• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साताका उत्कृष्ट झिल्काहरू- १५

  • १९ जेष्ठ २०८१, शनिबार ०७:१० मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको १५ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १५ का लागि झिल्काकारत्रय ️रचना प्रतीक्षा, ️कमल प्रसाद बगाले र ️नन्दा धामीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~

    [१]
    १.
    पिएर विष मरिन्न
    अपमानका शब्द सहँदा
    मरिन्छ त्यस्तो गरिन्न !
    २.
    भ्रष्टाचारीको देश भनियो
    विश्वमा हाम्रो नेपाल
    बलात्कारीको देश जनियो ।
    ३.
    माकुरो घाम ताप्दैछ
    माघको चिसो छल्दै
    तापक्रम पनि माप्दैछ ।
    ✍️
    रचना “प्रतीक्षा”

    ललितपुर

    [२]
    १.
    शान्ति छैन देशमा
    निमुखा जनता दरिद्र
    नेता लुट्ने भेषमा !
    २.
    शान्ति क्षेत्र नेपाल
    हाक्छ मागी सत्ता
    समृद्ध राष्ट्रको हाल !
    ३.
    मिलाई जुटायो कसैले
    बनाई तमासा हेरेर
    अहिले फुटायो मजैले !
    ✍️
    कमल प्रसाद बगाले

    वालिङ्ग बजार स्याङ्जा, गण्डकी प्रदेश

    [३]
    १.
    सहयात्री हो वन
    सुख अनि दुःखको
    दिन्छ सधैँ आफ्नोपन !
    २.
    म रुँदा रुन्छ
    ख्याल गर्दछ मेरो
    हाँस्दा खुसी हुन्छ ।
    ३.
    छ अपार शक्ति
    आमाको मातृत्वमा हेर
    समर्पण र भक्ति !
    ✍️
    नन्दा धामी
    नौगाड, दार्चुला
    ————<•>———–

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- १५

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १९ सम्पन्न

  • १८ जेष्ठ २०८१, शुक्रबार ०६:५० मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको १९ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    फसाऊ, सके फसाउॅंछु
    विडम्बना ! राजनैतिक खेल
    कम्तीमा बनी बसाउॅंछु ।
    २,
    कानुन बसाइॅं गयो
    सन्जालमा पूर्ण फैसला
    नोटको हालीमुहाली भयो ।
    ३,
    गफिने कर्म माने
    फल केही नलाग्ला
    भविष्य कता लाने ?

    • म्यामराज राई, भोजपुर
      …
      १,
      बल्दैछ आगो दनदनी
      मिलेमतोमा छन् कलाकार
      बानेश्वर कुरा कम्पनी !
      २,
      हमेसा खोरको डर
      रणभुल्लमा छ टाउको
      रहेन गोडाको भर !
      ३,
      नखोल्दा जनता ठुस्कने
      दुर्गन्ध साह्रै फैलियो
      खोल्दा धोती फुस्कने !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      धेरै भेटिए फसाउने
      जीवनको पाटो मेरो
      हाँस्ने अनि हॅंसाउने ।
      २,
      कानुन कसले मान्यो
      उसैको महल ठडिन्छ
      जसले लुट्न जान्यो।
      ३,
      जिन्दगी भाँडमा गयो
      मेलोमेसो मिलाऊ साथी
      मेरो यस्तै भयो ।
    • लक्ष्मण देउवा, डोटी (हाल भारत)
      …
      १,
      भ्रमले केही हुँदैन
      तात्तिएको यो जीवनमा
      विडम्बनाले खासै छुँदैन !
      २,
      घामसँग उदायो उमङ्ग
      देखेर आफ्नै प्रगति
      आफैँ परे दङ्ग !
      ३,
      निराश लाग्छ हिजोआज
      जीवन देखेर सादा
      लाग्न थाल्यो लाज !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      यहाँ सबैले फसाउँछन्
      तान्छन् अरूको खुट्टा
      आफ्नो घर बसाउँछन् ।
      २,
      राजनीति फोहोरी खेल
      किन भ्रष्टाचार गर्नेलाई
      लगाउँदैनन् होला नेल ?
      ३,
      जीवनको भएन भर
      के हुन्छ कहिले ?
      आफ्नै इच्छा गर ।
    • ललिता गिरी, सिन्धुली (हाल काठमाडौँ)
      …
      १,
      अन्धाधुन्ध गोली चलेछ
      वनजङ्गल मास्ने पापी
      गाउँघर सबै जलेछ ।
      २,
      आँटेको कुरा पुगेन
      भाकेर सबै देवीदेवता
      मन्दिरमा रुङ्दै रुँगेन ।
      ३,
      मुस्किलको काम सकियो
      घमण्डले बन्यो रिसाहा
      झिल्का लेख्दै बसियो ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      कोट्याए अनेकौँ चुरो
      सत्ताको भागबन्डा हेरेर
      चोखिने देखिन्छ कुरो !
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      …
      १,
      शङ्का गर्ने आदत
      आफू जस्तो सोच्छौ
      बसेछ अर्को कुलत !
      २,
      लिएको सम्पूर्ण भुल्छन्
      जतासुकै छन् दुईजिब्रे
      अप्ठ्यारो मान्दैनन् खुल्छन्।
      ३,
      शुभकामना उन्नति होस्
      निन्दाको सप्रोस् खेती
      अझ चर्चा गरोस् ।
    • पृथक प्रकृति, झापा
      …
      १.
      भेटिन्छन् यहाँ फसाउने
      आफू त्यस्तो गर्दिनँ
      अरूलाई सकेसम्म हॅंसाउने !
      २.
      फस्छौँ हामी नमान्दा
      यहाँ खोज्छन् फसाउन
      केही गर्न नजान्दा !
      ३.
      कानुन देखाउने दाँत
      नोटको हालीमुहाली हुँदा
      खाइरहेछन् तिनले आँत !
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, (हालः-अमेरिका,बोस्टन)
      …
      १,
      लखेट सबै जुटेर
      गर्छु भन्दछ जसले
      घाइते बनाऊ कुटेर !
      २,
      शक्ति उम्लियो जसको
      सबै छर्लङ्ग देखियो
      गोठालो रहेछ कसको ?
    • इमान सिंह के.सि., ब्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ
      …
      १.
      लगाऊ माया हेरेर
      तनमनका साथ खुसीले
      राख मलाई बेरेर।
      २.
      घटी हुन दिन्न
      मायाको उपहार तिमीलाई
      हुने छैन भिन्न ।
      ३.
      सुगन्ध छर्दै डुलिरहनु
      संसारलाई मोहित पारी
      सुन्दर बनी फुलिरहनु ।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
      …
      १,
      कस्तो स्वार्थी मान्छे
      डाडुपन्यु हातमा समाई
      हुन खोज्छ भान्छे।
      २,
      हुन नपाए भान्छे
      पाइन्न खान भनेर
      भाउन्न हुन्छ मान्छे।
      ३,
      राजनीतिका यस्तै दाउ
      सत्तामा पुग्न नसके
      कसैले दिँदैन भाउ।
    • सतीश पण्डित, भानु – ६, चुँदी तनहूँ (हाल चनपा – ६ मातातीर्थ)
      …
      १
      कुराले बिग्रिन्छ घरबार
      मतलब नराख्नु नारदको
      मुखमा बोक्छन् तरबार।
      २
      बोली यस्तो तरबार
      सहज सहन गाह्रो
      बोलीले जलाउॅंछ घरबार ।
      ३
      मट्टितेल दाउरा चाहिॅंदैन
      निहुँ चाहिन्छ मान्छेलाई
      अप्ठ्यारोमा आफन्त पाइॅंदैन ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
      …
      १
      विश्वमा उच्च हिमाल
      सुन्दर स्वर्ग पृथ्वीको
      हाम्रो देश नेपाल ।
      २
      गफाडीको थलो भयो
      पदलोलुप मोहमा फसेर
      सिंहदरबारको अस्तित्व गयो ।
      ३
      हुँदैन तेलबिनाको सेल
      लिप्साले देशको राजनीति
      अत्यन्त झेलयुक्त खेल ।
    • गुणनिधि घिमिरे, अमेरिका
      …
      १,
      आफ्नै पाराको बानी
      फसाउॅंदैमा कहीँ फस्छन् ?
      हुन्छन् तिनै स्वाभिमानी !
      २,
      समय चक्र बलवान्
      पुतली बन्छ झुसिल्किरो
      होमिन्छन् हुन महान् !
      ३,
      देश मात्रै मेरो
      मैले कहिले भने ?
      तिम्रो सोच अप्ठेरो !
    • कमला पौडेल, चा न पा भक्तपुर
      …
      १,
      यसरी बदला लिन्छु
      कालो कलङ्क भन्नेलाई
      म काजल बनिदिन्छु ।
      २,
      मतलबका कुरा खोल्दैछ
      आज धेरै दिनपछि
      साइनो जोडेर बोल्दैछ।
      ३,
      आऊ सुनौँ सुनाउँ
      सृजनाभित्र प्रस्फुटित भावनाको
      प्रवाह यो बहाउँ।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग ,दार्जीलिङ
      …
      १,
      देखाउँछौ आसुरी शक्ति
      बेइमानीको सीमा नाघेर
      गर्दैछौ कसको भक्ति ?
      २,
      मति भ्रष्ट हुँदा
      सबैले दु:ख पाइन्छ
      जन्मभूमिको अस्तित्व रुँदा ।
      ३,
      फेर्नुपर्छ यो व्यवस्था
      काउछो रोप्नु हुँदैन
      बिगार्छ सबै अवस्था !
    • ऋजु दिल्पाली, इटहरी १ सुनसरी
      …
      १,
      फूल फुलेछ भीरमा
      टिप्न जान सकिन
      लाउन सकिनॅं शीरमा ।
      २,
      इन्द्रकमलको वासना चल्यो
      मायालुको मिठो सम्झनाले
      छातीभित्र मुटु जल्यो ।
      ३,
      निर्मोहीले बिर्सिन् होली
      माया दिएर फर्किन्
      वृतान्त व्यथाहरू खोली।
    • दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ
      …
      १
      मनको हुन्छ बल
      बदलिन्छ मौसम सधैँ
      समयमा फल्छ फल !
      २
      किन मान्ने हार
      मन प्रभुसँग भएमा
      अवश्य लाग्छ पार !
      ३
      नदीको बग्दछ जल
      मनले कसैसँग कहिल्यै
      गर्न नहुने छल ।
    • कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी
      …
      १
      शान्तिका हुन् अग्रदूत
      जन्माइदेऊ नेपाल आमा
      फेरि बुद्धजस्तै सपूत ।
      २
      अशान्तिको युद्ध भयो
      बुद्धको अर्ती उपदेश
      लोप हुँदै गयो ।
      ३
      बुद्ध जन्मेको देशमा
      छन् यहाँ जताततै
      मान्छे पापीको भेषमा ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      नयाँ योजना थाल्नुपर्छ
      विगत सबै बिर्सिएर
      पाइला अघि चाल्नुपर्छ।
      २,
      छानबिन छिटो गर
      न्यायपालिकाले अनुसन्धान सही
      गर्न पछि नपर ।
    • कला ढकाल झापा
      …
      १,
      हेरेर हरेक बिहान
      पलपल किन भयो
      मान्छेको मन चिहान !
      २,
      माछापुच्छ्रे अनि फेवा
      प्राकृतिक सम्पदा सौम्य
      कसैको होइन पेवा !
      ३,
      फूलझैँ सुगन्ध छरेर
      आखिर गएको तिमी
      पिरतीको नदी तरेर !
    • आर्त अकुलीन
      …
      १,
      कुर्सीको म पुजारी
      अरबौँ धन कमाए
      देशलाई नाङ्गो पारी।
      २,
      घाइते बनाए कुटेर
      राम्रो काम गर्नेलाई
      भ्रष्ट नेता जुटेर ।
      ३,
      सोझा जनता फसाउने
      नेताले झोले बनाएर
      आपतमा छैन बचाउने।
    • राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
      …
      १,
      हृदयमा हुनुपर्छ उदारता
      व्यवस्था परिवर्तनले हुँदैन
      उन्नत समाजको सार्थकता।
      २,
      एउटा एउटा खाटो
      सबैले लिएर गएका
      बोल्दा देखिने टाटो।
      ३,
      जनताको आशामा भुमरी
      बहुदलमा बहुलाएका हुल
      सोझ्याउने दुना, टपरी।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १.
      सपना भए चकनाचुर
      जाउ माया सधैँ
      तिमी मबाट दूर ।
      २,
      सडकमा धुलो उडाउने
      ड्राइभर दाइको काम
      सडकमा गाडी गुडाउने !
      ३,
      आउँला बर्षमा खोला
      दुई दिनको जिन्दगी
      भोलिपल्ट के होला ?
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १.
      निल गगनको घाम
      गर्दैछ अग्नि वर्षा
      बचाऊ प्रभु राम !
      २.
      आमाबाबाको यो माया
      शीतल प्रदान गर्ने
      वरपिपलको अनमोल छायाँ !
    • बिके मुखिया, दार्जीलिङ,भारत
      …
      १.
      विदेश जानुभन्दा बरु
      लाग्दैछ एकजुट भई
      आधुनिक कृषिकर्म गरुँ ।
      २.
      अरूको भर नपरे
      स्वस्थ खान पाइन्छ
      गाउँमै कृषि गरे ।
      ३.
      कृषिप्रधान देश हाम्रो
      परदेश जानुभन्दा स्वदेशमै
      खेतीपाती गर्नु राम्रो ।
    • साबित्री प्याकुरेल, धादिङ
      …
      १,
      पौषमा चाहिएको तातो
      यतिखेर पो आएर
      लिन आँट्यो सातो ।
      २
      विकृति सबै मासेर
      जगाऔॅं जागरण जीवनमा
      बाँचौँ बचाऔॅं हाँसेर ।
      ३
      पिऔॅं प्रशस्त पानी
      गर्मीको हेक्का राखेर
      स्वच्छ बनाऔॅं जिन्दगानी ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      …
      १,
      कुरा गर्छौ मिठा
      मौका छोपी हिँड्ने
      तरुल कि गिठा ?
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      जीवन वैरागी बन्ला,
      प्रेमको बेचैनले भोलि
      विचार गरेनौ भन्ला !
      २,
      ओखती सम्झेर विष
      जीवन चिप्लिएर जाला
      अधीनमा राख रिस !
    • होम प्रसाद नेउपाने, धरान,सुनसरी।
      …
      १,
      मनको मिठो फल
      कामना गर्दछु हजुरलाई
      ईश्वरले दिन्छ बल !
      २,
      हेरेको जस्तै सपना
      नेताहरू जनता खोज्छन्
      कालेले बनायो विपना !
    • निमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १.
      हेर्नुहोस् नेताको चाल
      तिनको स्वार्थका लागि
      आउँछ जनताको काल !
      २.
      भ्रष्टाचार नियन्त्रण भन्छन्
      कुर्सीमा बसेर आफैँ
      कालो धन गन्छन्।
      ३.
      चुनावमा कुरा हाँक्ने
      एकैखाले नेता सबै
      जितेपछि भ्रष्टाचार ढाक्ने।
    • विमल खतिवडा माइला, सिलगढी भारत
      …
      १,
      प्रकृति पनि रिसाइछिन्
      पानी बर्सिएन आज
      थाकेर काँध बिसाइछिन्।
      २,
      सपनीमा पनि आउँदैनौ
      किन होला आजकाल
      कतै किन छाउँदैनौ ?
      ३,
      भोर भयो अहिले
      सखारै भेटौँला हामी
      घामभन्दा अझ पहिले।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
      …
      १.
      मानिसको यो जिन्दगानी
      केही भर हुँदैन
      भन्छन् कर्कलाको पानी ।
      २,
      अजम्बरी मेरो माया
      जुनी जुनी रहनेछ
      नगर है दायाँबायाँ ।
      ३.
      हावा चल्छ मन्द
      आफ्नै यो माटोमा
      राष्ट्रियताको छ सुगन्ध ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
      …
      १,
      मन भयो अधुरो
      कामदारले काम गर्दा
      नछाडे हुन्थ्यो अपूरो ।
      २,
      घाम झुल्क्यो बिहानी
      अर्काको भर पर्दा
      सधैँ भिज्यो सिरानी ।
    • बेदु न्यौपाने
      …
      १,
      हाँगा छैन समाउने
      जहाँको त्यहीँ उभिएर
      साधन नभएर रमाउने।
      २,
      इच्छहरू भित्रै सुक्दैछन्
      कसलाई गुहार लगाऊॅं
      आफन्त भनाउँदा लुक्दैछन्।
      ३,
      बाँच्दैछु आँसु छेकेर
      खुसी मनाउने गर्छन्
      मेरो पीड़ा देखेर।
    • अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ
      …
      १,
      सुन्दर शान्त विशाल
      नलागोस् आँखा वैरीको
      हाम्रो देश नेपाल।
    • सरस्वती श्रेष्ठ, इटहरी
      …
      १,
      हुँदैन अहङ्कार पालेर
      चाहन्छौ भने शान्ति
      आऊ तामस फालेर !
      २,
      बुद्धको उपदेश राम्रो
      व्यावहारिक भए हुन्छ
      शान्ति समृद्धि हाम्रो !
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १.
      परक्क बटारिने जात
      विपक्षीको अनमोल बानी
      चुपचाप भेट्दा भात ।
      २.
      छ हातमाथि आगो
      खुट्टा तान्ने प्रवृति
      परिस्थिति तल भाँगो !
      ३.
      नागरिकता नक्कली भयो
      मान्छे नक्कली भएपछि
      बाँकी नरही गयो ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा)
      …
      १,
      प्रेमिल संसारको सपना
      सजाइएको मन मुटु
      बिदेसिनुको पीडा वेदना !
      २,
      छपक्क ढाकेको हिमाल
      शितोष्ण आहट सिरेटोको
      मनमा स्वप्निल नेपाल ।
      ३,
      वृद्ध आमाबुबाको सहारा
      छोराछोरी श्रीमतीको भविष्य
      सजिएको मनचरीको चारा।
    • ममता पौडेल, बूढीगङ्गा-२, मोरङ्
      …
      १.
      साथीहरू माया नबल्झाऊ
      खाँदै साझा सम्पत्ति
      नानाथरीले पद अल्झाऊ ।
      २.
      ठण्डाराम पार यसलाई
      तिम्रो जाँदैन आउँछ
      भित्रै दबाऊ जसलाई !
      ३.
      कुरा बुझ्दा गहिरो
      काम बिगार्ने भाग्छ
      कसले थाम्ने पहिरो ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      झुपडी महल लाग्छ
      तिम्रो सकारात्मक सोचले
      बाँच्ने इच्छा जाग्छ!
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      …
      १)
      ध्यान कर्मको योग
      जीवन साधना हो
      नबनाउ कसैले बिजोग !
      २)
      अॅंध्यारोमा लड्दै उठेको
      जीवन हो यो
      शान्ति पथमा जुटेको !
      ३)
      लागेर आकाशमा जून
      अब्बल मानिस बुद्धिमा
      ध्यान दिएर सुन !
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि
      …
      १,
      निर्दोषलाई दोषी बनाउने
      शक्तिले मात्तिएर सम्पन्न
      स्वार्थले देश चुसाउने ।
      २,
      चिनायौ जनतालाई फटाहा
      रित्याएर देश ,मोटाएका
      गद्धार र हेपाहा।
      ३,
      कसरी भयो घाउ ?
      राज्यलाइ फत्रक्क गलाउने
      चिनाइदेउ रोगका नाउॅं ।
    • लोक वहादुर छेत्री लामिछाने, मोदी गा पा – २, देउपुर, पर्वत
      …
      १)
      सोचेझैँ हुँदैन पथ
      निर्धारित गन्तव्य पुग्नलाई
      होसियारले हाँक्नु रथ।
      २)
      सक्ने मात्रै ताक्नु
      फत्ते गर्नु ताकेको
      आकास पाताल नहाँक्नु।
      ३)
      सधैँ कर्तव्यपरायण हुनु
      लगनशीलतासाथ कर्म गरी
      सफलताको शिखर छुनु।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ,भारत
      …
      १,
      बलियो मायाको डोरी
      भरोसा छैन कसैलाई
      हल्लियो नेपालको राजनीति ।
    • लक्ष्मी रिजाल, कञ्चनरूप १२, रूपनगर, सप्तरी
      …
      १,
      नेता सब भ्रष्ट
      प्रमाण के खोज्छौ ?
      देश गतिले प्रष्ट ।
      २,
      बोकौँ हातमा मसाल
      छ देश जोगाउनु
      नगरौँ कुनै सवाल ।
      ३,
      बनी वीर सपूत
      गद्दार विरुद्ध लडौँ
      जोगाऔॅं देश मौजुद ।
    • शोभा शाह थापा, हेटौंडा ४, मकवानपुर
      …
      १,
      शङ्का गर्ने आनीबानी
      जसको हुन्छ धेरै
      उसकै हुन्छ मनमानी।
      २,
      घाम नलाग्दा रिसाउने
      लागेपछि पनि हामी
      उसैसॅंग धेरै किचकिचाउने।
      ३,
      भुलबाट सबैले सिक्नुपर्छ
      राम्रो कामको मेलोमेसो
      अनि सफलतामा टिक्नुपर्छ।
    • राजनारायण राई, राजदल बस्ती सोनादह
      …
      १.
      पक्षी गयो उडेर
      पाइला छोडेन कतै
      सपना लग्यो चुँडेर।
      २.
      मायाको सुवास जताततै
      गुलाफमा भुल्छ आँखा
      भाका बुझ्दैन कतै।
      ३.
      प्रेम सागर भन्छ
      साँचो मिलन भएमा
      आफैँ थोपा बन्छ।
    • पशपती राई, खोटाङ
      …
      १,
      मन सफा हुनुपर्छ
      रङ्ग सेतो नखोज
      कुना पसेर रुनुपर्छ ।
      २,
      अख्तियारले पो समाउला
      टेवलमुनि नहेर है
      बरु दुःखमा रमाउला ।
    • प्रमिला प्याकुरेल, विराटनगर -५
      …
      १.
      लेखिन्छन् कथा हजार
      बुझ्दैनन् मर्म भित्री
      फिजाउँछन् व्यथाका बजार।
      २.
      रुन्छन् प्रेमिल मनहरू
      परि घृणाको शिकार
      सुकाउॅंदै मस्त तनहरू।
      ३.
      लुटिन्छन् मिठा पलहरू
      जाकिॅंदै शून्य खाडलमा
      उदाउॅंछन् निर्मम छलहरू !
    • तोया नाथ चापागाईं, दमक, झापा
      …
      १,
      राजनीति महको प्याला
      अघिपछि कुकुर बिरालो
      स्वार्थमा चाट्छन् गाला !
      २,
      लेखाइमा धेरै फोहर
      अब लाज लाग्यो
      आम्दानी हुन्न मोहर ।
      ३,
      एक्कइसौँ शताब्दी माझ
      कठै ! देशका नेताहरू
      नित्य गर्दैछन् बाझाबाझ ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
      …
      १,
      गाउॅं जन्मेको ठाउॅं
      सिरमा हिमाल अटल
      पाउमा खोलिको नाउॅं ।
      २,
      खेती किसानी काम
      शीतल हावा, पानी
      स्वादिलो छ माम ।
      ३,
      वल्लोघर पल्लोघर छिमेकमा
      सरसापट ऐॅंचोपैँचो छॅंदैछ
      सहयोगी काम एकापसमा ।
    • रोसन अधिकारि, खोटाङ मात्तिम
      …
      १,
      हामी जुटेको दिन
      जीवनभरिको छ सम्झना
      जन्ती गएको लिन ।
      २,
      जीवनमा तिमी आयौ
      मेरो भाग्यको उदय
      जस तिमीले पायौ ।
      ३,
      छोराछोरी छन साथमा
      जीवन भयो आनन्दित
      चिन्ता छैन गाथमा ।
    • देव कृष्ण काफ्ले, पोखरा – १, कास्की
      …
      १
      बिटो बाँड्न जान्ने
      ठुलो पदमा रोज्छन्
      भ्रष्टलाई मात्र मान्ने !
      २
      लुट्नेलाई नै भोट
      किन दिन्छन् जनताले
      आफैँलाई सधैँ चोट !
      ३
      मुहार फेर्न लागौँ
      उघारेर मनको ढोका
      जागौँ जनता जागौँ !
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      संसदमा गर्ने झगडा
      नेता हाम्रो देशको
      कुस्ती खेल्न तगडा !
      २,
      उनका दुईजिब्रे बोली
      जति खाएपनि कमिसन
      कहिल्यै नभरिने झोली !
      ३,
      जनतालाई केवल चोट
      राजनीति नेताका लागी
      पैसा फल्ने बोट !
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      पोहोर मरिन् सासू
      आउनु नै थियो
      अहिले आयो आँसु ।
    • सुरेश कार्की, काठमाण्डौ- ७ कुमारीगाल (हाल सिड्नी, अष्ट्रेलिया)
      …
      १,
      मुखले आज गन्दैछु
      व्यवहार जहिले टेडो
      राजनीतिको उपदेश भन्दैछु ।
    • जगत राई
      …
      १,
      महादेव किन रिसाए ?
      बिर्सिएर पानी पार्न
      ध्यान कता बिसाए ?
      २.
      गर्मी भयो धेर
      सितलु छैन कतै
      श्वास रोकिन्छ हेर !
      ३.
      लगाउन पाइएन बाली
      लगाएको बल्ल बचाइयो
      थोपा सिॅंचाई हाली !
    • सरिता सेढाई धादिङ
      …
      क/
      बुझिएन चेपारे कुरो
      गौप्राणी भएर होला
      सुझेन कुरोको चुरो !
      ख/
      बताऊ अन्तरको कुरो
      गुस्याएर राख्यौ भने
      लिप्सा रहला अधुरो !
      ग/
      नेता बने तक्षक
      निमुखाको श्रम चुस्ने
      धुन्धुकारी औ भक्षक !
    • बाबुराम गौतम, गुल्मी
      …
      १.
      खाने बानी बसिसक्यो
      काँचो होस् पाकेको
      ज्यानले खान्की कसिसक्यो ।
      २.
      विरोध गर्नेहरू झन्
      हुन्छन् आक्रोशित हेर
      बेकारमा भिड थुप्रिन्छन् ।
      ३.
      पैसा खायो भन्छन्
      सित्तैमा होइन पाएको
      पाए आफैँ गन्छन् ।
    • राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
      …
      १,
      संसदमा चलोस् बहस
      गनतन्त्रको मूख्य प्रणाली
      कृपया नगर्नु तहसनहस ।
      २,
      तर्कपूर्ण रहोस् प्रणाली
      बहुमतको छाप रहोस्
      बजोस् सर्वहितमा ताली।
      ३,
      समयको सदुपयोग गरेर
      नजाओस् विधेयक थातिमा
      सत्रमा अघि सरेर ।
    • मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
      …
      १,
      स्वर्ग बनाऔॅं पाटो
      जति टाढा गएपनि
      नबिर्सनु आफ्नो माटो ।
      २,
      राम्रो काम गरेर
      आदर्श व्यक्ति बनी
      हिँड्नु सुगन्ध छरेर ।
    • उर्मिला के. शी, धनकुटा
      …
      १,
      अहम्ता कति बढेछ
      उनलाई मात्र समाउॅंदा
      स्वतन्त्रताको प्रश्न उठेछ।
      २,
      श्रमजीवीलाई वेतन हराएछ
      जिन्दावाद मुर्दावाद सभामा
      जबर्जस्त बोलावट आएछ।
      ३,
      कति कमजोर व्यवस्था
      समाउँदा कुनै साहुलाई
      हनन् भएछ स्वतन्त्रता !
    • केन्टरमेश क्षेत्रीय, रोल्पा
      …
      १.
      मन भारी हुन्छ
      अचानक थिचेपछि पीडाले
      आँसुले परेली छुन्छ।
      २.
      देखिॅंदैन आँसुको दाग
      भिजाएर बग्छ परेली
      फुकाउँदै पीडाको भाग !
    • बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ
      …
      १)
      सच्चा मन नेपाली
      सुखदुःखमा साथ दिने
      छलकपट छैन जाली ।
      २)
      रमिता हेरेर गिज्याउने
      सुखदुःखको लेनदेनका साथी
      पिउॅंदै हात मिलाउने।
      ३)
      साक्षत् भगवान्को रूप
      अग्रज हजुरहरू सबै
      सिक्नुपर्ने मलाई खुब ।
    • ईश्वर साउद, रामारोसन – ६, सुदुरपश्चिम अछाम
      …
      १
      कर्कलाको रहेछ पानी
      कति बेला ढल्कन्छ ?
      रमाइलोमा बिताऔॅं जिन्दगानी।
      २
      मीठो बोलीमा हाँस्ने
      सबैलाई एक समान
      माधुर्यताको सम्बन्ध गाँस्ने।
      ३
      बोले हाँसे हुनी
      एकबार पाएको जन्म
      मरे रहेछ माटोमुनि।
    • संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौं
      …
      १.
      समयले दिएको मेल
      बर्सौंदेखि लक्ष्य भेट्ने
      इच्छा भयो भेल।
      २.
      याद आउने तिनै
      खेलेको हाँसेको हामीले
      बालापनको झल्को दिनदिनै।
    • दुर्गा आचार्य, मोरङ
      …
      १
      भ्रष्टाचारी नेतालाई चुनेर
      जनता आफैँ फसे
      आफैँले जालो बुनेर।
      2
      शब्द भरीमा विशेष
      सम्झेर छातीमा खोपे
      मैले मेरो देश ।
    • बि.कुलुङ, दार्जिलिङ, रंगबुल
      …
      १,
      बाध्यता या रहर
      आफ्नो देश छाडी
      विदेश जाने लहर !
      २,
      गरुङ्गो मन बनाई
      बाआमा जहान छोडेर
      परदेशको बाटो समाई ।
    • बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
      …
      १,
      प्रकृतिको हुन्छ हानी
      आउँदा जुनसुकै ऋतु
      बिस्तारै नपर्दा पानी !
      २,
      पानीको स्पर्शले छुँदा
      जङ्गल बन्छन् हरियाली
      स्याहार्ने माली हुँदा !
      ३,
      जीवित रहन तन
      चाहिन्छ पानी हावा
      बन्द हुँदैन धड्कन ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
      …
      १
      कुरा मन छुने
      मान्छे एक भएपनि
      रूप बेग्लाबेग्लै हुने ।
      २
      किन चल्छ तानातान
      शरीर या शब्दको
      गर्छन् किन हानाहान ?
      ३
      गरोस् जतिसुकै खिचातानी
      फेरि सबैमाथि आखिरमा
      दैवको चल्छ मनोमानी ।
    • दीपा समभाव, खोटाङ्
      …
      १,
      फूलले सुवास छर्दछ
      बगैँचा रङ्गीन बनाई
      मनमा आनन्द भर्दछ।
      २,
      शिरमा सजिने फूल
      कहिले कुल्चिएर पापीले
      गर्दछ ठुलो भूल !
      ३,
      फूलको आफ्नै कथा
      सजिने चुँडिने दुवै
      कसले बुझ्ने व्यथा ?
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
      …
      (१)
      देशको भलाइ हुनलाई
      राष्ट्रिय एकता चाहिन्छ
      पर्दैन हामी रुनलाई ।।
      (२)
      संस्कृति साझा हाम्रो
      जोगाउँदा मिली सबैले
      सभ्यता बन्छ राम्रो ।
      (३)
      युवालाई रोजगारी चाहिन्छ
      श्रम सिपलाई रोपेमा
      स्वदेशमै जागिर पाइन्छ ।
    • पद्मा काश्यप पाण्डे, मोरङ
      …
      १:
      प्रेमको पर्याय विश्वास
      टुट्यो भने भताभुङ्ग
      अर्थै रहेन खास ।
      २:
      पुर्दा पुर्दै खाटाहरू
      ट्युमर बन्यो क्यान्सरको
      बन्द बाँच्ने बाटाहरू ।
      ३:
      कोशिसहरू खेर गए,
      नौनी जस्ता मनहरू
      पत्थरका ढेर भए।
    • मनोहरी पौडेल, गैडाकोट १
      …
      १
      विकासको सुस्त गति
      कानुन मेरो भन्छ
      डर मान्दैन रति ।
      २
      हातमा लिएर लाठो
      गोठका भैंसी देखाउँछ
      ठान्छ आफूलाई बाठो।
      ३
      लिएर मनमा कालो
      धुलियाको काम गर्छ
      भन्छ कसैको सालो।
    • जयनारायण नेपाल, इलाम ,हाल सूर्य विनायक १, बालकोट ,भक्तपुर
      …
      १.
      कस्तो अचम्म लाग्छ
      जस्तो छन् केटाकेटी
      लडेर एकता भाग्छ ।
      २.
      एकअर्कामा आरोप प्रत्यारोपभन्दा
      देशको हितमा लाग्नु,
      बित्यो समय गन्दा ।
      ३.
      सोचेर सबैको हित
      देशले काँचुली फेरे
      जनताको हुन्छ जीत ।
    • पुष्पा राई, बादेल, खोटाङ
      …
      १,
      काँचुली फेर्नेले फेर
      सर्पकोझैँ गरी जीवनको
      अन्दाज गरी हेर ।
      २,
      माग्ने पनि तरिका
      हुन्छ भनेर नजिस्क
      बुझ आँसु गहभरिका ।
      ३,
      लगाऊ प्रिती बुझेर
      वरपिपलको नजिक बसेर
      चौतारीमा माया लुकेर ।
    • मनुहाङ किराँती सोलु, महाकुलुङ ५,चाचालुङ
      …
      १//
      गणतन्त्र नराम्रो हैन
      व्यवस्थापन गर्ने नाइकेको
      काम सच्चा छैन ।
      २//
      भ्रष्ट अघि सर्छ
      भ्रष्टाचार गर्नेको प्रशंसा
      गरेरै भुँडी भर्छ ।
      ३//
      कुरा काट्ने गर्छन्
      ठुलाबडाको गुणगान गाउँदै
      तलुवा चाट्ने गर्छन् ।
    • सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा
      …
      १,
      कोही आयो मझेरीमा
      कसैलाई खोज्दै खोज्दै
      जानु थियो पँधेरीमा ।
      २,
      मायाको हात फैलाउॅंदै
      जोडेकी थियौ नाता
      गयौ सम्बन्ध मैलाउॅंदै ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ – ४, झापा
      …
      १ ,
      मनको गहिरो चोट
      तिम्रै ताजा निसानी
      बेकार बनायौ अतीत ।
      २ ,
      सकियो अभिलाषा सबै
      जिउँदो लास जस्तो
      नलिनु आकाङ्क्षा कबै ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
      …
      १
      चलिरहेछ सत्तामा खेल
      सहभागी हुँदैछन् नेताहरू
      अपनाउँदै विविध झेल ।
      २
      दिलमा माया बसाउने
      हुन्छ निरन्तर कोशिस
      फस्ने अनि फसाउने ।
    • कोपिला अधिकारी, सिरानचोक ७,गोरखा
      …
      १.
      मर्ने जिन्दगी हाम्रो
      तेरोमेरो छोडेर साथी
      एकता गरेकाे राम्रो ।
      २.
      भोलि बादल खुल्छ
      धैर्यता राखेर कुरौँ
      जित हाम्रै हुन्छ ।
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’, सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा
      …
      १/
      छैनभने कुनै गल्ती
      कसको हुती हुन्छ
      रित्याउन तिम्रो खल्ती ?
      २/
      दुष्टहरू सुध्र पहिले
      परिसकेपछि पछुतो मान्दै
      किन रुन्छौ अहिले ?
    • विवश पारदर्शी, झापा
      …
      १,
      कोपिला बढेर फूलमा
      बिस्तारै बारीमा झर्दैछन्
      पछुताउॅंछौ बितेका भुलमा।
      २,
      व्यक्तिको मधुर बानी
      फूलको बासना मिठो
      लोभ्याउॅंछिन् मयालु नानी ।
      ३,
      नबिर्सौँ आफ्नो जन्मभूमि
      घरको आँगन प्यारो
      आउनै पर्छ घुमी ।
    • हिरालाल न्यौपाने, बानपा – ८, कोटमौला, सल्यान

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १९ सम्पन्न

    विशेष झिल्का लेखन अभियानको १४औँ शृङ्खला ( गणतन्त्र विषयक) सम्पन्न

  • १८ जेष्ठ २०८१, शुक्रबार ०५:५० मा प्रकाशित
  • झिल्का लेखन अभियानको १४औँ शृङ्खला (गणतन्त्र विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    [१]
    १//
    मनका कुराहरू खोल्न
    हुँदैन त्रास गणतन्त्रमा
    निर्धक्क सकिन्छ बोल्न !
    २//
    नदबाइयोस् कसैका भावना
    व्यवहारमै मिलोस् अधिकार
    गणतन्त्र दिवसको शुभकामना !
    ३//
    गरौँ सधैँ सोचविचार
    आफ्नो अधिकार लिदा
    नमरोस् अरूको अधिकार !
    ✍️ वसन्त अनुभव, घोराही, दाङ
    ————-==———–
    [२]
    गणतन्त्र कसरी आयो
    हत्या अनि हिंसा
    भ्रष्टाचारले देश खायो ।
    ✍️ अम्बिका अधिकारी, झापा बिर्तामोड
    ————-==———–
    [३]
    १//
    बोकेर स्वतन्त्रताको मन्त्र
    हेर सबैको घरआँगनमा
    सुन्दर दिवस गणतन्त्र !
    २//
    गर्न चाहना पूरा
    बसेका छन् सबै
    बोकी रहर अधूरा !
    ३//
    गणतन्त्र दिवसको शुभकामना
    छरिरहोस् सुगन्ध बनेर
    मनभरिका खुसी चाहना !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
    ————-==———–
    [४]
    १//
    सबैमा रहोस् भावना
    प्रभातले उज्यालो छायो
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सुख, समृद्धि आओस्
    गर्दछु सबैमा कामना
    गणतन्त्रमा अन्धकार नछाओस् !
    ३//
    बिहानीको घाम घमाइलो
    जनताको उज्यालो मुहारमा
    बनोस् गणतन्त्र रमाइलो !
    ✍️ बेदु न्यौपाने
    ————-==———–
    [५]
    १//
    भनिन्छ बोल्न पाइन्छ
    तर गणतान्त्रिक नेपालमा
    अधिकार किन दबाइन्छ ?
    २//
    नगर्दा हामीले सोचविचार
    हक मर्ला अरूको
    अनि होला हार !
    ३//
    यही छ चाहना
    सबैको अधिकार बचोस्
    गणतन्त्र दिवसको शुभकामना !
    ४//
    अरूको अधिकार बचोस्
    आफ्नो उपयोग गर्दा
    अरूको घट्दै नघटोस्
    ✍️ अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
    ————-==———–
    [६]
    १//
    पुरा हाेस् चाहना
    मनैदेखि सबैलाई छ
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सत्य कुरा खोल्न
    देशमा गणतन्त्र आएपछि
    मिल्छ निर्धक्कसँग बोल्न !
    ३//
    देशमा नहोस् षड्यन्त्र
    सुख, शान्ति मिलिरहाेस्
    सधैँभरि सत्य गणतन्त्र !
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    ————-==———–
    [७]
    १//
    गणतन्त्रको ईतिहास हेर
    बदल्न मुहार देशको
    रगत बग्यो धेर !
    २//
    स्वास्थ्य, शिक्षा रोजगारी
    देशको स्वाधीनताका लागि
    गराैँ सबले रखवारी !
    ✍️ जयनारायण नेपाल, इलाम ,हाल सूर्यबहादुर विनायक २ बालकोट भक्तपुर ।
    ————-==———–
    [८]
    जताततै गणतन्त्र करायो
    कसरी हाँसु म
    अस्तित्व सर्वनास गरायो ।
    ✍️ ऋजु दिल्पाली, ईटहरी १ सुनसरी ।
    ————-==———–
    [९]
    १//
    केही उपलब्धि भएन
    उस्किन सकेनन् जनता
    गणतन्त्र उचाइमा गएन ।
    २//
    नेतालाई फलिफाप गणतन्त्र
    जनतालाई तुषारापात लाग्यो
    हुनुपर्थ्यो सबैको जनतन्त्र !
    ३//
    एउटा राजा फालीयो
    गणतन्त्रमा थुप्रै राजा
    सात प्रदेशमा पालियो ।
    ✍️ चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    [१०]
    १//
    नेपाली जनताको चाहना
    भ्रष्टाचारको अन्त्य हाेस्
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    गणतन्त्रको देश हाम्रो
    सधैँ फलाेस् फुलाेस्
    विश्वले भनाेस् राम्रो !
    ३//
    जनताले ल्याएको गणतन्त्र
    प्रतिगामीकाे रजाइँले यहाँ
    नबनाेस् कसैकाे धनतन्त्र !
    ४//
    काेही छैनौँ पराइ
    गणतान्त्रिक देश नेपाल
    हिमाल पहाड तराई !
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ————-==———–
    [११]
    नेतामा सत्बुद्धि आओस्
    गणतन्त्र दिवसको कामना
    सुख, शान्ति छाओस् !
    ✍️ कला ढकाल झापा
    ————-==———–
    [१२]
    १//
    चलोस् सुगन्धित वासना
    क्लेश, मैलो पखालौँ
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सत्कर्ममा मन लागोस्
    नेता तथा जनतामा
    देशभक्तिको भाव जागोस् !
    ३//
    छैनौँ कोही पराइ
    फैलिएको छ नेपाल
    हिमाल पहाड तराई !
    ४//
    शान्ति सुरक्षा हाँसो
    कायम गर्दै हामीले
    जोगाउनुपर्छ पू्र्खाहरूको नासो !
    ५//
    नेपाली बनेर हिन्नलाई
    बुद्ध अनि सगरमाथा
    शिरमा राखौँ चिन्नलाई !
    ✍️ दीपा समभाव, खोटाङ्ग
    ————-==———–
    [१३]
    देशमा गणतन्त्र आयो
    हत्या हिंसा मच्चाउँदै
    धेरै भ्रष्टाचार पलायो ।
    ✍️ एवाइ प्रभात, सहिदभुमि धनकुटा
    ————-==———–
    [१४]
    १//
    राणाशासन र पञ्चायत
    सहिदको बलिदान त्यागले
    मुक्त भयो जगत !
    २//
    आन्दोलन जनताको मूलमन्त्र
    ढल्यो शासन राजाको
    अङ्कुरित भयो गणतन्त्र !
    ✍️ ममता पौडेल, बुढीगङ्गा -२ मोरङ
    ————-==———–
    [१५]
    १//
    गणतन्त्र गनायो आज
    देखेर नेता बहुलाएको
    लाग्नथाल्यो नि लाज !
    २//
    हरायो सुगन्ध माटोको
    धरापमा पर्दैछ गणतन्त्र
    नपाएर भेउ बाटोको !
    ३//
    नपरोस् गर्न सामना
    अशान्ति भोक रोगको
    गणतन्त्रमा मेरो शुभकामना !
    ✍️ विवश पारदर्शी, झापा
    ————-==———–
    [१६]
    १)//
    गणतन्त्रमा शान्ति भएन
    उस्तै छ अवस्था
    कसैको दु:ख गएन !
    २//
    गणतन्त्र राम्रो व्यवस्था
    विकास भएन किन ?
    खस्किँदै जनताको अवस्था !
    ३//
    सहिदको रगतले रङ्गिएकाे
    हाे गणतान्त्रिक लाेकतन्त्र
    नेताहरू भ्रष्टाचारमा जङ्गिएकाे !
    ४)
    गणतन्त्र बचाउने चाहना
    फलाेस् फुलाेस् धर्तीमा
    यही हाम्रो शुभकामना !
    ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरि ।
    ————-==———–
    [१७]
    १//
    देशमा गणतन्त्र आयो
    जनता रमाए खुसीले
    हुँदाखानेले दुख पायो ।
    २//
    गणतन्त्र ल्याउने संविधानमा
    देशमा चाहना जनताको
    सरकारले ल्याउदैन व्यवहारमा !
    ३//
    जन्मसिद्ध जनताको अधिकार
    गणतान्त्रिक सरकार नेपालको
    जनताबाटै बनोस् हरबार !
    ✍️ दिल ठकुरी, दार्जिलिङ
    ————-==———–
    [१८]
    जनताकाे यही मूलमन्त्र
    नागरिकको भलाे होस्
    स्थापित होस् गणतन्त्र !
    ✍️ शालिकराम
    ————-==———–
    [१९]
    १//
    जनताको राम्रो चाहाना
    सरकार बदनाम दुनियाँमा
    नेताहरू नगर बाहाना !
    २//
    नामाकरण मात्र प्रजातन्त्र
    दुःखमा साथ नदिने
    भइरह्यो यहाँ नेतातन्त्र !
    ✍️ नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
    ————-==———–
    [२०]
    १//
    गणतन्त्रको राम्रो परिभाषा
    किन खरानी हुँदैछ ?
    आज सबै आशा !
    २//
    आधारभूत कमी आज
    नेपालमा युवा शून्यता
    चौतर्फी लुटतन्त्रको राज !
    ३//
    हराउँदैछन् हाम्रा अभिलाषा
    फेरि दोहोरियो किन ?
    रणनीति शकुनीको पाशा !
    ✍️ कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
    ————-==———–
    [२१]
    १//
    माथि बस्ने मान्छेहरू
    तान्छ्न् आफ्ना मान्छे
    बबुरो के गरूँ ?
    २//
    सधैँ यिनको राज
    मिलाई आपसमा पालो
    टुलुटुलु हेर्छ समाज !
    ✍️ शम्भु गजुरेल
    ————-==———–
    [२२]
    १//
    सुख, समृद्धिको चाहना
    राजतन्त्रको जरो उखेली
    आएको गणतन्त्रलाई शुभकामना !
    २//
    गणतन्त्रको गीत गाउनू
    सुख, शान्ति छाओस्
    देशको झन्डा फहराउनू ।
    ३//
    फाली निरङ्कुश राजतन्त्र
    स्वतन्त्र भयौँ बोल्नलाई
    क्रान्तिले ल्यायो गणतन्त्र !
    ✍️ मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
    ————-==———–
    [२३]
    १//
    नाममा सिमित गणतन्त्र
    फाइदा शासकले उठाए
    दिएर झुटो मन्त्र !
    २//
    कुर्सीको लागि हानाहान
    गणतन्त्र यही हो
    भ्रष्टको मात्र छानाछान !
    ३//
    सबैको खुसीको चाहना
    मनवचन शुद्ध होस्
    गणतन्त्रको हार्दिक शुभकामना !
    ✍️ शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौँ
    ————-==———–
    [२४]
    १//
    नाम मात्रको गणतन्त्र
    नारीले बाँच्न पाएनन्
    कहिल्यै भएर स्वतन्त्र !
    २//
    गणतन्त्र आएको आभाष
    गर्न पाऊन् जनताले
    खुसीको फेरुन् सास !
    ✍️ साबित्री प्याकुरेल, धादिङ्ग।
    ————-==———–
    [२५]
    १//
    हर्षोल्लास सर्वत्र छायाे
    गणतन्त्र दिवसको दिन
    मनमा शान्ति पलायाे ।
    २//
    युगाैँ रहाेस् गणतन्त्र
    आफ्नो सान मानसँगै
    जोगाई आधारभूत मन्त्र !
    ✍️ श्रीबहादुर केसी शैलुङ्गे, दाेलखा।
    ————-==———–
    [२६]
    १//
    फाल्यौ पुरानो राजा
    राष्ट्रको सम्पत्ति सक्यौ
    बनायौ नेताको खाजा !
    २//
    एउटा राजा फालेर
    देश कङ्गाल बनायौ
    हजारौँ राजा हालेर !
    ३//
    हैन देशको काममा
    लुट्यौ राष्ट्रको ढुकुटी
    केवल गणतन्त्रको नाममा !
    ✍️ देव कृष्ण काफ्ले, पोखरा १,कास्की
    ————-==———–
    [२७]
    समानताको रहोस् भावना
    गणतन्त्र दिवसको छ
    सबै सबैलाई शुभकामना !
    ✍️अनिता कार्की
    ————-==———–
    [२८]
    १//
    डटेर गर्दै सामना
    शान्ति, समृद्धि छाओस्
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सबैमा सद्बुद्धि आओस्
    पाइयोस् देख्न मेलमिलाप
    जनतामा खुसी छाओस् !
    ✍️ पुष्पा राई, बादेल,खाेटाङ ।
    ————-==———–
    [२९]
    १//
    खुसी भएर रमाऔँ
    सबैले गणतन्त्र दिवस
    सव्य भव्यताकासाथ मनाऔँ ।
    २//
    सबैमा खुसियाली छाएको
    जेष्ठ पन्ध्र हजुर
    हो गणतन्त्र आएको !
    ३//
    नबिर्सौँ हामीले मूलमन्त्र
    खुसी साट्दै मनाऔँ
    आज हामी गणतन्त्र !
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    ————-==———–
    [३०]
    १//
    अनेकतामा एकता जगाउँदै
    मनाउँ गणतन्त्र दिवस
    चौतर्फी सचेतना जगाउँदै !
    २//
    नगरी मित्रतामा घात
    सुभावना पालेर मिलौँ
    जगाउँ सहअस्तित्वकाे थात !
    ✍️ हरिगाेपाल न्हुच्छेँप्धान, काभ्रे, बनेपा १४ साँगाबजार ।
    ————-==———–
    [३१]
    १//
    प्रणाली होइन दोषी
    नेतृत्व भएर काँचो
    देशमा मिलेन रोटी !
    २//
    नेताको फिरोस् बुद्धि
    स्वार्थको धनले पोल्छ
    सप्रियोस् सबको सुद्धि !
    ३//
    सुशासन बनोस् स्थायी
    न्यायको नहोस् किनबेच
    रमाऔँ सन्तुष्टि पाई !
    ✍️ मनोहरी पौडेल, गैडाकोट १
    ————-==———–
    [३२]
    १//
    कागजमा नहोस् सिमित
    वास्तविक अर्थ गणतन्त्रको
    गुञ्जियोस समानताको गीत !
    २//
    कानुन सबैले मानुन्
    संविधानमा उल्लेख गरिएको
    नियम पनि जानुन् !
    ३//
    बिरामीको नाटक चल्ने
    परेर कानुनको फन्दामा
    बहाना सजिलो छल्ने !
    ✍️ संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौँ
    ————-==———–
    [३३]
    १//
    पाइएन स्वदेशमा रोटी
    बिटुलियो पुँजीवादी गणतन्त्र
    मुठीभरको भइरहेछ गोटी !
    २//
    सबको हुनुपर्छ मूलमन्त्र
    बहुमत जनताको भलाइमा
    पूर्ण समाजवादी गणतन्त्र !
    ✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ————-==———–
    [३४]
    १//
    पसिनाले कर्म लेख्छु
    गणतन्त्र भन्छन् सबैले
    श्रीपेच लाएको देख्छु !
    २//
    किसानको फुलिसक्यो केश
    नेताको छोरा नेतै
    कस्तो गणतान्त्रिक देश ?
    ३//
    फोहोरी भएपछि आचरण
    नहुने रहेछ व्यवस्थाले
    जति फेरियोस् आवरण !
    ✍️ पशपती राई, खोटाङ ।
    ————-==———–
    [३५]
    १//
    गणतन्त्र जनताको नासो
    सत्ताधारी मालामाल भए
    गरिबलाई गलाको पासो !
    २//
    समेटियोस् सबैको भावना
    खुसी ल्याओस् गणतन्त्रले
    सबैमा अपार शुभकामना !
    ३//
    स्वतन्त्रता सबैलाई चाहिन्छ
    उपलब्धी ठूलो गणतन्त्रको
    बोल्न खुलेर पाइन्छ।
    ✍️ शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
    ————-==———–
    [३६]
    राज्य चलाउने यन्त्र
    नहोस् कदापि निकम्मा
    शब्दको मात्र गणतन्त्र !
    ✍️ प्रेम थापा “मन”, बागलुङ
    ————-==———–
    [३७]
    गणतन्त्र के हो ?
    प्रजाले जानेनन् कि
    खुसीलाई के भो ?
    ✍️ सन्तु खत्री
    ————-==———–
    [३८]
    १//
    रुनु पर्यो अहिले
    बुर्जुवा शिक्षा भन्दै
    बहिष्कार गरौँ पहिले !
    २//
    बिद्रोहीको कुरा मानी
    लालसेना बन्न जादाँ
    सपना बन्यो खरानी !
    ३//
    जीवन रहेछ सङ्घर्ष
    जुनै तन्त्र आओस्
    भएन कहिल्यै हर्ष !
    ✍️ सीमा कार्की समर्पण, मलचोक पर्सा, नेपाल
    ————-==———–
    [३९]
    १//
    सन्तुष्ट खुसीले खाएर
    रमाए परेवा जोडी
    पिरतीको गीत गाएर !
    २//
    कलकल बगेको पानी
    बगेको सागर चुम्न
    आखिर पानीझैँ जिन्दगानी !
    ३//
    अनौठो गाउँ सहर
    कुकर्म पर्दा पछाडि
    सहरभित्र मृत रहर !
    ४//
    अनेकन् ललीपप देखाएर
    गएका हुन् उनीहरू
    कोरा आदर्श लेखाएर !
    ५//
    सत्य केही नापिएन
    आज जनताको नाममा
    कुनै कर्म खापिएन !
    ६//
    बुनेर माकुरी जाल
    हरेक बस्तीको माझमा
    अदृश्य आएको काल !
    ✍️ आर्त अकुलीन
    ————-==———–
    [४०]
    पूरा होउन् मनोभावना
    सबैलाई गणतन्त्रको छ
    हार्दिक मंगलमय शुभकामना !
    ✍️ दुर्गा भट्टराई
    ————-==———–
    [४१]
    १//
    गणतन्त्रको झिल्काले सताउँदैछ
    नेपाली जनताको समृद्धि
    महङ्गीको दबाबले घटाउँदैछ ।
    २//
    गणतन्त्र, गणतन्त्र, गणतन्त्र
    जपेर बसेकालाई फाइदैफाइदा
    जनतालाई बनाएर बारुणयन्त्र !
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ————-==———–
    [४२]
    १//
    ठानेर यही मूलमर्म
    शासनको बागडोर सम्हाल्नेहरूले
    सधैँ गरून् कर्म !
    २//
    गरेर मात्र भाषण
    गणतन्त्रमय हुँदैन दुनियाँ
    चाहिन्छ भाेकवर्द्धक रासन !
    ३//
    यत्ति हेक्का राख्नुपर्छ
    देशका सबै नागरिकले
    गणतन्त्रको फल चाख्नुपर्छ ।
    ✍️ त्रिलाेचन भण्डारी, मेचीनगर,झापा
    ————-==———–
    [४३]
    १//
    गणतन्त्र सुन्दर बहाना
    जानेका कति गाउन
    समृद्धिको कर्णप्रिय गाना ।
    २//
    विगतबाट सकेनन् सिक्न
    नियत उही पुरानै
    केवल ढुकुटी झिक्न !
    ३//
    गणतन्त्र हेर आखिर
    लुट्न जान्नेका लागि
    बन्यो सुनौलो जागिर !
    ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
    ————-==———–
    [४४]
    १//
    मनपरी जस्तै देखिने
    मूल्यवान व्यवस्था गणतन्त्र
    जनताको ढाड सेकिने ।
    २//
    सबै नेपाली गणतन्त्री
    गाैरवान्वित हामी हर्षित
    पाल्नुछ जम्बो मन्त्री !
    ३//
    खेदाैँ जनताको नीरसलाई
    सार्थकताकाे कामनाले सम्मान
    गराैँ गणतन्त्र दिवसलाई !
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ————-==———–
    [४५]
    १//
    गणतन्त्र दिवसको शुभकामना
    हृदयदेखि नै सम्पूर्णलाई
    पूरा होओस् चाहना !
    २//
    गणतन्त्र सोचेजस्तो भएन
    उस्तै लाग्छ मलाई
    लाग्दछ निरङ्कुशता गएन ।
    ३//
    प्रचण्ड गर्मीले मारेछ
    अत्तोपत्तो छैन मेघको
    किसानलाई पिर पारेछ ।
    ✍️ धनमाया चौधरी, कैलाली
    ————-==———–
    [४६]
    देशको अस्तित्व मेटाएर
    खुसियाली मनाउँदै छौ
    धनको पोको भेटाएर !
    ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ
    ————-==———–
    [४७]
    १//
    गणतन्त्र खास आयो
    केही नमिले पनि
    देशमा रङ छायो ।
    २//
    पाउन् सबैले रोजगार
    देशभित्र विकास भए
    हुन्थ्यो राम्रो व्यवहार !
    ३//
    हुनैपर्छ जनको दरबार
    अखण्ड देश हाम्रो
    आउथ्यो खुब निखार !
    ✍️ सुरेशकुमार पाण्डे, दाङ घोराही १८
    ————-==———–
    [४८]
    १//
    प्रगतिशील रहोस् भावना
    सम्पूर्ण नेपाली समुदायलाई
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सधैँ जपौँ मन्त्र
    सबैले भलो सोचे
    उन्नतशील बन्छ गणतन्त्र !
    ३)
    सर्वत्र खुसी छाओस्
    गणतन्त्रको गुणगान सबैले
    मुक्त कण्ठले गाओस् !
    ✍️ अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ, भारत।
    ————-==———–
    [४९]
    १//
    गणतन्त्र आएदेखि बलात्कार
    गरिबहरू उस्तै छन्
    कुर्सी समाउनेलाई मारामार !
    २//
    फाइदा छैन् गणतन्त्रको
    देश बनाउने उपाय
    खोजौँ यही मूलमन्त्रको !
    ३//
    केही हुँदैन नाराले
    भोकै कम्मर कसेर
    दुःख गर्छन् साराले !
    ✍️ लक्ष्मण देउवा डोटी
    ————-==———–
    [५०]
    १//
    चिन्तन गरेर साेचाैँ
    देश कता जाँदैछ
    देश बनाउनेलाई घोचौँ !
    २//
    नेपालकाे माटाे प्याराे
    जन्म भएर हाेला
    पार गराैँ सारोगारो !
    ३//
    हकअधिकार खाेज्न हिडाैँ
    काँधमा काँध मिलाई
    राम्रो नराम्रो चिनाेैँ ।
    ✍️ ईश्वर साउद, रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ————-==———–
    [५१]
    १//
    मलाई छैन चासो
    जुनै दिवस आओस्
    ओठमा छैन हाँसो !
    २//
    गणतन्त्रको नाममा हेर
    ठूला भुँडी हुनेले
    खाए देश बेचेर !
    ३//
    बाँच्नु पर्ने डरमा
    निस्किएपछि फेरि फर्किन
    गाह्रो हुन्छ घरमा !
    ✍️ ललिता गिरी, सिन्धुली
    ————-==———–
    [५२]
    गणतन्त्रले दिएको अधिकार
    सदुपयोग गरौँ सबैले
    खोज्दै सुखको आधार !
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४झापा
    ————-==———–
    [५३]
    १//
    कस्तो गणतन्त्र आयो
    हत्या, हिंसा, अत्याचारले
    जनतामा निराशा छायो ।
    २//
    नेतालाई भयो लुटतन्त्र
    देशको ढुकुटी रित्ताए
    चलाई आफ्नो मन्त्र !
    ३//
    गणतन्त्र दिवसको शुभकामना
    नेताहरूमा सत्बुद्धि आओस्
    पलाओस् शुद्ध भावना !
    ✍️ रुना कर्माचार्य दाहाल, चितवन
    ————-==———–
    [५४]
    १//
    लाखौँ जनताको स्वाभिमानले
    ल्याएको गणतन्त्र देशमा
    बिग्रियो नेताको अहङ्कारले !
    २//
    जनताको साथ पाएर
    देशमा गणतन्त्र भित्रियो
    बिगारे भारत धाएर !
    ३//
    भो चाहिएन गणतन्त्र
    हजारौँ शासक जन्मिए
    बिग्रियो देशको अर्थतन्त्र !
    ✍️ मंगला उपाध्याय
    ————-==———–
    [५५]
    १//
    गणतन्त्र आएन किसानलाई
    आहात मात्रै थपिँदा
    फरक भएन पिसानलाई !
    २//
    शुभकामना व्यक्त गर्न
    गणतन्त्र जनताको पक्षमा
    सक्नुपर्छ मनमा छर्न !
    ३//
    रक्सीको दोकान थापेर
    गणतन्त्रको फल टिप्नलाई
    लुट्नुहुन्न अरूको खापेर !
    ✍️ नन्दलाल आचार्य, उदयपुर
    ————-==———–
    [५६]
    १//
    गणतन्त्र आयो देशमा
    भष्ट्रचारीको लुछाइबाट आफूलाई
    बचाउँनुपर्छ आफ्नो भेषमा !
    २//
    बास हराएको रात
    जनताले भोग्नुपरेको कठिनाई
    मनमा आउँछ याद।
    ✍️ बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ।
    ————-==———–
    [५७]
    १//
    आश्वासनले छ छाएको
    झुपडीमा शान्ति छैन
    गणतन्त्र छ आएको !
    २//
    समृद्धि छाओस् सर्वत्र
    शुभकामना गणतन्त्र दिवसको
    खुसीयाली होस् एकछत्र !
    ३//
    सुख, शान्ति छर्नुपर्छ
    समृद्ध देश बनाउनलाई
    श्रमकै भर पर्नुपर्छ ।
    ✍️ सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा
    ————-==———–
    [५८]
    १//
    जितेर ल्याएको गणतन्त्र
    अलमल्ल पर्‍यो क्यारे
    लगाइदेऊ न तन्त्रमन्त्र !
    २//
    आशाको भरोसाको बिन्दु
    गणतन्त्र हामी सबैको
    सपना पारलगाउने सिन्धु !
    ✍️ प्रमिला प्याकुरेल, विराटनगर -५
    ————-==———–
    [५९]
    १//
    कानुन बन्याे मन्त्र
    भयाे नेताकाे हालिमुहाली
    बहाना देशकाे गणतन्त्र !
    २//
    कुण्ठित नहाेस् भावना
    जनतामा छाओस् समृद्धि
    सबैमा गणतन्त्रकाे शुभकामना !
    ✍️ काेपिला अधिकारी
    गाेरखा , सिरानचाेक – ७
    ————-==———–
    [६०]
    १//
    देशमा गणतन्त्र आयो
    नेता भ्रष्टाचारी हुँदा
    जनताले दु:ख पायो ।
    २//
    नेतालाई सम्झाउन घोचौँ
    देशको अवस्था कस्तो
    एकपटक सबैले सोचौँ ।
    ✍️ दुर्गा भट्टराई, मोरङ
    ————-==———–
    [६१]
    १//
    देशमा गणतन्त्र आयो
    जनताको गरेको उत्सर्गले
    नेतालाई मात्रै पोसायो l
    २//
    गणतन्त्र आए पनि
    निमुखा जनको झुपडीमा
    अन्धकारमय छ नि !
    ३//
    गणतन्त्र भयो चटके
    घुस खान छोड्दैनन्
    भए तापनि पटके !
    ✍️ बाबुराम गौतम, गुल्मी
    ————-==———–
    [६२]
    सबैमा रहोस् सत्भावना
    समृद्धि ल्याओस गणतन्त्रले
    यही मेरो शुभकामना !
    ✍️ दुर्गा भट्टराई, मोरङ
    ————-==———–
    [६३]
    १//
    गराैँ साहित्यमा साधना
    लेखनी निखाराैँ राम्रो
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    मनका वेदना खाेलाैँ
    राेकावट हुन्न गणतन्त्रमा
    निर्धक्क खुलेर बाेलाैँ !
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’, सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    ————-==———–
    [६४]
    सबैतिर शान्ति आउँदा
    सास फेर्छन् जनताले
    सुख, समृद्धि छाउँदा !
    ✍️ उर्मिला के.शी, धनकुटा
    ————-==———–
    [६५]
    १//
    गणतन्त्र देशको शिर
    हत्या हिँसा हुँदा
    प्रजालाई बढ्छ पिर !
    २//
    गणतान्त्रिक यस मुलुकभित्र
    हत्यारा बलात्कारी भष्ट्रचारीले
    गरिएको घटना विचित्र !
    ✍️ राजनारायण राई, राजदल बस्ती सोनादह

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको १४औँ शृङ्खला ( गणतन्त्र विषयक) सम्पन्न

    पञ्चाङ्ग लेखन शृङ्खला भाग- ९७

  • १८ जेष्ठ २०८१, शुक्रबार ०४:३२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: सन्तानब्बेऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:

     अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-९७ ——————————-

    विधा :- पञ्चाङ्ग

     अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

     मिति:- २०८१/०२/१४

    बुधबार बेलुका ०९ बजेसम्म  पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ। 

    ……………………………………….

    प्रशिक्षक:-

    ……………

    सोमनाथ लुइटेल 

    गुणनिधि घिमिरे

    सुशीला पौडेल 

    ………………………

    भाषा शुद्धीकरण:-

    ———–

    पुष्पा सुवेदी नेपाल

    भवानी घिमिरे

    जमुना आचार्य

    पशपती राई 

    सङ्कलक :-

    ———-

    दुर्गा रिजाल आचार्य

     प्रवर्तक तथा संयोजक:-

    ==============

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:-  [बराबरी] 

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- अनिवार्य

    💢पञ्चाङ्ग   ०१

    शुद्ध   बुद्ध  जन्मेकाे  माटाेमा 

    मेची   काली तराईकाे पाटाेमा 

    लाऔं  टीका  चाहमा शान्तिकाे 

    हिडाैँ   सबै   उनैकाे    बाटाेमा 

    मह्लम लगाऊँ दिलकाे फाटाेमा।

    ✍️चन्द्रावती अधिकारी, 

    दुराडाँडा २ लमजुङ हाल कोहलपुर बाँके ।

    💢पन्चाङ्ग   ०२

    मनको मैलो फालेर आउनुहोस् 

    पाइला सधैँ  चालेर आउनुहोस् 

    दु:खका   दिन  कसरी आउँछ र ?

    विपत्ति चाहिँ ढालेर आउनुहोस् 

    दरिद्रता त्यो फालेर आउनुहोस् ।

    ✍️सगर नगरकोटी, भक्तपुर ।

    💢पञ्चाङ्ग   ०३

    प्राणी  बचाउन  नै  तिमी  शुद्ध  भएर आउ

    मानवको  हितको  लागि   बुद्ध भएर आउ 

    धर्तीमा पापको  क्रिडा गर्ने थलो भएको छ 

    चोर डाँकाहरूको  तिमी रुद्ध    भएर आउ 

    मानवलाई     बचाउन  क्रुद्ध   भएर   आउ ।

    ✍️सन्ध्या गौतम, काठमाडौं ।

    💢पञ्चाङ्ग   ०४

    मेरो जीवन काँडो   जस्तो बन्दैछ 

    चढ्न नसक्ने डाँडो जस्तो बन्दैछ 

    फूल  भएर  बाँच्ने   इच्छा भएनी 

    फुटेको टिलो  भाँडो जस्तै बन्दैछ 

    रोटि नबन्दा   फाँडो जस्तै बन्दैछ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” 

    💢पञ्चाङ्ग   ०५

    शान्तिले    मात्रै   सबैको   मनलाई जोड्न सक्छ

    मानव   बीच   विभेदको   पर्खाल   तोड्न सक्छ

    बुद्धले    देखाएको    ज्ञानको    मार्ग    हिंडे मात्रै 

    मान्छेले   महलको   सुखसयल   छोड्न    सक्छ

    शान्तिले पनि सुस्तरी आफ्नो  बाटो मोड्न सक्छ।

    ✍️पशपती राई, खोटाङ ।

    पञ्चाङ्ग   ०६

    मनको सङ्कल्पमा  हुन्छ    बल आफै

    मौसम अनुसार नै    फल्छ फल आफै 

    कहिले दाउपेचको   खेलमा हुन्छ हार 

    बाधा फाल्दै नदीको बग्दछ जल आफै 

    मनले कसैसँग नगरौँ जानी छल आफै।

     ✍️कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी ।

    💢पञ्चाङ्ग   ०७

    ओहो नि सोझालाई यहाँ छलेको हेर

    सहन नसकी पिडाले बलेको हेर

    बाङ्गे रुख भन्दा सोझो नै काटिन्छ भन्छन्

    भित्र भित्रै आफ्नै सोचले जलेको हेर

    अर्कोलाई छिर्के मार्दा लौ ढलेको हेर।

    ✍️शोभा आचार्य गौतम, काठमाडौँ ।

    💢पञ्चाङ्ग   ०८

    ०१

    धेरै बाँचर राम्रो काम गर भन्छ मनले 

    सत्यतामा तिमी अगाडि  सर भन्छ मनले 

    साेचलाई तन्काऊ आकाश भन्दा ठुलो पारी

    सारा ब्रम्हाण्ड  मेरो हाे घर भन्छ मनले 

    आफैँले आफैँमा  विश्वास गर भन्छ मनले ।

    ०२

    गणतन्त्रको नाममा मख्ख भयौँ हामी 

    पुस माघकाे घाममा मख्ख भयौँ हामी 

    श्रृङ्गार भरिन्छ बर्षमा एक पटक 

    त्यो खाली खाली  खाममा मख्ख भयौँ हामी

    छलछाम र जाममा मख्ख भयौँ हामी ।

    ✍️भवानी घिमिरे, सर्लाही ।

    💢पञ्चाङ्ग   ०९

    खडेरी लम्बिदा बाली सुक्न थाले

    किसानीको कर्म त्यसै चुक्न थाले

    जता ततै पानीको हाकार बढ्यो

    खाने पानीको नि मूल लुक्न थाले

    गतिशील  पाउ अब रुक्न थाले |

    ✍️सरिता सेढाई, धादिङ ।

    💢पंचाङ्ग   १०

    शान्ति तिमी फेरि फर्किएर आऊ

    लोभलाई फाल्न  झर्किएर आऊ 

    लडाकुलाई       मायालु बनाउन 

    युद्ध    स्थलमा     थर्किएर आऊ 

    आत्मामा      दया छर्किएर आऊ। 

    ✍️सुस्मिता अधिकारी ,काठमाडौँ ।

    💢पञ्चाङ्ग   ११

    स्वयंवरमा त  तिमी     थियौ  माला एकातिर

    अँगालो मारेर  चुम्न खोज्छौ  गाला एकातिर

    अनौठो खाले  बिवाहको  चालढाल  देखियो

    दुलहा त   राम्रो नै हो   तर   चाला  एकातिर

    कोखाको  छेउमा  रोपिदियौ  भाला एकातिर।

    ✍️मल्ल लक्ष्मी श्रेष्ट

    मेची किनार बिर्तामोड झापा।

    💢 पञ्चाङ्ग   १२

    ध्यानमा डुबेर ज्ञान भेटाए बुद्धले 

    उचित दृष्टिले सत्य देखाए बुद्धले 

    अशान्ति, द्वेष, घृणाको नाम मेटाएर 

    शान्ति नै शान्ति चौतर्फ लेपाए बुद्धले 

    कुकर्मको बाटो लाग्न छेकाए बुद्धले । 

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹।

    💢पञ्चाङ्ग   १३

    प्यास लाग्दा प्रिय चिसो पानी पिलाउन सकिन

    फाटेकाे तिम्रो त्यो   मनलाई  सिलाउन सकिन 

    मनले जे  साेचें  सबै  कुरा आज  अधुरो  हुँदा

    जीवन भर  खासै  विश्वास    दिलाउन  सकिन 

    त्यसैले  तिमीलाई    दिलमा  मिलाउन  सकिन ।

    ✍️राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    💢पन्चाङ्ग   १४

    लोकतन्त्र ह्वात्तै आयो , सुकी  गयो

    लौ जान्छु पनि  भनेन ,  लुकी गयो

    कुकुर    भुक्थे,   तर किन भुकेनन् 

    धेरै पर स्याल  जस्तो,  भुकी   गयो 

    बत्ती  गयो, मोम    गयो, टुकी गयो ।

    ✍️डा. देवी पन्थी , बिराटनगर ।

    💢पञ्चाङ्ग   १५

    गणतन्त्र आएको   देशमा   छैन   है ज्ञान  भेउ तर 

    प्रजातन्त्र   रहेको   ठाउँमा   त आई  ज्ञान देउ तर 

    गणतन्त्र प्रजातन्त्र लोकतन्त्र त लागे छन् त पाखा 

    राज्यकोषबाट जनताको  त्यो हक हिस्सा लेउ तर 

    जनताले  पाउने अधिकार  लान   हुन्न  छेउ     तर ।

    ✍️बेदु न्यौपाने 🌹🌹काठमाडौं ।

    💢पञ्चाङ्ग   १६

    जताततै उच्च पदमा नेताको सालो   आउँछ

    गरिबलाई  बाँध्न  सरकारको  जालो आउँछ

    जति गल्ती गरेपनि पैसा पेल्दा छुट्ने रहेछन् 

    किन  देश चल्दैन  र गोरो गए कालो आउँछ

    पक्कै एकदिन गरिबीको पनि  पालो आउँछ।

    ✍️दुर्गा आचार्य, मोरङ ।

    💢पञ्चाङ्ग   १७

    देशमा पटकपटक      विकासका कुरा आउँछन्

    विकासका लहरमा गर्ने काम अधुरा    आउँछन्

    प्रजातन्त्र ,लाेकतन्त्र  र  गणतन्त्र   भए झैँ  छैन 

    देशका लागि गर्ने भन्दा भ्रष्टाचारी छुरा आउँछन् 

    देश बनाउँछ भन्ने सबै बिना पहुँच लुरा आउँछन् ।

    ✍️दुर्गा भट्टराई, मोरङ ।

    💢पञ्चाङ्ग   १८

    मनको कुनामा आएर   जानु ल 

    प्यारसँग खाना   खाएर जानु ल 

    मान्छेको जीवन अनौठो अनौठो

    कञ्चन    पिरती लाएर जानु ल 

    जीवनको गीत गाएर    जानु ल ।

    ✍️आर्त अकुलीन, देवाश्रम कैलाली ।

    💢पञ्चाङ्ग   १९

    तिम्रो जीतको सामु सधैँ  म पो हार्ने बनायौ 

    खुसीलाई लत्याएर लौ  आँसु  झार्ने बनायौ

    नत सँगै  बस्न   सक्छु  नत  छुट्टिएर  खुसी

    तिम्रा  नजिक  जाने  बाटोहरू बार्ने बनायौ

    नचाहेर  बाध्यतामा   बसाइ   सार्ने  बनायौ।

    ✍️संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौं ।

    💢पञ्चाङ्ग   २०

    सबै  रमाउदै  पो  गणतन्त्र आयो भन्छन्

    कोही  जनताहरुले  खै  के  पायाे भन्छन्

    त्यसै  त  देशले   निकास  नपाएको बेला        

    सबैतिर   झन  अँध्यारो  नै  छायो भन्छन्

    पक्कै ति सहिदहरुको श्राप लायो भन्छन्।

    ✍️नानीबाबा अधिकारी, काठमाडौं ।

    💢पञ्चाङ्ग   २१

    हेर्दा  चकित  पर्छु  हेर  संसार    यस्तै भयो 

    दु:खी  सदैव  दु:खी  हेर  असार यस्तै भयो

    असमानताको जालो  हमेसा मौलायो किन ?

    बलिया र  निर्धा  बीचको  पसार यस्तै भयो 

    सोझाको सोँच नआउँदा तक्सार यस्तै भयो।

    ✍️भुमिका गैरे तिमिल्सिना, नवलपुर गैंडाकोट ।

    💢पञ्चाङ्ग   २२

    फूल  फुलेको  बगैंचामा भ्रमर  पुतली  डुलेका छन् 

    बगैंचाको  भ्रमर  पुतली  हेर्दै  मानव  भुलेका  छन् 

    बगैँचा  फुलमा  सुहाउने  यि  भ्रमर  पुतली  त हुन् ,

    यिनै प्रेम जोडीहरू बगैँचा भित्र राम्रो  खुलेका छन्

    सुन्दर बागमा यी दुवैको  प्रेमिल हाँसो  घुलेका छन्।

    ✍️राजेश भण्डारी, गुल्मी हाल महोत्तरी।

    💢पञ्चाङ्ग   २३

    गाउँघर अनि सहर तिर मस्ति थालेकै छन्

    वियरबार एक नछोडी पाइला हालेकै छन्

    मैहु राजा मैहू पर्जा फुर्ती लाउँछन जडीया 

    विद्यार्थीभनी बाआमाको मुख टालेकै छन्

    झुटो बोलि मान्छेठगी यहाँ पेट पालेकै छन्।

    ✍️ गोबिन्द धामी 

    दार्चुला जिल्ला नौगाड गाउँपालिका वडा नं ६ ( सल्याड)

    💢पञ्चाङ्ग   २४

    दुःख दिन सक्नेले सुख   दिएनन् के गर्नु

    आफ्नाथिए कोही पराइ थिएनन् के गर्नु

    सम्बन्धको, सम्बन्ध    सम्झिरहनेहरूले

    मीठो मात्र पिए नमीठो   पिएनन् के गर्नु

    ठूलो भ्रष्टले थोरै      घुस लिएनन् के गर्नु ?

    ✍️होम प्रसाद नेउपाने, धरानसुनसरी।

    💢पञ्चाङ्ग   २५

    कस्ताे हाे याे कहर गर्मीमा

    पसीनाकाे   नहर   गर्मीमा

    प्रदुषणले     प्रभावित   भै

    जताततै    जहर    गर्मीमा

    बिरामीकाे    लहर  गर्मीमा।

    ✍️सुशीला पौडेल

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on पञ्चाङ्ग लेखन शृङ्खला भाग- ९७

    ह्वात्तै बढ्यो सुनको मूल्य

  • १७ जेष्ठ २०८१, बिहीबार १०:५८ मा प्रकाशित
  • काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा ह्वात्तै बढेको छ। अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएको छ ।  

    अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम थियो ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि २३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९०० रुपैयाँ कायम भएको छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on ह्वात्तै बढ्यो सुनको मूल्य

    कुवेतमा नेपाली युवति द्वारा आत्महत्या

  • १४ जेष्ठ २०८१, सोमबार १८:०३ मा प्रकाशित
  •  कुवेत/कुवेतमा एक नेपाली युवतिले आत्महत्या गरेकी छिन । घरेलु कामको लागि अवैधानिक बाटो हुदै कुवेत आएकी बागचौर नगरपालिका ९, सल्यानकी जानकी कवरले आत्महत्या गरेकी हुन ।

    वैदेशिक रोजगारीको लागि PA०५४९४९९ राहदानी वाहक कवर २०८०/०६/०५ गते कुवेत आएकी हुन भने उनले २०८१/०२/०४ गते आत्महत्या गरेकी हुन । बागचौर नगरपालिका वडा न ९ ले कुवेतस्थित नेपाली दूतावासलाई मृतकको शव स्वदेश पठाउन सहजिकरण गरिदिनको लागि पत्राचार समेत गरेको छ ।

  • मृतकको शव स्वदेश पठाउनको लागि नेपाली दूतावास कुवेत, घर परिवार , एजेन्ट र रोजगारदाता संग समन्वय भईरहेको घनश्याम थापाले जानकारी दिएका छन । कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव प्रमराज गौतमका अनुसार ‘घटनाबारे प्रारम्भिक जानकारी दूतावासमा प्राप्त भएको छ । अन्य आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव छिट्टै स्वदेश पठाउने तयारी छ’।
  • निरेम प्रोडक्सन बाट

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on कुवेतमा नेपाली युवति द्वारा आत्महत्या

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १५७ सम्पन्न

  • १३ जेष्ठ २०८१, आईतवार २१:०४ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५७ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-

    [१]
    प्रेम
    अटुट बन्धन
    त्याग अनि समर्पण !

    • वसन्त अनुभव
      [२]
      सुन्दर
      प्रेमिल जाेडी
      घुम्छन् साथ नछाेडी !
    • ताराप्रसाद चापागाईँ, धुनिबसी
      [३]
      प्रेमिल
      सुन्दर जोडी
      हिँड्छन् बाटो नमोडी !
    • बेदु न्यौपाने
      [४]
      जोडी
      प्रेम गोडी
      हिँड्छन् साथ नछोडी !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [५]
      प्रेमिल
      सपना साकार
      सुन्दर जोडिको आकार !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [६]
      आकार
      प्रेमको अंश
      हुन्छ थोरै साकार !
    • शिव कुमार रेग्मी
      पोखराथोक, पाल्पा
      [७]
      प्रेमालाप
      घृणाको खिलाफ
      दुई आत्माको मिलाप !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [८]
      सृष्टि
      नगर्नु वक्रदृष्टि
      मायाले सिर्जिएको संसार !
    • गुणनिधि घिमिरे, अमेरिका
      [९]
      मिलन
      प्रेमिल पात्र
      केवल स्वर्गानुभूति मात्र !
    • पृथक प्रकृति
      [१०]
      मिठो
      मिलनको महानता
      जीवनको साँचो गहनथा !
    • नन्दलाल आचार्य अक्षान्त
      एनेलकुटी, सिरहा
      [११]
      प्रेम
      सबैको भित्र
      रमाउँने स्रोत मित्र !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [१२]
      सम्बन्ध
      जीवनको आघार
      पवित्र आत्मको मिलन !
    • इन्दिरा देवकोटा, कपिलवस्तु
      [१३]
      प्रेम
      रहोस् यस्तो
      नहोस् कसैलाई सस्तो !
    • सरिता सेढाई, धादिङ
      [१४]
      प्रेम
      सधैं साथ
      हुँदैन कहिल्यै विश्वासघात !
    • धनमाया चौधरी, कैलाली
      [१५]
      मिलन
      मायाको बन्धन
      छुट्दैन मिलेपछि तनमन !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा -६, संखुवासभा
      [१६]
      माया
      पवित्रतामा पोषक
      स्वार्थी भए शोषक !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [१७]
      डाँफे
      राष्ट्रिय चरा
      आफैमा सुन्दर धरा !
    • आर्त अकुलीन
      [१९]
      माया
      अटुट बन्धन
      डाँफेकाे पनि सम्बन्ध !
    • श्रीकृष्ण धामी, बझाङ
      [२०]
      प्रेम
      अदृष्य शक्ति
      संसार जित्न सक्ने !
    • बालकृष्ण खनाल, टीकापुर
      [२१]
      प्रेम
      शब्द पवित्र
      संसार भुलाउने विचित्र !
    • संगीता खरेल, काठमाडौं
      [२२]
      सपना
      हुन्छ साकार
      जोडी सुन्दर भएपछि !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [२३]
      आँखा
      जुधेमा माया
      जिन्दगी घाम छाया !
    • कार्की डिबी माकुम
      [२४]
      प्रेम
      जीवनको पूर्वाधार
      सुखको मजबुत आधार !
      -‌ तोया नाथ चापागाईं
      दमक, झापा
      [२५]
      प्रेम
      अपूर्व बन्धन
      जन्म जन्मान्तरको साथ !
    • समुन्द्रा शर्मा, सुनसरी
      [२६]
      प्रेम
      अदृश्य बन्धन
      संसारी सृष्टिको विधान !
    • विवश पारदर्शी, झापा
      [२७]
      संसार
      प्रेमको बन्धन
      सबै प्राणीमा समान !
    • तोयानाथ सुबेदी
      [२८]
      वार्तालाप
      प्रेमिल पक्षी
      गर्दैनन् कहिल्यै अल्छी !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३, काभ्रे
      [२९]
      डाँफे
      सुन्दर दम्पती
      हामी सबैको सम्पत्ति !
    • रमा पन्त, पाल्पा
      [३०]
      प्रेमालाप
      राष्ट्रिय चरी
      प्रसिद्ध दिनानुदिन संसारभरि !
    • वासुदेव ज्ञवाली
      पाल्पा, तानसेन-१, ध्रुवघाट
      [३१]
      सम्बन्ध
      जीवनको आधार
      नछुटोस् प्रेमिल चमत्कार !
    • एवाइ प्रभात
      सहिदभूमि, धनकुटा
      [३२]
      प्रेम
      नदेखिने स्वर्ग
      प्राप्ति हुन्छ मृत्युमा !
    • ध्रुव श्रेष्ठ
      खोटाङ, हाल: काठमाडौँ
      [३३]
      जिन्दगी
      आरोह अवरोह
      घुम्ती मोडमा जोखिम !
    • घनश्याम पन्त
      हरिवन, सर्लाही
      [३४]
      डाँफे
      नौ रङ्ग
      पहिचान छ ऊसँग !
    • भवानी घिमिरे, सर्लाही
      [३५]
      डाँफे
      हिमाली माया
      आहा नौरङ्गी छाया !
    • चक्र शाही
      लम्की, कैलाली
      [३६]
      जोडी
      मायाको बन्धन
      परस्पर संयमित आधार !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [३७]
      प्रकृति
      प्रेमको आकृति
      हेर्छ मानिसको दृष्टि !
    • सविता के.सी.
      [३८]
      प्रेम
      मनबाट भए
      जीवन सफल हुने !
    • साबित्री प्याकुरेल, धादिङ्ग
      [३९]
      डाँफे
      संरक्षणको खोजीमा
      राष्ट्रिय निकुञ्ज झोलीमा !
    • अगस्टीन राई
      कागे मरिया, भारत
      [४०]
      प्रभातम्
      सम्पूर्ण स्रष्टाहरू
      लेख्ने प्रेमिल उदक !
    • प्रद्युम्न चालुसे
      [४१]
      सौन्दर्य
      अनुपम प्रेम
      जीवन जिउने आधार !
    • नागेन्द्रप्रसाद यादव
      [४२]
      खोजी
      आत्मीय बन्धन
      उसको अटुट माया !
    • हिमाल अम्मै
      घोडाघोडी, कैलाली
      [४३]
      प्रेम
      जीवन समर्पण
      एकले अर्कोलाई समर्थन !
    • विके माकजू, भक्तपुर
      [४४]
      डाँफे
      राष्ट्रिय चिनारी
      स्वच्छन्द प्रेमील जोडी !
    • कमला देवकोटा, पाल्पा
      [४५]
      चरी
      हेरेर मनभरि
      हुन्छन् मायामा सन्तुष्ट !
    • नारायण प्रसाद अम्मै
      घोडाघोडी -१, सुखड, कैलाली
      [४६]
      माया
      प्रेमिल सम्बन्ध
      शितल शितल छायामा !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [४७]
      कुरा
      प्रेमपूर्ण होस्
      माया नहुन् अधुरा !
    • दीपा समभाव, खोटाङ्ग
      [४८]
      आत्मिक
      प्रेमको सर्वोच्चता
      आदर्श जीवनको विशेषता !
    • केन्द्रप्रकाश बराल, इलाम
      [४९]
      मायामा
      जीवन छायामा
      नपरोस् कहिल्यै कायामा !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [५०]
      जोडी
      बसुन् यसरी
      कहिल्यै साथ नछोडी !
    • घनश्याम पौडेल, पोखरा
      [५१]
      प्रेम
      मनबाटको माया
      सधैँ एकअर्काको छाया !
    • सुरेश न्यौपाने
      [५२]
      ममता
      दुवैको आपसमा
      सुन्दर संसार निर्माण !
    • डुकछिरिङ लेपचा
      मिरिक, भारत
      [५३]
      डाँफे
      राष्ट्रिय पक्षी
      फैलाउँछ मायाको सन्देश !
    • पशपती राई, खोटाङ
      [५४]
      गहन
      चिन्तनकाे खेल
      आत्मिक प्रेमिल मेल !
    • राेशन पराजुली, धरान
      [५५]
      प्रेम
      जीवन सार्थक
      हुँदैन कहिल्यै बाधक ।
    • सरस्वती वली
      [५६]
      डाँफे
      सुन्दर पन्छी
      आत्मिक बन्धनमा विलिन !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [५७]
      जोडी
      प्रेममा मग्न
      छैन कतै बन्धन !
    • धर्मी शाक्य
      बुटवल, रुपन्देही
      [५८]
      आधुनिकता
      प्रेमको व्यापार
      फल्ने फुल्ने गजबले !
    • राम न्यौपाने
      [५९]
      प्रेम
      आत्मीय सम्बन्ध
      बनाउनु सधैँ प्रगाढ !
    • राज कुमार राजभण्डारी खाेटाङ्ग
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [६०]
      प्रेम
      बाचा कसम
      भर नपरेकै राम्रो !
    • जुमन किरण
      महालक्ष्मी-९, ललितपुर
      [६१]
      प्रेम
      दुई मुटुको
      नलागोस् नजर कसैको !
    • कल्पना पहाडी, सिन्धुली
      [६२]
      प्रेम
      पूजा जीवनको
      साँचो फल मानवको !
    • लक्ष्मी रिजाल
      कञ्चनरूप-१२, रूपनगर, सप्तरी
      [६३]
      प्रेमिको
      सफलता शीतल
      गरेर सधैँ घुलमिल !
    • भगवती दवाडी
      [६४]
      प्रेम
      सजीव जतिमा
      जीवन जीउने आधार !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [६५]
      डाँफे
      देशको गहना हिम्ताम्य राष्ट्रको सुन्दरता ! – – चेतराज जैशी, कैलाली
      [६६]
      डाँफे
      राष्ट्रिय पक्षी
      नमार हानेर बल्छी !
    • मङ्गला उपाध्याय
      [६७]
      माया
      फलामको जञ्जिर
      चुँडालेर हिड्न नसकिने !
    • घनश्याम पन्त
      हरिवन, सर्लाही
      [६८]
      सम्बन्ध
      अत्मिय मिलन
      नहोस् दुःख क्रन्दन !
    • शारदा गौतम आचार्य, ललितपुर
      [६९]
      अनुराग
      युगल जाेडीकाे
      शाश्वत पवित्र सम्बन्ध !
    • सुधा बाँस्कोटा ढकाल
      [७०]
      प्रेम
      अदृश्य शक्ति
      प्राप्तिमा मुहारमा कान्ति !
    • रुना कर्माचार्य दाहाल
      चितवन
      [७१]
      प्रेम
      प्रकृतिको दान
      गराैँ राम्रो पहिचान !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [७२]
      प्रेम
      अनुपम सम्बन्ध
      एकापसकाे निश्वार्थ अनुराग !
    • ईश्वर लामिछाने
      धरान, सुनसरी
      [७३]
      प्रेम
      झल्को मेटियो
      त्यहीँ पर भेटियो !
    • कला ढकाल, झापा
      [७४]
      प्रेम
      आत्मिक भाव
      दुई मुटुको मिलन !
    • कविता आचार्य, कैलाली
      [७५]
      जीवन
      समर्पण आपसमा
      विश्वास संयम समानता !
    • घनश्याम पौडेल
      गौरीगंगा -९, कैलाली
      [७६]
      सम्बन्ध
      नछाओस् गन्ध
      सँधैभरि रहोस् आनन्द !
    • लक्ष्मी स्मृति
      [७७]
      प्रेम
      आपसी सद्भाव
      सफल जिन्दगीको कथा !
    • सरस्वती श्रेष्ठ, इटहरी
      [७८]
      जोडी
      पन्छी जस्तै
      मायाप्रेम पनि उस्तै !
    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
      [७९]
      प्रेम
      प्रगाढ सम्बन्ध
      जीवन जिउने आधार !
    • उर्मिला के.शी., धनकुटा
      [८०]
      प्रेम
      जीवन निरन्तरता
      पुरुष प्रकृतिकाे मेल !
    • टीकाराम जैसी, टीकापुर
      ~~~~
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला2 Comments on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १५७ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३६ सम्पन्न

  • १३ जेष्ठ २०८१, आईतवार २०:४९ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३६ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३६ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३६
    ~<•>~
    कामभन्दा कुरा गर्ने चाहिएको छ मान्छे
    बोल्दाखेरि गाई बनोस् ढुकुटी बाँड्दा भान्छे !
    वसन्त अनुभव
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    [१]
    गल्तीहरू ढाकछोप गर्ने, कार्यकर्ता चाहियो
    अन्धाभक्त बनेपछि हेर बोल्न जे नि पाइयो ।
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    नराम्राे काम छाेपिदिने मान्छे मात्र मेरा
    दैलाे खाेली देखाउनेले सरे हुन्छ डेरा ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [३]
    मख्ख पर्दै ढोकातिर ए हात लम्काएर
    ढिकुटीको साँचो देखाई भाग्य चम्काएर ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [४]
    पर्दाफास गर्ने जति लाखापाखा लागुन्,
    ठगाहा र भ्रष्टाचारी मारेका नि जागुन् ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    [५]
    गणतन्त्र प्रजातन्त्रमा हेर जे बोल्छौ बोल पाइन्छ
    देशमा गाई गोरु जे बनोस् ढुकुटी मलाई चाहिन्छ ।
    ✍️ बेदु न्यौपाने
    [६]
    कार्यकर्ता नै लहैलहैमा लाग्छन् भएजति
    नेताको चालचलन अनि बिग्रिए नि मति।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [७]
    नियत नै खोटो भएपछि कसको के लाग्छ
    जसरी पनि देश कङ्गाल पार्ने मति जाग्छ ।
    ✍️ सतीश पण्डित
    चुँदी तनहूँ
    हल चनपा माततीर्थ।
    [८]
    जे गर्दा पनि नहुने भयो, खाली आँखा छ्ल्ने मात्र कुरो
    कठै भनी कति भनौँ हजुर बन्नुपरेको छ बबुरो ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा
    [९]
    धरतीमा बसी गरून् आकास छुने कुरा
    सबै रित्याएर बाँडुन् ढुकुटी जति पूरा ।
    ✍️ मन्जु जोशी
    डीलासैनी ५ बैतडी
    हाल भक्तपुर
    [१०]
    बिरालो मुसा जस्ता भेटिन्छ भान्छे
    डाडु पन्यु जिम्मा लगाएको मान्छे ।
    ✍️ चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    [११]
    गर गर मात्र भन्छन् हरेक बेला काम
    काम गरेको नि मिल्दैन त हजुर दाम ।
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    [१२]
    काम गर्न किन पर्याे उसले चाप्लुसी गरेपछि
    दु:खपीडा दिइरन्छ पीडक तिनले सहेपछि ।
    ✍️ शर्मिला खतिवडा
    विर्तामोड ,झापा ।
    [१३]
    जता गयो उसैको डर
    कोही कसैको छैन भर !
    ✍️ आर्त अकुलीन
    [१४]
    प्रजातन्त्र देशमा आयो, सबैले बोल्नु पायो
    काम गर्नेले बोक्रा पायो, बोल्नेले गुदी खायो।
    ✍️बिके मुखिया
    दार्जीलिङ,भारत।
    [१५]
    जगमा हामी नै भयौँ विचित्र
    नदेखिने कतै पनि सचित्र ।
    ✍️ कार्की डिबी माकुम
    [१६]
    घरमा पनि कर अरे जग्गामा पनि कर
    विकास गर्ने कार्यमा त जनताकै छ भर ।
    ✍️ Shreya timalsina
    Hetauda makwanpur
    [१७]
    किन पर्यो रुन व्यर्थ मच्चाउँदै रोइलो ?
    भ्रष्टाचारी समातेर काट्दाखेरि खोइलो !
    ✍️ विवश पारदर्शी
    झापा,
    [१८]
    भाषण गर्छन् नेता देश विकास गर्ने आकाश पातलकाे कुरा
    देशको ढुकुटी रित्याई पत्नीलाई लगाइदिन्छन् सुनको चुरा ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    [१९]
    काम कुरा एकातिर कुम्लाे बाेकेर ठिमीतिर
    सुशासन दिन्छु भन्नेले देशलाई लगे भिर ।
    ✍️ प्रद्युम्न चालिसे
    [२०]
    सरल व्यक्तिलाई पराया जस्तो गर्दैछ
    स्वार्थीले भने धमाधम ढुकुटी भर्दैछ ।
    ✍️ अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    [२१]
    भाषणमा माइक पाउँदा मिठा गर्छन् बात
    पैसा पाउने ठाउँ आएमा लम्काउँछन् हात ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    [२२]
    बोल्दाखेरि गाई बनोस् बजेट बाँड्दा माई
    द्रव्य पोषण गर्ने भान्छे मिलोस् हामीलाई l
    ✍️ बाबुराम गौतम, गुल्मी
    [२३]
    भ्रष्टाचार, कामचोरहरूको रगरगी बढेर गयो
    फोहोरमैलाले झोडा नाला डुङडुङ्ती गह्नाउने भयो ।
    ✍️ मोती सुब्बा दार्जिलिङ निमकी डाँडा।
    [२४]
    महान् व्यक्तिहरूले नै गर्छन् नराम्रो धन्दा
    भाषण मात्र छाँट्छन् ठूला काम गर्नुभन्दा ।
    ✍️ साबित्री प्याकुरेल, धादिङ्ग।
    [२५]
    बोलेरै त सिध्याए ढुकुटी काम माखो मारेनन्
    जनतामुखी कर्म भने कहिल्यै अघि सारेनन् ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [२६]
    के पाइएला र याे जुनीमा यस्ता खालका मान्छे
    बरु तिमी आफैँ बन मिलाएर लैजाने भान्छे ।
    ✍️ भवानी पोख्रेल
    [२७]
    गधालाई नुहाएर गाई हुन्नन् भन्थे त्यस्ता
    नेटो काट्यो समयले राष्ट्रभक्त भए सस्ता ।
    ✍️ ममता पौडेल
    बूढीगङ्गा-२, मोरङ
    [२८]
    गरीबको हरायो सानो डेरा
    धनीले बनायो सबै नै मेरा ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    [२९]
    अहम् अनि घमण्ड छ प्रत्येक मेरो बातमा
    भान्छाको डाडु पन्यु भएपछि मेरै हातमा ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [३०]
    सही गलत छुट्याउन नसक्ने रहेछ मान्छे
    आफ्नै भुँडी मात्रै भर्ने कस्तो बनाइएछ भान्छे ?
    ✍️ दीपा समभाव
    खोटाङ्ग
    [३१]
    सबै मिलेर रित्याइसके ढुकुटी
    अर्थतन्त्र दुब्लाई भैसक्यो सुकुटी ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    [३२]
    ढुङ्गा पग्लिएला बरु फाट्न सक्ला धर्ती
    तितो लाग्नेगर्छ स्वार्थीलाई मिठो अर्ती ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [३३]
    अस्तित्वमा अझै रहेछ खुन चुस्ने आदमखोर
    गरीबको पसिना पिउँदै सत्तामा बसेका चोर ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [३४]
    ठूला ठूला भाषण गऱ्यौ भने नेता बन्छौ नानी
    भ्रष्टाचार गर्नु र घुस खानु राम्रो हुन्छ बानी ।
    ✍️ गुणनिधि घिमिरे अमेरिका
    [३५]
    कुरा गर्यो कुराकै दुख
    मान्छे मारेर खोज्छ सुख ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    हाल- एनेलकुटी, सिरहा ।
    [३६]
    कुराले नै विकास गर्ने मान्छे चाहियो भन्छौ
    को जनता कहाँ मरे भन्दै तिमी फेरि गन्छौ ।
    ✍️ धनुष न्यौपाने” यात्री “
    जुम्ला
    [३७]
    अलिकति दाउ परे खोसाखोस नाली झोडे काम
    बर्खा नलागी भत्किँदै पछि देख्छ भ्रष्टाचारी नाम ।
    ✍️ राजनारायण राई
    राजदल बस्ती सोनादह
    [३८]
    तिमीसँग हात फैलाएर माग्नु पर्यो मैले माया
    यस्तै रहेछ जिन्दगी कहिले घाम कहिले छाया ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [३९]
    नक्कली माया लाएर नै पारेउ जालमा
    बस्नुपरेको छ राेई अहिले बेहालमा ।
    ✍️ रामप्रसाद पुरी, बादेल , खाेटाङ ।
    [४०]
    मुखमा राम राम चित्तमा छुरा
    भित्रभित्र गर्छौं ठूला ठूला कुरा।
    ✍️ रमेश दियाली
    [४१]
    साँचो माया गर्छु है भनेको उनले
    असल व्यवहार भरेको गुनले ।
    ✍️ गंगाराम यादव
    औरावनी २ सुनसरी
    [४२]
    तिमी देऊ साथ मलाई असल मान्छे भनेर
    कमिला भई पस्नेछु र निस्कन्छु हात्ती बनेर ।
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [४३]
    चुनाव आउँदा नमन बाँड्छु भाषण पनि ठुला
    विकासका बजेट ल्याउँछु त पोटली भर्ने दुला ।
    ✍️ इन्दु श्रेष्ठ, चितवन
    [४४]
    छानेर पठाएको मान्छेले चलाएको छ सत्ता
    ढुकुटी रित्याएर बाँडेको छ तलब र भत्ता ।
    ✍️ अरुण कुमार भुजेल
    गोरुबथान, कालेबुङ, भारत।
    [४५]
    कसैले दया देखाउँदा भाग्छु
    कमलो देखिए म उतै लाग्छु ।
    ✍️ लक्ष्मी रिजाल
    कञ्चनरूप १२, रूपनगर, सप्तरी
    [४६]
    बोलेर पनि अब देश भए चलाउने
    काम छ नेपाल आमाको मुटु जलाउने ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    [४७]
    जता छ आफ्नो भाग, उतै लगाउँ कुरो र कुलो
    देशको ढुकुटीमा राख तिम्रै भान्छे तिम्रै चुलो ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    [४८]
    झुटा भाषणमा रम्ने, सत्तामा छन् विराजित
    सन्तान दास पोसेर, बन्छन् भान्छे मजासित।
    ✍️ रामशरण न्यौपाने, भक्तपुर
    [४९]
    खान टन्न पाएपछि आँखा देखिँदैन कान पनि हैन सुन्ने
    जे जे गरोस् मतलब छैन बुद्धजस्तै त्यागी भन्दै सधैँ चुन्ने ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    [५०]
    कामभन्दा कुरा गरी बन्ने गर्छन् यहाँ हिरो
    देशको ढुकुटी लुटेर बनाइसक्यो जिरो ।
    ✍️ रुना कर्माचार्य दाहाल ,चितवन
    [५१]
    कुरा मात्र गर्ने देश चलाउनेहरूको काम
    विकासको नाममा हुँदैछ है जताततै जाम ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [५२]
    काम बिक्ने बजार, हुँदाेरहेछ नीच
    बाेली बिकुवा ती ग्राहकहरूकाे बिच ।
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    [५३]
    बहुदल हाम्रो निम्ति भएको छ शान
    प्रजातन्त्र देखाएर जानेका छाैँ खान।
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    [५४]
    बोली बिक्ने समय छ त किन गर्नु काम
    जति खेदो खने पनि कमाइहाल्छु दाम |
    ✍️ सरिता सेढाई धादिङ
    [५५]
    मान्छे बने हेर आजकल, झुटो खेतीको भान्छे
    बुढी समेत तरकारी, कोदाको झोलमा झान्छे ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [५६]
    जताततै भएको छ सधैँ अशान्तिको युद्ध
    फेरि आऊ देशलाई बचाऊ गौतम बुद्ध ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    [५७]
    खोजेको बराबर भएको कुरा सबैलाई बाँडेपछि आफू खाने भान्छे
    भेटियो आफू र आफ्नालाई पस्की अरू भोकै राखी आफू टन्न खाने मान्छे !
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [५८]
    कामभन्दा कुरा मात्रै गर्ने हाम्रा नेताहरू
    काम देख्दा जनतालाई भयो बाँचु कि मरु !
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ,हाल काठमाडौँ ।
    [५९]
    ढुकुटी बाँड्दा भान्छे बन्न तम्सनेहरू छन् धेरै
    मौका पर्दा पोल्टो भर्न जेलाई पनि भन्छन् मेरै ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव1 Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३६ सम्पन्न

    जीवन सङ्घर्ष र सन्तुष्टिका कुरा (कविता)

  • १३ जेष्ठ २०८१, आईतवार ०७:१६ मा प्रकाशित
  • तेजप्रसाद खनाल, कवि

    जीवन सङ्घर्ष र सन्तुष्टिका कुरा (कविता)


    सुख अनि सन्तुष्टिका
    लागि घरि यता घरि उता
    भौँतारिन्छ मान्छे..!
    जीवनका उतार
    चढाबको रापले
    शीतलता होइन
    ताप सिर्जना गर्छ
    मान्छे किन जन्मियो?
    केका लागि जन्मियो?
    ऊ आफैँलाई थाहा छैन
    किनकि…..
    नत ऊ
    चाहेर जन्मियो
    नत चाहेर मर्छ
    सुख र सन्तुष्टिका लागि
    भौँतारिन्छ मान्छे
    तर…..!
    सुख र सन्तुष्टि
    सहजै प्राप्त हुदैन
    यो धर्तीमा कसैलाई
    कमजोर बनेर
    बाँच्न रहर हुँदैन
    तर पनि झिनो
    आशामा भौतारिन्छ
    मौँसम शीतल भएर
    के गर्नु यहाँ…!
    परिस्थिति त्यति
    शीतल भइदिदैन
    प्राय दु:खी छन्
    प्राय समस्यामा छन् यहाँ…
    तर के गर्नु
    धर्ती नै दुखालय भए पछि
    जाडो गर्मी
    खडेरी शीतलता
    यी सबै बाहाना
    मात्र हुन् महोदय!
    सहज परिस्थितिले
    सबैलाई शीतलता
    प्राप्त गर्छ
    असहज परिस्थितिले
    शिशिरमा पनि
    मनको ताप सिर्जना गर्छ
    बेचैँनी प्राप्त गराउँदछ
    किसानले चैत
    वैशाखको गर्मीमा
    पसिना खलखली झार्दै….
    खेतबारीमा काम
    गरिरहेको हुन्छ
    तर……
    उसमा बेचैँनी हुँदैन
    त्यसैले महोदय!
    शीतलता र सन्तुष्टि
    कुनै मौसम र ऋतुको
    उपज नभई
    परिस्थितिको उपज
    बन्न पुग्छ
    हुन त संसारमा प्राय:
    मनुष्य दु:खी छन्
    पृथ्वी आफैँमा
    सङ्घर्षको पर्याय
    अर्थात दुखालय हो
    पृथ्वीकै उपज
    हामी नाथे मानव
    सुख र खुसी खोज्नु
    दुखको अर्को
    कारण हुन सक्छ
    बाहिर सिरसिर
    हावा चले पनि
    मनको तापले
    गर्मी गर्दछ
    मनुष्य जीवनमा
    एक पछि अर्को
    समस्या आइरहँदा….
    शीतल मौसम पनि
    खडेरी बन्न पुग्छ
    बस मनुष्य सामना
    गर्दै जाने हो
    सामना गर्दा गर्दै
    एक दिन एकमुठी
    स्वासले पनि
    साथ छोड्छ
    अनि मानव यसै
    पृथ्वीमा बिलिन हुन्छ
    जीवित रहँदा सम्म मनुष्यले…
    सङ्घर्ष गरिरहन्छ
    सम्झन लायक कार्य गरेमा
    नयाँ पीढीले सम्झिरहन्छन्
    बाँकी …..!
    मिथ्या।

    तेजप्रसाद खनाल, लमही, दाङ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on जीवन सङ्घर्ष र सन्तुष्टिका कुरा (कविता)

    साताका तीन लघुकथा- ५७

  • १३ जेष्ठ २०८१, आईतवार ०७:०२ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५७औँ) शृङ्खलाका लागि लघुकथाकार ललिता ‘दोषी’को लघुकथा ‘तब त बुद्ध’, लघुकथाकार यमुना प्रधानाङ्ग ‘मुना’को लघुकथा ‘भागबन्डा’ र लघुकथाकार सविता भट्टराईको लघुकथा ‘रहर’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~

    १.
    लघुकथा: तब त बुद्ध

    ✍️ ललिता ‘दोषी’
    धनपति बर्बराउँदै आफ्नै सुरमा हिँडिरहेका थिए । बुद्ध भगवान्ले धनपतिलाई रोक्दै भन्नुभयो ।
    “कस्तो उल्झनमा छौ र भक्त ! मलाई पनि देखेनौ ?”
    धनपतिले आँखाभरि आँसु पार्दै बुद्धलाई ढोग्दै भने-
    “कृपया मलाई माफ गर्नुहोस् भगवान् ! मनमा औडाहा भएकाले हजुरप्रति मेरो ध्यान नै गएन । मूर्ख बालकहरूलाई कति भनिसकेँ, ‘गँगटोको बीभत्स हत्या नगर’ भनेर पटक्कै मानेनन् । पिटेको, गाली गरेको पनि हो; केही सीप नै लागेन भगवान् । सधैँ बाटोमा गँगटो मारेको देख्छु ।”

    बुद्ध भगवान्ले नम्र स्वरमा भन्नुभयो-
    “तिम्रो प्राणीप्रतिको प्रेम देखेर खुसी लाग्यो । ल हिँड भक्त, हामी त्यहाँ जाऊँ ।”
    धनपतिको मनमा आशाको किरण उदायो । दुवै त्यहाँ पुगे । दुईजना आठ/नौ वर्षका बालक गंँगटोलाई टुक्राटुक्रा पार्दै रमाइरहेका थिए । बुद्धलाई देखेर दुवैले नमस्कार गरे । बुद्धले आँखाभरि आँसु पार्दै भन्नुभयो-
    “प्रिय बालक ! मलाई तिमीहरूले गँगटो मार्न ल्याएको त्यही लट्ठीले पिट, म सहन्छु ।”
    बालकहरूले एकै स्वरमा भने- “हजुरलाई दुखिहाल्छ नि भगवान् !”
    बुद्धले दुवैको कपाल मुसार्दै भन्नुभयो-
    “जाबो पिट्दा त दुख्छ भन्ने थाहा रहेछ । यी गँगटोहरूको खुट्टाहरू जीउबाट नै अलग्याउँदा कति असह्य पीडा भयो होला भन्ने कुरा किन बुझेनौ बालक ?”

    एउटा बालकले आँखाभरि आँसु पार्दै भन्यो-
    “हामीलाई यसरी बुझाउने कोही नै भएन भगवान् ! हामीलाई माफ गर्नुहोस् । अब हामी कहिल्यै यस्ता पाप कर्म गर्दैनौँ ।”
    अर्को बालकले पनि आँसु पुछ्दै स्वीकृतिसूचक मुन्टो हल्लायो । धनपतिले बुद्धको चरणमा घोप्टिँदै भने-
    “हजुरको प्रशंसा गर्न योग्य शब्द मसँग छैन । तब त हजुर बुद्ध भगवान् हुनुभयो ।”
    बुद्धनगर काठमाडौँ
    ——————-<•>——————-

    २.
    लघुकथा: भागबन्डा

    ✍️ यमुना प्रधानाङ्ग ‘मुना’
    हिमानी धेरै दिनपछि माइत आएकी थिइन् । उनलाई ‘माइतीघर वरपर छरछिमेकमा के भइरहेको छ’ भन्ने बारेमा जान्ने इच्छा भयो । त्यसैले आफ्नी आमासँग सबैको बारेमा जिज्ञासा राख्दै भनिन्-
    “गोमा काकी र श्यामल काका, सन्चै त हुनुहुन्छ नि आमा ?”
    त्यति छोरीले के सोधेकी मात्र थिइन्; आमा चाहिँको आँखा सररर रसाए ।

    “आमा ! के भयो ? तपाईँको आँखामा आँसु ?”
    “कुरा गहिरो छ, छोरी !”
    “भनेपछि पो ! थाहा हुन्छ, आमा ! के हो ? भन्नू न !”
    “तिमीलाई थाहा छ नि छोरी ! ती जोडी समाजमा नमूनाका रूपमा थिए । सबैले भन्थे, ‘चखेवाचखेवीको जोडी’ ।”
    “हो आमा ! थाहा छ ।”

    “विवाह भएको पाँच/छ वर्षपछि पाएका उनीहरूका छोराहरू लाडप्यारमा हुर्किएका थिए । मलाई अझै पनि गोमाले भनेको कुरा सम्झना छ, छोरी ! ‘यी दुई छोरा हाम्रो मुटुको टुक्रा हुन् , राम र लक्ष्मण । दुवै खुब मिल्छन् । अब दुवै हुर्किसके, आफ्नो खुट्टामा उभिइहाले; यसो पढेलेखेका घरानाको छोरी तपाईँको नजरमा छैनन् दिदी ? एउटै लगनमा विवाह गराइदिन्छु’ ।”

    “कुरा निकै मार्मिक होला जस्तो छ । अनि के भयो आमा ?”

    “छोराहरूको विवाह धुमधामका साथ गरे । सब राम्रै थियो । ‘अब ढुक्कसँग हाम्रो जीवन बित्छ दिदी ! नातिनातिना पनि हुर्काइदिइहाल्यौँ ।’ भनेका थिए । ‘साउँको भन्दा व्याजको माया’ खुब सेवा गरेका थिए नातिनातिनाका दुवैले ।”
    “अनि ?”
    “अनि के हुनु नि ! परम्परादेखि चलिआएको रीति, छोराहरूले सम्पत्ति भाग लगाउनेक्रममा आमाबाबु नि भागबन्डा गरे ।”
    मितिः २०७५/०२/०६
    वीरगञ्ज, पर्सा
    ——————-<•>——————-

    ३.
    लघुकथा: रहर

    ✍️ सविता भट्टराई
    “बाबु ! मेरो औषधी सकिएको छ। भरे अफिसबाट आउँदा ल्याइदिनु है ।” औषधीको खाली खोल दिँदै बुवाले भन्नुभयो ।
    “ल ल हुन्छ बुवा ! भरे आउँदा ल्याइदिनेछु ।” भन्दै रमेश अफिसतिर लागे ।
    “बुढा ! हेर्नुस् त छोरालाई औषधी भनेको त अरू पनि केही कुरा ल्याइदिएजस्तो छ ।” आमाले बेलुका घर फर्केको छोराको हातमा भएको पोको देखेर भनिन्।
    “ओहो बुवा ! मैले त तपाईँको औषधी ल्याउन भुसुक्कै बिर्सेछु । भोलि त नबिर्सी ल्याइदिनेछु ल ! यो त शेरूको सामान सेम्पु, बिस्कुट, खानेकुरा हो ।” भन्दै रमेश कोठातिर लागे।

    केही दिनपछि आमाले छोरालाई भन्नुभयो- “बाबु ! बुवालाई डाक्टरकोमा लानुपर्छ कि क्या हो ? रातभरि निद्रामा के के भन्नुहुन्छ, म त कान पनि सुन्दिनँ के गर्नु ?”
    आमाको कुरा सुनेर रमेश राति बुवाको कोठाबाट आएको आवाज सुन्न बुवाको कोठातिर लागे। “प्रभु ! मलाई अर्को जन्ममा शेरू बनाइदेऊ ! पशु भए पनि मलाई शेरूको जस्तै जीवन चाहियो । छोराको माया पाउन मन छ । लुटुपुटु गर्न मन छ ।” बुवाले निद्रामा भनेको शब्दले रमेश नि:शब्द भए । ‘मैले शेरूलाई बढी माया गर्दा बुवाको माया ओझेलमा परेछ ।’ भन्दै पश्चातापको आँसु खसालिरहे ।
    जनकपुरधाम
    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, साताका तीन लघुकथाLeave a Comment on साताका तीन लघुकथा- ५७

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P