• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

  • २५ श्रावण २०८०, बिहीबार १८:१२ मा प्रकाशित
  • सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीवार दिउँसो काठमाडौंको गल्फुटारस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।
    शैक्षिक प्रमाण पत्र कीर्ते गरेको अभियोगमा शर्मालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए । उनले बाँकी कुरा भने खुलाउन चाहेनन् ।
    तर, सिआइबी स्रोतका अनुसार शर्माको भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको छ ।
    शर्मा मोरङ-३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

    प्रधानमन्त्रीसँग साउदी अरबका राजदूतको भेटवार्ता

  • २३ श्रावण २०८०, मंगलवार ००:५३ मा प्रकाशित
  • काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गरेका छन् ।
    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
    सो अवसरमा साउदी अरब सरकारको सहयोगका विविध आयामका विषयमा छलफल भएको थियो ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on प्रधानमन्त्रीसँग साउदी अरबका राजदूतको भेटवार्ता

    एनआरएनए साउदी अध्यक्षमा रबिना अर्याल लगायत सम्पूर्ण कार्यसमिति निर्विरोध ।

  • १४ श्रावण २०८०, आईतवार ११:४० मा प्रकाशित
  • गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको नवौँ राष्ट्रीय महाधिवेशन २८ जुलाई २०२३ शुक्रवारका दिन साउदीअरबको राजधानी रियादमा २०२३-२०२५ कार्यकालका लागी निर्विरोध कार्यसमितिको चयन गर्दै सम्पन्न भएको छ । उक्त अधिवेशनमा मध्यपूर्व संयोजक राजेन्द्र अर्यालको संयोजकत्व र सदस्य द्वय संरक्षक राजु सैयद र आईसीसी सदस्य तेज बहादुर थापा रहेको निर्वाचन समितिले निर्विरोध कार्यसमितिको घोषणा गरेको थियो ।


    नवौँ राष्ट्रीय महाधिवेशनबाट अध्यक्षमा रबिना अर्याल निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई निर्वाचित हुनु भएको छ। त्यसै गरी उपाध्यक्षहरूमा हेम सुवेदी, मनिष कोईराला, कृष्ण श्रेष्ठ र राज कुमार गिरी निर्वाचित हुनु भएको छ।

    त्यस्तै महासचिवमा शुक्र लामा, सचिवमा ध्रुव कटुवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा दुर्गा काउछा, युवा संयोजकमा विष्णु रावल र महिला संयोजकमा लक्ष्मी थापा मगर निर्वाचित हुनु भएको छ।

    त्यसै गरी २०२३-२०२५ कार्यकालका लागी एनआरएनए एनसीसी साउदीअरबको केन्द्रीय सदस्यहरूमा देवी बहादुर कार्की, युवराज पोख्रेल, पदम बहादुर महत, दिपक ढुंगाना, अमृत बहादुर तमाङ, धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले निर्वाचित हुनु भएको छ।

    अधिवेशन बाटै निर्विरोध रूपमा राम बहादुर क्षेत्री र दिपक रेग्मी एनआरएनए आईसीसी सदस्यमा निर्वाचित हुनु भएको छ भने नव निर्वाचित अध्यक्ष रबिना अर्यालको अध्यक्षतामा बसेको संघको पहिलो बैठकले निर्वाचित सदस्य देवी बहादुर कार्कीलाई संघको प्रवक्तामा नियुक्त गर्दै सोही पहिलो बैठकले २०२३-२०२५ कार्यकालका लागी बिशाल श्रेष्ठलाई एनआरएनए आईसीसी सदस्यमा मनोनित गरिएको छ ।

    महाधिवेशनमा साउदीअरबका लागी नेपालका महामहिम राजदूत नवराज सुवेदी प्रमुख अतिथि र महावाणिज्य दूतावास जेद्धाका कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोखरेल विशिष्ट अतिथि रहनु भएको उक्त महाधिवेशनमा एनआरएनए आईसीसी उपाध्यक्ष नरेन्द्र भाट, महिला उपाध्यक्ष याश्मिन वेगम, मध्यपूर्व क्षेत्रिय संयोजक राजेन्द्र अर्याल, आईसीसी सदस्य तेज बहादुर थापा, संस्थापक एवम् संरक्षकहरू राजु शैयद, ओम घले, विरेन्द्र चौधरी, जन सम्पर्क समिति साउदीअरबका कार्यवाहक सभापति द्वारिका राज गिरी, प्रवासी नेपाली मंच साउदीअरबका अध्यक्ष अमर श्रेष्ठ प्रवासी नेपाली एकता समाज (पानस) का अध्यक्ष कुबेर हुमागाईँ लगायत साउदीअरबमा क्रियाशील विभिन्न सामाजिक तथा राजनीतिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, व्यवसायी तथा बुद्धिजीवीहरू, विभिन्न संचार क्षेत्रमा आवद्ध संचार कर्मिहरू विशिष्ट अतिथि र अतिथिको रूपमा उपस्थित रहनु भएको थियो। उक्त अधिवेशनमा साउदीअरबको विभिन्न शहरहरूबाट संघका विभिन्न तह र ओहदामा क्रियाशील पदाधिकारीहरू, पंजिकृत सदस्यहरू, कलाकर्मीहरू र साउदीअरब स्थित कार्यरत नेपाली दाजुभाई दिदी बहिनीहरू सहित हजार भन्दा बढीको सहभागिता रहेको थियो।

    एनआरएनए एनसीसी साउदीअरबको नवौँ राष्ट्रीय महाधिवेशनमा संघका उपाध्यक्ष राम बहादुर क्षेत्रीले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो भने उपस्थित अतिथिहरू द्वारा नव निर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्नु भएको थियो । शुभ कामना मन्तव्य राख्ने क्रममा महावाणिज्य दूतावास जेद्धाका कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोख्रले ज्युले ऐतिहासिक रूपमा अधिवेशन गरी नयाँ कार्यसमिति चयन भएकोमा बधाई तथा शुभ कामना दिनु हुँदै श्रमिक संवर्धन तथा प्रवर्धनमा महावाणिज्य दूतावास तथा एनआरएनए बिचको सहकार्य निरन्तर रहने बिचार व्यक्त गर्नु हुँदै यस अघि विशेष गरी कोभिड १९ महामारीका बेला एनआरएनए एनसीसी साउदीअरबले पुर्याएको योगदानका लागी हार्दिक धन्यवाद व्यक्त गर्नु भयो।
    उक्त अधिवेशनमा आफ्नो शुभकामना मन्तव्य राख्नु हुँदै नेपाली दूतावास रियादका महामहिम राजदूत नवराज सुवेदी ज्युले एनआरएनएको भूमिका तथा उद्देश्य अत्यन्तै गहन तथा महत्वपूर्ण रहेकाले अन्य विषयहरूको अलावा श्रमिकहरूको पक्षमा विगतमा जस्तै अगामी दिनमा पनि एनआरएनएको सक्रिय एवम् सारभूत रूपमा रहने विश्वास व्यक्त गर्नु हुँदै नेपाली राजदूतावास बाट विगतमा जस्तै निरन्तर सहकार्य हुने प्रतिबद्धता व्यक्त गर्नु भयो। साउदीअरबमा रहेका सम्पूर्ण संघ संस्थाहरू एकतावद्ध भई श्रमिकहरूको हितमा भूमिका निर्वाह गर्दा त्यस बाट राजदूतावासको कार्य सम्पादनमा समेत सघाउ पुग्ने विचार व्यक्त गर्नुभएकोथियो।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on एनआरएनए साउदी अध्यक्षमा रबिना अर्याल लगायत सम्पूर्ण कार्यसमिति निर्विरोध ।

    पचरौता नगरपालिकाले गोजिको स्वार्थमा न्युक्ती गर्दै : आलम

  • २ श्रावण २०८०, मंगलवार २०:४४ मा प्रकाशित
  • सबिर आलमले पत्रकार सम्मेलन गरी गुनासो राख्दै

    कलैया, बारा

    पचरौता नगरपालिकाले गोजिको स्वार्थमा न्युक्ती गर्दै गरेको एक जना निवेदनकर्ता सबिर आलमले पत्रकार सम्मेलन गरी गुनासो पोखेका हुन।

    पचरौता नगरपालिकाको लागि विभिन्न पद र संख्यामा मिती २०७९/०९/१९ गतेको निर्णय अनुसार नगरपालिका अन्तर्गतका विधालयहरुमा कामकाज तथा शिक्षण गर्ने गरि नगरपालिका बाट तलब भता खाने गरि सेवा करारमा तपसिलका स्वयमसेवक शिक्षक / कर्मचारी पदपुर्ति गर्नु पर्ने बारे योग्यता पुगेका नेपालि नागरिकहरुले सुचना प्रकाशित भएको मितीले १५ दिन भित्र राजश्व तिरेको रसिद सहित दरखास्त दिनु हुन सम्बन्धित सबैका लागि त्यो सूचना प्रकाशन गरिएको थियोे।

    आलमले रितपुर्वक सबै प्रक्रिया पुरागरी उतिर्ण भइ बैकल्पिकमा रहेका थिए। तर रिना कुमारीले विज्ञान तथा लेखा गरि निमावि र मावि दुइटैमा नाम निकाल्न सफल भएकोले रिना कुमारीले निमावि बाट माविमा न्युक्ती लिए पछि दुइटा सिटका लागि गरिएको विज्ञापन मध्ये आलमको प्रतिस्पर्धी कोहि नरहेकोले आफ्नो न्युक्ती गर्न लाई पुनः निवेदन दिएर दर्ता गराउदा पनि पालिकाले न्युक्ती किन दिनु भएन भने बारेमा सबै संबंधित व्यक्ति संग कुरा गर्दा सबैले मेयर जलन्धर सिंह संग नै कुरागर्नु पर्छ भन्ने सल्लाह दिएका थिए।

    शिक्षा शाखा प्रमुख प्रमोद यादव संग आलमले कुरा गर्दा मेयर साहब संग नै भन्न लगाउनु पर्छ मलाई गर्न कुनै समस्या छैन भन्ने प्रतिक्रिया दिएको आलमले बताए। संग संगै अडियो क्लिपनै सुनाएका थिए। ततपश्चात कार्यालय प्रमुख महेश मिश्र संग कुरा गर्दा पनि शाखा प्रमुख यादवकै भाषा प्रयोग गर्दै मेयर साब संग नै सेटिंङ्ग मिलाउनु पर्छ भन्ने जिकिर गरेको बारे प्रतिक्रिया दिएको आलमले अडियो क्लिप सुनाएका थिए।

    अदालती प्रक्रियामा किन जानू भएन भन्ने बारेमा आलम संग प्रश्न गर्दा आलमले भने निस्वार्थ भावना भएको भए न्युकति बारे आज मलाई यो पत्रकार सम्मेलन गर्नु पर्ने थिएन, त्यही भएर अदालती प्रक्रिया बाट गराउन सहज थियो। तर भोलि जागिर सुरक्षित नरहने सम्भावनाका कारण सर्व सधारणमा यस्ताकुराको बारे जानकारी हुन आवस्यक देखेकोले आज पत्रकार सम्मेलन गरेको र न्युक्ती कुन कारणले नगरेको जवाफ मात्र पाउने उद्देश्य रहेको आलमले बताए।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on पचरौता नगरपालिकाले गोजिको स्वार्थमा न्युक्ती गर्दै : आलम

    एनआरएनए साउदी अरबको राष्ट्रिय अधिवेशन २८ जुलाईको रियादमा हुने।

  • १ श्रावण २०८०, सोमबार १२:४६ मा प्रकाशित
  • गैरआवासीय नेपाली संघ साउदी अरबले आगामी कार्यकाल २०२३-२५ का लागि यहि आउँदो २८ जुलाई शुक्रबारका दिन रियादमा हुने अधिवेशन मार्फत नयाँ कार्यसमितिको टुंगो लागाउने भएको छ।

    त्यसका लागि कार्यसमिति चयन प्रकिया अगाडी बढेको निर्वाचन समितिले जनाएको छ ।

    निर्वाचन समितिले जुलाई १५ सम्म उम्मेदवारी दर्ता भएका आबेदकको नामावली प्रकाशित गर्दै अध्यक्षलगाएतका धेरै पदमा एक जनाको मात्रै उम्मेदवारी परेको जनाएको छ ।

    निर्वाचन समितिले जारी गरेको सूचना अनुसार अध्यक्षमा रबिना अर्यालको मात्रै उमेदवारी परेको छ । अध्यक्षमा रबिना अर्यालको मात्रै उमेदवारी परेकोले उनीलगाएत प्राय सबै कार्यसमिती नै निर्विरोध हुने भएको छ ।

    बरिस्ठ उपाध्यक्ष बाहेक सबै पदमा चाहिने जती मात्रै उम्मेदवारले उम्मेदवारी दर्ता गरेकाले सबै निर्विरोध भएका छन तर निर्वाचन समितिले भने दावी बिरोध हेरेर प्रक्रियागत तवरले उक्त जानकारी गराऊनेछ ।

    सुरुमा रोशन श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उनले रबिना अर्याललाई नै अध्यक्षमा सहयोग गर्ने भन्दै आफ्नो उमेदवारी फिर्ता लिएको जानकारी आधिकारिक रूपमा निर्वाचन समितिको ईमेलमा पठाएका छन् ।

    अन्य पदका उमेदवारको सम्वन्धमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको नवौँ राष्ट्रिय महाधिबेशन बाट २०२३ – २०२५ कार्यकालको लागि बिधानको दफा १३.१ मा रहेका पदिय प्रावधान बमोजिम उम्मदेवारीहरू आह्वान गरिएकोमा निर्धारित मिति १५ जुलाई २०२३ सम्ममा प्राप्त उम्मेदवारीहरूको पहिलो सूची निर्वाचन समितिले प्रकाशन गरेको छ । पुर्ब प्रकाशित निर्बाचन कार्य तालिका बमोजिम प्राप्त उम्मेदवार हरूको प्रथम सूचीमा आगामी १७ जुलाई बेलुकी ८.०० बजे भित्रमा दावी, बिरोध उजुरी गर्नसक्ने समितिले जनाएको छ ।

    कसैको दावी बिरोध भएमा निर्बाचन समितिको आधिकारिक इमेल 9thadhiveshan@gmail.com मा इमेल गर्न निर्वाचन समितिका संयोजक एबं एनआरएनए मध्यपुर्वका संयोजक राजेन्द्र अर्यालले आग्रह गरेका छन् ।

    निर्वाचन समितिले उम्मेदवारी परेका नामहरू सार्वजनिक गरेको छ । आईसीसी सदस्यमा राम बहादुर क्षेत्री र दीपक रेग्मीको उम्मेदवारी परेको छ । अध्यक्षमा रबिना अर्याल, वरिष्ठ उमेश भट्टराई र बिशाल कुमार श्रेष्ठ, उपाध्यक्षमा राजकुमार गिरि, कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदीको उम्मेदवारी परेको छ।

    महासचिवमा शुक्र लामाको उम्मेदवारी परेको छ । यसैगरी सचिवमा ध्रुब कटवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सह-कोषाध्यक्षमा दुर्गा बहादुर काउचा, युवा संयोजकमा बिष्णु रावत, महिला संयोजकमा लक्ष्मी थापा मगरको उम्मेदवारी परेको छ ।

    त्यस्तै सदस्यमा देवीबहादुर कार्की, युवराज पोखरेल, पदम बहादुर महत, दीपक ढुङ्गाना,अमृत बहादुर तामाङ, धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्लेको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी गराएको छ ।

    हालांकि निवर्तमान अध्यक्षले आईसीसीलाई ईमेल पठाउदै र आफ्नो फेसबुक मार्फत केहि बुँदागत असहमती जनाउदै अधिबेशन स्थगित भएको सूचना सम्प्रेसन गरेतापनि
    उनले उठाएका बुँदागत असहमती उनकै प्रस्तावमा पारित भएकाे र एनआरएन साउदी अरब कामचलाउ मात्र भएकाले अधिवेशन बाट पछि नहट्ने भन्दै गैरआवासिए नेपाली संघ राष्ट्रिय समन्वय परिषदको करिब दुई तिहाई कार्य समितिले आईसीसी लाई भ्रममा नपर्न आधिकारिक इमेल पठाएको थियो ।

    तत्पश्चात आईसीसीको ग्रिन सिग्नल पाएपछि एनसिसी साउदी अरबले प्रेस विज्ञप्ति जारी गर्दै प्रक्रियामा अगाडि बढेको जनाउदै तोकिएकै मितीमा राष्ट्रिय महाधिवेशन हुने जनाएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on एनआरएनए साउदी अरबको राष्ट्रिय अधिवेशन २८ जुलाईको रियादमा हुने।

    दुर्गा प्रसाईंसँग ३० करोड फिरौती माग्ने गुरुङ साउदीमा पनि परेका थिए जेल

  • २९ असार २०८०, शुक्रबार २०:१० मा प्रकाशित
  • रमेशकुमार गुरुङ २ दिनदेखि प्रहरी थुनामा छन् । खोटाङ रावाबेँसी गाउँपालिका–१ का ४० वर्षीय गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले २६ असारमा महाराजगञ्जबाट पक्राउ गरेको हो ।

    गुरुङमाथि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड रुपैयाँ फिरौती मागेको आरोप छ । सीआईबीका अनुसार गुरुङले प्रवेश लामाको नामबाट प्रसाईंलाई १३ असारमा पहिलोपटक फोन तथा एसएमएस गरेर ३० करोड रुपैयाँ माग्दै धम्क्याएका थिए ।

    गुरुङले भनेका थिए, ‘हत्या गर्नका लागि योजना बनिसकेको छ । सुरक्षित हुन चाहनुहुन्छ भने ३० करोड दिनुपर्ने हुन्छ । तपाईंको नाम २ नम्बरमा छ ।’

    तर, प्रसाईंले मागेजति रकम गुरुङलाई दिन नसक्ने तर ५ करोड दिने जवाफ फर्काएका थिए । सोही ५ करोड बुझ्ने प्रलोभनमा परेर गुरुङ महाराजगञ्ज पुग्दा प्रहरीको फन्दामा परेका हुन् ।

    प्रहरीको अनुसन्धानले गुरुङ लामो समय वैदेशिक रोजगारीका लागि साउदी अरब बसेर २ वर्षअघि मात्रै नेपाल फर्किएको खुलेको छ ।

    keystoneglobalnetworkHero New year offer
    अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार करिब १० वर्ष साउदी बसेका गुरुङ साउदीमै पनि झैझगडा गरेर एक वर्ष जेल बसेर नेपाल फर्किएका थिए ।

    प्रहरीसँगको बयानमा उनले प्रसाईंसँग पैसा भएको र थर्काएपछि दिने प्रलोभनमा परेर फोन गरेको स्वीकार गरेका छन् । उनीमाथि प्रहरीले अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    Posted in मुख्य खबर, राजनीति, समाजLeave a Comment on दुर्गा प्रसाईंसँग ३० करोड फिरौती माग्ने गुरुङ साउदीमा पनि परेका थिए जेल

    म आजबाट अपराधी – बालेन

  • २५ असार २०८०, सोमबार ०३:०९ मा प्रकाशित

  • काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर वालेन्द्र साह (बालेन) ले आफू आजबाट अपराधी भएको बताएका छन् । सामाजिक सञ्जालहरुमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्बिर राख्दै मेयर साहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका हुन् ।

    उनले आफू आजबाट अपराधी हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने छुट पाएको उल्लेख गरेका छन् । उनले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा प्रचण्डले छुट पाएको र आफू भने अपराधी भएको उल्लेख गरेका छन् ।

    उनले लेखेका छन्, ‘‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा। म आजबाट अपराधी। जय होस् यो देशको ।”

    बालेनले भारतले बनाएको चलचित्र आदिपुरुषमा सीतालाई भारतकी छोरी भनेर प्रस्तुत गरिएपछि उनले काठमाडौँ महानगरभित्र हिन्दी चलचित्र चलाउन नै प्रतिबन्ध लगाएका थिए । त्यसविरुद्ध हलवालाहरुले उजुरी गरेपछि अहिले उनले तारिख धाउन थालेका छन् ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on म आजबाट अपराधी – बालेन

    मायादेवी गाउँपालिका पुर्ण साक्षर घोषणा ।।

  • १८ असार २०८०, सोमबार १२:१७ मा प्रकाशित
  • कपिलवस्तु जिल्ला मायादेवी गाउँपालिका पुर्ण साक्षर गाउँपालिका घोषण गरिएको छ । यस अघि पालिकाले ८ वटा वडा पुर्ण साक्षर घोषणा भैसकेकोमा एक कर्याक्रमका बीच गाउँपालिकालाई नै पुर्ण साक्षर घोषणा गरिएको हो ।

    १५ देखि ६० वर्ष उमेर समुहका जनसंख्या ९५ प्रतिशत बढी साक्षर भए संगै गाउँपालिकालाई पुर्ण साक्षर घोषणा गरिएको मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानले जानकारी दिए ।

    पछिल्लो जनगणना अनुसार गाउँपालिकाका १५ देखि ६० वर्ष उमेर समुहका ९५ प्रतीशत बढि साक्षर भए पछि गाउँपालिका साक्षर घोषणा गरिएको अध्यक्ष मुसलमानले बताए । बाकी रहेको निरक्षर जनसंख्यालाई आगामी दिनमा निरन्तर सिकाइ तथा वैकल्पिक सिकाइको माध्यमबाट पालिकालाई साक्षर बनाउने योजना रहेको छ ।

    बिधालय उमेरका बालबालिकालाई शत प्रतिशत बिधालय भर्ना गरि औपचारिक माध्यम बाट शिक्षा प्रदान गर्ने र बिधालय बाहिर रहेको तथा १५ वर्ष माथिका ब्याक्तीलाई सामुदायिक सिकाइ केन्द्रहरुको माध्यमबाट शिक्षा दिने ब्यवस्था गाउँपालिकाले मिलाउने छ ।

    घोषणासभामा बोल्दै कपिलवस्तु १ का संघिय सांसद बलराम अधिकारीले गाउँपालिकालाई साक्षर घोषणा गरिए सङै साक्षरता र सचेतना कार्यक्रमलाई थप प्राथमिकता दिनु पर्ने बताए । शिक्षा सेवामा गरिने लगानीमा समुदायको अपनत्व आवश्यक रहेकोमा प्रदेशसभा सदस्य मधुसुदनशरण चौधरीले बताए ।

    साक्षर गाउँपालिका घोषणा सङै बाकी निरक्षर जनसंख्या केन्द्रित कार्यक्रम अगाडि बढाउन जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचर्यले सुझाव दिए । जिल्ला साक्षर घोषणा गरि प्रदेशलाई नै साक्षर प्रदेश बनाउने अभियानमा गाउँपालिका पुर्ण साक्षर घोषणाले सहयोग पुर्याएको जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख थनेश्वर घिमिरेले बताए ।

    पुर्बमन्त्री दान बहादुर चौधरी ,पुर्ब सांसद रामलौटन तिवारी ,पालिका उपध्याक्ष सरस्वती यादव ,पालिका शिक्षा शाखा प्रमुख माधब प्रसाद घिमिरे लगायतले गाउँपालिकालाई पुर्ण साक्षर गरिएसङै शिक्षाका कार्यक्रमले थप प्राथमिकता पाउने बिश्वास ब्याक्त गरे ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on मायादेवी गाउँपालिका पुर्ण साक्षर घोषणा ।।

    आठौँ क्षेत्रिय समन्वय समिति दम्मामको आठौँ अधिवेशन सम्पन्नः

  • १३ जेष्ठ २०८०, शनिबार ०३:२१ मा प्रकाशित
  • गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबका मातहतमा रहेको पूर्वी क्षेत्र दम्मामको क्षेत्रिय समन्वय समितिको २०२३-२०२५ कार्यातालका लागी अध्यक्षमा विष्णु भण्डारीलाई चयन गर्दै आठौँ अधिवेशन २६ मेई २०२३ का दिन सम्पन्न भएको छ।

    संघका वरिष्ठ उपाध्यक्ष रविना अर्यालको संयोजकत्वमा रहेको तिन सदस्यीय क्षेत्रिय समन्वय समिति अधिवेशन समितिले सर्वसम्मतिमा १५ सदस्ययी कार्यसमितिको चयन गरेको हो। उक्त अधिवेशन बाट वरिष्ठ उपाध्यक्षमा काशिन्द्र पासमान, उपाध्यक्षमा धनकुमार तामाङ चयन गरिएको छ भने सचिवमा पूर्ण सुनार, सहसचिवमा तोयानाथ अधिकारी चयन गरिएको छ ।
    त्यसै गरी उक्त आठौँ अधिवेशन बाट कोषाध्यक्षमा संजिता महर्जन, सहकोषाध्यक्षमा दिपक खाँड, युवा संयोजकमा मोती राज चेम्जोङ चयन भएका छन्।
    विष्णु भण्डारीको नेतृत्व रहेको उक्त कार्यसमितिको सदस्यहरूमा मित्रलाल बगाले, सुजेन्द्र जित, घनेन्द्र ईजम, रूद्र बहादुर थापा, राम ललित यादव, ललित मण्डल र निरज कुमार राय चयन भएका छन्।


    अधिवेशन कार्यक्रममा एनआरएनए आरसीसी पूर्वी क्षेत्र दम्मामका अध्यक्ष विष्णु भण्डारी द्वारा सांगठनिक तथा कार्य प्रगति विबरण प्रस्तुत गरिएको थियो भने आर्थिक प्रतिवेदन समितिका कोषाध्यक्ष संजिता महर्जन द्वारा प्रस्तुत गरिएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on आठौँ क्षेत्रिय समन्वय समिति दम्मामको आठौँ अधिवेशन सम्पन्नः

    भ्रस्टाचार बिरुद्ध बिरगंजमा जन्मतको बिरोध प्रदर्शन

  • ३ जेष्ठ २०८०, बुधबार ०६:०५ मा प्रकाशित
  • वीरगंज, ०२ जेठ ।
    जनमत पार्टी पर्साले आज बिरगंन्जमा बिरोध प्रदर्शन गरेको छ l

    नक्कली भुटानी शरणार्थी काण्ड लगायत भ्रस्टाचारका काण्डहरुलाई निश्पक्ष छानबिन गर्न माग गर्दै जनमत पार्टी पर्साले बिरोध प्रदर्शन गरेका छन् ।


    जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा मंगलवार वीरगंज स्थित घण्टाघर चोकमा विरोध प्रदर्शन गरेका हुन ।


    विभिन्न नारा लेखिएको प्ले कार्ड सहित बिरोध प्रदर्शनमा उत्रिएका जनमत पार्टीका नेताहरुले नक्कली भुटानी शरणार्थी काण्ड निश्पक्ष छनबिन हुनु पर्ने, मधेस सरकारको साईकल घोटाला काण्ड , छोरी बिमा कार्यक्रम , पोखरी सौन्दर्यकरणको नाममा भएको भ्रस्टाचार काण्डहरु सुक्ष्म तरिकाले छानबिन गरि भ्रस्टाचारीहरुलाई कडा कारवाही गरि सबै सम्पत्ति जफत गर्नु पर्ने माग गरेका छन ।


    विरोध प्रदर्शनमा जनमत पार्टीका केन्द्रिय सदस्य डा. अजय यादव, जिल्ला सह–इन्चार्ज मुकेश दिवेदी, सह–संयोजक रामजी रौनियार , महिला जिल्ला संयोजक अन्जना गुप्ता, सिए अजय चौरसिया लगायतको सहभागिता रहेको थियो ।

    twitter sharing button
    Posted in राजनीतिLeave a Comment on भ्रस्टाचार बिरुद्ध बिरगंजमा जन्मतको बिरोध प्रदर्शन

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P