• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

भदौ ३० बाट अवैध मोबाइल नचल्ने सिस्टम लागु हुदै , आफ्नो मोबाइल यसरि दर्ता गर्नुहोस।

  • २१ भाद्र २०७९, मंगलवार ०९:४५ मा प्रकाशित
  • नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को ‘सफ्ट लन्च’ आउँदो शुक्रबार गर्ने भएको छ ।

    नेपालमा अवैध मोबाइल आयात रोक्ने उद्देश्यसहित उक्त कार्य गर्न लागेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। भन्सार छलेर र चोरी पैठारीमार्फत् अवैध रुपमा भित्रिएका मोबाईल बन्द गर्न सरकारले यो सिस्टम ल्याउन लागेको हो।

    एक कार्यक्रममा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अब कुनै विशेष परिस्थितिबाहेक आगामी भदौ ३० बाट एमडीएमएस सिस्टम शुरु गर्ने प्रतिवद्धता जनाए । नेपाल मोबाइल वितरक संघ तथा अन्य विभिन्न संघ संस्थाहरुको सहभागितामा सम्पन्न सो गोष्ठीमा एमपीआइएका अध्यक्ष दीपक मल्होत्राले हाल मोबाइलको प्रयोग गाँस, बास र कपासपछिको अति आवश्यक वस्तुको रुपमा भइरहेको बताउँदै पछिल्लो समय सरकारले विलासी वस्तुको रुपमा मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएकोमा दुख व्यक्त गर्दै सो कार्यको आपत्ति जनाए ।

    हाल व्यावसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा आईएमईआई रजिस्ट्र्र्रेसन मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टममार्फत गर्ने व्यवस्था मिलाइएको छ भने व्यक्तिगत रूपमा आयात गरेको मोबाइलको दर्ता प्राधिकरणको वेबसाइटबाट गर्न सकिने व्यवस्था छ ।

    यो प्रणाली पूर्ण रूपमा लागू भए कसैको मोबाइल हराएमा चोरि भएमा नेपालमा नचल्ने गरि बन्द गर्न सकिने छ। यदै तपाइलाइ कसैले उपहार स्वरुप विदेशबाट मोबाइल पठाएको छ भने यो लिंक मार्फत दर्दा गर्न सक्नु हुन्छ।

    कसरि दर्ता गर्ने :

    सर्बप्रथम https://eir.nta.gov.np/login मा जानुहोस। त्यसपछि SIGN UP मा क्लिक गर्नुहोस र Individual Application छान्नुहोस्। आफ्नो सम्पूर्ण विवरण भरि SUMBIT गर्नुहोस।

    नेप्से बजार बाट सभार गरिएको
    Posted in अर्थ, मुख्य खबरLeave a Comment on भदौ ३० बाट अवैध मोबाइल नचल्ने सिस्टम लागु हुदै , आफ्नो मोबाइल यसरि दर्ता गर्नुहोस।

    रियादमा ठुलो मात्रामा लागु औषध बरामद।

  • २१ भाद्र २०७९, मंगलवार ०१:१८ मा प्रकाशित

  • बुधवार, साउदी अधिकारीले राजधानी रियादको गोदाममा लगभग ४.७ करोड एम्फेटामाइन चक्कीहरू ढुवानी गर्न राखिएको पिठोमा लुकाइएको अवस्थामा फेला पार्यो । यो हालसम्म साउदी अरबमा भेटिएको अवैध लागुऔषधको सबैभन्दा ठूलो परिणाम हो ।

    بفضل الله، أحبط رجال مكافحة المخدرات تهريب نحو (47) مليون قرص من مادة الإمفيتامين المخدر .. نراهن على وعيكم تجاه أضرار المخدرات.#الحرب_على_المخدرات

    pic.twitter.com/TYKL1qIOfH

    — مكافحة المخدرات (@Mokafha_SA) August 31, 2022


    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on रियादमा ठुलो मात्रामा लागु औषध बरामद।

    दाङ क्षेत्र नं. २ (ख) नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ अभियान बस्नेतको नाम पहिलो नम्बरमा सिफारिस।

  • १९ भाद्र २०७९, आईतवार १७:२२ मा प्रकाशित
  • दाङ क्षेत्र नं. २ (ख) बाट प्रदेश सभाको निर्वाचनमा युवा नेता अभियान बस्नेतको नाम सिफारिस भएको छ ।

    नेपाली कांग्रेस क्षेत्र नं २ (ख)का सभापति समेत रहेका अभियान बस्नेत दङ्गाली युवाहरुबीच लोकप्रिय छन् ।

    २०६५ सालदेखि काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दलमा आवद्ध रहेर औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका बस्नेत ०६५ सालमा तरुण दल दाङका कोषाध्यक्षको जिम्मेवारी वहन गरी राजनीतिमा देखिदै उनी नारायणपुर उधोग बाणिज्य सङ्घको अध्यक्ष समेत रहिसकेका छन्।

    प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फ प्रदेश २ (ख) मा बस्नेत लगायत श्याम रेग्मी, प्रचण्ड न्यौपाने, कुमुद शर्मा, दिपक न्यौपाने, चित्रबहादुर डाँगी (निर्मल) र हिमबहादुरी डाँगीको नाम सिफारिस भएको छ भने। बस्नेतको नाममा अन्तिम निर्णय भएमा क्षेत्र नम्बर २ “ख” कांग्रेसको पोल्टामा पर्नसक्ने राजनीतिक विश्लेषकहरु बताउँछन्।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on दाङ क्षेत्र नं. २ (ख) नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ अभियान बस्नेतको नाम पहिलो नम्बरमा सिफारिस।

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६६ औँ भाग सम्पन्न

  • १९ भाद्र २०७९, आईतवार ११:०० मा प्रकाशित
  • काठमाण्डौँ, ११ भाद्र । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर


    तस्बिरमा उदक लेखन अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    [१]
    संस्कृति
    मौलिदै विकृति
    छुटकाे प्रतिफल नारी !
    ✍️
    राेशन पराजुली

    [२]
    संस्कृतिमा
    फैलिदै विकृति
    नारीलाई दिएको छुट !
    ✍️
    सुशीला पौडेल

    [३]
    संस्कृति
    नपार विकृत
    नारी ,सभ्य ,सुसंस्कृत !
    ✍️
    वासुदेव ज्ञवाली
    पाल्पा तानपा १ ध्रुवघाट

    [४]
    बहाना
    तीज पर्वको
    उन्मत्त, मदहोस् जिन्दगी !
    ✍️
    राम बहादुर चौधरी
    गोरखा।

    [५]
    संस्कृति
    नारीलाई छुट
    पश्चिमी संस्कार भित्रिदै !
    ✍️
    बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [६]
    तीजमा
    आधुनिकताको नाम
    संस्कृति भाड्ने काम !
    ✍️
    उर्मिला के.शी.
    धनकुटा ।

    [७]
    उन्मत्त
    बढावा विकृतिको
    उपहास नेपाली संस्कृतिको !
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ

    [८]
    संस्कृतिको
    नाउँमा विकृति
    हँराउदै मौलिक संस्कृति !
    ✍️
    सुमित्रा पोखरेल
    काठमाडौं

    [९]
    विकृति
    मौलिकता डुब्दै
    संस्कार, संकृतिको उपहास !
    ✍️
    गोपे दाजु
    पाँचथर।

    [१०]
    संस्कृति
    भनेकै नारी
    उसैले संस्कार बिगारी !
    ✍️
    बालकृष्ण खनाल
    टीकापुर कैलाली।

    [११]
    संस्कृति
    मौलिकताले पूर्ण
    कहिल्यै नबनोस् विकृति !
    ✍️
    आर्त अकुलीन
    कैलाली

    [१२]
    संस्कृति
    लोप हुँदै
    विकृति फैलँदै यहाँ !
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी

    [१३]
    अश्लिलता
    स्वतन्त्रताको आड
    विकृतिपूर्ण पारिँदै चाड !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    [१४]
    विकृति
    कारक नारी
    सङ्कटमा मौलिक संस्कृति !
    ✍️
    शिव ज्ञवाली
    गुल्मी

    [१५]
    उन्माद
    संस्कृति धमिलो
    समाज, देश बर्बाद !
    ✍️
    भवानिश्वर रन्जितकार

    [१६]
    संस्कृति
    छायाे विकृति
    भित्रियाे पश्चिमा कुरीति !
    ✍️
    प्रद्युम्न चालिसे

    [१७]
    संस्कृति
    भित्र्याउँदै विकृति
    मर्म नबुझ्ने धर्म !
    ✍️
    पशपती राई
    खोटाङ

    [१८]
    संस्कृति
    पुर्खाको चिनो
    नगरौँ यसरी छिनोफानो !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा-६ संखुवासभा हाल मलेसिया

    [१९]
    विकृति
    संस्कृतिको नाममा
    राजनीति जस्तै छाडातन्त्र !
    ✍️
    गोपालप्रसाद पौड्याल
    विराटचोक, मोरङ

    [२०]
    तीज
    मौलिक नाच
    संस्कृति भयो सत्यानाश !
    ✍️
    देबकी के.सी.

    [२१]
    विकृति
    भ्रष्ट स्विकृति
    छाडा स्वतन्त्रताको आकृति !
    ✍️
    जमुना कायस्थ
    पोखरा

    [२२]
    नारी
    तीजको बहाना
    संस्कृति भाड्ने चाहना !
    ✍️
    रमा पन्त
    पाल्पा

    [२३]
    नारी
    संस्कृति उघारी
    तीज उदाङ्गो पारी !
    ✍️
    राजेन्द्रकुमार बज्राचार्य
    कोटेश्वर, काठमाण्डौँ

    [२४]
    तीज
    छाडा नाच
    हेर्नेलाई भयाे लाज !
    ✍️
    सौन्दर्य शाक्य
    पाल्पा ।

    [२५]
    तीज
    नाम संस्कृति
    मौलिदै गयो विकृति !
    ✍️
    धनमाया चौधरी
    कैलाली

    [२६]
    छाडापन
    माथिबाटै बिग्रियो
    हामी नेपालीको स्वामिमान !
    ✍️
    घनश्याम पौडेल
    पोखरा

    [२७]
    तीज
    मौलिक पर्व
    भएन लायक गर्व !
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।

    [२८]
    विकृति
    ऐँजेरू, क्लान्त
    मधले कुरुप संस्कृति !
    ✍️
    हिरालाल खनाल

    [२९]
    तीज
    भाँडिदै समाज
    नारीकै भयो लाज !
    ✍️
    सम्झना कुवर

    [३०]
    तीज
    हरायाे माैलिकता
    भयाे विकृत समाज !
    ✍️
    श्रद्धा आचार्य
    पोखरा

    [३१]
    तीज
    विकृति भित्रिँदै
    स्वतन्त्रतामा अश्लिलता उत्रिॅदै !
    ✍️
    सरस्वती श्रेष्ठ

    [३२]
    चित्र
    कस्तो विचित्र
    रातो पहिरनको उपहास !
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [३३]
    संस्कृति
    अश्लिलताको बास
    परम्पराको नहोस् उपहास !
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [३४]
    संस्कृति
    नाममा विकृति
    अस्मिता माथि बलात्कार !
    ✍️
    त्रिलोक रामदाम
    सि.न.न.पा.~८ ,भैरहवा ।

    [३५]
    संस्कृतिमा
    आउँदै विकृति
    हरितालिका तीज पर्वमा
    ✍️
    धर्मी शाक्य
    बुटवल ,रुपन्देही

    [३६]
    देखियो
    विचित्रको संस्कृति
    राग आधुनिकताले ल्याएको !
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    [३७]
    तीज
    रहेन् सुसंस्कृत
    बन्दै दिनानुदिन विकृत !
    ✍️
    गोपालप्रसाद पौडेल

    [३८]
    महसुस
    छाडा अन्तरमा
    सँस्कृतिकाे कठ्घरामा हामी !
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [३९]
    तीज
    हराउँदै संस्कृति
    बढ्दै विकृतिको बीज !
    ✍️
    श्रीकृष्ण शर्मा
    पोखरा

    [४०]
    तिज
    बहाना बनाई
    अनेकन् नृत्यमा रमाई !
    ✍️
    इन्दिरा ज्ञवाली
    तानसेन ,पाल्पा

    [४१]
    कला
    सामान्य हाेला
    नेपाली माटोमा अपच !
    ✍️
    भवानी घिमिरे
    सर्लाही ।

    [४२]
    नृत्य
    उन्मत्त याैवन
    तीज पर्वकाे बहाना !
    ✍️
    नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [४३]
    तीज
    झ्याङ्गिदै आज
    सम्पूर्ण नेपाली माझ !
    ✍️
    केशवप्रसाद ढकाल
    गाेरखा

    [४४]
    संस्कार
    बनेर बेकार
    नारी प्रगतिको संसार !
    ✍️
    अबोध निर्मल
    कैलाली

    [४५]
    विकृति
    बढ्दै बेथिति
    हाम्रो परम्परा संस्कृति !
    ✍️
    हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [४६]
    तीज
    बिग्रँदै संस्कृति
    भित्रँदै तिरस्कृत विकृति !
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४७]
    राग
    विगतको पुनराभ्यास
    अभाव चरम उत्तेजना !
    ✍️
    गुणनिधि घिमिरे
    दमक झापा नेपाल ।

    [४८]
    पराकाष्ठा
    उन्माद चरित्र
    सांस्कृतिक विकृति प्रदर्शन !
    ✍️
    रामराजा के. सी.
    फर्पिङ, काठमाडौं

    [४९]
    दर
    हाम्रो संस्कृति
    अचेल भएको विकृति !
    ✍️
    सविता के.सी.
    काठमाडौँ ।

    [५०]
    संस्कृति
    परम्पराको उपहास
    भित्र्याउँदै देखासिकी प्रवृति ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    [५१]
    तीज
    फैलिएको विकृति
    स्वतन्त्र नारीको संस्कृति !
    ✍️
    मिलन के. सी.( थापा)
    पोखरा

    [५२]
    नारी
    भित्रियो विकृति
    बचाऊँ मौलिक संस्कृति !
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु

    [५३]
    संस्कृति
    नयाँ सुरुआत्
    विकृतिले बनायो बरबाद !
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६६ औँ भाग सम्पन्न

    प्रवासी नेपाली मञ्च साउदी अरबको दोश्रो महाधिवेशन सफलापूर्वक सम्पन्न ।

  • १९ भाद्र २०७९, आईतवार ०१:४६ मा प्रकाशित

  • प्रवासी नेपाली मंच साउदी अरबले गत शुक्रवार सेप्टेम्बर २ तारिखका दिन नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यमा साउदी अरबको राजधानी रियादमा दोस्रो महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ।

    अधिवेशनबाट आउँदो कार्यकालका लागि अध्यक्षमा अमर श्रेष्ठ बरिष्ठ उपाध्यक्षमा कृष्ण कार्की, प्रथम उपाध्यक्षमा किशोर राई, उपाध्यक्षहरुमा ऋषि भट्टराई, याम बोम्जन लामा, अच्युत बोगटी, बिल्टु मुखिया चयन भएका छन् भने सचिवमा राजु खनाल रहेका छन ।

    कार्यक्रममा नेपाली राजदूतावासका अधिकारी विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरु साउदी अरबमा अवस्थित तथा क्रियाशील मिडियाकर्मीहरु लगायत धेरै नेपाली हरुको उपस्थिति रहेको थियो ।

    दोस्रो राष्ट्रिय अधिवेशन बाट सर्बसम्मत निर्वाचित हुनुहुने पदाधिकारी तथा सदस्यहरु:-
    अध्यक्ष – अमर श्रेष्ठ
    बरिस्ठ उपाध्यक्ष -कृष्ण कार्की
    प्रथम उपाध्यक्ष -किसोर राई
    उपाध्यक्ष – ऋषि भट्टराई
    उपाध्यक्ष – याम बोम्जन लामा
    उपाध्यक्ष – अचुत बोगटी
    उपाध्यक्ष -बिल्टु मुखिया
    सचिव- राजु खनाल
    सहसचिव -बसन्त राई
    सहसचिव – रमेश गिरि
    सहसचिव -खड्ग प्रसाद आचार्य
    कोषाध्यक्ष – रुपक वाइबा
    सदस्यहरुमा :
    भीम योङहाङ,युवराज खड्का,अर्जुन सिलवाल,होम तामाङ,विष्णु ढकाल,हेमराज रसाइली,लालबहादुर मोक्तान,नारायण पोख्रेल, BS अधिकारी, दीर्घ खड्का रहेका छन्।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on प्रवासी नेपाली मञ्च साउदी अरबको दोश्रो महाधिवेशन सफलापूर्वक सम्पन्न ।

    उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • १८ भाद्र २०७९, शनिबार १८:५३ मा प्रकाशित
  • 🌺 केही उदक 🌺
     … ✍️ आर्त अकुलीन
    १
    आकाश
    बाबाको रूप
    धरती आमाको स्वरूप !
    २
    संयोग
    आत्मिक मिलन
    जून ताराको संभोग !
    ३
    दम्भ
    पानीको फोका 
    प्रत्येक पाइलामा धोका !
    ४
    कृषि
    सौम्य वातावरण 
    देशकै आर्थिक धरोहर !
    ५
    भदौ
    रोएकी प्रकृति
    चौतर्फी जलमग्न आकृति !
    ६
    प्रकृति
    अनुपम आकृति 
    रमाउने आकर्षक दृष्टि !
    ७
    गुलाफ
    प्रेमको माधुर्य
    चौतर्फी मगमग बासना !
    ८
    करेसाबारी
    आँगनको आकर्षण 
    घरमा वरिपरि शोभायमान !
    ९
    क्षितिज
    जमिन आकाश
    त्यस्तै सागरको गहिराइ !
    १०
    आकाश
    रोएर वर्षात्
    सम्पूर्ण सजीवलाई राहत !

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

    मायादेवी गाउँपालिका कोभिड–१९ पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित पालिका घोषणा ।।

  • १८ भाद्र २०७९, शनिबार ११:१८ मा प्रकाशित
  • कपिलवस्तु / जिल्लाको मायादेवी गाउँपालिका कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । गाउँपालिकाको सभाहलमा आज एक कार्यक्रम बिच गाउँपालिकालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

    नियमित खोपतर्फको पूर्ण खोपयुक्त जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्य र सहायक प्रमुख जिल्ला अनिल पौडेलले कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरेका हुन ।

    कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य अतहर कमालले स्वास्थ्यनै जिवन अपरिहार्य भएकोले स्वास्थ्यलाई बिशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । पालिकलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित घोषणा भएपनि यसको कार्यन्वयनमा ध्यान दिनुपर्ने बताए ।

    घोषणा कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले कोभिड १९ मात्रै होईन बालबालीकालाई दिईने नियमित खोप पनि पुर्ण रुपमा निरन्तर दिनुपर्नेमा जोड दिए ।

    मायादेवी गाउँपालिकाले घरधुरी १०० प्रतिशत बालबालिकाहरुले पूर्ण मात्रा लगाएको र कोभिड १९ बिरुध्दको खोप १२ वर्ष माथीको उमेर समुहमा पहिलो तथा दोश्रो मात्रा शत प्रतिशत लगाएको पाइएकोले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरीएको पालिका स्वास्थ्य संयोजक महेन्द्र यादवले जानकारी दिए ।पालिकामा १२ बर्ष माथिका कुल ४३ हजार ९ सय ३७ जनालाई पुर्ण खोप लगाएकोे तथ्याङ्क सर्बजनिक गरिएको थियो ।

    गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानको अध्यक्षतामा कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चितको कार्यक्रममा जिल्लाका सबैसुरक्षा निकाय प्रमुखहरु ,गाउँपालिका उपाध्यक्ष ,प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्यकर्मी ,स्वास्थ्य स्यमसेवीका,पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on मायादेवी गाउँपालिका कोभिड–१९ पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित पालिका घोषणा ।।

    कोरियामा नेपालीबाटै नेपालीको हत्या

  • १५ भाद्र २०७९, बुधबार २३:०७ मा प्रकाशित
  • दक्षिण कोरिया — दक्षिण कोरियाको राजधानी सोलभन्दा १ सय ५ किलोमिटर दक्षिणमा पर्ने छुङछनबुक्दोको जिनछनमा रहेको प्लास्टिक कम्पनीमा काम गर्ने नेपालीले आफ्नै सहकर्मीलाई धारिलो छुरा प्रहार गरी हत्या गरेको घटना सार्वजनिक भएको छ । मंगलबार राति भएको उक्त घटनाका आरोपित यूवालाई प्रहरीले पक्राउ गरेको छ ।

    रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया आएका नुवाकोटका प्रकाश विकको हत्या भएको हो । ६ महिनाअघि मात्र कोरिया आएका उनकै कम्पनीमा काम गर्ने पाँचथरका राजेश बुढाथोकीले उनको हत्या गरेको खुलासा भएको हो । राजेश तीन हप्ताअघि मात्रै कोरिया आएका थिए ।

    ‘उनीहरू कम्पनीकै खिसुक्साको एउटै कोठामा बस्थे । यसअघि कुनै झगडा भएको थाहा भएन,’ घटना भएको कम्पनीमा ९ वर्ष देखि काम गर्दै आएका गोविन्द अघिकारीले भने । ‘हिजो राति एक्कासी यस्तो घटना भयो हामी पनि आश्चार्यमा छौं ।’

    घटना भएकै खिसुक्सा (होस्टेल)मा बस्ने गरेका कृष्ण आलेले मंगलबार राति साढे ११ बजे ठूलो स्वर सुनेर कोठा बाहिर निस्कँदा प्रकाश भुइँमा लडिरहेको बताए ।

    ‘हामी सबैले ८ बजेसम्म सँगै काम गरेका थियौं । म १० बजेतिर नुहाएर बाहिर निस्कँदा भाइहरूको कोठाको बत्ती निभेको थियो । मैले सुतिसकेछन् भनेर आफ्नो कोठामा ढोको लगाएर घरतिर कुरा गर्दै थिएँ । एक्कासी ठूलो स्वरमा केही खसे जस्तो सुनियो । म बाहिर निस्केर हेर्दा ऊ लडिरहेको थियो । त्यसपछि हामीले प्रहरीलाई खबर गर्‍यौं ।’

    प्रहरी आएर हेर्दा प्रकाशको मृत्यु भइसकेको थियो । आरोपित बुढाथोकी भने कोठामै बसेको र उनको पनि घाँटीमा घाउ रहेको प्रहरीले बताएको छ । अहिले उनको उपचार भइरहेको र थप अनुसन्धानपछि मात्रै घटनाको बारेमा विस्तृत जानकारी दिने प्रहरीले जनाएको छ ।

    सोलमा रहेको नेपाली राजदूतावासले घटनाबारे अनौपचारिक रुपमा जानकारी भए पनि कोरियाली प्रहारी मार्फत् आधिकारिक जानकारी भने अझै नआएको जनाएको छ । ‘गम्भीर खालको घटनामा अनुसन्धान गर्न केही समय लाग्ने भएकोले पनि उनीहरुले जानकारी नगराएको हुनसक्छ,’ सोलस्थित कार्यवाहक राजदूत रामसिंह थापाले भने ।

    ‘कोरियामा भएको आपराधिक घटनाको कोरियाली कानुन अनुसार नै कारबाही हुन्छ । अन्य विषयमा कोरियाली प्रहरीले हामीलाई जे जानकारी दिन्छ त्यसपछि मात्रै भन्न सकिन्छ,’ उनले भने ।

    सन् २००७ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली कोरियामा आउन थालेका हुन् । यसअघि नेपाली कामदार कुनै गम्भीर खालका अभियोगमा कारागार पुगेका छैनन् ।

    कान्तिपुर बाट सभार गरिएको।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on कोरियामा नेपालीबाटै नेपालीको हत्या

    पञ्चाङ्ग चित्रपट भाग – ०८ सम्पन्न

  • १५ भाद्र २०७९, बुधबार १२:२४ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट
    ========

    दर्ता पछिको पञ्चाङ्ग चित्रपट भाग:-०८
    (कृष्णाष्टमी विशेष पञ्चाङ्ग लेख्नु हुन अनुरोध छ)
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०५/०९

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    तोयानाथ सुवेदी

    चित्र संकलन
    —————-
    सोमनाथ लुइटेल

    शुद्धीकरण
    ————–
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    सुशीला पौडेल & दुर्गा आचार्य

    समायोजन
    ————-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको आठौं  अभ्यासमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏

             २०७९ सालको   हरितालिका तिजको उपलक्ष्यमा सम्पूर्ण स्रष्टाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ साथै यश अवसरमा तिज विशेष पञ्चाङ्गहारू लेखी शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    चित्रपट पञ्चाङ्ग      ०१
    [१]
    ढकने र  खिर खाऊ  नाच्दै रमाउनु चेली ।
    दिदी बैनी एक अर्को हात समाउनु चेली  ।
    घुम्दै फिर्दै  बर्ष दिनमा आउने तिज पर्व ,
    सधैँ भरी स्वस्थ हुन शक्ति जमाऊ चेली  ।
    मीठा मीठा गीत गाऊ नाम कमाऊ चेली ॥
    [२]
    शिव  पार्वतीको  पूजा  आराधना  गर चेली
    सौभाग्य र सम्बृद्धिको लागि लागि पर चेली
    हिन्दु नारी  नेपालीको चाड तिज  हाम्रो राम्रो
    सन्ततिको  भविष्यको  लागि अघि सर चेली
    संस्कृति  र  परम्परा  थाम्ने  तिम्रै  भर  चेली ॥

    ❤️गुणनिधी घिमिरे,दमक झापा नेपाल

    चित्रपट पञ्चाङ्ग    ०२

    तिज  रमाइलो गरेर यति छिटै आयो भन्छन् ।
    सबैको मन मनमा त खुशीयाली छायो भन्छन् ।
    जताततै नाचेर रमाएका  छन् दिदिबहिनी ,
    सौभाग्यले साथ पाई मन रमाउन पायो भन्छन् ।
    हृदय भित्र बुबा आमाको चिन्ताले खायो भन्छन्।

    ❤️अम्विका अधिकारी,झापा विर्तामोड ।

    चित्रपट पञ्चाङ्ग      ०३

    तिजको  दर  माइतीको  घरमा  बसेर खाम बरिलै
    पञ्चमी  व्रत  गर्नलाई   कम्मर  कसेर जाम बरिलै
    वर्षै र दिनको तिज   दिदीबहिनीको भटे कति राम्रो
    पवित्र मन गरी चोखो लुगाफाटो हामी लाम बरिलै
    आशिर्वाद हामी  व्रतालु  सबैले बेलैमा पाम बरिलै ।

    ❤️सोमनाथ लुइटेल “रवि पाल्पाली” ।

    चित्रपट पञ्चाङ्ग     ०४
    [१]
    मै छोरी नाचूँ छमछमी दिदी ।
    कम्मर भाचूँ छमछमी दिदी ।
    माइती घरको आँगनीमा हो,
    जोवन साचूँ छमछमी दिदी ।
    केलाई  बाचुूँ छमछमी दिदी ।
    [२]
    सबै मिली रमाउँदै मनाऔँ  पर्व ।
    धड्कलाई थमाउँदै मनाऔँ पर्व ।
    यो हाम्रो संस्कृति हाम्रो पहिचान हो ,
    शिव भक्ति  कमाउँदै मनाऔँ पर्व।
    दाजुभाइ  समाउँदै मनाऔँ पर्व।

    ❤️सुमित्रा पोखरेल काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग     ०५
    [१]
    तिजआयो चेली माइती घर जाने खुशीले,
    दिदीबहिनी मिलेर मिीठो दर खाने खुशीले,
    नाच्ने गाउने रमाउँने हो सबैले व्रत बसेर,
    सौभाग्यको कामना हो निडर माने खुशीले,
    रातै सारी रातै चुरा लोक भर धाने खुशीले !
    [२]
    कृष्ण जन्मे गोकुल रन्क्यो बज्यो बाँसुरी ,
    गाई चर्ने वृन्द्रावन घन्क्यो बज्यो बाँसुरी,
    उद्धार भो धरतीको साधु सन्त पालीदे प्रभुले,
    चाल पायो कंसले फन्क्यो बज्यो बाँसुरी ,
    क्रोधी पापी नासियो थन्क्यो बज्यो बाँसुरी!
    [३]
    पवित्र यो कुशेऔंसीमा कुश फेर्नु अरे,
    पित्री दर्शन गर्ने दिनमा  मुख हेर्नु अरे,
    माता पिताको हेला गरे नरकमा पर्छ,
    भगवान नै सम्झी सधैँ भक्ति केर्नु अरे,
    पित्री वचन शिरमा राखी सधैँ टेर्नु अरे ।

    ❤️बिबस पारदर्शी, भद्रपुर  झापा ।

    चित्रपट पञ्चाङ्ग     ०६

    माइती गइ पकाऊ दर जुटेर ।
    आमासँगै बसी खाऊ तर जुटेर
    संस्कृति परम्परा अति राम्रो पर्व,
    ताेडौँ आज विकृतिकाे घर जुटेर ।
    आफ्नो माटो सुहाउँदो गर जुटेर ।

    ❤️भवानी घिमिरे, सर्लाही ।

    चित्रपट पञ्चाङ्ग     ०७

    नाँच्नु र गाउनु रहर न हो ।
    रमाउने गाउँ सहर न हो ।
    नृत्यको‌ नाममा मजाक गर्ने,
    रहर भित्रको कहर न हो ।
    समाजकै मन्द जहर न हो ।

    ❤️आर्त अकुलीन, कैलाली ।

    चित्रपट पञ्चाङ्ग     ०८

    हे कृष्ण हाै हाम्रा प्यारा तिमी
    हृदयमा बास सारा तिमी
    हरेक प्राणीकाे हृदय छाै
    अन्त्यकाे याैटै सहारा तिमी
    गीताका सार हाै नारा तिमी

    ❤️मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग     ०९
    [१]
    तिज हुँदै आयो चाड खर्च भार हुन्छ
    हुने  हुलमा  नहुने  बेग्लै  सार  हुन्छ
    नहुनेलाई  कसले  कसरी ? भन्छ र!
    हुनेका  शिव  दर्शन साथै कार हुन्छ
    कसैलाई त त्यही मौरीको घार हुन्छ ।।
    [२]
    संस्कृति चाडको नाममा  विकृति  नल्याइ मान है
    हैसियत आफ्नो कर्तव्यबोध के होआफैँ जान है
    भोलि लौ कठै! कसैले भन्दैन देखाइ केही हुन्न
    दिन व्रतका लागि महिनौँ देखि  पर्दैन खान है
    शहरी परिवेशमा किन पालो पालोको सान है ।।

    ❤️जमुना आचार्य, सिन्धुपाल्चोक ।

    चित्रपट पञ्चाङ्ग     १०
    [१]
    सबैसँग  रमाउनु  रहर दाजु
    सुनसान भएको छ सहर दाजु
    गरिबीको मजाक गर्नेहरूलाई
    पराईसँग रम्ने हाम्रो कहर दाजु
    वचनका   तीरहरु  जहर   दाजु।।
    [२]
    माइती घर  रमाउनु  चेली
    आमाकाे हात समाउनु चेली
    नजिकै नजिकै आयाे नि तिज
    मिलिजुली  नै  जमाउनु  चेली
    पराइ   घर  कमाउनु   चेली।।

    ❤️सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल।

    चित्रपट  पञ्चाङ्ग     ११
    [१]
    बर्ष दिनको   तिजमा सबै हामी  नाचेर।
    भाँच्नु पर्छ  हामीले कम्मर दामी नाचेर।
    सबैलाई    बराबरी तिज आएको त हो,
    देखाउने सबै   हामी राम्रो नामी नाचेर।
    नदेखाउ है    दिदी बहिनी धामी नाचेर।
    [२]
    यसपाली त हामी आमा छोरी बसेर तिजमा।
    खानुपर्छ  दर   अब    कम्मर कसेर तिजमा।
    बर्ष   दिन  तिज पर्वमा चेली माइती को भेट,
    दर   खाई   व्रत बसौँ है  शिव जपेर तिजमा।
    पूजा    अर्चना  गरौं पार्वती झैँ तपेर तिजमा।

    ❤️बेदु न्यौपाने काठमाडौ 😘 ✍️

    चित्रपट पञ्चाङ्ग      १२

    तिज आएको कि रत्यौली, छुट्याउनै गार्हो भो ।
    पर्व  मान्ने  भन्दा पनि, विकृति अति  सारो भो ।
    महिनौँको  दर   थियोे, अब   यो  कुकुर  नाच,
    यो त ठाडै धावा भयो, संस्कृति मास्ने पारो भो ।
    हाम्रो कला संस्कृति, पश्चिमाको किन तारो भो ।

    ❤️वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ ।

    चित्रपट पञ्चाङ्ग     १३

    वर्ष दिनको रमाइलो तिजमा रमाउँ सँगी हाे
    स्वरमा स्वर मिलाइ आउ हात समाउँ सँगी हाे
    परम्परा देखिनै चलि आएको हाम्राे परम्परा
    लगाउँ राताे सारी,चुरामा साथ जमाउँ सँगी हाे ।
    संस्कृति जाेगाउँन सवैले नाम कमाउँ सँगी हाे

    ❤️उर्मिला के.शी., धनकुटा ।

    चित्रपट पञ्चाङ्ग     १४

    रातो साडीमा छमछम नाँचीदेऊ मायालु
    कम्मरै लरक्क लरक्क भाँचिदेऊ मायालु
    समाजको लागि उदाहरण बन्नु छ हामी
    तिम्रो मनमा चोखो माया साँचिदेऊ मायालु
    दुनियाँको सामु हाँसेर बाँचिदेउऊ मायालु

    ❤️बुद्धिमान  दनुवार, सुरुङ्गा ४ झापा ।

    चित्रपट पञ्चाङ्ग     १५

    तिज मनाउँ  छमछमी नाचेर सबैले।
    बारुले ती कम्मरलाई भाँचेर सबैले।
    दिदी बहिनीहरूले विकृति नै फैलाए,
    धर्म संस्कार र संकृती साँचेर सबैले।
    रहँनु  पर्छ  संस्कारमा  बाँचेर सबैले।

    ❤️मल्ल लक्ष्मी श्रेष्ट,मेची किनार बिर्तामोड झापा ।

    चित्रपट पञ्चाङ्ग    १६

    एउटाले अर्कोलाई व्यर्थै छुन नपरोस्
    सानो कुराले पूर्व पश्चिम हुन नपरोस्
    मौलिक परम्परा नबिर्सी पर्व मनाऔँ ,
    तिजको समय कसैलाई  रून नपरोस्।
    नुनिलो आँसुले  गहहरू धुन नपरोस् ।

    ❤️ अरुण कु.भुजेल,
    गोरूबथान,कालेबुङ्ग,भारत।

    चित्रपट पञ्चाङ्ग    १७

    अब हिन्दुहरुको महान चाड तिज पनि आयो रे भन्छन् ।
    हुने खानेलाई चाड नहुनेलाई चाडले खायो रे भन्छन्
    प्राय आउँने हरेक चाड बाड संस्कृतिका पहिचान हुन,
    तर नेपाली हरेक चाडले पश्चिमी शैली पायो रे भन्छन्।
    आजभोलि त विभिन्न रसका गीत संगीत गायो रे भन्छन्

    ❤️दुर्गा आचार्य, मोरङ ।

    चित्रपट पञ्चाङ्ग      १८

    व्रत बसी नाचेकी छ्यौ मुखमा खै फिँज छैन
    सबैको तिज आयो कसैकोमा क्यै चिज छैन
    हुने खानेले त  मनाँए डकारेर गनाँए
    बोटै राखेनन् यसको अब कतै बिज छैन
    मर्म चाडको बुझेनन् हेर अब तिज छैन!

    ❤️पशपती राई, खोटाङ ।

    चित्रपट पञ्चाङ्ग      १९

    दिदीलाई लिन मलाई भोलि जाउँ भन्नू भएको छ।
    दिदीले  पनि भाई अब छिट्टै आउँ भन्नू भएको छ।
    वर्ष दिन  भो   भेट नभएको मेरी प्यारी दिदी संग,
    आमाले  दिदीभाइसँगै  दर खाउँ भन्नू भएको छ।
    नयाँ लुगा ल्याउछु तिमीहरू लाउँ भन्नु भएको छ।

    ❤️अनुप आचार्य, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग     २०

    यसपालिको तिजमा माइती गएर दर खाउँला नि 
    दिदीबहिनीहरु सबैजना मिलेर  गीत गाउँला नि
    दुई दिनको जीन्दगानी हो हाम्रो रमाइलो गर्नुपर्छ
    खुसी बाँडेर एक अर्कोको माया र ममता पाउँला नि 
    नाचगान  गरेर रहर पुर्याएर  घर जाउँला नि

    ❤️आर्मित्मा थापा मगर, स्याङ्जा ।

    चित्रपट पञ्चाङ्ग     २१

    तिजमा चाडपर्व छोटो नबनोस् है चेलीबेटीको ।
    परम्परा तिज मोटो नबनोस् है चेलीबेटीको ।
    उत्साह उमङ्ग हो साना बच्चाहरूको लागि यो तिज ,
    सत्य  मायाको तिज खोटो नबनोस् है चेलीबेटीको
    यसपाली तिजमा फोटो नबोनोस् है चेलीबेटीको ।

    ❤️संगिता शर्मा, सिन्धुली ।

    चित्रपट पञ्चाङ्ग    २२

    रातो सारी टिका लगाउ प्रिया।
    तीजको छनक जगाउ प्रिया।
    शुभकामना छ तीजको सबैमा,
    अस्वस्थ शरीर भगाउ प्रिय।
    सति सावित्री भै ठगाउ प्रिय।

    ❤️ह्यारिस ह्यारिसन, काठमाडौं ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग – ०८ सम्पन्न

    कति पुग्यो रियाल र दिरामको भाउ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर !

  • १२ भाद्र २०७९, आईतवार १७:१३ मा प्रकाशित
  • नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

    आइतबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ९ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२७ रुपैयाँ ६७ पैसा र बिक्रीमा १२८ रुपैयाँ २७ पैसा पाइन्छ।

    बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर आज १५० रुपैयाँ ९२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ १ पैसा र बिक्रीमा ८९ रुपैयाँ ४३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९९ रुपैयाँ ८ पैसा पाइन्छ।

    यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८० पैसा र बिक्रीमा ३४ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ११ पैसा तोकेको छ।

    युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ५४ पैसा र बिक्रीमा २८ रुपैयाँ ६७ पैसा पाइन्छ।

    आइतबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ २५ पैसा र बिक्रीमा ४१६ रुपैयाँ २० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३९ रुपैयाँ ७८ पैसा तोकिएको छ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on कति पुग्यो रियाल र दिरामको भाउ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर !

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P