काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.०२ रुपैयाँ रहेको छ । हिजोको तुलनामा डलर केही सस्तो भएको हो । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १२८.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.६३ रुपैयाँ रहेको छ ।
त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.३६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८३.७० रुपैयाँ रहेको छ भने बिक्री दर ८४.०८ रुपैयाँ रहेको छ ।
त्यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३९ रुपैयाँ रहेको छ ।
जुम्ला, असोज २२ गते । जुम्लामा पहिरोमा परी सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्लाको कनकासुन्दरी गाउँपालिका –५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किँदा ७ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमूली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेश शाहीका २२ वर्षीया श्रीमती पानसरा शाही, रमेश शाहीका ८ वर्षका छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीया विद्या शाहीको मृत्यु भएको छ ।
घटनामा परी स्थानीय सरस्वती हमाल, रामबहादुर हमाल गम्भीर घाइते हुनुभएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दसहितको टोली उद्धारका लागि पुगेको प्रशासनले जनाएको छ ।
आमा छोरा बेपत्ता
जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोले हिमा गाउँपालिकामा आमा छोरा बगेर वेपत्ता भएका छन् । हिमा गाउँपालिका –३ जोगिवाडामा बाढी आउँदा स्थानीय २५ वर्षीया सत्यदेवी योगी र उहाँका ३ वर्षीय छोरा विनम योगी बगेर बेपत्ता भएका छन् । उहाँहरुको खोजी भइरहेको छ । ्
गैर आवाशिय नेपाली संघ (एनआरएनए)का संसारभर रहेका ८२ राष्ट्रिय समन्वय समिति (एनसीसी) मध्ये आफ्नै भवन खरीद गरेर एनआरएनए अमेरिका पहिलो बनेको छ ।
अमेरिकाले अमेरिकाको भर्जिनिया राज्यमा आफ्नै घर खरीद गरेको छ । अक्टोबर ४ तारिख बिहान अध्यक्ष वुद्धि सुवेदी नेतृत्वको कार्य समितिका केही पदाधिकारीहरु उपस्थित भएर घर खरीद कार्य टुंगोमा पुर्याएका थिए ।
भर्जिनियाको फेयर फ्याक्स काउण्टिमा अवस्थित यो घर कन्डोमनिय हो । जसमा एउटा हल सहित ५ वटा कोठा रहेका छन । कोठाहरुलाई व्यवसायिक प्रयोजनमा लगाउने एनआरएनएको योजना रहेको अध्यक्ष सुवेदीले बताए ।
संस्थालाई व्यबस्थित गर्न आफ्नै ठेगाना चाहिने भएकोले घर खरीद गरिएको कोषाध्यक्ष राजिव श्रेष्ठले बताए । बरिष्ठ उपाध्यक्ष तथा भवन खरीद गर्न बनेको आर्थिक समितिका संयोजक कृष्णजीवि पन्तले चन्दादाता सबैलाई धन्यवाद दिएका छन । पन्तले यो भवन खरीद गर्न एक महिनाको अवधिमा २ लाख ८० हजार डलर चन्दा संकलन गरेका थिए ।
“एउटा डाईनामिक कर्मचारी राखेर अमेरिकामा रहेका नेपालीका आशा र गुनासा सुन्ने व्यबस्था गर्नेछौं” अध्यक्ष सुवेदीले नेप्लिज डायस्पोरासंग भने । उनले भने “यो घर पुरै पैसा तिरेर खरीद गरिएकोले संस्थालाई अतिरिक्त आर्थिक भार थपिने छैन बरु एनआरएनए अमेरिकालाई थप आर्थिक उपार्जनको अवसर हुनेछ ।”
आगामी दिनमा संघका कामहरु व्यवस्थित हुने बताउदै उपाध्यक्ष डिलु पराजुलीले अब आफूहरु सदस्य संख्यामा वृद्धि गर्न सक्रिय हुने बताए । “भवनका माध्यमबाट भावना जोड्न खोजेका हौं ।” सचिव अनुप खनालले भने ।
आफ्नै घर खरीद गर्ने एनआरएनए अमेरिका पहिलो एनसीसी हो । एनआरएनएका अहिले ८२ वटा देशमा एनसीसी सक्रिय छन ।
गत मङ्गलबार साँझदेखि परेको अबिरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडादसैँको रौनकता बढाउन सकेन ।
चाडपर्वको समयमा आफन्त, इष्टमित्र, मान्यजनको हातको टीका थाप्न र आर्शीबाद लिन बर्षाका कारण कठिनाई भएको व्यास–१० निवासी तुलबहादुर सुनार बताउँछन् ।
अबिरल वर्षाकै कारण ससुराली घर चितवनमा जान समेत रोकिनुपरेको उनको दुखेसो छ ।
जाउँ जाउँ त लागेको छ, लामो दूरीको सडक त्यसमा पनि ठाउँ ठाउँमा पहिरो खस्ने चिन्ताले जाने चाहना हुँदाहुँदै पनि नसकिएको सुनार बताउँछन् ।
कोरोनाका कारण तीन बर्ष खुलेआम चाडपर्व मनाउन नपाएका नेपालीहरुले यसबर्ष दशैं हर्षोल्लास र उमङ्गका साथ मनाउने सपना देखेपनि त्यो पूरा हुने नहुने अवस्था सिर्जना भएको हो ।
वर्षा जारी रहेका कारण मौसमले समेत साथ नदिँदा पीङ खेल्न, रमाइला स्थानमा घुम्न जान नपाइएको व्यास–२ निवासी एवं संचारकर्मी विकास खनाल बताउनुहुन्छ ।
दशैंको दिन टीका,जमराका साथै नयाँ नयाँ कपडा लगाएर मान्यजनहरुको हातबाट टीका थाप्न जान बर्षाका कारण समस्या भएको उनको भनाइ छ ।
अबिरल वर्षाका कारण दसैँमा पीङ्ग खेलेर रमाइलो गर्ने र साथीभाईसँग भेटघाट गरी प्रत्यक्ष कुराकानी गर्ने अबसरबाट गर्न बञ्चित हुनुपरेको व्यास नगरपालिका–१ निवासी जानुका नेपालीको पनि गुनासो छ ।
उनी भन्छन्, अघिल्ला बर्षको चाडपर्व कोरोना सङ्क्रमणका कारण बाहिर खुलेर रमाउन नपाइएकामा यसबर्ष पनि मौसमले साथ नदिँदा खल्लो भयो । रासस
इलाम १७, असोज । स्करपियोले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलाम नगरपालिका ४ का २३ बर्षिय बिशाल राई रहेका छन् । मेची राजमार्ग अन्तर्गत इलाम–बिब्ल्याँटे सडक खण्ड अन्तर्गत इलाम नगरपालिका ५ बिब्ल्याँटेमा ताप्लेजुङ्गबाट काठमाडौं जाँदै गरेको प्र ३ बा ०८८५ नम्बरको स्कारपियोले प्र १–०१–०१४ प १०६० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
स्करपियाको ठक्करबाट गम्भिर घाईते भएका राईको इलाम अस्पतालमा सामान्य उपचारपछि सघन उपचारका लागि झापाको बिएण्डसि अस्पताल रेफर गरिएपनि उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटनापपछि ठक्करदिने गाडिका चालक नुवाकोट कपने गाउँपालिका ७ का २४ बर्षिय छिरिङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साउदी अरब। गैर आवासीय नेपाली संघ पुर्बी क्षेत्रीय समन्वय समिति द्वारा आउदै गरेको बिजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको छ।
साउदी अरबको पुर्बि क्षेत्र दमाम स्थित सियादमा आयोजित शुभकामना कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली राजदूतावासका पुर्बि क्षेत्रीय जनसम्पर्क अधिकारी नारायण पासवानको उपस्थिति रहेको थियो भने साउदी अरबमा सक्रिय बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे ।
उक्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले हामी नेपाली सन्सारको कुनै पनि भुगोलमा रहेतापनि आफ्नो कला संस्कृतिको जगेर्ना गर्नुपर्ने र यसै माध्यमबाट आफुलाई नेपाली समाजको परोपकार सङ्ग जोड्नु पर्नेमा जोड दिएका थियो।
कार्यक्रममा गैर आवासीय नेपाली संघ आईसीसी महिला उपाध्यक्ष यासमिन बेगम सैयद , आईसीसी सदस्य तेज थापा , एनसीसी साउदीका अध्यक्ष डमर यादब ,उपाध्यक्ष रबिना अर्याल , नेपाली साझा मन्चका अध्यक्ष अकल प्रधान , प्रवासी नेपाली मन्चका महासचिव याम लामा तामाङ ,पानस साउदीका महासचिव मनोज धिमाल ,हेल्प मधेसी साउदीका कार्यबाहक अध्यक्ष श्याम कुमार महतो ,किरात राई यायोय्खा शाखा साउदी अरबका अध्यक्ष चित्र कुमार चाम्लिङ्ग राई, तामाङ घेदुङ पुर्बी क्षेत्रका अध्यक्ष बिजय लामा , पत्रकार अन्जान गुभाजु , आरसीसी दमाम कोषाध्यक्ष प्रजिता महर्जन लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य दिएका थिए ।
गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति दमामका अध्यक्ष विष्णु भण्डारीले शुभकामना आदानप्रदान विषेश कार्यक्रममा गरिमामय उपस्थिति जनाइ कार्यक्रमको शोभा बढाउनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक आभार ब्यक्त गरेका थिए।
कार्यक्रममा स्थानीय कलाकारहरूको नृत्य,गायन तथा साहित्यिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।
उक्त कार्यक्रम गैर आवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति दमामका सचिब पुर्ण सुनार संचालन गरेका थिए भने कार्यक्रमको सभापतित्व अध्यक्ष विष्णु भण्डारीले गरेका थिए।
कार्यक्रममा हेल्थ केयर अस्पताल दम्मामले त्यहाँ उपस्थित नेपाली दाजुभाईहरुलाई चेक जाँच गरि स्वास्थ्य सेवा उपलब्ध गराएको थियो ।
सल्यानमा गएराति भएको डबल क्याप जीप दुर्घटनामा परि आठ जनाको मृत्यु भएको छ। मृतक सबै जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ६ जलवाङका स्थानीय हुन्।
बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट जलवाङतर्फ जाँदै गरेको रा १ ज ५६३ नम्वरको जीप गएराति करिब १ बजे कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा दुर्घटना भएको थियो।
९ जना सवार जिपमा ३५ वर्षीय तिलक वली मात्र घाइते भएका छन्। बाँकी सबैको ज्यान गएको छ।
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचाररत वलीका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेहरू सबै एउटा गाउँका हुन्। जसमा ४५ बर्षीय टोपबहादुर वली, उनका ११ वर्षीय छोरा वसन्त वली, ४० बर्षीय ललित वली, ४५ वर्षीया कुमारी वली, ४५ बर्षीय धर्म वली, २७ वर्षीय सुरेश केसी र चालक २२ वर्षीय जीतबहादुर बोहरा छन्।
यस्तै ७० वर्षिय स्थानीय खुमलाल वलीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
घाइते वलीका अनुसार चालक निदाएकाले दुर्घटना भएको सेतोपाटीलाई बताए। ‘मैले त गाडी खसेपछि मात्रै थाहाँ पाएँ,’ उनले भने, ‘गाडीमा हामी सबै निदाएका थियौं। सायद चालक पनि निदाए पछि गाडी दुर्घटना भयो।’
प्रहरीले पनि चालक निदाएका कारण गाडी दुर्घटनमा परेको हुनसक्ने अनुमान गरेको छ।
घाइते वलीले आफूहरू बाँकेको ढकेरीस्थित आफन्तको बिहेमा गएर फर्किने क्रममा दुर्घटनामा परेको बताए।
कपुरकोट– ६ का वडाध्यक्ष श्यामकृष्ण बोहराले कपुरकोट– ५ बाट बसाई सरेर बाँकेको ढकेरीमा गएका आफन्तको छोरीको बिहेमा सहभागि भइ फर्किने क्रममा उनीहरू आफ्नै घर नजिकै आइपुग्दा दुर्घटनामा परेको बताए।
एकै ठाउँका ७ जनाको ज्यान गएपछि गाउँ शोकमा डुबेको उनले बताए। उनले एकै घर-परिवार भित्रका चार-पाँच जना मानिसको मृत्यु हुँदा दसैंको उल्लास आँशुमा बदलिएको सेतोपाटीलाई बताए।
एकै घर परिवार भित्रका बाबु–छोरा, काका र ठूला बुवाको मृत्यु भएको उनले बताए।
‘गाउँमा मात्रै होइन एकाबिहानै आठ जनाको मृत्युको खबरले पुरै जिल्ला शोकमग्न भएको छ,’ उनले भने, ‘सल्यानले फेरि एउटा कल्पना नगरेकै ठूलो बिपत्ति खेप्नुपर्यो।’
घाइते तिलक वलीको दुबै खुट्टामा गम्भीर चोट लागेको छ। ‘उनको घुडा मुनीबाट दुबै खुट्टा फ्याक्चर भएका छन्,’ उपचारमा संलग्न चिकित्सकले भने, ‘तुलसीपुरमा उपचार सम्भव नभएपछि ब्लड रोक्ने प्रयास गरि हामीले बाँके रिफर गरेका छौ।’
घाइतेलाई बुधबार बिहान साढे ६ बजेतिर बाँकेको लागि रिफर गरिएको थियो।
सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले चालकको समेत मृत्यु भइसकेको हुँदा दुर्घटना के कारणले भयो भन्ने एकिन साथ भन्न कठिन भइरहेको बताए। ‘गाडी एकदमै ओरालोबाट करिब दुई सय मिटर तल खसेको छ,’ उनले भने, ‘चालक निदाएर दुर्घटना भएको हो वा ब्रेकले काम नगरेर दुर्घटना भयो, त्यो अनुमान गर्न सजिलो छैन।’ उनले मृतक सबैको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान खलंगामा ल्याइसकिएको जानकारी दिए। दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राति १२ बजेतिर रा १ ज ५६३ नम्बरको डबल क्याप जीप इन्ट्रिगरि सल्यान तर्फ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङका सञ्चार शाखामा कार्यरत सन्तोष बुढाथोकीले जानकारी दिए। मुलपानीस्थित वनस्पति उद्यान नजिकैबाट गाडी तल खसेको हो। स्थानीयका अनुसार मध्यरातमा दुर्घटना हुनु र प्रहरी प्रशासनले समयमै जानकारी नपाउँदा मृतकको संख्या बढेको हो। दुर्घटना साढे १ बजेतिर भए पनि स्थानीयको खबर पछि इलाका प्रहरी कार्यालय कपुरकोटबाट प्रहरी करिब साढे ४ बजेतिर मात्रै घटनास्थल पुगेको थियो।
काठमाण्डाै – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको बताउनुभएकाे छ । आज आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले रेमिट्यान्स आएन भने सरकार चलाउनै गाह्रो हुने बताउनुभयो ।
मन्त्री श्रेष्ठले सङ्घीय संरचना अनुरूप अपेक्षित विकास हुन नसकेको बताउनुभयाे । विश्वमा द्वन्द्वपछि विकास भएको उदाहरण रहे पनि नेपालमा भने त्यो हुन नसकेको उहाँले सुनाउनुभयाे । कतिपय नीतिहरू सङ्घीय संरचना अनुरूप परिवर्तन गरेर जान नसक्दा धेरै समस्या आएको उहाँकाे भनाइ छ ।
आउँदाे निर्वाचित सरकारले नीतिहरू परिवर्तन गरी अघि बढ्नसके देशको आर्थिक विकास सम्भव हुने बताउँदै उहाँले भन्नुभयाे, ‘समय सापेक्ष नीतिहरू परिवर्तन गर्न सकिएन भने समृद्धिको बाटो आउँदैन भन्ने कुराको झलक देखिरहेको छ । संविधानको संरचनाअनुसारको प्रदेशमा देश लग्यौँ, अब विकास हुनुपर्छ । धेरै कुराहरू सङ्घीय संरचना अनुरूप अपेक्षित विकास हुन सकेको छैन । अब आउने निर्वाचित सरकारले नीतीहरू समय सापेक्ष परिवर्तन गरेर समृद्धिको लागि अघि बढ्नुपर्छ । आर्थिक अवस्था हेर्ने हो भने हामी दयनीय अवस्थामा छौँ । रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्नै गाह्रो छ ।’ मन्त्री श्रेष्ठले पर्यटन, जलविद्युत्, वनजङ्गल र जडीबुटीलाई कसरी प्रोत्साहन गर्ने भन्ने कुरा अध्ययन–अनुसन्धान गरेर नीति बनाए १० वर्षमा नेपाल कायापलट हुने दाबी पनि गर्नुभयो ।
मोरङ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले घरभित्रै नजरबन्दमा राखेको भन्दै आपत्ति जनाएका छन्।
गृहनगर विराटनगरस्थित कोइराला निवासमा आइतबार कार्यकर्तासँगको संक्षिप्त कुराकानीका क्रममा नेता कोइरालाले सरकारले जबरालाई बाहिर निस्कन नदिने गरी घरभित्रै सीमित गर्नु मानवअधिकार हनन् भएको बताए।
सांसदहरुको पदावधि सकिएसँगै महाभियोग स्वतः निष्क्रिय हुने बताएका नेता कोइरालाले महाअभियोग नै निष्क्रिय हुँदा जबरालाई बाहिरको वातावारणमा अवरोध पुर्याउन नहुनेमा जोड दिए।
सोही क्रममा नेता कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक संकट निम्त्याएको बताएका थिए।
नयाँ दिल्ली (भारत) । भारत र साउदी अरबले रुपया–रियालमा व्यापार गर्ने सम्भावनाबारे छलफल गरेका छन् । यसबाहेक पनि साउदीमा यूपीआई र रुपये कार्डको प्रयोग शुरु गर्नेबारे छलफल भइरहेको वाणिज्य मन्त्रालयले सोमवार बताएको छ । सेप्टेम्बर १८ देखि १९ को बीचमा वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलको साउदी भ्रमणको समयमा यसबारे छलफल भएको हो । भ्रमणका क्रममा उनी भारत–साउदी अरब रणनीतिक साझेदारी परिषद्को मन्त्रीस्तरीय बैठकमा पनि सहभागी भएका थिए । साउदी भ्रमणका क्रममा गोयलले राजकुमार अब्दुलाजिज बिन सलमान अल साउदसँग अन्य विविध विषयमा पनि छलफल भएको थियो । मन्त्रीस्तरीय बैठकले कृषि तथा खाद्य सुरक्षा, ऊर्जा, प्रविधि तथा आईटी र उद्योग तथा पूर्वाधारका ४१ क्षेत्रमा सहकार्यका लागि समर्थन गरेको छ । समय तोकेर प्राथमिकताका परियोजनाहरु कार्यान्वयन गर्ने र दुबैको संलग्नता रहेका परियोजनाहरुमा सहकार्यलाई निरन्तरता दिनेबारे पनि भारत र साउदी दुबैले समर्थन जनाएका छन् । दुई देशका एक्जिम बैंकहरुबीच संस्थागत टाई–अप, तेस्रो देशमा संयुक्त परियोजना सञ्चालन, पूर्वाधार विकासमा सहकार्य लगायन अन्य कयौं विषयमा पनि छलफल भएको बताइएको छ । भारतले व्यापार घाटा कम गर्न, विदेशी विनिमय सञ्चिति घट्न नदिन, रुपयामाथिको दबाब कम गर्न, पश्चिमी देशहरुको प्रतिबन्ध उल्लंघनको अवस्थामा आउन नदिन पछिल्लो समय विदेश व्यापारमा रुपयाको प्रयोगलाई बढावा दिने नीति लिएको छ । केही समयअघि रुससँग पनि भारत सरकारले रुपयामा व्यापार गर्ने संयन्त्रण स्थापना गर्ने सहमति भएको थियो । इरानमाथि पश्चिमी देशहरुले लगाएको प्रतिबन्ध उल्लंघन हुने अवस्था टार्न केही वर्ष अघि भारत र इरानले रुपयामा कारोबार गरेका थिए । रुसले युक्रेनमाथि आक्रमण गरेयता भारतले पनि रुपयामा कारोबारलाई अगाडि बढाउने अर्को अवसर पाएको छ । रुपया–रुबलमा द्विपक्षीय व्यापारलाई सहज बनाउन रुसको पिटर्सबर्ग सोसल कमर्सियल बैंक (पीएससीबी) ले भर्खरै भारतीय बैंक यस बैंकमा रुपयामा आधारित खाता खोलेको छ । यो खातालाई पछि विशेष रुपया खातामा रुपान्तरण गर्न सकिने बताइएको छ । एजेन्सी