नवलपरासी – पूर्वयुवराज्ञी हिमानी शाहले देशलाई कसरी अघि बढाउने भनेर एक पटक सोच्ने बेला आएको बताउनुभएको छ । आज शुक्रवार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्वयुवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एक पटक देश विकासका लागि सोच्ने बेला आएको बताउनुभयो ।
उहाँले आय आर्जनका लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाको गरिबी निवारण गर्नुपर्ने बताउनुभयो । युवा र महिलालाई गरिबी निवारण गर्नका लागि नयाँ तरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्वयुवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरूको समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्ने बताउनुभयो ।
पूर्वयुवराज्ञी शाहले भन्नुभयो, ‘नेपाली हुनुको नाताले अब समय आयो, सबै एक भएर सोचौँ, मनन गरौँ कि हामी हाम्रो देशलाई कसरी उत्थान गर्न सक्छौँ, आय आर्जनका लागि दिगो घरेलु उद्योगको सञ्जाल स्थापना गरी त्यसमार्फत युवा र महिला वर्गको गरिबी निवारणमा टेवा, सेवा प्रदान गर्ने कोषको विविध लक्ष्यमध्येको एक हो, यसका लागि नवीन परिवर्तनात्मक तरिकाको खोज अन्वेषण आवश्यक छ । सबै नेपालीलाई निश्चित समयभित्र कोरोनाविरुद्धको खोपको सुनिश्चित गर्न आवश्यक छ । कृषि क्षेत्रमा रहँदै आएका, किसानले भोगिरहेका समस्याको समाधान गरिनुपर्छ, पर्यावरण सन्तुलनका लागि हरित प्रयोग, नेपाल र नेपालीका लागि स्थानीय लक्ष्य, नेपाली वन, नेपाली वस्तु किन ? भन्नेजस्ता नाराहरू आज अझ बढी यथार्थ भएको छ । प्रतिभा पलायन र ज्ञान, सीप एवम् क्षमताबीचको दुरी परिपूर्ण गर्नलाई हामी न त नजरअन्दाज गर्न सक्छौँ, न त यो स्थितिलाई सहेर बस्ने विलासिताको सुविधा नै हामीसँग बाँकी रहेको छ ।’
पूर्व युवराज्ञी शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ नव सुधार गर्दै देशलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो । उहाँले देशको सेवा गरेमात्रै देशले हाम्रो लालनपालन गर्ने भन्दै विकसित देश निर्माणका लागि प्रयत्न गरिरहनुपर्ने बताउनुभयो ।
प्रवासी नेपालीको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशन (कात्तिक ६–८) नजिकिँदो छ । भौगोलिक रूपमा ८० देशमा फैलिए पनि शैली र एजेन्डाको हिसाबले यो साँघुरिंदै गएको देखिन्छ ।
शैक्षिक, सामाजिक, आर्थिक क्षितिज खोज्दै परदेसिएका नेपालीले त्यहाँको स्रोत, सीप, प्रविधि र संस्कारअनुसार आफ्नो पृष्ठभूमिलाई समृद्ध बनाउन सकून्, त्यसका लागि अवधारणा– अनुभव साझा गर्ने अवसर मिलोस् भन्ने उद्देश्यले नै यो संस्था स्थापना भएको हुनुपर्छ । तर, उताका अनुभव सिक्नेभन्दा पनि यतैको राजनीतिक भारीले थिचिएर गैरआवासीय नेपाली अभियान दिशाहीन भएको विश्लेषण गर्नुपर्ने अवस्था आएको छ । नेतृत्व छनोटमा विचारको मन्थन होइन, शक्तिको प्रदर्शन भइरहेका खबर अमेरिकादेखि बेलायत, पोर्चुगलदेखि अस्ट्रेलिया र बेल्जिमयदेखि जपानबाट आइरहेका छन् । आमरूपमा प्रवासी नेपालीहरूको बौद्धिक मञ्च मानिने नेपाली डायस्पोरा बाहुबलीको अखडा बन्ने जोखिम निरन्तर बढ्दै छ ।
खासमा एनआरएनए संस्था मात्रै होइन, अभियान हो । यो अभियानसँग मुख्य दुई पाटा जोडिएका छन्— प्रवासी नेपालीले आर्जन गरेको सीप–पुँजीलाई संगठित गर्नु र सुरक्षित आप्रवासनको ढोका खोल्नु । तर, सामाजिक संस्थाका रूपमा दर्ता भएको एनआरएनको नेतृत्वमा पुग्न राजनीतिक दल र गुटका आधारमा प्रतिस्पर्धा हुन थालेको छ । एउटा महाधिवेशन सकिएलगत्तै अर्को महाधिवेशनको तयारी गर्ने, त्यसका लागि गुट बनाउने, समुदायलाई विभाजित गर्ने खेल हुन थालेको छ । यसले पूर्व अस्ट्रेलियादेखि पश्चिम अमेरिकासम्म भएका नेपालीलाई जोड्ने होइन, तोड्ने प्रवृत्ति विकास भएको छ । अन्तर्राष्ट्रिय सम्मेलनअघि वैचारिक विमर्श गर्ने, समुदायको समृद्धिका अवधारणा र कार्ययोजना बनाउने होइन, पैसाको खोलो बगाउने र मत प्रभावित गर्ने परम्परा बसेको छ । संस्थामा राजनीति यति हाबी भएको छ कि स्वतन्त्र रूपमा उम्मेदवारी र मत दिन पाउने अवस्थाबाट पार्षद्हरू वञ्चित हुँदै गएका छन् । अवसरको खोजीमा बिदेसिएका नेपाली यसरी ध्रुवीकृत भएको खबर स्वदेशका लागि सुखद होइन ।
दलहरूले हस्तक्षेप गर्नुका पछाडि राजनीतिक र आर्थिक पाटो जोडिएका छन् । प्रवासमा भएका झन्डै ९० प्रतिशत युवा वैदेशिक रोजगारीमा रहेकाले आउने–जाने गरिरहन्छन् । उनीहरूलाई संगठित गर्ने र परिवार प्रभावित गरेर भोट बढाउने रणनीति दलहरूको छ । त्यस्तै, प्रवासीहरूको आर्थिक पाटो दरिलो भएकाले उनीहरू आर्थिक सहयोगका बलियो स्रोत पनि हुन् । त्यसैले अचेल दलका सदस्य गाउँमा होइन, प्रवासमा भेटिन्छन् ।
पछिल्ला दुई दशकमा अध्ययन र कामको सिलसिलामा मुलुकबाहिर पुगेका नेपालीको संख्या ४० लाख नाघिसकेको छ, सँगै उनीहरूका साझा सवाल पनि बढिरहेका छन् । तिनलाई संस्थागत हिसाबले अगाडि बढाउने एनआरएनएको उद्देश्य प्रशंसनीय नै छ । भूकम्प, नाकाबन्दी र कोभिड महामारीको समयमा एनआरएनएले खेलेको भूमिकाले संस्थाको महत्त्व थप बढाएको छ । संस्थाको संगठन, आर्थिक हैसियत, पहुँच र प्रभाव विस्तार भइरहेकाले यसमा आफ्नो उपस्थति र पकड बढाउन नेपालका राजनीतिक दलको प्रयत्न पनि बढ्दै गएको छ । जसरी स्वदेशभित्र सामुदायिक हितका लागि खोलिएका सामुदायिक वन उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समिति, आमा समूह र पेसागत सञ्जालमा दलीय प्रभुत्व बढेको छ, त्यही शैली प्रवासमा पनि देखिएको छ ।
प्रवासमा सबै राजनीतिक दलका भ्रातृ संगठनले खुला रूपमै आफ्नो क्रियाशीलता बढाउँदै लगेका छन् । कुन देशमा कसको संगठन बलियो छ भनेर देखाउन पनि एनआरएनएको मञ्च प्रयोग भइरहको छ । उम्मेदवार जिताउन दलीय नेता ठेकेदार नै बन्ने प्रवृत्ति देखिएको छ । त्यसको प्रत्यक्ष समन्वय र निगरानी राजनीति दलका ‘हेडक्वार्टर’ बाट गर्न थालिएको छ । जरादेखि नै दलले आफ्नो पकड जमाउन खोज्दा प्रवासमा नेपाली–नेपालीबीच वैचारिक विमति मात्रै होइन, कुटाकुटै भइरहेको छ । नेपालीको छवि धुमिल्याउने यस्ता घटना सिंगो देशका लागि दुर्भाग्यपूर्ण छन् ।
एनआरएनएमा भएको दलीयकरणको दोष दलका नेताहरूलाई दिएर मात्र पुग्दैन, सबैभन्दा पहिले प्रवासी अभियन्ताले सोच्नुपर्छ, संस्थाको उम्मेदवार बन्न दलको ढोका–ढोका पुग्नुपर्ने अवस्था किन आयो ? स्वच्छ र पारदर्शी ढंगले छनोट भए नेतृत्वमा पुग्ने, नसकेमा आफ्नो दैनन्दिन काम गरेर परिवार, संस्था र समाजलाई सकेको योगदान गर्न नसक्ने अभियन्ताको बाध्यता के हो ? व्यक्तिगत स्वार्थपूर्तिका लागि पैसा पेलेर आमप्रवासीलाई भर्याङ बनाउँछु भन्ने नेतृत्वलाई दलका नेताले भर्याङ बनाउन सक्छन् । त्यसैले एनआरएनए सत्ताको भर्याङ होइन, प्रवासी नेपालीको विश्वासकेन्द्र बन्नुपर्छ । सामाजिक–आर्थिक एकता र समृद्धिको मूल उद्देश्यलाई केन्द्रमा राखेर न्यायपूर्ण सामाजिक काममा अगाडि बढ्नुपर्छ । त्यसले मात्र संस्थाको छवि सुधार्ने, सदस्यको आत्मविश्वास बढाउने र देशको समृद्धिको साझेदार हुने वातावरण बन्न सक्छ । सारांश कान्तिपुर पत्रिका
नुवाकोटका अर्जुन (नाम परिवर्तन) तीन वर्षअघि साउदी गए । दूधे बालक, श्रीमती तथा परिवारको उज्ज्वल भविष्यका लागि विदेशिएका उनको चार महिनादेखि श्रीमतीसँग मनमुटाव सुरु हुन थालेको थियो । आफूले पठाएको पैसा कहाँ कति बचत गरेका छौ ? केमा खर्च भएको छ ? भन्ने कुराहरूमा उनले खोजीनीती गर्न थाले । यस्ता प्रश्नमा श्रीमती झर्किन थालिन् । केही समयपछि उनले थाहा पाए, गाउँमा श्रीमतीको अर्कै केटोसँग प्रेम सम्बन्ध रहेछ । उनले धेरै सम्झाएको बताए । अनि कराए पनि । श्रीमतीले आफू गलत नभएको तर्कले जितिरहिन् । उनै श्रीमतीले गत वर्ष घरमा सासूससुरा र दुई बच्चा छोडी त्यही केटासँग दोस्रो बिहे गरिन् । उनले दोस्रो बिहे गरेर गइन् । परिवारमा बच्चाहरूको बिचल्ली भयो । दोस्रो विवाह गरेर गएको केटाको अर्को पनि श्रीमती भएकाले उनको सम्बन्ध धेरै समय टिक्न सकेन । यता ससाना बच्चा हुर्काउन गाह्रो भएकाले बाबुआमाको कुराबमोजिम अर्जुनले आफ्नी श्रीमतीलाई पुनः घरमा ल्याए । काभ्रेका दीपक (नाम परिवर्तन) गैरसरकारी संस्थामा काम गर्थे । स्टाफ नर्ससँग बिहे भयो । बिहे भएपछि श्रीमतीले अस्ट्रेलिया जान रहर गरिन् । दीपकको पनि यताको जागिर र सानोतिनो व्यवसाय भएकाले केही समयपछि आउने कुरा गरे । ३५ लाख रुपैयाँ खर्च गरेर चैतमा अस्टे«लिया पठाए । गएको दुई महिनापछि उनलाई श्रीमतीको व्यवहार फरक लाग्न थाल्यो । उनीहरूबीच मनमुटाव सुरु भयो । उनको अस्टे«लियामा अरु केटासँग लिभिङ टुगेदरमा रहेको भन्ने दीपकले शंका गरेका थिए । श्रीमतीको त्यही केटासँग माया-प्रेम गाढा हुन थालेपछि उनी डिभोर्स गर्ने सुरमा असोजमा नेपाल फर्किइन् र अदातलमा डिभोर्सको प्रक्रिया अगाडि बढाइन् । अरु दसैँको रमझममा हुँदा दीपक डिभोर्सको कालोमसी पुछ्दै थिए । उनले श्रीमती मात्र गुमाएनन्, बिहेमा भएको १५ लाख रुपैयाँ खर्च, अस्टे«लिया पठाउँदा लागेको ३५ लाख खर्च, सामाजिक प्रतिष्ठा र इज्जत पनि गुमाएका थिए । तनहुँका शिव (नाम परिवर्तन)ले बिहे गरेपछि केही समय गाउँमै कामको सुरसार गरे । तर भने जस्तो कुनै काम मिलेन । सहरतिर झर्ने कि भन्ने सुर पनि नचलेको होइन तर साथीभाइहरू साउदी-कतार हिँडेपछि उनी पनि साथीहरूकै सरसल्लाहमा दुबई गए । श्रीमती प्लस टु पढ्नका लागि बजार झरिन् । उनले नियमित रूपमा श्रीमतीलाई पैसा पठाउँदै गए । तीन वर्षको अवधिमा करिब ११ लाख रुपैयाँको हाराहारीमा पैसा पठाएको उनी बताउँछन् । श्रीमती सबै पैसा बैंकमा भएको बताउँथिन् । उनी नेपाल फर्केपछि बजारमा घडेरी किन्ने सरसल्लाह भएको थियो । तर जुन दिन उनी नेपाल फर्किइन्, न त उनले श्रीमती भेटे, न त दुबईमा दुःख गरेर पठाएको पैसा नै । उनले फोन गर्दा नम्बर स्वीच अफ थियो । उनी विदेश गएको चार महिनापछि अर्कै केटासँग उनको लभ परेछ । पछि उसै केटोसँग घरजम गरिसकेको थाहा भयो । अहिले शिव के गर्ने भनेर केही सोच्नै नसक्ने विक्षिप्त अवस्थामा छन् । यी माथिका घटना प्रतिनिधिमूलक घटना मात्र हुन् । वैदेशिक रोजगारीले दम्पतीबीच खाडल ल्याइदिएको छ । यी महिलाबाट पुरुष पीडित भनेर देखाइएका कथा होइन । विदेश जाने पुरुष नै धेरै भएको हुँदा महिलाको कमजोरी जस्तो देखिएला तर यो सामाजिक-मनोवैज्ञानिक समस्या हो । विदेशमा पुरुषको पनि परस्त्रीसँग नाजायज सम्बन्ध हुन सक्छ । पुरुषले महिलाप्रति जति चियोचर्चो गर्छ, नियन्त्रण गर्न खोज्छ महिलाले पुरुषप्रति गर्दैनन् । यौन सम्बन्धको पवित्रताबारे सोच्नैपर्ने भएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार अहिले करिब ५६ प्रतिशत घरमा रेमिट्यान्स पुगेको छ भने देशकै जीडीपीलाई योगदान गर्ने महत्वपूर्ण कारकका रूपमा रेमिट्यान्स रहेको छ । बिस्तारै विभिन्न मुलुकहरूमा नेपाली दाजुभाइहरू जाने क्रम बढेको छ । यसमा महिलाको संख्या पनि थपिँदै छ । अहिले पनि करिब ३० लाख हाराहारीमा नेपाली दाजुभाइ विदेशमा छन् । घर, परिवार, श्रीमान्-श्रीमती बालबच्चाबाट टाढा हुँदा यसको सामाजिक लागत त धेरै महँगो भएको छ । साथसाथै वैदेशिक रोजगारीमा गएका दाजुभाइ अहिले पनि विभिन्न भाषागत समस्या, नियम कानुन थाहा नभएका कारण झण्डै ५ हजारभन्दा बढी विदेशको जेलमा रहेका छन् । तीजको रमझममा सबैको मुख मुखमा झुण्डिएको गीत हो, ‘मै छोरी रुँदै रुँदै बेसी मेलैमा ।’ छ । श्रीमान्को लामो आयु, प्रगति र उन्नतिका लागि व्रत गर्ने पुरानो परम्परामा बिस्तारै परिवर्तन हुँदै छ । नयाँ नयाँ आयामहरू पनि थपिएका छन् । यो आफैँमा सुन्दर पाटो हो । महिलाहरू घरको काममा मात्र सीमित थिए । अहिले पनि महिलालाई बाहिर निस्किन खासै दिइँदैन । घरभन्दा बाहिर उनीहरुको कमै पहुँच हुन्थ्यो । महिला भनेको घरायसी काम, खेतीकिसान गर्ने र पारिवारिक साधनका रूपमा व्याख्या गरिन्थो । घरमा बिहान उठेदेखि दैलो कसेर गर्नुपर्ने, श्रीमान्लाई चिया-खाना तयार गर्ने, बालबच्चाको स्याहार-सुसार गर्ने व्यक्तिको पहिचान थियो, महिलाको । यसमा यसले व्यापक नै परिवर्तन नआए पनि सुधारोन्मुख छ भन्न सकिन्छ । समयको चक्रसँगै महिलाको शिक्षाको स्तर, जनचेतना स्तर, रोजगारी, प्रजजन अधिकार, सम्पत्तीमा अधिकार जस्ता कुरामा महिला बलियो हुँदै छन् । पितृसत्तात्मक सोच भत्काउनैपर्छ । भत्किँदै पनि छ, जुन आफैँमा एउटा ठूलो उपलब्धि हो । समयको परिवर्तनसँगै परिवारमा दर्द पीडा बढेका पनि छन् । यौन अधिकारप्रति संकुचित बुझाइले गर्दा महिलाप्रति आरोप लाग्ने गर्छ । घरपरिवार टुटेका, सम्पत्ती रित्तिएका, पारिवारिक विखण्डन भएका प्रशस्तै उदाहरण बढेका छन् । पहिले पुरुषहरुबाट यस्तो अत्याचार हुन्थ्यो, अहिले महिला पनि सशक्त भएका छन्, यसमा । जो र जसबाट भए तापनि आखिरी हिंसा हिंसा नै हो, जुन सर्वथा गलत हो । सबै घरायसी र पारिवारिक उल्झनहरुको उपचार अदालतबाट नै हुन्छ भन्ने छैन तर पनि पुरुषका लागि यी कुराहरूको सुनुवाइ हुने ठाउँ छैन । सामान्यतया अहिले पनि पीडक पुरुष नै हुन्छ भन्ने गहिरो सामाजिक मान्यताका कारण तमाम समस्या बताउनका लागि पुरुषलाई समाजले वर्जित गरिदिएको छ ।
पुरुष प्रधान देशमा पुरुषहरू रुनसमेत नहुने भन्ने मान्यता स्थापित हुँदा न त पुरुषहरू यो मान्यतालाई परिवर्तन गर्न सकेका छन्, न त समाजमा पीडा र विरहबारे बोल्न सक्छन् ।
पुरुषहरुको सन्दर्भमा उनीहरूले आफ्नो पीडा बताउने कुनै समय, स्थान, माध्यम, संगीत, गीत छैन । महिलाहरूलाई जसरी तीजमा माइती वा नजिकको आफन्तकोमा गई आफ्ना कुराहरु राख्ने स्थान छ। त्यसै गरी पुरुषहरुलाई पनि कुनै माध्यम र समय जरुरत हुन थालेको महसुस हुन्छ । महिलाहरुका लागि तीज सँगसँगै आम महिलाहरूका लागि अन्तर्राष्ट्रिय महिला दिवस रहेको छ । पुरुषहरूको त्यस्तो कुनै ठाउँ नै छैन जहाँ उनीहरू जम्मा होऊन्, मनमा भएका तमाम कुरा भन्न सकून, धित फुकाएर रुन पाऊन् जसको सुनुवाइ पनि भइदियोस् । सायदै पुरुषहरूले पनि यस्ता समस्या भोग्नुपर्छ, पुरुषहरू पनि पीडित हुन्छन् भन्ने कहीँकतै कल्पना नै गरिएको थिएन कि ?
पुरुष घरपरिवारको मुख्य अभिभावक बनाइएका कारण त्यसको बोझले परिवारको तमाम आवश्यकता पूरा गर्न ऊ हर दिन-रात खट्नुपरेको छ । छोराछोरीको लालनपालन, उच्च शिक्षा, श्रीमती र घरपरिवार बुबाआमाको राम्रोसँग हेरचाह त उसकै जिम्मेवारी नै भयो । समाजमा सामाजिक तथा राजनीतिक भूमिकामा समेत उसले आफूलाई स्थापित गराउनुपर्ने कारण वास्तवमै पुरुषहरू धेरै जिम्मेवारीबाट थिचिएका हुन्छन् । जसलाई आदानप्रदान गर्ने कुनै थलो आजसम्म विकास नभएकाले पनि उनीहरू यी र यावत् कुराहरू मनमा थिचेर राखेका हुन्छन् ।
परिवार व्यवस्थापन र परिवारभित्र हुने अनावश्यक मनमुटाव, कलह, सासू-बुहारी, दाजुभाइबीच हुने अनावश्यक घरझगडाले ठूलो मानसिक तनाव दिएको हुन्छ । समय परिवर्तन हुँदै जाँदा अब ‘मै छोरी रुँदै रुँदै बेसी मेलैमा’ जसरी नै ‘मै छोरो रुँदै रुँदै साउदी जेलैमा’ भन्ने गीत पनि बजारमा आउन जरुरी छ ।
२१ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नेलगायतका आफूसँग भएका समझदारी कार्यान्वयन नगरे जुनसुकै बेला सत्याग्रह शुरु गर्ने चेतावनी दिएका छन् । सोमबार विज्ञप्ति जारी गरी उनले भनेका छन्, ‘स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने लगायतका हामीसँग भएका समझदारीका बुँदाहरु तत्काल कार्यान्वयन गर्न पनि माग गर्दर्छौं । यी मागहरु पूरा नगरी सरकारले अहिलेकै निष्क्रियता, लाचारी र अनियमितता कायम राखेमा कुनै पनि बेला सत्याग्रह शुरु गर्ने जानकारी पनि गराउन चाहन्छौं ।’ केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलनको पहिलो चरण टुंग्याउने बेला भएको सहमति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसँग गरेको स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने र पदाधिकारी नियुक्तिका नयाँ मापदण्ड बनाउने लगायतका पाँच बुँदे समझदारी तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि हामी गत एक दशकदेखि निरन्तर संघर्षमा छौं । यसबीच बारम्बार सरकारले हामीहरुसित सम्झौता गरे पनि तिनको इमान्दार कार्यान्वयन हुन सकेको छैन । पछिल्लो समय धरानस्थित बीपी प्रतिष्ठानमा चलेको आन्दोलनपछि आन्दोलनकारीहरुसित भएको सम्झौता कार्यान्वयन नगरेका कारण अस्पतालको सेवा नै अवरुद्ध हुने गम्भीर अवस्था सिर्जना भएको छ । साथै बीपी प्रतिष्ठानका हकमा भएका सम्झौता कार्यान्वयन लगायत हामीसँगको भेटमा प्रधानमन्त्रीले समझदारी गरेको तीन साता बितिसक्दा पनि त्यस अनुसार कुनै काम भएको छैन । उल्टै माफियाहरुको स्वार्थमा बारम्बार चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई दबाब दिएर आयोगको आकस्मिक बैठक बोलाउने प्रयास गरिएको छ । स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका स्वास्थ्य राज्यमन्त्रीलाई अहिलेसम्म पदबाट हटाइएको छैन । यसबाट सरकार मेडिकल शिक्षा क्षेत्रका समस्या समाधान गर्नेभन्दा पनि झनै बल्झाउने दिशामा गएको देखिन्छ । यो अवस्थामा अहिलेको सत्तामा रहेका पार्टी, तिनका नेता तथा नेताका परिवारका सदस्यहरुसित साँठगाँठ रहेका तथा आपराधिक पृष्ठभुमिका माफियाहरुले देशभरका निजी मेडिकल कलेजहरु किनिरहेका छन् । त्यस्तो किनबेचले राजनीतिकर्मीहरुले भ्रष्टाचार गरेर थुपारेको कालो धन माफियाहरुमार्फत मेडिकल कलेजमा लगानी भइरहेको भन्ने आशंकालाई गम्भीर बल पुर्याएको छ । नागरिकले लाखको कारोबार गर्दा स्रोत खोज्ने राज्य र बैंकिङ प्रणाली अरबौं रुपैयाँको यस्तो शंकास्पद किनबेच भइरहँदा मौन बस्नुले थप शंका जन्माएको छ । साथै मेडिकल कलेज खरिदबिक्रीका क्रममा भएका करार उल्लंधन लगायतका अन्य खालका अनियमितताहरु र त्यसका कारण राज्यलाई पर्न गएको क्षतिबारे पनि बारम्बार मिडियामा समाचारहरु आएका छन् । २०८५ सालपछि कानुनतः मेडिकल कलेजहरु गैर नाफामुलक हुनु पर्ने व्यवस्था रहेकोमा त्यसको कार्यान्वयन तयारी गर्नुको बदला सत्तारुढ दलका नेताहरु तथा तिनका परिवारका सदस्यले अरबौंको कालो धन मेडिकल शिक्षामा खन्याइरहेको देखिन्छ । यस्तो अनैतिक र अवैध कामको तत्काल रोकेर सम्पत्ति शुद्धीकरण विभागले आम्दानीको पारदर्शी स्रोतविना शंकास्पद रुपमा अरबौंमा मेडिकल कलेज किन्नेहरुको सम्पत्तिमाथि तत्काल छानविन गरोस् भन्ने माग राख्न चाहन्छौं । यदि त्यसो नगर्ने हो भने भ्रष्ट, अपराधी र माफियाहरुको अहिलेको सरकारसितको साँठगाँठ पुष्टि हुनेछ । त्यो अवस्थामा माफियाहरुमार्फत कालो धन मेडिकल कलेजमा लगानी गर्ने नेताहरुको नामै तोकेर आन्दोलनमा उत्रिन हामी बाध्य हुनेछौं । हाल अदालतमा चलिरहेका मेडिकल शिक्षासम्बन्धी मुद्दामा सम्मानित अदालतले मेडिकल शिक्षाको संवेदनशीलता र सुधारको प्रयासलाई समेत आत्मसात गरेर न्याय दिनेछ भन्ने हाम्रो विश्वास छ । साथै बीपी प्रतिष्ठानको आन्दोलनको पहिलो चरण टुंग्याउने बेला भएको सहमति तथा हामीसित प्रधानमन्त्रीले गरेका स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने र पदाधिकारी नियुक्तिका नयाँ मापदण्ड बनाउने लगायतका पाँच बुँदे समझदारी तत्काल कार्यान्वयन गर्न तथा विभिन्न स्वार्थ समुहहरुको तर्फबाट चिकित्सा शिक्षा आयोगलाई नाजायज दबाब नदिन समेत सरकारको ध्यानाकर्षण गराउँछौं । स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने लगायतका हामीसँग भएका समझदारीका बुँदाहरु तत्काल कार्यान्वयन गर्न पनि माग गर्दर्छौं । यी मागहरु पूरा नगरी सरकारले अहिलेकै निष्क्रियता, लाचारी र अनियमितता कायम राखेमा कुनै पनि बेला सत्याग्रह शुरु गर्ने जानकारी पनि गराउन चाहन्छौं । डा.गोविन्द केसी काठमाडौं, २०७८।५।२१
लाहुरे दाइ । महाबौद्ध गल्लीले उनलाई दिएको नाम हो, यो । तर, नाम जस्तै रवाफिलो भएन उनको जिन्दगानी । थाप्लोमा आफ्नो ज्यानभन्दा दोब्बर तौलको भारी नबोकी उनको डेढ बित्ताको पेट भरिंदैन । नाथे त्यही पेटले उनलाई यो जुनीमा भरिया बनाइदियो । साँघुरा गल्लीहरूमा जोवन बित्यो । औंला भाँचेर हिसाब गर्दा २६ वर्ष बितेछ । यहाँ त्यस्तो गल्ली नहोलान्, जहाँ उनको पदचाप नछाडिएको होस् । यस्तो कुना-काप्चा नहोलान्, जहाँ उनको पसिनाले नभिजेको होस् । थाप्लोमा १०० केजीको बोझ उचालेर उनी कहाँ मात्र पुगेनन् ? गोदामदेखि गोदामसम्म, गल्लीदेखि गल्लीसम्म । तर, योभन्दा बाहिरको संसार कस्तो छ ? उनले देख्न, सुन्न, भोग्न पाएनन् । महाबौद्धका गल्लीहरूमा जुग बिताइरहँदा दरबारमार्गसम्म निस्केर रसरंग साट्ने वा चोभारसम्म पुगेर शीतल हावा खाने फुर्सद कहिल्यै मिलेन । फेरि पनि केही गुनासो छैन यो सुकिलो शहरमा उनले कहिल्यै रंगीन सपनाहरू विछ्याएनन् । न त दुःखका सुस्केराहरू नै सुनाए । आफ्नो पीडा आफैंभित्र समेटेर रातहरू गुजारे । उनलाई न कसैप्रति गुनासो छ, न कुनै आकांक्षा । आफ्नो हाड-छाला घोटेर जहान-परिवारलाई सुखको गाँस ख्वाउन पाए पुग्छ । अरू केही चाहिंदैन । राम्रो लुगाफाटो लगाउने, मीठो-मसिनो खाने, घुमफिर-रमाइलो गर्ने कुरा उनको भागमा परेन । हरेक बिहान आफूसँगै ब्युँझने दुःख र अभावसँग पौंठेजोरी खेल्दा-खेल्दै घाम डुब्छ । अनि, सस्तो होटल खोजेर भरपेट भात खायो, रहल-पहल पैसाले दुई ट्वाक रक्सी घुट्क्यायो । असनको डेरामा पुगेर घुप्लुक्क पल्टियो । मस्त निद्रा लाग्छ । कच्ची घरमा छ डेरा । भाडा, महीनाको चार हजार रुपैयाँ । दुई भाइ बस्छन् । त्यहाँ ओछ्यान र केही लुगाफाटो छ । खाने-पिउने बाहिर नै हुन्छ । बिहान ४ बजे निद्राले छाड्छ । धर्तीमा उज्यालो छरिएकै हुँदैन, नाम्लो बोकेर उनी कोठाबाट निस्कन्छन् । महाबौद्ध नजिकै मन्दिरमा पुग्छन् । त्यहाँ फाट्टफुट्ट साथीभाइ जम्मा हुन थाल्छन् । आपसमा भलाकुसारी हुन्छ । घरका कुरा, दुःखसुखका कुरा साट्छन् । कोही चिया पिउन थाल्छन्, कोही चुरोटको तलतल मेट्न । थर्मसमा चिया बोकेर बेच्दै र साइकलमा पत्रिका बाँड्दै हिंड्नेहरू देखापर्छन् । सटरहरू खुल्छन् । क्रमशः मान्छेका पदचाप बढ्दै जान्छन् । भीड बाक्लिन्छ । अनि फेरि उही धपेडी, हतारो, कोलाहल, धूलो, गन्धले छोप्छ यो गल्लीलाई । थाप्लोमा जति गह्रौं बोझ, उति हलुंगो मन जति गह्रौं बोझ उचाल्न पाइन्छ, लाहुरे दाइको मन उत्ति नै हलुंगो हुन्छ । सय केजीको भारी उचालेर उनी सयौं पाइला हिंड्छन् । एउटा भारी बोकेको सय रुपैयाँ । ‘कहिले दिनमा दुई-चार सय पनि हुन्छ’ उनी सुनाउँछन्, ‘कहिले त रित्तै ।’ एक दिन होइन, पाँच-छ दिनसम्म पनि काम पाइँदैन । ‘पैसा नहुँदा दुई/चार दिनको लागि उधारो भात खाइन्छ’ लाहुरे दाइ सुनाउँछन्, ‘हामी खाएर भाग्दैनौं ।’ कतै १२० रुपैयाँमा भरपेट मासुभात खान पाइन्छ, कतै १५० रुपैयाँमा । कहिले नेपाल बन्द, कहिले आन्दोलन, कहिले भूकम्प, कहिले लकडाउन । यस्ता यस्तै दिनहरूले पनि उनको रोजीरोटी खोसिदियो । उनका यी आँखा साक्षी छन्, शहरले थुप्रै राजनीतिक उथलपुथल भोगे । नारा-जुलूस भए, भाषण गरिए । तर, ती सबै केका लागि ? कसका लागि ? उनले छेउटुप्पो पत्तो पाएनन् । उनले गाइँगुइँ सुनेका छन्, ‘देशको शासन बदलियो, व्यवस्था बदलियो ।’ तर, उनको जीवन ? जस्ताको तस्तै छ । दुःख र अभाव ज्यूँका त्यूँ छन् । नाम्लो बोकेर यो गल्लीमा पाइला टेक्दै गर्दा उनी लक्का जवान थिए । अहिले त समयले उनको ताकत खाइसक्यो, रुपरंग खुइल्याइदियो । बाबुराम अनि लाहुरे भए लाहुरे दाइको खास नाम बाबुराम थामी । घर, दोलखाको कालिञ्चोक गाउँपालिका । घरमा दुःख र अभावको चाङ थियो । खान-लाउन सधैं धौ-धौ । भोक र अभावले लखेटेपछि उनले गाउँ छाडे । शहर पसे । ‘काठमाडौंतिर काम हुन्छ रे भन्यो’ उनी सुनाउँछन्, ‘साथीहरू आए, आफू पनि आइयो ।’ तर, शहरमा के गर्ने ? हातमा सीप छैन । पढाइको प्रमाणपत्र छैन । साथीभाइले मिलाइदिए, ज्यामी काम । दैनिक ज्यालादारीको काम । एक दिनको ज्याला, २५ रुपैयाँ । खट्नुपर्ने, ७ घण्टा । हुन त जमाना पनि त्यस्तै थियो । ६ रुपैयाँमा एक केजी चामल पाइन्थ्यो । मट्टीतेल तीन रुपैयाँ लिटर । स्टोभमा पकाएर खाने चलन थियो । दुःखजिलो गरेर दुई छाक खान सकिन्थ्यो । तर, आफू मात्र पालिएर भएन । घर-परिवारको चुल्हो कसरी बाल्ने ? बिहेवारी भएकै थिएन । ‘केटी मागिसकेको थियो’ उनी सुनाउँछन्, ‘बिहे गर्ने टुंगो भएको थिएन ।’ एक वर्ष जति ज्यामी काम गरेर घर फर्किए । बिहे गरे । लगत्तै शहर फर्किए । ज्यामी कामले जीवन चल्दैन भन्ने टुंगोमा पुगेपछि उनी महाबौद्धको गल्लीमा छिरे । उनलाई साथीभाइले सुनाएका थिए, ‘भारी बोकेर धेरै कमाइन्छ ।’ अन्ततः उनी नाम्लो बोकेर भारी खोज्दै हिंडे । भारी बोकेरै उनको बैंस गुजि्रयो । बेलाबखत घर जान्छन्, फेरि शहर र्फकन्छन् । यो उपक्रम वर्षौंदेखि उस्तै छ । बोझको अंकगणित ‘त्यसबेला महाबौद्धबाट ५० केजीको भारी बोकेर कालीमाटीसम्म पुर्याउँदा २५ रुपैयाँ पाइन्थ्यो’ उनी सुनाउँछन्, ‘मरीमरी सय केजी बोक्दा ५० रुपैयाँ हुन्थ्यो । यसरी दिनमा त्यस्तै एक, दुई सय कमाइन्थ्यो ।’ जतिबेला जवान थिए, त्यसबेला १५० केजीसम्मको भारी उचाल्थे उनी । सामान्यतः १२० केजीको भारी बोक्नैपर्ने हुन्थ्यो । यत्तिका बोझ उचालेर हजारौं पाइला हिंड्नुपर्ने, सात-आठ तला माथि उक्लनुपर्ने । ‘तर, मरुञ्जेल बोकेर पनि पैसा धेरै हुँदैनथ्यो’ उनी सुनाउँछन्, ‘त्यही चालीस-पचास रुपैयाँ मात्र ।’ तर, महँगी बढ्दै गयो । कोठाको भाडा बढ्यो । होटलको खानाको मूल्य बढ्यो । अनि उनीहरूले भने, ‘लु पसिनाको हिसाब भएन, अलि पैसा बढाइदिनुपर्यो ।’ त्यसपछि एउटा भारी बोकेको ६० रुपैयाँ भयो । अर्को वर्ष ७० रुपैयाँ पुग्यो । ‘७० रुपैयाँमा हामीले लामो समय भारी बोकिरहृयौं’ उनले भने, ‘पछि यतिले हामीलाई खान पनि नपुग्ने भयो भनेपछि ८० रुपैयाँ बनाइयो ।’ दिनमा ८-९ भारी बोकेर भोटेबहालसम्म पुर्याउनुपर्ने । खुट्टा दुखेर हैरान । उनीहरूले फेरि पसिनाको मूल्य बढाइदिन भने । ‘बल्ल अहिले एउटा भारी बोकेको सय रुपैयाँ पाउन थालिएको छ’ उनी सुनाउँछन्, ‘त्यो पनि सबैले हाँसीखुशी दिंदैनन्, कचकच गर्छन् ।’ यसरी दुःखजिलो गरेर आर्जन गरेको पैसा थोरबहुत जोगाएर घर पठाउन पाए परमसन्तोष मिल्छ । ‘कहिलेकाहीं १० हजार, १५ हजार रुपैयाँ घरमा पठाइन्छ’ उनी भन्छन्, ‘त्यसले घरको दुःख टर्छ ।’
शरद् शर्मा कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको जनस्वास्थ्यविद्ले जनाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबको एक महिना अर्थात् असोज दोस्रो हप्ता सङ्क्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ । तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर हुने विज्ञले बताएका छन् । निषेधाज्ञा खुकुलो र चाडपर्व सुरु भएसँगै आउजाउ बढेको र जनस्वास्थ्य सुरक्षा मापदण्ड लागू नगर्दा तेस्रो लहरको जोखिम बढेको बताइएको हो । अहिले जनस्वाथ्यका मापदण्ड लागू नगर्दा गत साउनदेखि उकालो लागेको कोरोना भाइरस सङ्क्रमण दर अहिले पनि जारी छ । गत साउन १ गते दुई हजार ९३६ मा कोरोना भाइरस सङ्क्रमण देखिएकामा गत साउन ७ गतेसम्म आइपुग्दा दुई हजार ७१४ जना सङ्क्रमित पुगेका छन् । यस्तै हिजो (शुक्रबार) दुई हजार ६५, भदौ १० गते दुई हजार ४३३, भदौ ९ गते दुई हजार ४८२, भदौ ८ गते दुई हजार ५२५ सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको बताए । “सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गरे भने तेस्रो लहर आउने सम्भावना कम हुन्छ”, उनले भने, “तेस्रो लहर नेपालमा भित्र्याउने कि नभित्र्याउने, कस्तो भेरियन्ट ल्याउने भन्ने जनताको हातमा छ ।” भीडभाडमा हिँड्ने, जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने हो भने नेपालमा पनि तेस्रो लहर नआउने भन्न नसकिने उनको भनाइ छ । उनले सरकारले मात्र सङ्क्रमण नियन्त्रण गर्न नसकिने भन्दै सर्वसाधारणले पालना गरेको मापदण्डका आधारमा सङ्क्रमण नियन्त्रण गर्न सकिने जानकारी दिए । गत वर्ष निषेधाज्ञा खुला भएसँगै सर्वसाधारणले जनस्वास्थ्यमा मापदण्ड लागू नगरेकाले गत चैतमा दोस्रो सातादेखि दोस्रो लहरको सङ्क्रमण फैलिएको थियो । दोस्रो लहरमा मुलुकमा धेरै नै मानवीय क्षति भएको थियो । नेपालमा अहिले कोभिड–१९ को डेल्टा भाइरस रहेका छन् । सङ्क्रमणको चौथो तह मन्त्रालयका प्रवक्ता डा.पौडेलका अनुसार अहिले नेपालमा समुदायस्तरमा सङ्क्रमण फैलिरहेको छ । “अहिले समुदायस्तरमा सङ्क्रमण मजाले फैलिरहेको छ । यसरी फैलिनु भनेको देशको सबै भागमा सङ्क्रमणको तेस्रो वा चौथो तह भन्ने बुझिन्छ”, उनले भने, “कुनै पनि जिल्ला वा गाउँमा सङ्क्रमण छैन भन्ने अवस्था छैन । सङ्क्रमण फैलिरहेको हुनाले कति सचेत भएर रोक्न सक्छौँ भन्ने कुरा हो ।” उनले तेस्रो लहरका लागि अहिले मानिसमा बनेको रोग प्रतिरोधात्मक क्षमताले कति काम गर्छ भन्ने अध्ययनका क्रममा रहेको जानकारी दिए । पाँच/छ महिना अघि खोप लगाएका मानिसको पनि रोग प्रतिरोधात्मक क्षमता घटेकाले तेस्रो लहरसँग सचेत हुनुपर्ने बताए । “अहिले भन्दा कमजोर भेरियन्ट आए समस्या हुँदैन”, उनले भने, “तर अहिलेको भन्दा बलियो आए समस्या आउन सक्छ ।” पीसीआर परीक्षण गर्दा अहिले १९.५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमित सबैले परीक्षण नगराउँदा पनि सङ्क्रमणको एकीन तथ्याङ्क बाहिर नआएको मन्त्रालयले जनाएको छ । अहिले पनि सामान्य रुघाखोकी, ज्वरो आएका मानिस परीक्षण गराउन नगएकाले घरमै सङ्क्रमित रहेको मन्त्रालयका प्रवक्ता डा.पौडेलले जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.अनुप बाँस्तोलाले मानिस आफैँ सचेत भएर सङ्क्रमणलाई रोक्नुपर्ने बताए । उहाँले दैनिक १० देखि २० जना अस्पतालमा आइसकेको भन्दै खोप लगाएका मानिसबाट पनि सङ्क्रमण सर्नसक्ने भएकाले स्वास्थ्यको मापदण्ड लागू गर्न आग्रह गरे । मन्त्रालयले तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय्यालगायतका पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले उनीहरुका लागि सघन उपचार कक्ष र भेन्टिलेटर तयारी अवस्थामा राख्न निर्देशनसमेत दिएको छ । मन्त्रालयले कामै नपरी घर बाहिर निस्किने, अनावश्यक रुपमा जमघट गर्ने जस्ता कार्य गर्दा कोरोना फैलिएर तेस्रो लहर नआउला भन्न सकिन्न । त्यसैले जिम्मेवार नागरिक भई भीडभाड भएको ठाउँमा नजान र घरबाट निस्किँदा सधै सही तरिकाले मास्क लगाउन र एक अर्काबीच कम्तीमा दुई मिटरको दूरी कायम गर्न मन्त्रालयले आग्रह गरेको छ । साँझ ८ बजेपछि एक समूह जोगियो मन्त्रालयका प्रवक्ता डा पौडेलले साँझ ८ बजेपछि होटेल रेष्टुरेन्ट बन्द गरेर एउटा समूह सङ्क्रमणको जोखिमबाट जोगिएको उनको भनाइ छ । “रेष्टुरेन्टमा बसेर खाना, खाजा खानेले मास्क लगाउँदैनन्”, उनले भने, “तर साँझ ८ बजेपछि रेष्टुरेन्ट बन्द हुँदा एउटा समूह सङ्क्रमणको जोखिमबाट जोगिएको छ ।”
तीजको व्रत निकै राम्रो प्रतीकात्मक प्रेमको चाड बन्न सक्थ्यो— यदि श्रीमान्–श्रीमती दुवैले एकअर्कालाई माया गरेर उपवास बसेका भए । तर श्रीमतीहरू श्रीमान्को लामो आयु होस् भनेर व्रत बसेको दिनमा, मीठो खानेकुरा पकाइन भनेर गाली गर्ने, झर्कने, फन्कने श्रीमान्हरू पर्याप्त पाइन्छन् । कतिपय श्रीमान् त त्यो दिन आनन्दसँग होटलमा बसेर पेटभरी खान्छन् । उस्तै परे मदिरापान गरेर लड्खडाउँदै घर आउँछन् र उसैको नाममा भोको बसेकी श्रीमतीलाई भकुर्न समेत बेर लगाउँदैनन् ।
पञ्चमी व्रतको सम्पूर्ण दार्शनिक पक्ष नै महिलाको शरीरलाई अपमानित गर्न बनाइएको छ । महिलाहरू विचार गर्नुस् त; रजस्वला भएर तपाईंले कुनै पवित्र वस्तुलाई छुनुभयो भने तपाईंहरू पापको भागीदार ठहरिनुहुन्छ । यदि रजस्वला भएकी स्त्रीले छोएको कुराले नै महिलाहरू पापी हुने भएको भए त सम्पूर्ण मानव जातिको अस्तित्व नै पापमय भयो भन्ने मान्न सकिन्छ । किनभने गर्भ रहँदा त्यही रज रोकिन जान्छ र भ्रूण आमाको पाठेघरभित्र बढ्दै जान्छ । त्यही रजबाट बनेको बच्चा कसरी पवित्र भयो होला त ? मलाई १२ वर्षको उमेरमा पहिलो चोटि रजस्वला भएको थियो । भोलिपल्ट दशैं परेकोले मैले मीठो खान, राम्रो लाउन, दशैंको दक्षिणा पाइन्न भन्ने डरले यो कुरा कसैलाई पनि भनिनँ । दशैंको टीका थाप्ने, दक्षिणा लिने, मन्दिर जाने, सबै गरें । त्यो बेलामा मैले पाप गरेर भगवानले सात कक्षाको जाँचमा फेल गराइदिन्छन् कि भन्ने अलिअलि डर थियो । तर सात कक्षामा राम्रैसँग पास भएपछि मलाई ‘ए भगवान रिसाएका रहेनछन्’ भन्ने लाग्यो । त्यसपछि म महीनावारी सम्बन्धी सम्पूर्ण अन्धविश्वास र मान्यता तोड्न पुगें । म के कुरामा विश्वास गर्न थालें भने भगवानले दिएको यो शरीरलाई कसरी प्राकृतिक प्रक्रियाबाट गुज्रिंदा अपवित्र मान्न सकिन्छ ? यदि धार्मिक मान्यतामा विश्वास गर्ने हो भने पृथ्वी देवी, सूर्य भगवान र किताब सरस्वती हुन् । उनीहरूलाई नछोएर कसरी बस्ने ? पञ्चमी व्रतको लागि पण्डितजीहरूले कुनै विज्ञानसम्मत तर्क दिनुभएको खण्डमा भिन्दै कुरा नत्र महिलाले आफ्नो शरीर र प्राकृतिक प्रक्रियालाई नै पाप भनेर पखाल्नका लागि क्षमा माग्दै पूजा गर्ने हो भने उनीहरूले कसरी आफ्नो अस्तित्वप्रति गर्व गर्ने होला ? आफ्नो विवाहको प्रथम वर्षमा तीजको व्रत लिएकी मेरी एकजना दिदी पूजा गर्न हाम्रो घरमा आएकी थिइन् । म बेलुकीपख स्कूलबाट आएर बासी भातमा लसुन, प्याज, जीरा हालेर भुटी मीठो मानेर खाइरहेकी थिएँ । दिदी भान्सामा आइन्, मेरो थालमा लोभलाग्दो आँखाले हेरिन् । मैले ‘खाने ?’ भनेर सोधें । ‘अँ’ भनेर भुटेको भात चार गाँस मुखमा हालेपछि, तीजको व्रत बसेकी दिदी छिटोछिटो गाँस निल्दै, मुख कुल्ला गरेर पूजा गर्ने ठाउँमा गइन् । मेरी दिदीलाई अहिलेसम्म पनि म जिस्क्याउँछु । ००० यदि कुन्तीले तीजको व्रत बस्नु परेको भए कसको नाममा बस्थिन् होला ? आफ्ना नपुंसक पति पाण्डुको नाममा वा ती देवताहरू जो उनका सन्तानका बाबुहरू थिए ! द्रौपदीले पाँच जना पतिको नाममा तीजको व्रत बस्दा शायद २४ घन्टालाई पाँचले भाग गरेर हरेक श्रीमान्को लागि घन्टा–घन्टामा बस्थिन् कि ? इन्द्रबाट बलात्कारको शिकार भएकी अहिल्यालाई उनका ऋषि पतिले छोडिदिएपछि पनि, तीजको व्रत बस्दा ती ऋषिको आयु लामो होस् भनेर बस्थिन् कि ? यस्ता प्रश्नहरू सोधियो भने शायद हिन्दू धर्म वा संस्कृति विरोधी भनेर हप्काइएला । महिलाले पुरुषको लागि व्रत लिन्छन् र पुरुषको आयु बढ्छ भने महिलाको लागि पुरुषले व्रत लिएर महिलाको आयु बढाउने काम किन नगर्ने भनेर प्रश्न सोधेमा त यो समाजमा भूकम्पै जाला । धर्म, कर्म, संस्कृतिका सबै कर्म, व्रत आदि महिलाले गर्नुपर्छ भनेर उनलाई अघि सारिन्छ । अनि जब दान, धर्म गर्दा पैसा लिने कुरा आउँछ पुरोहितहरू जहिले पनि पुरुष हुन्छन् । ‘पुरुषहरूको शरीर पवित्र हुन्छ, महिलाको शरीर नछुने हुने भएकोले अपवित्र हुन्छ’ भन्ने जस्ता तर्क गरिन्छ । महिलाको शरीरलाई अपवित्र मान्ने पुरुषले कसरी विचार गर्ला कि त्यो अपवित्र शरीरले व्रत बस्दा उनको आयु बढ्छ ? हिन्दू संस्कृतिमा पुराना र नयाँ सबै उपवास प्रायः महिलाले गर्छन् । चाहे सत्यनारायणको पूजा होस्, चाहे सन्तोषी माताको व्रत । पुरुषहरूले व्रत बसेको कहिल्यै सुनिएको छ ? ४४ वर्षको उमेरमा मेरी आमा विधवा हुनुभयो । उहाँलाई कुनै तीजको व्रत, कुनै ऋषि पञ्चमीको व्रत, कुनै प्रदोष वा कुनै चतुर्दशीको व्रतले पनि विधवा हुनबाट बचाउन सकेन । मेरी आमा जस्तै मेरी ठूलीआमा, फुपू बज्यै, सुदूरपश्चिममा बालविवाह भएका कतिपय दिदीबहिनी र काकीहरू छन् । किन उनीहरूको श्रीमान्को आयु बढेन होला ? किनभने पञ्चमीको दिनमा व्रत बसेर, पूजा गरेपछि महिलाले रजस्वला हुँदा कुनै पवित्र वस्तुलाई छोएर पाप गरेको छ भने त्यो पखालिन्छ भन्ने मान्यताले गरिन्छ । त्यसरी महिलाको शरीरको प्रक्रियालाई नै अपमानित गर्ने ‘व्रत’ बसेर महिलाले के आफ्नै अस्तित्वलाई अपमानित गरिरहेका छैनन् ? मेरो आमाका दौंतरीहरू– काकी, ठूलीआमा तीजको व्रत बसेर पूजाआजा गर्छन्, चढाइएका फलफूल, दक्षिणा, वस्त्र आदि सबै पुरोहितलाई खुशीसाथ दिन्छन् । किन महिला पुरोहितहरूलाई त्यो दान नदिएको होला, त्योतर्फ पनि कहिल्यै हामीले विचार गरेका छौं ? जुन दिन महिलाहरू पतिको लामो आयुको लागि व्रत बसेका हुन्छन् त्यही दिन कतिपय पुरुष भट्टीमा आफ्नो कलेजो जलाएर मदिरापान गर्दै हुन्छन्, कतिपय पुरुष पाँचतारे होटलमा बसेर आनन्दसँग मासुभात खाइरहेका हुन्छन् । कुनै पनि पुरुषले ‘मेरी महिलाले व्रत बसेकी छिन् म पनि उनलाई साथ दिन्छु’ भनेर कसैले भनेको छ ? एकजना प्रबुद्ध पुरुषले मलाई भनेका थिए, ‘विदेशीहरू हाम्रो संस्कृतिको कति आदर गर्छन् । तीजको बेलामा रातो लुगा लगाएर महिलाहरू मन्दिर जाँदा कति भव्य दृश्य देखिन्छ । कति श्रद्धा गर्दा रहेछन् महिलाहरूले आफ्ना पतिलाई भनेर विदेशीले भन्छन् ।’ उनको कुरा सुनेर मैले भनें, ‘विदेशीलाई एक दिनको रमाइलो होला तर तीजको व्रत बस्ने कुरा त दर्शनसँग जोडिएको छ, जसले नारी जातिलाई अपमान गर्छ । यदि त्यो कुरा विदेशीलाई बुझाउन पाए वा किन पुरुषहरूले चाहिं महिलाको लागि व्रत बस्दैनन् भनेर ती विदेशीले सोधे भने के भन्नुहुन्छ ?’ मेरो कुरा सुनेर ती प्रबुद्ध नागरिक चुप भए । मैले अर्को प्रश्न गरें– ‘श्रीमतीले तीज, पञ्चमीको व्रत बस्दा तपाईं पनि व्रत बस्नुहुन्छ ?’ ती नागरिकले मलाई ठूलो आँखाले हेरे, ‘कस्ती नास्तिक रहिछ्यौ ? कस्तो मूर्खतापूर्ण प्रश्न ? कहिल्यै लोग्नेले पनि स्वास्नीको लागि व्रत बस्छन् ? हाम्रो धर्मग्रन्थमा यसरी पुरुष पनि व्रत बस्छन् भनेर लेखिएकै छैन’ ती प्रबुद्ध नागरिक फटाफट् हिंडे । यसको अर्थ थियो उनी आफ्नी श्रीमतीको लागि व्रत बस्ने काम गर्दैनन्, उनी त केवल आफ्नी श्रीमती व्रत बस्दा मात्रै खुशी हुन्छन् । किन होला धर्मग्रन्थमा केवल महिलाहरूको लागि व्रत बनाइएको ? कि पुरुषहरू यति कमजोर हुन्छन् कि एक दिन भोकै बसे बिरामी भइहाल्छन् ? यदि त्यसो हो भने त कति महिलाहरू गर्भावस्थामा, बिरामी हुँदा, लामो यात्रा गर्दा पनि अन्न–जल नखाएर बसेकै हुन्छन्, पतिको दीर्घायुको लागि । बिरामी महिलाले बसेको बिरामी व्रतले कसरी पतिको आयु बढाउँछ होला ? बिरामी भएर प्याकप्याक परेको बेलामा, गर्भावस्थामा गर्भको शिशुले पानी दे, खान दे भनेर गर्भवती आमालाई पानी र खानेकुरा मागिरहँदा त्यस्तो आत्माले विलौना गरेर बसेको व्रतले कहींं धर्म हुन्छ ? कहीं पतिको आयु बढ्छ ? तीजको व्रतलाई अब आधुनिकीकरण गर्नु परेको छ भनेर आवाज पनि उठिरहेका छन् । त्यो पनि गज्जबै छ । तीजको दिनलाई आफ्ना गहना, लुगा देखाउने; अनेक किसिमका लिपिस्टिक र शृंगारको होडबाजी गर्ने अर्को चलन पनि आउन थालेको छ । मेरो छिमेकीले तीजको दरमा कुखुरा काट्छ भने म खसी काट्छु वा मेरो छिमेकीले घरमा आफ्ना चेलीबेटीलाई बोलाउँछ भने म त होटलमा बोलाएर खुवाउँछु भन्ने होडबाजी चल्न थालेको छ शहरी क्षेत्रमा । त्यसैले त तीजका लागि विशेष गहना र लुगाहरू बजारमा आउँछन् र नचाहँदा नचाहँदै पनि किनिन्छन् धाक र रवाफ देखाउन । उपहारहरूलाई पनि पैसासँगै तौलेर हेर्ने चलन बढेको छ । कसैलाई स्नेहपूर्वक चुरा वा सारी दिइयो भने (सस्तो खालको दिइयो भने) आलोचना पनि गर्छन् । यसरी पैसासँग मात्र तुलना गरेपछि त प्रेमको के महत्व रह्यो र ? यसरी एकातिर नारीहरूलाई अपमानित गरिरहेको छ भने आधुनिकीकरण भएको तीजको नाममा यस पर्वको व्यापारीकरण भइरहेको छ । तर, दुवै ठाउँमा महिला मौन छन् । उनीहरूलाई अपमानित र व्यापारीकरण भएको थाहै छैन । मैले तीजको व्रत कहिल्यै पनि लिइनँ । किनभने म व्रत बसेर पतिको आयु बढ्छ भन्ने कुरामा विश्वासै गर्दिनँ । म त पतिको मोटोपन घटाउने सल्लाह दिएर, योग र व्यायाम गर्न उत्प्रेरित गराएर, चुरोट र रक्सी छोड्न आग्रह गरेर पतिको आयु बढाउन सकिन्छ भन्ने कुरामा विश्वास गर्छु ।
साउदी अरब | नेपालीहरुको नाम जोडेर गठन गरिएको सँस्थाहरु गैर राजनितिक भन्छन् तर त्यहाँ जति राजनितिक सायद राजनितिक पार्टीमा पनि त्यति साह्रो हुँदैन होला । राजनितीले गैर आवाशिय नेपाली सङ्घ मात्रै होइन नेपाल रेडक्रस सोसाइटी जस्तो पबित्र सँस्था अन्य थुप्रै सँस्थाहरु राजनितिक पार्टीको झोले भाईरसहरुको कृडास्थल बनिसकेको छ । पार्टीको बिभिन्न कमिटीमा आबद्ध ब्यक्तिहरु नै नेपाल रेडक्रस सोसाइटी र गैर आवाशिय नेपाली सङ्घ र अन्य थुप्रै सँस्थाहरुको उच्च ओहोदा पदासिन रहेको छ । यसको ज्वलन्त उदाहरण भनेको नेपाल रेडक्रस सोसाइटी र गैर आवाशिय नेपाली सङ्घमा देखिरहेको छ ।
अहिले गैर आवाशिय नेपाली सङ्घ साउदी अरबले बिभिन्न सङ्घ सँस्थाहरुसङ्ग सहकार्य समन्वय गर्ने निती लिएको छ यो साह्रै सह्रानिय र मनन योग्य छ र आगामी दिनहरुमा पनि यस्तो निती रहिरहोस जसले नेपालीहरुमा परेको समस्याको र नेपालमा भैपरि आउने बिपदलाई समाधान गर्न सक्छौं । यस्तो बिपदको बेलामा सबै सँस्थाको हातेमालो अति महत्वपुर्ण छ र हुने छ । गैर आवाशिय नेपाली सङ्घ साउदी अरबको यो कदमले उत्प्रेरणा हौसला थपेको छ भने एकता नै बल हो भन्ने दोश्रो कोभिडको महामारीमा अक्सिजन सिलिण्डर अभियानले पनि देखाएको छ यो सह्रानिय पनि छ ।
केहि बर्ष पहिले एउटा बादशाहले गैर आवाशिय नेपाली सङ्घ साउदी अरबमा हालीमुहाली चलाउँदा अन्य सँस्था र सँस्थाको प्रतिनिधीहरुलाई मान्छे नै नगन्ने र अरु सँस्थाहरुको अस्तित्व स्विकार नगर्ने अहमता घमण्डले ओतप्रोत भएको एउटा बादशाहको शासन थियो, अहिले बादशाहको अन्त्य भएर सबै सँस्थासङ्ग हातेमालो गर्ने अभियान ल्याउँदा अरु सँस्थाहरुले एकता पहललाई सहर्ष स्विकार गर्नु पर्छ भन्ने लाग्छ तर एउटा बादशाहको अन्त्य हुँदा अर्को बादशाहको जन्म नहोस भन्ने सजग र सतर्कता अपनाउन जरुरी छ । मैले जे बोले पनि ठिक भन्ने हिजोको हुकुमी शैली जस्तो नयाँ पदाधिकारी हुनु भएन । स्पष्ट भनौं गैर आवाशिय नेपाली सङ्घ साउदी अरबमा हुकुमी शासनले अरुको अस्तित्वलाई स्विकार गर्न नसक्ने दम्भि भएर नै दमाममा अन्तर सँस्था समन्वय समितीको गठन भएको हो भन्दा सायद दुईमत नहोला नै । अन्तर सँस्था समन्वय समितीको उद्देश्य ठिक छ । सङ्गठित र शक्ति नै बल हो भन्ने कुरा बिगतको केहि महिना अघिको महाबिर पुन जिको आबिष्कार केन्द्रलाई रु. ३६०००० ( तिन लाख साट्ठी हजार ) दिएको महान कार्यले देखाएको छ । सबै सँस्थासङ्ग हातेमालो गरेर अगाडी बढेमा हामी माथी आईपरेको समस्याहरु सहजै समाधान गर्न सक्ने छौं भन्ने पनि लाग्छ । अबको नेतृत्व हिजो कै बादशाह हुकुमी शैलीमा नभै नेपाल मजदुरको जनजनमा उत्कण्ठ हुने लायकको बन्नु पर्छ हरेक सँस्थाहरुसङ्ग सहकार्य र समन्वय अनि अन्तर्कृया गरेर अगाडी बढ्नु पर्छ जस्तो लाग्छ । यहाँ एकले अर्कोलाई उछितो काड्ने र एकले अर्कोमा बैमनस्यता फैलाएर अनेकतामा उभिएमा पक्कै नेपालीहरुको हित हुने छैन त्यसैले गैर आवाशिय नेपाली सङ्घ साउदी अरब लगायत सबै सङ्घ सँस्थाहरु एकताबद्ध भएर हातेमालो गरेर अगाडी बढेमा अझ हाम्रो बिच भाईचारा नाता प्रगाढ रहने छ ।
मैले पनि जिवनमा राम्रो काम सिक्ने अवसर दिएको यो समाज नै हो र नराम्रो काम सिकाउने पनि यो समाज नै । मेरो गल्ति छैन भन्न सकिन्न तर राम्रो काम सिक्ने प्रयासमा छु सिक्ने छु अनि गलत कामलाई छोडेर सकरात्मक कदमलाई अगाडी बढाउन हर प्रयत्न गरिरहने छु । म दानव होइन मानव भएर जिउने प्रयत्न गरिरहने छु । मैले जिबनमा गल्ति गरेछु भने गल्ति औंल्याई दिनु होला ता कि मैले आफ्नो गल्ति स्विकारेर अगाडी बढ्न पाओस । गल्तिहरुबाट नै पाठ सिकेर हरेक कदमहरु नयाँ उद्देश्यका साथ सकरात्मक बिचार लिएर मिर्मिरे बिहानीको उदय हुने गर्दछ । मलाई लाग्छ एक अर्कामा आरोप प्रत्यारोप के का लागी ? सबै जना सल्लाह गरेर एक आपसमा भाईचाराको नाता राखेर अगाडी बढेमा हाम्रो समाजको भबिष्य उज्ज्वल छ नत्र कम्पनीमा काम गर्न आको हो काम गरौं यो शत्रुतापुर्ण ब्यबहार बन्द गरौं । जय नेपाली ।
(प्रस्तुत कर्ता विगत लामो समय देखी साउदी अरबलाई कर्मथलो बनाई आफ्नो व्यबसाय संचालन् गर्दै सामाजिक कार्यहरूमा निरन्तरता दिँदै आउनु भएका एक सफल व्यबसायी तथा सामाजिक अभियान्त हुनुहुन्छ।)
१३ साउन, काठमाडौं । देशभरका विद्यालय बन्द भएको तीन महिना पुग्यो । कोरोना महामारीको दोस्रो लहर आएपछि सरकारले १३ वैशाखदेखि विद्यालय बन्द गरिएको थियो । २८ वैशाखमा उच्च विन्दुमा पुगेको दोस्रो लहरको संक्रमण क्रमशः कम भएपछि विभिन्न तहका परीक्षाहरु सञ्चालन भए तर शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठन पाठन भएको छैन । तर पछिल्ला दिनमा दैनिक संक्रमितको संख्या उकालो लागेको छ र मंगलबार झण्डै ४ हजार पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, कोरोना संक्रमणबाट हालसम्म १९ वर्षसम्मका ९१ बालबालिकाको मृत्यु भइसकेको छ । दैनिक १० प्रतिशतभन्दा बढी बालबालिकामा कोभिड–१९ को संक्रमण देखिने गरेको छ । संक्रमणको डरले लामो समय घरमै थुनिएका बालबालिकामा मानसिक असर पर्न सक्नेबारे अभिभावकहरु चिन्तित छन् । साथीसँगीसँग खेल्ने, रमाउने, सिक्ने, पढ्ने लगायत गतिविधि हुने मुख्य थलो विद्यालय कहिले खुल्छ भन्ने टुंगो छैन । तर जनस्वास्थ्य विज्ञहरुले भने संक्रमणको जोखिम कायमै रहेकोले भौतिक रुपमा विद्यालय खोल्न हतार गर्न नहुने बताएका छन् । उनीहरुले सरोकारवाला पक्षसँग छलफल गरी प्रभावकारी ‘प्रोटोकल’ र ‘गाइडलाइन’ तयार गरेर मात्रै विद्यालय खोल्न सुझाव दिएका छन् । विद्यालय बन्द रहेकै अवस्थामा पनि दैनिक १० प्रतिशतभन्दा बढी बालबालिकामा संक्रमण पुष्टि हुने गरेको भन्दै हचुवाको भरमा विद्यालय खोल्न नहुने उनीहरुको चेतावनी छ । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन जोखिम कायमै रहेकोले विद्यालय खोल्न उपयुक्त नहुने बताउँछन् । ‘कोरोना संक्रमण दर २० प्रतिशतभन्दा माथि छ’, भन्छन्, ‘जोखिमको हिसाबले यो उच्च नै भएकाले अहिले विद्यालय खोल्नु हतार हुन्छ ।’ नेपालमा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न सक्ने अवस्था उनी देख्दैनन् । त्यसैले सावधानी अपनाएर विद्यालय खोल्न सक्ने/नसक्नेबारे सरोकारवालाहरुले सुझबुझका साथ निर्णय लिनुपर्ने उनको सुझाव छ । डा. पुनका अनुसार पहिलो लहरको तुलनामा दोस्रोमा बढी संक्रामक र मृत्यु गराउन सक्ने भाइरसको नयाँ भेरियन्टका कारण बालबालिका धेरै प्रभावित बनेका छन् । निषेधाज्ञाका कारण लामो समयदेखि बालबालिका घरमै बस्नु, सामाजिक घुलमिल नहुनु र शैक्षिक संस्था पूर्ण रूपमा बन्द हुँदा समेत दैनिक झण्डै १० प्रतिशत बालबालिका संक्रमित हुनुलाई डा. पुन निकै खराब संकेत मान्छन् । अर्का संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला विद्यालयबाट बालबालिकाले भाइरस बोकेर घर–घरमा पुर्याउने ठूलो जोखिम हुने बताउँछन् । स्वास्थ्य मापदण्ड पालना गर्ने सवालमा बालबालिका त्यति गम्भीर पनि नहुने उनको भनाइ छ । अहिले देखिएको भेरियन्टले बालबालिकालाई त्यति गम्भीर नबनाएको भएपनि एक घरबाट ५० औं घरमा संक्रमण सार्ने उच्च जोखिम रहेको उनले बताए । ‘बालबालिकाका लागि भ्याक्सिनको व्यवस्था छैन, तर कोरोनाको नयाँ–नयाँ भेरियन्ट देखा पर्ने सम्भावना प्रवल छ’, डा. कोइराला भन्छन्, ‘संक्रमण फैलिने क्रम पनि उच्च नै रहेको अवस्थामा विद्यालय खोल्दा गल्ती नै हुन सक्छ ।’ विदेशमा जस्तो पूर्ण स्वास्थ्य मापदण्ड पालन हुने अवस्था नेपालमा नरहेको उनको विश्लेषण छ । ‘सबै अभिभावकले खोप नपाइसकेको अवस्थामा बालबालिकाका लागि प्रयोग गरिने खोप अनुसन्धानकै अवस्थामा छ’, उनी भन्छन्, ‘जीवनभन्दा ठूलो कुरा अरु नभएकोले अहिले विद्यालय नखोली विभिन्न विकल्प अपनाएर पठनपाठनलाई निरन्तरता दिनु नै बुद्धिमानी हुन्छ ।’ अर्का संक्रामक रोग विशेषज्ञ डा. किरणराज पाण्डे भने भिडभाड हुने अन्य क्षेत्र खुला गरेर विद्यालय मात्र बन्द गर्नुलाई युक्तिसंगत देख्दैनन् । उनी स्वास्थ्य मापदण्ड अपनाएर, भीडभाड कम हुनेगरी माथिल्लो तहको कक्षा सञ्चालन गर्दा हुने देख्छन् । भन्छन्, ‘त्यसपछि देखिने असरको आधारमा तल्ला कक्षाहरु खोल्ने/नखोल्ने निर्णय गर्न सजिलो हुन्छ ।’ के भन्छन् विद्यालय सञ्चालक ? निजी विद्यालयका प्रतिनिधिमूलक संगठन प्याब्सन र एन प्याब्सन पनि तत्काल भौतिक उपस्थितिमा विद्यालय खोल्ने पक्षमा छैनन् । संक्रमणको जोखिम कायमै रहेकोले अहिले नै विद्यार्थीलाई उपस्थिति गराएर विद्यालय खोल्ने पक्षमा आफूहरु नरहेको उनीहरुको भनाइ छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरी संक्रमण १५ सयको हाराहारीमा आउँदा जोखिम युक्त ठाउँ पहिचान गरी आलोपालो प्रणालीमा विद्यालय खोल्ने तयारी थालेपनि अहिले संक्रमण बढेकाले भौतिक रुपमा विद्यालय खोल्ने अवस्था नरहेको बताउँछन् । महामारीमा भर्चुअल माध्यममा जोड दिन सरकारलाई उनको सुझाव छ । वैकल्पिक माध्यमबाट पठनपाठन निरन्तर गर्न सरकारले विद्यार्थीलाई सहुलियतमा इन्टरनेट, ग्याजेट, ल्यापटप, ट्याब्स लगायतका उपकरण उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने पुरीले बताए । नेपाल टेलिकमसँग समन्वय गरेर विद्यार्थीलाई १०–०४ बजेसम्म निःशुल्क इन्टरनेटको सुविधा दिने व्यवस्था मिलाउन सके प्रभावकारी हुने उनको भनाइ छ । एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा सबै क्षेत्रको जोखिम निस्तेज भएपछि मात्र विद्यालय खोल्नु उपयुक्त हुने बताउँछन् । विद्यालयहरुमा मात्र संक्रमणको जोखिम छ भनि ठान्नु गलत हुने भन्दै उनले बालबालिकासम्म संक्रमण पुग्ने अन्य क्षेत्रलाई पनि रोक्नपर्ने उनले बताए । के भन्छन् अभिभावक नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी ‘प्रोटोकल’ र ‘गाइडलाइन’ बनाएर मात्रै विद्यालय सञ्चालन गर्नुपर्ने बताउँछन् । विद्यालयमा तहगत, भूगोलगत स्वास्थ्य मापदण्ड बनाएर संक्रमणको आधार हेर्दै विभिन्न मोडालिटीका ‘प्रोटोकल’ र ‘गाइडलाइन’ बनाउनुपर्ने उनको सुझाव छ । स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ), जनस्वास्थ्यविद लगायत सरोकार पक्षको सुझाव समेटेर ‘प्रटोकल’ र ‘गाइडलाइन’ तयार पार्नुपर्ने उनको भनाइ छ । सबै क्षेत्रलाई जोखिमको एउटै नजरले हेर्न नमिल्ने भन्दै अध्यक्ष भण्डारीले संक्रमण कम भएका जिल्लाहरुमा स्थानीय तहले त्यसको मूल्यांकन गरेर विद्यालय सञ्चालन गर्न सक्ने बताए । ‘जहाँ कम विद्यार्थी छन्, भौतिक दूरी कायम गर्न सकिन्छ, त्यहाँ जोखिम कम छ’, अभिभावक महासंघका अध्यक्ष भण्डारी भन्छन्, ‘त्यस्ता ठाउँमा विद्यालयहरु खोलेरै शैक्षिक गतिविधि गर्न सकिन्छ ।’ सरकारी तथ्यांकअनुसार, देशभर ३६ हजार विद्यालय छन् । तीमध्ये १५ हजारमा एक सयभन्दा कम विद्यार्थी छन् । १० हजार विद्यालयमा ५० जनाभन्दा कम विद्यार्थी छन् । ४ हजार विद्यालयमा २५ जनाभन्दा कम विद्यार्थी छन् । घनावस्ती नभएका, कम विद्यार्थी भएका विद्यालयहरु स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने भण्डारीले बताए । भर्चुअल माध्यम प्रभावकारी नदेखेका अध्यक्ष भण्डारी अन्य मोडालिटीमा सरकारले तत्परता नदेखाएको बताए । ‘मध्यमार्गी विधि अपनाऊँ’ शिक्षाविद डा. विद्यानाथ कोइराला भने कोरोना महामारीको समयमा शैक्षिक गतिविधिलाई चलायमान बनाउन मध्यमार्गी बाटो अपनाउन सुझाव दिन्छन् । शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय समझदारीविना विद्यालय खोल्नु उपयुक्त नहुने भन्दै उनले अनलाइन कक्षा जस्ता वैकल्पिक शिक्षण विधि त्यति प्रभावकारी नदेखिएकोले मध्यमार्गी अपनाउन सुझाव दिए । ‘विद्यालय खोल्दा संक्रमणको डर छ, समाधानको उपाय छैन । स्वास्थ सुरक्षाको ग्यारेन्टी नभएर शिक्षक, विद्यार्थी, अभिभावक डराए भने पनि विद्यालय खोल्न मिल्दैन’, उनी भन्छन्, ‘त्यसैले मध्यमार्गी उपाय अपनाएर शैक्षिक गतिविधि चलायमान बनाउँ भन्ने मेरो सुझाव छ ।’ शिक्षाविद कोइरालाले चारवटा मध्यमार्गी (पूरक) विधि सुझाएका छन्, जसमा पहिलो सिकाइलाई पढाइमा जोड्ने विधि छ । दोस्रो विधिमा सिकाइलाई पढाइमा जोडेर पाठ्यपुस्तकको पुनर्लेखन गराउने । तेस्रोमा, परम्परागत प्रविधिको अधिकत्तम उपयोग गरेर शिक्षण सिकाइ अघि बढाउने र चौथोमा आधुनिक प्रविधि प्रयोगबाट शिक्षण सिकाइ गराउने विधि छ । उल्लेखित शिक्षण सिकाइ विधि अपनाउँदा विद्यालय बन्द रहनु र खुल्ला हुनुले केही फरक नपार्ने बताउँदै कोइराला भन्छन्, ‘शिक्षकहरुले भने विद्यार्थीलाई सिकाइमा सक्रिय बनाउन विशेष तत्परता देखाउनुपर्छ ।’ उनले महामारीको समयमा परीक्षा सञ्चालन गर्ने विधि समेत सुझाएका छन् । विद्यार्थीलाई तह अनुसार प्रोजेक्ट वर्क र अनुसन्धान कार्य गर्न लगाएर पनि मूल्यांकन गर्न सकिने उनी बताउँछन् । अभिभावकलाई त्यही प्रोजेक्ट वर्क र अनुसन्धानको रिपोर्टमा आफ्नो बालबालिकाको शैक्षिक उपलब्धी वा कमजोरी हेर्न लगाउन सकिने शिक्षाविद कोइरालाको भनाइ छ । ‘पढाइ विद्यालयमा हुने हो, सिकाइ त जतिखेर जहाँ पनि हुन्छ’, शिक्षाविद् कोइराला भन्छन्, ‘सिकाइलाई पढाइमा जोड्न सकियो भने विद्यालय खोल्नु र नखोल्नुले खासै फरक पार्दैन ।’ उनका अनुसार, अहिलेका बालबालिका शिक्षकले पढाएको भन्दा आफू खुसी सिक्न बढी उत्साहित हुन्छन् । विभिन्न माध्यमबाट उनीहरुले सिकिरहेका हुन्छन् । त्यसैले पूरक विधि बढी प्रभावकारी हुन सक्ने उनको निचोड छ ।
१० श्रावण २०७८, नेपाल सरकारले अमेरिका सित गरिरहेको सम्झौता एमसिसि MCC बारेमा सकृय सामाजिक अभियन्ता ज्वाला संग्रौलाले कडा चेतावनी सहित आफ्नो फेसबुक स्टाटस राखेकी छिन् ।
उनले आफ्नो स्टाटसमा लेखेकिछिन् “जसले यो देशको भौगोलिक अखण्डताको इतिहासलाइ, स्वाधिन नेपाललाई आफ्नो छाती र मुटुमा बोकेर हिँडीरहनु भाको छ, एक पटक सिंहदरबार र बालुवाटारभित्र लुकेर नब सामान्तहरूलाई, शासकहरूलाई, आफुलाई आजको संसारको सबैभन्दा प्रगतिशिल लोकतन्त्रको हिमायति ठान्ने, र यो संसारको सबैभन्दा शक्तिशाली शासक आफुलाई ठान्ने अमेरिकाका कुख्यात नश्लवादी तानशाह डोनाल्ड ट्रम्पको बंकरभित्र लुकेको ताजा खबर सुनाईदिनुहोला।साथै यो पनि भन्दिनु कि, “यदि तिमीले जनताको आवाजलाई बेवास्ता गर्यो भने, जनताका भावना, सपना, भाग्य र भविश्यलाई यदि तिमीले च्यात्न खोज्यौभने, जनताका चाहनालाई यदी तिमीले बलात्कार गर्न खोज्यौ भने बालुवाटारमा बंकर छैन, तिमी लुक्ने ठाउॅसम्म पनि भेट्ने छैनौ महाराजा !”
जबर्जस्ती देश र जनताको हित बिपरित MCC पारित गर्न खोज्छौ भने अब आन्दोलनको यस्तो ॲाधी र तुफान सिर्जना गर्नेछौं कि तिम्रा बालुवाटारभित्र छिरेर जनताको करमा रजाईँ गर्ने हरेक नाकाहरूलाई हामी बन्द गरीदिने छौ।जनताले तिम्रा दानापानी आउॅने सम्पूर्ण नाकाहरू ठप्प पारिदिने छन् र तिमीले अमेरिकी साम्राज्यवादको अगाडि घॅुडा टेकेर अमेरिकाले चुसेर फालेको जुठो हड्डी खायौ भने तिम्रा श्रीमतीका दिनैपिच्छे फेरिने पेटीकोट र साडीहरूको पनि हिसाब खोज्छौ।NGO र INGO मा आउॅने पैसाको नाममा यदि कसैले देशलाई बेच्न खोज्छ भने हामी यिनीहरूलाई घोक्रेठ्याक लगाएर यिनीहरूकै ससुराली अमेरिकातिर पटाईदिने छौं।सिंहदरबार र बालुवाटारका नबशासकले यो कुरा जान्न आवश्यक छ, कुनैबेला महम्मद गद्घाफी, कुनैबेला ओशामाबिन लादेन, कुनैबेला सद्घाम हुसेन, तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसका ह्रीस्की पार्टनर थिए।तत्कालीन अमेरिकी राष्ट्रपतिका नजिकका पार्टनर थिए।कालान्तरमा अमेरिकी सेनाले तिनीहरूकै कन्चटमा बन्दुक तेस्याएर मारेका थिए।अहिले तिनीहरूलाई दुईचार करोड दिएर, दुईचार ठाउॅ राती राती बोलाएर, जॅाडपार्टी गरायर तिम्रा दुइचार जना कार्यकर्ताहरूलाई Settle गर्ने नाममा इतिहासदेखि भर्जिनल्याण्ड रहेको, हाम्रा बीर पुर्खाहरूले भोकभोकै लडेर बचायको देशलाई कसैले अमेरिकी साम्राज्यवादको MCC नामको बुट कुल्चाउॅन चाहान्छ भने याद गर्नु, तिम्रा बुटहरू र तिम्रा टाउकाहरू सिंहदरबार र माइतीघर मण्डलाबाट कसरी काटिने छन् र फुडबल खेलिने छन्।MCC सहि छ भनेर फेसबुकमा स्टाटस लेख्ने नेताका झोलेदेखि लिएर संसदको रोस्टम घेर्ने रास्ट्रघाती जनप्रतिनिधिहरू, पॅाच मिनेट, मात्र पॅाच मिनेट मसॅग पब्लिकमा बहस गर्न आउ।देशलाई दुख्ने कुरा, देशको स्वाभिमान माथी ॲाच आउने कुरा, देशको रास्ट्रियात धरापमा पार्ने कुरा कुनैपनि स्वतन्त्र नागरिकलाई सैह्य हुने छैन।सिंहदरबार र बालुवाटारमा बसेर देश बेच्ने अधिकार कस्ले दियो तिमीहरूलाई ? केहि अर्ब रूपैयासॅग देश सॅाटन पाईदैन महासय ! बरू बिकास नहोस्, भोकै मरियोस, नेपाल संसारकै गरिब राष्ट्र भनेर चिनियोस् तर स्वाधीन रहिरहोस ! गरिब हुनु अपराध हैन।नेपाललाई सुनको पिंजडामा कैद गरिएको सुगा जस्तो बनाउने तिमी मौसमी रास्ट्रबादका ठेकेदारहरूहो, यदि जबर्जस्ती MCC पास गर्नतिर लाग्यौ भने अब हामी जनताले सडकबाट ठेगान लगाएरै छाड्छौ ! पर्ख र हेर !