• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

राष्ट्रिय सभा सदस्य निर्वाचनमा पुर्व केन्द्रिय सदस्य तथा सभासद राधेचन्द्र यादवको नाम सिफारिस

  • ११ पुष २०८०, बुधबार १९:३७ मा प्रकाशित
  • वीरगंज, पर्सा

    नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराको बैठक सम्पन्न भएको छ।

    नेपाली कांग्रेस जिल्ला कार्य समिति पदाधिकारी, सदस्यहरू,र प्रतिनिधिसभा क्षेत्रिय सभापतिहरुको बैठक २०८० साल पुस १० गते मंगलवारको दिन जिल्ला पार्टी कार्यलय बि.पि.भवन कलैयामा पार्टी का सभापति राजेश राय यादवको सभापतित्वमा सम्पन्न भएको हो।

    उक्त बैठकको निर्णय बाट २०८० साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा निर्बाचनमा बारा जिल्ला बाट नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराको तर्फबाट राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारमा नेपाली कांग्रेस पुर्ब केन्द्रिय सदस्य तथा सभासद राधेचन्द्र यादवको नाम सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराका कार्यवाहक सचिव अम्बिका यादव द्वारा जारि प्रेस विज्ञप्तीमा उल्लेख छ।

    Posted in राजनीतिLeave a Comment on राष्ट्रिय सभा सदस्य निर्वाचनमा पुर्व केन्द्रिय सदस्य तथा सभासद राधेचन्द्र यादवको नाम सिफारिस

    साउदी अरबमा रास्वपाको भब्य कार्यक्रम सम्पन्न , पुर्वी क्षेत्रीय समितिको गठन !

  • २५ कार्तिक २०८०, शनिबार ०१:०५ मा प्रकाशित
  • समर्पण रम्जान

    दम्माम साउदी अरब !  १० नोभेम्बर २०२३ शुक्रबारका दिन राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन  “प्रवास नेपाल सम्पर्क विभाग साउदी अरब”ले साउदी अरबको प्रतिष्ठित शहर  दमाममा एक भब्य  कार्यक्रमको आयोजना गर्दै दशैं,तिहार एबम् छठ पर्वको  शुभकामना आदानप्रदान  कार्यक्रम सम्पन्न गरेको छ ।

    पुर्वी क्षेत्रका लागी नेपाली दुतावासका प्रतिनिधि  नारायण पासवानको प्रमुख आतिथ्य र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मीहरु, बुद्धिजीवी तथा समाजसेवी नेपाली दाजुभाइ दिदिबहिनीहरु को आतिथ्यमा, घण्टीप्रेमी दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थितिमा तथा समितीका सभापति जेन लामाको सभापतित्वमा समितिका कोषाध्यक्ष सलिन खड्काद्वारा कार्यक्रम संचालन गरिएको  थियो।


    उक्त कार्यक्रममा दशै, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गर्दै उपस्थित अतिथिहरु, घण्टीप्रेमी दाजुभाइ दिदिबहिनीहरु, विभिन्न संघ संगठन का प्रतिनिधिहरु, सबैले रास्वपा पार्टी प्रति नागरीकको आशा भरोसा र अपेक्षा धेरै बढ्दै गएको भनी प्रशंसा गरेका थिए ।  कार्यक्रमलाई रोचक बनाउन बिच बिचमा  विभिन्न स्थानीय कलाकारहरुद्वारा नित्य र गित हरु प्रस्तुत गरिएको थियो ।
    नेपाललाई समृद्ध र अझै विकशित  बनाउनु छ भने घण्टी बजाउन रास्वपा लाई साथ दिन कन्जुस्याइँ नगरौं भन्ने विचार झन् मजबुत हुँदै आएको कुरा समितिका सभापतिले राखेका थिए भने कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नु हुने उपस्थित प्रमुख अतिथि, अतिथिहरु, मिडियाकर्मीहरु, कलाकारहरु, लगायत सबै दाजुभाइ दिदिबहिनीलाई आभार प्रकट गरेका थिए  ।

    सोही अवसर पारेर  प्रवास नेपाल सम्पर्क विभाग साउदी अरब”ले आफ्नो संगठन बिस्तार गर्ने क्रममा नारायण प्रसाद भुसाल ( Saroj Np Bhusal ) को सभापतित्वमा , ९ सदस्यीय पूर्वी क्षेत्रीय  समिति गठन पनि गरेको छ।
    सभापतिमा :नारायण प्रसाद भुसाल,उपसभापतिमा: खुम खत्री, सचिवमा, प्रकाश काप्री, कोषाध्यक्षमा: प्रकाश खड्का र ५ सदस्यहरुमा: दिनेश पुन,रामप्रसाद पन्थ, कुमार केसी, लक्ष्मन दर्जी, प्रकाश कटुवाल, नवीन खड्का निर्वाचित भएका र नव निर्वाचित पदाधिकारीहरुलाइ समितीका सभापति जेन लामाले सपद खुवाउदै बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन्  ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीतिLeave a Comment on साउदी अरबमा रास्वपाको भब्य कार्यक्रम सम्पन्न , पुर्वी क्षेत्रीय समितिको गठन !

    प्रवास नेपाली सम्पर्क समिति साउदीले साउदी अरबले शुभ दीपावली एवं छठ पर्वको अबसरमा चियापान कार्यक्रम गर्ने।

  • ९ कार्तिक २०८०, बिहीबार १९:०२ मा प्रकाशित

  • साउदी अरब । प्रवास नेपाली सम्पर्क समिति साउदी अरबले आगामी शुभ दीपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान, चियापन सहित सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

    सो अवसरमा पूर्वी क्षेत्रीय समिति समेत गठन गर्ने कार्यक्रम रहेको सम्पर्क समितिका सभापति जेन कुमार लामाले जानकारी दिएका छन्। नोभेम्बर १० मा दमामको सिको गार्डेन अगाडिस्थित होलिडे होटलमा साउदीको स्थानीय समायानुसार बिहान ११ बजे उपस्थित भइदिन सम्बन्धित सबैमा सम्पर्क समितिले अनुरोध गरेको छ ।

    प्रवास नेपाली सम्पर्क समिति राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठन हो भने संगठनले तिब्र रुपमा कमिटी गठन गरी प्रवासमा रहेका नेपाली लाई संगठनमा आवद्ध गर्ने लक्ष्य लिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on प्रवास नेपाली सम्पर्क समिति साउदीले साउदी अरबले शुभ दीपावली एवं छठ पर्वको अबसरमा चियापान कार्यक्रम गर्ने।

    गैर आवासीय नेपाली संघ एनआरएन द्वारा निर्वाचनमा उठेका प्रश्नमा विज्ञप्ति द्वारा सम्बोधन।

  • ७ कार्तिक २०८०, मंगलवार ०१:०२ मा प्रकाशित
  • विज्ञप्ति जस्ताको तस्तै।
    “नेपालीका लागि नेपाली” भन्ने मुलमन्त्रसहित स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन एवं ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व ज्ञान सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । महाधिवेशनमा संसारभरिका ५९ मुलुकका ४ हजार २ सय ७० प्रतिनिधि भौतिक र अनलाइनमार्फत सहभागी भएका थिए । । कुल मत संख्याको ९३.७ प्रतिशत अर्थात ३९५८ जनाले संघको निर्वाचनमा उत्साहजनक सहभागिता जनाएका छन् ।


    महाधिवेशनमार्फत डा बद्री केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । ७४ पदमध्ये विभिन्न पदमा २३ जना निर्विरोध निर्वाचित भएका छन् । १० वटा पदमा उम्मेदवारी नपरेकोले विधानतः छनोट गरिनेछ । अन्य ४९ प्रतिनिधि विभिन्न पदमा निर्वाचित भएका छन् । निर्वाचनको सम्पूणर् नतिजा र भेरो भोटिङ्गबाट प्राप्त स्पष्टीकरण संघको वेभसाइटमा हेर्न सक्नुहुनेछ । यसै पत्रसाथ पनि उक्त विवरण संलग्न गरिएको छ ।
    संघको नयाँ कार्यसमितिको निर्वाचनको परिणाम सार्वजनिक गर्ने क्रममा भएको सामान्य प्राविधिक असावधानीलाई समेत निर्वाचन गर्ने जिम्मेवारी लिएको अष्ट्रेलियन कम्पनी ‘भेरो भोटिङ्ग’ले स्पष्टीकरणसहित सच्चाएर अन्तिम नजिता प्रकाशन गरिसकेकोले त्यसमा कुनै समस्या नरहेको र निर्वाचन समितिले सपथ तथा प्रमाणपत्र वितरणको काम समेत सम्पन्न गरिसकेको छ ।
    निर्वाचन परिणामलाई लिएर अध्यक्षका प्रत्यासीद्धय राजेन्द्र कुमार शर्मा र महेश श्रेष्ठले उठाएको विश्वशनीयताको प्रश्नमाथि छानबिन गर्न गैरआवासीय नेपाल संघ तयार रहेको जानकारीसहित स्वतन्त्र र निश्पक्ष छानबिनको लागि एक उच्चस्तरिय समिति गठन गर्न अन्तर्राष्ट्रिय आइटी विज्ञहरुको नाम पठाउन दुवै जनालाई २२ अक्टोवर २०२३, कै दिन पत्राचार गरिसकिएको छ ।


    निर्वाचन नितान्त लोकतान्त्रिक पद्धत्ति हो यसर्थ लोकतान्त्रिक पद्धत्तिबाट सम्पन्न निर्वाचनको परिणाम मान्नु नै हरेक मतदाताको मतको उच्च सम्मान हो । प्राविधिक रुपमा भएको सामान्य समस्यालाई कारण देखाई मतदाताको मतको अवमूल्यन गर्नेसम्मको कार्य पक्कै पनि उचित हुँदैन । तर, पछिल्लो समय गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसनबाट निर्वाचित डा. बद्री केसीको नेतृत्वमा रहेको कार्यसमितिलाई विवादमा पार्ने र गैरआवासीय नेपाली संघको अभियानलाई विभाजनतर्फ धकेल्नेगरि विभिन्न अवान्छित गतिविधिहरु बढीरहेकोले नेपाल सरकारसहित सम्पूणर् गैरआवासीय नेपाली अभियन्ता, शुभचिन्तक, सञ्चारकर्मी लगायत समस्त सरोकारवालाको ध्यानाकर्षण गराउँदछौँ । साथै यस्ता गतिविधिप्रति सचेत रहन सबै गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरुलाई समेत आग्रह गरिन्छ ।
    सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि सहयोग गर्नुहुने सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्रमन्त्री एनपी साउदलगायत विभिन्न मन्त्रीहरू, राजदूतहरू, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपाल उद्योगa वाणिज्य महासंघका अध्यक्षलगायतका पदाधिकारी, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरु, पदाधिकारीहरू, अग्रज तथा अभियन्ताहरु प्रति गैरआवासीय नेपाली संघ हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
    अन्त्यमा, नेपालीहरुको महानचार्ड बडा दर्शै, तिहार, छठ लगायत सबै पर्वको उल्लासमय बनाउन गैरआवासीय नेपाली संघ आब्हान गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछ ।
    गैरआवासीय नेपाली संघ
    २३ अक्टोवर २०२३

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on गैर आवासीय नेपाली संघ एनआरएन द्वारा निर्वाचनमा उठेका प्रश्नमा विज्ञप्ति द्वारा सम्बोधन।

    एनआरएन चुनाव, साउदीअरबबाट मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल बिजयी, महिला उपाध्यक्षमा यसमिन वेगम सैयद झिनो मतान्तरले पराजित।

  • ३ कार्तिक २०८०, शुक्रबार १३:३४ मा प्रकाशित
  • काठमाडौँस्थित होटल सोल्टीमा भएको एनआरएनएको ११ औँ विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन भएको हो।

    एसपाली साउदीअरब एनआरएनए महिला उपाध्यक्ष र मध्यपुर्ब संयोजक पदका लागि प्रतिस्पर्धामा गएकोमा मध्यपूर्व संयोजकमा राजेन्द्र अर्यालले ५९२ मत सहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी कतारबाट के बि. हमाल २६२ ल्याउदै पराजित भएका छन्।

    उता महिला उपाध्यक्षमा भने रोजिना प्रधान १९४७ मत प्राप्त गरेर विजयी भइन् भने सोही पदमा साउदी अरबकी यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गरिन्।

    बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

    डा. केसी १ हजार ३७८ मतसहित विजयी हुँदा शर्माले १ हजार २८१, श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

    संगठनको उपाध्यमा डा. हेमराज शर्मा (२२६५), रोविन शेरचन (२१८०), रामशरण सिमखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००) र डा. विनोद श्रेष्ठ (१५६०) मतसहित निर्वाचित भएका छन्।

    यस्तै युवा उपाध्यक्षमा रोशन थापा २४६८ मत प्राप्त गरेर विजयी भए। सो पदमा अब्दुल बासिदले १३२२ मत प्राप्त गरे।

    संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत पाएका छन्।

    उपमहासचिवमा सोम सापकोटा (१७९०) र प्रवीन गुरुङ (२१५०) मतसहित विजयी भए।

    ६ सचिव पदमा भीम केसी कमल (१६७३), डा. ज्ञानेन्द्र रेग्मी (१७८२), मनोजकुमार श्रेष्ठ (२०२४), डा. नवराज रोस्यारा (१८५३), पारमणि पोखरेल (१६५१) र स्वतन्त्रप्रताप शाह (१६६६) विजयी भएका छन्।

    महिला सचिवमा टीका गुरुङ (राधिका) (२३२०) विजयी भइन्। सोही पदमा विमला सापकोटाले १५३९ मत प्राप्त गरिन्। संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी ठाकुरप्रसाद ढुंगानाले १९१२ मत पाए।

    सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना (२०१५), अभिमन्यु बस्नेत (२०८१) र तिलकप्रसाद गैरे (२२३२) मतसहित निर्वाचित भएका छन्।

    महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन् । उनीकी प्रतिद्वन्द्वी तृष्णा शर्माले १५२२ मत पाइन्।

    अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान २३३६ मतसहित निर्वाचित भएकी छन्। सोही पदमा देविका खत्री गुरुङले १५२४ मत ल्याइन्।

    संघको युवा संयोजकमा सुपेन्द्र घिसिङ २०३६ मतसहित विजयी भएका छन्। सोही पदमा रविन अधिकारीले १७६५ मत प्राप्त गरे।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on एनआरएन चुनाव, साउदीअरबबाट मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल बिजयी, महिला उपाध्यक्षमा यसमिन वेगम सैयद झिनो मतान्तरले पराजित।

    मौलापुर नपाका रीना कुमारी नगरप्रमुखबाट पदमुक्त

  • ३० आश्विन २०८०, मंगलवार १२:४१ मा प्रकाशित
  • वीरगंज/ रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साह पदमुक्त भएकि छिन् ।

    मंगलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो ।

    साह नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलबाट निर्वाचित भए पनि उहाँले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको हो ।

    राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको तर्फबाट संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको आयोगले जनाएको छ ।

    पार्टी त्याग गरेको र अन्य पार्टीको सदस्यता लिएको भनि माओवादी पार्टीको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त भएपछि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद रिक्त भएको जनाएको छ ।

    Posted in Uncategorized, राजनीतिLeave a Comment on मौलापुर नपाका रीना कुमारी नगरप्रमुखबाट पदमुक्त

    नेपाली काँग्रेस को सुचना संचार तथा प्रचार प्रसार विभाग मधेश प्रदेशको प्रमाणपत्र वितरण तथा प्रथम बैठक सम्पन्न

  • १२ आश्विन २०८०, शुक्रबार २२:४० मा प्रकाशित
  • जनकपुरधाम/१२ असोज

    नेपाली काँग्रेसको भातृ संगठन सुचना संचार तथा प्रचार प्रसार विभाग मधेश प्रदेशको प्रमाणपत्र वितरण तथा प्रथम बैठक मधेश प्रदेशको पार्टी कार्यालय जनकपुरधाममा सम्पन्न भएको हो।

    सुचना संचार तथा प्रचार प्रसार विभाग मधेश प्रदेश प्रमुख प्रमुख नितेस कुमार गुप्ताको अध्यक्षता तथा नेपाली काँग्रेस मधेश प्रदेश सभापति तथा संसदीयदलका नेता मधेश प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री कृष्णा प्रसाद यादवको प्रमुख अतिथिमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस मधेस प्रदेशका उप-सभापति तथा मधेश‌ प्रदेशका स्वास्थ्य मन्त्री बिरेन्द्र प्रसाद सिंह मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री महम्द समिम,नेपाली काँग्रेस मधेश मधेश प्रदेश सदस्य नागेन्द्र साह,नेपाली कांग्रेस मधेस प्रदेशका उप सभापति तथा प्रशिक्षण बिभाग प्रमुख चन्द्र शेखर यादव,भौतिक पुर्वाधार बिकास मन्त्रीका मुख्य सचिव सन्तु प्रसाद यादव,नेपाल प्रेस युनियन मधेश प्रदेश अध्यक्ष सत्यनारायण श्रेष्ठ,नेपाली काँग्रेस स्वास्थ्य सेवा विभागका प्रमुख शर्मिला थापा,ने.बि.संघ का पुर्व सह महामन्त्री मिथलेश मिश्र लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

    स्वागत मन्तव्यमा नेपाल प्रेस युनियन मधेश प्रदेश का अध्यक्ष सत्यनारायण श्रेष्ठ,सुचना संचार तथा प्रचार प्रसार विभाग हरेक पालिका पालिकामा गठन गर्नु पर्ने बताएका थिए। त्यसतै मन्तव्यको क्रममा ने.बि.संघ का पुर्व सह महामन्त्री मिथलेश मिश्रले पार्टी गत सुचना लगायत सामाजमा भएकोले घटनाहरूको वारेमा उजागर गर्ने बताएका थिए। त्यसतै मन्तव्यको क्रममा नेपाली काँग्रेस स्वास्थ्य सेवा विभागका प्रमुख शर्मिला थापाले भनिन हामिले सम्प्रेषण गर्ने समचार सहि छ कि छैन त्यस तर्फ सजग भएर सत्य तथ्य समचार सम्प्रेषण गर्न आग्रह गरेकि थिइन कि कुनै किसिमको सामाजिक उथलपुथल नहोस भनेर बताएकि थिइन। त्यसतै मन्तव्यको क्रममा मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री महम्द समिमके भने सुचना संचार तथा प्रचार प्रसार विभाग लाइ कुनै किसिमको चाहिने सामग्री म उपलब्ध गराउने तयार छु र निर्धक भएर भयरहित वातावरणमा निश्पक्ष समाचार सम्प्रेषण गर्न आग्रह गरेका थिए। त्यसतै मन्तव्यको क्रममा नेपाली कांग्रेस मधेस प्रदेशका उप सभापति तथा प्रशिक्षण बिभाग प्रमुख चन्द्र शेखर यादवले भने पत्रकार राज्यको चौथो अंग भएकोले पहिला पनि आज पनि जुन किसिमको समाचार सम्प्रेषण गर्नु भएको थियो त्यसतै आज पनि कसैको डर धाक नमानी सत्य तथ्य समचार सम्प्रेषण गर्नु भनेका थिए। त्यसतै मन्तव्यको क्रममा नेपाली कांग्रेस मधेस प्रदेशका उप सभापति तथा मधेश‌ प्रदेशका स्वास्थ्य मन्त्री बिरेन्द्र प्रसाद सिंहले भने पार्टीको समाचार सम्प्रेषण लगायत समाजमा भएका गतिविधिको बारेमा पनि सत्य तथ्य समचार सम्प्रेषण गर्न आग्रह गरेका थिए। साथै नेपाली काँग्रेसले नै मधेशको आन्दोलनमा को समस्या हल गर्ने बताए।

    सुचना संचार तथा प्रचार प्रसार विभागको पदाधिकारीको प्रमाणपत्र नेपाली काँग्रेस मधेश मधेशका सभापति तथा मधेश‌ प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री कृष्णा प्रसाद यादवले जालपाना कुमारी खरदार,राहुल गुप्ता,निलिमा पौडेल,सजिर मंसुर, अंजली गुप्ता,सिकेन्दर पासवान,रोसन कुमार साह,हदिद खुदार, संतोष सिंह,संदिप,सागर हुमागाई,प्रभात कुमार झा, राजेश्वर पाण्डे,निरंजन कुमार साििह,सुधा देबी,ललिता साह,जयनारायण यादव,श्रीकान्त गुप्ता,प्रकास कुमार श्रेष्ठ,कमल साह,सन्जु यादव,दयाराम यादव, मोहनराज जयाउलहक लाइ प्रमाणपत्र बितरण गरिएको थियो।

    प्रमाणपत्र बितरण पश्चात सुचना संचार तथा प्रचार प्रसार विभागको पहिलो बैठकबाट प्रस्ताव १: मा नेपाली कांग्रेस मधेस प्रदेशको छुटै पार्टीको आधिकारिक Weside
    निर्माण गर्न माध्यम कमिटीलाई आफ्नो facebook बनाउन निर्देशन दिने सम्बन्धमा ।प्रस्ताव २: मा मधेस प्रदेशको नाममा अनधिकृत रूपमा सचालित facebook page aGb
    गराउन निर्णय गर्ने सम्बन्धमा ।प्रस्ताव ३:मा मधेस प्रदेशका प्रेस युनियनको समन्वयमा प्रदेश स्तरीय २ दिने परिक्षण कार्यक्रम गर्न प्रचारप्रसार व्यापक बनाउन निर्णय गर्ने सम्बन्धमा ।प्रस्ताव ३ :मा नेपाली कांग्रेस मधेस प्रदेशको कार्यहरू र कामकारबाही सम्पूर्ण जनप्रतिनिधिको
    कामकारबाही बारेमा बुलेटिन तयारी समिति गठन सम्बन्धमा।
    प्रस्ताव :४ विविध निर्णय गरको हो।

    कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली काँग्रेस मधेश प्रदेशका सभापति तथा संसदीयदल का नेता मधेस प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री कृष्णा प्रसाद यादवले भने प्रजातन्त्र देखि लिएर आज सम्म नेपाली काँग्रेस ले संबिधान निर्माण गर्न लगायत संबिधान जारि गर्ने सम्म नेपाली काँग्रेसले लड्दै आइरहेको बताए। साथै समाचार सम्प्रेषण गर्दा यथार्थ कुरा बुझी सत्य तथ्य समचार सम्प्रेषण गर्न आग्रह गरेका थिए। साथै सम्पुर्ण सुचना संचार तथा प्रचार प्रसार विभागका पदाधिकारीहरु निर्धक भएर सत्य तथ्य समाचार संकलन गर्न र सम्प्रेषण गर्न आग्रह गर्दै हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए साथै कार्यक्रम लाइ समापन गर्दै सुचना संचार तथा प्रचार प्रसार विभाग मधेश प्रदेश प्रमुख नितेश कुमार गुप्ताले भने आजको प्रमाणपत्र बितरण तथा पहिलो बैठकमा आफनो उपस्थिति जनाइदिनुहुने सम्पुर्ण पदाधिकारीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण सुचना संचार तथा प्रचार प्रसार विभागको सचिव निकेश त्रिपाठीले गरेका थिए।

    Posted in राजनीतिLeave a Comment on नेपाली काँग्रेस को सुचना संचार तथा प्रचार प्रसार विभाग मधेश प्रदेशको प्रमाणपत्र वितरण तथा प्रथम बैठक सम्पन्न

    नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा साउदी आउदै।

  • ७ आश्विन २०८०, आईतवार २३:०० मा प्रकाशित
  • नेपाली काँग्रेसका केन्द्रिय महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री एवम् संविधानसभा सदस्य भिष्मराज आङ्दम्बे साउदी अरबको ३ दिने भ्रमणमा आउने भएका छन्।

    ३० सेप्टेम्बर देखि २ अक्टोबर सम्म हुने उक्त भ्रमण रियादमा मात्रै सिमित हुने वा साउदी अरबका अन्य सहरमा पनि हुने भन्ने हाम्रो जिग्यासामा जनसम्पर्क समिति साउदी अरेबियाका महामन्त्री सुरेश राज त्रिपाठीले भ्रमण साउदी अरबको राजधानी रियाद तथा पुर्बि क्षेत्र दमाम पनि हुने बताए।

    नेपाली राजदूतावास रियाद द्वारा आगामी ३० सेप्टेम्बर सनिबारका दिन आयोजित “श्रमिक समस्या र समाधान” विषयक कार्यक्रममा सरिक हुने उद्देश्यका साथ साउदी अरब आउनलागेका महामन्त्री तथा सहमहामन्त्री दय् त्यसको अर्को दिन अर्थात् आईतबार एक अक्टोबर रियादमा स्थित जनसम्पर्क समिति साउदी अरबको आन्तरिक छलफलमा सरिक हुँदै सोमबार पुर्बि क्षेत्र दमाममा भेटघाट कार्यक्रममा सहभागी हुने त्रिपाठीले बताए।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा साउदी आउदै।

    मध्यपूर्व क्षेत्रिय संयोजक राजेन्द्र अर्याल द्वारा आगामी कार्यकालका लागी पुनः उम्मेदवारी घोषणा ।

  • ४ आश्विन २०८०, बिहीबार १७:५९ मा प्रकाशित
  • साउदी- गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रीय संयोजकमा बर्तमान संयोजक राजेन्द्र अर्यालले पुनः उम्मेदवारी घोषणा गरेका छन् ।

    वर्तमान कार्यसमितिमा मध्यपूर्व संयोजकको जिम्मेवारी निर्वाह गरेका अर्यालले संघको अक्टोबरमा हुने २०२३–२०२५कार्यकालको चुनावको लागि मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    मध्यपूर्वको साउदी अरबलाई कर्मथलो बनाउँदै आएका राजेन्द्र अर्याल (जोन)ले यसै शिलशिलामा २३/२५ का लागी क्षेत्रिय संयोजकमा आफ्नो उम्मेदवारी सामाजिक संजाल फेसबुक मार्फत घोषणा गरेका छन्। २०११ देखी एनआरएनएमा लागेका अर्याल सफल व्यवसायीका साथै सामाजिक कार्यमा निरन्तर लागी परेका एक अब्बल समाज सेवीका रूपमा परिचित छन्। उनले गैर आवासीय नेपाली संघका १५/१७ मा राष्ट्रीय समन्वय परिषद सदस्य, १७/१९ आईसीसी सदस्य, १९/२१ आईसीसी क्षेत्रिय सहसंयोजक र हाल संयोजकको भूमिका निर्वाह गरिरहेका छन्।

    क्षेत्रिय संयोजकका प्रत्याशी अर्यालले आफ्नो उम्मेदवारीको घोषणा संगै ६ बूँदे प्रतिबद्धता पनि जारी गरेका छन्।

    एनआरएनए
    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on मध्यपूर्व क्षेत्रिय संयोजक राजेन्द्र अर्याल द्वारा आगामी कार्यकालका लागी पुनः उम्मेदवारी घोषणा ।

    विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद

  • ३ आश्विन २०८०, बुधबार ११:३५ मा प्रकाशित
  • वाशिङ्टन डिसी- परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताएका छन्।

    संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री साउदलाई अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाले आयोजना गरेका स्वागत तथा सम्मान कार्यक्रममा उनले नेपालले हासिल गरेको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएको अनुभवलाई विश्वमाझ लैजान प्रयास गरिरहेको बताए।

    जनसम्पर्क समिति अमेरिकाको आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले विदेशमा भएका नेपालीलाई स्वदेशमा फर्किने वातावरण बनाउनका लागि वर्तमान सरकारले काम गरिरहेको बताए। मन्त्री साउदले भने, “केवल तपाईंहरूको ज्ञान, सीप र पुँजीमात्र नभई देश निर्माण प्रक्रियामा हातेमालो गर्न सरकार सदैव तयार छ ।”

    गैरआवासीय नेपालीहरूले प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने र त्यसरी चुनिएर आएको एकत्रित र बलियो संस्थाले मात्र विदेशमा बसेका नेपालीहरूको प्रतिनिधित्व गर्ने भएकाले यही भावनाअनुसार काम गर्न मन्त्री साउदले अनुरोध गरे। उनले विदेशमा बसेका नेपाली नागरिकलाई मताधिकार दिनका लागि गृह मन्त्रालयले प्रेषित गरेको पत्रलाई आफूले सैद्धान्तिक सहमति दिइसकेको उल्लेख गरे।

    मन्त्री साउदले विदेशमा बसेका नेपालीहरूको पासपोर्ट, भिसालगायतका समस्या सम्बोधन गर्न मन्त्रालयको सङ्गठानिक संरचनामा केही सुधारको पहल भइरहेको जानकारी दिए।

    उनले अमेरिकाजस्तो प्रजातान्त्रिक मुलुकमा बसेर यहाँ हासिल भएको प्रजातान्त्रिक संस्कृति, संस्कार र व्यवहारलाई नेपालमा लैजान अनुरोध गर्दै भने, “तपाईंहरू विकसित र प्रजातान्त्रिक देशमा बसेर यहाँ जुन प्रक्रिया र प्रणाली अङ्गिकार गर्नुभएको छ त्यसको अभ्यासमा नेपाललाई लैजान म अनुरोध गर्दछु ।”

    उनले एक प्रसङ्गमा नेपालको परराष्ट्र नीति हिजोका दिनमा विचार या सिद्धान्तका आधारमा कहिले दायाँ त कहिले बायाँ ढल्किएको अनुभव गरिएको भएता पनि अहिले प्राकृतिक सिद्धान्तअनुसार स्वभाविक आधारमा ल्याउन प्रयास गरिएको बताए। कार्यक्रममा पूर्वमन्त्री जीतेन्द्र देव, जनसम्पर्क समितिका सभापति आनन्द विष्टलगायतले आ–आफ्नो धारणा राखेका थिए।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P