• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

भारतको मोस्ट वान्टेड सुचिमा रहेका हतियार तस्कर शेख सलीम, नेपालमा पक्राउ

  • २६ श्रावण २०८२, आईतवार १६:०६ मा प्रकाशित
  • भारतको सबैभन्दा खोजीमा रहेका हतियार तस्कर शेख सलीम, जसलाई ‘सलीम पिस्तौल’ भनेर पनि चिनिन्छ, नेपालमा पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ।

    भारतीय अनलाइन समाचार माध्यम एनडीटीभीका अनुसार, दिल्ली प्रहरीको विशेष शाखा र भारतीय सुरक्षा निकायहरूले नेपाल प्रहरीसँगको संयुक्त अपरेसनमार्फत सलीमलाई नेपालमा पक्राउ गरेका हुन्।

    तर, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले भने आफूलाई यसबारे जानकारी नभएको बताएका छन्। “मैले यो समाचार भारतीय मिडियामार्फत मात्रै थाहा पाएँ। यदि पक्राउ भएको भए मलाई जानकारी गराइने थियो, तर मलाई कुनै सूचना छैन,” उनले भने।

    सलीममाथि लामो समयदेखि अवैध हतियार बिक्री गरेको आरोप छ। उनले पाकिस्तानबाट भारतमा हतियार तस्करी गरेको दाबी गरिएको छ। अनुसन्धानकर्ताहरूले उनको पाकिस्तानको गुप्तचर संस्था ‘इण्टर–सर्भिसेस इण्टेलिजेन्स’ (ISI) र दाऊद इब्राहिमको ‘डी कम्पनी’सँग सम्बन्ध रहेको प्रमाण फेला पारेका छन्।

    सलीममाथि भारतीय ग्याङ लरेन्स बिश्नोई र हाशिम बाबाका समूहलाई हतियार आपूर्ति गरेको आरोप पनि छ। उनको नाम केही समयअघि पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या घटनासँग पनि जोडिएको थियो।

    दिल्ली प्रहरीले सलीम पिस्तौललाई २०१८ मा पनि पक्राउ गरेको थियो, तर पछि उनी विदेश फरार भएका थिए। नेपालमा लुकेको गोप्य सूचनाका आधारमा भारतीय सुरक्षा निकायहरूले नेपाल प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गरेका हुन्।

    Posted in मुख्य खबर

    शिष्टाचार भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न

  • २६ श्रावण २०८२, आईतवार १३:०७ मा प्रकाशित
  • अभा — अभा–खमिस भ्रमणमा रहनु भएका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NCC) साउदी अरबका निवर्तमान अध्यक्ष तथा हाल ICC सदस्यमा मनोनित श्रीमती रबिना अर्याल, NCC उपाध्यक्ष विष्णु प्रसाद भण्डारीलाई खमिस मुशैतस्थित जुविली रेस्टुरेन्टमा फूलको गुच्छा अर्पण गर्दै स्वागत गरिएको छ।

    क्षेत्रीय समन्वय समिति (RCC) जिजान–अभा–खमिसको तर्फबाट अध्यक्ष शंकर पौडेल, संरक्षक लाल बहादुर मगर, उपाध्यक्ष सन्तोष परियार, कौशल सचिव श्री डम्बर खड्का, कोषाध्यक्ष गणेश पुरी, सह–कोषाध्यक्ष सन्तोष सुनार, सल्लाहकार तुल्सी राम आचार्य, सदस्यहरू भिम बयलकोटी, दिलबहादुर राना मगर, जीवन लिम्बु, किरण रम्तेल, हरि परियारसहित अन्य सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

    कार्यक्रममा परिचयात्मक अभिवादन तथा सौहार्दपूर्ण भेटघाटसँगै NRNA साउदी अरब (२०२३–२५) को कार्यकालको समीक्षा र आगामी (२०२५–२७) कार्यकालका लागि आपसी सहकार्यका विषयमा विस्तृत विचार–विमर्श भएको थियो।

    कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सबै महानुभावहरूलाई NRNA RCC जिजान–अभा–खमिसले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीति

    झिल्का लेखन अभियानको ८९ औँ शृङ्खला (रक्षाबन्धन विषयक) सम्पन्न

  • २५ श्रावण २०८२, शनिबार २३:२६ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ८९ औँ शृङ्खला (रक्षाबन्धन विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ९६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    —————<•>————–
    १)
    ————–
    क)
    नबनुन् कोही महीपुत्र
    रोकिउन् हत्या, हिंसा
    हातमा बाँधी रक्षासूत्र !
    ख)
    आँखामा खुसी भरोस्
    पावन यस रक्षाबन्धनले
    निरन्तर  सुरक्षा गरोस् !
    ✍️ वसन्त अनुभव
    वसन्तविहार, घोराही, दाङ
    २)
    ————–
    राख्नू गरेर जतन
    दिदीबहिनीको हातबाट बाँधिएको
    पवित्र त्यो रक्षाबन्धन !
    ✍️श्रीकृष्ण धामी
    ३)
    ————–
    पुगोस् सबैको चाहना
    चिन्ता पिर हटुन्
    रक्षाबन्धनको यही शुभकामना !
    ✍️जनक बिसी
    दक्षिणभारत कोचिनबाट
    ४)
    ————–
    दिलले राखी पायो
    अतीतको मीठो सम्झना
    फेरि याद आयो ।
    ✍️नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ५)
    ————–
    रक्षाबन्धन एउटा पर्व
    दाज्युभाइलाई  लगाउन पाउँदा
    सदा गर्छौ गर्व !
    ✍️रमा गुरुङ
    सालुगडा सिलीगुडी
    ६)
    ————–
    क)
    सुरक्षित रहने सत्यता
    हिन्दुहरूको महान संस्कृति
    रक्षाबन्धन हुन्छ जतातता !
    ख)
    पवित्र कर्ममा निष्टता
    हृदयदेखिको पुण्य कर्म
    रक्षाबन्धन हाम्रो विशिष्टता !
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही
    ७)
    ————–
    आयाे पर्व रक्षाबन्धन
    बाहुनले बाँध्छन् धागाे
    जनैकाे गरौँ जतन !
    ✍️नवराज भट्ट
    कञ्चनपुर
    ८)
    ————–
    क)
    बाँधियोस् सम्बन्धको बन्धन
    कहिल्यै नटुट्ने गरी
    गर्दै भातृत्वको गन्थन !
    ख)
    बन्धनले रक्षा गरोस्
    आशीर्वाद सबै मिलेपछि
    वैरी सारा मरोस् ।
    ग)
    राक्षसी प्रवृत्ति हटोस्
    चेलीको रक्षामा माइती
    दिनरात नभनी खटोस् ।ल!
    ✍️ राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    ९)
    ————–
    क)
    रक्षाबन्धन हाम्रो पर्व
    हामी सबैकाे चाहाना
    बढाेस्  सबैमा गर्व !
    ख)
    जनै परोस् काँधमा
    नारीमा बाँधेको रक्षाबन्धनले
    कसैलाई नराखोस् दोसाँधमा !
    ✍️त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    १०)
    ————–
    क)
    धर्मकाे प्रतीक जनाउँछ
    भाइबहिनीमा यसले सदा
    सम्बन्ध कसिलो बनाउँछ ।
    ख)
    हिन्दुहरूकाे संस्कृति राम्रो
    चल्दै आएको पहिलेबाट
    रक्षाबन्धन आहा हाम्रो !
    ग)
    रक्षाबन्धन हाम्रो पर्व
    बहिनीकाे हातबाट लगाउँदा
    भाइकाे मनमा गर्व !
    ✍️केसर बाेहरा ( आदर्श )
    सुदूरपश्चिम अछाम
    हाल भारतबाट
    ११)
    ————–
    क)
    सद्भावकाे डाेराे गाँसेर
    रक्षाबन्धन पर्व मनाउने
    चेलीको साथमा हाँसेर !
    ग)
    क्वाँटी खाई रमाउला
    ममता पाउदै अवश्य
    मायाकाे पाेकाे थमाउला !
    ✍️श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर
    १२)
    ————–
    क)
    रक्षाबन्धन नेपालीको पर्व
    हातमा राखी बाँधेर
    नेपालीले गर्छन् गर्व !
    ख)
    विकृति कुसंस्कार मासेर
    साथ लिएर चेलीबेटी
    रक्षाबन्धन मनाओैँ हाँसेर !
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।
    १३)
    ————–
    क)
    आयो रक्षाबन्धन पर्व
    सबैले मनाउँदै मनमा
    यसको गरौँ गर्व !
    ख)
    मिल्दछ ईश्वरको प्रसाद
    सदैव सुखशान्ति ल्याउने
    थापौँ चेलीको आशीर्वाद !
    ✍️ अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    १४)
    ————–
    क)
    रातोसेतो लिएर चन्दन
    आयो सबैका आँगनमा
    पवित्र पर्व रक्षाबन्धन !
    ख)
    गोसाइँकुण्डमा हुन्छ लर्को
    रक्षाबन्धन मनाउन यात्रु
    मोलेर जोखिम चर्को !
    ✍️ चुडामणी देबकोटा
    सिन्धुली मरिणखोला जखनी
    हाल थानेटार पुरानोनैकाप काठमाण्डौ
    १५)
    ————–
    रक्षाबन्धन चाड मानेर
    बाँधिदिए रक्षासूत्र हातमा
    दाजुभाइ माइती जानेर !
    ✍️ भाेलामान बर्देवा बैरागिमाईलाे
    बु,नि,,क,५ काठमाण्डाै
    १६)
    ————–
    लगाउँछ जोगीले चन्दन
    प्रेम दाजु बहिनीको
    हो यो रक्षाबन्धन !
    ✍️ दीप गोले तामाङ
    रौतहट
    १७)
    ————–
    रक्षाबन्धन हिन्दुत्वको शान
    प्रभुको आशिष मिल्ने
    गरौँ सबैको सम्मान !
    कार्की डिबी माकुम
    सुनवल-४
    १८)
    ————–
    क)
    चेली माइतीको सम्बन्ध
    रक्षाबन्धनले बलियो बनोस्
    कहिले नहोस् मन्द !
    ख)
    राखेर सद्भाव माइतीको
    अहिले बाँध्नू रक्षाबन्धन
    तिहारमा चाहिँ भाइटीको !
    ✍️ कोपिला समीक्षा
    खार्पा खोटाङ
    १९)
    ————–
    क)
    छन् किम्बदन्ती अनेक
    जनैपूर्णिमा पर्वको महिमा
    सत्कर्ममा लाग्नु भरथेग !
    ख)
    रक्षा प्रेमको अवसर
    मेलमिलाप होस् आपसी
    रहुन् सद्भाव परस्पर !
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    २०)
    ————–
    क)
    सनातनीलाई हाे चन्दन
    नास्तिकलाई ज्ञान कहाँ
    रक्षासूत्र हाे रक्षाबन्धन !
    ख)
    हिन्दुत्वकाे एक आधार
    यज्ञाेपवित ओै रक्षासूत्र
    बन्दैछ राखी व्यापार !
    ✍️ प्रमोद नेपाल
    काठमाडौँ -५
    २१)
    ————–
    क)
    रक्षाबन्धन दिदीभाइको पर्व
    प्रेम बढाउँछ आपसमा
    गरौँ सबैले गर्व !
    ख)
    रक्षा गरोस् रक्षाडोरीले
    आशीर्वाद लागोस् दिदीको
    माइत आउन छोरीले !
    ✍️ धनमाया चौधरी
    कैलाली
    २२)
    ————–
    दान ईन्द्राे महाबल
    रक्षाबन्धन हातमा बाँधी
    रक्षामा सदा चल !
    ✍️ शलिकराम दाहाल
    चा न पा ३ झाैखेल
    भक्तपुर
    २३)
    ————–
    स्वच्छ राखौँ तनमन
    जनैपूर्णिमा सँगसँगै सबैको
    खुसीमय बनोस् रक्षाबन्धन !
    ✍️ बेल थोकर तामाङ
    बकैया_८/ बस्तिपुर / मकवानपुर
    २४)
    ————–
    क)
    रक्षाबन्धन बाँधौँ दिदीबहिनी
    दाजुभाइको दीर्घजीवन बनोस्
    टीका रक्तचन्दन किनी !
    ✍️ एवाइ प्रभात
    धनकुटा
    २५)
    ————–
    क)
    रक्षाबन्धन हाम्रो चाड
    आउँछ वर्षमा एकैचोटी
    सबैलाई प्रेम बाँड !
    ख)
    भातृत्वको प्रतीक रक्षाबन्धन
    माया कसिलो कसौँ
    नटुटोस् सम्बन्ध विस्फोटन !
    ✍️ देबिका सुब्बा खवास
    कदमतला, सिलगढी
    २६)
    ————–
    क)
    आयो रक्षाबन्धन पर्व
    पुरोहित बाँध्छन् धागो
    गरौँ सबैले गर्व !
    ख)
    राखेर मनमा गर्व
    आउँछन् टाढाका माइती
    चेलीसँग मनाउन पर्व !
    ✍️ बिबा तामाङ
    दार्जिलिङ
    २७)
    ————–
    क)
    गर्नु हुँदैन अबेर
    जागाैँ लागाैँ सबै
    भई सत्कर्ममा लागेर !
    ख)
    सुरक्षाकवच यो रक्षाबन्धन
    बाँधौँ सबैले मिली
    नगराैँ असभ्य प्रपञ्चन !
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    २८)
    ————–
    क)
    सुरक्षा खोज्छौ धागोमा
    सम्बन्धको हात समाई
    नडढोस् प्रेम आगोमा !
    ख)
    अपेक्षा रक्षाको गरिन्छ
    विश्वासको नटुटोस् डोरो
    नत्र सङ्कटमा परिन्छ ।
    ✍️ होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    २९)
    ————–
    क)
    माया मनमा साँधेर
    दाजु बहिनीको प्रेम
    जोगाऔँ राखी बाँधेर !
    ख)
    हलुका हुन्छ मन
    दाजु बहिनीको लागि
    आउँदा यो रक्षाबन्धन !
    ग)
    मायाले जित्नुछ संसार
    पवित्र हाम्रो नातामा
    केही चाहिँदैन उपहार !
    ✍️ खडक आर सी मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    ३०)
    ————–
    सनातन हिन्दु धर्म
    मान्नु पर्छ हामीले
    नछोडौँ आफ्नो कर्म !
    ✍️ सरिता सेढाई
    धादिङ
    ३१)
    ————–
    क)
    छन् संस्कार अनेक
    जनैपूर्णिमा पर्व आयो
    मनाउनू खाई हरेक !
    ख)
    हुन्छ सुरक्षा  तन्त्रले
    रोग ब्याधी हटाउदै
    डाेरी बाँध्नु मन्त्रले ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    ३२)
    ————–
    क)
    शिरमा राम्रो चन्दन
    खुसी साट्ने हामीले
    फेरि आयो रक्षाबन्धन !
    ख)
    होओस् सुखशान्ति सबैमा
    पवित्र पर्व दिदीभाइको
    दुःख नहोस् कसैमा !
    ✍️ चन्द्रिका रिमाल न्यौपाने
    ३३)
    ————–
    क)
    हिमाल पहाड तराई
    आफ्नो आफ्नो तरिकाले
    मनाउछौँ हामी जनैपूर्णिमालाई !
    ख)
    मनाऔँ जनैपूर्णिमा रमाई
    हातमा रक्षाबन्धन बाँधेर
    खिर, क्वाँटी खाई !
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके
    ३४)
    ————–
    क)
    आयो राखी चाड
    सम्बन्ध चेली माइतीमा
    नहोस् कदापि खेलवाड !
    ख)
    रक्षाबन्धन हरेक वर्षमा
    आउँछ धागो बोकेर
    बित्दछन् दिनहरू हर्षमा !
    ✍️ सरोजा बान्तवा पीयूष
    गीत खोला, भारत
    ३५)
    ————–
    क)
    थालमा राखी सजाई 
    चन्दन लगाउँदै रक्षाबन्धनमा
    खुवाउने गर्छन् मिठाई !
    ख)
    सुस्वास्थ्य दीर्घायुको कामना
    गर्दछ्न् बाँध्दै रक्षाबन्धन
    अटुट प्रेमको चाहना !
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    ३६)
    ————–
    के रक्षाबन्धन परदेशमा ?
    आमा रुँदै होलिन्
    कुना बसेर घरदेशमा !
    ✍️ सुजाता डि सी
    हाल दोहा कतार
    ३७)
    ————–
    क)
    बैनीलाई खुवाउनु प्रसाद
    रक्षाबन्धनको सबै सबैलाई
    मेरो तर्फबाट आशीर्वाद !
    ख)
    नहोस् निधार खाली
    हातमा रक्षासूत्र लगाउनू
    परिवारमा छाउँछ खुसियाली !
    ✍️ सुरेश बि सी
    शिखर ११ डोटी
    ३८)
    ————–
    क)
    मनको सुन्दर भावना
    चाड यो दिदीभाइको
    सबैमा छ शुभकामना !
    ख)
    चेली माइतीको बन्धन
    जन्म जन्मको साइनो
    छरियोस् सुवासित चन्दन !
    ✍️ मोती योन्जन सुब्बा
    दार्जिलिङ
    ३९)
    ————–
    क)
    दाजुभाइ दिदीबहिनीको प्यार
    प्रगाढ भएमा आपसमा
    जित्न सकिन्छ संसार !
    ख)
    चाड दाजुभाइ दिदीबहिनीको
    रक्षा गर्ने रक्षाबन्धनले
    याद दिलाउँछ जीवनभरिको !
    ✍️ साहित्य प्रेमी सुशील
    धनगढी
    ४०)
    ————–
    भाइबहिनीको अटुट बन्धन
    मनाउने सबै मिलिजुली
    लगाएर टीका, चन्दन  !
    ✍️ नागेन्द्रप्रसाद यादव
    ४१)
    ————–
    क)
    फुकाई वेदना मनभरिको
    प्रगाढ बनाउँछ रक्षाबन्धनले
    सम्बन्ध दाजुभाइ, दिदीबहिनीको !
    ख)
    यही गर्छु कामना
    सम्पूर्ण दाजुभाई, दिदीबहिनीको
    पूरा होऊन् चाहना !
    ✍️ साबित्री प्याकुरेल
    धादिङ्ग
    ४२)
    ————–
    क)
    बहिनीले बाँधिन् राखी
    दाजु मुस्कुराउँदै हाँसे
    देवता राखेर साखी !
    ख)
    शुभबिहानी शुभदिन आयो
    रक्षासूत्र बाँध्दै थिइन्
    पवित्र बन्धनले सजायो !
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तनहुँ
    हाल चनपा ६ मातातीर्थ।
    ४३)
    ————–
    क)
    क्वाँटी पर्वको कामना
    मनाउँ हामी रम्दै
    बनाई शुद्ध मनोभावना !
    ख)
    रक्षाबन्धन पर्व मनाउन
    जनै लगाउँ काँधमा
    संस्कार हाम्रो जोगाउन ।
    ✍️ सुनिता निरौला पौडेल
    राधे  राधे, भक्तपुर । हाल-अष्ट्रेलिया
    ४४)
    ————–
    क)
    पवित्र बाँधियोस् जनै
    जनैपूर्णिमालाई हेला नगरौँ
    स्वच्छ बनोस् मनै !
    ख)
    श्रीकृष्णले चलाएको रित
    बाधौँ रक्षाबन्धन दाजुभाइमा
    संस्कार रहोस् जीवित !
    ग)
    दिदीबहिनीलाई दाजुभाइको चाहना
    रक्षाबन्धनले सम्बन्ध सुधारोस्
    सबैमा हार्दिक शुभकामना !
    ✍️ वेदु न्यौपाने
    ४५)
    ————–
    क)
    रक्षाबन्धन चाड हाम्रो
    संस्कारले महान् छौँ
    चाडपर्व सबै राम्रो !
    ख)
    भाइको जीवन उज्यालो
    रक्षाबन्धनले बोध गराउँछ
    बहिनीको माया प्यारो !
    ग)
    रक्षाबन्धनको धागो बलियो
    आपसी समझदारी बढाउने
    संवेदनाले चेतना भरियो ।
    ✍️ नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल
    ४६)
    ————-
    क)
    खुसी भयो मन
    जब आयो जनैपूर्णिमा
    नयाँ नाम रक्षाबन्धन !
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    ४७)
    ————–
    क)
    पहेलो डोरी चन्दन
    महान पर्व जनैपूर्णिमा
    हाम्रो यो रक्षाबन्धन !
    ख)
    उत्कृष्ट हाम्रो संस्कृति
    रक्षाबन्धन पावन पर्व
    मनपर्ने गर्दछ अति !
    ✍️ जानुका बाँस्कोटा
    काठमाण्डौ
    ४८)
    ————–
    क)
    पुरुषहरूको पर्व रक्षाबन्धन
    मनाऔँ रमाइलो गरी
    हटोस् जिन्दगीको क्रन्दन !
    ख)
    रक्षाबन्धनको पवित्र डोरो
    एकदिन लगाएर फ्याँक्छ
    आजको आधुनिक छोरो !
    ✍️ बिपी लामिछाने
    दमक, झापा
    ४९)
    ————–
    क)
    सप्तर्षिकाे पूजा गरिन्छ
    श्रावण शुक्ल पूर्णिमामा
    रक्षाबन्धन नाडीमा धरिन्छ ।
    ख)
    नूतन याेज्ञाेपवीत धारण
    सनातन धर्मकाे माैलिकता
    प्रभुले गराउने तारण !
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ५०)
    ————–
    आयो रक्षाबन्धन पर्व
    मनाउँछौँ बाँधेर धागो
    नेपाली हुनुमा गर्व !
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    ५१)
    ————–
    क)
    हातमा बाँधौँ रक्षासूत्र
    धार्मिक महत्व बुझी
    काँधमा लगाउँ ब्रह्मसूत्र !
    ख)
    आस्था घट्दैछ नेपालमा
    हाम्रा धार्मिक पर्वहरूको
    बढ्दैछ महत्व विदेशमा !
    ✍️ ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
    ईटहरी- १ हलगडा सुनसरी
    ५२)
    ————–
    क)
    यज्ञोपवीत धारण गरी
    ऋषितर्पणी पर्व मनाऔँ
    हात डोरीले भरी !
    ख)
    यज्ञसूत्र डोरो लगाई
    रमौँ जनैपूर्णिमा पर्वमा
    बजारबाट क्वाँटी मगाई !
    ✍️ हरिप्रसाद तिमल्सिना
    त्रिपुरा सुन्दरी- ४ धादिङ
    ५३)
    ————–
    क)
    तागाधारीहरूको महान् पर्व
    जनैपूर्णिमाको पावन अवसरमा
    रक्षाबन्धन गरिन्छ सगर्व !
    ख)
    आत्मियता बनाउनलाई कन्चन
    दिदीबहिनीको हातबाट बर्सेनी
    गरिन्छ दाजुभाइलाई रक्षाबन्धन !
    ✍️ बाबुराम गौतम
    गुल्मी
    ५४)
    ————–
    वैदिक विधि रक्षाबन्धन
    उपज हिन्दु संस्कारको
    शान्ति दिलाऔँ स्पन्दन !
    ✍️ हितमान छन्त्याल (सहोदर )
    पोखरा, कास्की
    ५५)
    ————–
    क)
    आयाे हाम्रो चाडपर्व
    क्वाँटी खाएर मनाऔँ
    गर्नुपर्छ संस्कृतिमा गर्व !
    ख)
    स्वच्छ राखाैँ मनै
    कम्तीमा एक वर्षमा
    फेर्नु हाेला जनै !
    ✍️ कल्पना भण्डारी
    ५६)
    ————–
    रक्षाबन्धन वार्षिक पर्व
    सबै मिलेर मनाऔँ
    गरौँ नेपालीले गर्व !
    ✍️ रवि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    ५७)
    ————–
    क)
    यो रक्षाबन्धनको आस
    सम्बन्ध दाजु बहिनीको
    रमाइलो बन्दछ खास !
    ख)
    रक्षाबन्धन धार्मिक पर्व
    परम्परा अनुसार मनाउँदा
    सारै लाग्छ गर्व !
    ✍️ सतीश सिकारु
    तनहुँ चुँदी
    ५८)
    ————–
    क)
    सहभागीता पूरा जनाई
    संस्कार संस्कृति जोगाऔँ
    रक्षाबन्धन पर्व मनाई !
    ख)
    आफ्नो संस्कार पर्व
    माइतीलाई राखी बाँधी
    चेलीले गर्छन् गर्व !
    ✍️ अम्बिका गिरी
    विराटनगर
    ५९)
    ————–
    क)
    मन्त्रणा गरेको रक्षाबन्धन
    पर्व मनाउँदै सबैले
    गरौँ विज्ञानमा मन्थन !
    ख)
    सम्बन्धको सूत्र धागो
    रक्षा कवच बनेर
    निभाउँछ अहङ्कारको आगो !
    ✍️ विवश पारदर्शी
    झापा
    ६०)
    ————–
    क)
    यम यमुनाले मनाएका
    रक्षाबन्धनको पावन पर्व
    त्यही रीति जनाएका !
    ख)
    हातमा डोरी बाँधिने
    भाइबहिनीको यो चाडले
    सम्बन्ध दह्रो साँधिने !
    ग)
    जनैपूर्णिमा पर्व जानिने
    पवित्र पर्व हामीहरूको
    हरेक घरमा मानिने !
    ✍️ ज्योतिका क्षेत्री सुकुना सिलगढी भारत
    ६१)
    ————–
    क)
    हातमा बाँधेर रक्षाबन्धन
    सांस्कृतिक पर्व मनाऔँ
    प्रसन्न रहन्छ मन !
    ख)
    सधैँ माया बाँडेर
    जिउनु पर्छ खुसीले
    अमर नाता ठानेर !
    ✍️ कृष्ण बहादुर बजगाई
    भक्तपुर
    ६२)
    ————–
    क)
    मानौँ चाड रक्षाबन्धन
    दिदीबहिनीबाट धागो बाँध्दा
    प्रसन्न रहन्छ मन !
    ख)
    दिदीबहिनीमा रहोस् आत्मियता
    चाडपर्वले हामी सबैलाई
    बनाओस् बलियो एकता !
    ✍️ अर्जुन प्रसाद चौलागाई
    हाल: अमेरिका, बोस्टन
    ६३)
    ————–
    क)
    हटोस् मनका क्रन्दन
    संस्कृति थाती राख्दै
    मनाऔँ चाड रक्षाबन्धन !
    ख)
    एउटा सच्चा कर्म
    रीति परम्परा थाम्नु
    सबैको अमूल्य धर्म !
    ✍️ विष्णु पंगेनी (पाण्डे )
    वालिङ् -स्याङ्जा
    ६४)
    ————–
    नपरोस् कालो छाया
    पवित्र बन्धनले बाँधिँदै
    भाइबहिनीको अनन्त माया !
    ✍️ देव स्याङ्देन
    कालेबुङ
    ६५)
    ————–
    क)
    उठाउँ सनातन संस्कार
    देशलाई रक्षासूत्रले बाँधी
    हटाउँ विकृत व्यवहार !
    २)
    ब्रम्हा, विष्णु, महेश्वर
    ज्ञान, कर्म, याेगकाे
    रक्षा विधानको भर !
    ✍️ ईश्वर लामिछाने
    धरान, सुनसरी
    ६६)
    ————–
    क)
    बाँधेर धागो जताइन्
    प्यार बहिनीले सधैँ
    मीठो व्यवहारले बताइन् !
    ख)
    भाइ बहिनीको बन्धन
    अथाह विश्वासको हो
    जोडिएको हुन्छ मन !
    ग)
    दिनुहोस् अबको पालो
    बहिनीलाई समान अवसर
    चिरेर समाजको जालो !
    ✍️ सुरेशकुमार पाण्डे
    ६७)
    ————–
    क)
    रक्षाबन्धन फेरि आयो
    दाजु, बहिनीको सम्बन्ध
    प्रगाढ यसले बनायो ।
    ख)
    गरेर प्रेमको साटासाट
    सुखदु:ख गरी मनाऔँ
    चाडपर्व निकाली आँट !
    ✍️ पदमराज न्यौपाने
    रामारोशन ४ अछाम
    ६८)
    ————–
    क)
    हातमा राखी बाँधेर
    चेली माइतीको सम्बन्ध
    गाढा मनभित्र राखेर !
    ख)
    नेपाली परम्परा बचाऔँ
    हामी सबैले मिलेर
    विदेशी संस्कार भगाऔँ ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ६९)
    ————–
    क)
    हिन्दुको धेरै पहिचान
    जोगाउन कठिन भयो
    प्रहार हुँदैछ जानाजान !
    ख)
    विश्वासमा टिकेको पर्व
    विज्ञानसम्मत भएकै कारणले
    हामीमा लाग्दछ गर्व !
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १
    २०८२/४/२२
    ७०)
    ————–
    क)
    आत्मशुद्धि शुद्धताको पर्व
    रक्षाबन्धनले बढाउँछ भाइचारा
    सप्तऋषि पुजनमा गर्व !
    ख)
    उपाकर्म रक्षाबन्धन लगाउने
    सनातन हाम्रो हिन्दुत्वको
    पवित्र आत्मा जगाउने !
    ✍️ हिरालाल न्यौपाने
    बानपा ८ कोटमौला सल्यान
    ७१)
    ————–
    आइरहोस् रक्षाबन्धन पर्व
    भेट हुँदा भाइबहिनीको
    लाग्छ मनमा गर्व !
    ✍️ गंगाराम यादव
    औराबनि, सुनसरी
    ७२)
    ————–
    क)
    नाडीमा बाँधेर सूत्र
    गरौँ धर्मको रक्षा
    सबै व्यवहारमा उत्र !
    ख)
    दिदिबहिनी सबैलाई शुभकामना
    रक्षा गरुन् कुलदेवताले
    सबैको पुगोस् चाहना !
    ग)
    रक्षा गरुन् रविले
    दाहिना परुन् कुलदेव
    लेख्नु दुनियाँ कविले !
    ✍️ ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम  अछाम
    ७३)
    ————–
    सम्बन्ध कहिल्यै नटुटोस्
    उठोस् रिस जतिसुकै
    हात कसैमाथि नउठोस् !
    ✍️ पशुपति राई
    ७४)
    ————–
    क)
    फेरेर वर्षेनी रक्षासूत्र
    बचाऔँ आफ्नो संस्कृति
    भएर ब्राह्मणको पुत्र !
    ख)
    दिदीबहिनीको असीम अनुराग
    रक्षाबन्धनको पवित्र फेरो
    रहोस् जहाँतहीँ पुष्पपराग !
    ✍️तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    ७५)
    ————–
    क)
    प्रगाढ नाता बनोस्
    हातमा बाँधेर राखी
    सम्बन्ध फराकिलो खनोस् !
    ख)
    तागाधारीले जनै फेर्ने
    दिदिबहिनी बाँधेर राखी
    ममताले दाजुभाइ हेर्ने ।
    ✍️ राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    ७६)
    ————–
    क)
    रङ्गीचङ्गी धागो तानिन्छ
    सम्बन्धको साँचो जस्तो
    मनको आँगन बानिन्छ ।
    ख)
    जनै काँधमा सर्छ
    गुरु अघिल्तिर झुकी
    श्रद्धाले मन भर्छ ।
    ख)
    सपनाको ज्योति हाल्छु
    मनभित्रका सबै कुठाराघात
    यसै दिनमा फाल्छु ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ७७)
    ————–
    क)
    संस्कृति जाेगाउने कर्म
    निरन्तर लागि परेपछि
    हाेला मानवीय धर्म !
    ख)
    आयो रक्षाबन्धन पर्व
    सम्बन्ध गाढा बनाेस्
    जगाई मनमा गर्व !
    ✍️ काेपिला अधिकारी
    गाेरखा
    ७८)
    ————–
    क)
    ठूलो दाजुभाइको गोल
    दिदीबहिनीद्वारा बाँधिने राखीको
    नगरौँ कुनै मोलतोल !
    ख)
    हटाउन बाधा अड्चन
    निश्वार्थ भावनाले दाजुभाइलाई
    चेलीबेटीद्वारा लगाइदिने रक्षाबन्धन !
    ✍️ हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    ७९)
    ————–
    क)
    चेली माइतीको सम्बन्ध
    सुमधुर रहोस् सदा
    नआओस् फाटोको दुर्गन्ध !
    ख)
    क्वाँटी खाएर मनाऔँ
    सद्भाव राखौँ सबैमा
    संस्कार संस्कृति जोगाऔँ !
    ✍️ राधा चाम्लिङ
    खोटाङ
    ८०)
    ————–
    क)
    रक्षाबन्धन पर्व आयो
    दिदीबहिनी नहुँदा हेर
    दाजुभाइको आँखा रसायो ।
    ख)
    प्रेम, विश्वासको पर्व
    हातमा डोरी बाँधेर
    रक्षाबन्धनको गरौँ गर्व ।
    ✍️ कला झापाली
    ८१)
    ————–
    क)
    बहिनीको हातले बाँधेर
    रक्षाको बलियो डोरी
    बाँच्नेछु सँगै हाँसेर !
    ख)
    सुस्वास्थ्यको गर्दै कामना
    लम्बियोस् आयु दाजुभाइको
    नहोस् कठिनाइको सामना !
    ✍️ शब्दको खेलाडी (बिसु हाङ राई)
    विराटनगर मोरङ नेपाल
    ८२)
    ————–
    पीर मनमा भए
    कसरी बाँध्नु राखी
    दाजु परदेश गए ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ८३)
    ————–
    क)
    मौलिक पर्व रक्षाबन्धन
    बाँधेर हातमा डोरो
    गरौँ संस्कृतिको संरक्षण !
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ।
    ८४)
    ————–
    क)
    तनमनको विकार हटाई
    स्वस्थ जीवन बिताएर
    जनैपूर्णिमाको डोरो लगाई !
    ख)
    संस्कृति नेपाली राम्रो
    हिमाल पहाड तराई
    जीवन नेपाली हाम्रो !
    ✍️ नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    ८५)
    ————–
    रक्षाबन्धन फेरि आयो
    त्रिवेणीमा जनैको मेला
    हिन्दुको मन रमायो ।
    ✍️ चिरञ्जीवी ढकाल
    ८६)
    ————–
    जनैपूर्णिमा भव्य मनाऔँ
    रक्षासूत्र हातमा लगाएर
    सनातन भनी जनाऔँ ।
    ✍️ सविता भट्टराई जनकपुरधाम
    ८७)
    ————–
    क)
    विघ्नबाधासँग गर्दै सामना
    मधुरम् सम्बन्ध होओस्
    रक्षाबन्धनको छ शुभकामना !
    ख)
    बनुन् सम्बन्ध सघन
    आपसमा जाेडोस् आत्मीयताले
    मधुर प्रेमको रक्षाबन्धन !
    ग)
    चाहना हाेउन् पूरा
    अधुरो नहाेस् रक्षाबन्धन
    बिर्सनू पुराना कुरा !
    ✍️ रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    ८८)
    ————–
    क)
    दिदीभाइको सम्बन्ध राम्रो
    रक्षाबन्धनको यो डोरोले
    कसियोस् सम्बन्ध हाम्रो !
    ख)
    चाडपर्व मौलिक संस्कृति
    ठानेर समाजको ऐना
    हटाऔँ गलत प्रवृति !
    ✍️ जयनारायण नेपाल
    बालकोट ,भक्तपुर
    ८९)
    ————–
    मन पवित्रताको पर्व
    सौम्य भाइबहिनीको माया
    अनुपम हर्षले गर्व !
    ✍️ आर्त अकुलीन
    ९०)
    ————–
    संस्कार संस्कृति हाम्रो
    रक्षाबन्धन हातमा बाँधी
    जनै फेर्नु राम्रो !
    ✍️ ममता पौडेल
    बुढीगङ्गा- २  मोरङ
    ९१)
    ————–
    रक्षाबन्धनको हार्दिक शुभकामना
    आज दिनभर तड्पिरहेँ
    आउँदा दिदीबहिनीको सम्झना !
    ✍️ कबिताहरी
    सुन्दरहरैंचा १ कुमार गाउँ मोरङ
    ९२)
    ————–
    संस्कृतिको सान हाम्रो
    जगेर्नाको नाम लिँदैमा
    विकृतिको लेउ नराम्रो !
    ✍️ कमला देवकोटा
    ९३)
    ————–
    क)
    रक्षाबन्धनको यो दिन
    हुन्छ मिलन भाइबहिनीको
    दु:खपिर बिर्सिई एकछिन !
    ख)
    अटुट रहने बन्धन
    दुबोझैँ सदा मौलाइरहोस्
    हटेर मनका क्रन्दन !
    ✍️ यशोदा रेग्मी चम्लागांई
    तुमीन नमराङ पुर्व सिक्किम।
    ९४)
    ————–
    हातमा बाँधी डाेरी
    रक्षाबन्धन भन्दै यहाँ
    गर्छन् कर्म चाेरी !
    ✍️ जी.वि. चिन्तन
    घाेराही, दाङ
    ९५)
    ————–
    क)
    विश्वास हो रक्षाबन्धन
    फलुन् फुलुन् माइती
    लगाई निधारमा चन्दन !
    ख)
    रक्षाबन्धनको महिमा अपार
    हार्दिकताको भावना हृदयदेखि
    स्वीकार्छु, मान्दिनँ हार !
    ग)
    डोरीजस्तै रङ्गीन बनोस्
    रक्षाबन्धनको छ शुभकामना
    सम्बन्ध मिठो रहोस् !
    ✍️ मीना खड्का
    हेटौडा -१९ बस्तीपुर
    ९६)
    ————–
    क)
    भाइबहिनीको यो माया
    अटुट बनिरहोस् सधैँ
    नपरोस् कहिल्यै छाया।
    ख)
    सम्बन्ध मनले मानौँ 
    आफ्नो र पराई
    सधैँ भावनाले जानौँ ।
    ✍️ दुर्गा आचार्य
    मोरङ
    ————–

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    अमेरिका घुम्न जानेले भिसा आवेदन दिँदा नै २१ लाख रूपैयाँ तिर्नुपर्ने

  • २२ श्रावण २०८२, बुधबार १३:१७ मा प्रकाशित
  • काठमाडौं । ट्रम्प प्रशासन सुरुदेखि नै आप्रवासीहरूप्रति कडा रहेको छ र कडा भिसा नियमहरू लागू गरिरहेको छ । यसैबीच, अमेरिकाले अब एक नयाँ पाइलट कार्यक्रम ल्याएको छ जस अन्तर्गत पर्यटक र व्यापारिक भिसामा अमेरिका जाने मानिसहरूले भिसा बन्डको रूपमा १५,००० डलर अर्थात् २१ लाख रूपैयाँ जम्मा गर्नुपर्नेछ ।

    अमेरिकी विदेश विभागको यस कार्यक्रमको उद्देश्य भिसा सकिएपछि पनि अमेरिकामा बस्ने मानिसहरूको संख्या घटाउनु भएको बताइएको छ । कार्यक्रम अनुसार, पर्यटक भिसा (बी१ भिसा) र व्यापार भिसा (बी२ भिसा) मा अमेरिका जाने व्यक्तिहरूबाट भिसा बन्ड लिइनेछ ।

    यस कार्यक्रम सम्बन्धी सार्वजनिक सूचनामा भनिएअनुसार विगत केही वर्षदेखि लाखौं विदेशीहरू समयमै अमेरिका नछोड्ने र भिसाको म्याद सकिएपछि पनि अमेरिकामै बस्ने गरेको देखिएको छ। यद्यपि, सूचनामा यो भिसा कार्यक्रम अन्तर्गत सबै देशहरू समेटिनेछन् वा केही देशहरूलाई छुट दिइनेछ भन्ने कुरा स्पष्ट पारिएको छैन।

    समाचार एजेन्सी रोयटर्सका अनुसार नयाँ भिसा कार्यक्रम अगस्ट २० देखि लागू हुने अपेक्षा गरिएको छ र लगभग एक वर्षसम्म रहनेछ। सूचना अनुसार कन्सुलर अधिकारीहरूलाई उनीहरूको विवेकका आधारमा भिसा आवेदकहरूमाथि ५ हजार, १० हजार वा १५ हजार डलरको तीन प्रकारका बन्ड लगाउने अधिकार दिइनेछ।

    पर्यटक र व्यापारिक भिसामा अमेरिका गएका व्यक्तिहरू अमेरिकाबाट फर्किएपछि भिसाको सर्त अनुसार बन्डको पैसा उनीहरूलाई फिर्ता गरिनेछ। भिसा सकिएपछि अमेरिकामै बस्नेहरूले यो रकम फिर्ता पाउने छैनन् । कार्यक्रम अन्तर्गत कुन देशहरू समावेश हुनेछन् भन्ने बारेमा हाल कुनै स्पष्ट जानकारी छैन । तर, अमेरिकाले अवैध आप्रवासीको रूपमा नेपालीहरूलाई समेत निष्काशन गरेको पृष्ठभूमिमा यो कार्यक्रममा नेपाल पनि समावेश हुने सम्भावना धेरै छ।

    यो बन्ड ती देशका व्यक्तिहरूले भर्नुपर्नेछ जो आफ्नो भिसा सकिएपछि पनि अमेरिकामा बस्छन् र जससँग पर्याप्त कागजातहरू छैनन्। सार्वजनिक सूचनामा कार्यक्रम लागू हुनुभन्दा कम्तिमा १५ दिन अगाडि कुन देशहरू कार्यक्रम अन्तर्गत समावेश हुनेछन् भन्ने जानकारी दिइनेछ र यस अवधिमा देशहरूको नाम संशोधन पनि गर्न सकिने उल्लेख छ।

    अमेरिकी विदेश विभागले यो भिसा कार्यक्रम विदेशी सरकारहरूले पनि आफ्नो घरेलु सुरक्षा प्रणालीलाई बलियो बनाउन र आफ्ना नागरिकहरू वैध कागजात बिना अन्य देशहरूमा नजाने कुरा सुनिश्चित गर्न लागू गरिएको बताएको छ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबर

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १३०

  • २१ श्रावण २०८२, मंगलवार १५:३८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयतीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०४/१५

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३०{एकसयतीसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    राम्रो लाग्छ सबै फूल देख्दा
    दुःख भाग्छ सबै फूल देख्दा
    सुन्दर फूल रोज्ने हो हामी,
    खुसी जाग्छ सबै फूल देख्दा
    सिमा नाग्छ सबै फूल देख्दा।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    फक्राएर फुलाउन फूल रोज्न पाऊँ
    जीवन सुधर्नलाई भुल रोज्न पाऊँ
    झूट सत्य सुख दुःखको यो जीवनमा,
    जन प्रिय बन्नलाई कुल रोज्न पाऊँ
    सहमत दिने खाले हुल रोज्न पाऊँ ।

    ✍️अच्युत घिमिरे,
    सर्पाङ भुटान🇧🇹

    पञ्चाङ्ग:०३
    हेर्दा हाँसेको मुसुक्क देखिन्छौ
    घाम लागेमा लुसुक्क देखिन्छौ
    तैपनि सुगन्ध दिन छोडेनौ ,
    राती बसेको टुसुक्क देखिन्छौ
    हेरी बिर्सेको भुसुक्क देखिन्छौ ।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०४
    फूल हुन फूलले फुल्नु पर्छ
    राम्रो फलेको धान झुल्नु पर्छ
    सबैकाे आआफ्नो पहिचान छ,
    नुनले नि पानीमा घुल्नु पर्छ
    भर हावा बेलुन फुल्नु पर्छ ।
    भवानी घिमिरे

    पञ्चाङ्ग-०५
    फूललाई जति पिडा यहाँ कसलाई होला हजुर
    उसको पनि त जीवन हो भित्र कति रोला हजुर
    आजको कोपिला भोलि त ढकमक्क फूलेको देखिन्छ,
    पर्सि नै चुडिनु पर्ने हेर्नोस् त यो कस्तो चोला हजुर
    निर्दयी छन् मान्छे उसको मन कसले छोला हजुर।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६
    वनस्पतिमा पर्दैन फूल हजुर
    प्रकृति भित्र साैदर्य मूल हजुर
    सृष्टिमा सबैको अस्तित्व प्रधान छ,
    सफा गर्दछ मनकाे धुल हजुर
    मायापाशकाे पवित्र पुल हजुर ।
    -प्रधुम्न चालिसे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    उमेश भट्टराईको अध्यक्षतामा नवगठित एनआरएनए कार्यसमितिले नेपाली राजदूतावाससँग गर्यो साक्षात्कार भेटघाट

  • २० श्रावण २०८२, सोमबार ००:४३ मा प्रकाशित
  • समर्पण रमजान

    रियाद साउदी अरबिया ! एनआरएनए साउदी अरबको नवगठित कार्यसमितिले गत १ अगस्ट २०२५ शुक्रवारका दिन नेपाली राजदूतावास रियाद स्थित दूतावास परिवार सँग साक्षात्कार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ
    गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीअरबको दशौँ राष्ट्रिय महाधिवेशन बाट ०२५/२७ कार्यकालका लागी उमेश भट्टराईको नेतृत्वमा निर्वाचित कार्यसमिति द्वारा नेपाली राजदूतावास रियादका लागी महामहिम राजदूत श्री डा.नरेश विक्रम ढकाल, उपनियोग प्रमुख सृजना अधिकारी तथा सम्पूर्ण, दूतावास परिवार को उपस्थितिमा साक्षात्कार भेटघाट कार्यक्रम गरेको हो
    उक्त साक्षात्कार कार्यक्रमका क्रममा नेपाली राजदूतावास रियादको तर्फ बाट महामहिम राजदूत डा. नरेश विक्रम ढकालले नव निर्वाचित कार्यसमितीलाई बधाई ज्ञापन गर्नु हुँदै शुभकामना व्यक्त गर्नुका साथै एनआरएनए साउदी अरब द्वारा आगामी दिनहरूमा नेपाली समुदाय तथा श्रमिक हितको लागी गरिने कार्यहरूमा नेपाली राजदूतावासको सदैव साथ र सहयोग रही रहने प्रतिबद्धता जाहेर गर्नु भएको थियो। त्यसै गरी श्रम काउन्सिलर कविराज उप्रेतीले श्रमिक सचेतना तथा सामाजिक सुरक्षा कोष सम्बन्धी सुचना भरपुर मात्रामा नेपाली श्रमिक माझ संप्रेषण गर्न विशेष भूमिका निर्वाह गरिदिन संघलाई आग्रह गर्नु भएको थियो

    उक्त कार्यक्रममा एनआरएनए साउदी अरबका कामर्यसमितिका पदाधिकारीहरू, रियाद क्षेत्रीय समन्वय समितिका पदाधिकारीहरू यसैगरी अल्कासिम क्षेत्रीय समन्य समितिका पदाधिकारीहरू र अन्य समाजसेवीहरूको उपस्थिति रहेको थियो।
    कार्यक्रममा एनआरएनएका तर्फबाट नवनिर्वाचित अध्यक्ष उमेश भट्टराईले दूतावास सँग भविष्यमा अझै निकटमा रहेर सामाजिक कार्यमा आफू तथा आफ्नो टिम अग्रसर रहने र श्रमिकहरूको हक हितका लागि आफू निरन्तर खटिरहने दुःखमा परेका श्रमिकहरूलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    साप्ताहिक पञ्चाङ्ग भाग- १५९

  • १९ श्रावण २०८२, आईतवार २२:११ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय उन्नसाठीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५९————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०४/१२
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    जिन्दगी अन्तै मोडेर जाउँ
    अहंकारीता छोडेर जाउँ
    दिनहुँ झगडा कहिलेसम्म,
    दुष्टको दिल फोडेर जाउँ
    सत्य वचन जोडेर जाउँ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    नागको माला लगाउने उनै शिव हुन्
    मनमा उर्जा जगाउने उनै शिव हुन्
    भगवान् सम्झिने त आ-आफ्नो विधि हुन्छ
    भुत र प्रेत भगाउने उनै शिव हुन्
    कैलाश कुटी जगाउने उनै शिव हुन् ।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०३
    व्यस्त सहरमा कसरी चलाउने जिन्दगी यो
    अक्सिजन छैन कसरी पलाउने जिन्दगी यो
    एक घरका अर्को घरकासँग चिनजान छैन,
    छैन खाना,पानी कसरी जलाउने जिन्दगी यो
    जग्गा नत खेती कसरी फलाउने जिन्दगी यो ?

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    नागको स्थान झरियो आज
    बिहानै पूजा गरियो आज
    श्रावण नागे पञ्चमी पारी,
    पण्डित जस्तै परियो आज
    फलले पेट भरियो आज।
    घनश्याम पौडेल,पोखरा।

    पञ्चाङ्ग:०५
    नाग पुजा गरेर गयौ
    दुध लावा छरेर गयौ
    आज हरेकको घर,
    बेँशीतिर झरेर गयौ
    खिर मकै भरेर गयौ।
    -सुमित्रा पोखरेल काठमाडौं।

    ॐ
    पञ्चाङ्ग:०६


    प्रकृतिमा रहेका बिषाक्त साेस्ने नाग रक्षक देशकाे साथी
    सुशासन प्रत्याभूति दिने नेता बाग भक्षक देशकाे साथी
    जतासुकै असन्तुष्टि छाएको कता हरायो मानवता भन्छन् ,
    मूल्यमान्यता र सिद्धान्तको खाेल ओड्ने तक्षक देशकाे
    साथी
    स्वाधीनता पैसामा साट्न पछि नपर्ने अक्षक देशको साथी ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग-०७
    सनातन हाम्रो धर्मलाई धान्दछौं हामी
    आफूलाई प्रकृतिको अंस ठान्दछौं हामी
    जीवन र जगतसित सम्बन्ध गाँसी,
    यो प्रकृतिलाई पुजा गर्न जान्दछौं हामी
    नागलाई पनि देवता नै मान्दछौं हामी ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग भाग- १५७

  • १९ श्रावण २०८२, आईतवार २२:०७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयसन्ताउन्नौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५७————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०३/३०
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    सदाको लागि दुष्टकाे शिर तल पारेर झार्ने हतियार मसँग छ
    जिउँदो भएकाे शरीरलाई मरेतुल्य पार्ने हतियार मसँग छ
    सोचिरहेका छाै हाैला तिमी, आफू जस्तो विद्धान र जान्ने कोही छैन् यहाँ
    त्यस्ताे ठूलो घमण्डको झाडीलाई बेराले बार्ने हतियार मसँग छ
    खराब नियत लिइ आउनेलाई पर सार्ने हतियार मसँग छ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग-२.
    भानुको शिरमा बिर्के टोपी चटक्क देखियो
    निधारबीच त्यो रातो टीका झलक्क देखियो
    भानु देखेॅ अझै राम्रो दौरा र सुरुवालमा,
    रामायण छ साथैमा र पो गमक्क देखियो
    रघु नन्दनको गाथा सुन्दा मसक्क देखियो।
    घनश्याम पौडेल

    पञ्चाङ्ग -३

    दुई शब्दहरू मिठा बाेली देउन माया
    तिम्रो जवानीकाे रङ्ग घाेली देउन माया
    दुई दिनकाे जीवनमा मरिलानु के छ?
    ती भित्री मनका कुरा खाेली देउन माया
    मलाई माया,प्रेमकाे गाेली देउन माया ।
    नाम केसर बाेहरा ( आदर्श )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।

    पञ्चाङ्ग -४
    मङ्गल ध्वनिले मन हुन्छ पवित्र यहाँ
    यहाँ प्रभु निराकार छैनन् सचित्र यहाँ
    मन तरंगित हुँदा निर्णय ठिक नहुने
    दुःखमा पहिचान हुने सच्चा मित्र यहाँ
    मात्र सुख साथ दिने हुन्छन् विचित्र यहाँ।

    कार्की डिबी माकुम सुनवल-४ न.प.

    पञ्चाङ्ग-५
    मुटुको भावलाई शब्दमा सार्न सक्ने भए
    नयनको भाषा परस्पर पार्न सक्ने भए
    कहिल्यै कसैलाई चोट पुग्ने थिएन होला,
    तरहको तुल्य जितसँग हार्न सक्ने भए
    मनभित्रको आँधीहरू नै टार्न सक्ने भए ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग-६

    देशमा शान्ति आओस् अब खुसियाली छाओस् सधैँ,
    प्रकृतिले पनि खुसी हुँदै चोखो माया लाओस् सधैैँ
    अशान्तिका पर्खालहरू भत्किएर नै जाउन् अब
    कोइलीले मधुरो स्वरमा मीठो गीत गाओस् सधैँ,
    पन्छी पनि स्वतन्त्रमा वनमा नाच्न पाओस् सधैँ।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग-७
    हातमा पुस्तक शिरमा टोपी छ गुरु हजुरको
    घाँसीबाट उत्प्रेरित भो जीवन शुरु हजुरको
    नेपालीको आदिकवि भनी चिनिने भानु तिमी हौ,
    पछ्याउन मन लाग्छ बाटो खुरुखुरु हजुरको
    चाहाना छ नेपाली शब्दमालामा जुरु हजुरको !!
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग-८
    भ्रष्टाचार विरोधी हुँ भन्छ भ्रष्टाचार नै गर्छ बाबै
    खेती राजनीतिको गरेर बिउ भ्रमको छर्छ बाबै
    कृषिप्रधान देश अरे एक गेडो चामल नि छैन
    नुन देखि सबै कुरा पारीबाटै ल्याउनु पर्छ बाबै
    जनता भने तुइन चुडेर सधैं सधैं मर्छ बाबै।
    पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १२९

  • १९ श्रावण २०८२, आईतवार २२:०५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसत्ताइसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०४/०१

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२९{एकसयउन्नतीऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~

    पञ्चाङ्ग:०१
    मुसुक्क मुस्कुराएर पाे हाँस्याे फूलले
    नजर नहट्ने गरेर टाँस्याे फूलले
    अनेक रंगका फुलेछन् बगैंचा भरि,
    सुन्दरताकाे अंकुसमा फाँस्याे फूलले
    आत्मियताकाे मिठो नाता गाँस्याे फूलले।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    ढकमक्क लाली गुराँस फुल्यो बनमा
    रङ्गीचङ्गी फूल, भमरा भुल्यो बनमा
    फूलको स्वच्छता आफैँमा अनमोल छ,
    बर्षातको सुन्दरता झुल्यो त्यो बनमा
    अनेकन फूल चौतर्फी खुल्यो बनमा।
    -शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग :०३

    गुराँस फुल्दा वन रमाइलो
    सम्पूर्णकाे छ मन रमाइलो
    वात्सल्यकाे प्रकृति लाेभ्याउने,
    आहा! लाग्छ जीवन रमाइलो
    त्यसैले छ गगन रमाइलो !

    -नाम केसर बाेहरा ( आदर्श )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।

    पञ्चाङ्ग:०४
    लालीगुराँस फूलेर वन उज्यालो भयो
    घुम्न आउँछौ भनेर मन उज्यालो भयो
    फूल्नु र झर्नु त प्रकृतिको नियम हो नि,
    राष्ट्रिय फूल देखेर तन उज्यालो भयो
    नेपालीहरूको आफ्नो पन उज्यालो भयो !
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०५
    पाखा भरि राष्ट्रिय फुल फुलेको देखियो,
    टाढाबाट हेर्न आउने झुलेको देखियो
    देशको सान,मान मानिन्छ यो फूलबारी ,
    पाखा छपक्कै हुनेगरी खुलेको देखियो
    पर्यटकहरूले धेरै डुलेको देखियो।

    -दुर्गा आचार्य
    मोरङ
    ।

    पञ्चाङ्ग-०६
    वनैभरि गुराँस फुल्दा कोइलीले गीत गाइ दिन्छ
    प्रकृतिको अटुट माया सधैंभरि यिनैले लाइ दिन्छ
    अनि त आँखामै ढकमक्क फुल्छ लाली गुराँस सधैं,
    कानमा कुहुकुहु गर्दै कोइली मुटु नै खाइ दिन्छ
    परदेशमा छु तर याद त वनपाखाकै आइ दिन्छ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग :०७
    पहाडको काखमा फुल्छ मन
    लाली गुराँस हेरी भुल्छ मन
    आँखाका रङ्गीन सपना छोडी,
    जाती बँगैचातिर‌ ‌ खुल्छ मन
    प्रकृति चुम्बन‌ लिन डुल्छ मन ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    ॐ
    पञ्चाङ्ग:०८


    सृष्टिको मूल हाे फूल हजुर
    काेपिला टिपेमा भुल हजुर
    बगैंचामा प्रफुल्लता छाउने
    आँखा माया गाँस्ने पुल हजुर
    खास संस्कार नै कुल हजुर ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग भाग-१५६

  • १९ श्रावण २०८२, आईतवार २२:०२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयछपन्नौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५६————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०३/२३
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    अधर्मकाे डाेरीले सत्यलाई नराम्ररी कस्दै छन्
    अरूलाई खनेको गैह्रो खाडलमा आफैं फस्दै छन्।
    मनमा द्वेष राखेर आवेगमा कार्य गर्नेहरू,
    किन? खनिएछ भन्दै टाउको समाउँदै बस्दै छन्
    सबैकाे आँखाबाट अविश्वासी भइ तल खस्दै छन्।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    सिमाना मिची खोलीको बीच जुरेछ शहर
    त्यै खोला राती उर्लेर आई पुरेछ शहर
    पानी र आगो नखेल्नु भन्थे बुढा र पाकाले,
    ढुङ्गा र रूखका ठुटा आई कुरेछ शहर
    दिउसो पनि रातमा जस्तै घुरेछ शहर।।
    -घनश्याम पौडेल,पोखरा

    👉पञ्चाङ्ग:०३
    जहाँ छैन पीडा त्यहीँ सर्न मनपर्छ
    सुखको छहारीभित्र पर्न मनपर्छ
    के के भोग्नु एक पटकको जिन्दगीमा
    अगाडि सरेर केही गर्न मनपर्छ
    विकल्प नभेटेपछि मर्न मनपर्छ ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०४
    जान्नुस् तपाईँ लाउन मित हाे संसार
    गाउन सक्नेकाे लागि गीत हाे संसार
    खेल खेल्न मैदानमा उत्रिसकेका ती ,
    खेलाडीहरुकाे लागि जित हाे संसार
    समताकाे भाव हुँदा हित हाे संसार ।

    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०५


    देश सबल हुन्छ एकतामा जाेडेर साथी
    बगैंचा राम्रो हुन्छ झारपात गाेडेर साथी
    जुनसुकै मुल्य चुकाएर नि देश बचाउ ,
    देश विकास हुँदैन नेपाल फाेडेर साथी
    आफ्नाे संस्कार संस्कृतिकाे बाटाे माेडेर साथी ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग-:०६
    देश बनाउनलाई त हातहरु चाहिन्छ
    थोरै भएनि सपनाका खातहरु चाहिन्छ
    सकारात्मक सोचाइ आउनु पर्यो पहिला,
    म मात्रै हैन हामी भन्ने बातहरु चाहिन्छ
    एक्लैले बन्दैन हजारौं जातहरु चाहिन्छ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०७
    मन यसरी फाटेर पनि मनैले सिएर बसे आज
    जीवनभरि दु:ख परे पनि हास्दैँ जिएर बसे आज
    आँखाभित्र भएकोआँसु आज रित्तिएर सुख्खा भएछ,
    दोधारमा मन राख्दै आँसु संगाल्दै पिएर बसे आज
    दिनै अचानोको धार बनेर पनि खिएर बसे आज।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०८

    पापीहरुलाई भगाउनु छ
    धर्म गर्नेलाई मगाउनु छ
    कलि आजको भोलि देखिन्छ रे,
    राम्रो चिजलाई जगाउनु छ
    दुष्टलाई तह लगाउनु छ।
    -ह्यारिस

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P