काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्विकार गरेकी छन्। मंगलबार मध्यरात १२ बजेसम्मको समयसीमा रहेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रमाणीकरण गर्न अस्विकार गरेकी हुन्।
संसदको दुवै सदनबाट पहिलोपटक पास भएको विधेयक राष्ट्रपति भण्डारीले २९ साउनमा १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन्। उनले नागरिकता विधेयकमा आफ्नो राय प्रस्तुत गरेर फिर्ता पठाएकी थिइन्।
फिर्ता आएको विधेयक पुनः संसदको दुवै सदनबाट हुबहु पास भएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले गत २० भदौमा पुनः नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पेस गरेको थियो। तर मंगलबार १२ बजेभित्रको समयसीमामा राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन्।
यसबीच राष्ट्रपति भण्डारीले विभिन्न पेसा व्यवसायीसँग विधेयक सम्बन्धमा छलफल गरेकी थिइन्। उनले नेपाली सेना, कानुन व्यवसायी र संसदमा रहेका सबै दलका शीर्ष नेताहरुसँग नागरिकता विधेयक सम्बन्धमा सम्बाद गरेकी थिइन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीलाई भेटेरै नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेका थिए। गठबन्धनका शीर्ष नेताहरूले पनि प्रमाणीकारण गर्न राष्ट्रपति कार्यालयलाई दबाब बढाएको थियो।
काठमाण्डौँ, २५ भाद्र । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
photo:social media
अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू
[१] जीवन बाँचुन्जेल रमझम मरेपछि उत्रै खाडल ! ✍️ सविता के.सी. काठमाडौँ ।
[२] बाँचुन्जेल झूप्रो महल मरेपछि एउटै खाडल ! ✍️ सरस्वती
[३] समानता पुर्ने खाडलमा बासस्थानमा गरीब धनी ! ✍️ नारायण प्रसाद उपाध्याय कैलाली ।
[४] मानिस असमान बसाइ मरेपछि समान खसाइ ! ✍️ राेशन पराजुली धरान।
[५] मानव धनी गरिब मरेपछि एउटै खाडल ! ✍️ धनमाया चौधरी कैलाली
[६] जीवन जीवितमा विभेद मृत्युपछि एक समान ! ✍️ इन्दिरा देवकोटा कपिलवस्तु न .पा .३
[७] मानव जीवनभर भ्रममा मृत्युपछि भेट्छ सत्य ! ✍️ पशपति राई खोटाङ
[८] मालिक राजा रङ्क दुई गज जमीनका ! ✍️ टीकाराम जाेशी इमाडोल
[९] जीवन स्थायी घर केवल चार हातको ! ✍️ प्रेम थापा “मन”
[१०] आवास महल झुपडी अन्तमा खाडलको बास ! ✍️ देबकी
[११] जीवन बाचुन्जेल विभेद मरेपछि सबै समान ! ✍️ दुर्गा भट्टराई मोरङ
[१२] हुने एउटै चिहान बाँचुन्जेल धनको खाडल ! ✍️ शिव खनाल जीवम रुपन्देही
[१३] जीवन दुईदिने माया घाम र छायाँ ! ✍️ सपना खनाल रुपन्देही
[१४] जीवन मान्छे हरिप देखाउँछ धनि गरिब ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती न.पा.-३,काभ्रे
उमेश कुशवाहा ,पर्सा :- संबिधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनहा भएर बीरगंज कारागारबाट ३८ जना कैदीबन्दी रिहा भएका छन। त्यसैमा रामचन्द्र प्यासी कुशवाहाको नाम पनि परेको थियो।
बारा बाट ६२/६३ को चुनावमा समानुपातिक तर्फ बाट नेकपा एमाले पर्टिबाट बिजयी भएका चर्चित पुर्ब संविधान सभा सदस्य रामचन्द्र प्यासी आज जिल्ला कारागार पर्साबाट संविधान दिवसको उपलक्ष्यमा थुना मुक्त भएका छ्न।
बिगत ३ दशक देखि निस्वार्थ भावनाले राजनिती मा सकृय रहेका नेता प्यासि राजनितिक सिकार भैइ ९ बर्ष ६ महिना ३ दिन जेल जीवन बिताई आज संविधान दिवश को उपलक्ष्य मा कारागार मुक्त भएका छन।
उनी माथी नेता महमुद आलम को हत्या को आरोप लागेको थियो ।उनी आज रिहा हुँदै छन भनी सुनेर उनको स्वागत मा बारा तथा पर्सा जिल्ला बाट
१०० औ को संख्यामा बिरगंज कारागारको अगाडि उपस्थिति रहेको थियो । साथै उनी रिहा भएपछि बारा को भलुही मा उनको भब्य सवागत भएको थियो ।
उनले जेलजिवनमा बिताएका केही कुराहरू उपस्तिथि सबै जनसमुदाय लाई जेल भित्र तथा बाहिर राजनिती रणनीति को शिकार भएका उनी आफ्नो अनुभवहरु राखेका थिए। रिहा भए लगतै उनलाई नेकपा एकीकृत समाजबादी पार्टी का अध्यक्ष एवंम पुर्ब प्रधानमन्त्री माधव कुमार नेपालले फोन गरि नेता प्यासी लाई बधाई तथा सुभकामना दिएका थिए ।
साताका तीन लघुकथा’को उन्नाइसौंँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (लिभिङ टुगेदर, ढुङ्गाको जात र अन्धविश्वास) छनोट गरी प्रकाशन गरिएको छ।
[१] लघुकथाः लिभिङ टुगेदर
✍️ नर पल्लव क्षणिक उन्मादको आवेगमा ‘लिभिङ टुगेदर’ को आधुनिक फेसन अनुकरण गर्दै मृगेन्द्र र निशा ‘लिभिङ टुगेदर’मा सँगै बस्न थालेका थिए। उन्मुक्त भएर स्वच्छन्दतावादी जीवनको सोख राख्ने त्यो जोडी आफ्नै स्वप्निल लोकमा डुबेको थियो। ‘प्लस टु’ गरेपछि दुबै जना पढ्नका लागि सहर आए । सहरको चकाचौँध वातावरण माझ उनीहरू एउटा फ्लेट भाडामा लिएर मस्तीमा झुम्न थाले। उता गाउँघरमा दुबैका अभिभावकहरू आआफ्ना छोरा र छोरीको पढाइप्रति निश्चिन्त थिए।
सिमसिमे झरी परिरहेको थियो। निशा रिसले मुर्मुरिएर बरन्डामा बेचैन अवस्थामा मृगेन्द्रको प्रतीक्षा गरिरहेकी थिई। मृगेन्द्र ज्यादै नै थकित अवस्थामा देखिन्थ्यो। कारबाट झरेर ‘हेलो डार्लिङ’ भन्दै ऊ निशा नजिक पुग्यो। क्रोधित मुद्रामा घाइते सिंहिनीझैँ निशा मृगेन्द्रमाथि जाइलागी। रिसले चुर हुँदै मृगेन्द्रको कठालो समाउँदै ऊ रन्किन थाली, “यू स्काउन्ड्रल। हाउ डेयर यू लाइ टु मी ? मलाई किन ढाँटेको ?”
“के भयो ? ह्वाइ आर यू सो मेड एट मी ? किन यसरी जङ्गिएकी ?” मृगेन्द्रले अलि शान्त भावमा सोध्यो । “ह्वाइ डिडिन्ट यू टेल मी डेट यू आर मेरिड ? किन सिङ्गल छु भनेको, हँ ?” निशा मृगेन्द्रमाथि आक्रोश पोख्न थाली।
“लिसेन टु मी फस्ट। पहिले कुरा बुझ न । कुरा के हो भने…..।” मृगेन्द्रको कुरा टुङ्गिन नपाउँदै “माइ फुट ! यू फ्रड। गो इन्साइड द रुम एन्ड आस्क योर वाइफ।” भन्दै ऊ बेड रुमभित्र पसी। आफ्ना लुगाफाटा लगेजबेगमा राखी र कम्पाउन्ड गेटबाहिर निस्की। टेक्सी लिएर ऊ सरासर बस पार्क पुगी। बेन्चमा बसेर कोक पिउदैँ अलिक बढेको पेटमा हात राख्दै सोच्न थाली, अब यसलाई लिएर बाँचू कि यो सँगै अन्तिम सास फेरूँ…..?” ऊ किंकर्तव्यविमूढ भई।
अर्को दिन बलात्कृत भनाउँदी उसँग अन्तरवार्ता लिन मिडिया ऊ नजिक झुम्मिन थाल्यो।
बुद्धनगर, काठमाडौँ
[२] लघुकथा : ढुङ्गाको जात
✍️ विवेक दुलाल क्षेत्री’दमक’ बगरमा थुप्रै ढुङ्गाहरु थिए । एउटा मानिसले केही ढुङ्गा लिएर घर गयो । श्रीमती बर्तालु थिइन् । धर्मकर्म भनेपछि हुरुक्क हुन्थिन् । श्रीमतीले एउटा ढुङ्गा पूजाकोठामा लगेर अबिर दलिन् । शिवजी मानेर पुज्न थालिन् ।
एकदिन त्यो घरको सानी नानीले अर्को ढुङ्गा लिएर पूजाकोठामा गई । सानी नानीको हातमा ढुङ्गा देख्नेबितिकै अबिर लगाएको ढुङ्गा बोल्यो,- “तिमीले मेरो स्थान कदापि लिन सक्तैनौ । अब म साधारण ढुङ्गा होइन । उपल्लो ढुङ्गाको जात भैसकेँ ।”
उसको कुरा अस्वाभाविक मान्दै नानीको हातको ढुङ्गाले जवाफ फर्कायो,- “तिमीमा मान्छेको ठूलो सानो भन्ने घृणित् स्वभाव पनि सरेछ है !” दमक बजार ,झापा हाल – अबुधाबी ,युएई ।