• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

११३ औं लक्ष्मी जयन्ती तथा दोश्रो महान पर्व तिहारको विशेष अवसरमा टुक्का लेखन अभ्यास सम्पन्न, नेपाल लगायत विश्वका १ सय ६ जना सर्जकको सहभागीता

  • १८ कार्तिक २०७८, बिहीबार २२:१९ मा प्रकाशित
  • टुक्का साहित्य समाज काठमाडौले ११३ अौँ लक्ष्मी जयन्ती तथा तिहार पर्वको अवसर पारेर “टुक्का लेखन अभ्यास श्रृङ्खला-२५” सम्पन्न गरेको छ। उक्त कार्यक्रम टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंकाे सम्याेजकत्वमा सन्चालन गरिएकाे थियो।

    अभ्यासका क्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट १०६ नेपालीभाषी सर्जकहरूको सहभागीता रहेको थियोे। सहभागी टुक्का सर्जकहरूका टुक्काहरूको भाषिक सम्पादन यसै संस्था की सचिव विमुन्स पाैडेलले गरेकी थिइन्।

    कार्यक्रम संयोजक/ संस्थाका अध्यक्ष/ टुक्का प्रवर्तक ताराप्रसाद चापागाईं र संस्थाकि सचिव विमुन्स पौडेलले महाकवि देवकोटा प्रति हार्दिक श्रद्धासुमन ब्यक्त गर्नुका साथै सहभागी सम्पूर्ण सर्जकहरू प्रति तिहार पर्वको शुभकामना व्यक्त गरेका थिए।

    अभ्यासकाे क्रममा सङ्कलन गरिएका तिहार तथा महाकवि लक्ष्मिप्रसाद देवकाेटा जन्म जयन्ती सम्बन्धी टुक्काहरू 

     [१]
    १.
    तिहारको यो झिलिमिली सम्झिएर रुन्छु,
    त्यसैमाथि भाइ सम्झी अर्ध पागल हुन्छु।
    २.
    लक्ष्मीप्रसाद थिए उनी सरस्वतीका प्यारा,
    लक्ष्मी पूजा गर्ने दिन उनमै अर्पण सारा।
    ✍️ पौडेल विमुन्स
    पोखरा कास्की

    [२]
    १.
    झिलिमिली रमाइलाे तिहार
    सम्झी बसेँ याे मनकाे पियार।
    २.
    बहुमुखी प्रतिभाका धनी लक्ष्मी थिए,
    भाषा साहित्यमा ठुलाे याेगदान दिए ।
    ✍️ ताराप्रसाद चापागाईं 
    धुनिबेसी । 

    [३]
    १.
    तिहार आयो फुले होलान् सयपत्री मखमली,
    सम्झीराछु खाडी बसी सप्तरङ्गी टीका झल्झली।
    २.
    महाकवि देवकोटा धुरन्धर आशुकवि,
    नेपाली साहित्यमा बन्यो उनको छुट्टै  छवि।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [४]                                 
    १.
    झिलीमिली  आँगन र दैलोमा,
    संस्कृति प्रिय देउसी भैलोमा ।
    २.
    धेरे दुःख झेल्ने लक्ष्मी मनका थिए धनी,
    साहित्यमा अमर बने महाकवि बनी । 
    ✍️ अम्बिका गिरी, विराटनगर

    [५]
    १.
    साहित्यकाे अाकाशमा चुलिएको छवि ,
    उछिनेर अघि भए हाम्रा महाकवि ।
    २.
    धनकी देवी लक्ष्मी जी काे पूजा गर्ने रातमा ,
    जन्म लिए धरतीमा सरस्वतीकाे साथमा ।
    ✍️ रामकृष्ण दुवाडी
    पाेखरा ।

    [६]
     १.
    दीपावली संस्कृति हो हामीले मिलेर मनाऊँ,
    तडक भडक नगरौँ सभ्य संस्कार जनाऊँ।
    २.
    काव्य अनि निबन्धमा महान उनी ज्ञाता,
    मनका धनी महाकवि गरीवका दाता। 
    ✍️ दुर्गा आचार्य, मोरङ

    [७]
    १.
    दशैँ गयो अब तिहार नि आयो
    दिदीबहिनी सम्झेर मन खायो।
    २.
    महाकवि देवकाेट साहित्यका तारा,
    काव्य लेखी चम्काएका साहित्य सारा। 
    ✍️ प्रेम सुनार, दैलेख

    [८]
    १.
    तिहारको झिलिमिली छ लक्ष्मी जीको बास
    दाजुभाइ दिदिबहिनी माया बढ्ने खास।
    २.
    लक्ष्मी प्रसाद देवकोटा महाकवि हाम्रो
    मुनामदन पढौँ हामी लाग्छ कति राम्रो।
    ✍️ मन्दिरा सेढाई 
    मलेखु,धादिङ 

    [९]
    १.
    लक्ष्मी  सरस्वतीका प्रसाद
    नेपाली आजीवनका याद ।
    २.
    मखमली  सप्तरङ्गी  टल्के
    भाइ बैनीका आसिक छल्के ।
    ✍️ गणेशमान 
    चारनाथ नगरपालिका १०
    धनुषा, गोदार

    [१०]
    १.
    मखमली र सयपत्री फूल देख्दा याे दिल रुन्छ,
    दाजुभाइ काेही पनि नहुँदा मन पागल हुन्छ।
    २.
    लक्ष्मीप्रसाद भए विश्व कै महाकवि,
    संसार भरि छरिएको उनकाे छवि।
    ✍️ सहयात्री शाेभा अर्याल 
       रुपन्देही , बुटवल

    [११]
    १. 
    ” मुनामदन ” लेखेर देवकोटा अमर भए
    सबै कृति उत्तिकै मीठा सबका मनमा गए।
    २. 
    वर्षमा एकपल्ट आउने चाड तिहार रमाइलाे
    मनमा खुशी छाउन सके लौ ! दिनै हुने घमाइलो।
    ✍️ परिक्रमा श्रेष्ठ
    धरान

    [१२]
    १
    लक्ष्मी प्रसाद देवकोटा हुन् महाकवि
    साहित्यमा  उनले नै राखे राम्रो छवि।
    २
    हिन्दुहरूको दोश्रो महान् चाड घर घरमा आयो
    धनी गरीव सबैको मनमा हर्ष  उमङ्ग छायो।
    ✍️सरस्वती श्रेष्ठ, इटहरी

    [१३]
    १.
    आयो तिहार झिलिमिली भयो संसार
    चारैतिर खुशी मात्र उज्याला  मुहार।
    २.
    सरस्वतीका श्रेष्ठ सन्तान तर,तिम्रो लक्ष्मी नाम
    जीवनभर विष पियौ तर,दियौ अमृत काम
    ✍️ अर्जुन उप्रेती (अप्रतिम)
    असम (भारत)

    [१४]
    १.
    भ्राता अनि भगिनीकाे पर्व भाइटीका ,
    सप्तरङ्गी  हुनुपर्छ  हुनुहुन्न  फिका ।
    २.
    सकेजति माया  पिरती साहित्यसँग लाउँछु,
    लक्ष्मीप्रसाद  देवकोटाको गुणगान गाउँछु ।
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    [१५]
    १.
    घर गाउँमा त झिलि मिली भएको होला,
    परदेशीको त परदेशमै गयो चोला।
    २.
    राष्ट्रिय कवि लक्ष्मी प्रसाद जी को सम्झना,
    आउँछ र त कवि बन्ने छ आफ्नो योजना।
    ✍️ सुरेशकुमार पान्डे
    दाङ,  घोराही-१८

    [१६]
    १
    लक्ष्मीप्रसाद देवकोटा हुन् हाम्रा महाकवि
    नेपाली साहित्यमा छोडेर गए ज्यादा छवि।
    २
    तिहार दिदी भाइको भेट हुँदा खुशी र हर्ष
    महामारी हट्दा रमाइलो हुने भयो यो वर्ष।
    ✍️ भगवती दवाडी
    दमक, झापा

    [१७]
    १.
    लक्ष्मी त लक्ष्मी नै थिए धन नभए पनि
    राखौं उनका कृति हृदयमा सधैं गनी ।
    २.
    के हो तिहार थाहा छैन मन मात्रै रून्छ
    चेलीबेटी टाढा हॅुदा यो मन एक्लो हुन्छ ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरंग, हाल- प्रवास

    [१८]
    १. 
    थिए दरिला खम्बा लक्ष्मीप्रसाद साहित्यमा
    कडा चल्थ्यो कलम विभेद, प्रेम लालित्यमा ।
    २. 
    तिहारको आकर्षण देउसी र भैलोमा
    खेल्ने मौका कहिले आउला दैलोदैलोमा ।
    ✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर ।

    [१९]
    १.
    महाकवि देवकोटा साहित्यमा स्वच्छन्दतावादी उच्च नायक,
    मुनामदनजस्ता कृतिका उदात्त प्रेमका समर्पित गायक!
    २.
    झिलिमिली बत्ति,देउसीभैलो,सेलरोटीसँगै भाइटीका गर्ने,
    मेरो त यसपालय नि निधार खाली चेलीको आँसु बरर झर्ने।
    ✍️ भूषण जंग, अष्ट्रेलिया 

    [२०]
    १. 
    चम्किए उनी तारा  झैँ बनी  मिर्मिरे  साँझमा,
    लक्ष्मीको पनि प्रसाद भए साहित्य माझमा ।
    २. 
    फुलेर  फूल  आँगनी  डिल  तिहार  बोलायो,
    पर्देशी दाजु आएनन् फर्की आँखा नै लोलायो ।
    ✍️ रचना मोक्तान ” यात्री ” 
    नमोबुद्ध न.पा.-५, काभ्रे ।

    [२१]
    १.
    पार गरेर दु: खको सिँढी गर्‍यौ लोकको हित,
    लक्ष्मी तिम्रो नाममा सधैँ गुञ्जिरहोस्  मीठो गीत ।
    २.
    फुलैफूलको बहार अनि बत्ती जस्तै फुली,
    मनाउनुपर्छ तिहार सबैले मिलिजुली ।
    ✍️ गंगा खड्का 
    बूढानीलकण्ठ १, काठमाडौँ

    [२२]
    १.
    दाजुभाइ दिदीबहिनीहरूको विशेष पर्व भाइटीका ,
    बर्ष दिनको तिहारमा चेली माइतीमा नबनोस् है फिका ।
    २.
    देवकोटाले लक्ष्मीपूजाकै दिनमा जन्म लिए साहित्यका खम्बा थिए ,
    सरस्वती दाहिनाथिए अनेकौँ विधामा साहित्यको छाप छोडी  दिए ।
    ✍️ बेदु न्यौपाने, काठमाडौ

    [२३]
    १. 
    महान कवि उज्यालो रवि ती लक्ष्मी प्रसाद,
    भरेसाहित्य  भाषा र कवितामा मीठो स्वाद ।
    २. 
    जिन्दगी यतै  बन्धक भयो  तिहार आउँदा
    आँसुको भेल बग्दछ यहाँ सन्नाटा छाउँदा ।
    ✍️ डम्बर थामी ‘अनुपम
    कालिन्चोक गाउँपालिका-६, दोलखा ।

    [२४]
    १.
    हे लक्ष्मी तिम्रो जीवनभरको अमूल्य कमाई, 
    मुना र मदन साथमा तिम्रो   रहेछन्  रमाई।
    २.
    तिहार हाम्रो दिपावलीको सिर्जना दीप बालौँ, 
    आजदेखि नै यो अहम् भाव मनको तुष फालौं।
    ✍️ ईशहाक हुसैन 
    सिमरा बारा, २ नं. प्रदेश

    [२५]
    १.
    सबै नेपालीको घरघरमा लक्ष्मीले बास गरून्
    सप्तरङ्गी टीका र मालाले माइतीको आयु भरून् ।
    २. 
    पागल मुनामदन  लेखेर बनाएका छवि 
    बसेका छन् मुटुको ढुक्ढुकीमा उनै महाकवि ।
    ✍️ रिजाल विनोद 
    बेलबारी ०२ लालभित्ती, मोरङ

    [२६]
    १•
    किन आउँछ रुवाउन मलाई बारम्बार,
    मेरो लागि कहिल्यै पनि नआओस् यो तिहार।
    २.
    महाकवि बनेर सधैं संसार भरि छायौ,
    मुनामदन पुस्तकले पहिलो नाम पायौ।
    ✍️ निर्मला शाही ठकुरी
    दैलेख, हाल दार्जिलिङ

    [२७]
    १.
    जन्म लिए धर्तीमा लक्ष्मीको प्रसाद बनेर,
    अनि चिनिए विश्वमा नै महाकवि भनेर।
    २.
    यसपाली पनि खाली हुने भयो निधार,
    आँगनमा आईपुगी हाल्यो अब तिहार।
    ✍️ लालीमाया थापा मगर, प्युठान

    [२८]
    १.
    तिहारको बेला घुमी घुमी सारा सबैले देउसिरे खेलौँन,
    लक्ष्मीको पूजा र भाईको पूजा गरेर तेल पानीले घेरौँन।
    २.
    लक्ष्मी प्रसाद देवकोटा भएर जानुभयो महाकवि,
    अनेकौँ कृतिहरू हाम्रा लागि पस्की बनाई आफ्नो छवि।
    ✍️ लक्ष्मी श्रेष्ठ
    बिर्तामोड, झापा

    [२९]
    १.
    आयो पर्व तिहार देउसी भैलो अनि बत्तिको झिलिमिली,
    परदेशको दाई सम्झेर हुन्छ चेलीको आँखा टिलिपिली!
    २.
    नाम थियो लक्ष्मी पाए सरस्वती माताको वरदान,
    साहित्यमा चढाए आफुलाई राखे नेपालीको शान।
    ✍️ शरद प्रधानाङ्ग, विराटनगर-७

    [३०]
    १.
    त्यो सुनधाराको पेटीमा बसेर खै कोनि के देखे
    महाकवि लक्ष्मी ज्यूले यात्री नामक कविता लेखे।
    २.
    धनीको घरमा धन र लक्ष्मीको वास
    गरीबको भाग्यमा केवल आसै-आस।
    ✍️ बी.कुलुङ
    दार्जिलिङ (भारत)

    [३१]
    १
    साहित्य क्षेत्रमा नव क्रान्ति छाए,
    लक्ष्मीको प्रसाद बनेर उदाए।
    २
    बसेका छन् देवकोटा नेपालीको गर्वमा,
    जन्मिए तिहार यो हिन्दुहरुको पर्वमा।
    ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [३२]
    १•
    लक्ष्मी नाम भएर पनि सरस्वतीका धनी,
    साहित्यका अग्रजलाई जानौं खोइ के भनी।
    २•
    दसैँ आयो दशा ल्यायो तिहारले बहार,
    दिदी भाइ दाजु बैनी दिन्छन् के उपहार।
    ✍️ घनश्याम पौडेल, सृजना चोक
    पोखरा

    [३३]
    १.
    साहित्यमा लक्ष्मीले गरे केरकार
    कापी समातेकै भरमा भयो सार।
     २.
    कथा र कविताका तिमी भयौ खानी
    मैले दुई टुक्का लेखे जानी न जानी।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ जुम्ला
    हाल सुर्खेत

    [३४]
    १.
    तिहारको पर्व नेपालीको कला संस्कृति धानौँ, 
    सबैको औकात हेरी, गरिब नरुवाई मानौँ।
    २.
    औँशीको रात जन्मियौ लक्ष्मी,नेपाली फाँट उज्यालो तारी,
    अमूल्य निधि छोडेर गयौ कहिल्यै पनि नमर्ने पारी।
    ✍️ रवीन्द्रनाथ पोखरेल 
    देबचुली,नवलपरासी 

    [३५]
    १•
    सम्झी सम्झी यहाँ  मनलाई आनन्द दिलाउँछु 
    चेली तिम्रो मुहार सम्झी मनलाई सिलाउँछु ।
    २• 
    धनले गरीब तिमी उ बेला
    नामले कुबेर बन्यो यो खेला ।
    ✍️ नीमा छिरिङ्ग भोटिया
    जलढक्का /कालेबुङ

    [३६]
    १.
    लक्ष्मी पूजाको दिन जन्म लिएका अति प्यारा  कवि,
    सरस्वतीका वरदान पाएका उनै हाम्रा  रवि । 
    २.
    सयपत्री, मखमली  माला गलामा लगाइदिन्छन् चेली,
    रमाईलो गर्छौँ है तिहारमा हामी देउसी-भैलो खेली।
    ✍️ राजेन्द्र प्रधान पासा
    दार्जीलिङ 

    [३७]
    १.
    तिहार आउँछ वर्षैपिच्छे छैनन् दाजुभाइ
    यो चाड पनि मरे हुन्थ्यो म अभागीनीलाई ।
    २.
    जो कोहीमा हुँदै हुदैन होला यस्तो छवि 
    सबैले   चिन्ने नाम    एउटै हो महाकवि  ।
    ✍️ अभागी ललिता 
    सुनकोशी ५-सिन्धुली

    [३८]
    १
    सबको गलामा फूलमाला निधारमा टीका
    मलाई भने निराशाले लाग्छ जीवन फिका।
    २
    कृति अमर छोडी गए जो,देह स्वर्ग चली
    साहित्यमा नबिर्सने,कृति फिँजाई असली।
    ✍️ जित बुढाथोकी छन्त्याल 
    म्याग्दी नेपाल,हाल बेलायत।

    [३९]
    १.
    साप्तरङ्गी टीका छैन भाइको निधारमा
    मखमली फूल त्यसै सुक्यो याे तिहारमा।
    २.
    साहित्यका नक्षत्र नै हुन् हाम्रा महाकवि,
    विश्वसामु उच्च परे थे नेपालकाे छवि । 
    ✍️ बबिता विष्ट, दैलेख

    [४०]
    १.
    कवितामा मानवताको बिगुल फुक्ने कवि,
    महाकवि जस्तै भेटिएन अर्को कुनै छवि।
    २.
    तिहार तिमी अब माटोको पालामा आउनु,
    मादलुको ताल सँगै  विरही ख्याली गाउनु।
    ✍️ अरुण कुमार भुजेल 
    गोरूबथान,कालेबुङ्ग।

    [४१]
    १
    तिहारमा  रमाई  रमाई  लगाउँछौ  भाइटीका
    जुठो सुत्काहा परी छेकियो भने हुन्छ सार्है फिका।
    २
    लक्ष्मी चम्किए नेपाली साहित्यमा बनी महाकवि,
    जति समय बित्दै गयो उति नै फैलिँदैछ छवि।
    ✍️ राजेश भट्टराई
     सैनामैना ११,रुपन्देही
     हाल सुर्खेत

    [४२]
    १.
    मखमली,सयपत्री फूलले छपक्कै,
    गाउँ ,शहर ढाक्याे तिहारले ढपक्कै।
    २.
    लक्ष्मीकाे प्रसाद देवकाेटा हुन् कवि ,
    नेपाली साहित्यकाे सुन्दर हुन्  छवि ।
    ✍️ मित्र उराठी गाैतम
    अमरपुर-गुल्मी हाल:बुटवल

    [४३]
    १.
    जन्मिए लक्ष्मीप्रसाद लक्ष्मी पूजाको दिन,
    भइदिए सरस्वतीको अति प्यारा किन?
    २.
    तिहारको झिलिमिलीमा पनि कतिका घर अँध्यारा होलान्, 
    महामारी  र  दैवी  प्रकोप  पिडितहरू  भकानिँदै  रोलान्।
    ✍️ भवानी प्रसाद चुडाल
    धरान १८ सुनसरी

    [४४]
    १.
    देउसी-भैलो तिहारमा घरआँगन खोजी,
    परदेशको भाइ सम्झेर रोइन् दिदी रोजी।
    २.
    जसले बनाए नेपाली काव्यमा उच्च छवि 
    चिनिन्छ  उनै  लक्ष्मीलाई  भनेर महाकवि ।
    ✍️ लक्ष्मण समीर, बर्दिया
    हाल काठमाडौ

    [४५]
    १
    हिन्दूहरूकाे  त हाे याे महान-चाड तिहार ,
    शास्त्रमा वर्णन प्राणी  बिच प्रेमाे-उपहार ।
    २
     नेपाली साहित्य बागका तिमी हाै सुन्दर फूल ,
    नेपाली साहित्यकाे अपूर्व फुटाईदियाै  मूल ।
    ✍️ प्रद्युम्न चालिसे
    सुर्यविनायक, भक्तपुर

    [४६]
    १.
    साहित्यका राजा हामी सबका साझा लक्ष्मी प्रसाद उदाए
    छरेर   कृति  साह्रा  नव  सर्जकलाई  साहित्यमा  कुदाए।
    २.
    झिली र मिलि सप्तरङ्गी टीका तिहारै रमाइलो
    गाउँ, घर, दैलो, द्यौसी र भैलो हुँदो हो घमाइलो।
    ✍️ अबजस चन्द्र, झापा

    [४७]
    १.
    दाजुभाइ दिदीबहिनीकाे निधारमा टीका लगाइन्छ 
    प्रेम धागोमा उनिएकाे फुलकाे माला गलामा सजिन्छ
    २
    महाकवि देवकाेटाको प्रकाशले साहित्य सजिएकाे,
    मनै छुने मुनामदन काव्य त्याे उनैद्वारा रचिएकाे ।
    ✍️ वसन्ती भण्डारी, सुर्खेत

    [४८]
    १. 
    लक्ष्मी प्रसाद देवकोटा थियाै प्रख्यात कवि
    त्यसैले सधै रहिरह्याे विश्वमा तिम्रो छवि।
    २.
    मखमली अनि सयपत्री फुल्यो तिहार नि आइसक्यो,
    सेलराेटी पाक्यो भाइ कैले आउँछौ झझल्को लाइसक्यो।
    ✍️ नानीबाबा अधिकारी
    काठमांडौ

    [४९]
    १.
    माया साटी मनाऊँ तिहार छोडौँ जुवा तास
    दिदी बहिनी रुँदै फिर्लान् धनको होला नाश।
    २.
    अभावमा नै मरे हाम्रा महाकवि पहिले,
    त्यहि भएर मूर्ति फोटा पुज्छौँ हामी अहिले।
    ✍️ रामशरण न्यौपाने, भक्तपुर

    [५०]
    १.        
    झिलिमिली रमाइलाे तिहार पर्व आयाे,
    सप्तरङ्गी टिकाले मनै हर्षित बनायाे। 
    २.
    नेपाली साहित्यका महाकवि चम्किला तारा 
    मुनामदन र काव्य साहित्य फैलायाै सारा ।
    ✍️ रश्मी रिमाल, झापा

    [५१]
    १.
    देउसी भैलाे तिहार मनाएँ
    दिदीकाे हातकाे टीका लगाएँ।
    २.
    महाकवि देवकाेटाकाे नाम सधैँ उज्वल,
    साहित्यमा कलम लिई लम्किए हरपल। 
    ✍️ अरुण नदि खत्री
    काठमाडाैं

    [५२]
    १.
    लक्ष्मीपूजाको दिन जन्मियौ तर साथ सरस्वतीको पायौ
    सुखको छहारी रोजेनौ  तिमीले बरु  साहित्यमा रमायौ।
    २.
    निधारमा सप्तरङ्गी टिका लगाई गलामा फूलको माला 
    तिहारको विशेषता पनि हो  बालिन्छ  मैनबत्ती र पाला।
    ✍️ प्रमोद भट्टराई ‘प्रतीक’ 
    कौशलटार, भक्तपुर

    [५३]
    १.
    महाकवि लक्ष्मी प्रसाद साहित्यमा विशेष नाम, 
    समाजलाई  सचेत  गराई  गरेका  ठुलाे  काम । 
    २.
    तिहार आयाे झिलि  र  मिली देउसे  भैलाे  गाउँ घरै घमाइलाे 
     गलामा माला निधारमा टीका चेली माईतीकाे कति रमाइलो। 
    ✍️ रिना याेल्माे
    दार्जीलिङ्ग

    [५४]
    १. 
    दियोहरूको पर्व तिहार 
    दिदी र भाईको मीठो प्यार !
    २. 
    साहित्यका धरोहर लक्ष्मी प्रसाद देवकोटा ज्ञानी 
    लेख्यौ  उपन्यास  मुनामदन आफ्नै जीवन कहानी ।
     ✍️ बुद्धिमान चौधरी 
    कनकाई नगरपालिका ४झापा

    [५५]
    १.
    दौरा सुरुवाल र ढाका टोपी लगाएर
    खेल्नुपर्छ देउसी भैलो इच्छा जगाएर।
    २.
    खुशी  हर्ष बढाइँ  चारैतिर  उज्यालो  रातको
    आशिष लिन्छौँ टीका लगाइ बहिनीको हातको।
    ✍️ प्रकाश बुढाथाेकी
    असाम 

    [५६]
    १
    लक्ष्मी प्रसाद देवकाेटा हुन् महाकवि
    नेपाली भाषा साहित्यमा बनेका रवि । 
    २.
    माइतीघरको दैलोमा पुगिसके नि भाई,
    धेरै वर्षपछि आए आशीर्वाद दिनलाई ।
    ✍️ कान्छी बिनिता विश्वकर्मा 
    बुढिगंगा नगरपालिका ९बाजुरा

    [५७]
    १ 
    रमाइलो तिहारमा दिदीभाइकाे भेट
    आत्मियता बढाउँदै खाेल्ने मन पेट।
    २ 
    गाईतिहार भैलाे गाउँछु सम्झी उनकै नाममा
    श्रद्धाञ्जली अर्पण गर्छू देवकोटाकाे धाममा ।
    ✍️ सीता ढुङ्गाना काफ्ले 
    सिद्धार्थ नगर ८ भैरहवा

    [५८]
    १.
    आयो तिहार आहा! खुशी ल्याई
    फर्के  गएका  सब   दाजुभाइ।
    २.
    जन्मयो एक अनमोल तारा
    फिजायो जग नेपालमा सारा।
    ✍️ कृष्ण आनन्द भट्ट
    पञ्चेश्वर ०५, बैतडी

    [५९]
    १.
    नेपालीमाझ साहित्य बाग धपक्क फुलेछ,
    हृदयभरि  जहिले  लक्ष्मी   प्रसाद  बसेछ।
    २.
    उज्यालो  पर्व  तिहार  गाउॅं-शहर, बजार,
    सद्भाव चेली-माइती हुने पुर्खौली संस्कार।
    ✍️ म्यामराज राई,भोजपुर

    [६०]
    १
    तिहार आयो हिन्दु धर्मावलम्वीका आँगन 
    आउँछन् देउसी भैलो गाउँदै दान मागन ।
    २
    कार्तिक बेला जन्मेको दिन लक्ष्मीका प्रसाद 
    नेपाली माझ दिएर गयौ कविता आह्लाद ।
    ✍️ तारा घिमिरे, संखुवासभा

    [६१]
    १.
    आउन त आयो नजिक तिहार 
    खाली हुने भयो अहिले निधार ।
    २.
    महाकवि लक्ष्मी प्रसाद देवकोटाका कति थिए अतित 
    राम्रा  रचनाहरू  कोरेर  नै  भए  संसारमै  परिचित ।
    ✍️ रिता खराल, रुपन्देही

    [६२]
    १.
    तिहार आयो आँगन पिँढी चुल्हो र चौको हरियो गोबरले लिपौँ
     मान्छेलाई खुशी बनाउन घर मखमली  र  सयपत्रीले  खिपौँ।
    २.
    लक्ष्मी प्रसादको जस्तै हुनुपर्दछ पृथ्वीमा सबै मानिसका मन
     कोही पनि ठुलो गनिँदैन यहाँ त हुँदैमा धेरै नै सम्पत्ति र धन।
    ✍️ पवन कुमार बुढाथाेकी 
    अमेरीका

    [६३]
    १.
    काग पूजा , कुकुर पूजा लक्ष्मी पूजा जनको घरमा गरी 
    दाजु  भाइको रक्षा गर्न सप्तरंगी  टीका  ललाट  भरी ।
    २.
    रचेर  मुना-मदन  लक्ष्मीले  जगतलाई  दियौ
    महाकवि तिमी साहित्यका कोहिनुर जस्तै थियौ । 
    ✍️ इन्दिरा देवकोटा 
        कपिलवस्तु न .पा .३

    [६४]
    १.
    दीपावली  तिहार  सुन्दर  पर्व,
    भाइ पुज्दा लाग्छ अतिधेरै गर्व।
    २.
    मसी  कागज सबै सकेर भूईंभित्ता  कोर्ने कवि,
    लक्ष्मी प्रसाद देवकोटाको महाकवि बन्यो छवि ।
    ✍️ होम प्रसाद नेउपाने 
    धरान,सुनसरी ।

    [६५]
    १.
    तिहारको  रमाइलो  चाड  घरमा  आको 
    सप्तरङ्गी टीका माला लगाई खुशी भाको।
    २.
    लक्ष्मी प्रसाद सबैका भएर प्यारा, 
    महाकविकाे नामले चिनिए सारा।
    ✍️ साधना पाैडेल
    अाेखलढुङ्गा

    [६६]
    १.
    रुन्छ  हाेला  मन  दिदी  भाइ  घर  नहुँदा ,
    भिझ्छ सिरानी तिमीलाई सम्झी रुँदा रुँदा ।
    २.
    सयाैँ कृति लेखेका छाै म, तिम्राे गुनगान सुन्छु ,
    कसरी तिमी जस्तै बनूँ म, मनमा कुरा बुन्छु ।
    ✍️ ल्युजर शर्मा 
    बाग्लुङ गल्काेट, हाल: सात समुन्द्र पारि

    [६७]
    १ 
    धनकी देवी लक्ष्मीको पूजा गरेर
    देउसी र भैलो खेलौँ सबै मिलेर।
    २
    छोडेर  गयो  मुनामदन  जस्तो  अमर  कृति
    त्यसैले त छ सबैको मस्तिष्क  भित्र तिम्रो स्मृति ।
    ✍️ काेकिला चाैधरी, बाँके 

    [६८]
    १.
    खण्डकाव्य महाकाव्य सयौँ कविता,
    देवकोटा साहित्यका महा सविता।
    २.
    झिलिमिली छ  सबैतिर  दीप  प्रज्वल,
    कामना छ बनोस् सुखले आँखा सजल। 
    ✍️ महेन्द्र मान बलामी
    दक्षिणकाली न.पा-९ फर्पिङ

    [६९]
    १.
    मुना र मदनको मीठो प्रेम लेखायाै
    धन मात्र ठूलाे होइन भन्ने सिकायाै। 
    २.
    चारैतिर झिलीमिली दियो बत्ती बालौँ
    मनमा भएको  मैलो यसैपाली फालौँ।
    ✍️ प्रशान्ती राई
    सामसिङ्ग खासमहल

    [७०]
    १
    खुशी हुनु होला दिदी हुने, 
    म त  परदेश एक्लै  रुने।
    २
    हाम्रा प्यारा  महाकवि  मुनामदन  लेखे,
    धनी गरिव, माया बिचकाे भिन्नता देखे।
    ✍️ जगत थापा, बझाङ्ग

    [७१]
    १.
    दाजु र भाइको आयु बढाउँछिन्,
    तिहारमा बैनी साह्रै रमाउँछिन्।
    २.
    जन्मिएका हुन्  उनी लक्ष्मीपूजाको दिन महाकवि,
    महिमा  चारैतिर  पुर्‍याए  जहाँ  पुग्दैनथ्यो  रवि। 
    ✍️ अनिल खग्रास, पर्वत 

    [७२]
    १.
    घर  आँगनमा  सयपत्री  मखमली  फूल  फुलेको,
    झिलीमिली वरिपरी बत्तिदेख्दा हाम्रो मन झुलेको।
    २.
    लक्ष्मी पूजाकै दिन महाकवि लक्ष्मी प्रसाद जन्मिए,
    प्रतेक वर्ष लक्ष्मी पूजामा आउँदा उत्सव सम्झिए।
    ✍️ कमला पाण्डे पराजुली
    झापा चारआली

    [७३]
    १.
    हाम्रो बगैंचामा पनि मखमली फूल फुल्यो ,
    देउसी भैलो खेल्न सबैजना गाउँमा डुल्यो। 
    २.
    लक्ष्मी नै हो घर गाँउमा उज्यालो छर्ने, 
    सबैको मनमा लक्ष्मीको साहित्य भर्ने ।
    ✍️ कल्पना थामी 
    सिन्धुपाल्चोक

    [७४]
    १.
    लक्ष्मी पूजाकै दिन जन्मेकालाई माता बनायौ निर्धन,
    सदियौँ धनी  बन्ने छन् रहेर  हरेक  साहित्यिक  मन।
    २.
    सम्पूर्ण  देश  विदेशमा रहेका दाजु  भाइमा  चेलीको  शुभकामना,
    तिहारले ल्याओस् भाइबैनाका तीता बैमनस्यता बिर्सी आत्मियपना ।
    ✍️ शर्मिला श्रेष्ठ,ललितपुर 
    हाल अमेरिका

    [७५]
     १.
     दाजु भाइ बोलाई
     फूल टीका लगाई।
     २.
    हाम्रा महाकवि लक्ष्मी प्रसाद
    पाए सरस्वतीकाे आशिर्वाद ।
    ✍️ गोमा गुरागाँई पोखरेल
       इटहरी

    [७६]
    १.
    लेख्यौ मिठा काव्य सरल पनका भाव रसमा 
    लक्ष्मी तारा बन्यौ अझ चमकिला आज भवमा ।
    २.         
    आयो  चाड  तिहार  घरमा  उत्साह  हाँसो  रनवनै
    आत्मीय भाव गाढा बनायो भाइ दिदीहरूको झनै।
    ✍️ सुर्य मणि रेग्मी 
    चितवन

    [७७]
    १.
    यो स्वार्थी  मन  कमाए  धन लक्ष्मी  पुजेर
    भिखारी भयौ लक्ष्मी तिमी के अर्थ बुझेर।
    २.
    पागल नाम बुझ्दिन म के भन्न खोजेको
    धेरैमा एक कृति राम्रो छ मैले रोजेको।
    ✍️ दस्ता कौशिक, पाँचथर

    [७८]
    १.
    पटका पड्किदै छन् त तिहार आएको भएर
    केटाकेटीले  मनपराए  किनिदिएँ  गएर ।
    २.
    सबै राम्रा लाग्छन् पुस्तक मुनामदन पढ्न पाएँ
    हे महाकवि  हजुरमा  बारम्बार सिर  झुकाएँ ।
    ✍️ पुष्पासायरा । बिराटनगर ।

    [७९]
    १.
    धनको  गरीव भए पनि मनको  धनी  थियौ
    गरीवलाई आफ्नो वस्त्र पनि लगाउन दियौ।
    २.
    यो तिहारमा सप्तरङ्गी टीका लगाउँला
    दिदीको हातको  परिकारले अघाउँला।
    ✍️ विशाल सुवेदी
     मकवानपुर मनहरी-९

    [८०]
    १.
    साहित्यमा उच्च नाम महाकविकाे छवि,
    लक्ष्मीप्रसाद बनिदिए काव्य रचेरै रवि । 
    २.
    रङ्गीचङ्गी  साँझमा  देउसे  भैलाे चारै  तिर 
    खुसियाली छायाे मनमा हट्याे सबैकाे पीर। 
    ✍️ नवीन जोशी
    प्रदेस ७, कैलाली

    [८१]
    १. 
    ढकमक्क सयपत्री फुलेक होलान्  आँगनिको डिलमा 
    यसपाली आउन  पाइन  चेली  सम्झना  छ  दिलमा ।
    २.
    सदा अमर छ नाम उनको
    ऋणी छाै महाकविकाे गुनको ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा, हाल मलेसिया

    [८२]
    १.
    सयपत्री  फूलको  सुन्दर ‌ हार
    भाईटीका चेलीको पवित्र प्यार।
    २.
    दरिद्र देवकोटा  प्रतिभाका  धनी
    लक्ष्मीको प्रसाद काव्यकाे रस वनी।
    ✍️ बिके मुखिया
    दार्जीलिङ, भारत।

    [८३]
    १.
    राष्ट्रियता भाषा कला र साहित्यमै सधैंँ लागी परे
    लक्ष्मी  प्रसाद देवकोटाले  जीवन  समर्पण  गरे।
    २.
    यसपालीको  तिहार  कसैको नहोस्  फिका
    दाजुभाइलाई माला सँगै लगाई दिनु टीका ।
    ✍️ रत्ना पुन मगर 
    रुकुम पश्चिम्

    [८४]
    १.
    लक्ष्मी प्रसाद थिए  एक होनहार  अमर कवि 
    रचेर  सरल  कविता  बनाए  जगतमा  छवि ।
    २.
    दाजुभाइ दिदीबहिनी बीच रहोस् सत्भावको भावना 
    दिपावली तथा छठ पर्वको सम्पूर्णमा  शुभकामना ।
    ✍️ दुर्गा भट्टराई 
    मोरङ

    [८५]
    १.
    स्वच्छन्दतावादी धारा साहित्यका छवि,
    लक्ष्मीका प्रसाद नेपालीका महाकवि ।
    २.
    पशुपंक्षी  जनवार  सजिकन  भाइको  निधार,
    शुभ रहोस् सबैमाझ यसपालीको चाड तिहार ।
    ✍️ धनु शर्मा, पाेखरा

    [८६]
    १.
    संस्कृति हाम्रो बिछट्टै धनी पुर्ख्यौली उपहार,
    विकृति त्यागि मिलेर रमौँ पवित्र यो तिहार ।
    २.
    साहित्य विधा चम्काइ दिए देवकोटा आएर,
    अमर बने विश्वले उन्को गुणगान गाएर ।
    ✍️ मित्र कुमार आचार्य
    काठमाडौं ।

    [८७]
    १
    आयो चार्ड  तिहार  घरमा  सबैको रमिता
    अपूर्व संस्कृति भित्र हिन्दूहरूको संहिता ।
    २
    लक्ष्मी हौ महाकवि तिमी साहित्यको धारमा
    पर्थ्यौ सधैँ  बिमार रहँदा आर्थिक भारमा ।
    ✍️ माधव पोखरेल गोज्याङ्ग्रे 
    उदयपुर गाईघाट हाल ताप्लेजुङ

    [८८]
    १,
    साहित्यको  संसार हल्लाउने,बनायौ छवि,
    लक्ष्मी राष्ट्रको गहना बन्यौ,तिमी महाकवि।
    २,
    उठ्नुहोस्  घरबेटी, उघार्नोस् बन्द  दैलो,
    आँगनमा  खेल्न आयौँ,देउसी र भैलो।
    ✍️ चिरञ्जीवी ढकाल 
    नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके

    [८९]
    १.
    लक्ष्मीका  प्रसाद  भनेर  उनलाई  मानियो।
     कविता लेख्दा महाकवि हुन् भनेर जानियो।
    २.
    चाडवाड संस्कार सङ्गै रितिथिति सबै बुझिन्छ।
    पशु पंक्षी,धनकी देवी अनि दाजुभाइ पुजिन्छ।
    ✍️ ज्याेती घिमिरे
    गाेदार, धनुषा

    [९०]
    १.
    देवकोटा रवि झैँ  चम्कियून् याे  साहित्य अकाशमा,
    लगाएकाे  गुन  धेरै  देख्छौँ  वाङ्मयिक  विकासमा।
    २.
    सयपत्री  मखमली  चमेली  फूल  थरीथरी,
    चम्काेस् जीवन निधारकाे सप्तरङ्गी टीका सरी।
    ✍️ रामकृष्ण रिजाल
    बाग्लुङ

    [९१]
    १.
    शरद्कालीन आकाशमा निर्मल चन्द्र छायो 
    दसैँ  गयो  झिलिमिली  बनेर तिहर  आयो ।
    २.
    कविका कवि गुरुका गुरु  रथीका नि सारथि
    महाकवि देवकोटा हुन् साहित्यका महारथी ।
    ✍️ श्रीकृष्ण शर्मा, पोखरा

    [९२]
    १.                               
    तिहारको बेला रुँदैछु एक्लै परदेशी गाउँ
    हे प्यारी बहिनी सपना देखेँ आफ्नो गाउँ ठाउँ  ।         
    २.
    लक्ष्मीकै प्रसाद बनेर आयौ नेपाली धाममा
    सम्झिई सधैँ गर्दछौँ आरती  लक्ष्मीकै नाममा।
    ✍️ बिना रोका, घोराही दाङ्ग।

    [९३]
    १.
    प्रसाद त्यो  शारदाकाे, जन्मेकाे लक्ष्मीपूजामा 
    असाधारण सृष्टि-शक्ति पाएथ्यौ ती  भुजामा ।
    २. 
    मखमली, सयपत्री जस्तै जीवन फुलून्
    भाइचाराका सप्तरंग मनभरि घुलून् ।
    ✍️ दुर्गा वनवासी, झापा

    [९४]
    १.
    अरुलाई पनि उज्यालो दिन बत्ती बलिरहोस्
    जिन्दगीमा हार नै हुँदा पनि खुशी चलिरहोस् ।
    २.
    पूजा लक्ष्मीको गर्दै साथ सरस्वती होउन् 
    कामना छ सबैमा एकापसमा मन छोउन् ।
    ✍️ विष्णु पादुका 
    कोहलपुर – ४ ,बाँके ।

    [९५]
    १.
    सरस्वतीका  तिमी  हौ  उपासक,
    लक्ष्मी वन्यौ नाम यही छ सार्थक ।
    २.
    लक्ष्मी पूजाको दिन आज उत्तम,
    महाकवि हौ तिमीमा नमो:नम ।
    ✍️ रामजी लामिछाने
    पोखरा-२७

    [९६]
    १.
    सयपत्री फुल्यो बत्ती है बल्यो आएछ तिहार ,
    दिदी र  बैनी  दाजु  र भाइको  बढेछ पियार। 
    २.
    काव्यका धरा हे देवकोटा प्यारा साहित्य फुलायौ,
    भरेर  रस  शब्दको   फाटमा  आफैलाई भुलायौ।
    ✍️ नवशिला 
    बेलबारी -२, लालभित्ती,मोरङ ।

    [९७]
    १.
    मुना-मदनका  श्रष्टा  ती  देवकाेटा अजर अमर  बने,
    उत्कृष्ट छन् अरू पनि कृति खोजी गरेर पढि रहुँ भने ।
    २.
    नेपालीहरूकाे रमाइलाे चाड आयाे तिहार,
    यतिबेला लाग्दैछ आँगनमै आनन्द विहार। 
    ✍️ दीपक ठटाल जलन
    खरसाङ।

    [९८]
    १.
    मलाई नै सम्झेर बहिनी माला उन्छिन् होला,
    तिहारमा घर  नजाँदा बगे आँशुको  खोला।
    २.
    लक्ष्मी प्रसादको सोचाइ थियो सारै राम्रो,
    उनी जस्तै बन्न सकून् आउनी पीडि हाम्रो।
    ✍️ सि.पि.आचार्य
    दैलेख भैरबी ७, पानीपोखरा
    ।

    [९९]
    १.
    नमन  गर्छु  मुना-मदन  पढेर  हेरेर,
    अमर भयौ हे! महाकवि साहित्य लेखेर ।
    २.
    सयपत्री  र  मखमलीको  तिहार 
    दाजु र बहिनीको आत्मीय पियार ।
    ✍️ बिके माकजु
    भक्तपुर ।

    [१००]
    १.
    घर परिवारमा उमङ्ग अनि हौसला छायो,
    सयपत्री फुलसङ्गै झिलीमिली तिहार आयो।
    २.
    सबैभन्दा उत्तम छ है यहाँ देवकोटाको छवि,
    त्यही भएर उसको स्थान नेपालमा महाकवि ।
    ✍️ गणेश तामाङ`वाइबा´
    धादिङ, नेपाल।

    [१०१]
    १.
    धोबीधारामा उदाए राजा साहित्य कविका,
    अमर बनी निस्किए जनमा उच्च छविका।
    २.
    आयो  तिहार   घरघरमा  यो  मिति  घुमेर।
    आजको दिन मनाऔं लक्ष्मीको पुजा गरेर ।
    ✍️ भुपेन्द्र राना मगर 
    धादिङ

    [१०२]
    १.
    फेरि पनि तिहार आयो,
    सबैमा हर्ष खुशी छायो।
    २.
    साहित्यमा चलेको देवकोटा नाम,
    गर्नु भएको छ उहाँले राम्रो काम।
    ✍️ खगिन रिदम लामा
    खोटाङ, ईन्द्रेणी पोखरी

    [१०३]
     १.
    आसोचमा  परें  म  यसपालीको  तिहारमा 
    टीका खाली हुनेभो भाइको त्यो निधारमा ।
    २.
    महान पर्वमा जन्मी भए प्रख्यात महाकवि 
    संसार भरि छरिए उनका साहित्यका छवि ।
    ✍️ राजेश्वरी राजोपाध्याय ( जरि ) 
    ललितपुर नेपाल ।

    [१०४]
    १.
    लक्ष्मी प्रसाद जस्तै प्रतिभाशाली पाइन्न काँही कतै
    तिम्रै मात्र प्रतिष्ठा यो जगत् मा सुनिएको जता ततै।
    २.
    वर्षमा  एक  पटक  तिहार  आउने
    सबै दु:ख भुलाई खुशीयाली छाउने।
    ✍️ मन बहादुर पुन मगर
    आठबिसकोट न.पा रुकुम पश्चिम

    [१०५]
    १.
    तिहार अायाे देउसे भैलाे लक्ष्मी पुजा गराैँ
    अापसमा रमाउँदै हामी खुसियाली छराैँ । 
    २.
    लक्ष्मी पुजाकाे दिन महाकविकाे जन्म भयाे,
    साहित्यकाे  साधनाले  नाम  अमर  रह्याे । 
    ✍️ भाेलामान बर्देवा
    धरान ८, सुनसरी ।

    [१०६]
    १.
    खाडीको वालुवामा पसिनाले सिँचिदा मखमली उम्रदाे रहेछ
    यस्तै छ बहिनी हाे, परदेशीको निधार तिहारमा खाली भएछ ।
    २.
    शब्दमा यो  देश हाक्ने योद्धा थियौ र त महाकवि ! 
    जुरमुराउदै  छन्  अहिले  सुनौला  चन्द्र र रवि ।
    ✍️ मोहन तरामु मगर
    गुल्मी नेपाल, हाल यूएई अरब

    ::::: जय टुक्का! जय साहित्य :::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on ११३ औं लक्ष्मी जयन्ती तथा दोश्रो महान पर्व तिहारको विशेष अवसरमा टुक्का लेखन अभ्यास सम्पन्न, नेपाल लगायत विश्वका १ सय ६ जना सर्जकको सहभागीता

    प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाँको ‘मैले देखेको कतार’ नामक पुस्तक सार्वजनिक

  • १५ कार्तिक २०७८, सोमबार २३:३९ मा प्रकाशित
  • १५ कार्तिक २०७८ ! १५ वर्षको कतार बसाईंको सम्पुर्ण अनुभवहरुलाई समेटेर प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाँले लेखेका ‘मैले देखेको कतार’ पुस्तक १५ कार्तिक २०७८ सोमबारका दिन सार्वजनिक भएको छ।

    सोमबार लैनचौर स्थित उपराष्ट्रपति कार्यालयको सभाहलमा उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तकको विमोचन गरे। पुस्तक बिमोचन कार्यक्रममा रुपमा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कुटनैतिक, आर्थिकलगायतको सम्बन्धहरु र नेपाली कामदारले कतारलाई समृद्द बनाउन गरेको योगदानहरुको चर्चा गरेकोले कतारका बारे जान्न चाहनेलाई यो पुस्तक अति उपयोगी हुने बताए।पुस्तक पढ्दा आफू स्वयंलाई कताइ भ्रमण गर्न इच्छा जागेको बताउनु भयो।आफ्ना नेपालीहरुले निर्माण गरेको आघुनिक र समृद्ध कतारको वास्तविकता लेखकले पुस्तकमा उजागर गरेको बताउनु भयो।


    मुस्लिम आयोगका माननीय अध्यक्ष समिम मियाँ अन्सारीले आफू कतार गएको बेला लेखक मियाले राष्ट्रिय मानव अधिकार आयोगको हेल्प डेस्क मार्फत अन्याय र पिडामा परेका नेपाली श्रमिकहरुको उद्दार र सहयोग गरेको स्मरण गरे।मियाँ त्यहाँ नेपाली समाज प्रतिनिधिको रुपमा परिचित छन।संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले यस पुस्तकले नेपाल कतार मैत्रीपुर्ण सम्बन्धमा थप आयाम वृद्धि गर्ने बताउनु भयो।कुटनैतिक क्षेत्रमा समेत तरङ्ग ल्याउने यस पुस्तकले कतार बुझ्न चाहने सबैलाई सहयोग गर्ने बताउनु भयो।
    मुस्लिम अगुवा ताज मोहम्मद मियाले लेखक रमजान समाजको लागि मात्र नभइ राष्ट्रकै लागि गौरवान्वित ब्यक्ती भएको बताए। ओमनबाट भर्खरै कार्यकाल सकेर फर्किएकी पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले यो पुस्तकले कतारका सत्य बोले पनि सबै अरब रास्ट्रहरुको समग्र चित्रण गरेको बताइन्।


    पुस्तकमा कतारमा रहेका नेपालीहरुको इतिहास, नेपाली श्रमिकको योगदान, कतारको इतिहास लगायतका विषय समेटिएको लेखक प्रा. मियाँले बताए। उनले प्राकृतिक रुपमा सबै कुराहरु भएर पनि बिकासमा केही नभए जस्तो नेपाल र प्राकृतिक रुपमा केही कुराहरु मात्र भएर पनि बिकासमा सबै भए जस्तो कतारमा सन २००७ अप्रिल पछि देखेका कुरालाई समेटेको बताए। कतार नेपालको असल मित्र र दुख सुखको हितैषी भएको र कतारमा श्रम गरिरहेका नेपाली अनि नेपाल पनि समृद्ध कतार निर्माणको सहयात्री एवं पार्टनर तथा साझेदार भएको हुनाले नेपाली श्रमिकले कतारको निर्माणमा दिएको योगदानको उच्च मुल्यांकन हुनु पर्ने बताए।पुस्तक नेपाल कतार जोड्ने महत,कडि भएको मियाले बताए।

    मियाँले कतारको निर्माणमा ज्यान गुमाएका परिवारलाइ कतारले उचित ब्यवस्थाको जोहो गर्नु पर्ने बताए। कतारले बिश्वकप पुर्व १० लाख रुख रोप्ने प्रतिबद्धता गरेर बिश्वलाई फरक सन्देश दिन खोजेको स्मरण गरे।प्रस्तुत पुस्तक कतारको प्रगतिको कथा हो भने।नेपाल कतारको मैत्रीपुर्ण सम्बन्धको गाथा हो भने।कतारी र नेपाली भावनाको मिलनकेन्द्र हो भने।
    ‘मैले देखेको कतार’ पुस्तकलाई घोस्ट राइटिङ नेपालले पुस्तकलाई प्रकाशन गरेको छ भने यस पुस्तकको अरबिक र अंग्रेजी संस्करण पनि छिट्टै आउने अध्यक्ष कमल ढकालले बताए।जसले अरब जगतलाइ पनि नेपाली श्रमिकको योगदान बारे बुझ्न सहज बनाउने छ। लेखकको यो ३७ औं कृति हो । कतारबारे मात्रै उनले १० वटा पुस्तक प्रकाशन गरिसकेका छन्।

    जनसवाल.कम बाट

    Posted in ताजा अपडेट, विचार, साहित्यLeave a Comment on प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाँको ‘मैले देखेको कतार’ नामक पुस्तक सार्वजनिक

    स्रष्टा सहयात्री शोभा अर्यालका उत्कृष्ट उदकहरू

  • १५ कार्तिक २०७८, सोमबार २१:१० मा प्रकाशित
  • १
    तिहार
    हाम्रो संस्कार
    शहर बजार चमत्कार !

    २
    निधार
    सप्तरङ्गी टीका
    तिहारको सुन्दर दिन !

    ३
    तिहार
    दाजुभाइ रमाइ
    मिलीजुली टीका लगाइ !

    ४
    दिदीबहिनी
    माइतीघरको आँगन
    मखमली सयपत्री ढकमक्क !

    ५
    पर्खाइ
    दाजुभाइ बाटो
    आउने तीब्र आशा!

    सहयात्री शोभा अर्याल
    रुपन्देही, बुटवल

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on स्रष्टा सहयात्री शोभा अर्यालका उत्कृष्ट उदकहरू

    उदक साहित्य समाज नेपालको उदक वाचनको दोस्रो शृङ्खला सम्पन्न; २० जना उदक यात्रीको सहभागीता

  • १५ कार्तिक २०७८, सोमबार ०६:५८ मा प्रकाशित
  • कार्तिक १४ । उदक साहित्य समाज नेपालको उदक वाचनको दोस्रो शृङ्खला मिति २०७८ साल कार्तिक महिनाको १४ गते आइतबार सम्पन्न भएको छ ।

    उक्त उदक वाचन शृङ्खलामा विश्व नेपाली साहित्य प्रतिष्ठानको अध्यक्ष तथा काव्यिक विधाको लघुतम रूप खोरियाका प्रवर्तक वरिष्ठ साहित्यकार जनार्दन अधिकारी धड्कनले उदक काव्यिक विधा भएकोले यसमा परिष्कार ल्याउन काव्यिक तत्त्वअन्तर्गत बिम्बको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

    त्यस्तै बेलबारी साहित्य विकास समितिकी अध्यक्ष वरिष्ठ साहित्यकार तिला लेकालीले उदकले काव्यिक चेतना प्रवाहमा जोड दिएको भन्दै आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।

    उदक साहित्य समाज नेपालका अध्यक्ष साहित्यकार आर्त अकुलीनले उदकको अवधारणाका बारेमा प्रष्ट पार्दै उदकको रचना विधानमा उदक यात्रीहरूको ध्यानाकर्षण हुन अति आवश्यक भएको जानकारी गराउनुभयो ।

    सो कार्यक्रममा साहित्यकार लक्ष्मी बस्याल, पुष्प राना, कमला देवकोटा, देवेन्द्र शाक्य, सविता केसी, रोशन पराजुली, केशव ढकाल, जमुना कायस्थ, वसन्त अनुभव, सुरेशचन्द्र घिमिरे, सरस्वती श्रेष्ठ, बालकृष्ण खनाल, बादल गुरुङ, सोम लुइटेल, श्रद्धा आचार्य, धर्मी साक्य लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।

    उदक साहित्य समाज नेपालका अध्यक्ष साहित्यकार आर्त अकुलीनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन समाजका महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक साहित्य समाज नेपालको उदक वाचनको दोस्रो शृङ्खला सम्पन्न; २० जना उदक यात्रीको सहभागीता

    ‘टुक्कामाथि टुक्का’ ब्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको छैटौं भाग सम्पन्न, ४६ जना टुक्काकारको सहभागीता

  • १४ कार्तिक २०७८, आईतवार १७:२५ मा प्रकाशित
  • काठमाडौ, १४ कार्तिक । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको छैटौं भाग शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४६ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खलाको छैटौं भागको अभ्यास लागि टुक्का साहित्य समाजका महासचिव श्रीकृष्ण शर्माले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    नेताज्यूले यो देश टुक्रा पार्न कहाँ दिन्छन्,
    मौका मिले सग्लै बेच्त्जे बरु कसले किन्छन्?

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    १)
    बेच्छन् देश त के जन्मदिने आमा पनि
    घर जलाई खरानी हाँसीखुसी बनी ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४ दाङ ।

    २)
    लोते चप्पल लगाउँनेहरु नेता भएपछि लगाए जुत्ता,
    देश बेची खादै मक्ख छन् भरे छिमेकीले बनाउँनेछ कुत्ता।
    ✍️
    शर्मिला श्रेष्ठ
    भैंशेपाटी,ललितपुर

    ३)
    गौतम  बुद्धको  देश  बेचेर  के  गर्छौं नेताहरू,
    बेच्नै मन छ भने जन्मदिने आमा नै बेच्नुबरू।
    ✍️
    जगत थापा बझाङ

    ४)
    नेताहरुले देश बेच्छन् जनतालाई हानी
    कहिलेसम्म चल्छ होला यिनको मनोमानी ।
    ✍️
    ललिता अभागी
    सुनकोशी-५सिन्धुली

    ५)
    समाजवाद र विस्तारवाद दुवैमा सग्लो भए किनाइदिन्छु,
    जस्तो ग्राहकसित बेच्ने मन छ लमी बनी कुरा छिनाइदिन्छु।
    ✍️
    म्यामराज राई,भोजपुर

    ६)
    आमा बेचेर पेट भर्ने नेता नै महान भयो, सार्वभौमिकता बचाउँने कसम कता गयो ?
    ✍️
    दीपक ठटाल

    ७)
    नेताहरू नै देशको लागि घातक भए,
    देश बेच्ने दाउँमा कति आए कति गए।
    ✍️
    सुरेशकुमार पान्डे।दाङ घोराही १८

    ८)
    पैसा जम्मा पार्दैछु म मेरो देश किन्नलाई,
    नेताहरुको झुटो कर्तुत  अब  चिन्नलाई ।
    ✍️
    कल्पना थामी
    सिन्धुपाल्चोक

    ९)
    आमा बेच्ने छोरालाई छ नेता भन्नू परेको,
    यो सगरमाथा जस्तो शिर छ तल झरेकोछ।
    ✍️
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके

    १०)
    धेरै पढी नेताज्यूले चलाएको गोटी,
    बुझ्नसक्ने को छन् देश बेच्दा सयौँ चोटी।
    ✍️
    विमुन्स पौडेल
    पोखरा, कास्की

    ११)
    नदी बेचे प्राकृतिक श्रोत बेचे अब थाले सीमाना बेच्न,
    देशै बेच्न त जनताको खबरदारी छ सक्या छैनन् हेप्न!
    ✍️
    प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    १२)
    सत्तामा  जाँदा  देश  नेताले  बिक्री  गर्छन्,
    चुनाव  आउँदा  बचाउने  फिक्री  गर्छन् ।
    ✍️
    गणेश तिमल्सिना
    गणेशमान चारनाथ नगरपालिका १० धनुषा गोदा

    १३)
    बेच्न पाए आफ्नै आमा पनि बेच्न सक्छन्,
    मर्दा यिनले आफ्नो साथमा कति लग्छन् !
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    १४)
    देखिन्छन् उस्तै नेता सबै नै राजनीति व्यापार गर्नलाई,
    कुटनैतिक चलखेल धेरै हुन्छ आफ्नो झोली भर्नलाई ।
    ✍️
    राजेन्द्र प्रधान पाशा

    १५)
    कमाइ खाने भाडा उनको भयो प्यारो देश,
    छोड्ने होइन सत्ता कहिल्यै हुँदा सेतै केश ।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    १६)
    देश बनाउने जनप्रतिनिधी देशै बेच्न गए,
    टुँडिखेलमा झुण्ड्याइ देउ न काेही सपुत भए।
    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबेसी

    १७)
    कमिसनको खेल हो यो बुझ्नु छैन  मर्म,
    झुठो बोल्ने देश लुटने  यहि  हाम्रो कर्म ।
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु

    १८)
    राष्ट्रप्रेमी कर्मचारी हुँदा नेता ब्रम्हचारी,
    सत्यवादी छन् ती सबै  किन्दैनन् बिदेशी सारी ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    १९)
    सुध्रिएला जस्तो भयाे मुलुकको गति ,
    स्वाहा भयाे बिसंगती थियो कतिकति ।
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा ।

    २०)
    तिम्रो देश दुनियाँकै, भएपनि नामी,
    जानीराख एकैचोटी खाँइदैन हामी ।
    ✍️
    केशवप्रसाद ढकाल प्रीतबिज

    २१)
    सिङ्गापुर स्विजरल्याण्डकाे स्वप्ना देखाउँदै,
    सात पुस्तालाई  पुग्ने जाेडाैं  सबै छेकाउँदै ।
    ✍️
    मित्र उराठी गाैतम
    अमरपुर – गुल्मी  हाल: बुटवल

    २२)
    देश बनाउँछौं भन्दै सधै भाषण मात्रै ठोक्छन्,
    उल्टै देश बेचेर हजुर पैसाको थैली बोक्छन् ।
    ✍️
    निर्मला शाही ठकुरी
    दैलेख  हाल दार्जिलिङ

    २३)
    स्वाभिमान बेची बदलामा पैसा रोज्नेहरु,
    निरिहमाथि हैकम जमाउन खोज्नेहरु ।
    ✍️
    सूर्य मणि रेग्मी
    चितवन

    २४)
    नेताहरु देशको बिकास हैन डलरको खेती गर्छन्,
    जनता विचरा फसल बगाएर भोकैभोकले मर्छन्।
    ✍️
    लक्ष्मी श्रेष्ठ
    बिर्तामोड झापा

    २५)
    पश्चिम महाकाली देखि फैलिएको पुर्वमा मेची,
    पुर्खाले आर्जेको देशको सिमाना खाईदियो बेची।
    ✍️
    राम रावल (सागर)
    कैलाली

    २६)
    नेताज्युको बिर्ता कहाँ हो यो देश,
    बेच्ने सुर गरे उखेलिन्छ केश।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ,भारत

    २७)
    आफ्नै देश सिमानाको भाग बेच्यौ अब बाँकी पो छर कति ?
    त्यो पनि मिल्ने भए भाग लगाउँथ्यौ होला मिली डाँका जति ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    २८)
    कामको मुल्याङ्कन नेता  हेर्दैछौँ जन प्रष्ट,
    देश विकासमा के चासो नेताज्यु झनै भ्रष्ट ।
    ✍️
    भगवती  दवाडी ,दमक,झापा

    २९)
    ग्राहक पनि नखोजेका हैनन् फटाहाले,
    बेच्न भने त पटक्कै दिएनन् जनताले।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग

    ३०)
    नेताहरुले देश बेच्ने अरुलाई लुट्ने काम गर्छन् ,
    गरिब जनताहरु दु:ख गरेर पनि भाेकै मर्छन्।
    ✍️
    सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही

    ३१)
    समय र शक्ति हुँदा टुक्रा या सिङ्गै देश बेेचोस् नेता,
    एकनास पक्कै हुन्न उखेलिन्छ दाह्री काला र सेता।
    ✍️
    मिसु श्रेष्ठ
    काँडाघारी, काठमाडौं

    ३२)
    देश बनाउन गएका नेता कुर्सी तानातान,
    भागबण्डा नमिल्दा गर्दछन् नि मुक्का हानाहान।
    ✍️
    सरस्वती श्रेष्ठ इटहरी

    ३३)
    नेता कर्मचारी जति सबै भए कलाकार,
    हामी जनतानै पो भएछौ दर्शक बेकार।
    ✍️
    शरद प्रधानाङ्ग, विराटनगर-७

    ३४)
    टाउकेहरू त सकिगए कालाकाेटेहरू पनि,
    लाग्दारहेछन् देश बेच्नेहरूकै जमातमा अनि ।
    ✍️
    रचना शर्मा प्रतीक्षा

    ३५)
    माटो हो मेरो शरीर देशको हो बाती,
    देश वेचुवाकाे अब फाेर्नु पर्छ छाती।
    ✍️
    प्रद्युम्न चालिसे

    ३६)
    भन्छन् पहिलो कामै देश विकास,
    देला जस्तो छैन जोगीले निकास ।
    ✍️
    गोपाल कृष्ण डंगोल
    ईटहरी

    ३७)
    नेताहरू बाहिर बाहिर खेल्दै हिड्छन् दोहोरी,
    मौका मिलाउँदै देश बेच्ने कुरा गर्छन् फोहोरी ।
    ✍️
    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    ३८)
    खाएको भाँडो बेच्नेलाई खानाको के आस,
    आमा बेच्ने घटियालाई दिनुहुन्न बास ।
    ✍️
    धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका o४ जुम्ला
    हाल सुर्खेत

    ३९)
    सधैं मरुभूमिमा हलो जोत्ने सपना देख्छ,
    छोरो परदेश पुगेर  देशको माया लेख्छ ।
    ✍️
    रिजाल विनोद
    बेलबारी ०२ मोरङ

    ४०)
    नेपालको परिचय छ सौन्दर्य सान अनि मान,
    अगुवाहरुलाई फुर्सद छैन आफै हानाहान।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    ४१)
    जनताको सार्वभौमिकता खै कता गयो?
    यो देश त उनीहरूकै पेवा जस्तो भयो ।
    ✍️
    रामचन्द्र भट्टराई

    ४२)
    न्यायालयमा लडाईं भयो,
    कानुन पिटीयो कता गयो?
    ✍️
    घनश्याम पौडेल
    सृजना चोक, पोखरा

    ४३)
    खाँटी नेता हौं हामी देशै बेच्छौं जनता भाँडमा जावस्
    खाने जति हामीले खाइसक्यौं लौ!अरुले आलु खावस्।
    ✍️
    परिक्रमा श्रेष्ठ

    ४४)
    यिनलाई देख्दा लुते कुकुर पनि मान्छ घिन,
    जनमतका बलात्कारी बन्छन् नेताहरू किन ?
    ✍️
    श्रीकृष्ण शर्मा
    पोखरा

    ४५)
    नेता फेरिंदै स्वार्थ हेर्दै पल्टैपल्ट देश बेचे यिनले केही गर्दैनन् ,
    आफ्नै जन्मदिने आमा पनि बेच्नलाई मौका परे यिनी पछि पर्दैनन्।
    ✍️
    बेदु न्यौपाने काठमाडौ

    ४६)
    किन्नेहरुको के को चिन्ता छिमेकीनै होलान्,
    पछुताउँदै चम्चे नेतापछि सबै रोलान् ।
    ✍️
    मित्र कुमार अाचार्य
    काठमाडाैं

    ::::::::::::: जय टुक्का ! जय साहित्य !! ::::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on ‘टुक्कामाथि टुक्का’ ब्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको छैटौं भाग सम्पन्न, ४६ जना टुक्काकारको सहभागीता

    साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २४औं भाग सप्पन्न, ४८ जना उदक यात्रीहरूको सहभागीता

  • १३ कार्तिक २०७८, शनिबार १७:४० मा प्रकाशित
  • काठमाडौ, १३ कार्तिक। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २४औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालको आयोजनामा आयोजित उक्त अभ्यास कार्यक्रममा नेपाल लगायत विश्वका ४८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिरमा लेखिएका स्रष्टाका उदकहरू :
    १)
    जीवन
    ढल्किँदो उमेर
    भारीले थिचेको परानी!
    ✍️
    हिमाल अम्मै घोडाघोडी कैलाली

    २)
    भारी
    खाली खुट्टा
    बाटोमा सकिनसकी बोकेको !
    ✍️
    रिता खराल,रुपन्देही

    ३)
    उमेर
    मानिसका आवश्यकता
    भोको पेटले विवशता !
    ✍️
    सविता के.सी.

    ४)
    जीवन
    असक्त माेड
    उत्तरार्द्वमा कठिन यात्रा !
    ✍️
    सुरेश चन्द्र घिमिरे
    लमजुङ

    ५)
    जीवन
    जेष्ठ नागरिक
    अनिवार्य आबश्यकताकाे अभाव !
    ✍️
    नारायण प्रसाद उपाध्याय

    ६)
    बाध्यता
    बाँच्नका लागि
    पापी पेटको सवाल !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    ७)
    भार
    थाम्नै गाह्रो
    उमेर ढल्किए पछि!
    ✍️
    राम बहादुर चौधरी, जानकी ५ कैलाली हाल गोरखा

    ८)
    भारी
    कुप्रो शरीर
    जिउनै पर्ने नियति!
    ✍️
    गोपाल प्रसाद पौडेल

    ९)
    बुढेसकाल
    सहारा बिहिन
    बाचुन्जेल जीवन संघर्ष !
    ✍️
    पशपती राई खोटाङ

    १०)
    विडम्बना
    बुढेसकालमा पनि
    भारीले पिछा छोडेन!
    ✍️
    प्रकाश कुइँकेल
    असम, भारत

    ११)
    परिश्रम
    जीवनको सार
    जीवन जिउने आधार!
    ✍️
    देवेन्द्रराज शाक्य बुटवल रुपन्देही लुम्बिनी प्रदेश

    १२)
    बुढेसकाल
    लठ्ठीको साहारा
    उत्तरार्धमा पीडाको भारी !
    ✍️
    आर्त अकुलीन, कैलाली

    १३)
    वृद्धावस्था
    लठ्ठीको साहारा
    अशक्त जीवनको यात्रा !
    ✍️
    नारायण खनाल
    भुमिकास्थान १ अर्घाखाँची

    १४)
    सार्थकता
    विवश जीवन
    अनेक दु:ख कष्ट!
    ✍️
    राेशन पराजुली,धरान

    १५)
    मलाई
    मेरो जिन्दगीले
    बारम्बार यसरी थिचिरह्यो !
    ✍️
    रामचन्द्र भट्टराई ,स्याङ्जा

    १६)
    भारी
    ढल्कदो उमेर
    बाचुन्जेल खेप्नु बाध्यता !
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी इटहरी

    १७)
    जीवन
    संघर्षमय यात्रा
    देख्दै अनेकौं सपना!
    ✍️
    राम न्यौपाने

    १८)
    जीवन
    डुबेको घामछाँया
    लठ्ठी बुढेसकालको सहारा !
    ✍️
    अन्जिता राउत
    नेचा सल्यान ५ सोलुखुम्बु

    १९)
    विडम्बना
    शिशिर ऋतु
    हुँदैछ लाैरीकाे साहारा!
    ✍️
    केशवप्रसाद ढकाल प्रीतबिज

    २०)
    बुढेसकाल
    लठ्ठीको साहारा
    पिट्युमा दाउराको भारी!
    ✍️
    खेमराज पुरी कैलाली

    २१)
    दु:ख
    सहनु पर्छ
    उमेर ढ्ल्केर जादासम्म !
    ✍️
    धर्मी शाक्य,बुटवल लुम्बिनी प्रदेश

    २२)
    शरीर
    आत्माको घर
    संरक्षण नगरे भत्किने!
    ✍️
    तिला लेकाली

    २३)
    अाश्चर्य
    धानिएकाे बाेेझा
    जीउनुमा निहित बाध्यता !
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा ।

    २४)
    बुढ्यौली
    परिश्रम जारी
    पेट पूजाको तयारी !
    ✍️
    वासुदेव ज्ञवाली
    पाल्पा,तानसेन – १

    २५)
    कठै
    उर्जा निख्रेर
    वृद्धको प्राण संकटमा !
    ✍️
    फनिन्द्र थापा

    २६)
    श्रमिक
    छिन्नभिन्न जीवन
    सहारा केवल लठ्ठीको!
    ✍️
    किशोर खनाल
    तानसेन१, पाल्पा

    २७)
    भारी
    पिठ्युँमा बोकेर
    मनमा पीडा बोक्दै !
    ✍️
    रमेश प्रभात

    २८)
    बुढेसकाल
    बिना साहारा
    बाँच्न साह्रै कठिन !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर

    २९)
    वार्धक्य
    काँधमा जिम्मेवारी
    बाङ्गो ढाडमा भारी!
    ✍️
    श्रीकृष्ण शर्मा पोखरा

    ३०)
    बुढेसकालमा
    बोकेर भारी
    हेर जीवन कठैबरी!
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    ३१)
    यात्रा
    हिडाइ जोताइ
    भोगाइ बोकाइ थकाइ!
    ✍️
    बलराज भाट

    ३२)
    वृद्धावस्था
    दु:खको भारी
    छैन बिसाउने चौतारी !
    ✍️
    राजाराम रत्गैंया
    अमौरा कैलली

    ३३)
    संघर्ष
    बाच्नको लागि
    बेसाहारा जीवनको पीडा!
    ✍️
    सावित्री अधिकारी ,काठमाडौं

    ३४)
    पिठ्युँमा
    दाउराकाे भारी
    पेट पाल्दै वृद्ध !
    ✍️
    ललित पौड्याल

    ३५)
    भारी
    संघर्ष अझै
    लौरो टेकेर जारी!
    ✍️
    प्रभादेवी पौडेल
    चितवन

    ३६)
    जीवन
    बाँच्ने तरिका
    सबैको एउटै रसिका!
    ✍️
    सीबी आले मगर

    ३७)
    जीवन
    कठिन संघर्ष
    अनि वेदनाको चौतारी !
    ✍️
    सरस्वती श्रेष्ठ इटहरी

    ३८)
    वृद्धावस्था
    बाेकेर भारी
    छैन सितल चाैतारी।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही , बुटवल

    ३९)
    उमेर
    चार बीस
    जीवन झन कठिन
    ✍️
    घनश्याम पौडेल, पोखरा

    ४०)
    बूढेशकाल
    दुखको भारी
    भोको पेटको निम्ति !
    ✍️
    सरस्वती श्रेष्ठ रूपन्देही बुट्वल

    ४१)
    जीवन
    कठै बेसहारा
    कठिन हातमुख जोर्न!
    ✍️
    जमुना कायस्थ, पोखरा

    ४२)
    विवशता
    श्वास फेर्न
    बुढ्याैलीमा पेट पाल्न!
    ✍️
    पुण्यश्वरी सुलु

    ४३)
    बुढेसकाल
    लौरीको साहारा
    खोज्नुपर्ने एक बाध्यता !
    ✍️
    बिन्दु पौडेल, दाङ

    ४४)
    बुढेसकाल
    थकित जिन्दगी
    बाच्न अन्तिम संघर्ष!
    ✍️
    घनश्याम पौडेल, कैलाली

    ४५)
    उत्तरार्ध
    लाठी हतियार
    संघर्ष कठिन गन्तव्य !
    ✍️
    कमला देवकोटा, पाल्पा

    ४६)
    जीवनकाल
    उकाली ओराली
    पिठ्युँमा गह्रौं भारी !
    ✍️
    चक्र बहादुर शाही
    कैलाली

    ४७)
    जिन्दगी
    बुढेसकालकाे यात्रामा
    बाेझिलाे पिडदायी बन्छ !
    ✍️
    रामप्रसाद पुरी,बु न पा ११, कपन,९८४८०११५०५

    ४८)
    बुढेसकालमा
    लाैरोको साहारा
    त्यसमाथि  पिठ्युँमा भारी !
    ✍️
    लक्ष्मी शर्मा काठमाडौ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २४औं भाग सप्पन्न, ४८ जना उदक यात्रीहरूको सहभागीता

    लघुकथा ‘मेरो हल’ को पाठकिय टिप्पणी

  • १२ कार्तिक २०७८, शुक्रबार ०८:०२ मा प्रकाशित
  • लघुकथाकार म्यामराज राईले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ‘मेरो हल’ लाई पढेर/ हेरेर टिप्पणीकार बन्दना घिमिरेले गर्नुभएको पाठकिय टिप्पणीलाई यहाँ प्रस्तुत गरिएको छ।

    पाठकीय टिप्पणी
    लघुकथा – मेराे हल
    लघुकथाकार – म्यामराज राई

    लघुकथा, स्वतन्त्र गजल, कविता र मुक्तकबिधामा कलम चलाउनुहुने साहित्यकार म्यामराज राईले आज मिति २०७८/७/११ गते हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नु भएको लघुकथा “मेराे हल” पढेपछि मेराे पाठक मनमा आएका भावनालाई यहाँ प्रस्तुतगर्ने जमर्को गरेकी छु ।

    साहित्यकार म्यामराज राईसँग प्रत्यक्ष देखभेट नभए पनि हाम्राे लघुकथा पाठशाला फेसबुक पेजमा लघुकथाहरुकाे माध्यमबाट प्रसस्त चिनेकी छु । माता आशबुङ् राई र पिता जोग बहादुर राईका पुत्र म्यामराज राईकाे जन्म हतुवागढी-६,होम्ताङ्,भोजपुरमा भएको हाे । हाल राेजगारीकाे सिलसिलामा जापान बस्नुहुने लघुकथाकार हाम्रो लघुकथा पाठशालामा मे ३०,२०२१ का दिन सदस्य हुनु भएको हाे । हाम्राे लघुकथा पाठशालाकाे सदस्यकाे हैसियतले
    “पाठशालाका दैनिक कार्यक्रमहरू परदेशको बसाइमा समय प्रतिकुल हुने भएकाले रेकर्डेडमा अहिलेसम्म कुनै पनि छुटाएको छैन।” भन्नुहुने साहित्यकारले नियमितरूपमा लघुकथा प्रेषित गर्नुहुन्छ । पठन र लेखन बराबर मन पर्ने साहित्यकारकाे साहित्यमा सकेको योगदान दिने लक्ष्य रहेकाे छ ।

    प्रस्तुत लघुकथा “मेराे हल” मा मुख्य पात्रकाे रुपमा धिरेन भन्ने व्यक्ति रहेका छन् जाे पद र सफलता प्राप्त गर्नेलाई आफ्नो हल भनी फुर्ति देखाउछन् भने सुरेश उसकाे भतिजो हुन् । अन्य उसले भन्ने गरेका मेराे हल अर्थात् दौतरीँहरु रहेका छन् ।

    धिरेन गाउॅंको नेता थियो।कोही कसैले थोरै प्रगति गरे भने मेरो हल भन्दै कतैबाट साइनो लगाइहाल्थ्यो।
    मेरो हल अर्जुनले साहित्यिक प्रतियोगिता जित्यो।
    मेरो हल जंगे वडाध्यक्षमा निर्वाचित भयो। मेरो हलले शिक्षक सेवा आयोगमा नाम निकाल्यो। मेरो हल किरण चाहिं व्यापार महासंघको अध्यक्षमा चुनियो।चिया गफमा सॅंगै पढेको,खाएको,डुलेको भन्दै आफूले बनाएका हलहरूका बारेमा बनेको कहानी बक्दै थियो।
    “हैन,काका कतिजना हो,तपाईको हलहरू?एउटा गोरूको त एउटा मात्रै हुन्छ त!”सुरेशले फ्याट्ट बीचमै कुरो काट्यो। म गोरू हो त,मोरो भन्ने धिरेनकाे जवाफमा त्यहाँ भएका सबै गलल्ल हाँसे।
    धिरेन गफ हाँकेरै प्रदेश मन्त्रीको पिए बन्यो।

    प्रतियोगितामा धाँधली भयो भन्दै मेरो पुरस्कार खोसे।अर्जुनले दु:ख बिसायो। मलाई सत्ताच्यूत गरे।केही उपाय लगाउनुपर्यो।जंगेले अनुनय गर्यो। विकट गाउॅंमा मेरो जागिर पुर्याए।अर्को हलको समस्या आइलाग्यो।
    गाँजा व्यापारी भन्दै आफ्नै पदाधिकारीहरू मिलेर फसाए।अहिले मामाघरमा थुनिएको छु। किरणको विलाप थियो। हेलो,हेलो,हे..लो!खै केही सुनिन है।धिरेनले नसुनेझैं गर्दै फोन राख्यो।पालैपालो आएको उसको हलहरूको फोन सम्पर्क यसरी नै टुंग्यायो।

    “तिमीहरूको समस्या समाधान गर्न मलाई के को तातो न छारो ? हासिल गरेको पद र पाएको सफलता पो मेरो हल भनेको ” धिरेन मुरमुरियो। यसरी कथाकाे अन्त्य भएको छ ।

    प्रस्तुत कथामा कथाकारले हाम्राे समाजकाे यथार्थलाई टपक्क टिपेर राेचक पाराले कथामा उतार्नु भएको छ । पद र सफलता प्राप्त व्यक्तिलाई जताबाट भएपनि आफ्नो मान्छे भनी चिनाउने, पद नहुँदा वा खाेसिदा आफ्नै भएपनि नचिनेको झैँ गर्ने प्रवृत्तिलाई उदाङ्ग पार्नु कथाकाे उदेश्य रहेकाे छ । धिरेनकाे भतिजो पर्ने पात्र सुरेशले कतिजना हाे हजुरका हलहरु ? भन्ने प्रश्न गर्दा रमाइलो र राेचक भएको छ कथा ।

    १६० शब्दमा लेखिएको कथा पद र सफलता प्राप्तहरुलाई मेराेहल भन्दै शुरु भएर आफू प्रदेश मन्त्रीको पिए हुदाँ अर्थात् पदमा रहदा उनै हल भनेका साथीहरूकाे समस्या सुन्न नपराेस भनी हेलाे ! हेलाे ! भन्दै फाेन काटेर कथाकाे अन्त्य भएको छ । उठानकाे विपरीत भावमा समापन भएकोले लघुकथाकाे मापनमा थपक्क बसेको जस्तो लाग्याे मलाई । कथा सलल बगेकाे र यथार्थपरक छ । समापन राेचक छ।

    कथा धिरेन पात्रकाे परिचयबाट शुरु भएको छ । संवादबाट शुरु भएको भए अझ राम्रो हुनेथियाे जस्ताे लाग्छ मलाई । लघुकथाकाे बहाव तिव्र नभएको हाे कि अझ तिव्र बनाउन सकिन्थ्यो कि जस्तो लाग्याे ।

    साठीको दशकदेखि साहित्य चेत बोक्नुभएका साहित्यप्रेमी राईकाे साहित्यिक यात्राले सगरमाथाको शिखर चुमाेस् भन्दै उहाँको सु- स्वास्थ्य र दीर्घ जीवनकाे लाखौंलाख शुभकामना व्यक्त गर्दछु ।

    बन्दना घिमिरे
    गठ्ठाघर, भक्तपुर

    लघुकथा -मेरो हल

    • म्यामराज राई
      हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

    धिरेन गाउॅंको नेता थियो।कोही कसैले थोरै प्रगति गरे भने मेरो हल भन्दै कतैबाट साइनो लगाइहाल्थ्यो।

    “मेरो हल अर्जुनले साहित्यिक प्रतियोगिता जित्यो।”
    “अर्को मेरो हल जंगे वडाध्यक्षमा निर्वाचित भयो।”
    “फलानो मेरो हलले शिक्षक सेवा आयोगमा नाम निकाल्यो।”
    “अर्को फलानो गाउॅंको मेरो हल किरण चाहिं व्यापार महासंघको अध्यक्षमा चुनियो।”चिया गफमा सॅंगै पढेको,खाएको,डुलेको भन्दै आफूले बनाएका हलहरूका बारेमा बनेको कहानी बक्दै थियो।
    “हैन,काका कतिजना हो,तपाईको हलहरू?एउटा गोरूको त एउटा मात्रै हुन्छ त!”सुरेशले फ्याट्ट बीचमै कुरो काट्यो।
    “म गोरू हो त,मोरो?”धिरेनको जवाफमा त्यहाँ भएका सबै गलल्ल हाँसे।

    धिरेनले गफ हाँकेरै प्रदेश मन्त्रीको पिए बन्यो।

    “प्रतियोगितामा धाँधली भयो भन्दै मेरो पुरस्कार खोसे।”अर्जुनले दु:ख बिसायो।
    “सत्ताच्यूत गरे।केही उपाय लगाउनुपर्यो।जंगेले अनुनय गर्यो।
    “विकट गाउॅंमा मेरो जागिर पुर्याए।अर्को हलको समस्या आइलाग्यो।”
    “गाँजा व्यापारी भन्दै आफ्नै पदाधिकारीहरू मिलेर फसाए।अहिले मामाघरमा थुनिएको छु।”किरणको विलाप थियो।

    ”हेलो,हेलो,हे..लो!खै केही सुनिन है।”धिरेनले नसुनेझैं गर्दै फोन राख्यो।पालैपालो आएको उसको हलहरूको फोन सम्पर्क यसरी नै टुंग्यायो।

    “तिमीहरूको समस्या समाधान गर्न मलाई के को तातो न छारो?हासिल गरेको पद र पाएको सफलता पो मेरो हल भनेको त।”धिरेन मुरमुरियो।
    ॰॰॰

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on लघुकथा ‘मेरो हल’ को पाठकिय टिप्पणी

    टुक्का अभियन्ता समुहको दोस्रो बैठक सम्पन्न

  • ११ कार्तिक २०७८, बिहीबार २२:३२ मा प्रकाशित
  • टुक्का अभियन्ता समुहको दोस्रो बैठक बुधबार सम्पन्न भएको छ। भर्चुअल माध्यमबाट भएको उक्त बैठकमा एक दर्जन बढी टुक्का अभियन्ताहरूको सहभागीता रहेको थियो।

    टुक्का कविताको उन्नयन र विकासका लागि सक्रिय रुपमा खट्न ईच्छुक टुक्काकारहरूलाई समेटेर टुक्का अभियन्ता समूह गठन गरिएको हो। टुक्का अभियन्ता समुहले आफ्नो प्रथम बैठक करिब एक महिना अघि सञ्चालन गरेको थियो। अभियन्ता समुह सदस्य एवं टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंका अनुसार टुक्का अभियन्ताहरूले टुक्काको उन्नयन र विकासका लागि टुक्का लेखनमा नयाँ सर्जकहरूलाई प्रोत्साहित गर्ने, लेखनमा देखिएका गल्ती कमजोरीहरू औंल्याई सुधार गर्न प्रेरित गर्ने, विविध कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्य गर्ने बताउनुभयो ।

    टुक्का अभियन्ता समुहकी सदस्य एवं टुक्का साहित्य समाजकी सल्लाहकार शर्मिला श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको बैठकमा सहभागी अभियन्ताहरूले आ-आफ्ना सल्लाह, सुझाव राख्नुभएको थियो।

    टुक्का अभियन्ताको दोस्रो बैठकमा टुक्का अभियन्ताहरू ताराप्रसाद चापागाईं, वसन्त अनुभव, विमुन्स पौडेल, रचना शर्मा प्रतीक्षा, जगत थापा, श्रीकृष्ण शर्मा, होमप्रसाद नेउपाने, शर्मिला श्रेष्ठ, रामकृष्ण दुवाडी, साधना पौडेल, ललिता कालू बिन्दास, अनिल खग्रास, राजेशराज गड्तौला लगायतको सहभागीता रहेको थियो। कार्यक्रमको सञ्चालन टुक्का अभियन्ता एवं समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले गर्नुभएको थियो।

    टुक्का अभियन्ता समुहको बैठकले निम्न निर्णय गरेको थियो ।

    १) टुक्का अभियन्ताहरूको टुक्का संकलन गरेर पुस्तक प्रकाशन गर्ने । उक्त पुस्तकको सम्पादकमा विमुन्स पौडेल, श्रीकृष्ण शर्मा, वसन्त अनुभव र अनिल खग्रास रहने।

    २) टुक्का संकलन र सम्पादन :
    छन्द टुक्का – १०/१०(प्रत्येक बाट) – अनिल खग्रास
    ब्यङ्ग्यात्मक टुक्का – १०/१०(प्रत्येक बाट) – वसन्त अनुभव
    विम्वात्मक र आलङ्कारिक टुक्का – १०/१०(प्रत्येक बाट) – श्रीकृष्ण शर्मा
    समसामयिक टुक्का – १०/१०(प्रत्येक बाट) – विमुन्स पौडेल

    ३) चालू साप्ताहिक अभ्यास कार्यक्रमलाई यथावत राख्दै थप एउटा भिन्नै खालको साप्ताहिक कार्यक्रम सञ्चालन गर्ने।

    ४) छापा तथा अनलाइन प्रकाशनमा जोड दिने।

    ५) अभियन्ता समुहको अनिवार्य मासिक बैठक बस्ने।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज, साहित्य1 Comment on टुक्का अभियन्ता समुहको दोस्रो बैठक सम्पन्न

    उदक यात्री मधुसुदन प्रसाद घिमिरेका तिहार विशेष उत्कृष्ट उदकहरू

  • ११ कार्तिक २०७८, बिहीबार २०:१४ मा प्रकाशित
  • १
    कार्तिक
    तिहारकाे वहार
    बाढीले सुदूर प्रहार !

    २
    तिहार
    सेल राेटी
    लक्ष्मी पूजा भेटी !

    ३
    मखमली
    अनुपम सौन्दर्य
    यमराज भएका खुशी !

    ४
    चाडपर्व
    पशुपक्षी पुजन
    प्राणीहरूप्रति श्रद्धा भाव !

    ५
    यमराज
    यमपञ्चक दिन
    यमुनाकाे घरमा यम !

    • मधुसुदन प्रसाद घिमिरे
      काठमाडौँ, नेपाल
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री मधुसुदन प्रसाद घिमिरेका तिहार विशेष उत्कृष्ट उदकहरू

    टुसासको आयोजनामा दैनिक अभ्यास अन्तर्गत “शिक्षक” विषयमा सिर्जना गरिएका टुक्काहरू

  • ९ कार्तिक २०७८, मंगलवार २३:३६ मा प्रकाशित
  • काठमाण्डौ,, ९ कार्तिक। टुक्का साहित्य समाज नेपालले बिगत लामाे समयदेखि अाफ्ना अभ्यास समूहहरूमा नियमित रूपमा विभिन्न शीर्षकमा टुक्का अभ्यास संचालन गर्दै आएको छ। दैनिक अभ्यास संचालन र सम्पादनमा समाजकी सचिव विमुन्स पाैडेलकाे विशेष सक्रियता रहने गरेको छ ।

    समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले दिएको जानकारी अनुसार हरेक दिन बिहान टुक्काकाे शीर्षक दिने दिनभर अभ्यास गराउने र रातमा टुक्का संकलन तथा सम्पादन गरेर नियमित रुपमा बिभिन्न पत्रिकाहरूमा प्रकाशनकाे लागि पठाउने गरिन्छ। टुक्का कविता लघु काव्य अन्तर्गत उदीयमान नविनतम प्रविधा हो र छोटो समयमा यसले निकै लाेकप्रियता हासिल गरेकाे छ ।

    दैनिक अभ्यास अन्तर्गत “शिक्षक” विषयमा सिर्जना गरिएका टुक्काहरू
    १.
    शिक्षकले देखाएको स्वच्छ बाटो हिँडौ
    समाजमा लुकी बस्ने दुष्ट चिने गिँडौ।
    २.
    शिक्षकको स्थान हुन्छ सबै भन्दा माथि
    देखाएका बाटो चिनौँ सत्य चिनौँ साथी।
    ✍️ पौडेल विमुन्स

    १.
    जसले कोरी देखाए सत्मार्ग हुन् तिनै मेरा शिक्षक
    चाहाना सदैव तिम्रो भलो होस् भनेर बने दीक्षक ।
    २.
    आदर्श सदैव ती ज्ञान गुनका बाँडेर बोल्ने अनि
    आफ्नै पौरखले सजाऊ धरती भन्दै छन् आज पनि।
    ३.
    त्यही छन् आज पनि जीवितै मेरा शिक्षक गुरु गौरव
    भन्थे बाबु बनेस् है धरती पुत्र गरेस ठूलो उत्सव।
    ✍️ सूर्य मणि रेग्मी
    चितवन

    १.
    लेख्न पढ्न विज्ञान शिक्षामा शिक्षकको प्रोत्साहन हुन्छ ,
    शिक्षकका यस्ता कुरासँग ज्ञानले सबैको मन छुन्छ ।
    २.
    शिक्षकले त्यो शिक्षा दिनुहुन्छ आफ्नै पौरख गर्नुपर्छ ,
    पढिगुनी ठूलो भइ आफैँ उन्नति प्रगति भर्नुपर्छ ।
    ३.
    शिक्षकले शिक्षा दिंदै विश्वको बाटो देखाउँछन् ,
    पढाई लेखाइ शिक्षामा अग्रतामा लेखाउँछन् ।
    ✍️ बेदु न्यौपाने काठमाडौ

    १.
    अन्धकार हटाई उज्यालो छर्ने,
    शिक्षक हुन् हाम्रा अज्ञानता हर्ने।
    २.
    ज्ञान,बुद्धि,विवेक र सीप दिने,
    गुरू हुन् सबै मायाले काख लिने।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ्ग।

    १.
    शिक्षक पेशामा हुन्छ एउटा जिम्मेवारी,
    अज्ञानीलाई ज्ञान भर्दै तार्ने वारीपारी।
    २.
    खाने खेल्ने लेख्ने पढ्ने समयको साथमा,
    सिकाउँछन् सबै अनुशासनको पाठमा।
    ✍️ होम प्रसाद न्याैपाने
    धरान, सुनसरी

    १.
    शिक्षक नै हुन् पथ प्रदर्शक उनी नै ज्ञाता,
    दिएर आफूसॅग भएको बन्छन् पूज्य दाता ।
    २.
    सम्मान गरे शिक्षकको मिल्दछ ज्ञान यहॅा,
    आफू निभेर अरूलाई बाल्ने पाइन्छन् जहॅा ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई – १०, मोरंग
    हाल – प्रवास

    १.
    शिक्षक जहिले बलियो सेतु,
    भविष्य चिनाउने बन्छन् हेतु।
    २.
    मैनबत्तिझैँ ज्योति शिक्षाको दिने,
    दत्तचित्त भई सेवामा खटिने।
    ✍️ म्यामराज राई
    भोजपुर, हाल:-प्रवास

    १.
    जन्माउने आमा बुबालाई सलाम गर्छु,
    शिक्षक मेरो यिनै हुन् मुटुमा माया भर्छु।
    २.
    तातेताते हात समाई ठूलो बनाउने ,
    तिनै हुन् त शिक्षक मेरा सँगै रमाउने।
    ✍️ कान्छी बिनिता विश्वकर्मा
    बाजुरा

    १.
    जन्मे पछि छोडिन्न हाँस्नलाई र रुन,
    मेरो पहिलो शिक्षक आमा जस्तै कुन।
    २.
    शिक्षकहरू नै हुन् हात समाई सबै लेखाउने,
    असल नागरिक बनाउनलाई बाटो देखाउने
    ३.
    अन्धकार हटाई उज्यालो छरिदिने,
    गुरु हुन् ती ज्ञानको ज्योतिले भरिदिने।
    ✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती३, काभ्रे

    १,
    शिक्षक हरूनै हुन् विद्याका ज्योति,
    उज्यालो बनाएर निकाल्छन् मोती।
    २,
    घोटाएर विद्या पिलाउँ छन् पहिले,
    असल नागरिक बनाउँछन् जहिले।
    ३,
    विद्यार्थी लाई झुटा बिद्या सिकाउन्नन् कहिले,
    सम्मान गरौ है शिक्षक हरु लाई जहिले।
    ✍️ लक्ष्मी श्रेष्ठ
    बिर्तामोड, झापा

    १.
    विद्यार्थीलाई उज्यालो दिएको रकम लिने
    त्यहीँ पुस्तक भित्रको सैद्घान्तिक ज्ञान दिने ।
    २.
    विद्यार्थीको सदा हित चिताउने
    शिक्षक हुन् सफलता जिताउने ।
    ✍️ रिजाल विनोद,
    बेलबारी माेरङ्ग

    शिक्षकको सबैले यति गर्छन् उच्च सम्मान
    उनैलाई सुन्नुपर्छ गर्नुपर्छ गुनगान।
    ✍️ साधना पौडेल, अाेखलढुंगा

    १.
    शिक्षक देशका एक वफादार नागरिक मानिन्छ
    सधैं उच्च भावले शिक्षकलाई मान सम्मान गरिन्छ।
    २.
    जस्तै अफ्ठ्यारा मा पनि सधैँ अघि सर्छन्
    विद्यार्थीका दिमागलाई राम्रा कुराले भर्छन्।
    ✍️ सरस्वती श्रेष्ठ, इटहरी

    १.
    कुलत र कुसंङ्गत बाट टाढा बस्नु भनी दिएका अर्ति गिँड्छन्,
    तरपनि गुरु शिक्षकका कुरा नसुनी कतिपय बिग्रिँदै हिँड्छन्।
    २.
    जति संकष्ट आईलागेपनि शिक्षक सधैँ लागि पर्छन्,
    विद्यार्थीकै लागि दिन रात नभनी मरिहत्ते नै गर्छन्।
    ✍️ कमला पाण्डे पराजुली, झापा

    १
    शिक्षक आफू जलेर नै उज्यालो ज्योति छर्छ,
    ऊ विशुद्ध पेशामा इमानदारी कार्य गर्छ ।
    २
    शिक्षक आफ्नोे काम र कर्तव्यबोध गरी,
    ऊ दायित्व पूरा गर्न लाग्छ जिन्दगी भरि।
    ✍️ भगवती दवाडी ,दमक,झापा

    १•
    ऑफू जलेर अरुलाई बनाउने,
    सदा अरूको समृद्धि चिताउने।
    २•
    म एक माझी हूँ यात्रीलाई तार्दिने,
    अरूलाई जिताई आँफू त हार्दिने।
    ३•
    सिकाउँछ अरुलाई सफल बन्न,
    कोही आउदैँन उसलाई यो भन्न।
    ✍️ घनश्याम पौडेल, सृजना चोक
    पोखरा

    १.
    छरेर ज्ञान उज्यालो छरूँ
    आफू मेटिई अँध्यारो हरूँ।
    २.
    शिक्षक हुँ म ज्ञानको हुँ ज्योति
    दिएर ज्ञान फलाउँछु मोती ।
    ✍️ इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    १.
    सबै भन्दा पहिलो कुरा ज्ञान बुद्धि भर्ने
    सही मार्ग निर्देशन शिक्षकले नै गर्ने ।
    २.
    जन्मदिने आमा पनि गुरु नै हुन् मान
    शिक्षकले ज्ञान दिन्छन् यति कुरा जान ।
    ✍️ ललिता अभागी, सिन्धुली

    १.
    जसरी मैनबत्ती जलेर उज्यालो छर्दछ,
    उसैगरि शिक्षक विद्यार्थीमा ज्ञान भर्दछ ।
    २.
    कुम्हाले बनाउँछ पात्र काँचो माटो मुछेर,
    त्यस्तै शिक्षक पढाउँछ मनोभाव बुझेर ।
    ३.
    शिक्षक त कुम्हाले हो अनि मेकानिक पनि,
    स्कुल जहाँबाट निस्कन्छ विद्यार्थी ज्ञानी बनी ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    ::::: जय टुक्का! जय साहित्य!! :::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on टुसासको आयोजनामा दैनिक अभ्यास अन्तर्गत “शिक्षक” विषयमा सिर्जना गरिएका टुक्काहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P