“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयपचासौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५०—————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०२/१९
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
मानिसको जिन्दगी मरेर जाने हो
वृद्ध हुँदै चाउरी परेर जाने हो
दुई दिन बाँचुन्जेल किन?घमण्ड,
आ आफ्नो योगदान गरेर जाने हो।
सबै कर्मको फल छरेर जाने हो।
-सुशीला पौडेल
👉पञ्चाङ्ग:०२
एकोहोरो टुलुटुलु हेर्दा फसाउने आँखा
ध्यान नपुर्याउँदा छर्लङ्ग खसाउने आँखा
यस्ता आँखाले क-कसलाई व्याकुल बनायो
सपना साँच्दा साँच्दै बोझले रसाउने आँखा
नत्र सिमित पारि भुइँमा टसाउने आँखा ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग;०३
मेरो मनको मन्दिरमा दिन दिनै धायौ किन ?
आखिर धोका दिनु रैछ जिन्दगीमा आयौ किन?
धेरै माया दिन्छु भन्यौँ तिमीलाई सबैभन्दा म
अन्धकारमा पार्नु थियो जून बन्दै छायौ किन?
मनमा कपट रैछ झुटो कसम खायौ किन?
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग,:०४
मेरो मृत्यू अगाडिनै आशाको दियो बालिदेउ प्रभु।
दु:खीको आँसु बगिरहन्छ त्यो सबै टालिदेउ प्रभु।
यदि तिमीले मेरो लागि यो काम गर्न सक्दैनौ भने
मलाई कहिले उठ्न नसक्ने गरि ढालिदेउ प्रभु।
अनि म मरेँ भने खोल्सामा लगेर फालिदेउ प्रभु।
मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार
बिर्तामोड झापा
ॐ
पञ्चाङ्:०५
=====
आफूमात्र असल भन्ने मान्छेकाे बानी अपार छ प्रभु
बाेलीवचन व्यवहारमा आपसमा झपार छ प्रभु
विभिन्न बहानामा खुल्लम खुल्ला जनता बिक्री वितरण
एकले अर्काेलाई दाेषाराेपण गर्दै सपार छ प्रभु
माैका पाउनुपर्छ दायाँबायाँ हेर्दै व्यापार छ प्रभु !
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग:०६
सधैं नै पार्कमा धायौ तिमी
धोके अलिकति गायौ तिमी
विश्वासीको गीत पो गाउँदै,
यसोगरी के नै पायौं तिमी
आखिर गोता पो खायौ ?तिमी
-दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग:०७
काँधमा टेकी टाउकोमा हान्ने छन्।
पछाडि खुट्टा समातेर तान्ने छन्
मानिसको चाल पनि अचम्मको,
सबैजना आ-आफैं निकै जान्ने छन्।
सर्वेसर्वा कतिले आफैं ठान्ने छन्।
-ह्यारिस
पञ्चाङ्ग-८
सफलता पाउन मिहिनेतको हात समाउनु पर्छ
थोरै दु:ख गरेर यो जिन्दगीमा सुख कमाउनु पर्छ
सफलताको रहस्य पनि कर्ममा निरन्तरता हो नि
लक्ष्यलाई समर्पण गरि जिन्दगी नै थमाउनु पर्छ
गन्तव्यमा मात्रै होइन यात्रामा पनि रमाउनु पर्छ।
-पशपती राई खोटाङ ।






