• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: समाज

जेद्दामा इदको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • २९ चैत्र २०८०, बिहीबार १०:४९ मा प्रकाशित
  • समर्पण रम्जान

    जेद्दा साउदी अरब ! इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फितर को पावन अवसरमा ईस्लामिक दावा सेन्टर  जेद्दाको नेपाली बिभाग द्वारा गत बुधबार १० अप्रील इदको दिनमा आयोजित इदको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    दावा सेन्टर नेपाली बिभागका प्रमुख मन्जुर अलि मियाँ को सभापतित्वमा रमजान दिनमियाँद्वारा संचालित उक्त कार्यक्रममा नेपाली महाबाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्राराज काफ्ले प्रमुख अतिथिमा, एनआरएनए साउदिका सल्लाहकार वरिष्ठ समाजसेवी भिम गुरुङ बिशिस्ट अतिथिमा, र अतिथिहरुमा आरसिसी जेद्दाका सल्लाहकार रामराधा घिमिरे, नेपाली युवा क्लब जेद्दाका अध्यक्ष राम थापा लगायत हुनुहुन्थ्यो ।
    पवित्र महिना रमदानको एक महिनाको बर्ता सकिए लगत्तै मानिने यो इदमा एक आपसमा शुभकामना आदानप्रदान गर्ने, एक आपसमा खुशी साटासाट गर्नुका   साथै आत्मियता बढाउने उदेश्यका साथ उक्त कार्यक्रम आयोजित गरिएको थियो।


    कार्यक्रममा उपस्थित रहेका अधिकांश दाजुभाइहरुले आ आफ्नो छोटो  परिचयका साथमा  इदको शुभकामना दिएका थिए ।
    मन्चमा आसिन अतिथिहरु, बिशिस्ट अतिथि, तथा प्रमुख अतिथि द्वारा कार्यक्रममा निमन्त्रणा दिएर यो कार्यक्रम गर्नु भएकोमा आयोजक टिम मन्जुर अलि मियाँलाइ  धन्यवाद दिदै उपस्थित सबैलाइ इदको शुभकामना दिएका थिए  भने यस्ता कार्यक्रमले एक आपसमा आत्मीयता बढाउने व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रममा उपस्थित हुनुभएका सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाइ इदको खुशीमा मिठाइ, स्याबै तथा जुस ले स्वागत गरिएको थियो भने अन्त्यमा सबैलाइ इदको खाना खुवाएर पठाइएको थियो ।

    अन्त्यम उक्त कार्यक्रममा उपस्थिति भइ कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाइ सभापति मन्जुर मियांंले धन्यवाद दिनु भएको थियो।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on जेद्दामा इदको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    होली पर्वको ऐतिहासिक महत्व

  • १२ चैत्र २०८०, सोमबार १०:१७ मा प्रकाशित
  • ✍️ तेजप्रसाद खनाल
    लमही दाङ

    नेपालमा धेरै पहिले देखि नै विभिन्न चाडपर्वहरु मनाउँदै आइएको छ। दशैँ, तिहार, तीज, छठ, माघी, ल्होसार, होली , क्रिशमस, उधौँली, उभौँली, लगायतका दर्जनौँ चाडपर्व विभिन्न समयमा विभिन्न जातजाति र समुदायले मनाउने गर्दछन्। दशैँ, तिहार, तीज भने नेपालका महान् पर्व हुन। होली पर्वलाई पनि एक रमाइलो पर्वको रुपमा लिने गरिन्छ।

    होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ। त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ।यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ ।

    होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् । यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।

    होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, विचार, समाजLeave a Comment on होली पर्वको ऐतिहासिक महत्व

    साउदी अरबको जेद्दामा Cultural  Food & Musical Festival – २०२४ भब्यताका साथ सम्पन्न

  • २७ फाल्गुन २०८०, आईतवार ०२:२७ मा प्रकाशित
  • समर्पण रम्जान / जेद्दा
    साउदी अरबको ACGC ( Asian Consul General’s Club) जेद्दा द्वारा आयोजित Cultural  Food & Musical Festival – २०२४ जेद्दाको रिहाब स्थित एक पाकिस्तानी अन्तर्राष्ट्रिय स्कुलमा भब्यताका साथ सम्पन्न भएको छ ।

    गत ८ मार्च २०२४ शुक्रबारका दिन आयोजित उक्त कार्यक्रममा एसियन प्रान्तका १३-१४ देशका कन्सुलेट हरुका कन्सुलेट दुत तथा कर्मचारीहरु र अन्य नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    जेद्दाका साउदी  प्रीन्सको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा उपस्थित एसियन देशहरूका नागरिकहरुले आ-आफ्नो देशको सांस्कृतिक झल्कने खालका नित्य, संगित, भेषभुषा र खाने कुराहरूको प्रदर्शन गरेका थिए ।

    कार्यक्रममा नेपालको तर्फबाट नेपाली  महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुधन पोखरेल, श्रम सहचारी तम्रराज काफ्ले, साथमा अन्य कन्सुलेटका कर्मचारीहरु, एनआरएनए साउदिका उपाध्यक्ष राज गिरि लगायत अन्य पदाधिकारीहरु, एनआरएनए आरसि जेद्दाका पदाधिकारीहरु, तमु धिँ जेद्दाका अध्यक्ष बेद बहादुर गुरुङ लगायत अन्य पदाधिकारीहरु तथा अन्य समाजसेवी नेपाली दाजुभाइ दिदिबहिनीहरुको उपस्थिति रहेको थियो ।


    स्थानिय कलाकारहरु धिरज आले मगर, नेमा दोर्जे तामाङ, अर्पित मगर, गणेश तमु गुरुङ, गुराँस  राई, सविता पाण्डे, निलम बस्नेत, सिरजला तामाङ, अनिशा बस्नेत, प्रमिला मोक्तान, सुभद्रा तामाङ, सन्तोष बस्नेत हरुले आफ्नो नेपालको सांस्कृतिक झल्कने खालको नित्य प्रस्तुत गरेका थिए ! भने स्टेजमा आफ्नो देशको सान नेपाली झन्डालाई लिएर समाजसेवी मायाँ गुरुङ र समाजसेवी राम राधा घिमिरेले आफ्नो देशको पहिचान दिएका थिए । 

    नेपाली महाबाणिज्य दूतावासको आमन्त्रण तथा संयोजकत्वमा  एनआरएनए उपाध्यक्ष राज गिरिको समन्वय तथा सहकार्यमा नेपाली सांस्कृतिक झल्कने खालका खानेकुराहरु, म.म. , सेल रोटि, गुन्द्रुक भट्टको अचार, जिरा आलुको अचार, टिमुर टमाटरको अचार , तथा नेपाली सांस्कृतिक झल्कने खालका नित्यहरु, मादल र बासुरी धुनका साथमा नेपाली  नित्यहरु  कार्यक्रममा प्रस्तुत गरिएको थियो।

    पाकिस्तान ईन्टरनेशनल स्कुल, ईंग्लिश सेक्सन, रिहाब को प्राङ्गणमा भइरहेको Cultural & Food Festival -2024 को उक्त कार्यक्रममा नेपाल, चाइना, फिलिपिन्स, पाकिस्तान, श्रीलंका, थाइल्यान्ड, सिङ्गापुर,मलेसिया, कोरिया, जापान, ब्रुनाइ, इन्डोनेसिया बाङ्लादेश, का कन्सुलरहरुको सहभागीता रहेको थियो भने सम्पुर्ण देशहरूले आ आफ्नो सांस्कृतिक झल्काउने खालका खानाहरुद्वारा उपस्थित सम्पुर्ण अतिथिहरुलाइ स्वागत गरेका  थिए ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on साउदी अरबको जेद्दामा Cultural  Food & Musical Festival – २०२४ भब्यताका साथ सम्पन्न

    सुदुर पश्चिमेली नेपाली समाज साउदीले नेपाली राष्ट्रिय महिला फुटबल खेलाडीलाई गर्यो १ लाख सहयोग

  • १८ फाल्गुन २०८०, शुक्रबार २३:१० मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरबको जेद्दामा बिगत दुई हप्ता देखि संचालित WAFF Women Championship २०२४ को उपविजेता हुन सफल नेपाली राष्ट्रिय महिला फुटबल टिमको राम्रो खेल प्रदर्शनको उच्च सम्मान स्वरुप सुदुर पश्चिमेली नेपाली समाज साउदी अरबले खेलाडीहरुलाइ सम्मान पत्र र प्रोत्साहन स्वरुप १ लाख रुपैयाँ रकम द्वारा सम्मानित गरेको छ ।


    प्रीमियम र सेमिफाइनल खेलमा लगातार जित हासिल गर्दै २९ फेब्रुअरी २०२४ बिहिवार बेलुकी फाइनल खेलेको नेपाली टिमले खेलमा निकै प्रतिस्पर्धात्मक रुपमा खेलेर २-२ गोल बनाउन सफल भएपनि पेनाल्टी मिस गरि वाफ महिला च्याम्पियनसिप २०२४ को उप बिजेता बन्न पुगेको थियो ।
    नेपाली खेलाडी हरुको उच्च सम्मान र प्रोत्साहन गर्दै खेलको सुरुवात देखिनै साथ सहयोग गर्दै आइरहेको सुदुर पश्चिमेली नेपाली समाज साउदी अरब, नेपाली महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुधन पोखरेल तथा अन्य प्रतिनिधिहरु, र जेद्दा स्थित अन्य संघ संस्थाका प्रतिनिधिहरुले १ मार्च २०२४ शुक्रबारका दिन जेद्दाको विमानस्थलमा गएर स सम्मान साथ सहयोग गरि बिदाई गरेको छ ।


    प्रोत्साहित रकम सुदुर पश्चिम नेपाली समाजका अध्यक्ष खेमराज भट्टको रहोवरमा केन्द्रिय समितिका पदाधिकारी अध्यक्ष स्वयं खेमराज भट्ट, वरिष्ठ उपाध्यक्ष पदम महत, उपाध्यक्ष चक्र मल्ल , महासचिव केशव बहादुर सिंह , सचीव केशब सिंह धामी, कोषाध्यक्ष राजेन्द्र पन्त, सह कोषाध्यक्ष राम बहादुर बिष्ट , केन्द्रिय सदस्य बाबुराम रिजाल, हरी ओझा, दिपक लुहारले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ ।
    नेपाली महिला राष्ट्रिय फुटबल टिमको बिदाई कार्यक्रममा महावाणिज्यदूतावास का महावाणिज्यदूत शत्रुध्वन पोख्रेल , श्रम सहचार्य ताम्राराज काफ्ले, सुदुर पश्चिमेली नेपाली समाजका पदाधिकारी एवं एनआरएनए आरसिसि जेद्दाका पदाधिकारी र जेद्दा स्थित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीको उपस्थिति रहेको थियो।


    बिदेशमा आउँदा खेल मैदानमा होस या स्वागत र बिदाईमा होस यसरी नेपालीहरुले गरेको साथ सहयोग सम्मान लाई खेलाडी टिमले खुशी व्यक्त गर्नुको साथै आभार व्यक्त गरेका थिए ।।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on सुदुर पश्चिमेली नेपाली समाज साउदीले नेपाली राष्ट्रिय महिला फुटबल खेलाडीलाई गर्यो १ लाख सहयोग

    नेपाल भारत साहित्य महोत्सव २०८० सम्पन्न; दाङकी चारुकार सन्जना शर्मा ‘अन्तर्राष्ट्रिय नेपाल भारत साहित्य रत्न अवार्ड २०८०” द्वारा सम्मानित

  • १४ फाल्गुन २०८०, सोमबार १०:१४ मा प्रकाशित
  • गण्डकी प्रदेशको राजधानी पोखरामा “नेपाल भारत साहित्य महोत्सव” (२०८०) सम्पन्न भएको छ । क्रांतिधरा साहित्य अकादमी मेरठ भारतको आयोजनामा उक्त महोत्सव फागुन १०, ११ र १२ गते ३ दिनसम्म चलेको थियोे ।

    उक्त कार्यक्रममा नेपाल लगायत भारतका थुप्रै साहित्यकारहरूको सहभागीता रहेको थियोे । उक्त अवसरमा “कादम्बिनी” नामक संयुक्त चारु सङ्ग्रह लोकार्पण गरिएको थियोे । जसमा नेपालको पूर्वदेखि पश्चिमसम्मका ५७ जना चारुकारहरुको रचना सम्लग्न रहेको छ । जसको प्रकाशकमा नेपाली साहित्यकार विश्व सञ्जाल रहेको छ । डढेलधुरा, रुकुम पूर्व, रूकुम पश्चिम , कैलाली, बाँके , दाङ, गुल्मी, अर्घाखाँची , बागलुङ , पोखरा, लमजुङ ,कपिलवस्तु, नवलपरासी ,रुपन्देही , चितवन , भोजपुर, काठमाडौँ , नुवाकोट , भक्तपुर, सिन्धुपाल्चोक , विराटनगर, इलाम , पाँचथर , बिरगंज , उदयपुर , सर्लाही, धनकुटा , झापा , मकवानपुर , गुहाटी भारत लगायतका जिल्ला तथा ठाउँका साहित्यकारहरुको सक्रियतामा यो कृति बाहिर आएको जनाइएको छ ।

    कार्यक्रममा लमही दाङकी चारुकार एवम् चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशकी उपाध्यक्ष सन्जना शर्मालाई “अन्तर्राष्ट्रिय नेपाल भारत साहित्य रत्न अवार्ड” (२०८०) द्वारा सम्मानित गरिएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज, साहित्य6 Comments on नेपाल भारत साहित्य महोत्सव २०८० सम्पन्न; दाङकी चारुकार सन्जना शर्मा ‘अन्तर्राष्ट्रिय नेपाल भारत साहित्य रत्न अवार्ड २०८०” द्वारा सम्मानित

    सगरमाथा साहित्य प्रतिष्ठानको केन्द्रिय महाधिवेशन सम्पन्न; ‘आभाष’को अध्यक्षतामा नयाँ कार्यसमिति चयन

  • ११ फाल्गुन २०८०, शुक्रबार १४:४७ मा प्रकाशित
  • सगरमाथा साहित्य प्रतिष्ठानको मिति फागुन ६ गते २०८० (सन् 2023 फेबुअरी 18) आईतबारका दिन जुम मार्फत भएको केन्द्रीय महाधिवेशनले अध्यक्ष श्री अजित उत्सव ज्यूलाई स-सम्मान बिदाइ गर्दै संस्थाका केन्द्रीय संरक्षक श्री समर चेम्जोङ ‘आभाष’ ज्यूलाई आगामी कार्यकाल सन् २०२३-२०२५ का लागि नयाँ अध्यक्षका रूपमा सर्व-सम्मत चयन गरेको छ ।


    संस्थाका निवर्तमान अध्यक्ष श्री अजित उत्सवज्यूको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनमा संस्थाका १८ जना पदाधिकारी अजित उत्सव – अध्यक्ष, सरु शितल राई – उपाध्यक्ष, डि एल घिमिरे – महासचिव, सुजन सिरेङ चेङवा लिम्बू – सचिव, राजेशराज गड्तौला – प्रवक्ता, चन्द्र सम्बाहाम्फे लिम्बू – कोषाध्यक्ष, अमन एकल – नेपाल शाखा इन्चार्ज, बुद्धिबल श्रेष्ठ – नेपाल शाखा अध्यक्ष, बबिता बिष्ट – कर्णाली प्रदेश अध्यक्ष, लिली अधिकारी – केन्द्रीय सदस्य, राज यात्री लम्साल – केन्द्रीय सदस्य, युवराज खतिवडा – केन्द्रीय सदस्य, जीरन थुलुङ- भाषा तथा साहित्य विभाग प्रमुख, रोहित कॅुवर – केन्द्रीय सहसचिव, दुरबस्तिको शिशिर रेखी – लेखा विभाग प्रमुख, बिबेक दुलाल क्षेत्री – संरक्षक, समर चेम्जोङ आभाष – संरक्षक, जि. पि. तिवारी – नेपाल शाखा संरक्षकको उपस्थिति रहेको थियो !


    अधिवेशनले नयॅा केन्द्रीय अध्यक्ष चयन गर्नु पहिले निवर्तमान अध्यक्ष श्री अजित उत्सव ज्यूका तर्फबाट संस्थाको जानकारी सहितको प्रतिवेदन, निवर्तमान महासचिव श्री डि एल घिमिरे ज्यूले साङ्‌गठनिक प्रतिवेदन र कोषाध्यक्ष श्री चन्द्र सम्बाहाम्फे लिम्बू ज्यूले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै श्री अजित उत्सवज्यूले प्रस्तुत गर्नुभएको साङ्‌गठनिक प्रतिवेदनमा केही जानकारीहरू र थप सुझाव सहित सर्वसम्मत रूपमा पारित भएको थियो। उक्त समयमा संस्थाका निवर्तमान अध्यक्ष श्री अजित उत्सव तथा महासचिव श्री डि एल घिमिरे ज्यूले संस्थाका सम्पूर्ण सदस्यहरु प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


    कार्यक्रमको सहजीकरण निवर्तमान केन्द्रीय महासचिव डि एल घिमिरेज्यूले गर्नु भएको अधिवेशन युएई समय बेलुकाको ५ बजे देखि राति ८: ३५ बजे सम्म चलेको थियो । उक्त अधिवेशनले ‘आभाष’ लाई अध्यक्ष सहित उल्लेखित सर्जकहरूलाई नयॅा कार्यकालका लागि सर्व सम्मत रूपमा चयन गरेको प्रवक्ता राजेशराज गड्तौलाज्यूले जानकारी गराउनु भएको छ ।

    संरक्षकहरू:

    विवेक दुलाल क्षेत्री दमक: नेपाल
    किरण कौशल मियोङ्बा: पोर्चुगल
    अजित क्षेत्री: द. कोरिया
    सेल्कर पाख्रिन: नेपाल
    शाश्वत ढङ्गाना: युएई
    दूरबस्तिको शिशिर: नेपाल

    कार्यसमिति:

    अध्यक्ष: समर चेम्जोङ आभाष
    वरिष्ठ उपाध्यक्ष: जीरन थुलुङ राई
    उपाध्यक्ष : सरु शीतल राई
    महासचिव: रोहित कुँवर
    सचिव: कुसुम नेपाली, जापान
    सहसचिव: लिली अधिकारी, स्पेन
    कोधाध्यक्ष: काजल राई
    सहकोषाध्यक्ष: अमृता बान्तावा राई
    प्रवक्ता: राजेशराज गड्तौला, नेपाल

    सदस्यहरू:

    अमन एकल: नेपाल
    सुजन सिरेङ चोङ्बाङ: युएई
    चन्द्र सम्बाहाम्फे: नेपाल
    राज यात्री लम्साल: युएई
    सुमित्रा सुमी: नेपाल
    युवराज खतिवडा: नेपाल
    कृष्ण घिमिरे: नेपाल
    डीके किराँती: युएई
    धनक बहादुर मगर: नेपाल
    किरण टी लिम्बु: यूके
    मुन्चे राई: युएई
    आस्था निरौला
    किशोर धिमाल
    मञ्जुल मितेरी: जापान
    नैना सुब्बा बराइली: भारत
    नकुल पौडेल

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज, साहित्यLeave a Comment on सगरमाथा साहित्य प्रतिष्ठानको केन्द्रिय महाधिवेशन सम्पन्न; ‘आभाष’को अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    हामी नेपाल नामक संस्थाद्वारा पर्साको विभिन्न स्थानमा खाद्यन्न तथा लत्ताकपडा वितरण

  • ३ फाल्गुन २०८०, बिहीबार १३:५८ मा प्रकाशित
  • पर्सा-०३, पर्साको जिराभवानी गाउँपालिकामा बालबालिकाको लागि न्यानो कपडा वितरण गरिएको छ । पालिकाको वडा नंं १ स्थित श्री बाल मन्दिर प्राथमिक विद्यालय विन्टोली महादेवपट्टीका बालबालिकाका लागि न्यानो कपडा वितरण गरिएको हो ।


    विद्यालयमा अध्ययनरत ८५ जना विद्यार्थीलाई ट्याक सुट वितरण गरिएको सामाजिक अभियान्ता प्रकाश थारुले जनाए । प्रणय दिवसको अवसरमा पारेर उक्त सामग्रीहरु वितरण गरिएको उनले बताए । हामी नेपाल नामक सस्ंथाले उक्त विद्यालयका बालबालिकाहरुका लागि न्यानो कपडा बाडेँको सामाजिक अभियान्ता थारुको भनाइ छ ।


    सस्ंथाका अध्यक्ष सब्बु पौडेलको अध्यक्षतामा भएको कार्याक्रममा संस्थाका सदस्य सरद पौडेल, भवानी श्रेष्ठ, वडाध्यक्ष रामशरण खवास, समाजसेवी प्रमोद यादव, अजगेवीनाथ चौधरी लगायत विद्यालयका शिक्षक, शिक्षिका, स्थानीय भद्रभलादमीहरुको सहभागिता रहेको थियो ।
    यसैबिच सोही सस्ंथाका सम्पूर्ण आर्थिक सहयोगमा पर्साको धोबिनी गाउँपालिकामा अपाङगता भएका एकजना परिवारलाई खाद्यन्न तथा लत्ताकपडा वितरण गरिएको छ । वडा नंं ३ हरिहरपूर निवासी २३ वर्षका खेमराज पटेललाई खाद्यन्न तथा लत्ताकपडा वितरण गरिएको सामाजिक अभियान्ता थारुले जनाए ।

    Posted in समाजLeave a Comment on हामी नेपाल नामक संस्थाद्वारा पर्साको विभिन्न स्थानमा खाद्यन्न तथा लत्ताकपडा वितरण

    जेद्दामा श्रमिक सचेतना, स्वास्थ्य परिक्षण तथा राहदानी नविकरण कार्यक्रम भब्यताका साथ सम्पन्न ।

  • २० माघ २०८०, शनिबार ०१:४० मा प्रकाशित
  • समर्पण रम्जान

    २ फेब्रुअरी २०२४, शुक्रबार, जेद्दा ! महाबाणिज्य दूतावास जेद्दा तथा गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती जेद्दाको संयुक्त आयोजनामा श्रमिक सचेतना, स्वास्थ्य परिक्षण तथा राहदानी नविकरण, सामाजिक सुरक्षा सम्बन्धी जानकारी कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

    जेद्दा स्थित अल रवाबी क्षेत्रको इनिसियल कम्पनीमा एनआरएनए आरसिसि जेद्दाका अध्यक्ष डिपि अर्यालको सभापतित्वमा एनआरएनए साउदी अरबका उपाध्यक्ष राजकुमार गिरिद्वारा संचालित उक्त कार्यक्रमको प्रमुख अतिथिमा इनिसियल कम्पनीका मोहम्मद जिया , अतिथिहरुमा महाबाणिज्य दूतावासका प्रमुख सत्रुधन पोखरेल, ग्लोबल आइएमइ मिडलस्टका हेड राम क्षेत्री, तथा इनिसियल कम्पनीका अन्य प्रतिनिधिहरु रहेका थिए ।
    शुक्रबार करिब १२ बजे देखि सुरुवात गरिएको उक्त कार्यक्रममा करिब २४० जना नेपालीहरुको बाक्लो उपस्थिति रहेको र २१० जना नेपालीहरुले स्वास्थ्य परिक्षण गराएका थिए । कार्यक्रममा ४६ जना नेपालीहरुले पासपोर्ट नविकरण सेवा लिएका थिए । ३५ जना नेपालीहरुले बैंकिङ सेवा लिनु भएको थियो ।


    जेद्दा अबिर हस्पिटलका डाक्टर तथा नेपाली नर्स हरुद्वारा गरिएको स्वास्थ्य परिक्षण कार्यक्रममा ब्लड प्रेसर, ब्लड सुगर, क्लोस्टेरोल, युरिक एसिड, चेक गर्नुको साथै वरिष्ठ डाक्टरद्वारा परामर्श गरिएको थियो । डाक्टर तथा नर्सहरुद्वारा परिक्षण गरिएको स्वास्थ्य अवस्था बारे लेखी सेवाग्राहीलाई हेल्थ कार्ड प्रदान गरिएको थियो । पासपोर्ट नविकरणका लागि आवश्यक पर्ने अनलाइन फारम भर्न एनआरएन आरसिसि जेद्दाका पदाधिकारीहरुले सहयोग गरेका थिए ।
    बाक्लो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थितिमा संचालित कार्यक्रममा महाबाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्रराज काफ्लेले श्रमिक सचेतना सम्बन्धि बिबिध बिषयमा तयार पारिएको स्लाइडहरु देखाउदैँ बिबिध श्रमिक समस्या तथा समाधानका सम्बन्धमा बृस्तित जानकारी दिनु भएको थियो । त्यसै गरि ग्लोबल आइएमइ मिडलिस्टका हेड राम क्षेत्रीले बैन्किङ्ग साक्षरता सम्बन्धि जानकारी दिनु भएको थियो ।


    उक्त कार्यक्रमका प्रमुख अतिथि इनिसियल कम्पनीका प्रमुख मोहम्मद जियाबाट नेपालीहरुलाइ लक्षित गरि कार्यक्रम राखिएकोम खुशी व्यक्त गर्दै कार्यक्रमले आफ्ना कामदारलाई ठुलो टेवा पुगेको महसुस गर्दै आयोजक टिम महाबाणिज्य दूतावास जेद्दा तथा एनआरएनए आरसिसि जेद्दालाइ हार्दिक अभार गरिएको थियो । यस्तै गरि आयोजक टिमहरुको तर्फबाट कार्यक्रम आयोजना गर्नमा सहयोग गर्नु भएकोमा इनिसियल कम्पनी उपस्थित सम्पुर्ण दाजुभाइ दिदिबहिनीलाई महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुधन पोखरेलले हार्दिक आभार ब्यक्त गर्नु भएको थियो ।
    कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैमा एनआरएनए आरसिसि जेद्दाले आभार प्रकट गरेको छ

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on जेद्दामा श्रमिक सचेतना, स्वास्थ्य परिक्षण तथा राहदानी नविकरण कार्यक्रम भब्यताका साथ सम्पन्न ।

    नेपाली साझा मंच साउदीले गर्‍यो बिश्व साईकल यात्री शुंभप्रसाद शर्माको सम्मान ।

  • २८ पुष २०८०, शनिबार ११:५७ मा प्रकाशित
  • साउदी अरब।
    पृथ्बीमा बड्दो तापक्रमकोसमस्या रहेकोले विश्व जलवायु परिवर्तन विरुद्ध लड्न सचेतना जगाउने उद्देश्यका साथ विश्वव्यापी यात्राको क्रममा धेरै देशहरु घुम्दै साउदी अरब आईपुगेका नेपाली साइकल यात्री शुभप्रसाद शर्मालाई नेपाली साझा मंच साउदीले सम्मान गरेको छ ।

    नेपाल चावहिल,काठमाडौंका यात्री शर्मा जलवायु परिवर्तनको बारेमा सचेतना जगाउनको लागि “पृथ्वी बचाउ” भन्ने नाराका साथ गत १ बैशाख २०८० बाट आफ्नो साइकल यात्रा सुरु गरेका विश्वव्यापी भवानी गोर्खावाच शुभयात्रा अभियान साइकल यात्रामा निस्किदै गर्दा अहिलेसम्म १८ औं देशको यात्रा गर्दै जनचेतनामुलक संदेश दिदै साउदि अरब आइपुगेका हुन् । उनले आगामी ५ वर्षभित्र १५० देशको भ्रमण गर्ने लक्ष्य राखेका छन्।


    जटिल र गम्भीर अवस्था रहेको वातावरणीय अबस्था आम मानिसलाई उनीहरुकै भाषामा बुझाउन चाहेको भन्दै शर्माले आफ्नो आदर्श वाक्य सेभ द प्लानेट प्रचार गर्न साइकल यात्रा रोजेको बताए ।
    “म एक साधारण मानिस हुँ, र यस विषयमा मेरो रुचिको कारणले गर्दा म जलवायु परिवर्तनको संकटबारे सचेत छु। तर कति जना सर्वसाधारण सचेत छन् ? धेरैले अझै पनि यसलाई अफवाह ठान्छन्। म यस ग्रहलाई बचाउन आफ्नो केही गर्न चाहन्थे, त्यसैले मैले साइकलमा संसार घुम्ने निर्णय गरें।
    कुवेत भिसाको पर्खाईमा रहेको उनी अहिले साउदीको पुर्बी क्षेत्र रहेको छन् , उनी भोलि शुक्रबार पानस साउदी अरेबियाले राखेको राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको कार्यक्रममा सहभागिता हुने पिटि अनलाईनलाई जानकारी दिए।

    विभिन्न देश घुम्ने क्रममा बहराइन विशेष रहेको ,त्यहाँको संसद सदस्य सहभागी भएको वृक्षारोपण कार्यक्रम आफू पनि सामेल हुन पाउँदा गर्व लागेको ,त्यहाको स्थानीय सरकार र राष्ट्रिय मिडियाले राम्रो कभर गरेको उनले बताए।

    साउदी बसाईमा यात्री शर्मालाई विभिन्न संघ/संस्था तथा ब्यक्तिहरुले सहयोग तथा सम्मान गरेको छ। उनलाई साउदीमा सक्रिय नेपाली साझा मन्च,साउदी अरेबिया साइकल यात्रा गरि देशको नाम उच्च राख्न सफल भएको भन्दै कदर पत्रद्वारा सम्मान गरिएको संस्थाका अध्यक्ष अन्जान गुभाजुले जानकारी गराएका छन्।
    यात्री शर्मालाई बुधबार साउदीको पुर्बी क्षेत्र दम्मामको काठमाडौं नेपाली रेस्टुरेन्टमा नेपाली साझा मंच संस्थाका अध्यक्ष अन्जान गुभाजु, महासचिव राजु केसी, सचीव डिबि बलामी ,सदस्य दिनेश रम्तेल र काठमाडौं नेपाली रेस्टुरेन्टका संचालक रामु क्षेत्री लगायत ब्यक्तिहरुले अनौपचारिक भेट गरि आर्थिक सहयोग सहित कदर पत्रले सम्मान गर्दै उहाँको आगामी दिनहरुमा विश्व यात्रा मार्फत देश र जनतालाई विश्व सामु परिचित गर्न उल्लेख्य भुमिका रहि रहोस भन्ने शुभेच्छा र आगामी बिश्व यात्रा सरल र सहज होस् भनी कामना गरेका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on नेपाली साझा मंच साउदीले गर्‍यो बिश्व साईकल यात्री शुंभप्रसाद शर्माको सम्मान ।

    लायन मेल्भिन जोन्सको १४५औ जन्म जयन्तीको अवसरमा कम्बल बितरण

  • २८ पुष २०८०, शनिबार ०८:३६ मा प्रकाशित
  • उमेश कुशवाहा वीरगंज- लायन मेल्भिन जोन्सको १४५औ जन्म जयन्तीको अवसरमा कम्बल बितरण गरिएको छ।

    लायन्स क्लब ओफ बिरगंज सेन्ट्रलले, पर्सागढी नपा.-५ जिङ्नाको मुसहर बस्तीका गरिब ,अपाङ्ग ,असहाय , एकल महिलाहरुलाई शितलहरको समयमा न्यानो कम्बल ४० थान वितरण गरिएको छ।

    क्लबको सदस्य मिनाक्षी कर्मचार्य गुप्ता, बिद्या सरावगी, समाज सेवी प्रकाश थारू, स्थानीय अनिल ओझा लगायत भद्रभलादमी हरुको उपस्थितिमा एक कार्यक्रम बीच वितरण गरिएको थारूले बताउनु भयो।

    हरेक बर्ष झै यस बर्ष पनि लायन अन्तराष्ट्रियका संस्थापक लायन मेल्भिन जोन्सको १४५औ जन्म जयन्ती बिश्वभरीनै जनवरी ७ देखी १३ सम्म मनाउने गरिन्छ।

    Posted in समाजLeave a Comment on लायन मेल्भिन जोन्सको १४५औ जन्म जयन्तीको अवसरमा कम्बल बितरण

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P