• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: लोकप्रिय

प्रदेश २ का संक्रमितको नमुना परीक्षण गर्न मानेन हेटौंडाले

  • २० बैशाख २०७७, शनिबार २२:४१ मा प्रकाशित
  • सिमरा : बारामा कोरोना पृष्टि भएका परिवारका सदस्य र निकटस्थ ७ जनाको ‘थ्रोब स्वाब’ परीक्षण लागि नमुना लिन हटौंडाले अस्वीकार गरेपछि स्वाब काठमाडौं पठाइएको छ ।

    प्रदेश २ सामाजिक विकास मन्त्रालय र स्वास्थ्यकर्मीको टोलीले बिहीबार सिमरास्थित कोरोना विशेष अस्थायी अस्पतालको क्‍वारेन्टाइनमा रहेका ७ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो।

    स्वाब परीक्षणका लागि प्रदेश २ मा भरपर्दो व्यवस्था नभएपछि र छिमेकी जिल्ला मकवारपुरको प्रदेश जनस्वास्थ्य प्रयोशालाले आफूकहाँ स्वाब नपठाउन निर्देशन दिएको थियो।

    बारामा कोरोना पृष्टि भएका २ जनाको परिवार र निकटस्थ ७ जनाको नमुना हिजो शुक्रबार काठमाडौं पठाइएको थियो। ‘छिटो छरितोका लागि हामीले ७ जनाको स्वाब परीक्षण नमुना हेटौंडा पठाउने तयारी गरेका थियौं, तर त्यहाँबाट नमुना नपठाउन हामीलाई ठाडो आदेश आएकोले काठमाडांै पठाउन बाध्य भयौं,’ जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख राजकिशोर पण्डितले भने, ‘हामीले प्रदेश २ लाई स्वास्थ्य साम्रगी दिएका छौं त्यसकारण त्यहाँको स्वाब परीक्षणका लागि प्रदेश २ सरकारले नै व्यवस्था गर्नुपर्छ, हामीकहाँ नपठाउनुस् भनियो।’

    केन्द्रीय प्रयोगशालामा पठाउँदा नतिजा आउन समय लाग्ने र त्यसले स्थानीय तहमा संक्रमणको थप जोखिम बढाउने जनस्वास्थ्य प्रमुख पण्डितले जनाएका छन्।
    बुधबार जितपुरसिमरा ७ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पृष्टि भएपछि उनका परिवारका ५ जना र जितपुरसिमरा १९ बस्ने मदरसाका २ गरी ७ जनालाई सिमरास्थित कोरोना अस्थायी अस्पतालको क्‍वारेनटाइनमा राखिएको छ। अन्य आफन्तहरुलाई होम क्‍वारेन्टाइनमा राखिएको कोराना अस्पताल सिमराका संयोजक डा. अनुस्थाले जनाएका छन्।

    पहिलो चरणमा संक्रमित देखिएका २ जनाको परिवारका सदस्य र निकटस्थहरुको स्वास्थ्य परीक्षण नतिजा नआएसम्म दोस्रो र तेस्रो चरणको परीक्षण गर्न नसकिने प्रदेश २ को स्वास्थ्यकर्मीको टोलीले जनाएको छ।
    Thahakhabar

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on प्रदेश २ का संक्रमितको नमुना परीक्षण गर्न मानेन हेटौंडाले

    कोरोना अपडेट – कोरोना अस्पताल, बेलझुण्डी दाङबाट पिसिआर जाँच नेगेटिभ आएपछि आज ४ जना डिस्चार्ज

  • १६ बैशाख २०७७, मंगलवार २२:४४ मा प्रकाशित
  • वसन्त अनुभव
    बेलझुण्डी, दाङ, १६ बैशाख
    कोरोना अस्पताल बेलझुण्डी दाङमा भर्ना भएका ४ जना ब्यक्तिलाई आज डिस्चार्ज गरिएको छ । उनीहरुको पिसिआर जाँचका लागि पठाएको स्याम्पल जाँच पछि रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

    त्यस्तै तुलसीपुर उपमहानगरपालिका वर्डा नं २ मा सामुदायिक होम क्वारेन्टाइनमा वसेका व्यक्तिहरु मध्ये २ जनालाई आजै कोरोना अस्पताल बेलझुण्डीमा पठाईएको तुलसीपुर उपमहानगर, जनस्वास्थ्य प्रवर्द्धन शाखाका जस्वानी विमल केसीले जानकारी दिनुभयो ।

    साथै उहाले रक्षाचौर क्वारेन्टाइनमा हालसम्म बसेका ५३ जना मध्ये २८ जनामा गरिएको आरडिटि टेष्ट नेगेटिभ आएको र १३ जनामा गरिएको पिसिआर टेष्ट पनि नेगेटिभ आएको छ । यस क्वारेन्टाइन स्थलबाट हालसम्म ३२ जनालाई १ हप्ता होम क्वारेन्टाइनमा बस्ने गरि पठाई सकिएको जानकारी प्राप्त भएको छ भने हाल यहाँ क्वारेन्टाइनमा बसिरहेका २१ जना व्यक्तिहरुको पनि स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको जानकारी दिनुभयो ।

    त्यस्तै लक्ष्मीपुर कुमालगढि , वनकट्टा , कुईरेपानी,पोटली सामुदायिक होम क्वारेनटीनमा वसेका व्यक्तिहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताउनुभयो । यस्तै बिजौरी स्वास्थ्यचौकीले भक्तपुर जिल्लाबाट यात्रा गरि फर्किएका ६ जना ब्यक्तिहरुको स्वास्थ्य अवस्था अवलोकन गर्दै तिनिहरुलाई होम क्वारेन्टाइनमा बस्न सल्लाह दिएको जानकारी दिनुभयो ।

    त्यस्तै आज समिक्षालयमा संचालित हेल्थ डेस्कमा आज ६२ जनाको ज्वरोमापन तथा स्वास्थ्य परामर्श गरिएको छ । हालसम्म २३१२ जनाको स्वास्थ्य अवस्थावारे अनुगमन गरिएको र सवैको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको जानकारी दिनुभयो ।

    साथै उहाँले समुदाय तथा टोल वासीले सडकमा हिड्ने, वेवारिसे, मानसिक सन्तुलन गुमाएका, मादक पदार्थ सेवन गर्ने व्यक्तिहरुलाई क्वारेन्टाईनमा पठाउने गरेकोले अव उप्रान्त त्यस्ता वेवारिसे, मानसिक सन्तुलन गुमाएका, मादक पदार्थसेवन गर्ने व्यक्तिलाई क्वारेन्टाईनमा नराखिने पनि बताउनु भयो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on कोरोना अपडेट – कोरोना अस्पताल, बेलझुण्डी दाङबाट पिसिआर जाँच नेगेटिभ आएपछि आज ४ जना डिस्चार्ज

    बहराइनमा थप ७७ जना नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १२६ पुग्यो

  • १६ बैशाख २०७७, मंगलवार २१:३८ मा प्रकाशित
  • काठमाण्डौं – बहराइनमा थप ७७ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ । मंगलबारसम्ममा जम्मा १२६ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले उज्यालोलाई जानकारी दिनुभयो ।

    यसअघि बहराइनम ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य नै रहेको पनि उहाँले बताउनुभयो ।

    कुनै क्याम्पमा कोरोना सङ्क्रमण देखिएमा त्यो क्याम्पलाई नै क्वारेण्टीन बनाउने गरेको र त्यहाँसम्म दूतावासलाई पनि बहराइनले पहुँच दिएकाे छैन ।

    दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् । 

    खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासका अनुसार यी देशमा अहिलेसम्म १८९ जना नेपाली नागरिकमा काेराेना सङ्क्रमण देखिएकाे छ ।  

    जसमध्ये १८० जनाको अस्पतालमा उपचार भइरहेको छ । ७ जना निकाे भएर काममा फिरेका छन् भने यूएईमा काेराेनाका कारण दुई जनाकाे ज्यान गएकाे छ ।

    अहिलेसम्म बहराइनमा १२६, यूएईमा १२, साउदीमा ४, कुवेतमा २९, कतारमा १५, मलेसियामा ३ जना गरी जम्मा १८९ जना  नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएकाे हाे । जसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा दुई गरी ७ जना निको भएर काममा फर्किएका छन् । 
    उज्यालो

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on बहराइनमा थप ७७ जना नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १२६ पुग्यो

    डा पुनप्रति स्वास्थ्य सचिव कोइरालाको बोली अशोभनीय र अभद्र : चिकित्सक संघ

  • १५ बैशाख २०७७, सोमबार १४:१३ मा प्रकाशित
  • काठमाडौं – नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवले विचार गरी मात्र अभिव्यक्ति सार्वजनिक गर्न माग गरेको छ।

    मन्त्रालयका सचिव यादव कोइरालाले अशोभनीय र अभद्र बोली बोलेको भन्दै संघले गम्भीर विचार गरेर मात्र अभिव्यक्ति सार्वजनिक गर्न माग गरेको हो। संघले प्रेस विज्ञप्ति जारी गर्दै यस विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    मन्त्रालयको जिम्मेवारी व्यक्तिले दिने अभिव्यक्तिले चिकित्सकको मनोबल उच्च पार्न नसक्ने र स्वास्थ्य सेवा प्रवाहलाई नै असर गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ। स्वास्थ्य क्षेत्रमा करार, दैनिक ज्यालादारीमा नियुक्ति गर्नुको साट्टा स्थायी दरबन्दी वृद्धि गरी तत्काल लोकसेवा आयोगबाट स्थायी पदपूर्ति गर्न समेत संघले माग गरेको छ।

    सचिव कोइरालाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेबहादुर पुनका विषयमा एक सञ्चार माध्यममा बोलेका थिए। सो क्रममा सचिव कोइरालले करारमा रहेको डाक्टर भन्दै कडा अभिव्यक्ति दिएका थिए।

    संघले सोही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विचार गरेर मात्र अभिव्यक्ति दिन माग गरेको हो ।
    स्वास्थ्यखबर

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on डा पुनप्रति स्वास्थ्य सचिव कोइरालाको बोली अशोभनीय र अभद्र : चिकित्सक संघ

    विद्यालयलाई अनिवार्य हप्तामा ४ घण्टी आयुर्वेद र योग शिक्षा पढाउन स्वास्थ्य मन्त्रालयको मार्गदर्शन

  • १५ बैशाख २०७७, सोमबार १०:५९ मा प्रकाशित
  • काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक स्थानीय तहलाई अनिवार्य रुपमा विद्यालयस्तरमा आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा कार्यक्रम संचालन गर्न मार्गदर्शन दिएको छ ।

    स्वास्थ्यले सचिवस्तरीय निर्णय गरी तयार पारेको आर्थिक वर्ष ०७६/०७७ मा सशर्त अनुदानतर्फ स्थानीय तहबाट कार्यन्वयन गरिने स्वास्थ्य तथा जनसंख्या सम्बन्धि कार्यक्रमहरुको लागि सञ्चालन मार्गदर्शनको पहिलो प्राथमिकताको कार्यक्रम नै यही रहेको छ ।

    आयुर्वेद तथा वैकल्पिक चिकित्सासँगै योग शिक्षालाई प्रवद्र्धन गरी नसर्ने रोगको प्रभावलाई कम गर्न सरकारले स्थानीय तहलाई विद्यालयस्तरबाटै यो कार्यक्रम अनिवार्य सुरु गर्न मार्गदर्शनमा प्रथमिकताका साथ उल्लेख गरेकोे मन्त्रालयका योजना तथा अनुगमन शाखाका उपसचिव लीलाराज पौडेलले बताउँछन् ।

    स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई अनिवार्य रुपमा एउटा विद्यालयमा आयुर्वेद स्वास्थ्य हप्तामा कम्तीमा २ वटा कक्षा र योग शिक्षा कार्यक्रम पनि २ वटा नै संचालन गर्ने गरी कार्यक्रम बनाउन मार्गदर्शन दिएको हो । त्यसरी संचालन गर्दा एउटा कक्षामा ४० जनासम्म विद्यार्थी सहभागी गराउनुपर्नेछ । एउटा कक्षा संचालन कम्तिमा पनि १ घण्टा ३० मिनेटको हुनुपर्ने उल्लेख छ ।

    स्थानीय तहले यो कार्यक्रम संचालनका लागि एक जना छुट्टै सहयोगी राख्न सक्नेछन् । योग प्रयोगात्मक कक्षाको लागि शिक्षकको सहभागितामा प्रशिक्षकले हप्तामा २ पटक कक्षा संचालन गर्नुपर्ने तोकिएको छ । अन्य दिनमा भने विद्यार्थी र शिक्षकद्वारा आफ्नो कक्षाका विद्यार्थीलाई आफै प्रोत्साहन गरी विद्यालयले नियम बनाएर नियमित योग गर्न सक्ने उल्लेख छ ।

    विद्यार्थीलाई आयुर्वेद र योगको माध्यमबाट स्वास्थ्यवृत्त (दिनचर्या, ऋतुचर्या, आहारविहार आदि), सदवृत, अचार रसायन, आयुर्वेद जीवनशैली सम्बन्धि सचेत गराउने उद्धेश्यले यो कार्यक्रम राखिएको हो । त्यसैगरी स्थानीय तहमा उपलब्ध हुने जडीबुटीको उपयोगिताबारे जानकारी गराउन तथा योगको बारेमा जानकारी दिई स्वास्थ्य जनशक्ति विकास गर्ने उद्धेश्य राखिएको छ ।

    नसर्ने रोगको महामारी फैलदैँ गएको अवस्थामा आयुर्वेद तथा योग शिक्षा विद्यालय तहबाटै सुरु गर्दा त्यसको रोकथाममा प्रभावकारी हुने भएकोले यो कार्यक्रम अघि बढाइएको मन्त्रालयका गुणस्तर मापन महाशाखाका प्रमुख डा. दिपेन्द्ररमण सिंह बताउँछन् । हेल्थ आवाज

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on विद्यालयलाई अनिवार्य हप्तामा ४ घण्टी आयुर्वेद र योग शिक्षा पढाउन स्वास्थ्य मन्त्रालयको मार्गदर्शन

    दक्षिण पुर्वी एसियामा नेपाल कोरोना संक्रमणको शुन्य मोर्टालिटीमा

  • १५ बैशाख २०७७, सोमबार १०:१२ मा प्रकाशित
  • काठमाडौं : सरकारले दक्षिण पुर्वी एसियामा रहेका ११ वटा मुलुक मध्ये नेपाल भुटानपछि दोस्रो स्थानमा बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ जना संक्रमित रहेको भुटान र ५२ जना संक्रमित रहेको नेपाल शुन्य मोर्टालिटीमा रहेको जनाएको हो।

    स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले अन्य देशको तुलनामा नेपालको अवस्था सामान्य रहेको दाबी गरेका छन्।

    सार्क र दक्षिण पुर्वी एसियाली देशका मन्त्रिस्तरिय र राज्यमन्त्रिस्तरिय छलफलमा नेपालको स्थिती जानकारी गराउदा नेपाल सामान्य अवस्थामा रहेको पाइएको उनले बताएका छन्।

    उनका अनुसार भुटान र माल्दिभ्सपछि नेपालमा टेस्टीङको अवस्था पनि राम्रो छ। नेपालमा हालसम्म फेला परेका धेरैजसो कोरोना संक्रमितमा लक्षण नदेखिएको र केहिमा सामान्य लक्षण मात्र देखिएको प्रवक्ता देवकोटाले बताए।

    हालसम्म करिब एक तिहाइ निको भएर घर फर्किसकेकाले संक्रमितको उपचार राम्रो नतिजा देखिएको मन्त्रालयको भनाई छ। कोरोना संक्रमणलाई नियन्त्रणमा लिन विभिन्न कार्यविधि बनाएर काम गरिरहेकाले यसको नियन्त्रणमा सहज भएको बताइएको छ।
    थाहाखबर

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on दक्षिण पुर्वी एसियामा नेपाल कोरोना संक्रमणको शुन्य मोर्टालिटीमा

    सहकारी इतिहासमा नेचुरल साकोसको नयाँ प्रयोग, सहकारीको खाताबाटै बैंकमा रकम पठाउन र पाउने सकिने

  • १४ बैशाख २०७७, आईतवार २१:२० मा प्रकाशित
  • काठमाडौं, १४ बैशाख
    जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले नेपालको सहकारी इतिहासमै नयाँ प्रयोगको सुरुवात गरेको छ । नयाँ नयाँ प्रविधि भित्राउँदै सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले थप नयाँ सेवा सुरुवात गरेको हो ।

    सोही क्रममा संस्थाले नेपालमा पहिलो पटक अन्तर बैंक रकम ट्रान्सफर सेवा सुरु गरेको छ । अब नेचुरल सहकारीकै खाताबाट बैंक तथा वित्तीय संस्थाको खातामा रकम पठाउन र पाउन सकिने भएको छ ।

    संस्थाका सदस्यहरुले आफ्नो खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्थामा विना झण्झट् रकम ट्रान्सफर गर्न सक्छन् भने बैंक तथा वित्तीय संस्थाको खाताबाट पनि नेचुरल सहकारीको खातामा रकम ट्रान्सफर गर्न सक्नेछ । नेपालका सबै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका रकम पठाउन र पाउन सकिन्छ ।

    सहकारीको खाताबाट बैंक तथा वित्तीय संस्थाको खातामा रकम पठाउन र पाउन सकिने सुविधा नेपालमै पहिलोपटक नेचुरल सहकारीले सुरुवात गरेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठक बताउँछन् ।

    सदस्यहरुलाई सरल, सहज र सुरक्षित तबरबाट सेवा दिने उद्देश्य अनुसार नयाँ प्रयोग सुरु भएको पाठकको भनाई छ । पाठक भन्नुहुन्छ, ‘यो सेवाबाट सदस्यहरुलाई धेरै फाईदा पुग्नेछ ।’

    ‘प्रविधिमार्फत हुने कारोबारलाई नेचुरलले विगत देखिनै प्राथमिता दिदैं आएको छ’, पाठकले भन्नुभयो, ‘सोही क्रममा सदस्यलाई थप नयाँ सेवा सुरु गरेका हौं ।’ सदस्यहरु घरमै बसेर संस्थाको कारोबार गर्न सक्छन् भने समयको बचतसँगै सुरक्षित कारोबार हुने उहाँको भनाई छ ।

    सदस्यहरुले नेचुरल स्मार्ट एप र ई–बैंकिङमार्फत यो सुविधा लिन सक्छन् । त्यस्तै सदस्यहरुले आफ्नो खाताबाटै विभिन्न वालेट खातामा पनि रकम लोड गर्न सकिने उनको भनाई छ । नेचुरल स्मार्ट एप र ई–बैंकिङमार्फत सदस्यहरु घरमै बसेर आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, इन्टरनेट, टिभि, रिचार्ज गर्न सक्छन् । त्यस्तै विजुलीको विल तिर्न, खानेपानी बिल तिर्न, हवाई टिकट काट्न, क्यु आर भुक्तानी, बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न पनि घरबाटै सक्छन् ।

    त्यस्तै संस्थाले एटिएम सेवा पनि प्रदान गर्दै आएको छ । संस्थाको एटिएम नेपालको जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम बुथबाट रकम निकाल्दा पैसा लाग्दैन ।

    संस्थाका झण्डै २५ सय सदस्यले मोबाईल बैंकिङ सेवा लिएका छन् ।
    Sahakari khabar

    Posted in ताजा अपडेट, बिज्ञान/प्रविधि, मुख्य खबर, लोकप्रियLeave a Comment on सहकारी इतिहासमा नेचुरल साकोसको नयाँ प्रयोग, सहकारीको खाताबाटै बैंकमा रकम पठाउन र पाउने सकिने

    कोरोना सम्बन्धि गरिने पिसिआर परिक्षण अव दाङमै शुरु

  • १४ बैशाख २०७७, आईतवार १८:०४ मा प्रकाशित
  • वसन्त अनुभव
    घोराही, दाङ १३ बैशाख
    दाङ जिल्लाको घोराहीमा पनि पिसिआर प्रविधिबाट कोरोना परिक्षण शुरु भएको छ । दाङ घोराहीमा अवस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबारदेखि उक्त प्रबिधिबाट कोरोना भएनभएको बारे ल्याब परिक्षण शुरुवात गरेको हो ।

    यस अघि दाङमा आरडिटी प्रविधिबाट मात्र कोरोना परिक्षण गरिदै आएको थियो । बैशाख १ गतेदेखि पिसिआर प्रविधिबाट थ्रोट स्वाव परिक्षण गर्ने भनिएपनी मेशिन आउन ढिला भएको कारण पिसिआर प्रविधिबाट प्रयोगशाला जाँच हुन नसकेको राप्ती स्वास्थ्य प्रतिष्ठानकि उपकुलपति डा संगिता भण्डारीले जानकारी दिनुभयो ।

    दाङ बाट हालसम्म पिसिआर प्रविधिबाट कोरोना भएनभएको जाँच गर्नका लागि थ्रोट स्वाव नमुना भैरहवा र काठमाडौ पठाउनु पर्ने बाध्यता रहिआएको थियो ।

    प्रतिष्ठानमा एकैपटक ८० जनासम्मको पिसिआर प्रविधिबाट स्वाव नमूना जाँच गर्न सकिने र अहिले १० जनाको थ्रोट स्वाब परिक्षण भइरहेको जानकारी स्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले बताउनुभयो । साथै उहाँले अब यसक्षेत्रका साथै आसपासका जिल्लाका विरामीहरुलाई राहत मिल्ने जानकारी दिनुभयो ।

    प्रदेश नं.५ को नेपालगन्ज, दाङ र भैरहवामा पिसिआर परिक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय बमोजिम नै दाङ जिल्लाको घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर मेशिन जडान गरिएको हो । दाङबाट हालसम्म ७१ जना विरामीको स्वाव भैरहवा र काठमाडौ लगेर परिक्षण गरिसकिएको छ तर कसैको पनि पोजिटिभ देखिएको छैन ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on कोरोना सम्बन्धि गरिने पिसिआर परिक्षण अव दाङमै शुरु

    वीरगञ्जमा कोरोना उपचाररत ४ जना निको भए, आइतबार डिस्चार्ज हुने

  • १३ बैशाख २०७७, शनिबार १५:१९ मा प्रकाशित
  • नेपालमा निको हुनेको संख्या १५ पुग्यो


    काठमाडौं- वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएका छन्।

    उपचारपछि निको भएपछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।

    ‘उहाँहरुको पछिल्लो दुई पटकको प्रयोगशाला परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ,’ उनले भने, ‘उपचारपछि उहाँहरु निको भएका कारण भोली आइतबार डिस्चार्ज गर्ने तयारी गरेका छौं।’

    उनीहरु सबै भारतीय नागरिक भएका कारण पर्साका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर डिस्चार्ज गर्ने तयारी भएको डा उपाध्यायले जानकारी दिए।

    कोरोना पोजेटिभ देखिएका चार जनामध्ये तीन जना वीरगञ्जबाटै र एक जना रौतहटबाट उपचारका लागि अस्पताल लगिएको थियो।

    चार जना डिस्चार्ज भएपछि अस्पतालमा कोरोनाका एक जना मात्र बिरामी बाँकी रहने छन्। जनकपुरबाट ल्याइएका सर्लाहीका १४ वर्षिय पुरुषलाई दुई दिन अघि मात्र वीरगञ्ज

    अस्पतालमा ल्याइएको हो। उनको अवस्था सामान्य रहेको डा उपाध्यायले जानकारी दिए।

    वीरगञ्जका ४ जना सहित नेपालमा करोना संक्रमण देखिएका मध्ये उपचारपछि निको हुनेको संख्या १५ पुगेको छ। नेपालमा हालसम्म ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
    स्वास्थ्यखबर

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on वीरगञ्जमा कोरोना उपचाररत ४ जना निको भए, आइतबार डिस्चार्ज हुने

    सरकारद्वारा आन्तरिक र अन्तर्राष्‍ट्रिय उडान जेठ २ सम्म स्थगित

  • १३ बैशाख २०७७, शनिबार १५:०८ मा प्रकाशित
  • काठमाडौं । सरकारले आगामी जेठ २ गते सम्मका लागि आन्तरिक र अन्तरराष्ट्रिय हवाई उडानको आवागमनलाई रोक्ने निर्णय गरेको छ ।

    उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धमा सो निर्णय गरेको हो । यसअघि बैशाख १८ सम्मका लागि अन्तर्राष्ट्रिय र आन्तरिक उडान बन्‍द गरिएको थियो । कोरोना संक्रमण रोकथामका लागि उडान रोक्ने निर्णय भएको उनले बताए ।

    तर बैठकमा लकडाउन अवधि थप्नेबारेमा कुनै निर्णय नगरी आगामी मन्त्रिपरिषद् बैठकमा छलफल भइ निर्णय हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए । साथै उनले बैठकमा हालसम्म भएगरेका कामको समीक्षा गरिएको समेत बताए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on सरकारद्वारा आन्तरिक र अन्तर्राष्‍ट्रिय उडान जेठ २ सम्म स्थगित

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P