• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २९ औँ शृङ्खला शनिबार सम्पन्न

  • ७ बैशाख २०७९, बुधबार २२:४१ मा प्रकाशित
  • काठमाडौ, ३ बैशाख । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २९ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ४४ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २९ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    दुनियाँ नै सिपालु छ, यी आँखामा भ्रम छर्न,
    चोर पनि साधु बन्छ, आफ्नो स्वार्थ पूरा गर्न।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    नेतालाई कता राख्नु, साधु कि चोर ?
    हाल्नुपर्ने अब यिनैलाई हो खोर ।

    राजेशराज गड्तौला
    रतुवामाई- मोरङ, हाल- प्रवास

    [२]
    आँखा बन्द गरी नदेखेझैँ गर्छ अनैतिक काम,
    नजाने जस्तो गरी स्वार्थी भएर लिन्छ धेरै दाम ।

    अम्विका अधिकारी
    झापा विर्तामोड

    [३]
    कसैले तपाईं नभन्दै मपाईं आफैँले भनेर,
    स्वार्थ पूरा भएपछि को निहुरिन्छ सानो बनेर ?

    अच्युत घिमिरे
    भुटान 🇧🇹

    [४]
    जालझेल भ्रम छरी कति दिन टिक्छाै?
    मर्नुपर्ने कुरा भुली स्वार्थमा नै बिक्छाै ।

    ताराप्रसाद चापागाई
    धुनिबेसी ।

    [५]
    दुनियाँको के कुरा गर्नु आफ्नै घरमा खिचातानी,
    त्यसैले त छिमेकीले यहाँ गर्न थाले मनोमानी।

    लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [६[
    इन्धनको भाउ चढ्यो है डाँडा माथि,
    गाडीको लस्कर नेताको हेर साथी !

    भगवती दवाडी
    दमक झापा

    [७]
    स्वार्थका लागि दुनियाँ सिपालु छन्, साधुको धारण गर्छन् जब,
    नछर्किदा हुन्छ भ्रमको खेती, जनताहरूको आँखामा अब ।

    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [८]
    लोभी आँखा पापी मनले छर्दै जान्छन् यीनले आँखामा भ्रम
    मिति पुगेपछि चोरको पनि आउँछ खोरमा पस्ने क्रम ।

    बेदु न्यौपाने
    काठमाडौ

    [९]
    पर्दैन कसैले यहाँ हेर छक्क र मख्ख पर्न,
    त्यति पनि थाहा छैन सुद्धि गयो र मास छर्न ।

    लक्ष्मी रिजाल
    बेलका नपा २, उदयपुर नेपाल ।

    [१०]
    भ्रमको खेती मौलाएको दुनियाँमा चोरहरूको जगजगी
    साधु होओस् कि चोर, नेता होओस् कि चम्चा सबैको छ रगरगी।

    दीपक ठटाल जलन
    खरसाङ

    [११]
    कोबाट सिक्यो? कुन्नि दुनियाँलाई ढाँट्न,
    हामी सिक्यौं तिमीबाट स्वार्थीलाई छाँट्न।

    म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

    [१२]
    यस्तै छ दुनियाँको कानुन्,
    खै के हो कुन्नी आफैँ जानुन् ।

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [१३]
    मौलाउँछ भ्रमको खेती आकाश पाताल जोड्ने कला,
    नाम दाम कमाएर ठुलो समाजको गर्दछ भला।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [१४]
    बाठाकै त राज छ नि लाटालाई आलु,
    टेढो बाटो रोज्नेहरू बनेका छन् ठालु ।

    गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [१५]
    जनताको सामु आउँदा साधुको भेषमा आए,
    गुण्डाको नाइके रहेछन् आज देशै बेची खाए।

    शंकर कार्की
    मकवानपुर

    [१६]
    जसो जसो गर तिमी दाम पैसा कमाऊ ,
    दुनियाँको वास्ता किन ? आफू मात्र रमाऊ ।

    रामजी लामिछाने
    पोखरा ।

    [१७]
    कति गर्छौ नेता भ्रष्टाचार जालझेल
    राजनीति गर्नेको गोजीको तालमेल !

    रितु बुढाथोकी

    [१८]
    अघि पछि काटाकाट स्वार्थ लिदा मेल,
    देखेकै हो, महोदय ! घिनलाग्दो खेल !

    वसन्त अनुभव
    घोराही, दाङ

    [१९]
    छिर्की हान्छौ सधैँ तिमीले साह्रै निष्ठुरी बनी,
    चोर हिड्छ साधुको भेषमा गरेर दुश्मनी ।

    कमला देवकोटा
    पाल्पा

    [२०]
    अस्थिरताको बीऊ रोप्ने यथावत छन् चोर,
    मुटु कोप्ने वचन भए , हुनुपर्छ कठोर ।

    प्रेम थापा “मन”
    बागलुङ

    [२१]
    देश, दुनियाँ अनि समाजलाई धेरै पढेर,
    भ्रमको पर्दा च्यातौँ एक पाईला अघि बढेर ।

    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा

    [२२]
    चोर डाका बदमासले जान्ने भई लुटे देश सारा,
    ऋण माथि ऋण थप्दै जनतालाई बोकाउँदै भारा !

    बिबस पारदर्शी
    भद्रपुर – २ झापा

    [२३]
    मै खाऊँ मै लाऊँ भन्ने हाम्रो राज्यमा,
    अझै विश्वास गर्छन् जनता भाग्यमा।

    अनिल खग्रास

    [२४]
    हिड्नुनै छ एकदिन, आज परे पनि थला,
    कहरको अवस्थाले, अवरुद्ध हुन्छ गला।

    प्रदीप के रिमाल
    इटहरी:- आठ सुनसरी

    [२५]
    भ्रमको खेती गर्छौ ,जनता फसाउँछौ ,
    गोही झैँ आँसु झारी , दुनियाँ हसाउँछौ ।

    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [२६]
    अरुबेला खै के हो के हो लुछाचुँडिको खेल,
    विना बादल आउदैछ रे खहरेमा भेल ।

    टिकाराम पौ टिपु
    छत्रेश्वरि गाँउपालिका २ सल्यान

    [२७]
    जसले सक्यो चोर्न ढाँट्न, उसैको चैन जहिल्यै,
    स्वार्थी मान्छे ठुलो भो भुँडी, भरिदैन है कहिल्यै।

    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [२८]
    भाषण गर्दा देशलाई जापान बनाउँने भने,
    सरकारमा पसेपछि ढुकुटी खाने मुसा बने।

    सुरेशकुमार पान्डे।
    दाङ घोराही१८

    [२९]
    भ्रममा बाँच्न पाउँदा पनि जीवन चल्छ,
    नहिडी हुन्न हिडेपछि खुट्टा धेरै गल्छ ।

    पुष्पशायरा
    बिराटनगर

    [३०]
    लडाए जनताहरू झोली भरिदिने,
    जितेपछि मरि जानु यि नेताले चिने ।

    इन्दिरा देवकोटा
    कपिलवस्तु

    [३१]
    उखान थियोे काले काले मिलेर खाम भाले,
    अहिले चाहिँ सब जनाले यसै भन्न थाले ।

    मित्र उराठी गाैतम
    तिलाेत्तमा न पा – २, रुपन्देही

    [३२]
    जब बूढो हुन थाल्छु राजनीतिकले छुन्छ,
    युवा तिम्रा तर्क फरक मेरो फरक हुन्छ ।

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [३३]
    जो मैमत्ता त्यहीँ ठुलो मान्छे हुन्छ ,
    डन हुँ म, मलाई कसले छुन्छ ?

    बिके माकजु
    भक्तपुर ।

    [३४]
    तिम्रो जस्तो छैन मेरो नजराना आँखामा,
    बाटो बनाइ देखाउनु छ भिर पाखामा ।

    जि कुमार गौतम
    भद्रपुर -१ पृथिविनगर झापा

    [३५]
    साधुलाई चढाई सुली, चोर बसे आसन,
    त्यति नगरे कसरी चल्थ्यो, जालीको शासन ।

    रचना शर्मा प्रतीक्षा
    ललितपुर ।

    [३६]
    जालझेल स्वार्थ भ्रम चल्छ धेरै राजनीतिमा,
    माैलाउँछ यस्तो कुरा हाम्रो देशकाे बेथितिमा ।

    रामकृष्ण रिजाल
    बागलुङ

    [३७]
    झराे खराे बाेल्नु पर्छ ,अब भ्रममा पर्न हुन्न ,
    भ्रष्टाचारी भाेट माग्न आए लागाै है बाटाे थुन्न ।

    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [३८]
    अरूलाई सधैँ होचा आफैँ ठालु ठान्छन्,
    जुत्ता खोल्न निहुरिदा ढोगेको पो मान्छन् ।

    मिसु श्रेष्ठ
    काँडाघारी , काठमाडौं

    [३९]
    भ्रम छर्छन् गरेर देखावटी हाेडबाजी,
    पालैपालो राज गर्छन् मिलेर खुसीराजी ।

    दुर्गा भट्टराई
    मोरङ

    [४०]
    लहलह खेती बाली भ्रमकै झुले सस्तो,
    आश्वासनकाे नालिबेली फाँटै खुले जस्तो ।

    रामकृष्ण दुवाडी

    [४१]
    भ्रम जालको घेराबाट सकिदैन तर्न,
    खोज्छु तर सकिदैन आफ्नो बसाइ सर्न ।

    कर्ण दयाल
    मेलौल िनगरपालिका ७, बैतडी

    [४२]
    उहिलेका मान्छे भन्थे “पाप एकदिन धुरीबाट कराउँछ”
    हिजोआजका त पाप पनि बिल्डिङ्गको स्ल्यापबाटै हराउँछ।

    बि.कुलुङ
    (दार्जिलिङ )

    [४३]
    मतलबी भाे दुनियाँ सारा भ्रमकै खेती गर्ने,
    परोपकार सेवाभावमा जहिल्यै पछि सर्ने ।

    त्रिलोचन भण्डारी
    मेचीनगर ,झापा

    [४४]
    उखान सुन्दा दिमाग घुम्ने, वियर पिउँदा मती,
    भोट हाल्दा बिचार गरेस साथी नत्र होला खती।

    लक्ष्मी प्रसाद फुयाल
    मोरङ पथरी शनिश्चरे

    ✡️✡️ जय टुक्का ! जय साहित्य !! ✡️✡️

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २९ औँ शृङ्खला शनिबार सम्पन्न

    साप्ताहिक उदक लेखन शृङ्खलाको ४७औँ भाग शनिबार सम्पन्न

  • ७ बैशाख २०७९, बुधबार १३:४७ मा प्रकाशित
  • काठमाडौ, ३ वैशाख। साप्ताहिक उदक लेखन शृङ्खलाको ४७औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गरिदै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    [१]
    ताल
    क्षितिज रेखा
    आफूभित्र समाहित प्रतिबिम्ब !

    सविता के.सी.
    काठमाडौँ ।

    [२]
    प्रतिविम्व
    पानीको ऐनामा
    छर्लङ्ग तस्विर झल्किएको !

    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर , काठमाण्डौँ

    [३]
    ताल
    प्राकृतिक सुन्दरता
    मन लोभ्याउने दृश्य !

    बुद्धिमान चौधरी
    सुरुङ्ग ४ झापा

    [४]
    ताल
    प्राकृतिक ऐना
    आजकल संरक्षण छैन !

    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती -३,काभ्रे

    [५]
    सृष्टि
    कर्म आधार
    विधाता निर्णय अपार !

    राेशन पराजुली
    धरान।

    [६]
    प्रकृति
    सौम्य शालीनता
    मनमा प्रतिबिम्बित सृष्टि !

    आर्त अकुलीन
    कैलाली

    [७]
    पृथ्वी
    सौन्दर्यकाे खानी
    जलाशय पर्वतकाे दर्पण !

    नवराज भट्ट
    महेन्द्रनगर

    [८]
    तलाउ
    सुन्दर छाँया
    हिमाल देखिने बिचित्र !

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [९]
    नमन
    सम्पूर्ण मित्रमा
    हृदय खोलेर प्यार !

    वेद प्रसाद रिजाल

    [१०]
    प्राकृतिक
    छटाले सिंगारिएको
    सुन्दर दृश्य हिमाल !

    दिवाकर भट्टराई
    तनहुँ

    [११]
    प्रतिविम्ब
    रारा फेवातालमा
    प्राकृतिक सौन्दर्यले भरिपूर्ण !

    रमा पन्त
    पाल्पा

    [१२]
    प्रकृति
    सुन्दर शान्त
    स्वर्गको आभास अति !

    इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    [१३]
    मिली
    गरौं संरक्षण
    सौन्दर्य भित्रको सौन्दर्य !

    गोपाल प्रसाद पौड्याल

    [१४]
    हिमाल
    पानीको मुहान
    सम्पूर्ण जगतको प्राण !

    मानन्धर रमेश, येँ

    [१५]
    हिमाल
    हिउँको सागर
    विदेशीका लागि अवलोकन !

    सोमनाथ लुइटेल ” रवि पाल्पाली “

    [१६]
    कञ्चन
    हिमालको काखमा
    मोहक सौम्य छटामा !

    प्रेम थापा “मन”
    बागलुङ

    [१७]
    ताल
    प्रतिबिम्ब प्रकृतिको
    संरक्षण नभए बेहाल !

    कमला देवकोटा,
    पाल्पा

    [१८]
    मनमोहक
    प्राकृतिक छटा
    झल्किएको छ प्रतिबिम्ब !

    शारदा दहाल भण्डारी
    संखुवासभा

    [१९]
    दृश्यावली
    प्रकृति सुन्दरता
    जलाशय हिमालको प्रतिविम्व !

    बिबस पारदर्शी
    भद्रपुर – २ झापा

    [२०]
    हिमाल
    सुन्दर ताल
    सौम्य अनि विशाल !

    वसन्त अनुभव
    घोराही, दाङ

    [२१]
    कैलाशकुट
    प्रकृतिको रङ्गमञ्च
    जलपरीको अनुपम नृत्य !

    कण्ठराज गिरी
    टीकापुर हाल अष्ट्रेलिया केनबेरा।

    [२२]
    छायाँ
    पौडी खेल्दै
    तालसँगै हिमालको माया !

    हिमाल अम्मै घोडाघोडी
    कैलाली

    [२३]
    हिमाल
    तालमा नुहाउँदै
    प्रकृतिको अनुपम छटा !

    रमेश प्रभात
    चितवन

    [२४]
    ताल
    काखमा हिमाल
    प्रकृतिमा सजिएको मुहार !

    भवानी घिमिरे
    सर्लाही ।

    [२५]
    हिमाल
    काखमा ताल
    कञ्चन प्राकृतिक विम्ब !

    वेद प्रसाद रिजाल

    [२६]
    हिमाल
    जलाशय पर्वत
    मनमोहक अनुपम सृष्टि !

    रुपा गौतम
    बारा

    [२७]
    हिमाल
    शान्त तालमा
    हेर्दैछ आफ्नो मुहार !

    धर्मी शाक्य
    बुटवल ,रुपन्देही

    [२८]
    हिमाच्छादित
    नग प्रतिविम्बित
    कञ्चन जलराशिमा मनमोहक !

    महानन्द भट्ट
    कंचनपुर ।

    [२९]
    नेपाल
    सुन्दर हिमाल
    तरङ्गीत टलपल ताल !

    होम प्रसाद
    धरान,सुनसरी ।

    [३०]
    आफैँमा
    आफ्नै काया
    अनुपम दर्पण छाँया !!

    उमेश कार्की
    संखुवासभा ।

    [३१]
    प्रकृति
    अनुपम दृश्य
    स्वर्गको एक टुक्रा !

    पशपती राई
    खोटाङ

    [३२]
    मुस्कुरायाे
    चाँदीझैँ हिमाल
    तालमा पर्यो छाँया !

    सीता पान्डेय मरासिनी
    रे.नपा.-९,तम्घास , गुल्मी

    [३३]
    हिमाल
    प्रकृतिकाे वरदान
    दिव्य मनमाेहक दृश्य !

    श्रद्धा आचार्य
    पोखरा

    [३४]
    हिमाल
    नेपालकाे पहिचान
    विश्वमा बेग्लै शान !

    ओम प्रकाश मदुवा
    जानकी -६,कैलाली

    [३५]
    छाँया
    प्राकृतिक तालमा
    सुन्दर हिमालयको दृश्य !

    खेमराज पुरी
    कैलाली

    [३६]
    चारैतिर
    प्रकृति हिमाल
    आहा सुन्दर ताल !

    अन्जिता राउत
    सोलुखुम्बु

    [३७]
    हिमाल
    अनुहार नियाल्छ
    स्वच्छ मनमोहक ताल !

    समुन्द्रा शर्मा
    इटहरी सुनसरी

    [३८]
    जलाशय
    प्राकृतिक उपहार
    प्रतिविम्बित सुन्दर दृश्य !

    सरस्वती वली
    बर्दिया नेपाल

    [३९]
    हिमाल
    सुन्दर जलाशय
    मनमोहक दृष्यको छटा !

    सुशीला पौडेल

    [४०]
    हिमाल
    प्राकृतिक दृश्य
    जीवनको अनुपम प्रतिविम्ब !

    शिव खनाल जीवम

    [४१]
    प्रकृतिको
    अनुपम उपहार
    सौन्दर्यको अतुलनीय छटा !

    मंगला आचार्य उपाध्याय
    बारा कलैया १

    [४२]
    हिमाल
    प्रकृतिको उपहार
    अनुपम सौन्दर्यको खानी !

    सरिता काफ्ले
    कोहलपुर बाँके

    [४३]
    सुन्दर
    ताल छेउ
    हिमाल मनमोहिनी संसार !

    राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही, हाल सुर्खेत

    [४४]
    हिमाल
    मनोरम दृश्य
    प्रकृतिको अनुपम उपहार !

    मिलन के.सी.(थापा)
    पोखरा

    [४५]
    दबङ्ग
    हिमाल दङ्ग
    साक्षात्कार हुँदा प्रतिविम्ब !

    टीकाराम जाेशी
    टीकापुर

    [४६]
    मनोरम
    हिमाल पहाड 🗻
    प्रतिविम्ब अद्भुत जलकुण्ड !

    जमुना कायस्थ
    पोखरा चिप्लेढुङ्गा!

    [४७]
    नेपाल
    धर्तीकाे स्वर्ग
    तलाउमा प्रतिविम्बित हिमाल !

    नारायण प्रसाद उपाध्याय
    कैलाली

    [४८]
    मनाेहर
    प्रकृतिकाे बरदान
    हिमालकाे देखियाे प्रतिविम्ब !

    भावना मञ्जु
    माेरङ

    [४९]
    प्रकृति
    सुन्दर शोभा
    देशको गहना सम्पत्ति !

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [५०]
    हिउँ
    पानीको स्रोत
    सुख्खा जमिन ओतप्रोत !

    बिके माकजु
    भक्तपुर ।

    [५१]
    हिमाल
    ऎना हेर्दैछ
    रूपकाे रेखा काेरेर !

    बिनु बाबा घिमिरे

    [५२]
    हिमाल
    पृथ्वीको प्राण
    नेपालको पहिचान शान !

    घनश्याम पौडेल

    [५३]
    उल्लास
    प्रकृति प्रेम
    सुन्दर हराभरा मनोरम !

    अम्विका अधिकारी
    झापा विर्तामोड

    [५४]
    हिमाल
    सुन्दर ताल
    प्रकृतिको काखमा नेपाल !

    कविता आचार्य
    कैलाली

    [५५]
    हिमाल
    चाँदीको गजुर
    नेपालिको शान हजुर !

    मन्दिरा सेढाई

    [५६]
    छवि
    तालमा हेरी
    सृजनामा रमेको कवि !

    घनश्याम पौडेल
    पोखरा

    [५७]
    धर्ती
    अनुपम उपहार
    जिवन साकार सदाबहार !

    अबोध निर्मल
    कैलाली

    [५८]
    नेपाल
    सुन्दर ताल
    प्रष्ट आकृति हिमाल !

    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [५९]
    सुन्दर
    अति सुन्दर
    सौम्य स्वर्गीय अनुभव !

    गुणनिधि घिमिरे
    पाँचथर मोरङ, हाल अमेरिका

    जय उदक ! जय साहित्य !!

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक लेखन शृङ्खलाको ४७औँ भाग शनिबार सम्पन्न

    उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

  • ७ बैशाख २०७९, बुधबार ००:१८ मा प्रकाशित
  • १
    देश
    हाम्रो घर
    सम्पत्ति भण्डारेको भर !

    २
    मणी
    अमूल्य धातु
    सगरमाथा हाम्रो शिर !

    ३
    श्रीखण्ड
    घोटे चन्दन
    नघोटे काठको टुक्रा !

    ४
    व्वाँसो
    चाप्लुसीले चाट्ने
    पेट फोरेर छाड्ने !

    ५
    बिरालो
    दूधको भान्से
    लुकी चोरी खान्छे !

    • सविता केसी, काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

    उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू

  • ५ बैशाख २०७९, सोमबार १८:२८ मा प्रकाशित
  • १
    मनोरम
    हिमाल पहाड
    प्रतिबिम्ब अद्भुत जलकुण्ड!

    २
    हिमाल
    स्विजरल्याण्ड चित्र
    नेपाली देखिने दुरुस्त!

    ३
    प्रकृति
    सुन्दर उपहार
    हिमाल जङ्गलको मुहार!

    ४
    छाया
    शान्त माया
    नबदलिने स्वणिर्म काया!

    ५
    हिमाल
    पौडिने ताल
    अनुपम छटा तालमेल!

    ६
    सुन्दरता
    छवि झल्काउने
    माछापुच्छ्रे जस्तो टल्किने!

    ७
    पारदर्शीता
    हेदै छर्लङ्ग
    मनमोहक संरचना दङ्ग!

    ८
    माछापुच्छ्रे
    छाया फेवातालमा
    सुन्दरता छल्किने पोखरामा!

    ९
    पोखरा
    सौम्य विचारको
    सुन्दर हिमाली वातावरणको!

    १०
    ताल
    भित्र जाल
    मिल्ने माछा मालामाल !

    • जमुना कायस्थ, पोखरा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू

    उदक यात्री टीकाराम जोशीका उत्कृष्ट उदकहरू

  • ४ बैशाख २०७९, आईतवार २१:३३ मा प्रकाशित
  • १
    तिर्खा
    व्याकुल परानी
    राहत चिसाे पानी !

    २
    अधीर
    तन मन
    प्यासले छटपटिएको क्षण!

    ३
    वृक्षारोपण
    पानी संरक्षण
    सुरक्षित आनन्दमय जीवन!

    • टीकाराम जोशी
      टीकापुर, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on उदक यात्री टीकाराम जोशीका उत्कृष्ट उदकहरू

    उदक यात्री श्रद्धा आचार्यका उत्कृष्ट उदकहरू

  • ४ बैशाख २०७९, आईतवार २१:३१ मा प्रकाशित
  • १
    झण्डा
    फहराएकाे ध्वजा
    चन्द्र सूर्य अङ्कित !

    २
    राष्ट्रियता
    असीम श्रद्धा
    गोर्खालीको वीर गाथा !

    ३
    साहित्य
    मृगतृष्णामा जधा
    मसीकाे लालित्य चुम्बन !

    ४
    अर्थपिशाच
    सङ्कीर्ण साेच
    स्वार्थकाे तिलाञ्जली अर्पण !

    ५
    जेठ
    प्रचण्ड ग्रीष्म
    सुकेका जलका मुहान !

    ६
    दिव्य
    गाेधूलि साँझ
    क्षितिजमा स्वर्णिम लाली !

    ७
    सायङ्काल
    झ्याउँकिरीकाे ध्वनि
    विजुलीको झलमल्ल उज्यालो !

    ८
    बटुवा
    निर्जन वन
    फिरन्तेका लम्किरहेका पाइला !

    ९
    वसन्त
    गुराँस फुलेका
    नव पालुवा नाँचेका !

    १०
    हिमाल
    साैम्य प्रकृति
    अवनिमा उच्च गिरि !

    ११
    पुस्तक
    चेतनाको स्रोत
    ज्ञान भण्डारकाे पुस्तकालय !

    ✍️ श्रद्धा आचार्य , पोखरा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री श्रद्धा आचार्यका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग चित्रपटको भाग – ११ सम्पन्न

  • ४ बैशाख २०७९, आईतवार ०७:५० मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट
    =========
    पञ्चाङ्ग चित्रपट : भाग: ११
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०१/०१
    प्रशिक्षक :
    ————
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    नारायण प्रसाद निरौला

    मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात्  बिहीबार

    चित्र संकलक
    —————-
    सविता के.सी.

    समायोजन
    ————-
    👉️सोमनाथ लुइटेल”रवि पाल्पाली”

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू
    हार्दिक नमस्कार ।
    हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एघारौं   शृङ्खलामा छौँ  । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
    नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

    पञ्चाङ्ग चित्रपट
    =========

    पञ्चाङ्ग   ०१

    परेवाको  जोडी  जसरी  बाँच्न पाए हुन्थ्यो
    मौसम  अनुसार  सधैँ   नाँच्न   पाए हुन्थ्यो
    पानी  पर्दा  ओत  बस्ने  छहारी   भए पुग्छ
    खेतबारीको  अन्नलाई    साँच्न पाए हुन्थ्यो
    बास बनाउने सिन्का ति भाँच्न पाए हुन्थ्यो ।

    🙏सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग   ०२

    परेवा जोडीको रहर कस्तो होला ?
    माया र प्रेमको सहर कस्तो होला ?
    वसन्तमा चारैतिर पोखियो प्यार ,
    बिस्तारै बगेको नहर कस्तो होला ?
    नहरमा बग्ने कहर कस्तो होला ?

    🙏आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग   ०३     

    परेवाको जोडी जस्तै रमाउन मन छ
    माया बेसरी कसिलो बनाउन मन छ
    अजर अमर बनोस् माया यो सदा सदा
    दुबै मिली घरबार बसाउन मन छ
    एक,अर्कोले दिलमा सजाउन मन छ।


                                            
    🙏 निर्मला सुवेदी,बागलुङ।

    पञ्चाङ्ग   ०४

    यिनै परेवा जोडीको जस्तो ममताको खानी बनोस्
    सुमार्गी  जीवन  डोर्‍याउने  सहयोगी  बानी बनोस्  
    हजारौं  खुशीका  लहरा ,  दिदै  जीवनमा  पहरा
    हरेक   पल   सहृदयी   परस्पर   जवानी   बनोस्
    संसारले  चिन्ने  बेजोड  र  ज्वलन्त  कहानी  बनोस् ।

    🙏प्रेम थापा “मन ” बागलुङ ।

    पञ्चाङ्ग   ०५

    मायाको परिभाषा लगाउँछ परेवाकाे जाेडीले
    सबैलाई   देखाई   बताउँछ परेवाकाे जाेडीले
    सिक मायालुको संसार कसरी बनाउनु पर्दछ
    यहाँ सदैव    माया लगाउँछ परेवाकाे जाेडीले
    बेठीक भए  भ्रम    हटाउँछ परेवाकाे जाेडीले।
    १
    परेवा यहाँ माया गर्ने रहेछ।
    छुट्दा दुबैजना नै मर्ने  रहेछ।
    राम्राे हुँदैन मायाजालमा पर्नु
    समाजमा इज्जत झर्ने रहेछ।
    पछि अप्ठ्यारोमा पर्ने रहेछ।
                   
    🙏नवराज भट्ट,  महेन्द्रनगर, कञ्चनपुर ।

    पञ्चाङ्ग   ०६

    थियो  प्रेम  गाढा  भए  एक  दुई,
    हुनेछैन   टाढा   भए   एक   दुई।
    सिकौँ आज मान्छे यिनैबाट केही,
    हुने   धेर   छाडा   भए  एक  दुई।
    बन्यो  वृक्ष  थाडा  भए  एक  दुई।।

    🙏नारायणप्रसाद निरौला, काठमाडौँ।

    पञ्चाङ्ग   ०७

    तिमी मै समर्पण भएको छु प्रिया
    हिजोभन्दा निकट् गएको छु प्रिया
    नठान्नु कहिल्यै परचक्री मलाई
    सजाई हियामा रहेको छु प्रिया
    सबैको तनाव सहेको छु प्रिया

    🙏पद्मा रिजाल – बाँके ।

    पञ्चाङ्ग   ०८

    प्रकृतिमा माया हुन्छ प्रीति हुन्छ हेर परेवाका जोडी बरै
    तिमी मात्र अबुझ मानिस हिँड्छौ एकान्तमा एक्लै छोडी बरै
    प्रकृतिलाई चिन्नुपर्छ, सबैको माया उस्तै होला के को लाज
    दिउल पनि उम्रन्छ किसिम किसिमका ढुङ्गा फोडी बरेै
    उम्रिएका झारपात सबै फाल्नुपर्छ पालैसित गोडी बरै ।

    ✍️सविता के.सी. काठमाडौं ।

    पञ्चाङ्ग   ०९

    परेवाका यी जोडीले मिठा कुरा गर्दैछन्।
    हृदयमा चोखो पिरतीका कुरा भर्दैछन्।
    एक अर्कामा समर्पित यी जोडीको प्रेम
    सँगै जिउने मर्ने मनका कुरा झर्दै छन्।
    पिरतीको बारीमा प्रेम आँकुरा सर्दैछन्।

    सरस्वती श्रेष्ठ, इटहरी ।

    पञ्चाङ्ग   १०

    जाेडि जस्तै परेवाकाे हुने रहर जिन्दगीमा
    घाेलिदियाे नि मेराे कसैले जहर जिन्दगीमा
    डाह लाग्छ अरू खुसी र आनन्द भएकाे देख्दा
    आफ्नाे त सधैँ पीडाकाे मात्र लहर जिन्दगीमा
    आफैँ जन्मेको विरानाे लाग्छ शहर जिन्दगीमा ।

    ✍️रामराजा के. सी.
    फर्पिङ, काठमाडौं ।

    पञ्चाङ्ग   ११

    प्रकृतिले नि:शुल्क दिएको छ प्रेम भन्ने कुरा ।
    अहिले खरिदमा जिएकाे छ प्रेम भन्ने कुरा ‌।
    परेवाले कहाँ पढ्याे प्रेमिल जाेडीकाे कहानी ,
    दुई मुटु एकैमा सिएकाे छ प्रेम भन्ने कुरा ।
    अर्थ नबुझिकन पिएको छ प्रेम भन्ने कुरा ।

    ✍️भवानी घिमिरे
          सर्लाही।

    पञ्चाङ्ग   १२

    परेवाकाे प्रेम हुन्छ धेरै
    छुटृियाे भने त रुन्छ धेरै
    उखानै छ परेवाकाे जाेडि
    प्रेममा आकाश छुन्छ धेरै
    पाेथिले नि जाल बुन्छ धेरै ।

    ✍️मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।

    पञ्चाङ्ग   १३

    परेवाका दुई जाेडी,चुच्चो जुधाउँदै बसे
    भाेगका तिर्सना मिट्दै,चित्त बुझाउँदै बसे
    प्राण धान्नु परेकाे छ चाराे खाेज्नु छ गेै कन
    जाऊँ खाेज्न कतै भन्दै,प्वाँख उडाउँदै बसे
    घाम पानी हुरी जे हाेस्,देह कुदाउँदै बसे ।

    ✍️ताेयानाथ सुवेदी
    काँडाघारी

    पञ्चाङ्ग   १४

    यो मायाको अर्थ बुझ्न धेरै गाह्रो भएछ साथी
    परेवाको जोडी जस्तो बन्न साह्रो रहेछ साथी
    मान्छे  हामी सभ्य अरे ङार्र  ङुर्र  गर्छौँ  यहाँ
    मान्छे भई मान्छे हुने जमाना त गएछ साथी
    परेवाको जोडी ले त कति दु:ख सहेछ साथी ।

    ✍️गुणनिधि घिमिरे,  पाँचथर मोरङ हाल अमेरिका ।

    पञ्चाङ    १५

    परेवाको जोडी जस्तो पिरती लगाउँन मन छ
    शान्तिको प्रतीक भन्ने कुरा नी जनाउँन मन छ
    कहिले साथ नछाड्ने बाचा कसम खाएर यहाँ
    युगौ युग सम्म नमूना जोडी जमाउँन मन छ
    पिरतीको मिठो मिठो आभास चखाउँन मन छ ।

    ✍️तारा घिमिरे, संखुवासभा ।

    पञ्चाङ्ग   १६

    मन मिल्नेसँगको प्रेमिल क्षण सधैँ नै हर्षित हुन्छ
    उनका हरेक प्रेमिल शब्द सुमधुर संगीत हुन्छ
    सबै दु:ख सबै व्यथा भुलाउँछ उनैकै प्यारले गर्दा
    माया सधैँ बराबरी हुन्छ न कहिल्यै हारजित हुन्छ
    खुसी आनन्दको माहौल बन्छ न कोही भयभित हुन्छ।

    ✍️केशब न्यौपाने
    नुवाकोट

    पञ्चाङ्ग   १७

    दुई आत्माको चोखो मिलनमा नै हाँसेर रमाऊ
    आत्माभित्र मिलनको मधुरता गाँसेर रमाऊ
    परेवाको जोडी जस्तै प्रेमिल बनाउ है जीवन
    पिर, व्याथा,कष्ट, सबै भुली बाँचेर रमाऊ
    मनभित्रै मगमगाउने प्रेम साँचेर रमाऊ

    ✍️सरिता काफ्ले,  कोहलपुर बाँके।

    पञ्चाङ्ग   १८

    परेवा बनी  ससार    डुल्न मन लाग्छ
    सगर माथि   तारा झैँ घुल्न मन लाग्छ
    आकाशमा    उडेरसँगै    कुरा  गरौँला
    परेवा जस्तै मायामा खुल्न मन लाग्छ
    मानवको  व्यबहार   भुल्न मन लाग्छ ।

    ✍️देवकी के.सी. बिरगंज ।

    पञ्चाङ्ग   १९

    परेवाकाे जाेडीजस्तै तिम्राे हाम्राे माया बनाेस्
    वरपीपल चाैतारीकाेजस्तै शीतल छायाँ बनाेस्
    नपराेस् है   छुट्टिएर  बाँच्न   कुनै   प्रेमी    पनि
    आधा आधा मन मुटु आधा आधा काया बनाेस् 
    दुखसुख   बराबरी   दुबै  दायाँ बायाँ    बनाेस् ।

    ✍️चन्द्रावती अधिकारी, कोहलपुर बाँके ।

    पञ्चाङ्ग   २०

    परेवाको जोडी हेर माया कस्तो हुन्छ?
    हेर न एक अर्काको छाँया कस्तो हुन्छ
    सच्चा माया के हो? अब पंक्षीबाट सिक
    तिमी त हेर्छौ क्षणिक काया कस्तो हुन्छ
    जीवन चल्ने खोज न जाया कस्तो हुन्छ।

    ✍️गिता अर्याल, नेपालगन्ज बाँके ।

    पञ्चाङ्ग   २१

    परेवाको जोडी देख्दा रहर लाग्छ।
    यिनीहरू घुम्ने जाउ शहर लाग्छ।
    मानिसको जिन्दगी नि अजीब हुन्छ,
    मन मारेरै त बस्न कहर लाग्छ।
    कहिले काँही जिन्दगी नहर लाग्छ।

    ✍️सुशीला पौडेल, काठमाडौं ।

    पञ्चाङ्ग   २२

    पन्क्षी बनी आकाशमा डुल्न मन लाग्छ
    परेवाको जोडी जस्तै खुल्न मन
    लाग्छ
    प्रकृतिको  सुन्दर  संसारमा  हराई
    देखावटी संसार नि भुल्न मन लाग्छ
    घुलन्  बनी पानीसित घुल्न मन लाग्छ

    ✍️जमुना आचार्य
    सिन्धुपाल्चोक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on पञ्चाङ्ग चित्रपटको भाग – ११ सम्पन्न

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २८ औँ शृङ्खला शनिबार सम्पन्न

  • २ बैशाख २०७९, शुक्रबार १८:५५ मा प्रकाशित
  • काठमाडौ, २६ चैत । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २८ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ४९ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २८ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    आश्वासनको पोका बोकी आएको छु हेर,
    हातबाट सत्ता शक्ति जान दिदैन खेर ।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    पहिले जस्तै पोका होला, भित्र हेर्दा खाली,
    कतिञ्जेल झुक्याउछौं, ए फटाहा र जाली !

    वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    छाराे हाली आँखा भरी चुनाव जितिन्छ
    विजयकाे जुलुस सँगै पार्टी घिचिन्छ ।

    ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    [३]
    झुटको पोको बोकी आयौ हामी खोली हेर्छौँ,
    हामी जनता तिम्रो रिस सकेसम्म फेर्छौँ।

    लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [४]
    धेरै पल्ट बोकी आयौ पोका आश्वासनका,
    तर सधैं नै बिर्सन्छौ बोक्न पोका मनका ।

    रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर ।

    [५]
    आश्वासनको पोका समाउन लम्किदैछन्, प्रिय भारदार,
    चुनावी माहोल पृथक हुन्छ भन्छन् , पार्टीका सल्लाहकार।

    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [६]
    यो देखाएर त्यो भिडाउने, चलन बसालेका,
    बिरोधाभास बिच पनि किन, भोट खसालेका।

    प्रदीप के रिमाल
    इटहरी :-आठ

    [७]
    आखिर सासले पनि दिन्छ धोका भरोसा तोडेर,
    मौकापरे हान्ने चौका, को बस्छ र श्रेष्ठता जोडेर ।

    अच्युत घिमिरे
    भुटान 🇧🇹

    [८]
    धेरै बाँड्यौ त्यस्ता आशा स्वीकारिन्न अब,
    नबोलेरै काम गर भोट दिन्छौं तब।

    म्यामराज राई
    हतुवागढी-६,भोजपुर हाल;जापान

    [९]
    चुनाव आयो पैसाको पोको बोकी,
    लाग्न थाल्यो भ्रष्टाचार खेती होकि !

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [१०]
    धेरै जसो नेताको बानी लाग्यो लुटी खाने,
    जीत नभए लुट्ने ठाउँ खोज्न कता जाने।

    सुरेशकुमार पान्डे
    दाङ घोराही१८

    [११]
    फोस्रा भाषण आश्वासनको बाडी आउँछ ,
    चुनाबमा नारा बोक्दै नेता गाउँ धाउँछ ।

    रामजी लामिछाने
    पोखरा -२७

    [१२]
    चुनाव बेला आउछ बोकी आश्वासनको पोका
    सत्तामा पुगेपछि दिने हो जनतालाई धोका।

    बिके मुखिया
    सिग्रीमताम बस्ती, दार्जीलिङ भारत।

    [१३]
    भोको पेट नाङ्गो आङ ढाक्ने कामको गर्दै सराहना,
    समृद्धि र विकास हाम्रो यसरी नै गर्न्ने हो चाहना ।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [१४]
    आए प्यारिहरूलाई फुस्ल्याएर लगनगाँठो कस्नेहरू,
    खसीको टाउको देखाएर कुकुर मासु बेच्न बस्नेहरू ।

    टिकाराम पुन ( टिपु)
    छत्रेश्वरि गाँउपालिका २ सल्यान

    [१५]
    लाइन लगाई कार्यकर्ता गर्छु घरदैलो,
    आश्वासन नै भट्याउँदै खेल्छु देउसीभैलो ।

    बिके माकजु
    भक्तपुर ।

    [१६]
    आश्वासनकाे पाेकाले पेट भराैंला,
    जे छ आज्ञा हजुरको साेही गराैंला।

    मित्र उराठी
    गाैतम,तिलाेत्तमा-२

    [१७]
    आश्वासनका पाेका बाँडी फेरि भुँडी भर्ने,
    खोला वारी जनता छाेडी एक्लै खाेला तर्ने ।

    निरज काेइराला
    बेलका १ उदयपुर

    [१८]
    कति दिन्छौ सधैँ तिम्रा झुटा आश्वासन र खोक्रा नारा,
    याद राख मरे पनि लाग्नेछ देशको ऋणको भारा ।

    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    [१९]
    अझ मेरो त पूर्ण साथी र धड्कन नै सत्ता,
    अङ्ग अङ्ग रसाउँछ , पाए सरकारी भत्ता ।

    प्रेम थापा “मन”
    बागलुङ

    [२०]
    त्यतिकैमा खुस्किएर जान दिनु हुन्न भाई
    जोगाएर राख्नु पर्छ आफ्नो सत्ता शक्ति लाई ।

    गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [२१]
    आश्वासन बाहेक त नेताले के छ र दिएको?
    छ त केवल हरेकपल्ट भोट मात्रै लिएको।

    दीपक ठटाल जलन
    खरसाङ,०९.०४.२२

    [२२]
    सत्तामा बसेर रत्तिभर पनि गर्दैन काम,
    नेता भनेकै बुझे भो आश्वासनको अर्को नाम।

    बि.कुलुङ
    दार्जिलिङ भारत

    [२३]
    हिजोआजको राजनीतिमा हुने ज्यादै झेल,
    यो भन्दा अर्को देख्दिन मईले फोहोरी खेल।

    शंकर कार्की
    थाहा नगरपालिका मकवानपुर।

    [२४]
    आश्वासन हो दिने,
    पाए जति त लिने ।

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२५]
    चुनाव आउँदैछ हजुर मलाई भोट चाहिन्छ,
    आश्वासनको पोका मसँग छ कहॉ अन्त पाईन्छ ।

    गृश्मा पौड्याल

    [२६]
    आश्वासन देखाइ जनता भुलाउने पुरानो हो बानी,
    यस्तो पाराले कहिलेसम्म चल्ने होला तिम्रो जिन्दगानी ?

    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [२७]
    आयो हेर फेरि मत हाल्ने हाम्रो मौका,
    आश्वासन दिइकन हान्नु राम्रो चौका

    संझना
    पाोखरा

    [२८]
    पुनः स्वागत महोदय ! सत्ताका भिखारी,
    गरिबका झुप्रा भत्के आश्वासन थुपारी।

    अनिल खग्रास
    फनपा ९, पर्वत

    [२९]
    बुझ्नुहुन्न कसैले नि आश्वासनका पोका,
    जानीजानी खानुहुन्न विगतजस्तो धोका ।

    त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    [३०]
    भोट जित्नको लागि देखाउछौ आफ्नोपना,,
    यसपाली भोट खसाउने छैन चाहना।

    सरस्वती श्रेष्ठ
    इटहरी

    [३१]
    राम्रो काम देखाएर भर्छौ गोजि रित्यायौ ढुकुटी,
    ऋृणि बनायौ देशलाइ लुछ्दैछौ संझेर सुकुटी ।

    सुरेखा चाम्लिंग
    भक्तपुर

    [३२]
    लङ्गडाको काध चढँ अन्धाहरू सक्छौ सत्ता पुग्न कती,
    हाडीघोप्टे खाउला अब आश्वासनको पोको बाडे जति !

    बिबस पारदर्शी
    भद्रपुर – २ झापा

    [३३]
    जनताको हितमा सोच, देखाएर हाल्छौ भोट,
    गाउँघरमा अझै दुखेसो छ देखिदैन चोट ।

    जि कुमार गौतम
    भद्रपुर -१ पृथिविनगर झापा

    [३४]
    देश लुट्ने लालमोहर लाउने आयो बेला,
    टाउको जोड्ने फुटाउने घिनलाग्दो छ खेला ।

    मनोही पौडेल
    गैडाकोट १ नवलपुर

    [३५]
    कति लुट्याै याे देशलाई छैन कुनै गिन्ती,
    अब फेरि आँखामा छारो नहाल भाे बिन्ती ।

    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    [३६]
    युगयुगदेखि यसरी नै तिम्रो जीवन चल्दै आयो,
    जनतालाई खुसी राख्ने योजनाले आलु मात्रै खायो ।

    गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [३७]
    आश्वासन मनमा राखी मागे भोट धेर,
    यो भोट पाटी सत्तालाई जान दिन्न खेर ।

    बेदु न्यौपाने
    काठमाडौ

    [३८]
    नारा त्यहीँ पारा उहीँ पल्केकाे छ आडम्बरी बानी,
    जनता त भेडै हुन् नि पछ्याउँछन् भगवानै ठानी ।

    रामप्रसाद पुरी
    ऐसेलुखर्क २ बादेल

    [३९]
    आश्वासनकाे पत्रबाट त्याे झुटाे बाचा हटाऊ,
    समृद्धिकाे नाममा हुने दहनहरू घटाऊ ।

    शान्ति याक्साे
    काठमाडौं ।

    [४०]
    जनताको भोट माग्न नेता आए रे गाउँ शहर,
    नारा तिम्रो मीठो लाग्यो विकासको आएन लहर ।

    भगवती अधिकारी

    [४१]
    आज मलाई जिताऊ है तिमीलाई चिँची नाना,
    सत्ता हातमा परेमा तिमीलाई दिउला दाना ।

    इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    [४२]
    चुनावताका सुन्न पाईने विकासका कुरा,
    झुटमुटका आश्वासन कहिले हुन्नन् पूरा ।

    रामकृष्ण दुवाडी
    पाेखरा ।

    [४३]
    भाषण गर्दछन् गाउँमा जाँदा केही हुदैन पूरा,
    चुनाव जिती उही वानेश्वरमा वचनका छुरा ।

    चुडामणी ध्रुब देवकोटा

    [४४]
    आश्वासनकाे त्यो पाेकाे, बाँडेर म त भए सदा भाेकाे,
    तिमीले डाँकाे छाडेर राेएकाे हेर्ने मलाई छ धाेकाे ।

    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    [४५]
    जति नै राम्रा भए पनि अरुका काम भाँड्छु,
    सत्ता, शक्ति हत्याउनलाई आश्वासन बाँड्छु ।

    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा

    [४६]
    चुनावको चहलपहल चारैतिर आयो,
    भ्रष्टाचारले देश सबै सखाप पार्दै खायो ।

    दुर्गा भट्टराई
    मोरङ

    [४७]
    जताततै चुनावको लहर गाउँ शहर आयो,
    सत्ता शक्तिलाई भ्रष्टाचारी पल्केर सिनित्तै खायो ।

    अम्विका अधिकारी
    झापा विर्तामोड

    [४८]
    नेताहरू घर घरमा धाउन थाले अब,
    झुटकाे बिजहरू राेप्नेछन् जनतामा सब।

    सहयात्री शाेभा अर्याल
    बुटवल १४ बुटवल

    [४९]
    लुट्नसम्म लुटेर तिनले अहिले सफाइ दिन्छन्,
    धरोधर्म निर्दोष छु हजुर भन्दै कसम लिन्छन् ।

    शर्मिला खतिवडा

    ✡️✡️ जय टुक्का ! जय साहित्य !! ✡️✡️

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २८ औँ शृङ्खला शनिबार सम्पन्न

    उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू

  • २ बैशाख २०७९, शुक्रबार ०८:१२ मा प्रकाशित
  • १.
    नववर्ष
    प्रफुल्लित जीवन
    हर्ष उमङ्ग खुसीयाली !

    २.
    नववर्ष
    घुमेर आउने
    लिएर उमङ्ग खुसीयाली !

    ३.
    नववर्ष
    नवीन उत्साह
    प्रत्येक वसन्त बहार !

    ४.
    नववर्ष
    वसन्तको हरियाली
    रमाउँदै प्रत्येक प्राणीहरू !

    ५.
    नववर्ष
    सुख दु:ख
    समयानुसार हर्ष बिस्मात !

    ६.
    नववर्ष
    जीवन अनुभूति
    खुसी हर्ष बिस्मात !

         - उर्मिला पन्त पाण्डेय
          ज्ञानेश्वर, काठमाण्डौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू

    नव वर्षको अवसरमा टुक्का लेखन अभ्यास शृङ्खला सम्पन्न; सयौँ टुक्का सर्जकको सहभागीता

  • १ बैशाख २०७९, बिहीबार १६:३४ मा प्रकाशित
  • काठमाडाैँ,
    टुक्का साहित्य समाजकाे आयाेजनामा नयाँ वर्षकाे पूर्वसन्ध्यामा २०७८ चैत ३० गते शुुभ कामना आदान प्रदान तथा नयाँ वर्ष २०७९ “विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३५” सम्पन्न भएकाे छ । 
    टुसास का अध्यक्ष ताराप्रसाद चापागाईंले प्रशिक्षण गर्नु भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट १०० टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रम टुक्का पाठशालामा सञ्चालन भएकाे थियाे । उक्त कार्यक्रमका सहभागी टुक्काकारहरूले नयाँ वर्षकाे शुभकामना तथा नयाँ वर्ष सम्बन्धी उत्कृष्ट टुक्का कविताहरू सिर्जना गरेका थिए । 
    विश्वभरमा विक्रम सम्वत् लाई आधिकारिकता दिएकाे देश नेपाल मात्र हाे । 
    कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईंले नयाँ वर्ष २०७९ काे पावन अवसरमा देश विदेशमा रहनु हुने टुक्काकार, टुक्का प्रेमी, साहित्यकार लगायत सम्पूर्णमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष सम्बन्धी सुन्दर टुक्काहरू सिर्जना गर्ने सम्पूर्ण टुक्काकारहरू प्रति हार्दिक आभार व्यक्त गर्नु भएकाे थियाे । 

    अभ्यासका क्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू

    [१]
    दिन महिना वर्ष बित्याे नयाँ साल लाग्याे
    केही गर्ने उत्साह साथ अझै जाेस जाग्याे ।
    ✍️ ताराप्रसाद चापागाई

    [२]
    नव वर्ष यहाँ आयाे उनासी साल रूपमा
    श्रष्टा स्वागत गर्दैछौं हर्षाेल्लास उमङ्गमा ।
    ✍️ डा. देवी पन्थी
    बिराटनगर 

    [३]
    प्रत्येक पल्ट नयाँ वर्ष नयाँ उत्साह दिने
    खुशी शुभकामना साटी नयाँ उमङ्ग लिने ।
    ✍️ रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर ।

    [४]
    आउँछन् जान्छन् वर्ष सम्झनाको छापहरू,
    लेखा जोखा हुन्छ दुःख सुखका रापहरू।
    ✍️ सुरेशकुमार पान्डे
    दाङ घोराही-१८

    [५]
    दिन त्यहीँ, रात त्यहीँ, साल नयाँ आऊँछ
    न भेटिएको मायालुले झन् माया लाउँछ।
    ✍️ पदमा शर्मा आँचल
    कालचिनी, प.बंगाल । 

    [६]
    दु:ख सुख गरेर यो साल यसै बित्यो
    अब आउने सालले हामीलाई जित्यो।
    ✍️ अम्विका अधिकारी
    झापा विर्तामोड।

    [७]
    आऊ नयाँ वर्ष कोकिल जस्तै बनि साराको मन हर्दै
    सुरिलो धुनमा बाजा नित्य बजाई गानाको लय छर्दै।
    ✍️ शारदा दहाल
      संखुवासभा ।

    [८]
    हरेक वर्ष आइरहने नयाँ वर्ष फेरि आयो
    गाउँ शहर सबैतिर हर्षोल्लास उमंग छायो ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ, हाल- प्रवास

    [९]
    हाम्रो खुसीको चाड यहाँ आयो 
    नेपाली मनमा आनन्द छायो ।
    ✍️ नीमा भोटिया भोटिया 
    जलढक्का /कालेबुङ

    [१०]
    बिगतका दिनहरू महामारी , डर भएन कहिल्यै राम्रो ,
    अब आउने नयाँ सालमा सुख शान्ति बनोस् है जीवन हाम्रो ।
    ✍️ बुद्धिमान चौधरी 
    कनकाई नगरपालिका ४ झापा ।

    {११]
    नयाँ वर्षको हार्दिक हार्दिक शुभकामना 
    विकृति नफैलियोस् पूरा बनुन् मनोकामना ।
    ✍️ जमुना आचार्य 
    सिन्धुपाल्चोक।

    [१२]
    नयाँ वर्षले बालोस् सुख, शान्ति, समृद्धि र वैभवको उज्ज्वल दीप ।
    यो देश उठाउन जन जनले लगाउन् ज्ञान, बुद्धि, विवेक  सीप।
    ✍️ डम्बर थामी ‘अनुपम’               
      कालिन्चोक गा.पा. -६, दोलखा।

    [१३]
    आऊ आऊ नयाँ वर्ष खुसी बाेकी आऊ
    दुख ,कस्ट ,संकट सब का दुर लाऊ।       
    ✍️  प्रेम कला चापागाईं ( सिटौला )
    मेचीनगर १२ धाइजन झापा ।

    [१४]
    खपेर सास्ती अनेकौं  बित्यो वर्ष आज 
    ल्याओस् उमंग नयाँ बर्ष ले हामी माझ ।
    ✍️ सुर्यमणि रेग्मी 
    चितवन ।

    [१५]
    पुरानो वर्षमा भए गरेको गल्ती छोडेर 
    नया वर्षमा जुटौं लागौं आफु आफै मोडेर ।
    ✍️ बिके माकजु , 
    भक्तपुर ।

    [१६]
    नयाँ उत्साह नयाँ उमंग भरियोस्
    नयाँ वर्षले सबैमा नयाँ जागर छरियोस् ।
    ✍️ श्रीशा खडगी 
    ललितपुर । 

    [१७]
    नव वर्ष बाँसुरीको मीठो धुन जस्तै होस
    सबैको जिन्दगीमा भरियोस उमङ्ग जोस।
    ✍️ दीपक ठटाल जलन
    खरसाङ  ।

    [१८]
    वसन्त ऋतुसँगै फूलहरूले बास्ना छर्दै,
    आयो फेरि नयाँ वर्ष मनमा उमङ्ग भर्दै।
    ✍️ कोकिला चौधरी 
    बाँके ।

    [१९]
    भोकालाई भोजन र नाङ्गोलाई बस्त्र बनोस् नयॉ वर्ष 
    दिनदुखीको मन यसले हर्न सकोस् उमंग र हर्ष ।
    ✍️ इन्दिरा देवकोटा 
    कपिलवस्तु ।

    [२०]
    आजभन्दै भोलीभन्दै फेरि नयाँसाल आयो,
    बितेका ती  क्षण बिर्सी नयाँ उमङ्गले छायो।
    ✍️ लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा ।

    [२१]
    आयो नयाँ वर्ष फुलोस् फलोस् सबै मनको चाहाना 
    हर्ष उमङ्गले छाइ रहोस् सदा गर्दछु  कामना ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया।

    [२२]
    बितेका ती बाधा अर्चना हरूलाई भुल्दै, नयाँ वर्ष मनाउने गरौं
    एक आपसमा मिलिजुली हामी,उल्लास हौसला पूर्ण चाहना भरौं ।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ।

    [२३]
    नव वर्ष  मगमगाइ सुगन्धले  अमृत छर्दै  झुपडीमा आऊ
    दीन दुःखीका ती घाउहररूमा शीतल अनि जडी मल्हम लाऊ।
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १
    नवलपरासी वर्दघाट सुस्तापुर्व।

    [२४]
    नयाँ उर्जा लिएर आओस् याे नयाँ वर्षले,
    सारा  जगत गद्गद हाेस्  उमङ्ग हर्षले ।
    ✍️ मित्र उराठी गाैतम,अमरपुर- गुल्मी 
    हालः तिलाेत्तमा न पा -२, रुपन्देही

    [२५]
    नयाँ  वर्षमा सबैले खुसीयाली छाउनु
    देश भक्ति गीत सबै मिलेर सधैँ गाउनु।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे 

    [२६]
    दुख पीडा भुलेर, नयाँ वर्ष, घर घरमा आअाेस्
    खुसियाली बोकेर सधैँभरि,मन मनमा, छाओस्।
    ✍️  राम रावल सागर
    अत्तरिया-कैलाली

    [२७]
    नयाँ वर्ष आएछ, भँवरा डुल्दैछन् फुल्दैछन् कोपिलाहरू,
    अल्छी पनि मेहनती बनोस् जस्तो छन्, मौरी र कमिलाहरू।
    ✍️ अनिल खग्रास

    [२८]
    आहा! साथी हो नयाँ साल फेरि घुमेर आयो,
    गाउँ सहर दुनियाँ खुसीको महोल छायो।
    ✍️ कमला हरिमाया पाण्डे पराजुली 
    झापा ।

    [२९]
    नयाँ सालमा धर्ति अाकाश मानिस उहीँ छन्
    पात्राे मात्र फेरिने हाे थपिन्छ दुख पीडा झन् ।
    ✍️ प्रेम शर्मा ” एकान्त प्रेमी 
      कालेबुङ ,दार्जिलिङ भारत

    [३०]
    दिन महिना बर्षको सबै अमन चैन भाग्यो 
    टुक्का लेखी नाम राख्ने याे मनमा उत्साह जाग्यो ।
    ✍️ बेदु न्यौपाने
    काठमाडौ । 

    [३१]
    टिकटिक गर्दै घडीको आवाजले दिनौंदिन काट्यो
    भित्तेपात्रो पल्टाउँदा पल्टाउँदै नयाँ साल पो साट्यो।
    ✍️ रतन पाण्डे’पारतन’
    दार्जीलिङ।

    [३२]
    नयाँ जोस जाँगर बोकेर आओस् नवीन वर्ष ,
    नहोस् आलस्य कहिल्यै जन जनमा बढोस् हर्ष।
    ✍️ भगवती दवाडी 
    दमक. झापा ।

    [३३]
    नयाँ सालको वर्ष चक्र घुमीफिरी आइ,
    खुसी लाग्यो शुभकामना व्यक्त गर्न पाइ।
    ✍️ अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [३४]
    रङ्गीबिरङ्गी फूलको बिचमा वसन्तको ॠतु लिई आयो नयाँ वर्ष 
    खुशी सँगै रङ्गीन बनेर व्यस्त मस्तको कामना ,सधैँ  छाओस हर्ष ।
    ✍️ टिकाराम पुन टिपु
    सल्यान छत्रेस्वरी -२

    [३५]
    नव वर्षले उत्साह ल्याओस्
    सबैमा जाेस जाँगर छाओस् ।
    ✍️ शर्मिला खतिवडा 
      विर्तामोड, झापा ।

    [३६]
    मेराे आँपको डालीमा बस्छे कोइली चरी
    घरी माथि घरी तल गर्दै खान्छे मञ्जरी।
    ✍️ गणेश तिमल्सिना गति
      धनुषा 

    [३७]
    नव वर्षसँगै हर्ष आयो
    खुसीले केही राहत पायो।
    ✍️ श्रेस्ठ परिक्रमा
    धरान-१५, सुनसरी ।

    [३८]
    नयाँ वर्षले सबको मनमा खुसी ल्यायो
    हामीले केही गराैँ भन्ने हिम्मत पलायो।
    ✍️ रत्ना पुन मगर 
    रुकुम पश्चिम्

    [३९]
    आएछ रे, नयाँ  वर्ष किन मान्नु हर्ष 
    आयु पनि छोटिदैछ भन्ने हो निष्कर्ष ।
    ✍️ दस्ता कौशिक
    पाँचथर।

    [४०]
    खुसीको सन्देश बोकेर आओस,
    यो वर्ष सबै तिर शान्ति छाओस। 
    ✍️ राजेन्द्र बस्नेत रप्तार
      जुनिचाँदे-५, जाजरकोट।

    [४१]
    सहज रहोस् जीवनयात्रा उमंगको बहार आओस् 
    सुख शान्ति समृद्धिले वजनदार त्याे टावर पाओस्।
    ✍️ त्रिलाेचन भण्डारी 
    मेचीनगर, झापा। 

    [४२]
    छर्दै  ओठमा  खुसी  मनमा हर्ष 
    फेरि आएको छ आज नयाँ वर्ष ।
    ✍️ बादल गुरुङ’वियोगी’

    [४३]
    अठहतर सालसँगै भागाेस् कुविचार कुबुद्धि
    नयाँ वर्षले सबैमा छाओस्  पूरा जाँगर र सुद्धी ।
    ✍️ निरज काेइराला
    बेलका १ उदयपुर

    [४४]
    उर्जा हिम्मत प्रेरणा जे छ सबै बोकेर आओस्
    सबैको भलो सङ्कट मुक्त नववर्षले छाओस् ।
    ✍️ प्रकाश बुढाथोकी
    असम भारत।

    [४५]
    जाने वर्षकाे तितामिठा ती धेरै यादहरूलाई संगाल्दै,
    स्वागत गराैँ नयाँ वर्षलाई नयाँ सपनाहरू अंगाल्दै ।
    ✍️ शान्ति याक्साे
    काठमाडौं ।

    [४६]
    पुरानोलाई बिदा गरिए सँगै, नयाँ वर्षलाई स्वागत गरिन्छ 
    कुनै परिवर्तन ल्याउन सकेन भने, असमञ्जसमा परिन्छ।
    ✍️ प्रमोद भट्टराई ‘प्रतीक’ 
    कौशलटार, भक्तपुर ।

    [४७]
    छातीमा रोपिएका अनगिन्ती पीडा नयाँ वर्षले हटाओस् ,
    फूलको मालामा सिउरिएर सबै नेपालीलाई जगाओस् !
    ✍️ शरद प्रधानाङ्ग, 
    विराटनगर’-७

    [४८]
    नयावर्षमा हरेक जन जनमा सुख शान्ति छाओस्
    देश हाक्ने ड्राईभरहरु माझमा सद्बुद्धि पलाओस् ।
    ✍️ रुपा गौतम 
    बारा ।

    [४९]
    सबैको मुहारमा खुसी छाओस् हर्षको 
    शुभकामना सम्पूर्णमा नयाँ वर्षको।
    ✍️ आर्मित्मा थापा मगर
    स्याङ्जा ।

    [५०]
    हृदय देखि नयाँ वर्षको सम्पूर्णमा शुभकामना,
    सुख समृद्धि हरेक घर छाइरहोस् यहि चाहना।
    ✍️ शर्मिला श्रेष्ठ 
    भैंसेपाटी,ललितपुर।

    [५१]
    यति न छ नवीन वर्षको शुभकामना जन-जनमा
    मान्छे त पुरानै हो तर शुद्घ विचार आओस मनमा।
    ✍️ बि.कुलुङ
    ( दार्जिलिङ )

    [५१]
    दुई हजार उनासी साल नयाँ वर्ष आयो
    हर्षोल्लास उमङ्गको सुन्दर दिन उदायो
    ✍️ गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका ।

    [५३]
    सबैको मन मनमा बोकेर खुसी अनि हर्ष,
    छुट्टै जोस र उमङ्ग लिएर आयो नयाँ वर्ष।
    ✍️ गणेश तामाङ वाइबा
    ताल्ती, धादिङ नेपाल।

    [५४]
    वासन्ती पल्लवले मीठो स्वागत गर्यो,
    हरियाली नयाँ साल उमङ्गको पर्यो।
    ✍️ म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

    [५५]
    दुई  हजार उनासी सालकाे नयाँ यस वर्षमा
    सबैले जीवन बिताउन सकुन् खुशी र हर्षमा ।
    ✍️ तिला लेकाली 
    बेलबारी, माेरङ्ग 

    [५६]
    नयाँ वर्ष उन्नतिको प्रतिक बनेर आइदेऊ
    चराहरूको चिरबिरमा शान्ति धुन गाईदेऊ।
    ✍️ रश्मि रिमाल 
    झापा । 

    [५७]
    घुमीफिरी फेरि पनि नयाँ  वर्ष आयो
    वसन्तको उल्लास यो हराभरा छायो ।
    ✍️ कमला  देवकोटा
      पाल्पा । 

    [५८]
    नयाँ वर्ष उनासी घरआँगनमा आयो 
    बसन्तको बहार सँगै खुसियाली छायो ।
    ✍️ तारा घिमिरे 
    संखुवासभा।

    [५९]
    आज देख्छु जताततै मानिसमा हर्ष,
    भाेली कतै हुने हाे कि फुस्सा नयाँ वर्ष ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    [६०]
    फर्कि आउछ नयाँ वर्ष लिएर हर्ष
    त्यसै जान्छ जीवन गर्दा गर्दै सङ्घर्ष।
    ✍️ जित बुढाथोकी छन्त्याल 
    म्याग्दी, हाल- बेलायत।

    [६१]
    नयाँ वर्षमा राम्राे हाेस्
    कसैकाे भाग्य नभागाेस् । 
    ✍️ अरुण नदी खत्री
    काठमाडाैँ ।

    [६२]
    पुराना वर्षलाई बिर्सदै नयाँ वर्षमा सरौ,
    गर्न नसकेका अपुरा काम अब पूरा गरौ।
    ✍️ होम प्रसाद नेउपाने 
    धरान ।

    [६३]
    नयाँ साल नयाँ भएर आओस्
    कोरोना सोरोना यी सबै जाओस् ।
    ✍️ रुद्र राज श्लोक 
    दार्जिलिङ

    [६४]
    सुख,शान्ति,समृद्धिले साथ नछोडोस्
    गरिबी र अशान्तिले नाता नजोडोस।
    ✍️ मन्दिरा सेढाई 
    मलेखु, धादिङ ।

    [६५]
    कतिपय हारजित बेहोर्दै सुख दुःख पाए
    वर्षको अन्तिम दिन भने खुसीयाली मनाए।
    ✍️ जि कुमार गौतम
    भद्रपुर -१ पृथिविनगर झापा

    [६६]         
    स्वागत छ तिमीलाई नयाँ वर्ष,
    लिएर आउ उमंग अनि हर्ष ।
    ✍️ अम्बिका गिरी 
    विराटनगर

    [६७]
    मनमा छाएको धेरै हर्ष,
    आयो फेरि पनि नयाँ वर्ष।
    ✍️ सहयात्री शाेभा अर्याल 
      रुपन्देही  १४ बुटवल

    [६८]
    दु:ख कष्ट जति भएपनि यी ओठ सदा हाँसोस्
    यो सृष्टिको अन्तिम पलसम्म मेरो देश बाँचोस् ।
    ✍️ रिजाल विनोद 
    बेलबारी ०२ मोरङ

    [६९]
    नयाँवर्ष नूतन हुन्छ भन्ने सोच घाती भयो
    चुनाव हुँदा सधैँभरी भ्रष्ट नेता माथि गयो।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर

    [७०]
    नयाँ वर्षको हार्दिक शुभकामना हजुरलाई 
    समृद्ध हाेस् जीवन सदा सर्वदा सुखीयाली छाई । 
    ✍️ ओमकुमारी बन्जारा
    काठमाडाैँ । 

    [७१]
    मेरा नराम्रा बानीहरू सबै छाेड्छु 
    नयाँ सालमा पाइला अगाडि माेड्छु। 
    ✍️ साधना पाैडेल
    रगनी-१, ओखलढुङ्गा । 

    [७२]
    नौलो उमङ्ग लिएर नयाँ वर्ष अायो
    चारैतिर हर्षअनि खुसियाली छायो।
    ✍️ अम्बिका कोइराला 
    धुनिवेशी ६ धादिङ

    [७३]
    बिहानीको किरण बनेर नयाँवर्ष आयौ,
    गुराँससँगै पालुवा फक्राई वसन्ती छायौ ।
    ✍️ काजी तामाङ ग्याबा
    चैनपुर-४, संखुवासभा ।

    [७४]
    जताततै उमङ्ग छाओस् कतै आँसु नझरोस्,
    नव वर्षमा कसैलाई वाधा आई नपरोस् ।
    ✍️ वसन्त अनुभव 
    घोराही, दाङ ।

    [७५]
    दिन महिना हुँदै यस वर्षकाे पात्राे पनि पल्टियाे ,
    नव वर्षमा सबै मिलेर बाल्नु पर्छ शान्तिकाे दियाे ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [७६]
    नयाँ सालले खुशी देओस सबका घर घर
    नत दुख होस न पीडा होस नत कुनै डर ।
    ✍️ कर्ण दयाल
    मेलौली नगरपालिका ७ , बैतडी ।

    [७७]
    गर्नु सबैले आफ्नो अनि आफन्तको ख्याल
    उमङ्गमय बनोस् तपाईंको नयाँ साल।
    ✍️ रचना माेक्तान यात्री
    काभ्रे । 

    [७८]
    नयाँ वर्ष याे सुख, शान्ति , समृद्धि लिएर आओस,
    सबैकाे घरमा हर्ष, उल्लस र उमङ्ग छाओस ।
    ✍️ रिना याेल्माे 
    दार्जिलिङ्ग 

    [७९]
    आफ्नो कर्तव्य पूरा गरेर आयो 
    नयाँ वर्षले सबैमा खुसी छायो।
    ✍️ साहित्य प्रेमी श्री लिम्बू `प्रयासी´ 
    पाँचथर ।

    [८०]
    फूल फक्रे झैँ फक्रिएर रहेास सबैकाे यो जगतमा मन
    नव वर्षको शुभकामना स्वरुप दिन्छु म यही ठुलो धन। 
    ✍️ पवन कुमार बुढाथेाकी
      काठमाडौं , बानेश्वर

    [८१]
    फेरि सुनौलो आशाको किरण लिई सबेर,
    आयो नयाँ वर्ष घरआगनमा आज हेर !
    ✍️ बिबस पारदर्शी
    भद्रपुर-२, झापा ।

    [८२]
    सबैको मनमा छरेर हर्ष,
    खुसी बोकेर आयो नयाँ वर्ष।
    ✍️ लालिमाया मगर 
    प्युठान ।

    [८३]
    नयाँ वर्ष आऊ सारा जनको दु:ख कष्ट हर्दै 
    सुख शान्ति ,उत्साह अनि  उमङ्ग सबैमा छर्दै ।
    ✍️ दुर्गा भट्टराई 
    मोरङ

    [८४]
    आलस्य त्यागी नयाँ सालमा लम्कौँ बोकेर जोस र जाँगर
    राखेर होस् कर्म गर्रौँ भेटिन्छ प्रगतिको अथाह सागर ।
    ✍️ मिसु श्रेष्ठ 
    काँडाघारी , काठमाडौं ।

    [८५]
    काफल पाक्याे काेइली बाेल्याे उमङ्गले वनमा ,
    याे नव वर्ष सुखद बनाेस्  कष्ट नहाेस् तनमा ।
    ✍️ रामकृष्ण रिजाल 
    बा न पा १३, बागलुङ ।

    [८६]
    शुभेच्छा याे मेराे पनि हजुरकाे जस्तै ,
    नयाँवर्ष मनाउँ है पीडा भुली मस्तै ।
    ✍️ रामकृष्ण दुवाडी
      पाेखरा ।

    [८७]
    सदा सुखी स्वस्थ रहनु मेरो यौटै छ चाहना,
    दुई हजार उनासीको हार्दिक शुभकामना ।
    ✍️ गोपाल कृष्ण डंगोल
    भोजपुर, प्रदेश १

    [८८]
    हरेक नव वर्षमा, अशुभ नेतृत्वको गर्नु परेको छ सामना,
    अहिलेको नव वर्षमा पनि,टक्र्याउँदछु सबैमा शुभकामना।
    ✍️ प्रदीप के रिमाल
    इटहरी, सुनसरी।

    [८९]
    यो नयाँवर्ष सबैका हर्ष बढेर जानेछ,
    नेताले भ्रष्ट नगर्ने  सर्त सुम्पेर लानेछ ।
    ✍️ ऋषिराम खनाल
    मध्यबिन्दु ६ नवलपुर ।

    [९०]
    पालुवाले हराभरा प्रकृतिको लीला
    बोल्नुपर्छ अब भने कन्दराका शिला।
    ✍️ महेन्द्रमान बलामी
    फर्पिङ्ग, कनठमाडाैँ । 

    [९१]
    साथ दिने र साथ छोडिदिने दुबैलाई छ अथाह माया
    हर्ष मा नै बितोस यो साल, सफलता बनोस तिम्रो  छाया ।
    ✍️ सुमिना तिमल्सिना
    भक्तपुर ।

    [९२]
    घुमेर आउछ जान्छ पात्रोमा साल
    देशमा बद्लेन दीन दुखीको हाल।
    ✍️ बिके मुखिया
    दार्जिलिङ्ग ।

    [९३]
    चारैतिर सुख र शान्ति छाओस्
    मैला, कुविचार हटेर जाओस्
    ✍️ प्रशान्ति राई 
    सामसिङ्ग खासमहल कालेबुङ ।

    [९४]
    भरियोस् जिन्दगी खुसी र हर्षले
    सुखशान्ति ल्याओस् यो नयाँ वर्षले।
    ✍️ लक्ष्मण समीर, 
    बर्दिया ।

    [९५]
    खुसी  उमङ्ग  बाँडौँ  हामी  हर्षमा
    सुख र शान्ति छाओस् नयाँ वर्षमा।
    ✍️ बिना रोका
      घोराही दाङ्ग।

    [९५]
    १.
    आफ्नै बगैंचामा बगोस पसिना फलोस न्यायी मजदुरी 
    नयाँ वर्षको अवसरमा शुभकामना छ मुरीमुरी।
    ✍️ भूषण जंग
    ललितपर हाल अष्ट्रेलिया ।

    [९६]
    उमंग छाओस्,स्वच्छ रहोस् ,सदैव मनका भावना 
    व्यक्त  गर्दछु सबैमा  नयाँ वर्षको  शुभकामना।
    ✍️रिता खराल
    रुपन्देही

    [९७]
    जिन्दगी हरपल अनेक दु:खको गर्छ सामना
    पिडा लुकाउँछ र बाँड्छ मनले मंगल कामना।
    ✍️ कुमार थापा (उमेश गौरीगाउँले)
    निजगढ ९ बारा

    [९८]
    सुख दुख जिन्दगी उस्तै हो सधैँ भरी गर्नु पर्छ सामना 
    सबै इच्छा चाहना पूरा हाेस् नयाँ सालको शुभकामना ।
    ✍️ नवीन जाेशी
    कैलाली ।

    [९९]
    सम्पूर्णमा नव वर्षको शुभकामना
    टुक्का लेखनमा फैलियाेस् है राम्राे पना ।
    ✍️ रघु न्याैपाने
    पाेखरा ।

    [१००]
    छाअाेस् सबको मनमा खुसी हर्ष,
    रङ्गिन बनोस् जीवन नयाँ वर्ष।
    ✍️ पारस भट्ट प्यासी
    मेलौली दुई बैतडी ।

    >> जय टुक्का! जय साहित्य!! << 

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on नव वर्षको अवसरमा टुक्का लेखन अभ्यास शृङ्खला सम्पन्न; सयौँ टुक्का सर्जकको सहभागीता

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P