
गोडमेल गरि झारपात फाली सफा गर्नु राम्रो,
यति छिट्टै टुट्ने खालको त माया थिएन है हाम्रो ।
फर्की आउ आफ्नै देश फर्की आउ घर,
तिम्रो खुसी पक्कै मिल्छ नमान्नु है डर ।
धेरै खुशी भयौ होला मन लागेको गर्दा,
किनारामा मलाई छोडी एक्लै खोली तर्दा।
फुलहरु फक्रदैथे काँडा झ्याङ्ग्यो गाढा,
मैले आफ्नो सोचेपनी तिमी भयौ टाढा।
किन दियौ यति पीडा भन यति साह्रो,
बिछोडका पलहरु बिताउन गाह्रो।
नयाँ नयाँ मित्र अनि प्यारो साथ पाओस्,
सम्बन्धका नयाँ धब्बा फक्रीएर जाओस्।
✍️ मन्दिरा सेढाई,
मलेखु,धादिङ


सुन्दर टुक्काहरू, हार्दिक बधाई 🌹✍️🌹
राम्रा रहेछन् अझै लेख्नु होला ।