• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

नमस्ते आधुनिक लघुकथा मञ्चको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

  • १३ असार २०७९, सोमबार १५:२८ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चको चौथो वार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। २०७५ साल असार ९ गते सृजना भई १० गते फेसबुक मार्फत सार्वजनिक भएको यस समूहले प्रत्येक वर्ष असार ९ र १० गते विविध कार्यक्रम सहित आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ।

    लघुकथा सँगसँगै मानव सेवा भन्ने मुल नारा बोकेको नमस्ते आधुनिक लघुकथा मञ्चले लघुकथाको उन्नयन, विकासका साथै मानव सेवाका क्रियाकलापहरू गर्दै आएको छ।

    स्थापना भएको छोटो अवधिमै मञ्चले विविध विषयका लघुकथाहरू समेटिएको ‘लघुकथाको सुगन्ध’ संयुक्त लघुकथा संग्रह – १ वटा, विषय केन्द्रित ‘लघुकथाको सुगन्ध’ संयुक्त लघुकथा संग्रहहरू ( बाल विषयक, बा विषयक र शिक्षक विषयक) – ३ वटा र वार्षिक स्मारिका अङ्क – ३ सम्म निकाल्न सफल भएको छ । साथै वार्षिक स्मारिका अङ्क – ४ निकाल्ने तयारीमा जुटेको छ। यसरी नमस्ते आधुनिक लघुकथा मञ्चले छोटो समयमै लघुकथाको क्षेत्रमा छुट्टै छाप छोड्न सफल भएको छ ।

    मञ्चले लघुकथाको विकास र बिस्तारका लागि समय समयमा विविध कार्यक्रम गर्दै आएको छ। जसमा लघुकथाका क्षेत्रमा उल्लेखनीय कार्य गर्नुभएका विज्ञहरूलाई बोलाएर भर्चुअल माध्यमबाट प्रशिक्षण दिन लगाउनु, आफ्नै लागानीमा विज्ञका लघुकथा सिद्धान्त सम्बन्धि उत्कृष्ट पुस्तक प्रकाशन गर्नु, विभिन्न रेडियो तथा पत्रपत्रिकासँग समन्वय गरेर लघुकथा प्रशारण/ प्रकासन गर्नु रहेको छ । त्यस्तै मञ्चले आफ्नो पेज मार्फत नियमित लाइभ लघुकथा वाचन र जन्मदिन, वैवाहिक वर्षगाँठ तथा वार्षिक पुण्यतिथि, आदिको अवसर पारेर विशेष लघुकथा वाचन गर्दै पनि आएको छ।

    गत विगत वर्षझैँ मञ्चले यस वर्ष पनि वार्षिकोत्सवको अवसर पारेर असार ९ र १० गते प्रत्येक लघुकथाकारले १/१ वटा गरेर २ दिन २ वटा मात्र लघुकथा मञ्चको भित्तोमा समर्पित हुने गरी सम्प्रेषण गर्न खुला रुपमा आव्हान गरेको थियोे। जसको परिणाम स्वरुप दुई दिनमा लगभग १ सय ५० लघुकथाकारका सवा २ सय लघुकथाहरू मञ्चको भित्तोमा आइपुगेका थिए। यिनै प्राप्त लघुकथाहरू मध्येबाट लघुकथाको नियम भित्र रहेका उत्कृष्ट लघुकथाहरूलाई छनोट गरी मञ्चको निकट भविष्यमै प्रकाशित हुने लघुकथाको सुगन्ध स्मारिकाको चौथो अङ्कमा समेटिने मञ्चले जनाएको छ।
    साथै मञ्चले उक्त दिनमा लघुकथा सम्प्रेषण गर्नुहुने सम्पूर्ण लघुकथाकारहरूलाई सम्मान पत्र प्रदान गरेको थियो।

    ‘लघुकथाको सुगन्ध’ शिक्षक विषयक ऎतिहासिक संयुक्त लघुकथा संग्रहको लोकार्पण

    नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो चौथो वार्षिकोत्सवको पहिलो दिन अर्थात् असार ९ गतेको अवसर पारेर आफ्नो नविनतम लघुकथा संग्रह ‘लघुकथाको सुगन्ध’ शिक्षक विषयक संयुक्त लघुकथा संग्रह विमोचन गरेको छ। वरिष्ठ साहित्यकार प्रा. डा. कपिल लामिछानेले बिहीबार आयोजित भर्चुअल कार्यक्रममा उक्त पुस्तकको विमोचन गर्नुभएको हो।
    नेपाली साहित्यमा संयुक्त लघुकथा संग्रहको क्षेत्रमा ऎतिहासिक रेकर्ड कायम गर्दै आएको यस मञ्चको संभवत यो संग्रह पनि ऎतिहासिक बन्न पुगेको छ भन्दा अत्युक्ति नहोला ।

    भर्चुअल माध्यमबाट आयोजना गरिएको विमोचन कार्यक्रमको अध्यक्षता मञ्चका संस्थापक अध्यक्ष एवं व्यवस्थापक कृष्णजी शर्मा (घनश्याम डल्लाकोटी) ले गर्नुभएको थियोे।
    वरिष्ठ साहित्यकार, शैक्षिक प्राज्ञिक व्यक्तित्व, प्रज्ञा सभा सदस्य प्रा. डा. कपिल लामिछानेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नमुना मच्छिन्द्र क्याम्पसका क्याम्पस प्रमुख, वरिष्ठ साहित्यकार डा. दिनबन्धु शर्मा, नमस्ते आधुनिक लघुकथा मञ्चका संरक्षक, सल्लाहकार, नेपालकै प्रथम नारी नियात्राकार, साहित्यकार रञ्जुश्री पराजुली, नमस्ते आधुनिक लघुकथा मञ्चका संरक्षक, सल्लाहकार, लघुकथाकार अवधेश सिंह, स्रष्टा साँझ अमेरिकाका संस्थापक सदस्य, वरिष्ठ साहित्यकार विश्वराज अधिकारी, वरिष्ठ साहित्यकार डा. शंकर प्रसाद गैरे र शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल शर्मा सुवेदीको विशिष्ट आतिथ्यता रहेको थियोे।

    कार्यक्रमको प्रायोजकहरू व्यास ११ तनहुँका राम्जि रानाभाट, धार्चे ६ काशीगाउँ गोरखा हाल जापान बस्नुहुने राजन घले, सिफल काठमाडौं हाल अमेरिका बस्नुहुने राजिना नेपाल, पाँचखपन नपा ६, संखुवासभा, मोरङ, उर्लावारी हाल मलेसिया बस्नुहुने अनुग्रह राना मगर पुष्प, अनामनगर काठमाडौं, हालः अष्ट्रेलिया बस्नुहुने गोपाल प्रसाद थपलिया र हिमालयन अर्गानिक चिया, पूर्वी चितवनको पनि उपस्थिति रहेको थियो ।

    त्यस्तै अतिथिहरूमा बाल साहित्यकार, कवि, कथाकार, लघुकथाकार ललिता दोषी, साहित्य पोष्ट अनलाइन साहित्यिक पत्रिकाका लघुकथा स्तम्भकार, सम्पादक, साहित्यिक पत्रकार दिपक लोहनी, सिक्किमेली लघुकथा समाजकी संस्थापक अध्यक्ष, सहित्यकार, त्रिपुरा पोखरेल खरेल, सिक्किमेली लघुकथा समाजकै सक्रिय एडमिन, कवि, लघुकथाकार हेमराज अधिकारी, काङ्लोताङ्बी, मणिपुर भारत निवासी कवि, लघुकथाकार, शिक्षक देबीप्रसाद थापा ‘मामा’ र कालापहाड, मणिपुर भारत निवासी लघुकथाकार, विभिन्न पत्रपत्रिकाका सम्पादक मुक्ति गौतम रहनुभएको थियो । भने अतिथि पत्रकारहरूमा साहित्य पोष्ट, अनामनगर काठमाडौं, चितवन पोष्ट दैनिक तुलमान गुरुङ, हिमालयन दृष्टि मिडिया प्रा.लि.प्रधान सम्पादक अनिल आचार्य, नमस्ते आधुनिक लघुकथा मञ्चका निवर्तमान सचिव तथा शेफर्ड एफका पत्रकार मनोज थारु अज्ञात, रेडियो सारथी बडिगाड बागलुङ सहसम्पादक अनिष पाठक, नयाँपत्रिका दैनिकका संवाददाता दिपक बोहोरा र संसार न्युज कमलपोखरी काठमाडौंकी चन्दा थापा चन्द्रिका रहनुभएको थियोे।

    राष्ट्रिय गान पश्चात् नमस्ते आधुनिक लघुकथा मञ्चका उपाध्यक्ष/प्रशासक शेखर अर्यालले सहभागी सबै महानुभावहरूलाई मन्तव्यद्वारा स्वागत गर्नु भएको थियो।
    विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले छोटो समयमै एकपछि अर्को संग्रह निकाल्दै गएकोमा नमस्ते आधुनिक लघुकथा मञ्चको खुलेर प्रशंसा गर्नुभयो। साथै उहाँले केही लघुकथा कम गुणस्तरको पाइएको हुनाले अब गुणस्तरीय लघुकथाहरूमात्र समेटेर संग्रह निकाल्ने तर्फ ध्यान दिन आग्रह गर्नुभयो।

    पुस्तकको समालोचना एवम् समीक्षा गर्नुहुदै कार्यक्रमका विशिष्ट अतिथि एवम् समालोचक डा.दीनबन्धु शर्माले पुस्तकको विविध पक्षबाट विश्लेषण गर्नुभएको थियो। उहाँले आफ्ना लघुकथालाई निबन्ध बन्नबाट जोगाउन लघुकथाकार सचेत रहनुपर्ने बताउनुभयो। साथै उहाँले अगाडि भन्नुभयो – “लघुकथाको एकमात्र धर्म भनेको सुरुवातको एकदमै विपरीत भावमा झड्कापूर्ण अन्त्य हुनु हो । पाठकले सोचेको भन्दा एकदमै पृथक विन्दुमा आकस्मिक अन्त्य हुनुपर्छ। जुन एक वा दुई वाक्यभन्दा लामो हुनुहुदैन ।”

    वर्षेनी नेपाली भाषाका थुप्रै पुस्तकहरू प्रकाशन हुन्छन् । तर ती पुस्तकहरू लेखक तथा प्रकाशकको दराजमा थन्किन पुग्छन्। गुणस्तरीय हुँदाहुँदै पनि ती बिक्री हुन सक्दैनन्। हामीमा पठन संस्कृतिको विकास भएन । एउटा नास्ता पसलमा बसेर एकदिनमा चार पाँच हजार उडाउने हामी तीन चार सयको पुस्तक किन्न हात कमाउछौँ । यसरी कसरी साहित्यको विकास हुन्छ ? भन्दै विशिष्ट अतिथि विश्वराज अधिकारीले चिन्ता व्यक्त गर्नुभयो। साथै उहाँले मञ्चले असाध्यै राम्रो काम गर्दै आएको र एउटा काम सेमिनारको पनि आयोजना गरे आफूँले पनि सक्दो सहयोग गर्ने बताउनुभयो।

    विमोचन कार्यक्रममा रञ्जुश्री पराजुली, अवधेश सिंह, डा. शंकर प्रसाद गैरे, भूमिलाल शर्मा सुवेदी, ललिता दोषी, दिपक लोहनी, देवि प्रसाद थापा मामा राम्जि रानाभाट लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। मन्तव्य राख्नुहुने सम्पूर्ण अतिथिले मञ्चको सह्रानिय कार्यको प्रशंसा गर्नुभयो। साथै उहाँले मञ्चको उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभयो।

    कार्यक्रमको अध्यक्षता गरिरहनुभएका मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ ले अतिथिहरूको सुझावलाई मध्यनजर गर्दै निकट भविष्यमा सकेसम्म भौतिक, नभए भर्चुअल भएपनि सेमिनारको आयोजना गर्ने प्रतिबद्धता जनाउनु भयो। विगतका संग्रहहरू निकाल्दा सचेत रहँदा रहँदै पनि सामान्य त्रुटिहरू हुनपुगे । अब भने गुणस्तरीयतालाई मध्यनजर राखेर मात्र काम गरिने बताउनुभयो ।

    साथै उहाँले कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य समय प्रदान गर्नुभएकोमा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, कार्यक्रम प्रायोजकहरू, पत्रकार अतिथि एवम् भर्चुअल कार्यक्रममा उपस्थित भइदिनु हुने सम्पूर्ण साहित्यकार, लघुकथाकार, पाठकहरूमा हार्दिक आभार प्रकट गर्दै मुरी मुरी धन्यवाद दिनुभयो।

    कार्यक्रममा प्रा.डा. कपिल लामिछाने, डा.दीनबन्धु शर्मा, रञ्जुश्री पराजुली, विश्वराज अधिकारी, डा. शंकर प्रसाद गैरे, भूमिलाल शर्मा सुवेदी, ललिता दोषी, दीपक लोहनी, त्रिपुरा पोखरेल खरेल, हेमराज अधिकारी, देबीप्रसाद थापा ‘मामा’, मुक्ति गौतम, राम्जि रानाभाट, अनुग्रह राना मगर, राजन घले, राजिना नेपाल, गोपालप्रसाद थपलिया, तुलमान गुरुङ, अनिल आचार्य, मनोज थारू अज्ञात, अनिष पाठक, दीपक बोहरा, चन्दा थापा चन्द्रिकाका अलावा वसन्त अनुभव, त्रिलोचन ढकाल, योगप्रसाद उपाध्याय, गणेश नेपाली, जयदेश श्रेष्ठ, नन्दलाल आचार्य, निरज कोइराला, महेश जिज्ञासु, मित्र उराठी गौतम, हेम पोखरेल, अरुण नदी खत्री, दिनेश निरौला, कमल पौडेल, शेखर अर्याल, अम्बिका धिताल, विष्णु भण्डारी आचार्य, इन्दिरा गौतम, कर्ण दयाल, कुमार काफ्ले, मनोहर पोखरेल, मीठु कुमारी पाठक, नानी बिवु, नारायण प्रसाद निरौला, पर्शुराम परासर, प्रकाश, रचना शर्मा, रामहरि पौड्याल, रामकुमार पण्डित, सविता के.सी., डा. विदुर चालिसे, शान्ता शाक्य, सुधा बाँस्कोटा ढकाल, सुरेश शर्मा, अप्सरा पुडासैनी, तारा श्रेष्ठ, चोपनारायण बन्जाडे, गुरुप्रसाद कुमाल बुलबुल, कृष्ण बजगाई, बाबुराम न्यौपाने उत्स, मिसु श्रेष्ठ थपलिया, टंक बहादुर आले मगर, म्यामराज राई, विष्णु पन्थी बिनु, हरिप्रसाद भण्डारी, हिम लाल श्रेष्ठ, इन्दिरा चापागाईं, सरिता भट्टराई, सत्या अधिकारी, यमुना प्रधानाङ्ग मुना, शेखर कुमार श्रेष्ठ लगायतका लघुकथाकार, साहित्यकार एवं लघुकथाप्रेमी महानुभावहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको सञ्चालन रेडियो सारथीका स्टेसन म्यानेजर, नमस्ते आधुनिक लघुकथा मञ्चका सदस्य/ प्रशासक एवम् कुशल वाचक कमल पौडेलले गर्नुभएको थियो भने डिस्प्ले देखाउने, राष्ट्रिय गान बजाउने लगायत प्राविधिक संयोजनको काम मञ्चका अनन्य सहयोगी प्रकाश वाग्ले प्रभाकरले गर्नुभएको थियो।

    प्रथम “हेमलता स्मृति लघुकथा सम्मान, २०७९” द्वारा अनुभव र बिवु सम्मानित

    नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो वार्षिकोत्सवको अवसर पारेर प्रथम हेमलता स्मृति लघुकथा सम्मान २०७९ द्वारा दुई जना लघुकथा सर्जकलाई सम्मान गरेको छ।

    सम्मान पाउनेमा पुरुष तर्फ दाङ घोराहीका लघुकथा सर्जक वसन्त अनुभव र नारी तर्फ गैंडाकोट नवलपुरकी लघुकथा सर्जक नानी बिवु हुनुहुन्छ।

    लघुकथाको क्षेत्रमा अतुलनीय योगदान पुर्याउने एकजना पुरुष र एकजना नारी नव सर्जकलाई सम्मान गर्ने मञ्चले घोषणा अनुरुप उहाँहरूलाई प्रथम हेमलता लघुकथा सम्मान २०७९ बाट सम्मानित गरिएको हो ।

    एक होनहार लघुकथाकार हेमलता उप्रेतीको कोरोनाका कारणले असामयिक निधन भएपछि उहाँको संझनामा मञ्चले गत वर्ष यसको स्थापना गरेको थियोे।

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on नमस्ते आधुनिक लघुकथा मञ्चको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    म्यामराज राई कृत लघुकथा संग्रह ‘हाम्रो बाटो’को विमर्श कार्यक्रम सम्पन्न

  • १३ असार २०७९, सोमबार ०९:३४ मा प्रकाशित
  • साहित्यकार म्यामराज राईको पहिलो लघुकथा संग्रह ‘हाम्रो बाटो’ माथि शनिबार विमर्श कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आयोजना भने हतुवागढी सार्वजनिक पुस्तकालय तथा इश्वरमान राई प्रतिष्ठानले गरेको थियोे ।

    लघुकथाकार राईकै गृह क्षेत्र भोजपुरको हतुवागढी-१ सगरमाथा माविको सभाहलमा कार्यक्रमको आयोजना गरी ‘हाम्रो बाटो’ लघुकथा संग्रहमाथि साहित्यिक विमर्श गरिएको हो ।

    उक्त साहित्यिक विमर्श कार्यक्रमको अध्यक्षता हतुवागढी सार्वजानिक पुस्तकालय तथा ईश्वरमान राई प्रतिष्ठानका अध्यक्ष इन्द्र थापाले गर्नुभएको थियो भने हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यता एवम् भूतपूर्व सांसद तथा भूतपूर्व राष्ट्रपतिका आर्थिक सल्लाहकार धनहर्क राईको विशिष्ट आतिथ्यता रहेको थियो।

    कार्यक्रममा हतुवागढी गा.पा.उपाध्यक्ष सुनिता किराँती, वडाध्यक्षद्वय सुरेशकुमार राई र मोहन राई, अग्रज कवि एवं उपन्यासकार चन्द्र राई ‘तारा’, पात्लेपानी कला साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं गजलकार विश्वजित चाम्लिङ लगायत २५ जना बढी अतिथिहरूको सहभागीता रहेको थियो ।

    कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि प्रेम कुमार राईले कृतिकार म्यामराज राईको प्रशंसा गर्दै उहाँको कृति हाम्रो बाटोले समाजको यथार्थ चित्रण गरेको बताउनुभयो।

    लघुकथाकार म्यामराज राईको हाम्रो बाटो लघुकथा संग्रह प्रकाशनले हतुवागढीमा नयाँ उमङ्ग ल्याउनुका साथै साहित्य लेखन र पठन संस्कृतिको विकासमा ईट्टा थप्ने काम गरेको आयोजकले जनाएको छ ।

    कार्यक्रममा अन्तरक्रिया गरी लघुकथा संग्रहका विविध पाटो बारे छलफल तथा टिप्पणी गरिएको थियोे । गजलकार एलबि प्रधानको सहजीकरणमा सञ्चालित अन्तरक्रिया कार्यक्रममा कवि तथा साहित्यिक पत्रकार प्रकाश दिप्साली, अध्यापक प्रकाश बान्तावा र अध्यापक मञ्जु नेपाल सहभागी हुनुभएको थियो ।

    साहित्यकार म्यामराज राईले साहित्यिक यात्रामा तय गरेको बाटो

    भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका वडा नं. ६ होम्ताङमा जन्मिएका म्यामराज राई एक कुशल साहित्यकार हुन् । उनले साहित्यका विविध विधामा कलम चलाउने गर्दछन्। लघुकथा, कथा, गीत, गजल, कविता लेख्न विशेष रुचि राख्ने राई हाल वैदेशिक रोजगारको क्रममा जापानमा रहेका छन्। जापानमा रहेर पनि उनले नेपाली भाषा र साहित्यको विकासमा अतुलनीय योगदान दिदै आएका छन् ।

    औपचारिक शिक्षा अन्तर्गत स्नातक तहसम्मको अध्ययन पूरा गरेका राई आदिवासी जनजाती लेखक/साहित्यकार महासंघ, जापान शाखाका सचिव, नमस्ते आधुनिक लघुकथा मञ्चका प्रशासक/सदस्य रहेका छन् । आठ वर्ष अघि जापान पुगेका उनी अध्ययन र रोजगारका क्रममा उतै बस्दै आएका छन्।

    निरन्तर साहित्यको सेवा लागेका राई साहित्य पोष्ट साप्ताहिक लघुकथा प्रतियोगिता २०७८ को पच्चिसौँ हप्तामा उत्कृष्ट तीनमा पर्न सफल भई पुरस्कृत भएका थिए। साथै उनी लघुकथा समाज, प्रदेश एकले आयोजना गरेको लघुकथा प्रतियोगिता, २०७८ मा द्वितीय र प्रथम बृहत् ऐतिहासिक टुक्का प्रतियोगिता, २०७८ मा प्रथम बनेर पुरस्कृत हुन पुगेका थिए ।

    लघुकथा लेखनमा बलियो छाप बनाएका राईले खिम्दुङ राई कल्याणकारी समाज, भोजपुर(२०७८) बाट प्रशंसा पत्र, लघुकथा श्रव्य दृश्य प्रतिष्ठान (२०७८) बाट उत्कृष्ट लघुकथाकारको सम्मानका साथै नमस्ते आधुनिक लघुकथा मञ्च (२०७८) र हाम्रो लघुकथा पाठशाला(२०७८) को वार्षिकोत्सवको अवसरमा सम्मान पत्र प्राप्त गरेका छन्।

    कृतिका हिसाबले हाम्रो बाटो लघुकथा संग्रह उनको पहिलो कृति बन्न पुगेको छ । यद्यपि उनका थुप्रै अन्य कृतिहरू प्रकाशनका संघारमा छन् । उनले वि.सं. २०६२ सालमा ‘आशिर्वाद’ शीर्षकमा लघुकथा लेखेर लघुकथाको श्री गणेश गरेका थिए । उनको म्यानेजर शीर्षकको लघुकथा २०७५ सालमा हतुवाहेराल्ड अनलाइनमा प्रकाशित भएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on म्यामराज राई कृत लघुकथा संग्रह ‘हाम्रो बाटो’को विमर्श कार्यक्रम सम्पन्न

    सविता के.सी.का उत्कृष्ट उदकहरू

  • १२ असार २०७९, आईतवार ०५:५४ मा प्रकाशित
  • १
    शिक्षा
    लेनदेन कारोबार
    नगद अनि भिक्षा !

    २
    ज्ञानशाला
    अनैतिक व्यवहार
    शिक्षा दिने पाठशाला !

    ३
    अपरोक्ष
    अदृश्य तालमेल
    दृश्यमा आँखाको भ्रम !

    ४
    संसार
    फूलको वहार
    वसन्तको अनुपम योगदान !

    ५
    पुतली
    फुरफुर फूलमा
    झुसिल्किरा जन्माउने आमा !

    ६
    सुन्दरता
    तृप्त आँखा
    रङ्गिन पुतलीको नृत्य !

    ७
    झुसिल्किरा
    खन्चुवा जन्तु
    बेफाइदाको एउटा उदाहरण !

    ८
    धोका
    जानकार घात
    हृदयमा पार्छ आघात !

    ९
    गौँथली
    घरमा लक्ष्मी
    फोहोर गर्छ रमाउँछ !

    १०
    भगवान
    अलौकिक शक्ति
    मानिस गर्दछ भक्ति !

    ११
    प्रवृत्ति
    तल झार्ने
    नेपालीको अर्को पहिचान !

    १२
    सम्मान
    आफ्नो आफैले
    तँ तपाईं हजुर !

    १३
    नियती
    सकारात्मक नकारात्मक
    आफूतिर दुनो सोझ्याउने !

    १४
    सङ्कट
    आपत्तिको क्षण
    भोकाएको बाघले खान्छ !

    १५
    स्वार्थ
    मेरो भलो
    पानीको वहाव ओरालो !

    १६
    साधन
    सञ्चार माध्यम
    विज्ञानको राम्रो आविष्कार !

    १७
    लिपि
    जुन देखिन्छ
    भाषाको माध्यम देखिन्छ !

    १८
    शुद्धता
    छैन मिसावट
    निश्चल मनको बोली !

    १९
    अटेर
    अरूलाई नगन्नु
    मनको कुरा नभन्नु !

    २०
    तिर्सना
    गरौँ भावना
    लाचार जीवनको अभाव !

    • सविता केसी, काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on सविता के.सी.का उत्कृष्ट उदकहरू

    उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • ९ असार २०७९, बिहीबार ११:३८ मा प्रकाशित
  • १.
    समय
    तीव्र गतिमा
    दिन आफ्नो सकिने !

    २.
    हृदय
    कठोर हुँदा
    मन टुटेको सङ्केत !

    ३.
    गहिरो
    अन्जान बाटो
    समुन्द्रपारिको सुन्दर गाउँ !

    ४.
    धोका
    अपसोच तिमीले
    नबुझेर भएको हालत !

    ५.
    सम्झना
    मनको तरङ्ग
    अत्यास मेटिन गाह्राे !

    • दुर्गा आचार्य, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

    टुक्काकार दुर्गा आचार्यका उत्कृष्ट टुक्का कविताहरू

  • ७ असार २०७९, मंगलवार २३:०२ मा प्रकाशित
  • १.
    सबैको भाग्यमा कहाँ मिल्छर प्रेमिल हातहरु,
    जरानै उखेलियो अनि कहाँ रहन्छन् पातहरु।

    २.
    त्यो बेला निकै रमाइला थिए सम्बन्धका बातहरू,
    बिस्तारै बिस्तारै छुट्दै गयो मिले केवल घातहरू।

    ३.
    तिमीले दिएर गयौ सोच्न नसकिने अनगिन्ती घातहरू,
    मेरो भाग्यमा लस्कर लागेर आए यी दु:खका जमातहरू ।

    ४.
    कस्तो अचम्मको हुँदोरहेछ, यो मान्छेको जातहरू,
    सधैँ वेदनाले भरिन्छ मन पार्दै बज्रपातहरू ।

    ५.
    चुँहिने खरको छाना मुनि छन्, यी अनिदा रातहरु,
    गरिब भनी छोड्यौँ तिमीले झट्कार्दै मेरा हातहरू ।

    दुर्गा आचार्य
    मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्काकार दुर्गा आचार्यका उत्कृष्ट टुक्का कविताहरू

    टुक्का अभियन्ता अरुण कुमार भुजेलका देशप्रेम बिषयक पाँच टुक्का कविताहरू

  • ७ असार २०७९, मंगलवार १०:३१ मा प्रकाशित
  • १.
    मार मलाई बरु तयार छु म मर्न,
    पाउने छैनौ सिमामा मनपरी गर्न।
    २.
    मेरो देश मेरो जननी हो मित्र,
    शत्रु बनि पस्न नखोज यो भित्र।
    २.
    मिच्न खोजेमा मेरो देशको सिमा,
    होस गरे शत्रु बन्नु पर्ला किमा ।
    ३.
    बुझ्नु पर्छ सबैले आफ्नो राष्ट्रको मर्म,
    आइ लागेका बैरी सँग लड्ने हो धर्म ।
    ५.
    जानु छैन कसैलाई माटो भन्दा पर,
    सबै मिली माटोलाई धेरै माया गर ।
    ✍️ अरुण कु.भुजेल
    गोरुबथान, कालेबुङ्ग, भारत।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्का अभियन्ता अरुण कुमार भुजेलका देशप्रेम बिषयक पाँच टुक्का कविताहरू

    ‘जीवन, कला र अनुभूति’ – कविता

  • ७ असार २०७९, मंगलवार १०:२७ मा प्रकाशित
  • ✍️आर्त अकुलीन

    हो जीवनसँगै
    तिमी पनि त मुस्कुरायौ
    भिरहरूमा फुल्यौ
    कहिले हर्षविभोर भएर हाँस्यौ
    बेली र चमेली बनेर
    पाखा र पहराहरूमा फुल्यौ
    लालीगुराँस बनेर
    दिनभित्रको दिल झैँ
    उच्च हिमालमा मुस्कुरायौ
    हिऊँचुली बनेर
    फेवामा रमाएर पौडी खेल्यौ
    माछापुच्छ्रे बनेर
    कहिले झरना जस्तै
    कहिले रारा जस्तै बनेर
    कञ्चन बन्न सिकायौ
    पवित्रताको अनेक पाठ पढायौ
    जीवन यात्रामा
    यात्रा गर्न सिकायौ
    एक सफल यात्री बनेर
    मुसुक्क मुस्कुराउँदै
    सहज तवरले जिउन सिकायौ
    बिहानी लाली बनेर
    शीतलता दियौ
    वर पीपल चौतारीमा
    चिसो पवन बनेर
    रातको चाँदनी बनेर
    मुस्कुराउने कोसिसमा
    जीवनको बाँच्ने कला सिकायौ
    र सिकायौ
    जिन्दगीको रङ्गमञ्च
    रङ्गमञ्चीय कलाकारीता
    जहाँ
    हाँस्न सिकियो
    अनि मुस्कुरउन सिकियो
    र सारमा
    बाँच्न सिकियो
    अनुभव र अनुभूतिहरूमा
    निरन्तर खुसीले रमाउन सिकियो
    सायद
    यही नै जीवन हो 
    सुन्दर कला हो
    अनि अनुभूति पनि … !

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘जीवन, कला र अनुभूति’ – कविता

    उदक यात्री सहयात्री शोभा अर्यालका उत्कृष्ट उदकहरू

  • ७ असार २०७९, मंगलवार १०:१० मा प्रकाशित
  • १
    दम्पती
    अटुट माया
    जीवनकै सौम्य छाया !

    २
    दम्पती
    अटुट सम्बन्ध
    नछुट्ने हाम्रो माया !

    ३
    दम्पती
    सम्बन्ध भावनाकाे
    नाता सम्बन्ध बुढाबुढी !

    ४
    दम्पती
    बुढेसकालकाे माया
    जीवनकाे अृमत छाया !

    ५
    दम्पती
    माया उनकाे
    ठुलो छाया गुनको !

    • सहयात्री शाेभा अर्याल, रुपन्देही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सहयात्री शोभा अर्यालका उत्कृष्ट उदकहरू

    उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

  • ७ असार २०७९, मंगलवार १०:०७ मा प्रकाशित
  • १
    दम्पती
    सदाबहार सुन्दर
    एकनासे अनुपम गाडी !

    २
    दम्पती
    अमूल्य सम्पत्ति
    एक अर्काको परिपुरक !

    ३
    दम्पती
    बुढेसकालको सहारा
    एक अर्कामा विश्वासिलो !

    ४
    दम्पती
    माया प्रेमको
    सत्य अटुट सम्पत्ति !

    ५
    दम्पती
    अटुट प्रेम
    एक अर्कामा सहारा !

    • सरस्वती श्रेष्ठ, इटहरी
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

    उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

  • ४ असार २०७९, शनिबार ०७:४६ मा प्रकाशित
  • १.
    वर्षा
    पानी झरी
    छानाे चाल्नु सरी !

    २.
    गरिबी
    अन्नको दाना
    रातदिन बेसाएकाे खाना !

    ३.
    झरी
    कुहिएको छाना
    कानमा पानीको थाेपा !

    ४.
    गरिबी
    सरकारकाे आस
    रातदिन उठिबासकाे त्रास !

    ५.
    वर्षा
    बाढी पहिराे
    अपनाउने सतर्कता गहिरो !

    ६.
    भेल
    प्रकृतिको खेल
    क्षणभरमै बस्ती निमिट्यान्न !

    ७.
    गरिबी
    प्रकृतिको ताराे
    असुरक्षित घरमा धक्का !

    • भवानी घिमिरे, सर्लाही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P