• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

विशेष झिल्का लेखन अभियानको एघारौँ शृङ्खला (आमा विषयक) सम्पन्न

  • २८ बैशाख २०८१, शुक्रबार ०६:५४ मा प्रकाशित
  • झिल्का लेखन अभियानको एघारौँ शृङ्खला (आमा विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले मातातीर्थ औँसी(आमाको मुक्ग हेर्ने दिन) को अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    [१]
    १//
    आफ्नो पेट काटेर
    मेट्छिन् भोक सन्तानको
    आमाले पटुकी बाँधेर !
    २//
    पुज्दछु शिरमा राखी
    आमा देवी हुन्
    खानी हुन् ममताकी !
    ३//
    क्रयविक्रय र व्यापारमा
    खोजेमा मिल्छ हरचिज
    पाइन्नन् आमा संसारमा !
    ४//
    बगेका आँसु साराको
    सकिँदैन तिर्न आमा
    ऋण ती दसधाराको !
    ५//
    स्वर्ग लाग्छ काख
    सृष्टिकर्ता पालनकर्ता आमा
    तिम्रो माया लाख !
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    —————<•>—————
    [२]
    आमा भगवान् सुन
    किन पत्थर पुज्छौँ
    तिरेर सकिन्न गुन !
    ✍️ शंकर कार्की
    थाहा ३ मकवानपुर।
    —————<•>—————
    [३]
    १//
    आमा घरको मियो
    सन्तानको लागि अहोरात्र
    फाटेको सिलाउने सियो !
    २//
    आमा शब्द भारी
    भोक लाग्यो नभन्ने
    आमा भगवान् नारी !
    ३//
    आफू नखाई छोराछोरी
    खेलाउने भुलाउने जहिल्यै
    बाँधेर ममताको डोरी !
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाण्डौ
    —————<•>—————
    [४]
    १//
    सृष्टिकर्ता मायाकी खानी
    देवी मानेर पुज्छु
    मुटुको बनाएर रानी !
    २//
    तिमीले सिलाएको जामा
    च्यातेर नयाँ धोती
    कसरी बिर्सनु आमा !
    ३//
    खाजा पोल्टामा हाल्दै
    मेला गएको बेला
    हुर्कायौ स्नेहमा पाल्दै !
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    —————<•>—————
    [५]
    १//
    आमाकाे माया लाख
    भेटिँदैन अन्त कतै
    स्फटिक सुन्दर काख !
    २//
    देख्दा आमाकाे मुहार
    वात्सल्यकाे ज्योति बल्ने
    टल्कन्छन् कायामा जुहार !
    ३//
    आमा माफी माग्छु
    अबाेध सम्झिदिनु है
    ‌दैनिक कुलदेवता भाग्छु ।
    ✍️ हिरालाल न्याैपाने, काेटमाैला, सल्यान
    —————<•>—————
    [६]
    आमाको महिमा अपार
    सुख चाहन्छिन् सन्तानको
    गर्दै सङ्घर्ष लगातार !
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    —————<•>—————
    [७]
    १//
    आमा ममताकी खानी
    कमी नहुने मायामा
    घरकी आमा रानी !
    २//
    शुन्य हुन्छ घर
    आमा नहुँदाका पलहरू
    घर आमाको भर !
    ३//
    आमा प्राण दानी
    यिनैका महिमा अपार
    सरल स्वभाव बानी !
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>—————
    [८]
    १//
    ब्रम्हाण्डमा आमाको महानता
    तुलना गर्दा कसैसँग
    पाइँदैन कहिल्यै समानता !
    २//
    जननीलाई नगर हेला
    सृष्टिमा आमाभन्दा अगणित
    कुनै पर्दैन फेला !
    ३//
    सामाजिक सञ्जाल रङ्गाएर
    वर्षेनी मातृऔँसी मनाउने
    झुपडीमा सहाराहीन बनाएर !
    ✍️ पारसमणि खतिवडा
    सूर्योदय ३ इलाम हाल सूर्यविनायक भक्तपुर
    —————<•>—————
    [९]
    १//
    आमाको मायामा हुर्कने
    पढाइलेखाइ सबै सकेर
    घमन्डी पाखुरा सुर्कने !
    २//.
    मुखमा गाँस नपारी
    बाँचिन बच्चाको खातिर
    काममा बोकेर नझारी !
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    [१०]
    १//
    आमाको माया मुटुभरी
    औँसीमा मात्र होइन
    अविरल सर्वदा यसैगरी !
    २//
    आमा विनाको घर
    उज्यालो हुँदैन कहिल्यै
    अँध्यारो हुन्छ निशाचर !
    ३//
    आमा हाम्री बिहानी
    संस्कार सिकाउने बच्चामा
    घर परिवारकी जिन्दगानी !
    ✍️ भगवती दवाडी
    —————<•>—————
    [११]
    १//
    तिमी फलिरहेको बोट
    अनेक चोट झेल्छ्यौ
    छैन तिमीमा खोट !
    २//
    चुसाई आफ्नो रगत
    सजक बनेर सन्तानको
    लियौ जस फगत !
    ३//
    भविष्य उजाडी बचायौ
    हसायौ रोएर मकाई
    ममताको इतिहास रचायौ !
    ✍️ रोसन अधिकारि
    —————<•>—————
    [१२]
    १//
    मियो ढलेको दिन
    म पर्खिरहेछु आमा
    नभई रत्ती उदासिन !
    २//
    म सम्झन्छु पल
    आमा याद आउँदा
    हेर्छु तिम्रो सल !
    ३//
    दिन, महिना, वर्ष
    भुल्नै सक्दिनँ कहिल्यै
    न उमङ्ग हर्ष !
    ✍️ म्छुगेम रोदु
    मकालु-६, वालेङ, संखुवासभा
    —————<•>—————
    [१३]
    १//
    आमा हुन् विशाल
    ममताकी खानी औ
    करुणाकी उच्च मिसाल !
    २//
    सारा सपना मुज्याएर
    बस्छिन् सन्तान हुर्काइ
    इच्छाहरू पनि कुज्याएर !
    ३//
    हुँदैम आमालाई खरो
    सन्तानलाई टाउको दुख्दा
    आउँछ उनलाई ज्वरो l
    ✍️ बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    [१४]
    १//
    अपार ममताकी देवी
    अतुलनीय सेवामा समर्पित
    परिवारको महान् सेवी !
    २//
    आमा शब्दमै मिठास
    प्रेरणाकी साक्षात् मूर्ति
    बनाउदिनन् कहिले हतास !
    ३//
    आमाको ममता नपाउँदा
    लाग्छ जीवन उदास
    प्रेम अभावले सताउँदा !
    ✍️ दिल ठकुरी टिस्टा भेल्ली दार्जिलिङ
    —————<•>—————
    [१५]
    १//
    आमाको अपार मायाले
    बनेको जिन्दगी सुनौलो
    छुँदैन कसैको छायाले !
    २//
    रमाइलो तिम्रै घरमा
    गल्ती जति गर
    बस्नुपर्दैन है डरमा !
    ३//
    परान मेरो भनेर
    तिमीले राख्छेउ काखमा
    धर्ती जस्तो बनेर !
    ✍️ सञ्जना शर्मा दाङ लमही
    —————<•>—————
    [१६]
    १//
    आमा हुन् धरती
    आमालाई हेला गर्नेहरू
    पर्छन् पक्कै अगति !
    २//
    स्वर्ग तिम्रै काख
    सृष्टिकर्ता हौँ आमा
    माया दिन्छौँ लाख !
    ३//
    आमाको माया अपार
    यस्ती ममता खानीको
    हेरविचार गरौँ बारबार !
    ✍️ अर्जुन प्रसाद चौलागाई
    —————<•>—————
    [१७]
    १//
    मायाको तिमी रानी
    आकाशकी तिमी जून
    दयाको आमा खानी !
    २//
    हजुर नै जून
    भरोसा छ जिन्दगीको
    तिमी नुनिलो नुन !
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    —————<•>—————
    [१८]
    १//
    आमा मायाको खानी
    हर दुःखकष्ट सहने
    घरकी हुन् रानी !
    २//
    उज्यालो हुन्छ घर
    पूर्णीमाकाे यो रातसरि
    हाँसेकाे आमाकै भर ।
    ३//
    आमा भगवान जून
    सृष्टिकर्तालाई पूजा गरी
    तिर्नु आमाको गुन !
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
    —————<•>—————
    [१९]
    १//
    जरा जननी हाम्रो
    हाँगा पात उन्नति
    खुसी फलेको राम्रो !
    २//
    खन्याएर जीवनमा ममता
    स्वर्गकी काख कल्याणी
    जीवन रूप सार्थकता !
    ✍️ ममता पौडेल
    बुढीगङगा-२ मोरङ
    —————<•>—————
    [२०]
    १//
    आमाको जस्तो काख
    हुँदैन अरू कसैको
    सबैले याद राख !
    २//
    आमाको लागि छोरी
    अमूल्य सम्पत्ति हुन्
    प्रेमको अटुट डोरी !
    ३//
    घरको लक्ष्मी मानेर
    कहिल्यै मन नदुखाउनु
    नमिठो वचनले हानेर !
    ४//
    दुःखमा दाजुभाइले हेप्दा
    जाने ठाउँ हुँदैन
    त्यसैमा परिवारले चेप्दा !
    ५//
    आमाछोरीको यो सम्बन्ध
    प्रगाढ हुन्छ सधैँ
    कहिल्यै बन्दैन मन्द !
    ✍️ ललिता गिरी, सिन्धुली
    —————<•>—————
    [२१]
    १//
    बगेका आँसू साराको
    आमाको सकिँदैन तिर्न
    दुधको ऋण दशधाराको !
    २//
    झेलेर अनकौँ चोट
    हुर्काउँछ्यौ तिमी सन्तानलाई
    आइपरेको सहेर खोट !
    ३//
    खानी हुन् ममताकी
    सन्तानको खातिर आमा
    कष्ट सहने क्षमताकी !
    ✍️ बेदु न्यौपाने
    —————<•>—————
    [२२]
    १//
    घरकी लक्ष्मी आमा
    मात्र उनी एक
    हाँस्न सक्ने पीडामा !
    २//
    गल्तीलाई सच्चाएर डोर्‍याउँछिन्
    भरपुर समय खर्चेर
    सन्ततीलाई योग्य बनाउँछिन्।
    ३//
    जननी शुद्ध सुन
    आमा भन्दै गर्दा
    पीडा हराउँछ जुन !
    ✍️ केन्टरमेश क्षेत्रीय
    रोल्पा
    —————<•>—————
    [२३]
    १//
    आमाको माया सधैँभरी
    सन्तानमा हुन्छ भरिपुर्ण
    कसैलाई नछुट्याई बराबरी !
    २//
    पर्न दिन्निन् छायामा
    निरन्तर हेरचाह गरी
    खटिरहन्छिन् है मायामा !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    —————<•>—————
    [२४]
    १//
    आमा तिमी महान
    टेकेर आज धर्तीमा
    देखायौ सारा जहान !
    ✍️ गंगाराम यादव
    औरावनी २ सुनसरी
    —————<•>—————
    [२५]
    १//
    घाम अनि जून
    मेरो लागि आमा
    हिरा, मोती सुन !
    २//
    माया ममताकी खानी
    आमा नै हुन्
    मेरो सारा जिन्दगानी !
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    —————<•>—————
    [२६]
    १//
    आमा विनाको घर
    लाग्छ उजाड न्यास्रो
    मेरो बस्ती सहर !
    ✍️ देव मगर
    कचल,पाल्पा
    —————<•>—————
    [२७]
    आमाको चोखो मायामा
    नगर्नु कहिल्यै दुर्व्यवहार
    पवित्र निश्चल छायामा !
    ✍️ सरस्वती श्रेष्ठ
    —————<•>—————
    [२८]
    १//
    आमाझैँ यहाँ अरू
    काेही छैनन् मेरो
    घनिष्ठ आफ्ना आफन्तहरू !
    २//
    मेरी आमा मेरै
    जिन्दगीको मुहान हुन्
    मनपर्छ मलाई धेरै !
    ✍️ ईश्वर साउद, रामाराेसन गाउपालिका ६ सुदुरपश्चिम अछाम
    —————<•>—————
    [२९]
    १//
    आफ्नो बाटो खनेर
    हिँड्दा देखिन्छ साहसी
    युद्धको मैदानमा लडेर !
    ✍️ डा देवी पन्थी
    —————<•>—————
    [३०]
    आमा दयाकी खानी
    आमा नहुँदा हाम्रो
    अन्धकार हुन्छ जिन्दगानी !
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    —————<•>—————
    [३१]
    १//
    कञ्चन ममाताकी धनी
    बाँच्न चाहन्छिन् सन्तान
    मुटुको टुक्रा भनी !
    २//
    छोराछोरीलाई दिन्छिन् सुख
    हुन्छिन् खुसी मुद्रामा
    ढालेर जिन्दगीको दुख !
    ३//
    हुँदैन कहिले विरक्ति
    कुनै प्रकोपले छोप्दा
    पाइन्छ अलौकिक शक्ति !
    ✍️ पृथक प्रकृति, झापा
    —————<•>—————
    [३२]
    १//
    आमा सभ्यताकी खानी
    खाइनखाई गरेर सधैँ
    सुनाउने गर्नुहुन्थ्यो कहानी !
    २//
    सङ्घर्षमा जिउन सिकायो
    जिन्दगीमा सधैँ हाँसेर
    समाजमा उज्यालो देखायो !
    ३//
    सुखको दिन आमाको
    आएन तिम्रो कहिले
    भाग्छ लुकेर छायाको !
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    —————<•>—————
    [३३]
    १//
    अपरम्पार छन् जन्मदाता
    आफ्नो सन्ततिको लागि
    धरणी हुन् माता !
    २//
    हुँदैन कुनै सिमा
    आकाशभन्दा नि विशाल
    तिनै आमाको महिमा !
    ३//
    ज्ञान चेतना छरौँ
    हेलाहोचो गर्ने होइन
    आमाको सम्मान गरौँ !
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    [३४]
    १//
    संसारकै पहिलो गुरु
    हाम्रो जीवनको शिक्षण
    आमाबाट हुन्छ सुरु !
    ✍️ बिके मुखिया
    दार्जीलिङ,भारत।
    —————<•>—————
    [३५]
    १//
    दूधको भारा तिर्नुछ
    आमाको दुःख सम्झी
    घर चाडै फिर्नुछ ।
    २//
    आमा हुन् हाम्रो
    घरको मूल देवता
    सन्तानले गर्नुपर्छ राम्रो !
    ३//
    माया मायालु हाम्री
    उनी एकमात्र हुन्
    यो संसारकी राम्री !
    ✍️ कला ढकाल, झापा
    —————<•>—————
    [३६]
    १//
    आमा वृद्ध हुँदा
    सन्तान साथैमा छौँ ?
    भोक, प्यासले रुँदा !
    २//
    किन गर्ने पूजा ?
    तातो न्यानो छैन
    मुटु धुजा धुजा !
    ✍️ कमला न्यौपाने
    —————<•>—————
    [३७]
    १//
    नगरौँ कुरा लामा
    कसरी हुन्छौँ हामी ?
    भइनन् भने आमा !
    २//
    आमा ममताको खानी
    अबोध शिशु हुर्काउने
    मनको भाषा जानी !
    ३//
    चिच्याएर आमालाई नबुझाउनु
    बुझ्न सक्छिन् आमा
    तिमीले नसक्दा बोलाउनु !
    ४//
    निस्वार्थ मायाको नमुना
    जतिसुकै खोजे पाइँदैन
    पार गरेपनि यमुना !
    ✍️ दीपा समभाव
    खोटाङ्ग
    —————<•>—————
    [३८]
    १//
    आमा ममताकी खानी
    साक्षात् दर्शन मिल्ने
    जिवित देवी सर्वज्ञानी !
    २//
    पीडा लुकाई छातीमा
    खुसी बाँड्न सक्ने
    देवी हुन् आमा !
    ✍️ निर्मल शर्मा
    पेदोङ भारत
    —————<•>—————
    [३९]
    १//
    आमाको सम्झना आयो
    सम्झ्यौ कतै आमाले
    मलाई बाडुली लायो !
    २//
    आमाको मुख हेर्न
    अब कहाँ पाइएला
    अङ्गालोमा आमालाई बेर्न !
    ३//
    भर छैन सासको
    कामना गर्छु आमाको
    सधैँ बैकुण्ठ बासको !
    ✍️ देव कृष्ण काफ्ले
    पोखरा १ कास्की
    —————<•>—————
    [४०]
    १//
    दुखी न सुखी
    अधमराे जीव भएर
    बन्दैछाैँ परनिर्भर मुखी !
    २//
    कर्तव्यमा सधैँं चुक्ने
    जालझेल मात्र सधैँ
    त्यसैले जनले थुक्ने ।
    ✍️ प्रद्युम्न चालिसे
    —————<•>—————
    [४१]
    १//
    जबसम्म काखमा थिएँ
    स्वर्ग जस्तै लाग्थ्यो
    अहिले पाे एक्लिएँ !
    २//
    आमा देवता जस्तै
    हिजो वा आज
    सदैव हुनेछ्याै त्यस्तै !
    ३//
    जीवनदातृ हुन् आमा
    सधैँ सधैँ पुजनीय
    देवी हुन् धरामा !
    ✍️ शम्भु गजुरेल सिन्धुली ,
    —————<•>—————
    [४२]
    १//
    हजुर मेरी भगवान
    गर्दछु हरेक स्थानमा
    आमाको सधैँ सम्मान !
    ✍️ बिरेन्द्र चौधरी
    इटहरी१६ सुनसरी
    कोशी प्रदेश
    —————<•>—————
    [४३]
    १//
    सिक्यौँ सुरुमा बोल्न
    सक्यौँ आमाकै सहयोगमा
    मातृभाषाको ढोका खोल्न !
    २//
    देखायौ संसार सारा
    आमा बनी तिमीले
    पिलायौ दूधको धारा !
    ३//
    आमा ममताको खानी
    पाइन्न खोजेर कतै
    कष्टमा नपारौँ जानी !
    ४//
    आमा भन्थिन् रुँदै
    पढेर ज्ञानी बन्नु
    म ‘जिउँदो’ हुँदै !
    ५//
    आँखाको आँसु पुछेर
    हाँस्न खोज्थिन् आमा
    सन्तानको भविष्य बुझेर !
    ✍️ मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा, भारत।
    —————<•>—————
    [४४]
    १//
    महिनौँसम्म गर्भमा भार
    सहेर अनेकौँ दुखहरू
    आमा देखायौ संसार !
    २//
    सायद रहेछु अभागी
    आयो अँध्यारो रात
    आमा नहुनेको लागि !
    ३//
    सम्झनामा तस्बिर हेर्छु
    गहका आँसु पुछेर
    सपनामा पाइलाहरू फेर्छु !
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    [४५]
    १//
    आमा सन्तुष्टि हुन्छिन्
    ख्वाई अमृत सन्तानलाई
    अल्प निदाई सुन्छिन् ।
    २//
    आमा सन्तानलई साँच्छिन्
    आफू नखाएर पनि
    अरुको निम्ति बाँच्छिन् ।
    ३//
    आमाको त्याग ठूलो
    ती आमाको तपस्या
    गुन सन्तानले भुल्यो ।
    ✍️ रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।
    —————<•>—————
    [४६]
    १//
    आमा नभएको बेला
    अँध्यारो हुन्छ संसार
    गर्छन् सबैले हेला !
    २//
    एउटा गजबकाे बानी
    आफूले नखाएर खुवाउने
    आमा ममताकी खानी !
    ३//
    टुहुराे हुन्छ मन
    संसार आमा विनाको
    किन चाहियो धन ?
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि ।
    —————<•>—————
    [४७]
    १//
    आमा हुन् भगवान
    सहेर दुखकष्ट ती
    हुर्काउँछिन् आफ्नो सन्तान !
    २//
    आमालाई खुसी राखे
    भगवान् खुसी हुन्छन्
    आमाको माया चाखे ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    —————<•>—————
    [४८]
    १//
    पीर पर्दा मलाई
    आँट दिने तिमी
    नयाँ जुक्ति फलाई !
    २//
    तिमी धर्ती आकाश
    आमा विना अँध्यारो
    लाग्छ संसार भास !
    ३//
    आउँछु अर्को साल
    पैसा पठाइँछु आमा
    नयाँ चोलो हाल !
    ✍️ शाशिश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    —————<•>—————
    [४९]
    १//
    हुँदैनन् आमा समान
    दुनियाँमा कोही पनि
    नगर्नु कसैले अपमान !
    २//
    जगतमा सृष्टिको पालन
    ममताको खानी आमा
    गर्छिन् सत्मार्ग परिचालन !
    ३//
    नित्य पवित्र साख
    वात्सल्य छ सदासर्वदा
    आमाको न्यानो काख !
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    [५०]
    १//
    ममताकी तिमी खानी
    गर्दछौँ सम्मान हमेसा
    बात्सल्यकाे मूल ठानी !
    २//
    आफ्नाे भाेक बिर्सेर
    सन्तानकाे पेट भर्ने
    हरदम तयार रहेर !
    ३//
    आमाकाे जस्ताे माया
    खै कसले गर्छ
    मेटाउने सङ्कट छाया !
    ✍️ हरागाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगा बजारल
    —————<•>—————
    [५१]
    १//
    आमा हुन् देउता
    चट्टान फाेरेर उम्रने
    प्रकृति प्रदत्त एउटा !
    २//
    मेरी आमा वनमा
    मातातिर्थ हाे आज
    सम्झना छ मनमा !
    ३//
    मुटुभित्र लुकाउन पाउँ
    आमाकाे दर्शनमा सधैँ
    शिर झुकाउँदै आउँ !
    ✍️ फूलमाया कुलुङ
    साेलु-महाकुलुङ-१
    —————<•>—————
    [५२]
    १//
    आमा सबैको जीवन
    कोखमा कहिले काखमा
    सन्देश पुराऔँ जनजन !
    २//
    शब्दै अमूल्य आमा
    जीवनदाता हुन् उनै
    हर जीव जीवात्मामा !
    ३//
    अमृत पिलाई पालिन्
    सिकाए गुरू बनेर
    सचेत नागरिकमै ढालिन् !
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>—————
    [५३]
    १//
    असल सोच्ने गर
    हुन्छ हेर स्वर्गझैँ
    आमा भएको घर !
    २//
    आमा करुणाकी खानी
    सकिन्छ पूजा गर्न
    देवी भनेर जानी !
    ३//
    आमा हुन सृष्टि
    नगर्नु हेला कहिल्यै
    सधैँ पुर्याउनु दृष्टि !
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालिम्पोङ,भारत।
    —————<•>—————
    [५४]
    १//
    आमा मायाकी खानी
    अनवरत खटिरहन्छिन् सधैँ
    उनी घरकी रानी !
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————
    [५५]
    १//
    आमा ममताकी खानी
    आकाशभन्दा नि फराकिलो
    हृदयकी तिमी रानी !
    २//
    आफैँलाई भुली हेर्छ्यौ
    सन्तानको भविष्य खोज्दै
    सधैँभरी मायाले बेर्छ्यौ ।
    ३//
    सक्छु कठिन तोड्नलाई
    आशीर्वाद शिरमा तिम्रो
    सही बाटो मोड्नलाई !
    ✍️ पुष्पा राई, बादेल, खोटाङ ।
    —————<•>—————
    [५६]
    १//
    पहिलो हुन् ज्ञानदाता
    मलाई संसार देखाउने
    ममताकी मूर्ति माता !
    २//
    अतुलनीय हजुरको ममता
    कसैमा छैन त्यस्तो
    माया दिने क्षमता !
    ३//
    निस्वार्थ आमाको माया
    भुल्छु हरेक दु:खकष्ट
    हुँदा हजुरको दायाँबायाँ !
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>—————
    [५७]
    १//
    आमा हुन् ममता
    कुनै कसर नराख्ने
    मायामा देखिन्छ समता !
    ✍️ प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    [५८]
    १//
    मेरो बदमासी सहेर
    मलाई सन्तुष्ट पारिरह्यौ
    आफू निस्तै रहेर !
    २//
    पौरख गर्यौ पहिले
    मलाई गर्न लगाइनौ
    नालायक भएँ अहिले !
    ३//
    सधैँ फूलझैँ फुलेकी
    आमा, तिमी किन
    मेरै खुसीमा भुलेकी !
    ✍️ नन्दलाल आचार्य
    बेलका २, सिद्धार्थटोल, उदयपुर ।
    —————<•>—————
    [५९]
    १//
    नौ महिना बोकी
    धर्ती टेकायौ आमा
    आफ्नो धड्कन रोकी !
    २//
    दयाकी खानी आमा
    आफूले टालेको लगाई
    सन्तानलाई नयाँ जामा !
    ३//
    आमा दयाकी खानी
    नरुवाऊ तिनलाई कहिल्यै
    तिमीले जानी नजानी !
    ✍️ मंगला उपाध्याय
    —————<•>—————
    [६०]
    १//
    आमा शब्दै काफी
    झन् आमाको काख
    स्वर्ग भन्दा माथि !
    २//
    इन्द्रको आसन धाइदैन
    आमाको काख पाइरहुँ
    अरुको लाख चाँहिदैन !
    ३//
    आमाको कस्तो बानी
    झिकेर मुटु खटाउँछिन्
    रहेछ ममताको खानी !
    ✍️ पशपती राई
    खोटाङ
    —————<•>—————
    [६१]
    १//
    मेरी आमाले मलाई
    हुर्काइन् बढाइन् पढाइन्
    मन मुटु जलाई !
    २//
    नौ महिना पेटमा
    च्याँच्याँ रोएको दिन
    रमाइन् पहिलो भेटमा !
    ३//
    प्रसवका पीडाहरू कठिन
    मैले आँखा उघार्दा
    खुसीले सहेर बसिन ।
    ४//
    पहिलोपल्ट म रोएको
    खुसीमा आमाले बिर्सिदिइन्
    प्रसव पीडाले छोएको !
    ५//
    स्याहारसुसार गरिन् लाखौँलाख
    बिर्सन्न कहिल्यै पनि
    आमाको न्यानो काख !
    ६//
    आमा ममताकी खानी
    जीवनभरी खुवाइरहन पाऊँ
    औषधी खाना पानी !
    ७//
    पहिलो शिक्षिका आमा
    हामीलाई संसार देखाउने
    देखिरहूँ सपना विपनामा !
    ८//
    रहिरहोस् जन्मजन्मान्तर मातृभक्ति
    देवी धरती माता
    हाम्री आदरणीय शक्ति !
    ९//
    आमाका खुसीका सन्तान
    भूलचुकमा चित्त दुखेमा
    क्षमाप्रार्थी छु अन्जान !
    १०//
    नछुटोस् आमाप्रतिको सद्भावना
    विश्वभरीका सम्पूर्ण आमाहरूलाई
    मातातिर्थ औँसीको शुभकामना !
    ११//
    सहनुभयो पिडा यातना
    विश्वभरी जहाँजहाँ हुनुहुन्छ
    सबै आमाहरूलाई शुभकामना !
    ✍️ गुणनिधि घिमिरे अमेरिका
    —————<•>—————
    [६२]
    १//
    मैनबत्ती हुन् आमा
    निस्वार्थ उज्यालो दिने
    जीवनकालको बुझाउॅंछिन् राजीनामा !
    २//
    गल्तीमा दिन्छिन् माफी
    उनी हारेर जिताउॅंछिन्
    आमा शब्द काफी !
    ३//
    आमाको गगनझैँ छाती
    लाग्दैन भविष्यमा ग्रहण
    मिल्छ जहिले भलिभाँती !
    ✍️ म्यामराज राई, भोजपुर
    —————<•>—————
    [६३]
    १//
    साँचेर मनमा माया
    खिपेर सबै रिसराग
    सत्मार्गमा शीतल छाया !
    २//
    जति दिन्छिन् गाली
    उति मायाको सागर
    भरिन्छ विकार फाली !
    ३//
    नबुझी उनका भाव
    सन्तान किन टेढिन्छन्
    अगाध प्रेम अनुराग !
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    [६४]
    मायाकी खानी थियौ
    छाडेर गयाै धर्तीबाट
    सधैँलाई विदा लियाै ।
    ✍️ श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर
    —————<•>—————
    [६५]
    १//
    मातृवात्सल्यताकी असिम खानी
    भरोसाकी केन्द्र आमा
    हरेक घरकी महारानी !
    २//
    ममताकी सुन्दर फूल
    अंश सङ्कट मोचनकी
    करुणाकी अविरल मूल !
    ✍️ तोया नाथ चापागाईं
    दमक,झापा
    —————<•>—————
    [६६]
    १//
    आमा ममताकी खानी
    सन्तान सुखी बनाउँछिन्
    हुन् परिवारकी रानी !
    २//
    दु:खपिर सब लुकाउँछिन्
    नखाइकन खाएँ भनी
    पेट आफ्नो सुकाउँछिन् ।
    ३//
    आमा हाम्रो सान
    खुसी बनाई राख्नुपर्छ
    गरी उनको मान !
    ✍️ जयनारायण नेपाल
    इलाम हाल सूर्यविनायक २ बालबोट भक्तपुर ।
    —————<•>—————
    [६७]
    नाताकी मुख्य रानी
    आमा नै हुन्
    माया ममताकी खानी !
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    —————<•>—————
    [६८]
    १//
    आमा जगत माता
    बुझाैँ अपार महत्त्व
    आफ्नो आफ्नै विधाता !
    २//
    दया करूणाकी खानी
    आमा हुन् धरामा
    दिने सबैलाई जिन्दगानी !
    ३//
    पिलाएपछि दूधको धारा
    बिर्सनुहुन्न है कहिल्यै
    आमाप्रतिकाे त्याे अभिभारा !
    ✍️ त्रिलाेचन भण्डारी
    मृचीनगर,झापा
    —————<•>—————
    [६९]
    १//
    सन्सार चलाउने आमा
    दुनियाँको मोहमा बगेकी
    झरना झरेकी पहरामा !
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>—————
    [७०]
    १//
    दु:ख, दर्दको माझ
    सन्तानको खुशी हेरेर
    रमाउँछिन् हरेक साँझ !
    ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ
    —————<•>—————
    [७१]
    १//
    ममताको त्यो आँचलभित्र
    सङ्गालेर न्यानो माया
    कोर्छिन् भविष्यको चित्र !
    २//
    मायाको शिखर चुलिन्छ
    आमाको साथ पाउँदा
    मनको दुःख भुलिन्छ !
    ३//
    रमाउँछु तिम्रो मायामा
    दुःखेसो केही छैन
    आमाको स्नेह छायामा !
    ✍️ समुन्द्रा शर्मा
    सुनसरी
    —————<•>—————
    [७२]
    नखोजी मान भाउ
    मेरी प्राण माताको
    सेवा गरिरहन पाउँ !
    ✍️ सरिता सेढाई धादिङ
    —————<•>—————
    [७३]
    १//
    नौ महिना कोखमा
    बोकेर जन्मायौ तिमीले
    नपाई खान भोकमा !
    २.
    दशधारा दूधको भारा
    नरुनु आमा कहिल्यै
    बन्नेछु जीवनको सहारा !
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    —————<•>—————
    [७४]
    १//
    आमा पहिलो गुरु
    श्वास रहुन्जेल उनको
    सेवा गरौँ खुरुखुरु !
    २//
    पीपलुकाे शीतल छाया
    जुनीजुनी नै पाइराखाैँ
    प्यारी आमाको माया !
    ✍️ कोपिला अधिकारी
    —————<•>—————
    [७५]
    १//
    आमा ममताकी खानी
    आफैँ उठाउँछिन् दायित्व
    ठान्छिन् मलाई सानी !
    २//
    ममताको आँचलमा बाँधेर
    राख्छिन् सन्तानलाई आमाले
    नयनको नानी मानेर !
    ३//
    आमा हाम्रो सहारा
    अन्धकारमा उज्यालो दिन
    उनी बन्छिन् जुनतारा !
    ✍️ सीमा कार्की समर्पण
    मेलचोक पर्सा, नेपाल
    —————<•>—————
    [७६]
    १//
    आमाको माया पाएर
    सुखसयलमा म हुर्केको
    आटो ढिँडो खाएर !
    २//
    आमा संसार देखाउने
    सृष्टिकर्ता हुन् मेरो
    पढाउने र लेखाउने !
    ३//
    आमाको हातले दिएको
    याद आउँछ झलक्क
    मनमा छु लिएको !
    ✍️ लक्ष्मण देउवा डोटी
    हाल भारत
    —————<•>—————
    [७७]
    १//
    आमाको माया लाख
    हुँदैन अरू कसैकाे
    यिनकाे जस्तो काख !
    २//
    देवी आमाको नाम
    पूजा गराैँ यिनैकाे
    धाउनुपर्दैन कुनै धाम !
    ३//
    अरूबेला परपर सर्छन्
    मातातीर्थमा मात्र ती
    मायाकाे नाटक गर्छन् ।
    ✍️ उर्मिला के.शी.
    धनकुटा
    —————<•>—————
    [७८]
    १//
    देखाइन् आमाले संसार
    आफ्नै मुटु टुक्र्याई
    भरिदिए ज्ञानको भण्डार !
    २//
    आमाको गुण अपार
    बाँचुन्जेल सद्भाव राखौँला
    स्नेह अनि प्यार !
    ✍️ राजेश्वरी राजेपाध्याय
    —————<•>—————
    [७९]
    १//
    मेटाउन तृष्णका भावना
    तमाम आमाहरू सबैलाई
    मातृदिवसकाे हार्दिक शुभकामना !
    २//
    दौडेर आऊ हुरुरु
    आमा तिमीलाई सम्झेर
    मन रुन्छ धुरुरु !
    ३//
    लाग्छ धेरै माया
    पवित्र हुन्छ मन
    सँगसँगै आमाकाे छाया !
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    —————<•>—————
    [८०]
    १//
    बगेको आँसुको ऋण
    तिर्न सकिनँ आमा
    नगर कहिले अघृण !
    २//
    बनायो संसार विचित्र
    स्वार्थ भरेर आफैँमा
    देखाउँछ आफ्नो चरित्र !
    ✍️ बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको एघारौँ शृङ्खला (आमा विषयक) सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३३ सम्पन्न

  • २७ बैशाख २०८१, बिहीबार २२:४० मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३३ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६६ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३३ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३३
    ~<•>~
    माया गर्थेँ भित्रभित्रै आफूभन्दा धेरै
    अर्कैले सिउँदो भर्‍यो आँखा अघि मेरै ।
    वसन्त अनुभव
    ~<•>~
    [१]
    एउटा थियोे साथमा जगेडामा दुईचार
    यत्ति गर्न नसके त यो जवानीको के सार ?
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    ~<•>~
    [२]
    माया मात्र गरेँ तर हत्ते गरिएन
    आफ्नाे भाग्य थिएन सिउँदाे भरिएन ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    ~<•>~
    [३]
    हिम्मत भए देखाउन आफ्नो कर्म गरेर
    लोकचार किन गर्छौ जनताको साम्ने धेर !
    ✍️ बेदु न्यौपाने
    ~<•>~
    [४]
    भन्नलाई त भन्ने गर्थ्यौ माया गर्छु भनी
    गर्न पाइन माया कस्तो महसुस पनि ।
    ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ
    ~<•>~
    [५]
    छ नै के बाल आजभोलि सिन्दुर चुरी पोतेको
    हिँंड्छ्न् लुकीछुपी विदेशमा श्रीमान छ जोतेको !
    ✍️ इन्दु श्रेष्ठ,चितवन
    ~<•>~
    [६]
    आफ्नै पनि थियो मायाको मूल बन्ने रहर
    खडेरी पर्यो मनमा सुकेर बन्यो बगर।
    ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
    ~<•>~
    [७]
    सिउँदो भर्ने भनेर कत्ति गरिछ्यौँ हत्ते
    दिएको काम कहिल्यै गरेकीछ्यौँ र फत्ते?
    ✍️वअर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [८]
    तिमीलाई माया गर्छु भन्न सक्नुपर्थ्यो
    पछुताई आज आई आँसु किन झर्थ्यो ?
    ✍️ सरिता सेढाई धादिङ
    ~<•>~
    [९]
    खुट्टा भए पाइएला नि जुत्ता थरी थरी
    रुन नपरोस् टाउको समाइ घरि घरि ।
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    ~<•>~
    [१०]
    चोखो प्रेमको नाटक गरी हिस्सी काली मोरीले
    आखिर मलाई पाइहाली ससुराकी छोरीले ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [११]
    माया त गरेकै हो मैले आफूलाई भन्दा नि धेरै
    अर्कोलाई अङ्गालो हाले पछि कसरी भनौँ मेरै ।
    ✍️ शंकर कार्की,मकवानपुर।
    ~<•>~
    [१२]
    कसरी जिवित रहुँला सम्बन्ध फटाएर
    बस्नुपर्छ अन्तिम गन्तव्यसम्म रमाएर ।
    ✍️ कला ढकाल झापा
    ~<•>~
    [१३]
    फूलले फूललाई मन परायो
    आखिर समयले टाढा गरायो !
    ✍️ आर्त अकुलीन
    ~<•>~
    [१४]
    दायाँबायाँ माया गर्नेछन् यहाँ कति कति
    एउटीले भन्दा अरूले त भन्दैन्न पति।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [१५]
    आभास हो प्रेम त होइन मुखले बोल्ने कुरा
    छाडी गयो बैगुनीले मनमा चलाएर छुरा ।
    ✍️ दिपा तिम्सिना
    ईलाम
    ~<•>~
    [१६]
    लगाइरहे सधैँ मैले एकोहोरो माया
    म जस्ता धेरै रहेछन् उसको दायाँबायाँ !
    ✍️ विवश पारदर्शी
    झापा,
    ~<•>~
    [१७]
    गर्नलाई त माया गरेँ वाचा कसम गरेर
    तर सिउँदो अर्कैले भर्‍यो विश्वासमा परेर ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    [१८]
    स्वार्थी संसारमा मायाको लाग्छ धेरै बजार
    भेटिन्छ जिन्दगीमा मन पराउने हजार ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~<•>~
    [१९]
    देखावटी तिम्रो माया भित्रभित्रै रहेछाै नि जाली
    कहिलेसम्म राखुँ मैले तिम्रो लागि सिउँदाे खाली ।
    ✍️ भवानी पाेखरेल(बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ~<•>~
    [२०]
    चोखोमाया गरेकी छु भन्थी पराइ भई
    मुटुमा नमेटिने दाग बसाएर गई ।
    ✍️ बिके मुखिया
    दार्जिलिङ, भारत।
    ~<•>~
    [२१]
    एकोहोरो अव्यक्त प्रेम आफैँ भित्र रह्यो
    सिउँदो भर्यो अर्कोले मुटुले ब्यथा सह्यो।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    ~<•>~
    [२२]
    मनको मान्छे तिमी कति टाढा भयो
    मलाई भुली कतै पर चाँडै गयो।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~<•>~
    [२३]
    सधैँभरि नछुटोस् माया भनी बसेको छु जपी
    उता भने अर्कै खेल रहेछ, गयौ पिर थपी ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ~<•>~
    [२४]
    स्वार्थी रहेछन् उनीहरू त अब कसो गरूँ
    अन्योल भो हजुर मलाई न बाचूँ न मरूँ ?
    ✍️ नील हरि काफ्ले
    सिन्धुली हाल काठमाडौँ
    ~<•>~
    [२५]
    कति धेरै माया गर्थेँ निष्ठुरीलाई मैले
    आखिरमा छाेडी गयाै धाेका दियाै नि ऐले ।
    ✍️ उर्मिला के.शी.
    धनकुटा
    ~<•>~
    [२६]
    चोखोमाया कलियुगमा एकादेशको कथा बन्छ
    जसलाई गर्‍यो माया आखिर उसैले खेदो खन्छ ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    ~<•>~
    [२७]
    काम सकिएपछि भनेर के पो होला
    अब हिँडे हुन्छ हजुर बोकेर झोला ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा- ६ संखुवासभा ।
    ~<•>~
    [२८]
    चन्द्र हेर्दै रात त्याे बित्दछ आँगनीमा टाेलाएर
    चिना खाेल्छु तिमीलाई पाउन ज्याेतिष बाेलाएर ।
    ✍️हिरालाल न्याैपाने, बानपा ८, काेटमाैला, सल्यान
    ~<•>~
    [२९]
    सच्चा मायाको जगतमा नहुने नै भयो जतन
    जसरी मुनाकै यादमा कल्पिएर मरे मदन !
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ~<•>~
    [३०]
    मेरो माया तिमीलाई पचेन रे भन्थे
    माया किन्दै बेच्ने तिमी,अरूले के गन्थे ?
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ हाल काठमाडौ ।
    ~<•>~
    [३१]
    पिरतीको छायामा बसी चोखो माया मैले दिए
    छोडेर गयौ निष्ठुरीले आज आँसु मात्रै पिएँ ।
    ✍️ मन्जु जोशी
    डीलासैनी ५ बैतडी
    ~<•>~
    [३२]
    त्यति धेरै माया पाउनु भाग्य हो मेरो
    किन खै निस्किएन तोडी मनको घेरो ?
    ✍️ दीपा समभाव
    खोटाङ्ग
    ~<•>~
    [३३]
    माया कै पछि लागेर हो, गयो जोवन खेर
    बुढेसकालमा आँखा खुले उमेर भो धेर ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ~<•>~
    [३४]
    मैले पनि तिमीलाई नै धेरै माया गरे
    देखाउन नजाने रै दोधारमा पो परे ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    ~<•>~
    [३५]
    निमुखाले धोका खान्छ बिग्रिन्छ है पारा
    हाने मर्छ बोले टर्छ भन्छन् लोक सारा।
    ✍️ रामशरण न्यौपाने, भक्तपुर
    ~<•>~
    [३६]
    सिन्दुर मेरो लाएपछि, तिमीले पैसा माग्यो
    मरुभुमिको देशबाट, पैसा पठाए भाग्यो ।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    [३७]
    माया गरेको
    धोका भरेको !
    ✍️ नागेन्द्रप्रसाद यादव , दाङ
    ~<•>~
    [३८]
    तिमीलाई माया गर्दागर्दै जिन्दगी नै भयो आधा,
    मेरो जीवनको यात्रामा तिम्रो माया नै भयो वाधा।
    ✍️ रमेश दियाली
    सिटोङ्ग खरसाङ दार्जिलिङ।
    [३९]
    एउटै बन्धनमा बाँधिने भाग्यमानी जोडी
    नियतिमा नहुने सम्बन्ध जाने रैछन् छोडी ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    [४०]
    एउटीलाई माया गरेको भए त ! पछुताउनै पर्दैन
    विश्वास गरि नभड्के तिम्रै हो सिन्दुर अरुतिर सर्दैन ।
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~<•>~
    [४१]
    चोखोमाया गरेँ मैले उसकै भर परेको
    उसले त रहेछ मायामा नाटक गरेको ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    ~<•>~
    [४२]
    बुढो प्रदेश बुढी यता एक्लै बस्छिन् घर
    घर गरेर बस्लान् भन्ने छैन खासै भर ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    ~<•>~
    [४३]
    निको चालको देखिएन माया गर्ने छाँट
    साँचो माया भए गर्थ्यौ सिउँदो भर्ने आँट ।
    ✍️ उमा दाहाल शुन्दर हरैँचा -१० मोरङ
    [४४]
    चोखो छ माया भन्थ्यो नि बरै मनमा लेखियो
    बाचा कसम भाँडमा जाओस् भन्ने पो देखियो ।
    ✍️रचना शर्मा प्रतीक्षा
    ~<•>~
    [४५]
    माया गर्छु भन्नेको पनि निको छैन चाला
    एकपछि अर्को चुनेर टाँसिहिँड्छ गाला ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~<•>~
    [४६]
    राम्रो केही साच्नु हुन्न संसारमा टिपी दिन्छन् फूल
    असल जति लान्छन् त ढिला गरी नगर्नु है भूल ।
    ✍️रामप्रसाद पुरी बादेल, खाेटाङ ।
    ~<•>~
    [४७]
    माया गर्थे कति खै बुझ्न सकेनौ कहिल्यै
    तिमी आउने बाटो कुरेर बस्थे जहिल्यै ।
    ✍️शोभा आचार्य गौतम
    काठमाडौँ
    ~<•>~
    [४८]
    तिम्रो र मेरो भाग्यमा लेखेको रहेछ यस्तै
    एउटा नदीका यी दुईवटा किनारा जस्तै।
    ✍️ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    ~<•>~
    [४९]
    तिम्रो माया काम लागेन छैन रहेछ दाम
    धन विनाको केटा मलाई काम छैन राम ।
    ✍️विके माकजू , भक्तपुर ।
    ~<•>~
    [५०]
    निष्ठुरी अधर्मीले बुन्यो जाल, मलाई छोडी अन्तैतिर ।
    मर्नु न बाँच्नु बनायो, उसैको यादमा भा’छु पिरैपिर !
    ✍️कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ~<•>~
    [५१]
    हामीलाई छुट्टाउनु यो समाज लागिपर्यो
    के गर्छौ तिमीले भर्ने सिउँदो अर्कैले भर्यो ।
    ✍️प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ~<•>~
    [५२]
    बच्चाको आमा उसकै बन्नेछिन् भोलि
    तिमी बस बगाउँदै आँसुको खोली ।
    ✍️पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके।
    ~<•>~
    [५३]
    एकतर्फी मायाले हुन्न प्रस्ताव राख्नुपर्छ
    सिन्दुर कसको लाउने उसैले निधो गर्छ।
    ✍️अरुण कुमार भुजेल
    ~<•>~
    [५४]
    माया भन्ने के रहेछ पिरतीकाे खेल
    माया माया भन्दाभन्दै नगर है झेल !
    ✍️शालिकराम दाहाल
    ~<•>~
    [५५]
    आफ्नै घर जलाएर कैयौँ यहाँ आगो निभाउन पुगेका कथा लेखेँ
    आफन्त चिन्नै छोडे यो भिडमा यस्ता थुप्रै जीवात्माहरू घुमेको देखेँ ।
    ✍️अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    ~<•>~
    [५६]
    मनभित्र तस्बिर सजाएर तिम्रै यादमा पर्खिरहेँ
    आएनौ कति निष्ठुरी रहेछौ तिम्रै यादमा तड्पिरहेँ ।
    ✍️गंगाराम यादव
    औरावनी २ सुनसरी
    ~<•>~
    [५७]
    म परदेश आएँ लाखौँलाख ऋण मागेर
    उसले सोचेछन् पिँजडाको फुत्कियो भनेर ।
    ✍️भुपेन्द्र राना मगर
    धादिङ
    ~<•>~
    [५८]
    जति गर्छु माया झनै उति गर्छाै हेला
    गर्नुगर्याे असत्तीले अब पर्ला फेला ।
    ✍️हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगा धजार।
    ~<•>~
    [५९]
    भित्रभित्रै माया गरे दुःख हुने भयो
    आज हेर अर्कैले सिन्दुर भरी गयो ।
    ✍️धनुष न्यौपाने यात्री
    जुम्ला
    ~<•>~
    [६०]
    दुईवटा मन मिले हुने रहेछ माया
    तेस्रोको‌ दखल भएमा नै पर्दछ छाया ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~<•>~
    [६१]
    मुटुमा सजाए जसलाई उसैले दियो मर्म
    सिन्दुरपोते पराइको लगाई नमानी शर्म ।
    ✍️ रुना कर्माचार्य दाहाल ,चितवन
    ~<•>~
    [६२]
    मनमा माया थियो भने पहिला भन्नुपर्थ्यो
    समयमा नै सोचेको भए किन आँसु झर्थ्यो ।
    ✍️बाबुराम गौतम, गुल्मी
    ~<•>~
    [६३]
    तीरजस्तै तिखाे रहेछ उनकाे नजर
    पहिलाे भेटमा बाध्य पारिन् चुम्न अधर ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~<•>~
    [६४]
    रहर सबै मारियो उसकै लागि कल्कलाउँदो जवानीमा
    मेरो बाध्यता नहेरेर रोइरहने बनायो जिन्दगानीमा ।
    ✍️चुडामणी देबकोटा
    चनपा१३ काठमाण्डौ
    ~<•>~
    [६५]
    मायाप्रीति आजभोलि हुन थाल्यो खेल
    सिन्दुरको धर्का बिच देख्छु नौलो झेल ।
    ✍️महेन्द्र मान बलामी
    दक्षिणकाली न.पा-९ फर्पिङ ,काठमाडौँ ।
    ~<•>~
    [६६]
    अलिक भिन्न देखिँदाे छ पिरतीकाे जात्रा
    भेट्ने छुट्ने क्षणभरमा नमिलेमा मात्रा ।
    ✍️रामकृष्ण दुवाडी
    पाेखरा
    ~<•>~
    [६६]
    भित्रभित्रै माया लाएको उसले पछि चाल पाइन्
    सम्झी सम्झी याद गरेर कठै विरह गीत गाइन् ।
    ✍️मोती योन्जन, सुब्बा
    दार्जिलिङ निमकी डाँडा भारत।
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३३ सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १५४ सम्पन्न

  • २७ बैशाख २०८१, बिहीबार २२:३४ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५४ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-

    [१]
    मान्छे
    मूर्ख कति
    निम्त्याउँछन् आफ्नै क्षति !

    • वसन्त अनुभव
      [२]
      प्रतिशोध
      मुर्खको अस्त्र
      गिदी सबै निर्वस्त्र !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [३]
      मान्छे
      मूर्खता खास
      आफ्नै मूर्खताले सर्वनाश !
    • बेदु न्यौपाने
      [४]
      आरिस
      धेरै अरूकाे
      सर्वनाश भाे बेकुफहरूकाे !
    • ताराप्रसाद चापागाई, धुनिबेसी
      [५]
      मान्छे
      गर्छन् मूर्खता
      चेतेर पछि पछुतो !
    • रचना शर्मा प्रतीक्षा
      [६]
      मूर्ख
      नकारात्मक प्रवित्ति
      हुन्छ आफ्नै दुर्गति !
    • सीता पाण्डेय मरासिनी
      उपल्लो तम्घास, गुल्मी
      [७]
      मान्छे
      मुर्खको जाल
      निम्त्याउॕदैछ आफै काल !
    • सरिता सेढाई, धादिङ
      [८]
      काम
      देखियो मुर्खताको
      ल्याउँदै जीवन दुर्दशाको !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [९]
      मान्छे
      आरीसे जाती
      मर्छन् घमण्डले माती !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, राधे राधे, भक्तपुर
      [१०]
      मान्छे
      कुरा गरेका
      अर्काको भर परेका !
    • कला ढकाल, झापा
      [११]
      मूर्ख
      रहुञ्जेल सास
      गर्दछ आफ्नै सर्वनाश !
    • ज्ञानबहादुर क्षत्री
      सन्धिखर्क-२, अर्घाखाँची
      [१२]
      जीवन
      हरियो रुख
      आखिर सुकेर दु:ख !
    • आर्त अकुलीन
      [१३]
      जिन्दगी
      चल्दछ कसरी
      मानिस मुर्ख यसरी !
    • सविता के.सी.
      [१४]
      क्षति
      अज्ञानताको गति
      मान्छेको बिग्रिएको मति !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [१५]
      मूर्ख
      आफू जान्दैन
      भनेको पनि मान्दैन !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [१६]
      घमण्ड
      नगर खास
      जान्छ आफ्नै स्वास !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३,काभ्रे
      [१७]
      उल्टो
      मान्छेको मति
      निम्त्याउँछन् आफ्नै खती !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा
      [१९]
      मान्छे
      मूर्ख कति
      गर्छ आफैलाई क्षेति !
    • रघु थापा सु न पा १
      [२०]
      मान्छे
      गर्छन् अति
      आफ्नै दुर्दशा क्षति !
    • धनमाया चौधरी, कैलाली
      [२१]
      मूर्खाधिराज
      मानिसको भित्र
      नत्र हेर सचित्र !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [२२]
      कुबुध्दि
      विवेक हराएको
      मान्छे स्वार्थी अशुद्धि !
    • विवश पारदर्शी
      झापा,
      [२३]
      मान्छे
      सोच्दैन पहिले
      खतिमा पछुताउँछ अहिले !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२४]
      मानव
      अनौठो धोको
      दम्भको मात्रै पोको !
    • पृथक प्रकृति, झापा
      [२५]
      काम
      जुनसुकै गर्दा
      सोच भविष्यको परिणाम !
    • केन्द्रप्रकाश बराल, इलाम
      [२६]
      घमण्ड
      अति भयो
      कुनै चिज गयो !
    • घनश्याम पन्त
      हरिवन, सर्लाही
      [२७]
      मान्छे
      धेरै ज्ञानी
      आफ्नै खुट्टामा बञ्चरो !
    • डुकछिरिङ लेपचा
      मिरिक, भारत
      [२८]
      दम्भ
      मानवता हराएको
      घमण्ड देखाउछन् अचम्म !
    • सरस्वती वली
      बर्दिया, नेपाल
      [२९]
      मन्थन
      घमण्ड मान्छेको
      चेतना कहिले खुलेन !
    • एवाइ प्रभात
      सहिदभूमि, धनकुटा
      [३०]
      खाल्डो
      अरुलाई खनेर
      परिन्छ आफै गनेर !
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [३१]
      जीवन
      गयो खाडलमा
      आफ्नै मूर्खताले वास्तवमा
    • सुरेश न्यौपाने
      [३३]
      मान्छे
      गर्छन् जालझेल
      कहाँ हुन्छ मेल ?
    • दीपा समभाव, खोटाङ्ग
      [३४]
      मान्छे
      बिग्रेको मति
      आफ्नैले पुर्याउँछ क्षत्री !
    • बुद्धिप्रसाद लामिछाने
      घोनपा-८, दीपनगर, कैलाली
      [३४]
      भरोसा
      नसकिने गर्न
      विश्वास पछुतोमा पर्न !
    • संगीता खरेल
      चन्द्रागिरी-८, काठमाडौं
      [३५]
      मान्छे
      नपरौँ भर
      आफ्नाको विश्वास नगर !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [३७]
      सत्कर्म
      सदैव यादगार
      उसैको बखान सदाबहार !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [३८]
      विवेक
      विनासमा प्रयोग
      उपहार मुर्खको उत्पत्ति !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [३९]
      मानव
      बिग्रेको मति
      आफ्नाले पुराउँछ क्षति !
      -सम्झना कुसुम
      [४०]
      नफर्की
      काटी चढ्ने
      कसरी आफू बढने !
    • चक्र शाही, लम्की, कैलाली
      [४१]
      कालीदास
      मुर्ख प्रबृत्ती
      आफ्नै शरीरमा कर्द !
    • कमला देवकोटा, पाल्पा
      [४२]
      मान्छे
      बिग्रेपछि मति
      आफ्नै गर्ने क्षति !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [४३]
      मान्छे
      खुट्टा तानातान
      छैन एकअर्काको मान !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [४४]
      देश
      मूर्खैमूर्खको हात
      कठ्ठै संसारै सत्यनाश !
    • सन्तु खत्री, भक्तपुर
      [४५]
      दाऊ
      मनुष्य प्रवृति
      मैँ लाऊँ खाऊँ !
    • शारदा आचार्य
      [४६]
      टुप्पोमा
      बस फेद
      काट भुईमा खस !
    • मङ्गला उपाध्याय
      [४७]
      मति
      बिग्रिँदा रामको
      मूर्ख कहलिन्छ नामको !
    • लक्ष्मी रिजाल
      कञ्चनरूप-१२, रुपनगर, सप्तरी
      [४८]
      ज्ञान
      मलिन भएपछि
      कर्मकाे सुरताल बिग्रन्छ !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [४९]
      आज
      मुर्खताकाे पराकाष्ट
      छुट्यायनै नसक्ने यथार्थ !
    • राेशन पराजुली, धरान
      [५०]
      हैट्
      विनाशको बखत
      बुद्धि विवेक चैट् !
    • विके माकजू, भक्तपुर
      [५१]
      मान्छेले
      अर्कोलाई खसाल्नेले
      बिर्सिन्छ खासाल्ने उसले !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [५२]
      जमात
      आरिसे प्रवृत्ति
      मुर्ख्याईँकाे कुरूप आकृति !
    • श्रद्धा आचार्य, पोखरा
      [५३]
      इर्ष्या
      मानिसकाे दुस्मन
      आफ्नै लागि खाल्डो !
    • टीकाराम जाेशी, टीकापुर
      [५४]
      मानिस
      रुख चढाउने
      पछाडि खुट्टा काट्ने !
    • कविता आचार्य, कैलाली
      [५५]
      मान्छेको
      उल्टो मति
      गर्छ आफ्नै क्षति !
    • रमा पन्त, पाल्पा
      [५६]
      आरिस
      साथी सफल
      कोही पछाडि नफर्किने !
    • घनश्याम पौडेल
      गौरीगंगा-९, कैलाली
      ~~~~
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखनLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १५४ सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १६ सम्पन्न

  • २७ बैशाख २०८१, बिहीबार २२:२५ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको १६ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १६ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    ढुङ्गाको मन अजब
    कठै ! देश बेवास्तामा
    कुर्सी जोगिए गजब !
    २,
    मुखमा राम भन्छन्
    उतार्छन् व्यवहारमा रावण
    लट्ठ्याउने कहानी कहन्छन् ।
    ३,
    आकार बन्छ सुन
    घन खाएर अनगिन्ती
    गृहमा प्रवेश सगुन ।

    • म्यामराज राई
      …
      १,
      हरियाली डाँडापाखा वन
      मनोरम देखियो प्रकृति
      वसन्तको हुँदा आगमन !
      २,
      खुसीले यताउता गरी
      चहार्दै वनपाखा हेर
      गाउॅंछे कोइली चरी !
      ३,
      रनबन पखेरा डुल्दा
      देखिन्छ पाखा रक्ताम्य
      चट्ट गुराँस फुल्दा !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      हामी बाँचेको माटोमा
      रोग नलागोस् कसैलाई
      शत्रु नआऊन् बाटोमा ।
      २,
      मिलेर बसेको देश
      हिमाल ,पहाड ,तराई
      उस्तै संस्कृति परिवेश ।
      ३,
      इतिहासका पानाहरू हेरौँ
      वीर गोर्खालीले लेखेको
      गोरेटो कसैले नफेरौँ ।
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि
      …
      १,
      दुईदिने जिन्दगी कस्तो
      घमण्डले पालिएको देखेर
      हुँदैन भनेको जस्तो।
      २,
      महॅंगो भयो सन्सार
      बेरोजगारको भाँडो भरिएपछि
      हुँदैछ घुसपैठको भन्सार।
    • बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ।
      …
      १,
      जोगाऔॅं धर्ती अब
      प्रकृति प्रकोप बढ्यो
      सचेत बनौँ सब ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी, धादिङ
      …
      १,
      आमा धर्ती माता
      पाप लाग्छ रुवाए
      खोलौँ सम्मानको खाता!
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      …
      १,
      गुराँसले राताम्मे वन
      सबैतिर डुलेर हर्दा
      टक्क अडिने मन।
      २,
      खुसी लाग्छ मन
      सकरात्मक सोच लिॅंदा
      स्वस्थ रहन्छ तन।
      ३,
      जोगाऔँ सबैले हेर
      बचाउन शरीरलाई आफ्नो
      नगरी कुनै अबेर।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
      …
      १,
      कुर्ची तानातान भयो
      देश बन्यो रणभूमि
      हेर्दाहेर्दै जीवन गयो।
      २,
      युवा खोज्न खास
      उठाउँछ अनुदान नेता
      असहाय वृद्धको रास।
      ३,
      देश भन्छन् कृषिप्रधान
      त्यो आकाशतिर हेर्दाहेर्दै
      किसानको गयो परान।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      …
      १,
      खडेरी लामो यसपालि
      किसानलाई पार्‍यो मर्कामा
      सुकायो सबै बालीनाली ।
    • सरिता सेढाई धादिङ
      …
      १,
      भनेको कुरामा जाग्दैनौँ
      जबरजस्ती गर्छौँ आफ्नोपनमा
      बुद्धिजीवीको भनाइमा लाग्दैनौँ ।
      २,
      लाग्दैछ इज्जतमा धक्का
      समाजले बनएको नियम
      पालन गर्नुपर्नेछ पक्का ।
      ३,
      भौतिक लालचमा डुबिन्छौ
      थुपारेर सम्पत्ति अपार
      एकदिन माटोले पुरिन्छौ।
    • दिल ठकुरी, टिस्टाभेली दार्जिलिङ
      …
      १,
      वसन्तको रौनक छायो
      पाक्यो काफल वनमा
      चरीले खान बोलायो।
      २,
      धेरै पानी पिउनु
      बढेको छ गर्मी
      स्वास्थ्य भएर जिउनु।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      जन्मेको ठाउँको माटो
      भुल्नु हुन्न कहिल्यै ,
      खेली हिॅंडेको बाटो ।
      २,
      हिमालको काखैमा गाउँ
      कस्तुरी, मृग खेल्ने
      कति सुन्दर ठाउँ ।
      ३,
      आमाभन्दा छिन् राम्री
      कोही छैन संसारमा
      धर्ती माता हाम्री।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
      …
      १,
      छोडिसके गर्न काम
      नेपालमा हेर मजदुरले
      नदिएर उचित दाम।
      २,
      डढेलो लागेको हेर
      चारैतिर भयो सुक्खा
      जिउधनको गयो खेर।
    • कला ढकाल, झापा
      …
      १,
      स्वार्थमा हिॅंडे सब
      खोज्न गाह्रो भयो ,
      असल मान्छे अब।
      २,
      रहर सबैलाई कमाउन
      बाटो बिराएर थाले,
      अकुत सम्पत्ति जमाउन।
    • शंकर कार्की ,मकवानपुर ।
      …
      १,
      भुल्नुपर्छ पुराना बातहरू
      दिन सबैका आउँछन्
      रङ्गीन बनून् दिनरातहरू ।
      २,
      सहभागी दाजुभाइ वारिपारि
      खुलाएर परिचय दिनुस्
      हालसम्मको यथार्थ जानकारी ।
      ३,
      प्रयास जोडी हुनलाई
      एक्लो बस्नु हुँदैन
      दिन्न कहिल्यै रुनलाई ।
    • चुडामणी देबकोटा, चनपा – १३, काठमाडौँ
      …
      १,
      वनवासी प्रभु राम
      तिमीलाई नभेटी यहाँ
      अस्ताउने भयो घाम।
    • बिके मुखिया, दार्जिलिङ, भारत
      …
      १,
      हुँदैन मुग्लान पसेर
      अब केही गरौँ
      आफ्नो देशमै बसेर ।
      २,
      गुराँस फुल्यो पाखामा
      गीत गायो न्याउलीले
      साह्रै विरहको भाकामा ।
      ३,
      लेकमा फुल्यो चिमाल
      बिहानी झुल्के घाममा
      टलल टल्क्यो हिमाल ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
      …
      १,
      कुर्सीमै हुन्छ ध्यान
      विकास गर्नुपर्छ भन्ने
      छैन कसैमा ज्ञान ।
    • बाबुराम पाण्डे, अर्घाखाँची
      …
      १,
      मनको पखेटा हुँदा
      ऐ ! दुनियाँ कस्तो
      दिललाई आनन्दले छुँदा।
      २,
      मायालु मनमा आऊँ
      वनभरि न्याहुली रुँदैछ
      परदेशी घर जाऊँ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      सत्ताको खेल हुँदैछ
      जनता दोधार देशमा
      लुटिने यहाँ रुँदैछ ।
      २,
      लुटेको धन चाहिॅंदैन
      हुँदैन प्रगति केही
      मोजमस्तीमा नि खाइॅंदैन ।
      ३,
      फक्रियो चमेलीको फूल
      चारैतिर बास्ना छर्‍यो
      बास्नामा हुँदैन भूल ।
    • ईश्वर साउद , रामारोसन – ६, सुदुरपश्चिम अछाम
      …
      १,
      मानवीयता कता हरायो ?
      जताततै डढेलो देखिन्छ
      वन्यजन्तु जङ्गलमा करायो।
      २,
      मानिस विवेकहीन बन्दैछ
      जस्तोसुकै काममा तल्लीन
      आफूलाई महान् भन्दैछ।
      ३,
      आफ्नै विनाश खोज्दैछ
      किन मानिसहरू आजभोलि
      कुकर्म मात्रै खोज्दैछ।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      मुसुक्क हाँस्दै तिमी
      वैशाखको यस्तो घाममा
      पानी परोस् रिमीझिमी ।
      २,
      पानीको कस्तो अभाव
      हाहाकार मच्चियो चारैतिर
      सुकौरोले पार्‍यो प्रभाव ।
      ३,
      साथी तिमी आऊ
      एउटै छाता ओढेर
      परतिर टहल्न जाऊ ।
    • मोती सुब्बा
      …
      १,
      हेर्छु हिमाल हाँसेको
      जलवायु परिवर्तनले एकातिर
      हिउँ पगालेर नासेको !
      २,
      लालीगुराँस ढकमक्क फुलेको
      रङ्ग्याई रातै वनपाखालाई
      देखेर मन भुलेको !
      ३,
      न्याउलले गीत गाउने
      आफूले पनि गुनगुनाई
      यो मन रमाउने !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      देश चल्दैछ अधोगतिमा
      सुन्दर योजना छैन
      के भरौँ मतिमा ?
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १,
      फूलको बैँस आउॅंदा
      रुखमा बसी हलेसो
      विरह गीतै गाउॅंदा ।
      २,
      संसारमा आमा ठुलो
      अरू कोही हुन्न
      बिरामीको ओैषधी मुलो ।
      ३,
      माया तिमीलाई गर्छु
      हृदयमा झङ्कार बोकी
      प्रेमैले सङ्गीत भर्छु ।
    • मनुहाङ किराँती सोलु (युमन खालिङ), महाकुलुङ ५ चाचालुङ
      …
      १,
      मान्छेको विचार कस्तो
      घमण्ड कैले शान्त
      रिसले बौलिएको जस्तो।
      २,
      तिमीले रुहाएर राम्रो
      एक्लोपनमा छु म
      याद नआउॅंदा हाम्रो।
    • एवाइ प्रभात
      …
      १,
      झुक्किएर भएको भूल
      पाठ बन्नसक्छ जिन्दगीमा
      नबनोस् दु:खको मूल।
      २,
      नियालेर पाउ शिर
      छिटो अवधारणा बनाउॅंछन्
      मूल्याङ्कन गर्छन् आखिर ।
      ३,
      अंश नलाग्ने शिक्षा
      कसैले चोर्न सक्दैनन्
      गरेर हेर्नुपर्छ समीक्षा ।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      डढेलोले नासियो वन
      आगलागी नियन्त्रणमा विवेकहीनता
      गरिबको विक्षिप्त मन ।
      २,
      बदमासीले बदमास गऱ्यो
      देशव्यापी धनजनको क्षति
      मानवता ओरालो झऱ्यो ।
      ३,
      सरकारको ध्यान जानुपर्छ
      विपत्तिमा राहत नपाउँदा
      जनताको जनविश्वास मर्छ ।
    • पारसमणि खतिवडा, सूर्योदय ३ इलाम, हाल सूर्यविनायक भक्तपुर ।
      …
      १,
      मानवकै विरुद्ध लेखिए
      संवेदनशील भन्ठान्थे मानव
      सबैभन्दा असंवेनशील देखिए ।
      २,
      पैसाकै खातिर मर्‍यो
      गति छाडेर मानवले
      विनाश गर्नु गर्‍यो ।
    • बि.कुलुङ, दार्जिलिङ
      …
      १,
      हरियो वसन्त कस्तो
      मन भुलाउन गाह्रो
      बैगुनीको माया सस्तो ।
    • नागेन्द्रप्रसाद यादव , दाङ
      …
      १,
      कुराले देश बन्दैन
      मेहनत गरौँ सबैले
      पैसा नभई गन्दैन ।
      २,
      देशको मुहार फेर्न
      एकजुट भई नेपाली
      सुन्दर नेपाल हेर्न ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
      …
      १,
      बोल या नबोल,
      मायाका ती कुराहरू
      खोल या नखोल ।
      २,
      छैन कुनै अन्तर,
      महसुस गर्न सक्छु
      माया पाउॅंदैछु निरन्तर !
      ३,
      परिवर्तनशील छ अनुहार ,
      हामी सबैले यहाँ
      चल्नुछ चलाउने अनुसार !
    • दीपा समभाव, खोटाङ्
      …
      १,
      फाल्नु जाति विकार
      बेवास्ता गरेर नबस्नु
      पाल्दा हुन्छौँ सिकार ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      डढेलोले जङ्गल मास्दै
      सीमाना पारीको बस्तीमा
      मनपरि तन्त्रमा गाँस्दै ।
      २,
      प्रकृति प्रकोप बढेर
      हरियो वनमा डढेलो
      भ्रष्टाचारी नेता सडेर ।
      ३,
      जनधनको क्षति हुँदैछ
      यसरी घमण्ड नगर
      पापले संसार छुँदैछ ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      डढेलोले गर्यो विनाश
      मान्छे अविवेकी हुँदा
      धनजन सुरक्षामा अविश्वास ।
      २,
      जनवारहरूको उठिबास भयो
      बिचरा निरीह पशुपन्छीको
      अकालमा ज्यान गयो ।
      ३,
      चेतनाको सन्देश छरौँ
      वातावरणको रक्षा गर्न
      ज्ञानको भण्डार भरौँ ।
    • जयनारायण नेपाल, इलाम, हाल सूर्य विनायक २, बालकोट भक्तपुर
      …
      १,
      दुखमा आस साथीको
      सहयोगको थियो आशा
      पर्खेछन् आदेश माथिको ।
      २,
      दुखैमा सहयोग माग्ने
      कामै छैन आफन्तको
      समस्या पर्दा भाग्ने ।
      ३,
      जिन्दगी साह्रै छोटो
      आपद्मा बहानाबाजी गर्नेको
      मन साह्रै खोटो ।
    • देव कृष्ण काफ्ले, पोखरा -१, कास्की
      …
      १,
      बाहिरी ओँठमा हाँसो
      टिलिक्क दन्त देखाउँदै
      भित्र हाल्छन् पासो।
      २,
      मुखमा मिठो कुरा
      हुन्छन् जसको धेरै
      उसैले हान्छन् छुरा।
    • राजनारायण राई, राजदल बस्ती सोनादह
      …
      १,
      गरौँ असहायको सेवा
      हर्ष अनि सन्तुष्टिसँगै
      चाख्न पाइन्छ मेवा।
      २,
      गूढ रहस्यको पोको
      परिश्रममा विश्वास राखे
      बस्नु पर्दैन भोको।
      ३,
      जो चाहन्छ जिउन
      दूध, दही, मही
      कसले रोक्छ पिउन।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालिम्पोङ, भारत
      …
      १,
      गाउँ मेरो महाकुलुङ
      त्यही सोलुखुम्बुभित्र पर्छ
      नाउँ माया कुलुङ ।
      २,
      याद आउँछ घरको
      चिटिक्क पारी बनाइएको
      छाना छ खरको ।
      ३,
      बस्छिन् आमा झुपडीमा
      हराउॅंछिन् होला पक्कै
      मान्छे मान्छेको थुपडीमा ।
    • माया कुलुङ, सोलुखुम्बु
      …
      १,
      सम्भावित जोखिमको शङ्काले
      काममा जान छाड्यो
      दियो निभ्यो पङ्खाले ।
      २,
      डर मनमा पसेपछि
      मान्छे शान्त नरहला
      इज्जत तल खसेपछि ।
      ३,
      इमान बाँड्न साँच्नुभयो
      सबैलाई राजा बनाई
      आमा मनभरि बाँच्नुभयो ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर, हाल- एनेलकुटी सिरहा
      …
      १,
      गरौँ आमाको मान
      नजिकबाट बुझौँ हामी
      उनै हाम्रो सान ।
      २,
      हुर्कियौँ उनकै साथमा
      चित्त नदुखाऔॅं कहिल्यै
      राखौँ उच्च माथमा ।
    • दुर्गा भट्टराई
      …
      १,
      प्रकृति मान्छेका लागि
      प्रशंसक उपभोक्ता मानिस
      बचाउन फल्छ जागी ।
      २,
      माया साटेर लिने
      प्रशंसक प्रेमी हुन्छ
      बैँस मायालुलाई दिने ।
      ३,
      जीवन ओइलाउने फूल
      सम्झेर आफ्नो चोला
      जीवनमा नगर्नु भूल ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      भ्रमको खुल्दैन पर्दा
      निष्ठुरी बसेर मौन
      नाटकीय नाटक गर्दा।
      २,
      नजानु बाटो मोडेर
      सम्बन्ध गाँसेर बिचमै
      दोबाटोमा एक्लै छोडेर ।
    • संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौँ
      …
      १,
      नारीको पीडा गहिरो
      अर्को नारीले नबुझ्दा
      जीवनमा आउँछ पहिरो।
      २,
      नारीको नाम अनेक
      देवी,बोक्सी, वेश्या
      सम्बोधन तुच्छ विभेद।
      ३,
      नारी सृष्टिकी मूल
      बगैँचा रूपी परिवार
      फुल्दछ जहाँ फूल।
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
      …
      १,
      महान् बन्न हामी
      सोचेर मात्र बनिदैन,
      होला कर्म छानी।
      २,
      कर्मै नगरी चम्किने,
      सर्वत्र देखिॅंदै आए,
      उस्तै लगानीविना लम्किने।
      ३,
      ऋणमा यात्रामा घुम्दा
      कोशिसले उक्लन सकेन,
      होस हवास गुम्दा ।
    • मनोहरी पौडेल, गैडाकोट १
      …
      १,
      बुझेरै देखेरै अन्मिएको
      आजकल दुर्नाम किन ?
      अन्तै अर्कै जन्मिएको ?
      २,
      गरिबको पुज्यौ ढोका
      रुवाउन्न जीवनभर पनि
      पाउने छैनौ धोका ।
      ३,
      झुपडी देखेकै थियौ
      महल बनाउन सकिनॅं
      घुटुघुटु रगत पियौ ।
    • हिरालाल न्यौपाने ,बानपा – ८, कोटमौला, सल्यान
      …
      १,
      गए हुन्थ्यो मारेर
      किन छोडी गयौ ?
      आज एक्लै पारेर ।
      २,
      जान्छ जीवन ढलेर
      एकदिन आर्यघाट पुगी
      सकिन्छ चितामा बलेर ।
      ३,
      नरुनु हेरेर लास
      बाँचुन्जेल कसैको म
      कहिल्यै भइनॅं खास ।
    • ललिता गिरी, सिन्धुली
      …
      १,
      सरकार कसका लागि ?
      सत्ताका व्यापारीको आलोपालो
      हुन्छन् भ्रष्टहरू सहभागी ।
      २,
      स्थिरताको रागमा गठबन्धन
      स्वार्थघातमा पर्दछ किचमिच
      सत्ता परिवर्तनको गन्थन ।
      ३,
      ऋणभार देशमा अति
      नगदनारायण सत्तामा स्वाहा
      जनता रुने कति ?
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
      …
      १,
      सकिनॅं खुसीले रमाउन
      गरिब देशमा जन्मिएर
      गाह्रो पैसा कमाउन ।
      २,
      सधैँ विदेश पसेर
      हुन्न भन्छिन् बुढी
      कमाउॅंला घरमा बसेर।
      ३,
      आधा मन घरमा
      पसिना बगाउँदैछु प्यारी
      केही पैसाको भरमा ।
    • लक्ष्मण देउवा डोटी, हाल भारत
      …
      १,
      अनौठो मौसमी चाल
      आकाश खुल्छ कहिले
      फैलियो तुवाँलो बेहाल ।
      २,
      आशामा जीवन चलेको
      आखिर एकपटक झर्छ
      हेर्छन् मात्र फलेको ।
      ३,
      कुनै घमण्ड छैन
      गर्न सकेमा राम्रो
      नत्र केही हैन!
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      भ्रस्टाचार नेता हटाऔॅं
      देश विकास गर्न
      सत्यचार जनता जगाऔॅं ।
      २,
      छैन कोही इमान्दारी
      आजको कलियुग समयमा
      छन् सबै बेइमानी ।
    • गंगाराम यादव, औरावनी २ सुनसरी
      …
      १,
      चैते हुरी खडेरी
      हुरहुरी पाखा सारा
      चिम्लिदिऊॅं आँखा नहेरी ।
      २,
      पाल्छन् विदेश जानेले
      नासियोस् बाँदरको बास
      बालेछन् चुरोट खानेले ।
      ३,
      किन जोगाउने घारी?
      जोगिए पनि तस्करको
      बसिदिऊॅं दाह्री मुसारी।
    • कमला पौडेल
      …
      १,
      विभिन्न परिकार बनाउने
      भन्छन् बन्दाकोपीको प्रयोगले
      रगतलाई सधैँभरि बढाउने ।
      २,
      शरिरको वजन घटाऔॅं
      स्वस्थ राखौँ स्वास्थ्य ,
      रक्तचाप सन्तुलनमा ल्याऔॅं ।
      ३,
      किन्दा सस्तो पाउने
      बन्दाकोपी रहेछ हजुर,
      पलपल काम आउने ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
      …
      १,
      तिम्रो याद आयो
      खै कहाँ खोजौं
      दुःख मात्रै छायो ।
      २,
      माया गर्छु हेर
      कसरी म देखाऊॅं ?
      आफ्नै छाती चिरेर।
      ३,
      तिमी मायाकी खानी
      महॅंगी भयो धेरै
      किनेँ जानी नजानी।
    • धनुष न्यौपाने यात्री, जुम्ला
      …
      १,
      बिहान पातमा शीत
      रमाउँछ मानिसको जिन्दगी
      खुसीले गाएर गीत ।
      २,
      कहिले पूर्णेको रात
      अनुपम मनको मायामा
      सुन्दर ताराहरूको मात ।
      ३,
      कलकल बगेको पानी
      अनुपम मानिसको जीवन,
      बनेपछि आँखाको नानी ।
    • आर्त अकुलीन
      …
      १,
      तिमी होइन मालिक
      सेवक हौ जनताको
      नबन उभिएको सालिक ।
      २,
      कर्म गर साथी
      अनि जीवन पुग्छ
      हाम्रो प्रगतिपथ माथि।
    • दीपा तिम्सिना, ईलाम
      …
      १,
      दुनियाँ हो विचित्र
      सबै आफ्नै स्वार्थमा
      चिन्दैन कोही मित्र ।
    • बिरेन्द्र कुमार चौधरी, इटहरी सुनसरी
      …
      १,
      दुःख कष्ट सहेर
      हुर्काउॅंछिन् सन्तान आमा
      भावनाको भेलमा बहेर।
      २,
      हेर्छन् सन्तान मुख
      मातातिर्थ औॅंसी चाडमा ,
      छाओस् जीवनमा सुख।
      ३,
      सकिन्न वर्णन गरी
      आमा बाबुको महिमा ,
      पूजनीय धर्ती आकाशसरि।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      अहिले एकलै पारेर
      गएछौ मलाई छोडी
      अर्कैसँग माया सारेर।
      २,
      के भुल भएछ
      सोध्न मन थियो
      ऊ त गएछ।
      ३,
      मायाको कुरा खोलेर
      रमाउॅंछु भनी सोचेथेँ
      गएछ झुटो बोलेर।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
      …
      १,
      झिल्का लेख्न लाग्यो
      कतै केही नफुर्दा
      अनिन्द्रा रातभर जाग्यो !
    • कुमारीगाल-७ काठमाडौँ, हाल- सिड्नी अष्टेलिया
      …
      १,
      निरासाको कुरा गर्दै
      कहिले सम्म बस्ने,
      जागौँ उत्साह भर्दै ।
      २,
      गरिएका काम देखौँ
      उर्जा मिल्छ पक्कै,
      उज्ज्वल भविष्य लेखौँ ।
      ३,
      केहि आशा लिएर
      जन्मिएका छन् युवाहरू,
      जानेछन् योगदान दिएर ।
    • पुष्पा राई, बादेल, खोटाङ
      …
      १,
      मस्तिष्कबाट नैतिकता झिके
      गरे जालझेल प्रपञ्च
      मनुष्य पैसामा बिके।
      २,
      उपदेशलाई बुझ्ने गाली
      चोरी ,फटाहाको सम्मानमा
      बजेको देखिन्छ ताली ।
      ३,
      निर्दोष सिकार हुन्छ
      नियम कानुनले पनि
      निमुखालाई मात्र छुन्छ ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      गर्मीले यता सतायो,
      खडेरी लामो परेर
      बारीमा मकै पकायो।
      २,
      गरेर खानुपर्छ कमाई,
      हामी परिश्रमी बनेर
      सधैँ बसौँ रमाई ।
      ३,
      आनन्द आउने देखेर,
      जताततै हरियाली पाउँदा
      यतै बसे लेखेर।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      नफर्किने गरी बिलायौ
      परिवारमा छायो सन्नाटा
      स्वजन बिछोडमा डुबायौ ।
      २,
      थियो बात बाँकी
      रोक्नु पर्‍यो बिचमै
      को अब हुलाकी ?
      ३,
      सम्झनाको अदृश्य झाँकी
      मानसपटलमा सदा सल्बलाउॅंछ
      बाँचेर गुण फलाकी।
    • हरिगोपाल प्रधान, काभ्रे, बनेपा – १४, साँगा बजार
      …
      १,
      त्रसित जगत्को रगत
      भेटिॅंदैन कतै मान्छे
      असुर मात्र फगत ।
      २,
      बुद्धि विदेशमै बस्यो
      विवेक अझै फर्केन
      विकास भ्रष्टाचारमा फस्यो ।
    • ऋजु दिल्पाली ईटहरी १ सुनसरी
      …
      १,
      तुहिए भ्रुण छोरी
      पुरुष मानसिकताको मञ्जुरीनामा
      डाक्टरी पेसा चोरी ।
      २,
      छोरी नभएको घर
      नवीन सृष्टिको सुरुआत
      छोरासँग छोराकै स्वयम्वर
    • ममता पौडेल, बुढीगङ्गा – २, मोरङ
      …
      १,
      छोराले वचन भुल्यो
      आमाले बाटो हेर्दै
      थामेको आँसु खुल्यो ।
      २,
      गर्नु गर्‍यो मलाई
      चाहिने बेला प्रयोग
      स्वार्थले मुटु जलाई ।
      ३,
      बल्ल भिज्यो माटो
      बिउहरू चल्मलाउन पाए
      सोझियो किसानको बाटो ।
    • राजेश्वरी राजोपाध्याय, ललितपुर
      ::::::::जय झिल्का साहित्य ! ::::::::::
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १६ सम्पन्न

    मातातीर्थ औँसी पर्वको अवसरमा पार्वता स्मृति साहित्य प्रतिष्ठानद्वारा आमाहरूलाई सम्मान

  • २७ बैशाख २०८१, बिहीबार १९:१० मा प्रकाशित
  • मातातीर्थ औँसी पर्व २०८१ को अवसरमा घोराही उपमहानगरपालिका वडा नं. १८ का ८० वर्ष नाघेका ११ जना वृद्ध आमाहरूलाई सम्मान गरिएको छ ।

    नमस्ते स्वास्थ्य अभियानको आयोजनामा घोराही उपमहानगरपालिका-१८ फुर्सेखालीमा आयोजित कार्यक्रममा पार्वता स्मृति साहित्य प्रतिष्ठानका संस्थापकद्वय श्री सुरेशकुमार पाण्डे र श्रीमती देवा पाण्डेले संयुक्त रूपमा वृद्ध आमाहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियोे ।

    केशर बहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मुख्य अतिथि सुरेशकुमार पाण्डेले आमाहरूको सम्मान उनीहरू जीवित छँदै गर्नुपर्ने, मरेर गरिने दानपुन्यभन्दा जीवित छँदै औषधी उपचार गर्ने र सबै छोरा बुहारीहरूले मिठो बोल्ने र सम्मान दिनुपर्ने कुरा बताउनुभयो ।

    उक्त अवसरमा नमस्ते अभियानका अध्यक्ष मातृकाप्रसाद पाण्डेले अभियानका तर्फबाट आमाहरूलाई मिठाई तथा फलफूल वितरण गर्नुभएको थियोे ।

    कार्यक्रममा श्रीमती डेमा पाण्डेद्वारा गीत र श्रीमती अम्बिका भट्टराईद्वारा आमा सम्बन्धी मुक्तक वाचन गरिएको थियोे ।

    नमस्ते स्वास्थ्य अभियानका अध्यक्ष मातृकाप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वसन्तराज शर्माले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज, साहित्य1 Comment on मातातीर्थ औँसी पर्वको अवसरमा पार्वता स्मृति साहित्य प्रतिष्ठानद्वारा आमाहरूलाई सम्मान

    साताका तीन लघुकथा- ५६

  • २२ बैशाख २०८१, शनिबार २१:४० मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५६औँ) शृङ्खलाका लागि लघुकथाकार श्रीकृष्ण पौडेलको लघुकथा ‘भातृत्व प्रेम’, लघुकथाकार लक्ष्मी रिजालको लघुकथा ‘फल’ र लघुकथाकार बिष्णु उप्रेतीको लघुकथा ‘सुझाव’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~


    १.
    लघुकथा: भातृत्व प्रेम

    ✍️श्रीकृष्ण पौडेल
    मोबाइलमा घण्टी बज्दासाथ उठाउँदै “हेलो दाइ, नमस्कार ! आराम हुनुहुन्छ ? म भाइ नारन ।”
    “ठीकै छु कान्छा ! यता सुन न, अमेरिकन नागरिकहरूले विभिन्न माध्यमबाट अमेरिका प्रवेश गरी पिआर पाएका/ नपाएका सम्पूर्ण विदेशी नागरिकहरूलाई आफ्नै देशमा फिर्ता पठाउन दबाबस्वरूप आन्दोलन चलाइरहेका छन् । यहाँ कतिबेला के हुने हो थाह छैन । यहाँ त बस्न पनि गाह्रो होला जस्तो पो छ त !”
    भावुक हुँदै अवधेशले गरेको लामो गथासोले नारन पनि भावुक भयो र केही क्षणको मौनतापछि लुकेर आँसु पुछ्दै बोल्यो- “दाइ, कत्ति पीर नगर्नुहोस् है ! हाम्रो पैतृक सम्पत्ति छैन र ? यही आउनुहोस् न ! आफ्नै जन्मभूमिमा, दाजुभाइ मिलेर बसौँला, हुँदैन ?”

    एक हप्ताभित्रै अवधेशको परिवार घर आइपुग्यो । भोलिपल्ट बिहानै नारन सहर हुँइकियो । एउटा बोझिलो सुटकेस बोकेर घर आयो अनि सुटकेस खोलेर “यो दाइ, भाउजुले अमेरिकाबाट ल्याएको मिठाई भन्दै घरमा आएका सबैलाई बाँड्यो ।

    “अवधेश ! अब कहाँ बस्छस् त ? घरबारी, जग्गाजमिन त सबै बेचेर अमेरिकै लगिस् रे भन्ने सुन्थेँ ।” बोल्न पाएपछि कोखैमा मुख फाटेका माईला बाले प्याच्च बोले ।

    “आधा पो बेचेको हो त माइला बा ! आधा त छँदै छ नि । त्यसमा पनि हामी दाजुभाइ कहिले छुट्टिएका थियौँ र ? हामी आठ जनाको एउटै परिवार हो । एउटै घरमा बस्छौँ, कसो ठाइला बा ?” नारनले माइला बाको कुरामा असहमती जनाउँदै बोल्यो ।

    आफूले अमेरिकाको ग्रिनकार्ड पाएपछि आफ्नो अंशमा परेको सबै अचल सम्पत्ति आफ्नै भाइलाई नदिएर महङ्गो थैलीको निहुँमा अर्कैलाई बेचेर गरेको अन्याय र अहिलेको सङ्कटपूर्ण अवस्थामा पाएको भातृत्व सागरामृत बिचको अन्तरले अवधेशले आफैँलाई धिकाऱ्यो र भाइलाई गम्लङ्ग अँगालो मार्दै क्वाँ क्वाँ रुन थाल्यो । आरीसा र उजेलीले ट्वाल्ल परेर अवधेश र नारनलाई हेरिरहे ।
    पोखरा

    २.
    लघुकथा: फल

    ✍️लक्ष्मी रिजाल
    “मनुष्य ! तेरो मनमा भएको कुरो सफल हुने वरदान दिन्छु ।” उसले टाउको उठाउँदा देवी मुस्कुराउँदै थिइन् । चार वर्षसम्म सूर्योदय पूर्व आएर उठबस गरेको फल ठान्यो उसले ।

    यद्यपि उसको मनले विगतका कर्तुत उल्टाउँदै थियोे-

    • लेनदेन नमिलेर आधा दर्जनको ज्यान लिएको घटना ।
    • पाँच वटी सुकुमारीको कुमारीत्व नष्ट गरेर घाँटी छिनालेको कुरो ।
    • बाबुले अङ्कुश लगाउँदा ज्यान लिएर आत्महत्यामा बदलेको अवस्था ।

    साराको आँखामा ऊ पानीमाथिको ओभानो थियोे । कानुनको नजरमा न्यायको सम्राट थियोे । यद्यपि आफ्नै मनले नै उसलाई नरकमा जाकिदिएको थियोे । उसको आँखामा जमेको पश्चतापको आँसु देवी स्वयम्ले पुछिदिँदै थिइन् । देवीकै बलले मनको कालो धब्बालाई सेतो पोतो लगाउने दाउमा थियोे ।

    तत्क्षण इन्स्पेक्टरले कान बटारेर उठाउँदा पो उसले आफूलाई मूर्तिसामु चेतनावस्थामा पायो । नजिकै कुकुर रगत, मासुले मात्तिएका भेट्यो ।
    उसको हातमा हत्कडी परिसकेको थियोे । छुटाउन देवी आइनन् । बरु चिल्लो कुकुर अघि सरेर भन्दै थियोे- “कर्मको फल भोग्न जुनी फेर्नै पर्दैन । फल दिलाउन सबैले सबैतिरबाट सहयोग गर्छन् ।”
    रूपनगर, सप्तरी ।

    ३.
    लघुकथा: सुझाव

    बिष्णु उप्रेती
    “हेर्न कान्छी, यत्रो रमाइलो कार्यक्रम छ, हाम्राे घरमा । तँ जसरी भए पनि आइज् न है कान्छी । तँ आउँदा कति रमाइलो हुनेथियो । दिदीबहिनी घुमिघुमी नाँचिने थियाे। एक दिनलाई त हाे, जसरी भएपनि फुर्सद मिला न !”
    आमाकाे कुरा नसकिँदै छाेरी सुजाता आइपुगी र साेधी- “कस्को फाेन आमा ?”
    “हेर्न सुजु, तेरी सानीमा आजकाे कार्यक्रममा नआउने अरे । भ्याउँदिनँ दिदी ! नरिसाउनु है भन्दै छे ।”
    “आँ हाेस् आमा, त्यस्ता गरिब दुखी, झत्तेमत्ते नआएकै राम्राे । स्तर नमिल्नेले मनैमन डाहा, आरिसमात्रै गर्छन् । ‘अलि राम्रो चिज देखे माग्नु, असन्तोकी हुनु’ यी गरिबहरूकाे त स्वभावै हाे । तपाईँकी बैनीकाे एउटा गतिलाे साडी त छैन हाेला । अनि के आओस् !”

    छाेरीकाे कुरा सुनेर आमा छक्क पर्दै थिइन् । उनकाे माेबाइलमा फेरि फाेन आयाे । बहिनीकै फाेन थियाे। बहिनी भन्दै थिईन् ।

    “दिदी ! एउटा सुझाव दिँदैछु, अन्यथा नमान्नु हाेला है । जहिले पनि फाेन गरिसकेपछि फाेन स्वीच अफ गरेर मात्र अरूसङ्ग बाेल्नु हाेला है । अघि तपाईँले मसङ्ग कुरा गरेपछि फाेन बन्द गर्न नै बिर्सनु भएछ।”
    भक्तपुर राधेराधे।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, साताका तीन लघुकथाLeave a Comment on साताका तीन लघुकथा- ५६

    साताका उत्कृष्ट झिल्काहरू- १३

  • २२ बैशाख २०८१, शनिबार २१:२७ मा प्रकाशित

  • साताका उत्कृष्ट झिल्का कविताको १३ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १३ का लागि झिल्काकारत्रय संगीता खरेल, राजनारायण राई र निर्मल शर्माका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~

    [१]
    १.
    मुटु दुख्ने खेल
    खेल्नु थियो भने
    किन गर्‍यौ मेल?
    २.
    गरेर मीठा बात
    धोकाले पराकाष्ठा नाघ्यो
    रोएर बिताउँदैछु रात !
    ३.
    पाइँदोरहेनछ हेर देखेर
    भावीको खेल अनौठो
    ल्याउनुपर्ने भाग्यमा लेखेर !
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ————<•>———–
    [२]
    १.
    भोक तब तोडिन्छ
    जब रगत पसिना
    दश नङ्ग्रा जोडिन्छ ।
    २.
    रगत, पसिना बहन्छ
    घाम, पानी सहॅंदै
    मजदुर मजबुर रहन्छ ।
    ३.
    साहेब भनिरहन्छ काम
    उभिएर भिर, पखेरामा
    गरिब खोजिरहन्छ माम !
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    ————<•>———–
    [३]
    १.
    बेच्दैनन् साग तरकारी
    विदेशमा पसिना बेच्छन्
    राखेर बाँझो खेतबारी !
    २. बर्खाको झरी लगातार
    उदास मन नरमाइलो
    त्रासमा भिजेको संसार !
    ३.
    विश्वमै सम्मान होस्
    बुझी पसिनाको मूल्य
    मजदुरले गर्व गरोस् !
    ✍️
    निर्मल शर्मा
    ————<•>———–

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- १३

    विशेष झिल्का लेखन अभियानको दसौँ शृङ्खला (श्रमिक दिवस विशेष) सम्पन्न

  • २० बैशाख २०८१, बिहीबार २०:४७ मा प्रकाशित
  • विशेष झिल्का लेखन अभियानको दसौँ शृङ्खला (श्रमिक दिवस विशेष) सम्पन्न

    झिल्का लेखन अभियानको दसौँ शृङ्खला (श्रमिक दिवस विशेष) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    १//
    १.
    जीवनमा नपर्दै असिना
    पाऊन् ज्याला हजुर
    श्रमिकले नसुक्दै पसिना !
    २.
    नलगाई मेसिनझैँ काम
    श्रमिकलाई दिऔँ हमेसा
    काम गरेपछि आराम !
    ३.
    पुगोस् इच्छा चाहना
    बाँचुन् श्रमिक सम्मानपूर्वक
    श्रमिक दिवसको शुभकामना !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    —————<•>—————
    २//
    १.
    अमेरिकाको सहर थियाे
    श्रमजीवी मजदुरलाई  त्यहाँ
    केही अधिकार दियाे ।
    २.
    ठुलाे आन्दोलनमा लागे
    कम्पनी बन्द गरेर
    सिकागाेका मानिसहरू जागे ।
    ३.
    मई दिवस आयाे
    अधुरै मजदुरका अधिकार
    आठ घण्टा पायाे ।
    ✍️
    रबि पाैडेल दक्षिण भारत पाण्डेचरि
    —————<•>—————
    ३//
    १.
    श्रमिक बढेर  देशमा
    बेरोजगार, दुःखी भए
    नाटकी नेता भेषमा !
    २.
    श्रमको मूल्य चुकाऊ
    परदेशीको दुःख नदेखी
    अत्याचारी भ्रष्ट लुकाऊ !
    ३.
    अन्धकार भयो बेलामा
    सन्तानको इच्छा पुर्‍याऊ
    पसिनाले भिज्नु मेलामा !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    ४//
    बाँचाैँ श्रम गरेर
    जीवन बन्छ सुखी
    मनमा शान्ति भरेर !
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी, धादिङ
    —————<•>—————
    ५//
    भोक तब तोडिन्छ
    जब रगत पसिना
    दश नङ्ग्रा जोडिन्छ ।
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    —————<•>—————
    ६//
    १.
    धानौँ श्रम गरेर
    मानव यो चोला
    पवित्र कर्म भरेर !
    २.
    श्रमिकलाई श्रमको चाहना
    श्रमिकले कर्म गर्छन्
    श्रम दिवसको शुभकामना !
    ३.
    लेऊ सधैँ आत्मशान्ति
    मानव जन्म गौरव
    नराख मनमा भ्रान्ति !
    ✍️
    बेदु न्यौपाने🇳🇵
    —————<•>—————
    ७//
    १.
    पसिनाको मूल्य कस्तो
    नसम्झिनु होला हजुर
    यहाँ श्रमिकलाई सस्तो !
    २.
    गरेर खानु राम्रो
    श्रमिकलाई हेला गर्नु
    नराम्रो बानी हाम्रो !
    ३.
    सबैले बुझौँ भावना
    श्रमको इज्जत गरौँ
    श्रमिक दिवसको शुभकामना ।
    ✍️
    लक्ष्मण देउवा डोटी
    हाल भारत
    —————<•>—————
    ८//
    नगरौँ अब बेर
    पसिनाको मूल्य श्रमिकले
    पाउनुपर्छ सबैले हेर !
    ✍️
    सरिता सेढाई धादिङ
    —————<•>—————
    ९//
    १.
    गर्छन्  श्रमिक काम
    देशकै लागि भनी
    दिएनन् उचित दाम !
    २.
    श्रमिकले श्रम गर्छ
    बुझ्न कठिन भयो
    मालिकले ढुकुटी भर्छ ।
       ३.
    श्रम गरेर बाँचौँ
    विश्वमा सन्देश छरेर
    पसिनाकाे मूल्य साँचौँ ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    —————<•>—————
    १०//
    १.
    श्रमिकले गर्छन् श्रमदान
    उनीहरूको मेहनतको कदरमा
    सधैँ गरौँ सम्मान !
    २.
    उनीहरू भोगिरहे शोषण
    छाडेनन्  तर पनि
    गर्न हाम्रो पोषण !
    ३.
    श्रमजीवीले परिश्रम गरे
    उनीहरूको लागि लड्दै
    नेताले गोजी भरे !
    ✍️
    विमल खतिवडा माइला
    सिलगढी, भारत
    —————<•>—————
    ११//
    १.
    श्रमले दिन्छ पहिचान
    जीवनमा आउँछ  खुसी
    गरौँ श्रमिकको सम्मान ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>—————
    १२//
    १.
    आफ्नो भर परौँ
    शुभकामना छ सबैमा
    श्रमिकको सम्मान गरौँ !
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    —————<•>—————
    १३//
    १.
    श्रम जीवनको आधार
    छ दु:ख सबैलाई
    कसैले मान्नुहुन्न हार !
    २.
    गर्नुपर्छ धेरै श्रम
    खुसी मिल्ने आसमा
    पसिनको मूल्य कम !
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    १४//
    १.
    ज्यालादारी  काम गरेर
    चलेन जिविकोपार्जन श्रमिकको
    ठेकदार ठग परेर !
    २.
    श्रम दिवस  मनाऔँ
    सबैलाई शुभकामना भन्दै
    चेतना पनि जनाऔँ !
    ✍️
    कला ढकाल झापा
    —————<•>—————
    १५//
    १.
    अन्तर्राष्ट्रिय श्रमिक दिवस
    श्रमको मूल्यको अभावमा
    श्रमिकहरू भएकाछन् विवश !
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    १६//
    १.
    बुझे पसिनाको मुल्य
    स्वयम् अनि राष्ट्रले
    हुन्थ्यो विकास अतुल्य !
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    १७//
    १.
    श्रमिक हाम्रो धन
    श्रमै परिचय उसको
    विशाल हुन्छ मन !
    ✍️
    डुकछिरिङ लेपचा
    मिरिक -भारत
    —————<•>—————
    १८//
    श्रमको सम्मान गर
    श्रमले भकारी भर्दै
    उत्साहकाे बिउ छर !
    ✍️
    जी.वि.कश्यप
    घाेराही,दाङ
    —————<•>—————
    १९//
    १.
    सम्मान श्रमको गरौँ
    पूजा गरेर कर्मको
    खुसी, ऎश्वर्यले भरौँ !
    ✍️
    इमान सिंह के.सि.
    व्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ
    —————<•>—————
    २०//
    १.
    गर्ने असल कर्म
    श्रमिक हुन्छन् मेहनती
    श्रम उसको धर्म !
    २.
    श्रमको गरौँ सम्मान
    एकजुट बन्न हामी
    सबैलाई गरौँ आव्हान !
    ३.
    जो अघि सर्छ
    लक्ष्य भेट्छ उसैले
    जसले श्रम गर्छ ।
    ✍️
    नवशिला
    नवदेव मार्ग, लालभित्ती,मोरङ।
    —————<•>—————
    २१//
    १.
    मनाइन्छ मजदुर दिवस
    कसले हेर्ने पीडा
    मजदुर सङ्घर्षमा विवश !
    २.
    सबैको गरिदिन्छ काम
    हुँदामात्र खान्छ ऊ
    छैन कतै आराम !
    ३.
    काम गरिने बलले
    बिरामी हुँदा गाह्रो
    पेट भर्ने जलले !
    ✍️
    कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    —————<•>—————
    २२//
    सहेर आङमा घामपानी
    पसिनाको उचित मुल्य
    नपाइने श्रमिकको कहानी !
    ✍️
    बिके मुखिया
    दार्जिलिङ भारत
    —————<•>—————
    २३//
    १.
    आज श्रमिक दिवस
    वाचा गरौँ सम्मानको
    नपारौँ श्रमिकलाई विवश !
    २.
    नपरोस् गर्नु सामना
    सुनिश्चित होस् अधिकार
    मजदुर दिवसको शुभकामना !
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    —————<•>—————
    २४//
    १.
    दैनिक गरेर काम
    पीडा सहेर बाँचेका
    श्रमिक राखेर नाम !
    – आर्त अकुलीन
    —————<•>—————
    २५//
    १.
    रगत पसिना पिउने
    हामी तुच्छ प्राणी
    श्रम बेचेर जिउने !
    २.
    बनेर बाँच्दैछौँ मरेतुल्य
    इमानदारीलाई बेचेर समाजमा
    मिल्दैन सही मूल्य !
    ३.
    तिख्खर बन्छ घाम
    चल्छ आँधीहुरी जीवनमा
    उदाहरण कुल्ली काम !
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    —————<•>—————
    २६//
    १.
    सहिदहरू रहुन् अमर
    मजदुरहरू एक हौँ
    श्रमजीवीकै धर्ती सगर !
    ✍️
    सुरेशकुमार पाण्डे दाङ घोराही १८
    —————<•>—————
    २७//
    १.
    ससारभरका श्रमिकले पाउने
    सुविधा कि अधिकार
    दिनभरि बिदा मनाउने !
    २.
    सबैभन्दा निरीह लाग्छ
    दृष्टिकोण श्रमिकप्रति साराको
    अवस्थामाथि टिठ जाग्छ !
    ३.
    श्रमिकप्रति गरौँ सम्मान
    ससारका प्रसिद्ध मानिसहरू
    श्रमबाटै भए महान !
    ✍️
    पारसमणि खतिवडा
    सूर्योदय ३ इलाम, हाल सूर्यविनायक भक्तपुर ।
    —————<•>—————
    २८//
    १.
    दिवस यो श्रमिक
    के मनाउनु उत्साहले
    विदेशिँदा युवा क्रमिक !
    ✍️
    ध्रुव श्रेष्ठ
    खोटाङ,हाल काठमाडौँ ।
    —————<•>—————
    २९//
    १.
    कुरा गर्छन् धेर
    हुन्छ दु:खकष्ट जहिल्यै
    हामी श्रमिकमाथि हेर !
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    ३०//
    १.
    एकदिन सुटुक्क आयो
    अधिकार दिनै जानेन
    कसले खुसी पायो ?
    २.
    दुनियाँ चकित परे
    म हाँसेको देखेर
    सारा शासक मरे !
    ३.
    अधिकार मागेर लेऊ
    विडम्बना कस्तो छ
    मूल्यभरिको पसिना देऊ !
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    —————<•>—————
    ३१//
    १.
    श्रमजीवी मानव हामी
    खाएर पसिनाको कमाइ
    बाँच्दछौँ इज्जत थामी !
    २.
    शोषण दमन हटाऊँ
    समान हक अधिकार
    दिलाई सबै अटाऊँ !
    ✍️
    विवश पारदर्शी
    झापा
    —————<•>—————
    ३२//
    १.
    श्रमको सम्मान गरौँ
    जिवन सुखी बनाउन
    मनमा  खुसी  भरौँ l
    २.
    काम सानो हुदैन
    सन्तुष्ट रहने मान्छे
    अरूको देखेर रुँदैन l
    ३.
    एउटै हुन्छ लगाव
    महिला पुरुष भनी
    किन गरिन्छ भेदभाव ?
    ✍️
    बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    ३३//
    १.
    एकताको शक्ति महान
    मई दिवस भाइचाराको
    श्रमिकको क्रान्ति प्रमाण ।
    २.
    श्रमको समय निर्धारण
    आन्दोलन भएको हेमार्केटमा
    श्रमजिवीको क्रान्ति निवारण ।
    ३.
    पर्व मइ दिवस
    राहत सर्वहारा मुक्तिको
    अमर भएर जावस।
    ✍️
    दिल ठकुरी दार्जिलिङ
    —————<•>—————
    ३४//
    १.
    श्रममा खटिन्छ श्रमिक
    मिल्छ खुसी थोरै
    उसैलाई पीडा अधिक !
    २.
    श्रममा पिल्सिन विवश
    उचित न्यायमा कमजोरी
    तथापि मनाऔँं दिवस !
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    ३५//
    १.
    हनन् नहोस् अधिकार
    भ्रष्टाचारले ग्रसित भयो
    विश्व सारा संसार !
    २.
    कुनै कारखाना चल्दैन
    श्रमिकहरू छैनन् भने
    किकास फल फल्दैन !
    ३.
    अत्याचारी बढ्न नपाओस्
    मजदुरका खुन पसिनाको
    मूल्य कहिल्यै नहराओस् ।
    ✍️
    पृथक प्रकृति ,झापा
    —————<•>—————
    ३६//
    १.
    निर्माण गर्दछन् उनैले
    पसिनाको धारा बगाउन
    सक्दैन अरू कुनैले !
    २.
    पुरा होओस् चाहना
    संसारका कामदार वर्गलाई
    श्रमिक दिवसको शुभकामना !
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    ३७//
    १.
    गरौँ हामी सम्मान
    रगत पसिना बगाउने
    श्रमिक वर्ग महान ।
    ✍️
    गंगाराम यादव
    औरावनी २ सुनसरी
    —————<•>—————
    ३८//
    १.
    मूल्य कहिले पाउने
    पसिना बगाउने मजदुर
    भएनन् कहिले  छाउने !
    २.
    नगरे मजदुरले काम
    बन्द हुन्छन् उद्योगधन्दा
    पाउँदैनन् राम्रो दाम !
    ३.
    नगरौँ श्रमिकलाई घिन
    अधिकार पाइँदैन कठै
    विदा दिएर एकदिन !
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    —————<•>—————
    ३९//
    १.
    मनाइन्छ दिवस वर्षेनी
    पाउँदैनन् बालकले काम
    मानवाधिकारले के गर्नी ?
    २.
    फोस्रा भाषण नेताको
    मात्र मन्चमा गुन्जने
    श्रम खेत गराको !
    ३.
    बेची पसिना विदेशमा
    महङ्गोमा आयात सामान
    उल्टो ऋण केशमा !
    ✍️
    लोक बहादुर छेत्री लामिछाने
    पर्वत
    —————<•>—————
    ४०//
    श्रमको सम्मान गरौँ
    सानो, ठूलो नभनी
    सबैमा सुभावना छरौँ !
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    —————<•>—————
    ४१//
    १.
    श्रमको सम्मान गर्नू
    तिमीलाई मालिक बनाउने
    श्रमिकको भर पर्नु !
    २.
    निरन्तर खटेको बेला
    हुनसक्छ काममा गल्ती
    नगरौँ श्रमिकलाइ हेला !
    ३.
    मजदुर दिवस मनाऔँ
    विश्राम लिएर कामबाट
    एकछिन खुसीले रमाऔँ !
    ✍️
    केपी गौतम
    —————<•>—————
    ४२//
    १.
    गरौँ सबैले कदर
    चिनेर श्रमिक हाम्रो
    नहोस् कतै बदर !
    २.
    पूरा गरौँ चाहाना
    सक्दो साथ दिएर
    नदिई कुनै ताना !
    ३.
    अमुल्य हिरा मोती
    एकजुट भएर खोजौँ
    छरेर देशमा ज्योति !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    —————<•>—————
    ४३//
    १.
    मायाको नाटक गर्नेहरू
    तिमीहरूको ढाड जोगाउनु
    दिनरात पछाडि पर्नेहरू !
    २.
    गजब नाटक आहा
    यो जुनीमा पुग्दैन
    तिम्रो दुष्ट चाहा !
    ३.
    छु आँसुले रुझेको
    जीवन अनि सङ्घर्षलाई
    मैले राम्ररी बुझेको !
    ✍️
    सुष्मा मगर, रोल्पा
    हाल भारत
    —————<•>—————
    ४४//
    १.
    श्रमिक देखिन्छन् डटेका
    चन्द्र, सूर्य, धरती
    निःशुल्क छन् खटेका !
    २.
    बन्नेभन्दा नि बनाउने
    जन्मेको कोख श्रमिक
    संसारै कर्मी जनाउने !
    ३.
    वर्षभर रहोस् चाहना
    शुभकामना समस्त कर्मीलाई
    सुख, समृद्धिको कामना !
    ✍️
    नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
    —————<•>—————
    ४५//
    १.
    श्रमको मूल्य चिन
    उत्पादन हेर विनाश्रमको
    हुँदैन, बुझ्दैनौ किन ?
    २.
    यो देशमा श्रमको
    छैन मूल्य कत्ति
    केवल प्रचार भ्रमको !
    ३.
    युवा विदेशिए श्रमलाई
    नसुनौँ नेताका भाषण
    चिरौँ तिनका भ्रमलाई !
    ✍️
    देव कृष्ण काफ्ले
    पोखरा १कास्की
    —————<•>—————
    ४६//
    १.
    श्रमको फल मिठो
    पसिना बगाउन सके
    चाहे होस् ढिडोपिठो !
    ✍️ सुरेश कार्की
    —————<•>—————
    ४७//
    १.
    यता श्रमिक दिवस
    कस्तो कुचाल भयो
    युवा विदेशिन विवश !
    २.
    लगाइन्छ चर्का नारा
    बोलीमा लोली मिलाई
    टार्न केवल झारा !
      ३.
    श्रमप्रति निष्ठा जगाई
      कर्तव्यपथमा लम्काैँ हामी
    अन्यायलाई  दूर भगाई ।!
    ✍️
    जयनारायण नेपाल
    (इलाम हाल सूर्यविनायक २ बालकोट )
    —————<•>—————
    ४८//
    १.
    श्रमिककाे श्रमको भित्र
    विकाश बग्दछ धेरै
    हुन्छ दिव्य चित्र !
    २.
    दिलाऔँ श्रमिकलाई हक
    सत्पात्र मानेर देशकै
    साथमा जोडेर बक !
    ✍️
    हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार
    —————<•>—————
    ४९//
    १.
    छैन पर्याप्त पोषण
    श्रमिक मजदुर जनलाई
    सर्वत्र हुन्छ शोषण !
    २.
    मनाऔँ श्रमिक दिवस
    सुलभ रोजगार दिऔँ
    नबनाई श्रमिक विवश !
    ३.
    दिनभर गरेर काम
    भोकै सुत्छन् श्रमिक
    भरपेट छैन माम !
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालिम्पोङ,भारत।
    —————<•>—————
    ५०//
    १.
    श्रममै रहेछ गुन
    कदम हजुर बढाएमा
    सकिन्छ आकाश छुन !
    २.
    पसिनाको मूल्य हुन्छ
    सकुन्जेल यसलाई बगाऔँ
    प्रगतिले शिखर छुन्छ !
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    —————<•>—————
    ५१//
    १.
    श्रमिक पनि मानव
    सद्भावले काम गरौँ
    नबनी निर्दयी दानव !
    २.
    इमानदारीसँग गर्छ काम
    मूल्य खोज्छ पसिनाको
    दिनू उचित दाम !
    ३.
    सिपको कदर गरौँ
    श्रम अस्तित्व हो
    श्रमिकमा सद्भाव छरौँ !
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    —————<•>—————
    ५२//
    १.
    मजदुरका कति पिर
    श्रम गरुन् जति
    पाउँदैनन् खान खिर !
    २.
    पसिनाको मूल्य हेर
    उनीहरूको मेहनत सधैँ
    खोलामा गयो खेर !
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————
    ५३//
    १.
    नगरेसम्म अलिकति काम
    कसैले कहिले पनि
    नखानुस् है माम !
    २.
    विनाकामको त्यो माम
    दु:ख दिन्छ शरीरलाई
    बनाइदिन्छ है जाम !
    ✍️
    दीपा समभाव
    दुबेकोल
    —————<•>—————
    ५४//
    १.
    खाऔँ श्रमले डटेर
    चल्दछ सहज जिन्दगी
    स्वास्थ्य कुशल रहेर !
    ✍️
    भगवती दवाडी ,झापा
    —————<•>—————
    ५५//
    श्रमिक हुन् देवता
    गर्नुहुन्न फरक हेराइमा
    चाहिन्छ उसलाई सम्मानता !
    ✍️
    राधा चाम्लिङ ( साया), खोटाङ
    —————<•>—————
    ५६//
    १.
    बाँचौँ श्रम गरेर
    आत्मनिर्भरता आफूमा राखी
    शान्तिको कामना भरेर !
    २.
    सफलता हासिल गर्न
    माटोमा बिलाए कति
    यो भोकोपेटलाई भर्न !
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    —————<•>—————
    ५७//
    १.
    गर्न नपरोस् सामना
    दु:खकष्टको श्रमिकले अब
    श्रमिक दिवसको शुभकामना!
    ✍️
    बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
    —————<•>—————
    ५८//
    १.
    श्रमिकले पसिना पोख्छन्
    अनौठो बस्यो परम्परा
    लुट्नेले धनै जोख्छन् ।
    ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
    —————<•>—————
    ५९//
    १.
    श्रमिकलाई दिएर हित
    पर्याप्त पारिश्रमिक दिनू
    श्रमजीवीकाे भएन जित !
    २.
    भाषण सिद्धान्तले नहुने
    बाेल्ने कम गराैँ
    गराैँ गरेर देखाउने !
    ३.
    श्रमिकको हित गराैँ
    सबै हामी मिलेर
    सद्भावले देश भराैँ !
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    —————<•>—————
    ६०//
    १.
    श्रमिकले श्रम गरेजति
    ज्याला पाउँछन् कहिले
    मन पोल्छ भतभती !
    २.
    गर श्रमिकको सम्मान
    उनीहरूको श्रमले गर्दा
    तिमीले पाउँछौ माम !
    ३.
    आफू परिश्रममा अल्छी
    गरिबले  परिश्रम गर्छन् 
    हेपेर हान्छौ बल्छी !
    ✍️
    मङ्गला उपाध्याय
    —————<•>—————
    ६१//
    १.
    नष्ट हुँदैछ अधिकार
    बिचमा छन् लुटेराहरू
    श्रमिक लाग्दैनन् पार !
    २.
    बनाउँदै श्रमिक दिवस
    कसले देख्छ पीडितहरू
    बाँचेको भई विवश !
    ३.
    काम गर्ने कालु
    श्रेय लिदै अगाडि
    मकै खाने भालु !
    ✍️
    कृष्ण देउबा
    डडेलधुरा  आलिताल दुई
    गाङ्गखेत मटेला
    —————<•>—————
    ६२//
    १.
    श्रम गरेर खाऊ
    बन्ने गर स्वाभिमानी
    नमोल कसैको पाउ !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    —————<•>—————
    ६३//
    १.
    पसिना घामको तापमा
    नित्य पिसिन्छन् मजदुरहरू
    मालिकको शोषण चापमा !
    २.
    पसिनाको मोल गर्छन्
    श्रम नगर्नेहरूले सधैँ
    गरिब जनता मर्छन् !
    ✍️
    प्रेम शर्मा ” एकान्त प्रेमी
    कालेबुङ
    —————<•>—————
    ६४//
    १.
    दैनिक मिलिरहाेस् काम
    नबसून् श्रमिक खाली
    हातमा पराेस् दाम !
    २.
    श्रम गर्ने चाहना
    दैनिक जीवन धान्नेलाई
    श्रमिक दिवसको शुभकामना !
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    —————<•>—————
    ६५//
    १.
    पसिनाको मुल्य कहाँ ?
    फगत हुन्छ परिश्रम
    छाक टर्दैन जहाँ ।
    २.
    विदा दिन्छ सरकार
    यहाँ मजदुर दिवसको
    गर्दैन राम्रो व्यवहार !
    ३.
    हुनेखाने घुम्छन् रहरमा
    सच्चा मजदुर भने 
    बाटो खन्दैछन् सहरमा !
      ४.
    परिश्रम बनाउ पहिचान
    हुँदैन काम ठूलोसानो
    गर्वले पालौँ जहान !
    ✍️
    कमला
    —————<•>—————
    ६६//
    १.
    मूलधन हाे श्रम
    पसिनाकाे भए कमाइ
    कहिले फल्दैन भ्रम !
    २.
    परिवार पाल्न खाडी
    गाउँघर भयाे सुनसान
    खेतबारी बन्याे झाडी !
    ३.
    अन्न तिमी धन्न
    खुसीले गर्दछु खेती 
    तिमीविना त रहन्न !
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    —————<•>—————
    ६७//
    १.
    पूर्ण होस् चाहना
    मर्का बुझोस् सरकारले
    श्रमिक दिवसको शुभकामना !
    २.
    सत्तासिन बन्दछन् ठूलो
    दु:ख गर्छन् श्रमिकले
    बिरामीमा छैन औषधीमुलो !
    ३.
    नभुलौँ कसैले सत्यता
    दिनरात खट्ने श्रमिक
    हामी सबैका देवता।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>—————
    ६८//
    १.
    देश हामीले पालेकाे
    कन्जुस नगर ज्यालामा
    देखाैला सत्ता फालेकाे !
    २.
    श्रमलाई सम्मान गराैँ
    देशकाे विकास गर्न
    श्रमिकमा साहस भराैँ ।
    ३.
    श्रमविनाकाे त्यो कमाइ
    साथी कहाँ आउँछ
    काममा लागाैँ रमाई !
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८, सल्यान।
    —————<•>—————
    ६९//
    १.
    श्रमको मूल्य पाउनुपर्छ
    ज्याला मजदुर गरेर
    खानु अनि लाउनुपर्छ ।
    २.
    श्रमिकको गरौँ सम्मान
    अनि मात्र हाम्रो
    बढ्दै जान्छ शान !
    ३.
    हाम्रो आफ्नै चाहना
    हामी आफैँ श्रमिक
    सबैलाई एकमुष्ठ शुभकामना !
    ✍️
    ललिता गिरी सिन्धुली
    —————<•>—————
    ७०//
    १.
    अनिवार्य श्रम गरौँ
    मेरो नारा हो
    पाखुरीले सौन्दर्य भरौँ !
    २.
    पूजा हो काम
    सानो, ठुलो नमानौँ
    मेहनतले फलाउॅंछ दाम !
    ३.
    आफूमा विश्वास पलाए
    संसार जित्न सकिन्छ
    कर्मले पहिचान बनाए !
    ✍️
    म्यामराज राई, भोजपुर
    —————<•>—————
    ७१//
    १.
    श्रम हाे धन
    बन्ने सबकाे प्याराे
    हाँसाैँ खुसी मन !
    २.
    पसिनाले सधैँ नुहाऊ
    फल प्राप्तिका निम्ति
    तिमी पाखुरी खुलाऊ
    ३.
    काम सबै समान
    मिलेर लागाैँ जुटौँ
    सानाे, ठूलाे नमान
    ✍️
    फूलमाया कुलुङ- साेलुखुम्बु
    —————<•>—————
    ७२//
    १.
    कानुनमा मात्र लेखियो
    मजदुरको ती अधिकार
    श्रमिकमा पीडा देखियो !
    २.
    बस्नुपर्ने पाखुराको भरमा
    एकदिन काम नगरेपछि
    बल्दैन चुल्हो घरमा !
    ३.
    सबको पुगोस् चाहना
    अन्तर्राष्ट्रिय श्रमिक दिवसको
    सबैलाई दिन्छु शुभकामना !
    ✍️
    धड्कन जैशी अछाम
    —————<•>—————
    ७३//
    १.
    आज श्रम दिवस
    शरीरलाई आराम दिई
    भइयाे मनाउन विवश !
    २.
    दैनिक श्रम गराैँ
    तब भइन्छ स्वस्थ
    सबैमा प्रेरणा भराैँ !
    ✍️
    काेपिला अधिकारी
    गाेरखा
    —————<•>—————
    ७४//
    १.
    श्रमको खेती गरेर
    मेहनतको कमाई खानु
    मनमा शान्ति भरेर !
    ✍️
    सरस्वती श्रेष्ठ
    —————<•>—————
    ७५//
    १.
    सबैले श्रम गराैँ
    यसैमा मिल्छ सन्तुष्टि
    मनमा खुसी भराैँ !
    ✍️
    उर्मिला के.शी.
    धनकुटा ।
    —————<•>—————
    ७६//
    १.
    गरेर श्रमकाे सुधार
    कागजमा होइन व्यवहारमा
    सुनिश्चित हुनुपर्छ अधिकार !
    ✍️
    शालिकराम दाहाल
    चा न पा ३ झाैखेल
          भक्तपुर
    —————<•>—————
    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको दसौँ शृङ्खला (श्रमिक दिवस विशेष) सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १५ सम्पन्न

  • १७ बैशाख २०८१, सोमबार २०:२३ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको १५ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १५ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    फूलहरू भाग्न थाले
    परागसेचन गर्न छोडेर
    चम्चामा हाम फाले ।
    २,
    ठालुको काम खोज्छन्
    चुनावमा मुख मिठ्याउॅंदै
    मतपत्रमा अरूलाई रोज्छन् ।
    ३,
    उनको परेपछि लगानी
    घाटामा कसैले गर्दैन
    के नगरोस् मनोमानी !

    • म्यामराज राई
      …
      १,
      के छ मरिलानु ?
      सबै यहीँ छोडेर
      रित्तै पर्दछ जानु !
      २,
      यो भागदौड पेलापेल
      निष्काम छ दुनियाँमा
      तेरोमेरो भ्रमको खेल !
      ३,
      विशुद्ध पारौँ काया
      सेवामा मन लगाऔँ
      त्यागौँ यी मोहमाया !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      कस्तो निष्ठुरी रहेछ
      उपहार मैले दिएको
      त्यसै छोडेर गएछ ।
      २,
      थाहा पाएर खायौ
      खुर्सानी पिरो हुन्छ
      पोल्दा चाल पायौ ।
      ३,
      आमाको काख प्यारो
      संसारमै अमूल्य बिछ्यौना
      नगर्नु वचन सारो ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौँ
      …
      १,
      होडबाजी कति ठुला
      नाप्ने केही होइन
      एउटै ड्याङ्गको मुला ।
      २,
      देखाउन कति जानेको
      मह घोली बोलीमा
      एकोहोरो बनाई तानेको ।
      ३,
      बुझौँ सबैले कुरा
      नपरौँ अन्धकारको भुमरीमा
      भित्रभित्रै चलाउँछन् छुरा।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
      …
      १,
      जीवनमा भोकतिर्खा सहनु
      घरमा ठाकठुक हुन्छ
      कहिल्यै कसैलाई नकहनु ।
      २,
      सबैले खुट्टा तान्छन्
      सहनु ठुलो सफलता
      आफ्नैले झटारो हान्छन् ।
      ३,
      अग्रजसित मुख नचलाऔॅं
      पालो सबैको आउँछ
      अनुशासित भनेर कहलाऔॅं ।
    • चुडामणी देवकोटा, चनपा – १३, काठमाडौँ
      …
      १,
      भौतारिने काम नगर
      अर्काले गर्दिन्छ भन्ने
      कहिल्यै भर नपर।
      २,
      व्यक्त गर्न लेखियो
      उकुसमुकुस ती भावनालाई
      मेल खाएको देखियो ।
      ३,
      पोलेको छ भतभति
      दिलमा लागेपछि चोट
      बाँच्नु छैन एकरति।
    • कला ढकाल, झापा
      …
      १,
      बलेछ आँखामा आगो
      त्यही भएर अनायास
      चुँडिएछ प्रेमको धागो ।
      २,
      एकापसमा प्रेमभाव साटौँ
      जोगाउन हाम्रो पर्यावरण
      रुख बिरुवा नकाटौँ।
      ३,
      ज्ञान चेतना बाडौँ
      ए ! दिदीबहिनीहरू हो
      चटक्कै छाउगोठ छाडौँ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा
      …
      १,
      बेला फूलहरू फुल्ने
      सबैतिर ढकमक्क पार्दैछन्
      देख्दा मन डुल्ने।
      २,
      देश दोहन भयो
      युवा पङ्क्ति नजागे
      नेपालीको अस्तित्व गयो।
      ३,
      फूलको मिठो वासना
      त्यस्तै सुगन्धित बनौँ
      सबैमा छ कामना।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
      …
      १,
      विनाश भयो कति ?
      बढ्यो जताततै आगोलागी
      जनधनको भयो क्षति ।
      २,
      सुरक्षित बस्न भनौँ
      छरौँ ज्ञानको ज्योति
      हामी सचेत बनौँ ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      सबै रहेछन् भातमारा
      भाषण मात्र ठोकिरहने,
      आँट नभएका हुतिहारा।
      २,
      जहिल्यै भाका सार्छन्
      भोकै मार्छन् गरिबलाई,
      गर्नेलाई पछि पार्छन्।
      ३,
      मुखले रामराम भन्ने
      भित्रभित्रै तिनैले मेरो,
      रहेछन् खेदो खन्ने।
    • नवशिला, नवदेव मार्ग , लालभित्ती, मोरङ
      …
      १,
      हावाको वेगमा हिॅंड्नुपर्छ
      होइन शत्रुसँग डराउने
      बुद्धि लगाएर भिड्नुपर्छ।
    • देवी पन्थी
      …
      १,
      चाहिन्छ भाषा, भेष
      असल सङ्गत नहुँदा
      एक्लै जिउनु वेश ।
      २,
      कुँडिन्छ सधैँ मन
      दुरुपयोग धेरै भयो
      भ्रष्टाचार गरेको धन ।
      ३,
      भरिएको छ डम्म
      सफा हुँदैन खोला
      ठुलो बाढी नआएसम्म ।
    • ऋजु दिल्पाली, इटहरी
      …
      १,
      फुलहरु ल्याउछन् खुसी
      कस्तो स्वार्थी भमरा ?
      उड्छन् रस चुसी ।
      २,
      सबैभन्दा सजिलो काम
      नेता कमाउन सक्छन्
      पैसा अनि नाम ।
      ३,
      गर्नुपर्छ निष्काम कर्म
      प्रतिफल मात्र खोजेर
      कसरी हुन्छ धर्म ?
    • दीपा समभाव, दुबेकोल खोटाङ
      …
      १,
      धनले बिगार्यो मन
      आफ्नै दुनो सोझ्याउँछन्
      अतृप्त मानव जन ।
    • मन्दिरा सेढाई, मलेखु,धादिङ
      …
      १
      कोठामा घाम परेर
      हिँडौँ धर्म मार्गमा
      ईशको नाम गरेर !
      २
      विकास होस् कामना
      सङ्घर्ष जीवन आखिरी
      पीडाको गरौँ सामना !
      ३
      सेवा सबैको धर्म
      जुटेर मानव बाटोमा
      मिलेर गरौँ कर्म !
    • आर्त अकुलीन
      …
      १,
      जीवनको जोड घटाउ
      हुन्छ दु:ख कहिलेकाहीँ
      तर पिर हटाऊ ।
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      भक्तिमा प्रभु गुणगान
      परोपकार गर्दै गरेमा
      त्यो हुन्छ महादान ।
      २,
      मनमा बत्ती बालौँ
      संस्कार सत्सङ्ग सद्भाव
      स्वयम् हृदयमा पालौँ ।
      ३,
      समस्याको हुन्छ समाधान
      तर्क मन नमिल्दा
      सदैव हुन्छ घमासान ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      फक्रिनु फूलको चाहना
      हराएको कान्ति बोकी
      पलाउने कोपिलाको कामना ।
    • सन्तु खत्री
      …
      १,
      सबैले दियो भोट
      खाएर चुनाव जिताएपछि
      हातमा पायो नोट।
      २,
      मनलाई सम्झाएर आएँ
      दुनियाँ रमाइलो लाग्थ्यो
      आज एक्लो पाएँ।
      ३,
      ईश्वरमा गर्दछु आश
      केही छैन कसैलाई
      नबन कहिले निराश।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      वैशाखको प्रचण्ड घाम
      पाखुरामा छोडेर गयो
      निशानी कालो डाम।
      २,
      पौरखले पाक्छ दाल
      नित्य अल्छि जनले
      बुन्छन् ईर्ष्यालु जाल।
      ३,
      उठाऔॅं हलो कोदालो
      स्वदेशमै सुन फल्छ
      नबन प्रवासमा गोठालो।
    • बिके मुखिया, दार्जिलिङ, भारत
      …
      १,
      मह जम्मा गरी
      डुल्छ माहुरी उद्यानमा
      सारा जीवन भरी !
      २,
      वासना हुन्छ फूलमा
      टिपेर व्यर्थ नफाल्नु
      परेर चुलबुले भुलमा।
      ३,
      कर्तव्य गर्नु भुक्तिको
      शक्तिको दुरुपयोग नगरी
      बाटो रोज्नु मुक्तिको।
    • विवश पारदर्शी, झापा
      …
      १,
      पुरानो घाउ बल्झियो
      किन होला कुन्नि
      मन उतै अल्झियो ।
      २,
      नचाहिने कुरा भनी
      मलाई बन्नु छैन
      घमण्डी अनि धनी।
      ३,
      उनकै माया लाग्यो
      किन होला कुन्नि
      भेट्ने रहर जाग्यो ।
    • गोबिन्द्र राज तिमिल्सेना, बडिमालिका – ७, बाजुरा
      …
      १,
      कसैको हत्या गरेर
      संसार जित्न सकिन्न
      जान्छौँ एकदिन हरेर।
      २,
      उज्यालो दीप बालेर
      अगाडी बढ्न सिकौँ
      मनको रिस फालेर ।
      ३.
      मिलेर अगाडि बढ्नुपर्छ
      सफल बन्नकै लागि
      हरेक सङ्घर्षमा लड्नुपर्छ।
    • लक्ष्मण देउवा डोटी, हाल भारत
      …
      १,
      नभुल मात्र मेवामा
      मोहमाया पर सारेर
      लाग सामाजिक सेवामा l
      २,
      ढुकुटी ठान्यौ पेवा
      अलिकति डर मान
      ईश्वरले गर्दैछ चेवा l
      ३,
      काम गर्छौ कमालको
      सत्ता समिकरण सधैँभरि
      सानो ठुलो बगालको l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      लिएर नहुने चिज
      किन सन्ताप लिन्छौ ?
      छोडेर खुसी खिच।
      २,
      आनन्द, खुसी, सुख
      होइन किनेर पाइने
      पिरोल्छ यसलाई दुख।
      ३,
      सुटुक्क पाए चिन्न
      दुःखका औषधी यहाँ ,
      हुन्थेन वर्गमा भिन्न।
    • मनोहरी पौडेल, गैडाकोट १
      …
      १,
      तिम्रो सकिनँ हुन ।
      धनको गारो चाहिने
      कहाँ पाउ सुन ?
      २,
      बसेर गरौँ कुरा
      पीडा जति भुलिन्छन्
      वाचा हुन्छन पूरा ।
      ३,
      सधैँ अध्यारो मुख
      बाल एकछिन बत्ती
      पाउला स्वर्गीय सुख ।
    • हिरालाल न्यौपाने ,सल्यान, कोटमौला
      …
      १,
      कसैलाई नराम्रो नभन्नु
      फर्किदा पच्दैन भने
      जानीजानी पीडक नबन्नु।
      २,
      कर्ममा निरन्तर लागौँ
      आउनेछ पक्कै समय
      व्यर्थ नबसौँ जागौँ।
      ३,
      केही सौम्य याद
      जिन्दगीमा कहिलेकाहीँ त्यही
      नितान्त हुन्छ उन्माद।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      आज या भोलि
      मर्न थाहा छैन
      बोलौँ मिठो बोली
      २,
      जिन्दगी दुईदिने चोला
      बाँचुन्जेल राम्रो होस्
      भोलि के होला !
      ३,
      दुनियाँमा बाँच्न गाह्रो
      बिचमा परियो मानव
      गरिखाने मान्छेलाई साह्रो ।
    • बेदु न्यौपाने
      …
      १,
      नि:स्वार्थ ध्यान गरौँ
      सक्ने दान गरी
      ईश्वरमा भर परौँ ।
    • ज्ञानेन्द्र क्षत्री
      …
      १,
      कहिलेसम्म मौन बस्ने
      प्रकृतिको स्थिर रूप
      पानी बनेर खस्ने।
      २,
      भ्यागुताको बिहे गरेर
      सताउने कहिले हो
      प्रकृति रौद्र झरेर।
      ३,
      मुर्रा आएर हाँस्ने
      उपहारको नाममा जनावर
      साटेर सम्बन्ध गाँस्ने।
    • संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौं
      …
      १,
      मन्दिर किन धाउँछौ
      गरिबलाई गर्छौ हेला
      तिमीले के पाउँछौ ।
      २,
      लेखेर चिट्ठी आमालाई
      तातो घाममा छु
      खबर दिनु मामालाई ।
      ३,
      लगाउँछौ आगो बनमा
      डढेर सबै नस्ट
      पिर छैन मनमा ?
    • रबि पौडेल दक्षिण भारत पाण्डेचरि
      …
      १,
      विकासदेखि निकै पर
      हाम्रो देशको अवस्था
      घुसखोरी भ्रष्टाचारीहरूमा निर्भर।
      २,
      सम्झेर नौनाडी गल्छ
      युवा जमात खाडीमा
      वृद्धहरूद्वारा देश चल्छ?
      ३,
      आर्थिक अवस्थाको मार
      कर्णधार सारा विदेशमा?
      पलायन भइरहेछ लगातार ।
    • बि.कुलुङ, दार्जिलिङ, रंगबुल
      …
      १,
      रचनाहरूले तिमिलाई छुनेछन्
      पढन्त भए जिन्दगीमा
      आनन्दित मन हुनेछन् ।
      २,
      महसुसहरू अनुभव भएछन्
      भूतकाललाई हामीले समझेर
      नराम्रा आचारणहरू गएछन्।
      ३,
      जीवनका पानाहरू पल्टिॅंदैछन्
      अतितका घटनाहरू बिर्सेर
      समस्याहरू आफैँमा सल्टिॅंदैछन्।
    • केन्टरमेश क्षेत्रीय, रोल्पा
      …
      १,
      अकेलो निष्ठा मजबुर
      पत्थर बीचमा चम्किलो
      अन्जान छन् कोहिनुर ।
      २,
      जसको साथमा लाख
      अरूको अन्जुली खाली
      भरिन्छ उसको काख ।
    • कृष्णकुमार वैद्य, बनेपा – ९, काभ्रे
      …
      १,
      फूलको जस्तो सुवास
      तिम्रो स्पर्शमा पाउॅंछु
      आनन्दमय हुन्छ मधुमास ।
      २,
      अर्ध तनमय भएछु
      तिम्रो साथ पाउँदा
      शिरमा सिन्दुर भरेछु ।
      ३,
      आऊ, मुसुक्क हाँसेर
      नयनमा भिज्ने गरी
      बसौँला प्रीति गाँसेर ।
    • फूलमाया कुलुङ-साेलुखुम्बु
      …
      १,
      प्रभुमा मन लागोस्
      यही छ कामना
      दु:ख वेदना भागोस् ।
      २,
      माया बस्यो गाढा
      सम्झनाले सताइरहँदा हरपल
      जान सकिएन टाढा ।
      ३,
      जहाँ रहे पनि
      यो दुखी संसारमा
      मन रहोस् धनी ।
    • त्रिलोचन भण्डारी, मेचीनगर,झापा
      …
      १,
      होडबाजी प्रकृति सक्नलाई
      वातावरण बिग्रॅंदै गइरहेछ
      चाहिँदैन भविष्य बक्नलाई ।
      २,
      मायाको शीतल छायाँले
      कसरी धानौँ तिमीलाई
      दायाँ अनि बायाँले ।
      ३,
      बर्सेनि बिग्रँदो प्रकृति
      विचारौँ सकिन्न बाँच्न
      हेरेर पैसाको भकारी ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      रितुजस्तै छ घाम
      मुटुमा छोएर गयो
      बिर्सन नसक्ने नाम ।
      २,
      विचारले पाक्छ भात
      अन्छीपनको त्यो शून्यता
      नेता छोड्छन् हाम्रोसाथ ।
      ३,
      मेरो देशको नाम
      नेपालमै फल्छ सुन
      नेता लागे दाम ।
    • कृष्ण देउबा, डडेलधुरा, आलिताल २ गाङ्गखेत
      …
      १,
      कसैलाई घृणा नगर्नु
      हेरेर उनको व्यवहार
      शब्द राम्रो भर्नु।
    • गंगाराम यादव, औरावनी २ सुनसरी
      …
      १,
      तिमी हिजोका चल्ला
      काम भन्दा कुरा
      बढी गर्छौ हल्ला ।
      २,
      काम गर्छ कालु
      जङ्गलमा डुलि हिड्ने
      मकै खान्छ भालु ।
      ३,
      भुक्ने कुकुरले टोक्दैन
      नगर धेरै फुर्ती
      खानलाई जुङ्गाले रोक्दैन ।
    • देव कृष्ण काफ्ले, पोखरा १,बगर,कास्की
      …
      १,
      गरिबी भोकायो सहेन
      जकाएर नाङ्गै भिडमा
      अर्काको जुठोमा मरेन ।
      २,
      अर्कैको पोल्टामा जन्मेर
      झाडीमा पुनर्जन्म लियो
      मायाको जालमा अन्मेर ।
      ३,
      उडायो सपना हुरीले
      परदेश गइ कमाउ
      रहेन के चुरीफुरीले !
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      आनन्दको समय चोरेर
      आत्मिक सम्बन्ध गाँसे
      सौन्दर्यको ढुकुटी फोरेर।
      २,
      आँखाको नानीभित्र रमाई
      भावनालाई भावले अचेट्दै
      कोमल स्पर्शको रजाइँ।
      ३,
      मौनताको पर्दाभित्र अचेटेर
      कल्पनामा रमाउँदै आज
      नेत्र स्पर्शमा दपेटेर।
    • घनश्याम पन्त, हरिवन सर्लाही ‌
      …
      १,
      सत्कर्मका बाटो रोज्नु।
      सही गलत छुट्याई
      गन्तव्य आफैँ खोज्नु।
      २,
      रोपेर बिरुवा माटोमा
      मलजल गरी हुर्काउनु
      पसिना चुहाई पाटोमा।
      ३,
      नदेख सपना कोरिया
      मेहनतको फल मिल्दछ
      फाँडेर बस खोरिया।
    • सरस्वती श्रेष्ठ रुपन्देही बुटवल
      …
      १,
      कमाइन्छ मन्नगे धन
      श्रम गर्न सकियोस्
      स्वास्थ्य रहोस् तन।
      २,
      मिठो मसिनो राम्रो
      व्यवहार या बोली
      रुखो अति चाम्रो।
      ३,
      आसमा बस्न नपरोस्
      बरु पौरखी कर्मलाई
      सबैले सम्मान गरोस्।
    • अरुण कुमार भुजेल, गोरू बथान,कालिम्पोङ, भारत
      …
      १,
      जिन्दगी रहने भो
      बाँचे युगयुगान्तर अनन्तकाल
      सुन्दर हुने हो ।
      २,
      प्रेमले बाँच भन्छन्
      दिलमा दु:ख अनि
      चोटैचोट पो गन्छन् ।
      ३,
      सधैँ छाडी जानेलाई
      फर्क भन्ने छैन
      जाओस् याद सजाई ।
    • मनुहाङ किराँती सोलु, महाकुलुङ – ५
      …
      १,
      देशको कार्यभार उठाउन
      गर्नु भन्छन् हातेमालो ,
      जनताको साथ पाउन!
      २,
      सुकिला लुगा लगाई
      गर्छु निस्वार्थ सेवा ,
      जनताको घरमा धाई ।
      ३,
      वाचा पूरा गर्छु
      के गरूँ एक्लै ,
      जनताको भरमा पर्छु ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
      …
      १,
      वरिपरि फुल्छ फूल
      घुमफिर आएर त्यही
      मेरी भमरोको भुल !
      २,
      सहन चाहिँ सहनु
      जस्तै परिस्थितिमा पनि
      हुदैँन भन्छन् कहनु !
      ३,
      आँसुको खोलो बगाइ
      ढाक्नु पर्दैछ सधैँ
      कालो चस्मा लगाइ !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      नौ शब्दको कथा
      कोरौं झिल्का सरर
      खोली भित्री व्यथा।
      २,
      झिल्का साहित्य एक
      फुर्छन शब्द अनगिन्ती
      सृजना हुन्छन् अनेक।
      ३,
      सृजनशील ती हातहरू
      बोक्छन् कलम अविछिन्न
      बिताउँदै अनेक रातहरू।
    • तोया नाथ चापागाईं, दमक, झापा, नेपाल
      …
      १,
      चिप्लो बोल्न जान्दिनँ
      ठिक्क अरुको अगाडि
      बनावटी कुरा मान्दिनँ ।
      २,
      आफ्नो कर्तव्य छोडिएन
      अपराध लुकाउन छिपाउन
      राजनीतिक खोल ओडिएन ।
      ३,
      मानव भएर बाँचौँ
      कर्म गरौँ मानवकै
      समाजमा कीर्ति साँचौँ ।
    • पारसमणि खतिवडा, सूर्योदय ३ इलाम (हाल सूर्यविनायक भक्तपुर)
      …
      १,
      भाग्यमा लेखेको कुरा
      टारेर टर्दैन भन्छन्
      ती अति सुरा।
      २,
      कर्म पछिको फल
      हात फैलायो भने
      गर्छन् भगवान्ले छल।
    • कोपिला अधिकारी, सिरानचोक – ७,गोरखा
      …
      १,
      मुहान सुक्दै गयो
      खडेरी मच्चियो बेस्सरी
      पानीको हाहाकार भयो |
      २,
      आउँछ मन कुँडेर
      स्वास्थ्यमा समस्या आयो
      धुलो धुँवा उडेर |
      ३,
      जङ्गलमा डढेलो गयो
      भाग्ने ठाउँ छैन
      जीवजन्तुको उठीवास भयो |
    • सरिता सेढाई, धादिङ
      …
      १,
      थाहा छ मलाई
      नपोलिएको कोहि छैन
      नकोरेर नै सलाई ।
      २,
      मै हुँ ठान्नेले
      टेकेको हुन्न स्वर्ग
      दन्तेकथा मात्र जान्नेले ।
      ३,
      किन बोल्यौ दुर्वाच्य?
      कर्म-धर्म मेरै हो
      चाहिॅंदैन भाग्य अपाच्य ।
    • कमला पौडेल
      …
      १,
      दुनियाँ यस्तै रहेछ,
      राम्रो सोच्दा सोच्दै
      मन भारी भएछ!
      २,
      किन यति साह्रो
      कहिलेकाहीँ त लाग्छ
      बाँच्न कति गाह्रो !
      ३,
      राम्रो गर्छु भन्दाभन्दै
      अप्ठ्यारोमा परिने रहेछ
      गयो दिन गन्दै!
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      मनभरि पीडाको पोको
      खुसी हुन्छु भन्ने
      मनमै रह्यो धोको ।
      २,
      दुःखले झेल्दै गयो
      कर्मले ठगेर होला
      आज नसोचेको भयो ।
      ३,
      अन्तिम निर्णय गर्दैछु
      नसोध्नु कसैले मलाई
      केही दिनमै मर्दैछु ।
    • ललिता गिरी, सिन्धुली
      …
      १,
      हुँदैन भावनामा बहकिएर
      यथार्थ इतिहास लेखियोस्
      परिश्रम, लगनशीलले माझिएर।
      २,
      इरादालाई फत्ते गर्नुछ
      दिएको बचन पालनमा
      सात समुन्द्रसम्म तर्नुछ ।
      ३,
      फर्किनुपर्छ फेरि दार्जिलिङमा
      कविताको सेतु लगाउँछु
      एकोहोरो नहेर्नु मिलिङमा।
    • दिल ठकुरी टिस्टाभेल्ली दार्जिलिङ
      …
      १,
      खुसीको उपहार झिल्का,
      सद्भावना सधैँ सङ्गाली
      मनमुटावहरू सब मिल्का ।
      २,
      नववर्ष भएछ गर्मी ,
      मौसम भयो निष्ठुर
      पापी बढे विधर्मी ।
    • शम्भु गजुरेल, सिन्धुली
      …
      १ ,
      भरोसाको बिच बाटोसम्मै
      लाग्यो ठुलो दिवार
      टुट्यो भरोसा अचम्मै।
      २.
      जिजीबिषामै पर्यो खाडल
      तमासेहरूको त्यो भिड
      बज्यो विक्षिप्तताको मादल ।
    • हरिगोपाल प्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
      …
      १,
      तन काम्यो धामीसरि
      फूलेको सुवास समीपमा
      प्रेमिल घमाइलो मनभरि ।
      २,
      छचल्क्याई सुगन्धले छालहरू
      मनको घडा भरिएर
      यौवनका उद्भव तालहरू ।
      ३,
      स्वप्निल तलाउ खनाएर
      खहरेझैँ उर्लिएर रुझायो
      कुनाकाप्चा निथ्रुक्कै बनाएर।
    • ममता पौडेल, बुढीगङगा-२ , मोरङ
      …
      १,
      युवा बजारमा फालाफाल
      डलरमा मोलतोल गरी
      भए नेता मालामाल ।
      २,
      देशका कथित नेतागण
      कलङ्कको टीका लगाई
      जान्छौ कहाँ भन ?
      ३,
      कति माग्ने भिक्षा
      सुन्दर देश नेपालमा
      चाहिन्छ सीप शिक्षा ।
    • जयनारायण नेपाल, इलाम (हाल सूर्यविनायक – २, बालकोट, भक्तपुर)
      …
      १,
      एकजुट भए बन्नेछ
      सुन्दर देश विश्वको
      नेपाल सबले भन्नेछ।
      २,
      माया गरौँ देशको
      संरक्षण गर्नुपर्छ सबले
      भाषा कला भेषको
      ३,
      सगरमाथा शिर हाम्रो
      कला संस्कृतिमा धनी
      नेपाल देश राम्रो ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      सम्झाएर बारबार जसलाई
      कुरा कोटाउॅंदै पैसाको
      अत्तोपत्तो छ कसलाई ?
      २,
      राजा हुनलाई पहिले
      माग्नुपर्ने हुन्छ भिख
      कहाँ पाइन्छ अहिले ?
    • ईश्वर साउद, सुदुरपश्चिम रामारोसन – ६, अछाम
      …
      १,
      राम्रोसँग सोची बोल
      नघोच बोली वचनले
      अशान्तिको नबजाऊ ढोल।
      २,
      मनमा मिले शान्ति
      हर्ष उमङ्ग छाउँदै
      आउनेछ मुहारमा कान्ति ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५ संगम कोलोनी राधे राधे भक्तपुर।
      …
      १,
      दुई जनाको जन्ती
      उनी पनि गए,
      गाउँ ठाउँबाट अन्ती ।
      २,
      आफ्नो ठाउँमा सान
      देशमा चिनाउनु हामी,
      सबैले मिलेर पहिचान ।
      ३,
      गाउँ समाज हाम्रो
      सबै मिलेर गर्नु ,
      सधैँ काम राम्रो ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      पाएनन् प्राणीले बाँच्न
      आगो सल्कियो जङ्गलमा
      सकेन पंक्षी नाँच्न।
      २,
      फल नौलो बन्यो
      पाएन ऋतु कुर्न
      औषधीले दिन गन्यो।
      ३,
      देखाए जादुको ऐना
      मख्ख परे जनता
      गरे भविष्यको बैना।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      सत्ताको खेल देखेर
      छक्क पर्दछु आफैँ
      बस्छु झिल्का लेखेर ।
      २,
      हिमालपारिको त्यो देशमा
      युवा पसिना बगाउदै
      चिनारी आफ्नै भेषमा ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ – ४ झापा
      …
      १,
      झारपातहरू उखेल्छिन् आमा
      बाग सुशोभित बनाउन
      संरक्षण गर्ने मामा।
      २,
      फूलको शोभा हुन्नन्
      झारपातहरूको संसर्ग भएमा
      मायाले कसैले छुन्नन्।
      ३,
      रातले पर्खने बिहानी
      विरहीले कात्ने रात
      भिजेको त्यो सिरानी।
    • राजेश्वरी राजोपाध्याय, ललितपुर

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता2 Comments on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १५ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३२ सम्पन्न

  • १७ बैशाख २०८१, सोमबार १९:०९ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३२ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३२
    ~<•>~
    भनेकै छु समृद्धि, ल्याउँछु म भनेर
    असन्तोषी रै’छौ तिमी खोज्दै छौ झन् धेर ?
    वसन्त अनुभव
    ~<•>~
    [१]
    छैन अपुग नै, छन् सबै मालामाल
    खान पिउन भाषण छ फालाफाल ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    ~<•>~
    [२]
    भाषण जस्तै धनकाे ओइराे फालाफाल
    आफ्नैतिर साेझ्याउने हाे समृद्धिकाे छाल ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    ~<•>~
    [३]
    जति भए नि नपुग्ने असन्तोषी मन
    दुखी बनाउने संसारमा पापी धन।
    ✍️ संगीता खरेल
    काठमाडौँ
    ~<•>~
    [४]
    समृद्धि त यहाँ ल्याउनसम्म नै ल्याए सामान्यले खोइ कहाँ के पाए ?
    त्यसका फल धेरै ठुलाबडा नेता र उनका वरिपरिकाले खाए ।
    ✍️ पवनकुमार बुढाथेाकी
    काठमाडौँ
    ~<•>~
    [५]
    समृद्धि यिनीहरूले कागजमा ल्याउॅंछन्
    भाषण सुन्ने जनले अझै खै के पाउॅंछन् ?
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [६]
    जान्न अन्त मलाई मेरै घर प्यारो
    आफ्नै जमिन जोत्छु भए पनि सारो ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    ~<•>~
    [७]
    देशमा नै समृद्धि लेराउँछु भन्न त भन्यौ
    तर पैसाको रास आफ्नै परिवारमा गन्यौ।
    ✍️ सुशीला शिखा
    काठमाडौँ कागेश्वरी
    ~<•>~
    [८]
    भन्ने मात्र गर्छौ छोपी दाउ, मुर्ख बनाएर
    भो अब बसिनसक्नु, पुरै देश गनाएर।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~<•>~
    [९]
    घाेषणा पत्रमा लेखिन्छ समृद्ध नेपाल बनाउने नारा
    सत्तामा पुगेपछि देशको अर्थतन्त्र ध्वस्त पारेउ सारा ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [१०]
    पीर नगर हात राखी गालामा
    समृद्धि ल्याउँछु नि मेरै पालामा ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~<•>~
    [११]
    बस्न बाध्य भएका छन् जनता नेताहरू कै नाटक हेरेर
    उहीँ नेता हुन् जता पनि के विकास हुन्छ मात्र पाटी फेरेर ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    ~<•>~
    [१२]
    चुस्यौ रस आफू खाेस्टा फ्याँकेऊ सदा हामीतिर
    लाजसरम पचाउनेलाई केकाे लाग्छ पिर ?
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    ~<•>~
    [१३]
    भो नगर तिमीले समृद्धिका कुरा
    मुखमा राम राम बगलीमा छुरा ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ~<•>~
    [१४]
    कागज र भाषणमा मात्र समृद्धि ल्याउँछु भनेर कहाँ हुन्छ
    गरि नदेखाएसम्म जतिसुकै राम्रा नारा होस् मन कहाँ छुन्छ ?
    ✍️ सतीश पण्डित
    भानु ६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    ~<•>~
    [१५]
    आशा नै हो जीवनको बलियो आधार
    कल्पना नगरे कहाँ मिल्नेछ आकार ?
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~<•>~
    [१६]
    चप्पल पड्काइ सहर छिरे अहिले छ है महल
    राजनीतिले बदलिदियो अहिले चहलपहल ।
    ✍️ नवशिला,
    नवदेव मार्ग , लालभित्ती,मोरङ।
    ~<•>~
    [१७]
    चुनाव हुँदा चर्को चर्को लगाई हिँड्थ्यौ नारा
    माखो मारेनौ जितेपछि देखाई छाड्यौ पारा ।
    ✍️ विके माकजू , भक्तपुर ।
    ~<•>~
    [१८]
    औलो दिदा डुँडो ताक्छौ, खुट्टो दिए घुडो माग्छौ
    समृद्धि दिन खोज्दा खैराते किन पर भाग्छौ ?
    ✍️ विवश पारदर्शी
    झापा
    ~<•>~
    [१९]
    यथार्थमा तिम्रो सपना अब आफैँसॅग राख
    हामी नेताले गरेको भ्रष्टाचारको स्वाद चाख ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [२०]
    विकासको लहरै लाउछु,भन्थ्यो यहाँ नेर,
    कठै उ पनि त भाषणमा,मात्रै रह्यो हेर ।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    [२१]
    समय र मान्छे बदलिए, मन उस्तै
    तिमीमाझैँ हुँदैछ यता ममा दुरुस्तै !
    ✍️ दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    ~<•>~
    [२२]
    बाहिर छँदा अति सार्‍है गुड्डी हाँक्ने तिम्रो बानी
    सत्तामा पुगेपछि पछार्‍यौ बिरोधी छानीछानी ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ~<•>~
    [२३]
    देशको निमित्त हामी बाँचौंँ
    यसैले दिलमा माया राखौँ ।
    ✍️ नीमा छिरिङ भोटिया
    ~<•>~
    [२४].
    सबैले मनमा सन्तोष लिने गर
    सफल बन्न कसैको भर नपर ।
    ✍️ लक्ष्मण देउवा डोटी
    हाल भारत ।
    ~<•>~
    [२५]
    सक्छौ नया आशा उमारिदिनु
    सक्दैनौ पुरानो नमारिदिनु ।
    ✍️ रघु थापा, सु न पा १.
    ~<•>~
    [२६]
    पीडामा बाँच्न गाह्रो
    मुटुको व्यथा साह्रो !
    ✍️ आर्त अकुलीन
    ~<•>~
    [२७]
    हेर्दै जाऊन् मैले के के गर्नेछु
    आफू हसुरी कनिका छर्नेछु !
    ✍️ कमला देवकोटा, पाल्पा
    ~<•>~
    [२८]
    भने जस्तो पुगेकै छ किन मान्नु पिर ,
    तलमाथि भएमा चलाउला नि तिर ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~<•>~
    [२९]
    हातमा हात मिलाइ खाेलाैँ समृद्धिकाे नाैँलाे ढाेका
    देश सम्मुनत बनाउँ, नपाराैँ आफूमात्र पाेका।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    ~<•>~
    [३०]
    कस्ताे खालकाे समृद्धि हाे तिमीले ल्याउछु भनेकाे
    कहिले हेर्न पाइएला खै देश समृद्धि बनेकाे ।
    ✍️ भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ~<•>~
    [३१]
    भोलिको दिनको छैन कसैले देखेको
    भावीले छैठीको दिनमा के छ लेखेको ?
    ✍️ कला ढकाल, झापा
    ~<•>~
    [३२]
    वाचा कसमका पोकापोकी मैलियो
    देशमा निराशा र वितृष्णा फैलियो ।
    ✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर
    ~<•>~
    [३३]
    खुट्टा मेराे नतान भाे कस्ताे हाेला मैले आकाश छुँदा
    जातभात जादैन साथी दुखी असक्तकाे लुगा धुँदा ।
    ✍️ हिरालाल न्याैपाने, सल्यान काेटमाैला।
    ~<•>~
    [३४]
    बन्यौ अचम्म गर्ने देश समृद्धि जन खातिर तिमी थिर
    गर्छौ जहिले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर ।
    ✍️ इन्दु श्रेष्ठ,चितवन
    ~<•>~
    [३५]
    भाषणको उन्नति देखाई यहाँ गर्छन् सबै विकास
    सत्ता हात पारेपछि तिनैले सोर्दैछन् आफ्नै निकास ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    [३६]
    समृद्धि ल्याउँछु भनेर मात्र कसो गर्नु
    नसके ल्याउन हुनेछ फेरि
    फाटिमर्नु ।
    ✍️ इमान सिंह के.सि.
    व्यास ९ धनुबेसी कलेस्ति तनहुँ
    ~<•>~
    [३७]
    भयो, परेन तिम्रो धन चाहिएन अति
    रहोस् यो देश, माटो नहोस् है कुनै दुर्गति ।
    ✍️ मोती सुब्बा दार्जिलिङ भारत।
    ~<•>~
    [३८]
    ढाँटेर साधा, काम गर्ने बेला त बाधा, गाग्रीमा पानी आधा
    आफू भयाै गाधा, ठानेउ आफैँलाई राधा, तर पुर्खाै नाधा ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ
    ~<•>~
    [३९]
    सिधा साधा सबैलाई एउटै थालमा मुस्दैछ
    अभागीको रगत पसिना एकदमै
    चुस्दैछ ।
    ✍️ अन्मोल मुस्कान
    ~<•>~
    [४०]
    शोषण र दोहनको, आगो मात्रै बाली
    समृद्धिका कुरा गर्छौ, छोटेराजा पाली।
    ✍️ रामशरण न्यौपाने, भक्तपुर
    ~<•>~
    [४१]
    पालैपालो फेरिन्छ शासक सबैले ल्याउँछ समृद्धिको कुरो
    आफूले भरपुर कमाउँछन् छोड्छ समृद्धि थपक्क अधुरो ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~<•>~
    [४२]
    तिम्रो समृद्धि कहिलेसम्म पर्खेर बसौ युगौँ जुटिसक्यौ
    आसै आसमा खुसी हुनेहरूको सारा जीवन लुटिसक्यौ ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~<•>~
    [४३]
    कैयौँपटक सपनामा नेपाललाई, सिङ्गापुर बनाए
    झुक्याए पुरानोमा नयाँ खोल राखेर, भोटलाई मनाए ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    ~<•>~
    [४४]
    भने मात्रै पुग्छ हजुर गर्नुपर्दैन
    जति नै आस दिए पनि मनै सर्दैन ।
    ✍️ धनुष न्यौपाने यात्री
    जुम्ला
    ~<•>~
    [४५]
    भोट माग्दा चिल्ला कुरा हामीबीच छोड्यो
    जितेपछि बाटो फेरि अर्कैतिर मोड्यो ।
    ✍️ भगवती दवाडी ,झापा
    ~<•>~
    [४६]
    सदियौँदेखि भन्ने गर्छन् सरकारले, ल्याउँछु देशमा समृद्धि
    घुसखोरी देशमा बिगबिगी छन् अनि कसरी हुन्छ देश वृद्धि ?
    ✍️ Hari Narayan Chaudhary
    ~<•>~
    [४७]
    चौकीको लालच देखाएर भाषणमा भोटको नै चल्यो चाल
    बेरोजगारको भाँडो भरिएपछि युवाहरू भए बेहाल।
    ✍️ बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    ~<•>~
    [४८]
    जालझेल बुनेर अति भयाे कति लुट्ने
    त्याे दिन अवश्य आउने छ जनले चुट्ने ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~<•>~
    [४९]
    मुखले बोलेर हुन्न भाइजी गरेर देखाउनुपर्छ
    तालसहितकोे बाजा बजेर संसार भेटाउनुपर्छ ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    हाल- एनेलकुटी, सिरहा ।
    ~<•>~
    [५०]
    थुप्रै पुस्ता बितिसके समृद्धिको आसमा बस्दा
    सन्तोषी कहाँ हुन सकिन्छ भोकले भुँडी कस्दा ।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालिम्पोङ,भारत।
    ~<•>~
    [५१]
    आशा भराेसा देखाई विश्वासिलाे बन्नेहरू
    मानव श्रम पसिना किन्दै नाेट गन्नेहरू ।
    ✍️ Bhanu Pokharel
    ~<•>~
    [५२]
    बारम्बार भ्रष्टाचारीहरू नै देशको सत्तामा आयो
    खुब उन्नति गर्यो देशले नभएकै समृद्धि पायो।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ~<•>~
    [५३]
    समृद्धि नै ल्याउँछु भन्दै भयौ आफैँ मालामाल
    आफू भयौ पूर्णता जनतामा गर्‍यौ महाजाल ।
    ✍️ बेदु न्यौपाने
    ~<•>~
    [५५]
    के गर्न सक्छौ भन्ने बुझेका छन् सारा
    मुखले मात्र ठिक्क पार्ने तिम्रो पारा ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ~<•>~
    [५६]
    सुख समृद्धि, आस नगर्नु सबैले पाउने
    भाग्यमानी उहीँ हुन्छ नेताको पछि धाउने ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ~<•>~
    [५७]
    फ्याँकेर जनतामाझ सधैँभरि समृद्धिको जाल
    मृत्युपर्यन्त नै हुने भयौ आफूमात्रै मालामाल l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ~<•>~
    [५८]
    समृद्धि त मात्र भोट माग्ने भाँडो रहेछ
    कुर्सी प्राप्तिसँगै समृद्धि अलप भएछ।
    ✍️ तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    ~<•>~
    [५९]
    पहिले आफूलाई नेल्सन मण्डेला जस्तै हो भन्यौ
    अहिले सारा देश र जनता पुरिने खाल्डो खन्यौ ।
    ✍️ रमेश दियाली
    सिटोंग दार्जिलिङ।
    ~<•>~
    [६०]
    कुरा बढी काम नगर्ने अगुवा सबै अल्छी
    अब पालो युवाहरूको देशमा खेल्ने बल्छी ।
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    ~<•>~
    [६१]
    विकास नारामा सिमित भयो, कमाउमा जीवन हेर
    विश्वासले मत दियौ बालुवामा पानीझैँ गयो नि खेर।
    ✍️ शंकर कार्की, मकवानपुर।
    ~<•>~
    [६२]
    तछाडमछाडको यो दुनियाँमा बाँच्न गाह्राे
    समृद्धि ल्याउछु भन्नेहरू नै लड्दै छन् साह्रो ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ ।
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव1 Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३२ सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P