्दिन ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३, नवलपरासी पूर्व
    …
    १,
    बुझिनसक्नु नेपालको राजनीति
    देश विकाश नहुने
    अचम्मको देखियो गतिविधि ।
    २,
    निराशमा गरिब, दुःखी
    महॅंगी बढेको देखेर
    विकास छैन जनमुखी ।
    ३,
    भ्यागुतो उफ्रिन्छ पोखरीभित्र
    संसार उसकै भनेर
    देख्छ चारैतिर विचित्र ‌।
    ✍️बिपी लामिछाने
    दमक, झापा
    …
    १,
    तिमिले भन्छ्यौ माया।
    मायाले खान पुग्दैन,
    अॅंध्यारोमा सकियो छाया।
    २,
    स्वार्थी भयो दुनियाँ ।
    सोझो औॅंला सकियो,
    ब्रह्मलुट गर्दै ‘भुनियाँ’ ।
    ३,
    छउन्जेल सबै मेरी
    छैनन् गेडी जहाँ ,
    हिॅंड्छन् बन्द गरी ।
    ✍️टिकाराम पुन टिपु
    सल्यान
    …
    १,
    मानिसको प्रेममा भङ्ग
    प्रभु प्रेमले भर्नेछ
    मानिस जीवनमा रङ्ग ।
    २,
    कुकर्मले  बेकार हँसाउनु
    सन्तोषी परम् सुखी
    अनायासै किन कराउनु ।
    ३,
    दण्ड आफ्नै ढङ्गले
    चरित्र कस्तो हुनेछ
    जस्तो यहाँ सङ्गले ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    नगर तिमी कर
    नजानेको त्यो गाँउमा
    हुँदैन कुनै भर।
    २,
    धन हो मैला
    नराख समातेर तिमी
    अरूको धनको थैला।
    ३,
    मनको मिठो कुरा
    चिप्लो छैन मेरो
    नचलाऊ तिमी छुरा।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    …
    १,
    समर्पण र त्याग
    मूल सिद्धान्त मायाको
    समयको हो माग !
    २,
    दुई धड्कन एक
    सफल हुन्छ मायामा
    साना कुरा एकेक !
    ३,
    काँडा होइन फूल
    माया हो संसारमा
    जीवन सृष्टिको मूल !
    ✍️वसन्त अनुभव
    वसन्तविहार, घोराही
    …
    १,
    प्रेम प्रगाढ बनाऔॅं
    सम्बन्ध जीवन्त रहोस्
    आपसमा खुसीयाली मनाऔॅं ।
    २,
    मायाले अडेको सन्सार
    नबनाउनु कसैले पनि
    धन कमाउने भन्सार ।
    ✍️राज कुमार राजभण्डारी खोटाङ्गे
    ऐसेलुखर्क ३ खोटाङ ( हाल भक्तपुर )
    …
    १,
    बाहिर घुम्न जाँदा
    पेट हुन्न गडबढी ,
    घरबाटै खाना लाँदा।
    २,
    कहिलेकाहीँ पिजा खाऔॅं
    ठाउँ अनुसारको आभूषण,
    पहिरिएर घुम्न जाऔॅं ।
    ३,
    ईश्वरको गर्दा ध्यान
    बढ्छ आत्मा शक्ति,
    गुरुबाट लिँदा ज्ञान ।
    ✍️सीमा कार्की समार्पण
    मेलचोक, पर्सा
    …
    १,
    बन्नु सधैँ राम्रो
    असल कर्म गर्नु
    कर्तव्य हो हाम्रो।
    २,
    होइन कसैको संसार
    गरेर काम नराम्रो
    नबन यसरी लाचार।
    ✍️काजल न्यौपाने
    भोजपुर
    …
    १,
    जीवन चञ्चल छाया
    सुन्दरता खोज्दा अड्किन्छ,
    बगिरहने प्रवाहमय माया ।
    २,
    अश्रु खस्यो गालामा
    मायाको न्यानोपन सम्झी,
    आँखा पर्‍यो मालामा ।
    ३,
    तिम्रो मौनताको मन
    आँखाभरि पढ्न खोजेँ,
    झल्झली देखेँ धन ।
    ✍️ नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
    …
    १,
    पाश्चात्य सभ्यताको उपहार
    नेपालीको गलपासो भइदियो
    झाँगिदै छ सदाबहार।
    २,
    मायाको परिभाषा बुझ्नुपर्छ
    सम्बन्ध जुनी जुनीको
    समर्पणको झरीमा भिज्नुपर्छ।
    ३,
    एक अर्काको हात
    सधैँ मिली रहोस्
    दुख सुखमा साथ।
    ✍️सरस्वती श्रेष्ठ
    रुपन्देही, बुटवल
    …
    १,
    फेरि नगर्नु गर्‍यौ
    पानीमाथि ओभानो बनी
    भ्रम पनि छर्‍यौ ।
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    साँचो माया लगाउनेले
    गर्दैन कहिल्यै घात
    बाबा आमा पाउनेले ।
    ✍️सावित्री प्याकुरेल
    धादिङ
    …
    १,
    नेताले बेचिन्छ भन्दैछ
    नेपाल, भारत राज्यको
    उनन्तिसौँ प्रान्त बन्दैछ !
    २,
    नेपाली खेदाउने अठोटमा
    षड्यन्त्र भारतीय भित्र्याउने
    बहुमत पुर्‍याउन भोटमा !
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    जीवन फूल भन्छन्
    सोचेर पाइला चालौँ
    आफ्नैहरू दुश्मन बन्छन्।
    २,
    पैसाले दुश्मन बनाउँछ
    बन्द हुन्छ बोलीचाली
    मूर्खले उपस्थिति जनाउँछ।
    ✍️चुडामणी देवकोटा
    पुरानो नैकाप, काठमाडौँ
    …
    १,
    माया पिरती लाउन
    पर्दैन थियो उहिले
    गुलाफ बोकेर धाउन।
    २,
    कस्तो समय आयो ?
    प्रेम दिवस भन्दै
    गुलाफ बोकी धायो।
    ३,
    मायाले जितिन्छ काया
    लगेमा कुप्रथा भित्र्याउँदै
    रित्तिन्छ संसारमा माया।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान, भारत
    …
    १,
    भावनामा नजिक रहनु
    साहित्यिक भाषामार्फत अब
    मनको कुरा कहनु।
    ✍️मन्दिरा सेढाई    
    मलेखु, धादिङ
    …
    १,
    फूल दिने दिवस
    नौटङ्की भित्ता रङ्ग्याउने
    एक्लिन पार्क्ने विवश ।
    २,
    प्यारो देशको माटो
    सिॅंचिनु छ पसिना
    खाएर खोले आँटो ।
    ३,
    छैन चुस्नेको कमी
    श्रम पसिना जनको
    रमाउॅंछन् उल्टै जमी ।
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी – ५, जुम्ला
    …
    १,
    मायाले संसार जितिन्छ
    मनमुटाउ भएमा घरको
    सारा संस्कार मिचिन्छ l
    २,
    अन्त नलगाउनु नजर
    अन्तर्भेद खुल्यो भने
    परिवार बन्छ बगर l
    ३,
    ल्याएर खुसीको बहार
    जीवन सार्थक बनाऔॅं
    सजाएर आफ्नै संसार l
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    बाहिर चिटिक्क टल्कने
    लुकेको हुन्छ कहानी
    भित्र आगो सल्कने ।
    २,
    मुखले ठिक्क पारेर
    चिल्लो बोलीले चिल्याउॅंदै
    पुर्‍याउॅंछ सधैँ टारेर ।
    ✍️राधा चाम्लिङ
    खोटाङ
    …
    १,
    गरिबको माया सस्तो
    भनिदेऊ, ए हजुर !
    धनीको मन कस्तो ।
    २,
    कसुर नयनको थियो
    आखिर सजाय त
    जिन्दगीले जिम्मा लियो ।
    ३,
    धेरै अभाव भोगियो
    मनको बह झिल्कामा
    शब्द शब्दमा पोखियो।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    प्रकृतिको सुन्दर रचना
    गर्नुहुन्न कसैले खेलाँची
    नहोस् देखावटी थपना ।
    २,
    नपार्नु दुनियाँ भयभीत
    जिउने अवस्था बिथोली
    सभ्य जिन्दगी विपरित ।
    ✍️कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    …
    १,
    प्रेम सधैँ मनाउनु 
    हैन एकदिनको दिवस
    प्रेमिल सदा जनाउनु ।
    २,
    देखावटी माया चाहिन्न
    एकदिन फूल दिॅंदैमा
    मायाको अर्थ पाइन्न।
    ✍️दुर्गा आचार्य
    मोरङ
    …
    १,
    सिरिर्र चल्यो बतास
    साउती मार्‍यो कसैले
    देखियो ऊ हतास ।
    २,
    भुनभुन गर्छ भमरा
    फूल मुस्कुराउन थाले
    झुले डाली लहरा ।
    ३,
    जीवन कर्कलाको पानी
    बुझ्न सकिएन भने
    निरर्थक बालुवामा लगानी ।
    ✍️शुक्रराज कुँवर
    धरान – १०
    …
    १,
    जिन्दगीमा ठुलो माया
    नभए जीवन अधुरो
    निराशा आफ्नो छाया ।
    २,
    हुन्न केही डर
    हुँदा आपनत्व साथमा
    लाग्दैन अरूको भर।
    ३,
    धनै  हातको मैला
    किन धेरै चाहियो ?
    नराख लुकाएर थैला ।
    ✍️दुर्गा भट्टराई
    मोरङ
    …
    १,
    जताततै अत्याचार भयो
    देवभूमि कसरी भनौँ ?
    इज्जत स्वाभिमान गयो ।
    २,
    लोभले भयौ गोठालो
    इसारा भुल्यौ भने
    समाउँछ मालिकले कठालो ।
    ३,
    भए पो जान्छ !
    छैन लाज सरम
    अब के लान्छ ?
    ✍️ऋजु दिल्पाली
    इटहरी – १, हलगडा, सुनसरी
    …
    १,
    मायाले मायाको चिनो,
    दुःखमा साथ दिए,
    पुग्छ बोले मसिनो ।
    २,
    खासमा संसार यस्तै ,
    स्वार्थमा अडेको माया,
    कर्कलाको पानी जस्तै।
    ३,
    मिठा मिठा कुरा,
    क्षणिक हुने किन?
    जीवन बिताउदा अधुरा।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १
    …
    १,
    गरेर देशमा शासन
    सबै समान नहुने,
    नियम भयो उल्लङ्घन ।
    २,
    लाएर छाप जातको
    गरेर शासन सोझाको
    गरौँ मानवीय बातको ।
    ३,
    आस लाग्दै आयो
    सबै शिक्षित भएर
    सही धुन गायो ।
    ✍️भोलामान बर्देवा ‘वैरागी माइलो’
    मादी – ५, सङ्खुवासभा ( हाल धरान – ८, सुनसरी )
    …
    १,
    लागेर लामो लर्को
    चोर औॅंला ठड्याइ
    नगर गाली चर्को ।
    २,
    सधैँ महॅंगीको मार
    कति बोक्ने जनताले ?
    गरुङ्गो त्यो भार ।
    ३,
    देखियो बुद्धि छोटो
    भनाइ गराइ फरक
    रहेछ विचार खोटो ।
    ✍️जयनारायण नेपाल
    इलाम  ( हाल सूर्यविनायक – २, बालकोट ,भक्तपुर )
    …
    १,
    पिरतीको सुन्दर फूल
    फुलेर आज चारैतिर
    बहन्छ प्रेमिल मूल !
    ✍️आर्त अकुलीन
    …
    १,
    अचम्मको छ कुरो
    डुबे भने मायामा
    हुन्छन् अति सुरो ।
    २,
    छर्नुपर्दैन मायाको बीउ
    सदुपयोग भएन भने
    बरु फाल्छन् जीउ।
    ✍️ कोपिला अधिकारी
    सिरानचोक, गोरखा
    …
    १,
    भन्छौँ प्रेम गरम
    मत दोधारमा परे
    हो कतै भ्रम । 
    २,
    बनाएर जान्छौँ उधारो
    मायामा गोली मारी
    दासी सिकारीले तारो।
    ✍️चन्द्रकली राना मगर 
    प्युठान
    …
    १,
    मन नगरी दायाँबायाँ,
    एकबारको सुनौलो जीवनमा,
    लगाउनु चोखो माया।
    २,
    गरी भलो काम,
    छोडी जाने संसारमा,
    अमर राख्नु नाम।
    ✍️देव स्याङ्देन
    कालेबुङ
    …
    १,
    फूलको हत्या गरेर
    मनाउॅंछन् पर्व प्रेमको
    विकृति विसङ्गति छरेर।
    २,
    मौलिकता मासेर पहिचान
    तेल पेलेर बालुवा
    दगुर्नु नछामी कान।
    ✍️बिमल पोखरेल
    धरान – १७, पटनाली
    …
    १,
    सबथोक खोज्छन् राम्रो
    आफ्नै  मुखको बोली
    हुन्छ तर चाम्रो।
    २,
    शब्दले आँसु झर्छ
    तानतुन पारी फाटेको
    मन आफैँले टाल्नुपर्छ।
    ३,
    देखाउन फोस्रो हाँस्नुपर्ने
    तिलाञ्जली दिएर आफ्नो
    इच्छा बाँचेर गर्ने ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    …
    १,
    सम्बन्धमा आउँछ दरार
    दाजुभाइ आफ्नै फुटेमा
    कसरी बन्छ घरबार ।
    ✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
    कनकाई – ४, झापा
    …
    १,
    लड्नुपर्छ कुरीतिमाथिको समर
    सभ्यताको जग बसालेर
    बन्नुपर्छ अनन्तसम्म अमर ।
    ✍️हितमान छन्त्याल ‘सहोदर’
    पोखरा , कास्की
    …
    १,
    लोकगीतहरू धमाल गाउँदै
    होलीमा नाच्न आउनु
    बाँसुरीसँगै डम्फु बजाउँदै ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    …
    १,
    माया जिउने आधार
    कर्तव्य पूरा गरेमा ,
    लक्ष्य हुन्छ साकार ।
    २,
    बाँडेर सकिॅंदैन माया
    रोकिॅंदैन कहिल्यै समय
    सदैव घाम छाया ।
    ३,
    विश्वास हृदयमा हुन्छ
    निस्वार्थी मायाले सधैँ
    धर्ती आकाश छुन्छ।
    ✍️सुस्मिता अधिकारी
    काठमाडौँ
    …
    १,
    जलेर छाती खरानी
    मुटु जल्न सकेन
    शीतले पखाल्यो बिहानी।
    २,
    सम्झनाहरू जब बल्झियो
    जिन्दगी निरासित बन्छ
    अतितसित आफैँ तर्कियो।
    ३,
    रमाउँछौ हामी फगतमा
    बलिदानको महत्व रहेन
    सिमाना रङ्गियो रगतमा।
    ✍️दिल ठकुरी
    …
    १,
    उनी जब आउॅंछे
    गुराँस आफैँ हाँसे
    कोइली गीत गाउॅंछे ।
    २,
    काफल के कम ?
    फुल्छ तिम्रै साथमा
    वसन्त अति मनोरम।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगा बजार बनेपा १४
    …
    १,
    मन हुन्छ प्रसन्न
    कलकल बगेको पानी
    पिउँछु जब टन्न ।
    २,
    बस्छु बाटो हेरेर
    कतैबाट नहोस् धोका
    राख्छु मायाले बेरेर ।
    ३,
    कस्तो साथ पाएँ
    चिन्न नसकेर आनीबानी
    दु:ख हन्डर खाएँ ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    …
    १,
    आमाको रोजाइ पक्का
    जिन्दगी सफल बनाउन
    जानिफकार हुँदा धक्का ।
    २,
    प्रसुती पीडा नबल्झाऊ
    बेहोसमा पनि तिमीले
    जिउँदै मुटु नसल्काऊ ।
    ३,
    धित नमर्ने गीत
    गाउँछन् उहिलेका कलाकार
    अहिले नसुहाउने रित।
    ✍️राजेश्वरी राजोपाध्याय
    ललितपुर

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५६ सम्पन्न

  • १२ फाल्गुन २०८१, सोमबार २०:२६ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ५६ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५६ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    कर्मठ पाखुरीमा सुतेर
    डाहा गर्छौ तिमी,
    फलदायी फल देखेर ।
    २,
    बोल्नु, गर्नु अलग
    दुई ध्रुव चुम्बकका,
    बनाऔॅं पहिले जग ।
    ३,
    बिनादोष टोक्नु किन ?
    बैगुनीलाई गुन लगाऔॅं,
    हुनसक्छ नसकेको सम्हालिन ।
    ✍️म्यामराज राई
    भोजपुर
    …
    १,
    धनले मन तानेपछि
    मायाको के अर्थ ?
    तिम्रो चलखेल जानेपछि।
    २,
    रहेन भाग्यले जुराएको
    तिमीले बाटो मोडिहाल्यौ,
    व्यर्थै किन कुराएको।
    ✍️कृष्ण शर्मा ‘प्रतीक’
    मोदि – ७,पर्वत, (हाल: दुबई )
    …
    १,
    तिमीले कुरा बुझिनौ
    म मात्र बोलिरहेँ
    कुनै जबाफ दिइनौ।
    २,
    जबाफको छ खाँचो
    मसँग केही छैन
    तिमीसँगै छ साँचो।
    ३,
    सिकौँ हुन कर्मठ
    काम पूरा हुनलाई
    गरेर हुन्न हठ।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हाल:-अमेरिका, बोस्टन
    …
    १,
    गर्नुछ आफ्नै कर्म
    पिछा नलाग्नु अरूको
    मानवता मान्छेको धर्म ।
    २,
    जीवन खुसी हुन्छ
    आफैमा रमाउन थाल्नु
    प्रार्थना तब सुन्छ ।
    ३,
    हरेक बाटोमा भेटिन्छ
    वास्ता नगर्नु कसैको
    अनावश्यक मन रेटिन्छ ।
    ✍️पुष्पा राई
    खोटाङ
    …
    १,
    भ्रष्टाचार जताततै बढ्दैछ
    सदनमा बस्नेको मन
    कतातिर आज गढ्दैछ ?
    ✍️कला ढकाल
    झापा
    …
    १,
    भयो जिन्दगी धराप
    वर्षदिन बोलिनन् श्रीमती
    लाग्यो उनैको सराप।
    २,
    पैसाले बनायो पराई
    तिमीले दिएको चिनो
    लगाई रहेछु नहराई।
    ✍️चुडामणी देवकोटा
    पुरानोनैकाप, काठमाडौँ
    …
    १,
    सुनिॅंदैन दु:खीको आवाज
    सपथ खाएका हातहरू
    बिक्छ दौलतमा समाज।
    २,
    तिमी बहिरो नबनिदेऊ
    अन्यायीको आवाज सुन
    सत्य तथ्य भनिदेऊ।
    ३,
    सत्यका गाथाहरू देखिदेऊ
    बनेर दुर्बलका आवाज
    इतिहास तिमीले लेखिदेऊ।
    ✍️सतीश पण्डित
    भानु – ६, चुम्हदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ )
    …
    १,
    आफ्नै पर्नु भर
    सफल हुन्छ पक्कै
    हटाउनुपर्छ लाज डर ।
    २,
    फैलिन्छ भ्रष्टको जालो
    लोभ अनि लालचले
    गराउँछ मन कालो ।
    ३,
    निरन्तर मेहनत गरौँ
    सपना पुरा गर्न
    सधैँ अगाडि सरौँ ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३, नवलपरासी पूर्व
    …
    १,
    बगेको खोला फर्किन्न
    जीवन छोटो रहेछ
    कसैसित बोल्दा झर्किन्न ।
    २,
    अल्छी नबन्नु कहिले
    गर्नेले साहित्य सिर्जना
    चेतना छर्दछ जहिले।
    ३,
    चिसोले बिरामी बनायो
    नौलो सिर्जना गर्न
    हालमा जाँगर हरायो ।
    ✍️भगवती दवाडी
    …
    १,
    लगाम लगाएर जिन्दगीलाई
    गर्दैछु लामो यात्रा
    पीडाको ढोल बजाई।
    २,
    सुख मिल्ने आसमा
    उडिरहेछ यो मन
    बादल जस्तै आकाशमा।
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    उनेर काव्य सारा
    चम्किन्छ कवि मन
    बनेर सुन्दर तारा।
    ✍️ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    …
    १,
    खै देशको माटो
    आमा चिनेनौ तिमीले
    भत्कायौ स्वाभिमानको बाटो !
    २,
    झुट्टा आरोप खेपेर
    सकिँदैन सहेर बस्न
    अन्याय अत्याचार चेपेर  !
    ३,
    जिन्दगी सधैँको फिका
    हैकमवादको दलदलमा बस्छु
    पिउॅंदै आँसुका ढिका !
    ✍️ऋजु दिल्पाली
    इटहरी – १, सुनसरी
    …
    १,
    यस्तै छ चलन ,
    आफैँ गर्न नसकेपछि
    अनि हुन्छ जलन ।
    २,
    कर्म पथमा लाग्नुपर्छ ।
    सफलता पाउनु, नपाउनु
    भाग्यले निर्धारण गर्छ ।
    ३,
    अविरल रूपमा बगिरहन्छु ।
    कहिले खोला त ,
    कहिले नदी बन्छु ।
    ✍️दीपा गुरुङ समभाव
    दुबेकोल, खोटाङ
    …
    १,
    लेखौँ सकरात्मक कुरा
    तब मात्र हुन्छ
    साहित्यकारको यात्रा पूरा।
    २,
    बुद्धि कहिल्यै नगिराऔॅं
    यद्यपि गिरेको भए
    आफ‌ैले सोचेर फिराऔॅं।
    ✍️राज कुमार राजभण्डारी खोटाङ्गे
    ऐसेलुखर्क ३, खोटाङ ( हाल भक्तपुर )
    …
    १,
    हार गुहारको कथा
    सुन्दा लेख्छ मन
    मनभित्र दुखी व्यथा ।
    २,
    जितको हार भएको
    देखियो हिजोआज यहाँ
    दु:ख, कष्ट भोगेको ।
    ३,
    स्वाभिमानीको आयो कुरा
    गर्दागर्दै फरक भयो
    शिर पाउ पूरा ।
    ✍️ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका – ६, सुदुरपश्चिम, अछाम
    …
    १,
    सेवा हो कर्म
    गर्नुपर्छ हामी सबैले
    पाइन्छ सधैँ धर्म ।
    २,
    देश हाम्रो आमा
    गरौँ सेवा सधैँ
    सपना बनाऔँ लामा ।
    ✍️नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    …
    १,
    भनेर मात्र नहुने
    अचम्म रहेछ मन
    अरूको कुराले नछुने ।
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    बैगुनीलाई गुनले गालौँ
    पथभ्रष्ट व्यक्तिलाई उकास्न
    आजैदेखि कदम चालौँ ।
    २,
    सियो बनेर पस्छन्
    थोरै सम्हालिन सिकेपछि
    मर्यादामा छुरा धस्छन् l
    ३,
    जमाना छ उल्टो
    ज्ञान दिन खोज्नेलाई
    पारिन्छ छोपेर गुजुल्टो l
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    कति भयो मैला
    नगरी कसरी भनूँ
    भरिएको छैन थैला।
    २,
    कति दिने धन
    भयो भनी तिमी
    हेरौँ होला मन।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ, भारत
    …
    १,
    कर्म गरौँ सेवा
    आश नगरे पनि
    पाइनेछ अवश्य मेवा ।
    २,
    मौसमको भर हुन्न
    छिनमै बदलिन्छन् फेरि
    पत्थरको मुटुलाई छुन्न ।
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी -५, जुम्ला
    …
    १,
    दुष्टले थाप्दछ जाल
    त्यसैले सजग रहौँ
    बुझौँ उसको चाल।
    २,
    समय नआउने फर्केर
    आएका समस्या आफै
    कतै जाँदैन तर्केर ।
    ३,
    प्रभुलाई नबिर्सौँ कलीमा
    अहङ्कारीको रहन्छ ताल
    विश्वास किन बलीमा ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    रमाउन भनेर कमायो
    चालिस काटुन्जेल सम्ममा
    रोगै रोगले समायो !
    २,
    जीवन फक्रेको फूल
    जस्तै परिस्थिति आएपनि
    हाँस्न चाहिँ नभुल !
    ३,
    आँगनीमा बिस्कुन सुकाई
    बनाउँला परिकार भनी
    जिउनुपर्छ दुःख लुकाई !
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान
    …
    १,
    झुल्के घाम उदायो
    यो उदाउँदो घामसँगै
    मलाई धेरैतिर कुदायो।
    २,
    घाम लाग्यो घमाइलो
    डाँडाकाँडा पनि देखिए
    अति सारै रमाइलो।
    ३,
    नपरोस् लुटेराका आँखा
    यो तपोभूमि नेपालको
    यति सुन्दर भिरपाखा।
    ✍️सतीश सिकारु
    चुँदी, तनहूँ
    …
    १,
    आफैँ ढुकुटी भर
    अरूको भरमा नपरी
    स्वयम् परिश्रम गर ।
    २,
    आफू श्रम नगर्ने
    प्रगति र उन्नति
    अरूको देखेर जलिमर्ने ?
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    कागको फुल चोर्ने
    कोइलीको बुद्धि हेर
    आफ्नै घर फोर्ने।
    २,
    बकुल्लाको सेतो रूप
    व्यवहार छ कालो
    धक्कु लगाउॅंछ खुब।
    ✍️होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    …
    १,
    चलेको चलन राम्रो
    आफ्नो संस्कृति असल
    सरल भाषा हाम्रो।
    २,
    खुसीले गरौँ आराम
    कठिन छैन कुनै
    सजिलो हुन्छ काम।
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    …
    १,
    नशालु तिम्रा नयन
    हजारौँ मान्छेको भिडमा
    तिमी मेरो चयन ।
    २,
    मुसुक्क हाँसेको चित्र
    कुँदिएर बसेको अति
    हृदयको कोमल पत्रभित्र ।
    ३,
    धुम्म भयो गगन
    हरायो सपना सबै
    आएन कुनै लगन ।
    ✍️शुक्रराज कुँवर
    धरान – १०, सुनसरी
    …
    १,
    बिताउॅंछु दिन गनेर
    ए प्यारो मान्छे !
    तिमी आउॅंछौ भनेर ।
    २,
    अकाशमा जून तारा
    पृथ्वीमा मात्रै तिमी
    मेरो एउटै सहारा ।
    ३,
    झिल्कामा तिमी आउॅंछौ
    सुस्तरी कानमा आई
    प्रीतिको गीत गाउॅंछौ ।
    ✍️ध्रुव श्रेष्ठ
    खोटाङ
    …
    १,
    घाम लाग्ने सबेरै
    जमिन तात्यो छिटो
    तराईमा गर्मी धेरै।
    २,
    शितल कपडा लाऊ
    गर्मी रोक्नको लागि ,
    धेरै चिसो नखाऊ ।
    ३,
    घामले अनुहार जल्छ
    मध्यान्नमा काम गर्दा,
    शरिर हाम्रो गल्छ ।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक, पर्सा
    …
    १,
    हिमालमा धान झुलाउँछन्
    गरेछन् अहिले प्रगति
    तराईमा काँस फुलाउँछन् ।
    २,
    युवालाई विदेश डुलाउँछन्
    पारिवारिक समृद्ध ल्याउँदै
    वृद्धवृद्धालाई आश्रममा भुलाउँछन् ।
    ३,
    मान्छे नेपालमा भयो
    देश विकास गर्न
    पैसा विदेशमा गयो ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ
    …
    १,
    सक्छौ भने तिमी
    फूल रोपी दिनु,
    सुन्दर हुन्छ जिमी ।
    २,
    फूलको बन माली ।
    सफलता तिम्रै हातको,
    दुनियाँमा बज्छ ताली ।
    ३,
    सके मण्डपमा सजाउॅंला
    एउटा फूल मेरो,
    नसके चितामा चढाउॅंला।
    ✍️टिकाराम पुन टिपु
    सल्यान
    …
    १,
    कसैसँग छैन डाहा
    हिउँदमा सुकौरो खोला
    कसरी मार्ने पाहा  ।
    २,
    सत्यको विजय हुन्छ
    निस्वार्थ कर्म गर्नाले
    ईश्वरले अवश्य सुन्छ ।
    ३,
    बैगुनीलाई गुणले मार्नु
    देखासिकी नगरौँ भन्छु
    बिस्तारै पाइला सार्नु  ।
    ✍️मोती योन्जन सुब्बा  
    दार्जिलिङ
    …
    १,
    तिम्रा लागि फूल
    साँचेर राखेको छु
    जताततै भमराको हुल ।
    २,
    माया प्रेमका कुरा
    मिठो हुन्छ हजुर
    बुढा हुन भुरा ।
    ३,
    म नेपालकी चेली
    मलाई डाँडाकाँडा प्यारो
    सुन्दिन विदेशको नालीबेली ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल, काठमाडौँ
    …
    १,
    म छैन प्यासी
    मात्र भाइचारा हो
    फेरि नठान्नु दासी ।
    २,
    स्वतन्त्रता र स्वछन्दता
    अलग कुरा भए
    अनुशासनमा हुन्छ सुन्दरता  ।
    ३,
    नियम कानुन ऐन
    नपाए जनताले भन्छन्
    ठुल्ठुलालाई मात्र चैन ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    …
    १,
    उसैले घात गर्छ
    जसलाई विश्वास गर्‍यो
    अनि मन मर्छ।
    २,
    जीवन घाम छाया
    मुखमा हुँदैन महोदय
    मनमा हुन्छ माया ।
    ✍️सावित्री प्याकुरेल
    धादिङ
    …
    १,
    कर्म गरे  धर्म
    नगर्नु मन पोली 
    बुझिदिनु अरूको मर्म ।
    ✍️बिबा तामाङ
    दार्जिलिङ
    …
    १,
    भावनामा नजिक रहनु
    साहित्यिक भाषामार्फत सबै
    मनको कुरा कहनु।
    ✍️मन्दिरा सेढाई   
    मलेखु, धादिङ
    …
    १,
    जातपात सबै सहेर,
    एकदिन पर्खेर हेरौँ
    समान हुने भनेर ।
    २,
    खराब बानी लागेर
    सम्मान हुन गारो
    संविधान फितलो भएर ।
    ३,
    अब अवश्य बुझिसकेर
    साथ नदिएर सहनु
    अवश्य आँखा खोलेर ।
    ✍️भोलामान बर्देवा ‘बैरागी माइलो’
    मादी – ५, सङ्खुवासभा (हाल धरान – ८, सुनसरी )
    …
    १,
    सबैको भलो चिताऊ
    छोटो छ जिन्दगानी
    हाँस्दै खेल्दै बिताऊ।
    २,
    खाडल खन्ने गर्छौ
    अरूलाई धराप थाप्दा
    आफै त्यसमा पर्छौ।
    ✍️अरुण कुमार भुजेल 
    गोरूबथान, भारत
    …
    १,
    राखेमा सबैलाई दिलमा
    पक्कै मिल्छ आशीर्वाद
    पुगिन्छ सफलताको मञ्जिलमा ।
    ✍️सुरेश विश्वकर्मा
    डोटी
    …
    १,
    जनतामा सुशासनको चाहना
    अद्भुत क्षमताका राजनेता
    युवालाई स्वीकार्ने आफ्नोपना ।
    २,
    अधोगति शासकमा देखियो
    आजित जनताहरू सडकमा
    युवाशक्तिको भविष्य लेखियो।
    ३,
    सडेको गिदीले भ्याएन
    शासन एक्काईसौं शताब्दीको
    सदनमा उँघेकोले सुहाएन।
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही
    …
    १,
    रहुन्जेल पाखुरीमा बल
    हिम्मत जाँगर जुटाई
    माटोमा गर्नु मलजल।
    २,
    बगेको खोला फर्कन्न
    कर्ममा ढिलाई नहोस्
    समयले कहिल्यै पर्खन्न।
    ३,
    मानव रूपी चोला
    असल कर्म गर्नु
    जीवन सफल होला।
    ✍️सरस्वती श्रेष्ठ
    रुपन्देही बुटवल
    …
    १,
    सृजना धर्तीमा रोपौँला
    भित्री मनको पीडालाई
    साहित्यिक भाषामा पोखौँला ।
    २,
    आँसु झार्नु हुँदैन
    साहसी बन्नु सिक्नुहोस्
    कसैको मानले छुँदैन ।
    ✍️राधा चाम्लिङ
    खोटाङ
    …
    १,
    सितलु वरपिपल छाया,
    झरनाको कञ्चन पानीझैँ
    चोखो हाम्रो माया !
    ✍️आर्त अकुलीन
    …
    १,
    बल हुन्जेल काम
    दु:ख नगरी बसे
    कसरी खान्छ माम ।
    २,
    असल काम गरौँ
    असाहयको सेवा गर्न
    कसैको भर नपरौँ ।
    ३,
    पढेर बनौँ महान्
    कोसिस गर धेरै
    तर नदेखाऊ बलवान् ।
    ✍️रमा गुरुङ
    सालुगडा सिलीगुडी
    …
    १,
    अर्जन गरेको ज्ञान
    अक्षरमा सीमित भए,
    के रहन्छ मान ?
    २,
    कुरो मात्रै हरियो
    व्यवहार अन्धकारमा डुबेछ,
    खोक्रो आश्वासनमा परियो ।
    ३,
    साँघुरो दृष्टिकोणको साटो
    उदार दिल बनाए
    सफा बन्छ बाटो ।
    ✍️नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
    …
    १,
    तिम्रो अत्याचार रोक,
    स्वतन्त्र बाँच्न देऊ,
    जनताको सपना बोक।
    २,
    अन्यायको बाटो नदेख।
    स्वाभिमान उठ्न देऊ,
    अधिकारको बाटो नछेक।
    ३,
    आवाज दबाइ नथिच।
    सत्यमाथि जित्न देऊ,
    निष्पक्षता फेरि नमिच।
    ✍️शैलेन्द्र
    …
    १,
    वारि रह्यो वरपिपल
    पारि बसेका रहेछन्
    आफ्नै छायामा सितल।
    २,
    माया नौलो हुँदैन
    माया लाउन केहीले
    पनि जगत्मा छुँदैन ।
    ३,
    पर्छ पीर कतिको ?
    नौलो माया छउन्जेल
    छुरी धसे जतिको ।
    ✍️वेदु न्यौपाने
    …
    १,
    अमिल्दो हुनुहुन्न जोरीपारी
    आपसमा मिलीजुली बोक्दा
    हलुँगो भइदिन्छ भारीतारी ।
    २,
    साँधमा बगेको पानीढलो
    वरपर सबैलाई आवश्यक
    नगरौं बेकारमा खिचल‍ो ।
    ✍️कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    …
    १,
    तपाईले पढनुपर्छ धेरै 
    आइपुगेको छ इम्तिहान
    उठनुहोस् बिहान सबेरै ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    …
    १,
    मनमा माया भएर
    मैले बोलाए इसाराले
    लसक्क छेउमा गएर।
    २,
    मलाई सकेनौँ बुझ्नलाई
    ढिलो भयो आखिर
    हिॅंड्ने बिलौना गाई।
    ✍️दुर्गा आचार्य
    मोरङ
    …
    १,
    कर्म नै धन
    चलाउ पाखुरा माटोमा
    सधैँ लगाएर मन ।
    २,
    बुझ देशको माटोलाई
    नहिॅंड बिल्टुवा बनी
    सम्झ बारीको पाटोलाई ।
    ✍️दुर्गा भट्टराई
    मोरङ
    …
    १,
    के लेखौँ भएको
    झिल्का कविता आज
    मन अन्तै गएको ।
    २,
    साँझै पर्‍यो आज
    हेर झिल्का कवितामा
    के होला राज ?
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    …
    १,
    छैन टाढा भएको
    तिमी बदलिनु रहेछ,
    लाग्दैन दुख गएको।
    २,
    कुर्नुपर्ने समय कुरेर
    प्रतीक्षा धेरै गरे,
    आएन समय जुरेर।
    ✍️शङकर कार्की
    थाहा ३ मकवानपुर ।
    …
    १,
    तिमीले बोलेको कुरा
    नबनोस् कसैको पनि
    मन रेट्ने छुरा।
    २,
    पीडा आँसुले धुन्छ
    व्यथा लुकाएर बाबा
    बिनाआँसु पनि रुन्छ।
    ✍️अनमोल राई
    …
    १,
    गुट अनि  फुट
    होइन शक्ति आर्जन
    चाहना केवल ब्रम्हलुट ।
    २,
    बनेर पदका भोका
    नाटक, नौटङ्की देखाई
    नदेउ जनतालाई धोका ।
    ३,
    देखिन्छ निरङ्कुशताको गन्ध
    कारण सत्ता उन्मादको
    नबनोस्  बिष  मन्द !
    ✍️जयनारायण नेपाल
    इलाम,  (हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर )
    …
    १,
    हामी गोर्खाली वीर,
    आफ्नो स्वाभिमानमा जिउने,
    झुक्दैन कहिले शिर।
    २,
    खानु मिठो खीर,
    बाँचुन्जेल हाँसखेल गरौँ
    नराखी मनमा पीर।
    ✍️देव स्याङ्देन
    कालेबुङ ।
    …
    १,
    आफूले आफैलाई चिनौँ
    अरूलाई बाटो देखाउन
    पहिले सत्मार्ग हिडौँ ।
    ✍️विष्णु पङ्गेनी पाण्डे  
    वालिङ्, स्याङ्जा
    …
    १,
    पुष्पको सुवास पिऊँ
    जिन्दगी भाँचेर हैन
    हाँसेर आनन्द लिऊँ।
    २,
    मन्दिर मन्दिरमा पुगेर
    भेटिन्न ईश्वर ढुङ्गामा
    नियाल्छ साथ रहेर ।
    ३,
    पैसाले मान्छे बिगार्ने
    नपत्याए हेर सत्तामा
    बथान देखिन्छ दार्ने ।
    ✍️चूडा निर्भीक
    गोरखा
    …
    १,
    जोगाएर राखौँ बन
    सुन्दर वरदान प्रकृतिको
    हाम्रो राष्ट्रको धन।
    २,
    यत्रतत्र फोहोर नफालौँ
    वातावरण स्वच्छ राख्ने
    सबैले बानी बसालौँ ।
    ✍️बिके मुखिया
    दार्जिलिङ, भारत
    …
    १,
    तिम्रो आगमन बहार
    थामिदेउ हात मेरा
    जित्नेछ आँट संसार।
    २,
    कस्ले चोर्‍यो दिल
    बसमा छैन आजकल
    बेखबर कता मन्जिल।
    ✍️बिमल पोखरेल
    धरान -१७, पटनाली
    …
    १,
    बाल्यकालको चञ्चले बानी
    राम्रो लाग्छ सबैलाई
    नौलो शब्दका खानी ।
    २,
    लाग्छ उसैसँग जाऊॅं
    निर्दोष आँसु तिम्रा
    काखमा राखी समाऊॅं ।
    ✍️धनमाया चौधरी
    कैलाली
    …
    १,
    अरूको देखासिखी गर्ने
    फुर्तिफार्ती गर्दै यहाँ
    भ्रमको खेती छर्ने ।
    २,
    भौतिक खुसी खोज्ने
    तृष्णा मानिसले मेटाउन
    अनावश्यक वस्तु रोज्ने ।
    ३,
    देखाउन खोज्छन् फुर्ती
    बुझ्दैन्न मानिसको चाहना
    कहाँ हुन्छ पूर्ती ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    …
    १,
    गर्छन् किन तानातान ?
    आखिर कुरा नबुझेरै
    भैदिन्छ फेरि हानाहान।
    २,
    माया छ अपार
    गुन आमा हजुरको
    थपिदै जानेछ लगातार।
    ३,
    झुक्दैन सत्य कहिले
    अवश्य थाहा होला
    भेट्छ तथ्य जहिले ।
    ✍️खडक आर सि मिलन
    छेडागाड नगरपालिका – २, साल्मा, जाजरकोट
    …
    १,
    धर्मलाई व्यापार बनाए,
    गहिरो ज्ञानविनाका यहाँ ,
    भाषणमा पैसा खन्याए।
    २,
    सबै राजा महाराजा,
    बन्न  छ प्रतिस्पर्धा  ,
    बजाइ  भजनमा बाजा।
    ३,
    ग्रन्थका महिमा घटे,
    नीति श्लोक फाट्टफुट,
    भजन बनाए रटे।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १
    …
    १,
    कहालीलाग्दो व्यथा झेल्दै
    बाँचेकी आमाको चिच्चाहट
    मार्नु डोजरले पेल्दै।
    २,
    घरमा एक्लै  हुँदा
    कुनियतले मामा आए
    चिच्याएँ उसले छुँदा
    ३,
    आगोको नजिक नपर्नु
    पग्लेर बिछट्टै होला
    ओरालो तिर नझर्नु ।
    ✍️राजेश्वरी राजोपाध्याय
    ललितपुर
    …
    १,
    घामपछि बित्यो रात
    बुझौँ सबैले यसलाई
    सुखसॅंगै दुखको बात ।
    २,
    कर्मले जीवन सजाउनु
    भाग्य कुर्नु हुन्न
    सत्यमार्गले धन कमाउनु।
    ✍️भुवन विश्वकर्मा
    असम, भारत
    …
    १,
    मिठो पाइरहूँ पोषण
    हुन्थ्यो भने उज्यालो,
    प्रजातन्त्रले गर्दैछ शोषण ।
    ✍️लोकबहादुर छेत्री लामिछाने
    मोदी गा पा – २, देउपुर, पर्वत
    …
    १,
    वसन्तको सुगन्धमा फूल
    दुःख कष्ट हटोस्,
    मनमा छैन भुल ।
    २,
    दुई तीन चार
    सफलतामा छैन मेरो
    कदापि पनि हार ।
    ✍️श्रीकृष्ण धामी
    बझाङ
    …
    १,
    तिम्रो सकियो पालो
    सिलाएर के गर्छौ ?
    थोत्रिएको पुरानो टालो ।
    २,
    कहिलेसम्म चाहिन्छ सत्ता ?
    खाएर बसे हुन्छ
    खान्छन् सबैले भत्ता ।
    ✍️जानुका बास्कोटा
    काठमाडौँ
    …
    १,
    हात समाउन आऊ
    यति माया गर्दा
    किन खोज्छौ भाउ ।
    २,
    खुसीले रमाउनु पर्छ
    नत्र कतिपय रहरहरू
    मनमै गुम्सिएर मर्छ।
    ३,
    वचनको घेरा तोडी
    गर्नुहुँदैन गलत कर्म
    सही गन्तव्य मोडी ।
    ✍️ललिता गिरी
    सिन्धुली, हाल काठमाडौँ
    …
    १,
    तरेलीमा परेली साँधौँ
    पवित्र प्रीति गाँठो
    निस्वार्थि बनेर बाँधौँ ।
    २,
    दुबो माला उनेर
    पहिराई दिनु सरकै
    नबस्नु हेला सहेर ।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    …
    १,
    गरेको दुःख देख्दैनन्
    रिस गर्छन् सफलताको ,
    सत्य हत्तपत्त लेख्दैनन् ।
    २,
    नदी बगिरहन्छ निरन्तर
    जोडिॅंदैनन् दुई किनार
    जानेको दूरीको अन्तर ।
    ३,
    बैगुनी सुध्रिन गाह्रो
    फाइदा मात्र लिएर
    दुःख दिन्छन् साह्रो ।
    ✍️सुस्मिता अधिकारी
    काठमाडौँ
    …
    १,
    कुर्सी शक्तिको खेलमा
    बग्दैछ प्यारो देश
    आँसु आँसुको भेलमा ।
    ✍️कालिका त्रिपाठी पन्त
    …
    १,
    तिम्रो बोली वचन
    छुराभन्दा रहेछ तिखो
    दुख्यो मेरो मन ।
    २,
    रहेछौ तिमी बेसारे
    आफ्नो स्वार्थपूर्तिका लागि
    गर्छौ कुरा चेपारे ।
    ३,
    बेइमानी आफूलाई जनाए
    जनताको रगत चुसेर
    शासकले महल बनाए ।
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    …
    १,
    आँसुको ताल बन्यो
    यता मेरो जिन्दगी
    तिमी हाँस, भन्यो ।
    ✍️चन्द्रकाली मगर
    नौबहिनी – ३, प्युठान

    ::::::::जय झिल्का साहित्य ! :::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    ‘उपहार’ र ‘थेरापी’को परिचर्चा कार्यक्रम सम्पन्न

  • ११ फाल्गुन २०८१, आईतवार २३:५९ मा प्रकाशित
  • काठमाडौँ, फागुन १० गते
    वसन्त अनुभव
    नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रह ‘उपहार’ र ‘थेरापी’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा जुम प्रविधिबाट सञ्चालित उक्त कार्यक्रम अपरान्ह ७ बजेदेखि शुरु भएर अढाई घन्टासम्म चलेको थियोे ।

    ‘उपहार’ लघुकथासङ्ग्रह लघुकथाकार यमुना प्रधानाङ्ग ‘मुना’द्वारा लिखित कृति हो । यसभन्दा पहिले उहाँका अन्य विधाका कृतिहरू प्रकाशित भइसकेको भए पनि लघुकथा कृति भने यो नै पहिलो हो । त्यस्तै लघुकथाकार गुप्त बहादुर श्रेष्ठको ‘थेरापी’ लघुकथासङ्ग्रह पनि श्रेष्ठको प्रथम लघुकथा कृति हो ।

    परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले नमस्ते आधुनिक लघुकथा मञ्चले एकैपटक पच्चीस/छब्बीस वटा लघुकथासङ्ग्रहको प्रकाशन गरेर ऎतिहासिक कार्य गरेको उल्लेख गर्दै मञ्चलाई थप यस्तै यस्तै कार्य गरेर साहित्यमा योगदान दिन आग्रह गर्नुभयो । साथै मञ्चले लघुकथाको क्षेत्रमा दखल राख्ने व्यक्तित्वहरूलाई बोलाएर आफूद्वारा प्रकाशित लघुकथा कृतिको परिचर्चा गर्ने परिपाटीको थालनी गरेकोमा सराहना गर्नुभयो ।
    साथै प्रमुख अतिथि डा. नेपालले ‘उपहार’ र ‘थेरापी’का सर्जकहरूको प्रशंसा गर्दै अझै परिष्कृत कृति पस्कनका लागि उहाँहरूमा अनुरोध गर्दै बधाई एवम् शुभकामना दिनुभयो ।

    ‘उपहार’ लघुकथासङ्ग्रहको परिचर्चा गर्नुहुँदै वरिष्ठ साहित्यकार एवम् समालोचक गोपाल अश्कले उपहार लघुकथासङ्ग्रहमा विविध खालका ३३ वटा लघुकथाहरू सङ्ग्रहित रहेको उल्लेख गर्नुभयो । साथै लघुकथाकार मुनाका लघुकथाहरूमा वर्तमान समयमा व्याप्त रहेका विकृति विसङ्गति ज्वलन्त दृश्यहरू देख्न सकिने बताउनुभयो । अरूलेझैँ मुनाले समाजमा रहेका विकृति विसङ्गतिलाई उठाए पनि उहाँको शैली पृथक रहेको परिचर्चाकार अश्कले उल्लेख गर्नुभयो ।

    त्यस्तै ‘थेरापी’ लघुकथासङ्ग्रहको परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार एवम् समालोचक ध्रुव मधिकर्मीले विशेषत: साहित्यका मुक्तक, गीत आदिमा कलम चलाउनुहुने गुप्तबहादुर श्रेष्ठको यो पहिलो लघुकथा कृति रहेको उल्लेख गर्नुभयो । लघुकथाले समाजका विकृति विसङ्गतिलाई उजागर गर्दै व्यङ्ग्य हानेको बताउनुभयो । सङ्ग्रहमा सामान्य त्रुटि रहे पनि यसले उठाएका विषयवस्तु सशक्त रहेको बताउनुभयो ।

    छोटो समयमा दुईदर्जन बढी लघुकथाहरूको सम्पादन गर्नु, ती लघुकथाहरूलाई नयाँ शिल्प र शैलीमा ढालेर तयार पार्नु, भूमिका लेख्नु कम चुनौतीपूर्ण नभएको कार्यक्रमका विशिष्ट अतिथि एवम् कृतिका सम्पादक डा.विदुर चालिसेले बताउनुभयो । “सर्जकले लघुकथा पठाउँदा कस्ता थिए, अहिले कस्ता छन् सर्जक आफैँले मूल्याङ्कन गर्नसक्नुहुन्छ ।” उहाँले भन्नुभयो । तैपनि मिहिन ढङ्गले लघुकथाहरू हेरेर सकभर त्रुटिविहीन बनाउने प्रयास गरेका छौँ ।

    कार्यक्रममा कृतिकारको तर्फबाट बोल्नु हुँदै लघुकथाकारद्वय यमुना प्रधानाङ्ग मुना र गुप्तबहादुर श्रेष्ठले परिचर्चा कार्यक्रम आयोजना गरिदिएकोमा संस्थाप्रति हार्दिक आभार प्रकट गर्दै परिचर्चाकारले दिनुभएको सुझावलाई स्वीकार गर्ने बताउनुभयो । साथै उहाँहरूले परिचर्चाकार लगायत उपस्थित सबैमा धन्यवाद प्रकट गर्नुभयो ।

    ‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा वसन्त अनुभव, कमल पौडेल, डा.विदुर चालिसे, यमुना प्रधानाङ्ग, कृष्णजी शर्मा, मीठू कुमारी पाठक, गुप्तबहादुर श्रेष्ठ, कमल पौडेल, शैलेन्दुप्रकाश नेपाल, गंगा कर्माचार्य पौडेल, गोपाल अश्क, ध्रुव मधिकर्मी, म्यामराज राई, डा.विदुर चालिसे, सुरेशकुमार पाण्डे, होम प्रसाद नेउपाने, यमुना प्रधानाङ्ग ‘मुना’, कृष्ण श्रेष्ठ, शिवराज बस्नेत, प्रार्थना खनाल, ललिता दोषी, चन्द्रा न्यौपाने, साइमोन, मुक्ति गौतम, तारा श्रेष्ठ, कर्ण दयाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेलले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ११७

  • ७ फाल्गुन २०८१, बुधबार ०६:३९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयससत्रौंऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/११/०१गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ११७[एकसयसत्रौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    गौधुली साँझमा तिमी आए जस्तो।
    संसारको सारा खुसी पाए जस्तो।
    जिन्दगी हाँसीखुसी बिताउने हो,
    ब्रह्माण्डबाट प्रगति छाए जस्तो।
    मधुर धुनले गीत गाए जस्तो।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    भाव झल्कियो मनमा सानी ।
    खुल्दुली लायो तनमा सानी ।
    बिहानी घामको झुल्को सँगै,
    आगो लागेछ बनमा सानी।
    नफेर्नु माया धनमा सानी।
    -टिकाराम पुन टिपु
    सल्यान

    ॐ

    पञ्चाङ्ग:०३

    अग्निकाे राप प्रिया
    जाडाेेमा ताप प्रिया
    कसरी जाेख्नु माया
    राम्रोरी थाप प्रिया
    पराैली धाप प्रिया ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०४
    सुनौलो गोधुली सँगै आउ तिमी
    ढुकढुकी बनी माया जाउ तिमी
    ज्यान प्राण हौ जस्तो लग्छ मेरो नै,
    सन्ध्या कालीनमा राख पाउ तिमी
    प्रेम गित सुनाएर गाउँ तिमी ।।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग-:०५
    तिमी आऊ न सानू जवानीले वास छरेको बेला
    म पनि आउँछु भेट्न चाँदनी रात परेको बेला
    सागरको किनारमा भेटेर खेलौला लुकामारी
    जवानीले सुटुक्कै मुटुभरि प्रेम भरेको बेला
    मुटुको माया पोखिएर कलेजीमा सरेको बेला।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६

    अस्ताउँदो सुर्यको किरणसँगै हराए माया,
    तिमी आउँछौ कि भन्दै बाटो हेर्दै कराए माया,
    हरेक पल सपना देखेर आउने आशामा,
    हृदयभरि प्रेम पोखिनेगरी भराए माया
    आउने छौँ त्यसैले स्नेहका फूल छराए माया।
    -शोभा आचार्य गौतम
    काठमाडौ

    पञ्चाङ्ग-७
    अस्ताउँदाे सूर्यमा पनि मायाले छेक्दैन
    उज्यालो हुन्छ अन्धकार छायाँले छेक्दैन
    महाेदय माया भन्ने जून यस्तो कुरा हाे
    चोलाले लाखौं जुनी फेर्छ कायाँले छेक्दैन
    सत्य कुरा लेख्न दायाँ र बायाँले छेक्दैन
    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग भाग- १३४

  • ७ फाल्गुन २०८१, बुधबार ०६:२८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयचौतीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा आज सरस्वती पूजा विद्याकी खानी देवी भएको हुनाले सोही अनुरूप पञ्चाङ्ग लेख्नु हुन अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१३४—————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/१०/२८
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    मुर्कुट्टाहरू आउँछन् आफ्नै बनेर सुन्दर भेषमा।
    बालुवाकाे महलमा खाल्टाे खनेर सुन्दर भेषमा ।
    आफैले गरिरहेकाे त्याे सुुकर्मकाे प्रतापले हाे कि,
    कहिलेकाहीँ आउँछ सुख गनेर सुन्दर भेषमा।
    सपनाहरू पनि साँचाे हाे भनेर सुन्दर भेषमा।
    पञ्चाङ्ग:०२
    राम्रो कामहरू गरेर देखाउनु छ।
    धेरै खुशीहरू छरेर देखाउनु छ।
    हुन्छ धेरै उतार चढाव जीवनमा
    सबै दु:खहरू हरेर देखाउनु छ।
    पछि हैन अघि सरेर देखाउनु छ।
    -सुशीला पौडेल

    पञ्चाङ:०३
    चिन्ताले जीवनमा दु:ख मात्र दिएको देखिन्छ,
    किन हो कुन्नि आँखा भरि आँसु लिएको देखिन्छ।
    जमनालाई दिमागमा भण्डार गरेर आउँदा
    मनमा पिर भएर उसले पिएको देखिन्छ ,
    दिन प्रतिदिन आफ्नो स्वरुप खिएको देखिन्छ।

    -दुर्गा आचार्य
    मोरङ

    ॐ
    पञ्चाङ्ग:०४


    लगाउदै छन् माला प्रभु
    जनता काढ्दै छाला प्रभु
    सत्ता हात पारेर ढुक्क
    छैन , बाेलेकाे चाला प्रभु
    याे देश कता जाला प्रभु ?
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्:०५
    वसन्त ऋतुमा मुना पलाउने बेला
    टुनामुनाले हृदय चलाउने बेला
    प्राकृतिक सौन्दर्यमा मुना र मदन
    प्रेमले ईर्ष्यालु भाव जलाउने बेला
    के गर्दैछन् मनमुटु गलाउने बेला ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग-०६
    यो जीवन त एकदिन मरेर गइहाल्छ
    जे जति गर्न सक्यो त्यति गरेर गइहाल्छ
    मर्नु अघि नै आफ्नो कहानी भन्छु भन्दाभन्दै
    खुसुक्क ऊ भवसागर तरेर गइहाल्छ
    फेरि आउँछु भन्दै भ्रम छरेर गइहाल्छ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग :०७
    मेरो मनमा चोट परेको छ।
    अत्याचार दिनहुँ गरेको छ।
    कसले बुझ्ने मनको भावना,
    यी आँखाबाट आँसु झरेको छ।
    दुखाइले बसाई सरेको छ।
    -ह्यारिस

    पञ्चाङ्ग:०८
    मेरो लागि तिमी खास हौ
    ढुकढुकी चल्ने सास हौ
    तिमीलाई के थाह छ र,
    सधैं वरिपरि रास हौ
    साँझ पख बस्ने बास हौ ।।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०९
    भक्तिमा शक्ति हुन्छ मानौँ प्रभुकै भर पक्कै
    यो जगत बनाए प्रभुले रक्षा गर पक्कै
    अन्तर्यामीले बुझ्ने सबथोक मनका कुरा
    इच्छा भए पक्कै प्रभुले दिनेछन् वर पक्कै
    शेषमा आत्माले शान्ति नपाउने डर पक्कै।
    – कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग १०
    सम्पूर्णकाे मुखमा सरस्वतीकाे बास हाेस्
    दुःख सबै हटेर जाओस् खुसीको सास हाेस्
    देवी देउता दाइना हाेउन जीवनमा
    सबैको घर ,घरमा नै अन्नको रास हाेस्
    जीवनमा सुख,शान्ति र समृद्धि खास हाेस्

    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग भाग- १३३

  • ७ फाल्गुन २०८१, बुधबार ०६:२५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयतेतीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा आज विद्याकी खानी र आस्थाकी देवी सरस्वती पूजा भएकोले सोही अनुरूप पञ्चाङ्ग लेख्नु हुन अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१३३—————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/१०/२१
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग: ०१
    सरस्वतीको बास होस् ।
    दुःख सबैको नाश होस् ।
    ज्ञानको प्रकाश छरुन् ,
    सुख शान्तिको रास होस् ।
    आजको दिन खास होस्।
    -सुशीला पौडेल

    पन्चाङ्ग:०२

    बिद्याकी देवी हौ सरस्वती आज जन्म दिनमा
    हामी सन्तती गर्छौँ पुजाको काज जन्म दिनमा
    वसन्त श्रवण सुन्दर छ कोकिल कुहु कुहु
    प्राणी,बोट,बिरुवा नमानी लाज जन्म दिनमा
    प्रकृति लोकमा लुकाउँछिन् लाज जन्म दिनमा ।

    कमला देवकोटा , पाल्पा

    पञ्चाङ्ग:०३
    सरस्वतीको पूजा गर्छु म।
    यिनैको चरणमा पर्छु म।
    ज्ञान दिनु माता सधैंभरि,
    तिम्रै पाउँ नजिक सर्छु म।
    तिम्रो साथ समुद्र तर्छु म।
    -ह्यारिस

    पञ्चाङ्ग:०४

    बिन्ति गर्छु माता
    पाउ पर्छु माता
    विद्या देऊ धेरै ,
    ज्ञान भर्छु माता
    पार तर्छु माता ।

    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०५
    अज्ञानीलाई ज्ञानी बनाऊ
    अत्यन्त भाग्यमानी बनाऊ
    तिमी नै हौ सर्वव्यापी माता
    मलाई विद्या खानी बनाऊ
    नमाने पनि तानी बनाऊ।।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०६
    अज्ञान सखाप पार्ने देवी तिमी
    ज्ञान र विवेक सार्ने देवी तिमी
    नामै छ काफी तिम्रो सरस्वती है,
    मुर्खको मुर्खता झार्ने देवी तिमी
    विणा र पुस्तक नार्ने देवी तिमी ।।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग-०७
    विद्या आर्जन गर्ने हो भने पूजा मात्रै गरेर हुँदैन
    पूजा गरी प्रसादले टन्न घ्याम्पे भुँडी भरेर हुँदैन
    खासमा पुस्तकको अध्ययन नै सरस्वतीको पूजा हो
    नपढी किताब सरस्वतीकै भरमा परेर हुँदैन
    सड्ढल्प लिनु ज्ञानको मनमै भ्रम छरेर हुँदैन।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०८
    सरस्वती माता पाउ पर्छु तिम्रो ,
    सधैंभरि कोमल मन भर्छु तिम्रो ।
    शरणमा परेर बिन्ती चढाउँछु।
    म छेउ छेउमा अगाडि सर्छु तिम्रो
    मत दिनै पिच्छे पुजन गर्छु तिम्रो ।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०९
    माता तिम्रै शरणमा पर्छु म।
    दुई हात जोडी बिन्ती गर्छु म
    पुजकी तिमी ज्ञानकी बिधाता,
    तिम्रै चरणमा मन भर्छु म।
    हुँदा मुर्खतामा भोकै मर्छु म।
    -टिकाराम पुन टिपु।

    पञ्चाङ्ग:१०

    माता शारदा तिम्रै शरण पर्छु म
    तिम्रै महिमा नित्य जगमा छर्छु म।
    देऊ आशिष धेरै मलाई माताजी
    नित्य आमाकै आज्ञा पालन गर्छु म
    तिम्रै पुस्तक यही काँधमा धर्छु म ।।
    -तीर्थराज जोशी कैलाली
    पञ्चाङ्ग:११


    तिमी ! सरस्वती माता भारती
    हाम्राे नि ध्वनीकि दाता भारती
    शब्द सँगै भाव जन्म्याै तिमीले
    विश्व भाषाकाे हाै छाता भारती
    जीवजगत् बन्याै गाता भारती ।
    -प्रद्युम्न चालिसे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    ‘बुन्छत’ र ‘नमस्ते’को परिचर्चा कार्यक्रम सम्पन्न

  • २६ माघ २०८१, शनिबार २३:०० मा प्रकाशित
  • काठमाडौँ, माघ २६ गते शनिवार
    वसन्त अनुभव
    नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘बुन्छ्त’ र ‘नमस्ते’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा जुम प्रविधिबाट भएको उक्त कार्यक्रम अपरान्ह ७ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।

    ‘बुन्छ्त’ लघुकथासङ्ग्रह लघुकथाकार म्यामराज राईको दोस्रो लघुकथा कृति हो । यसभन्दा पहिले उहाँको ‘हाम्रो बाटो’ लघुकथासङ्ग्रह प्रकाशित भइसकेको छ ।
    त्यस्तै ‘नमस्ते’ लघुकथासङ्ग्रह, लघुकथाकार भूमिका गैरे तिमिल्सिनाको पहिलो लघुकथा कृति हो । यद्यपि उहाँको ‘निवुवा’ नामक दोस्रो लघुकथा कृति पनि बजारमा आइसकेको छ ।

    परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समालोचक डा.विदुर चालिसेले नआलमद्वारा वि.सं. २०८१ मा प्रकाशित सम्पूर्ण लघुकथासङ्ग्रहहरूमा शैली वैज्ञानिक सूत्रको प्रयोग भएको उल्लेख गर्नुभयो । साथै गुरुकुल पद्धतिमा रहेका उक्त २२ वटा कृतिले विभिन्न जाति, वर्ग, स्थान आदिको प्रतिनिधित्व गरेको बताउनुभयो ।
    उक्त पुस्तकहरूको सम्पादकको समेत भूमिका निभाउनुभएका डा.चालिसेले प्रकाशनका क्रममा भोगेका सास्तीहरू उल्लेख गर्दै सकेसम्म त्रुटिरहित बनाउन हरप्रयास गरिएको बताउनुभयो ।

    पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका समालोचक डा.शंकरप्रसाद गैरेले कार्यक्रमको पहिलो चरणमा लघुकथाकार म्यामराज राइको लघुकथा कृति ‘बुन्छत’को परिचर्चा गर्दै ‘वान्तवा’ भाषामा राखिएको शिर्षक ‘बुन्छत’ले पाठकमा कौतुहलता, जिज्ञासा पैदा गर्ने गरेको उल्लेख गर्नुभयो । साथै उहाँले ‘बुन्छ्त’मा पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको ‘खलल’ लघुकथालाई बीज विन्दु मानेर लेखिएका ५४ वटा लघुकथाहरू रहेकोे उल्लेख गर्नुभयो ।
    ‘बुन्छत’ शिर्ष लघुकथा मिथकिय पृष्ठभुमिमा भए पनि सम्पूर्ण लघुकथाहरू सामाजिक, समसामयिक पृष्ठभुमिमा लेखिएका छन् । साथै नेपाली र जापानी परिवेशलाई पृष्ठभुमि बनाएर लघुकथाहरू लेखिएका बताउनु हुँदै राईका लघुकथामा विकृति, विसङ्गतिप्रति व्यङ्ग्य, मानवले पालना गर्नुपर्ने अनुशासन लगायत प्रेम, मानवीय समवेदना रहेको उल्लेख गर्नुभयो ।
    साथै उहाँले समाजमा देखिरहेका, भोगिरहेका घटना, विषयवस्तुलाई कलात्मक शिल्प शैलीमा प्रस्तुति गर्ने क्षमता लघुकथाकार राईमा रहेको बताउनुभयो ।

    कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार भूमिका गैरे तिमिल्सिनाको लघुकथा कृति ‘नमस्ते’ बारे परिचर्चाकार एवम् समालोचक डा.शंकरप्रसाद गैरेले लघुकथाकार तिमिल्सिनाको लघुकथासङ्ग्रह ‘नमस्ते’ पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको ‘सराप’ लघुकथालाई बीज विन्दु मानेर लेखिएको र जसमा ३७ वटा फरकफरक विषयका लघुकथाहरू रहेकोे उल्लेख गर्नुभयो । साथै उहाँले तिमिल्सिनाको लघुकथाहरूमा समाजमा रहेका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य, असल शिक्षकमा हुनुपर्ने गुणहरू लगायत शैक्षिक क्षेत्रमा रहेका विसङ्गतिहरूमाथि प्रहार देख्न पाइने बताउनुभयो ।

    कार्यक्रममा कृतिकारको तर्फबाट बोल्नु हुँदै लघुकथाकारद्वय म्यामराज राई र भूमिका गैरे तिमिल्सिनाले परिचर्चा कार्यक्रम आयोजना गरिदिएकोमा संस्थाप्रति हार्दिक आभार प्रकट गर्दै परिचर्चाकारले दिनुभएको सुझावलाई स्वीकार गर्ने बताउनु हुँदै परिचर्चाकारप्रति धन्यवाद प्रकट गर्नुभयो ।

    ‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा वसन्त अनुभव, कमल पौडेल, डा.विदुर चालिसे, यमुना प्रधानाङ्ग, कृष्णजी शर्मा, डा.शंकरप्रसाद गैरे, अवधेश सिंह, मीठू कुमारी पाठक, मुक्ति गौतम, म्यामराज राई, भूमिका गैरे तिमिल्सिना, छायादत्त न्यौपाने, कुमार काफ्ले, ध्रुव राज थापा, ध्रुव नेपाल, राजन घले लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेलले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, लघुकथा, वसन्त अनुभव

    छन्दसङ्गमको ७३ औँ शृङ्खला सम्पन्न

  • २६ माघ २०८१, शनिबार १०:१९ मा प्रकाशित
  • माघ २५ दाङ ।
    राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कार्यक्रमअन्तर्गत ७३औँ श्रृङ्खलामा छन्दसङ्गम कार्यक्रम परिषदको सभाहलमा सम्पन्न गरिएको छ ।
    राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार गणेश विषमको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा.हिमलाल पन्थी, साहित्यकारहरू पुरुषोत्तम खनाल, हरिप्रसाद पौडेल “स्वर्णशिखा” धनसिंह गिरी, महेशकुमार न्यौपाने, वीना रोका, नारदप्रसाद भण्डारी, एकराज शर्मा अधिकारी, विक्रम ओली “नेपाली बाबु” एकनारायण चापागाई, सुरेश कुमार पाण्डे लगायत एक दर्जनभन्दा बढी छन्द कविहरूले आ-आफ्नो छन्दका सिर्जना वाचन गरेका थिए । वाचित रचनाहरूको समीक्षा साहित्यकार हरिप्रसाद पौडेल “स्वर्णशिखा”ले गरेका थिए।

    राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार कमलमणि देवकोटा, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर” राप्ती साहित्य परिषद् केन्द्रका कोषाध्यक्ष डा.खेमराज मल्ल, अध्ययन मञ्च दाङका संयोजक सूर्य विसी, नयाँ सरोकार अनलाइन खबरका प्रधान सम्पादक अरुण कुमार नेपाली, साहित्यकारहरू गोपाल भुसाल अभिलाषी, सुशीला आचार्य, चन्द्रप्रकाश देवकोटा लगायतको गरिमामय उपस्थिति रहेको थियो।

    राप्ती साहित्य परिषद् दाङ शाखा उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत् मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P