दाङ ३० जेठ । साहित्यकार सुशील पुन विरहीको एकल रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा नियमित मासिक कार्यक्रम अन्तरगत एकल रचनावाचनको ८१औं श्रृंखलामा साहित्यकार पुनको शुक्रबार एकल रचना वाचन घोराहीमा भएको हो ।
परिषदका जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एव्म पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा साहित्यकार पुनले आफुले रचना गर्नुभएका दर्जन बढी गजल, कविता, मुक्तक, हाईकु प्रस्तुत गर्नुभयो । उहाँले प्रस्तुत गर्नुभएको रचनाले समाज, देश परिवेश र समसामयिक विषयलाई छोएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले साहित्य सिर्जनामा देश र समाजको बिम्बलाई समेटेर अघि बढ्नुपर्ने बताउनुभयो । साहित्यले समाजको चेतनाबोधलाई उजागर गर्ने हुँदा सकारात्मक चिन्तन समावेश गर्न साहित्यकारले ध्यान दिनुपर्ने बताउनुभयो । परिषदका जिल्ला उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो ।
विराटनगर जेष्ठ २५ सुजाता राई कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १५औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरगत कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिता विराटनगरको सहिद रंगशालामा सुरु भयो। कार्यक्रमको उद्घाटन सभामुख अम्बर बहादुर विष्टले सामाजिक विकास मन्त्री पाँचकर्ण राई, खेलकुद सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेतलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा भएकोछ। प्रदेशका ११ जिल्लाबाट करिब १,००० खेलाडी सहभागी भएका प्रतियोगितामा भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु तथा एथलेटिक्स खेल समावेश छन्।
उद्घाटन समारोहमा प्रमुख अतिथि विष्टले शिक्षा र खेलकुद राष्ट्रको समग्र विकासको आधार भएको उल्लेख गर्दै प्रदेश सरकारलाई आगामी बजेटमा खेलकुदलाई प्राथमिकता दिन आग्रह गरे। मन्त्री राईले छोटो सूचनाका बाबजुद प्रतियोगिता सफलतापूर्वक आयोजना भएकोमा सरोकारवालाप्रति आभार व्यक्त गर्दै खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने प्रतिबद्धता जनाए।
सदस्य सचिव बस्नेतले सहभागी खेलाडीहरूलाई शुभकामना दिंदै विजयी खेलाडीलाई उचित सम्मान गरिने र खेलाडीको सम्मानजनक जीवनका लागि बोर्ड क्रियाशील रहेको जानकारी गराए ।
प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीहरूले जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा हुने राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको तर्फबाट सहभागिता जनाउनेछन्।
जेठ २४, दाङ लुम्बिनी साहित्य सङ्गमका उपाध्यक्ष तथा साहित्यकार डा. कृष्णराज डि.सी. द्वारा रचित लक्ष्मणरेखा महाकाव्यको समीक्षात्मक कार्यक्रम सम्पन्न भएको छ। घोराही दाङको सर्वोदय पुस्तकालयमा भएको उक्त कार्यक्रममा सर्वोदय पुस्तकालयका अध्यक्ष सुशिल गौतमले अध्यक्षतामा गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिको रूपमा नारायणप्रसाद शर्मा रहनुभएको थियो।त्यसैगरी विशिष्ट अतिथिमा पुरूषोत्तम खनाल रहनुभएको थियो। कृतिको समीक्षा नेपाल संस्कृत विश्वविद्यालयका उप प्राध्यापक किशोर चन्द्र गौतमले गर्नुभएको थियो। राप्ती साहित्य परिषदका अध्यक्ष कमलमणि देवकोटाको स्वागत मन्तव्यबाट सुरू भएको उक्त कार्यक्रममा लुम्बिनी साहित्य सङ्गमका महासचिव तेजप्रसाद खनालले उपस्थित सम्पूर्ण अतिथिहरूलाई संस्थाको तर्फबाट धन्यवाद! मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्रष्टा कृष्णराज डि. सीलाई बधाई तथा शुभकामना दिनुभएको थियो। स्रष्टा डि. सीले आफ्नो छोटो धारणा पनि प्रस्तुत गर्नुभएको थियो ।
गत फागुन १७ गते काठमाडौंमा लोकार्पण भएको उक्त कृतिको थप समीक्षात्मक भिडियोहरू सलाइड मार्फत पनि प्रस्तुत गरिएको थियो। यस महाकाव्यमा २२ सर्ग,१५ सय श्लोक र १४ प्रकारका वार्णिक छन्दको प्रयोग गरिएको छ। जम्माजम्मी २ सय ६१ पृष्ठ रहेका छन्। कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको आयोजना सर्वोदय पुस्तकालय घोराही दाङ,राप्ती साहित्य परिषद् केन्द्र,लेखक संघ दाङ,लुम्बिनी साहित्य संगम लुम्बिनी प्रदेशद्वारा संयुक्त रूपमा गरिएको थियो ।
कार्यक्रमको सहजीकरण आदिम के. सी. ले गर्नुभएको थियो।कार्यक्रममा १०० भन्दा बढीको उपस्थिति रहेको थियो।उक्त कृतिको प्रकाशन लुम्बिनी साहित्य सङ्गमले गरेको थियो।कार्यक्रम निक्कै भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो।
नोवेल पुरस्कार विजेता विश्व प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरको गिजाञ्जली र कठोपनिषद् कृतिहरूको नेपाली अनुवाद प्रा डा मेदिनीप्रसाद शर्माज्यूले गर्नुभएको छ । यी दुवै कृतिहरूको लोकार्पण कार्यक्रम खोटाङ सामाजिक सेवा मञ्चको आयोजनामा २०८२ साल जेठ १७ गते विराटनगरमा सम्पन्न भयो ।
खोटाङ सामाजिक सेवा मञ्चको भाषा साहित्य कला उन्नयन उपसिमितिका संयोजक बाबुराम पोखरेलको अध्यक्षता र वरिष्ठ साहित्यकार बलराम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा विशिष्ट अतिथि प्राज्ञ गङ्गा सुवेदी अग्रज साहित्यकार कविराज न्यौपाने प्रा कृष्णप्रसाद पोखरेल प्रा डा मिनराज ढकाल प्रा डा हरिहर भण्डारी प्राज्ञ खेम नेपाली लगायत साहित्यकारहरूको उपस्थिति रहेको थियो । लोकार्पित कृतिहरूमाथि समीक्षात्मक टिप्पणी गर्दै विद्वान व्यक्तित्व विपुलेन्द्र चक्रवर्ती र प्रा डा चक्रपाणी खनालले विश्व साहित्यसँग नेपाली साहित्यले पनि नतिजाउन्मुख रुपमा घुलमिल हुन यस किसिमका अनुवाद साहित्यले सहयोग पुर्याउँछ भन्दै विश्व प्रसिद्ध कृतिहरूको नेपाली अनुवाद तथा रुपान्तरण हुनु निकै गहन कार्य भएको बताउनु भयो । नेपाली पाठकहरूका लागि यी दुवै कृतिहरु सरल रुपमा प्राप्त हुन आउनु महत्त्वपूर्ण पक्ष भएको हुँदा शुभकामना मन्तव्य राख्नु हुने महानुभावहरूले अनुवादक प्रा डा मेदिनीप्रसाद शर्माप्रति धन्यवाद ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको उद्घोषण लक्ष्मी पोखरेलले गरेकी थिइन् भने स्वागत मन्तव्य नानुमैया दाहालको रहेको थियो ।
मोरङ । गजलकार भूपाल अधिकारीको गजलसङ्ग्रह ‘दिव्यदीप’ को लोकार्पण गरिएको छ । नोबेल साकोस, विराटनगर शाखाले दाहाल प्रतिष्ठानको सभाहलमा आयोजना गरेको कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । प्राज्ञ गङ्गा सुवेदी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्राज्ञ खेम नेपाली, नाट्य अभियन्ता भरत गुरागाईं बर्बरिक, डा. छवि वैरागी घिमिरे, नोबेल साकोसका संस्थापक राजन न्यौपाने, चारु प्रवर्तक डा. देवी पन्थी, सङ्गम अभियानका प्रधान सम्पादक रामबाबु दाहाल, छन्द वाटिकाका अध्यक्ष हरि कट्टेल, लेखक तथा अनुसन्धाता केशु विरही दाहाल प्रतिष्ठा शाखाको सदस्य राजेश दाहाल, भानुकला केद्रको अध्यक्ष माया पौडेल, मैथिली साहित्य समाजको अध्यक्ष डोमी कामत, हिन्दुस्तान टाइम्सका सम्पादक तथा सञ्चारकर्मी वरुण मिश्र लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा प्रा. डा. हरिहर दाहाल, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, कण लघुकथा मञ्चमा अध्यक्ष दीप मङ्ग्राती, स्रष्टाहरू रमेन्द्र कोइराला, शिवनारायण मण्डल सिङ्गल, पुष्पा सायरा, नानुमैया दाहाल, राधा भट्टराई, उमानाथ घिमिरे, उमानाथ भट्टराई, रोहिणी रसिक, प्रिन्स प्रमोद ढकाललगायतका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो । लोकार्पित कृतिमाथि हरि कट्टेलको समीक्षा प्रस्तुत गरेका थिए । समीक्षा प्रस्तुत गर्दै ‘दिव्यदीप’ पूर्ण रूपमा बहरमा लेखिएको एउटा महत्त्वपूर्ण कृति रहेको बताए । कार्यक्रममा नोबेल साकोसका संस्थापक राजन न्यौपाने, भरत बर्बरिक, केशु विरही, डा. देवी पन्थी, डा. छवि वैरागी घिमिरे, बाबुराम पोखरेललगायतका व्यक्तिहरूको शुभकामना मन्तव्य रहेको थियो । नोवेल साकोस साहित्य संस्था विराटनगर, शाखाको वार्षिकोत्सव समेत रहेको उक्त कार्यक्रममा नेपाली भाषा, साहित्य, कला तथा पत्रकारिताको क्षेत्रमा योगदान दिने विभिन्न आठ जना व्यक्तिहरूलाई सम्मान गरिएको थियो । जसमा विशिष्ट साहित्य सम्मानबाट केशु विरही र शरद प्रधानाङ्ग, विशेष साहित्य सम्मानबाट प्रिन्स प्रमोद ढकाल, विशिष्ट कला सम्मानबाट प्रयाग न्यौपाने, सञ्चार सम्मानबाट गोकुल पराजुली र मदन भण्डारी, सामाजिक सम्मानबाट करिम अन्सारी र बालप्रतिभा सम्मानबाट प्रज्ञा कट्टेल सम्मानित भएका हुन् । अतिथिहरूलाई फूलमालाले स्वागत रेनुका राईले र कार्यक्रममा मञ्जुश्री गिरी, चिरञ्जीवी काफ्ले, किस्मत खतिवडा, प्रिन्स प्रमोद ढकाल, शारदा भट्टराई, मदन भण्डारी, रोहिणी रसिक, मनाहाङ राईलगायतले रचनावाचन गरेका थिए । उपस्थित सम्पूर्ण श्रष्टाहरूलाई संस्थाकी सदस्य शान्ता भट्टराईको स्वागत मन्तव्यद्वारा स्वागत गरिएको कार्यक्रममा यसै संस्थाका कोषाध्यक्ष ऋषि तिवारीको शुभकामना मन्तव्य रहेको थियो । शाखा अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव सुजता राई र सदस्य नवराज पोखरेल ‘नवशिला’को जिम्मामा रहेको थियो ।
दाङ, १५ जेठ । साहित्यकार स्मृति योगीले पहिलो कृति ‘अनुराग’ गजलसङ्ग्रह पत्रकार महाशाखा दाङको सभाहलमा एक कार्यक्रमको बीच विमोचन गरिएको छ ।
राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा महाकाव्यकार बुनू लामिछानेको प्रमुख आतिथ्यता एवं परिषद्का पूर्व अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । साहित्यकार योगीको गजल सङ्ग्रह ‘अनुराग’ मा विभिन्न विषय समेटिएर तयार पारिएका ८० वटा गजल समावेश रहेका छन् ।
समाजमा भएका विभिन्न विभेद, सामाजिक, आर्थिक, विसङ्गति लगाएत सबै कुरालाई अनुरागमा समेटिएको छ । गजलसङ्ग्रह ‘अनुराग’ को समीक्षकमा साहित्यकार सन्ध्या रेग्मी र छविलाल कोपिला रहेका थिए । समीक्षक दुबैले योगीले समाजमा भए गरेका विभिन्न विषयलाई उठाएर समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना सँगै सल्लाह सुझाव समेत दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणी देवकोटा लगायतले शुभकामना व्यक्त गरेका थिए । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गरेका थिए । बाक्लो दर्शकहरू रहेको सो कार्यक्रममा संस्थाको तर्फबाट लेखकलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकतीसौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८२/०२/०९
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३१[एकसयएकतीसौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ पञ्चाङ्ग:०१ पुरानो चलन हराउँदै छ। नयाँ प्रविधिले कराउँदै छ। विज्ञानको चमत्कारले गर्दा, त्यति मान्छे मन पराउँदै छ। परिवार एक्लै गराउँदै छ। सुशीला पौडेल
पञ्चाङ्ग:०२ लोप भएका ढिकी र जातोहरु कहाँ पाइन्छ अचेल, आधुनिक प्रबिधिका अनेक सामान चाइन्छ अचेल। असल र सुरक्षित त पहिलेका सामानहरु हुन्थ्यो , बिषालु र पोलिसवाला मीठो मानेर खाइन्छ अचेल, पुराना संस्कार छोडि आधुनिक तिर जाइन्छ अचेल।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०३ भात मीठो ढिकीले कुटेको छुन्छ मुसल र ओखल जुटेको हुन्छ लोप हुन नदिउँ हाम्रो ढिकीलाई, सुरक्षित पाराले चुटेको हुन्छ भुस निकाली दाना फुटेको हुन्छ । घनमाया चौधरी कैलाली
पञ्चाङ्ग-०४ उहिले उहिले पनि होइन मात्रै हिजो अस्ति हो लाएको गुन चटक्कै बिर्सी जाने यिनी खै कस्ति हो आफ्नै खेतमा फलाएर धान कुटिन्थ्यो ढिकीमा के गाउँ के सहर हरेक ठाउँ बस्ती-बस्ती हो आधुनिकता भित्र आज मान्छे अहो!कति मस्ति हो। -पशपती राई खोटाङ ।
ॐ
पञ्चाङ्ग:०५
मायालुले चट्ट निधारमा लगाएर टिकी हेर भेट्ने सबैले भन्छन् उनलाई त!सारै निकी हेर परम्परागत साधन हाम्रो ढिकी जाँताे र घट्ट धनसारबाट सुकाइ राखेकाे धान झिकी हेर नाङ्ग्लाे र नाम्लेकाठ झिकेर थालिन् कुट्न ढिकी हेर ।
पञ्चाङ्ग:०६ नयाँ प्रविधिको भर हुँदैन। पुरानो ढिकीको डर हुँदैन। नयाँ जमानामा के के हुन्छ खै, पहिलेको जस्तो कर हुँदैन। जो कोहीको स्वस्थ हर हुँदैन। ह्यारिस
पञ्चाङ्ग:०७ मकै पिस्छ धान कुट्छ यसले। राखेमा ओखर फुट्छ यसले। परम्परागत मेशिन हो यो, नजान्दा हात नै टुट्छ यसले बयाॅ र कनिका छुट्छ यसले।। घनश्याम पौडेल,पोखरा
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयअठचालीसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१४८—————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८२/०२/०५ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– भवानी घिमिरे पशपती राई
सङ्कलक :- ———- दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०३ फकाउनु परेन बाेल्दा बाेल्दै फकियाे यहाँ। जवानीकाे रुपमा नराम्ररी छकियाे यहाँ। कति आउन सजिलो नै जान सजिलै सक्छ , उकालीमा लाकाे माया ओर्लिदा सकियो यहाँ। कडा थियो फलाम खिया नलागी मकियाे यहाँ। भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०४ पैसाको लोस्टो भन्ने चिज पनि कस्तो रहेछ, हुनेखानेलाई सदासदाको सस्तो रहेछ, माया यसैबाट पाउने गालि यसैबाट हो पैसाकै कारण सम्बन्ध हुँदै खस्तो रहेछ, प्रेमको सम्बन्ध पैसामा धेरै बस्तो रहेछ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०५
लाेकतन्त्र नेतालाई फापेकाे छ साथी देश जनताकाे मन नापेको छ साथी सत्तामा सधैँ अर्जुन दृष्टि लगाउदा सिद्धान्त छाडी पाइला चापेकाे छ साथी भिन्न विचार भुङ्ग्राे पाे तापेकाे छ साथी । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयतीसौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८२/०२/०१
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३०[एकसयतीसौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~
पञ्चाङ्ग:०१ तिमीलाई भुल्न सक्दिन कसैसँग डुल्न सक्दिन तिमी छौ र त म बाँचेको, निन्द्रा लाग्दा झुल्न सक्दिन दिलदेखि खुल्न सक्दिन। सुशीला पौडेल
पञ्चाङ्ग:०२
कति छ तिम्रो माया याे मुटुमा भन्न सक्दिनँ बनेको छैन तुलाे जाेख्न म गन्न सक्दिनँ हरपल तिम्रो त्यो मुहार देख्दछ मनले , खाली हुँदा तिम्रो पेट म खान टन्न सक्दिनँ आमा हुँ म सन्तानकी निर्दयी बन्न सक्दिनँ ।
-भवानी घिमिरे सर्लाही । पञ्चाङ्ग:०३ शाश्वत छ प्रकृतिको रीत हजुर आज पर्यन्त उसैको जित हजुर पंक्षीले खुवाउदै छ चाराे प्रेमले कर्तव्यकाे बाेध प्राणी सित हजुर मुक्त कण्ठले गाउनु गीत हजुर -प्रधुम्न चालिसे
पञ्चाङ्ग-४ पंक्षी नै हो तर पनि माया गरेको देखियो यो धर्तीमा मायाको बिज नै छरेको देखियो आफ्नालाई बचाउन अर्कालाई मार्नु पर्ने, नियम पनि प्रकृतिले नै हरेको देखियो प्रकृतिमा निमुखा नै सधैं मरेको देखियो। -घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग-५ कसैलाई नमारी आफू यहाँ बाँच्न पाए सृष्टिको आगनीमा सबै हामी नाच्न पाए कति रमाइलो हुन्थ्यो होला नि यो संसार, मित्रता सबैसित गाँसी -गाँसी साँच्न पाए प्रकृतिको नियमलाई पनि भाच्न पाए।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयसचालीसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१४७—————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८२/०१/२९ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– भवानी घिमिरे पशपती राई
सङ्कलक :- ———- दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ अहमताले पतन गराउने छ एकदिन। आफूले आफैंलाई नै हराउने छ एकदिन। अहम्ता त धेरै नगर्दा हुन्छ जो कोहीले यहाँ, अकालमै तिमीलाई मराउने छ एकदिन। नसोंचेको खाडलमा झराउने छ एकदिन। -सुशीला पौडेल
पञ्चाङ्ग:०२ नबोल्ने भएपछि बोलेर के फाइदा अतीतसँग दिल खोलेर के फाइदा विरक्तको बाटो एक्लै हिँड नत्र हाँस्छन् बेथासँग भावना घोलेर के फाइदा जलेको मन फेरि पोलेर के फाइदा ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०३ मान्छेले मान्छे नचिने पछि मौका चिनेर नहिने पछि आखिर दु:ख पाइन सक्छ चाहिदो माल नकिने पछि बेलामा मूल्य नछिने पछि।। -घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०४ भुस झैं भित्रभित्रै सल्की जलेको छु तिम्रो यादमा आजभोलि गलेको छु दु:ख बाहिर देखाउन चाहान्न म , पतझरमा आगो लागी बलेको छु तिम्रो विश्वास गरि आफैं छलेको छु। -धनमाया चौधरी कैलाली
ॐ
पञ्चाङ्ग:०५
कहिले नि बुढाे नहुने भाेक र मन साथी कहिले सन्ताेष नहुने लाेभ र धन साथी संसारमा अति घृणित बनाउने ईर्ष्याले इमान जमान नहुने रन र तन साथी श्रेष्ठ मान्छे काम नहुने झन र जन साथी । -प्रद्युम्न चालिसे
पञ्चाङ्ग-६ जीवनमा आफैंले आफैंलाई पाउने प्रयास गर्नु संसार छोडी आफ्नै मनभित्र धाउने प्रयास गर्नु संसार जित्नेले पनि दुवैहात लट्काएरै जाने हो, जानु अघि यहाँ आफ्नो नाम कमाउने प्रयास गर्नु भ्रमको पर्दा च्याती यथार्थमा आउने प्रयास गर्नु। -पशपती राई खोटाङ ।