काठमाडौ,३१ असोज । ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको चौथो भाग शनिबार सम्पन्न भएको छ । अभ्यासमा ३६ जना टुक्काकारहरूले सहभागिता जनाउनुभएको थियो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला सञ्चालनमा ल्याइएको हो ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथक एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
उक्त व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको संयोजकमा समाजका सक्रिय टुक्काकार वसन्त अनुभव रहनुभएको छ । अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का सञ्चालकका तर्फबाट राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । उहाँका अनुसार उक्त अभ्यास शृङ्खला साप्ताहिक रूपमा सञ्चालन गरिदै आएको छ ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खलाको चौथो भागको अभ्यास लागि कार्यक्रम संयोजक वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको थियो ।
अभ्यासका लागि राखिएको टुक्का
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
काठमाडौ, ३० असोज । साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २२औं भाग शनिबार सम्पन्न भएको छ । उक्त अभ्यास कार्यक्रममा नेपाल लगायत विश्वका ५४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक कविताका प्रवर्तक एवं शृङ्खलाका प्रशिक्षक आर्त अकुलीनले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको प्रवर्तक अकुलीनले बताउनुभयो । शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने एउटा उदक साझ ५ बजेसम्म लेख्न भनिएको थियोे ।
अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर
तस्बिरमा लेखिएका स्रष्टाका उदकहरू :
१ अभ्यस्त मनकाे आभाष सुन्दर जीवन चक्र ! ✍️ राेशन पराजुली, धरान २ पुष्प पवित्र प्रसाद फूल जस्तै जवानी ! ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली ३ फूल सफा स्वच्छ जिन्दगीको पर्याय हो ! ✍️ हृदय लेकाली, भैरहवा ४ पुष्प शोभनीय चिज शुभ अशुभमा चढ्ने ! ✍️ चक्र शाही, कैलाली ५ सरस्वतीको मनपर्ने फूल सेतो खुल्दछ रङ्ग ! ✍️ लक्ष्मी बस्याल, बर्दिया ६ सेतो फूलको सुगन्ध फैलियोस् यो जगतभरि ! ✍️ रमेश प्रभात, चितवन ७ फूल सबैको प्रिय खुसी उमङ्गको मूल ! ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका-१४, दाङ ८ चमेली सुन्दर फूल जीवनकाे पूर्वार्धको बाेध ! ✍️ खड्गबहादुर गुरुङ, टीकापुर ९ फूल स्वच्छ सुगन्ध छर्दै मख्ख पार्छ ! ✍️ ताेयानाथ सुवेदी, काँडाघारी १० बालापनमा फूलभन्दा सफेद म छु मनमा ! ✍️ दुर्गा भमरकोटे, काठमाडौँ ११ स्निग्ध स्वेत पत्र डालीमा फुलेको फूल ! ✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली १२ सरस्वती श्वेत पुष्प स्वधामा हुने अपरिहार्य ! ✍️ कमला देवकोटा, पाल्पा १३ फूल सुवास छर्छ चारैतिर वातावरण मग्मगाउँछ ! ✍️ देवेन्द्रराज शाक्य, बुटवल, रुपन्देही, लुम्बिनी प्रदेश १४ फूल सुन्दर जीवन कर्मले सुवासित भुवन ! ✍️ श्रीकृष्ण शर्मा, पोखरा १५ फूल सुगन्ध छर्ने जीवनमा खुशी भर्ने ! ✍️ धर्मी शाक्य, बुटवल १६ फूलकाे मगमग वासनाले पाउछ सबैले आनन्द ! ✍️ राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’, भक्तपुर १७ सेतो सुन्दर फूल प्रकृतिको उत्कृष्ट सिर्जना ! ✍️ प्रतिभा देवी न्यौपाने, काठमाडौँ १८ झपक्क शरद सोभा भर्खरै फुलेका ढकमक ! ✍️ होम प्रसाद नेउपाने, धरान, सुनसरी १९ पुष्प जीवन जवानी ओइलिन्छ झर्छ प्राण ! ✍️ चक्र आले, कैलाली २० फुल प्राकृतिक सौन्दर्य धर्तिको सुन्दर उपज ! ✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे २१ चमेली सुगन्ध कुसुम माया लाग्ने उधुम ! ✍️ आर्त अकुलीन, कैलाली २२ फूल शान्तिको प्रतीक अनन्त जीवनको मूल ! ✍️ अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा, हाल: मलेसिया २३ सृष्टिमा चमेली वृष्टिमा सरस्वतीको आसन कृतिमा ! ✍️ भानुराम के.सी., धादिङ २४ कुसुम शान्ति सौन्दर्य शोभा सिर्जन सौम्य ! ✍️ कण्ठराज गिरी, टीकापुर २५ हेरिरहुँझैँ श्वेत कुसुम प्राकृतिक मनोरम छटा ! ✍️ किशोर खनाल, तानसेन-१,पाल्पा २६ जीवन फूलझैँ फुल्छ अनि ओइली झर्छ ! ✍️ तिला लेकाली, मोरङ २७ प्रकृति आफै सृङ्गारिन्छिन् फूलहरूको धारण गरी ! ✍️ बालकृष्ण खनाल, टीकापुर २८ मुस्कान श्वेत कुसुम सुन्दर शान्त स्निग्ध ! ✍️ गोपालप्रसाद पौड्याल, विराटचोक, मोरङ २९ सुगन्ध मगमग आहा फुलोस सवको मनमा ! ✍️ कृष्ण जोशी, मेरिल्याण्ड, अमेरिका ३० सफेद सबैकाे मन श्वेत फूलझैँ बन ! ✍️ इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा ३१ चमेली श्वेत स्वच्छ शोभा आँगनको बढाउने ! ✍️ धनमाया चौधरी, कैलाली ३२ चमेली शान्तिकाे प्रतीक सुगन्धित प्रकृतिक वायु ! ✍️ बलराज गिरी, कैलाली ३३ चमेली गाेधूलि साँझमा मुसुक्क मुस्कुराए बाेटमा ! ✍️ श्रद्धा आचार्य, पोखरा ३४ फूल भमराको स्पर्श प्राकृतिक सुन्दर वातावरण ! ✍️ रामसुन्दर थारु, कैलाली ३५ धर्ती मुस्कुराउँछ प्रकृति फूलले मोहित मन ! ✍️ पशपती राई, खोटाङ ३६ चमेली श्वेतत पुष्प सुन्दर प्राकृतिक रूप ! ✍️ सविता के.सी., काठमाडौँ ३७ फूल सेतो सुन्दर सुवास जीवन्त रङ्ग ! ✍️ पुष्पा सायरा, विराटनगर ३८ फूल सधैँ फूलिरहोस् रात दिन एकनास ! ✍️ समुन्द्रा शर्मा, इटहरी, सुनसरी ३९ गोधूलि श्वेत चमेली चौतर्फी मगमग बासना ! ✍️ कविता आचार्य, कैलाली ४० जाती मिलेर बसे सेतो फूल जस्तै ! ✍️ महावीर विश्वकर्मा डोटी, हाल: रामेछाप ४१ फूल प्राकृतिक सौन्दर्य स्वच्छ सुन्दर माधुर्य ! ✍️ राम न्यौपाने, कैलाली ४२ जुही श्वेत पुष्प अनुपम प्राकृतिक रूप ! ✍️ दुर्गा भट्टराई, मोरङ ४३ चमेली फुल्यो बोटमा मुस्कुराहट खुल्यो ओठमा ! ✍️ घनश्याम पौडेल, पोखरा ४४ सुमन फुलेको ढकमक सुन्दर मुस्कान लिएर ! ✍️ सुधा बाँस्कोटा ढकाल, काठमाडौँ ४५ चमेली मीठाे बासना घरमा राेप्ने चाहना ! ✍️ नवराज भट्ट, महेन्द्रनगर ४६ प्रकृति आनन्दित मन फूलको भित्रको मुस्कान ! ✍️ रघु थापा, भक्तपुर ४७ तिमी फूल समान नरम बनाउ मन ! ✍️ बिनुबाबा घिमीरे, बल्खु, काठमाडाैँ ४८ भमरा त्यहाँ भुल्छ जहाँ फूल फुल्छ ! ✍️ विक्रम तिरुवा, जुम्ला ४९ प्रकृति सुन्दर फूल जीवनमा भएको अनमोल ! ✍️ बासुदेव दनुवार, सिन्धुली ५० चमेली छरेर सुगन्ध सजियो सारा उपवन ! ✍️ विजया घिमिरे, जनकपुर ५१ आहा सुगन्धित बयेली परिचय फूल चमेली ! ✍️ टीकाराम जाेशी, टीकापुर ५२ सुवास श्वेत पुष्प चमेली आगनमा ढकमक्क ! ✍️ नारायणप्रसाद उपाध्याय, कैलाली ५३ चमेली आँगनको डिलमा सदैव फुलीरहने फूल ! ✍️ शान्ति नाथ पुरी, कैलाली ५४ प्रकृति सुन्दर पुष्प लोभियो मानव मन ! ✍️ अञ्जिता राउत नेचा सल्यान-५, सोलुखुम्बु
आज मिति २०७८/६/२८ गते महानवमीकाे दिनमा हाम्राे लघुकथा पाठशालाकाे भित्ताेमा आदरणीय लता के.सी. द्वारा प्रेषित लघुकथा ” असमझदारी “पढेपछि मेराे पाठक मनमा आएका भावनात्मक उतारचढावलाई पाठकीय टिप्पणीकाे रुपमा बडादशै २०७८ काे शुभकामना सहित प्रस्तुत गर्न चाहान्छु । केही भुलचुक भएमा लघुकथाकाे गुरुकाे हैसियतले माफी गरिदिनुहुनेछ भन्ने अपेक्षा गरेकी छु ।
पूर्वी पहाडी जिल्ला भाेजपुरकाे दावामा जन्मनु भएकी आदरणीय दिदी लता के. सी. हाल काठमाडौं महानगरपालिका -३२, सुबिधानगर, तीनकुनेकाे स्थायी बासिन्दा हुनुहुन्छ । जीवनकाे उर्जाशील समय शिक्षण पेशामा बिताउनु भएकी दिदी सेवा निवृत्तजीवन भने सामाजिक संजालकाे माध्यमबाट लघुकथाकाे उन्नयनमा रमाउदै, अग्रज, स्थापित र नवोदित लघुकथाकारहरुसँग सम्पर्क स्थापित गर्दै-गराउदै लघुकथाकाे श्रीवृद्धिमा अहाेरात्र खटिनु भएको छ ।उहाँको पहिलाे रचना “अन्तरद्वन्द” कथा हाे भने पहिलो प्रकाशित कृति “चोटदेखि मृत्युसम्म” हो । उहाँ हाम्राे लघुकथा पाठशालाकी संस्थापक एडमिन हुनुहुन्छ । उहाँले लघुकथा १ र २ काे सम्पादन समेत गरिसक्नु भएको छ । हाम्राे लघुकथा पाठशालाकाे एडमिनकाे भूमिका निर्वाह गर्ने क्रममा मेराे गुरुकाे रुपमा म उहाँप्रती सम्मान व्यक्त गर्दछु ।
नमस्ते नेपाली आधुनिक लघुकथा मन्चकाे पहिलाे वार्षिक उत्सवकाे अबसरमा आयाेजित प्रतियोगितामा उहाँको “राज” लघुकथाले तेस्रो स्थान प्राप्त गरेकोे थियाे भने नेपाली साहित्य समाज क्यालगरी क्यानडाकाे आयोजनामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगिता २०७७ मा ” बिधवा” लघुकथाले द्धितीय स्थान हासिल गरेकाे थियाे ।त्यसैगरी साहित्यपाेस्टद्वारा आयाेजित लघुकथा प्रतियोगिताकाे दोस्रो चरणमा ” मायाकाे रुख” कथा विजयी भएको थियाे।उहाँको लघुकथा संग्रह ” चोटदेखि मृत्युुसम्म” साहित्यपाेस्टकाे २०७७ का उत्कृष्ट दश पुस्तकमा पर्न सफल भएको थियाे । उहाँका लघुकथाहरु विभिन्न पत्रपत्रिका तथा अनलाईन संस्करणहरुमा प्रकाशित हुने क्रम जारी छ ।
प्रस्तुत कथा ” असमझदारी ” मा तीन पात्रहरु रहेका छन् -दिदी भाइ र कान्छा । दिदी र भाइ साख्खै हुन् भने कान्छा छिमेकीको घरमा काेठा भाडामा बस्ने भाइ हुन् । कथामा दिदी भाइकाे माया देखेर कान्छापात्रलाई रमाइलो लाग्छ भने मेराे पनि यस्तै माया गर्ने दिदी भए हुन्थ्यो भन्ने साेच्छ । चिनजान र घनिष्टता बढदै जाँदा बिस्तारै उ पनि दिदीकाे प्रिय भाइ बन्न पुगेको थियाे ।आफ्नो भाइलाई याे कुरा मन परेको थिएन । बुबा आमाकाे शेषपछि दिदीले नै हुर्काएकी हुदाँ उ दिदी सँग केही भन्न सक्दैन । एक आपसमा मनमुटाव भएकोले धेरैजसो काेठा थुनेर बस्थ्याे । दिदीले केही भनी भने पढनु छ भनेर बहाना बनाउथ्यो । उता कान्छा भने हरेक काममा दिदीलाई सघाउने र झन आत्मीय बनेर सँगसँगै भातभान्सा चलाउन थालेको थियाे ।यस्तै बिच दिदी बाथरुममा चिप्लिएर लडिन ।टाउकाे फुटेर रगताम्य भयाे । भाइले अस्पताल पुर्यायो । रगत दिन पर्ने भयाे। कान्छालाई भाइले खबर गर्यो तर कान्छा अस्पतालमा पुगेन ।संयाेगले आफ्नै रगत मिल्याे र रगत दिएर दिदी बचायाे ।अस्पतालबाट फर्केपछि दिदीले कान्छाकाे बारेमा साेधिन । भाइले आक्राेशित भएर उ मर्यो भन्याे । भाइकाे कुरा सुनेर दिदी आत्तिईन् ।उसले सहयोग चाहिएकाे बेलामा वास्ता नगरेकाे सुनाउदै पराई नाता मन साट्दा मात्रै हाे आफन्त भनेकाे मन फाट्दा पनि हाे भनेर असन्तुष्टि जनायाे । उसैबेला कान्छाकाे फाेन आयाे । उसले रुदै भन्याे ” दिदी बुवा बित्नुभयाे । म खबर नगरीकन गाउँ हिडेँ । अब त्यता फर्किन्न ।” यसरी कथाकाे अन्त्य भएको छ । प्रस्तुत लघुकथामा कथाकारले दिदी नभएकाे भाइलाई दिदीबहिनीकाे महत्त्व कति हुन्छ भन्ने देखाउनु भएको छ भने आफ्नी दिदीले अरुलाई भाइझैं माया गर्दा कहिं आफुप्रति दिदीकाे माया कम हुने हाे कि भन्ने डाह भाइमा देखिएकाे छ । समय क्रममा एउटै भातभान्सा चल्दा समेत भाइकाे मनमा कान्छाप्रति आक्राेश झल्किएकाे छ । दिदीकाे टाउको फुटेर अस्पतालमा हुदाँ कान्छाले खाेज खबर नगरेकाेले पराई नाता मन साट्दा मात्रै हाे आफ्नो वा साख्खै नाता मन फाट्दा पनि हाे भनेेकाे छ कथाले । बास्तबमा रगतकाे नातामा जतिसुकै मनमुटाव भएपनि समयपरिस्थिति प्रतिकुल हुदाँ सम्पूर्ण रिसराग आफै हटेर जान्छ र बनाएकाे नाता समय अनुकुल हुदाँ सम्म आफ्नो रहन्छ भन्ने कुरालाई कथाले प्रस्ट पारेकाे छ । कान्छाले रुदै आत्मीयता प्रकट गरेर बुबा बित्नु भएकोले खबर नगरी गाउँ हिडेँ अब त्यता फर्किन्न भनेेकाे छ । अर्थात पराई नाताले मुखले ठिक्क पारेपनि आफ्नै अनुकुलता हेर्छ भन्ने आशय कथाकाे देखिन्छ । कथा पढदै जाँदा दिदीलाई कसले बढी माया गर्ला ? भाइले कि कान्छाले भन्ने कौतुहल हुँदै गएर अन्त्यमा भाइले आफ्नै रगत दिएर बचाउछ भने कान्छाले मायालु बाेली र आँसु देखाएर आफ्नोतर्फबाट माया देखाउछ । दिदीबहिनीकाे लागि भाइ नाता आफ्नै हाेस वा पराई प्रियनै हुन्छ भन्ने कुरालाई कथाले प्रष्ट पारेकाे छ । २८२ शब्दमा लेखिएको कथा सरल छ । सुबाेध्य छ । हाम्राे समाजकाे यथार्थ चित्रण गरिएको छ । लघुकथाकाे मानकमा थपक्क बसेकाे छ । साख्खै दिदी भाइकाे माया बाट शुरु भएको कथा दिदी र कान्छाकाे मायालु फाेन वार्तामा अन्त्य भएको छ । कथा कौतुहल पुर्ण छ । अब के हाेला भन्ने पाठककाे मनमा लागिरहन्छ ।
यति हुदाहुदै पनि केही वाक्यहरु अनावश्यक छन् अर्थात व्याख्यात्मक छन् । त्यस्ता अनावश्यक वाक्य तथा शब्दहरु काँटछाँट गर्ने हाे भने कथामा लघुत्व अाउने थियाे भन्ने लाग्छ मलाई ।
अन्त्यमा लघुकथाकाे श्रीवृद्धिमा अहाेरात्र खटिरहनु भएकी आदरणीय लता के.सी. दिदीकाे लघुकथा यात्रा सप्तकोसी नदी झैं अबिरल बगिरहाेस् ।उहाँको नाम लघुकथाकाे इतिहासमा स्वर्ण अक्षरमा लेखियाेस् भन्दै उहाँको सु-स्वास्थ्य, दीर्घायु तथा अटल सौभाग्यकाे लाखौंलाख शुभकामना व्यक्त गर्दछु । बन्दना घिमिरे गठ्ठाघर, भक्तपुर
लघुकथा: असमझदारी लता केसी
उनीहरू साख्खै दिदी भाइ थिए । दिदीले भाइलाई माया गरेको देखेर कान्छा खुबै रमाइलो मान्थ्यो । कान्छा छिमेकीको घरमा कोठा लिएर बसेको थियो । सोच्थ्यो , मेरो नि यस्तै माया गर्ने दिदी भए हुन्थ्यो नि ´´ ! चिनजान र घनिष्टता बढदै जाँदा बिस्तारै ऊ पनि दिदीको प्रिय भाइ बन्न पुगेको थियो । आफ्नो भाइलाई यो कुरा मन परेको थिएन । बुबाआमाको शेषपछि दिदीले नै हुर्काएकी हुँदा ऊ दिदीसंग केही भन्न सक्दैनथ्यो तर एकआपसमा ङ्यार्रङुर्र सुरू भैसकेको थियो । ऊ अब धेरै जसो कोठा थुनेर बस्थ्यो । दिदीले केही काम अह्राए पढनु छ भनेर बहाना बनाउथ्यो । कान्छाले भने हरेक काममा दिदीलाई सघाउन थाल्यो । ऊ झनै नजिक र आत्मीय बन्यो । दिदीले पकाएको भान्सा चल्न थाल्यो । एकदिन दिदी बाथरूममा चिप्लिएर लडिन् । टाउको फुट्यो । रगताम्मे भयो । हत्त न पत्त भाइले अस्पताल पुर्यायो । अत्याधिक रक्तश्राव भएकोले तुरून्तै रगत दिनु पर्ने भयो । कान्छालाई उसले खवर गर्यो तर कान्छा अस्पताल पुगेन । एक्लै दौडधूप गर्यो । मिल्ने समूहको रगत फेला परेन । ऊ अत्तालिन थाल्यो । अाफ्नै रगत चेक गराउँदा संयोगबस मिल्यो । उसले रगत दियो । दिदीलाई बचायो । दिदी भाइ अस्पतालबाट घर फर्किए । दिदीले कान्छालाई सोधिन् । भाइले आक्रोसित मुद्रामा भन्यो ,ऊ मर्यो ।´´ के भन्छ यो ? ´´ दिदी अात्तिइन् । उसले सहयोग चाहिएको बेलामा वास्ता नगरेको कुरा सुनायो । दिदी पनि ऊप्रति बेखवर हुन थालिन् । एकदिन भाइले असन्तोष खन्यायो ,अब त चेत अायो होला नि ? पराइ नाता मन साटदा मात्र हो , आफन्त भनेको मन फाटदा पनि हो भन्ने कुरा !´´ उसैबेला कान्छाको फोन आयो । रूँदै भन्यो , “ दिदी , बुबा बित्नु भयो । म खबर नगरी गाउँ हिँडे । अब त्यता फर्किन्न । ´´
काठमाडौ, २८ असोज । उदक साहित्य समाज नेपालको प्रथम वार्षिकोत्सव कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
कार्यक्रम वरिष्ठ साहित्यकार तिलक लुइटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लुइटेलले उदकको स्थायित्वको लागि कृति प्रकाशनमा जोड दिनुपर्ने बताउँदै समग्र कार्यक्रमको विश्लेषणात्मक धारणा सहित उदक, व्यक्तित्व, कवित्व र काव्यवारे महत्वपूर्ण जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि खोरिया साहित्य प्रतिष्ठानका अध्यक्ष तथा खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनले उदकको गायनका जोड दिनुपर्ने कुराको जानकारी गराउँदै उदक गायन गर्नुभएको थियो ।
सो कार्यक्रमका विशिष्ट अतिथि झरका प्रवर्तक तथा झर साहित्य प्रतिष्ठानका अध्यक्ष शिव खनालले उदक र झर बिचको घनिष्ठ सम्बन्ध रहेको बताउँदै केही उदक वाचन गर्नुभएको थियो ।
त्यस्तै विशिष्ट अतिथि सुसेलीका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेले उदकलाई गेयात्मक बनाउन सकिने कुरामा जोड दिँदै केही उदकहरू फरक शैलीमा गायन गर्नुभएको थियो ।
विशिष्ट अतिथि पञ्चाङ्गका प्रवर्तक सोमनाथ लुइटेलले काव्य विधाका यी लघु रूपहरूको संरक्षण र सम्बर्द्धन गर्न स्रष्टाहरूको सामुहिक एकताको आवश्यकता भएको बताउँदै उदक वाचन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा अक्षर साहित्य प्रतिष्ठान लम्कीका अध्यक्ष धनराज अविरलले उदक र उदक स्रष्टाहरूको भूमिका महत्वपूर्ण भएको बताउनुभएको थियो ।
उक्त कार्यक्रममा साहित्यकार बालकृष्ण खनाल, बादल वियोगी गुरूङ, श्रद्धा आचार्य, कविता आचार्य देवकोटा, श्रीकृष्ण शर्मा, लक्ष्मी बस्याल, रोशन पराजुली, लक्ष्मीप्रसाद मिश्र, चन्द्रावती अधिकारी, वसन्त अनुभव, पुष्प राना, नवराज भट्ट, श्रीकृष्ण शर्मा, सुरेशचन्द्र घिमिरे, घनश्याम पौडेल लगाएतका दर्जनौं स्रष्टाहरूले उदक वाचन तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो कार्यक्रममा स्रष्टा आर्त अकुलीनको अध्यक्षतामा पन्ध्र सदस्यीय उदक साहित्य समाज नेपालको कार्यसमिति पनि चयन गरिएको छ।
त्यस्तै उपाध्यक्षमा वसन्त अनुभव, सविता केसी, महासचिव हिमाल अम्मै, सचिव अबोध निर्मल, सहसचिव बादल वियोगी गुरूङ र कोषाध्यक्ष अञ्जिता राउत रहनुभएको छ भने सदस्यहरूमा स्रष्टा साहित्यकार सोम लुइटेल, चन्द्रावती अधिकारी, रोशन पराजुली, समुन्द्रा शर्मा, बुद्धि लामिछाने, कमला देवकोटा, सरस्वती श्रेष्ठ (रुपन्देही) र श्रद्धा आचार्य रहनुभएको छ ।
सो कार्यक्रममा स्वागत मन्तव्य उदक साहित्य समाजका महासचिव हिमाल अम्मैले व्यक्त गर्नुभएको थियो भने वार्षिक प्रगति प्रतिवेदन समाजकी उपाध्यक्ष सविता केसीले प्रस्तुत गर्नुभएको थियो ।
उदक प्रवर्तक एवं साहित्यकार आर्त अकुलीनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उदक साहित्य समाजका सचिव अबोध निर्मलले गर्नुभएको थियो ।
टुक्का साहित्य समाज, काठमाडाैंले बडा दशैँकाे विशेष अवसरमा २०७८ असाेज २७ गते “टुक्का लेखन अभ्यास श्रृङ्खला-२३” सम्पन्न गरेकाे छ।
समाजकी सचिव विमुन्स पौडेलकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त श्रृङ्खलामा समाजका अध्यक्ष ताराप्रसाद चापागाईं ले सह-संयाेजककाे भूमिका निभाउनु भएकाे थियाे ।
“दशैँ” विषयमा टुक्का लेखन भएकाे उक्त श्रृङ्खलामा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ९३ नेपालीभाषी सर्जकहरूले दशैँ, नवरात्री, तथा विजयादशमी सम्बन्धी टुक्काहरू सिर्जना गर्नु भएकाे थियाे ।
कार्यक्रमकाे समापन गर्दै समाजका अध्यक्ष चापागाई तथा सचिव पाैंडेलले सक्रिय सहभागिताकाे लागि सम्पूर्ण सर्जकहरू प्रति हार्दिक आभार व्यक्त गर्नुकाे साथै असत्य माथि सत्यकाे विजय भएकाे खुसीयालीमा मनाईने हिन्दुहरूकाे महान चाड विजया दशमीकाे पावन अवसरमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु, सदभाव र सम्वृद्धिकाे लागि नवदुर्गा भवानीबाट उर्जा प्राप्त हाेस् भन्दै स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्नु भएकाे थियाे ।
अभ्यासकाे क्रममा सङ्कलन गरिएका उत्कृष्ट टुक्काहरू
@ १ १. दशैँ महान चाड हो र गर्व गर्दछौँ कति, नहोस् निसान दुःखको मिलोस् सदा खुशी जति। २. विदेशबाट पाहुना स्वदेश आज फर्किए, दशैँ तिहारको खुशी सुटुक्क हेर अर्पिए। ✍️ विमुन्स पाैडेल
@ २ १. घरघरमा दशैँ आएर हर्साेल्लास छायाे, माेजमस्ती खुसी काेही काेहीलाई रिन लायाे। २. तडक भडक छाेडी चाड मनाऊँ, घाँटी हेरी हाड निल्न सक्ने बनाऊँ। ✍️ ताराप्रसाद चापागाईं धुनिबेशी
@ ३ १. दशैँ तिहार आउँछ परदेशीकाे मन रुवाउँछ, गाउँ घर सम्झीएर बग्छ आँसु मुहार धुवाउँछ। २. दशैँ तिहार आउछ जान्छ दीन दशा कसैलाई नलागाेस्, चामलकाे टिका लगाइन्छ त्याे झर्छ भाग्य कसैको नझराेस्। ✍️ रिना याेल्माे, दार्जीलिङ्ग
@ ४ १. भेटघाट भै अग्रजबाट आशीर्वाद पाउँने दिन, यस्तो अप्राप्य चाडपर्व वर्षमा आउँछ एक छिन। २. हाँसी खेली रमाइ चाड पर्व सधैँ मनाउने गरौँ, जति टाढा भएपनि दशैँमा गाउँघर तिरै झरौँ। ✍️ धनुष न्यौपाने गुठीचोर गाउँपालिका ०४ बिगारे जुम्ला
@ ५ १. दशैँ यो बनोस् उल्लासपूर्ण सबैका लागि, परदेश गएका घर आउन् चाँडै भागी । २. घरमा ल्याओस् खुशी र उमंग यो दशैँले, रुनु नपरोस् ऋण लागी नेपाली कसैले । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ, हाल- प्रवास
@ ६ १. दशैँ गरीवकाे दसा धनीको नशा नबनोस्, टीकाको भोलि पल्ट साहुले खोइरो नखनोस्। २. सबैले आफ्नो धर्म संस्कृतिलाई मनाऊँ, तडक भडक छाेडी आफ्नाे पर्व जनाऊँ। ✍️ सरस्वती श्रेष्ठ, इटहरी
@ ७ १. चारैतिर रमाएर दशैँ आयाे भन्छन्, झुपडीमा बालबच्चा औला मात्र गन्छन्। २. काेराेनाले अर्थतन्त्र डामाडाेल भाछ, भन्छन् सबै गाउँ तिर बडादशै आछ। ✍️ सीता ढुङ्गाना काफ्ले सिद्धार्थ साहित्य परिषद भैरहवा
@ ८ १ यसपालीको दशैँ कहीँ दशा नबनोस् थप्लाे माथि रिन थपी पीडा नगनाेस्। २ देशमा दिगो शान्ति कायम रहोस्, सबै तिर हर्साेल्लासमय बनाेस्। ✍️ रश्मि रिमाल, झापा
@ ९ १ स-साना बालबालिकाहरूलाई लागे छ गर्व, गाउँ घरतिर आएको छ दशैँको चाडपर्व। २ मिठाे मसिनो जे छ त्यहीँ खाएर चाडपर्व मनाउने गराैँ, विदेश भए दाजुभाइ दिदिबहिनी दशैँमा आफ्नै घर झराैँ। ✍️सहयात्री शाेभा अर्याल रुपन्देही १४ बुटवल
@ १० १ सम्पूर्ण टुक्काकारमा हार्दिक शुभकामना दशैँ बनोस् राम्रो, परम्परा देखि चल्दै आएको धर्म संस्कृतिको नेपाल हाम्रो । २ हर्ष र उल्लास गरेर दशैं मनाउने कल्पना, बडा दशैंको हार्दिक मंगलमय शुभकामना । ✍️ भगवती दवाडी ,दमक, झापा
@ ११ १. माताको कृपाले सर्वत्र सात्विक भाव जागोस्, हत्या,हिंसा अनि काटमारको भावना भागोस्। २. दशैँ सयपत्री फूलको सुगन्ध जस्तै बनोस्, मखमलीको सुन्दरता झैँ तिहार भो भनोस्। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग।
@ १२ १. लाहुरे दाइ नि घर आए ओरालीमा झर्दै रोटे पिङ र लिङ्गे पिङमा चचहुई गर्दै । २. गाउँ घरमा नै रमाइलो हरियाली दशैँ, अर्को साल हामीपनि गाउँ मै जाऊँ बा कसै। ✍️ मन्दिरा सेढाई धादिङ, मलेखु
@ १३ १. कतै हाँसो खुशी छाएको, कतै धेरै दुःख पाएको, दशैँको समय छ यस्तै परिस्थिति ले जन्माएको। २. धर्यधारणमा रहनू आराधना गर्नू दुर्गा देवीको, आशीर्वाद प्राप्ति हुनेछ संकट टर्नेछ स्वयंसेवीको। ✍️ होम प्रसाद न्याैपाने धरान,सुनसरी
@ १४
१. हर्षले उडाउँछ आकासमा फरफर उड्छ कटी पतङ्ग । बडा दशैँमा जमरा टीका बडाको थाप्ने छ खुशीको उमङ्ग। २. दशैँ आयो खुशीयाली छायो सबैको घरघरमा यसपाली। जीवन धान्नु गाह्रो छ चाडपर्वमा कोरोना कै हाली मुहाली।✍️ सुरेखाचाम्लिङ्ग, भक्तपुर -२
@ १५ १. हाम्रो चाड यो कति सुन्दर गाउँ घर रमाइलो समय पनि कति छ हिजो आज यहाँ घमाइलो । २. सबैको निधार रङ्गीन अक्षताले सजिन्छ एक-अर्कोलाई पूर्ण आशीर्वादले भरिन्छ । ✍️ नीमा छिरिङ्ग भोटिया जलढक्का /कालेबुङ
@ १६ १. दशैँ धर्म र संस्कृति हो हामी मिलेर मनाऊँ, तडक भडक नगरौ सभ्य संस्कार जनाऊँ। २. दशैँ आउँदा कसैलाई दशा आउछ कसैलाई नसा बनेर, हेला होचो नगरी सद्भाव र सम्मान गरौँ सबै आफ्नाे भनेर।
✍️ दुर्गा आचार्य, मोरङ
@ १७ १. पीर नगर आमै अर्को दशैँ पक्कै आउनेछु, खरको चुहिने छानो फाली टिनले छाउनेछु। २. मनाऊँ दशैँ अन्त्य गरौँ विकृति, बेथिति, घाँटी हेरौं हाड निलौं नगरौं देखासिखी। ✍️ लक्ष्मण समीर, बर्दिया हाल: काठमाडौ
@ १७ १. परी आएमा जस्तो पनि गर्नु पर्छ सामना, विजया दशमीको सबैलाई शुभकामना। २. जहिले पनि दु:खले मितेरी लायो, गरीवीमा नमिठो खल्लो दशैँ आयो। ✍️ ज्याेती घिमिरे धनुषा, गोदार।
@ १९ १. शिरमा हात छ आशिर्वाद छ टिका र जमरा, ढपक्कै फुल्यो सयपत्री फूल घुम्दैछ भमरा।
२. दशैँको बेला छाएछ खुशी गाँऊ अनि शहर, मिठो मसिनो खाएर पर्व मनाउने रहर। ✍️ नवशिला बेलबारी -२, लालभित्ती, मोरङ हाल: गोदावारी, ललितपुर
@ २० १. हामी नेपालीको संस्कृति दशैँ यो रमाइलो पर्व, सबै परिवार मिलिजुली चाड मान्दा लाग्छ गर्व। २. दुर्गा भवानी दाइना होउन् भनेर गर्छु म आराधना, विजया दशमीको उपलक्ष्यमा हार्दिक शुभकामना। ✍️ रवीन्द्रनाथ पोखरेल देबचुली३, नवलपरासी
@ २१ १. आयो दशैँ रमाइलो गर्न त मन, के गर्नु न घरमा खुशी छ न धन। २. झल्को आउँछ टीका जमरा गाउँ र बेसीको, सम्झिएर के गर्नु बाध्यता छ परदेशीको। ✍️ निम्बा, सल्यान
@ २२ १. वर्षदिनको बड़ादशैँ हर्षोल्लाससित मनाऔँ, संस्कार अनि संस्कृति हाम्रो सबै मिलेर जोगाऔँ । २. सांस्कृतिक चाडपर्वले आपसमा प्रेम छरून् , माता दुर्गा भवानीले हामी सबैको रक्षा गरून् । ✍️ राजेन्द्र प्रधान पासा, दार्जीलिङ ।
@ २३ १ देवी दुर्गाको आरधना गरी धर्मको शक्ति बढाउनु, आफ्नै आमालाई अवोध सन्तानको बलि नचढाउनु । २ टीका, जमराले युगौं रङ्गियोस् सबैको माथ, ईश्वरले कहिल्यै नछोडुन् गरिबको साथ । ✍️ रिजाल विनोद बेलबारी – ०२, मोरङ
@ २४ १. यो दशैँबाट दु:ख पीडा सब भागेर जाओस् शुभकामना सुख शान्ति सबैको मनमा होस्। २. मीठो मीठो खान अनि राम्रो लाउन मिलोस्, यो सालको दशैँ सबकाे उल्लासले खिलोस्। ✍️ पारस भट्ट प्यासी, मेलौली दुई बैतडी
@ २५ १. स्वागत छ यो अठत्तर दशैँलाई दुख चिन्ता नहोस् है कसैलाई । २. रातो टीका जमरा लगाउनु कोरोना अन्तै दूर भगाउनु । ✍️ तारा घिमिरे, संखुवासभा
@ २६ १. मनाउनु पर्छ दशैँ घाँटी हेरिकन, दु:खपर्छ ऋण लिई धोको फेरिकन। २. देखावटी नक्कलमा पर्नु हुदैन कहिले, सोचविचार गर्नुपर्छ काम गर्दा जहिले । ✍️ वसन्त अनुभव घोराही उपमहानगर १४ घोराही दाङ
@ २७ १ रमाइलो गाउँघरै मच्चिँदै पिङ र चङ्गा , राताे टीका जमरामा परी नगर्नू है दङ्गा । २ मनमुटु गाउँमै छोडी परदेशिने दाजुभाइ , सुख शान्ति र समृद्धिको शुभकामना सबैलाई । ✍️ धनु शर्मा, पाेखरा
@ २८ १. पुरानै लुगा कपडाले दशैँ मनाऊँ, अाफ्नाे स्तर अनुसारकाे भव्य बनाऊँ । २. खाने लाउने रहर त कसलाई नहाेला? धनीकाे सान देखेर गरिबकाे मन राेला। ✍️ नवीन जाेशी, कैलाली
@ २९ १. बडा दशैँ आँगनमा आयो, मारुनी मादले पो हरायो। २. हुनेले घोर्ले खसी तानेर ल्यायो, नहुने दुखीले हेरेर रमायो। ✍️ बि.के. मुखिया दार्जीलिङ्ग
@ ३० १. दसैँ आयो रमझम छायो, जस्तो छ आफ्नाे तेस्तै रमायो। २. घाँटी हेरेर हाड निलौँ धनी गरिब सवै मिलौँ। ✍️ साधना पाैडेल, अाेखलढुंगा
@ ३१ १. सत्यको असत्यमाथि नै जीत भए पश्चात, मनाउन थालियो दशैँ बुझौँ सबैले बात। २. मनाऊँ है दशैँ सबैले नै सभ्य तरिकाले, जाडरक्सी,जुवातासको नपारौ झालेमाले। ✍️ राजेश भट्टराई, सैनामैना११, रुपन्देही, हाल सुर्खेत
@ ३२ १. दसै हाम्रो महान चाड मनाऊँ खुशी साथ बडाबाट आसिक लिई बनाऊँ दिव्य माथ । २. खान लाउन पुगोस् सबैमा रोगव्याधी हटोस् चिन्ता पीर भए जति भनौँ सबै सबै कटोस् । ✍️ पुष्पासायरा । बिराटनगर ।
@ ३३ १, अाउँछ चाडपर्व गरिबलाई रुवाएर जान्छ, हुनेखाने हरु भेला भएर मिठा ब्यण्जन खान्छ। २, उच्च पारौँ हामी साराले आ-आफ्नो भावना, बडा दशैँको सबैले बाँटौ शुभकामना। ✍️ लक्ष्मी श्रेष्ठ बिर्तामोड, झापा
@ ३४ १. दुर्गा भवानी दाहिना हुँदा रक्षा सबैको , हर्ष उल्लास बनोस् है पूर्ण इच्छा सधैको । २. आफन्त आउँछन् वर्ष दिनको घरघरमा , टीका लगाइ आशिर्वाद थापी वरपरमा। ✍️ बेदु न्यौपाने, काठमाडौ
@ ३५ १. बिजया दशमीको सबैलाई छ शुभकामना बाँचुन्जेल दाजुभाइ र इष्ट मित्रमा सम्झना २. लगाएर सबैले दशैँका अक्षता टीका, बगिरहेको मेरो आँखामा आँसुको ढिका। ✍️ प्रेम सुनार, दैलेख
@ ३६ १. आयो भन्छन् चाडपर्व वडादशैँ तिहार, कहिल्यै पनि रंगिएन पर्देशिको निधार। २. हटेर जाअाेस दुखकष्ट, रोग अनि दुष्ट भावना, महान पर्व दशमीको मंगलमय शुभकामना। ✍️ ऋषि पाैडेल बागलुङ्ग, हाल काेरिया
@ ३७ १. हिन्दु पर्व विशेष सारा जनका हाँसो खुशी छर्दछन्, पीडा चोट र वेदना मनुष्यका दुर्भावना हर्दछन् । २. नेपालीहरूको महान पर्व बडा दशैँ तिहार, सबै मिली राम्रोसँग बनाऊँ घरघर शृङ्गार। ✍️ गृष्मा पाैडेल, टाेकियाे जापान
@ ३८ १ गाऊँ शहरमा दशैँ तिहार आयो, सबैको मनमा हर्ष उमंग छायो । २ विजया दशमीको छ शुभकामना, पूरा होऊन् हजुर मनका चाहना । ✍️ कान्छी विनिता विश्वकर्मा बाजुरा
@ ३९ १. फेरि पनि महान चाड दशैँ आयो, सबैको मुहारमा हर्ष खुशी छायो। २. फर्कियो गाउ परदेशी दशैँ आएर, सबैजना खुशी नै छन भेट्न पाएर। ✍️ खगिन रिदम लामा खोटाङ, ईन्द्रेणी पोखरी
@ ४० १. आफ्नाे संस्कृति जाेगाउँदै बडा दशैं मनाऊँ, रिनकाे भारी थप्ने हैन हाँसी खुशी बनाऊँ। २. दशैं हाे हाम्राे ठुलाे चाड, नबनाेस् दुःखकाे पहाड । ✍️ अरुण नदी खत्री काठमाडाैं
@ ४१ १• दशैँ दशैँ दशैँ जता गए पनि दशैँ, कमाई समाई छैन मानिदैन यसै। २• पूजा आजा गरे पनि मन्दिरमा गई, फेरिदैनन् दुख पीडा सुखदायी भई। ✍️ घनश्याम पौडेल, सृजना चोक पोखरा
@ ४२ १, नबदुर्गाले हामी सबैको कल्याण गरून् प्रत्येक नेपालीमा समृद्धि, सद्भाव छरुन्। २, फुल र पाती भित्र्याउँदै जय जयकार गरौँ धर्म सस्कृतीको जगेर्ना गर्न हामी लागि परौँ। ✍️ इश्वरी अधिकारी, लमजुङ्ग
@ ४३ १. सारा नेपाली जन जीवनको शान बडादशैँ हो हाम्रो निधारको मान। २. आध्यात्म एवं संस्कृतिको अपूर्व समाहार पहिचान राख्छ सामु सारा विश्व दरबार। ✍️ अर्जुन उप्रेती, असाम भारत
@ ४४ १. दशैँ सदा दशैँ बनाेस्, दशा नबनाेस् सकसले काेही धर्म फेर्छु नभनाेस् । २. एकता र समृद्धि, ल्याओस् भाइचारा यो विजया दशमी रमाेस् जग सारा । ✍️ दुर्गा वनवासी, बुद्धशान्ति, झापा
@ ४५ १. आयो दशैँ रमाउँदैछन् सबै केटाकेटी, टीका लगाइ आर्शिवाद लिइ थाप्छन् भेटि। २. दु:ख सुख मनलाई शान्त पार्दै गर्छन् आनन्दको कुरा, वर्षौं देखिको भेट गर्ने चाहाना चेलीमाइतीको पूरा। ✍️ अनुग्रह राना मगर ‘पुस्प’ पाँचखपन -६ संखुवासभा हाल मलेसिया
@ ४६ १. वर्षापछिको सफा र सुकिलो सडक, मनाऔं दशैँ नगरी तडकभडक । २. आसिक लिई, शुभकामना साटी, दशैँ मान्ने माया र सद्भाव बाँटी । ✍️ रचना शर्मा ‘प्रतीक्षा’, महालक्ष्मी न. पा.- ४, ललितपुर ।
@ ४७ १. शिरमा जमरा अनि निधारमाथि टीका, नखसुन् कसैको नि आँखामा आँसुको ढिका । २. लिङ्गे पिङ हाली सबैजना मिली रमाइलो गरौँ, आफ्नो परिवार सँग बसी ओठमा मुस्कान भरौँ । ✍️ कल्पना थामी सिन्धुपाल्चोक
@ ४८ १ वर्ष दिनको चाड आयो, हाँसी खेली मनाऊँ, मीठो मसिनो खाने कुरा, खाइ सबै रमाऊँ। २ दशैँ आउँदा खुशी छाउँछ, सबैका गाउँ घर, परदेशीलाई के दशैँ होला बिरानो सहर । ✍️ हरिश चन्द विवश, बैतडी
@ ४९ १. हर्षित मन बुर्कुसी मार्यो यो चाड दशैँमा, कामना मेरो दुःख र पीडा नपरोस् कसैमा। २. आफन्तजन ठुलाबडाको आसिक लाग्नेछ, यो छोटो आयु लम्बिइकन शताब्दी जाग्नेछ। ✍️ अनिल खग्रास, पर्वत
@ ५० १. अब भारी बोकी खानु मै छ गर्व, गरिबलाई न आओस् चाडपर्व । २. किन आउँछ दशैँ तिहार रुवाउनलाई फेरि, यहाँ गरिबले त दशैँ मान्छन् आँसुको ताल हेरि । ✍️ ललिता अभागी सिन्धुली
@ ५१ १. हेर खुशी लिएर दशैँ गाउँ घरमा आयो कठै बरा यो दशैँंले पर्देशीका गित गायो। २. सजाउनु छ निधार लगाई जमरा टीका , यसपालिको दशैँ कसैको पनि नहोस् फिका। ✍️ रत्ना पुन मगर मुसिकाेट
@ ५२ १, शुद्ध होस् चित्त नासियोस् सबै कू-भावना, विजया दशमीको यही शुभकामना। २, दशैँ आयो परदेशी घर आएको, सबैको घरमा खुशीयाली छाएको। ✍️ चिरञ्जीवी ढकाल नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके
@ ५३ १. बाल्यकालमै रैछ चाडमा रमाउने, जमरा र दक्षिणा हातमा समाउने । २. थाप्लोमा छ जिम्मेवारी मनमा पीडै पीडा प्रदेशमा लाला बाला मनमा छैन क्रिडा । ✍️ इन्दिरा देवकोटा कपिलवस्तु न पा ३
@ ५४ १. घर घरमा जमरा टुसायो, नवरात्रको सगुन सजायो। २. निधारमा टीका कानमा जमरा सिउरेर, ठुला बडाबाट आशीर्वाद लिनु निहुरेर । ✍️सुरुङ्गेली कान्छाे, झापा
@ ५५ १ आफन्त र मान्यजनबाट टीका जमरा लगाई मनाऊँ है हामी एक आपस उत्सवको बढाई। २ रातो टीका र जमरा देवी दुर्गा भवानीको प्रसाद सित्तैमा पाउने बढा दशैँमा अग्रजको आशिर्वाद। ✍️ अबजस चन्द्र, दमक, झापा
@ ५६ १. कालरात्री भगवतीको पूजा गरौँ, माताको दिव्य शक्तिले नै अगि सरौँ। २. सुख शान्ति रहूँ सधँ सधैँ चाहना, सबैमा बडादशैँको शुभकामना। ✍️ गोमा गुरागाई, इटहरी
@ ५७ १ मनाऔँ दशैँ आफ्नो औकात र अवस्था हेरेर, नबोकौं ऋणको भारी त्यसै देखासिकी घेरेर। २ उत्साह र उमङ्गका साथ मनाऔँ यो दशैँ राखेर सद्भावना लिइ आफुभन्दा ठुलाबडाबाट आशिर्वादका शुभकामना। ✍️ काेकिला चाैधरी, बाँके
@ ५८ १ एक आपसमा सबै मिली आशिर्वाद थापी, परम्परा जोगाई राखौं मनको दुरी नापी। २. ठुलाबडाको हातबाट लगाई जमरा टिका, खुशी छाअोस मनभित्र नहोस् कसैलाई फिका। ✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
@ ५९ १. दशैंघरमा बडादशैंको शुरुआत यसरी गरिन्छ घटस्थापना गरी नदीको बालुवा राखेर जौ छरिन्छ। २. सत्य सधैं बाँची रहोस् जमरा अक्षताको भरमा दशैँमा हर्ष र उल्लास होस् सबैको घर-घरमा। ✍️ बी.कुलुङ, दार्जिलिङ
@ ६० १. वर्ष दिनको महान पर्व बडा दशैँ आयो, सबैको घर घरमा सारै खुशीयाली छायो । २. आएको यो दशैँले कसैलाई पनि निराश नबनाओस्, हाँसी र खुशी सधैँभरि उमङ्ग हर्ष मनमा सजाओस् । ✍️रिता खराल, रुपन्देही
@ ६१ १. विरही भाका हालेर यहाँ कोइली करायो, पराई देश बनाई बस्दा दशैं नि हरायो । २. माईती जानु नमानी झर्को चढेर बसैमा, नरुनू धेरै हाँसेर रम्नू यो बडा दशैंमा । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गाउँपालिका-६, दोलखा ।
@ ६२ १- मखमली फुल छ आँगनी भरि डुल्दैछन् भमरा प्रदेशी तिमी फर्कन लगाउन टिका र जमरा । २- पियारी रुदै बाेलाउछिन् घर म प्रदेशी आईन, अर्काे साल अाउँछु नरुनू तिमी छुट्टिनै पाईन । ✍️ ल्युजर शर्मा बागलुङ गल्काेट, हाल सात समुन्द्र पारि
@ ६३ १ राता माटा सुकेका बाटा चिटिक्क गाउँ घर, आफन्त भेट्ने तिर्सना मेट्ने बिर्सने नगर। २ दु:ख जेलो गरिकन पेटैभरि खाऊँ। दशैँ मान्न यसपाली गाउँतिरै जाऊँ। ✍️ महेन्द्र मान बलामी दक्षिणकाली नगर पालिका-९ फर्पिङ ,काठमाडौ ।
@ ६४ १. परदेशीको घर आउने बहाना, सबै वर्ग गफिन्छन् गर्दै कुरा साना। २. ब्युँझाउँछ सालिन्दा मालश्री धुनले, दसैँको निम्तो बाँड्छ शरद्को जूनले। ✍️ म्यामराज राई, भोजपुर हाल- प्रवास
@ ६५ १. दसैंकाे रमझम रमाईलाे थियाे, सादा थियाे वालापन, खेलिन्थ्याे पिङ लाइन्थ्याे टीका,मामा घर पुग्दा प्रफुल्ल मन। २. नवदुर्गाकाे प्रसाद त जमरा र फुलपाती , बाबा,आमा, मान्यजनकाे हात मेराे शिर माथि । ✍️ प्रधुम्न चालिसे, भक्तपुर
@ ६६ १. दशैँको खुशीयाली महल देखि झुप्रो सम्म आओस्, गरिबीको आँसु भित्र पनि हर्षको आभाष छाओस् ! २. दशैँ आयो आफ्नै क्षमता भित्र नै खुशी मानेर रमाऔं, खोक्रो आडम्बरलाई त्यागेर मित्रताको बाटो समाऔं! ✍️ शरद प्रधानाङ्ग, विराटनगर-७
@ ६७ १ सबै जना हर्षित हुनु हाेला याे दशैमा, दुःख कष्ट र पीडा नपराेस् हामी कसैमा। २ गाउँ घरमा आयाे चाडपर्व, सबैकाे घरमा छायाे नि गर्व। ✍️ सुशील बियोगी घायल शिखर नगरपालिका ११ डोटी, हाल चन्नै
@ ६८ १ हामी परदेशीलाई न त दशैंँ न तिहार, रुवाउन मलाई किन आउँछ बारम्बार। २ रुवाउन फेरि आएछ दशैँ परदेशी, खुशीहाली छाएछ हाम्रो त गाउँबेसी। ✍️ जगत थापा, बझाङ्ग
@ ६९ १. नेपाल एकिकरणको उत्सव पर्व बिजया दशमी नेपाली मात्रको गर्व। २. हनुमानढोकामा भित्र्याएर गोर्खाबाट फूल पाती तामझामले मनाइने विजया दशमी पर्व जाती । ✍️ बिके माकजु , भक्तपुर ।
@ ७० १. दशैँ र तिहार मनाऊँ है झिलीमिली, आफन्त र साथीभाइ सबै मिलीमिली। २. दशैँमा कसैलाई पनि दशा नलागोस्, अग्रजको आशिकले सबै दुःख भागोस्। ✍️मिलन माझी, पूर्व डुवर्स,कालचिनी,भारत
@ ७१ १. दशैँको खुशीयाली सदा घर घरमा आओस् सबैको मुहारमा उत्साह र उमङ्ग छाओस्। २. आ-आफ्नो औकात अनुसार चाड मनाऔँ परिवार जम्मा भएर दशैँमा रमाऔ। ✍️ दुर्गा भट्टराई, मोरङ
@ ७२ १ दशैँले सबैको घरमा खुशी ल्याओस् नेपाली भूमिमा हर्ष उमङ्ग छाओस्। २ निधारभरि टीका कानमा जमरा लाउँदा रमाइलो भयो घरमा परदेशी आउँदा । ✍️ बिना रोका, घोराही दाङ्ग।
@ ७३ १. चाडबाडलाई विकृतिमुक्त बनाऔँ, हैसियतअनुसार यो दशैँ मनाऔँ। २. नखेलौं जुवा र तास,मदिरा हटाऔँ, आशीर्वाद लिनेदिने दक्षिणा घटाऔँ। ✍️ भूषण जंग, अष्ट्रेलिया
@ ७४ १. हिन्दुहरूको महान चाड बडादशैं आयो, रनबन गाउँघर झलमल सब छायो । २. प्रदेशीको दशैं सदैव रहरै रहरमा, गुलामीछन् विदेशमा ती कहरै कहरमा। ✍️ ऋषिराम खानाल, मध्यविन्दु ६, नवलपुर
@ ७५ १. दशैँमा घर सम्झेर आउने लाहुरेको छ ताँती। बिदा नपाउँदा खेरि पोल्छ यो परदेशीको छाती। २. घरको याद आउँदा खेरि सम्झी सम्झी रुन्छ, भौतिक शरीर यता भए मन त्यतै हुन्छ । ✍️राम रावल (सागर) अत्तरिया, कैलाली
@ ७६ १. हर्ष उल्लास लिएर हाम्रो आँगनमा नै बडादशैँ छायो मान्यजनको आशिर्वाद निधारमा टीका थाप्ने दिन आयो । २. दुर्गा माताको आशीर्वादले सधैँ संसार जगमग भै उठाेस्, बर्ष दिनमा आउने याे चाडमा चमेली मगमग भै फुलोस् । ✍️ सुशील घिमिरे, सैनामैना-९,रुपन्देही
@ ७७ १. आज सप्तमं हो कालरात्रीको पूजा गर्छौ, दु:ख हटाऊ महागौरीको चरण पर्छौ। २. वर्षौ दिनको दशैँ हाम्रो खुशीयाली मनाउदै जाऔँ, नौं दुर्गे भवानी माता सम्झेर टीका जमरा लगाऔँ। ✍️ कमला पाण्डे पराजुली, झापा चारआली
@ ७८ १. दशैँ हिन्दुहरूको महान पर्व, मनाऊँ लौ! खुशीले गरौं है गर्व। २. दशैंमा खुशी र सद्भाव जगाऊँ, माता दुर्गेमा शान्त चित्त लगाऊँ। ✍️ परिक्रमा श्रेष्ठ, धरान
@ ७९ १. दशैँ आयो तिहार आउला खर्चिलो नगरे, यो मेला पर्वका लागि ठुलो रिनमा नपरे। २ मेला पर्व समाजका गहना भनिन्छ दामी, त्यसैले अनुशासित भई मनाउनु हामी। ✍️ सुरेशकुमार पान्डे, दाङ
@ ८० १ दशैं तिहार रमाईलो चाड आउने म प्रदेशीको मन अमिलो बनाउने। २ न माथमा टीका न कानमा जमरा प्रदेशीको जीवन भैदियो खतरा । ✍️ जित बुढाथोकी छन्त्याल बेलायत
@ ८१ १. दशैँ आयो नै भन्छन् सुनसान छ चारैतिर, सकस त परेको छैन कतै झुपडीनिर। २. दुःख सुख रमाऊ यस्तै छ मानव चोला, नमरुञ्जेल त कहिले भरिँदैन झोला। ✍️ तेजप्रसाद खनाल, दाङ।
@ ८२ १. दशैँले सबैमा दु:ख हटाएर सुखै ल्यावाेस् , समस्त हिन्दुराज्यमा शान्ति र उमङ्ग छावाेस् । २. सबैकाे शिरमा जमरा र निधारमा हाेस् राताे टीका, हामी कसैकाे पनि जीवनमा दशैँ नबनाेस् है फिका । ✍️ लक्ष्मी घिमिरे दाहाल दमक, झापा
@ ८३ १. कोरोना मुक्त बनौँ मिलेर सबै जना, सुरक्षा साथ रमौं,सु-स्वास्थको कामना । २. दशैं,दशा नबनोस्,कबै नहोस् सामना, बडा दशमीको हार्दिक शुभकामना । ✍️ मित्र कु. आचार्य काठमाडौं
@ ८४ १. गरिबको झुपडीमा पनि दशैँको रौनक छाओस् , धनीको महलमा झैं मिठो परिकार चाख्न पाओस् । २. कहिलेकाहीँ दशैँ पनि खल्लो भोग्नुपर्ने रहेछ , आमाबाबु बित्दाको बरखीले शोक भाेग्नु परेछ। ✍️ राजेश्वरी राजोपाध्याय ललितपुर ।
@ ८५ १. बा आमाको हातबाट नै टीका लगाएर, खुशी हुन्थ्यो मुहार अनि पैसा समाएर। २. सुख समृद्धि घर परिवारमा छाअाेस्, चाडको बेला दुःखको खबर नआअाेस्। ✍️ रविन भण्डारी कानेपोखरी, मोरङ
@ ८६ १. नमुछ्नूहोस् टीका ए मेरि आमा नराख्नुहोस् जमरा, देशमा दशैको फूल फुल्यो परदेशमा भमरा।। २. निधारमा रातो टीका कानमा जमरा होस् सबैको यसै, उमङ्ग साथ बिताउनु होला यसपालीको वडा दशँ। ✍️ बादल गुरुङ वियोगी संखुवासभा,हाल काठमाडौं
@ ८७ १.
यो दशैँमा खुशी र हर्ष छाओस् , साथसाथै दुःख हटेर जाओस् । २.
यो दशैँको शुभकामना दिन्छु , ठूला वडाको आशीर्वाद लिन्छु। ✍️ सुशीला पौडेल
@ ८८ १, परिवारसँग रमाउने परदेशीको मन, सबैको इच्छालाई पुर्याउन कमाउँछ धन। २. भनेजस्तो खान छैन पेट छ भोको, आमालाई सम्झेर उ धेरै भो रोको। ✍️ प्रसान्ती राई सामसिङ्ग खासमहल (कालेबुङ)
@ ८९ १. तिम्रो दशैँ यस्तो भयो मीठो पाकेन, नयाँ नाना किन्न पनि इच्छा लागेन। २. बगाकै छौ पसिनाको नीलो धारा तर, समयले मेख मार्यो चुल्हो चीसो छ र। ✍️ कृष्ण देव रिमाल, काठमाडौं
@ ९० १. धनीमानी लाई त हुने रहेछ रङ्ग अनि रसै, गरिवलाई त पीडा मात्रै रहेछ यो पापी दसैँ। २. हुनेखानेले किनेर ल्याए ठुला ठुला खसी, हामी दुखिकाे दसैँ बित्छ त्यतिकै रुँदै बसि। ✍️ गणेश तामाङ वाइबा धादिङ, नेपाल।
@ ९१ १. असत्यले घुँडा टेकी सत्य सधैँ उच्च बनोस् , सद्भावले सबैलाई मित्रहरू मानी गनोस् । २. घाँटी हेरी हाड निलौँ फजुल खर्च गर्नुहुन्न , दसैँको नाममा ऋणको पीरले नि मर्नुहुन्न । ✍️ गंगा खड्का, बुढानिलकण्ठ काठमाडाैं
@ ९२ १. दशैँ बोलाउनु पर्दैन, समय र साइतमा आउँछ खुरुखुरु, उत्साह र उमङ्गले रमाउने धेरै हुन्छन्, थोरै रुन्छन् धुरुधुरु। २. हिन्दुहरू सबैले मान्ने दशैँ हाम्रो साझा पर्व, सँस्कृतिमा धनी हामी यही नै नेपालीको गर्व। ✍️ प्रमोद भट्टराई ‘प्रतीक’ कौशलटार, भक्तपुर बूढानीलकण्ठ १, काठमाडौँ
@ ९३ १. मैले दशैँ मान्छु उसलाइ दसा लाग्छ म खुसी छु ऊ त भौतारी हेर भाग्छ। २. मेरो पर्व हो उसलाइ दुख्छ टाउको कुरा ठूलो भएनि बुद्धि छ पाउको। ✍️ रघु न्यौपाने, पाेखरा